मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पेनाल्टीमा गोल हान्नेको नाम आज दर्ता हुँदै

    प्रधानमन्त्री कप नाटकरुपी फुटबलको निर्धारित समय र एक्स्ट्रा टाइममा पनि गोल हुन नसकेको त तपाईँहरुलाई थाहै होला। त्यसैले पेनाल्टीमा निर्णय हुँदैछ। पेनाल्टी हान्ने दिन साउन ५ गते बुधबार अर्थात् भोलि हो। आज भने गोल हान्न इच्छुकहरुको नाम टिमले दर्ता गर्दैछ। काँग्रेसी टिमबाट गोल हान्नेको नाम तय भइसक्यो- रामचन्द्र पौडेल। तर पौडेल जोकर मात्र हुनेछन् यदि उनलाई एमालेले साथ दिएनन् भने। एमालेले दुई तिहाइ जुट्ने देखियो भने आफ्ना कप्तान झलनाथ खनाललाई गोल हान्न दिने भनेको छ। माओवादीमा पनि विवाद छ। हिजो सकेसम्म आफ्नै नेतृत्व खोज्ने नभए एमाले क्याप्टेन खनाललाई सहयोग गर्ने भनेर आएको समाचारलाई बाबुराम भट्टराईले खण्डन गरे। माओवादी क्याम्पमा स्ट्राइकर भट्टराई प्रधानमन्त्री बन्ने संभावना नजिकिँदै गएको तर क्याप्टेन प्रचण्डले त्यसलाई रोक्न प्रयास गरिरहेको खबर छ। हेरौँ, को को हुने हुन् प्रधानमन्त्रीका उम्मेदवार।

    एउटा कुरा चाहिँ निश्चित छ- आज नाम लेखाएकाहरुबाटै प्रधानमन्त्री चुनिनेछन्। किनभने यदि पहिलो चरणको मतदानमा कसैले बहुमत नल्याए पनि दोस्रो चरणमा नयाँ उम्मेदवार थपिन पाउँदैन। त्यसैले आज प्रधानमन्त्रीको निर्वाचनका लागि क कसको उम्मेदवारी दर्ता हुन्छ, त्यो महत्त्वपूर्ण छ।

    अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिन्छ

    रामचन्द्र पौडेल- उनी काँग्रेसका मात्र सर्वसम्मत नेता भइदिए। उनलाई एमालेले नै सहयोग गर्छ कि गर्दैन निश्चित भएको छैन। उनी प्रधानमन्त्री भए भने माओवादीले नसघाउने र प्रतिपक्षमा बस्ने निश्चित भएको छ। वर्तमान गठबन्धन कायम राखेर उनी प्रधानमन्त्री बने भने त्यो माधव नेपाल सरकार जस्तै नबन्नबाट रोक्न पौडेलले धेरै मेहनत गर्नुपर्नेछ। एमालेको निर्णयमा पौडेलको भविष्य अड्किएको छ।

    झलनाथ खनाल- माओवादीसहितको वाम दल र मधेसवादी दल मिल्यो भने दुई तिहाई बहुमत जुट्ने र यसबाट स‌ंविधान निर्माणलाई सजिलो हुने तर्क गर्छन् खनाल क्याम्पका नेताहरु। तर खनालको चुनौति बाहिरका दलहरुलाई मिलाउन मात्र हैन, आफ्नै दलकाहरुलाई पनि मिलाउनु पर्नेछ। केपी ओली वा विद्या भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनुपर्ने, चुनाव हारेका ओलीलाई संविधान सभामा लानुपर्ने जस्ता शर्त खनालसमक्ष तेर्स्याइएको सुनिएको छ। खनाललाई प्रधानमन्त्री बन्न नदिन ओली र नेपालले माओवादीका बाबुराम भट्टराईलाई उचालिरहेका छन् भन्ने भट्टराई निकटकाहरुबाट सुनिन्छ। तपाईँ वातावरण बनाउनुस् हामी सघाउँछौँ भन्ने आश्वासन ओली र नेपालले भट्टराईलाई दिएका छन् रे।

    बाबुराम भट्टराई- उनको संभावना पछिल्ला दिनमा बढेको छ। प्रचण्डले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न हरसंभव प्रयास गरिरहेका छन्। तर मध्यमवर्ग र सञ्चारमाध्यममा देखिएको उनको राम्रो छवि, अन्तर्राष्ट्रिय जगतमा उनको पकड आदि कारणले उनको पक्ष बलियो हुँदै गइरहेको छ। हिजो माओवादीको बैठकले आफ्नो नेतृत्वमा सरकार नबने झलनाथ खनाललाई सघाउने भनी निर्णय गर्‍यो भन्ने खबर आउने बित्तिकै भट्टराईले त्यसको खण्डन गरेर आफू प्रधानमन्त्री बन्ने दौडमा कायम रहेको सन्देश दिएका छन्। पछिल्ला दिनमा प्रचण्डभन्दा बढी सक्रिय भई नेताहरुसितको भेटघाटमा सक्रिय रहेका भट्टराईलाई साना ११ दल र मधेसवादी दलको समेत साथ रहने विश्वास छ। एमालेको सहयोग भए उनी निश्चित प्रधानमन्त्री बन्नेछन्। तर उनको चुनौति प्रधानमन्त्रीको आका‍क्षा सजाएर आफ्नै दलको नेतृत्वको सरकारलाई असफल बनाउन भूमिका खेलेका झलनाथ खनाललाई विश्वासमा लिनु रहेको छ। अनि प्रमुख अर्को दल काँग्रेसको पनि विश्वास नलिई उनको बहुमतीय सरकार सफल बन्न सक्दैन। त्यसो त उनलाई नै माओवादीले प्रधानमन्त्रीको उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, त्यही शंकामा छ।

    अरु कुनै अनुहार चर्चमा यिनै नाम र संभावना यिनैको भए पनि नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्ने भनिएको दिल्ली दरबारले माओवादीका कुनै फरक अनुहार वा एमालेको वा अन्य कुनै दलको हामीले नसोचेको अनुहारलाई प्रधानमन्त्री बनाइदियो भने पनि अचम्म मान्नुपर्दैन। दुई ठाउँबाट हारेका माधव नेपाल प्रधानमन्त्री बन्लान् भन्ने कसैले सोचेका थिए र ?

    No related posts.

    62 comments to पेनाल्टीमा गोल हान्नेको नाम आज दर्ता हुँदै

    • रामचन्द्र पौड्याल नेपालको प्रधानमन्त्री हुनु नेपाल अझै 20 बर्ष पछाडिनु
      हो !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • sheela

      इंडिया ले goalpost नै सार्दै छ रे, के को गोल हुनु नि !

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • iku

      म मदन पहाडी संग सहमत छु– ( स्थान -प्रतिनिधि सभा भबन , कामचलाऊ प्रतिनिधिहरुको जमघट बनाबटी चर्कचार्की मोफसल मा खास्खुस/ दलाल हरुको बोलबाला )
      दृश्य १- रामचंद्र भर्सेस डॉ बाबुराम
      दृश्य १- एमाले २ तीर (प्रगति सिल र दलाली धार)
      दृश्य १-तराई का दल डॉ बाबुराम तीर
      दृश्य १-जित बाबुराम को
      कांग्रेस र माओबादिको एमाले फुटाउने दाऊ पूरा
      (पर्दा खस्छ)………………
      जय नेपाल /

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • sushil sharma

      पेनाल्टी goal जसले गरेनि संबिधान निर्माण हुने वाला छैन / आब नेपाल मा गणतन्त्र हुने वा अरु कुनै तन्त्र हुने सब कुरा को निर्णय उही अदृशय शक्ति ले निर्धारण गर्ने छ / यदि नेपालमा साच्चिकै इमान्दार नेता हरु भईदिएको भए यी यस्ता झिना मिना कुरा हरु कसको नेत्रित्वो मा सरकार बनाउने वा नबनाउने भन्ने कुरा नै हुने थिएन र उहिले नै देश सुहाउदो संबिधान निर्माण भई सक्थ्यो र एउटा राम्रो सबल सरकार को लागि निर्वाचन पनि भईसकेको हुन्थ्यो अनि देश निर्माणको लागि कामहरु सुरुहुन्थ्यो /तर के गर्नु नेपाल र नेपाली को दुर्भाग्य हामी ले स्वार्थी नेताहरु को भिड पायेउ / धेरै दुख लागेको छ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Radha

      बाबुराम भट्टराई l लाइ नै प्रधानमन्त्री बनाउनु पर्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • dipak josh(कोरिया)

      अरु नेता भन्दा बाबुराम भट्टराई प्रधानमन्त्रीबन्नु भयो भने नेपाल अगाडी बढ्ने छ |यसमा मा पुन विश्वास छु |”बादरले आफ्नो घर पनि बनाउदैं अरुको घरपनि बनाउन दिदैन|” तेसले प्रचण्डजी बाबुराम भट्टराई प्रधानमन्त्रीबन्नु बाट नरोक्नु होस् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • madan pahari

      (पर्तिनिधि सभा भबन , कामचलाऊ पर्तिनिधिहरुको जमघट बनाबटी चर्कचार्की मोफसल माँ खास्खुस/ दलाल हरुको बोलबाला / रस्त्रबदी हरु जुरामुरौदै )
      दृश्य १- रामचंद्र भर्सेस डॉ बाबुराम
      दृश्य १- एमाले २ तीर (प्रगति सिल र दलाली धार)
      दृश्य १-तराई का दल डॉ बाबुराम तीर
      दृश्य १-जित बाबुराम को
      कांग्रेस र माओबादिको एमाले फुटाउने दाऊ पूरा
      (पर्दा खस्छ )

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Anuradha

      जल्ले गोल हानेपनि को भो र । देशमा यस्तो भैराछ ।

      रौतहट/ डुमरिया मटिऔन- ६ की शिवती चौधरी तीन छोराछोरीसहित वागमती नदीमा हामफालेकी छिन् । बालबच्चासहित हामफालेर आत्महत्या गर्न खोज्ने आमा बाँचेकी छिन् भने तीन छोराछोरीको मृत्यु भएको छ । शिवतीलाई स्थानीयवासीले जीवित नै उद्धार गरेका छन् ।

      बालबालिकासहित आमा बागमती नदीमा हामफाल्दा ११ वषर्ीय छोरा मन्जित चौधरी, नौ वर्षकी छोरी बिनिता चौधरी र पाँच वर्षका छोरा सुदीपको शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गौतम मिश्रले बताए ।

      छोराछोरीसहित सामूहिक आत्महत्या गर्न प्रयास गर्ने आमा शिवती चौधरीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गर्नुको कारण थाहा हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बिचरा !! हाम्रो देश ..!!!
      कत्ति लुच्छाचुंडी गर्छन् हे नेताहरु …..:(

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash

      Best wishes for Baburam Bhattarai

      prakash

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • bhojpure kiranti

      रामचन्द्र, झलनाथ, बाबुराम, भन्दा अन्य व्यक्ति ले पनि गोल गर्न के बेर ! यदि अन्य व्यक्तिले गोल गरे भने पनि आश्चर्य नमान्नु होला ! किनभने बिगतमा भएको राष्ट्रपति र उपराष्ट्रपति को चुनाब त हामी सबैले देखि सकेका छौ होइन र मित्र बन्धुहरु कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • यो भोटिंग सिस्टम नै खराब हो , जानी जानी बोका लै खसी भन्ने लोकतान्त्रिक सीस्टम हो , त्यहाँ धेरै लोकतान्त्रिक बादहरु जोडिएको छ ,सबैलाई थाहा छ ,बोका कति गनौछा ,गनाउने र नगनौने चिन्नु पर्छ अहिले सम्म कुन लोकतान्त्रिक सरकार कति गनाए?र को छैन ?र कसको सरकार बनिए धेरै गनाउने वाला छ .? र कसको छैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sajan

      गोल हान्न सक्ने बाबुराम हो. बाबुराम लाई माओबादी ले नै गोल हान्ने मा छनौट गर्ने छैन. अब काँग्रेस र एमाले ले चुनाब जिते दिल्ही मा match fixing भन्ने छन् धेरैले, माओबादीले जिते दिल्ही को केहि सिप लागेन भन्ने होला. जनता दुइ धार भनेर झगडा गर्दा नेता लाई राज गर्न सजिलो, नेता हरु झगडा गरिरहदा बिदेसी लाई राज गर्न सजिलो. It’s called divide and rule.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • हेर हेर छि छि छि छि यो नेपाली कांग्रेस खान लाई कति आगाडी यीस कुर्ची कुरामा कति आगाडी

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • kumar

      राम चन्द्र पौडेल को पालो हो / पालै पालो गरि देश लुट्नु पर्छा नि/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • sajan

      पेनाल्टीमा पनि स्पष्ट हारजित नभए चाही के उपनाम दिने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • म पनि बाबु राम को सपोर्ट गर्छु है

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • sunil

      जति खेलमा गोल गरेर जिते पनि , नेतामात्रे जिते छ /हार नेपाली जनताको हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Himalee

      ” जनताले तिरेको कर हसुरेर निकालेको अमिलो डकार हो यो ”

      रास्ट्रिय सहमतिको त्येत्रो ढोल पिटेर आखिरमा यिनिहरुले आफ्नो असली अनुहार आज देखाउने नै भएछन होइन त ?

      बहुमतीय सरकार नै गठन गर्नु थियो भने यत्तिका दिन सम्म किन सबै काम काज ठप्प पारेर यो घिन लाग्दो तमाशा देखाएको ?

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • bhojpure kiranti

      राम चन्द्र, झलनाथ, बाबु राम, भन्दा अन्य व्यक्ति ले पनि गोल गर्न के बेर ! यदि अन्य व्यक्ति ले गोल गरे भने पनि आश्चर्य नमान्नु होला ! किन भने बिगतमा भएको राष्ट्रपति र उपराष्ट्रपति को चुनाब त हामीले देखि सकेका छौ होइन र मित्र बन्धुहरु कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ratna

      अहिलेको पेनाल्टी हान्ने डा. बाबुराम भट्टराई नै हुनु पर्छ । अत्यधिक जनताले विश्वास गरेको डा. भट्टराई बोलीमा अलि नरम बनाई वहुमतीय प्रणालीभित्रबाट सहमतीय सरकारमा परिणत गरी थप समयभित्रै संविधान निर्माण गर्ने सक्षम व्यक्ति बनी देखाउने अवसर यही हो । तर असक्षम प्रचण्डले के गर्छ ? ……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • बाबुराम सबै भन्दा राम्रो प्रदानमंत्री बन्न सक्छन

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • sham samal

      बाबुराम वा जो माओबादी प्रधानमन्त्री बनेपनि तिनी हरुले लोकतान्त्रिक संबिधानलाई समर्थन गर्दैनन् चाहेर वा नचाहेर. एकदलीय कम्युनिष्ट शासनको बिधाननै माओबादीको एजेन्डा हो. यो बाहेकमा त उसको अस्तित्व नै मेटिन्छ. भोट ३३% जति मात्रैहो.

      अब प्रश्न केहो भने, लोकतान्त्रिक संबिधान नेपालीले खोजेको हो भने गैरमाओबादी सबै मिलेर सरकार र संबिधान बनाउने. तर एस्तो संबिधान आएपनि वा अर्को खाले आएपनि सबै नेपाली समाजलाई मान्ने खालको संबिधान बन्दैन र झगडा भैरहन्छ, शान्ति खाली देखाउने दात मात्रै. हेर्दै गर्नुहोला येहीहो हुने. देश, समाज वास्तबमा टुक्री सक्यो, ठुलो मानसिक बिभाजन भैसकेको छ. गोपाल किरांतीले बाहुन क्षेत्रीलाई उनको क्षेत्रमा शासनमा आउन दिन्न, जात बिशेषलाई अग्राधिकार, स्थानिय श्रोत माथिको हक, मेरो भाषा आदि ईत्यादीले झगडा बिभाजन बाहेक अरु के ल्याउँछ? देश बनाउन गरेको कामको हेर्दै जाम अनि चेत खुल्ला कि हाम्रो.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Pakrisa

      सबैले बाबुराम लाई समर्थन गरौ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • dilip

      हो ,सबैले बाबुराम लाई समर्थन गरौ | यो सरकारले संबिधान बनाउनु छ |

      ,सबैले बाबुराम लाई समर्थन गरौ | यो सरकारले संबिधान बनाउनु छ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • madan bajracharya

      एमाले भित्र झलनाथ लाई प्रधान मन्त्रि पदको उम्मेदवार बनाउने कुरा उठिरहेको बेला ओलीले अस्ति रामचन्द्रलाई प्रधान मन्त्रि बन्न सहमति गर्ने र सघाउने बचन दिए? को हुन् ओली? यो कुरा त् यमालेको केंद्रिये समितिले निर्णये गरेर भन्नु पर्ने थियो/ तर ओलीले भने/ को हुन् ओली? ओलीको समर्थन मा अहिले खुलेरै माधव र बिद्या लागि रहेछ/

      झलनाथलाई प्रधान मन्त्रि पदको उम्मेदवार बनाए मावोबादिले पनि समर्थन गर्ने भनेकै बेला ओलिकुने र विद्याले झलनाथको बिरोध गर्दै कांग्रेस को समर्थन मै बनेको सरकार कै निरन्तरता दिनु पर्ने भने पछी यमाले मा भारत परास्त समुह नै बनेको देखाउंछ/

      के यमाले तुक्रिन्दै छ? बा टुक्रा गर्न खोज्दैछ? परिस्थितिले आज एमालेको समर्थन बिना कसैले पनि सरकार बनाउन नसक्ने भएकोले यमाले लाई यति शक्ति शालि भएको कसैको स्वार्थ पुरागर्न्मा बाधा हुने भएकोले कतै ओलीलाई एमाले मा बिस्फोट गर्ने हतियार को रुपमा त् प्रयोग गरिरहेको छैन?

      अस्ति माधवले यामलेको कुनै सभासद लाई संबिधान सभा बात राजिनामा गर्न लगाएर तेस्को थाहुँ मा ओलीलाई नियुक्त गर्नु पर्ने भनेको अर्थ त् ओली लाई प्रधान मन्त्रि बनाउने षड्यन्त्र देखिन्छ/ ओलीलाई माधवले समर्थन गर्नु भनेको ले नै भारतको समर्थन ओलीमा भएको देखौन्छ/

      अब हेर्नु छ देस मा आज अहिले कसको जित हुन्छ/ रास्त्र्बदी नेपालीको बा भारत बादी लिट्टेहरुको? अहिले कसको र कस्तो सरकार बन्ने छ भन्ने कुरामा संबिधान मात्रै होयिन नेपाल र नेपालीकै भबिस्यमा असर पर्ने भएकोले सबै दलहरुमा भएको रास्ट्र बादी नेताहरु अहिले त् देस को निमित ठिक हुने निर्णय गर्न कम्मर कसुन/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Homkanta

      अहिलेसम्मलाई यी संभाभित उमेदवार हरुमध्ये बाबुराम भट्टराई नै उपयुक्त छन् जस्तो लाग्छ | तर उनी प्रधानमन्त्री भएपनि उनको बाटो भने सहन हुने छैन | आफ्नो छबि, पकड लाइ जोगाईराख्नु अनि फेरी बादरको जस्तो चरित्र भएका हाम्रा राजनीति दलहरुलाई रिझाउदै अघि बढ्नु उनका लागी ठुला चुनौती हुनेछन् |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • shreesh thapa

      जसले दिल्लीलाई खुशी पार्यो त्यसैले गोल गर्छ नत्र प्रधान मन्त्रि बनेको केहि महिनामा दिल्ली बाट रेडकार्ड पाउछ …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रधान मन्त्रि माओबादी लाई नदिने बातावरण बने सबिधान बन्न लम्बिन सक्छ भनि नबुझेको कसरि होला ? यी केहि लैंचौरे नेताहरुले !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bijaya

      अहिले सम्म पेनाल्टी हान्ने निश्चित अवसर राचपौले मात्र पाएका छन् तर उनले हानेको पेनाल्टी बल त गोलपोस्ट सम्म पनि पुग्ला जस्तो छैन| झलनाथले हान्ने चान्स सम्म पाउन्छंन कि जस्तो छ तर उनि पनि म्याच फिक्सिंग तिर लाग्ने खालका हुनाले उनीलाई पनि विश्वास गर्न गाह्रो छ| म नै जान्ने सुन्ने र ठुलो खेलाडी भनेर जति सुकै कराए पनि प्रचण्डले पनि पहिलो नौ महिने खेलमा कुनै खासै प्रतिभा देखाएनन| उनि खाली दम्भकै भरमा खेलाडी भएका जस्ता छन् र अन्य खेलाडीहरुलाई सहमति मा लेराउने कला छैन उनीमा पनि| सबै जनाले रुचाएका र माओबादीले बनाएको पहिलो मन्त्रीमंडलमा राम्रो striker भनेर समेत चिनिएका बाबुरामलाई पेनाल्टी हान्ने अवसर नै नदिन उनकै पार्टी भित्रका हरु लाग्या छन् अरे| त्यसैले यस पटकको पेनाल्टीमा पनि कुनै नौलो भाग्यमानीलाई चिट्ठा परेर गोल गर्न बेर छैन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dip srest

      सधै दिल्ली को इशारा पर्खिरहने प्रथ छोडौ |बाबुराम को समर्थन मा माइ ससारमा पनि धेरै मत देख्यको छ | ठुलो दलका हैशियतले पनि माओबादी नेता बाबुरामलाई प् एम मा समर्थन गर्नुनै नजिकको सहमति हुने जस्तो लाक्ग्द्च

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj Kumar

      हुन त म कुनै राजनीतिक विश्लेषक होइन, तर अहिलेको जटिल मोड मा सकेसम्म बाबुराम नै ठिक एदी येसो भएन भने नेपाली कांग्रेस का रामचन्द्र पौडेल नै हुनु पर्छ / किन भने भर्खरै मात्र एमालेको नेत्रित्वो को सरकारले राजिनामा दिएको छ, फेरी पुन उसैको नेत्रित्वो मा सरकार गठन हुनु भनेको त लज्जास्पद कुरा भएनर यसै पनि एमालेले चौध महिना सरकार चलाएर असफल भैसकेको छ तेसकारण माओबादी ले झलनाथ खनाललाई समर्थन गर्नु भन्दा पुन आफ्नो नेत्रित्वो मा सबैलाई समेटेर सरकार गठन गर्नु नै बेस हुने छ/ जस्कोलागी उपयुक्त व्यक्ति भनेको बाबुराम भट्टराई नै हुन् / नत्र भने देखि रामचन्द्र को नेत्रित्वो मा समर्थन गर्नु पर्छ , दुइवोटा पार्टी को नेत्र्त्वो को सरकार असफल भैसकेको अबस्थामा एकपटक कांग्रेस को पनिता हेरौना कि कसो / जय होस् सबैको

      राज कुमार कार्की
      अर्घाखाची
      अर्घातोष – २

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Harke

      यी नामहरु बाट आशा जाग्ने कसरि ?
      देशमा चाहिएको सर्बदलीय सहमति हो…यहाँ त पार्टी भित्रै सहमति हुन हम्मे-हम्मे परिराको छ !

      भगवानले हाम्री सानी नानि अथिति गौतम के सी लाइ गायनको विलक्षण प्रतिभा दिदा अलि अलि सहमतिको प्रतिभा यी नेता भंनौदालाइ पनि दिएको भए, कति राम्रो हुन्थ्यो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 2

      • mahesh

        सबै भन्दा राम्रो बिकल्प डॉ. बाबुराम को नेतृत्व माँ एमाले सहित को सरकार. उहा को नेतृत्व को सरकार अझ सम्म कई गतिशील र राम्रो हुनेछ भन्ने मलाई बिश्वास छ.
        दोश्रो बिकल्प: झलनाथ को नेतृत्व माँ माओबादी एमाले लगाएत को सरकार.
        कांग्रेस को नेतृत्व माँ कुनै हालत माँ पनी सरकार हुनु हुदेन.
        कामरेड प्रचंड ले केही समय को लागी पार्टी तीर ध्यान दिए हुन्छ. बाबुराम को लोकप्रियता ले माओबादी लाइ कमजोर होइन बलियो नै बनाउदछ र अंतत बलियो र लोकप्रिय पार्टी को अध्यक्ष लाइ नै हो राम्रो हुने. येदी मीडिया माँ आए झै बाबुराम लाइ रोक्ने मनासाय ले कुनै एदु बंशीय खेल हुन्छ भने त्यों इतिहास ले माफ गर्ने छैन र क्रांतिकारी नायक को रूप माँ उहा ले कमाउनु भनेको इज्जत सबै एक क्षण माँ नै भस्म हुनेछ. आशा छ नेपाली क्रान्ति का नायक कामरेड प्रचंड ले एस्तो घटिया निर्णय गर्नु हुने छैन.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • Himal Shrestha

        मेरो बिचारमा प्रधानमन्त्री हुने लाएक मान्छे अहिले को समय मा बाबुराम भट्टराई हो/ जसले देसको हितमा हुने गरि कामगर्न सकिने र उनको प्रेस्तिज को पनि सवाल छ किनभने उनले अफ्फ्नो प्रोफ्फेसन छोडेर, नेपाली काँग्रेस को विचार लै त्यागेर सानो दलबाट सुरु गर्दै देश को हितमा कामगर्न सकिन्छ कि भनेर पोलिटिकल प्रोफेस्सन लै रोज्नु उन्हान्को महान विचार हो जस्तो लाग्छ|

        हामीहरुले उनको महत्व कान्छा बजेट पनि हेरी सक्यों र आफुले पुरा पनि गरिसके को हो| म अहिले जस्त बाबुराम बाहेक अरुको विकल्पले देस बन्छ जस्तो लाग्दैन|

        बिदेसी हरुले पनि उनलाई अन्दर्मैंड गर्न सक्दैन किने भने उसले तेतिबेलाई नै उतार दिनसक्छ जतिबेला कठिन प्रस्न आउंदा पनि| उ एउटा महान जिबनको प्रोफसनल त्याग बाट आएको मान्छे हो उसमा इन्तेलेक्तुअल् थिन्किंग भएको बेक्ती हो| जसले सबै को मर्का बुझ्न सकिन्छ| अरु भने को सचिब र बिदेशी को भरमा कामगर्ने नेता हो|

        तेसै ले हामी हरु सबै अहिले लै उनलाई प्रधानमन्त्री को रुपमा रोज्नु अति उत्तम हुन्छ|

        हिमाल श्रेष्ठ

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • jeevan

      दिल्लीमा म्याच फिक्सिंगको रुपरेखा तयार भैसकेको छ / पेनाल्टी हान्ने त देखाउने दात मात्रै हो / बरु दिल्ली सगै सोध्ने हो, कि कसले गोल हान्दै छ भनेर /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 2

    • shyam sundar acharya

      सम्भावना रामचन्द्र को छ, किनकि झलनाथ ले २/३ समर्थन बनाउन सक्दैनन् / बिडम्बना नै भन्नुपर्ला माओबादी फेरिपनि प्रतिपक्ष्य मै बस्न बाध्य हुनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Asha

      ३ बुंदे सहमतीको पहिलो बुंदालाई कार्यन्वयन गर्ने शर्तमा बाबुरामको नेतृत्वमा सहमतीय सरकार बनाउनु उचित हुन्छ /
      के माओबादीले सहमतीको पालना गर्ने आँट गरिएला ? हामी सबैले एकचोटी फेरी माओबादीलाई अनुरोध गरौँ देश र जनताको लागि सोच्नुस तपाईहरु /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • KIRAN

      मेरो बिचारमा बाबुराम भट्टराईलाई प्र म बनाउनु parchha ,वहाको सोच दुर्दर्सी छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Shiva Raj

      सिङ्गो नेपालको आवश्यकता पुरा गर्न एउटा सिङ्गो पार्टी अनि सरकार एकै व्यक्तिको नेतृत्व हुनु हुन्न । यी दुवै भिन्न भिन्न क्षेत्र हुन् तर यी दुवै क्षेत्रको समन्वय भने अत्यावश्यक हुन्छ सायद यो प्रचण्ड जीलाई राम्रै थाहा छ। आशा गरौ वहाँले बुझ पचाउने हुनुहुनेछैन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Santosh Dhakal

      जुन सुकै हाडी-घोप्टे भए पनि के गर्ने हो र ? मलाई त नेपाल को खबरै सुन्न मन लग्न छोडी सक्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bardan

      जसरि यसपाली को वोर्ल्ड कप अभागी टिम भनेर चिनिने स्पेन ले जितेर लग्यो तेसरी नै नेपाल को आगामी प्रधान मन्त्रि पनि यस्तै अभागी मध्य बाट नै हुन्छ कि जस्तो लाग्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुन त जुन जोगी आए पनि नेपाल नेता हरु लाइ भारत् ले नै नचाउने भएको ले राम्रो संग देश चलाउन त के देला र तर पनि बाबुराम जी ले भारत को हैन कि आफ्नै देश का नेता हरु लै साथ् मा लिएर देश राम्रो संग संचालान गर्नु होस भनि सुभकामना .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tulsi

      राम्रो खेलाडीले भन्दा पनि रेफ्रीको आशिर्बाद प्राप्त व्यक्ति ले गोल गर्ने सम्भावना बढी छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      माओवादीले कांग्रेसलाई गोल गर्न सहयोग गर्नु पर्छ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • tulsi

      पेनाल्टी गोल गर्नेहरु बिपछिको गोल पोस्टमा भन्दा आफ्नै गोल पोस्टमा आत्मघाती गोल गर्ने खेलाडी भएका ले एसले नै खेल जित्छ भने र अनुमान गर्न कठिन छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      नेपालीको जन्ताकोलागी अफ्रिकामा भएको फुटबल भन्दा दिल्ली दरबारमा भएको फुटबल खतरनाक हुनसक्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो सालमा वल्ड कप खेल कसको हातमा आसंका नभए जस्तै
      सरकार कसको हातमा कसले कसलाई कुन भडखालामा कसले
      हाल्न खोजेकोछ नराम्रो संग जाकिनेनै भो हेर्दै जानुस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham samal

      अरु केहि होईन, भाग बसेर खान पाए भने यी नेताहरुले जे मा पनि हुन्छा भन्छन. यिनको न नैतिकता छ, न शिधान्त छ. न द्रिस्तिकोण् छ, न लाज शरम छ. बहुसंग्ख्यक जनताको अज्ञानता र कमजोरी माथि नेताले आफ्नो निहित स्वार्थको लागि घिनलाग्दा नाटक गरेर सफलता पाई राखेका छन्. यो भन्दा बिडम्बना अरु के हुन सक्छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • खोइ त कमरेड प्रचण्ड .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 14

      • Ale

        प्रचण्ड का दिन गए अब | आफ्नै लगौटी ले त पत्याउन छाडे प्रचंडे लाइ, प्रधान मन्त्रि त बनेको बनेइ हो |

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Jillabashi Baburam

      प्रचण्डले गिरिजा जस्तै “आफू मात्रै” भन्ने मन्त्र त्यागोस!
      देश बनाउने हो, दाहालको खलक मात्रै होइन!
      अहिले सबै दल मिलेर संबिधान बनाउने बेलामा
      बाबुराम भट्टराईको नेतृत्वमा प्रदिप ज्ञवाली, महरा, देव गुरुङ, सिटौला, नरहरी आचार्य जस्ता मेहनती युबाहरुको समूह- जसले काम फत्ते गर्न सक्छन- लाई सानो क्याबिनेट बनाउन दिनु पर्छ जस्तो लाग्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 2

      • Amrita

        I like this comment. True spirit of Nationalism…raised over politics…I am with your view..

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • पेनाल्टीमा गोल हान्ने Doctor Baburam Bathrai

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 4

    • PM मा कमरेड बाबुराम नै Best

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 2

    • chitiz tamu

      झलनाथ खनाललाई प्रधानमन्त्री बनायामा दोई तिहाई को सरकार अनि प्रगतिसिल सम्बिदन बन्ने लक्षन् जस्तो लाग्छ तेसैले गूद लक् झलनाथ
      टेक तमु , न्यु योर्क

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 30

    • Dipak Bhatta

      म सबै ढल का नेताहरु लाई बिनम्र अनुरोध गर्छु बाबुराम भट्टराई लाई भोट गरि अत्यधिक मत ले बिजयी बनाऊ, जय नेपाल अनि अलि राम्रो नेपाल बन्ला कि ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 8

      • Harke

        जानेर लेख्नु भो कि अन्जान मै लेखिन गयो….!
        “दल”लाइ “ढल” भन्दा कता-कता मनै छोयो !

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Ramesh vikram shahi,Timor

      जोसुकै भए पनि नेपाली जनता ” कागलाई बेल पाक्यो हर्ष न विष्मात” को अवस्थामा नै हुनेछन किनभने “जुन जोगी आएपनि कानै चिरेको” देख्न धेरै दिन कुर्नु पर्दैन.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

    • prijam shahi doha qatar

      first of all yo des lai santi sumarga line janta lai shanti ko sas pherna dilaune pm chahiya ko chha. naki kursi ko hanthap garne ra aphnai duno sojhyaune pm ko khacho chain. sabdhan hai ahile ka neta bhanauda haru janta jage bhane uthibas hola time mai ramro sochera matra pm ko take tak garnu hola hai. tehi pani jo aya pani agrim subh kamana chha hai mero pani.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Sushila

      सबैले बाबुराम लाई समर्थन गरौ | यो सरकारले संबिधान बनाउनु छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 12

    • nischal

      सबै जोकर …. गोल हान्ने राकेश सुद ले हो ….. हामीलाई झुक्काउने मात्र हो ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker