Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

खामले दिए प्रहरी प्रशासनलाई चुनौति

न्युज २४ टिभीमा हिजो राति एउटा एक्सक्लुसिभ अन्तर्वार्ता बजेको थियो। अन्तर्वार्ता थियो कालीबहादुर खामको। उनै खाम जसलाई प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोजी गरिरहेको भनिएको छ। अन्तर्वार्ता हेर्दा लाग्यो- हामी यो कस्तो देशमा बसिरहेका छौँ, जहाँ प्रहरी, नेता सबका सब जनतालाई झुठ बोलेर नाटक गरिरहेका हुँदा रहेछन्। कस्तो सरकार रहेछ हाम्रो देशमा?

खामले सीधै प्रहरीलाई चुनौति दिए- म कहाँ छु, के गरिरहेको छु, प्रहरीलाई राम्रैसँग थाहा छ। तर मलाई पक्रनको लागि प्रहरीले ठूलो शक्ति लगाएर नाटक गरिरहेको छ। हुन पनि न्युज २४ टिभीले खामलाई प्रहरी चौकी नजिकैको घरमा निर्धक्कका साथ काम गरिरहेको अवस्थामा अन्तर्वार्ता लिएको रे। भूमिगत शैलि केही पनि देखेन रे न्युज २४ को टिमले। त्यसो हो भने अहिले नै पक्रिहाल्छौँ, भरे नै पक्रिहाल्छौँ भनेर प्रहरीले जनतालाई के नाटक देखाएको यो?

प्रहरीले यार्चागुम्बा तस्करी र चिनियाँ व्यापारी लुटपाट, सरकारी कागजात कीर्ते आदि अभियोग लगाएको सार्वजनिक भएपछि माओवादी प्रवक्ताले खाम पार्टी सम्पर्क मै छैनन् भन्ने बताएका थिए। यो पनि अर्को एउटा नाटक रहेछ। अन्तर्वार्तामा खामले प्रष्टसँग बताए- म जनमुक्ति सेनाको पाँचौँ डिभिजनको कमान्डर हुँ। म पार्टीको केन्द्रीय सदस्य पनि हुँ। म पार्टी मै छु र म आफ्नो कार्यक्षेत्रमा मज्जाले काम गरिरहेको छु।

अझ उनको यो जवाफले प्रहरी प्रशासन कति लाचार छ भन्ने देखाउँछ। उनी भन्छन्- मोस्ट वान्टेड चरित्रको मान्छे यो हैन रहेछ भन्ने कुरा राम्ररी बुझोस् प्रहरीले। किनकि यदि म राजनीतिक संरक्षणमा छु, मलाई राजनीतिक संरक्षण गरिएको छ भनेपछि प्रहरीले बुझोस् कि यसलाई खोज्न जरुरी छैन।

उनको अन्तर्वार्ता हेर्ने जोकसैले पनि स्पष्ट बुझ्ने कुरा हो- नेपालमा कानुन नाम मात्रको छ। दण्ड गर्नेलाई सजाय हुँदैन। अनि दण्डहीनताको यस्तो परिस्थितिका कारण ‘उसले गरेको दण्डको सजाय हुँदैन भने मैले गरेको मात्र सजाय किन?’ भन्ने धारणा बढेको छ। यसले झन् झन् अराजक स्थितिको सिर्जना गर्छ। जसले जे गरे पनि हुने त रहेछ नि। यो जो पनिमा फेरि तपाईँ हामी जस्ता सर्वसाधारण पर्दैनौँ नि। राजनीतिक संरक्षण हुनुपर्‍यो। हाम्रो देशमा स्वतन्त्र मान्छेहरु कम, राजनीतिक बिल्ला ओढेका स्वतन्त्र भनाउँदाहरु किन बढी भनेर कसैले यदि टाउको दुखाइरहेको छ भने यही उदाहरण काफी छैन ?

अन्तर्वार्ता हेर्नुस् त उनले यही भनिरहेका छन्- पहिला गौर, दाङ, नवलपरासी लगायत देशका विभिन्न भागमा हाम्रो पार्टीका कार्यकर्ताका हत्याराहरु सबै कानुनको दायरामा आउँछन् भने मलाई खोज्नु पनि पर्दैन, दुःख पनि गर्नु पर्दैन म आफै आइहाल्छु। तर जबसम्म ती हत्याराहरु कानुनको दायरामा आउँदैनन्, तबसम्म हामी पनि जानु पर्ने के जरुरी छ र?

अझ प्रहरीलाई दिएको चुनौति यस्तो थियो- म प्रहरी प्रशासनलाई के भन्न चाहन्छु भने पहिले खुमबहादुर खड्कालाई समातोस्, जसले दाङको लमहीमा सात जना वाईसीएलका युवालाई चरा झैँ भुटेको छ। त्यसलाई पहिले समातेर कानुनको कठघरामा ल्याओस्, अनि म पहिले नै प्रहरीलाई खबर गरेर तपाईँहरु केही झण्झटै नगर्नुहोला, म आफै आइहाल्छु।

न्युज २४ टेलिभिजनले लिएको कालीबहादुर खामसितको अन्तर्वार्ता हेर्न क्लिक गर्नुस्-

Related posts:

  1. प्रहरी र माअ‍ोवादीबीचको विवाद
  2. 'ग्रामीण क्षेत्रमा खटाइएका प्रहरीलाई धेरै चुनौति'
  3. निलम्बित राजा फेरि बोले, दलहरुलाई चुनौति
  4. राजालाई खुला चुनौति
  5. प्रधानमन्त्रीलाई प्रचण्डको चुनौति- हाम्लाई लिट्टे बनाउने? खुट्टी देखेरै चिनियो

129 comments to खामले दिए प्रहरी प्रशासनलाई चुनौति

  • moti baral

    माओबादी वा प्रचण्ड सधै बोली मा कारबाही गर्ने नै भन्छन चाहे थैईब वा रामहरी कसलाई कारबाही गर्दिन भनेका छन् कुरा सधै राम्रा गर्ने जनतालाई भ्रम मा पर्ने काम सधै सद्नायाँत्रमूलक गर्ने अनि आफ्नो समर्थक भय सब ठिक नत्र अछुतो गर्ने माओबादी को कारण नै अहिले को दण्डहीनताको मूल कारण हो / माओबादी को अहिले को क्रियाकलापले नेपाल मा कहिले पनि शान्ति कायम हुने अबस्था देखिन्न /किन कि माओबादीमा कुबिख्यात अपराधी छन् जसका काम ले आज माओबादीले धन आर्जन को बाटो खोले को छ खाम देखावातिमात्रा हो यसको चुरो त् प्रचण्ड जी नै हो /खाम को अन्तरबार्ता हेर्दा थाहा हुन्छ कि उ य उटा पेशेवर अपराधी हो उ सलाई अपराध गर्न पार्टीले पुरा छुट दियको छ / अर्थात् माओबादी पेशेवर अपराधी हो भन्ने तत्थ्य उसको अंतर्बर्ताले बताउछ. / सबैले जानेकै कुरा हो जतासंग डकैत नगेरेको भय आज पेरिस दादाको बंगला कहा बाट आउथ्यो र प्रचण्ड को स्तर सायद हिजोका महाराज को भन्दा माथिल्लो हुन् थियो होला. .मोमदी लाई सुदन को पुर्ब रास्ट्रपति लाई जसरि कारबाही प्रचंद्लई नगरी माओबादीको हत्या हिंसा लुटपाट आतंक भय ज्यानमार्ने अपहरण गर्ने काम रोकिने देखिदैन यसको कारक तत्व माओबादी नेतृत्व नै हो वा प्रचण्ड जी नै हुन् /हिजो पंचायत कल मा माहाराजा क दुत ले अमानविय कम गर्दा दरबार बोल्दैन थियो. / आज को अवस्था मा माओबादी बढे दरबार भयर अपराधी हरुको बोल बाल मा हिड्दै छ खाम त् नांग को कसौटी होईन यो त् यक दिन न यक दिन न्यायालय को कठघरामा उभिन्छ नै ढिलो चाडो अलग हो.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • सागर

    साथि हो यसमा पत्रकार हरुको पनि आफनो च्यानल चलाउन अपराधि सम्म पुगेर अन्तरवार्ता लिन्छन तर समातेर जनता सम्म ल्यउने सहयोग गर्दैन्न अपराधिलाई त पत्रकारले ठुलो परेका हुन डन बनाका हुन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Aajako nepali abasthama maobadi nai good patiiii ho . jasle nepal ra nepali ko atmarakshako lagi ladirekai hunchha sooo .

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • khamlai karbhahi gari halna parne chahi maile dekhin , kinaki nepal ko policeharunai yasta kam ma samlagna hune huda yasto kam kp lagi nepali-police le nai suraksha diyar rakheko hun parchha . thanku.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rohit mukhia

    ए उसोभा समिर जी ले भन्नु खुज्नु भएको चक्रे, मिलन, मनांगे र खाम जी मा केहि फरक छैन . कि कसो समिर जी ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rohit mukhia

    त्यसैले त् समिर जी तपाइको पार्टीबाट केहि हुन्छकि भनेर जनता झुक्किए / नयाँ नेपाल को अग्रगामी नारा दिएअर ब्यबहार चै उही कांग्रेस र एमाले को नीति संग केहि पनि फरक छैन भने / आखिर माओबादी पनि उहिखेत्को मुलाहो भन्ने प्रमारित हुन्छ / तसर्थ आदरणीय नेपाली जनतादल जो देशको लागि निस्वार्थ ढंगले सहायोग गर्न चाहनुहुन्छभने यी चोर पार्टीहरु कांग्रेस, एमाले र म अन्य पार्टी भन्दा अलग विचार राखी नेपाल लाइ सम्बृद नेपाल बनाउछु भनि जनतालाई झुटको खेति गर्ने(माओबादी) जस्ता कुनै पनि पार्टीहरु लाइ जुनसुकै चुनाब बाट बहिस्कार गरौ / अन्य पार्टीको समर्थन हुदाहुदै बाबुराम भट्टराई लाइ प्र.म. दिनु कताहो कता आफै प्र.म. बन्न खोज्नु प्रचण्ड का (उसको पार्टीको) पछिला उदाहरनाहरु हुन् / सर्बहारा बर्गको नेतृत्व गर्छु भन्नेहरुको चरित्र यस्ताछन // जय नयाँ नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • samir

    हेल्लो साथी हरु माओबादी को नेता हरु लै गुन्डा मान्छे मर्ने खेल खेल्यो भन्नु लाज मर्दो कुरा हो ? तपाई हरु लै थाहा छैन कि थाहा पाएर पनि थाहा नपाए जस्तो गर्नु हुदैछ!!
    तपाई भन्नोस् ? एमाले र कंग्रेस संग गुन्डा छैनन ? चक्रे मिलन लाई चक्रे बनाउने एमाले! र दिपक मनाग्गे लाई गुन्डा बनाउने कंग्रेस हो……… यिनी हरुलाई जेल मा save गर्न को लागि जेल मा राखिन्छ र कम परे पार्टी ले निकाल्छ, भन्छन नि हात्ती को चपाउने दात र देखाउने दात बेग्लै हुन्छ !!! अब भन्नुस अब नेपाली कांगेस लाई र एमाले लाई कुन पार्टी भन्नु ……? यिनी हरु लाई चै लोकतान्तिक पार्टी एह्हेहेह्हेहे……………….!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 8

  • Ritu kumar sunuwar

    खाम ले खुम ले, जोकोहीले कानुन बिपरित जघन्य अपराध गर्छभने उसलाई अब बन्ने नया संबिधानमा फासिको सजाय तोकिनुपर्छ / तब मात्र शान्ति र सम्बृद्ध नेपाल बन्ला त्यसैले खाम जी अरु को सिको (गुण्डा गर्दी) गर्नु अघि नया संबिधान बनाउन जोडदार सहयोग गर्नुस र गराउनुस /
    खाम जी तपाइँ पानी माथिको ओभानो नबन्नुस तपाइँ जस्तो केन्द्रीय स्तरको नेता जो भबिस्यको देश चलाउने नेताले त् तपाइको नजरमा जो दोषी देख्नु भो उसलाई सिधाउने तिर लाग्ने हो भने अब नेपालमा तपाइकै सिको हाभी हुने अर्थात दण्ड हिनताको खतरा छ / किनकी तपाइकै अर्थमा भन्ने हो भने माओबाधिले निर्दोस नेपाली जनता मार्दा तपाइको सिपाई (कार्यकर्ता लाइ) के कार्भाई भयो त् ? तसर्थ खाम जी यो माओबढीको गुण्डागर्दिलाई अन्त्य गर्नुस // जवाफ छ तपाइँ संग ?

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • यो खाम को बारेमा किन यतिठुलो चर्चा? कुरा जान्नु छ भने बरु ति नाटक कारी पुलिस टाउके को बारेमा जान्ने कोसिस गरु, पत्र-पत्रिका ले त्यो यार्चा भेटाउने पुलिसलाई( खामको कोठामा) अन्तरबार्ता लिनुस अनि थाहा हुन्छ! यो सबै राजनीतिक खेल हो जनतालाई गोरु बनाउने चाल! के को मोस्टवान्टेड? आफै आउछु भन्दैछ बरु त्यो भात्त्त्तत्त्त्त भुत्नेलाई नि? तेस्लाई लेउ खाम आफै आउछ? अरु………………? लाजमर्दो काम नगर्नुस् पुलिस…………….!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • यसरि खाम ले प्रहरी को छाती मा हान्दा पनि प्रहरी प्रसाशन लाइ दुखेन भने उनिहरु को छाला गैडा को जस्तै भएको कुरा प्रस्ट छ. खाम लाइ कारवाही गर्नु जरुरि छ जस्तो लग्यो उसको बक्तब्य हेर्दा…..

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 6

  • Krish

    खामको अन्तर्वार्ता र व्यवहारले के देखाउछ भने रामहरी काण्ड र यार्सागुम्बा काण्ड उसले आफ्नो तजबिज ले घटाएको होइन. उसले त एक सच्चा सिपाहीको हैसियेतले आफ्ना कमान्डरहरुको आदेश पालना गरेको हो. आफ्ना कमान्डर बाट कानुनी कठघरा मा नपर्ने पूर्ण आस्वासन पाएर मात्र उसले यो सब गरेको हो. प्रहरी लाई यो कुरा राम्रो संग थाहा छ. तेसैले त लहरो तान्दा पहरो थर्कने डरले प्रहरी ले आँखा चिम्लेको हो. हुन पनि प्रहरीका कमान्डर भन्दा खामका कमान्डर हरु बढ़ी शक्तिसाली छन्. अनि बिचरा प्रहरी हरु के गरुन.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 8

  • razen

    हो एस्लाई नै भन्छन डेमोक्रेसी | कम से कम पंचायेतकालमा त एउटा हवल्दारलाइ देखे पनि सबै डराउथे | अहिले त एसएसपीको पनि केहि चल्दैन | के दोष दिने प्रहरीलाइ मात्र पनि, सबै पार्टीका खाम जस्ता गुन्डाहरुको टाउकोमा आफ्ना नेताहरुको आसिर्बाद छदैछ केरे | पकडी हाले पनि भोलि देखि चक्का जाम, बन्द, हड्ताल आदि नौटंकी गरेर निकाली हाल्छन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 9

    • mahesh

      खाम अपराधी हुन भने उनलाई कारबाही गर्नु पर्दछ. माओबादी ले उनलाई संगरक्षण गर्न हुदेन र पत्रपत्रिका माँ आएको कुरा अनुसार स्वयं भीमे रावल ले खाम लाइ कारबाही गर्ने कुरा माँ प्रचंड पनी सकारात्मक भएको भनेर आएको छ अनि किन भएको छैन कारबाही? के यो माओबादी लाइ बदनाम गर्ने षडयंत्र को एक भाग ता होइन? हेरौ त कठ्पुटली हरु को केही पाखण्ड.
      डॉ. भक्तमान अपहरण: प्रधानमंत्री माकुने, गृह मंत्री भीमे, “नागरिक समाज” का केदार नर्सिंग, कठपुतली का समर्थक पत्रिका नागरिक दैनिक, कान्तिपुर, दृष्टी, देशांतर ले माओबादी ले अपहरण गरेको भनेर ठोकुवा कृतिम अपहरण को कथा पनी प्रकाशित
      यथार्थत़ा : पेशेवार अपराधी,र कांग्रेस कार्यकर्ता डॉ. अनिल बिक्रम कार्की को ड्राइभर स्वं काग्रेसी कार्यकर्ता बद्री अपहरण को मुख्य योजनाकार.
      एमाले कार्यकर्ता छवि कार्की को अज्ञात समूह बात ह्त्या:
      माकुने केपी मार्का का दलाल बाट माओबादी ले ह्त्या गरेको घोषणा, कठपुतली का मुख पात्र हरु बाट पनी माओबादी ले गरेको दावी,
      यथार्तता: स्वं छवि कार्की को दाजू ह्त्या काण्ड को योजनाकार भएको ले प्रहरी द्वारा गिरफ्तार.
      अनि प्रधानमन्त्री को चुनाव को मुख माँ तेहि भीमे अंतर्गत को पुलिश प्रशासन ले माओबादी लाइ बदनाम गर्न कथा जोड़ेको त होइन? स्वयम त्यों लूटपाट माँ समातिएका गणेश ठकुरी ले प्रहरी ले यातना दिएर खाम लाइ फसाउन को लागी दवाव दिएको बोलेका छन. सरकार को नियत माँ शंका गर्ने ठाम छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 19

  • joshee prakah

    ज्यानमारा धमला छोड्नु हुन्छ भने लुटेरा खाम किन छोड्नु नहुने ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 17

  • kushal

    मलाई केहि अघि सम्म माओबादी पार्टी प्रति अलिकति समर्थन थियो l तर जति समय बित्दै गयो उति माओबादीको तेही पुरानो कार्य शैली र बोलिमा तेही अहम र घमण्डीपनले माओबादी प्रति बितृष्णा उत्पन्न हुन थालेको छ l

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 24

  • बीर

    गलत प्रवृतिलाई उन्मुलन गर्न तिर लाग्नु भन्दा बिगतका कुरालाई आधार बनाएर “अरुले पो यस्तो गर्यो, हामीले किन गर्न नपाउने? ” भनेर अराजकतालाई बढावा दिने हो भने, माओबादीले हाम्रो यति मानिस मार्यो भनेर सबै कांग्रेस, एमाले, आदि माओबादी माथि खनिए भयो, अनि कांग्रेस, एमाले, राप्रपा, फोरम ले हाम्रो यति कार्यकर्ता मार्यो भनेर माओबादी अन्य पार्टी माथि खनिए भै हाल्यो नि, विचार र सिद्धान्त नमिल्ने सबैलाई सखाप पारेर अन्तमा जसले सक्छ त्यसैले एकल राज गरे भै हाल्यो नि | के को शान्ति बार्ता, के को संबिधान ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 8

  • माओबादी हत्यारा हरु को संगठन हो यो सबैलाई थाहा भयकै कुरा हो. यो बिसयमा कति विवाद गर्ने होला?हत्यारा जहिले पनि हत्यालाई नै प्रसय दिन्छ,. राम हरि को हत्यारा ले सजाय पायो ? पयाना नि .हो तेस्तै यसले पनि सजाय पौदैना.अब हामीले के नै गर्न सक्छौ र? बढी भए यी हत्यारा बाट कहाँ मरिन्छौ पत्तो हुने छैन ……….त्यो भन्दा राम्रो चुप लग्नु नै बेस होला.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 39 Thumb down 28

  • sudip

    अन्तरबार्ता सुन्दा त अनपढ गवार जस्तो छ, एस्त सुकुल गुण्ड कसरि केन्द्रीय सदस्य भा हुन् खै, मान्छे मारेर पनि गर्ब गर्ने कस्तो हत्यारा हो, खुम बहादुर ले मान्छे मरो भन्दैमा तेस्लाई पक्राउ गरेर कारबाही गर्ने कि आफै ले मान्छे मर्ने, तेसो भए खुम बहादुर र कलि बहादुर खाम मा के फरक भयो त?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 35

  • shyam

    खामले भन्दा खुमले ठुलो भ्रस्टाचार र हत्या गरेको छ. नेपाल प्रहरी र प्रसाशन के हेरी रहेछ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 32

  • कुरो सजिलो छ ,हामी सबै ले बुझेको कुरा यदि कुनै पार्टी को चस्मा नलागाई हेर्ने हो भने,खाम ले,खुम ले,दीपक ले,बिजय ले,सुजाता ले,राजेंद्र..श्याम सुन्दर..दिगम्बर..प्रचंड..माधब..के पि..बिध्ह्या…राकेश….राजन…………….नाम हरु लामो छन.भारत ले हाम्रो देस माँ के गर्न खोजेका छ त्यों पनी थाहा होला,बिस्तारै नेपाल भारत को चंगुल माँ फसैदै गई रहेको छ,नेता हरु को येही चाल ले हामी पराधीन हुदै छुऊ…यो आबस्था बाट देस लाई बचौउन फेरी हामी युबा एक होऔउ साथी हो please ………..हाम्री असक्त, असहाय ,रोग ले ग्रस्थ आमा हाम्रो बाटो हेरिराहेकी छीन…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 7

    • Bhuban

      सबै नेता र पार्टी खराब तर तपाइँ DEEP ji मात्र असल नेता हुने भयो / ज्ञानेन्द्र पनि तपाइँ लाइ काम लाग्न सक्छन // शुभकामना //

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 36

  • bidur bharatee

    यो मेरो संसारले पनि भारतीय दुताबासबाट पैसा पाउछ कि क्या हो । राष्ट्रियता र माओववदीको पक्षमा लेखेका सुझाबहरु हटाई दिन्छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 49

    • kumar

      बिदुर जी, माओबादी त भारत लै नेपाल को राजतन्त्र हटायर भाडभैलो मचायर सिक्किम बनाउन पलियाका जन्तु हुन् भनेर प्रमाणित भैसक्य. के को राष्ट्रियता माओबादी संग जोड्नु हुन्छा ? माओबादी को यहि पोल जनता सामुने आयका लै अहिले सबै को छि छे र दुर दुर भयर बसेका छन्. यस्ता देशद्रोही र समाज भादुवा को अहि गति हुन्छा ता.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 32

  • Bhuban

    आदरणीय सालोक्य जी लगायत comentretar साथी हरु,
    धेरै जसो मित्र हरुले नेपाल का पत्रिका जस्तै गरि माओबादी लाइ अपराधी भन्न खुबी मन पाराउदा रहेछन / नेपाल का धेरै जनता हरुको कम्पुटर मा पहुँच छैन / बास्तबिक उत्पीडित जनता हरु माओबादी लाइ साथ् दिई रहेका देखिन्छन / सहर बजारमा बस्ने सुकिला हरु लाइ त्यो कुरा थाहा छ / यहा जन युद्दको असर नपरेकोले यस्तो भएको हो कि / my sansar मात्र हेरेर नेपाल नबुझ्न सबैलाई हार्दिक अनुरोध गर्दछु /

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 50 Thumb down 52

    • Arjun Kumar Sharma

      भुबनजी,
      यो मेरो संसारमा कमेन्ट गर्ने साथीहरु भन्दा तपाईका नेताहरु सुकिला छन् भन्ने मेरो विश्वास छ जेल लगाउछन,प्राडो चढ़छन् ,महलमा मोज गर्छन,सडकमा सुन्दरी संग नाच्छन तर उनीहरु जहिले पनि अस्थिरतामा देशलाई राखेर मैला धैलाको जमात बढाऊन चाहन्छन र आँफु उनीहरुको नेता l हो जहाँ कम्प्युटर को पहुच छैन त्यहाका जनतालाइ थाहा छैन कि माओबादी खत्तम पार्टी हो l

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • hari giri

    माओवादी पनि यहि समाजका मानिस हुन । समाजमा रहेका कमजोडी उनीहरुमा पनि छ । तर माओवादी नेतृत्वको सरकारले गरेका तीन काम प्रसम्सा योग्य छन । जसका कारण सरकार ढलेको थियो । –भारत भ्रमणमा जॉदा मॉहाकाली डिपिआर लगायतका भारती प्रस्तावित सन्धि सम्झौताम हस्ताक्षर नगर्नु ।–सेनालाई बिपिको नीति अनुसार नागरिक सरकारको मातहतमा ल्याउन रुकेलाई कारबार्ही गर्नु र पशुपतिनाथको मन्दिरमा नेपाली पुजारी नियूक्ती गर्नु . त्यसैले फेरी प्रधानमन्त्रिको चुनाबमा काली बहादुर काण्ड उब्जीयो ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 30

  • kanchha ban

    मेरो घरपनि कोटेश्वर हो । म रामहरिलाई राम्रोसंग चिन्दछु । माओवादी बनेर हामीलाई थर्ककाएर चन्दा असुलेर खायो । त्यसले पनि नपुगेर माओादी कै पेसा चोर्यो अनि मारे । प्रधानमन्त्रिको चुनाबमा आएर काली बहादुरको काण्डको हल्ला गर्नुको कारण रमेश खरेलले काग्रेशका लागी राजनीति गरेको हो ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 19

  • gaindakote parajuli kancho

    गल्ति काम गर्ने मान्छे ले गर्न सक्छ मेरो विचार मा माफी माग्न सक्नु ठुलो कुरा हो!

    खामले दिएको चुनौतिलाई सकारात्मकरूपमा लिँदै उनलाई धन्यवाद दिनुपर्छ । आखिर उनले हिम्मत गरेरै चुनौति दिएका हुन् नि ! होइन र ? उनको चुनौतिलाई स्वीकार गर्ने हिम्मत प्रहरी-प्रशासन वा माओवादीइतरहरूमा छ त ? होइन भने खामलाई कानूनको दायरामा ल्याउनु वा उनी स्वयम् जानु भनेको प्रचण्डको ऐतिहासिक राजीनामाजस्तै हुनेछ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 10

  • Luna

    ” खाम ” ले प्रहरी प्रशासन लाइ चुनौती दिनु भएको होइन , बहा हरु जस्ता नेताहरु
    मार्फत ” डन प्रबित्ति ” लाइ मलजल गर्ने कार्य भएको हो – - –
    जो अगुवा उही बाटो – – – – !
    यस्तो नहुनु पर्थ्यो !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 28

    • drona

      मलाई तपाइको यो कुरा धेरै नै मन पर्यो .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 21

    • द्रोण

      म लाइ त् मन परेन|
      एस्तो बुझ्नै गाह्रो के कम्मेन्ट गर्या होला छ्या ,बुझ्नै गाह्रो भो | हो भन्या कि हैन त्यो पनि क्लियर भयेन |

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 3

      • madan bajracharya

        द्रोण जी
        मैले बुझे अनुशार लुनाजीले अहिले सबै दलहरुले अपराध गर्ने कार्येकर्ताको बलमा दल चलाई आएको भनेको जस्तो लाग्यो/ यदि लुनाजी ले यो भन्नु भएको हो भने धेरै हद सम्म सत्य नै मान्नु पर्छ/

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Arjun Kumar Sharma

    खाम लाई समाउन भन्दा पहिला खुमलाई समाउनु पर्छ,हो सहि कुरा खामको तर यो खाम जस्तो अपराधी “जसलाई कानुनले अदालत हाजिर गराऊ भन्छ “ले हैन जनताले भन्ने कुरा हो मेरो बिचारमा l
    अर्को कुरा खुमले ३ जना मार्यो म पनि त्येतिनै मार्छु कसले के गर्न सक्छ भनेर जंगली आचरण देखाउन कसैले पनि हुदैन l एक माओबादी केन्द्रीय नेताले एस्तो भन्छ भने लोकतन्त्रको यो भन्दा ठुलो उपहास अरु के हुन सक्छ l

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 16

  • madan-bajracharya

    आरोप लागि सकेको खामजी आफैले मात्रै “म निर्दोस छुँ” भनेर निर्दोस ठहरिंदैन/ तेस्तै प्रहरीले आरोप लगाए भन्दैमा दोसी भनिएको व्यक्ति अपराधि नै हुन्छ भन्ने केहि छैन/

    मूल कुरो त् लुकेर किन बस्नु पर्यो? तेत्रो नेता भएको खाम ले निर्दोस भएको भए अदालतमा खुलेर प्रहरीको आरोप को सामना गरे हुने/ तपाईं खाम ले यति गर्न हिच्किचाएको र फलाना पहिला समात अनि म हाजिर हुँला भन्दै गरेकोले तपाईं माथि संखा बिस्वास्मा बदलिन सक्छ/ समातिएको नगद आफ्नो मान्ने तर अरु कुरा नमान्ने अलि अचम्मको कुरा छ तपाईं को/ नेता हो भने जनताको बिस्वास कायम राख्न अदालत हाजिर हुनुनै पर्छ/ नभए अचेल सबै नेता र कार्यकर्ता उहिलेको राजा जस्तै संबिधान कानुन भन्दा माथि भएको कुरा तपाईं ले पनि सदर गरेको ठहरिनेछ/ बाकि कुरा नेताको मर्जीमा/ हामी जनताले भन्न मात्र सक्छौं/ मनाउन सक्दैनौ/ हामि जनतालाई यति निरह बनाएको नेताहरुले नै हो/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 10

  • sudan

    खुमबहादुर खड्कालाई समातोस्, जसले दाङको लमहीमा सात जना युवालाई चरा झैँ भुटेको छ। त्यसलाई पहिले समातेर कानुनको कठघरामा ल्याओस्, अनि म पहिले नै प्रहरीलाई खबर गरेर तपाईँहरु केही झण्झटै नगर्नुहोला, म आफै आइहाल्छु। —————— I Like this

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 34

  • देवराज जोशी, कैलाली

    खाम लाइ फसाएर माओवादी लाइ खुइल्याउने अभियानको सिलसिला मात्रै हो, डा. भक्तमान काण्डमा सफलता नमिले पछि यो नयाँ प्रपन्च हो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 53 Thumb down 59

  • buddha

    वाक्क दिक्क् लाग्छ दॆसकॊ अबस्ता दॆखॆर यदि खुम बहादुर् र खाम् जस्ता दॆसका भस्टहरुलाई पर्हरि कारबाहि गर्न किन नसकॆकॊ हॊला …….? यति धेरै कुरा भै सके पछि माओबादीले खाम बारे किन छानबिन नगरॆकॊ हॊला . माऒबादि आफॆ लाचार पाटि भयकॊ हुनु पर्छ हॊईन र ????पुलिस प्रसासन भनेको जनता बाट निर्बाचित निकाए ले बनाएको एउटा संरचना हो यो चुनौती पनि नेपाल र नेपाली जनताका लागि हो भन्दा फरक नपर्ला र कुनै दिन नेपाली जनता ले कालो मोसो दलेर नाङ्गो झार पार्लान याद राख. कानुन् नमान्नॆ खाम जस्ता लाई तर लगाउन कॊ लागि अरु कॊहि पैदा हुनु पर्छ‌.पर्चन्ड र बाबुराम अनि माऒबादि पाटि लॆ यदि जनताकॊ लागि कॆहि सॊच्न सक्छ भनॆ खामलाई कारबाहि गरॊस यॊ नॆपालि जनताकॊ चुनॆति हॊ..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 15

  • kumar

    देश लै बचाउन राजा, जनता र सेना फेरी मिल्नु पर्यो. पंचायत, बहुदल र लोकतन्त्र . यी तिनै ब्यबस्ता लै नियाल्नु पर्छा. यी लुटेरा नेता हरुको विकल्प खोज्नु पर्यो. देश लै लुट्न पयाना भनाइ भारत संग मिलेर सबै व्यवस्था लै दोस्त पर्छन. के यिनीहरुलाई पनि हतौना सक्दैन र हामी जनता मिलेर ??????????????????

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 18

    • Bhuban

      एउटा नया मण्डलेको बिचार यस्तै हुन्छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 25

      • kumar

        एउटा आतंककारी र बिदेशी दलाल लै एउटा राष्ट्रबादी दृस्टी कोण लै मन्दलाई ठान्नु स्वबविक हो.

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • parixit

    अजब देश को गजब ताल, बिग्रेको राजनीति, भत्केको घर, जसलाई जे मन लाग्छ त्यहिँ त्यहिँ गर… कानुनी शाशन को दुहाई दिने नेता हरु हो तिमिहरु लाई धिक्कार छ तिमीहरु लाई, देश लुट्न बाहेक अरु केहि जानेनौ….हे बाबा पशुपति नाथ अब तिमीले नै रक्षा गर यो देश लाई …

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

  • Jeevan

    फलानो फलानोले अपराध गर्दा कारवाही नहुने मलाई कसले कारवाही गर्ने भन्ने कुरा चाही , एउटा अपराधीले अर्को अपराधीलाई प्रोत्साहन दिने कुराहरु मात्र हुन् .अपराधी हरुलाई पुलिश , राजनैतिक दल आदिले संरक्षण दिएपनि इश्वरले दण्ड गर्छन भन्ने सम्झेर बस्ने बाहेक नेपालीको कुनै उपाए छैन .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

  • Mantra

    दोषी कालीबहादुर हैन मित्रहरु….. उनीलाई त्यस्तो कार्य गर्न लगाउने उनको पार्टी र त्यसका नेताहरु हुन्./ उनि त केवल हतियार हुन्/ उनि त्यस्तो कार्यनीति भएको पार्टी मा छन जहाँ राज्यको कानुन हैन बिद्रोही नियमलाई सर्बोपरी ठानिन्छ/निरंग्कुस्ता र जबर्जस्ति नै उनीहरुको आदर्श हो/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 13

  • rajesh

    यो अरु केहि होइन ठुलालाई चैन सानालाई ऐन भनेको पुस्टि नै हो .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 3

  • Raaj

    कांग्रेस, एमाले मधेसीक पाल्तु पत्रकारहरुले कांग्रेस, एमाले मधेसी जस्ता अपराधी दलहरुको नाम जोडेर जे अपराध गरेपनि प्रकाशित गर्न चाहदैनन् र खाम को साहसिक अपराधिक कार्य पनि त्येही देखासिकी हो. आन्तारबर्तामा बडो गौरबको साथ बोल्न सक्ने आट नत्र त्यसै अउछा? अपराधी हरुको जत्थालाई राजनैतिक दल को संज्ञा दिएर देशमा शान्तिको कामना गर्नु नेपाली जनताको दुर्भाग्य हो.

    सबै भन्दा दुर्भाग्यको कुरा पाल्तु पत्रकारहरुले सुनाउने फाल्तु कुराहरु ( नागरिक न्युस, कान्तिपुर र येस्तई अरु पत्रिकाहरु) ले गर्दा नेपाली जनताहरु न त सत्य कुरा थाहा पुन नै सक्छन न त गलत कुरा हरुलाई गलत हो भन्न नै सक्छन?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 25

    • kumar

      राज जी, तपाइको भनाइ सत्य हो. तपाई लै नाम लिनु भयको ती पत्रिकाहरु रसिया र अन्य देश को माफिया को कालो धन लाई सेतो बनाउन खोलियाका हुन्. यिनीहरु जे गर्न पनि तयार छन्. कहिले राव संग मिलेर नेपाल को संस्था हरु ढल्छन नेता हरुलाई भ्रस्थ बनौन्छान

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

  • rajendra shrestha

    great interview…no fear in mr khaam eyes…

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 18

    • Anupden

      Have you ever seen fear in Charles शोवराज’s eyes ?

      This is character of professional !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

      • This is non analogous. Defender can easily refute you by naming a generous person who has no fear like Socrates. On another note, you might not have faced Charles Shovraj.

        मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • Sraj

    खाम को पर्तिकिर्या हेर्दा त खुम बहादुर ले भ्रस्टाचार गर्यो, मान्छे मार्र्यो,देश को बर्ह्मा लुट गर्यो तेसैले हामी ले पनि गर्न पाउनु पर्छ भनि झैँ लाग्यो तेसो भय यो देश मा माओबादी किन चाइयो यो सबै गर्न लै त काँग्रेस पहिले नै थियो नि |

    अब यो माओबादी पर्टी लाई खाने येस्तई खाम जस्ता कु करान्तिकारी हरु हुन् | हामी शुभचीनतक ले के नै गर्न सक्छम र |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 13

  • Lalita karki

    कानूनलाई राजनीतिक दलहरुले हात हात मा लिएर बसेका छन नेपालमा । यहाँ कसले कसलाई कारबाही गर्ने ? नत कारबाही गर्ने कुनै प्रशासन तटस्थ छ न कुनै अपराध गर्ने ब्यक्ति राजनैतिक् सँरक्षण बाट अछुतो नै छ । बिधिको बिधान नभएको देशमा कसले पो सँजाए पाएको छ र ? नेपाल का हरेक प्राशासनिक् क्षेत्रमा सँजाएको लागि एउटा नाटक रच्यो अनि दश थरी कुरा गर्‍यो नेपाली जनताका आँखामा झारो हाल्यो बस खेल खतम । नेपालका कुनै पनि दलहरु ले राम्रो काम गरेर देखाउन सकेनन । अर्को नराम्रो कुरा ले हामी नेपाली लाई यसरी गाँजेको छकि कुनै पनि ब्यक्तिले गल्ती गर्छ भने त्यो सिँगो पार्टीनै दोषी बन्छ । यो चाँही गलत तरिका भयो । कुनै पनि पार्टिको ब्यक्तिले गल्ती गर्छ भने त्यो सँजाए त्यहि ब्यक्तिमा मात्रै सिमित हुनुपर्छ नकी सिँगो पार्टी दोषी होस । यदि छनबिन गरेर दोषी देखिन्छन भने काली बहादुर खाम ले सँजाए भोग्नै पर्छ । किनकी जनताका नेताले अरु कारबाहीको दाएरामा आए म पनि आउछु होइन भने म किन सँजाए भोग्नु भन्नु को अर्थ के म पनि भारतीय बिस्तारबाद भन्दा कम छु त भन्नु मा केही फरक हुँदैन खाम जि । आत्म समिक्षा नै राजनैतीक अनुशासन हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 15 Thumb down 2

  • naresh

    I think in some sense Kham is right, however he should face the law of nepal if found guilty. Not only the kham but also those khum bahadur khadka, Culprits of Butwal kanda, those army who killed our innocent people in bardiya etc must be caught and put in jail. Why only Kham?? All the culprits must be put in jail.
    Once we bring all the culprits, then there will be no one who will challenge the country after committing the crime. So, do not make the issue of any party or person, make the issue of the total trend that is against peace and law of nation.

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 6

    • suman p shrestha

      Mr. Naresh, what law? In our society law and lock is for ordinary people , not for corupt and political party and the political party member.

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Raju Basnet

    ल देश र जनता ले खाई नखाई तिरेको कर पचाएर आफ्नो जिम्मेवारी पनि पुरा नगर्ने नालायक नेता हरु अब सक्छौ भने देखाऊ खाम लाई कारबाही गरेर . तर के कारबाही गर्छौ र तिमीहरु लाई कुर्सि को तानातान मा नै फुर्सद छैन. तिमीहरु लाई अलिकति पनि लाज नलाग्दो रहिछ नि तर तिमीहरु को भाग्य चाँही राम्रो नै रहेछ किनभने तिमीहरु नेपाल मा जन्मेर यति क कुकृत्य मा सहभागी छौ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

  • pramod

    नेपाल को पुलिश प्रशासन को खिल्ली उडेको छ. अरु दलका दोषी नेताहरुलाई पनि च्याप्प समायर कानुनको दयारामा ल्याउन पर्छ . माओवादीलाई मात्र पेल्न खोज्छन कानुन हातमा लियकाहरुले. माओवादीले पनि कलिबहादुरले गल्ति गरेको भय सो गल्तिलाई स्वीकार्दै कानुनी कठघरामा उभ्यायर बिधिको शासनको नमुना प्रस्तुत गर्नु पर्छ. नत्र जनता को हितमा कानुन अनुसार चल्छौ भनेर भन्नु बेकार छ.

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

  • एकलब्य

    पेट पोल्यो, चित्त दुख्यो, नेपालको दुर्दशा प्रती रुन-चिच्याउन मन लाग्यो। हरे दैव, के हुंदै छ हाम्रो गरीव देश मा। थुईक्क खामे पाजी, अब कानुनै नभए पछी अब जनताले तंलाई लुछी-लुछी टुक्रा पारुन्।

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 4

  • साथीहरु सब भन्दा पहिला हामी दोसी किन भने सहि समयमा सहि निर्णय गर्न सकेनौ यो अबस्थामा किन अरुलाई दोष दिने चाहे जुन सुकै पार्टीको किन नहोस ,गल्ति हाम्रो हो ,यदि यो मुलुकमा संबिधान बनेमा र हामीले सोचेको जस्तो भएमा कति जेल मा जानेछन त्योदिन टाढा छैन सहन सक्नु पर्छा ,अहिले धेरै नबोलेको राम्रो , मेरो कुरामा समता भएमा राम्रो लंग्नेछ ,नमस्ते राजन खरेल ,मिलानो ,इटाली फेरी भेटौला ………………………………………………………

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • buddhi lal tamang

    यति धेरै कुरा भै सके पछि माओबादीले खाम बारे छानबिन गर्नु पर्छ| यदि दोषी हो भने तुरुनत प्रहरीमा बुझाउनु पर्छ|

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 12

    • वा… वा…. वा……., अचम्म लाग्यो यहाँ मित्रहरुका कमेन्टहरु पढ्दा | कतै यी कमेन्ट गर्ने मित्रहरु नेता/पार्टीहरुका गुलामीहरू त होइनन/परेनन ? के भन्न/गर्न खोजिएको हो तपाईहरूले ? वास्तबमा,यी सब नेपाली कांग्रेस,एमाले, माओबादी, मधेस फोरुम लगाएतका अन्य साना दल, पार्टी/नेता, कार्यकर्ताहरु वा यसका समर्थकहरु कोही पनि बिस्वासनिय छैनन | प्राय गरेर यी पार्टी/नेता वा समर्थकहरु राष्ट्र/बिस्वासघाती नियत बोकेका/ भएकाहरुका एक किसिमका हुल/जमात मात्रै हुन | त्यसैले यो या त्यो भन्नु भन्दा पाहिले वास्ताबिक चुरो कुरो(सत्य तथ्य कुरो) राम्ररी बुझी कन ती खराब नियत भएकाहरुलाई सधैका लागी पार लगाउनु वा कारबाही गरिनु पर्दछ | अनि कुनै हालतमा समर्थन नदिने चाय त्यो आफ्नो पार्टी/नेता, कार्यकर्ता वा समर्थक होस या अन्य पार्टी नेता,कार्यकर्ता वा समर्थक होस |
      मित्रहरु………..,यहाँ अहिले लेखिएका कमेन्टहरु पढ्दा केही मित्रहरुलाई लाग्न सक्छ माओबादीको समर्थक र कांग्रेस वा अन्य पार्टीहरुका बिरोधीको आभास हुन सक्छ | तर पनि आत्मा खुलेर भन्नु पर्दा, म कुनै एक पार्टी नेताहरुका समर्थक नभई जसले वास्तबमै रास्ट्र र नेपाली जनाताहरूका हितमा हुने खालका कार्य नितिहरू ल्याउदछन वा गर्दछन त्यस पार्टी/नेताहरूलाई मेरो पूर्ण समर्थन र सम्पूर्ण नेपाली दाज्यू भाई तथा दिदी बहिनीहरुलाई पनि समर्थन गर्न/दिन हुन अपील गर्न चहान्छु कुनै पार्टी नेताहरुका ब्यक्तिगत प्रलोभनमा नपरी कन |
      अन्त्यमा, मैले भन्नै पर्दा हाम्रो देशमा जति पनि बिकृतिहरु भित्र्याउने,(आविष्कार)थालनी गर्ने भनेका यिनै राणा, पंचे, नेपाली कांग्रेस,एमाले हुँदै अरु पार्टी नेताहरूले पनि उनिहरु बातै सिकेका वा फोटो कपी गरेका मात्र हुन | त्यसैले गर्दा अब वास्तविक लेखा जोखा गर्ने जिम्मेवारी यी स्वार्थि नेता/पार्टीहरुका नभई आम स्वभिमानी,राष्ट्र भक्त नेपालीहरुका काँधमा आएको छ | त्यसैले पार्टी-पार्टी, जात-जाति, धर्म,भाषा-भाषी आदि कुराहरुमा विभाजित नभई एक ढिक्का भएर अगी बढौं र बढाउँ यसो भएमा मात्र हामीले चाहाएका नयाँ नेपालको निर्माण गर्न सक्ने छन् |

      मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 4

    • Ram

      बुद्धि जी हाम्रा राजनीति गर्ने हरु धेरै जसो नै हत्यारा, गुन्डा लाई आश्रय दिने भए पछि के को राजनीतिक पार्टीहरु ले छानबिन गर्नु हो . तेसो त आफै चोर आफै पुलिस जस्तो भैगयो नि. नियेम त खाली गरिब लाई मात्र हो हाम्रो देशमा. के गर्नु खाम ले नै भने जस्तो गौर, दाङ, नवलपरासी हत्यारा हरु पनि पार्टी मै छन्, जनमुक्ति र राष्ट्र द्रोही का नाम मा निर्दोष १५०००-१८००० नेपाली को हत्या गर्ने हरु पार्टी, सरकार र सदनमै छन्.

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • sushil sharma

    लुकामारी झाल्झेल को खेल / अनि जनता लाई सास्ती पुलिस चोर साथी भाई/ पुलिस डाका दाजुभाई / पुलिस लुटेरा मित / अनि कानुन चाही मुक दर्शक / नेता हरु चै यसको संरछ्यक अनि त नेपाल को भबिष्य कता तिर / एक ले अर्का लाई दोषारोपण आफुले बनाएको कानुन लाई कुकुरको पुच्छरमा झुन्दायी दिने अनि आफु स्त्वन्त्रता का साथ घुमफिर अनि राम्रो पद बहाली गर्ने यस्तो गुन्डा राज / गजब भयो /राम्रो धन्दा ले नेपाल मा बिकाश गरे छ /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

  • joshee prakah

    I think both Nepal army and maosist army is threat to peace accord. Both of them are voiliting peace accord. see news:
    The Supreme Court on Wednesday quashed the writ petition against the fresh recruitment in the Nepal Army, which has frequently been the bone of contention between the Maoists and other parties.
    A division bench of justices Balaram K.C and Gauri Dhakal cancelled the two writ petitions filed by advocate Sri Krishna Subedi. The bench ruled that the matter was not within the purview of the court.
    The writ had challenged the NA’s recruitment drive, saying it was against the comprehensive peace accord (CPA).
    The NA had opened vacancies in November 2008 and April 2010 in its technical positions, but the move was opposed by the UCPN (Maoist) and the United Nations

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 25

  • basu aryal

    हो त भनेको के भो देश को राजनीति जंगली राज चलाको छन्

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 2

  • Mukti Adh

    We want ”HITLER”& ”JANG BAHADHUR”.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 9

    • एकलब्य

      हे जंगेको चाकर… जंगबहादुर भनेको अझ ठुलो “खाम” हो, ईतीहांस पढ्ने गर। खामले दादागिरी देखाएर पुलिसलाई अटेर गर्‍यो, जंगेले त्यो भन्दा ठुलो दादागिरी देखाएर सत्तानै कब्जा गर्‍यो। तिम्रो भनाई अनुसार हामि सबै खामलाई समर्थन गरौं, केही महीना पछी यैं पाजी जंगे हुन्छ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

  • blenden tamang now uk

    अब देस ले तेस्तो व्यक्ति मागेको होइन खाम जी खाम भनेको मै खाम मै लाम अनि नराम्रो होस् भनेर पठाको चिठीको खाम जस्तो नि होइन अफुलेता जानी जानी दादा देखौछा भने अरुले क गर्लान त्यो पनि सोच्नु पर्यो नि खाम जी जस्तै दसजना निस्कियो भने के नेपालले विकास गर्ला कि बिनास भानाता खाम जी ? माओबादी लै खाओबादी भने मिल्ने भयो खाम सब्द ले त ….

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 7

  • diwakar

    खाम वा राम बहादुर लै पक्रिदा के हुन्छा? केहि हुदैन माओबादी आफै सरकार बनाउन vote माग्दै छ | सङ्कट आउछ भनेर यो कुरा बाट आफुलाई आलग पर्छ| मदेश बादी दल हरुले कुरा गरे भने भोलिपल्ट खाम हनुमान धोका खोरमा | its a simple job, take it simple and resolve the matter and don’t discuss this anymore. we are promoting this issue unnecessarily . Just keep a silence and keep a blind eye on the issue. Problem solved.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 25

  • ambika rimal

    जसले जे भने पनि हुने हाम्रो नेपाल मा

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

  • Prakash P.M.

    दुखको कुरा यहाँ कमेन्ट गर्ने साथीहरु नै नेपाली भएर होइन पार्टी पार्टीको तत्तु भएर कमेन्ट गरे जस्तो लाग्यो ! अनि नेताहरु लाइ के भन्ने ????????

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 92 Thumb down 5

  • प्रेम पुन , बेल्जियम

    गृह मन्त्री रावल आँफै पनि दोषी छ के गरोस खामलाई कारबाही!केहि समय अघि सुन्तली धामीलाई आफ्नै सात् जना प्रहरी सहकर्मीहरुले नशालु पधार्थ खुलाई बलत्कार गरेका थिए,यी सात प्रहरी मध्य ३ जना प्रहरीलाई मात्रै कार्बाहि गरियो भने ४ प्रहरीहरु अहिले पनि “गृह मन्त्री रावलकै संरक्षणमै छन!अनि हुन्छ त यस्तो चालाले डण्दहिनता अन्त्य?देशको मन्त्री नेता सबै गुन्दा,डाँका बदमास भए पछि जन्ताले कसरी सुख-शान्तिको अनुभुति गर्नु सकुन् त?

    जस्तो सुकै अपराध गरे पनि आफ्नो कार्यकर्तालाई पार्टीहरुले संरक्षण गर्छन्!माओबादी मात्रै होइन काँग्रेस,एमाले अनि तराईका पार्टीहरु सबै एकै ड्याङ्को मुला हुन्!खुम बहादुरले त्यत्रो मान्छेको हत्या गर्यो खै उस्ले सजाय पाएको?पुर्ण बहादुर खड्काले चुनाब ताका आफ्ना पर्तिदन्दी एमाले नेतालाई सधैको लागी गोलीले हानेर सुताई दिए,यो हत्या प्रकरण प्रहरी प्रशासन र सारा जन्तालाई थाहा भएकै हो किन ल्याइएन त उनलाई कानुनको कठघरामा?गोर हत्या कान्डमा त्यति धेरै माओबादी कार्यकर्तालाई भाला,छुरा खुकुरी,लठ्ठीली हानेर हत्या गर्ने निर्देशन दिने यी अहिलेका फोरम नेताहरुले त हो नि,पाएत सजाए यी आपराधीहरुले?एमाले नेता गृह मन्त्री भिम रावलको कुरात मैले अघिनै गरि सके।अहिलेका जल्दा बल्दा नायक् हुनकि खलनायक् हुन् काली बहादुर् खाम उनैले जानुन”उनि पनि पटक् पटक दोषी-अपराधी भनेर समचारमा आई रहन्छन् हो यी र यस्ता राज्यका सबै तह र क्षेत्रमा रहेका पापीहरुलाई जब सम्म जन्ता आफैले कार्बाही गर्दैनन् तब सम्म यस्ता घट्नाहरु दोहोरी रहनेछन् जन्ताले दुख पाई रहने छन्!राज्नैतिक आग्रह पुर्बाग्रह त्यागेर सबै जन्ता एक हुनु जरुरी देखिएको छ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 16

  • bhandari kanchho Germany

    ” भताभुङ्ग देस को लथालिङ्ग चाला,जो जसले सक्छ; उसैले खाला ”

    पहिले राणाले खाए, दरबार ले खायो, पंचले खाए , कांग्रसी ले खाए ,एमाले ले खाए ,अहिले माओबादीले देसको कानुन चपाउदै खादै छन .

    हामि जनता जनार्दन पनि त स्वच्छ भ्रस्टाचार मुक्त प्रसासन को (आस्वासन) खाएकै छौं ,चुनाब को बेला !!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 86 Thumb down 5

  • यहाँ को चलन नै यस्तो छ गर्नु .

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 5

  • Nitya

    कालीबहादुर खामको अन्तर्वार्ताले मलाई भीमसेन थापाको इतिहासको याद दिलायो | उनि कतै “पांडे” राजनीतिको दुस्साहसिक शिकार बनेका त् छैनन् ? उनका प्रश्नहरु माओबादी केन्द्रित भएपनि तिनलाई सरलीकरण गर्नेहो भने ति प्रश्न सबै न्यायप्रेमी जनताका आवाज हुन सक्छन |
    महांभारतको कथालाई माथ गर्ने गरी नेपालका धुर्त नवसकुनिहरु घृणित घटनाहरु रच्न र त्यसबाट फाइदा उठाउन कति व्यस्त छन् र सरकारी संयन्त्रलाई कसरि द्रौपदीको वस्त्रहरण गर्ने राजसभा जस्तो बनाइएको छ भन्ने कुरालाई खामको अन्तर्वार्ताले थप उजागर गरेको छ |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 62

  • THANK U MY SANSAR FOR BRING THIS TOPIC IN NEWS EVEN THOUGH IS LATE.BUT WHERE ARE THE MY SANSAR COMMENTATORS/CONTRIBUTER(PUSPA,SHEELA MADAN,LUNA & COMPANY) WE DON’T KNOW KEEPING SLIENT IN THIS HOT ISSUE, WHICH PRAPHU THEY PRAYING FOR OR WHERE THESE PEOPLE RUNNING FROM.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 14

    • sheela

      keshaav जी:
      यो बिषयमा मैले “कानुनी राज्य को उपहास’ भन्ने mysansar कै अघिल्लो अंकमा आफ्नो प्रतिक्रिया दि सकेको थिया तर तपैले ले पढ्नु भएन छ, मैले तेहबाट ‘cut-pest ‘ गरि हजुरका लागि तक्र्याको छु, तल हेर्नु होला/ हजुर त अंग्रेजी मात्र जान्ने वा लेख्ने भाको ले यस्तो भाको होला, तैपनि…
      _______________________________________________
      माओबादीलाइ बदनाम गर्न पुरानो नेपालका पत्रकार, पुरानो आनी-बानिका पुलिसका हाकिम, खुमे+गच्छेदार मार्का राजनीतिक अपराधीहरु, पत्रिकाको noise लाइ नै news भन्ठानेर आफ्नो views बनाउने mysansar का केहि नगन्य बुज्रुगहरु सबैको एउतै mission देखिन्छ कि ‘माओबादीलाइ जे गरेर भए पनि खुइल्याउने”./ यो ‘खाम episode ‘ पनि डा. भक्तमान episode मा प्रतिक्रिबादीहरुकेहि नलागे पछि रचिएको अर्को तथाकथित काण्ड हो भन्ने बुझ्नु जरुरी छ/
      पुरानो नेपालमा (पंचायत र बहुदलीय कालमा) पुलिसले कुनै निरपराधिलाई फसाउनु पर्यो भने आफै अलिकति गाजा वा चरेस लगेर कोठाबाट ‘दसी-प्रमाण’ समेत भनेर पक्रेने गर्थ्यो, यो पनि तेही पुरानो फर्मुला प्रयोग गरेको हो जस्तो देखिन्छ/ अहिले गाजा चरेसको सट्टामा खुब प्रचलित यार्सागुम्बा प्रयोग गरेको मात्र हो/ उही खुमे-मानसिकताको मजाले मजाले काइदा….
      कौवाले कान् लग्यो…….भनेर …….बिदेसी पत्रिका र मेडिया कराएका भरमा कति देसभक्त नेपालि सिकार हुनु पर्ने…
      डा. भक्तमानलाइ त प्रधम्मंत्रिले नै फैसला सुनाका थिए, …..भिम रावल को त कुरै छोडौ…/खोइ त ओली जी र प्रधान मन्त्रि को फैसला यसमा……”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 9

    • madan bajracharya

      keshav tripathi jee
      my comment is posted on 29th july and your opninion on that will be much helpful for me to understand more.

      thanks for enrolling my name together with puspjee, sheela and luna. but i think i still have to learn a lot even to reach near to them. however i am trying my best.

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • पुष्प

    संयोग नै भन्नुपर्छ, मैले यसअघि श्रवणजीको सामग्रीमा पनि भन्न खोजेको कुरा खामले प्रष्टरूपमा भनेका रहेछन् । हामी वास्तविकताबाट टाढा भाग्न सक्दैनौं र हुन्न पनि । दोषीमाथि छानबिन हुनुपर्छ र प्रमाणित भए कारवाही हुनुपर्छ । तर खामले भनेझैं, माओवादीका नेता-कार्यकर्ताले मात्र यो गर्यो, त्यो गर्यो भन्नुपूर्व अन्य राजनीतिक दलका नेताह-कार्यकर्ताहरूले गरेको अपराध अख्तियारले क्लिन चीट दिएकै भरमा वा मन्त्रिपरिषद्को निर्णयले मुद्दा फिर्ता लिएकै भरमा चोखिने हो ? आजका मितिसम्म राजनीतिक नेता-कार्यकर्ताहरुमाथि कारवाही भएको कुनै उदाहरण छ ? कि उनीहरू कोही पनि दोषी छैनन् ? अझ हुँदा-हुँदा कटवालकाण्डका दोषी राष्ट्रपतिलाई चोख्याउन राष्ट्रपतिमाथि मुद्दा चलाउन नपाइने कुरा उठाइँदैछ । कस्तो अचम्म ? छोटे राजा राष्ट्रपतिलाई बडाराजा बनाउन खोजेका हुन् कि माओवादीइतरका नेता-कार्यकर्तालाई कानून नलाग्ने बनाउन खोज्या हुन् ?

    खामले दिएको चुनौतिलाई सकारात्मकरूपमा लिँदै उनलाई धन्यवाद दिनुपर्छ । आखिर उनले हिम्मत गरेरै चुनौति दिएका हुन् नि ! होइन र ? उनको चुनौतिलाई स्वीकार गर्ने हिम्मत प्रहरी-प्रशासन वा माओवादीइतरहरूमा छ त ? होइन भने खामलाई कानूनको दायरामा ल्याउनु वा उनी स्वयम् जानु भनेको प्रचण्डको ऐतिहासिक राजीनामाजस्तै हुनेछ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 86 Thumb down 150

    • bhandari kanchho Germany

      पुष्प जी,

      जसरि कुहिएको आलु बोरा बाट नफाल्ने हो भने पुरै बोरा बिगार्छ ,त्यसरी नै खुमबहादुर जस्ता नफ्याक्नाले कांग्रेस सढे जस्तै यो काली बहादुर जस्तालाई
      काखी च्यापी रहने हो भने माओबादी पनि त उही ड्यांगको मुला त बन्ने भो ढिलो चाडो . देस को कानुन मिच्ने हरु तछाड मछाड गरि रहेछन ,कहिले सासुको पालो कहिले बुहारीको पालो भने झैँ गरि .तपाइँ तालि दिई रहनु भाको छ नचाहिदो ठाउमा पनि .भदौ मा आखा फुटेको गोरुले सधै हरियो देख्छ रे ,त्यस्तै त नगर्नु न हो!!!! माओबादी का कदम हरु दल दल मा फस्दै छन्.
      देस बनाउछु भन्ने हरुको नामो निसाना छिटो नमेटियोस भन्दै गर्ने हरुलाई
      चिन्ताको बिसय हो यो ,,तपाई हरपल माओबादी को ढाल बनेर मेरो सन्सार मा लेखि रहे पनि क्षणिक आत्म सन्तुस्टी बाहेक समग्र देस लाइ घाटा छ !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 124 Thumb down 26

    • कुनै व्यक्तिले आबद्ध पार्टीसंग असम्बन्धित रहेर गरेको क्रियाकलापलाइ किन पार्टीको नाम लिएर ब्याख्खा गर्ने?? खामले गरेको काम पार्टी संग सम्बन्धित छ र?? खाम अपराधी नहुन सक्छ, तर अनुसन्धानको दायरामा आउन त सक्नु परो नि त! खाम मात्र होइन, शंकाको घेरामा परे भने ममाथि नि अनुसन्धान गर्ने अधिकार पुलिसलाइ छ! खामको यो अभिव्यक्तिले दण्डहीनतालाई प्रश्रय दिन्छ, जुन अत्यन्तै जटिल बिषय बनिरहेको छ! बरु प्रहरीलाइ र न्यायपालिकालाई चाही चुस्त र भ्रस्टाचार रहित बनाउनु ठिक होला! भोलि सहि न्याय अदालतले दिन सके अनि पुलिसले अपराधीलाई न्यायको दायारामा ल्याउन अनि Political Protection लाइ जनतासामु भंदाफोर गर्न सके हामी सबैको भलो हुने थियो कि पुष्प कमरेड जी???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 5

    • anjeet

      खुम बहादुरको कुरो चुनाब अघिको हो, चुनाब पछि माओबादीले नै ९ महिना सरकार चलाएको थियो त, खै त्यस बेलामा किन कारवाहीको प्रकिया अगाडी बढ्न सकेन? चाहे जुन सुकै पार्टी पर्ति बफादार अपराधी हुन् तिनीहरु राज्यको कानुनको दयेरामा आउनै पर्छ/ अपराधीलाई राजनैतिक समर्थन दिनु हुदैन/

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 8

    • Satyadoot

      पुष्पजी,
      तपाईं दण्डहीनताको वकालत गर्दै हुनु हुन्छ | अरुको पापले आफ्नो पाप पखाल्न मिल्छ भन्दै हुनु हुन्छ |

      खाम अपराधि हो र उसलाई कारवाही गरिएन भने माओवादी गुन्डा हत्यारा लाइ पाल्छ भने जनता मा बिश्वास जाग्छ | जनता खाम लाइ मात्रै हैन माओवादी माथि थुक्न थाल्छन |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

      • पुष्प

        सत्यदूतजी,

        अभियुक्त र अपराधीबीचकी भिन्नता थाहा छैन भने बेकार प्यार-प्यार कराउनुको पनि कुनै अर्थ छैन । दण्डहीनताको कुरा गर्नुपहिले देशमा कस्तो अवस्था थियो र छ, त्यसको मूल्यांकन गर्नुपर्छ । कालीबहादुर दोषी होलान्/नहोलान्, त्यो छुट्टै कुरा, तर जसरी उनलाई लगाइएको अभियोगका लागि उनले चुनौति राखे, त्यसले एउटा सकारात्मक मोड लिनेछ कि भन्ने मेरो झिनो आशा हो । आखिर फलामले मात्रै फलामलाई काट्ने न हो ।

        अनि एउटा जिज्ञासा, के खुमबहादुर खड्का वा जयप्रकाश गुप्ताले खामले झैं चुनौति दिन सक्छन् ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 11

        • Suman

          पुष्प जी तपहिले अभिउकता र अपराधी बीच को फरक त भन्नु भयो तर संभवत तपहिलाही पनि भगौडा र जमानत मा छुटेको बिचा को फरक थाह छैन, खुम बहादुर, जयप्रकाश को मुध्हा अहिले पनि अदालत मा विचाराधीन छ, उनीहरु आफनो सम्पति धितो राखेर जमानत मा छुटेका हुन्, खाम जसरि भागेका हैनन्, खाम त भगौडा अभिउकता हो याद होस् तपहिलाही.

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 3

          • पुष्प

            सुमनजी,

            अदुअआले गोविन्दराज जोशी, खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्ता जस्ता राजनीतिक नेतासहित वरिष्ठ प्रहरी पूर्वउपरीक्षकहरु कल्याणकुमार तिमल्सिना, किरणकुमार गौतम, वसन्तराज कुँवर तथा महानिरिक्षक अच्युतकृष्ण खरेल आदिमाथि दायर गरेको मुद्दा विशेष अदालतले उल्ट्याएको हो । गिरिजा पनि त त्यसरी नै चोख्याइएका हुन् नि । खुमबहादुर खड्कालाई चाहिँ अख्तियारले फेरि मुद्दा दायर गरेको हो, तर त्यो मुद्दा के भयो भन्ने थाहा छैन । वाग्लेचाहिँ अझैपनि तारेख खेपिरहेको समाचारहरू सुन्न पाइन्छ । सीताराम प्रसाईंलाई पनि गिरिजाले त्यसरी नै चोख्याएका हुन् क्यारे । खुमबहादुरले त संविधान सभाको चुनावताकका ७ जना माओवादी कार्यकर्तालाई मार्ने आदेश दिएका हुन्, खै त उनलाई कारवाही ?

            अर्थात् आजका मितिसम्म कोही पनि भ्रष्टाचारी, तस्करी वा कालोबजारीहरूलाई कारवाही भएको छैन ।

            मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 4

        • Satyadoot

          अभियुक्त अपराधि हो हैन न्यायलयले निधो गर्ने हो | कसैलाई अभियोग लागेको छ भने उसले कानूनको सम्मान गर्दै न्यायलय अगाडी आफूलाई उभ्याउनू पर्छ | कानूनलाई चुनौती दिनू तपाइले सकारात्मक देख्नु भयो यसले तपाईंको मानसिकता कति उच्च छ भन्ने नै देखाउछ | आफ्नो मानसिकतालाई स्वतन्त्र राखनुश, कुनै पार्टीको दास हैन |

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

          • पुष्प

            भएभरका प्रमाणित अपराधी र ठूला-ठूला भ्रष्टाचारी, कालोबजारी अनि हुँदा-हुँदा डनहरूलाई समेत नामकै भरमा सफाइ दिने ‘कानून’लाई चुनौति दिनुलाई कमसे कम म सकारात्मकरूपले नै लिन्छु ।

            मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

    • लौ लौ पुष्प जी… तपाइको अन्धभक्त अरु पनि हेर्दै जान पाइने भयो…. अरुले जे गरेका हुन् तेही गर्दै जानु पर्छ माओबादीले भन्ने तपाइको तर्कलाइ सोलुट गर्छु….

      मैले अस्तिनको एउटा कमेन्ट मा पनि भनेको थिए कि कुकुरले खुट्टा टोक्यो भन्दै मा बदला लीन को लागि कुकुरकै खुट्टा तोक्न जाने माओबादी पार्टी को नीति हो भने मेरो भन्नु केहि छैन…. नत्र एमाले, कांग्रेश ले के गर्यो तेही गर्छु र प्रशासनलाइ थर्काएर बस्छु भन्ने हो भने भन्नु केहि छैन….

      राम्रो कामको उदाहरण पो बन्नु पर्छ त….. चोरलाई चोर भन्न नहुने कस्तो पार्टी हो तपाईहरुको ? अरुले जे गर्यो तेही गर्ने हो भने… के एमाले, कांग्रेश नै बन्न खोजेको हो माओबादी पार्टी ? सुभकामना….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

  • shersingh

    लुटिएको चाइनिज अझसम्म देखिएको छैन ? २५ कत्ति लाख लुटिएको व्यक्तिको भनाइ पनि सार्बजनिक हुनुपर्छ !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 16

  • अब यी सबै चोर र फटाहा हरुलाइ हामी सबै मिलेर बागमती को ढल मा ७दिन् सम्म खान पनि नदिकन राख्न पर्छः अनि मात्र ठिक हुन्छ मन्त्रि देखि चोर सबैलाई हामी सबै मिलेर येसो नगरे हुन्न जागौ जुटौ हात मा हात बाधेर अगाडी बढौ !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 1

  • shersingh

    कालिबहादुरले प्रहरीलाई थुक्नु मात्र होइन ,माओबादीको बदनाम गर्न कृतिम नाटक रचेको हो भने ति पुलिसका अधिकारीलाई गोलि ठोक्नु पर्छ ! रामहरी काण्डमा खामलाई जिम्मेवारी ठहराइयेपनि यो लुट काण्डमा भने फसाउन खोजिएको जस्तो देखिन्छ ! किनभने तेत्रो पार्टीको जिम्मेवारी लिएर बसेको ब्याक्तिले लुटीहिड्ने काम गर्ला भनि पत्याउन सकिन्न ! तेसै त माओबादिलाई पाखा लाउन शारा फटाहाहरु आफ्नो लुटको संसार गुम्ने डरले एकभई लागेकाछन ! यस्तो अवस्थामा जनता बिरोधि काम माओबादीले गर्ला भन्ने विश्वास मलाई भने लागेको छैन ! तेसैले माओबादीलाई बदनाम गर्ने ठुलो ग्रान्ड डिजाइन षडयन्त्र हुनसक्छ ! माओबादीहरु शतर्क भएर काम गर !

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 59 Thumb down 98

  • jeevan

    नेपाली उखान जो चोर उसैको ठुलो स्वर! अब सबैले होस् गर्नु पर्ने भो किनकि “खाम बाट हुने भो लुटपाट,हत्या,तस्करी लगाएत सबै काम! ” उसले बोलेको हरेक कूरामा येस्तै खालको मन्साये राम्ररि झल्किन्छ/ उसले गर्ने हत्या र हिम्सा बिरुद्दको कारबाही गर्न राज्यलाई अधिकार छैन!!!धिक्कार !! पबित्र सिदान्तको प्रतिपादन गरेर करोडौ जनताको मुक्तिका खातिर जीवन समर्पण गर्नु भएको कमरेड माओको घोर बेईजेत गरे नेपालका माओबादी भनौदाहरुले!!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 57 Thumb down 44

  • Hari Adhikari

    कालि बहादुर खाम को कुरा मात्र होइन धेरै कुरा एस्ता छन जुन कुरा अहिलेको राजनितिक अस्तिरता मा एक ले अर्कोलाई तल पार्न खोजेका उदाहरण हुन तेसैले ऐलेको आबस्येकता भनेको सहमति सहकार्ये र एकता नै हुन्

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 10

  • Gyan

    राष्ट्रपति यादबले त रातारात संबिधान मिचेर कलम चलाउन हुन्छ भने भ्रष्ट मन्त्री-नेता-न्यायाधिश-हाकिम-कर्मचारी-प्रहरीहरुले सात पुस्तालाई पुग्ने गरि कमाउने मौका कहाँ छोड्छन / यिनीहरुले ठेक्कापट्टा, चोर, डाँका, देहब्यापारि, भन्सार-मालपोत, अध्यागमन, स्मग्लर-ब्यापारीहरुसंग ठुलो धनराशी घुस लिएर छुटाई राखेका छन् / यिनीहरुले आफ्नो भागमा घुस आएन भने मिडियामा ल्याएर हामीले ठुलो काम गरें भनेर देखाउछ / ठुलालाई चैन सानालाई ऐन /

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 38

  • Lila GC

    नेपाल येस्तई छ! कानुन त कागजी खोस्टो त हो नि, जे लेखेपनि भो संसारकै उत्कृस्ट कानुन, संसारकै उत्क्रिस्ता संबिधान तर मान्छे उही पाखुराको भरमा र चाप्लुसीको भरमा सबै चल्छ! जसको शक्ति उसको भक्ति, जसको हातमा लठ्ठी उसकै भैंसी भन्ने उखान सत्य साबित भएको छ ! मत भन्छु एउटा राम्रो कानून बनाएर Dictator बनेर सबैलाई तह लगाउनु पर्ने भए जस्तो छ, होइन भने सानो कुरामा पनि सहमति नहुने, सबैलाइ ठुलै भाग चाहिने वा! हामी खाली गोर्खाली हुन मात्र सिकेउ तर BUDHI अनि बिबेकको बिकाश गर्न सकेनौ! मैले UK बसेको अबधिमा मलाई एति खिन्न भो कि मेरो बुझाईमा ब्रिटिशले भन्ने गरेको GURKHA को अर्थ ‘मालीक को सेवामा रमाउने इमान्दार कुकुर’ हो! मालिक को लागि मर्न र मर्न तयार! इन्डोनेसियामा नेपालीहरु निर्दई को नामले प्रख्यात छन, तहाँ ब्रितिश्को सुप्पोर्ट मा लडें गर्दा बल बच्चा पनि मारे रे! बंगलादेश र भारतमा नेपाली भनेका एकदम दुख गर्ने जात हो जसको मूल्य कौडी पनि छैन रे! अब त झन् खाडीमा के के हो के के! कोरिया, मलेसिया …. अनि येस्तेई येस्तई देसमा जाँदा defend गर्दैको सास्ती! किन यो देशमा एउटा इमान्दार नेता निस्कैन्दैना? किन यो देश सन्धी अधो गति तिर लागेको छ! साथी हो निधार खुम्च्याएर सोच्नोस त! बिदेसमा बस्नेले देश बनाउने कुरा सोच्नु होस्! होइन भने बाँकि समय पनि कुर्ची कै कुरूप खेलमा बित्ने भो!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 4

  • Surendra Ranamagar,USA

    यो भनेको सब नेपालका अग्रजहरुको देन को प्रतिफल हो , त्यसैले काली बहादुरको छाती कति ठुलो भयको छ आज!! नेपालको कानुन औता जंगलको माकुराको जालो जस्तै हो जुन जालोमा ससाना भुसुनाहरुमात्र फस्छन ठुला चराहरुत त्यसलाई छेडेर गैहाल्छ्न नि !!!!!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 2

  • subodh khatri

    कलि बहादुर साचै नै बहादुर हो,किन भने नेपालको पुलिश आज घुष खोरी अनि चोर हो /खाली मानिसहरुलाई झुठा कुरा मात्र गर्छा/कलि बहादुर तिमीलाई सलाम छ /you are ,one of द those realy -realy brave …………

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 75

  • himal

    खामले मज्जा ले प्रशासन लाई थान्ग्ना मा सुतैदिएय्छन् ..हाहा ह

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 16

  • samsundar

    ………………………………………………………………………………………………………….. यो लेख पढेर कानूनी राज्य , बिधि को सासन भन्ने कुरा सोच्न पनि गार्हो भयो , के यो देश मा धमाला , खाम र जम्मेरकत्तेल जस्ता हरुको नै जय हुने भयो ???

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 5

  • द्रोण

    यो खाम ले भारतीय नागरिक पिटेको भए तोरीको फुल देख्थ्यो ,चिनिया नागरिक पिटेको छ र चिन नेपाल को मामला मा त्यति हस्तछेप गर्दैन र मात्र हो |
    मावोबादी पार्टी ले तुरुन्त एस्तो तत्त्व लाइ ठेगान लगाउनु पर्ने हो ,नत्र दिर्घ काल सम्म पार्टी लाइ,देशलाई एसले असर गर्ने छ |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 81 Thumb down 24

    • madan-bajracharya

      द्रोण जी
      सहि हो/ भारत नेपालले कहीं पनि आफैले नेपालको जलश्रोत को उपभोग गर्न नसकून भनि चाहन्छ/ मेलम्चीको योजनालाई चाहिने निर्माण सामानहरुलाई भारत ले नाकाबन्दी गरि राखेको छ/ मेलम्ची आयोजनामा निर्बाध काम हुन् दिन बात रोक्न अनेकौं बाधा हरु कृतिम तवरले कुनै अदृश्य शक्तिले उत्पन्न गरि राखेकोछ/

      नेपाल बात यार्सागुम्बा ओसार्ने मा भारतनै प्रमुख देस हो/ अस्ति इन्टर नेटमा मैले अजिब को समाचार पढें/ भारतले यार्सा गुम्बा बात रोग प्रतिरोध गर्ने शक्ति बढाउने र अमेरिकाको भियाग्रा जस्तै यौन शक्ति बढाउने औषधि भारत सरकारको अनुशन्धान मा सरकार कै लायाब मा बनाएको र यार्सा गुम्बा भारतको हिमाली प्रदेशमा मात्रै पाउने भएको दावी समेत गरे/ भारत सरकार कै प्रबक्ताले यार्सागुम्बा प्रकृतिको अनौठो देन भएको र यसको अंतर्रस्त्रिये मूल्य १ किलो को दसौं लाख भन्दा बढी हुने दावी गरे/ मैले भारत सरकारको यो दावी को को तिथि मिति सहित को विवरण यहि माई संसारमा लेखेको राखेको थिएँ/

      दुख को के हो भने नेपालको सरकार ले यार्सा गुम्बा लाई आफनी देस मा उपयोग गरेर रास्ट्र लाई फायिदाहुने काम गर्न चाहेनन्/ आज यार्सा गुम्बा बात बनेको औषधिमा विदेशीले पेटेन्ट अधिकार लिने सम्म भई सके तैपनि चुप छन्/

      खामको अभिव्यक्तिले खाम दोषी भएको आसंका जन्माउँछ/ अपराध लाई राजनीति सिट नजोडेर सरकारले कार्येबाही गर्न सक्नु पर्ने थियो/ तर के गर्ने देस नै अपराधीको हातमा छ/ हामीले सुन्दै आएको थिएँ कि बिहारको चम्बलमा डाकाहरुको राज चल्छ भनेर/ आज नेपालको सरकारी संरचना नै बिहारको चम्बल बनेकोछ/ खाम र दामको भरमा देस चलेकोछ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 11

      • द्रोण

        मदन जी
        हाम्रा सभासद् हरु यार्चा गुम्बा न खाइकनै आर्काको श्रीमती ताक्न सक्ष्यम हुनुहुन्छ |
        काठमान्डू को म: म: ले उहा हरुलाई त्यो शक्ति दिएको हो |
        तेस्तै भक्तपुर को पानी यति कडा छ कि मेरो एकजना साथि बिहे भएको धेरै काल सम्म बचा न भएर भौतारिरहनु भएको ,भक्तपुर सरुवा भएर आएपछि तुरुन्तै सन्तान लाभ भयो | अब पानी को बचा हुनु न हुनु सग को बैज्ञानिक आधार म लाइ थाह भएन | तर यो मेरो मित्र को भनाइ हो |उहा पानी मै बिस्वास गर्नु हुन्थ्यो |
        नेपालि माटोमा जिबन छ, संजीवनी पनि पाइन्छ | यो पशुपति को उन्मत्त भैरब को लिंग सग दलेर बचा हुने कुरा , भक्तपुर को पानी पिएर बचा हुने कुरा मा बिदेशी ले सायदै बिश्वास गर्ला तर यार्चा गुम्भा खाएर , सिलाजित खाएर , चौरीको तातो तातो रगत पिएर यौन शक्ति बढ्ने कुरामा पक्कै बिश्वास गर्छ |
        भारतीय घुस पैठ को सन्दर्भ मा सरकार ले त् केहि गर्न सक्दैन ,तैपनि बिस्तारै
        जान स्तर मै चिनिया हरु को फलो बढ्यो भने उनीहरु आफै भाग्छन |
        यो खाम ले भारतीय ब्यापारी पिट्नु पर्ने चिनिया पितेछ |उल्टो काम गर्यो |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 7

        • madan-bajracharya

          द्रोण जी
          तपाईं यति आक्रोशमा आएको त् पहिलो चोटी नै होला/ हो खाम साँच्चै नै रास्ट्र बादी भई दिएको भए बा बिस्तारबादी भारतको बिरोधि भई दिएको भए मेलम्ची आयोजना मा बाधा तेर्साई रहेको भारतीयलाई दनक दिन सक्नु पर्थ्यो/

          मेलम्चीको पानि पठाउने भूमिगत सुरुंग बनाउन विस्फोटक प्रदार्थ भारतले नेपाल आउनै दिएँन/ नेपाली सेना सिट पनि सुरुंग बनाउन पुग्ने विस्फोटक रहेनछ/ आयोजना तेतिकै अलपत्र परि राखेको बर्सौं भयो/

          मेलम्चीको कुरा २०४६ सालमै उठेको थियो/ कृष्ण प्रशाद जी ले २०४६ सालमा खुला मंच मा भाषण गर्दै गरेको बेला कसैले उसलाई मंच मै सानो चित दियो/ चित पढेर कृष्ण प्रशाद्जी ले भनि हाल्नु भयो “लौ अब सडक पनि खाने पानीले धुनुस मेलम्चीको आयोजना बन्दै छ” /

          आज २१ बर्स भयो त्यो कुरा गरेको/ तर सुरुंग सम्म पनि बनाउन सकेको छैन/ भारत मुखी हौँ भनेर मुखै फादने मा कृष्ण प्रशाद जी पनि त् हो/ उसैले अन्तरिम सरकार चलायो/ तेस्पछी गिरिजाले चलौन्दै आए/ टनकपुर महाकाली बकस पनि दिए तर मेलम्ची बनाउन बाधा गर्न छोडेनन् भारतले/ नेपालको पानि नेपाली पिउन नदिने त्यो भारतको दास बनेको यी नेताहरु देखेर घिन पनि लाग्छ रिस पनि उठ्छ/ यति मात्रै हो र भने/ टनकपुर बाँध बात नेपाल ले बर्स को १००० क्युसेक पानि पाउनु पर्ने आज सम्म दियेकोछें/ ले भन्यो भने महाकाली सन्धिको दि पी आर उनीहरुले जसरि बनाए तेसरी नै मान्नु पर्छ भन्छ/ दि पी आर बनाउने समय गुज्री सकेकोले त्यो सन्धि त् मृत सन्धि भई सक्यो/ तर त्यो सन्धि गराउने माधव नेपालले अस्ति भारत जाँदा त्यो सन्धि अझै बैध भएको भने/ महाकाली नदीको सम्पूर्ण पानि मा ९७.५% भारतको र मात्र २.५% नेपालको हुने सन्धि गर्ने गराउने लाई मैले पाए त् द्रोण जी नकातिकन टुक्रा टुक्रा गर्ने थिए/

          मावोबादिले यी सन्धि हरुको बिरोध गरेकोले उसले त् केहि गर्ला भनि आस गरेको थिएँ/ तर त्यो आस पनि तुहिने नै देखियो/ जुन पार्टीको तेत्रो तहमा बसेको खाम जस्तो नेता यस्तो हुन्छ भने त्यो दल बात पनि केहि होला जस्तो लागेंन/ जनताको समर्थन बात भन्दा कार्येकर्ताको बलमा मावोबादीको यो हैसियेत बनेको जस्तै ब्यबहार गर्दै छ/ तैपनि हामि सिट भारत परास्त अरु दललाई चुनौती दिन मावोबदिकै साथ् दिन बाध्य भएको छ/

          मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 5

          • द्रोण

            मदनजी
            माथि एक जना मित्र ले संका उठाउनु भयो यो पनि भक्तमान को केश जस्तै जाल झेल हो कि ?म लाइ पनि संका पो लाग्यो | माधब कुमार जाल झेल का त् महा कबि नै हुन् कि जस्तो देखिन्छ | झलनाथ ,प्रचण्ड लाइ त् सजिलै मात दिए |
            गिरिजा ,कृष्ण प्रसाद को के कुरा गर्नु ??भारत् बाट राजनीतिक तालिम लिएर आउनु भएको उहाहरु उतैको संस्कार पनि लिएर आउनु भयो | झुटो न बोलि ,जनता लाइ थान्ग्नो मा न सुताए के राजनीति उहाहरु सोच्नु हुन्थ्यो |
            साचै भन्ने हो भने ४६ साल पछी तेत्रो अबसर पाएको गिरिजाले अलि कति देश प्रति फिलिंग भएको भए यो देश सिंगापुर् न भए पनि रुवान्डा को बाटोमा चै जादैनथ्यो | येसो भन्दा केहि साथि को चित्त दुख्छ ,,उहा हरु गिरिजा ले ”म जे भन्छु त्यो गर्छु ,जे गर्छु तो भन्छु ”भनेको मात्र सम्जिनु हुन्छ |

            मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 4

            • madan-bajracharya

              द्रोण जी
              भारतको प्रधान मन्त्रि मनमोहनले लिट्टे कुमार लाई बडो ज्ञानी छ भनेको कुरा संस्मरण गर्न चाहन्छु/ ज्ञानीको अर्थ बढी जान्ने पनि हुन् सक्छ हुकुम मान्ने पनि हुन् सक्छ/

              मेरो आफ्नो बिचारमा माधव मात्र पदको निमित नियेत बेच्दै हिड्ने हो/ सडकमा छँदा भारतीय बिस्तारबाद को नारा पनि लगाए, कहिले गिरिजाको ४ दलको पछी लागे कहिले ज्ञाने कहाँ बिन्ति पत्र चढाउँ गए कहिले शेर बहादुरको ५ दलको
              पछी लागे त् अहिले सुद को पछी लाग्दै छ/ यो व्यक्तिको नियत नै ठिक छैन/

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 3

  • sandip sharma

    अझ सरकार टिकाउन मन्त्रालय टुक्राई ४४-४४ जना मन्त्रि बने सबै बिरोदी दल लै कुशी पर्नु पनि एक प्रकार को राजनैतिक घुस नै हो. अझ मन्त्री ले कर्मचारी कुत्तादा पनि आफ्नो समर्थन गुम्चा भनि प्रधान मन्त्रि ले कारबाही नगर्नु, मन्त्रि ले गाडी को सिसा फुताल्दा पनि केहि नागुर्नु पनि राजनैतिक घुस नै हो, के गर्नु नेता नै चोर घुस्य भयापाची अरु के गरोस ठ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

  • Jeevan

    यो काली बहादुर खाम बोलेको होइन, यो माओबादी पार्टी बोलेको हो! माओबादी विचार राख्ने मित्रहरुलाई चोट नपरोस!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 24

  • mohan bhandari,Uk

    खाम ले आफैले भनेका छन् कि “मलाई खोज्न दुख गर्न पर्दैन, यदि अरु हरुलाई कारबाही गरे मा आफै प्रहरी को मा आइ हाल्छु, म पार्टी को सम्पर्क र आफ्नो कार्य छेत्र म छु ” तर माओबादी को कमान्डर र प्रचण्ड ले खाम पार्टी सम्पर्क म छैनन् भनेर किन ढाटिरहेछन? खाम लाई माओबादी ले कारबाही गर्दा मात्र यिनी हरु जनताको माझ मा लोक प्रिय हुनेछन नत्र त हामी जस्तो सोझा साझा लाई माओबादी ले मार्यो भने पनि कुनै कारबाही नहुने भयो, यस्तो चरित्र हीन र अपराधी बेक्ती हरु लाई समरछन गर्ने पार्टी लाई आतंककारी को संज्ञा नदिई रहन सकिन्न.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 24

    • suman p shrestha

      मोहन भण्डारी जी तपाई हामी जस्तालाई माओबादी मात्र किन कसै ले मारे पनि केहि हुँदैन र गर्दैन पनि , चाहे कांग्रसी/यमाले ………………केहि हुँदैन, आफ्नो सुराच्या आफै गर्नु है …………………………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • bhandari kanchho Germany

      बन्धु जी ,
      प्रचण्ड को बोलि मा भरोसा गर्नु हुन्छ? हि हि हि
      बोलि गोलि र नाली नफर्कने गरि जानु पर्छ रे
      तर दाहाल बाजे बिहान यो भन्छन, दिउसो त्यो भन्छन ,बेलुका
      खण्डन गर्छन ,माफी माग्छन …..हुनत माफी माग्न सक्नु ठुलो कुरा हो तर
      शिरोमणि पगरी गुथ्ने गरि नै ,,,खै के खै के
      ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 7

  • Aakash Regmi, Kirtipur

    जे होस् प्रहरी लाइ उनि दोषी नै हुन् भनेर किटान गर्न सजिलो पक्कै भयो त्यसैले प्रशाशन लाइ चुनौती दिने लाइ छाड्नु हुन्न ,देशमा कानुन छ भनेर देखाउन पनि कालीबहादुर खाम लाइ मुटु नकमाई किन कारबाही गर्न पछी हट्नु हुन्न ,दोषी लाइ कारबाही गरियोस ,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 14

  • Rajesh-Ottawa,canada

    हुने खानेलाई कानुन लाग्दैन यहाँ,हामी जस्तो सोझो सिधा जनतालाई मात्र कानुन लाग्छ,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

  • sarun shrestha

    shame on those so called police and its admin, who promotes theft,robbery,smuggling by taking share from it. No surprise if police is even found taking the share from beggars..

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

  • sudarshan

    युद्द लडेका माओबादी कर्येकर्ता ले एती को धम्कि दिनु सामान्य हो , यिनी हरु त् आफु लाई के ठान्दछन भने , सबै नेपाली जनता माओबादी हुन् , हामी बाहेक यो देश मा अरु विचार धारा र सिद्दान्त भएका नेपाली नै छैनन् , संबिधान सभा मा ३० पर्तिशत मत ल्याएर हामी मात्रै नेपाली जनताका महान क्रान्तिकारी हौ, हामी ले गरेको हरेक अपराध पनि जन हित नै हो , नया नेपाल बनाएको पनि हाम्ले नै हो , राजा फालेर गणतन्त्र ल्याएको पनि हामी ले नै हो , पुलिस प्रशासन ले उल्टो हामी लाई स्यालुट हान्नु पर्छ , अरु सबै ले गरेको अपराध हो हामी ले गरेको जनकल्याण हो |

    पुलिस प्रसासन भनेको जनता बाट निर्बाचित निकाए ले बनाएको एउटा संरचना हो यो चुनौती पनि नेपाल र नेपाली जनताका लागि हो भन्दा फरक नपर्ला र कुनै दिन नेपाली जनता ले कालो मोसो दलेर नाङ्गो झार पार्लान याद राख !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 14

  • shreesh thapa

    प्रहरी र प्रसासनको यथार्थता खामले जनता सामु पस्किदिएका छन् तर मेरो बिचारमा खाम आफै पनि यसमा अछुतो रहन सक्दैनन् ……….

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

  • अव जनता ले भन्ने के? माओ बादी ले खाम हाम्रो सम्पर्क मा छैन भन्दै छ अनि खाम चाही दल को निर्देशनमा चाइनिज ब्यापारी लुत्दैछु भनेझै गरि भन्दै छ भने माओ बादीका नियत प्रष्ट छ |
    खाम को यस्तो अभिव्यक्ति ले साचो राजनीति गर्छन भने असार पर्छ , तर प्रचण्ड को झुण्ड लाई के को असर

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 9

  • manoj

    वाक्क लाग्छ,दीक्दार लाग्छ,यहाँ को नाटक देख्दा ,देश नै छोडेर जाउँ की?जस्तो पनी लाग्छ,जसले जे गरे पनी छुट छ,जसले जे भने पनी छुट छ,यो सरकार ,यी पार्टी हरु ,यी अपराधी हरू,के भन्ने खै ?नो कमेन्ट
    तर एक दीन त सबै ठीक होला नी?एक दीन त राम्रो होला नी ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

  • ujjwal shakya

    मित्र हरु
    कलि बहादुर जस्ता मान्छे ले यस्तो बोल्नु को मतलब हो यो देश मा नेता हरु नै रहेछ सबै भन्दा ठुलो गुण्डा.र गाली पुलिस प्रसासन लै देएको हैन हामी जनता लै दिएको हो.किन भने हामी ले नेता हरु लाई भोट दिएर यो देश को नेता बनाको हु . अब चै कै गर्नु पर्ला जस्तो भयो मित्र हरु.यो देश लै यो नेता हरु ले लुट्न सम्म लुट्यो र हेप्न सम्म हेप्यो. खाम लाई टूड़ीखेल मा लगेर गोलि हान्ने अनि यो देश को नेता हरु लाई अन्तिम पल्ट सावधान गराउने.न भए सधै नै जनता यसरि नै बस्ने.अब कुनै विकल्प छैन, अब जे गर्नु पर्छ हामी जनता ले गर्नु पर्छ त्यी भएर जनता हो अब जाग.जय नेपाल

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

    • suman p shrestha

      उज्ज्वाल्जी कहाँ हुनुहन्छ अहिले सम्म?नेपाल का नेता/ मन्त्रि जति सोझा भन्ठान्ने ? मेरी बाब्बाई……………..चप्पल लगाएर काठमाडौँ आयकाहरु ५/७ वोटा महल र पजेरो कहाबाट अयाहोलाता , ३० हजार तलबले ? हा हा के भनू ………….बिचरा ……………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

      • ujjwal shakya

        सुमन जे
        तपाई हास्नु भयो मलाई खुसि लग्यो,तर तपैले यो हासो हामीलै दिनु भाको हैन यो हासो त तपैले आफु ले आफै लै दिनु भाको हो.तपाई लै तह छ हिजो चप्पल लगाएर आको मान्छे ले आज ५ वटा पजेरो किन्यो भनेर तारिफ गर्दै हुनु हुन्छ अनि हास्दै पनि हुनु हुन्छ.तर कंह बाट आयो भनेर १ पल्ट जनता भाको नाता ले प्रस्न गर्नु भयो?अब यो कुरा को निर्णय हामी ले न गरे कसले गर्ने?कि तपाई पनि तय नेता हरु को कोइ आफ्नो पर्नु हुन्छ.हेहेहेहे .

        मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 2

  • Harke

    “अरु हत्याराहरुलाइ कारबाही भए म पनि कारबाही सहन आउछु….! अ. काली खामले आफ्नो अपराध स्वीकार गर्न यहा भन्दा के भन्नु ?”

    कालो त नेपाल सरकार, प्रहरी र माओबादी नेतृत्व (क. बलदेव, जसले खाम सम्पर्क बाहिर रहेको कुरा गरेका थिए) को अनुहारमा पोतिएको छ ! यिनीहरुले कहिले यो कालो धुने हुन् कुन्नि ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 128 Thumb down 8

  • Deven

    एस्तो लाछी, नालायक, हत्यारा त माओबादी सेना को कमान्डर रहेछ/ कसरि हुन्छ हो सेना समायोजन पनि / माओबादी ले एस्लाई तुरुन्तै पार्टी बाट निस्कासन गरेर, प्रहरी लाई सुम्पिनु पर्छ/ एउटा केन्द्रिएअ स्तर को नेता ले बोले को तेही हो पारा?

    यो सबै माओबादी को पतन हुने symtomps हो/ बाबुराम भट्टराई लाई अलग गर्नु, एस्तालाई पार्टी मा निरन्तरता दिनु, बिल्कुल पार्टी को लागि हित मा छैन/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 9

  • Gaju

    निरिह प्रहरी निकम्मा ग्रिहमन्त्री

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

  • pawan

    वाह प्रचंडे गर्ने रहेछौ तिमीले देशमा संबिधान को निर्माण पहिले आफ्नो अपराधी कर्येकर्ता लाइ कानूनी दयेरा मा त ल्याएर देखाऊ .अनि संबिधान बनाउने कुरा गर प्रधानमन्त्रि हुने सपना देख.तिमि ले देखाएको बाटो मा हिनेर तिम्र कर्येकर्ता सबै अपराधी भै सके अनि तिमि तिनिहरु लाइ सेना बनाउने कुरा गर्छु लाज लाग्दैन अपराधी हरु लाइ सेना बनौ भन्न. कस्तो निर्लज्ज मान्छे तिमि .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 10

  • Hem

    खाम जी ले भन्न खोज्नु भएको के हो? जब सम्म अरु हत्यारा हरु अदालत मा आउदैनन, म हत्यारा पनि अदालत जादिन भन्न खोज्नु भएको जस्तो छ | देश म कानुनि राज्य भएन भन्नु हुन्छ अनि आफै कानुन को पालनागर्नु हुन्न …तपैहरु जस्तो hypocrite हाम्रो देश लाई खाचो छैन नि …

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 6

  • Nilu

    फेरी कानून को कुरा……….. यो सबैलाई थाहा भएको कुरा हो / सबै ले देखेको भोगेको कुरा हो/ नेपाल एउटा एस्तो देश हो जहाँ कसैले पनि कानुन को पालना गर्दैन / हामी कोहि पनि कानुन को पालना गर्दैनौ /
    आफ्नो घर जग्गा बचाउन पार्टी लाई चन्दा दिएर, बच्चा लाइ राम्रो स्कुल मा भर्ना गर्न डोनेशन दिएर, आफ्नो काम (नियम ले मिल्ने ) गराउन सरकारी हाकिम लाई घुस दिएर मैले पनि कानुन मिचेको छु/
    हामी जिम्मेबार छौ यो सबै हुनु मा/ हाम्रो गल्ति छ/ अनि हाम्रो चलन डाका हरुलाई पुज्ने छ / मलाई थाहा छैन हामी किन डाका हरुलाई पुज्दछौ/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 86 Thumb down 3

    • ujjwal shakya

      nilu जी मैले तपाई जस्तो मान्छे कैले भेटेको थिएन,तपाई जस्ती हिम्मत भएकी मान्छे भेट्नु लै गारो हुन्छ.
      मलाई खुसी लग्यो तपाइले आफ्नो गल्ति स्विकार्नु भाको र मा पनि तपाई लै support गर्दै मा पनि आफ्नो गल्ति लै स्वीकार्छु.यो सब काण्ड हुन मा नेता हरु मात्र हैन हामी जनता पनि त्यति नै दोसी छोउ.हामी ले कै न बोलेको ले गर्दा नै यो नेता हरु ले मनपर्दो गरेर बस्सेको छ.

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

  • Anilk

    प्रहरी अनि प्रसासनको मुखमा काली बहादुरले गजबले थूकेचन…

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 125 Thumb down 11

    • sudip

      यो राम्रो गरेनन पनि लेख्नु भा भए राम्रो हुन्थियो हैन र?

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

      • Daya

        छोटो मिठो कुरो बुझ्नुहुन्न र सुदिप जी?

        मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes