मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आत्महत्या नगर्नुस् है प्लिज

    आदरणीय सभासद ज्यूहरु

    कृपया आत्महत्याको प्रयास नगर्नुहोला। नयाँ प्रधानमन्त्री को बन्छ भन्ने अड्कलबाजीमा व्यस्त रहेका बेला हामीले नेकपा मालेकी सभासद शारदा नेपालीले गरेको आत्महत्याको प्रयासमा खासै ध्यान पुर्याउन सकेनौं। तर पनि तपाइहरुलाई पुरै वेवास्ता गरेको भने होइन। केही टेलिभिजन र दैनिक पत्रिकाहरूले सभासद नेपालीको आत्महत्याको प्रयासलाई समाचार बनाएका पनि हुन्। त्यत्ति हो उहाँको मनोदशाको विश्लेषण कतै पढ्न, सुन्न र हेर्न तपाइहरुले पाउनुभएन। त्यसैले म त्यस्को जमर्को गर्दैछु।

    नेपालमा आजभोलि सबैभन्दा गाली गरिने कोही छन् भने त्यो तपाइँहरु नै हो, ६ सय १ सभासद्। हरेक चोक, चिया-पसल, भेटघाट, बैठक, सेमिनार, ब्लग, फेसबुक, टिवटर, पत्रपत्रिकामा छापिने लेख, टेलिभिजन, रेडियोमा प्रसारित हुने समाग्रीका कहिले धेरै त कहिले थोरै स्थान तपाई सभासदहरुलाई गाली गर्नमा खर्च भएका छन्।

    ‘६०१ ले देशलाई जुकाले जस्तो चुसेका छन्। यिनको सबै तलब भत्ता फिर्ता लिनुपर्छ। बेलामा सविधान दिन नसक्ने सभासदलाई खुलमामञ्चमा सिस्नो पानी लगाउनुपर्छ।’ हामीले यी भन्दा धेरै तल्लोस्तरका प्रतिक्रिया पनि व्यक्त गर्छौ।

    यस्तो अवस्थामा तपाई सभासदको मनमा कस्तो कुरा उब्जिन्छ होला ? सभासदहरुले हरेक घर, चोक-गल्ली र जहाँ जाँदा पनि यस्ता कुरा सुन्ने, पढ्ने भएपछि तपाइहरुले के सोच्नुहुन्छ होला ? कतै नेकपा मालेकी सभासद शारदा नेपालीको आत्महत्याको प्रयास यस्ता प्रतिक्रिया माथि कायरतापूर्ण जवाफ हो कि ? भन्ने पनि लाग्छ मलाई।

    सभासद नेपालीले सञ्चारकर्मीलाई बताएअनुसार पारिवारिक असमन्जसता, राजनीतिक अकर्मण्यता र पार्टीबाट दिइएको दबाब आत्महत्या प्रयासका कारण हुन्। यी कारणमाथि एकछिन छलफल गरौं।

    एक जना सभासदहरुले पाउने तलब भत्ता भनेको मासिक करिब ६० हजार रुपैयाँ हो। यसभित्र तलब बाहेक घर भाडा, स्वकीय सचिव, पत्रपत्रिका भत्तासमेतका खर्च पर्दछन्। अधिकांश सभासदले त्यसको आधा भन्दा धेरै रकम पार्टीलाई बुझाउन पर्छ। सभासद नेपालीको पार्टी मालेको सविधानसभामा ९ सभासद छन् र तिनीहरु सबैले कम्तिमा पनि मासिक २५ हजार रुपैयाँ पार्टीलाई बुझाउँछन्।

    नेपालीका अनुसार उहाँका श्रीमानले सभासद नेपालीको नामै ६० हजारे राखिदिएका थिए। पटक पटक भेट हुँदा श्रीमान्ले त्यत्रो रकम कहाँ खर्च गर्छेस् भन्दै पैसा माग्ने गरेका थिए। काठमाडौमा सभासदको बसाई निकै महंगो हुन्छ। सानो फ्लाट पनि मासिक ७/८ हजार भन्दा कम रुपैयाँमा पाइदैन। सभासद भइसकेपछि भेट्न आउने कार्यकर्ता, आफन्त सर्वसाधारणको लस्करै हुन्छ। रोजगारी चाहियोस् कि कसैलाई स्वास्थ्य उपचार गर्न परोस् मोफसलबाट राजधानी आउनेहरुको आफन्त काठमाडौंमा छैन र तिनले सभासदलाई चिन्छन् भने तिनको बास र गाँसको व्यवस्था सभासदले गरिदिनुपर्छ।

    जनप्रतिनिधि भएकाले जनताको सुख दुःखमा साथ दिनु सभासदको कर्तब्य पनि भयो। पार्टी समर्थक, कार्यकर्ता र भोटर आउँदा मैले पाल्न सक्दिन भनेर उम्कन मिल्दैन। कतिपय अवस्थामा आफ्ना समर्थकलाई स्वास्थ्य उपचार गराइदिएर, बाटो खर्चसमेत दिएर घर पठाउन कर लाग्छ। नभए अर्को चुनावमा नउठे पनि हुने मात्र होइन अहिले नै पनि गाउँ जान मुश्किल पर्छ। अझ प्रत्यक्ष निर्वाचित सभासदहरुको स्थिति त यसमा झनै दयनीय हुन्छ। चुनावका बेला आफ्ना लागि दिन रात नभनेर खट्ने कार्यकर्ताहरु नै सैयौं हुन्छन्। उम्मेदवारहरुले अनेक वाचा र बन्धन आश्वासनमा भोट मागेका हुन्छन्। विजयी भइसकेपछि गाउँमै पुगेर ती आश्वासन पुरा गर्ने तथा आफ्ना समर्थकलाई सहयोग गर्नुपर्छ। विविध कारणले गाउँ जाने क्रम कम भइहाल्छ र गए पनि सबै ठाउँमा पुग्न सक्दैनन्। त्यस्तो बेलमा राजधानी नै आएका आफ्ना भोटरलाई सहयोग गर्न सकेनन् भने तिनले अर्को चुनावमा प्रतिस्पर्धा गर्ने कल्पना नगरे पनि हुन्छ।

    यस्तो अवस्थामा सभासद नेपालीको हात पर्ने मासिक ३०/३५ हजार रुपैयाँले कति सम्म धान्दो हो। सभासदका नाताले विद्यालय, स्वास्थ्य संस्था, क्लब, पुस्तकालयसहितका सामाजिक कामका लागि कतिले चन्दा माग्दा हुन्। ६ सन्तानकी आमा नेपालीलाई छोराछोरीको दायित्व पनि हुँदो हो। त्यसैले अन्य आम्दानीका स्रोत नभएका र भ्रष्टाचार गर्न नजानेका तथा नचाहने सभासद आर्थिक रुपमा असाध्यै कमजोर अवस्थामा हुन्छन्।

    सभासद नेपालीले आत्महत्याको प्रयास पछाडि पारिवारिक असमन्जसता भने पनि आर्थिक पक्ष एउटा कडी हुनुपर्छ। त्यसबाहेक नेपाली समाजमा एकजना महिला घरबाट बाहिरिएर रोजगारी वा राजनीतिमा हिंड्दा एक वा अर्को बहाना झिकेर पुरुषले शंका व्यक्त गर्ने गर्छन्। सभासद नेपालीले आफूलाई पनि श्रीमान्ले शंकाको नजरले हेर्ने, पटक पटक त्यस्ता आशय व्यक्त गर्ने र लाञ्छना लगाउने गरेको बताउनु भएको छ। समस्त देशबासीको भाग्य निर्माण गर्ने भनिएको सविधान बनाउने लक्ष्य लिएर आएकी सभासद त्यस्ता शंका र लाञ्छना भित्र बाँच्नुपर्दा उहाँभित्र उठ्ने भावनाका कल्पना गर्न सकिन्छ।

    सभासद् नेपालीले आत्महत्याको अर्को कारणमा राजनीतिक अकर्मण्यता बताउनु भएको छ। दुई वर्ष भित्र सविधान लेख्ने भनेर आउनु भएका तपाइहरुले सविधान लेख्न नसकेपछि तपाईहरुलाई हामीले जनस्तरबाट असाध्यै धेरै गाली बर्साएको हो। अझ त्यसमाथी पछिल्लो चरणमा सरकार निर्माणसमेत गर्न नसकेपछि जनताबाट तिरस्कृतका रुपमा तपाई सभासदहरु चित्रित्र हुनुभएको छ।

    चाहेर पनि सभासद एक्लैले केही गर्न सक्ने होइन। त्यसमाथि पार्टीमा न पकड भएका, न आफ्नो बुद्धि विबेक नै सविधानको धारा नै केलाउन सक्ने क्षमता भएका सभासदहरुको कस्तो विलखबन्दमा हुनुहुन्छ होला। सभासद नेपाली जस्ता निरक्षर सभासदका लागि सविधानसभाको भवन पक्कै पनि बोझिलो छ। जस्को भारी उनीहरु बोक्न सक्दैनन। सबै मिलेर उचाल्ने प्रयास हुँदा सभासद नेपालीहरुले होस्टेमा हैसे भन्दै हात बढाउने मात्र हुन्। यस्ता कुराबाट सभासदका मनमा कस्तो भावना उठ्दा हुन्। त्यसकारण आत्महत्याको प्रयास पछाडि राजनीतिक अकर्मण्यता पक्कै कारण हो।

    सभासद नेपालीले व्यक्त गरेको पार्टीभित्रको आन्तरिक कारण भने सभासद नेपाली बाहेक अरु सभासदका हकमा कमै लागु होला। पार्टी महासचिव तथा संसदीय दलका नेता सिपी मैनालीले आफ्नो राजिनामा मागेको उहाँले बताउनुभएको छ। सभासद नेपालीका अनुसार अर्कै व्यक्तिलाई सभासद बनाउन भन्दै राजिनामा मागिएको थियो। नेता मैनालीले सभासद नेपालीसँग राजिनामा नमागेको सार्वजनिक रुपमा बताइसक्नु भए पनि सभासद माथि पर्ने पार्टी नेतृत्वको दबाबको कल्पना यहाँ गर्न सकिन्छ। सभासदहरुलाई पार्टीले दिने दबाब एक ठाउँमा छ, त्यसबाहेक दलित, महिला, जनजाति, पिछडिएका क्षेत्रका सभासदहरुको आफ्नै समूह छन्।

    एक जना थारु सभासदलाई स्वायत्त मधेश एक प्रदेश मन नपरेको हुन सक्छ तर पार्टीको नारा भन्दै ऊ त्यो निर्णयको तनाव लिएर त्यसको पक्षमा वकालत गर्दै हिडिरहनुपर्छ। संघीयता मन नपर्ने कति सभासद हुनुहोला तर पार्टीको निर्णय मान्नै पर्ने वाध्यतामा तपाई सभासदहरु हुनुहुन्छ। जनजातीलाई दिइने भनिएको अग्राधिकारले अरुको अधिकार हनन गर्छ भन्ने बुझेका सभासद हुनुहुन्छ होला तर आफ्नो समूहको माग भन्दै त्यस्को पक्षमा मत व्यक्त गर्दै हिडिरहने सभासदहरु हुनुहुन्छ।

    यस्ता धेरै तनावै तनावमा बाँचेका तपाई सभासदहरुले आफूलाई धैर्यवान र सन्तुलित बनाउन सक्नु भएन भने अरु सभासद पनि नेपालीको बाटोमा लिन सक्नुहुन्छ। तर आफ्नो मनलाई दरोसँग बाध्नुहोस्। बेलैमा सविधान र सरकार निर्माणका लागि पार्टीभित्र अनेक दबाब सृजना गर्नुहोस्। आफूलाई लागेका कुरा विभिन्न माध्यमबाट व्यक्त गर्नुहोस्। लाछि बनेर जीवन नै बरबाद गर्न नलाग्नोस्। सोच्नुस् त तपाईका जनताका झन् कति धेरै दुःख छन् र पनि बाँचिरहेका छन्। तपाइ सभासदका पीडा पनि हामीले बुझेकै छौ।

    धन्यवाद, तपाइहरु सबैको भलो होस्। समयमै काम सम्पन्न होउन्।

    उही तपाइँका नेपाली जनता मध्येका एक

    दीपक भट्टराई

    No related posts.

    56 comments to आत्महत्या नगर्नुस् है प्लिज

    • विकल

      सभासदले आत्महत्या गरेको कारण जे भए पनि नेपालमा पार्टी ले व्हिप जारी गरि सभासद हरु लाई जबर्जस्ति निर्णय गर्न लाउने चलनले पार्टी भित्र नै असन्तुस्टी बढाई पार्टी लाई नै खोक्रो बनाउने कुरा निश्चित छ | तर यस्तो प्रचलन को अन्त्य गर्ने सुरुवात पनि सभासद ले नै गर्नु पर्दछ | जब सम्म पार्टी भित्रै प्रजातन्त्रको अभ्यास हुदैन तबसम्म देशमा प्रजातन्त्र आउछ भन्नु सपना मात्रै हो | न त यसरी बनेको संबिधान नै उपयोगी हुन्छ, किनभने जबसम्म प्रत्येक नेपाली स्वतन्त्र हुदैन तबसम्म कहिँ न कतै बिद्रोह जन्मी नै रहन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Prasad Lamichhane

      ये अझै ५९९ जना त बाँकी नै छन् नि मर्न ? एउटा मरेर केको समस्या को समाधान हुने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • ऋषि

      सभासद भनेका animal farm भन्ने किताब का भेडा हरु हुन्. (यो किताब पढ्न रमाइलो छ नपढेको भए पढ्न सल्लाह दिन्छु). गोठालो ले जे भनेपनि भ्या गर्ने. तेत्तिकै लागि चुनिएका हुन् यिनीहरु. सभासद लाई मन परोस नपरोश, उनीहरु लाई स्वतन्त्र बोल्ने अधिकार छैन किनकि नेपाल का कुनै पनि पार्टी डेमोक्रेटिक होइनन. उनीहरु सबै डेमोक्रेसीको नाममा राजनीति गर्ने तानाशाह हुन्. ज्ञानेन्द्र देखि प्रचण्ड माकुने देखि कमल थापा तुलसी गिरि देखि देउबा सबै एउटी करेशा का मुला हुन्. जब सम्म सभासदले स्वतन्त्र बोल्न पाउदैन तबसम्म देशमा वाक स्वतन्त्रता छ भन्ने भान मात्रै हुन्छ. यस्तो प्रजातन्त्र के को प्रजातन्त्र.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 2

      • ऋषि rishi

        नमस्कार है …
        तपाई क कुरा राम्रा लागे . येहा २ जना ऋषि भैयो ….. तपाई र मेरो identity औतई भएपछि कसको धारणा के भन्ने मा अन्योल होला जस्तो छ . म rishi नाम बाट कमेन्ट गरुला अब देखि….
        तपैले मलाई चित्त नाभुजेको औता राम्रो सन्दर्भ निकाल्नु भयो … पार्टी ले व्हिप जारी गर्नु कुनै पनि हालत मा प्रजातान्त्रिक हैन … जनता ले पार्टी मात्र नभनेर व्यक्ति लै हेरेर पनि vote हालेको हुन्छ …. तेस्तो अवस्था मा व्हिप जारी गरेर सभासद लै बोल्न नदिनु भनेको जनता को बोलि लै दबाएर तेस्को नाम मा पार्टी नेत्रित्वो को बोलि साट्नु हो …..व्हिप बाट जारी भाको decision कुनै पनि रुपमा त्यस पार्टी ले पाको vote represent गर्दैन . Democracy को spirit सबै सभासद लै आफ्नो vision अनुसार निर्णय गर्न दिनु हो …..

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Nabeen Dhakal

      धरै पछि एउता राम्रो लेख पढ्ने मौका पाए धरै धरै धनायाब्द तपाई लै आशा गर्छु फेरी फेरी बिस्लेशन गरिएको एस्तो लेख पढ्न पाउ……

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Jillabashi Baburam

      सभासदहरु हात्तीका देखाउने दाँत मात्रै!

      चपाउने दात चाहिं मुख्यत: चारोटा पार्टीका केन्द्रीय समितिका
      मुट्टीभरका टाउकेहरु!
      यी टाउकेहरु बुढा गोरुजस्तै!
      न जोत्ने, न त बहर नै! न त सक्षमलाई नजिक पर्न दिने!
      यिनीहरुलाई त्रिशुल रातो हुनेगरी
      तताएर टुडिखेलमा लगेर डाम्नु पर्ने टाउकोमा!
      अनि ति डामिएकाहरुको जोत, पोत सदाका लागि बन्द हुने पर्ने!
      लौन हो तरिका निकालौं, यी निकम्मा गोरुहरुलाई डाम्ने!

      सभासद्को काम चाहिं २५-३० हजार लेवी बुझाउने, अनि
      पार्टीले सिठी बजाएपछि गएर ल्याप्चे लाउने!

      अहिले त त्यो ल्याप्चे लाउने काम पनि बन्द!
      खालि बस्दै उडाउदै गर्ने देशको ढुकुटी!

      हरे, यस्तै हो भने त देश जिम्बावे जस्तै हुन्छ, देशको मुद्रा खोस्मेरा बराबर
      हुने छ- एक कप चिया पिउन एक हजारको नोट लिएर जानु पर्ने!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • ashish thapa

      नेपाल को जय भुडी भनेको यहि हो !!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • विवश

      यस्तै हो हजुर नेपालका नेताहरूको बुद्धि। बुद्धि भएका भए नेता नै कहाँ हुन्थे अनि सभासद पनि? जनतालाइ गुमराहमा पारेर जनताकै पसिनाबाट तिरिएका करहरूमाथि जंगली सिंहले जस्तै सिैहासनमा बसेर राज गर्थे र? छाडिदिउँ यस्ता भतुवा नेपाली जस्ता सभासदहरूलाइ । विचरी पढ्ने बेलामा गाउँमा दोहोरीसँगै ठिटाहरूसँग लट्ठियर हिडिन होला अनि सानैमा झ्याइ पनि पारिन्, अहिले ६ ६ जना बच्चा पाएर आत्महत्या गर्न तम्सनेलाइ के भनेो र खोइ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Cesar

      दोस नेतामा हैन, हामीमा छ | अब येही जनताहरु (हामीहरु) ज्ञाने आउ देस जोगाऊ भन्छन | हेर्दै जानुस |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Kisan

      ६०१ पार्टीका पक्का गोठाले हुन् र ति गोठालेले पालेका भेडा बाख्राहरु कति गुना छन् ? ले नेपाल भन्ने गरिब देश चुसेका छन् र अझै चुसी रहने छन्, कुनै संका? एउटा निरिह राजालाई त बडो जोडतोडले हटाए अब यी ब्वाँसा हरुलै कहिले हटाउने, हतौना सकिएला? प्रिथिबी नारायण बिर विक्रम शाहले बनाएको यो देशमा गान्धी र मौस्तेतुंग को खेल मैदान भएको छ ! नेपाली जनताले अजब देशको गजब तन्नेरी खेलाडी पाएका छन् येस्ता खेलाडी लै तलतिर बगाएर मास्तिर खोज्नु पर्ने बेला ढिलो भैसकेको छ !
      कमुनिज्म को अर्थ हुन्छ देश विकास पछिको प्रजातन्त्र र प्रजातन्त्र को अर्थ हुन्छ प्रजातन्त्र पछिको कमुनिस्ट कानुन लागु गर्नु! हाम्रा महान अति महान नेताहरुको ब्याख्या अति ब्याख्या सुन्दा हाँसो पनि उठ्छ र रिस पनि ! नया नेपालको पोका क्या नराम्रो धोका हामि जनतालाई !!! मोज गर्न सम्म मोज गर्न देउ यी ६०१ गोथालेलाई, सुगर र दिबेतिज ले ग्रस्त परे पछी चेत आउनेछ !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

      • minti

        हो हो यीनीहरु पक्का गोठाला त हुन् जुकापनि हुन् अनी भेडा बाख्राहरु लाई चुसी चुसी मार्न थाले, तर पनि यी बाख्राहरुलाई बुद्धी पलाउन्दैन !!

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • dinesh (USA)

      दीपक जी अहिलेको समयेअनुकुल, सान्दर्बिक लेखको लागि जोरदार ताली अनि अरु पढन पाउने अपेक्छा गर्दछु !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • GAP

      मान्छे हरु को कमेन्ट पढ्दा त यस्तो लाग्छा कि नेपाली हरु को त दिल र दिमाग नै हुदैन जस्तो छ, पैसा भने पछी के सारो राल काढेका होलान, मान्छे लाई संबिधान नबनेको मा भन्दा पैसा खर्च भाको मा पो पिर छ यार, कति सारो छुचो जाति

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 14

    • ऋषि

      मेरो धारणा राखुम है .. मिल्यो मिलेन भन्नु होला…
      हाम्रा नेताहरु किन बिदेशी को अगाडी झुकी राखेका छन् … कारणहरु
      १. सत्ता प्राप्ति .
      २. राजनीतिक जीवन बिदेशी हरु को निगाहा मा भाको ले खत्तम हुने डर.
      ३. बिगत का काला कर्तुत हरु बिदेशी ले बाहिर नैकल्लन भन्ने डर .
      र यस्तै अरु ….
      human behavior हो … डर र लोभ मा मनिश बिक्नु अचम्म हैन .

      अब हेरुम बिदेशी किन दवाब दिदैचन त :
      १. नेपाल को resource सस्तो मा पैरखेका छन् .
      २. भू – राजनीतिक स्थिति को कारण नेपाल मा हुने सरकार ले उनीहरुको interest serve गर्छ.
      र येस्तई अरु

      अब एस्लाई येसरी visualize गरम ….
      हाम्रा नेता र सभासद लै औता डोरी को बिचमा बाधिएको छ . औता छेउ बिदेशी ले तान्दै छन् अर्को छेउ हामी नेपाली जनता ले तान्दै छौ .
      ऐले को स्थिति मा बिदेशी को दबाब बेसी छ ..तेसैले नेताहरु विदेश पट्टि जुकिरखेका छन् …

      अब हेरुम नेपाली ले किन दबाब दिने :
      १. यो हाम्रो देश हो.
      २. हामी र हाम्रो सन्तति को भविस्य हामीलाई चिएको छ .
      ३. हामी कसैको दाश हैन …
      र येस्तौ धेरै …

      अब भन्नुस कसको interest बेसी छ त …बिदेशी कि नेपाली को ? पक्कै पनि नेपाली को …
      तेसो भए हाम्रो दबाब किन कम ….डोरी मा हामी ३-४ करोर को दबाब खै त ….
      human nature हो …हामी ले बिदेशी भन्दा बेसी दबाब देऔ भने नेता हरु हामी तेरा झुक्ने छन् …तर कस्तो दबाब? बिदेशी को निगाहा बिना सत्ता पैदैना भने डर छ भने … नेपाली को निगाहा बिना जिउन पैदैना भन्ने डर हुनु पर्यो … हाम्रो दबाब बिदेशी भन्दा धेरै हुनु पर्यो….

      जब दुवै छेउ बाट power लाग्छ … friction create हुन्छ … जो नेतामा लोभ लालच छैन ..”nothing to loose ” state मा छन् तिनीहरु करियेर stateman भएर निस्किने छन् बाँकि गलेर जाने छन् ….सभासद नेपाली को आत्महत्या को प्रयास औता example हो गलेर गको … पकै पनि आत्महत्या सहि होइन तर यो historical responsibility pull off
      गर्न नसकेको उदाहरण हो…
      हामी नेपाली सहि बाटो मा छौं… हामी ले हाम्रो pressure अझै बदौनु पर्छ… बिदेशी को दबाब भन्दा हाम्रो दबाब कुनै हालत मा कम हुन हुदैन …..

      जय नेपाल …..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • anita neupane

      महिनामा साट्ठी हजार खानेले आम्दानी को कारणले आताम्हात्य गर्नु पर्छ भने हमिजस्था बिहान खाए बेलुका के खाने भन्ने नेपाली ले के गर्ने ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • अनुराधा

      कुरा के भने मानिसलाई अति भएपछि शान्ति खोज्छ । एउटा कुरो सोच्छ अर्को कुरो हुन्छ । सभासद न भरीया दाइ । शान्तिको बिकल्प मानिसले आँफैले आँफै माथि जघन्य अपराध गर्छ । आँफैले आँफैमाथि अपराध गर्नु पूर्ब कृपया मनोरोग बिशेषज्ञहरु सित मनका कुरा साटेर आफ्नो सँबेग, आवेग, उत्तेजना र शँबेदनशिलतालाई ब्यवस्थापन गरे बेश होला । मरेर सभासद बाँचिन् तर उनी फेरी मर्न चाहेको या अकालमा मरेको सुन्न नपरोस । समस्याको निराकरणकालागि उनको पोइले भन्दा पार्टीले मद्दत गर्नुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Surendra Ranamagar,USA

      पहिले भातनीति त्यसपछि मात्र राजनीति !!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • सभासद हरु त मरे कै राम्रो नि .के नै गरे क छन् र ?देश कै ढुकुटी रित्त्याय क त छन् चोर हरुले.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • कठै बरा हाम्रा सभासदहरु. लौ लौ भगवान ले तपाईहरु लाई सत्बुद्धि प्रदान गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 9

    • Suraj Shrestha

      ज्ञानेन्द्र र आसेपासेको दशा बिग्रेको रहेछ र ६०१+ जनालाई मस्ती।
      तपाई हामी जस्ता बाकी सर्व साधारणलाई सास्ती।।
      चार बर्षको लोकतन्त्रमा नेपालको यस्तो हालत छ।।।
      के हुने होला अर्को दसकमा (२०१०-२०२०) ?

      धेरैले भन्न थाली सके देशमा हुने के कुरा छ नेपालमा ?
      माग्ने, थागने, खाने, रोगी, जोगीहरुको केन्द्र नेपाल।
      शाह, राणा र पन्च्यात त् उहिलेको कथा भैसक्यो।
      अहिले हामी नेपालीहरु खुहिलेको भैसक्यो।

      सुरज श्रेष्ठ
      कोटेश्वर, काठमाडौँ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • भटरैजी नेपालका बिधायिका सभासदको त यस्तो हालत छ ता कि आत्महत्या गर्न पर्ने अवस्था आयो ,या त आफ्नै वा पारिबारिक वा दलका मुख्य व्यक्ति का रबया बाट होस् | भने हाम्रा कतिपय नेपाली हरुको यस्ता अबस्ता बाट गुज्रेका होलान कि नहोलान बिचार्निया कुरा छ | नेपालीहरुले संबिधान बनाउन पठाएका ब्यक्ति आ ..आफ्नै दल का नेताको दल ..दल मा फासी आत्म निर्णय गर्न नसकेका विचराहरु लाई के भन्ने ? हाम्रा सना ठुला दलका नेताहरु जसले देस्लाइनै अनिर्णयको बन्दि बनएकाछन् एक अर्का लाइ दोस थुपारेर बास्तबमा ति सब देसका गद्दार हुन् किन भने यदी ति देसका कर्ण धर हुन् भने राष्ट्रनिर्माण र रास्त्रियता को निम्ति ति सब किन ? सर्बसम्मतिमा एकजुट हुदैन्न्त ..?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • samsanzv

      आत्महत्या गरेर उहाले त शान्ति संग मरेर जानुभयो तर उहाको छोराछोरी को हालत हुने हो , पछि क हुने हो, त्यो त सोच्नुभेएको छैन l उहाको यो कदमले नत यी नेताहरुलाई केहि असर नै पर्छ जस्तो मलाई लाग्छ, नत संबिधान नै समय मा बन्छ जस्तो लाग्छl त्येसको सट्टामा झन् उहाको भुराभुरी को भबिस्य अन्धकार मा पर्छ lहामी जनता ले सभासद हरु लै संबिधान बनाउनको लागि चुनेका थियौ, कसैलाई आत्महत्या गर्न बाध्य हुनुपर्ने गरि चुनेका होइनौl त्यसैले तपाई सभासद हरु ले बुज्नुपर्ने कुरा हो क आत्महत्या ले समस्या समाधान हुन्छ होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nipun Tamrakar

      एकदम राम्रो लेख …. धन्यबाद दीपकजी अर्को पाटो देखाउनु भएकोमा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mukti

      हो हो मैले पनि तेही सुन्या हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै मलाई त दाल माँ नून न पुगेकोजस्तो लाग्यो हाउ …………सोर्गेबास नै भाको भये हुन्थ्योनी किना अद्कल्चोनी …….
      अब त नेता हरुलाई पेट दुख्यो भन्यो भनेपनी समाचार ओउछा होला …………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • deepak ghimire

      लेख त मन परों तर कुरा क भनी नि लेखक जी आफ्नो घर चलाउन नसक्ने सवासाद ले यो हाम्रो देस चलाउन कसरे सक्लान भनेको ???????????? यो त हामीले सोच्न पर्ने कुरा हैन र ?????????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 0

    • Anilk

      भन्थ्यो भन्नु होला, यहि अवस्थाले १ वर्षमा संबिधान बन्दैन, संबिधान बनेन भने – माओबादी, काँग्रेस, एमाले वा अन्य दल नमिलेको भनेर जनताले भन्ने छैनन्| जनताले संबिधान बनाउन नसक्ने भातमारा भनेर ६०१ सभासदलाई नै भन्ने छन्|
      तपाईहरु ६०१ जना संबिधान भवनमा जनताको स्वाधिनताको लडाई होइन पार्टीको को द्वन्द अनि खरिद बिक्रिमा फस्दै हुनु हुन्छ| ६०१ विरुद्ध जुन दिन जनताले बिद्रोह सुरु गर्छन अनि तपाई ६०१ जमिन मुनि वा आकाश पाताल जता लुके पनि… आफै बुझ्नुस|

      पार्टीको भाडाको टट्टू भन्न ठिक तपाईहरु सबै मिलेर संबिधान बनाउन ठिक प्रश्न आफै गर्नुस उत्तर आफैले पाउनु हुन्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

    • पुर्ण

      लोग्ने जड्या हा वा साउदी अरेबिया को जेल मा बन्धक भएको, घर खेत साहु ले कब्जा गरेको र आफु लाचार भै इँटा बोक्ने वा गिट्टी कुट्ने गरेकी ६-७ वटा बच्चा कि आमा ले पनि आत्महत्या गरेका कथा छन् , तिनको मर्म लेखौ न! तिन ले त्यो तिस चालिस हजार को दशैक पाए पनि कति उद्धार हुन्थ्यो!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 1

    • chandra BK

      होइन हो हाम्रो देस मा के – के मात्रै हुन्छ हो ?जनतालाई संबिधान,न्याय र आत्मा अधिकार दिन्छु भनेर शभासाद भएका हरुको नै एस्तो हालत हुन्छ भने हामि जस्ता सोझा साझा जनताको के हुने हो ? र धिक्कार छ ति सिपि मैनाली र शभासाद नेपालीको श्रीमान भनाउदो हरुलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Ramesh Luitel

      साथिहरु दिपक जीले एकदम मार्मिक लेख लेख्नु भएको छ. सभासद् हुनै पर्दैन यिकुरा जान्न. वास्तविकता हो…. तर सभासद् भए पछी के के न हुन्छ होला भन्दै उठेर आए यहा सम्म अनि जब यहाको समस्या देखे अनि आत्तिने हुतिहारा हरुको चै काम छैन. संबिधान र राष्ट्र बनाउन जस्तो सुकै चुनौती पनि खेप्न सक्नु पर्यो. नत्र पार्टी नेता ले ठिकै गर्न लागेको रैछ राजिनामा मागेर. तुरुन्त घर गएर आफ्नो परिवार सम्हाल देश सम्हाल्ने तिमि न भए अर्को आउनेछ तेसै पनि धेर भैसकेका छौ तिमि सभासद् हरु. तिम्रो मर्म बुझ्न हाम्लाई फुर्सद हुनेवाला छैन यदि दिएको काम गर्न सक्दैनौ भने !!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • sirjana

      दीपक जी तपाईको लेख लेख सार्है राम्रो लगेओ .यसरीनै राम्रो लेख लेख्दै जानु होला .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Nilu

      मलाई माफ गर्नु होला/ मलाई यो लेख मन परेन/ यदि कुनै सभासद लाई आत्मग्लानी भएको छ भने अहिले सम्म को सबै पैसा फिर्ता गरेर राजिनामा गर्नु पर्छ/
      उसको पारिवारिक मामला उसको personal मामला हो. हचुवा तल मा guess गर्नु हुन्न /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 13

    • ujjwal shakya

      “गाड़ो देश को लाटो तन्नेरी भनेको एई हो” ” न पाउने ले fanta पायो उमालेर खायो” ” उत्तर तिर पठाएर दक्षिण तिर खोज्नु जानु पर्ने ” यो सबै उखान हरु ऐले को हाम्रो देश को ६०१ सभासद हरु लाई लागु हुन्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 1

    • Aakash Regmi, Kirtipur

      दिपक दाइ को लेख सार्है मार्मिक छ ….जे होस् दिपक दाइले सभासदको बहाना बनाएर आफ्नो मनले पटक्कै नमानेको कुरा सघियता र जनजाती को कोटा लाइ पनि आफ्नो लेख मार्फत छड्के पाराले बिरोध गर्नु भएछ ,बिरोध गर्ने अधिकार सबै लाइ छ ,त्यसैले मलाई १ लाख % मन पर्यो ,म पनि आफ्नो पार्टीको धारणा मान्ने हो भने सघियता को पक्ष् मा नै हिड्नु पर्छ तर मा निरिह सभासद जस्तो हैन ,मलाई चित्त बुझें म व्यक्तिगत रुपमा संघिताया को बिरोधि हु ,संघिताया को बिरोधि हु भन्दै गर्दा म जनमोर्चा नेपाल को कार्यकर्ता पनि हैन ….आस्था भयो भन्दै मा ब्लाइन्द सपोटर हुनु पर्छ भन्ने छैन .जय देश जय नरेश

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

      • Samundra

        Aakash Regmi ji
        किन लम्बा चौड़ा कुरा गरेर यो र उ भनेर संघियता का पक्ष्यधर पार्टी को बिरोध गर्नु पर्यो र सिधै म त राजाबादी हूँ भन्दा हुन्छ नि त की कसो साथी ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 17

        • Aakash Regmi, Kirtipur

          समुन्द्र जी ख्याल राखेर बोल्नुस ,सोचेर बोल्नु ,हो मा स्वतन्त्र व्यक्ति पक्कै हैन र माथिको कमेन्ट मा मैले स्पस्ट भनेको छु मेरो पार्टीले संघियताको वकालत गर्छ तर मा व्यक्तिगत रुपमा संघियता को बिरोधि हु भनेर ,राजा बादी पार्टीले संघियता चाहिन्छ भनेका छन् र ?

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

          • Samundra

            जय नरेश ? ? ?
            नरेश राजालाई
            भनिन्छ . राजाको जय भन्नु भा को भ र तपाईले राजाबादिको
            बिल्ला पाउनु भो

            OK THANKS FOR तपाईंको भूल सुधार मैले नै गरिदिएँ ।
            1.एउटा कमेन्ट लेखेकै भरमा मलाई राजाबादिको बिल्ला नभिराई दिनु न यार
            2. माफ गर्नु होला … जी बल्ल थाहा पाए यहाँ निर मेरै गल्ति रहेछ ,सबै साथी हरु लाइ जानकारी गरौँ चाहन्छु मैले जय नरेश लेख्नु मा राजा बादी सोच थिएन तर किन लेखे म आफै कन्फ्युज मा परेको छु ,सायद जिस्केर त्यो भन्ने बनि परेको थियो यहाँ निर पनि लेखि हालेछु

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Aakash Regmi, Kirtipur

          एउटा कमेन्ट लेखेकै भरमा मलाई राजाबादिको बिल्ला नभिराई दिनु न यार समुन्द्र जी

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

          • Luna

            आकाश जी !
            तपाइले कमेन्ट को अन्तमा ” जय देश जय नरेश ” लेख्नु भो , नरेश राजालाई
            भनिन्छ . देश को जय , राजाको जय भन्नु भा को भ र तपाईले राजाबादिको
            बिल्ला पाउनु भो :)

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

            • Aakash Regmi, Kirtipur

              माफ गर्नु होला …लुना जी बल्ल थाहा पाए यहाँ निर मेरै गल्ति रहेछ ,सबै साथी हरु लाइ जानकारी गरौँ चाहन्छु मैले जय नरेश लेख्नु मा राजा बादी सोच थिएन तर किन लेखे म आफै कन्फ्युज मा परेको छु ,सायद जिस्केर त्यो भन्ने बनि परेको थियो यहाँ निर पनि लेखि हालेछु

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

              • आकाश जी, हाम्रो भारत इतर सभाषद हरु पनि तपाई ले जस्तो भूल सुधारेको भए कति राम्रो देश बनी सक्थ्यो !!!!!

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

                • पुष्प

                  भारत’इतर’ होइन ‘परस्त’ भन्नुस् प्रकाशजी । तपाईंको भूल सुधार मैले नै गरिदिएँ । :)

                  मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

          • आकाश जी,ज्वजलपा ! राजा को राम्रो कुरा को समर्थन गर्दैमा राजाबादी भन्न मिल्दैन | तपाई सहि हुनु हुन्छ | तर गणतन्त्र आइसके पछी “जय नरेश’ भन्नु भएको ले माकुने को जस्तो Tongue स्लिप भएछ भनि बहस गरेका मात्र हुन् | लुना जी ले सल्लाह दिनु भइ सकेको छ | धन्यवाद |

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

        • rajat

          समुन्द्र थुतुनो पायो भन्दै मा ज मन मा आयो न बोलम न है…………..

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • हामी ले कमेन्ट गर्न भय को छेना युबती लाई बेहोस पारेर अपहरण गर्ने अपराधी हरु छुटी सके………हाहाहा हामी नेपाली को कर्म………

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • अनन्त श्रेष्ठ

      कुरा एकदम मार्मिक लाग्यो….. तर अन्तमा “संघीयता मन नपर्ने कति सभासद हुनुहोला तर पार्टीको निर्णय मान्नै पर्ने वाध्यतामा तपाई सभासदहरु हुनुहुन्छ। जनजातीलाई दिइने भनिएको अग्राधिकारले अरुको अधिकार हनन गर्छ भन्ने बुझेका सभासद हुनुहुन्छ होला तर आफ्नो समूहको माग भन्दै त्यस्को पक्षमा मत व्यक्त गर्दै हिडिरहने सभासदहरु हुनुहुन्छ” भन्ने कुराहरु राखेर लेखकले घुमाउरो पाराले आफुलाई संघीयता र जनजातीलाई दिइने अग्राधिकारको Against मा उभ्याउन खोजेको प्रष्ट देखिन्छ। यस्ता लेखहरु लेख्दा Unbiased भएर लेख्नु राम्रो। यसो गर्दा आफु Hyopcrite हुनबाट बच्न सकिन्छ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 16

    • द्रोण

      एकाध सभासद् को मानसिक स्थिति असन्तुलित हुन् पनि त् सक्छ ,मान्छे को सरिर नै हो | नत्र नेपाल ,इन्डिया का सभासद् ले पुरै जानेका हुन्छन कसरि घुस खाने ,देश लुट्ने जसरि बाघ को बचा लाई मासु खान सिकाइरहन पर्दैन ,सभासद् ले पैसा कहा बात धुत्ने जानेको हुन्छ |
      तपाइँ ले सभासद् को बारेमा जसरि लेख्नु भयो तेस्तै कथा मन्त्रि हरुको बारेमा लेख्न सक्नु हुन्छ ,उनीहरु को दुख ,दर्द ,कसरि बाचेका छन् आदि र आम मानिस ले सोचे भन्दा निरिह देखाउन सक्नु हुन्छ | सबैको सामुन्ने क्षत विक्षत देस ,जता ततै चुहेको देश र देश बिग्रनेको कारण गाउ को पुरा गरिब जनता त्यो पनि लेखेर प्रमाणित गर्न सक्नुहुन्छ |
      निष्कर्ष के ??”केटाकेटी आए ,गुलेली खेलाए ,मत्यान्ग्रा को सत्यानाश ”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • milan lama europe

      Remember you are born to live
      Donot live because you are born
      donot go the way life takes you ……..
      take life the way you go !!!
      हाम्रो नेताहरुले जस्तै देश बचेर जनतालाई लुटेरा परिवार,अफंदा,जिन्दकी चलाउनु भन्दा मोर्नु बेस्ट/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • ईश्वर

      अली तातो पिरो पुगेन ! माथि त ठीकै थियो तल आए पछि त उसैलाई चिल्लो लगाए जस्तो पो देखियो त !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Dhak Gurung

      सभासद पद जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीड़ हैन त ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0

    • khushi

      सभासद हरुलाई दिएको खर्च उनीहरुले नै खर्च गर्न पहुनु पर्छा , पार्टी ले कति लग्यो भनेर जनताले सोचेने कुरा अहुछा जस्तो लाग्दै न .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • दीपक जी राम्रो लेख्नुवाको रहेछा धन्यवाद अझै लेख्दै गर्नुहोला

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • sudarshan

      ओ हो ६० हजार मासिक भत्ता? सरकार ले क्वाटर बनाएर राख्न सक्दैन ? हाम्रा सभासद हरु लाई युरोप र अमेरिका त तेही रहेछ त् अनि किन बनाउन संबिधान

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2

      • palpali magar Tara-UAE

        हो त यहाँ अरबको खाडिमा दिनको १० घण्टा तातो बालुवामा घाम हावा नभनी पसिना चुहाउदा महिनाको १० हजार कमाउन गाहरो भैरहेको छ, परजिबीहरु ६० हजारलाई पैसै नगन्दो रैछ त गाठे, परजिबीहरुलाई कमाउन सभासद बनाएका होलान् र जनता ले ??? अनी बनिसके पछि तेसै कसम ख्वाएका हुन र प्रधान मुन्त्रीले ?? तेती बइलई सोच्नु पर्छ नी मेरो जिmमा के हो र के गर्नु पर्छ भनि l परेको खण्डमा घरखेत बेचेर भए पनि जनताको सेवामा जुट्नु पर्छ।

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • आहिलेको सन्दर्भमा यस्ता कम नालाग्नी पार्टीहरुको सभासद हुनु भन्दात गाउँमा हलोजोत्नु बेस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 4

    eXTReMe Tracker