हिन्दु र बौद्ध धर्म मान्नेहरुले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउँछन्। त्यसो त विदेशतिर नि टिचर्स डे भनेर नमनाइने हैन। तर आजको दिन हाम्रो आफ्नै मौलिक परम्परा हो।
लौ त, आफ्ना गुरुहरुलाई सम्मान गर्ने हैन त आज? विदेशतिर हुनुहुन्छ भने आज त हाम्रो संस्कृति अनुसारको टिचर्स डे भन्दै शुभकामना दिने हैन त ?
गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन्। हिन्दु धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँछन्।
आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ, गुरु अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लैजानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ।
द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।
चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यहरूलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका दिनका रूपमा मनाउने परम्परा बसेको हो।
आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।
संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ।
हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्दछन्।
विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचर्या पालन गरेर गुरुकूलमा गइ पढ्ने चलन थियो।
त्रेतायुगमा मर्यादापुरुषोत्तम रामसहित उनका भाइ र द्वापरयुगमा भगवान् श्री कृष्णले पनि गुरुकूलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ।
No related posts.








गुरु को परिभाषा यस्तो पनि हुन सक्छ=गुरु धेरै प्रकारका हुन्छन | बिद्यालयमा पढाउने मात्र गुरु होइन | उहिले पौराणिक कालमा आश्रम मा बसेर गुरु हरुले आफ्नो शिष्य हरुलाई धुलौटोमा लेखि लेखाई सिकाउने प्रविधि थियो | गुरु द्रोनाचार्यले आफ्ना शिष्य हरुलाई धनुर बिद्या सिकाउनु भयो | भगवान श्री कृष्णले महाभारत को युद्ध क्षेत्रमा सारथि बनि अर्जुन लाई आफ्ना आफन्ता चिनाउने तथा परि आइ लागेको बेला आँखा चिम्लिनु पर्छ | मित्र पनि शत्रु जस्तै सम्झिनु पर्छ भनि शिक्षा दिनु भयो | हुन त गुरु द्रोणचार्य ले पक्षपात् गरेर एकलब्यलाई शिष्य बनाउन नचाहेकोले ढुंगालाई गुरु थापी एकलब्य धनुर्धारी मा अर्जुनको सामना गर्न सक्ने पनि भएका थिए |तेसैले एक जड निस्प्राण ढुंगा पनि गुरु बन्न सक्छन | हुन त म पनि बिद्यालय मा छँदा एक गुरुनै थिए | मेरा शिष्य हरु प्राय: लाखौ को संख्यामा
थिए | तर १०/१२ जना भू, पू, शिष्यहरु बाहेक कसैले पनि मलाई शुभकामना को निम्ति सम्झेनन | मलाई लाग्यो म पुरानो भएछु | ममा त्यो शिक्षा दिने क्षमता रहेनछ; जसले बिद्यार्थी हरुको भविस्यमा पनि काम आवोस | तसैले म भन्छु साँचो गुरु भएर बाँच्न सिक्न पर्छ | स्वार्थको लागि मात्र गुरु को ढोंगी रुप देखाउन हुन्न म जस्तै | सबैले मान्ने मन मस्तिस्क बाटै श्रद्धा गर्ने खालको चोखो गुरु बन्न सक्नु पर्छ | आफुले गरेको कामको फल चाख्न मौरीको मह काडे जस्तो हुदैन |निस्वार्थ हुनु पर्दो रहेछ | आँखा फुटे पछी मात्र बल्ल आँखाको महत्व बुजिँदो रहेछ |तेसैले म भन्छु” हे भावी गुरुहरु हो अब आउने शिष्यहरु जो भावी नेता बनेर देश हाँक्ने हुन्छन तिनी हरुलाई निस्वार्थताको अडिलो ग्यान दिनु होला | जसले गर्दा आफ्नो देश लाई पैसामा नबेचुन | Jaya Jaairaam
मन परे हरियो, नपरे रातो
2
0
Everybody is equal.I dont meant to deride this so called holy day celebrated by the hitherto Hindu people across the Indian subcontinent.What do not accept is that in the name of Guru purnima,Our teachers since yester-years taught things which are like fact..we are not given any chance to think independantly…..Ekalavya ,being Kiranti ,had to sacrifice his own hand in front of the sly bahun guru .So what is the importance of Guru when your guru is talking to you some lessions and you are just allowed to listen and can not participate in discussion.First you should respect everybody ……….I like tha American Education…Teachers are like friends and not mentors …………….If you are saying something that looks awkward,still they listen even they are Nobel laureates.But in Nepal,where teachers mentality is still sadly infested with the old hindu doctrine,they still do not accept the creative ideas.So i dont accept celebrating this hindu-indoctrinated GURU PURNIMA…..
मन परे हरियो, नपरे रातो
0
0
भोलि को नेपाल बनाउन को लागि असल गुरु हरुको धेरै आवस्यकता छ हाम्रो देश लाई !
आजका नेता हरु ले बिगारेको देश भोलिको असल नागरिक हरुकै हातमा आउने हुनाले गुरु हरुको धेरै दायीत्वो छ !
मन परे हरियो, नपरे रातो
2
0
गुरुहरूप्रति कृतघ्न पनि हुँदा रहेछन् यो संसारमा …
मन परे हरियो, नपरे रातो
4
1
सबै गुरुहरुलाई धेरै माया अनि सम्झना …
मन परे हरियो, नपरे रातो
3
0
राम्रा सर लाई गुरु पुर्णिमा
नराम्रा सर लाई गोरु पुर्णिमा
मन परे हरियो, नपरे रातो
7
0
गुरु भन्ने सब्द नै स्वछ हो | स्वछ छबि भएका सम्पूर्ण गुरुहरुलाई गुरुपूर्णिमाको शुभकामना |
मन परे हरियो, नपरे रातो
7
0
अज्ञानताको अन्धकार बाट ज्ञानको उज्यालो तिर बाटो देखाउने सम्पूर्ण महानुभाबहरु गुरु हुन् | आजको यस पबित्र दिनमा उहाहरु सम्पूर्ण लाइ सादर प्रणाम |
मन परे हरियो, नपरे रातो
5
0
सब गुरु ब्रोहरु लाई हाई ल !
मन परे हरियो, नपरे रातो
2
12
Guru purnima ko hardik subhakamana… Thanks for being there to skill me.
मन परे हरियो, नपरे रातो
1
0
ज्ञानको गङ्गा बगाएर ‘ज्ञानी’ बन्न उत्प्रेरित गर्ने गुरुहरुप्रति हार्दिक नमनः
मन परे हरियो, नपरे रातो
3
0
आज को दिन गोरु पुर्णिमा हैन हाली पुर्णिमा मलाई यादछा बल कालमा मलाई क , ख ……………….. ज्ञ नजानेको वन्दै भात खानै नामिलनी गरि मास्टर ले कुटेको हाली पुर्णिमा को सुभकामना
मन परे हरियो, नपरे रातो
0
8
बिसेस गरि शनिस्चरे सोम्बारेको विद्यालय बुद्ध मा. बी को धेरै पुरानो मेरा गुरु हरु अच्युत शर, चैन्तंन्य सर, शेखर सर मा मेरो गुरु पुर्णिमाको सादर प्रणाम छ
मन परे हरियो, नपरे रातो
1
0
गुरुर्ब्रम्हा गुरुर्बिष्णु गुरुर्देवो महेश्वर:
गुरु:साक्षात् परब्रम्ह तस्मै श्री गुरुवे नमः II
मेरा आज सम्मका सम्पूर्ण गुरुबरहरुमा सादर प्रणाम
जय गुरुदेव I जय गुरुदेव II जय गुरुदेव III
मन परे हरियो, नपरे रातो
6
1
माता पिता देखि बडा अरुकुन,
संसारमा जान्नु बडा गुरु हुन्!!!!!
सन्सारनदी देखि लगेर पारि,
दिन्छन गुरुले सहजै उतारी!!!!!!
सम्पूर्ण मेरा गुरु तथा मान्यजनहरूमा सादर प्रणाम….
मन परे हरियो, नपरे रातो
4
0
आज को कमेंट्सहरुमा रेड मार्क्स धेरै छ नि किन होला?
मन परे हरियो, नपरे रातो
0
0
मेरो सम्पूर्ण गुरु हरु मा हार्दिक नमस्कार छ /
मन परे हरियो, नपरे रातो
3
0
प्रणाम छ मेरा गुरु मा
मन परे हरियो, नपरे रातो
1
2
सबै गुरु र गुरुआमा धरै धरै मिठो सम्झना !
मन परे हरियो, नपरे रातो
5
6
प्रणाम छ मेरा गुरु
मन परे हरियो, नपरे रातो
5
4
हामीले आफ्नो अतित , धरातल, गुरु ,दुख , आफ्नो , आफन्त बिर्सियौ भने बस्ताभिक जिबन कहाँ भयो र ? प्रत्यछ अप्रत्यछ मैले जो जो संग जहाँ जहाँ सानो ठुलो जस्तो सुकै उचित ज्ञान पाए वहाहरु सबैलाई सधै सम्झना नसकेपनि आज को दिन सम्झना चाहन्छु , मा j छु आज यो सब वहा हरुकै देन हो,
गुरु पुर्णिमा को हार्दिक मंगलमय शुभकामना !
मन परे हरियो, नपरे रातो
11
2
धन्यवाद सबै गुरु-गुरुआमाहरूलाई ! गुरुपूर्णिमाको हार्दिक शुभकामना !
मन परे हरियो, नपरे रातो
10
4
श्री पुज्यनीय गुरु (हरिनारायण ढकाल) साथै अमर माबि पाखापानी म्याग्दीका सम्पूर्ण गुरुहरुमा म प्रबासी छात्रको गुरु पुर्णिमाको सुखद घडीमा हार्दिक प्रणाम, ,
अन्तमा देसको राजनीतिक बातावरण छिटो भन्दा छिटो सुल्झियोस मेरो यहि कामना छ./
मन परे हरियो, नपरे रातो
6
3
Happy teachers’ day to all the teachers’ who taught me formally informally the lessons of lyfe
Thank you for bein there
मन परे हरियो, नपरे रातो
3
5
मेरा सम्पूर्ण गुरुहरुमा सादर प्रणाम!
गुरु ब्रम्हा, गुरु विष्णु,
गुरुदेवो महेश्वर ! गुरु साक्षात परब्रम्ह,
तस्मै श्री गुरुभ्यो नम :
सम्पुर्ण गुरुवर्गमा गुरुपूर्णिमाको.
शुभकामना …
मन परे हरियो, नपरे रातो
14
2
धेरै राम्रो लेख. सबैमा गुरु पुर्णिमाको सुभकामना.
मन परे हरियो, नपरे रातो
6
5
मेरा सम्पूर्ण गुरुहरुमा सादर प्रणाम!
गुरु ब्रम्हा, गुरु विष्णु,
गुरुदेवो महेश्वर ! गुरु साक्षात परब्रम्ह,
तस्मै श्री गुरुभ्यो नम :
सम्पुर्ण गुरुवर्गमा गुरुपूर्णिमाको.
शुभकामना …
मन परे हरियो, नपरे रातो
10
2
व्यक्तिगत नाम सम्झन नसके पनि सस्थागत रुपमा निम्न लिखित सस्थाका गुरु बर्ग तथा गुरुआमाहरुमा कोटी कोटी प्रणाम:
माता पिता,लगायत सम्पूर्ण गुरुबर्ग, नि.मा.वि. सिक्राल, मा.वि. खिम्ती रामेछाप, आर.आर., त्रि-चन्द्र,पाटन क्याम्पस, विस्वभाषा क्याम्पस काठमाडौँ,नेपाल सित्योरियो कंराते केन्द्रिय डोजो रंगशालाका गुरुहरु ………….अमेरिकाका गुरुहरुलाई पनि ……….
मन परे हरियो, नपरे रातो
7
4
इतिहास माँ जून sukaii तरिकाले गुरु पूर्णिमा सुरु भएको भये पानी बर्तमानमाँ कर्ताब्यानिस्था गुरु रा बिनयासिल बिद्यार्थी को महत्वा अझ बढेको छ / शुवकमाना सबै गुरुहरुलाई अनी तिनका शिस्यहरुलाई पनी /
मन परे हरियो, नपरे रातो
5
2
शुभकामना गुरुपूर्णिमाको………..
मन परे हरियो, नपरे रातो
4
2
खोइ अब के दिने त गुरुहरुलाई गुरु दक्षिणा ? एकलव्यलाई गुरु दक्षिणा मागे जस्तो माग्छन भने नदिनुनै ठिक । गुरुहरुले पनि एकलब्य जस्तो गरिबलाइ गुरु दक्षिणको नाममा दहिनेहातको बुढी औला मागेर कहिल्यै काम नलाग्ने बनाए भने राजाको छोरा अर्जुन जस्तो धनीलाई माथि ल्याए हो यस्तै छन् अधिकांस आजकालका गुरुहरु ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
10
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :
गुरु : साक्षात परम् ब्रह्मा तस्मै श्री गुरुवे नमः…
मन परे हरियो, नपरे रातो
10
2
गुरु ब्रह्मा गुरु बिस्नु गुरु देब महेसोरम
गुरु साक्छ्यात परम् ब्रह्मा तस्मै श्री गुरुवे नम
गु,सब्द अन्धकार, अज्ञान रु, सब्द प्रकाश, उज्यालो /अन्धकार को बिनास गर्दै प्रकास को ज्योति छर्न सिकाउने ब्रह्मा बिस्नु महेसोर भन्दा पनि ठुलो गुरु आध्यात्मिक ज्ञान मात्रै होइन बेभारिक, सामाजिक, पारिवारिक लगाएत सिक्छ्या दिने गुरुनै हुन् तेसकारण एस्तो पदमा रहनु भएको गुरुहरुको चरण कमलमा आज गुरु पुर्णिमाको उपलक्छेमा माईसन्सार बाट दन्दबत प्रणाम /
मन परे हरियो, नपरे रातो
7
3
खै आफ्ना त अधिकांश गुरु हरु परमधाम गइ सक्नु भयो, क, ख सिकाएका गुरु हरु सित त् अव स्वोर्ग मा मात्रै भेट हुनेछ होला | अनि फेरी आफै लाइ सुभ विहानै करिव ५०० जना जतिले नमस्कार सर ! नमस्कार सर ! भन्ने गरेको मात्रै याद रह्यो यो गुरु पुर्णिमा को दिन मा | फेरी यो अर्कै को भुमि मा आफै ले १२ औं घण्टा एस वोस ! एस वोस ! भनि रहनु पर्दा र यो लेख पढ्दा आफ्नै मात्री भुमि को याद आयो | हेर्नुस न , न त् आफुले भन्न पाउने गुरु हरुनै छन् , न त् आफु लाइ भन्ने चेला हरु नै छन् | जे भए पनि Mysansar ले नै गुरु पुर्णिमा याद दिलाई दिएको मा गुरु सम्झेर नमस्कार छ है गुरु भन्दै छु म त……..|
मन परे हरियो, नपरे रातो
12
2
राम चन्द्रे र ओली माकुने ले पनि लैनचौर मा गुरु पुर्णिमा मनाए होलान |
मन परे हरियो, नपरे रातो
6
10
आज बिहान सबेरै हाम्रो कमरेड प्रचण्ड लैनचौर दरबारको ढोका बाहिर प्रधानमन्त्रिको पद पाउ भनि आशिर्बाद थाप्न उभिरहेको मेरो आफ्नै आँखाले देखें
हुन त पहिले पनि धेरै चोटी लैनचौर दरबार पसेको आफैले स्वीकार गरि सकेको छ
मन परे हरियो, नपरे रातो
5
3
माधव कुमार को भाई शान्त कुमार जी लैनचौर मा क्यामरा लग्न भुल्नु भयो फोटो खिचेर पठाई दिनुस न !!!! मलाई न्युयोर्क को कमान्डर भनेर चिठ्ठी पठाउने होइन तिमि ??? लैनचौर को भत्ता खाँदा सपनामा पनि प्रचण्ड देखियो कि ???
मन परे हरियो, नपरे रातो
0
1
HAPPY GURU PURNIMA TO EVERYBODY
मन परे हरियो, नपरे रातो
2
7
Happy Teachers Day To all My Loving Teacher..
मन परे हरियो, नपरे रातो
1
1
Thanks to the MYSANSAR to remind the TEACHER’S DAY, on this auspicious day I would like to Thanks and pass my happy teachers day to Mr. Ramprashad Dawadi (Nepali teacher of DMPS) and Mr. Arjun Karki (English teacher of DMPS) of sanothimi, Bhaktapur.
मन परे हरियो, नपरे रातो
4
4
सबै गुरु ( Teachers) हरुलाई मेरो तर्फा बाट गुरुपूर्णिमाको शुभकामना शुभकामना शुभकामना शुभकामना !!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
8
2
बैदिक धर्म भित्र जन्मिएकोले मैले गुरुपुर्निमा को पुञ्ज गर्नु पर्ने भएता पनि जनै नालागैकाना त पुञ्ज गर्नु ब्येर्थ हो. त्येसैले एती भन्दा बढ्ता लेख्नु बेकार छ कि त जनै लगाउनु पर्यो अनि लेख्दा हुन्छ . हैन भने नेपालका नेताहरु जस्तै भईन्छ ?
मन परे हरियो, नपरे रातो
4
8
सबै गुरुहरुलाई धेरै माया अनि सम्झना ….
मन परे हरियो, नपरे रातो
6
5