- दीपक
- शंकर पोखरेलजीहरू लगायतका एमाले युवा साथीहरूको तर्क आयो,- “माधव नेपालको सरकारले राजिनामा दिएर देशमा समस्या निम्तियो, राजिनामा नदिएको भए यस्तो समस्या नै आउने थिएन।राजिनामा दिनाले देशले निकास पाएन। देशले प्रधानमन्त्री पाएन। यस्तो अवस्थाको सृजना हनुको कारण नै उहाँको राजीनामा हो। आदि आदि”
बडो सही कुरा! एउटाले थप्यो- प्रचण्डको राजीनामा नभएको भए माधवकुमार प्रधानमन्त्री नहुने, नेपाल प्रधानमन्त्री नभएको भए राजीनामाको कुरा नउठ्ने, राजीनामा नदिएको भए अहिलेको समस्या नै नआउने। अझ पर जाउँ- गिरिजाले राजीनामा नदिएको भए, प्रचण्ड र नेपालको बाटो छेकिने। अझ लम्बाउँदै जाँदा त संविधान सभाको चुनाव वेकारमा किन भयो होला? २०६२-०६३ को आन्दोलन किन जान्नेक भएर गर्नुपर्ने होला? राजा ज्ञानेन्द्रले किन “कू” गरेको होला? विरेन्द्र राजालाई किन मारेको होला? बहुदलीय व्यवस्था किन आयो होला? पञ्चायती व्यवस्था, राणा शासन किन फालेको होला अनि पृथ्वी नारायणले काठमाडौं नजितेको भए र रौतहट पनि नेपालभित्र नपरेको भए कम्तिमा रौतहटका माधव कुमार नेपालले राजीनामा दिनु त पर्थेन अनि नेपालले राजीनामा नदिएको भए अहिले जस्तो प्रधानमन्त्री नभएको देश भनेर संसार सामु लज्जित त हुनु पर्ने थिएन।
- बाबुराम भट्टराईले पार्टीभित्रको आन्तरिक विवाद सारमा नभई रूपमा मात्र भएको बताएछन्।
यसो सम्झदै जाँदा त राजा ज्ञानेन्द्रले पनि कुनैवेला आफु र दलहरूबीचको विवादलाई- “लोग्ने स्वास्नी बीचको सामान्य ठाकठुक” भनेका रहेछन्। यी दुई प्रसङ्ग हात्ती बलियो कि हात्ती छाप चप्पल भने जस्तै त होइन होला नि!
- रामकुमार शर्मा(माओवादी सांसद)लाई भारतीय राजदुतावासको कुनै अमुक कर्मचारीबाट धम्की आएको र दुतावाससँग यस सम्बन्धमा बुझ्न खोज्दा यस्ता “साना-तिना कुरामा अल्झिने बानी छैन भन्नेस जवाफ आएको कुरा समाचार माध्यमहरू सार्वजनिक भएपछि एकजना उपबुज्रुकले आफ्नो वुद्धिमत्तापूर्ण अभिव्यक्ति यसरी दिए,- “हुन पनि हो, भारत विरोधी वा ISI एजेन्ट भन्दै नेपाली मुसलमानहरूलाई बीच सडकमा मार्दा त ठूलो कुरा नमानेर वा सामान्य घटना ठानेर चुपचाप बस्नेहरू यस्ता सानातिना कुरामा किन अल्झिने?”
- एमाले टुक्रिएर माले, माले टुक्रिएर समाजवादी माले बन्दै २२ वटा कम्युनिष्ट पार्टी बन्दा पनि नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुने सपना देख्न छाड्दैनन् र आफ्नो पार्टीको अगाडि एकिकृत राख्न छाड्दैनन्। जस्तै नेकपा एकिकृत, नेकपा एकिकृत (माओवादी), नेकपा एकिकृत(माले) आदि।
- वृहद् लोकतान्त्रिक एकताको लागि सूर्यबहादुर थापा, चित्रबहादुर केसी, विजय गच्छेदार, जयप्रकाश गुप्ता र पशुपति शमशेर जबरा मात्र होइन भू.पू. आर्मी चिफ कटुवाल साबको पनि जोड रहेको देख्दा कांग्रेसले ६० वर्षदेखि किन प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन गरिरह्यो र कसरी यो आन्दोलनको नेतृत्व गरेको गफ गरिरहन्छ भन्ने कुराको भेउ पाउन छाडेर हैरान छु।
- नेपाल आयल निगमका एक कर्मचारीको गुनासो यस्तो थियो- “आफूहरू रिटायर भए पनि पुन: म्याद थपेर आफ्नो कार्यकाल बढाएर बोनस खाने, हामी असली कर्मचारीहरूले भने आफ्नो कार्यकाल नसकिदै बोनसको माग पनि गर्न नपाउने?”
- एउटा विद्यार्थीले बडो गम्भिरताका साथ सोध्यो,- जनदिशा, छलफल र तरूण साप्ताहिकका हेडलाइन र समाचार “राष्ट्रिय दैनिक”का हेडलाइन र समाचारसँग किन यति सारो मिलेका? के एउटै पत्रकारहरू दुईतिर काम गर्छन् र?”
शिक्षकले पनि सरल तरिकाले जवाफ दिएछन्,- “एउटै मान्छे दुईतिर काम गरेको त होइन होला बरू दुईतिरका पत्रकारहरूले एउटैका लागि काम गरेको हुन सक्छ।“
- एउटा वातावरण सम्बन्धी पत्रिकामा निस्केको समाचारको छोटो अंश- “नेपालमा अन्य “पोलुसन”को समस्या यथावत रहेपनि नव युवा-युवतीहरूले कानमा हेडफोन वा एयरफोन तथा मुखमा मास्क लगाउने स्वघोषित बानी बसालेकाले न्वाइज पोलुसन (Noise Pollution) भने घटेको छ।
No related posts.









के गर्नु नेपाल को नेता हरु लै अब बाधेर घास हाल्नु पर्छा
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो नेपाल मा इन्द्रे को बाउ चन्द्रे आय पनि केहि गर्न सक्दैनन् ,,,जस जस ले चलाय पनि चलाउन तर बन्द नहोस हे प्रभु यो कामना सुनिदेउ है ….
मन परे हरियो, नपरे रातो
1
0
एस्तो पनि हल्ला छ
भारत् भन्ने तेस्तो देस छ जहा
१) हिडदा हिडदै मानिस बेचिन्छ
२) मानिस ले आफ्नो मृगौला हराउछ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
कालापानी मिचेको कुरा दुई बर्समा समाधान गर्ने भन्ने कुरा को बारेमा कसैले दुई सब्द उथाउन्दैन्/ तर कुर्सि मिचेको कुरामा बिस्वोको निन्द्रा भंग गरेको छ यिनीहरुले/
सबै भन्दा तुच्छ व्यक्ति सबै भन्दा उच्च कुर्सीमा फेरी फेरी कोट पर्ब गर्दै बस्दै आएकोले देसमा अशान्ति मच्चिएको हो/ फरक मात्र के भने उहिले रानीको दलालीमा कोट पर्ब मच्चाई कोहि प्रधान मन्त्रि बने अहिले पारीको दलाली गरेर/
जनताले कुर्सीमा को बस्ने भनि निर्णय गर्नु दिनुको बदला तमसुकको भरमा कुर्सि माथि अधिकार युवाराज बनेकाले जस्तै दावी गर्दै आएकोछ/ अशान्तिको मूल कारण यहि हो/
जनता अनिकाल र महामारीमा मरे यिनीहरु सिट बजेट छैन/ तर आफुलाई बुढौती लागेमा सिंगापुरमा अमृत खोज्न जान हवाई-आम्बुलेंस झिकाउने अनि बिरामी कुरुवालाई राजसी सुयितमा मा बसालेर लिमोजिन चढाएर करोडौं लुताउँन देसको ढुकुटी खुला छ/ एक चोटी प्रधान मन्त्रि ग्रिह मन्त्रि र नेता बनेकालाई आजीवन मोज मस्ती गर्न पुग्ने ब्यबस्था गर्न सके तर संबिधान बनाउन सकेनन/ के सित्तैमा घिच्न खोजेको हो जनताको करको सम्पति यिनीहरुले?
कुर्सीमा बसेकाले पनि घिचने कुर्सीमा बसाएको भनेर लेभी मागेर दलले पनि घिचने/ अनि जनमत आफुले मिच्ने, देस भारतलाई मिच्न दिने/ सकली नेपाली नागरिकको मत के हो मतलव छैन यिनीहरुलाई/ तर अस्ति भर्खर भारतको दवावमा नेपाली नागरिकता दिलायिएको बिहारिहरुलाई नेपाल टुक्राएर मधेश बनाउने कुरामा सहमति नभएकोमा पिर छ यी नव प्रभाकरण हरु र नव राजीव हरुलाई/ अरे यिनीहरुले सकली प्रभाकरण र सकली राजीवको अन्त कसरि भएको थियो भनि भुलेको हो कि? नेपाली सिट जाफ्ना मा पडकाएको जस्तो बम छैन तर “जाई कटक नगर्ने झिकी कटक गर्न” धारिलो खुकुरी छ/ यो याद गरे राम्रो हुनेछ/
मन परे हरियो, नपरे रातो
9
1
Mysansar ko istar kina ghatunu huncha yesta tai na tue ka gaf lekhera .
मन परे हरियो, नपरे रातो
2
8
“अनि पृथ्वी नारायणले काठमाडौं नजितेको भए….”
पृथ्वी नारायणले त नेपालमंडल नै जितेका हुन नि \ र रौतहट कहिले नेपाल गाभेको त्यो चाही थाहा भयेन है…. खैर पृथ्वी नारायणले नेपालमंडल जितेर यी माकुने डल्लेलाई प्रधानमत्री बनौनलाई हो हैन त शंकर पोखरेलजीहरू?
मन परे हरियो, नपरे रातो
2
0
माइ संसार को गुणस्तर घट्यो जस्तो लग्यो मलाई त पहिला त घची घची कुरा हरु दिन्थ्यो आहिले त तातो न छारो को कुरा भयो यो त..
मन परे हरियो, नपरे रातो
8
9
अरुकुरामा बिकाश नभए नि नेपाल मा गफ गर्ने सैली र लेख लेखने मा चाही एककदम अगे छ /
मन परे हरियो, नपरे रातो
4
0
मार्केटको हल्ला भनेर लेखेको लेख सटिक छ! हल्लैहल्ला मा रुमल्लिएको नेपाली जनता थोरै आशामा भए पनि भोट देने ! जमुना आए जमुना दास, गंगा आए गंगदास नेपाली नेता जो किताब पढ्दा भिजन देख्ने भिजन लेख्दा किताब बिर्सने, मन्त्रि र प्रधान मन्त्रि बन्दा अति नै प्रफुल्ल र दंगदास देखिन्छन किन???? तिम्र ति संचार मन्त्रि अति नै हसिलो र चम्किलो देखिन्छन किन, के उसले संचार मन्त्रि बनेर संचार छेत्रमा धेरै धेरै विकास गरेर हो या या त्यो पना झुतोमा सजिएर हो?
मन परे हरियो, नपरे रातो
2
0
प्रधान मन्त्रि सम्म पनि चुन्न नसकेको र चुन्न नचाहने कुजातहरुको कुकृत्य बारेमा मच्चिएको स्वोर दवाउन आज हल्ला चलाए भोलि गित सुनाउला, भजन पनि गाउला, फेरी पनि शरण राजन जस्तो लाई सुत्तुक्क बोलाउला/ तेती गर्दा पनि जनताले नेताहरुको बारेमा चासो राख्न छोडेनन् भने पारि बात बन्दुक-मुरली वजाउने झिकाउन पनि बेर छैन/ येस्ता छुद्र नेताहरु र तिनका उग्र कार्येकर्ताहरु के नेपालको नागरिकहरु हुन र भने/ नेपाल र नेपालीलाई माया नगर्नेको गोजीमा भएको नागरिकता को प्रमाण पत्रले मात्र यिनीहरु कुर्सिसाह हुन् भनि प्रमाणित गर्छ/ कुर्सिसाह हरु तानाशाह भन्दा अगतिलो हुने कुरा आज प्रमाणित भएकोछ/
मन परे हरियो, नपरे रातो
2
0
“एउटै मान्छे दुईतिर काम गरेको त होइन होला बरू दुईतिरका पत्रकारहरूले एउटैका लागि काम गरेको हुन सक्छ।“ भन्ने जवाफ चाही घतलाग्दो लाग्यो. साचिकै हाम्रो देशका धेरैजसो पत्रकारहरुको कथा येस्तै छ जस्तो लाग्छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
नेपालीहरुको कम तेतिनैतहो गफ गरे हल्ला फिजाए बसे
कहिलेकाहीत आली राम्रो राम्रो खबर हरु पढ्न पनि हुन्थ्यो
जहिले पनि कम्प्युटरको मोनिटर पुछ्द-पुस्दै हैरानछु
साथीहरुले थुकेपनि ऐतै आउछकेरा जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
2
1
एस्तो पनि लेख हुदो रैछा बा! हासो पो उठ्यो मलाई त!
मन परे हरियो, नपरे रातो
11
2
अमेरिका मा जोर्ज बुश (छोरो चाहिं; बाउ त अलिक दिमागिलो थियो) ले जित्दा खेरी अलि अलि दिमाग हुनेहरुले ठ्वांग ठ्वांग टाउको ठोकेका थिए भित्तामा! बुशका केहि सम्झिन लायक शब्द भनेका “misunderestimated”, “decider” “न्यूकिलर”…हुन्! फेरी त्यस्तै दिमागमा पिडालु भएकी सारा प्यालिन भन्ने आएकी छन् अर्को नया सब्द लिएर- “refudiatation”! बुश आफ्नो बाउको दलबल, पैसा र भाई (फ्लोरिडाको गभर्नर) को तिकडम आदि कारणले जित्न सफल भएका थिए!
अफसोच, यस्तै पिडालुहरुले देश चलाउने साँचो हातमा लिन सफल हुन्छन! बुशले अनाहकमा बटन थिचे र इराक ध्वस्त पारे! त्यो बटन त् बैज्ञानिकहरुको अथक परिश्रम ले बनेको थियो देशको रक्षा गर्न को लागि! हजारौ अमेरिकी र लाखौ इराकीहरुको ज्यान बित्थैमा गयो! त्यै युद्धको खर्चले गर्दा अमेरिकी अर्थतन्त्रले टाउको उकास्न सकेको छैन!
के गर्ने दिमाग हुने नेतृत्वमा पुग्न नसक्ने; नेतृत्वमा पुग्नेसंग दिमाग र निस्वार्थता नहुने!
जांचको तयारी गर्दा दिक्क भएर केटाहरुले भन्ने गर्थे, “हिड्यो छोरो टिभी हेर्न, के नापिन्छ र पढेर! धेरै पढे सचिब, न पढे सचिवको हाकिम मन्त्री! ” हुन पनि हो, कुखुरा चोरहरुको हातमा देश चलाउने साँचो पुगेपछि देशको हालत बिजोग न भएर के होस्?
सारा प्यालिनले अमेरिकाको सर्बोच्च्च अदालतका घगडान ऐतिहासिक मुद्दाहरु एउटा पनि भन्न सकिनन् र उपरास्त्र पतिको चुनाब हारिन! तर नेपालमा सुजाता जस्ता भुसका थैला अझै पनि उपप्रधान मन्त्रीमा मौजुद छन्!
यदा कदा राम्रा मान्छे नपुग्ने पनि होइनन- बराक ओबामा, मन मोहन सिंह,……..?
त्यो खाली ठाउमा को? बाबुराम भट्टराई? मिनेन्द्र रिजाल? भारत मोहन? राम शरण?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
3
टाइपो–
“refudiation ” हुनु पर्ने
मन परे हरियो, नपरे रातो
1
0
त्यो पनि होइन होला. बरु repudiation पो हो कि? Meaning “The refusal, especially by public authorities, to acknowledge a contract or debt.”
मन परे हरियो, नपरे रातो
0
2
autopilot jee,
“refudiation” भनेर त् सारा पालिनको न्यूजमा आएको!
youtube मा हेर्नु होला! CNN ले पनि देखेको थियो!
http://www.youtube.com/watch?v=mmWTk6oU2ms&feature=related
मन परे हरियो, नपरे रातो
1
1
यो पनि हेर्नु होस् कलाकार म्याट डेमनले दिएको प्रतिक्रिया:
http://www.youtube.com/watch?v=C6urw_PWHYk&feature=fvw
मन परे हरियो, नपरे रातो
2
0
दीपक जी
त्यति टाढा सम्म पुग्नु पर्ला जस्तो मलाई लाग्दैन, पृथ्वी नारायण शाह ले एकीकरण नगरेको भए नेपाल नेपाल पनि हुन्थेन, सुगौली सन्धि पनि आबश्यक थिएन, न त राणा शाशन आउथ्यो न त प्रजातन्त्र न पंचायती व्यवस्था न त आहिले को लोकतन्त्र, शाह बंश को आफ्नो कमजोरी थियो तर कहिँ कतै त उनि हरु संगसंगै भक्ति थापा, अमरसिंह थापा जस्ता हाम्रो पुर्खा को रगत पनि यो मातृभूमि को लागि बगेको छ त्यसैमा आज क नेता र दल भनौदा ले राजी गर्न पाएका छन् तर हाम्रा पुर्खा ले जुन स्वाधीनता र स्वतन्त्रता को लागि आफ्नो रगत बगाए आज नेता हरु ले मित्र राष्ट्र लाई सुम्पिन तछाड मछाड गर्दै छन्, बिपी कोइराला को समाज बाद को कल्पना एस्तो थिएन, न त मदन भण्डारी को जबज को कल्पना यस्तो थियो, आज हामी स्वतन्त्रता को नाम मा मुट्ठी भर का नेताहरु को स्वार्थ को मोहरा बन्दै छौ, कांग्रेस का कार्यकर्ता हुन् या एमाले का या फेरी माओबादी का सिद्धान्त को चुरो कुरो बुझेर सदस्य बनेका हरु निकै कम छन्, ज्वलन्त उदहारण गाउ घर तिर हेर्दा पनि थाह हुन्छ, बिपी को समाजबाद,मदन भण्डारी को जबज बुझेर राजनीति मा लाग्ने मान्छे कम नै छन्, कोहि कम्युनिस्ट आए पछी त घरजग्गा नहुने लाई घरजग्गा दिन्छ रे भनेर लागेका छन् त कोहि कम्युनिस्ट ले त ५० वर्षा पुगे पछी मर्छ रे भनेर कांग्रेस मा लाग्ने मान्छे हरु हामी बीच नै भेटिन्छन, आखिर किन भयो त यो ? सिधा उत्तर छ जनता मा अझै पनि चेतना को कमि छ र दल मा जो जान्ने बुझ्ने छन् उनीहरु सिधान्त को कुरा बुझुना भन्दा कम्युनिस्ट ले त ५० वर्ष पुगे पछी मर्छ रे वा फेरी जग्गा नभएका लाई जग्गा दिन्छा रे भनेर दल मा लग्न प्रेरित गरेका छन्, त्यसैले यो नभएको भए यस्तो हुन्थेन वन्नु वन्द पनि सहि अर्थ मा जनता लाई प्रशिक्षित गर्नु आज को आबश्यकता हो जस्तो मलाई लाग्छ. यदि वास्तब मै त्यो हुन सकेको दिन जनता ले सहि प्रतिनिधि चुन्न सक्छन र यो नेताहरु को मनपरी तन्त्र पनि बन्द हुन्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
नेपालमा २०-२५ बर्ष अगाडी सम्म नेपालको राजनीती, आर्थिक र सामाजिक बिकास भनेको प्राय: सबैलाई थाहा थिएन / हुनेखाने ठुला बड़ाहरुका छोराहरू मात्र भारतमा पढ्न पठाउन पाए गर्ब गर्थ्ये / आज हाम्रो देशका कुना काप्चामा हुर्केका छोराछोरिहरू यूरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, चिन लगायत बिभिन्न मुलुकमा काम वा पढ्न जाने आउने भैरहेको र साथै मार्केटमा आएका TV , Internet , Radio आदिबाट यूरोप, अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, चीन. भारत लगायत बिभिन्न मुलुकमा राजनीती, आर्थिक र सामाजिक बिकास कसरी भै राखेको छ र अहिले नेपालमा के भै राखेको छ ? भन्ने कुरा प्राय: सम्पूर्ण नेपालीहरुलाई थाहा छ / अहिले २१ सौं शताब्दिमा आएर हाम्रो देशका नेताहरूले १९ सौं शताब्दिको राजनीती गरिरहेका छन / हाम्रो देशका नेताहरू २१ सौं शताब्दी भनेको के हो भन्ने ज्ञान यिनिहरुमा छैन वा भएर पनि बुझ पचाई रहेका छन / हाम्रो देशका राजनीतिज्ञहरुको अकर्मन्यताले गर्दा भारतले नेपाललाई अघोषित रुपमा नेपाल प्रान्त बनाई सकेका छन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
के हो यो ? तात्तो न छारो ???
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
14
दीपक जी,
‘मार्केट’मा चलेका केही हल्लाको पछाडी नलाग्नु होला I
बेकारको हल्लाको पछाडी लगेर किन समय बर्बाद गर्नु हुन्छ I
मन परे हरियो, नपरे रातो
6
9
लेखक जी क्या राम्रो लग्यो तपाइको लेख…
मन परे हरियो, नपरे रातो
9
7
माई संसार को क्वालिटी घट्यो जस्तो छ l अपडेट पनि ढिलो हुन्छ, भै हाले पनि ताल न बेताल को कुरा छ … उमेस ब्रो बिजी जस्तो छ नि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
6
बड्का चौधरी जी ले बडो राम्रो कुरा गर्नु भो …
मन परे हरियो, नपरे रातो
5
1
अन्डा पहिले कि चल्ला ? भने जस्तै कुरा गर्नु भन्दा कसरी राजनैतिक निकास निस्किन्छ भन्ने कुरामा कुनै नेपालको राजनीतिक दल इमान्दार देखिएन । केहि दिन पहिले “राजतन्त्र फाल्न एकमत (९९%) हुने दलहरु प्रधानमन्त्रि बनाउन असफल” भन्ने कुरा मि. राईले लेखेको सत्यताले नेपालको हालत बुझिन्छा ।
प्रश्न हरु धेरै छन् नेपाल र नेपालीहरुमा तर, जवाफ दिने कोहि छैन । कुनै अबिवाहक बिनाको नाबालिक भैसक्यो हाम्रो “(अ) सुन्दर (अ) शान्त नेपाल” ।
हिन्दु राष्ट्र नेपाल न भएकोले श्री पशुपतिनाथपनि नेपाल छाडेर र विदेश जानु भएको जस्तो छ ।
सुरज श्रेष्ठ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
ताइनतुहीको मार्केट हल्ला दिपक जी के लेख्या यस्तो अरु काम छैन के के नहोला भनेर पढेको त कममफुृसे कुरामा समय गयो । राम राम
मन परे हरियो, नपरे रातो
4
10
“………….एउटाले थप्यो- प्रचण्डको राजीनामा नभएको भए माधवकुमार प्रधानमन्त्री नहुने..” धेरै पछाडी जानु पर्दैन…येत्ति सम्म गए पुग्छ !
जनताका छोरालाई सुतेको सेना (जनताको छोरा) मार्न पठाउने पुकदा, तेही सेनाको डरले बालुवाटारमा सुत्न सकेन ! आफ्नो गल्तिहरु छोप्न जब राजिनामा दिएर भाग्यो ! जब देशको प्रधानमन्त्रीले नै भगौडा हुन्छ, तब देशले राजनीतिक निकास कसरि पाउन सक्छ !
संबिधान सभाको बहुमतले बनाएको सरकार…संबिधान बनाउन छोडेर देशको सेनालाई गिजोलेको थियो ! देशको सेनाले अदालतमा सरकारी वकिल पनि राख्न नपाउने अवस्थाको सिर्जना पुकादासर्कारले गरेको थियो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
18
पहिला नेपाल देशलाई मन्दिरै मन्दिरको देश भन्थे अहिले हल्लै-हल्लाको देश भएको छ!एउटा कुरा पाए भने त्यसलाई बढाएर चदाएर बोल्नेत हामी नेपालीहरुको सँस्कारनै बसेको छ जस्तो लाग्छ।मह पनि धेरै खाए तित्यो भनेझै यस्ता अर्थहिन हल्लाले ब्याक्ति,समाज र सिङो देशलाईनै नकरात्मक् प्रभाब पार्दछ।बजारमा हल्लै-हल्ला छ भनेर तपाइले पनि “मेरो संसार”जस्तो स्वच्छ ब्लगमा त्यो हल्लाको धमिलो पानी नमिसाउनुन दिपक जी!
मन परे हरियो, नपरे रातो
3
3
यहाँ को बजार मा त अब राजतन्त्र को पुनर्स्थापना नभए देश अगाडि बडदैन भन्छन !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
8
गफै त हो सोल्टी ….. तर पनि कुनै कुनै गफहरु चै मन नै छुनी छ नि हो !
मन परे हरियो, नपरे रातो
10
0
अरुकुरा जे भयपनी सत्यतथ्य अलि गहन गरि बुझ्ने हो भने यो सबै समस्याको मूल कारक माधब नेपाल, ओली र तिनीहरुको लागौतिया आसेपासे खुराफाती हरु हुन्! समस्याको समाधान को चाहना स्वोरुप सहि नियत बस राजिनामा दियका हुन् र! लत हेरुम भन्दै खोटे थाप्ने र घाडो बन्ने नियतको राजनीति गरि टोपल्ने हरु बाट अरुपो के आशा गर्न सकिन्छ र?
सहमति हुननदिने, भड्कावको अनि एजेन्डा रहित सिर्फ माओबादी बिरोध को राजनीति गर्ने (यीनीहरुको एउटै एजेन्डा भनेको माओबादीको बिरोध गर्नु र माओबादीलाई सरकार मा जान रोक्नु,देशको परिवर्तन रोकी अस्थिरतामा आफ्नो राजनीति चम्काउनु हो)
के राजिनामा दियको काम चलाउ सरकारको ४४ जना मन्त्रि हुन्छा कहिँ?
ल गरनत भनि सहमति खोजिदिने सहयोग गरिदिने सहज गरिदिने खाले सोंच भैदियको भयपो!
यो देश को अभिशाप भनेको गिरिजा जस्तो मान्छेले कांग्रेसलाइ नमरुन्जेल नेत्रित्वो गर्नु र अधिकांस समय देशको सरकार चलाउनु, माकुने र ओली जस्तो मान्छेले एमालेमा बोलबाला गर्नु निर्देशन गर्नु र गिरिजा बाट बचेको केहि समय देशको सरकार चलाउनु हो! अनि अधिकांस जनता भन्दा पनि कार्यकर्ता र नेताहरु स्वार्थ, बिरोधि,खिचातानी पद लोलुपा आदि को कारण ले यी र यस्ता हरुलाई साथ् दिनु वा पछी लाग्नु नै हो!
बास्तबमा माकुने र ओली गुटहरु सकेसम्म कदापि सरकार बन्न नदिने र त्यो नभय माओबादीको नेत्रित्वोमा चाहि केहि कसै गरि पनि नदिने षड्यन्त्रमा छन्! सरकार बन्न नदिदा देशमा हुने अस्थिरताको मजालिने र खुच्चिंग भन्ने देश भू*मरिमा हाली छेउ बसी तालि बजाउने र जनतालाई आफु ठुलो र त्यागि भयको बडप्पन देखाउदै “मैले त भनेको थियानी” भन्ने नियत बोकेका हरुलाई कसैगरी यो देशको राजनीति बाट हताउनुनै देशको भबिस्य को लागि सर्वथा लाभदायक छ!
माकुने र ओली गुट जस्ता हरुको नियत बुझेर एमालेले आफु पार्टी र देशलाई यिनीहरुबाट मुक्तागर्नसके सबै भन्दा देशको उद्दार हुने थियो!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
14
very good Article.
मन परे हरियो, नपरे रातो
8
1
कुनै समय थियो जब शंकर पोख्रेल लाई म मदन भण्डारी को उत्ताधिकारी ठान्थे | तर आहिल्ले हाम्रो नेपालमा देश लाई माया गर्ने एउटा पनि देखिएन वा देखिन नचाहेका हुन् अथवा भास्त्र र दलाली को जमात ले थिचेर राखेको हो , मैले बुझसकिन . यत्त्रा ६ सय सभासद हरु पार्टी को लागि मात्र बनेका हुन् या नेपाल र नेपाली को लागि बनेका हुन् , सबभन्दा पहिल्ला यो कुरा को टुन्ग्गो लग्नु पर्यो.१० जना टाउके नेता को लागि देश र जनता मत्त लाई बाकी ५९० सभासद सति जान्छन भने ये भन्दा कायर र नापुंसग हरु लाई भत्ता र सुबिधा दियर राख्नु को कुनै अर्थ छैन्न| खै हाम्रो यो देश क युवा नेता हरु कहाँ गए ? आज देश ले एउटा सच्चा युवा नेता मागेको छ , येउ ६० नाघेका डेट सकिएका र कुहेका बुडा आलु लाई देश र सत्ता बात नै लखेट्नु पर्ने बेला आयो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
हुनै नसक्ने कुरो, शंकर पोख्रेल मदन भण्डारीको उत्तराधिकारी? यस्तो दिमाग पड्केको मान्छे कसरी भण्डारीको उत्तराधिकारी हुन सक्छ?
मन परे हरियो, नपरे रातो
4
0