मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कमल थापाको घरमा पुष्पकमल

    अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । प्रधानमन्त्रीको कुर्सीले सायद पुष्पकमललाई उक्त डाइलगमा भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् – ए गाठे कमल थापाको घरमा गएर भोटको लागि हात जोड्ने दिन पनि आयो हँ । कुनै वेला थियो प्रचण्डको टाउको मुल्य करोडौं तोकिएको थियो । प्रचण्ड भन्ने मान्छे छ र छैन मा बाजी ठोक्नेहरु थुप्रै थिए । एउटा मात्र फोटो बाहिर आँउदा जिव्रो टोक्नेहरुको कमि थिएन । कुनै तिलस्मी कथाको नायक जस्ता बनेका थिए ती । ६ दशक लामो समय नेपाली राजनितिमा विताएका गिरिजाप्रसाद कोइरालाले स्वयंले प्रचण्ड-बाबुरामलाई पहिलो पल्ट भेट्दा ती मान्छेहरु साच्चै देशको लागि गम्भीर भएको आफुले पाएका वताएका थिए । तर आजै उनै प्रचण्ड पुष्पकमल भएर प्रधानमन्त्रीको कुर्सीको लागि कमलथापासँग हात जोड्दैछन् । जसले भने पनि ठीक भनेका हुन् समय परिवर्तनशिल छ । साच्चै परिवर्तनशिल छ समय ।

    निश्चित रुपमा नेपालमा संविधानसभाको चुनाव गराउन गणतन्त्र ल्याउन संघियताको मुद्दा स्थापित गर्नको लागि सबैभन्दा बढि श्रेय कसैलाई जान्छ भने त्यो माओवादीलाई नै जान्छ । र त्यसको शिर्ष नेतृत्वको हैसियतले प्रचण्डलाई जान्छ । गणतन्त्रको ल्याउनको लागि भनिएको जनयुद्व वा जनआन्दोलनमा कमल थापाको लाठी र बुट खानेहरुको ढाडको डाम अझै सेलाएको छैन होला । घाइतेहरुको गोलीको घाउ अझै पुरिएको छैन होला । तर विहिवार कमल थापाको घरमा पुष्पकमललाई भोटमाग्न जाँदै गरेको विद्रृप दृष्य देखेर उनीहरुलाई आफ्नो घाउमा नुनचुक छर्किएको महसुस भएको हुनुपर्दछ । विहिवार अचम्मै भयो इतिहासको कुइनेटामा मिल्काइएका भनिएका कमल थापाहरुसँग इतिहासको नायक भन्न रुचाउने पुष्पकमल मलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुराइदेउ प्लिज भन्न पुगे । इतिहासले मिल्काएपनि जस्केलाबाट संविधानसभामा पुगेका कमल थापा हिजो जस्ता थिए आज त्यस्तै छन् । राजतन्त्र समाप्त भएर गएपनि आजप्रर्यन्त उनी सकृय राजतन्त्रको वकालत गरिरहन्छन् । तर प्रचण्ड किन यति चाँडो पुष्पकमल भए ? पुष्पकमलको जीवनमा यति चाँडै किन आयो त एकसय असि डिग्रीको फन्को ?

    आखिर अहिलेको अवस्थामा पुष्पकमल कथंकथाचित प्रधानमन्त्री भएपनि के नै गर्लान र ? उनको प्रधानमन्त्री हुनु भनेको भारतलाई देख्यौं तिमीहरुले लाख कोशिस गरेर रोक्दा पनि म प्रधानमन्त्री भइ छाँडे भनेर देखाउने वाहेक । मधेशी तथा सानादलको समर्थन पाएर प्रधानमन्त्री बने भने पनि जसरी माधव नेपालका मन्त्रीहरुले चर्तिकला देखाएर नेपाल दोषको भागेदार बने त्यसरी नै प्रचण्डले गर्ने सक्ने भन्दा पनि दोष पाउने नै बढि संभावनाहरु छन् । यस्तो अवस्थामा जेसुकै प्रधानमन्त्री बने भने पनि उसले समान्य सुधारका कार्यक्रमहरु ल्याउन पनि हम्मे पर्न सक्दछ । त्यसकारण वहुमतिय प्रणालीद्वारा प्रधानमन्त्री बन्ने कसैको पनि हालत माओवादी नेतृत्व र एमाले नेतृत्वको अघिल्लो सरकारहरु भन्दा फरक हुने छैन ।

    तर समयले इतिहासमा कमल थापाको घरमा पुष्पकमल मलाई प्रधानमन्त्री बनाइदेउ भन्दै गए एकदिन भनेर जरुर लेख्नेछ । भोलीको दिनमा सायद पुष्पकमललाई कुनै इमान्दार कार्यकर्ताले सोध्नेछ – ज्ञानेन्द्रको अगाडी प्रधानमन्त्रीको लागि दर्खास्त लिएर नारायणहीटीमा लाइन वस्न जाने माधव नेपाल र ज्ञानेन्द्रभक्त कमल थापाको घरमा मलाई प्रधानमन्त्री बन्न भोट देउ भन्न जाने पुष्पकमलमा सारमा के फरक छ कमरेड ? सार र रुपका ज्ञाता पुष्पकमललाई उक्त उत्तर अहिले नै थाहा होला । तर उही फिल्मको डाइलगमा नाना पाटेकर थप भन्छन् – “गिरना हे तो उस झरने कि तरह गिरो जो पहाड के उचाई से गिरके भी अपनी खुबसुरती को नहीँ खोती” ।

    No related posts.

    170 comments to कमल थापाको घरमा पुष्पकमल

    • दशवर्ष दन्दमा मुसाको दुलोभित्र छदापो चियाएर हेर्नु पर्थ्यो सबै जिउ दुलोभित्र हुन्थ्यो र टाउको मात्रै देखिने भर टाउकाको मोल
      कमल थापाले तोकेको अबत जम्मै सरिर देखिए पछी प्रचण्ड अनमोल भैसके तेसकारण डराउन पर्दैन गए हुन्छ कमल थापा जस्तै भएपनि हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • दशवर्ष दन्दमा मुसाको दुलोभित्र छदापो चियाएर हेर्नु पर्थ्यो सबै
      जिउ दुलोभित्र हुन्थ्यो र टाउको मात्रै देखिने भर टाउकाको मोल
      कमल थापाले तोकेको अबत जम्मै सरिर देखिए पछी प्रचण्ड अनमोल
      भैसके तेसकारण डराउन पर्दैन गए हुन्छ कमल थापा जस्तै भएपनि हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुवै राजाबादी ……………………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • संसदको सबैभन्दा ठुलो राजनैतिक पार्टी एनेकपा माओवादी भएकोले सबै दलहरु संग सम्वाद गराई राष्ट्रिय सहमतिको सरकार बनाउन उक्त पार्टीको अध्यक्षका नाताले प्रचण्डले कमल थापालाई भेट गरे यसमा आश्चार्य मान्नु पर्ने म केही देख्दिन । दुई तिहाई बहुमतको सरकार निर्माणका लागि झलनाथलाई सहयोग गर्नुलाई यहा साथीहरुले कतै बिश्लेषण गरेको पाइन । नेपालको राजनैतिक समस्याको मुख्य जड भनेको भारतको राजनैतिक हस्तक्षेपको मुकदर्शक बन्नु नै हो । कांग्रेस, एमाले भित्रको केपी – माधव गुट र मधेसवादी दलहरु यसका परोक्ष उदारहणहरु हुन् ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 19

    • Durga Nepali

      हा हा हा नाना पाटेकर को दाईलग चै येस्बंत फिल्म को हो, अग्निसाक्षी को होइन!
      मेरो विचार मा बाबुराम लै पन्छाएको झोक मा बाबुराम को हनुमान, यो लेखेक, ले प्रचण्ड को सत्तो सराप हाल्न नभई एथार्थ तरिका बाट लेखेको हो भने लेख मा दम छ है! “ज्ञानेन्द्रभक्त कमल थापाको घरमा मलाई प्रधानमन्त्री बन्न भोट देउ भन्न जाने पुष्पकमलमा सारमा के फरक छ कमरेड ” यो बिस्लेसन एकदम मार्मिक छ जस्तो सुकै सोच बाट लेखिएको भए पनि

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • Kumar

      राकेश सूद को लाजिम्पाट को दरबार मा बिन्ति चधयाको भय पाई हल्थियो नि. चौध वर्ष ‘र’ को भक्ति को कारण राजतन्त्र फ्फ्य्कना सफल भय तर ‘र’ को निर्देशन नापौन्दा रास्ट्रपति, पशुपति, सेनापति देखि कहिले कुर्सि पति सम्म पनि असफल भय. माओबादी भनेको नेपाल को राजतन्त्र फलना भारत लै पालेको कुकुर जस्तो मात्र भय. अहिले भुक्न नपरेपछि गु पुछेर फ्य्केको ढुंगा जस्तो भय.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • prakriti

      बस्ताब मै प्रचण्ड एती सम्म लाज पचाएका होलान भने थाहा पाएको भए त जनता ले यो दिन देखाऊने थियनन चुनाब मा माकुने को जस्तो इतिहास बन्ने थियो प्रचण्ड को पनि तर उनको येही तरिका रहेयो भने कुनै नेता लाई नलागेको कलंक प्रचण्ड लाई लाग्ने छ एक दिन.
      प्रचण्डको बाबुराम संग केही दुस्मनी रहेछ या प्रचण्ड लाई पनि कुर्सि मोहले नराम्रो संग तानेछ, बाबुराम लाई आगाडी लाएमा प्रधानमन्त्री बन्ने जानेर पनि आफु मात्रै दाबेदार छु सोच्ने तेसैले सिदान्तका कुरा जति नै गरे पनि मानिसको अन्तर आत्मा येना हो, उसले गर्ने बेबहार को ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,र प्रचण्ड जति कपटी नेता सायेद अरु कोहि होलान ,,,,,,,,,,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • madan bajracharya

      केसु जी र कृष्ण गोपालजी
      केहि कुरा तपाईं हरुको पनि पढ्न पाउँ/ केसु जी ले त् उही कुरा गरे पनि अलिकति घुमाएर चटपटे बनाएर भन्नु हुन्छ; तर कृष्ण गोपाल जी …..!!! कृष्ण गोपालजीले लेख्न चाहे नौलो कुरा लेख्न सक्नु हुन्छ यो कुराको महसुस सबैलाई छ/ लेख्नुस न कृष्ण गोपालजी, अनि केसु जी तपाईं पनि/ कसको सरकार बन्नु पर्छ जस्तो लाग्छ हामीले त् ठम्याउन सकेन है/ सबै जनमत होयिन नेताहरुको सहमति खोज्दै हिड्ने पो देखियो/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • sushil

      देस मा आइले सहमति को खाचो छ / जसरि हुन्छ सबै मिलेर देस को विकास गरे भै हलेओ नि / तेही सहमति न मिलेर नै विविन्न बाद र दर्सन बनेको हो र एकै देस को जनता लै विविन्न भाग मा कित्ता मा उभीयाको हो / र आर्को कुरा सबै तेइ साल्ट त्रदिंग को नून खाएको मान्छे हुन् ,को यी फरक छैनन् /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • diwakar

      समय नै बलवान हो || सायद प्रचण्ड ले अब याद गर्ने चन |||

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Ramesh VA

      साथी हरु मैले नबुझेको कुरा के भने नि सबै नेपाली को मन मा एक पटक मावोबादी को तर्फ बाट Dr . बाबुराम भट्टराई लाई चान्स दिय देखि हुन्थ्यो भन्ने आभास थियो जस्तो लाग्छ/ अनि नेपाली को मन मा भएको आभास लाई नसम्झियेरा किन फेरी कमरेड प्रचण्ड जी नै उठ्नु परेको ? मलाई लाग्छ कमरेड प्रचण्ड जी लाई भन्दा बाबुराम जी लाई उठाएको भय सायद यो समस्या आउने थियन होला जस्तो लाग्छ / प्रचण्ड जी लाई साचिकै कुर्सि मोह बढेकै हो त, या कुनै बाध्यता ? एदी अझै पनि नाम परिबर्तन गर्न मिल्छ भने परिबर्तन गरेर हेरु के
      हुन्छ ? साथी हरु फुटेर हैन जुटेर अगाडी बढौ र देस लाई उन्नति गरौं है मेरो येही छ सुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • sanjay subba

      try to be positive u all guys,whatever Prachanda did, he did the great things because he has got vision may not be for the chair he had gone there,if he did so also that’s great because, Kamal thapa is the person who truely having positive feelings towards the nation not like others “So called leaders of our country” like Cong——————,CP——————.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • माओबादी संग कोइ पनि मिल्न न चाहने ? यी सबै (कांग्रेस, एमाले, तराई का अरु पार्टी हरु) भारतीय दलाल र बिदेशी एजेन्ट (माओबादी को भनाइ मा ) भएर हो कि किन हो ?

      कि कतै माओबादी ले पनि सुधार गर्नु पर्ने कुरा हरु छन् ? येसो माओबादी साथी हरु ले प्रकाश पारिदिनु न है ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 16

    • ईश्वर

      यो त प्रचंड र कमल थापा को भेटघाट लाई जनताको सामू बैधानिकता दिने एउटा अचूक अबसर को उपयोग मात्र गरेका हुन !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • anjan lamichhane

      पुष्पकमल जी, जनता लाई दिएको बिश्वाश भन्दा कुर्शी तपाइलाई ठुलो लग्यो, खै तपैले जनतालाई के जबाफ दिनु हुन्छ? जनताले तपाईं लाई धिकार्ने छन् /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • sudeep

      प्रचान्द्र जी तपाई साता को लागि पागल भैसक्नु भयो. प्रचान्द्र जी देश बिकाश गर्न को लागि P M बन्ने कि आफ्नु लागि हो. के तपाई लागि लाज लाग्दैन र भने ????????? कमल थापा जस्तो गणतन्त्रलागि घृणा गर्ने र राजा को दलाल संग गयर भोट माग्ने र भने. लाज छैन तपाई लागि…………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 7

    • buddhi lal tamang

      कुरै गर्ने हो भने म पनि लामो समयसम्म माओबादी पार्टी काम गरेको मान्छे हो| मैले आफ्नो श्रीमती गुमाएँ| आफु शारीरिक र मानसिक रुपमा अपांग बन्न पुगें| अझै पनि मेरो माओबादी पार्टी प्रति समर्थन छ| तर जब माओबादी शान्तिपूर्ण बाटोमा आयो तब देखि माओबादी पार्टीमा खराब मान्छेहरुको हालिमुली बढी रहेको देखेको छु| हिजोका क्रान्तिकारी नेताहरु पनि एक पछी अर्को गर्दै सुविधाभोगी हुदै छन| अर्को कुरा प्रचण्डको सत्ता सिप्सा देखेर त मान्छेको अगाडी माओबादी समर्थक हो भन्न पनि लाजै लाग्ने भयो| हिजोको गिरजा र आजाको प्रचण्डमा केहि फरक नहुने भयो| विद्रोह र सत्ता कब्जाको कुरा मात्र सत्तामा जाने भर्यांग हुन् भन्ने कुरा पनि प्रस्टै हुदै छ| अब माओबादी पनि बिस्तारै कांग्रेस र एमालेको बाटोमा जाने कुरा पक्का नै छ जस्तो लाग्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 4

      • RAMESH

        बुद्दी जी, तपाई जस्ता लै ढिलाई भए पनि बुद्धि आउदै छ, मलाई दुख लागेको छ कि प्रचण्ड को छोरा छोरि अनि परिवार को लागि तपाई हरु ले बलिदान दिनु भयो..अब उनीहरु ले संसार घुमेर आए, अनि जिन्दगि के रहेछ कि, आफ्नो सुबिधा को लागि जे पनि गर्नु पर्चा नि .

        कति को बंसा बिनाश भयो, कति कार्यकर्ता को जिन्दगि उजाड भयो, पढेको छैनन् अब के गर्ने, समाज को हेर्ने र बिश्वास छैन , नेता हरु को केहि बिग्रेको छैन, कोहि अफ्न्ना मरेका छैनन्. कर्म र भाग्य बयियो छ उनीहरु को. अब त्यो युद्ध इतिहास भैसक्यो, नेता हरु ले नाफा कमै सके, अब अर्को व्यापार तिर लाग्दै छन् . तपाई हामी ले हेर्न्नु बहेको केहि हुने वाला छैन.

        एदी, तपाई को नेता का सन्तति सहिद भएको भए, गोलि खाएको भए उनीहरु मा पनि क्रान्ति र युद्ध को यद्द आउथ्यो…….माफ गर्नु होला………हामी गलत समय मा जन्मियौ.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 1

    • lux

      communist and darbariya have same principle.Don’t you know guyzs?If you don’t know about those factors,you don’t know about politics.What happened in 2007 BS?2036 BS?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • सफल डाइरेक्टर ले जस्तो फिल्म बनाउदा दर्शकले रूचाउछन र पैसा धेरै कमाउन सकिन्छ त्यस्तै फिल्म बनाउछन यथार्थ भन्दा फरक, त्यस्तै नेपालको राजनीतिमा प्रचन्डले पनि जनताले रूचाउने खालको राजनीति गरेर प्रधानमन्त्रीमात्र हुन खोजेका रहेछन् ………

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • razen

      प्रचंडे तथा कमल थापा र अरु नेताहरु त जनताको सामुन्ने पो दुस्मन | भित्र भित्र त एक अर्कालाई आइ लव यु भन्नेवालाहरु हो के | नेताहरुको भ्रममा नपर्नु होला |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 3

    • बीर

      कुर्सिको लागि प्रचण्ड पनि केहि हद सम्म गिर्न सक्छन भन्ने त मलाइ पनि लागेको थियो, तर आफ्नो कट्टर वर्ग शत्रु कहाँ यसरि लाजै पचाएर कुर्सिको भिख माग्न गइ यति सारो लाजै लाग्ने गरि गिर्छन भन्ने चाँही लागेको थिएन | कुर्सिको स्वाद चाखी सके पछी प्रचण्डको पनि कुर्सि देखे पछी तीन नेत्र भएछ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 10

      • Nirbhik

        राजनीतिमा कोहि पनि स्थायी मित्र वा शत्रु हुदैन,

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 12

        • बीर

          निर्भिकजी,
          बाघ बरु भोकै बस्छ रे तर घाँस खाँदैन रे | दाहाल बाजे त भोकै बस्न सक्ने बाघ होइन भोक लाग्यो भने घाँस पनि खाने खालको बाघ पर्नु भएछ क्या, त्यसैले अचम्म मानेको नि | होइन भने त्यति ठुलो मान्छेले आफ्नो प्रतिस्था र वजनको पनि ख्याल गर्नु पर्ने थियो |

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

    • Basanta Thapa,Maryland,USA

      साथीहरु
      तपाईहरु सरकार बनाउन लाग्दै हुनु हुन्छ कि संबिधान र शान्ति प्रकिया पुरा गर्न ? के प्रचण्ड प्रधान मन्त्रि हुने बित्तिकै संबिधान बन्छ ? शान्ति प्रकिया पुरा हुन्छ ? के राम चन्द्र प्रधान मन्त्रि हुदैमा संबिधान जनमुखी बन्दैन ? शान्ति प्रकिया पुरा हुन् सक्दैन ? खै मैले नबुझेको हो या बुझाउन नसकेको हो ? कहिले काही मेरो श्रीमती संग पनि बेकारको बिबाद पर्छ यार ! पहिले संबिधान र शान्ति प्रकिया पुरा गर अनि सरकार बनाउ \ हैन भने हरुवा हरुको भिड बढ्ने भो यार !जो भए पनि हरुवा प्रधान मन्त्रि त हो अब |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 7

    • Prabudha

      सर्बप्रथम उत्तम बाबु जी क्रन्तिकती अभिबादन,
      सारै मनन योग्य लेख..मलाई पनि कमल थापा या अन्य नेपाली लाई देसको कुनै पनि नागरिक नभेट्नु कारण नै छैन…..तर प्रचण्ड एक नेपाली नागरिक मात्र नभयर देस को ठुलो पार्टी को ठुलो नेता हुनुहुन्छ…भाबी राष्ट्र प्रमुख या सरकार प्रमुख …..वहाको भेटहरु मा निश्चित छ आम नागरिक को नजर हुन्छ…कमल थापा कमल थापा मात्र हैनन्…उनि यो देस का देस भक्त हरु को हत्या गर्नु पर्छ भने मान्यता राख्ने मान्छे को चाहे पंचायत कालमा होस् चाहे ज्ञानेको सासनकाल मा होस्…०४६ साल पछि पनि यी हत्यारा हरु लाई मालिक आयोग अनुसार कारबाई नगर्दा पुन ज्ञाने ले उचालौ…अब प्रचण्ड सरकार प्रमुख हुने सुर मा आफ्नो चुनाबी घोसनापत्रमा रायमाझी आयोग को रिपोर्ट कार्यन्वयन गर्ने भनि जनताको मतबाट ठुलो पार्टी भय पछि अब सोहि रिपोर्ट को अभियुक्त संग भोट मागी सरकार बनाऊने ,,,,,अनि जसको भोट बाट सरकार प्रमुख उसैलाई कारबाई….माथि केहि साथी हरु ले यो स्वाभाविक लेख्नु भा छ..तर मेरो विचार मा माकुने को जिन्दगीमा नमेटिने दाग ज्ञाने का दरखास्त हाले जस्तै प्रचण्ड को कमल लाई अनुरोध हुने छ….कम्ति माकुने ले त मालिक (कमले को) कै पुगेका थिया..१ जना साथीले उत्तम जी लाई बहुदल बिरोधि लेख्नु भा रैछ कारण मान्यता प्राप्त पार्टीको नेता संग भोट माग्दा के भो? रामचन्द्र ले भेट्नु हुने?माकुने ले भेट्न हुने? अनि प्रचण्ड ले नहुने? हुन पनि होनी किन भेट्न नहुने अब रामचन्द्र र माकुने हरुले बिगतमा गरेका सम्पूर्ण कम प्रचण्ड ले गरे भैगो नि किन नया नेपाल? जसरि मल्लिक आयोग को रिपोर्ट लाई रदीको टोकरीमा कांग्रेस र एमाले ले हाले अब माओबादी पनि सोहि बाटो मा रायमाझी रिपोर्ट लाई हाल्न आतुर छ सत्ता को लागि….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 15

    • Ram Singh

      प्रचण्ड आफु प्रधानमन्त्री हुन जे पनि गर्न सक्छ / कमल थापा मात्रै हैन ज्ञानेन्द्रको पाउ समात्न पनि उ तयार छ / आफ्नो पार्टीको अरु व्यक्ति प्रधानमन्त्री हुन नदिनको लागि उ जे पनि बलिदान दिन तयार छ , एस्ता पो हुन्छन सच्चा बलिदानी कम्युनिष्ट नेता / अरुलाई के दोष लगाउनु आफ्नै माल राम्रो नभए पछी /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 84 Thumb down 10

      • bipin

        राम सिंह जी कमल थापा पनि त भोटर हो उ सग भोट माग्नु के अपराध हो ? केहि मान्छे हरु मावोबादी को कुनै न कुनै कारण देखाई किन गाली गर्छन ? राम चन्द्र र झलनाथ ले भोट माग्दा केहि नहुने प्रचण्ड ले भोट माग्दा संसार हल्लिने ?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 10

    • Kisan

      प्रचण्ड हार्नु भनेको नेपालीले हार्नु हो र सूदले जित्नु हो. हारको पिडा कमल थापाले त बोकेकै छन् अब प्रचण्ड(माओबादी) ले पनि महसूस गर्दैहोलान. यो पिडामा राम्चा दाउ हेर्दैहोला र माकुने हाँस्दै होला भने झालेले सोच्दैहोला. प्रचण्ड र कमल थापाको भेट मा सान्दर्भिक ठान्दछु. प्रचण्डको हारबाट यो स्पस्ट हुन्छकी अब संबिधान सभाको केहि अर्थ रहेन. मधेस्बादिको अब साथ् लिनु भनेको सूदको म्याद थप्नु मात्र हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 66

    • Hom

      उत्तमजी,
      लेख राम्रो लग्यो, तर प्रचण्डले कमल थापालाई भेट्न पर्ने बाध्यता को सिर्जना गर्नेलाइ दोस दिनुपर्ने होइन र ? सबैभन्दा ठुलो दलले सरकार गठन गर्न नपाएको हास्त्यस्पद उदाहरण अन्त कहाँ छ त ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 77

    • madan bajracharya

      उताम्जी
      तपाईंले जसरि प्रचंद्र ले कमल थापालाई भेट्न गएको कुरालाई प्रस्तुत गर्नु भयो त्यो कुरामा मात्र यति भन्न चाहन्छु कमल्थापाको दल पनि मान्यता प्राप्त राजनैतिक दल भएको र त्यो दल समेतको समर्थनमा अस्तिको गत बन्धनको सरकार बनेको थियो/ तेती बेला ककसले कमलथापा गुहार्न गएको थियो कसरि कमल्थापको दलको समर्थन गर्न गएको थियो तेती बेला तपाईं ले यस्तो अभिव्यक्ति दिनु भएन/ भर्खरै राम चन्द्रले पनि कमल थापा भेटेर समर्थन मागेकै थियो/ तेती बेला उतम जी ले बोल्नु भएन/ अब प्रचान्द्र्ले भेट्न जाँदा तपाईं को कुरा सुनेर यात त् तपाईं कट्टर मावोबादी भएको ले प्रचंद्र जस्तोले राजा बादिलाई भेट्न गएकोले तपाईं लाई चित नबुझेको हुनु पर्छ या तपाईं नेपालमा बहुदल व्यबस्थाको बिरोधि हुनु हुन्छ/ नभए कमल थापा पनि मान्यता प्राप्त र अस्ति गत बन्धनको सरकारमा सम्मिलित दल हो तेस्लाई भेट्न नहुने कुरा के छ?

      उतम जी हामीले राजतन्त्र त्यागे भन्दै के सबै नेपालीले राजा प्रति आस्था त्याग्नु पर्छ भन्ने छ? राजा फर्कुन भनेर चाहने के बहुदल बादी रहेनन्? के राजा चांछ भन्नेहरुले अब दल खोल्ने नपाउने भए? के राजाबादीहरुको नागरिक हक छैनन्?

      म राजा फर्कियुं भनि चाहन्न/ त्यो मेरो नागरिक हक हो/ राजा फर्कियुं भनि चाहनेको पनि नागरिक हक छन्/

      उतम जी तपाईं जस्तो विद्वान लेखकले नेपालमा यक जतिको अग्राधिकार माग्ने हरु सिट कसले खुन्द टेक्न पुग्छ तेस्मा केहि सब्द लेख्नु हुन्छ होला भनेर आस गरेको थिएँ/ देस मा “ओलिकुने” जस्ताको कुविचार एउटा “बाद” बनेर आई रहेको छ त्यो कुरामा केहि लेख्नु हुन्छ भनि आस गरेको थिएँ/ आज झलनाथ “ओलिकुने वादको” षड्यन्त्रको सिकार बनेको कुरा सबैको साम्मुन्ने छन्/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 41

      • Luna

        मदन जी !
        खुशी लाग्यो तपाइको बिचार पढेर . हामीले यसरि सोच्ने हो भने हामी नेपाली नेपालीको बिचमा राजनैतिक आस्थाकै कारण शत्रुता हुने थे न – - –
        ऐले त के हुदै गैराख्या छ भने माबोबदी सपोर्ट गर्ने हरु अन्य को नजर मा शत्रु
        जस्तै अनि अन्य लाइ सपोर्ट गर्ने हरु माबोबदी को नजर मा शत्रु जस्तै ( भलै यो
        सबैमा लागू नभए पनि यस्तै स्थिति त छ नि ! उदाहरण हेर्न कै जानु पर्दैन , ह्यै
        माइसंसार मा हेर्दा हुन्छ – - )
        नेपालमा पनि पानि आखा तरातर – पानि बाराबार को स्थिति छ ( भलै सबैमा लागू
        नभए पनि यो स्थिति त छ नि – - )
        यसरि सकुचित भएर सोच्नु भएन !
        जो जे जे मा आस्था राख्ने भए पनि हामि सप्पै नेपाल आमाको सन्तान हो – नेपाली
        हो र हामि सबैलाई नेपालको माया छ , ऐलेको मुलुकको स्थिति प्रति हामि सबैलाई
        चिन्ता छ . हामीलाई था छ हाम्रो मुलुकको दुर्गति ले हामि सबैलाई प्रत्यक्ष्य – अप्रतक्ष्य असर गर्छा .
        भने पछी सप्पैलाई देशको माया भए पछी हामीले एक अर्कालाई माया – सम्मान गर्नु पर्छा – गर्न सक्नु पर्छा .
        कमल थापा हरु लाइ नेपाल प्रति चिन्ता छैन – माया छैन भनेर भन्नु सहि हो ?!
        यदि सहि होइन भने प्रचण्ड जी बहाहरुलाई भेट्न जानु गलत हो ? !
        बिगतका कुरा हरुलाई लिएर सधै शत्रुताको भाब राख्नु भन्दा बर्तमान परिस्थित्लाई
        बुझी मुलुक प्रति चिन्तित नेताहरु एकता को साथ् अघि बढ्न सक्नु नेपाल र नेपालीको हितमा हुन्छ – - -

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 30

        • shyam

          George Bush Jr. once said “….either you are with US or you are against US…” So, the Nepalese political parties also should choose either they are with the Indians/ Maoists or against the Indians/Maoists.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • sanu

        मदनजी,
        तपाईले सबै आस्था भएका मान्छेको हक र अधिकार सुनिस्चित हुने कुरा गर्नु भयो त्यस प्रति मेरो पूर्ण समर्थन. म आफै राजा , राजतन्त्र बिरोधि भए पनि त्यसका समर्थकहरुलाई अभिव्यक्ति र राजनीतिको पूर्ण अधिकार छ र राज्यले यो सुनिस्चित पनि गर्नु पर्छ. तर यहाँ कुरा अर्को हो. कुरा सिधान्त को हो …सरकार बनाउन राजाबादी दल संग मिल्नु भन्दा गैर राजाबादी दल संग मिल्नु पहिलो प्राथमिकता हुनु पर्ने होइन र ? झलनाथलाइ समर्थन गर्दा सरकार बनेन…अब बहुमतको सरकारको कुनै अर्थ छैन, एस्तो बेला बरु कमल थापाको सहयोग माग्नु भन्दा अलि झुकेर कांग्रेसलाइ बरु “सत्ता तिमि खाऊ…तर सम्भिधानमा हाम्रो फलानो बुदा पक्का हाल्नु पर्छ” भनेर क्रान्तिकारी सम्भिधान सुनिस्चित गर्नु पर्ने बेला होइन र ? सत्ता त फेरीनि आउला सम्भिधान बनाउने मौका आउदैना…
        अर्को कुरा ..कांग्रेस, एमालेले कमल थापा संग सहयोग माग्दा निराश नहुनु को कारण सोझो छ…ति लाछीहरुले देश बेचे पनि म अचम्म मान्दिन …पुरुष भएर सुत्केरी औसदी खाएको होस् या रातो passport बेचेको ..यिनीहरु माथि को भरोसा उठेको जमाना भै सक्यो..तर माओवादी संग मत नमिले पनि उनीहरुको आस्था माथि अझै संका गर्न मिल्ने ठाउँ छैन..तर कमल थापा संग मिल्न हिड्न लागे भने चाही गारै होला..

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

        • madan bajracharya

          सानु जी
          कांग्रेस पार्टीको घोसना पत्र अनुशार नै कांग्रेसी नेताहरुको आचरण भई दिएको भए तपाईं को कुरा मा म सय मा सय समर्थन गर्ने थियो/यो कुरामा लाखौँ तर सब्द लाग्ने बनाएको कांग्रेसी नेताहरुले कांग्रेस पार्टीलाई कांग्रेस पार्टी रहन दिएँनंन/ दिक्क यसैमा लाग्छ/ नभए लोकतन्त्र भन्नु र प्रजातन्त्र बादी भन्नु यकि हो/ कांग्रेस कै कारण आज मावोबादिले लोकतन्त्र माग्नु पर्यो/ नभए कांग्रेसी राज नै लोकतन्त्रको अनुभूति दिनु पर्ने थियो होयिन र सानु जी?

          सानु जी मधेश बादी को नियेत हेरे पछी उनीहरु सिट सहमति गर्नु भनेको संघियेता को नाम मा कुनै नेपालीलाई अग्राधिकार कुनै लाई धिक्कार गर्नु हुनेछ/ मधेश बदिले तराईमा अरु जातको नेपालीलाई धिक्कार नै त् गरि रहेछ नि लुटेर पिटर मारेर भगौन्दै/ उनीहरु त्यो भन्दा पनि अगतिलो र रास्ट्र नै बिखन्डन गर्ने हद सम्म पनि जान सक्ने गरि “मधेशमा मधेसीको आत्म निर्णय गर्ने अधिकार” माग्दै छ/ सिक्किम भारतमा बिलाए गर्न पनि नामको सिक्किमेलिले यस्तै आत्म निर्णय गर्न सक्ने अधिकार प्रयोग गरेर सिक्किमलाई भारतमा गाभेको थियो/ अब यी मधेसी हरु सिट उनीहरुको माग मान्ने सर्त मानेर तेही अनुसारको संबिधान बनाउने लिखित सहमति जसले गर्छ तेस्लाई मधेसी दलहरुले प्रधान मन्त्रि को चुनावमा समर्थन को भोट दिने भन्दै छ/ के यिनीहरु भन्दा राजा खोज्ने दल खराव छन्?

          राजा खोज्ने ले राजा मात्रै मागेको छ आत्म निर्णय गर्ने अधिकार खोजेको छैन कुनै जातिको अग्राधिकार खोजेको छैन/ सानु जी ये कुरा हरु लेख्दा मेरो आलोचना खुबी गर्नेछन/ तर सानु जी तपाईं भन्नुस के यो कुरा गलत हो? राजाले अस्ति लोकतन्त्रको बिरोध गरेर गद्दी छोडेको होयिन/ लोकतन्त्र मान्न बिबस भएरै छोडेको हो/ त् लोकतन्त्र मान्न तयार राजा अरु जातको नेपालीलाई पहाडी भन्ने मधेस बादी भन्दा खराव छन् भनि कसैले प्रमाणित गरुन न लौ/ म राजा फर्काउने बिचारको होयिन तर नेताहरुको यस्तै आचरण रह्यो भने जनताले नै राजा फरिकिये भयो भन्न थाले के गर्ने?

          सानु जी मत कसै सिट पनि मागुन तर देसको कुनै पनि राज्यमा कुनै पनि नेपाली लाई भेद भाव गर्ने कुरा र आत्म निर्णय गर्ने अधिकारको नाम मा भोलि रास्ट्र नै बिखन्डन सम्म हुने कुरा मानेर सम्झौता नगरुन/ राज कांग्रेसको चलुन, मावोबादीको चलुन बा कुनैको तर हामीलाई हाम्रो नेपाल भन्नमा गौरव हुने कुरा गरुन बस मलाई यति नै भन्नु छ/

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Amar Myagdi

      कमले कहा हात जोडन जान भन्दा त राजनीती गर्नै छाडदेउ parchanda तिम्ले पनि फासी दिन पर्ने लाई हात जोडन त लाज पनि लाग्नु पर्नी हो तेत्रो जनता को लागि लडेउ हतियार उठायौ भन्नी मान्छेहरु लाई अब तिम्रा एक हुल YCL र जनसेना पनि पठाई देऊ कमल थापा हरुको सुरक्छा गर्न अनि बल्ल तिम्रो जन युद्ध को सही सदुपयोग भयको ठान्ने छन नेपाली जनताले ………….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 19

    • Gaurav

      उत्तम जी
      तपैले नै लेख्नु भएको हैन अस्ति? नेपाल को अस्तित्तो खतरामा भनेर? अब के गर्नु पर्थ्यो त प्रचण्ड ले? आ आफु मारकाट गर्दै हिन्नु? जस्तो सुकै विचार धारा भए पनि, पहिले देश बचाउँ अनि झगडा भनेको बिस्तारै गर्दै गरुला भन्ने कि? देश जता सुकै जाओस पैले येही मौका मा अर्को कोत पर्ब मचाई हालु भन्ने दाउ हेर्ने त?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 13

    • Shashi

      पहिले देखिनै राजाबादी हरु संग मिल्ने प्रयाश गरेका हैनन् र माओबादीहरुले उत्तम जी ? कमल थापालाइ भेटे त के बिगारे ? आखिर प्रस्न त ‘रास्ट्रिय स्वधिनतासंग’ गाँसिएको छ नि है न र ? नागरीक सर्ब्बोचता र रास्ट्रिय स्वाधिनता को लागि जो संग जे गरे पनि राम्रै हुने भयो नि कि कसो ? आखिर यो देश मा माओबादीले गरेका सबै कामहरु राम्रा र अरुले जेसुकै जस्तोसुकै गरेपनि नराम्रो हुने त हो / आर्मी क जर्नेल देखि राजाबादी हरु लै भेट्दै /पार्टी मा भित्र्यौदै गरेकै हो क्यारे / यी सब ठिक हुन् भने कमल थापालाई भेटेर भो माग्न किन नहुने र ? केनै खराब भयो र?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

    • राजेन्द्र अधिकारी

      मलाई त कमल थापालाई (म आफैंले पहिले पहिले सहित) जसले पनि नकारात्मक नजरले हेरेको देख्दा अच्म्म लाग्छ । आखिर कमल थापा को गल्ति के हो? यी कुर्सीचुस् नेताहरूलाई लात हानेर राजाको सपोर्ट गर्नु । ज्यान मारा माओवादीको विरोध गर्नु ? तैट् ! कुर्सीचुस् नेताहरूले जनतालाई राजा र थापा विरूद्ध यसरी उचाले कि मानौं, सबभन्दा ठीक शासन गर्न केवल उनिहरूले जानेका थिए । शायद प्रचन्ड र रामचन्द्रलाई कमल थापा त्यती नराम्रो लाग्दैन होला जति उनिहरूले हामीलाई लाग्ने पारेका छन् (आफ्नो स्वार्थको लागि)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 5

    • brishal

      कस्तो सम्म बेइजत्तिहरु… हिजो सम्म त्यही कमल थापा कुकुर भनेर घर अगाडी banner टास्ने.. आज त्यही कुकुर संग हात हैन अँगालो मार्न जाने… कहाँ सम्म को देश भडुवा रहेछ त यिनीहरु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 12

    • Nimesh, BKK

      “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । नानापातेकरको सटिक दाइलग, मजा लाग्यो . दाइलग याद गराउनु भएकोमा धन्यवाद .
      “गणतन्त्रको ल्याउनको लागि भनिएको जनयुद्व वा जनआन्दोलनमा कमल थापाको लाठी र बुट खानेहरुको ढाडको डाम अझै सेलाएको छैन होला । घाइतेहरुको गोलीको घाउ अझै पुरिएको छैन होला ।” तितियो सत्य यहि नै हो तर के गर्नु कुर्शीको अगाडी कसको के लाग्छ र ???!!!
      खुरुक्क तिन्बुन्दे सहमति कार्यान्वयन गरेर माओवादीले सरकार बनाएको भए क्या मज्जा हुने थियो या त बाबुरामलाई अगाडी सारेको भए पनि हुनेथियो तर के गर्नु कुर्सिको लोभले छोडेन. भाडमा गयो सबै सहमतिहरु . सतिले सरापेको देशमा के हुन लागेछ हो भन्नै गाह्रो भो .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

      • vijay

        यो dialogue एशो हुनु पर्ने
        एक आदमी सबसे बडा मछाड को भी खुन पिलाके नोकर बनाके अपने सेरेफेरे पे राख्त हे
        अथवा
        एक मछाड दुशारा मछाड को आदमी को खुन पिनेके लिए पाउ
        पड़ता ही
        येह आदमी र खुन भनेको चै हामी जनता हरु.मछाड त मिल;इ हल्छां नि

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Dilip

      हरे क देख्नु परेको होला. कमल थापा संग वोट मग्न जानु भन्दा त बरु प्रधानमन्त्री नै न भए हुन्छ नि. भारत को एउटा हस्तछेप हुँदा कुर्सि छोडेर जाने प्रचण्ड एनी नै हून त ? विश्वास नै न लाग्ने. हैन कसरि बिर्सेको होला आस्ति भर्खर त हो त्यो कमले ले तेत्रो आन्दोलन दबाको.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • Suraj Shrestha

      नेपालीहरुले गणतन्त्र खाने, गणतन्त्र ओढने र गणतन्त्रमा सुति समय बिताउन परेको देख्दा बिश्वका मानिसहरुले के सोच्दा होलान ? जन आदोलन-२को चार वर्षमा कुर्चीको खेलको यस्तो हालत छ भने पछी के हुन्छ होला ?

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • हो यार हो जो गोरु आयपनी काने चुदिय्को र यो राजनीति हो जेपनि हुछ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • द्रोण

      उत्तम जि
      आफ्नो अडान सहि छ् र् मनिष मा आत्म विश्वाश छ् भने पुष्प कमल त् के पुष्प माथि बस्ने र् हात मा कमल लिने पनि झुक्छन |
      कमल थापा इन्दिया ले लेखिदिएको र् नेपाली मा उल्था गरेको १२ बुदे मा हस्ताक्छ्यर गर्न दिल्ली त् गएको थिएन ?
      नेपाल मा मावोबादी आयो अब तेतै मौका पाइन्छ भनेर राता रात लीलामणी र् अरु के के जाती जस्तो मावोबादी मा छिरेन ?
      उस्लाई चै देश को गद्दर ठान्ने?
      हो राजतन्त्र को हनुमान हुनु मा उस्को आफ्नो बिश्लेसन होला |तर देश बेच्ने सम्झौता मा हस्ताक्षर चै गर्दैन कमल थापाले ल् |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 3

      • Harke

        द्रोण जी,

        भारतको नेपाल प्रतिको नीति आधा सताब्दी भन्दा अघि देखि उस्तै छ….जो साधारण नेपालीले पनि बुझेका छन्…..पुकदा जस्तो नेता ले नबुझ्ने त कुरै भएन !

        आज पुकदा, नेपाली भाइकोमा किन गयो र हिजो किन जान सकेन ?
        या त उ हिजो गलत थियो या आज गलत छ !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

        • द्रोण

          हर्केजी
          पुष्प कमल दाहाल ले भारत् को सहयोग मा नेपाल बाट राजतन्त्र हटाउन सशक्त भूमिका खेले त्यहा सम्म भारत् को र पुष्प कमल को इन्ट्रेस्ट मिट गर्यो |
          तेस्पछी भारतलाई नै पुष्पकमल पुष्प काडा भैदियो | पुष्पकमल भर्सस भारत् को यो राजनीतिक लडाई ( सायद इन्डिया कुनै व्यक्तिको पछी उसलाई पी यम हुन् बाट प्रक्त्यछ रोक्न लागेको यो पहिलो पल्ट हो कि ) मा पुष्प कमल ले सरकार बनाउन नेपालि राजनीतिक शक्ति हरु को सहयोग खोज्नु कुनै नौलो कुरा भएन( हामि सामान्य मानिसलाई नैतिकता को कुरा लाग्छ यो!!!! )| हामि खुसि येस्मा हुनुपर्छ कि पु क दा ले मधेसी मोर्चा को नाजायज माग अगी घुडा टेकेन बरु कमल थापा कहा गए |
          हर्के जी पुष्प कमल मा हामि तेती बिधि धेरै कुरा न खोजौ | उ मौसम को फल हो |
          कुनै बेला तेस्को महत्त्व हुन्छ पछी महत्त्व घट्छ | हामि कामना गरौ पुष्प कमल अरु नेपालि नेता जस्तो भारतीय बिस्तारबाद सग न बिकोस | लड्दै जादा मानिस बलियो हुन्छ | भारत् को आडमा माधब कुमार ले पुष्प कमल लाइ धोति लगाइदिए ,भोलि त्यो स्थिति न रहन पनि सक्छ र येसैगरि लड्दै जादा उसमा आन्तरिक उर्जा को बिकाश भएर उसले माहुने र इन्डिया लाइ जित्न पनि सक्ला कि ??
          लडाकु र खेलाडी कहिले हार्छ,कहिले जित्छ | रामचन्द्र ,माधब कुमार नेपाल ,पुष्प कमल सबैले येस्पाली के चै साबित गरे भने उनीहरु नेपाल को राजनेता हुन् पुगेछन | भन्न खोजेको अब उनीहरु पार्टी बाट माथि उठे छन् |
          बाबुराम र अरु को नाम लाइ पछी छोडेर पु क दा आए ,आइरहे ,तेस्तै रामचन्द्र ले सबैलाई पछाडी छोड्न सफल भए , माधब ले झलनाथ लाइ कसरि धोति लगाइदिए |
          हामीले आफ्नो देश को नेता लाइ गालि मात्र गर्नु पनि समाधान हैन | हामीले बिश्लेसन गरौ ,चिनु उनीहरु को काबिल्ताको मुल्यांकन गरौ |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

          • Harke

            हो द्रोण जी,
            पुकदा मौसम कै फल हो, येस्मा २ मत छैन….!

            बिडम्बना त के हुनगयो भने मौसममा यत्र-तत्र सर्बत्र आफै फल्ने येस्ता मौसमी फललाइ हामि नेपालिले १५००० को रगतले मल जल गर्न पुग्यौ वा मलजल गर्न बाध्य पारियो !

            …माओबादी एउटा उपयोगितावाद को सिद्दान्तमा चल्ने जत्था हो, तेस्ले आफ्नो अभिस्ट पुरा गर्न वा भएपछी जसलाई पनि धोका दिन्छ, तेस्मा सारा नेपाली र नेपाल नपर्लान भन्ने के भरोसा ?

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

            • द्रोण

              हर्केजी
              अरुलाई उपायोग गर्ने भन्दा पनि उ आफै अरुद्वारा ययूज गरिएको जस्तो लाग्दैन ?
              हाम्रो देश को सामाजिक ,आर्थिक ,भौतिक ,राजनैतिक संरचना तहस नहस पार्न इन्डियाले पहिले युज गर्यो पछी दोबाटोमा एक्लै छोडी दियो |
              राजनीति लोभीपापी को खेल भएकोले हाम्रा देश का नेताहरु बाघ भन्ने जान्दा जाँदै लुटुपुटु गर्न गएपछि उसले भोजन बनाएको हो

              मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

              • Harke

                पुकदालाई के युज भएको भन्नु,
                येतिको इज्जत, बैभव, अंगरक्षकहरु, महिनाको ४५,००० को भाडा तिर्नुपर्ने बंगलो, गाडी, के के ….! स्नातक सम्म उर्तिण पुकदाले मास्टर भएर त पक्कै कमाउन सक्थेन ! यो सबै तेस्को मालिकको अनुकम्पाबाट सम्भव भाको होइन र ? अरु स्नातक उर्तिण नेपालीलाइ त एक छाक जुटाउन पनि धौ धौ छ नि !

                हो, पुकदालाई तेस्को मालिक (दिल्ली)ले युज गर्यो र परितोसिक दिएर मिल्काइदियो, पुकदालाई तेतिले पुगेन र अझै ३०% नेपालि जनताको युज गरेर बार्गेनिंग गरिराको छ !

                अझै पनि तेस्को लागि सति जान सयौ दाजुभाई तयार छन् ! तेसैले त्यो दोबाटोमा एक्लै छ भन्नु चाइ जायज नहोला ! तेस्ले बाँकि संरचना ध्वस्त नगरी चैन को सास फेर्ने वाला छैन ! अहिले नेपाली सेनाको संरचना तिर लागेको छ !

                मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

                • द्रोण

                  हर्केजी
                  सामान्य बाम राजनीति गरेर बसेको गाउ को मास्टर लाइ राता रात दक्षिण एसिया को लेनिन झैँ सम कक्ष्य मा हुर्यायो र फेरी प्र म न हुदै १९५० को सन्धि आदि को कुरा गर्दा र उसको चीन प्रति को आकर्षण र मावो प्रति को अगाध श्रद्दा
                  ले झस्केर उ पदच्युत हुन् बाध्य पारियो ( अलिकति अनाडी भएर पनि हो )
                  | मान्छे ले गर्दै जादा सिक्ने र जान्ने हो ,अब पुष्प कमल को अनुभब ,र उसले प्राप्त गरिसकेको राजनीतिक उचाई लाइ नजरअन्दाज गरेर उसलाई गाउको सामान्य शिक्श्य्क सग तुलना गर्न मिल्दैन | सबै आमा कै पेट बाट निस्कने हो तर ठुलो उद्देश्य राखेर हिडेको मानिस अभ्यास ले कालान्तर मा केहि हैसियत प्राप्त गर्छ |
                  फेरी उसको पृष्ट भुमि केलाउनु त्यति उक्ति सङ्गत हुन्न|
                  धेरै घुस खाए उसकै कार्यकर्ता ,बाबुराम ले नै पनि त्यहिँ कुरा पक्दिन्न र |
                  हर्के जी रास्ट्रिय नेता भैसके पछी अलि कति रहन सहन मा सुधार हुनु आश्चर्य न मान्नु होला | करोडौ को घोटाला भए उसलाई भने नि ,उसकै मानिस ले बाकि राख्दैन ,फेरी राजनीति मा खुट्टा तान्ने मानिस आफ्नै हुन्छन |
                  हर्के जी दुनिया मा मानिस धेरै हुन्छन ,आइमाई पनि धेरै हुन्छन तै पनि ययूतई
                  आइमाई मोर्दा ,बा पुरुस मोर्दा त्यो एक्लो भयो किन भनिन्छ ?
                  तपाइँ सग कुम मा कुम मिलाएर हिडिरहेको कोइ साथि बिदेसियो भने एक्लो महासुसु गर्नु हुन्न ??
                  मानिस भएर केहि न गर्नु ,समय तेसै बिताउनु केहि सिकिन्न ,केहि जानिन् |
                  तर एउटा बाटो पक्डिनु ,निरन्तर लागिरहनु धेरै सिक्छ ,जान्छ |
                  माकुने ,पुष्पकमल ,रामचन्द्र सबै को इतिहास सामान्य भन्दा पनि सामान्य बाट सुरु हुन्छ र आज को हैसियत उनीहरु को लगनसिलता ,कुटिलता , र अभ्यास को परिणाम हो |
                  मैले तपाईलाई पहिले नै भने नि , हो १५०० हजार को नर संहार को एउटा कारक प्रचण्ड हो तर त्यो नर संहार लाइ बैधता प्रधान गर्ने ,हत्या रा भन्ने जाँदा जाँदै डोली चढाएर सहर लेउने एमाले ,कांग्रेस सबै उत्तिकै अपराधि हुन् यदी अपराध को कुरा गर्ने हो भने |
                  त्यता तिर धेरै न जाउ ,त्यो एउटा म्याच को पाटो भयो |उनीहरु खेलाडी भएकोले त्यस्तो म्याच धेरै खेल्छन |उनीहरु भन्ना ले माकुने ,गिरिजा (??)सबै नेता हरु लाइ भनेको है |

                  हर्के जी मानिस परेर जान्छ , यो सहर को बिद्रोह को प्रयास मा मुथ्भेड को स्थिती आएपछी हट्नु प्रचण्ड ले जिम्बेबार राज्नितिग्य् भएको प्रमाणइत गरिदियो जस्तो लाग्छ |ये बाबा हामी का त्यस्तो घगडान नेता नै खा छ् र् भएकै बाट सम्भाबना खोज्ने हैन र् ??
                  आफ्नो आफ्नो बिश्लेसहन हो अहिले माकुने ले प्रचन्ड लाई पछारे पनि म् लाई लाग्छ नेपाल लाई प्रचन्ड जस्तो पि यम नै चाहिन्छ ?
                  मैले अगी अगी लेखिशके शिक्षा ,अर्थ तन्त्र ,राज्निती सबैमा परिवर्तन को आबश्यक छ् , कृपया न् कारात्मक भन्न् खोजेको न् बुझिदिनु होला |
                  राम ,माधब पनि नेपाल को पक्का राज्नितिग्य् हुन ,तर यथा स्थिती मै रमाउने ,खाली पद मा तिर मात्रा जाने हुनाले प्रचन्ड नै अहिलेलाई ठीक |
                  यो मेरो ब्यक्तिगत बिचार या ने म् मावोबादी हैन ,तैपनी म् यो ठान्छु |

                  मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

                  • Harke

                    द्रोण जी,
                    बिमति राख्न सकिदैना…!
                    “अरुभन्दा पुकदा नै ठिक…..” तपाइले मात्र होइन सम्भिधान सभा चुनाबले पनि तेही भनेको थियो नि, होइन र ?

                    तेस्तो सभा जसले, आफ्नो निर्धारित आयुमा न त सम्भिधान दिन सक्यो, न त गतिलो सरकार छान्न सक्यो ! धेरै साशन गर्न सफल (काम त कसले पो गरेका थिए र ?) प्र म पनि चुनाब हारेर जस्केलो वाट छिरेको पर्यो !

                    अगाडी बढ्ने नाममा पहिरोमा पनि गाडी नरोक्ने गुरुजी र अग्रगमन को एकोहोरो नारा लगाउने पुकदामा मैले भने फरक देख्न सकिन है !

                    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

                    • द्रोण

                      हर्केजी
                      म् त् शायद राम्चन्द्र लाई चुन्न चाहन्थे | तर प्रश्न यो छ् कि देशमा यथास्थिती बाद् लाई चुन्ने कि
                      अली अली भये पनि परिवर्तन को दिसा मा जाने |एउता छ् पद मा जाने र् जसरी पनि तेसैमा टिक्ने खालको
                      अर्को चित्त न् बुझे रजिनामा दिने खालको |
                      फेरी आज्को प्रचन्ड हिजो इन्दियाले काख मा राखेर कोख्याइ कोख्याइ गरेको प्रचन्ड पनि त् हैन |हेर्नुस् कुन पोजिसन मा छ् आज |
                      शायद प्रचन्ड ले जित्दैन ,उ हुँदै हुन्न होला तैपनी मेरो अन्ट्र आत्मा ले उही ठीक ठान्छ |

                      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

                      • Harke

                        द्रोण जी,
                        एउटा लामो बहसको लागि साधुबाद !
                        धेरै कुरामा मा समान बिचार भएको आभास भयो !
                        अन्तमा, बर्तमान तेत्रित्वले (हरेक दलको) निकास दिन असफल भएकै हो…तेसैले सबै दलमा नया नेतृत्व खाचो छ, खासगरी मुख्य ३ दलमा !

                        रामचद्र, सेरबहादुर वा सुसिलले नेत्रित्वको लागि गिरिजाको मृत्यु कुरेजस्तो नियति अब कुनै पनि दलका नेताले व्यहोर्नु हुदैन !

                        झलनाथ, पुकदा, माकुने वा रामचद्रले हुन् या तिनका सहयोगी (सेर, ओली, बामदेब, आदि) ले बर्तमान समस्याको निकास दिन सक्दैनन् !
                        तेसैले यी बाली लगाउन नसक्ने यी बुढोगोरुहरु पहिला बिदा गर्नु र नया बहरगोरुहरुलाइ मौका दिनु पर्छ !

                        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

                      • द्रोण

                        हर्के जी
                        यहालाई पनि मेरो धेरै धेरै धन्यबाद | हामीले नया पुस्ता को कुरा गर्दा
                        पुरानो पुस्ता को खारिएको दिमाग लाइ बिर्सनु हुन्न|
                        केटा हरु हतपत मा गर्छन ,फुर्सत मा पछुताउछन्|

                        एउटा कुरा के भने विदेश तिर चै राजनीति मा एक चोटी
                        माथि पुगिसके पछी बिस्राम लिने चलन छ | बा समाज सेवा मा जादा
                        रहेछन | जुन अति राम्रो हो |तर हाम्रो मुलुक मा सबै
                        इन्डिया को पद चाप मा चल्ने हुनाले मरुन्जेल छोड्ने वाला छैन |

                        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उत्तम जी
      तपाइको लेख अति राम्रो छ / अहिले सबैलाई कुर्ची नै प्यारो ………..के होला हाम्रो देश मा …….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • Rawbee

      जिल्लाबासी बाबुराम जी को कुरा सहि छ , मुख ले मात्र है न practical मा नै सुरु गर्नु पर्यो .आफ्नो कुरा ल मात्र है न अरुको कुरा लै पनि समर्थन गर्ने बानि बसाउनु पर्यो . यी नेता भनौदा हरु ले कै गर्ने छैनन् त्यो पक्का छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Basanta Thapa,Maryland,USA

      साथि हरु
      अब अन्धोपन छाडौ \ सत्ता र स्वार्थ को लागि नेपालि नेता र जनता तल सम्म झर्न माहिर छन् \ हामि जनता,समर्थक,कार्यकर्ता ले नै हो नेताहरुलाई बिगारेको पहिला हामि सुधारिउ त्यस पछी नेता र पार्टी हरु सुधारिन बाध्य हुन्छन \ एउटा सिस्टम बसालौ, बिधि र नियम मा हामि हिडौ \ समाजमा रहेका ब्रिकिती हरु हटाउन थालौ \ गाउ र टोल मा दिनहु हुने जुवा तास रोकौ \ जाड रक्सि सेवन रोकौ \ जाति र धर्मको नाम मा घर घर मा बनाइने जाड रक्सि को उत्पादन रोकौ \ पैसा खुवाएर नहुने काम नबनाउ \ जाड र रक्सि सेवन गर्ने ठाउ र समय तोकौ \अनाबस्यक धेरै पार्टी हरु को समर्थक होइन बामपन्थी या प्रजातन्त्र बादी कुन पार्टी रोज्ने दुइ मा एक रोज्ने अभियान चलाउ \ नेता हरुलाई नागले पसल थापे झैँ पार्टी खोल्ने चलन रोक्न दबाब दिउ \ हरेक ठाउमा जनता राजनीति का कुरा गर्ने बानि हटाउ \ छोटकरीमा नेता धेरै भए \ पार्टी धेरै भए \ जनता विभाजित धेरै भए \ नीति र नियम सिस्टममा समाज र राज्य लाइ हिडाउ \ झगडा र मै मात्र ठिक भन्ने भाबना र ब्यबहार हटाउ \

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • गगने

      हुनत कर्ता र नेताहरुलाई नै दोश दीइन्छ, दिनुपर्छ र उनीहरुले दोश र आरोप लिनु र सच्याउनतिर लाग्नुपनी पर्छ तर हाम्रो जस्तो देश जहाँ सबैकुरा एक अरको सँग निहित र अन्तर्सम्बद्द छ त्यहाँ कुरा अर्कै हुन जान्छ! यदि सबैको नैतिकता धोती र कट्टुमै लुटपुटीयको छ भने एउटाको(प्रचन्डको?) मात्र बासको लिङमा बाधेर टुप्प्याउनु पनि जोकर र अरुलाई मनोरन्जन गराउनु सिवाय केही हुने छैन! पौडेर तर्नको लागि खोलाको बहाब र तरङ लाई बेवास्ता गरेर सकिदैंन तेसैले खोलाको तरङ र बहाबलाई धार लाई आन्कलन गरि तेसै अनुरुप आफुलाई पनि पौडाउनुको बिकल्प हुदैन तेस बेला कतिपय अवस्था यस्ता पनि आउछन जहाँ केही हद सममा खोलासँगसंगै बगेर आफ्नो निर्दिस्ट लक्ष भन्दा तल उत्रेर भनेपनी आफ्नो युद्द र लक्षलाई जिबन्त राख्नुपर्ने हुन्छ! की त समर्पण गर्नुपर्यो की या केही गुमायर हारेको जसरी पछाडि हटेर भनेपनी लक्ष प्राप्तीको लागि निरन्तरता दिनुपर्ने हुन्छ! तर प्रचन्डको सन्दर्भमा यो लक्ष प्रधानमन्त्रीको पद मात्रै होकी देशको आमुल परिवर्तन र जनताको मुक्ती हो भन्नेकुरा चाँही निर्क्यौल गर्न गहारो भने पक्कै भयको छ।
      उखाननै छ गुं पुछेको ढुंगापनी काम आउछ भन्ने त्यही नै हो भयको र जब असल ठानेकाहरु बाट अबरोध र बितुंन्डा मच्चाउछन र उल्टो घाट र न्याक्नतिर लाग्छन तेतिबेला नचाहेको कुरा पनि गर्न वाध्य हुन्छ! त्यही भयको हो! आख्किर देशलाई निकासा र परिवर्तन दिनु जो छ!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 9

    • Nilu

      येस्मा केहि अचम्म मान्नु पर्दैन / यो साधारण कुरा हो /कमल थापा र प्रचण्ड मा केहि कुरा मा समानता छ /
      अ) दुवै ले सबैले थाहा पाउने गरि लाज पचाएर इंडिया को पाउ मल्दैनन /
      आ) दुवै बन्दुक मा बिस्वाश गर्छन /
      इ) दुवै बोल्न माहिर छन्./

      तेसकारण ले यो दुवै उस्तै विचार (केहि हद सम्म ) भएका दुइ नेपाली को भेट भए जस्तेइ हो /

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • Amar

      यो प्रचंदेय ले लस्ती झुर गर्यो , यो र माधव कुमार नेपाल मा केहि फरक छैन | खुरुक लगेर बाबु राम लाई उमेद्वार बनी को भनी भै हल्थियो नि |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Bhamir Thapa, Swiss

      अब हुने भनेको प्रधानमन्त्री रामचन्द्र ( असम्भब सहित ) भन्दा त कमल थापा संग भोट मागेर भए पनि प्रचण्ड नै राम्रो होला किन भने सुद लगायत भारत मुखी पत्रु हरुले हाम्रो देशमा जाल बिछ्यौना त नसक्लान !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 63

    • Bishu

      It’s so shameful that Pushpa Kamal went to beg in the door of Kamal Thapa. The best solution of the present political crisis is, to convince CPN (UML) to support them and CPN (UML) should also support the Maoist without any conditions for the sake of Nepalese and the development of our poor country. Nothing else, only to unite…..thats it!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 11

    • rajendra tamrakar

      प्रचण्डले कमल थापालाइ कुर्सिको निम्ति भिखई मागेको भए पनि त्यसमा खिसी गर्नु केहि कुरा छैन. मागेकै भएनि आफ्नै नेपाली भाईलाइ माग्यो कुनै विदेशीलाई त मागेन नि.एक भाई ले अर्को भाई लाई सहयोग माग्नु केहि नराम्रो कुरा होइन. जसरि पनि होस् एउटा पक्का सरकार बन्नु पर्छा र समयमा संबिधान बनाएर देशलाई डुब्न बाट जोगाउनु पर्छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 52 Thumb down 64

      • rishi

        “भाई फुटे गवार लुटे” भनेको येही हो .

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • प्रचंड ज्यू

      नेपाली जनताको बिस्वास, नेपाली राजनीतिको परिबर्तनको बाहक तपाईलाई अज मेरो चित्त दुखी यो हरफ लेख्दै छू. तपाईले बड़ो इमान्दरितासाथ जवाफ दिनु होला.

      यो बिचार अहिलेको आम जनताको बुझाई हो. यदि एस्लाई अन्य प्रकारले बुझनू भो भने तपाई नराम्रो संग भासिनु भएको आभास हुने छ र नेपाली जनताको बिश्वास टूटने छ

      1. यत्रो बर्ष दुःख गर्नु भो, सारा गरीब नेपाली नेपाली जनताले दुख पाए. हामीलाई त पूरा बिश्वाश थियो की तपाई पक्का गरीब जनताको दुई छाक टार्ने र दुख हरने एक सम्बाहक हुनुहुन्छ. तर यो सबै गलत देखियो .यत्रो बर्षको आशा सबै पानीमा गएको महसूस भो . अहिले आएर तपाई अरु दुई पैसे नेता जस्तै कुर्ची को पछि लाग्नु भो. के तपाईको सारा संघर्षको निष्कर्ष येही हो त ? यदि होइन भने सबै जनताले चाहेको भट्टाराई लाई एक पटक चान्स दिएमा तपाईको उचाई अझै बद्थ्यो .तपाईले यो कुरालाई ठुलो चित्तले हेर्न सक्नु भयेन र दुर्भाग्य बश केबल कुर्चिकै पछि हम फाल्नु भो.

      2. तपाईहरु जब प्रधान सेनापति केसमा तुरुन्त राजीनामा दिएर निस्कनु भो, तेती बेला लागेको थियो की तपाईहरु कुर्चिको पछि लागने पार्टी होइन, तर यो मेरो बुझाई गलत रहेछ भन्ने कुरा अहिले देखाउनु भो. यो सबै नेपालीको आशामा तुसारापात हो .

      3. प्रचंड जी, एउटा कुरामा तपाई स्पस्ट हुनुस- तपाईले अहिले नै कुरची नपाए पनि तपाईले देशको बिकाशमा आफ्ना कार्यकरता हरुलाई लगाउनु भो, आय आर्जनका कुरा गाऊ गाउमा लानु भो वा संरचना का कामहरु गर्नु भो भने (प्रतिपक्ष्मा बसेरे पनि) तपाईको यो कुर्ची सधै भरी तपाईको मात्रै हुन सक्छ . होइन यदि कुर्चिकै पछि लाग्नु भो भने धेरै तिक्नु हुन्न र अरु पार्टी जस्तै पतन को बाटो लाग्नु पर्छ.

      4. तपाई सर्कारमाँ जनोस वा प्रतिपक्षामा बस्नोस, अब आउने बर्ष दिन भित्रमा संबिधान बनाउन रचनात्मक काम गर्नोस, आफ्ना कार्यकार्ताहरुलाई गाऊ गाउमा बिकाश कार्यमा लगाउनोस, सानो चित्त गरेर कुर्ची कै खिचातानिमा नलाग्नोस-यदि यो बाटोमाँ हिडन सक्नु भो भने तपाईलाई ठोकुवाकसाथ भन्छु, भन्छु, यो कुर्ची तपाईको लागी बर्सौको लागी हुने छ. सिर्फ एउटा उदहारण बन्नोस- तर अहिले तपाई त्यों भन्दा खस्कदै हुनुहुन्छ

      यसलाई तपाईले उल्टो वा सुल्टो जसरी बुझ्नोस, तपाईको बिचार, तर सकारात्मक कुरालाई अगाल्दा सबैको भलो नै हुन्छ

      -धन्यवाद
      -प्रकाश नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 87 Thumb down 5

    • Khem

      माकुने त मालिकको पाउमा भेटि चढाउँदै थियो,यो पुकदा त झन माकुनेलाई चुनौती दिदै नोकरको पाउमा पो भेटि चढाउन पुगेछ गाठे l बाच्नु पर्दोरहेछ अनेक देखिदो रहेछ l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 108 Thumb down 12

    • श्याम श्रेष्ठ

      राजाबादीको दैलामा माओवादी
      *******************************************

      बाँच्नु मात्र पर्छ, के के देखिन्छ के के, भन्थे बुढापाकाहरुले। साँचै हो रहेछ। त्यसो त नेपाल दुर्लभ कुराहरुको लागि प्रख्यात मानिन्छ, चाहे त्यो प्राकृतिक सौन्दर्यको कुरामा होस् या राजनैतीक प्रसंगका कुरामा होस्। अहिले प्राकृतिक मौसम त उसै तातो छदै छ, राजनैतीक माहोल पनि त्यो भन्दा कम छैन।

      सबैलाई कुर्सी र सत्ता चाहिएको छ। चाहिदैन मलाई कस्ले पो भनेको थियो र अहिले आएर भन्लान। प्रेम र लडाईंमा जे पनि जायस हुन्छ, यो संसारको रित नै हो। तर अब राजनीतिमा पनि हुन थालेछ। हिजो प्रधानमन्त्रीको चुनावमा हारे पछी आज एक्कासी माओवादीको गाडी राजाबादीको दैला तिर मोडिएको हो। कारण सबैलाई थाहा नै छ। नहुनु पर्ने थियो तर पनि भयो यस्तै। माओबादीको तर्फ बाट बाबुराम भट्टराईलाई उठाएको भए सायद, माओवादीको पक्षमा माहोल बन्न सक्थ्यो होला तर लोकतन्त्रबादी भनाउँदाहरुको पार्टीमा काँहा लोकतन्त्र लागिसकेको छ र! बरु झलनाथ पो राम्रा देखिए यहाँ, कमसेकम उनले केपी ओली जस्ता हरुवालाई संबिधानसभामा लान नमानेर ४०१ को सर्तलाई स्विकार गरे। सायद मित्रलाई हराउन शत्रुको पनि साथ लिनु पर्छ, यही रणनितीका कारण माओवादीको गाडी एक्कासी राजाबादीको दैलामा पुगेको हुनु पर्छ। हिजो जनाआन्दोलन ६२-६३ मा यिनै मित्र कांग्रेस र एमालेसँग राजाबादी बिरुद्ध माओवादीले आन्दोलन छेडेका थिए। यिनै राजाबादी पार्टीका अधक्ष्य नै गृहमन्त्री थिए। जसले पच्चिस पच्चिस जना सपुतको रगत पिएको थियो भने एम्बुलेन्स र पत्रकारलाई नै पास नदेर विश्व रेकर्ड तोडेको थियो। आज यिनैको पार्टी कार्यालयमा लोकतान्त्रिक योद्धा भनाउँदाहरु पुग्दा नेपाली जनताको मन कती दुख्यो होला। हुन त यिनिहरुलाई नेपालीको पिडासँग के नै मतलब छ र। उस्तै परे, राजाबादीलाई नै अहिलेका गृहमन्त्री बनाउन बेर छैनन यिनले।

      अपराधी, हत्यारा, लुटेरा र जनाअन्दोलन दबाउन खोज्नेहरुलाई पुरस्कृत गर्ने यि लोकतन्त्रबादीहरुबाट कसरी दण्डहिनता अन्त्य गर्ने संबिधानको अपेक्षा गर्न सकिन्छ। पार्टी प्रबक्ताका अनुसार, दुई महिना देखी पार्टीको सम्पर्कमा नभएका भनिएका लुटेरा काली बहादुर खाम आँफै कार्यक्षेत्र रोल्पामा छन, सेना कमान्डरका अनुसार। जाँबो चारवटा राजाबादीको मतको लागि लाजै पचाएर राजाबादीको दैलामा भोटको भिख माग्न पुग्छन। यदी माग्नु नै थियो भने त आफ्नै लोकतान्त्रिक आन्दोलनका मित्रहरु काग्रेस र एमालेसँग मागेको भए हुन्थ्यो नि। होइन भने नेपाली जनताको दैलामा पुगेको भए पनि त भईहाल्थ्यो नि।

      यो सबै घटनाक्रम हेर्दा, मलाई त एकातिर हाँसो लागेको छ भने अर्को तिर सहिदको रगत सम्झेर भन्न मन लगेको छ-

      थुईक्क माओवादी
      तिमीहरुको राजनिती

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 130 Thumb down 17

    • sanu

      पुष्प कमल दाहालले सत्ता पाउने हो भने राजालाइ फेरी ल्याउन पनि सक्ने चरित्र देखाएका छन्..यिनले भोलि अलि दरिलो offer पायो भने देशलाइ भारत नै लगेर बेच्न बेर छैन…..माओवादीले सबैलाइ आरोप लगाउदै हिडेको लेन्डुप दोर्जे कतै आफ्नै घरमा छैन ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 91 Thumb down 7

      • vijay

        अब परिछां को घडी सकिएको छ किन भने आखिर जति जना युद्ध बाट आएपनि लास्ट टुङ्गो उही सिंह दरबार रहेछा.प्रचण्ड को चरित्र त पहिलेको झुटो भिडिओ बाट नै थाहा हुन्छा नि कत्तिको इमान्दार छ भनेर.सबै उही अनुहार क हुन् अब नेपाली जनता ले सोच्ने बेला आएको छ नो काँग्रेस नो ये माले नो माओबादी केवल नेपाली नामको संगठन हुनु पर्छा अनि तेही संगठन ले चुन्छा को मन्त्रि अनि प्रधानमन्त्री.
        कसो हो
        अनि इ चोर नेताहरुलाई देश निकाला गर्नु पर्छा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • राम्रो बिश्लेशन उत्तम जी . १२ बर्षको जनयुद्द र १३००० भन्दा बढीको ज्यान अनि फेरी उही सत्ताको फोहोरी खेल. यतिनै गर्न त किन तेत्राको बलिदान र अशान्ति चाहिन्थ्यो र ? कुर्शीको फोहोरी खेल त गिरिजा प्रसाद कोइरालाले नै स्थापना गरिसकेका थिए नि . अर्को एउटा कुरा, एकपटक यस्तै ५१/५२ सालतिर होला एमालेको निकै चहल पहल थियो नेपालमा, तेतिखेर सुर्य बहादुर थापाले भनेका थिए कि कम्युनिष्टहरु भनेका उत्तिस्का रुखहरु हुन् कुनै पनि बेला सानो हुरीले पनि ढल्न सक्छ . हुन पनि तेही भयो . आज पनि मेरो कानमा त्यो भनाइ गुन्जिरहन्छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 6

    • kishan kumar UK

      यो लेख कुनै ठुलै क्रान्तिकारी ले लेखे को जस्तो लाग्यो तर लेखकको नाम हेर्दा त हाम्रै उत्तजी पो हुनुहुदो रहे छ / पहिला त पत्यार लागेंन तर प्रमोदजी को तर्क पढ्दा भने संका लग्यो गोर्खाली बाबुराम लाई प्र म बनाउने भारत तिरको हरियो बत्तीलाई प्रचण्डले निभाई दिएको झोक हो कि यो/ मैले बाबुराम को अनादर गरेको हैन है तर यो शुद् जी ज्यान छाडेर माओबादी सकाउने अभियान मा लागेको छ/ सेरबहादुर रातारात रामचन्द्रका प्रस्ताबक, माधब नेपाल झलनाथ का प्रस्ताबक तेसै भएका छन् ? उत्तम जी एस्तो बिस्लेशन मा अरुको समय नलिने हो की क सो हो? तपाई का सबै लेखहरु राम्रा थिए यो चै कि न हो किन माओबादी नभय पनि पचौनै सकिएन के गर्ने?? रिसानी माफ हजुर/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 39

    • arun

      आज सबभन्दा नपचेको समाचार नै थ्यो त्यो; यो चुनाबले प्रचण्डको अनुहार पुरै उघारी दियो. आफ्नो सत्तालिप्सा को कारण बाबुराम को अगुवाई मा हुनसक्ने माओबादी को सर्बमत को सरकार बन्न नदिन हुन सम्मको तिगडम गरे. अहिले कमल थापा को खुट्टा समाऊन जानु लाई खै के बिशेसन दिने हो, भन्न पनि लाज लाग्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 2

    • Krishna Ghorasaine

      मित्रहरु !

      मावोबादी पार्टी लाइ प्रजातान्त्रिक संयन्त्र र सैलिमा आवो पनि भन्ने अनि अनि भोट मग्न जाँदा एस्तो बकवास गफ गर्नी ! गयो त ! के भो! अरु पार्टीका नेता जस्तो इंडिया संग घुंडा टेक्न त गएन ! नोटका बिटा तिरेन त ! होटेल मा लागेर संसदलाई थुनेनत !

      आजको नेपालको समस्या समाधान गर्ने जिम्बेवारीको आधा हिस्सा प्रचण्ड को र उस पार्टीको हातमा छ! एदी कुनै नेतालाई Leadership & responsibility भन्ने थाहा छ भने त्यो माओबादी पार्टी र तेस्को नेताहरु लाइ थाहा छ! अनि त्योभन्दा बढी प्रचण्डलाई ! अरु कुनै पार्टीका नेता न पार्टीका नेता भए न कार्यकर्ताको ! यो अर्कै कुरो हो कि प्रचण्ड नेपाल र नेपाली को राष्ट्रिय नेता हुनुपर्ने मा खाली माओबादी पार्टी र तेस पार्टीका कार्यकर्ताका नेतामा सिमित रहे ! तेहिपानी अहिले सम्म !

      इमान छ भने प्रधान मन्त्रीको चुनाबमा भोट नहाल्ने तथास्त बस्ने भन्न सुहाउछ ! एसका लागि नेपाली जनताले भोट दिएको हो??? कुरागर्नु हुन्छ साथी तपाईंहरु ! नेपाली आमाले जन्माएको र मर्दको छोरा हो भने समस्या संग लडेर जुधेर र तेसबाट हासिल गरेको अनुभवको उचतम प्रायोग नेपाल र नेपालीको हितकोलागि प्रायो गर्नुपर्नेपो हुन्छ!

      एसपालिको चुनाब फासफु भयो भने अरुकुनै बेद्सी सक्ति (भारत) आउला अनि माओबादी बाहेक अरुकुनै दलका नेता प्रधानमन्त्री बनौला अनि फेरी चोर र भ्रस्टका झुण्डझैं नेपाल आमा र सोझासाझा नेपाली जनताको रगत र पसिना चुसौला भन्ने विचार छ इनको !

      साथीहरु नारिसौनुस है ! औसधि र सत्य तितो हुन्छ !
      ” Surgery for ill people should be done with knife with bloody hands, then only the chances of victims survival is high!”
      चर्र्मा चक्छु होईन ज्ञान चक्छु खोल्नुस, आब तपाईं हरु ना बालक हुनुहुन्न!

      एती भन्दा भन्दै रिसाए रिसानुस !

      जदऊ
      कृष्ण घोरसैने
      सिन्धुपल्चोव्क!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 41

    • Niran

      I don’t think he did any thing wrong we are all equal and we are one. I am really very very happy about his move i don’t care about politic.We need to be One only it helps to make our country.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 44

    • shree

      मलाई आजभोली देश को बारेमा ???????????????????????? आहिरहन्छा ! के हुदै छ यो देसमा अचम्म छ बा …………… देश सोमालिया,कोंगो भन्दा पनि तल झरिसको … … अब फेरी के हुने हो! ठिक छ नेताहो जनताको रगत आजै चुस तिमीहरु पिचास रहेछोउ!. यक दिन नेपाली जनता को जित हुने छ/ कति नाच नु छ नाची हाल अहिलेनै ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0

    • sushil sharma

      हेर्दै जौ नेपालमा घुमी फिरी रुम्जाटार भने झैँ गणतन्त्र बाट राजतन्त्र आउने हो कि /०४६ साल मा पत्त साफ भा पन्चे हरु ०५१ साल तिर सक्तिशाली भएर सुर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द यी दुई बहादुरहरुले पालै पालो कहिले कांग्रेस लको बुई चढेर त कहिले एमाले को काढ चढेर प्रधान मन्त्रि भा कुरा बिर्सन भएन नि/ दिन त कुकुर को पनि आउछ / आज भोट माग्न कमल थापा क प्रचण्ड गएको खबर ले यो पुरानो कथा भनु वा इतिहास सम्झना गरायो है /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • kaji,hk

      के को कमल थापा संग कुरा गरिराख्य होला ..तिनीहरुको बाउ(नायके) ज्ञानेन्द्र संग कुरा गरे तिनका अरु छौ-डाहरु सुर्य,पशुपति,कमल थापाको सहयोग पाईहाल्छ नि….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 8

    • Krisu

      हुन त प्रचण्डको एस अघिका गतिबिधि हरु ले उनि शक्ति को लागि जुन हद सम्म पनि गिर्न सक्छन भन्ने देखाई सकेको छ तै पनि आफुले चुठेको थाल आफैले चाट्लान जस्तो लागेको थिएन ………………..आज त्यो दिन पनि देख्नु पर्यो. अब भोलि का दिनहरुमा केके देख्नु पर्ने हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 10

      • Arjun Kumar Sharma

        क्रिसुजी,
        भोलिको दिनमा हामीले देख्नु पर्ने भनेको ; प्रचण्डले आफ्नो आवरणमा परिबर्तन ल्याउने छन् र पुरापुर पुष्प कमल देखिने छन् र भन्नेछन कि राजा जस्तो राष्ट्रबादी अरु कोहि रहेनछ त्येसैले अबको सहकार्य र सहयात्रा मात्र राजाबादी संग हुनेछ,राजा खोपीमा रहने छ र म उनको आसिर्बादले सदाको कार्यकारी l केहि अगाडी एक जना साथीले यसै मेरो संसारमा लेख्नु भएको थियो ;राजा रास्ट्र बादी र प्रचण्ड विकासप्रेमी ,यी मिलेभने नया नेपाल बन्नेछ l प्रचण्ड कति विकास प्रेमी छन् भन्ने कुरा युद्धकालमा भत्किएर अझै सम्म प्रचण्डलाई कुरीकुरी गरिरहेका संरचनाहरु हेर्दा थाहा हुन्छ l

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 6

    • उत्तम जी , तपाईको लेखले तपाईमा लोकतान्त्रिक व्यवस्था र तथाकथित् संसदीय व्यवस्था प्रतिको अनभिज्ञता देखायको छ | तपाईले लोकतन्त्र अलि नबुझेको जस्तो लाग्यो, संसदीय व्यवस्था भनेको खसीको टाउको बाहिर देखायर कुकुरको मासु बेच्ने व्यवस्था हो तसर्थ जतिसुकै देश भक्त र क्रान्तिकारी नेता नै हुन् संसदीय व्यवस्थामा छल छाम गर्न नै पर्ने हुन्छ | फोहोरी संसदीय व्यवस्थामा संसदमा रहेका सबै जनताका प्रतिनिधि हुन्छन र उनीहरु सबै समान हुन्छन चाहे कमल थापा हुन् वा बबन सिंह | सायद तपाईले प्रचण्ड राकेश सुद वा राष्ट्रघाती के पी ओली कहाँ लम्पसार पर्छन कि भन्ने सोच्नु भयको होला तर प्रचण्डले त्यसो गरेनन | आँखा खोलौ प्रचण्डको सत्तोसराप गरेर यो देशले सुख पाउने वाला छैन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 53

    • Luna

      के गलत गरे र अब प्रम को दाबेदार भैसके पछी भोट माग्न जादा ? !
      कमल थापा राजतन्त्रबादी हुन् , राजतन्त्रबादी हरु देश भक्त छन् , उनीहरु भारत् –
      शूद भक्त छैनन कम्तिमा पनि .
      प्रचण्ड – कमल अर्थात नेपाल र नेपालीको लागि क्रान्तिकारी बनेका र देश भक्त पार्टी बीच एकता हुन सके त्यो कसको हितमा हुन्छ ? नेपाल र नेपालीकै हितमा
      होइन र ? कि भारत् या शूद हरु या शूद हरुको कठपुतलीको हितमा ? – -
      ( राजा हुदा को बेला कमल थापाले यो गरे त्यो गरे भन्ने हो भने युद्द ताका मबोबदी ले पनि यो गरे त्यो गरे भन्ने आबाज आइरहेकै छ नि , राजा बादीले देशको लागि भान्छा , माबोबादिले जनताको लागि भान्छा ! के लागि ? !
      ऊ ! जाबो स- सानो कुरा मा पनि शूद हरु कस्तरी थर्कौछा हाम्रा नेताहरु लाइ !
      कागले आची खानु भन्दा अघि बिहान सबेरै नगरी अबेरै सूद हरु बालुवा टार पुगेर
      के के मन्त्र फुक्यो अस्ति भर्खर !
      यस्तो छ देशको राजनीति ! पूर्ण हस्तछेप ! जाबो राजदूत ले मुलुकको प्रम को कान
      फुक्दै देश को राजनीतिलाई कोक्रो मा राखेको नानि हल्लाको जस्तरी हल्लाउछा !
      यस्तो स्थितिमा प्रचण्ड जी तिनै शूद हरुको कठ्पुतलिहरु संग म्याउ गर्नु भन्दा कत्ति कत्ति धेरै बुद्दिमानी कमल थापा हरु संग आऊ गर्नु – - -

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 97 Thumb down 68

      • sanu

        लुनाजी ,
        यदि राजतन्त्रवादी त्यस्तै “राष्ट्र भक्त” नै थिए भने किन त्यत्रो बिधि “जनआन्दोलन” को नौटंकी गरेर मान्छे मारेको….पुष्प “लेन्डुप दोर्जे” दाहालले बाबुराम लाई प्रधानमंर्ती बन्न दिएको भए सायद यो दिन नै आउने थिएन..तर तथाकथित् आन्दोलन का यी “स्वघोषित” महानायकलाइ सायद सत्ता नै प्यारो छ.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 20

      • Krish

        लुना जी, प्रम को दाबेदार भैसके पछी भोट माग्न गएर प्रचण्ड ले केहि गल्ति गरे जस्तो त मलाई पनि लाग्दैन किन कि उनले सत्ता को स्वाद थाहा पाई सकेका छन्. रह्यो कुरा देश भक्त हरु को ……… कमल थापाहरु जुन ज्ञानेन्द्र का दाहिने हात हुन्, हरु देश को लागि एती आवश्यक थिए भने यिनी हरु लाई सत्ता बाट हटाउन निर्दोष नेपाली हरु को बलि किन चढियो? के तेतिबेला उनीहरु लाई हेर्ने आखामा मोतिबिन्दु लागेको थियो? कि सोच्ने दिमाख मा दहि जमेको थियो? होइन भने राजसस्था फ्याक्ने नाऊमा निर्दोष नेपाली हरु को बलि किन चढियो?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 9

      • Satyadoot

        खै लुनाजी,
        दस बर्षको मारकाटमा हमेशा माओवादीले दुइटा प्रमुख कुरा उठाउने गरेको याद छ – माओवादी सामन्तहरु संग लडेको र अन्तर्राष्ट्रिय सर्वहारावाद को लक्छ्य रहेको | अब सबै “सामन्तहरु” साथी भए र अन्तराष्ट्रियवाद बिर्शियेर राष्ट्रवाद को याद आयो माओवादी लाई | यो कुर्सि मोह भनेको गजबको हुँदो रहेछ | जसको वकालत गरि गरि त्यत्रो नेपाली को बलि चढायो सब बिर्शाइदिने | हुन पनि लुटेरा हत्यारा बाट नैतिकता अपेक्छा गर्नु बेकार हो |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 3

      • shamit shrestha

        हसाउनु भो लुनाजी ! येस्तई बिचार राख्दै जानुस !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 9

      • shshank

        यो माओबादी भनेको पटमुर्खहरु नै रहेछन/ आफुले जे गर्यो त्यो सहि, अरुले गर्यो गल्ति/ येदी रामचन्द्र कमल थापाको गएको भए, यिनीहरुले के भन्थे होलान? अरुलाई पदको लागि मर्ने भन्ने इ मओबदिहारुले, एकपटक आफ्नो so called “महानायेक” को ताला हेरेर कुरा गर्नु नि/ हुन त, मुखले संसार हाक्न र कामले मान्छे मार्न बाहेक अरु केहि सिकाएको भए पो, ति “महानायेक” ले /

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • हैन माओबादी ले गर्दा राष्टबाद , अरु ले गर्दा राष्टघात हुने कुन सोच होला है यि माओ बादी कार्यकर्ता को …..
      एक जना मित्र ले भन्दै हुनु हुन्थ्यो , कमल थापा पनि यो देश को नागरिक हो नि तसर्थ प्रचण्ड जानु मा कुनै फरक पर्दैन रे अनि माधब कुमार नेपाल भन्दा कमल थापा (ज्ञानेन्द्र भक्ति )धेरै राष्ट्बादी र लोकतान्त्रि हुन भनेर भन्दै थिए , यि कम्युनिष्ट नाम बोकेको माओ बादी हरु को सोच विचार कसरि कँहा छ बुझ्न नसक्नु छ |
      यि प्रचण्ड का भक्ति गान गाउने कार्यकर्ता को विचार देखेर पनि अच्चम लाग्छ …..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 23

    • ujjwal shakya

      प्रचण्ड जी तपाई लाई सलाम ठोक्न मान लाग्यो.किन भनेर सोदयो भने तपाई जस्तो दोगला नेता आज सम्म पनि मैले कतै देखेको थिएन.र सायद कतै छैन पनि होला. तपैले आफ्नो स्वार्थ को लागि जे पनि गर्नु हुदो रहेछ भन्ने कुरा प्रमाणित भयो.आफ्नो इज्जत, आफ्नो सम्मान, आफ्नो १० वर्ष को त्याग,पार्टी कि इज्जत,पार्टी को कार्य कर्ता सबै को इज्जत लाई तपाई ले आफ्नो स्वार्थ को लागि दाउ मा लगाउनु भयो, के दाउ मा लगाउनु भयो भन्नु बेच्नु भयो एउटा कुस्री को लागि त्यति गरेर पनि त्यो कुर्सि पाउनु भएन तपैले.र पाउनु पनि हुन्न होला किन भने यत्रो ३ करोड जनता को आशा, १० बर्से जान युध को फल, पार्टी को छबि, आफ्नो पार्टी को मित्र हरु र कार्य कर्ता को मान लाई कुल्चेर कुनै पनि गलत काम गर्दा त्यसको पाप लाग्छ.ल भन्नुस प्रचन्ड जी तपैले बाबुराम लाई पछि सरेर आफु अगाडी बढ्नु भयो क पाउनु भयो? कुन ठाउँ बाट चै खुसि हुनु भाको छ?तपाइको मन सान्त छ यो काम गरेर?पार्टी को कार्य कर्ता हरु खुसि छ त यो हर्कत गरेर? कस्तो लाज न भाको तपाइलाई त्यो कमल थापा लाई भेट्नु जाने हो त. त्यो एउटा कुर्सि को लागि.त्यो मान्छे लाई भेट्नु जाने बेला मा तपाई लाई अलि कति पनि लाज भएन?मन मा अलि कति पनि सरम भएन? धिकार रहेछ तपाइको जीवन. के भन्नु भयो त कमल थापा लाई भेटेर ” कमल जी ल मलाई support गर्नुस तपाई लाई म जे भन्नु हुन्छ त्यी गर्छु” येई नै त भन्नु भयो होला नि है.तपाई को यो हर्कत ले आज तपाइको पार्टी को क गति वायो तह छ ? क थाहा हुनु तपाई लाई, तपाई लाई त ऐले कुर्सि को भूत सवार छ तर त्यो पाउनु हुन्न मलाई पुरा विश्वास छ.अजै पनि कै बिग्रेको छैन है प्रचन्ड जी मौका छ पार्टी को बागडोर अब बाबुराम को हात म दिएर तपाई बाबुराम लाई support गर्नुस त्यो नै बेस हुन्छ तपाइको लागि.ल त म जान्छु, भगवान शिव जी ले तपाई लाई सदबुद्धि देउन. जय नेपाल.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 18

    • Dilbahadur Thapa

      Every thing is fear in politics…watch “rajneeti” movie the real extraction

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

      • Arjun Kumar Sharma

        दिल्बहादुरजी ,
        प्रचण्ड तपाइको मान्छे होला त्येसैले जायेज लाग्यो होला,आफ्नो जति सबै राम्रो ? कति अन्ध भक्त हो तपाई त ? जनता भएर सोचनुस्त, आफैले फोहोर गरेको कोपरमा थुतुनो (मुख) गाडेको छ प्रचण्डले मात्र कुर्सिकोलागी, हजारौ सहिदले धिक्कार्दै होलान ,उनीहरुले त जनताको खुसीको लागि भनेर बलिदान गरेका हुन् माओबादी नेताहरु सत्ताको लागि लडेपनि l

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

        • Dilbahadur Thapa

          मित्र तपाईं ले उल्टो बुझ्नु भयो, Fear को मतलब याँहा negativity मा छ.

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Utsav SA

      उम्मेदवारले मतदातासँग भोट माग्नु नराम्रो कुरा होइन,आखिर सबै नेपाली नै हुन् , एस्लाई तेसरी तोडमोड गरेर बुज्नु राम्रो होइन,समाएको कालखण्डमा येसरी गरिन खोजिने सम्झौता हरुलाई धेरै अप्रकिर्तिक रुपमा लिनु हुदैन.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 23

    • bhim

      Khai Uttam-jee, what to say?

      we in nepal were not expecting your article in this line. At least I do not feel comfortable to give venues to others to vomit against any of the leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • romeo

      जनयुद्ध सुरु गर्दा राजासंग “अघोषित कार्यएकता” गर्ने प्रचण्ड,भारत मै बसी भारतीय बिस्तारवादको बिरोध गर्दै “सुरुंग युद्ध” संचालन गर्छु भनि ध्वाँस
      दिने प्रचण्ड,हामि सरकारमा जादैनौ,माओवादीका दोस्रो पुस्ताका नेताहरुलाई सरकार संचालन गर्न दिएर “स्टेट्सम्यान(राजनेता) हुन्छु भन्ने प्रचण्ड,नेपाल को पहिलो राष्ट्रपति भनि प्रचारित गराउने अनि आफै प्रधानमन्त्री बन्ने प्रचण्ड, देश र जनताको लागि केहि गर्छन कि भनेर आश गरिएका बाबुराम भट्टराईलाई भारतपरस्त भनि प्रधानमन्त्री को उम्मेदवार बन्नै नदिएर आफै अघि सर्ने प्रचण्ड…यस्तो चरित्र भएका प्रचण्ड कमल थापा मात्र होइन,परिआए जोसुकैको पाउमा पनि पर्न बेर लगाऊदैनन् …भिजन केहि नभएका खाली कुर्सि मात्र मिसन भएका नेता हुन् प्रचण्ड !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 13

    • samsundar

      उत्तम कामरेड देखते जाओ आगे होता है क्या ? कांग्रेस एमाले जसरि इतिहास मा टुक्रिए आब माओबादी को पालो हो, बाबुराम ले प्रचण्ड को मिचाहा गिरिजा प्रवृति कति सहन्छन, भांड ओली र देउबा जस्तो तुच्छा बिचार का डाक्टर भएको भए अहिलेसम्म मा पार्टी कति टुक्रा भैसक्थियो , तर पनि प्रचण्ड को अश्लील कुर्शी नाच हेरर कति दीन तालि बजौनी हो कुन्नि ?????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 9

    • Neela

      जुनै जोगी आए pani कानै चिरेको .. हाम्रा नेताहरु तेस्तै hun. Maobadi सर्बहारा वर्गका नेता प्रचण्ड पनि कमल थापाको घरमा गोर्खे नमस्ते गर्दै भोट माग्न गएको सुन्दा आखिर नेताहरु तेस्तै नै हुदारहेछन भन्ने प्रस्टै थाहा भयो. बिस्लेसनात्मक लेखको लागि उत्तम्जिलाई धन्यबाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 9

    • bhojpure kiranti

      नेताहरु पदको लागि जस्तो सुकै मूल्य चुकाउनु पनि तयार !
      अनि हामी पार्टी र नेताको अन्धो भक्त !
      कठै अन्धो हामी नेपाली जनता !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • रविन

      उत्तम जी
      प्रचण्ड कमल थापाकोमा जानुलाई किन तेस्तो गलत अर्थ लगाई हेर्नु पर्ने छ र? एउटा फरक बिचारको नेताले आफ्नै राष्ट्रको अर्को फरक बिचारको नेतालाई भेट्नै जान नहुने भन्ने भन्ने सोच कदापी राम्रो होइन बरु राष्ट्र र राष्ट्रिय समझदारीको लागि हो भने अझै सकारात्मक सोच मान्नु पर्छ.

      एउटा नेपाली श्लोक पढ्नु भएको होला नि ” फलेको वृक्ष र ज्ञानी व्यक्ति नझुकेको कहाँ छ र? ” भन्ने.

      तेसैले अहिले राष्ट्रको आवस्यकता भनेको बिबेक पूर्ण ढंगले सबैको अस्तित्वलाई स्विकारी सबै तप्काका संग बृहत छलफल र विश्लेषण गरि एउटा सहि राष्ट्रिय नीति बनाउनु हो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 40 Thumb down 48

      • रबिनजी
        कुरा त तपाइको सहि हो तर प्रचण्ड तपाइले भनेजस्तो सबैको अस्तित्व स्विकारी र सबै तप्काका संग बृहत छलफल गरि राष्ट्रिय नीति बनाउन गएका हैनन ,उनि त उही प्रधानमन्त्रिको कुर्शीको लागि भोट माग्न गएका हुन् . राष्ट्रिय नीति र संबिधान सभा र राष्ट्रिय सहमति भन्ने कुरा त नेपालका सबै नेता हरुले बिर्सिसके.

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • kesu,UK

      प्रचंडे कमल थापा भन्दा पनि पत्रु मान्छे हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 106 Thumb down 32

    • bigyan

      time time कि बात मुर्गा मारे लात भनेको यहि हो .नया सोच र योजना अनि राम्रो system मा चल्न र चलाउन सक्ने हुनु पर्छ नत्र …सिधै कमल थापा लाई नै प्रस्ताव गरे भयो नि ..किन धेरै नाटक

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 6

    • पुष्प

      झट्ट यो समाचार सुन्दा/पढ्दा ‘माओवादीको निकृष्ट कदम’, ‘लाजैमर्दो पारे माओवादीले’, ‘माओवादीको सक्कली अनुहार’ यस्तै-यस्तै विचार आउँदो हो धेरैको दिमागमा; मेरो दिमागमा पनि नआउने कुरै भएन । तर के गर्नु ! सहमतीय राजनीतिकै लागि शान्तिप्रक्रियामा आएको माओवादीले आफू इतर र विरोधीहरूलाई समेट्न खोज्नु अनौठो होइन । सुध्रिने मौका त सबैले पाउनुपर्छ, कमल थापाहरूले किन नपाउनु ? जनवादी नभएपनि कमसे कम ओलीजस्ता राष्ट्रघातिको कित्तामा दरिएका त छैनन् नि यिनीहरू । त्यसैले, आफ्ना मुद्दाहरूमा अडित रहँदै राख्दै सहमतीय राजनीतिका साथ अघि बढ्ने माओवादीको यो कदमलाई मेरो सलाम ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 88

      • Bardan

        होइन पुष्प जी, तपाई को कुरा त पिंध नभएको लोटा जस्तो भो, जता मिल्यो उतै ढल्कने.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 15

      • Bardan

        तपाई को नजरमा आज ओली राष्ट्रघाती भो, भोलि ताल मिल्यो भने ओली जस्ता राष्ट्रघाती लाई पनि सुध्रिने मौका दिनु पर्छ भन्दै अंगलमार्दै हिड्ने? यो त अवसरबादी जस्तो कुरा भएन र?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 11

        • Bardan

          तपाई कुन बरदान पर्नुभो ???? माई संसार मा त म मात्रै बरदान थिए / अब फेरी तपाई पनि बरदान ???? कृपया आफ्नो नाम म़ा अलि परिवर्तन गर्नु भय राम्रो हुन्थ्यो कि ?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 10

          • एउटा भत्ता खाने अर्को स्वाभिमान जनता परे होला !!!!

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

            • शौर्य

              प्रकाशजी के हो तपाई खुब भत्ता भत्ता भन्नु हुन्छ, तपाई संग क-कसले यो भत्ता पाईराको छ सबै विवरण छ जस्तो छ. के हो तपाई नै हो कि के हो भत्ता बाड्ने? हो भने मेरो नाम पनि जोड्नु पर्यो अहिले पैसाको अलि कमि छ सहयोग पुग्छ के. कृपया यो भत्ता कहाँ र कसरी थाप्ने हो प्रस्ट गरि दिने कष्ट गरिदिनु होला.

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • ashray

        हैन कति अचम्म हो? माधव, ओली भन्दा कमल थापा बढी राष्ट्र बादी भन्दा लाज लागेन अलिकति पनि पुस्पा लै ….कतै यी पुस्पा तिनै पुस्पा कमल दाहाल त हैनन्? अब भन्दा हुन्, ज्ञानेन्द्र संग पनि सहमति गरेर ज्ञानेन्द्र राजा हुने प्रचण्ड राष्ट्र पति, माओबादी को पछि लागे जो पनि राष्ट्र बादी बिरोधि जति सबै राष्ट्र द्रोही….नेपाली मा यौटा उखान छ, मन परेकी बुहारी ले पढेको पनि सासु लै बसौचा रे, मन् नपरेकी बुहारी ले जे गरे नि हुन्न रे….तेस्तै पुष्प लै पुष्प कमल ले पढे पनि बसाउने होला……

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 15

      • राजु

        उस…. हुदा हुदा पुस्पा जी तपाइँ पनि यस्तो विश्लेषण गर्ने हुनु भयो…. लौ जसो जसो बाहुन बाजे उतै उतै स्वाहा भन्ने त पर्ला नि…. माओबादी ले गरे पनि राम्रो भन्ने तपाइको अन्ध भक्त फेरी यहाँ निर पनि आयो है…. तपाइँ लेख्दै जानुस मा सम्झाउदै जाने छु….. एउटा कुरा नि पुष्प जी, ‘कुकुरले आफ्नो खुट्टा टोक्यो भन्दैमा बदला लिन कुकुर कै खुट्टा टोक्न खोज्नेलाइ केहि भन्न सकिदैन’…..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 9

      • sujan

        ये रातामकै अब हुदा हुदै प्रचण्ड कमल थापा को घरमा पनि जान पनि नहुने भयो है, भोट मग्नानै गयको हो भनेर ठोक्का गर्न सक्ने कोहि छ .

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 22

      • Motilal Rana Magar

        हा हा हा पुष्प जी,

        देख्‍नु भयो त माओवादीको “दहिचिउरे स्वभाव” ! सत्ताको लागि यिनिहरु के सम्म गर्दैनन्। हो, राजालाई घुँडा टेकाउने माओवादी नै हुन्, यसमा कुनै दुईमत छैन, नत्र अरु “प्रजातान्त्रिक दल” भनाउँदाहरु सधै “प्रजा” भएरै बाँच्थे।

        तर, माओवादीले आफुलाई जबसम्म “प्रजातान्त्रिक पार्टी” प्रमाणित गर्दैन तब सम्म सत्ताको आशा नराखे पनि हुन्छ। जुन माओवादीको हितमा हुनेछ। जुन लोकप्रियता ऐतिहासिक निर्वाचनबाट देखियो या पाएको थियो, त्यो अब ह्रास हुदै “शुन्य” तर्फ जादैछ।

        अर्को कुरा, तपाईकै वाक्य सापटी लिउँ “सुध्रिने मौका त सबैले पाउनुपर्छ, कमल थापाहरूले किन नपाउनु ?” – त्यसो भए फेरि राजाहरुले किन नपाउनु। ऐतिहासिक जनआन्दोलनको सम्बोधन यहि हो त?

        पुष्प जी,
        बिना पुर्वाग्रह या कुनै “राजनैतिक चस्मा” नलगाईकन विश्‍लेषण गरौ न।

        Mr. Bardan, Thumps up to you.

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

        • पुष्प

          मोतिलालजी,

          मैले भन्दै आएको छु कि राजाको बानी परिसकेका हामीलाई राजतन्त्रको अभाव अवश्य खट्किएला, तर ज्ञानेन्द्र र तिनका छोराको अभाव खट्किनेछैन; कमसे कम राजदरबार हत्याकाण्ड रहस्यमय रहुञ्जेल । अर्थात् ज्ञानेन्द्रमाथि लागेको ज्यानमाराको आरोप उनले प्रष्टरूपमा नमेटाउञ्जेल ।

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 12

          • Motilal Rana Magar

            पुष्प ज्यु,

            मेरो आशय “राजाको अभाव खत्किएको छ भन्ने होईन”। “कमल थापाले पनि सुध्रने मौका पाउनु पर्छ” भन्ने तपाईँको आशयको विरोधमा राजाको उदाहरण मात्र पेश गरेको हुँ। के तपाईँ बिर्सन सक्नुहुन्छ उनले जनआन्दोलनमा गरेको दमन? कैयौ शहिदहरुको बलिदानबाट प्राप्त गरेको यस “प्राप्तिमा” जनआन्दोलनको अभियुक्तलाई स्थान त के फाँसी दिनुपर्ने हो तर बिडम्बना कमल थापाहरुले नै अहिले पनि हैकम चलाईराखेका छन्। एकपटक आफुलाई शहिद परिवारको आँखाबाट हेर्नुहोस्, कमल थापा फाँसीको हकदार छैन त।

            अर्को कुरा, मेरो विचारमा त्रिभुवन पछिका राजाहरु सबै अपराधीका रुप थिए। ईतिहास साक्षी छ, उनिहरुले कहिल्यै पनि प्रजातन्त्रलाई बलियो हुन दिएनन्। तर उनिहरु माथि आरोप तय गर्ने कसैको आँट हुदैनथ्यो। वास्तवमा, उनिहरुनै विकासका तगारो थिए र हुन् पनि।

            मेरो आशय कसैको “आन्धोभक्त” नहुनु भन्ने मात्र हो।

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

            • पुष्प

              मोतिलालजी,

              जनआन्दोलन मात्र किन दोषीहरू जनयुद्धका पनि धेरै छन् ! तर के गर्नु ! कसले कसलाई कारवाही गर्नु ! अहिलेको मुख्य खाँचो भनेकै सहमति र सहकार्य हो । कमल थापाहरू पनि राज्यको जिउँदो शक्ति नै भएकोले उसको अस्तित्वलाई नकार्न सकिन्न । यदि साँच्चिकै कमल थापाहरू अपराधी हुन् भने सबै लोकतन्त्रवादीहरू मिलेर कारवाही गर्नुपर्यो नि । तर यहाँ पनि के गर्नु; लोकतन्त्रका खोल ओढेका ‘प्रजातन्त्र’वादीहरूको पनि अस्तित्व स्वीकार गर्नुपर्ने अवस्था छ । त्यसैले सबैजना देश, जनता अनि लोकतन्त्रप्रति कटिबद्ध नभएसम्म यस्ता अनौठा दृश्यहरूको सामना गर्न हामी तयार हुनैपर्छ ।

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

      • पुष्प

        सहमति भनेको कुन चारीको नाउँ रहेछ त साथीहरू ?

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 8

      • madan bajracharya

        पुष्प जी
        सहि कुरा तर बुझ्न बुझाउन अत्यन्त गाह्रो/ मलाई याद छ अस्ति गिरिजा प्रधान मन्त्रि पदमा चन्दा kasaile उसको अगाडी कमल थापाको नाम लिएको थियो/ अनि गिरिजाले को कमल थापा भनि नौटंकी पूर्ण कुरा गरेको थियो/ तर तेही गिरिजा पछी समर्थन पाउन पटक पटक कमल थापालाई भेट्न गएको थियो/ २२ दलको गठबन्धको सरकार पनि कमल थापा को समर्थन मै बनेको थियो/ राम चन्द्र पनि कमल थापा गुहार्न गएकै थियो/ कमल थापा मधेश बादी जस्तो दल मात्र प्रयोग गरिने साधन हुन् त् सम्झौता गर्न सकिने चाहिं होयिन/

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

      • विवेक

        पुष्पजी, कमल थापा भन्दा ज्ञानेन्द्र झन बढि राष्ट्रवादी, अव तपाइको प्रचण्ड भगवानको भेटन जानेपालो ज्ञानेन्द्रलाइ नै हो कि ? कमल थापाले भनेको नमान्नेहरूले ज्ञानेन्द्रले भनेको मान्लान् । “ल ज्ञानेन्द्र महाराज, हजुरका भक्तहरूलाइ मलाइ भोट दिनु भन्दिनु होला, बरू म हजुरलाइ फेरि गद्दीमा राख्ने व्यवस्था मिलाउँछु” भन्न जाने होला कुनै दिन, चाला त यस्तै देखियो नि ।

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • Prabudha

        ओली राष्ट्र घाती यो कुरा सम्म पच्ला तर कमलथापा रास्त्रबादी यो चै अलिक हजम भयन…………..अनि कमल थापा सुद्रिने? आज पनि सक्रिय राजा को वकालत गर्ने हरु सुद्रे लान …..कति राम्रो जोक…………धन्यवाद साथी……एमाले को बाटो मा हिडेको मा………….

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

        • पुष्प

          प्रबुद्धजी,

          मैले ‘राष्ट्रवादी’ भनेको छैन; तर म ठोकुवाका साथ भन्छु कमल थापाहरू ‘राष्ट्रघाति’चाहिँ पक्कै पनि होइनन् । यिनीहरू भनेको जनतालाई कजाएर खान पल्केका ‘साहेब’हरू हुन्; बस …

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

          • राजु

            पुष्प जी,

            हाहा…. तेसो भए अब प्रचण्डले कमल थापालाई कजयेरा खान खोजे जस्तो छ…. ल सक्ने भए गरुन प्रचण्डले….

            मोज गर्ने पनि सबैले पर्यो नि… कहिले कमल थापा, कहिले संसद बादी दल हरु, अनि कहिले प्रचण्ड….. फेरी पनि प्रचण्ड…..!!!!

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • Mantra

      प्रचण्डको हठले नै नेपाल ले प्रधानमन्त्री पाउन सकेको छैन नि/ नत्र त बाबुराम जी को नेतृत्व मा सहमति जुट्न लागेको बेलामा किन बहुमतको सरकारको प्रधानमन्त्रीका लागि दरखास्त हाल्न जानुपरो उनले??? उनि पार्टीमा नेता हुन सक्छन तर देश का लागि राजनेता हुन योग्य छैनन् भन्ने कुरा प्रस्ट भयो सबै जनतालाई/ प्रचण्ड जी…….देशका लागि केहि चिज त्याग गर्नु पर्छ भन्ने कुरा माओबाद मा छैन र? हामीले बुझेको मार्क्सबाद मा त राजनेता हुनलाई त्याग चाहिन्छ जस्तो लाग्छ/जे होस् तपाई कमल थापा को मा प्रधानमन्त्रिको भिक् माग्न जादा तपैका कार्र्यकर्ता लाइ कस्तो लागेकोहोला…एकपटक ठण्डा दिमागले सोच्नुस त/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 9

    • Jillabashi Baburam

      अत्यन्त छुट्टै प्रशंग:

      शूद -तेस्का बाउको भूत- सुन्दा सुन्दा दिक्क भएर फुट्न लागेको यो कानले अब दिल्ली दरबारतिरको अब धेरै सुन्न चाहदैन|
      -हिन्दी
      -नानापाटेकर
      ..
      के के के के :( दिक्क, वाक्क!

      जसरि भारतीयहरुले भद्र अबज्ञा आन्दोलन गरेर ब्रिटिश उपनिवेशलाई धपाएका थिए, त्यसै गरि हामीले पनि दक्षिणी दादाको अघोषित (राजनैतिक, आर्थिक, ..) औपनिवेश्तालाई आ आफ्नो क्षमता अनुसार चोइट्याउदै जानु पर्छ|
      कसरी?
      -उदाहरण र टुक्का आफ्नै प्रयोग गरौँ- जस्तै: झिजोले मुढो पोल्छ!
      -गाडीमा नेपाली सिडी मात्रै राखौं
      -घरमा नेपाली डिभिडी मात्रै राखौ
      -मोबाइल को रिंगटन, टेलिफोनको जवाफमा नेपाली संगीत भरौं| यतै मुग्लानको एकजना साथीले फोनमा रेशम फिरिरी भर्या रहेछन, यति मीठो सुनियो भनि साध्य छैन!
      - फेसबुकमा पनि नेपाली रचनालाई नै शेयर गरौ! हाम्रो नेपाली संगीत, हास्य पनि अब त्यति पछाडी छैन! प्रशस्त खुराक पुग्छ हामीलाई हाम्रो आफ्नै ले!
      - नेपाली नयाँबर्ष होस् या तिहार, नानीहरुलाई सांस्कृतिक कार्यक्रम को रिहर्सल नेपाली संगीत मै गराउँ! नेपाली भन्नाले स्वदेशी- नेवारी, थारु, गुरुङ, थुलुंग जे होस्! मखमलको चोली, पटुकी र फरिया लगाएर नाचेको कसलाई मन पर्दैन भन्नु त? नेपाली झण्डा गाडेर नयाँ वर्ष मनाई रा छ, गाना बजाना सबै भारतको! मलाई त लाजै लागेर आयो!

      नेताले त देश बेच्न लागि सके, तर हामी जनताले आफ्नो गच्छे अनुसार नेपालको एउटा टुक्रा टुक्रा गरेर भए पनि बचाउने कोशिष गरौ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 3

      • kamal

        जिल्ला बासि बाबुराम जी को कुरा मलाई सहि लग्यो, हामी सबै राष्ट्र प्रेमी भएर अब तेस्ता कुराहरु लाइ तिरस्कार गर्नु पर्छा!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

      • रविन

        Jillabashi Baburam जी
        एकदम सहि विचार राख्नु भो, धन्यवाद यसको साथै समझदारी र आफु मात्र मपाई नभनेर अरुको अस्थित्व र बिचारलाई पनि स्विकारी अघि बढेमा एउटा स्वाधीन र उन्नत राष्ट्रको स्थापित हुन् केहि समय लाग्दैन.
        सबैलाई चेतना भया !!!

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

      • Kale

        स्वाभिमानी बन्नु त राम्रो तर गाडी CD, DVD, Mobile चाही कहाँ को बनेको राख्ने नि? facebook चलाउन कम्प्युटर कहाँ को बनेको नि?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

        • Jillabashi Baburam

          kale जी प्रतिक्रियाको लागि धन्यवाद! तपाइको प्रश्नको उत्तर तपाइँ आफैसंग छ! आज तपाइले जसरी सररर नेपालीमा टाइप गरेर प्रेषित गर्नुभो के आजभन्दा एकदशक पहिले सम्भब थियो?
          जन्मिदै म्याराथुन दौडिन त कसैले थाल्दैन होला नि, होइन र?
          जसरी कस्तुरी मृगले आफ्नै नाइटोमा भएको कस्तुरीको चाल नपाएर सारा जंगल चहार्दछ त्यो बसाउने बस्तु भेट्न, त्यसरी नै हामीमा भएको क्षमतालाई हामीले कम आकलन गर्नु भएन!
          यो स्वाभिमानको कुरा मात्रै होइन, स्वावलम्बन र आत्मनिर्भरताको कुरा पनि हो!

          एउटा सानो प्रश्न: पद्मकन्याको पोशाक – घरबुना धोती- को आर्थिक पक्षलाई कसरी नियाल्नु भएको छ?

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

      • badal

        वा वा वा
        एस्तो पो विचार त

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • शान्तिप्रेमी

      प्रजातान्त्रिक संस्कारमा प्रचन्ण्ड कमल थापासँग भोट माग्न जानु कहाँको नाजायज हो ? अहिलेको अवस्थामा प्रचन्ण्ड संविधानअनुसार प्रधानमन्त्रीको उम्मेद्वार हुन् र कमल थापा मतदाता। उम्मेद्वारले मतदाता कमल थापासँग जीत्नको लागि भोट नमागेर राकेश सुदसँग भोट माग्न जानु पर्दथ्यो भन्ने आशय हो कि क्या हो श्रेष्ठजीको ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 15

    • AAKASH

      बहुदालय democracy मा यस्तै हो होउ साथी हो . कमल थापा इस अल्सो पार्ट ओफ democracy /

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • badal

      पत्रकार जी

      कस्तो घण्टा जस्तो हिन्दी dialouge लेखेको
      नेपाली dialouge छैन ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 11

      • ashray

        how many hindi movies have u seen badal? atti rastra badi nahune thau ma hune haina…whats wrong to write hindi dialogue in that way? its just perfect….

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

        • badal

          Hi
          Ashray

          THis issue is not related with seeing the hindi movie, journalist wrote an article about Nepalese poltics,
          then why he used the hindi dialouge,

          who are you?

          are you not Nepali?

          Does Indian journalist use the nepalese dialouge in their article?

          Every Nepalese have to respect their language.

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • badal

      पत्रकार जी

      कस्तो घण्टा जस्तो हिन्दी dialouge लेखेको
      नेपाली dialouge छैन ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • Himalee

      कांग्रेसी, एमाले, माओबादी सबै नै एउटी ड्यांगको मुला रहेछन, सबैलाई कुर्सि चाहिएको रहेछ र आखिर जनताको निमित्त यिनीहरुले केहि गर्ने रहेनछन भनेर अब नेपाली जनतालाई कसैले भनि राख्नु पर्दैन, सबैले बुझी सके / तर पनि तिनीहरुको पछी लागेर हिड्नेहरु वा आफुलाई फलानो पार्टीको कार्यकर्ता भनौदाहरु पनि जनताको काम गर्न हिडेका नभई ति नेताहरुको जुठो-पुरो चाटौला भनेर हिडेको मात्र हुन् /

      यति हुदा हुदै पनि यी तिनै पार्टी र अन्यमा पनि असल नेता कार्यकर्ता नभएका भने होइनन तर तिनीहरुको अवस्था कस्तो छ, त्यो बाबुराम सरले बताउनु होला भबिस्यमा, हिजो झलनाथले पनि अलि अलि बताए होइन त?

      जब सम्म यी तीन पार्टीको बोलवाला नेपालमा रहन्छ तब सम्म कहिले पनि केहि पनि हुदैन / यिनीहरु सधै सत्ताको लुछा-चुडीमा लागिरहनेछन यसमा मलाई चाही संका छैन /

      त्येसैले नेपालमा फेरी नया पार्टीको आवस्यकता छ जसले यी तिनै पार्टी भित्र अटाउनु नसक्ने कर्मठ अनि इमान्दारहरुलाई समेट्नु सकोस /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • suj

      उतम जी राजनीति मा सबै कुरा सम्भब हुन्छ /
      यसलाई तेती ठुलो इस्यु बनाउनु पर्ला जस्तो लाग्दैन / कमल थापा हिजो के थिए, यसको खासै मतलब राख्छ जस्तो लाग्दैन, बरु कमल थापा को ४ भोट ले आज के गर्न सक्छ त्यो महत्वपूर्ण हुन्छ र तपाई पनि मान्नुस कि मावोबादी बाट बाबुराम भट्टराईलाइ नै प्रधानमन्त्रीकोलागि उठाएको भए, बाबुराम भट्टराई पनि प्रचण्ड जस्तै कमल थापा को घर दैलो मा भोट माग्न पुग्थे / स्वोभाबिक हो / र एउटा कुरा चाहि के भने तपाई सानो तथा साधारण घटना लाई पनि हिन्दी फिल्म जस्तो मसलादार बनाएर कुरा पस्कन सिपालु हुनुहुन्छ / तपाई को यो कला लाई मान्नैपर्छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 12

    • Bardan

      हह्दी जता छ कुकुर तेता गैहाल्छ नि / यो पनि अचम्म कुरा हो र !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • arun

      यस्ता प्रभावशाली नेताको त यो हाल ………….च च च

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • Bijaya

      दशौँ हजार सर्बसाधारण नेपालीलाई शहिद बनाएपछि हामीले प्राप्त गरेको प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र/जनगणतन्त्र आदि जे सुकै नाम दिए पनि त्यसको प्रतिफल हो यो! अब कुनै दिन कार्यगत एकता पनि सुरु भयो भन्ने सुन्न नपरोस!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • chhatra

      आखिर जो आए पनि लुट्ने नै त हुन् गर्ने आजसम्म खासै कोहि देखिएको छैन so माओबादी लाई नै लुट्न दिए कसो होला ?? sorry है कसैको भाबनामा चोट पुग्नगएमा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • DeepakL

      उत्तमजिको कुरा सारै उत्तम लाग्यो |
      तपाइँले भनेको कुरा त शुरुवात मात्रै हो | अझै पुरा नाटक मन्चन हुन बाकी नै छ | यो सब दिल्ली दरबारको करामत हो | आफु बाहेक अरु प्रधानमन्त्री हुने नसक्ने सोच बोकेकाहरु कुनै दिन नयाबजारमा गोप्य तम्सुकी कागज नगरी सम्भब छैन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • KIRAN

      दुख लाग्दो कुरा, येतिनै दौड धूप संबिधान बनाउन का लागि गरेको भए अहिले देश मा केहि परिवर्तन त हुन्थ्यो होला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • आँशु

      खै यो प्रचण्ड ले पनि के गर्न खोजेको हो ?? वा यी नेताहरुले के सिस्टम बनाएका हुन् देश मा गणतन्त्र आएपछि पनि किन त्यो राजाको बिष लाई राजनीतिक पार्टीको नाम दिएको हो तेस्तै तेस्तै आफ्नै घाऊ पकाउने किरा पालेर कसरि एक ढिक्का हुन सक्छ ? कसरि देश अगाडी बढ्न सक्छ , तेत्रो आन्दोलन पछिको चुनाब परिणाम को के अर्थ भयो ? तेत्रो अझ नसुकिसकेको रगतको खोलाहरु ले यिनीहरुलाई कति सराप्नेहोला , आफै देशी बन्न खोज्नेहरु देशद्रोही भएजस्तो यीनिहरुलाई नलाग्ने ?
      एउटा नेपाली भएर बिदेशमा आफुलाई चिनाउन नसक्ने स्थिति हुनलाग्यो
      साएद हाम्रो नेपाल पनि कालान्तरमा हिजो मेरो संसार मा भनिएजस्तै लुकेको नेपाल हुनेत होइन ? यो कुरा पनि सोच्न बाध्य हुनुपर्छ , कतै नेपाल पनि होंग्कोंग ,मंगोलिया , मकाउ जस्तै हुनेत होइन अहिले को स्वोतन्त्र नेपाल ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 8

    • Harke

      बाबुरामलाइ ल गरेर देखा भन्न नसक्ने…तर आफै कमल थापा संग हात जोड्न जाने पुकदाको बारेमा गरिएको बिस्लेसन राम्रो छ !

      येस्बाट पुस्टि भएको अर्को यथार्थ के भने, कटुवाल लाइ गर्न खोजेको कारबाही, एउटा जना अन्दोलोंन को अपराधि भएकोले मात्र गर्न खोजिएको किमार्थ थिएन ! पुकदाले आस्थाको राजनीति गरेका हुन्थे भए आज अर्को जन अन्दोलोंन को अपराधीको घर जादा तिनको खुट्टा काप्नु पर्थ्यो….हात मिलाउदा खोजा तिनको मुट्ठी नखुल्नु पर्थ्यो !

      अन्त्यमा, सालोक्य जी…त्यो फिलिम १९९७ को “यसवन्त” भन्ने थियो ! अग्निसाक्षी होइन !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 9

      • Harke

        “उत्तम जी” हुनुपर्नेमा “सालोक्य जी” हुनगएकोमा क्षमा !

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • मलाई के भने लैनचौर को दलाल ले -Sunita Dahal आदर्णीय साथीहरु,उपयुक्त राय र सुझाप सहीतका प्रतिकृया ब्यक्त गरिदिनु भएकोमा म आभारी भएकी छु | धेरै जना साथीहरुले मेरो यो बिचारलाई मन पराइ दिनुभएकोमा म उहाहरु प्रती सम्मान ब्यक्त गर्दछु | साचै हो मैले त्यस्ता घिडित सन्तान जन्माउने आमा बुवाहरुलाई इज्जत गर्नु पर्थ्यो | त्यसो गर्न नसकेकिमा आत्मालोचना गर्दै उहाहरु प्रती सम्मान ब्यक्त गर्दछु | आमा बुवाहरुको त्यसमा प्रत्यक्क्षेय सरोकार छैन तर आफ्ना सन्तानहरुलाई राम्रो पाठ सिकाउन नसक्नुमा थोरै कम्जोरी अबिभावकहरुको पनि हो भन्ने मेरो बिचारलाई भने यथावत राख्न चाहन्छु |

      मैले यहाँ वास्तविक रुपका हाम्रा सम्लिङी मित्रहरुको शब्द (हिजडा ) प्रयोग गर्न बाध्य हुनु परेकोमा म आँफै दुखी छु | समलिङी मित्रहरु त जन्म जात नै त्यस्तै भएकाले म उहाहरु प्रती सम्मान र इज्जत गर्दै माथि उलेख्य गरेका शब्दहरु जन्मजात त्यस्ता नभै ब्यवहाँर र चरित्र त्यस्ता भएका प्रकाश धर तुलाधर र श्रेष्ठ मनमोहन लगाएतका नरपसुहरुलाई प्रयोग गर्न वाध्य भएकी हुँ ! राजनितीक रुपमा जो जहाँ र जुन पार्टिमा लागेको भएपनी आखिरी नेपाली नै भएकाले म सबैलाई सम्मान र इज्जत गर्दै बहस र बिचारलाई हामीले आफ्नो दुस्मन ठान्नु हुन्न भन्ने मेरो धारणा हो र छ | तर प्रकाश र मनमोहन जस्ता कु पुत्रको जस्तो ब्यवहाँर भएका हिजडाहरु राजनितिक बहसमा आफ्नो बिचारले अरुलाई पछार्न नसक्दा आफ्नो औकात देखाउदै तथानाम गाली गलोज र अप्सब्द प्रयोग गर्नमै ब्यस्त छन | यस्ता कु दिमाग भएकाहरु देखी सबै मित्रहरुलाई सचेत रहन म बिनम्रता पुर्वक अनुरोध गर्दछु | मनमोहन श्रेष्ठ नामको ब्यक्तिले एनेकपा माओवादीको बिरुध्दमा मेरा बिचार आय भनेर ज्यान मार्ने धम्की दिदै अनेकौ घिडित र अमर्यादित शब्द लेख्यो ति शब्दहरु म यहाँ उलेख्य गर्न असमर्थ छु र त्यस्ता शब्दहरु मैले हटाउन उपयुक्त ठानी र हिजो मात्रै हटाय | अर्का मित्र भिम सेन ठाकुर लगाएतकाहरुलाई मनमोहन श्रेष्ठ नामको ब्यक्तिले यस्ता शब्द ( kutta tero din ganti hudai chha…..हिजो 9:52बिहान बजे ·) लेखेको छ तपाईंहरु आँफैले हेर्न सक्नु हुन्छ |

      केही मित्रहरुले मेरा शब्दहरु पनि तल्लो स्थरका भए,त्यसो नगरेकी भए हुन्थ्यो भन्ने सुझाप दिनुभएकोमा धन्यवात !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 17

      • Bardan

        अर्थ न बर्थ, गोबिन्द गाइ………….

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

        • नक्कली हो कि सक्कली बरदान !! लैनचौर को भत्ताले कति सम्म लेख्न सकिएला भनेको हु |नेपाली पढ्न औंदैन कि क्या हो ?कठपुतली !!!

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

          • शौर्य

            नेपाली पढ्न र लेख्न त तपाईलाई भन्दा राम्रो संगनै आउछ नी तर प्रसङ्गबिहीन कुरामा चाही तपाईलाई जित्न सकिदैन. अनि रह्यो भत्ताको कुरा, सत्य बोल्न र लेख्न कसैको दान, सहयोग चाहिंदैन. मलाई त लाग्छ तपाईले नै भत्ता थाप्न थाल्नु भो जस्तो लाग्छ किन भने यो दुइ उखान तपाईसंग ठ्य्क्का मिल्न खोज्छ “चोर को खुट्टा तान……………..” र “जो चोर उसकै ठुलो……………..”.
            सच्चाई मेरो नाम अर्को साथी संग जुधेछ, तेस्को लागि क्षमा माग्छु. अब देखि शौर्य को नाम बाट कमेन्ट लेख्छु, त्यसबाट सक्कली र नक्कली को भ्रम मेटीन्छ होला.

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • शौर्य जी,ज्वजलपा: जिज्ञाशा राख्नु भएकोमा धन्यवाद | माओबादी लाई पत्रिका मार्फत गाली गर्नुस
              अनि भत्ता खाइरहेकाहरुले सम्पर्क गर्ने छन् ,त्यस पछी लैनचौर दरबार पुग्नुस ,नाम दर्ता गरौनुस , अन्तरबार्ता दिनुस ….|अनि अन्तरबार्तामा चाही माओबादी को जहिले पनि बिरोधमा उत्रन्छु भन्नुस .भित्रि गोप्य कुरा हरु ल्याही दिन्छु भनि बिश्वास दिलौनुस …. बस्! ……….अनि जय हिन्दुस्तान भनि पैसा लिनुस

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

              • शौर्य

                प्रकाश जी, म कसैलाई पनि आँखा बन्द गरेर न त समर्थन गर्छु न त बिरोध नै. भगवानले मलाई यो खप्परमा अलिकति गिदी भन्ने चिज हालिदिएको छ. हो त्यही गिदीलाइ प्रयोग गरेर चित्त बुझ्ने काम गर्नेको समर्थन गर्छु होइन भने बिरोध गर्छु, प्रजातन्त्र भनेको नै यहि हो.

                अनि साच्चै म त अहिले अमेरिकामा छु, कसरी नेपाली पत्रिका मार्फत गाली गर्नु. अनि म कहिले नेपाल जाने, कहिले लैनचौर दरबार पुग्ने, कहिले नाम दर्ता गर्ने, कहिले अन्तरबार्ता दिने……..
                यो त अलि लामो बाटो भो, सानो बाटो छैन भनेको? यहि बाट हुने? अन लाइन भए पनि हुन्छ बरु.

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sarbagya

      हाहा हो.. तर यो नाना पाटेकर को dialoug चै येस्वंत हिन्दी फिल्म बाट हो जहाँ उनि एउटा साचा प्रहरी हुन्छ हाम्रो देश को घटिया नेताहरु जस्तै होइन..नेपाल मा जो आए पनि तेस्तै रहेछन सबै को आआफ्नै स्वार्थ…

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • Himalee

      जसले जे भने पनि ” प्रचण्ड ” भित्र सत्तामोह गिरिजा भन्दा कम रहेनछ भन्ने कुरोको पुस्टि हो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 7

    • Byas

      अति उत्तम !!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Samar

      That’s why I say Puspa Kamal Thapa Prachanda…. Both are extremist and both have similar mustache… एउटा उग्र बामपन्थी अर्को चर्को दचिन्पंथी … कुर्ची र सत्ताले के के खेल मात्र गर्दो रहेनछ, बाचियो भने अझै धेरै देख्न पौने छन् नेपाली जनताले . … कमल थापालाई दम चडाउने र पाऊ पर्ने , यो भन्दा ठुलो जनताको अपमान के होला र ?? दाहाल बजेको गौरब्साली इतिहाशमा यो पनि अति गौरवसाली पृष्ठ थपिएको छ . बधाई छ कामरेड …. सहिदको सपनाको रगतमा अरु होलि खेल्नु होला … अब त जनतालाई पूर्ण विश्वास भयो देशमा शान्ति छौचा भनेर , दुइटा बन्दुकबादिको यो मिलन ले ….जय देश जय नेपाल …

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • kiran

      समय बलबान तो गधा पहलमान भनको यहि हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • Kiru

      हो यो चाँही प्रचण्डले गरेको राम्रो भएन एसले गर्दा उसको राजनीति पटन हुन पनि सक्छ किन भने जुनबेला(दोन्द कालिन ) आफ्नो दुस्मन थियो कमल थापा आज उसकै अगाडी हात फैलाउन जाने मुर्ख कमरेड जस्तो लग६ मलाई,एदी राम्रो लिदर हो भने एस्तो गर्न हुँदैन कमरेड ले.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • ruksam Pradhan

      प्रचण्ड त् हिन्दी उखान “खोड़ा पहाड निकाला चुहा” सरि नै हो. कमल थापा बरु हिजो जे थियो, आज पनि त्यहिँ मा सटिक भएर आफ्नो मर्दान्ग्नी देखाउ दैछ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • Jebendra Pun

      Uttam means best….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 6

    • Bardan

      राजनीतिमा कहिले पनि स्थायी साथी अथवा शत्रु हुदैन भन्थे, हो नै रहेछ. यस बाट हामी जस्ता सोझा साझा जनताले सिक्नु पर्ने कुरा भनेको, राजनीतिमा लागेका हरु को पटकै विश्वास गर्नु हुदैन भन्ने नै हो.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • nana

      अग्निसाक्षी होइन दीअर यस्वोंत हिन्दी सिनेमामा हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • madhav

      धेरै दिन कुरनू पर्दैन तेई लालची प्रचंड कुनै न कुनै दिन आफ्नो कुर्सीको लागी
      ज्ञानेंद्र को अगदी लम्पसार भएर रुन्छ उसलाई न देस को माया छ न जनताको
      यदि देस र जनता को लगी राजनीती गरेको भये आम जनताको भावना
      अनुरूप बाबुराम लाई प्रधानमंत्री हुना को लागी सिफारिस गर्ने थियो होला

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • sheela

      यो सुभ समाचार होइन र पक्कि पनि होइन!
      झलनाथ खनाल वा रामचन्द्र बाजे कमल थापाको मा भोट माग्न जानु र प्रचण्ड जानुमा आकास-पातालको फरक छ/ जसरि झलनाथ खनाल वा रामचन्द्र बाजे धेरै चोटी त्यो नरकमा गए त्यो कुनै news बनेन, किनकि उनीहरु त तेस्का लागि योग्य नै थिय/
      रास्त्रबदी मोर्चा बनाउने काममा जानु र भोट माग्न जानु दुइटा फरक कुरा हो/ भोली इंडियाले हमला गरेको अवस्थामा संयुक्त्त-प्रतिरोध गर्नका लागि हरेक रास्त्रबादी को मा जानु एउटा कुरा हो…तर ….भएन प्रचण्ड जी सुहाएन, मिलेन ! फेरी येस्तई हुदा-हुदा गच्छेदार वा गुप्ताकोमा पनि जान बेर छैन कि!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 10

      • अब त सिला लाइ चित्त बुझेको होला नि मैले त भनेकै थिए यी छादमभेसी
        नेता हरु को पछाडी नलाग्नु भनेर हिजो तर मान्नु हुदैन

        आखिर नेता सबै कुर्चीको लागि जे पनि गर्छन हेर्दै जानु न ….सिला जी

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

        • robbie

          अहिले को राजनीति परिस्थि देश को हालत लै देख्दा प्रचण्ड लाई नल्याई देश बन्दैन एदी हामि नेपाली र हाम्रो नेपाली लक्की छ भने प्रचण्ड नै देश को प्रधान मन्त्रि बन्ने छ/

          मन परे हरियो, नपरे रातो