मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शोभराज अझै १४ वर्ष जेल मै कोचिने

    फैसलापछि आक्रोशित निहिता। फोटो सौजन्यः गोपाल चित्रकार/रोयटर्स

    सर्वोच्च अदालतले पाँच वर्षदेखि अदालतमा चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई दोषी ठहर गरेको छ। सर्वोच्चको फैसलापछि उनी अब अझै १४ वर्ष नेपाली जेलमा कोचिने भएका छन्। अपराध गरेर उन्मुक्ति पाउँछु भनी सोच्नेहरुलाई यो एउटा गतिलो झापड हो। ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजको आत्मालाई बल्ल आफ्ना दोषीले सजाय पाएको देखेर शान्ति महसूस भयो होला।

    पाँच वर्षदेखि सर्वोच्चमा झुण्डिरहेको यो मुद्दामा आज पनि फैसला होला कि नहोला निश्चित थिएन। नेपालको अदालतमा चल्ने घुसखोरीका समाचारहरुका कारण ‘नेपालको एअरपोर्टबाट हात्ती नै छिराइदिन्छु’ भनी शान देखाउने शोभराज रिहा त हुने हैनन् भन्ने आशंका धेरैले गरेका थिए। असार ३० गते नै गर्ने भनिएको यो मुद्दाको फैसला आज सारिएपछि त्यस्तो आशंका गर्नेहरु झन् बढेका थिए। तर अन्ततः न्यायधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले उनलाई हत्याको दोषी भन्दै सर्वस्वसहित जन्मकैद गर्ने पुनरावेदन अदालतकै फैसलालाई सदर गर्ने अन्तिम निर्णय आज गरेको हो।

    फैसलापछि अदालतबाट निस्कँदै निहिता। फोटो सौजन्यः गोपाल चित्रकार/रोयटर्स



    जन्मकैद भनेको २० वर्षको जेल सजाय हो। उनले ६ वर्ष जेलमा बिताइसकेका हुनाले अब अझ १४ वर्ष जेलमा बिताउनु पर्ने हुन्छ। अहिले उनी ६६ वर्षका भइसके। उनी अब जेलबाट छुट्दा ८० वर्षका हुनेछन्।

    यदि सर्वोच्चले उनलाई रिहा गर्ने फैसला गरेको भए अदालतप्रतिको विश्वास घट्थ्यो जनमानसमा। यसै पनि धेरै विवादास्पद फैसलाका कारण अदालतको छवि जनमानसमा राम्रो छैन। तर सर्वोच्चको निर्णयपछि शोभराजसित जेलभित्रै बिहे गरिसकेँ भन्ने किशोरी निहिता विश्वासले भने न्यायाधीशले नै घुस खाएको आरोप लगाएछन्। यो हाँसोउठ्दो आरोप हो। घुस खाने भए धनी शोभराजले नै बढी घुस दिन्थे होला बरु। शोभराजलाई जेलमा नै राख्‍न चाहेर घुस खुवाउने को पो होलान् र नेपालमा। तर निहिताले भने न्यायाधीशविरुद्ध अख्तियार जाने, अन्तर्राष्ट्रिय अदालत जानेसम्मका हावा कुरा बताएछन्। अख्तियारमासम्म त उजुरी दिन मिल्छ भनौँ ल, अन्तर्राष्ट्रिय अदालत त कसरी जान मिल्छ र?

    पिताको उमेरका शोभराजसित बिहे गरेकी २१ वर्षकी निहिताले शोभराजलाई सर्वोच्चले रिहा गर्ने अनि फ्रान्स गएर त्यहाँको कानुन अनुसार बिहे गर्ने बताउँदै आएकी थिइन्। अब त्यो इच्छा पूरा गर्न उनले आफू ३५ वर्षको उमेर हुँदासम्म पर्खनु पर्ने भएको छ। यो फैसलासँगै उनको बिहे साँच्चिकै प्रेम भएर भएको हो वा यो सब शोभराजको नाटक गरेर उम्कने एउटा षड्यन्त्रको हिस्सा हो भन्ने पनि केही समय बितेपछि प्रष्ट हुनेछ। निहिताकी आमा शकुन्तला थापा शोभराजका वकील भएको तथ्यले पनि षड्यन्त्रको अनुमान गर्नेहरुलाई बल पुर्‍याएको थियो।

    को हुन् शोभराज ?
    भारतीय पिता र अविवाहित भियतनामी आमाको कोखबाट सन् १९४४ को अप्रिल ६ तारिखमा गुरुमुख शोभराजका रुपमा उनको जन्म भएको हो। जन्मेको केही समयपछि नै भारतीय पिताले आमालाई छाडे। आमाकी नयाँ ब्वाइफ्रेन्डले झड्केलो बाबुका रुपमा शोभराजलाई हुर्काए। उनी फ्रान्सेली नागरिक थिए। झड्केलो बाबु र आफ्नै आमाका अरु सन्तानको तुलनामा उनलाई कम महत्त्व दिइएकोले हो कि किशोर उमेर मै उनमा समस्या आइपर्‍यो।

    जेल उनको पुरानो घर हो। उनी पहिलो पल्ट सन् १९६३ मा चोरीको आरोपमा जेल परेका थिए। चोरी र डकैती गर्दै आएका शोभराजले पहिलो हत्या सन् १९७५ मा गरेको पत्ता लागेको छ। उनको पहिलो शिकार सियाटलकी Teresa Knowlton थिइन्। उनले आफ्ना धेरै शिकारलाई हत्या गरेर जलाइदिन्थे। डच विद्यार्थीहरु Henk Bintanja र उनकी प्रेमिका Cornelia Hemker लाई थाइल्यान्डमा हत्या गरेर उनीहरु कै पासपोर्ट लिएर नेपाल पसेका थिए शोभराज र उनका सहयोगी Leclerc सन् १९७५ मा। नेपाल आएर उनले क्यानाडेली नागरिक Laurent Ormond Carrière र क्यालिफोर्नियाकी Connie Bronzich को हत्या गरेर लाश चिन्न गाह्रो हुने गरी हत्या गरे। अनि उनीहरु कै पासपोर्ट प्रयोग गरेर नेपालबाट उडे।

    भारत लगायत अरु थुप्रै देशमा अरु थुप्रैको पनि उनले हत्या गरे। तर भारतमा उनलाई मृत्युदण्डको सट्टा १२ वर्षको जेल सजाय सुनाइयो। भारतको जेलमा गार्डहरुलाई घुस खुवाएर जेलभित्रै टिभी, मीठो खाना, आरामदायी बाससहित विलासी जेल जीवन उनले बिताए। जेलै उनका लागि ठीक पनि थियो। किनभने थाइल्यान्डमा उनले गरेको हत्याको लागि त्यहाँको सरकारले २० वर्षका लागि अरेस्ट वारेन्ट जारी गरेको थियो। उनी भारतबाट रिहा भएको भए निश्चित रुपमा थाइल्यान्डलाई सुपुर्दगी गरिन्थ्यो र त्यहाँ उनले मृत्युदण्ड पाउँथे। चलाख शोभराजले रिहा हुन २ वर्ष बाँकी छँदा मार्च १९८६ मा कैदी र गार्डहरुका लागि पार्टी दिएर स्लिपिङ पिल खुवाएर जेलबाट टाप ठोके। तर उनलाई तुरुन्तै गोवामा गिरफ्तार गरियो र उनलाई थप १० वर्ष जेल सजाय सुनाइयो।

    सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा हुँदा उनीविरुद्धका धेरै वारेन्ट, प्रमाण र प्रत्यक्षदर्शी हराइसकेका थिए। सुपुर्दगी गर्ने कुनै देश नरहेकोले भारतीय अधिकारीहरुले उनलाई फ्रान्स फर्कन दिएका थिए।

    पाप धुरीबाट करायो
    फ्रान्स फर्केपछि उनी विलासी जीवन बिताइरहेका थिए। उनले आफ्नो अन्तर्वार्ता, कथाका लागि मोटो रकम असुल्थे। तर पाप धुरीबाट कराउन बाँकी थियो। त्यसैले उनी नेपाल आएछन्। सन् २००३ को सेप्टेम्बर १७ मा दि हिमालयन टाइम्सका पत्रकारले शोभराजलाई काठमाडौँको सडकमा भेट्टाए। पत्रिकाले यो स्कूप समाचार छापेको दुई दिनपछि प्रहरीले उनलाई दरबारमार्गको याक एन्ड यति होटलको क्यासिनोबाट उनलाई गिरफ्तार गरेको थियो।

    उनलाई अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजलाई मारेको अभियोगमा २०३२ सालमा दायर भएको मुद्दामाथि २८ वर्षपछि काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। फैसलाको विरोधमा शोभराज पुनरावेदन अदालत गए। पुनरावेदन अदालत पाटनले पनि त्यही फैसलालाई सदर गर्‍यो। त्यसपछि यो निर्णयविरुद्ध शोभराजले २०६२ कात्तिक २४ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले आजै पुनरावेदनको सोही फैसलालाई सदर गरेको हो।

    नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा भने पुनरावेदनले सुरुमा शोभराजलाई सफाइ दिएको थियो। तर पछि सरकारले पुनरावेदनको फैसलाविरुद्ध पाटनको उक्त निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेपछि सर्वोच्चले पुनः पुनरावदेन अदालत पाटनमा फर्काएको थियो। करिब १ वर्षअघि पुनरावेदनले सो मुद्दामा पनि शोभराजलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो। पुनरावेदनको फैसलाविरुद्ध फेरि शोभराजले ०६६ साउन ८ गते सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। यो मुद्दामा पनि पुनरावेदन कै फैसलालाई आज सर्वोच्चले सदर गरेको छ।

    चार्ल्स शोभराजविरुद्ध अर्को कर्तव्य ज्यान (हत्या) सम्बन्धी मुद्दा भक्तपुर जिल्ला अदालतमा विचाराधीन छ। भक्तपुरको साँगामा क्यानाडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्याको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। अब यो हत्यामा पनि उनीविरुद्ध मुद्दा चलाइने भएको छ।

    नेपालमा हुँदाको नाटक
    उनी किन नेपाल आएका हुन्, अझै थाहा भएको छैन। तर पक्राउ परेपछि उनले निकै नाटक देखाए। आफूभन्दा दोब्बर कम उमेरकीसँग प्रेम प्रसंग अनि त्यस लगत्तै उनकै मार्फत् प्रेस विज्ञप्ति जारी गरी आफूलाई हत्यारा नभन्न दिइएको धम्की पनि उल्लेखनीय छ। बिहेको कुरा पनि उस्तै। उनीहरुको बिहे भएको कुरालाई जेल अधिकारीले खण्डन गरेका थिए। जेल अधिकारीहरुले बिहे भएको खबरको खण्डन गर्दै दशैँका बेला अन्य बन्दीहरुलाई जस्तै सामूहिक स्थानमा टिका लगाउन अनुमति दिइएको बताएका थिए।

    हेर्नुस् उनको धम्की वक्तव्य-

    No related posts.

    95 comments to शोभराज अझै १४ वर्ष जेल मै कोचिने

    • Koshey

      I think Nihita and her mother are very clever and they doing it all drama because they are getting really big sum of money. I think they even know Mr Sovraj would never get released from jail. That mean good for Nihita as well. Get lots of money and do not even have to marry the old guy. After some years everyone forget about Nihita and she got on with luxurious life and probably Mr Sovraj will die in jail or something.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Kisan

      घुस नखाई मुद्है नहेर्ने नेपालका न्यायाधिसहरु घुसमा कमि भयो भने पनि ओल्लो न पल्लो घाटको बनाएर फैसला गर्छन ! निहिताले गाली गरिन ति न्यायधिसहरुलाई जो घाँस खाएर फैसला गर्छन ! काँही घुस नपाएर त होइन? खैर, नेपाली गरिबले न्याय नपाएपनि बिदेसिले भने न्याय पाएको छ! कतै नेताहरुको जस्तो मनमोहनलाई खुसि पर्यो भने सत्तामा टासी रहन पाइन्छ (जसरि गिरिजाले गर्यो) भने जस्तै त्येस्तै फैसला गर्यो भने घुस खाने परम्परालाई कतै त्येस्तै खुसि पर्ने काम त होइन भोलि घुस टन्न खायो भने पनि ….?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 23

      • sham samal

        अदालतमा घुसको कुरा निकै सुनिएको छ. बिगतका निर्णयहरु हेर्दा बदनियत देखिने धेरै आधार देखिन्छन. तर यो केसमा घुस खायो भन्ने कुरा पत्त्याउन सकिने देखिन्न. यो सरकार बादी मुद्दा हो. शोभराजले घुस ख्वाएको भए उसैले जित्न पर्ने. अरु कसले ख्वाउने घुस उसलाई हराउन? पुलिसले, सरकारले, सरकारी वोकिलले कि कसले? शोभराजको विपक्ष नै सरकार हो. बिषय बस्तुको मेसो नपाएर जथाभाबी बर्बरायको हो कि पाठक वर्ग? एउटा शम्भावनाको पक्ष छ तर तेस्मा पनि किन भनेर सोच्दा भरपर्न सकिने आधार देखिन्न.

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • ieshor pokhrel

      बिचरा बुडा लाई धेरै दुख दीय नेपालमा /मावादी का खाम जस्तात खुलम खुलम घुमी राखेको छन् /बिदेशी वयेर होला

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 13

      • dipak

        पोख्रेल जी,
        खाम को गल्ति र शोव्राज ले गरेको हत्या हरु एकै जस्तो लाग्छा तपाइलाई. येसो आँखा खोल्ने प्रयास गरे कसो होला /

        दिपक अमेरिका

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 21

    • pritam

      कुख्यात अपराधी चार्ल्स शोवराज लाई नेपाली प्रहरीले समातेर जेलको सजाय दिएकोमा नेपाल प्रहरी र नेपाल को न्यायालयले बिश्व मै उदाहरनिय काम गरेको छ , नेपाल प्रहरी र नेपाल को न्यायालय दुवै धन्यवाद क पात्र हुन्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 3

    • suman gurung

      अपराधी भनेर प्रमाणित भईसकेको अवस्थामा उसले सजाय पाउनु नै थियो ,पायो I चटपटे साँढेका तीन ठाउँमा डाम भनेझैं अपराध गरिरहनेले दु:ख त पाउने नै भयो I शैतानी बुद्धि र कर्मको आयु किमार्थ लामो हुदैन I अपराधीलाई रिहा गराउने निहिता परिवारको प्रयास पनि गलत थियो I अन्ततोगत्वा शोभराजको निम्ति फरियाको नाता न्यायको सामुन्ने काम लागेन I यस पटक न्यायिक पक्षबाट जुँगामा ताउ दिन लायकको काम भएको छ I

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • Aalu bahadur

      खबरदर नेपाली जेलरहरु, शोवराजले फेरी नया खेल रचेर बिहे पार्टी भनेर लड्डु खुवुला नि भारत मा जस्तै sleeping pills राखेर! अनि निहिता त चौटा खान गएकी बुढी झोलमा डुबेर मारी भनेझै भयो त.. बरु तिम्री आमालाई चै पठाए हुन्थ्यो नि.. तिम्रो लागि त हामि थियोउ नि यार..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 3

    • i think she is doing all these acting cuz charles is giving lots of money to her,though she wants to be popular.if anybody helps criminal he o she will be criminal ,if she is trying to help him she is also criminal so we also have to punish her

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • it was an wrong idea to her ,which she chose the path for a criminal ,she knoes that law is always with the right ,than why she helps the criminal i think she wants to become day by day popular in the world ,but at last she became very shame ful to herself and to community .

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

      • Maan B.Thapa

        यो लाज घिन सव पचाएका इज्जत नभएको आमा छोरीलाई पनि छानबिन गर्नु पर्ने देखिन्छ!उमेर ले प्रेममा छेक्दैन केहि फरक पर्दैन होइन,त्यहाँ पर्दा पछाडी बिशेष कुरा छुपेको हुन् सक्छ!यो परिवर्तनशील सन्सारमा कसैले कसैलाई बिश्वाश गर्ने समय भने छैन र होइन! हु नेभर नोज,शोभराज संग त्यस्तो जादुको छडी नै के छ होला त बुढी आमाले आँखा मार्नुको साटो यो एकाइस बर्षे तरुनी ले मरी हत्ते गर्नु पर्ने!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • sirjana

      होईन माया लाई उमेरले छेक्दैन तर मायामा हुनु पर्ने गुण त दुबईमा देख्दिननी/होईन हो निहिता जी तिम्लाई lov के हो?थाहा त छ? नत्र फेरी पछि पछुतौनू पर्लानी? yakchoti फेरी सोच /यो पनि बुझ पैसाले माया किनिदैन, माया गर्नलाई त सच्चा मुटु चाहिन्छ ,तेओ तिमीमा अबसे छईन/यो तिमीले अहिले बूझ्देनौ जुन दिन तिमि यक्ली हुन्छेउ तेतिखेर तिमीले महसुस गर्नेछौ कि माया के रहेछ न त तिमि संग जन्म दिने आमा हुन्छिन न त तिम्रो अहिलेको बनोटीप्रेमी नै ,तिमीलाई बल्ल पैसाले पोल्ने छ.अनि धिकार्नेछान तिमीलाई नेपाली आमाले ,तिमि कुन मोहमा फसेउ र सारा जनताले चिनेको अपराधिलाई पनि तिमि कुन इसाराले उसलाई पानि माथिको ओभानो बनौनचाह्न्छौ ,कतै तिमि doller को खेतीमा त लागेकिछेनौ ???????????????????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • rabin

      अन्तरास्ट्रिय कुख्यात अपराधीलाई सजाए दिएर सर्बोच्च आदालतले स्वागत् योग्य काम गरेको छ !तर यस्ता अपराधिक घटनामा सम्लग्न कुख्यात अपराधी शोभराजलाइ जेल सजाए मात्र पनि कमिनै हुन्छ ! अर्कोतर्फ निहितालाई पनि सुझाब अब आफ्नो प्रेमिका रोज्दा शोभराज जस्तै कुख्यात अपराधी नरोजुन , हामी चाहान्छु येसरी नै कानुन ले दोषी लाई सधै कारबाही गरोस !कानुन कसैको धम्कि र पैसामा नबिकोस.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • neerose

      अब यी नाखारमौली लाइ पनि,
      १: अपराधि संग बिहे गरेको,
      २: असामाजिक, असान्दार्भिक,ज्यादा उमेरको अन्तराल, ताई न तुइ बेतुकको बिहे,
      ३: नेपालि समाज प्रति गैर उत्तेरदायी,
      ४: नेपालि परिवार र केटाहरु प्रति गैर जिम्मेवारी,
      आदि आदि दश आठ अभियोग ठोकेर तुरुन्तै फैसला गरि उसैको नाठो संगै राखिदिन पाय सरकारी भात्ताखादै हनिमुन मनाउनेथिन् र बैबाहिक जीवन पनि शुखी र खुशी हुनेथियो!
      उनीत गैर उत्तरदायी र गैर जिम्मेवारी भईन तर हामि यत्तिसम्म गरेर एउटा नेपालि र स्वोदेशिको जिम्मेवारी त निभाउदा राम्रो हुनेथियो होला!
      अब यिनिलाइ बाहिर तेत्तिकै छोड्दा यस्तै उस्तै खिचलो र भाडभैलो मच्चाई रहन सक्छिन जुन समाज फोहोर गर्नेकुरामा झन्डै निश्चित हुन सकिन्छ!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • Mahmud

      सकुन्तला र उनकी छोरीलाई चिन्ने मानिसलाई उनीहरुको नाटक के हो भन्ने बुझ्न गार्हो पर्दैन. इमान धर्म र इज्जत फाली सके पछी निहिता जस्तो घिन लाग्दो मानिस हुन मुस्किल छैन. जस्ती आमा उस्तै छोरी- धिक्कार- सोभराज त कुख्यात हत्त्यारा हुदैहो तेस्तो अपराधीलाई अति छुद्र बेक्तिगत सुभ्लाव्का लागि लोग्ने भन्ने नाटक गर्न सक्ने सकुन्तला र उनकी छोरीलाइ नेपाली भन्नु पर्दा मेरो सिर निहुरिएको छ.
      एस्तो घिन लाग्दो नाटक के को लागि मन्चन गरियेकोहो भन्ने बुझ्न सकुन्तला लाइ बेक्तिगत रुपमा चिन्ने मानिस लाइ गार्हो पर्दिन. छि छि अब यिनको समाचार कसैले नलेखी दिए नेपालको थप बेइज्जत हुनबाट रोकिने थियो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • bhusalus

      सोभ राज को पैसा भान्सा गर्नी राम्रो तरिका को आमा छोरि को …………………..

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • indra chhantyal

      अदालत ले गरेको फैसाला सबैको लागि चित्त बुज्दो छ ,हैन बिचारीको पेरिस जाने सपना त चकनाचुर भयछ ,तेतिका धेरै नेपाली जवान हरुलाई नपुंसक ठान्ने नखर्मौली,नेपाली चेलीको देस ,बिदेस मा समेत बेइजेत गर्ने धिक्कार छ तलाई ,पैसा को लागि २१ बर्सको छोरीसमेत दिन पछी नपर्ने ओकिल मई र आफन्त हरुलाई पनि
      बधाई

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 3

      • Shailaja

        Well, that is not our business! that is their life and right to make decision. No one has right to condemn.

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 10

        • के हो नानी तिम्रो पनि उसै संग जाने विचार छ कि कसो ? कि नेपाली केटा पाएनौ र हो ? नभए हामी पनि छौ है तिम्रो इच्छा पुरा गर्न सक्ने.

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • संजय सुनुवार, Melbourne

      @ लिना जी, ~~~ लाज, इज्जत, घीन, धर्म & संस्कार सबै न भएको व्यक्तिलाई कसले पो हेर्छ होला र ! तेस माथि पनि राम्रो केटा रे !! तेस्तो नसुहाउने कुरा न गर्नु नै बेश होला लिना जी, !!!(-_-)!(-_-)!!(-_-)!(-_-)!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • कस्तो मुर्खादा एउटा २१ वर्षा को केटी अपराधी त्यो पनि विश्व बिख्यद चाल्स जो ६५ वर्षा को संग माया प्रेम अनि बिवाह नेपाल मा अर्रु केटा थिएन निहयता जो तिम्रो भावना बुज्ने ,सायद तिम्रो प्रेम त नाम प्रखायद र पैसा कमौना लै मत्र हो जस्तो लग्यो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 4

    • पैसा को खेल…वाह वाह ….तर जे होश नेपाल मा पहिलो पल्ट भए नि नेपाल अदालत ले सच्चा र राम्रो फैसला गर्ने निर्णय को मा हृदय देखि स्वागत गर्दछु / निर्णय गर्न ढिला भए नि सहि निर्णय आएको देखि खुशी लाग्यो / मान्छे हो सबै को गल्ति हुन्छ…..गल्ति गर्छन …..माफी नि हुन्छ….गर्न नि पर्छ…..तर बार बार गर्ने गल्ति लाई गल्ति भनेर माफी दिन मिल्दैन ……दिन नि हुदैन../…निहिता बैनी काम खत्तम पैसा हज़म …अब track मा औहुनु पर्यो……सबै कुरा लाई दिवा सपना समजने….राम्रो काम तिर लाग्ने…आगामी दिन को लागि सुभकामना. /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • brishal

      निहिता aunty को फ्रान्स जाने सपना चकनाचुर भयो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 3

    • himal

      अरु कुरा येस्तई हो तर निहिता को लागि एउटा राम्रो म जस्तो केटा खोजेर बिबाह गरिदिनु पर्ने भो ..जे भए पनि नेपाली चेली….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

      • Shurav

        म ready छु नि त, मैले त पोहोर नै उसको interview हेरेर उसको talent बाट प्रभावित भै सकेको मान्छे हो, मान्छे पनि राम्रै छ, कुरो अगाडी बढाउन सक्नु हुन्छा? मान्छे ले कहिले काही गल्ति गर्छा, तर सधै त गर्दैन नि.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • bijay kerung

      हावा नचली पात हल्लान्दैना पाप गरेको थियो सजाय पायो तर एउटा झड्केलो छोरा कुन माध्यम ले त्यति पैसा कमायो होला त स्रोत पनि खोज गरेर प्रकास मा ल्याई दिए स्पस्ट हुने थियोउ
      अनि निहिता को कुरा गर्नु पर्दा उनि भारतीय लड्की रहिछे तर नागरिकता नेपाली होला फेरी चर्चा मा औना होकी होइन भने त तेस्तो जिम गरेको नेपाली लाठे हरु हुँदा हुँदै किन त्यो मर्न आँटेको बुदो संग सिंगौरी खेल्न खोज्य हुन् आज भोलि का ठिटा हरु बिदेशी भन्दा कम छैनन् क्या त्यो कला मा

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • Raj

      सोभराज ले पहिले नै कुनै पार्टी को सदस्यता लिएको भए उहिलेई छुट्टीसक्थ्यो … का यो निहिता सिहिता को पछि लागेर…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 3

    • Nitya

      स्वागत छ सर्बोच्च अदालतको फैसला ! यो फैशला देशमा ब्याप्त धेरै निराशाहरुको बीचमा एक उत्साहप्रद क्षण हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • bhawani niroula

      अपराधी ले सजाय पाएको मा खुशी लाग्यो ।
      जहीले पनि सोभराज को कुरा चल्दा निहिता को पनि कुरा चल्छ । बारम्बार निहिता लाई चाल्स सोभराज ले प्रयोग गरेको भन्ने कुरा पनि नउठेको हैन ।
      मेरो बिचार मा चाल्स सोभराज ले जती निहिता विश्वाश लाई प्रयोग गरेका छन,त्यती नै निहिता ले पनि ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • ujjwal shakya

      ल बधाई छ सर्वोच्अदालत लै हामी लै खुसि लाग्यो यो खबर ले तर एउटा कुरा यो केटि चै किन पागल वको यो बुडो को प्रेम मा क यौंग केटा मरेको छ र कि छैन नेपाल मा यौंग केटा हरु.थुक्क तेरो बुद्धि निहिता.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • लाज,इज्जत, घीन, धर्म,सबै पचाए यो आमा, छोरीले \

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 2

    • prijam shahi doha qatar

      निहिताको चर्चा बेकार गर्छन यहाँका मिडियाहरु मानौ सेलिब्रेटी हुन् उनि , जेल बाट उम्किन शोभ राजले निहिता र उनकी आमालाइ करोडौं रुपैया दिएको हुन् सक्छ अथवा दिने कुरा हुनु पर्छ न भए एकजना अपराधी संग बिहेको औचित्य के हुन् सक्छ ? मिडियाहरु पनि निहिताको रुप सौन्दर्यले भुतुक्कै त भएका होइनन ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • rajesh

      तर कसहरी तेत्रो पैसा कमायेछ यो मुर्ख पापीले .त्यो चै आचाम्म नै छ ….आब भारत मा तेस्तो सबैलाइ घुस दिन सक्ने …आनी तेत्रो देश घुम्न सक्ने

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • kranti

      अब शोभराज त १४ बर्षलाई जेल जाने भैहाले | निहितालाई चाहि त्यो “मदन बहादुर-हरि बहादुर” को तरुनी केटि बिहे गर्न खोज्ने ‘खी-खी-खी~’ बुढो सित कुरा मिलाइदिनु पर्ला जस्तो छ | हरि बहादुर लाइ भन्नु पर्यो लमीको काम गर्न | त्यसो गरे कसो होला ..? :)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 2

    • krishna

      निहिता जी अहिले सम्म जे जे गर्नु गरे पनि अब त्यो अपराधी लै मल जल गर्न छोडिदेउ.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • G P Gaihre

      म ३० पनि नपुगेको केटोलाई बुढो भन्न थाल्ने ठितिहरुलाई निहिता र शोवराज को कथा राम्रोसंग बुज्न अनुरोध छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • नेपालको कानुन अनुसार १५ बर्ष भन्दा फरक हुने गरी विवाह गरियो भने गैर कानुनी मानिन्छ । जेल भित्रै बसेर गैर कानुनी काम गर्ने कुख्यात अपराधीलाई निस्पक्ष सुनुवाईले नेपालको इज्जत जोगाएको छ ।
      आमा छोरी नै मिलेर शोभराजलाई ठग्ने नाटक त गरीरहेको त होइन ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • sanjay jha

      शोवाराजले त सजाय पाउनु नै थियो त्यो बिचरा निहिता माथि पो दया लागेको छ.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 26

    • diwakar

      उ लगातार मेरो देश बिरुद्ध आफ्ना कुबचन पोक्दै थिई , आदलत मा कुरा गर्न नसकेर न्यादिश बिरुद्ध आगो ऊकल्दै थिई | अदालत का प्रहरी उसको रुप मा मस्त थिए , उसको कुविचार रोक्न कसैले प्रयत्न गरेन| पत्रकार हरु ले broadcast गरिरहे र आफ्नो देश को सम्मानित सर्वोचा अदालत को मानहानी सुनिरहे | थाहा छैन अरु देश मा आदलत परिषर भित्र बसेर आदलत ले गरेको काम बारे येसरी टिप्पणी गर्न पयिन्छा | आफ्नो देश को एक अङ्ग को बेइज्जत हुदा कसैले जुत्ता हान्न किन नसकेको|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

      • धेरै राम्रो कुरा गर्नु भो दिवाकर सर !! निहिता लै पनि मानहानी को मुद्दा लगाउनु पर्ने बेला भाको हो त?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • जम्मा १४ वर्ष ?????

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Gyan

      नेपालमा यस्ता अपराधिक घट्ना भै रहन्छ / पत्रकारहरुले प्रत्यक अपराधिक घट्नाको प्रहरीले समातेको, अनुसन्धानबाट देखिएका तथ्यहरु, अदालत चलान गरेको, अदालतले सजायँ तोकेको सबै तुरुन्ता तुरुन्तै लोकल न्युज च्यानल राखेर TV , रेडियो र पत्रपत्रिकाहरुमा दिईरहनु पर्छ / युरोप अमेरिकामा यस्तो चलन छ / जसले गर्दा सर्बसाधारण जनताले कानुनी ज्ञान पाउँछ भने अपराधीहरुले पनि अपराध गर्न डराउँछ /

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Naresh

      शोभराज एउटा “अन्तर्राष्ट्रिय criminal अपराधी” हुन् भन्ने कुरा प्रस्ट लिखित प्रमाण हुदा हुदै पनि नेपालका न्याधिसहरुले पैसा कमाउने हेतुले नै उनलाई बचाई राखेको थिए | घुस-पैसाको लोभमा ५ वर्ष सम्म त्यस्ता crinimal लाइ बचाई राखने घुसखोरी न्याधिसहरु शोभराजभन्दा ५-गुना डरलाग्दा छन् := तिनीहरुले त तपाई-हामीजस्ता सर्ब-साधारणलाई न्याय दिने होइन बरु खाल्डो खनेर मारेर गादछान |

      निहिता विश्वास त एउटा मौकाको र सजिलै $$$ कमाउने बाटोमा ‘मात्र’ लागेकी व्यक्ति छिन– तिनको feelings -expression बाटै थाहा हुन्छ नी | तिनको हात-ज्यान मात्र घुम्या हुन्छ —कहिले तिनको गाला-आत्मा हासेको- रमाको देख्नु भाको छ Photoma ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

    • Luna

      शोभ राजलाई सजाय दिएर नेपाली अदालतले नाक जोगायो .
      आगामी दिनहरुमा हाम्रै मुलुकका कुख्यात हरुलाई यसरि नै सजाय दिन सकोस
      शुभ कामना .
      निहिता प्रति दया आयो . कच्चा उमेरको मान्छेको सोच्ने छेमता पक्का हुन गार्है
      हुन्छ ( एकाध बाहेक ) , उनको आमा कै कारण उनि यस हजुर बा को उमेर को
      व्यक्तिलाई प्रेम गर्न पुगेको नाटक गरेको हुनु पर्छ . पैसालाई सबथोक देख्ने वकिल
      कि छोरी निहिता आफ्नै जन्म दिने आमाकी कारण अभागी बन्न पुगिन !
      भूत लाइ भुलेर बर्तमान समाज संग संघर्स गर्दै आफ्नो भबिस्य सुधार्ने बुद्दी आओस
      निहितालाई , मानवियताको नाताले शुभकामना .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 5

      • Naresh

        लुना जी, के रे ” .. सजाय दिएर नेपाली अदालतले नाक जोगायो” रे | के भन्या बरु भन्नुस न : [कपाल कनाउदै है] अदालतले र न्याधिसहरुले कति कमायो ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 56

        • ayush thapa

          कतै तिमि निहिता को भाई हौ कि??

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2

      • लुना जी मानबिय या त् लिंगीय नाताले निहिता जस्ती केटीलाई समर्थन गर्नु नै अपराधि लाइ समर्थन गर्नु हो किनकि उनि प्रतक्ष्य रुपमा अपराधीलाई साथ् दि रहेकी छिन जो कि एउटा सच्चा नेपालि नागरिक ले गर्दैन
        मलाइ अचम्म त यसरि लाग्यो कि लुना जी एउटा अपराधीलाई सजाए तोक्ने सम्मानीय अदालत को परिसर मा उभिएर अदालत कै मान हानि गरिरहेको यी किसोरी बास्तव मा अपराधि नै हैनन् र ?? अझ नेपाल का ठुला ठुला च्यानल ले सेलिब्रेटी जस्तै ब्रोडकास्ट गरिरहेका छन् …..

        के भन्नु चर्चा मा आउनु छ भने अपराधिक गतिविधिमा नै संलग्न हुनुपर्दो रहेछा भन्ने गलत संकेत गरिरहेका यी मिडिया लाइ केहि छ त कारबाही लुना जी ???

        मा त छक्क परे भन्या ………………!!!!!

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

        • Luna

          “के भन्नु चर्चा मा आउनु छ भने अपराधिक गतिविधिमा नै संलग्न हुनुपर्दो रहेछा भन्ने गलत संकेत गरिरहेका यी मिडिया लाइ केहि छ त कारबाही लुना जी ???

          मा त छक्क परे भन्या ………………!!!!!”
          म पनि छक्क परेकी छु हाम्रा मिडिया हरु को ताल देख्दा !
          निहितालाई यो बिधि चर्चामा ल्याएको हाम्रा मिडिया हरु ले नै हो , उनलाई उसै
          हिसाबले देखाउन सक्नु पर्थ्यो तर कान्तिपुर जस्ता बडा मिडियाले निहितालाई मोडेल भन्दा कम रुपमा प्रस्तुत गरेको थिएन ( केहि समय अघि निहिता संग को कान्तिपुर च्यानल को अन्तर्वार्ता हेर्दा त्यै बेला मैले तपाइले जस्तै सोच्न पुगेकी थिए प्रदिप जी . यस्तो छ हाम्रा मिडियाको ताल !

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

      • rosan

        हाहाहाहा लुनाजी २१ वर्षा पुइग्सकेको कतिले गरेको निर्णयलाइ तपाइले आमालाई दोष नदिनुष !!! हुन सक्छा बिचारको कत्रो लब परेको होला! अंग्रेजी फिल्म हरुमा देखिन्छा नि हो तेस्तै हो क्या तिनिहरुलो लब…

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • हो नि लुना जी, आमा पनि कस्ती हुन्, वकिल जस्तो मान्छे, आफ्नो छोरी बिग्रेको त चिन्ता छैन, देश को के चिन्ता होला र?

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • DEV

      सोव्राज माओबादी कांग्रेस वा यमाले को मान्छे बय कति संरछां पौने होला ?
      निहिता ले किन गरेन अचम्म लाग्छ | प्रचण्ड संग तुरुन्त भेट गराउनु| काम हुन्छ|

      o

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 9

    • nirab

      समाचारले सम्पूर्ण न्यायप्रेमी जनतालाइ खुसि तुल्याएको छ / तर जता ततै घुसखोरीको बाहुल्यले कतै नेपालको जेलमापनि AC जडित कोठा, KFC र थकाली kitchen को मुखै रशौने खान ख्वाएर १४ वर्षा जेल सजाय काटे भने अथवा सितैमा पाए अलकत्रापनि नछाड्ने हाम्रो राष्ट्रिय रोग छ, जेलमा रहेका पालेहरुले sedative लतपतिएका पुस्तकारी ख्वाएर फेरी तिनी कुलेलाम त ठोक्ने हैनन् ? कसले यसको जिम्मेवारी लिने हो ? यस ब्लगले बेला बेला तिनको दिनचर्या बारे update गराए बेस हुन्थ्यो, नत्र फेरी हाम्रा नेपाली ज्वाईसाबलाई फुत्कौने घृष्टता हामि मध्ये कै कुनै नेपाली ससुराबा अगाडी बढ्न सक्दैन भनेर भन्न सकिन्न, जमाना खराब छ साथी हो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

    • er.dhanesh jha

      निहिता कि प्रेम प्रसंग मा उसकी आमा कै सलाह्सुझाऊ लाग्छ ,मुदा जित्नको लागि केहि उपाए गर्ने बिचारले हो त र अदालत को निर्णय नेपाल को कानून लै बलियो पारेको हो . अदालत लै स्वागत छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • sujan baniya

      यो समाचार सुन्दा साँची नै नेपाली हुनुमा गर्व लाघिरहेको छ. यस्तै राम्रा कामहरू हुँदै गए नेपाल अवस्ये उन्वो गतिमा लाग्ने छ. यस्ता सोव्राजहरूको आन्तेय्स्ती गर्न सक्नु भनेको नै नेपाल अपराध मुक्त देश घोसना गरे समान हुनु हो. चीर्स टू everyone who are engaged on this great work ……….

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • द्रोण

      यो के गाइजात्रा गरेकी निहिता तिमीले , दुनिया किन हसायेकी | तेत्रो पढेकी ,कसरि फसेउ ,अलि अलि आध्यात्म तिर लाग |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • निहिताको चर्चा बेकार गर्छन यहाँका मिडियाहरु मानौ सेलिब्रेटी हुन् उनि , जेल बाट उम्किन शोभ राजले निहिता र उनकी आमालाइ करोडौं रुपैया दिएको हुन् सक्छ अथवा दिने कुरा हुनु पर्छ न भए एकजना अपराधी संग बिहेको औचित्य के हुन् सक्छ ? मिडियाहरु पनि निहिताको रुप सौन्दर्यले भुतुक्कै त भएका होइनन ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 2

      • minti

        पक्कै पनि !! पैसा न आउने भयो अब !!

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • ashish thapa

      हाम्रो यो नाटक नै नाटक हुने ठाउँ मा फेरी के यो अर्को नाटक आमा छोरीले गर्दै हिडी रहेको !!!!! वाक लागि सक्यो !!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • ६५ बर्षीय शोभराज संग २१ बर्षिय शुनदरी बिचको शंश्निपुर्ण प्रेम बीच कुनै अर्थ नराखी बिश्वो विख्यात अपराधी चार्ल्स शोभराज लाइ न्यायपूर्ण सजायको फैसला सुनाएकोमा न्यायालयले फेरी सम्मानित हुने मौका बाट उजागर भएको छ भन्दा कुनै अन्याय नहोला |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

      • Sagar lingden

        पैंसा को लोभमा फसेर यस्ता कुख्यात अपराधीलाई छुट्याउने प्रयाश गर्ने वकिल
        हरुलाई धिकार छ!यस अर्थमा वकिलहरू पनि त्यस कुख्यात अपराधि संग साँठ
        गाँठ भएको संकेत देखिन्छ !त्यसैले यी आपराधिको पक्षमा बहस गर्ने वकिलहरुलाई पनि कठघरामा उभ्याएर छानबिन गरेमा धेरै कुराको पर्दा फास हुन् सक्छ!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • नारायण( NS)

      धेरै दिन पछी धरै खुशी को खबर सुन्न पाईयो यो समाचार ले नेपाल को अदालत लाई देश विदेश ले पनि सलाम गर्नी छ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • Jiban

      राम्रो समाचार सुन्न पाइयो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • manoj

      एकदम राम्रो भयो ,अदालत प्रती विश्वास बढ्यो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • Tilak USA

      घरले जा जा र वनले आइज आइज भन्ने बेला भएको, पिण्ड खाने तरखरमा लागेको खुंखार अपराधी संग बिबाह गरें भन्ने ओठ निचोर्दा दुध आउने उमेरकी निहिताको बैश र जीवन हनिमुन पनि नमनाई जाने भो बिचरीको |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 3

    • निहिता अब तेरो शोभ राज गयो.तलै पनि एक पटक हनिमुन मनायर गया को भय नेपाल को एती धेरै बेईज्जेत हुनेथियेना.पैसा को लागि prostitute पनि बन्न सक्ने भनेर नेपाली चेलिकै बेईज्जेत गरिस .शोभ राज को सार्है याद आयो भने मसाज सेन्टर तिर धाउनु अब. जे भयो स्वागत योग्य भयो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 7

    • पुष्प

      आज धेरैपछि राम्रो समाचार सुन्न पाइयो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 2

      • sri

        एदी शोभराज ले कुनै राजनीतिक पार्टी को पक्छा मा बोलेर तिनको महान श्री ६ नेताजी को भेटि सहित स्तुति गाएको भए आज कोम्रेड बिबिध उर्फ कलि बहादुर खाम ले झैँ उसले २ करोड नेपालि लाई छाती फुलाएर विभिन्न अन्तरबार्ता र सछात्कार हरुमा हात्ती छिराएर देखाउने थियो …….एदी निर्णय उनको पक्छा मा नभएको भए काठमाडौँ को गल्लि हरुमा फेरी अर्को आन्दोलन हुन्थियो , ताएर बलिन्थ्यो , आम हड्ताल र भासन बाजी हुन्थियो र फेरी एक पल्ट नेपालि ले दण्डहीनता र कानूनी राज्य को खिल्ली उडेको देखनेथिये ……………… तर धन्य सोभराज ले यो सब गरायेनान ……. धन्यबाद छ तिमीलाई !!!!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 8

        • kranti

          काली बहादुर खाम जस्तो छाती फुलाउदै त कसरि हिड्न सक्थ्यो होला र उ पहिले देखि नै जेल मा थियो | बरु ऋषि धमलाको जस्तो मुद्दा नै फिर्ता चाहि हुन सक्ने प्रबल सम्भाबना थियो | निहिता र उसकी आमाले माकुने लगायत लाइ भेटि चढाउन बिर्सेछन जस्तो छ |

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • brish

      १४ वर्षमा त अब शोभराजको गर्लफ्रेनले १४ boyfriends बनाइसक्छ… गयो हातबाट च्वाक ठीटि शोभराजको…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 5

    • rajesh nepal

      सबै जना खुसि भएको देखियो तर यी आमा छोरी ले न्यायाधिस लाई तथानाम गालि गरेको देख्नु भयो?यो त अति नै गरेबा यी आमा छोरी ले, अख्तियार मा जाने रे …अन्तर राष्ट्रिय अदालत मा जाने रे घुस खाएर सोवराज लाई हरायेरे ….को संग घुस खाए भन्या होला हरे …अदालत को सारै मानहानी गरे, यी आमा छोरी लाई पनि अलिकति सजाय गर्ने हो कि साथी हरु को के विचार छ?

      राजेश नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 2

    • सबै मुधा अपरादी को जित हुदा हुँने बिचार निहिता का लागि चै किन एअसो गरेको होला अद्दलत ले.बिचरी अब न १५ वर्ष बस्नु न अर्को सोवराज खोज्नु कस्तो सङ्कट पर्यो. निहिता टेन्सन न लौ.अब नेपाली सोमराज खोज तेसैमा भलेlहुन्छा.जवान छौ नेपाली सोमराज छादेछान.फ्रान्स न लागेपनि के भयोता .नगरकोट त लंचान्नी.विचार गरहै.

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

      • सागारजी म सोमराज यहाँ तयार भएर बसेको छु कुरा चलाए हुन्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • kalpana

      त्यो हत्यारालाई खान पनि एक छाक मात्र दिनु पर्छ खसी लाई जस्तो मिठो मिठो खुवाएर किन पाल्ने ?तेस्लाई त पिडा दिएर राख्नु पर्छ अनि बल्ल रियालैज गर्छ अर्कालाई आफुले दिएको पिडा ,सर्बोच्चको फैसला लाई सलाम छ है यसपाली चाही .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

      • RAM

        हो शोब्राज बदमास नै HO

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • prem

      Sobhraj has escaped from jails in Greece, Afghanistan and India, where he drugged guards with sedative-laced sweets and walked out of a New Delhi jail.

      His talent for disguise, evading justice and breaking out of prisons on two continents earned him another sobriquet, “The Serpent”.

      He also tried to escape from Kathmandu’s central jail in November 2004 but guards uncovered the plot.
      _गुल्फ़ News , दुबई

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Motilal Rana Magar

      चार्ल्स शोभराजको निशानामा विदेशी नागरिक नै किन?

      More suspense………………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

    • Krishna ( Maryland, USA )

      अब निहिताले वकिल आमा मार्फत पारपाचुके गर्नु को बिकल्प छैन / अनि फेरी अर्को शोभराज खोज्ने हुन् कि ? जे होस् शोभराज को मुद्धामा भएको यो निर्णय ले अदालत को गरिमा बढाएको छ / आशा गरौँ आगामी यस्ता निर्णय को अनुकरण प्रत्येक न्यायाधीशले गर्दै जाउन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • Surendra Ranamagar,USA

      यो निर्णय त सोह्रै आना ठिक हो //

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • रामकिरण

      बिचार गर बिश्वास तिमी नेपाली चेली हौ तिम्रो माया लाग्छ तर मौका मिले पछि तिमीलाई नै मारेर हिड्छ यो पापी.. यसलाई पटक पटक यस्तै मुद्दा लगाउदै जेल हाल्दै गर्नु पर्छ.. सकिन्छ भने भित्रै……

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • kisna

      राम्रो काम को सुरुवात भयो यो फैसला बाट! न्याधिशाहरु पैसा मा बिक्छन भन्ने आरोप अब लाग्दैन कि.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Dilip

      बिचारा निहिता. मलाई त सोभराज को भन्दा पनि निहिता को पो बढी चिन्ता लग्यो त. के गर्छिन अब. अब छिट्टै बिहे सिहे केहि भाको थिएन, त्यो बुढो ले मलाई फसायो भनेर प्रेस बिज्ञप्ति निकालिहाले हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

      • द्रोण

        दिलिप जी
        आफै आटना मिल्दैन ??

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

        • dilip

          ही ही आयेडिया त त्यो पनि तेत्ति नराम्रो हैन. पहिले इनले अहिले सम्म सोभराज बाट कति पैसा कमाइन् येस्सो बुझ्न पाए सोच्न हुन्थ्यो.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • SURESH CHHANTYAL-DENMARK

      नेपाली कानुन पैसामा बिक्छ भन्नेहरुलाई यो फैसला चोटिलो प्रहार हो…यस्तै दुत का दुत पानि का पानि फैसलाहरु हरेक घटनामा भैदिए नेपाली जन जीवन कति सहज हुँदो हो र नेपाली समाज कति सुन्दर हुँदो हो है ????

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Aakash regmi chettri , Kirtipur

      बिचरा निहिता विश्वास ,मलाई त माया लगेर पो आयो निहिता को ……..चिन्ता नगर निहिता अब जम्मा१४ barsh त होनी नेपाल मा बस्ने …अनि जाउली फ्रान्स

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • sudarshan

      बल्ल मजा आयो ! एउटा कुख्यात अपराधी को लामो जेल सवार र निकिता जस्ता अप्राकृतिक हर्कत गर्न खोज्ने हरु लाई गतिलो झड्का !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 3

    • यसरीनै नेपालका २ नम्बरी काम गर्नेलाई पनि सजाय दिनेहो भने देस राम राज्य कहलाउने थियो नि हैन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 2

    • romeo

      बल्ल अदालतले एउटा राम्रो निर्णय गरेछ.चार्ल्स शोभराज जस्तो कुख्यात अपराधीलाई यो सजायं पनि कम नै हुन्छ. अनि अब निहिताको नाटक को पर्दा खुल्न पनि धेरै बेर लाग्दैन…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 2

    • tirtha

      यो हत्यारा सोभराज लै १४ बर्ष मात्र होइन १४० वर्ष जेल हाल्नु पर्छ, सुप्रिम court को decision १००% ठिक छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 5

      • Ale

        तिर्थ जी, तेसो हो भने अदालत को निर्णय १00% होइन १०% मात्रै पो ठिक भयो त, होइन र ? जोक गरेक है..

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • द्रोण

      निहिता लाइ तेत्रो अगाध प्रेम भए दुवै प्रेम चरो र चरीलाइ एउतै पिजडा मा राख्नु पर्यो |
      चारो ले ठुंग्न थाले पछी चरीले थाह पाउछे |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 5

    • Bishalchandra Nepal

      यसै गरि सबै हत्यारा,चोर,फटाहा हरुलाई संजाय दिन हाम्रो न्यायालय सफल भयो भने हाम्रो राजनीति पनि सहि बाटोमा आउँछ जस्तो लाग्छ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • kapil thapa spain

      निहिता शोवराज त गय धमला ,, खाम अनि खुम बहादुर बाकि छन.. love गर्ने होइन त .. अलि कत्ति भय पनि नेपाल मा कानुन छ … भन्ने prove भयो ..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • rajesh

      नेपालमा कहिले कहिँ राम्रो कुरा नि हुदो रैछ …सुन्दा खुशी लग्यो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • sagar sigdel

      news made everyone happy.

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    eXTReMe Tracker