अस्ति राति भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले महोत्तरी जिल्लाको सम्सीमा प्रवेश गरी नेपाल प्रहरीका तीनजना जवानलाई कुटपिट गरे। त्यसको विरोधमा स्थानीयवासीले स्वस्फूर्तरुपमा हिजो सम्सी बजार बन्द गरे।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बलमिच्याइँ अनि अतिक्रमणको शृङ्खला लामो छ। नेताहरु लाचार छन्। यसैलाई कथावस्तु बनाएर एउटा फिल्म बनेको छ- दशगजा। राजेश हमालको प्रमुख भूमिका रहेको यो फिल्म अझै सार्वजनिक प्रदर्शनमा आइसकेको छैन। हिजो गोपीकृष्ण हलमा यसको प्रिमियर गरिएको थियो। शेर्पावर्ल्ड डट कमका छिरिङ् तेन्जिङ् शेर्पा (गोपर्मा)ले यो फिल्मका केही दृश्य युट्युबमा अपलोड गरेका छन्। आउनुस्, हेरौँ ‘दशगजा’का केही दृश्य।

फिल्ममा राजेश हमाल। भारतीय सुरक्षाकर्मीहरुबाट पीडित सुस्तावासीको नेतृत्व गर्छन् परशुरामको भूमिकामा देखिएका राजेशले। उनले भारतीय सुरक्षाकर्मीविरुद्ध लड्न ‘सीमा रक्षक दल’ गठन गर्छन्। उनलाई अर्का नायक आकाश (नवल) ले साथ दिन्छन्। फिल्मका केही दृश्य तल हेर्नुस्-
No related posts.









राष्ट्रीयता जस्तो संवेदनशिल बिषय र त्यसमा पनि भारत विरोधी बिषयवस्तु – यो फर्मूलाले त काम गर्नुनै थियो। जनतालाई आक्रोशित बनाउन त निकैनै मद्दत गर्ने छ यो चलचित्रले। १० मिनेटको क्लिप हेर्दा – खै पट्टकै क्वालिटी पाइने है। प्रविधिक हिसाबले अभिनय, संबाद, सिनाटोग्राफिमा खासै दम छैन। व्यवसायिक हिसाबले यो चलचित्र बवाल हिट भयो भने म अच्चममा पर्ने छैन।
मन परे हरियो, नपरे रातो
4
2
नेपाली फिल्म को गुणस्तर लै हेर्ने हो भने नेपाली फिल्म सूचना मुलक र चेतना जगाउने खालको बनाउनु नै बेकार हुन्छा. कसले हेर्ने त भन्ने प्रस्न औंछ
मन परे हरियो, नपरे रातो
2
1
“अस्ति राति भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले महोत्तरी जिल्लाको सम्सीमा प्रवेश गरी नेपाल प्रहरीका तीनजना जवानलाई कुटपिट गरे। त्यसको विरोधमा स्थानीयवासीले स्वस्फूर्तरुपमा हिजो सम्सी बजार बन्द गरे।….”
ति भारतीय एस एस बि का राक्षशहरु भने भोलिपल्ट स्वस्फूर्तरुपमा सम्सी बासीले बन्द गरेको बजार, हेरेर जुँगामा ताउ लगाए होलान….!
अरुको बिरोध गर्न आफ्नै बजार बन्द गर्नुपर्ने….आफ्नैलाइ असजिलो पार्नुपर्ने…कस्तो संस्कृति हो हाम्रो ?
मन परे हरियो, नपरे रातो
12
1
शिमाना को जंगे पिलर दिनदिनै भाचिंछ रे
दशगजा को शिमारेखा नेपाल तिरै सारिन्छ रे
सार्वभौम देशको किन राज्य लाई चिन्ता छैन ?
यस्ता मुद्दा सामान्य हो भन्दै कुरा टारिंछ रे !
मन परे हरियो, नपरे रातो
6
0
फिल्म जस्तो बनायपनी रिलिज हुन दिने होइन होला,पहिला त भारत बाट प्रेसर आउछ,अनि सेन्सर ले फिल्म मा भयको आधा कुरा घटाउन लगाउछ,सायद फिल्म नै ब्याण्ड गर्ला,नेपाल हो नेपाल जे पनि हुन्छ,साउथ ब्लक को एक फोन ले सबै लाइ थरथर बनाउछ.
मन परे हरियो, नपरे रातो
12
2
यो फिल्म त मेरो विचार मा हिन्दी मा उल्था गरेर सब भन्दा पहिले इंडिया मा release गर्नु पर्छा. त्यहाँ को जनता ले पनि थाहा पाउनु पर्यो नि. हामी लै त थाहा भै रहेको कुरा हो बर्षौ देखि….फिल्म हेरर अरु के बुझ्नु छ र. पचास प्रतिसत कथा होला पचास प्रतिसत नाच गान. हामी बर्षौ देखि किन कराई रहेका रहेछौ भन्ने कुरा इन्डियन जनता तथा नेता हरुले पनि देखुन. हाम्रा नेता हरु बाट त यस बारे केहि होला भन्ने विश्वास गर्नु नै बेकार छ. बरु इन्डियन नेता हरुको को बुढी पलौछा कि.
मन परे हरियो, नपरे रातो
14
1
हो सुम्कोई जी,
भारतका सर्बसाधारण जनताले बुझ्नु धेरै जरुरि छ ! यो कथाको मर्मले तेहाका साधारण जनताको भावनालाई छुनासाथ, तेहाका नेता हुन या ब्युरोक्रेट सबै कन्ट्रोलमा आउछन !
हामीले निसाना बनाउने नै तिनै सर्बसाधारण भारतीयको भावनालाइ हो….घृणा, द्वेष वा आतंक फैलाउने होइन, कला मार्फत यथार्थता पस्कन सक्नुपर्छ !
मन परे हरियो, नपरे रातो
6
1
यो फिल्म नेता को नाम मा कलङ्क सुजाता कोइराला लाइ हेर्न लगाउनु पर्छ/ त्यहिँ स्याल हो नि कतै पनि सिमाना मिचिएको छैन भन्ने / यस्तै नेता को कारण ले गर्दा नेपाल लाइ हेपेको हो भारतले /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
2
सिनेमाले दिने शिक्षा सर्बसाधारण सबैले बुझ्न सक्ने हुन्छ , नेपाल र नेपालीले भोगिरहेका यी अन्याय लाइ यसरि पर्दामा उतार्ने हिक्मत गर्ने हरु नै बास्तबिक नायक हुन् देशको लागि .
अबका सिनेमा निर्माताले समाज को आखा खोल्ने यस्तो सिनेमा बनाउन हिक्मत
गर्न सकून !
करोडौ देशभक्त नेपालीको हिर्दयाको धन्यबाद को पात्र हुने छन् यी सिनेमा निर्माता -
निर्देशक – अभिनय कर्ता सबै सबै .
हरेक देश भक्त नागरिकले यो सिनेमा कम्तिमा एक पल्ट हेरिदियुन !
यो सिनेमाले अपार सफलता प्राप्त गरोस !
मन परे हरियो, नपरे रातो
12
2
फुल्चोकिको डाँडामा सबै भन्दा पहिले फैटर जहाज राख्ने ऐर पोर्ट बनाउनु पर्छ अनि सीमाको हिसाब किताब खोज्नु पर्छ, कसो?
मन परे हरियो, नपरे रातो
2
11
काग कराउदै छ पिना सुक्दै छ भने जस्तो मात्र होला नि / फिलिम हेरुन्जेल मनमा आक्रोश उठ्छ त्यस पछी घर गएर त्यहिँ हिन्दी सिरियल, हिन्दी गाना बजना आदि आदि / धेरै ले त हिन्दी सेनेमा नै हेर्छन, दोष हामिहरुको पनि होइन, झर्को लाग्ने, उल्टी आउने र हिन्दीबाट आयातित कथा बस्तु , presentation भएको नेपाली फिल्म भन्दा त सकली नै सहि /
आफ्नो थैली बलियो बाध्नु अरुलाई चोर नलाउनु – हाम्रै सरकार, नेताहरु ‘जो अगुवा त्यहिँ बाटो हगुवा’ छन्, के गर्नु ? फिलिम सुपर हीट होला, उत्पादक ले मनग्गे दसैँ खर्च उठाउला तर थैली नबाधे सम्म खै के नै माखो मार्ला र यसले नि ?
मन परे हरियो, नपरे रातो
15
2
होइन येस्ता जनचेतना बोकेका चलचित्र हरु प्रतेक घर घर मा पुर्याउनु पर्छ । र हाम्रो देसको नेता हरुको गोबर भरिएको दिमाखमा अलिकति भए पनि बुद्धि पलाउनु पर्छ ।किनकि सुस्तामा सिमाना मिचिएर जनता छटपटाइ रहेको बेलामा पररास्ट्र मन्त्रि भानाउदी सुजाता पुग्छिन सुद लाइ भेट्न र कुर्लान्छिन सुद को बोलि खोइ काहा मिचिएको छ ?अनि ईनी जस्ता देस भक्छ्यक भए पछी येस्ता चलचित्र हरु बनाएर जनताहरु लाई सचेत बनाउनु भनेको पनि राम्रो पक्छ्य नै हो होइन र ? अर्को कुरा भारत सित को खुला सिमाना बन्ध गर्नु पर्छ । अरु जो हजुरको बिचार ????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
यो चलचित्र प्रचण्ड निवास मा पुर्याउनु पर्यो; भावुक प्रचण्ड प्रचण्ड रुमाल ले आशु पोच्दै रुदै हेर्ने थिए र पुन राति राति सुद को चाकरी मा लैनचौर हाजिर हुने थिए
भारत को योजना बमोजिम भारतमा बसेर १५ हजार नेपालि मारे, देश लाइ संघियता मा टुक्र्याए, देश मा जाति, धर्म को राजनीति घुसाएर अहिले भारतीय एजेन्ट मधेश मोर्चा को सुत्रपात गरे र अहिले नेपाल भारत् ले स्वात्तै खाइ सक्यो तर भारत् ले आफु बाट सबै फायदा लिए बापत अझै प्रधानमन्त्री नदिएको रोदन मा रास्त्रबादी हु भनेर चर्को नारा लगाउदै छन् र हामि पाडा जनता उनी लाइ हिरो देख्दचौ
आफु लाइ सर्वशक्तिमान तानाशाह बनाउने शर्त मा भारतसग प्रचण्डले राजा फाल्ने, देश टुक्र्याउने र मधेश मोर्चा तयार गर्ने सुरुंग खनेका थिए र आज भारत को सबै योजना सफल भयो अब दिने पालो भारत् को थियो तर भारत् ले प्रचण्ड लाइ प्रधान मन्त्रि समेत नदिने भयो, किनकि भारत् चोर माथि को चकार धुर्त निस्क्यो त्यसैले प्रचण्ड ले यो भारतविरोधी रोदन गरेका हुन्; उनको रोदन घुर्क्याई मात्र हो;
यो सबै कुरा छर्लंग हुदा हुदै पनि अझ नबुझ्ने हामि प्रचण्ड भक्त पाडा जनता को मुख मा घास हालिदिए हुन्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
21
पूर्ण जी को कमेन्ट पढेको त छ्या: के बिधि ‘सूद’ गन्हाको… ! ह्वास्सै आयो……../ mysansar कै अहिलेसम्मकै प्रदूषित लैनचौरे-टुकुचा/ यस्ता गन्धेहरुले नेपाल आमा लाइ धेरै चोटी रुवाइ सके, अझ कति रुवाउने हुन्/
प्रचण्डहरुको देस प्रेमी अभियानलाइ सहयोग पुर्याउने “दसगजा” लाइ पनि यिर्निहरुले हुर्मत लिन छोडेनन् बाबा!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
16
पूर्ण जी
अति कडा प्रहार गर्नु भो |मुखै मा घास हालिदियेपछी बोल्ने कसरि ?
वाक स्वतन्त्रता को हनन भएन र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
पूर्ण जी/
मावोबादीको बिरोध गर्नु भएछ/ गर्नुस मावोबादीको जातिय राज्यको अबधारणा कमसेकम अहिलेको परिस्थिति हेर्दा सामयिक नभएको मलाई पनि लाग्छ/
संघियेताको अबधारणा भौगोलिक आधारमा भएको भए ठिक हुने थियो/ तर दुख को कुरा के भने कांग्रेस एमाले पनि जातिय राज्य घोसना गर्दै हिडे/ यसै कारण मधेश बादी ले मोका पाए/ यो कारणले गर्दा आज मात्र मधेश जातिले तराईमा अग्राधिकार पाउनु पर्ने र उनीहरुले नेपाली भएर बस्ने कि नबस्ने भनि आत्म निर्णय समेत गर्न सकिने अधिकार पाउनु पर्ने भन्न सके/
एस माथि मात्र केहि महिना प्रधान मन्त्रि बन्ने अनि आजिबन सरकारी खर्चमा घर गाडी नोकर चाकर र भत्ता पाउने लोभ र एक दलले अर्को दल लाई होच्याउन को लागि तिनै मधेश बादिलाई कांग्रेस एमाले ले काखी च्यापेर गथाबन्धन्को सरकार समेत बनाए/ मधेश बादीले उनीहरुले मागेको अग्राधिकार र आत्म निर्णय को अधिकार सम्बोधन नभएको संबिधान बन्ने नदिने बने पनि नमान्ने भन्दै छ/ यिनै कारणले संबिधान बन्न नसकेको हो/
कांग्रेस एमाले मात्रै मिलेर मावोबादीको बिरोध गरेको भए मधेश बादीले उनीहरुले भनेकै जस्तो संबिधान बन्नु पर्ने नभए संबिधान बन्ने नदिने र बने पनि नमान्ने भन्ने सक्दैन थियो र आज सम्म संबिधान बनि पनि सक्ने थियो/ तर संबिधान बनाउने कुराकै बिरोधि माधव नेपाललाई भारतले समेत समर्थन दिएर कांग्रेस एमालेको सरकारको प्रधान मन्त्रि बनाए/ त् समबिधान कसरि बन्न सक्थ्यो?
अहिले पनि मधेश बादीले प्रचंद्र र रामचन्द्रलाई मधेश बादीको भोट पाउन मधेसीको अग्राधिकार र आत्म निर्णय गर्ने अधिकार दिन सहमत हुनु पर्ने भन्दैछ/ यो कुरामा मावोबादिले अहिले प्रचंद्र प्रधान मन्त्रि बन्न मधेश बादीको भोट पाउन मधेश बादीको मधेसी अग्राधिकार र आत्म निर्णय गर्न पाउनु पर्ने माग अस्विकार गरे/ तर कांग्रेसको रामचन्द्रले यसो भन्न सकिरहेको छैन/ त् यो कुरामा प्रचंद्र भन्दा खराव रामचन्द्र निक्लिए/ अनि रामचन्द्र भन्दा खराव के पी ओली र माधव नेपाल भए/ मधेश बादीको भोट नपाईकन प्रधान मन्त्रि बन्ने नसकिने बनाएको यिनै दिल्लीको दुई गुलामले नै हो/ माधव नेपाल दिल्लीको गुलाम नै हो भनेर प्रमाणित गर्न अरु धेरै प्रमाण खोज्नु पर्दैन मात्र अहिले मधेश बादीले उनीहरुको भोट पाउन भारतले सिमा मिचेको कुराको बिरोध गर्न नपाईने भनेको र माधव नेपालले भारतले नेपालको सिमा मिचिएको प्रमाणित भएर पनि भारतले सिमा मिचेको छैन भनेको कुरालाई सम्झिए पुग्छ/
त् पूर्ण जी मावोबादी लाई असल प्रमाणित गर्न नसकिने अनेकौं कारण हरु छन् होलान तर के कांग्रेस एमालेलाई रास्ट्र बादी प्रमाणित गर्न सकिने कुनै कुरा हामीले पाई रहेको छ?
पूर्ण जी कमसेकम मावोबादिले भारतले सिमा मिचेको कुराको बिरोध गरे देसमा भारतले हैकम बाद लाद्न खोजेको कुराको बिरोध गरे तर कांग्रेस एमाले ले यति पनि गरेनन/
यस माथि त्यो के पी ओली त् दिल्ली गएको छ आएको छ दिल्ली गएको छ आएको छ र भारतको आदेश र निर्देशन एस माथि उस माथि लाद्दै हिदेकोछ/ खै अब कुन राम्रो भन्ने राम्रो त् कुनै पनि छैन पूर्ण जी/ हामी नेपालीको भाग्य खराव मद्ध्य बात कम खराव रोज्ने मात्रै हो/
मन परे हरियो, नपरे रातो
4
1
पूर्ण जी
मावोबादी ले एक मधेस एक प्रदेश को माग लाइ लिखित रुप मै बिरोध त् जना यो नि ? त्यो पनि सुद कै इसारामा हो कि ?
मन परे हरियो, नपरे रातो
6
2
द्रोण जी,
एक मधेस एक प्रदेशको माग भन्दा डरलाग्दो माग त “आत्मनिर्णय को अधिकार सहित को प्रदेश” भन्ने हो नि, होइन र ? माओबादीले “आत्मनिर्णय सहित को प्रदेश” भन्ने मागमा त सहमति जनाएछ नि !
एक मदेश बनेर बिखन्डन हुनु र “२ वा ३” भएर बिखन्डन हुनुमा के फरक छ र ?
मन परे हरियो, नपरे रातो
5
2
हर्के जी:
यो त माओबादीको आफ्नै चुनाबी घोषणा पत्र मा भाको कुरा हो नि ‘स्वायक्त प्रदेश/’ जसलाई जनताले च मार्फत अनुमोदन पनि गरि सके/ माओबादीलाइ खुइल्याउने कुरा केहि नपाएर हर्के जी यो (कु)दलिल ल्याएर एउटा देशभक्त पार्टीलाई उहाको पार्टी (कांग्माले) जस्तै-जस्तै भारत्-भक्त बनाउने हर्कत गर्नु भो तर कुरो मरी काटे पनि मिलेन!
हर्के जी, माओबादी को बद्नाम गर्न अरु नै कुनै ख़ुरा-फाती गर्नुस, अब यो छोड्नुस /
मन परे हरियो, नपरे रातो
4
2
सिला जी,
घोसणा पत्र बाट दलहरु धेरै टाढा पुगिसके नि…..! एउटा उदाहरण, सबै दलको घोसणा पत्रमा २ बर्ष भित्रै सम्भिधान लेख्ने भन्ने थियो होइन र ? त्यो त कसैले पुरा गरेनन र पुरा गर्न नसकेकोमा जनता संग क्षमा याचना पनि गरेनन !
यस्तो देख्दा-देख्दै , अझै तेही घोसणा पत्रमै बिस्वास गर्नु उचित होला र ?
अन्त्यमा, सिला जी, हामि पहिला नेपाली मात्रै बनेर बहस गरौ न हुन्न ? माओबादी, एमाले कांग्रेस त तेस्पछी आउने हो नि !
मन परे हरियो, नपरे रातो
2
3
harke जी:
अरु पार्टी घोशानापत्रबाट टाढा पुगे भनेर माओबादी पनि तेसैगरी टाढा पुग्नु पर्छ भन्ने तपाइको आग्रह हो भने हाम्रो केहि भन्नु छैन/ माओबादी पार्टी पनि अरु पार्टी जस्तै बन्नु पर्यो, ‘सच्चिनु’ पर्यो भन्नेहरु संग बहुसंख्यक नेपालीको घोर आपत्ति छ/ बरु माओबादी अरु पार्टी जस्तो भएर बिग्रनु पो भएन त, कि कसो हर्के जी/ हुन त आ-आफ्नो बर्गीय सोचाइ हो! ठिकै छ!
मन परे हरियो, नपरे रातो
3
1
हर्केजी
मावोबादिले देश को अखंड़ता सग सम्झौता गर्दैनौ भनिसकेपछि वकिल ले केलायेजस्तो बुदागत तिर नजाऔ | व्याख्या ,अपव्याख्या ,बिश्लेसन जे गरेपनि
देश को सिमाना मिचिएको मा जुलुश निकाल्यो ,१९५० शन्धि नबिकरण को कुरा हरु उठायो | अलि अलि काम गरेकै छ नि | जंगल बाट गिरिजा बाबु र माकुनेले नया दुलहीलाई डोलीमा चढाएर ल्याए पछी अलि अलि बास्ना पनि दाइजोमा ल्याइन |तर बधु को लक्ष्यण त् देखाइन नि , घर लाइ माया पनि गर्दिरहिछान|
तेती भए पुगेंन ??
मन परे हरियो, नपरे रातो
6
2
माओबादीको भनाइ र लेखाइमा फरक पर्यो नि द्रोण जी, तेसो त भनाइ भन्दा लेखैनै आधिकारिक हो नि कसो ?
मुद्दा त बच्चा ले जति अरु कसैले उठाउन सक्दैन तर घर चलाउन त पाको मान्छे नै चाहिन्छ ! नेपालमा “खगेन्द्र संग्रौला”ले जति मुद्दा कुनै नेताले उठाएका छैनन् ! के संग्रौला ले देश चलाउन सक्लान त ? देश चलाउन समाधान दिने खुबी चाहिन्छ…..इस्सू बनाउने खुबीले पुग्दैन !
फेरी, दुलहीलाइ कहाँ जंगलबाट ल्याइन्छ र ?
राम्रो खानदान, कुल घरान बाट असल सिल-स्वभास भए कि पो ल्याईनछ होइन र ! दुलही खोज्न जंगल जानेहरुले कतिको बुद्दी पुर्याए तिनिहरुनै जानुन !
मन परे हरियो, नपरे रातो
3
3
हर्केजी नेपाल मा समाधान दिन चन्द ,मुण्ड सग हात मिलाउन पर्छ , झोलामा खोला हालेर पारि जान पर्छ, होलसेल मा नागरिकता बाढन पर्छ | समाधान दिनेको नजिर तेस्तो छ | समाधान दिए भन्ने हरुले टाउकै काटेर पनि चढाए ,
अब तेस्लाई समाधान मान्दा समस्या चै के त् भन्ने अन्योल छ |
कमसेकम रुन मात्र जाने पनि र बेस्सरी रोए मात्र पनि तेस्ले समाधान दिन सक्ला |
आफ्नो जमिन अरुले मिच्दा समाधान छैन भनेर चु सम्म न गर्ने ?
अथवा माकुने जस्तो चुप बस्ने कि ,सुजाता डार्लिंग ले जस्तो मिचेकै छैन भन्ने |
मन परे हरियो, नपरे रातो
4
1
निरासाबादी नबन्नुस न द्रोण जी,
“यो संसारमा हरेक समस्या को समाधान छ…..” फरक येत्ति हो कसैले समस्या उत्पादन गर्छन र कसैले तेस्को हल निकाल्छन !
समस्या पत्ता लागाउनु पनि चानेचुने कुरा होइन…तर जब समस्याको चांग ठुलो बन्दै जान्छ तब तेस्को सामाधान दिन नसक्ने हो भने अराजकता बढछ र अतिबाद हाबी हुन्छ !
बच्चा बेस्सरी रुदा, कुनै बयस्क मान्छे आएर मात्रै समाधान दिन्छ ! हजुर ले यहा इंगित गर्न खोजेको बयस्क को होला कुन्नि ?
द्रोण जी, के हर्केले माओबादी भित्रको अतिवादलाई, मात्र नेपाली भएको आधारमा इंगित गर्न सक्दैन र ? यहाँले पनि माकुने, सुजाता आदिको पर्याय दिएको देख्दा नराम्रो लग्यो !
मन परे हरियो, नपरे रातो
3
2
हर्केजी
तपाइँ आशा बादी हुनुस ,म निराशा बादी हु या म आशा बादी हु तपाइँ निराशा बादी हुनुस ,सबाल त्यो थिएन| कुरा घुम्यो यहा छेउ |
मावोबादी ले सिमा मिचिएको ,१९५० सन्धि को कुरा उठाएको ,कुरा हरुलाई सह्राहना गरिएको थियो | तेस्तै हाल को एक मदेश ,एक प्रदेश को कुरो न मानेको मा पनि राम्रो मानेको हो |
हामीले काधई थापेर हिड्नु पर्ने , अन्ध समर्थन गर्नु पर्ने बा अन्धाधुन्ध
बिरोध मात्र गर्नुपर्ने पनि कोइ छैन जस्तो लाग्छ नेपाल मा |
तेसैले कमसेकम राम्रो काम कतै बात भयो भने राम्रो भन्न कन्जुश्याई न गरौ ,न राम्रो भयो भने न राम्रो गर्यो भन्न पछी न परौ |
म यहा के देखिरहेछु भने एकाथरी सधै १५००० हजार को कुरा गर्छ ,
अर्को थरि हजुरबा ले गरेको मुख कालो मा नातिलाई सराप्छ |
त्यो चै गलत हो | खै तपाइले कसरि बुझ्नु भो , मा कु ने ले सिमा मिचिएकोमा (जुन बेला कुरा उठ्यो )मुख मा ताला लगायो , सुजाता ले त् हैन भनरे
बक्त्यब्य दि इ न | किनभने माकुनेलाई बोल्न त्यो बेला कुन इज्जत ले छेक्यो ,सुजाता को कुरै न गरौ |
देश को प्रधानमन्त्री को मर्यादा आदि बिभिन्न तर्क दिन सकिएला ,तर हामीले यत्ति सोच्नु पर्छ के त्यो बेला मनमोहन बोल्दैन थ्यो ? अरुणाचल को बिबाद मा बोल्दैन ??कति बोल्यो कति ?
हर्के जी तपाइँ को दर्शन लाइ मैले अनुभब गरेको छु ,समस्या को सिर्जना मात्र न गरौ ,समाधान दिउ | समाधान छैन भने चुप चाप बसौ हैन त् ?
हो आम् भलादमी हरुको बिचार तेस्तै हो ,
त्यो सामान्य् जिबन यापन मा मात्र लागु हुन्छ |
देश देश को समस्या मा शायद त्यो लागु हुन्न |
कुरो उठिरहनु पर्छ ,कोट्याइ रहनु पर्छ ,समाधान समय ले नीकाल्छ |
बिर्शनेलाई लाइ समय ले पनि हेल्प गर्न सक्दैन् हर्के जी |
मन परे हरियो, नपरे रातो
5
2
dron jee
now maoists accepted this demand~!!!!!
मन परे हरियो, नपरे रातो
0
0
कुरा त ठिक हो तर किन अर्काको फिल्मलाई गैर कानुनी रुप मा खिचेर तपाईको कानुनी वेब साईट मा राख्नु भएको?
मन परे हरियो, नपरे रातो
3
7
आफुपनि झिंगा नमार्ने अरुले गरेको प्रयासलाइ पनि नसहने झिंगे साथीहरुको कमेन्ट देख्दा तेसै हामी नेपालीले हण्डर खानु परेको होइन भन्ने स्पष्ट हुन्छ ! कमसेकम राष्ट्रिय स्वाधीनताको लागि कहिँ न कहिँबाट त आवाज उठेकोछ ? जनतालाई सुशिचित त गराएको छ ! हतियारले लड्न सकिन्न भन्दैमा चुप लागेर भारतीय हस्तक्षेप् रोकिएको छ ? सयौ बर्ष देखिको हाम्रो चुप र कुटनीतिले काम गरेको छ ? यदि सबै नेपाली एक भएर आवाज उठायौ भने संसारका कुनैपनि शक्तिले पराजित गर्न सक्ने छैन ! तर झिंगे साथीहरुले भने झैँ बिरोध नै गर्न हुदैन भन्ने पानीमरुवा सोच भयोभने धोतिहरुले सिमाना मिच्दै हाम्रा आमा छोरीचेलीहरुमाथि भैरहेको बलात्कारको जधन्य पिडा झन्झन् बढेर जानेछ ! भोलि आफ्नै परिवारमा आइपर्नेछ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
***************
सत्य तितो हुन्छ।
******************
यस्तो आवाजले हुनेवाला केही पनि छैन।
हामी स्वतन्त्र छौ भनेर जुन सुगा रटाई छ त्यो नै भ्रामक छ।
यो फिल्म सिमामा गएर सुटिङ गरेको पनि होइन। यस्तो फिल्मले देशको रक्षा गर्ने पनि होइन। मात्र मनमा आक्रोस र हिँसा जन्माउने हो।
फिल्म हेरुन्जेल देश भक्तीको आक्रोस मनमा हुन्छ, हलबाट निस्के पछी सबै देशभक्तीको भावना सडकमा नै हराउँछ।
यो एक्कासै सताब्दी हो, जहाँ हत्तियार, पैसाको बल हुन्छ। मुट्ठी र आवाजको समय भनेको हाम्रो वीर पुर्खाको पालामा नै सकियो।
हतियार र तालिमले सुसज्जित हाम्रो नेपाली सेना त कालापानीको सिमाना र सुस्तामा पुग्न सक्दैन भने निहत्था जनताले के गर्न सक्छ र?
यो चलचित्र हो, जहाँ निर्माताको उदेश्य भनेको आम्दनी हुन्छ भने कलाकारको आफ्नो पेसा।
र
यो नै चलचित्रको धर्म हो। परिवर्तन यसले गर्दैन।
र
सायदै नेपाल अब भारतीय हस्तक्षेप र अत्याचारबाट मुक्त होला
साथीहरु मलाई गाली नगर्नु होला, मैले जे साँचो छ त्यही भने। मनमा त देशको सिमा मिचिएको प्रती आक्रोस यती छ कि लाग्छ आजै भारत बिरुद्ध युद्धको सुरुवात गरुँ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
5
खै…………. नेपाल कहाँ छ र सिमाना मिच्नु ? जुन दिन देखि हाम्रो प्यारा नेता हरु (हामीले छानेको) इन्डियन दुताबास धाउन थाले , चाकरी गर्न थाले , त्यो दिन देखि म त नेपाल कहिँ पनि देख्दिन / Delhi सासन बाट नेपाल भन्दा सिक्किम स्वोतन्त्र छ./
सिमाना कन्ट्रोल हुनु पर्छ / इंडिया संसार मा एउटा यस्तो देश हो जसले आफ्नो छिमेकी देश कसैलाई पनि सान्ति ले बस्न दिदैन/ जहिले पनि कालो दृस्टी राख्छ/
संसार मा धेरै भिखारी भएको देश, सब भन्दा बढी crime हुने देश इंडिया हो / यसको populataion १२० करोड छ अनि हाम्रो २.५ करोड /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
1
प्रभुहरुले अझैपनि censorship को कुरा निकालेका छैनन्? अचम्म भयो! हुनत उहाहरु अहिले नेपालमा कुन भक्तलाई आशिर्वाद दिएर प्रधानमन्त्री बनाउने कुरामा व्यस्त हुनुहुन्छ होला, नभए त….
मन परे हरियो, नपरे रातो
7
1
हैन हो ओ हर्केजी सिमा मिचिएको सम्बन्धमा बोल्यो भने राजनीति गर्यो भन्ने अनि सुजाताले सिमा मिचिएको छैन भनेर बोल्छिन तेस्मा चाही चुप लागेर प्रतिक्रिया नदिने, अनि फ्लिम बनाएर जनतालाई सुचित गर्दा पनि रास्ट्रयेतालाई ब्यापारीकरण गर्न खोजेको आरोप लगाउने. तपाइको आसय अलि बुझिएन है.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
दिब्य जी,
सम्बन्धित ब्लगहरुमा मेरो प्रतिक्रिया पढ्न फेरिपनि अनुरोध छ !
मन परे हरियो, नपरे रातो
1
0
देश मा बिदेशी हस्तछेप छ भन्ने कुरा त सबै नेपाली जनताहरुमा मा छर्लंग नै छ. जे भएपनि बिसेष पार्टी हरु का मात्र! एक तह तप्काका बाहेक त्यति विश्वास लाग्दैन देश मा अब मात्र राष्ट्र बाद को खाचो छ यो बाद हिमाल देखि तराई मधेश सबै ठाउ देश को कुना कुना काप्चा तिर नेपाली जनता प्रबोधित हुन जरुरि छ भने त्यति नै जन एकता को आवाज गुन्जायमान हुन जरुरि छ,सबै भन्दा माफ गर्नु होला २०४६ साल देखि का प्रजातान्त्रिक नेता हरु आजकल किन हो पहिला त सरिर सम्म गन्हाउन्थ्यो अहिले त तिनीहरुका आवाज पनि गन्हाउँन थाली सकेको छ देश बनाउने नेताहरुहोइनन् देश लै डुबाउने नेताहरुहुन दलाल हरु हुन् होइन भने देश अतित्क्रमण भैरहेको छ देश मा नेता हरु कुर्सि को लागि हानथाप मच्ची राखेको छ यदि यी नेता हरुले देश नै बनाउने हो भने १९५० देखि मात्र नभएर सबै पुराना सन्धि हरु खारेज गर देश लै औद्योगिक क्रान्ति तिर धकेल्नुस ….. ठुलो मान्छे हुने बितिकै खुट्टा ढोग्न जाने प्रबित्तिलाई बन्द गरेर आफ्नो राष्ट्र को शिर सधै सगमाथा को चुचुरो झैँ राख्नुस तपाई नेता हरु सधै नया नेपाल को सपना कोरिरहनुस अनि देश बन्छ आम नेपाली जनता तपाई हरु संग हुनेछन देशको लागि अघि बढ्ने छन् नेता हरुको पनि सपना सकार हुने छ र जनता हरुको पनि सपना साकार हुने छ…. अस्तु ….
मन परे हरियो, नपरे रातो
7
1
जे जसरि हुन्छ हामी ले पनि यो फिल्म हेर्न पाउनु पर्यो / सम्बंतित निकायको कानमा यो कुरा पुगोस् / जो नेपाली मेरो फिल्म बन्द खोज्छ , त्यो नेपालीहरु को सत्रु हो / हामी सबै मिलेर तेसै नै यो देश बाट निकाल्नु पर्छ /
मन परे हरियो, नपरे रातो
9
1
सिनेमाले दिने शिक्षा सर्बसाधारण सबैले बुझ्न सक्ने हुन्छ , नेपाल र नेपालीले भोगिरहेका यी अन्याय लाइ यसरि पर्दामा उतार्ने हिक्मत गर्ने हरु नै बास्तबिक नायक हुन् देशको लागि .
अबका सिनेमा निर्माताले समाज को आखा खोल्ने यस्तो सिनेमा बनाउन हिक्मत
गर्न सकून !
करोडौ देशभक्त नेपालीको हिर्दयाको धन्यबाद को पात्र हुने छन् यी सिनेमा निर्माता -
निर्देशक – अभिनय कर्ता सबै सबै .
हरेक देश भक्त नागरिकले यो सिनेमा कम्तिमा एक पल्ट हेरिदियुन !
यो सिनेमाले अपार सफलता प्राप्त गरोस !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
4
लुनाजी
सिनेमा मा मसला खोज्ने चलन छ | अदुवा ले मात्र तेती स्वाद आउन्न भन्छन |
हामि ले त् हेरौला , तर फिल्म का धेरै दर्शक भनेका टिनेजर हुन् |
तिनीहरु लाइ मसला न भै हेर्न मान्दैनन | के गर्ने होला ?
मन परे हरियो, नपरे रातो
7
8
यो फिल्म चलाउनु नदिनु ले नै थाहा भैहाल्छ कि देशमा के भैराछ भनेर…. बुझ्नेलाई सुनको माला, नबुझ्नेलाइ फुलको ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
प्रधान मंत्री माधव कुमार नेपाल र बिदेस मंत्री सुजाता कोयिरालाले भारतले सीमा मिचेको छैन भन्दा भन्दै सीमा मिचेको कुरा गरेर देस को प्रधान मन्त्रीको र बिदेश मन्त्रीको कुरा काटन मिल्छ र भने? भारतको प्रधान मंत्री मनमोहन समेतले तारीफ़ गरेको ब्यक्तिलायी अप्थ्यारो मा पार्ने यस्तो चल चित्र बनाउनै हुँदैन थियो/ हाम्रो देस भनेको मात्र नेताहरु बसने सिंह दरवार र मंत्री बसने मंत्रालय हुन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
5
ल यो फिल्म लाइ चीन ,पाकिस्तान ,बंगाला देश ,माल्सिप्स, श्रीलंका को भासामा
अनुबाद गरेर उक्त मुलुक हरुमा पठाउ | तेस्मा सबैले निर्माता निर्देसक लाइ आर्थिक र नैतिक समर्थन गरौ |
सब छिमेकी ले जानुन र बुझुन इन्डिया ले नेपाल लाइ बेस्करी हेपेको कुरा |
सुन्न मा आएको छ ,अरुणाचल मा बस्ने इन्डियन लाइ बिना भिसा चीन छिर्न दिन्छ रे | किनभने चीनया हरुको अनुसार उनीहरु एकै देस को नागरिक अरे |
यो कुरा को बिरोध इन्डिया ले सिमा मा गएर त् गर्न सकेन |तर धोति उचाल्दै
दिल्ली सभाभाबन मा कराएको थियो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
द्रोण जी,
अंग्रेजी मा पनि अनुबाद गरे कसो होला ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
उत्तम बिचार !
मन परे हरियो, नपरे रातो
10
0
भारतीय राजदुताबास लैनचौर मा जुलुश जानु भन्दा बरु सबै नेपालीजनता २करोड नै भारत को रस्त्रपतिभावन गएर धर्ना दिन बेश होला /
मन परे हरियो, नपरे रातो
11
4
बिचार राजेश हमाल बिरुद्ध नि भारत ले प्लान बनाई सकेको होला कुन दिन राजेश माथि आक्रमण को समाचार औना बेर छैन है
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
1
हुन पनि सक्छा , पानि मरुवा हरु को देश हो | फोन गरेर हत्या को जिम्मा लीन्चन र पनि केहि गर्न सक्दैन | isreal हरु संग सिक्नु पर्ने .
मन परे हरियो, नपरे रातो
12
1
खै मलाई त यति संबेदनसिल बिषय लाई यस्तो हलुका किसिमले प्रस्तुत गर्नु हुदैन थियो कि जस्तो लाग्यो | जस्तो कथा छ तेही अनुसार चलचित्र बनाउनु पर्छ न कि जसरि पनि बनाएर व्यापार मात्र गर्नु पर्छ भन्ने होइन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
16
आत्मीय साथिसंगीहरु,
के यहाहरुले आफ्नो मातृभुमि र आफ्नो देशबासिहरुको दुख अनि पीडाले भरिएको यथार्थ सुनेर आफ्नो शरीर को रौँ बदलाको भावले खडा भएको महसुस गर्नु भएको छ? सायद येही नै हो मातृ भुमि प्रतिको आगाध प्रेम……. ! हामीमा अझ पनि नेपाली बिरता सुसुप्त अवस्थामा रहेको छ ! आफुमा बिध्यमान पुर्खेउली बिरतालाई जगाउने बेला आएको छ अब ! ” गाउँ गाउँ बाट उठ , बस्ति बस्ति बाट उठ , यो देश को मुहार फेर्नलाई उठ ” भन्ने नारा लाइ चरितार्थ अनि सार्थक बनाउनु पर्ने बेला आएको छ ! जो जहाँ छौ साथमा जे छ तेही लिएर अगाडी बढौ! मा नेपाली होइन कि हामी नेपाली भन्ने भावना मनमा सबैको पल्लवित होस् !
जय मातृभुमि ………………नेपाल
राज
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
मलाई पनि मन पर्यो यस्तो फिलीम ले बास्तबिक घटनाको नजिक पुरायुछ /
मन परे हरियो, नपरे रातो
11
1
this kinda movies we’re expecting from Nepali Film Industry…
can someone plez tell me what happen to DasDunga
मन परे हरियो, नपरे रातो
3
7
यस्ता चलचित्र घर-घरमा, कोठा-कोठासम्म पुर्याउनुपर्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
8
आज सहि कुरा गर्नु भो पुष्प जी . तपाई सित पूर्ण सहमत छु आज भने . धन्यवाद ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
3
हैन कुनै नेपालीले नागरिकको हैशियतले अन्तर्राष्ट्रिय अदालत जान मिल्दैन भन्या ? यी तोरीलाहुरे नेताहरुले देश बचाउने सपना त नदेखेकै राम्रो ! कुनै व्यक्ति वा संस्थाले दह्रो कदम चलाउने हिम्मत गर्ने हो भने देश अझै घाटबाट फिर्ता आउन सक्छ जस्तो लाग्छ मलाइ त ! देश विदेशबाट समस्त नेपालीले यस्तो कदमलाई अबश्य साथ् दिने छन् ! लौ न केहि गरौँ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
3
हर्केजी,
यस्तो गर्न सकेको भए हाम्रो देशको स्थिति अहिलेको जस्तो कहाँ हुन्थ्यो र ? मैले बुझेअनुसार अन्तर्राष्ट्रिय अदालतमा राज्यको आधिकारिक र सम्बन्धित निकायले मात्र मुद्दा दायर गर्नसक्छ, त्यो पनि संयुक्त राष्ट्र संघका सदस्यता प्राप्त राष्ट्रले । नेपालले संयुक्त राष्ट्रको सदस्यता नपाओस् भनी भारतले भरमग्दुर प्रयास गरेको कारण पनि यही नै थियो । भारत यसमा त असफल भयो, तर उसले हाम्रा नेता अनि जनतालाई काबुमा राख्न सफलचाहिँ भयो । को जान्छ अन्तर्राष्ट्रिय अदालत वा कसलाई जान दिन्छन् भारतपरस्तहरू । तसर्थ अब ती नेताहरू जगाउनेमात्र होइन कि हामी जनता पनि जाग्नुपर्छ र जागेकाहरूलाई प्रोत्साहन दिनुपर्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
5
मेरो संसारमा पुरानो Harke को तर्फ बाट नया harke लाइ स्वागत छ !
मन परे हरियो, नपरे रातो
7
1
त्यो पनि अति उत्तम बिचार हो |
मन परे हरियो, नपरे रातो
3
2
समाचार संगै प्रस्तुत क्लिप्स हरु नेपाली चलचित्र “दशगजा” बाट लिईएका रहेछन रै पनि यसको मूल बिषय वर्तमान नेपालको वास्तविकता होइन र ? यस्तो दर्दनाक अवस्था लाई बुझेर थाहा पाएर पनि नेपाल को सिमाना कहिँ कतै कहिलै मिचिएको छैन भनेर हाम्रा देशका नेता वा नेतृहरुले भनिरहदा यस यथार्ताथा र पिडाले रोइरहेको संदेश भलै चलचित्र मार्फत नै किन नहोश, सर्बसाधरनलाई समेत ज्ञात भैसकेपछि अब पनि अन्तराष्ट्रिय स्तर मा सिमा सुरछ्या र त्यसको दिर्घकालिन समाधानको लागि राजनैतिक वृतबाट पहल गरिनु पर्दैन र ? यदी देशका सबै समस्या चाहे त्यो राष्ट्रिय होस् या अन्तराष्ट्रिय सबै नेपाली जनता ले नै गर्नु पर्ने हो भने आजै का मिति बाट लागुहुने गरि सबै राजनैतिक दलहरुले आ-आफ्नो दलीय संरचना भङ्ग गर / नेपाली जनता लाई तिमीहरुको कुनै पनि प्रकारको व्यक्तिहित बादी क्रियाकलाप चाहियको छैन / यदि नेपालमा तिमीहरुको अवसान भयो भने नेपाली जनता ले हर प्रकारको समस्याको समाधान आफै गर्न सक्छन र अझै पनि हामीलाई गर्व छ कि हामी नेपाली हौ / के तिमीहरुलाई हिम्मत छ नेपालीहरुलाई सार्बभौम छोड्न ? इतिहास लाई फर्केर हेर एक पटक नेपालीबीर जनताहरुको गौरवगाथा /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
सीमा अतिक्रमण बिरुद्द अवाज उठाउनको लागि यो चलचित्र प्रेरणा साबित हुनसक्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
1
नेपालीको पबित्र राष्ट्रियता र देशभक्तिको भावनामा चढेर धेरैले फोहोरी राजनीति गरे र अहिले पनि गरिराखेका छन् !
यो फिल्म समाजको ऐना बन्न सकोस न की हाम्रो राष्ट्रियताको भावाना माथि चढेर एउटा अर्को फोहोरी ब्यापार गरोस !
येही कामना छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
यो चलचित्र हेरेर वाल्ल-ट्वाल्ल परेर बस्नु अनि ? यसमा उठाइएका मुद्दाको सम्बोधन कसले गर्ने नि हर्केजी ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
यो मुद्दाको सम्बोधन गर्ने नेताहरु संगै अब जनताले पनि गर्ने छन् , जुन जुन नेताहरुले यस्तो मुद्दामा सम्बोधन गर्ने हिक्मत राख्न सक्तैनना ति नेता होइन
” खलनेता ” मा परिणत हुने छन् जनताको नजर मा .
घाउले चर्को रुप लिए पछी औसधि औषधि खोज्छा मान्छेको जातले – - – -
मन परे हरियो, नपरे रातो
11
3
हेर्न पाउनु नै ठुलो कुरो हुन्छ पुष्प जी,
पुकदाले आफु प्रधान मन्त्रि हुदा येस्तई कथाबस्तु बोकेको मनोज पन्डितको “ग्रेटर नेपाल”लाइ वोर्ल्ड ट्रेड सेन्टरमा प्रदर्सन हुन लाग्दा, सुदको आदेशमा प्रहरी पठाएर रोक लगाएको थियो ! (माइ संसारको अभिलेखालयमा हेर्नुस)
फेरी पनि तेस्तै पुनरावृत्ति नहोला के ?
मन परे हरियो, नपरे रातो
9
4
ताजै छ त्यो घटना मेरो मानसपटलमा हर्केजी । यस्तै ज्यादती रोक्नकै लागि त हो हामी जाग्नुपर्ने । यस्तो कार्यमा माओवादीले पनि खासै गर्न सक्ने भनेको विरोधमात्र हो, जबसम्म अन्य शक्तिहरूसमेत एकजुट भएर उठ्दैनन्, तबसम्म यस्ता दृश्य दोहोरिनुलाई असामान्य मान्नु हुँदैन ।
मन परे हरियो, नपरे रातो
5
4
पुष्प जी,
देशको ठुलो दलको हैसियत बिरोध गर्ने मात्रै हुन्छ भने समाधान दिने कसले ?
हो हामि सबै उठ्नु पर्छ…तेस्मा २ मत छैन ! तर टायर बाल्न, नेपाल बन्द गर्न, तराईबासी आफ्नै दाजुभाईलाइ धम्क्यौना, सिमानामा नारा जुलुश र सक्ति प्रदर्शन गर्न होइन !
हामि जुटेर, यो बास्तबिकता संसारभर देखाउनु पर्छ….खासगरी भारतीय सर्बसाधारणको भावनालाइ निसाना बनाउनु पर्छ, जसले गर्दा तेहाका बिस्तारबादी नेता हुन् या ब्युरोक्रेट…आफ्नै जताताको घृणा को पात्र बनुन !
मन परे हरियो, नपरे रातो
6
2
हर्केजी,
सबै ठूला दलले विरोध गर्ने ल्याकतमात्र राखे पनि धेरै हदसम्म समस्या सुल्झिनेथियो । तर के गर्ने कुर्सीका लागि विरोध गर्नु त कता हो कता, उल्टै केही भएको छैन भनी लाजै पचाउँछन् । टायर बाल्ने वा कुरामा मेरो पूर्ण असहमति छ, तर सिमाना होस् चाहे राजधानी, जहाँ गरेपनि विरोधचाहिँ हुनैपर्छ । तराईबासी आफ्ना दाजुभाइलाई धम्क्याउने कुरोचाहिँ बुझिएन । भारतीय जनतालाई हाम्रो सिमानाका बारेमा थाहा नभएको कहाँ हो र, तर उनीहरू आफै बिहारी राजनीतिको शिकार भएका छन् ।
मन परे हरियो, नपरे रातो
0
2
अब सिनेमा मा होइन साचिकै गर्नु पर्ने भो …. कि त्यो छैन कि म छैन . हामी नेपाली सबै मिलेर एसको सामना गरौ , देश आफै बन्छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
निकै राम्रो छ . यो पर्दशन छिटो गरिनु पर्दछा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
राम्रो छ प्रदर्शनमा ल्याउन जरुरि छ.|राष्ट्र रास्त्रियता देशप्रेमको भावना जागृत गर्नमा येश्ले मद्दत गर्नेमा बिशोस्त छु|थिचो मिचोको विरुद्ध हाम्रो आवाज बुल्लंद गर्दै अहिलेका अवसर बादी नेताहरुको केहि भय पनि ध्यान खिच्न सकिन्छ कि|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
येस बिसयमा कांग्रेसले त कुरो गर्दैन भनेर तेत्रो १४/१५ सरकारमा हुदाको क्रियाकलापले देखैसक्यो नभएर माकुनेको पालाको पररस्त्रमंत्री कुजताले त हक्हकी बोलि नै सक्यो, कंग्रेस्बता आस गर्ने पर्दैन बरु भारतमै लम्पसार भै मरे हुन्छा , बाकी रह्यो (एमाले र माओबादी) यिनीहरुले पनि चुनाबको बेलामा मात्र उठौछां पछी सरकारमा गएसी पुच्छर लुकौदो रहेछा भनेर प्रचंडे र माकुनेको सरकारको पालामा देखि सक्यो तेसैले अबरु बेलैमा मधेसी भैया बन्न पुछा भने बनि हाल अनि तिनीहरुको सहारामा इन्डियन धोति लगाएर जय हिन्दुस्थानको नारा लगाउ बस खत्तम.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
6
यी क्लिप्सका संवाद सुन्दा त गम्भिर विषयमा त्यत्तिकै गम्भिर भएर सिनेमा बनाएको जस्तो लागेन । हास्य सिरियलको छनक पाइयो । नेपालीको देश प्रेमलाई व्यपार बनाउन खोजेको हो भने राम्रो हुँदैन ।<
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
28