प्रतिबन्ध लगाउँदा लगाउँदै ३० हजार नेपाली इराक पुगेछन्, सरकारलाई पत्तै भएन। प्रतिबन्धित देशका नागरिकलाई हटाउने भन्ने खबर मिडिया आएपछि हजारौँ नेपालीको रोजगारीप्रति सरकारले चासो देखायो र प्रतिबन्ध हटायो। अब नेपालीको पासपोर्टमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हट्नेछ। अब अवैधानिक रुपमा हैन, वैधानिक रुपमा नै इराक जान पाइने भएको छ। भन्नलाई त सरकारले नयाँ कामदारलाई खुला नगरेको भनेको छ। तर अवैध हुँदा त ३० हजार पुग्नलाई रोक्न नसक्ने सरकारले वैधानिक हुँदा कसरी रोक्न सक्ने हो! इराकबाट अमेरिकी सेनाको संख्या घटाउँदै लैजाँदा दलाललाई लाखौँ खुवाई धेरै कमाउने लोभमा इराक जानेहरुको स्थिति के होला? अमेरिकी बेसबाहेक अरु जोखिमयुक्त स्थानमा काम गर्ने नेपालीको भविष्य कस्तो होला?
इराकमा जान लगाइएको प्रतिबन्ध हटाउने सरकारी निर्णय कस्तो लाग्यो? अब सरकारले के गर्नुपर्ला ? आफ्नो विचार राख्नुहोला।
इराकबारे श्रम मन्त्रालयले बुधबार गरेको पाँच निर्णय-
१. नेपाल सरकारले भदौ १६ मा इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने।
२. नेपाली नागरिकका निमित्त जारी हुने राहदानीमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
३. प्रतिबन्ध हटेको जानकारी सहित इराकमा कार्यकरत नेपाली कामदारको सुरक्षा र उनीहरुको रोजगारीको निरन्तरताको निमित्त उच्चस्तरमा निरन्तर कुटनीतिक पहलको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
४. यसअघि इराकमा नेपाली कामदारलाई लगाउँदै आएको प्रतिबन्ध हटेता पनि नयाँ कामदार पठाउने सम्बन्धमा त्यहाँको सुरक्षा अवस्था नेपाली कामदाहरुको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति तालिम संस्थागत रुपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनको अर्थ लगायतको लागत खर्च बीमा लगायतको मापदण्ड निर्धारण भएपछि अनुमतिको नयाँ प्रक्रिया अघि बढाउने।
५. प्रतिबन्ध फुकुवा भएको निर्णय परराष्ट्र मन्त्रालयमार्फत इराक सरकार तथा अमेरिकी सरकारलाई जानकारी गराउने।
Related posts:












ईराकमा नेपाली कामदरहरु ज्म ४००० मात्र छन् ल नेपाली सरकारले
किन फुखुहा गरेको हो ,,,,फेरी पनी नेपाली हरु लाई काट्ने भयो
नेपाली सरकारले इराकमा जनाकोलगी फेरी रोक लाग्नु पर्यो l
मन परे हरियो, नपरे रातोः
0
2
सिर्जना जी,
इराक मा रहेका नेपाली दाजु भाई,दिदि बहिनि हरु प्रति चिन्ता ब्यक्त गर्दै !दिनु भएको सल्लाह सुझाब प्रति धन्यवाद प्रकट गर्दछु,!
बग्दाद (इराक)
मन परे हरियो, नपरे रातोः
2
0
है साथी हरुलाई नमस्कार छ किन कि विभिन्न प्रतिक्रिया लेखिएको पय्यो तेस्को लागि सबै साथी हरु मा धन्नेबाद छ / साथै नेपाल सरकार लाई पनि धेरै धन्नेबाद छ किनकि बाधा र अर्द्चन लाई फुकाई दिनु भएको मा यति ले मात्र पुरा हुँदैन सरकारको कम पुरा सरकारले अझ कुटनीति तरिकाले राम्रो सुरुक्ष्य बेबस्था मिलाएर बाहिर /बह्ये देश मा जनसक्ति बढौंन जरुरि छ यसै बाट देशको जनता साथै देशलाई आर्थिक सहयोग पुगेको देखिन्छा / हरेक देश मा अफुनो अधिकार देखाएर घुम्न पौने अधिकार उपलब्ध गराई दिने बारेमा सरकारले सहयोग को भूमिका खेल्दियेमा अति सहज हुने थियो सरकारलाई येही मेरो आग्रह छ !! तर अन्ने साथी हरुको प्रतिक्रिये देख्दा दुख लाग्छा किनकि आफनै देशमा खै जिउन सक्ने रोजगारीको अबशर खाली खोक्रो राजनीतिले र झुट्टो अस्वशंले एक छाक गरि खान समेत दिएको छैन तेसैले गर्दा बह्ह्ये देश मुलुक मा जनाबध्ये हो तर कोहि साथी हरुको प्रतियेक्रिये व्यक्त गरेको देख्दा दुख लग्यो पहिला को जस्तो नदोहोरियोस भनेर
मन परे हरियो, नपरे रातोः
3
0
नगर्दा पनि गरेन भन्ने, गरे पनि भएन भन्ने यो नेपालीको बानी हो र जस्ले जे भने पनि मर्नु बाच्नु भन्ने कुरा प्रकृति को नियम हो कालले जहाँ गएपनि छाड्ने
छैन, जे गरेको हो नेपाल सरकारले सहि गरेको छ कुनेइ सरकार आएपनि १ मन फल्ने जग्गामा १० मन फल्ने होइन यहि बिदेसमा बगाको खुनले त नेपाललाई सहयोग भैराखेको छनी यो कुरा बुज्नु पर्योनी हजुर किन अनेक कुरा लेक्नु हुन्छ
मन परे हरियो, नपरे रातोः
0
2
बल्ल सरकार को खोपडी मा बुढी पसेछा .यो निर्णय पहिले नै भएको भय सायद १२ नेपाली मर्ने थिएनन् .लुकेर जादा उग्रवादी को हठ परेको त होनी.
मन परे हरियो, नपरे रातोः
5
0
मनुजी तपाइले श्रम मन्त्रालय ले गरेको निर्णय प्रति जनाउनु भयको प्रतिक्रिया पत्र पत्रिका बाट पाएको भन्दा वास्तविक र सत्य तथ्य लग्यो | श्रम प्रतिबन्धित देश इराकमा अमेरिकी कम्पनीमा २० सौ हजार ,अनन्य कम्पनीमा लाखौ नेपाली कसरि पुगे कसरि पुरायिए ..? तिहां पुग्न नेपालीले के कति खर्च गर्नु पर्यो ..? देसमा रेमिटान्स भित्रिनु भन्दा पनि नेपालीको निम्ति कसरी हकहित पुर्याउने भन्ने तर्फ सरकार लग्नु पर्छ | सरकारले जुन निर्णय लियो त्यो निर्णयबाट पुन : भद्र १२ को जस्तो कहालीलाग्दो अबस्ता नदोरियोस | जतिबेला दोषी बा निर्दोस कतिपय म्यान पाओर कम्पनी हरु धोस्त भयका थीय जसको सरकारले संरक्षण गर्न सकेन र हाल पनि जनेलाइत् म दोस दिन चाहन्न तर जसले अनाब्सेक पैसा ली पठाए ति व्यक्तिलाई सरकारले कार्बाई गर्न नसकेकोमा म खेद प्रकट गर्दछु |
मन परे हरियो, नपरे रातोः
1
2
नेपाल सरकारले इराक माजान को लागि खुल्ला गरेको भने कुरा यो १ /२ जना नेपाली को कुरा सुनेर निर्णय गरेको हो ? यो भोलि गएर ठुलो समस्या हुने छ किन एस्तो हुन्छ भाने येहा बाट अमेरिकन आर्मी जाने क्रम जारी छ र अब को ४ मैना पछी धेरै नेपानी हरु घर जानु पर्छ किन नेपाल सरका ले येहा आउन को लागि खुल्ला गरेको हो त ? कतै ०६१ भदौ को जस्तो घटनाग गरुन खोजेको त होइन ? के छ येस्मा रहस्य ? अनि इराक मा जम्मा नेपाली हरु १०००० हजार छ हचुवा को भरमा ३०००० छ भनेर भनेको कुरा सुन्ने यो पनि नेपाल सरकार को नीति हुन सक्छ त ? येहा को सुरछया को बारेमा को जिम्मेवारी हुन्छ त नेपाल सरकार हावा को तल मा पनि इराक आउन खुल्ला गर्ने ? यो कुनै हलाद मा पनि हुन सक्दैन सोच गर्नु पर्ला अब येहा के छ सबै जादै छन् ? वीसा लाग्ने बितिकै के हुन्छा हेरुउ न यो गर्नु राम्रो कुरा होइन ?
मन परे हरियो, नपरे रातोः
1
0
के गर्नु रोजगारी को लागि भएपनि हामी नेपाली जान बाध्य छौ होइनर नेपालमा रोजगारी गर्नको लागि कम्पनी र कलकारखाना पर्यत्प्ता मात्रामा छैन नाझिकको मुलुक खाडी देश इराक मा लुकिछिपी हजरौनेपली एजेण्ड लाईलाखौ पैसादेर करोड्कामौने झिनोआशामा नेपालीहरु इराक पसेका छन् किनकि job राम्रोछ हुनत सबै राम्रो छ भन सकिदैन तरपनि आदिकम्सा सबैजसोको रोजगारी र सबै थोक राम्रो छ अमेरिकन बेस्क्यम्मा राम्रो बेबस्था छ आरु आउट बेस मा चै खासै भन सकिदैन विस नभएपनि इद भएको कर्ण बाट राम्रो छ
मन परे हरियो, नपरे रातोः
0
0
सिर्जना जी म न त पत्रकार हो न त्यो काम गरेको छु पहिले कहिले तर अहिलेको यो बिसय हाम्रो मात्रै नभयर सबै नेपालिको चासोको बिसय भएकोले आफुले देखेको र जानेको कुरा स्पस्ट राखेको मात्रै हो यसलाई जसले जसरी बुज्नु हुन्छा तेसै माथि भर पर्छ हामीले जे लेखेका छौ तपाइले अन्य साथि जो ईराकमा हुनुन्छा उहा संग बुज्नुस कसैले भन्छ हामीले गल्ति लेख्यौ भनेर भने हामि तेस्को जाबफ दिन तयार छौ सबैले बढाई चाड़ाई लेखेको कुरामा हामीले हाम्रो कुरा राखेको हो. अहिले ईराकमा बडीमा हदै भय १० हजार नेपालि हुनुन्छ यो मेरो व्यक्तिगत अनुभब हो किनकि म एउटा मेडिकल टिममा कार्यरत भएको हुदा प्रया गरेर ईराकमा रहेका सबै अमेरिकी बेस क्याम्प पुगेको छु र तेहा भयका मध्ये केहि साथि भाइ हरुलाई भेट्ने मौका पाएको छु तेसैले हामीले यो कुरा लेखाका हौ हामीलाई पनि हाम्रो नेपालि दाजु भाइले फेरी दुख भोग्न नपरोस भन्ने ध्यानले नै यति कुरा लेखना अभिपेरित गरेको हो सिर्जना जी , धन्यबाद
मन परे हरियो, नपरे रातोः
0
0
मनुजी हजुरको कमेन्ट पढेर केहि लेखन मन लगेओ ,हुनत अगुल्टाले हानेको कुकुर बिजुली देखि तर्संछा भनेझै भाको छ हामी नेपालीहरूलाई .जुन दिन हाम्रै १२ जना नेपाली दाजु भाइ ह्र्रूले जेआं गुमौनू परेओ यो सर्हाई मर्म्सप्र्स्य कुरा थियो .हुन पनि हो कसको पो मन थिरमा छर .आफ्नो मान्छे आफ्नै हुन्छ भनेझै इराकमा बस्नुहुने जति पनि नेपाली दजुभईहरू छन् ति सबै हाम्रै दाजु भाईहरू हुन् .यसमा कुनै संखा छैन .म यो चाहन्छूकी कुनै पनि हालतमा फेरी टो दिन भोग्नु नपरोस हामी सारा नेपालीले.अब k हुन्छ भनेर भगवानसँग प्रार्थना गर्नूभ्न्दा पनि सत्तेया k हो भुज्नू परिओ अनि छिट्टै कदम चल्ल्नू परेओ कसैले के भन्छन के के हो के के भुज्नाए सकिरको छैन .प्लिज मेरो के आग्रह छ भने पैसाको मात्रै मुख नहेरी आफ्नो जेआन्को पनि सुर्क्छित राख्नुहोला .पैसा बाचेर कमौनूप्र्छ .जिबनको लागि पैसा हो तर पैसाको लागि जिबन होइन् .मलाई पक्का विश्वास छकी कुनै पनि परिबारले जिबनको सट्टा पैसा चाहन्न र कुनै देशले पनि .तेसैले हाम्रो नेपली दाजु भाई हरू हो आफ्नू परिबर र आफ्नो देशको लागि भय पनि बच्नू पर्छा .र बचाउन पनि सिक्नु पर्छ .जताततै हल्ला सुनिन्छा कि इराकमा बस्ने नेपाली कर्मचारीहरूको अलपत्र /उनीहरूको नेपाल फिर्ता .यसमा अबसे पनि नेपाल सरकार अनि हामी सम्पूर्ण नेपालीले गहिरो सोछ्नूप्र्छा .यो याkजनको मात्त्रे दुखको कुरा होईन सबैको साझा दुखको कुरा हो /तेसैले यकले अर्को लाई दोस दिनू भन्दा पनि साचो हकिकत के हो बोझ्नो र बोझौनू परीओ /तेहाका नेपाली दजुभईह्रू पनि याक्जुत्त हुनु परिओ .किनकि हावा नचली पात हल्लिदैन कतै गहिरो कुरा पो लुकेको छ कि ?क्र्रिपाया तेह रहनु भयका नेपली दाजु भईह्रूले बुद्धि पुर्बक होसियार पुरेऔनू होला .
उही हजुरहरूको चेली (बहिनि/दिदि)
मन परे हरियो, नपरे रातोः
1
0
“”"इराकबारे श्रम मन्त्रालयले बुधबार गरेको पाँच निर्णय”"”
—————————————————————–
यसमा ५ बूदाहरु प्रस्ट संग लेखिएका छन् .
हाल त्यहा इराक मा कार्यरत नेपाली हरुको हितलाई लिएर यो निर्णय गरेको छ
सरकारले . जुन दिन बहुरास्त्रिया कम्पनीको मिति पुग्ला ( उनीहरु इराक छोड्लान )त्यो दिन देखि नेपालीहरु नेपाल फर्किने छन् .
आगोकै भुंग्रोमा त को नै हाम फाल्ला र ?! ( आत्महत्या बाहेक ) डेढ दुइ बर्स ( त्यो बहुरास्त्रिया कम्पनि रहुन्जेल ) काम गर्छन अनि फर्किन्छन .
साथ मा पैसा अनि मेहेनत नगरी फल पाइदैन भन्ने अनुभब लिएर फर्किएका नेपालीहरु लाइ स्वदेश मै पसिना रोप्ने – फलाउने – फूलाउने अबस्थाको सृजना होस्
भनेर सकारात्मक कामना गरौ .
मन परे हरियो, नपरे रातोः
8
2
अचानो मा सिर राखेर ,बन्दुक को नाल मा बस्दै कौडी जोड्न गरिएको सिनाजोरी
र आदत से मजबुर भैसकेपछि डेड दुइ बर्स मै मन भरिएला भनि गरिएको कबि आकाक्ष्या पुस्तक भित्र बन्द अक्षर हरु न उडे सम्म अल्झीरहने सम्भाबना हुदा
क्यालेन्डर को त्यो कुना देखि यो कुनो सम्म आइपुग्दा गलत नै हुन् सक्ने सम्भाबना छ है |
मन परे हरियो, नपरे रातोः
4
1
जातैं डोरी त अल्झेकै हो नफुकाउदा तुर्लुङ्ग झुन्डिने डर पनि कम् न भ र त बरु
फुकाउनु बेश भनि त्यो निर्णय भा को कुरालाई बुझ्नलाई त आफै त्यो गाठोमा अड्किनु पर्छा कि त्यो निस्सासिदो लाइ अनुभब गर्ने मन हुनासक्नुपर्छा .
बेफुर्सदिको सिजन खान फुर्सद नहुने बेला अक्ष्यर हरु लब गरेर होलिडे
मा छन् हावामा काबा खान – -
तुसारो रुदा अक्ष्यर हरु कबिता बनेर बर्सेलान – -
ऐले तुसारो पनि अन्धकार को देशमा होलिडे गा छ – -
सधै होलिडे को पो जान्छा र ! तुसारो म भन्दा बेशी रुन्छा मेरै शब्दसंग लडिबुडी
गरेर , त्यो बेला तिम्ले फुल्याउला है – -
मन परे हरियो, नपरे रातोः
3
3
प्रतिबन्ध ले विघटित भएका मन हरुमा निमेष को खुसि प्रवाहित भएपनि अन्त त् एउटा तिक्त क्ष्यण बिश्राम हुने हो कि भन्ने सोच ले भयवित अनुप्राणित निर्णय फेरी
दराज को घर्रा मा समाहित हुनुमा विजय श्री को अनुभूति आफैमा सहि हो कि आत्म हत्या बुझ्न सकिएन | पारितोसिक को भ्रम मा मुठे पिडा बहन हुन् सक्ने
सम्भाबना लाइ किन्चित महसुस न गर्नु यथास्तिती बादी को पुरानै रोग हो कि |
मन परे हरियो, नपरे रातोः
6
0
मनु जी,
साथै सहयोगी साथी हरु, तपाईं हरुको दिर्घकालिन सोच सत प्रतिसत जयेज छ!तर यो प्रतिबन्ध नेपाल सरकारले हटाएको हालमा कार्येरत नेपाली हरुलाई मात्र समेटेको छ!लगभग इराक मा कार्येरत ३०,००० नेपाली हरुको समस्या लाई मध्य नजर राख्दै प्रतिबन्ध हटाएको हो! दिर्घ कालिन असर र नेपाली हरुको थप सुरक्छया कोलागी थप कुटनीतिक हरु पहल गर्नु पर्ने हुन्छ !इराक बारे श्रममन्त्रालय ले बुध बार गरेको पाँच निर्णय मध्य सिरिएल नुम्बर चारलाई एक पटक फेरी नियाली हेर्नु होसत! जुन चार मा उल्लेखित कुटनीतिक पहल हरु नेपाल सरकारले अपनाएमा दिर्घ कालिन समस्या पनि हल्हुन्छ होला भन्ने लाग्छ ! धन्य बात!!!!!!!!!
खगेन्द्र लिम्बु इन्द्रपुर_४ मोरंग
हाल-सेचुरिटी कम्पनी,बग्धाद (इराक)
मन परे हरियो, नपरे रातोः
2
1
जनताको सुरक्षा गर्नु सरकारको कर्तब्य हो | इराक रहेका वा जाने नेपालीहरुको सुरक्षाको लागि थप कुटनितिक पहलहरु आवस्याक हुन सक्छन |
नेपालको सरकारका निर्णयहरु सस्तो लोकप्रीयता वा संकुचित राजनीतिक स्वार्थहरु द्वारा निर्देशित हुन्छन | जस्तो के केहि बर्ष अघिको नागरिकता वितरण अभियान | त्यसरी बैधाता प्रदान गरिएका कैयन नागरिकहरु आज बिखन्डनकारी जथ्थाका सेना बन्न पुगेका छन् |
अहिले सत्ताको होडबाजीमा व्यस्त सरकारले कुनै प्रारम्भिक अभ्यास बिना नै यो निर्णय गरेको हुन सक्छ | नेपालको सरकारले नत नेपालमै नेपालीको जीउधनको सुरक्षा गर्न सकेको छ; न बिदेशमा रहेका नेपालीको कुनै उद्दार | कथित् प्रतिवन्ध सुरक्षाको कुनै प्रभावकारी उपाय होइन; बरु अवसर हरुको बाधक मात्र हो |
मन परे हरियो, नपरे रातोः
5
4
हाम्रा देसका नेता
कोइ भर्खरै तोते बोलि पनि नफुटेका
कोइ सुतेको ठाउ बाट बाङ्ग पल्टन पनि नसकेका
कोइ दांत उम्रन लागेका
कोइ भर्खरै बोल्न सिकेका
यो बेले थ्यो बोले पत्तै नभका
कोइ क ख …र भर्खरै लेखन सिकेका
काले होला आली जननी बुज्नी युभा नेता औनी
मन परे हरियो, नपरे रातोः
4
0
होइन यो ईराक मा काम गर्ने हरु पनि कम्निस्ट हरु जस्तै दुइ धार मा छन् कि क्या हो ? कसैले भन्छन हामि अलपत्र परेउ नेपाल सरकारले तुरुन्त कदम चालोस भनेर ।कोही भन्छन हामि अलपत्र छैनौ हाम्रो परिवारमा गलत खबर नजवोस भनेर ये हो के हो ? यो ईराकी बासि हरुको चाहना ? हामि नेपाली जाहा रहे पनि आफ्नो पाखुरी खियाएर मेहिनत गरि २ पैसा कमाउन पाइओस् । अकालमा ज्यान गुमाउन नपरोस येही भन्छु है म हजुर के भन्नु हुन्छ त ?
मन परे हरियो, नपरे रातोः
4
2
I think govt should inform very clearly about the possible dangerous sitution to the people who want to go Iraq and still if the want to go iraq then they can go on their own responsibillity. Govt job is to give clear information, but can not go after each people.
मन परे हरियो, नपरे रातोः
4
3
कीन नेपाल सरकारले इराक आउन खुल्ला गरेको के आधार ? म पनि इराक मा नै छु फेरी पनि नेपाली हरु मर्ने विचार छ र नेपाल सरकारको यो समस्या हुन्छ नेपाल सरकार ले बेलैमा विचार गर्दा हुन्छ अनि ३० हजार नेपाली इराक म कुनै हलाद म पनि हुन सक्दिन ?
मन परे हरियो, नपरे रातोः
1
4
ये सर ईराक खुल्ला नहुदा त हजुर हरु पुग्नु भयो भने । हजुर हरु के तेहा मर्न जानु भएको हो ?होइन भने किन लेख्नु हुन्छ?म पनि इराक मा नै छु फेरी पनि नेपाली हरु मर्ने विचार छ र नेपाल सरकारको यो समस्या हुन्छ नेपाल सरकार ले बेलैमा विचार गर्दा हुन्छ । भनेर नेपाल सरकारले त पहिला नै नजा भनेको थियो केको लागि जानु भयो त ? अबो हजुर हरुकै लागि सजिलो होस् भनेर खुल्ला गर्दा पनि एस्तो कमेन्ट किन पो गर्न पर्यो हो ? मत अचम्म परे है अनि हजुर नी ?
मन परे हरियो, नपरे रातोः
10
0
यो निर्णय ले तत् काल त ठिकै गरेको देखिएता पनि भविस्य मा यस बाट पर्न जाने असर को बारेमा सरकार का पधादिकारी हरुले सोचेका छैनन्. प्रतिबन्ध लागेको ठाउमा जानु / अथवा पठाउनु …. दोसी को ? मोटो कमिसन लिएर इराक पुर्याउने हरु नेता कै दलाल हुनु पर्छ आज जागिर चट हुने अबस्ता आउदा दलाल ले नेता लाइ साम, दाम, दण्ड ,भेद प्रायो गरेर भएपनि यो गैर कानुनिलाई कानुनी बनाएका छन् , अब इराक तर्फ हुने मानव तस्कर लाइ कसै को बाप ले रोक्न सक्दैन,,,, अनि आउछ थामी नसक्ने समस्या,,,, तेती बेला नेताले एक अर्को माथि दोसारोपण गर्न बाहेक,,,, केहि हुने छैन,,,,,, देश मा कानुन को धज्जी उदाउने हरु को हाली मुहाली कायमै रहने भो….
मन परे हरियो, नपरे रातोः
4
0
हतार मा गरिएको निर्णय ले असर पक्कै पर्छ
मन परे हरियो, नपरे रातोः
2
0
यो एकदम गलत निर्णय भयो / कतै आर्थिक सहयोग प्राप्त गरेर त यस्तो निर्णय गरेन यो कामचलाउ माकुने सरकारको झत्ते मन्त्री आलम ले ?
मन परे हरियो, नपरे रातोः
2
1
के यो निर्णयले हाम्रा ३०००० दाजुभाई को जागिर जोगिन्छ त ? एदी तेसो हो भने सरकारको यो कदमलाइ सकारात्मक मान्नु पर्छ ! “जय नेपाली”
मन परे हरियो, नपरे रातोः
4
0
के यो निर्णयले हाम्रा ३०००० दाजुभाई को जागिर जोगिन्छ त ? जोगीदैन किन भने नेपाली हरु कम गर्ने अमेरिकी बेस मा हो इराकी हरु संग कुनै सरोकर हुदैन अब यो खुल्ला गर्नु को कुनै औचितेया छैन किन भने अमेरिकी आर्मी हरु आफ्नो देश फर्किदै छ तिनी हरु फर्के पछि यहाँ बस्ने नेपाली हरु पनि फर्किनु पर्छ अन्यथा जे पनि हुनसक्छ तेही कारण ले पनि नेपाली लाई नेपाल फर्काउन खोजे को हो तर २-४ जना दलाल ले मेडिया मा भन्यो भन्दै मा फिर्ता लिन न हुने हो अजब नेपाल को गजब कहाँ नि
मन परे हरियो, नपरे रातोः
1
0
ईराकको वास्तविकता, र यसले पार्ने दिर्घकालिन असर।
27 july 2010
हालसालैका केही दिनदेखी सबै संचार माध्यम लगायत सबैतिर चर्चाको बिषय बनेको ईराकबाट ३० हजार नेपाली फिर्ता समाचार, इराकमा काम गर्दै गरेका नेपालीको अपिल र नेपाल सरकारले लिन खोजेको रणनीति हेर्दा यसबाट पर्ने दिर्घकालिन असरको बारेमा कसैले नसोचेको देखिन्छ। आज मात्रै नागरिक न्युजमा प्रकाशित समाचार अनुसार नेपाल सरकारले ईराक प्रबेशमा नेपालीहरु माथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने आसय बुझिन्छ ।
प्रतिबन्ध फुकुवा गर्नु त आफ्नै ठाउँमा होला तर त्यो भन्दा पहिले नेपाल सरकारले स्थलगत अध्ययन गर्नु अती नै जरुरी देखिन्छ। हाल ईराकमा कर्यरत नेपालीहरुले अरु देशको तुलनामा राम्रो आम्दानी गर्दै आएको कुरा साँचो पनि हो । यसैलाई आधार मान्दै र यसैको भरमा मात्र निर्णय लिईयो भने त्यसले पक्कैपनि दिर्घकालिनरुपमा राम्रो सन्देश दिने देखिंदैन । अमेरिकी सेनाको सुरक्षित ब्यारेक भित्र कामगर्दै गरेका नेपालीहरुले अपिल गर्दैमा प्रतिबन्ध हटाईहाल्नु तत्कालको लागि राम्रो होला तर भविष्यमा यस निर्णयले फेरीपनि अर्को कहाली लाग्दो कालो भदौ १२ नदोहोरिएला भन्न सकिन्न । अहिले जतिपनि नेपाली कामदारहरु ईराकमा कर्यरत छन् ति सबै बहुराष्ट्रिय सेनाको बेस क्याम्प भित्र रहेर काम गर्ने गरेका छन् । त्यसैकारणले उनीहरु त सुरक्षित नै छन् तर यदि भोलीका दिनमा नेपाल सरकारले प्रतिबन्ध फुकुवा गर्ने हो भने नेपालमा भएको बढ्दो बेरोजगारी, अशान्ति र अस्थिर राजनीतिक अवस्थाले गर्दा ईराक आउनेहरुको संख्या अहिलेको तुलनामा निकै बढ्ने सम्भावना देखिन्छ । सरकारले फुकुवा गरेपश्चात अब आउने सबै नेपाली कामदारहरुले बहुराष्ट्रिय सेनाको क्याम्प भित्र मात्रै सुरक्षित तवरले काम गर्न पाउने हो भने त्यो त राम्रो कुरा नै हुन्छ तर सरकारबाट फुकुवा भएपछी बेसक्याम्प भित्र नभै ईराकका शहरहरुमा नेपालीहरुले कामगर्ने स्थिति आउँदा त्यो दिन निकै नै भयाबह हुने निश्चित प्राय नै छ ।
हामी सबैलाई थाहा नै छ कि ईराकमा सेनाका ब्यारेक भन्दा बाहिर शान्ति सुरक्षा कति प्रभावहिन छ भन्ने कुरा । यहाँका शहरहरुमा हरेक दिन जसो आत्मघाती कारबम बिस्फोट सहित सयौ मान्छेहरुले ज्यान गुमाउने गरिरहेका छन् र यस्तो ठाउँमा कामदार पठाउन खुला गर्ने हो भने अहिले नै हामीले भोलीको दिन्मा हुनसक्ने दुर्घटनाको चित्र स्पष्ट देख्न सक्छौ । दुई, तीन समुहमा बिभाजित भएर गृहयुद्द झेलीरहेको इराकमा यहिंका लाखौं स्थानियहरु बेरोजगार छन् भने ईराकीहरुको नेपालीलाई हेर्ने दृष्टिेकोण पनि अरुलाई भन्दा आक्रामक देखिन्छ । सामान्य काम गर्न आउने ईराकी हरुको भेटघाटमा उनीहरुले हामीसँग गर्ने ब्याबहार र कुराकानीबाट पनि प्रस्ट हुन्छ की बाहीरी मुलुकका कामदार प्रति ईराकी ज्यादै रुस्ट छन् जुन स्वोभाबिकै पनि हो । आज पनि कयौं ईराकीहरु भोक भोकै सुत्न वाध्य छन् भने बाहीरी कामदारहरु ले यहाँबाट लाखौं डलर कमाई राखेका छन् । त्यसमाथि पनि नेपालीहरुसंग ईराकीहरु दोश्रो विश्वयुद्ध देखिनै धरै रुष्ट रहेको कुरा हामीले यहीं आएर सुनेको कुरा हो। दोश्रो विश्वयुद्द ताका होस् वा अहिलेको अमेरिकी हमला ताका होस् ब्रिटिश गोर्खा सैनिकद्वारा भएका विध्वंसकारी हमलाबाट इराकीहरुको नेपालीलाई हेर्ने दृष्ट्रिकोण पनि निकै फरक पाईन्छ भन्छन्न्छ जानकारहरु। तर हामीले सुनेका कुरामा ब्रिटिश गोर्खा सैनिकले युद्धकालमा ईराकको बासारा लगायतका कैयौ ठाउँहरुमा गाउँ नै ध्वस्त पारेका कुरा ईराकीहरुकै मुखबाट सुन्ने गरिन्छ। यी त भन्ने र सुन्ने कुराहरु भए तर यथार्थमा पनि इराकमा तत्काल प्रतिबन्ध फुकुवा गर्नु उचित छ वा छैन भन्ने कुरामा सरकारले ध्यान पुराउनु पर्ने कुरा हो। यो कुरा साँचो हो कि यहाँ ३० हजार हाराहारीमा नेपालीहरु कार्यरत छन् ,तिनै मध्यको म पनि एक हुँ । यहाँ म संगै मैले काम गर्ने कम्पनिमा ६० प्रतिशत नेपाली कार्यरत छौ, एक अमेरिकन प्राइभेट मेडिकल कम्पनीमा प्रसाशन तथा स्वास्थ्य बिभागमा कार्यरत छौ हामीहरु । मानिस स्वभाबैले स्वार्थी हुन्छ र यो कुरा सत्य जस्तै पनि लाग्छ । मलाई पनि तत्काल नेपाल फर्किनु मन छैन तर अहिलेको हाम्रो स्वार्थले गर्दा पछि आउने नेपाली दाजु भाई, दिदी बहिनी ले दु:ख पाउनु भएन भन्ने नै हाम्रो प्रमुख उदेश्य हो।
कतिलाई लाग्ला की ‘हामी त यहाँ आइ पुग्यौं अब अरु नआउनु’ भन्ने चाहन्छन् वा यहिं भएका साथीहरुलाई लाग्ला ‘आफुहरुलाई पुग्यो होला अनी त्यस्तो भन्छन्’ भनेर तर हामीले यस्तो अबस्थामा नीजी स्वार्थ भन्दा पनि सामुहिक स्वार्थ वा त्यसको दीर्घकालिन असरको बारेमा सोच्नु नै एउटा सचेत नेपालीको कर्तब्य हो । अहिलेको अबस्थामा हेर्दा अब बहुराष्ट्रिय सेनाको क्याम्प भित्र काम गर्ने कामदारहरु यहाँ बस्न पाएभने पनि बढीमा २०११ को डिसेम्बर सम्म ईराकमा कार्यरत रहने पक्का पक्की छ, किनकी आमेरिकी सरकारले आफ्ना सेना २०११ को डिसेम्बर सम्ममा सबै फिर्ता गर्ने पूर्व घोसित कार्यक्रम अन्तर्गत यही अगस्टमा भारी मात्रामा सेना कटौती गर्ने कार्यक्रम रहेको छ । त्येतिबेला पनि धेरै कामदार घर फर्किने छन् । त्यसैलेपनि सरकारले आफ्नो कुटनैतिक सबन्ध स्थापना बेगर र स्थल गत अध्ययन बिना नै ईराकमा जानकोलागि आफ्ना नागरिकहरु माथि लगाईएको प्रतिबन्ध फुकुवा गर्नु कति प्रभाबकारी होला ? यस्तो निर्णय लिनु भन्दा अगाडि नेपाल सरकारले गम्भिर रुपमा अध्ययन अनुसन्धान गरि प्रभाबकारी निर्णय लिनु नै राम्रो र सम्पुर्ण जनताको हितमा हुने छ । अर्को कुरा ईराकमा रहेका नेपालीहरु अलपत्र भनेर लेखिएका समाचार अनी सरकारले उद्दार गर्न तयार भनेर जे जति समाचार मिडियामा आएका छन् र हामीले यहीं इराकमा रहेर जे भोगेका छौ त्यो सबै कुराहरु हेर्दा अहिले यहाँ जे जति नेपाली काम गरिरहेका छन् ति सबै कुनै न कुनै सम्बन्धित कम्पनीमा अनुबन्धित भएर काम गरिरहेका छन् र कोहिपनि नेपालीहरु अलपत्र छैनन् । जे जति नेपालीहरु नेपाल फर्कैदै छन् वा फर्काइने क्रममा छन् तिनीहरुलाई सम्बन्धित कम्पनीहरुले स-सम्मान आवस्यक काग्जात सहित जहाज टिकटको ब्यवस्था समेत गरिदिएर फर्काएका छन् । यहाँ आउने नेपालीहरु नेपाल सरकारबाट अबैधानिक तवरले आएतापनि यहाँ काम गर्ने स्थान आमेरिकन सेनाको ब्यारेक भित्र बैधानिक रुपमा नै हुँदै आएको छ तथा यहाँ पाउनुपर्ने सबै सेवा सुबिधा पाउँदै पनि आएका छन् । त्यसैले हाल विभिन्न मिडियाहरुमा आईरहेका नानाथरि समाचारहरुमा “ईराकमा नेपालीहरु अलपत्र” भन्ने समाचार बिल्कुलै निराधार छन् र यस् खालको समाचारबाट यहाँ कार्यरत नेपालीहरुको घरपरिवार सम्म गलत सन्देश नपुगोस भन्ने हाम्रो चाहाना पनिहो।
मनुक्षेत्रि,मेरोस्याङजाडटकमईराक
सहयोगीहरुमा,
लक्ष्मणतितुङ,धर्मराजखड्का,र,बिरेनगुरुङ
क्याम्पलिबर्टी
बग्दाद ईराक
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
0