मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ह्यापी साउने सोमबार


    आज सोमबार। तर अरु बेलाको जस्तो सोमबार हैन। विशेष सोमबार। आज त साउन महिनाको पहिलो सोमबार पो त। साउनको पहिलो सोमबार आज पशुपतिनाथमा ब्रतालुहरुको घुइँचो लाग्यो । साउन महिनाका हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्छ रे। अहिले नेपालमा हिन्दू धर्मावलम्बी महिलाहरु हरियो र पहेँलो रङ्गका चुरा र हातभरी मेहन्दी लगाएर संस्कृतिलाई फेसनमा मिश्रण गर्दै हिँडेको दृश्य निकै रमाइलो देखिन्छ। स‍ंस्कृतिका धनी हामी! यसो गरे भगवान शिवजीले खुसी भई मागेको कुरा पूरा गरिदिन्छन् रे नि त।

    माथिको फोटो चितवनको हो। राससका नारायण ढ‍ुंगानाले यो फोटो नारायणी नदीमा शिवको आराधना भइरहेको बेला खिचेका हुन्।

    तलको फोटो भने काठमाडौँको हो माइसंसारको फाइलबाट लिइएको। नयाँ फोटो अर्को ब्लगमा राखौँला।


    No related posts.

    19 comments to ह्यापी साउने सोमबार

    • हापी साउने सोमबार है सबै नेपाली दीदी बहिनीहरुलाई …………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • हरियो चुरा र मेंदी लाइ फेसन भन्न नमिल्ला यो पनि एउटा धर्म सन् गरिने एउटा चलिअको चलन हो जस्तै तिज मा रातो सारी, रातो चुरा, पोते गहना लाएर manaainchh सबै चाड पर्व को आफ्नो आफ्नो रित हुन६ नि

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • धर्म मा आस्था राख्नु त राम्रो हो सवान मा हरियो चुरा लाएर मेंदी लाएर बर्त्त बस्दा त सारै man ananda हुन६ तर कोइ कोइ ले देखा सिकी गरेर बर्तई नबसे नि nakal ko लागि लाउने गर६अन् त्यो चै नराम्रो हो है बर्त्त नबसेका ले तेसरी नक्कल नपरे हुन्थ्यो तेसो गरे कसो होला heeeeeeeeeeeeeeeeee

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • Radha

      जाबो चुरा नै लाउदा पनि के किच किच गर्नुहुन्छ | के भयो त जस्तो चुरा लगाए पनि |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • p r baral

      यसरि दुइ हात जोडेर ब्रत बस्नु भन्दा गरिबको दुखीको सेवा गर्नु नै बेस

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8

    • Bal

      हजुरहरुलाई नमस्कार! अबत यो समय मा आएर सत्य लाई खोज्नु पर्छ! पशुपति मा हैन आफै भित्र विश्वास अनि सत्य खोज्नुहोस!

      काम बिना भोकै बसेर केहि हुने वाला छैन!

      धन्यवाद!!!
      लण्डन

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • dip srest

      ल बधाई छ सम्पूर्ण महिला दिदि बहिनीहरु,इछायाको पुरा गर्न तपाईं हरुलाई सफलता मिलोस| जय सम्भो भोले बाबा पशुपतिनाथ कि जय जय जय |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • Binod Sapkota

      के फेसन आयो नि यस्तो नेपाली नारीहरुमा ,हातमा हरियो चुरा अनि मेहिंदी लगाउनु पर्ने रे साउने सोमबारको दिन अनि महादेव को ब्रत ,मैले बुझ्न नसकेको कुरा यो मेहेन्दी र हरियो चुरा अनि महादेव को ब्रत संग के समन्ध छ कसैले प्रस्ट पारिदिनु हुन्छ कि ?

      बिनोद सापकोटा
      sapkota.binod@yahoo.com
      Doha Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • indra shahi

      जय शम्भो……………. जय शम्भो……………. जय शम्भो…………….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • neerose

      ॐ नम: शिवाय!!!!!!!
      हर! हर!! हर!!! महादेव!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Cesar

      बोल बम !

      हर ! हर !! महादेव !!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • मनको चाहाना पुरा होस् .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Yubraj Bhattarai

      एक शिवको नाम सम्पूर्ण धर्ममाथि आस्था ,
      १, ऊं नम: शिवाय = हिन्दु
      २, हे भो अ ल्लाहा [ भोला] = मुस्लिम
      ३, ओ जिसुएस क्रिस्ट [ इश्वर कृष्ण ]मलाई गड [ शिवजीको गण ] संग मिलाउ
      =क्रिस्त्चिन ४,ओम बुद्धाये [ बुद्ध= बोध = ज्ञान= शिव ] नम = बुद्ध धर्म

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 7

    • द्रोण

      मान्छे हरु तेत्रो भक्ति गर्छन ,ब्रत बस्छन ,पुजा गर्छन येसो एक दुइ जना लाइ भगवान ले प्रकट भएर के छ इच्छा ?माग, भनेको कहिले सुनिएन ,किताब मा लेखे को बाहेक |
      मान्छे बेहोस् हुदा ,हृगता लाग्दा अगाडी कालो देखिन्छ ,सुद बुद् सबै हराउछ जुन मृत्यु पुर्ब को अबस्था मानिन्छ | बेहोसी को अनुभब धेरैले गरेको हुन्छन |
      भनेपछि भगवान पनि दिमाग चलुन्जेल मात्र?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Ramesh Khanal

      मेरो विचारमा महिलाहरुले सौभाग्य र सौन्दर्यलाई त्यति धेरै महत्व दिनु भन्दा सीप, शिक्षा र परिश्रममा विश्वास गर्नु राम्रो होला ।
      Ramesh Khanal

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • krishna'nz'

      साउन महिनाका हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्छ रे………यदी येस्तो हुन्थ्यो भने ठिटा हरु ले पनि ब्रत बसी हाल्थ्य नि कुनै शंका……धर्म मान्नु राम्रो हो तर धर्म को नाम मा ठिटा ठिटी हरु ले रमाइलो मनाउनु भने नराम्रो हो ……कि कसो ………

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • Bardan

      मैले यौटा कुरा नबुझेको, महिलाहरु किन शिव भगवान को बढी भक्त हुन्छन ????? हामी सबै लाई थाहा छ शिव भगवान भनेको गाझा, चुरोट, मदिरा, भांग खाने, सर्प को मल लाउने, हेर्दैमा डर लाग्ने, रिसाहा सोभको भगवान हो / अनि केटि हरु लाई यस्तो बानी बेबहार भयको केटा मन पर्छ त ??????? तेस्तो तेस्तो हन्द्सम बिष्णु भगवान हरु हुदा हुदै पनि किन यस्तो शिव भगवान को पछि केटि हरु लाग्छन ? यस को पछाडी के हुन सग्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • HIMALEE

      हर ! हर !! महादेव !!!
      हे महादेव,
      तिम्रो तेस्रो नेत्र दक्षिण तर्फ फर्केर एकपटक खोलि दिनु पर्यो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 5

      • HIMALEE

        हर ! हर !! महादेव !!!
        हे महादेव,
        तिम्रो तेस्रो नेत्र रातोमा टिक लगाउने तर्फ पनि फर्केर एकपटक खोलि दिनु पर्यो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    eXTReMe Tracker