-सीबी अधिकारी-
तपाईँ युवती हुनुहुन्छ? अनि चिटिक्क परेर घर बाहिर कुनै पनि काममा निक्लँदै हुनुहुन्छ? सावधान, रहनुहोस् किनकि तपाईँ जनुसुकैबेला अपहरणमा पर्न सक्नुहुन्छ।
राजधानीमा यस्तो गिरोह पत्ता लागेको छ कि जुन गिरोहको नजरमा तपाइँ पर्नुभयो भने तपाईँको जीवन बर्बादीमा मात्र हैन सिङ्गो समाज नै अप्ठ्यारोमा पर्नसक्छ।
ललितपुर प्रहरीले पहिलो पटक पक्राउ गरी आज सार्वजनिक गरेको एउटा घटना विवरण सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले सिङ्गो राज्यलाई नै चुनौती दिइरहेको छ। ललितपुर प्रहरीले पहिलो पटक सार्वजनिक गरेको उक्त खतरनाक गिरोहमा संलग्न एक युवक र तीन युवती को कुकृत्यलाई मात्र बुझे पुग्छ।
यस्तै घटनाको सिकार बनिन् काठमाडौँ गागलफेदी घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने १७ वर्षीया एक युवती।
चार अभियुक्तले उनलाई लगनखेलस्थित होली भिजन एकेडेमी स्कुल छेउबाट डर र धम्की देखाएर अपहरण गरी ललितपुर ज्वागलस्थित सलोनी राईको कोठामा राखी बन्धक बनाएका थिए।
संयोगवश उनले बन्धन तोडी अपराधीको कठघराबाट भाग्न सफल भई ललिपुर प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो।
अभियुक्तमध्ये सलोनी पहिला पनि पक्राउ परेर छाडिएकी हुन् भने सुनिता मगर पनि पहिला वेश्यावृत्तिमा संलग्न भई पक्राउ परेर छाडिएकी हुन्।
सलोनीले ज्वागलस्थित कोठामै कोठी सञ्चालन गरेको र अन्यत्र समेत युवती आपूर्ति गर्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भन्नुभयो –“यिनीहरुले कोठी सञ्चालन गरी अन्यत्र समेत युवती आपूर्ति गरेको हुनसक्छ, अनुसन्धानका क्रममा केही त्यस्ता प्रमाण समेत भेटिएका छन्, पछि सबै थाहा हुन्छ।”
अभियुक्तको साथबाट प्रहरीले बेहोस बनाउने एक थान क्यान्वन एन्टी एट्याक स्प्रे, विभिन्न ब्रान्डका कन्डम, विभिन्न २० थान सिडी र रु. ३० हजार बरामद गरेको थियो।
उनीहरु कुनै पनि राम्री, चिटिक्क परेकी युवतीलाई देख्नासाथ साथमा बोकेको क्यान्वन नामको एन्टी स्प्रे प्रेस गर्छन् जसको गन्धले युवतीको आँखा बन्द हुन्छ र उनी बेहोस हुन्छिन्, उनलाई ट्याक्सीमा हालेर गन्तव्य पुर्याउँछन्।
सुनसरी धरान स्थायी घर भएकी ३५ वर्षीया सलोनी, धरानकै १७ वर्षीया सुस्मिता लिम्बु र मकवानपुर स्थायी घर भई हाल ललितपुर जावलाखेल बस्ने २१ वर्षीया सुनिता मगर तथा चितवन वीरेन्द्रनगर स्थायी घर भई हाल काठमाडौँ महाराजगन्ज बस्ने २५ वर्षीय नवीन लामा यो गिरोहमा संलग्न रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको हो।
नियन्त्रणमा लिइएका चार अभियुक्त ठूलो आपराधिक गिरोहमा संलग्न रहेको हुनसक्ने आफूहरुको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताउनुभयो।
“यिनीहरु ठूलो खतरनाक गिरोहमा आबद्ध हुनसक्छन्, प्रारम्भिक अनुसन्धानका क्रममा हामीले यो अनुमान गरेका छौँ, आवश्यक अनुसन्धानपछि सबै पत्ता लाग्छ।”–थापाले भन्नुभयो।
प्रहरी उपरीक्षक थापाका अनुसार अभियुक्तले राम्रा युवतीलाई एन्टी स्प्रे प्रयोग गरी ट्याक्सीमा राखेर गन्तव्य पुर्याएर अनेकौँ यातना दिई जबर्जस्ती कामामा लगाउने गरेका गरिएको छ।
अभियुक्तलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतमा पेस गरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रासस
No related posts.








येस्ता गिरोह हरुलाई कसैले पनि साथ नदीई कन संबिधान संसोधन गरेर भए पनि जिउदै जलाउनु पर्छ भन्छ मेरो दिमाख ले अनि हजुर हरुको दिमाखले के भन्छ लेख्नु ल ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
नेपाल एती सानो देश यति थोरै जनसंख्या भएको देशमा पनि किन
एस्तो ठुला ठुला घटना हरु हुन्छ नेपाली हरु किन यति निर्दय भयका के गरिबीका कारण होता एस्तो डरलाग्दा घटना भएको हो अबश्य हो
गरिबी कारण नै हो जब सम्म नेपालमा गरिबी घट्दैन तबसम्म
घटना हत्या हिंसा घटना असम्वाब छ / मान्छेहरु जब आफ्नो हातमुख जोड्न
मुस्किल हुन्छा अनि कुनै पनि काम गर्न पछि पर्दैनन् /
तेही देसमा देश भन्दा धनि मान्छे छन् तेही देशमा हातमुख जोड्न धौ धौ परेका मान्छे हरु छन् अनि कसरि सान्ति हुन्छ /
मन परे हरियो, नपरे रातो
5
5
इन् मी विएव इ थिंक फिर्स्त्ली गिर्ल्स शौल्ड बे अवारे ओफ सुच क्रिमिनल अक्तिवितिएस्.एंड ऑल द रेस्पोन्सिबिलितिएस् शौल्ड बे तकें बय गोवेर्न्मेंट .
मन परे हरियो, नपरे रातो
3
12
People should be carefully from bad guys. Information system should be secreat but in Nepal lack of that things, everything is making a mess.
मन परे हरियो, नपरे रातो
4
9
यो सबै हाम्रा बेइमान नेताहरुको कारणले भएको हो/त्येसैले पहिला यी सब नेताहरुलाई जिउंदै आगो लगाएर जलाउनु पर्छ/अनि बलियो कानुन बने येस्ता अपराधीलाई फासिको सजाय दिनु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
4
यस्ता कुख्यात अपराधीहरुलाई उम्कन दिनु हुदैन यदी उम्कन पाए भने अरु अपराधी हरुलाई पनि हौसला बढ्छ / यसमा कुनै पनि घुस र राजनीति घुस्न दिनु हुदैन कडा भन्दा कडा सजाय दिनु र जेलमा कोच्नु पर्छ , यसरि पक्राउ परेपछि पनि नेपाल सरकारले छाडेमा ति नेता भनौदाहरुलाई नै देसबाट बैस्कार गर्नु पर्छ, र नुन चुक लगाउनु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
2
सर्ब प्रथम हाम्रो देस को बोर्डेर कन्ट्रोल हुनुपर्छ / नेपाल को बर्बादी को मुख्य कारण यो खुला बोर्डेर पनि मुख्य हो/ १०० करोड र २ करोड़ जनसख्या भएको देश को खुला बोर्डेर हुनु को मतलब हो सानो देश छिट्टै समाप्त हुनु हो/
दोस्रो कुरा हामी नेपाली सबै असल अनि राम्रो हुनु पर्छ / नर्सरी का बच्चाले सिक्ने नैतिक शिक्षा बाट हामी सबै ले सिक्न सुरु गर्नु पर्छ /
अनि मात्रै सभ्य समाज को बिकाश हुन्छ./ अनि मात्रै देश को बिकाश सुरु हुन्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
Our government as well as our society should be carefull to prevent this type of criminal.
मन परे हरियो, नपरे रातो
12
2
“Home stay Tourism” for tourists is indirectly linked with the “Sex Tourism” that’ll one day have to be banned in future.
मन परे हरियो, नपरे रातो
8
2
गोवेर्न्मेंट अस वेल अस ओउर सोचिएटी शौल्ड बे चरेफुल्ल तो प्रेवेंत थिस type of criminal. thank u.
मन परे हरियो, नपरे रातो
0
2
sorry for posting in wrong place
मन परे हरियो, नपरे रातो
0
5
हो एक दम ठिक हो. अब त नेपाल क बुद्द्जीबी हरु समेत बिदेस बाट पढेर नेपाल मा केहि गर्छु भन्ने लै समेत थिनिहरु बिदेसमा बस्न नसकेर फकेको भन्ने ठान्छन. तेस्तै भोगे मा छु म आफु. म पनि बिदेस बाट अध्यनसकी नेपाल म केहि गरु भनि फर्के को थिया तर के गर्नु, सार्है गार्हो रहेछ. खुतातानातन प्रवृति र दाहा गर्ने नेपाली को बानी. बिदेसमा बस्न नसकेर त फर्केको भन्ने. नेपाल मै बसी दोस्रो दर्जा को जस्तै चाकरी गरि कम गर्नुपर्ने. तेसैले बाध्य भै फेरी बीदेस नै फर्कुनु बाहेक अरु राम्रो प्रगति गर्न सक्ने उपाय नदेखी फदेकै मुलुक फर्के र राम्रै कम्पनी म कम गर्दै छु. के गर्ने जब सम्म नपाल म दस प्रवृति को मंस्थिथि बाट उन्मुक्त हुदैन देले प्रगति गर्ने लछेन देखदिन म त.
मन परे हरियो, नपरे रातो
6
2
उपेर्लिखित शब्द हरु पढें कफी रोचक शब्द हरु भेटें तिनी हरु लाइ शमेतेरा यी हाम्रा चोर नेता साथै घुष्य पनि जसले गर्दा हाम्रो देश नेपाल को धज्जी उदाएको छ जसले गर्दा हाम्रो नेपाल वीरता को देश झन् झनै विनाश तिर धकेली दै छ.
मन परे हरियो, नपरे रातो
12
3
जो जति सम्पन्न र सिक्षित् छ उनीहरु नै समाज मा हुने सकारात्मक र नकारात्मक दुवै प्रब्बित्ति का लागि जिम्मेवार हुन्छन . सामान्यजन ले जहिले पनि सम्पन्न सिक्षित् र चर्चित व्यक्तित्व को अनुसरण गर्छन. तेसैले आफुलाई सम्पन्न र सिक्षित् ठान्नेहरु जो तडक भडक र प्रदर्सन मुखी जीवन यापन गर्छन के उनीहरु जिम्मेवार छैनन ?
मन परे हरियो, नपरे रातो
6
2
खै त! my sansar ले उपनाम बाट कमेन्ट प्रकाशित गर्दैन भन्छ मात्र| जे पनि प्रकाशित गर्दो रहेछ |
मन परे हरियो, नपरे रातो
8
1
फेसबुक प्रोफाइल प्रयोग गरेको कारण हुनसक्छ ।
मन परे हरियो, नपरे रातो
5
4
सरि है किशोर जी, मलाई पनि यो उप नाम घाडो भै राखेको छ. व्यक्तिगत कारणले भन्दा पनि कहिले काही अरुको व्यक्तिगत जीवन लाइ आधार बनाएर सामाजिक टिप्पणी गर्नुपर्ने भएकोले उपनाम प्रयोग गरेको हु .
मन परे हरियो, नपरे रातो
2
2
यस्तालाई त फाँसीको सजाय हुनुपर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
1
अलिकति चनाखो नहुने हो भने कहाँ कति खेर के हुन्छ थाहै नहुने.,,,,,,,,,,,,,,,,,क्या jamana आयो त नि
मन परे हरियो, नपरे रातो
8
2
कानुन नै फितलो भएपछी के गर्नु प्रहरीले पक्रेर मात्र के गर्नु कानुनले पनि त पक्रनु पर्यो नि !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
हर्ये भगवान kye सुनु पर्यो एस्तो आजै बाट छोरीलाई beautyparler जना बन्द गराउनु पर्यो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
12
के के मात्र भएको हो हाम्रो देस मा !!
कहिले कहिँ त राम्रो news सुन्न र हेर्न पाए हुन्थ्यो ..
हे भगवान रक्षा गर हाम्रो देस लाइ .
के भन्नु र खै नेताहरु नै सबै चोर भएपछी ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
एस्त लाई पार्टी पुलिस र नेता को आसिर्बाद नमिलोस जय नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
येस्ता अपराधी हरु लाइ त फासी दिनु पर्छ. यीनी हरु लाई सार्बजनिक ठाउँ मा नाङ्गो बनाएर सिस्नु दल्नु पर्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
2
यस्ता आपराधि लाई बास्तव मा सजाय हुनु नै पर्छ.तर खै; के गर्ने ?प्राय जसो हरु त चाहेर नै योंन सम्पर्क गराउदा रहेछन .कसै -कसै को त फेरी फेरी गराउने बानि पनि हुदो रहेछ.के यो पनि बिमारी हो कि क्याहो .यदि कसैलाई जबर जस्ती योंन सम्पर्क गर्छ र गराउछ भने ;तेस्ता लाई छाड्ने हरु नै अपराधीमा गनिन्छ .हे….हे….हे..
मन परे हरियो, नपरे रातो
4
3
सामाजिक, आर्थिक, राजनीति बिकासमा पत्रकार र TV को महत्वपुर्ण भूमिका हुन्छ / हाम्रो देश नेपालमा मात्र तातो न छारो राजनीति समाचार, अन्तर्वाता मात्र बढी हुन्छ / यस्ता जुनसुकै अपराधिक बिषयको अनुसन्धानबाट नयाँ कुरा निस्केको, अदालत चलान गरेको, अदालतले सजायँ गरेको तुरुन्त पत्र पत्रिका र TV , रेडियो लोकल न्युजमा दिई रहनु पर्छ / जसले गर्दा अपराधीले पनि अपराध गर्ने कम हुन्छ भने जनताले पनि अपराधी बाट कसरी बच्ने र अपराधीलाई के सजायँ भयो भन्ने जानकारी हुन्छ /
हाम्रो देश नेपालमा सच्चा देशभक्त प्रहरी टीमले अपराधी गिरोहलाई सप्रमाण समाती सकेको हुन्छ / प्रहरी कै माथिको निकायले नेता-मन्त्री संग मिलेर छुटाई दिन्छ / नेता-मन्त्रीले पनि नसके पछी बल्ल बल्ल अदालतमा पुग्छ न्यायाधीशले घुस खाएर छुटाई दिन्छ / यस्तै चोरी, डकैति, ज्यानमारा, देहब्यापार, जालसाजी, तेरो मेरो, स्मग्लर, गाँजा चरेश जस्ता आदि मुद्दा आयो भने भ्रष्ट नेता-मन्त्री, भ्रष्ट उच्चपदस्थ प्रहरी- प्रहरी, भ्रष्ट कर्मचारी-दलाल, भ्रष्ट उच्चपदस्थ कर्मचारी-न्यायाधिशहरु धेरै खुशी भएर अब कति घुस लिने भनि हिसाब गर्न थाल्छन / भ्रष्टाचारीहरुको जीवन शैली-स्तर सर्बसाधारण जनताले बुझेर यिनीहरुलाई सामाजिक बहिष्कार गर्नु पर्छ / यो प्रतिक्रियामा पक्कै घुस्याहरुले रातोमा भोट हाल्छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
6
प्रहरीको यो काम सरहानीय छ तर यी समातिएका अपराधीहरु लाई सजाय हुन्छ वा हुदैन भन्ने कुरा हेर्न बाकीनै छ ….
यो सानो अपराध होइन ,भोलि हाम्रै दिदिबहिनि,भान्जा-भान्जी ,छोरीहरु यिनीहरुको सिकार बन्न नसक्लान भन्न सकिन्न …
यी समाजका गन्हाउने कीराहरूलाई सरकारले वा कानुनले एस्तो कठिन सजाय दिनु पर्छ ताकी कसैले आउने दिनहरुमा फेरी एस्तो फोहोरी काम गर्ने कसैले दुस्साहस नगरोस ….
फेरी पनि यी अपराधीहरु अदालतमा केहि हजार वा लाख रुपया धरौटी राखेर तारिखमा छुट्लान् भन्न सकिन्न …तेसैले पत्रकारिता जगतको ठुलो कर्तब्य हुन जान्छ जबसम्म यिनीहरुले सजाय पाउदैनन तबसम्म मीडिया जगतले येस्लाई अग्र-पन्थी समाचारको रुपमा राखी राख्नू पर्छ …अरु सबै भगवानको हातमा …..नेताहरुको त भरोसा नै नगरौ किनकि यी आफैहरु बैस्या हुन् ..यिनीहरु ले देश पनि बेच्न सक्छन र आफु आफै पनि बेचिन सक्छन् …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
2
यस्ता मानिस लाई सबै को सामुन्ने फासी दिनु पर्छा, र बल्ल केहि सुदार हुन्छा, सजा दियर छाडी दिए फेरी पनि यस्तै काम गर्छन ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
7
मानब घाती र राष्ट्र घाती काम गर्नेलाई फासी दिनु पर्छ नेपालमा चाहे त्यो सर्ब साधारण होस् या त्यो नेता नै होस् ,क्रेन मा झुन्ड्याउनु पर्छ , अनि मात्र मानविकी चेतना औछ ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
5
म केहि हफ्ता देखि हाम्रो प्रहरीको सफलताहरु देखेर निक्कै प्रभावित भै रहेको छु | नेपालमा शान्तिको वाहक प्रहरी नै हुन् कि लाग्न थालेको छ | अहिले प्रहरीको सक्रिय अभियान का कारण कत्ति डोन भनाउदा गुण्डाहरु आफै आत्म समर्पण गर्दै छन् काठमान्डू पोखरा भैरहवा धरान लुम्बिनी आदि सहरमा || डाक्टर भक्तमान, कालीबहादुर खाम, पोखराको हनिमूनमा हत्या, तराइमा गुण्डाहरुको सफाया, हालैको माओवादीको अनिश्चितकालिन बन्दमा संयमित व्यवहार, कुनै राजनैतिक भिड अगाडी कसैले गल्ति गरेको छ भने न छोड्नु ……. मान्नु पर्छ र गौरव लाग्न थालेको छ हाम्रो प्रहरी प्रति | मेरो फेरी एक पटक स्यालूट !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
4
अब हाम्रो देसमा यौन बेबसाये गर्ने हरुलाई रोक्न सकिदैन
यो सम्भब पनि छैन तर सरकारले समय सिमा तोकेर यौन बेबसाये
गर्ने स्थान लाइसेन्स दिएमा अलि दिदि बहिनि सुरक्छित हुनेथिए
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
यस्ता बिकराल समस्याहरु घट्दैन झन् बढ्दै जानेछा आगामी दिनहरुमा
यदि हाम्रो देशको राजनैतिक अबस्था यस्तै गए गुज्रेको हुदै गयो भने – -
देशको स्थिति पूर्ण रुपमा देशको राजनीति संग सम्बन्धित हुन्छ किन भने सरकार
देशका राजनैतिक नेताहरुले नै चलाउछान . देशमा दह्रो सरकार बन्न सक्या छैन ,
दह्रो संबिधान बन्न सक्या छैन , यी यस्ता अपराधीहरु लाइ बेला बेलामा प्रहरी
प्रशासनले नियन्त्रण लिए पनि त्यो मुरिको सामु मानो मात्रै हो . यस्ता अपराध्हरुले
मुरिको रुप लिसकेको छ . अपराधि मानसिकताका मान्छेहरुको मन हाम्रो देशको
फितलो कानून का कारण बलियो भएको छ .
६ महिना २-४ बर्स देखि लिएर २-४ हजार हुदै २-४ लाख या केहि लाख मा यस्ता
अपराधीहरु को अपराध अदृश्य हुन जान्छा , जब सम्म यस्तो स्थिति रहन्छा
अपराधीहरु घट्ने होइन बढ्दै जान्छन , हाम्रो देशमा अहिले यस्तो स्थिति छ .
यो स्थितिलाई नियन्त्रण सबल सरकार – सबल संबिधान – सबल कानून मार्फत गर्न
सकिन्छा तर यसो हुन सकिरहेको छैन हाम्रा ” नालायक ” नेता जी हरुको कारणले ———-
यिनलाई फुट्न आउछा जुट्न आउदैना !
” नेता ” को ठेक्का लिएर बसेको ” नालायक ” हरु !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
6
राजनीतीक पार्टी र नेता हरु ले नै कानुन नमान्ने कुरा सीकाउने काम गरीरहेका बेला मा हामी नेपाली हरु यस्ता पाप र अपराधका समाचार सुन्न बाध्य छौं/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
2
देशमा बढ्दै गरेको राजनीतिक अस्थिरता, बेरोजगारी र छिटै धनि बन्ने मानसिकताका कारण येस्ता थुप्रै गिरोह सक्रिय भएका छन\ समाजमा घट्ने येस्ता घटनाहरुले आम मानिस मा त्रासको शृजना भएको छ. सुरक्ष्या को अनुभूति कसै लाई छैन तेसैले राजनीतिक स्थिरता कायम हुनु जरुरि छ र साथै अपराधी लाई कडा भन्दा कडा सजाय हुनु पर्छ जस कारण अपराधको रोजगारी कसैले नअपनाओस .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
2
यस्ता खालका घटना घट्नुमा घरबेटी हरुको ठुलो हात हुन्छा, घरबेटी हरुलाई पैसो भय पुग्यो. को के गर्छा भन्ने कुरा नबुझी रूम दिने गर्नु नै अपराधीहरु लाई राम्रो ठाउँ मिल्नु हो , मैले सुनेको त्यो घर महिला हरुले मात्र भाडामा लियको रे, प्रहरीले पक्दिदा महिला हरु हासी हासी गाडीमा चढे रे, कुनै चिन्ता नै छैन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
2
प्रचण्ड को देश मा केहि हुँदैन यस्ता घटना बाहेक . कानून भनेको छैन अब. भयपनी लागु huna दिन्दैन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
13
कुमार जी,
भक्त मान को अपहरण जस्तै यो पनि माओबादीले गरेको भनेर दोस लगाउन पाए हुन्थ्यो / तपाइको बिचार नागरिक पत्रिका मा छाप्न लायक रहेछ / एक पटक प्रयास गर्ने कि /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
31
अरुले लुकिछिपी कानुन हातमा लिए पनि खुले आम कानुन हातमा लिने सुरुवात (पहिला दिपक बोहरा जस्ता मण्डले भए पनि आजकाल प्रजातन्त्र र गणतन्त्र आएपछिको ) प्रचण्ड एंड कम्पनि बाट सुरु भएको हो यो अझै पनि जारि छ . उनको कदम बाट अरुलाई पनि हौसला मिल्दै गएको छ ……………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
11
कस्तो बिद्दम्बना हाम्रो देस मा देस मा कानून छ भने किन त्यो सबैलाई नियम लाइ सरकार ले लागु गर्न सक्दैन भने माओबादी लाइ दोस दिनु को के अर्थ हुन्छ र ? देस को प्रधान मन्त्रि भएपछी कानून लाइ प्रयोग मा लाउँन सक्दै न भने त्यो मान्छे देस को प्रधान मन्त्रि हुनुको के अर्थ हुन्छ र ? आर्का लाइ दोस दिने अनि आफु देस को प्रधान मन्त्रि भएर बस्नु को अर्थ के ? प्रधान मन्त्रि नै चोर भएको देस मा अरुको के हालत हुन्छ ?
मन परे हरियो, नपरे रातो
5
6
होइन यो नेपाल मा कस्तो चलन छ है जति गल्ति गर तेती नाम चर्चा मा आउछ तर कारबाई हुदैन अनी कसरि सम्वोव हुन्छ यो समाज को बिकाश लौउन के गरु मा त पागल हुन बाकी छ ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
आजकै कान्तिपुर समाचारमा पढ्नु भो होला माओबादीले राष्ट्रको कानुन नमान्ने रे तेसैले खामलाई प्रहरी समक्ष नबुझाएको रे, यस्ता जघन्य अपराध हुनुको मुख्य कारणनै राजनीतिक पार्टीहरुको कानुन प्रतिको ठाडो उलंघन र दुरुपयोग ले हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
6
it seems everything is possible in nepal and peple are ready to do any thing for money. so the role of gov. and society should be to motivate toward the ethics.
Guru
मन परे हरियो, नपरे रातो
13
3
नेपाल मा फाँसी को कानुन ल्याउनु पर्यो | अनि मात्र यस्ता घटना हरु बन्द हुन्छन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
5
अझ क क देख्नु ६ हामी नेपाली जनताले.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
यिनीहरु अस्लिल भिडियो निर्माण कार्यमा संलग्न हुनसक्छन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
3
अहिले को सरकार गैर जिम्बेवारिपन र नागरिक को सुरक्षा प्रति चासो नभएको सरकार हो यिनीहरुलाई एक रति पनि जनता को चिन्ता छैन यिनीहरु आफ्नो मात्र ब्येकिगत स्वार्थ पुरा गर्न लागि पर्छन…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
एमाले, काँग्रेस, माओबादी, आदि इत्यादी लाइ जिमेवार ठान्ने मुख्य अपराधी चाहि कम जिमेवार जस्ता कमेन्ट पनि पढ्न पाइयो, अचम्म छ बा ?
सरकार कम्जोर भो भनेर जे पनि गर्ने ? येस्ता अपराधी लाइ कडा भन्दा कडा कारवाई गर्नु पर्छ,|
फासी को सजाय सब भन्दा राम्रो हो के रे अब नेपाल बिकसित हुने चक्कर मा त्यो नियम हटाई सके |
आशा गरौ यी अपराधी लाइ कडा भन्दा कडा कारवाई हुने छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
हाम्रो नेताहरुलाई सत्ता को मात्र चिन्ता छ अब हामी सर्बसाधारण ब्यक्ति ले गरेर पनि के हुन्छ र ? हाम्रो देस मा जे पनि काम चलाउ मात्र छ केहि कुरा ले पनि स्थाईतो पाउन सक्दैन र पाए पनि धेरै बेर टिक्न सक्दैन.हाम्रो देसको प्रसासन पनि तेस्तै छ .अब जे गर्ने हो नेताले गर्नु पर्छ तिनीहरुले जनता को जिम्मा लिए पछि सुरछा त बलियो हुनु पर्यो नि ?नत्र जनता जिन्दाबाद को कुरा उठाउन नपरोस……
मन परे हरियो, नपरे रातो
9
2
grand salute to Nepal Police…
these criminals shouldn’t be freed for their life-time… they should be behind bars for their entire life…
मन परे हरियो, नपरे रातो
11
2
यो देस बर्बाद हुनु मा नरभक्छि Mahobadhi कै बादी हात छ. एसको अपराधी काम को सुरुवात गर्नी परम्परा mahobadhi बाट नै अरु ले सिकेका हुनु पर्छा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
16
if allready found those kinds of cirminal gang.investigetion and put on jail.who involb behind poltical people,or rich people ,gang star, shoul be fine out if thosse people found ded penelty. somaney cases happening why they can not makeastrong law.
मन परे हरियो, नपरे रातो
9
2
थाहा छ यस्तो कार्य कसको लागि भैइ राखेको छ ?????? हाम्रै समाज का ठुला बडा भनौदो नेता, ब्यापारी तथा अन्य ठुला मान्छे को लागि भैइ राखेको छ / सजाय यिनी हरु लाई मात्र हैन, यसको प्रयोग गर्ने मान्छे लाई पनि दिनु पर्छ जसको कारण यो समस्या जरै देखि निर्मुल हुन्छ / नत्र भने फेरी पनि सयौ सलोनी, सुनिता जस्ता जन्मिने छन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
मित्र हरु यस्तो खालको घटना हुनु मा हाम्रो देश को फितलो कानुन र राजनैतिक झगडा को असर हो.हाम्रो देश मा नियम कानुन भन्ने चिज नै छैन.जसले जे गर्दा पनि हुन्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
4
जुन घटना मानब समाज कै जगन्य अपराध हो,तर
दुइ, दुइ ठाउमा चुनाब हारेको हारुवा नेता देसको प्रधान मंत्री हुने देसमा यो घटना …….भन्न सकिदैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
60
ठुलै गिरोह भन्नुको मतलब त्यसमा कुनै नेताहरुको आशिर्बाद छ जस्तो देखिन्छा! किनकि नेपालमा अधिकतम पातकी नेताहरु छन् जसले लाभ लिन बाहेक दिन जान्दैनन्! अकुत पैसा कमाएपछि सुर त छदै छ, सुन्दरिपानी त चाहिन्छा? एसपी विक्रम को ल्याकत भने अबसै जन्चिने छ होव फर हि क्यान गो …
tesaile kehi garne ki ta ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
3
येस्ता लाई फासी बाहेक अरु विकल्प हुँदैन !!!!! यी चार जना लाई मार्नई पर्छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
133
8
it wont be a big surprise if tomorrow Makuney like politicians speak to defend the culprits. The main reason behind this is the support from different political parties to the enemies of our citizens.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
7
पागल हरु येस्तई हुन्|| समाज लै पतन तिर लैजाने येस्ता लाई किन बचाउनु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
76
3
दीपक बोहरा , बिजय गचादर जस्ता नामुद गुन्डा कहलिएका हरु मन्त्रि भएपछि पोलिस ले के गर्न सक्छ ..?
दीपक बोहरा भनेको रुपन्देही को गुन्डा २०४०-२०४५ साल तिर / हेर्नुस , बुझ्नुहोस् रुपन्देही मा गएर उसले कति गुन्डा गिर्दी र अरु बदमासी कति गर्यो …. येस्ता लाइ अदालत मा मुद्दा चलाएर जेल कुच्नु पर्ने मनिष बन मन्त्रि र उप- प्रधानमन्त्री भएका छन्…..
बिहारी प्रजातन्त्र , बिहारी राजनीति, बिहारी गुन्डा, बिहारी डाका हरु ले राज्य संचालन मा गए पछि कसको के लाग्छ र मित्र हरु…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
96
11
ठुलै गिरोह भन्नुको मतलब त्यसमा कुनै नेताहरुको आशिर्बाद छ जस्तो देखिन्छा! किनकि नेपालमा अधिकतम पातकी नेताहरु छन् जसले लाभ लिन बाहेक दिन जान्दैनन्! अकुत पैसा कमाएपछि सुर त छदै छ, सुन्दरिपानी त चाहिन्छा? एसपी विक्रम को ल्याकत भने अबसै जन्चिने छ होव फर हि क्यान गो …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
75
3
देशको घिनलाग्दो राजनैतिक खेल, न्याय र कानुनको न्यायिक छानबिनमा कमजोरी, पार्टीगत स्वार्थ र आडमा आश्रित सम्बन्धित निकायाहरुबाट सर्बसाधारण जनताको बेवास्ता अनि पैसा र पदको आडमा कानुन किन्नेहरूको हाली मुहाली रहेसम्म यो अवस्था अझै मौलाउन पाउने छ . जबसम्म देशमा न्याय अन्यायको मर्म बुझेर दण्ड सजाय दिन सक्ने कानुनको जन्म हुदैन तबसम्म हाम्रो यो शिरमा डर, त्रास र अन्यायको बज्रपात परिरहनेछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
2
Result of poor governance…!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
2
बिना कानुन राम भरेसे चलेको देशमा यस्तो घटना के ठुलो कुरो भयो?
अब त आफू नेपाली हु भन्न पनि लाज लाग्ने भईसक्यो। कतिमात्र अराजक र असंवेदनशील बनेको हाम्रो नेपाल।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
4
यस्ता लाई झुन्दयारा मार्नुपर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
7
साथी, गाँधिले भनेका थिए eye for an eye will leave whole world blind!
झुण्ड्याउनु र मार्नु सव्य समाजको चरित्र होइन।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
36
क्या गज़बको मान्छे यार तपाइँ त, कि तपाइँ पनि संलग्न हुनुहुन्छ त्यस्तै पेसामा, नत्र किन मार्नु नहुने, नमारे खुसि भएर ताली बजाएर रमाउने उनीहरुको कुकृत्यमा, मलाई त टोपबहादुर जी प्रति संका उत्पन्न भैराख्या छ, त्यस्तालाइ फासी दियो भनेपो अरु अरु ले पनि त्यस्ता कुकृत्य गर्न डराउछन, तपाइँ चाही संरक्षण दिने पो कुरा गर्दै हुनुहुन्छ गंधिबाद को आड लिएर …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
10
त्यसो त तालिबानी शासन र प्रजातान्त्रिक पद्धतिमा के नै फरक हुने भयो र। तालिबान शासनमा adultry को अभियोगमा एक जना अफगानी महिलालाई फुटबल स्टेडियममा गोली हानी मारेको भिडियो त हेर्नु भएकै होला। यो उदाहरण एकदमै सान्दर्भिक छ भन्नु मेरो आशय होइन। तपाई शायद टुडिखेललाई त्यसतै killing field बनाउनु पर्छ भन्दै हुनुहुन्छ। जे होस, capital punishment ले समाज सुधार जस्तो मलाई लाग्दैन।
@नविन अपराधी सजाय दिनु हुन्न भनेर मैले भनेको छैन। सजाय दिनु पर्छ – तर फाँसी दिदैमा, “टुंडिखेलमा छाला तरी नुन खुर्शानी” दल्दैमा समाजको सुध्रिदैन। समस्याको चुरो दण्ड हिनता हो, अराजकता हो – जति मान्छे झुण्डाउनुस् – अपराधमा कमि हुनेछैन।
फरक तर्क भयो भन्दैमा अरुलाई आक्षेप पनि लगाई हाल्नु हुदैन। प्रजातान्त्रिक पद्धतिमा we agree to disagree!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
सभ्य समाजमा गान्धी को कुरा लागु गर्न सकिन्छ तर असभ्य समाजमा मृत्युदण्ड नै दिइनुपर्छ | हाम्रो समाज अलिक सभ्य भैसकेको छैन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
4
मार्दा त्यो अपराधि त मुक्त भैहाल्यो नि त / त्यसलाई त टुंडिखेलमा छाला तरी नुन खुर्शानी र गोबर दली घाममा सेकाएर राख्नुपर्छ जसले गर्दा त्यो सजाए देख्ने हजार जनाले तेस्तो दुस्कर्म गर्न डरौनेचन / कि कसो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
4
सभ्य समाज का सभ्य जनता हरु यस्तो काम मा आफ्नो पनि दाइत्व छ भनेर कसरि बुझ्ने? तिमि नागरिक भएको बदला मा यस्तो काम रोक्न लै कति योगदान गरेका छौ? सोच त , अरु लाइ गाली गरेर अनि कानुन को खिल्ली उडाएर मात्रै हुन्छा? कानुन सबै देश को राम्रै छ, बास्तबिकता मान्ने र मान्न लगाउने को कार्य सैली मा निर्भर गर्छ पहिले आफु मान अनि अरु लै मान्न सिकाउ अनि देश समाज कहाँ बाट कहाँ पुग्छ हेर.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
ओ सर गाँधी को देस माँ पनी मृत्यु डंडा छ नि थाहा छेना?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
र त्यहाँ अपराध निमिट्यान्न भइको छैन। त्यहाँ अझ बढी र कल्पनै गर्न नसकिने अपराध हुने गरेको छ।
मन परे हरियो, नपरे रातो
5
1
यस्ता अपराधीलाइ प्रहरी ले सीधै इन्काउन्टर गरीदीनु पर्छ,न रहे बाँस न बजे बाँसुरी/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
@मनिता जीको तर्कसँग म सहमत छु।
हामी सबै यहि देशको नागरिक होईन जहाँ “अपहरणकारी” भन्दै कानुनी छानबिननै नगरि मानिसलाई बाटोमा कुटि कुटि मारिन्छ। जहाँ एक महिलालाई वेस्याको लाछ्ना लाउदै सार्वजनिक स्थानमा नाग्यो बनाउदा पनि प्रतिकार गर्ने हिम्मत कसैमा हुदैन। हामी अलि बढि judgemental छौ, अअनुशसित छौ, कानुनको उलंघग्न गर्दा गर्व महसुस गर्छौ, हिंसामा विश्वास गर्छौ।
मन परे हरियो, नपरे रातो
6
1
नेपालमा अहिले राजनैतिक, आर्थिक, सामाजिक आदि सबै क्षेत्रमा अनेक प्रकारका बिकृतिहरु फस्टाउने बाताबरण छ र यो त्यसैको परिणाम हो| देश कानुन बिहिन हुदैं गएको छ र बाटो देखाउने ठेक्का लिएर बसेका अगुवाहरुनै बाटो हगुवा भएका छन्| यो त एउटा उदाहरण मात्र हो होइन भने यस्ता गैर कानुनी र असामाजिक क्रियाकलाप गर्ने गिरोहहरु पाइला पिच्छे छन् अझ ति मध्ये कति त माथिल्ला भनौदाहरुबाट संचालित छन् भन्ने समेत सुनिन्छ| आफु त्यसबाट सिधै प्रभावित नभएसम्म हामी यस्तो कुरालाई साधारण रुपमा लिन्छौ तर एक पटक यस्तो जन्जालमा फसेपछि त्यो व्यक्ति/परिवारको जिन्दगीनै खतम हुन्छ|
आ आफ्ना दलीय राजनैतिक स्वार्थबाट माथि उठ्न नसकेका राजनीतिज्ञहरु बाट केहि अपेक्षा गर्नु भन्दा नेपालीहरु स्वयम मिलेर आ आफ्नो टोल, समाज र गाउँमा चनाखो हुने र यस्ता असामाजिक क्रियाकलापलाई मौलाउन नसक्ने बाताबरण बनाउनु आजको आबस्यकता भएको छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
1
घोर अपराध !! दोषीहरुलाई त्यसै नछोडियोस कारवाही गरियोस अन्यथा नेपालमा जे पनि हुन सक्छ ! हेर्दै जाऊ प्रशासनको काम,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
१. केटीहरुले केटीहरुकै अपहरण!:(
होइन, यस्तो खतरा आइडिया रच्न सक्नेले कुनै शीपमूलक तालिम लिएर सानो तिनो ब्यबसायबाट आफ्नो र देशको भविष्य सपार्ने तिर किन लाग्दैनन्? बेंकले पनि लोन दिन्छ क्यारे यस्ता साना ब्यबसायीलाई त – सिलाइ बुनाई, अदुवा खेति, बाख्रा पालन, चिया, कफी, फलफूल आदि खेति!
लसुन खासाबाट, भेडा खसी ल्हासाबाट, गोलभेडा बिहारबाट; के भाको हो हाम्लाई यस्तो?
हस्तकला सिक्नुस- काठका कलात्मक फोटो फ्रेमहरु, चोयाका ढक्कीहरु, बास्केटहरु चीनले कति निर्यात गर्छ अमेरिका तिर!
अमेरिकनले बातावरण बचाउन खुद्रा (ग्रोसरी) दोकान जादा घरबाटै झोला लिएर जान शुरु गरेका छन्, प्लास्टिक प्रयोग गर्न छोडदै छन्! त्यो माग पुरा गर्नुस खद्दरका घरबुना झोला बनाएर! अन्दाजी लगाउनुस कति महिलाहरु ब्यस्त होलान त्यो झोला बनाउन मात्रै: एउटा अमेरिकी परिवारको लागि कमसेकम २ टा झोला अनि गुणन गर्नुस तेस्लाई अमेरिकी परिवारको संख्याले! यस्ता धेरै सम्भाव्यताहरु छन|
मेरो लाटो दिमागले त् यसरी सोचे भने तपाईहरु जस्ता सुपर चलाख ले अझै राम्रा योजना हरु बनाउन सक्नु हुन्छ यदि मानवीयता, सच्चाई र परिश्रममा विश्वास गर्न थाल्नु भो भने!
२. एसपी विक्रम थापाको टिमलाई धेरै धन्यबाद! यी महापराधीहरुको जरै उखेल्ने सफलता मिलोस, शूभकामना!
३. यी अपराधीहरुलाई कडासे कडा कारबाही होस् ता कि अरुलाई पनि उदाहरण मिलोस!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
82
2
पुनश्च:
यो कमेन्ट लेख्नु भन्दा पहिले बीबीसीको रिपोर्ट पढेको थिएँ:
नेपालबाट दैनिक ८०० युवा युबतीहरु कामको खोजमा विदेश जान्छन!
बेरोजगारीको भयाबह स्थिति! जिम्मेबारको?
नम्बर एक राजनैतिक पार्टीहरु, नम्बर दुइ हामीहरुको काम नगरी (या कम काम गरी) राता रात धनी हुनु पर्ने मानाशिकता!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
2
यस्तै सुन्दर बिचार हामि सबैको होस्…..कामना छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
आदरणीय मित्र jillabaasi ज्यू ,
जय नेपाल ! ! !
बड़ो सटीक र मार्मिक तथ्य हरु राख्नु भयकोमा ह्रदय देखि नै आभार /
आज हामी राजनैतिक कारण ले र राज नेता हरु का कारण देश बिग्रियो भन्ने गर्छौ केहि हद सम्म सही नै हो तर हजूर को तथ्यांक ले स्पस्ट पार्दछ की देश हामी ले पनि बिगारेकै हो र अरु लाइ दोष दिएर हामी पंछेको मात्र हो/
गत बर्ष पनि मैले यही ब्लॉग मार्फत तरकारी खेती गरी जिबिकोपार्जन गर्ने र पैसा कमाउने बिषय मा सानो प्रस्तुति गरेको थिय तर थाहा छैन हाल सम्म कति जना मित्र हरु ले त्यों ब्याबसाय गरे/
माय संसार मा नै एक जना मित्र हुनु हुन्छ श्री कृष्ण अधिकारी ISRAEL मा, उहा नेपाल फरके पछि तरकारी खेती को बिशेशग्य भएर काम गर्ने भन्नु भयको ले शायद उहा बाट हामीले धेरै तरिका सिकन पौने संभाबना छ/ आशा छ उहा संग छिट्टै भेट हुनेछ/
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
6
0
बेरोजगारी र सामाजिक उच्छ्रिन्ख्लाताको पराकास्ठा..!
जबसम्म देश राजनैतिक आस्थिरताको बन्दि भैराख्छ , इ र यस्तै घटनाहरु अब हामीलाई सामान्य लाग्न थाल्नेछन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
नेपालमा किन मृत्यु दण्डको सजाय हटाएको होला? नत्र येस्ता कुकर्मी हरु जो अर्का को जिन्दगी नै बर्बाद पार्छन, लाई मृत्यु दण्डको भागीदार बनाउन सकिन्थ्यो नि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
4
सौर्य जी नेपाल मा किन मृत्यु दण्ड को कानुन न भाको भन्ने कुरा मा चै मा के भन्छु भने यो नियम लागु गर्ने भनेको हाम्रो देश को महान नेता हरु हुन् जुन चै शमिधान बाट निर्णय हुन्छ हो र यो नियम लागु भए पछि सबै भन्दा पैला चै एई नेता हरु नै पर्छ मृत्यु दण्ड मा तय भएर यो नियम लागु न भाको हो.
मन परे हरियो, नपरे रातो
5
2
राजधानी के पुरै नेपाल भरि एक चोटी अपराध,हत्या ,हिम्सा ले विश्व को कुनै पनि कुना लाइ उछिन्ने छ | एसको मूल कारण चै सबै राजनीतिक पार्टी ले आफ्नो ,आफ्नो लठैत खडा गर्नु ,उनीहरुलाई संरक्षण दिनु , हाट हतियार सुलभ हुनु ,कानुन हरु सारै फितलो हुनु आदि आदि |
‘फलानो ले त् मान्छे पनि मारेको छ ,’ ये हो ”तेस्तो मानिस त् हाम्रो पार्टीलाई चाहिन्छ ? किन ?
अरुलाई थर्काउँन ,मार्न | तेसैले जति अपराध गर्न सक्यो तेती योग्य भइने कल्चर आयो अब |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
0
कति दुख, नेपाली जनताले अब सम्पूर्ण कुरा को चाजो पाजो आफै मिलाउनु पर्ने भयो. अलिकति चनाखो नहुने हो भने कहाँ कति खेर के हुन्छ थाहै नहुने.कस्तो बिडम्बना.कुनै सिप र भिजन नभएका फोहोरी नेता हरु लाइ कुर्ची कै लागि लड्दै फुर्सद छैन.अब दिनहु घट्ने यस्ता अपराध हरु कसरि कहिले नियन्त्रण मा आउने होला? राम्रो, टिकाउ र साच्चिकै केहि गर्ने सरकार देश मा नभए पछि त्यो देश का जनता ले जति दुख कसैले पाउदैन रहेछा.
मन परे हरियो, नपरे रातो
13
0
यस्तालाई त फासिको सजाय हुनुपर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
पहिले पहिले काठमाडौँ मंदिरई मन्दिरको सहर भनेर चिनिन्थ्यो तर आजकल काठमाडौँ गुण्डा,चोर,बलात्कारी,ज्यानमारा,भयको सहर भनेर चिनिन्छ/ पशुपतिनाथ ले काठमाडौँ को कल्याण गरुन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
3
!!!!
येस्ता समाज को किडा हरु लाइ तुरन्त फाशी को सजाए दिनु पर्छ !! आशा गरौ यो गिरोह को जरा सम्म उखालं प्रहरी सफल होस् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3