मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सम्बन्ध

    मनोज पनेरु
    “संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन। तिमीलाई के लाग्छ।” उसले अंग्रेजीमा बोलेका सम्बादहरु नेपाली भाषामा लेख्दा, उसले ब्यक्त गरेका सबै भाबहरु पुरै अनुबाद नभए जस्तो लाग्छ तर फरक फरक मातृभाषा पृष्ठभूमीका भएता पनि शब्दहरु बाहेक, भाव आदान प्रदान गर्ने अरु कुनै माध्यम हुँदो रहेछ , प्रत्यक्ष कुराकानी गर्दा।

    मलाई के लाग्छ भन्दा पनि, मलाइ के लाग्न पर्ने हो भनेर म सोचिरहे। उसका प्रश्नबाचक आँखाहरु लामो समयसम्म नकुर्ने देखेर मैले भने “संसारमा सबै बिवाहित हुने भए बिवाह भएकोमा पनि कसैलाई गुनासो हुने थिएन सायद। यो त आइन्सटाइनको सापेक्षताबादको नयाँ प्रमाण पो भयो त।”उसले मुन्टो उठाएर मलाई हेरी। उसले लगाएको प्रश्नबाचक चिन्न अझै अनुन्तरित छ। मैले मेरा तर्कहरु अझै प्रस्ट पार्नु पर्ने भयो।

    “किनकी यसको अर्थ त हामी बिचमा कुनै सम्बन्ध बिकसित हुनमा हाम्रो आबस्यकताले होइनकी अर्काको स्थितिले पो निर्देशित गरेको भयो। त्यसैले यो निरपेक्ष होइन सापेक्ष भयो।” हामी धेरै पटक दार्शनिक लाग्न सक्ने यस्ता सम्बादहरुमा अल्झिरहेका हुन्छौं। यस्ता अधिकांस बिवादहरुमा हामी बिना निशर्ष नै टुँगिन्छौं अथावा हामी बीचमै अरु बिषयतिर मोडिन्छौं।

    यस पटक उसले प्रसङ्ग मोडी, “आ–आफनै एक्लोपनले हो, हामीलाई नजिक बनाएको। हामी एक अर्काका लागि उचित पात्र होइनौ तर हामी बिचमा कुनै सम्बन्ध बिकास हुदै जानका लागि, हामी एकदम उपयूक्त समयमा भेटिएका थियौं।”

    उसले गरेको बिश्लेषणमा सत्यता थियो तर ‘पात्र प्रमुख होइन’ भन्ने बाक्यांसले मलाई नमिठोसँग चिमटो। प्रसङ्गलाई हल्का बनाउन मैले हाँस्दै भने “ठिकै हो, पात्र प्रमुख होइन समय प्रमुख हो। मेरो उपयूक्त समय कहिले आउने होला?”

    उसले मलाई नजिक तानेर हाँस्दै भनी, “तिमीले यसो भन्नुको नियत मैले बुझेको छु। ”

    शुक्रबार चाडैं कक्षा सकिने हुँदा बिश्वबिद्यालयबाट सिधैं हामी घुम्न निस्किएका थियौं। साँझ ढल्किसकेको थियो। एक छिन टहलिएर हामी छुटियौं।

    ………………………………………………………………………………………………………..

    कुनै साथीको फेसबुक स्टाटस थियो यो “मैले तिम्रो सोचाइ पढे तर अनुबाद गर्न सकिन”(आइ रीड योर माइन्ड बट क्यान्नट ट्रान्सलेट इट)। पढेर धेरै बेर घोरिए म। ऊ आफ्नो कोठा पुगिछ। इन्भिजिबल मेरो मेसेन्जर एउटा सन्देश आयो।

    “के तिमी त्यहाँ छौ (आर यू दिएर)।”

    हामी दूबै मेसेन्जरमा इन्भिजिबल बस्ने हुँदा, हामी सँधै माथिको सम्बादबाट कुरा सुरु गर्थ्यौं। मैले एक छिन पर्खेर उत्तर लेखेँ।

    “छु।”

    उसले कुनै कुरा शुरु गरिन। हाम्रो च्याट त्यतिकै रोकियो। मैले पनि कुरा शुरु गर्न धेरै बिषय खोजिहेरे। तर केबाट कुरा थाल्ने नभेटेर म कम्प्यूटरका किबोर्डहरु हेर्न थाले। देब्रेमा ए, एस, डी, एफ अनि दाहिनेमा जे, के, एल, मेरा औंला तल थिए। अंग्रजी बर्णमालाका बाँकी सबै अक्षरहरु पनि किबोर्डका आ–आफना निर्धारित स्थानमा थिए। तर तिनलाई निश्चित क्रममा मिलाएर कुनै शब्द बनाउन म सकिरहेको थिइन। आफनै सोचाइ अनुबाद गर्न म सकिरहेको थिइन। एक छिन पछि मैले मेरो स्टाटस बिजी बनाए।

    लगत्तै उसले लेखी “केमा बिजी भयौं अब।”

    मैले तत्काल उत्तर लेखे, “मैले ठानेकी हामी अब च्याट गर्न व्यस्त हुन्छौं।”

    “हा हा हा हा हा।”

    निर्जिब अक्षरहरुले ऊ हाँसी रे भन्ने जानकारी गराए। अक्षरहरुले संम्बेदना कति सजिलै छोपी दिन्छन्। तर आफैलाई ब्यक्त गर्न हामी त्यसैमा निर्भर छौं। अगाडि च्याटमा फेरि पनि केही कुरा भएन। मैले सुत्न भन्दा अगाडि उसलाई एउटा मेसेज लेखे अनि उसको उत्तरको प्रतिक्षा नगरि कम्प्यूटर अफ गरे।

    भोली बिहान फोन गर्न उसलाई कारण हुने भयो।

    ………………………………………………………………………………………………………..

    शनिबार परेकाले कुनै निश्चित काम थिएन त्यसैले अल्छी गरेर अबेरसम्म सुतिरहेको थिएँ। कतै घुम्न जाने योजना बनाउने हो की भनेर खाटमै पल्टिएर सोचिरहेको पनि थिएँ। उसलाई फोन गरौं गरौं पनि लागेको थियो तर हिजो अन्तिम पटक मैले मेसेज गरेकाले आज उसले पहिला फोन गर्न पर्छ भन्ने अडानमा थिएँ म। बेला कुबेला यस्तो अचम्मको अहंम्मा अल्झिने बानी थियो मेरो। नभन्दै उसैको फोन आयो। मैले जे सोचिरहेको थिए उसले त्यही प्रश्न गरी।

    “हिजो मेसेन्जरमा के लेखेर छाडेको?”

    मैले हिजो अन्तिममा उसको मेसेन्जरमा हो, म त्यहाँ थिएँ (यस, आइ वाज दिएर) लेखेर छाडेको थिएँ। “कुरा गर्नु नै छैन भने ‘तिमी त्यहाँ छौ (आर यू दिएर)’ भनेर किन सोधेको त?” मैले थोरै भाउँ खाने हिसाबले भने।

    “मैले कुरा गर्ने बिषयनै भेटिन।” उसलाई पनि मेरो जस्तै समस्या परेको रहेछ।

    “भेटे पछि मात्र कुरा आउँछ अब। आज के गर्दैछौं।”

    “किन र?”

    “म भर्खर उठेको साह्रै भोक लागिराछ।”

    “मेन स्टेसन आउन त कतै घुम्न पनि जाउँ अनि बहिरै ‘डोनर’ पनि खाउँला न।”

    मलाई भोक भन्दा पनि उसकोमा जाने बेसि मन हो। मेन स्टेसनको टुर्किस रेस्टुरामा लिएरको ‘डोनर’ स्टेसन छेउको पार्कमा बसेर खाँदै गर्दा उसले सोधी “तिमीलाई केटी साथी (प्रेमिका) किन चाहिन्छ?”उसले जुन शैलि र बिना प्रसङ्ग प्रश्न गरी म उपयूक्त उत्तर खोज्न निकै अलमलमा परे। मैले हामी देखि केहि पर हरियो चौरमा पल्टेर मस्त चुमिरहेका जोडि तिर इसारा गर्दै भने “यहाँ बसेर एक्लै त्यो दृष्य हेर्न भन्दा छेउमा तिमी हुँदा त्यो दृष्य हेर्न मलाई सजिलो हुन्छ।” मेरो उत्तर म आफैलाई अनौठो लाग्यो। उसले के बुझिकोनी, चित्त बुझे जस्तो गरी भनी, “सप्ता अन्त्यमा कतै घुम्न जाँदा, साँझ पार्कमा टहलिन जाँदा, पार्टी जाँदा, शुक्रबार बेलुका डिस्को जाँदा हो यस्तै यस्तै बेला मलाई पनि मसँग कोही केटा साथी भइदियोस् जस्तो लाग्छ।”

    ………………………………………………………………………………………………………..

    मैले हाँस्दै भने “तिमी त छाता बोकेर पानीमा भिजि रहेछौ। तिमीले छाता उघारे पछि म कहाँ ओत लाग्ने नि?” ऊ भूतपुर्व भई नसकेको उसको केटा साथीसँग बिग्रिएको सम्बन्धको कुरा गरिरहेकी थिई। मैल पनि पार्कको हरियो चौरमा बसेरे मेरा भूत पूर्ब प्रेमिकाहरुको कुरा गरे। प्रेमि प्रेमिका हुने यहाँको र मेरो देशको फरक सामाजिक दृष्टिकोणको कुरा गरे। अबेर सम्म हामी त्यतै तिर अल्मलियौं। हाम्रा गफका प्रसङ्गहरु विविध रहे। तीन चार महिनाको हाम्रो चिनजान र लगातारको भेट तथा कुराकानीले हामी आफ्ना व्यत्तिगत कुराहरु पनि सजिलोसँगै साटासाट गर्न थालेका थियौं। उसलाई सबै भन्दा अचम्मको लाग्ने प्रसङ्ग थियो, हामी दुबैलाई हाम्रा तीनै पुस्ताको नाम कण्ठ थियो।

    ग्रिष्म याममा जमर्नीमा डिलो घाम अस्ताउँछ। नौ बजे मात्र हामी ट्रेन स्टेसन फर्कियौं। हाम्रा बासस्थानहरु बिपरित दिशामा थिए। ट्रेन स्टेसनको डिस्प्लेमा मेरो ट्रेन उसको भन्दा पाँच मिनट अगाडि थियो। ट्रेन कुरिरहेको बेला उसले सोधी “अब तिमी एक्लै फर्कन्छौं?” मलाई उसको प्रश्न अचम्मको लाग्यो।

    “किन तिमी आज मेरोमा जाने बिचारमा छौं र? मैले अर्को प्रश्न गरे।

    “होइन, मलाई एउटा साथीको जन्मदिनको पार्टीमा जानु छ, तिमी खाली छौं भने मेरो साथ जान्छौं?” मलाई उसले अघि भनेको कुरा याद आयो। “किन म तिम्रो केटा साथी हो र?” मलाई निम्तो अस्विकार गर्नु थिएन त्यसैले प्रश्नसँगै उत्तर पनि भने “भोली आइतबार हो त्यसैले आज जति अल्कोहल खाए पनि हुन्छ।”

    मेरो पहिलो प्रश्न टार्दै उसले भनी, “त्यसो भए यतैबाट वाईन किनेर लैजाउँ, एउटा मेरोमानै बसेर खाउँला अर्को पार्टीमा लिएर जाउँला।”

    दिउँसो ‘डोनर’ मात्र खाएकाले मलाई भोक लागिरहेको थियो। उसकोमा चामल देखे पछि मैले उसलाई नेपाली खाना बनाएर ख्वाउँने प्रस्ताब राखे। भात, उसले काँचै खाने सलादको साग जस्तै तरकारी र उसिनेर आलु र टमटरको दाल बानाएँ। खाना पकाउँनाले हाम्रो पूर्व योजना कार्यन्वयन भएन। हामीले जस्को कारमा चढेर उसको साथीकोमा जाने भनेका थियौं, ऊ अघि नै हामीलाई छाडेर गैसकेछ। खाना खाँदै गर्दा उसले मलाई सुनाई। हामीले खाना पकाउँदै एउटा वाइन सकिसकेका थियौं, अब बाहिर नजाने भए पछि मैले अर्को वाईन पनि खोले।

    भान्साबाट हामी उसको सुत्ने कोठामा सरिसकेका थियौं। वाईने छुन थाले पछि फेरि उसले अर्को वाईन खोली। मैले फर्कने अन्तिम ट्रेन पनि गुमाईसकेको थिएँ। अब भने हामीलाई प्राबिधिक अफ्ठ्यारो पर्यो। हाम्रो योजना आज रातभरि उसको साथीको पार्टीमा बस्ने अनि बिहानै आ–आफ्नोमा फर्कने थियो। मैले उसकै कोठामा सुत्न पर्ने भयो। उसले भुइमा ओछ्याउन मिल्ने म्याट्रेस (डसना) र ओड्न सिरक निकाली। उसको ओछ्यानमा भएको दुईटा सिरानी मध्ये एउटा सिरानी च्यापेर मैले उसलाई ओछ्यान लगाउन सहयोग गरेँ।

    मैले मायाट्रेसमाथि तन्ना ओछ्याउँदै गर्दा ऊ सुत्न लुगा फेरेर आइसकेकी थिई। सुत्दा टिसर्ट (गन्जी) भित्र केही पनि लगाउँदिन भनेर कुनै बेला उसले मलाई भनेकि थिई। सम्झेर मेरा आँखा उसले लगाएको टिसर्टमा (गन्जी) अड्किए। उसले मेरो आँखा पन्छाउँदै भनी, “मेरो मुन्द्रा हेर्छौ?” यो बेला उसलाई कहाँबाट उसको मुन्द्रा लगाएको नाइटो देखाउँने सम्झना आयो मलाई पत्ता लाउन थिएन। कुनै बेला फोनमा कुरा गर्दा कुनै प्रस¨मा उसले यो कुरा सुनाएकी थिई अनि मैले पनि कहिले देखाउँछौं भनेर सोधेको थिए। फोनमा रातभरी गफिने हँुदा निश्चित प्रस¨ सकिन्थे तर कुरालाई निरन्तर राख्न आउने यस्तै बेतुकको एउटा प्रस¨ थियो यो। घुँडा टेकेर ऊ मेरो अगाडि उभिएकी थिई, उसको टिसर्ट (गन्जी) आफ्नो नाइटो माथि सारेर। म भने उसको मुन्द्रा लगाएको नाईटो मात्र हेरिरहेको थिइन। उसले माथि सारेको टिसर्ट (गन्जी) तल तानेर मैले उसको अनुहार हेरे। वाइने उसका ओठ झन् रसिला भएका थिए। उसलाई पनि मेरा ओठ रसिला लागेछन्। केही छिनको तातो चुब्बन पछि उसले भनि “तिमी यसमै सुत म खाटमा सुत्छु।”

    ……………………………………………………………………………………………….

    तिमी अझै निदाँएका छैनौ?

    तिमी पनि त निदा“एको रहेनछौ नि त? मैले प्रति प्रश्नको रुपमा उत्तर तेर्स्याए।

    “सायद हामी बिचको दुरी कम भयो। तिमी तिमै्र कोठामा भएको भए अघि नै म निदा“ई सकेको हुने थिएँ।”

    त्यस पछि हामी बिचको संबाद त्यती महत्वपूर्ण भएन। बिना कुनै दुरी बाँकी आ“धा रात ऊ भूईमा निदाइ, अनि आ“धा बाँकी म खाटमा निदाँए। हामी बिचको दुरि शून्यमा झरे पछि हामी निदायौं। ननिदाँउनमा घटेको दुरी हैन अड्केको दुरी मुख्य कारण रहेछ।

    बिहान निकै अबेर हामी दुबैजना एउटै खाटमा बिउँझियौं। निकै टाउको दुखिरहेको थियो।

    बिहानको नित्य कर्म सके पछि तौलियाले मुख पुच्छ्दै उसले भनी ,“हामीले हाम्रो सम्बन्धको बारेमा कुरा गनु पर्छ?” यो उसको आग्रह हो वा निर्देशन, के थियो, थर्मसमा कफि हालेर हामी बहिर निस्कियौं।

    ………………………………………………………………………………………………………..

    बिचको थर्मसमा तातो कफि थियो तर हामीे बिचको चिसोपन भने बढेर गयो। सम्बादमा हामी मात्र ‘म’ भएका थियौं। म वाईनलाई दोष दिने पक्षमा थिईन न त म जे भयो त्यसलाई दुर्घटना भन्न तयार थिएँ। हामीले हाम्रो सम्बन्धको नयाँ परिभाषा खोज्न पर्छ जस्तो पनि मलाई लागेन। सम्बन्ध कहाँ गएर परिवर्तन हुन्छ अथवा भइरहेको सम्बन्ध कहाँ पुगे पछि टिक्दैन। मैले अझ सम्म चित्तबुझ्दो उत्तर भेटेको छैन। “हिजो जे भयो त्यसलाई हटाउँदा कुनै सम्बन्धको आवस्यकता नहुने, कुन् झिनो रेखाले सम्बन्ध छुट्याछ त?”

    “तिमी ‘कन्फूयज’ बस्न चाहान्छौं, म ‘कन्भिन्स’ हुन चहान्छु। हामी बिचको सबै भन्दा ठूलो फरक नै यही हो।” उसको प्रतिक्रया थियो यो। मैले पनि ‘हामी’ भएर उसलाई केही भन्न खोजिन।

    “तिम्रो समस्या के हो थाह छ। तिमी आफैलाई थाह छैन तिमी के सोच्छौ भनेर, अरुले यसरी सोच्लान् भनेर जानकार भएको भ्रम पाल्छौं।” त्यस पछाडि उसले भनेको बाक्य यो कथा लेख्दा नेपालीमा रुपान्तरण गर्न मैले धेरै कोशिस गरे तर मैले त्यो सुनेर जे महसुस गरेको थिए रुपान्तरित बाक्य लेख्दा ठ्याक्कै त्यही भाब र अर्थ भेटिन। उसले भनेकि थिई, “डु नट ट्राई टु मेक अर बि एन यूजफुल ईडियट।” अन्तिम दुई शब्दको नेपाली अर्थ ‘उपयोगी मूखर्’ हुन्छ। उसलाई के लाग्यो मलाई थाह भएन तर मलाई उसले ठानेको हाम्रो नयाँ सम्बन्धको परिभाषा दिए जस्तो लाग्यो।

    त्यस पछि मसँग बोल्न उपयूत्त केही रहेन। मैले के सोचे वा के सोच्न पर्ने हो त्यसको जानकारी पनि मलाई रहेन। हरियो घाँसमा पल्टिएर निलो आकाश हेरिरहे। आकाशको शून्यता आफैैमा सारेर।

    हामीले सम्बन्धको नयाँ परिभाषामा, भएको सम्बन्ध पनि बिगार्यौं। अहिले सोच्दा लाग्छ सम्बन्धको परिभाषा खोज्न पर्ने गरी निर्धारण गरेको धरातल साह्रै पातलो र कमजोर थियो। को कमजोर हो धरातलमा वा म, उत्तर जे भए पनि निश्कर्ष एउटै थियो, म उभिन सकिन।

    [तपाईँ पनि आफ्नो कथा, लघुकथा माइसंसारका पाठकहरुसँग बाँड्न चाहनु हुन्छ भने पठाउनुस् story@mysansar.com मा]


    No related posts.

    24 comments to सम्बन्ध

    • bimal

      writing style is very good i like the the story . i enjoyed a lot thanks…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anjuli

      कथा राम्रो लाग्यो |घरपरिवार छोडेर परदेशिएका मानिसहरुका जीवनमा यस्ता घटना घट्नु अस्वाभाविक होइन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • krishna

      ठिकै छ खासै उत्क्रिस्ता पनि होइन तेती पढ़नै मन नलाग्ने पनि होइन सायद समय सापेछा ठिकै नै छ….ठिकै नै छ र मलाई उत्कृष्ट लागेको चै ” उपयोगी मुर्ख” यो बक्य चै मलाई राम्रो लग्यो…ही ही ही

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uddav Bhandari

      Really nice i I also face like this in aboard

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कथा हैन सस्मरण हो यो…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mukti Adh

      Thanks 4 story.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन sydney

      मनोज …कथा राम्रो लाग्यो …काल्पनिक भए नि ठिकै छ …..यथार्थ भए तपाई को प्रेम को यात्रा कहाँ पुग्यो…कि पूर्ण बिराम लाग्यो ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Reetu, Stuttgart

      यो कथाकार को यथार्थमा घटेको घटना हो कि काल्पनिक घटना हो ? जे भएपनि कथा एकदम राम्रो छ ! फेरी फेरी लेख्नु होला !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Dipakstha

      यो कथा पढिरहदाँ नेपाली परिवेशमा म अल्झिरहेको थिएँ । कथाले बिचतिर कतै परिवेशले लेख्दा मलाई उसको दिमागको बिश्लेषण गर्न अप्ठयारो मलाई परेन। अरु सबै घटनाहरुले सम्वन्धमा बेरिएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Sanjog Luitel

      मनोज राम्रो कथा लेखन थाले छौ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sant

      really heart touching…… thank u very much to writer and mysansar for publishing… hope to read more from you again. thanks a lot and wish you all the best! keep it up!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • som

      कथा जाह आएर टुंगियो त्यसम्मा ठिक छ / अति नै राम्रो प्रेम सम्बन्ध ….. तर मलाई कौतुहलता जाग्यो कि त्यस पछि यो सम्बन्ध ले कस्तो रुप लियो ??????????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bardan

      बिर्सेर भुली सकेका ति दिन हरु
      तिम्रो कथा ले फेरी याद दिलायो
      निको भैसकेका ति पुराना घाउहरु
      तिम्रो भाबना ले फेरी घायल बनायौ
      सक्दिन मा तिमि लाई गाली गर्न चाहेर पनि
      किनकि तिम्रो कथा ले मेरो मन छोयो नचाहदा नचाहदै पनि /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • लेखन सैली राम्रो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Arpan

      कथा निकै भावनात्मक छ, र पढ्दै जाँदा मेरै कथा हो कि जस्तो लाग्यो । कथाकारलाई धन्यवाद, यति मीठो, संवेदनशील, र विदेशमा एक्लो हुनु पर्दाको पिडा गहिरोसँग कथामा उन्नुभएकोमा । अरू पनि लेख्दै जानुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • jawan

      समग्रमा कथा राम्रो छ. तर सम्बन्धलाई लगेर यौन सम्बन्धमा पुगेर अन्त्य हुनुलाई कसरि प्रेम भन्ने? आजको समयको अत्याधुनिक प्रेम्कहानी यसरि नै समाप्त हुने गर्छ .या त यसले यौन साथीको रुप लिन्छ या त त्यसपछि अर्को उमेद्वारको खोजीमा. सबै ठाउमा ब्यबहारमा देखिने प्रवृति हो यो .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • naran

      कथा राम्रो लाग्यो , कथा भित्र भावना छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • bhandari kanchho Germany

      मनोज भाई,
      तरकारी मा नुन पनि ठिक्क छ, जीरा मसला पनि पुगेकै छ ,मैले पिरो स्वाद बढी रुचाउने भएकोले खुर्सानी नपुगेको जस्तो मात्र लाग्यो. समग्रमा मिठो लाग्यो!!! इन्जिनियरको हात बाट नेपाली कथा पस्किएको मा धन्यबाद दिदै निरन्तरताको कामना !!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • B.P.Koirala (Germany)

      मनोज जी अब कथा संग्रह निकाल्ने हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • ashish

        तपाईको बायोग्राफी पनि निस्किने हल्ला थियो बजारमा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै …. हामी जनतालाई { जुनै जोगी आए पनि कानै चिरा परेको भने जस्तै त हो } अब उहाले पनि कति महिनाको लागि भुक्न पाउने भए नि !!

      जय होस नेपाल
      सबैको इच्छा पुग्दै आएको छ देश भक्तको मखन्ड़ो लगाउनेहरुको .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Basanta Thapa,Maryland,USA

      पढ्दा पढ्दै के के सोची बसेछु म ! अहा कति मिठा सब्द अनि सम्बाद !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • कथा पढ्दा धेरै नै रमाइलो लग्यो . कलमले सधै निरन्तरता पाओस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • samba

      रमाइलो प्रेम कहानी लेखक को!!!
      अजै तेस्तो प्रेम गर्दै जानु !! परेकोम बिहरुम्ला !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

    eXTReMe Tracker