मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रेम, धोका कि स्वार्थ??

    एस.के. सुवेदी, लन्डन

    “कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन”

    आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले आफ्ना मनका सारा प्रेम भावनाहरु व्यक्त गरेको थियो। त्यतिबेला उसका लागि म नै उसको जीवनको पहिलो र अन्तिम आईमाई थिएँ रे जसलाई उसले अति नै चाहन्छ र प्रेम गर्छ रे। यसरी पत्रमा प्रेम भाव व्यक्त गर्नुअघि पनि उसले मसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै किसिमले आफ्नो भावना जाहेर गर्ने प्रयास नगरेको होइन। तर मैले उस्को त्यस्ता कृयाकलापलाई उसको अपरिपक्वता सम्झिएर नजर अन्दाज गरिदिन्थें। ऊ मलाई एक्लो पाएको बेला मसँग बढी नै नजिकिन खोज्ने, मलाई स्पर्श गर्ने प्रयास गर्ने अनि अलि रोमान्टिक भएर कुरा गर्न खोज्ने जस्ता असामान्य व्यवहार देखाउँथ्यो जसले गर्दा म उसँग एक्लै हुँदा सँधै डराउँथेँ। तर पनि आफूलाई मजबुत बनाएर उस्का त्यस्ता व्यवहारहरुलाई प्रतिकार गर्ने गरेको थिएँ। ऊ एउटा पढेलेखेको समझदार व्यक्ति भएको हुनाले सायद उसले मेरो मनसाय बुझ्यो होला त्यसैले उसले आफ्नो इच्छा व्यक्त गर्ने रणनीति परिवर्तन गर्न थाल्यो। उसको उच्छृङ्खल र अपरिपक्व व्यवहारलाई प्रतिकार गरेपछि उसले मलाई कहिल्यै त्यस्ता व्यवहार देखाएन बरु उल्टो सम्मान र सहयोगको भावना देखाउन थाल्यो। त्यसपछि उसको असल चरित्रमात्र मेरा सामु देखा पर्थे।

    ऊ एउटा विवाहित एवं व्यवहारिक अनि संवेदनशील पुरुष थियो। पढेलेखेको र लामो समय समाज विकासमा काम गरेकोले होला उसका विचारहरु खारिएका थिए भने उसको तार्किक शक्ति प्रभावशाली थियो। अनुभव र बौद्धिकताको कारणले होला समय र परिस्थिति अनुसार आफूलाई तरुन्तै परिवर्तन गर्न सक्ने क्षमता थियो उसमा। आफ्नो तार्किक शक्तिले जस्तालाई पनि तुरुन्तै प्रभाव पार्न सक्ने खुबी भएको व्यक्ति थियो ऊ। आफ्नो विचार मिल्नेसँग वादविवाद र तर्क वितर्क गर्न पनि रुचाउँथ्यो। मप्रति उसको बदलिँदो व्यवहारका साथसाथै ऊ मसँग आफ्ना विचारहरु पनि आदानप्रदान गर्न थालिसकेको थियो। ऊ मान्छे अलि खरो भएता पनि मलाई पनि उसको विचार, उसका तर्क, उसको सादगी अनि उसको इमानदारिता सारै मन पर्थ्यो। ऊ अरुलाई सहयोग र सुझाव दिन असाध्यै रुचाउँथ्यो। उसलाई म एउटा शिक्षित, सुशील तथा मानवीय संवेदना भएको व्यक्तिको रुपमा आदर गर्थें। उसका प्रगतिशील तथा वामपन्थी राजनैतिक सोचलाई सम्मान गर्थें। मलाई उसका सानातिना कुरा पनि असाध्यै मन पर्थ्यो। यसरी छलफल र कुराकानीका क्रममा उसले आफ्नो व्यक्तिगत तथा पारिवारिक सबै कुरा मसँग गर्ने गर्थ्यो। निरन्तर गफगाफ र विचारको आदानप्रदानले एक अर्कालाई अझ नजिकबाट चिन्ने र विश्वास गर्ने वातारण सृजना भयो तर पनि मैले उसलाई प्रेमीको रुपमा हेरेको थिइनँ। ऊ मेरो लागि केवल एउटा परिचित व्यक्तिमात्र थियो। तर ऊ भने मसँग सम्बन्ध बढाउने प्रयत्न गरि नै रहेको थियो। म त्यतिबेला मानसिक रुपले ऊसँग प्रेम गर्न तयार थिइनँ। मेरा आफ्नै अनगिन्ती दुखेसो र पारिवारीक तनावले वैराग्य भएर शान्तिको खोजीमा हिँडिरहेको थिएँ। हुनत उसँग कुरा गर्दा उसको साथमा हुँदा मलाई पनि आनन्द लाग्न थालिसकेको थियो। तर उसलाई विश्वास गर्न डर लाग्थ्यो। सोच्थें कतै उसले मेरा भावना छताछुल्ल त पार्दैन भनेर किनकि ऊ एउटा विवाहित पुरुष थियो।

    उसको प्रेम प्रस्तावसहितको पहिलो पत्र यति कलात्मक ढंगबाट लेखिएको थियो कि त्यो पढ्ने जो कोही पनि उसको प्रेममा पागल हुन सक्थ्यो। ऊ सहित्यमा उच्च शिक्षा हासिंल गरेको व्यक्ति भएर होला उस्को लेखाई निकै स्तरीय र प्रभावकारी हुने गर्थ्यो। उसले निरन्तर मलाई पत्र लेख्न थाल्यो। मलाई सहयोग र आफ्नो पन देखाउन थाल्यो। म विसन्चो भएको वेला हेरविचार गर्ने, मैले खाए नखाएको चासो गर्ने अनि मेरा हरेक कुरामा साथ दिंदै मलाई प्रोत्साहन र पे्ररणा दिने गर्थ्यो। उ मलाई आफ्नो जीवनको उतार चढाव, आफ्नो श्रीमतिसंगको असन्तुष्ठि सवैकुारा वताउने गर्थ्यो यसरी उ मसंग धेरै नजिक भई सकेको थियो र मलाई पनि उसका कुरा सुन्दा धेरै माया लाग्न थालि सकेको थियो। मेरो लागि कसैसंग भावनात्मकरुपले त्यति नजिक यो पहिलो अनुभव थियो। मेरो जिन्दगिको पहिलो व्यक्ति नै उहि थियो जसलाई म यति धेरै नजिक ठान्थें की मेरो लागि उ भगवान समान भयो। उसलाई मैले मेरो सवैकुरा मान्न थालि सकेको थिएं उसको अगाडि मेरा अरु सवै सम्वन्धहरु खल्लो लाग्न थालि सकेको थियो। उ बाहेक कसैलाई आफ्नो सम्झन्न थिएं। यसरीनै हाम्रा रमाईला दिनहरु करिव डेड वर्ष सम्म चलि रहे। उसंग भेट्नु अधि प्रेम वा माया भन्ने कुरा केवल सिनेमा र उपन्यासमा मात्र सिमीत हुन्छ भन्ने लाग्थ्यो तर हाम्रो प्रेम सिनेमा र उपन्यासको भन्दा निकै गहिरो र रोमान्टिक थियो। म उविना को जिन्दगी कल्पना सम्म पनि गर्न सकि रहेको थिईन। अव मलाई उविना वाच्न पनि गारो भई रहेको थियो यो कुरा मैले उसलाई पनि बताएं। उ आफ्नो श्रीमति लाई आफूसंग बोलाउने कागजी प्रक्रियामा लागि रहेको थियो त्यसैले उ मेरा कुरा सुनेर एकछिन स्तव्ध भयो। उसको अनुहारमा चिन्ता र भय एकैसाथ देख्न सकिन्थ्यो। तर उसले उसको त्यो अनुहारको भाव लुकाउने कोसिस गर्दै मलाई सम्झाउन थाल्यो। उ आफ्नो पारिवारीक मिलनको तयारीमा व्यस्त भएर होला मेरा भावनाहरु लाई बेवास्ता गर्दै आफ्नै तर्क र कुराले मलाई भाषण दिई रहेको थियो मेरो त्यस्तो चहान गर्नु गलत हो रे हाम्रा सम्वन्ध समाजको नजरमा गलत हो रे। सायद उसको लागि हाम्रो सम्वन्ध एउटा क्षणिक शारिरीक इच्चा पूर्तिको माध्यम थियो होला तर मेरो लागि यो जीवन बाच्ने आधार थियो। दुई आत्माको मिलन।

    जति जति उसको श्रीमति आउने दिन नजिकीन थाले उति उति उ म बाट टाढा टाढा हुन थाल्यो। व्यस्तताको वाहान वनाएर उ मलाई नभेट्ने मौका छोपि रहन्थ्यो। उसको श्रीमतिसंगको उसको मिलन पछि उसले मलाई पूर्ण रुपले तिरस्कार गर्न थाल्यो। सायद उसलाई अव हाम्रो सम्वन्ध बोझ लाग्न थालि सकेको थियो। तर पनि म उसलाई गुमाउन चाहदिन थिएं। म आफैं उसलाई सम्पर्क गरीरहन्थें, रुएर, तड्पेर दयाको भिख माग्थें, मसंग भेट्न, मसंग कुरा गर्न आग्रह गर्थें आंशुका धारा संगसंगै म मेरा मनका बेदना सुनाउन खोज्थें। मेरो आंसुले त उसलाई के पगाल्थ्यो खालि मैले आवेशमा आएर उसको श्रीमतिलाई हाम्रो सम्वन्धको बारेमा भन्देला र उसको खुसहाल पारिवारीक जिवन तहस नहस होला कि भन्ने डरले कुनै बेला मसंग भेट्न न त आउथ्यो तर आए पनि म संग अनावश्यक रिसाउथ्यों, झगडा गर्थ्यो, मलाई गालि गर्थ्यो। एकदिन त उसले साफ साफ भन्यो ूतेरो आंशुले मलाई कुनै असर गर्दैन, यदि म विना बाच्न सक्दिनस भने मलाई संधैको लागि छोड देू उसका यस्ता वचनले मन छिया छिया भयो। उसको परिवर्तित व्यवहार देखेर सारै चित्त दुख्थ्यो तर पनि मनलाई सम्हाल्थें र आफूले आफैंलाई सान्त्वना दिंदै साच्ने गर्थें उसले जे जस्तो व्यवहार गरे पनि कमसेकम उसले मलाई माया त गर्छ। त्यहि झिनो आशाका साथ म उसलाई हरेक दिन सपर्क गर्न खोज्थें तर उ सधैं मलाई इग्नोर गर्थ्यो। अचेल उसलाई मसंग भेट्नै मन लाग्दैन थियो तर पनि म जवरस्ती अनेक वाहानमा उसलाई बोलाउने गर्थें। कहिले काहीं उसले मेरोबारेमा पनि सोचि दियोस भन्ने चाहन्थे, मेरा पिढा, मेरो आंसु, मेरो एक्लो पनको तनावालाई बुझिदेओस भन्ने चाहन्थें र उसंग भेटेको बेला आफ्ना मनका कुरा पोख्ने कोसिस गर्थें तर उसलाई अचेल यस्ता भावनान्मक कुराहरु वाईयात लाग्न थालि सकेका थिए। उ पुंजिवादी एवं सामराज्यबादी समाजको दास भई सकेको थियो। उ आफ्नो नयां नयां ठूला ठूला घर नयां गाडि तथा श्रीमतिका भौतिक इच्छा पूर्तिमा तल्लिन थियो। उभित्रको मानविय सम्वेदना सायद मरिसकेको थियो त्यसैले होला अव उ मसंग पूर्ण रुपले सम्वन्ध तोड्न चाहन्थ्यो। उ आफू स्वतन्त्र रुपले आफ्नो परिवारसंग श्रीमतिको इमान्दार पति भएर आफ्नो जीवन खुशि साथ विताउन चाहन्थ्यो त्यसैले एक दिन उसले मलाई कहिल्यै नभेट्ने र कहिल्य नबोल्ने कसम खायो। उसको त्यो कसमले मेरो जीवनमा बज्रपात गर्यो। त्यति गर्दा पनि उसलाई मैले भुल्न सकिन, उप्रतिको मेरो चाहान, मेरो माया, मेरा विश्वासमा अलिकति पनि कमि भएन र फेरि पनि उसलाई सपंर्क गर्न खोजें तर उबाट कुनै प्रतिउत्तर नआए पछि म पनि एक पल्ट सोच्न बाध्य भएं। सायद मेरो मायामा नै केहि कमि भयो होला या उसलाई पाउने स्वार्थमा उसको खुशिको पर्वाहनै गरिन कि। सायद उसलाई मेरो मायाको मेरो साथको चाहानानै थिएन कि, उसको लागि हाम्रो प्रेम केवल क्षणिक थियो जसले उसलाई तनाव मात्र पो दिई रहेको थियो कि। त्यस पछि मैले निर्णय गरें म प्रेमलाई प्राप्ती होइन् त्यागको रुप दिन्छु जसले गर्दा कमसे कम उ त खुशी हुन्छ उ त सुखी हुन्छ। मेरो उ बाट टाढा हुने फैसला सुने पछि उ अत्यन्य खुशि भयो त्यति खुशि उसलाई पहिला मैले कहिल्यै देखेको थिईन्। उ अझै पनि खुशि छ उ आफ्ना भौतिक विलाशिताका सपनाहरु पूरा गर्न व्यस्त छ, श्रीमतिसंगको प्रेममा आफूलाई हराई रहेको छ उनीहरुको प्रेमको निशानी यो धर्तिमा आउने क्रम जारी छ।

    म उसको जिन्दगीबाट, उसको सहरबाट धेरै टाढा गईदिएं त्यस पछि हाम्रो कहिल्यै भेट भएन। तर जहां भए पनि म संधै उसैको भएर जिवन विताउने छु। उसैकोबारेमा सोचि रहने छु। उनै मेरो जीवनको पहिलो र अन्तिम पूरुष हुने छ।

    कुनै बेला एक्लै वसेको बेला सोच्ने गर्छु त्यो मेरो छ वर्ष अगाडिको महान पूरुष एउटा आदर्श पूरुष जसमा अथाह मानविय संवेदना, प्रेमका अविरल भाव, प्रगतिशील सोच, सहयोग र सद्भावना अनि अनगिन्ती मायालु शव्दहरु थिए। जो अतिनै साधारण तर पढेलेखेको सुसिल व्यक्ति थियो संधै सामाजिक न्यायको कुरा गर्थ्यो र अन्यायको विरुध्व लड्नु पर्छ भन्थ्यो। उ कसरी आज स्वार्थी र महत्वकांक्षी भयो। कसरी यस्तो विवेकहिन र निस्ठुरी भयो। कतै उसलाई पनि ठूला शहरमा फैलिएको विलाशिता, प्रतिस्पर्दा, महत्वकांक्षा, दमन, स्वार्थ र इर्श्या रुपी रोगले त समातेन? तत्र यस्तो समाजमा प्रतिश्ठीत तथा ज्ञानी पुरुषले एउटा निर्दोस आईमाईको भावनासंग खेलबाड गरेर उसंग झुटो मायाको नाटक गरेर कसरी निदोर्ष आईमाईलाई मानसिक यातना दिन सक्छ???

    No related posts.

    44 comments to प्रेम, धोका कि स्वार्थ??

    • भेटिएर छुट्नु भन्दा नभेटेकै जाति हुन्थ्यो, हामी बिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो

      कर्णदास को यो गीत याद आयो मलाई त

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • monkey

      i ll follow ur rules and i also thought of living my life on her waiting but remember that day when that person will realize what he/she done to ur feelings that person will have no place to breath …..tyo time may be we will get our love back … that moment we will think that we had done alot to keep the meaning of love in this selfish world .
      ani jaba jun manche hami bina usko life fluent huncha bhanara sochcha tyo manche lai life laa tai hamro stage ma puryo bhani matra hamro pain ko mahasus garna sakla tara for god sake kasaiko life ma tyo din na aayos jun ko reason afno man aaru lai sumpiyara yaad lai zindagi banauna paros …
      i read this and i thought to post the same story i have wid me in future at least if we share sorrow i wish it goes less …

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • हुनत मान्छेमा प्रेम भने को कुन बेला कहाँ को सग हुन्छ थाहा हुदैन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • kapil wasti

      कुनै सुन्दर फुल फुलेको देखेर काँडाको बेवास्ता गरी टिप्न खोज्नु मूर्खता हो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • Shailendra

      तातो न छारो को कथा ! फोकट मा ५ मिनेट समय गयो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • arpan

      सुन न ए प्रियसी मेरी,म तिम्रो मायालु हुँन चाँहन्छु । बुझ न मेरो मनको भाब,तिम्रो नजिक आउँन चाँहन्छु।। तिमीसँगका तिता-मिठा,पलहरुको साथमा भुल्दै म। एक्लोपनको आभास हुँदा,तिम्रो हात समाउँन चाँहन्छु।। दौडिरहेको समय अनि,समयसँगै भागीरहेको हाम्रो जिन्दगी। बाँकी रहेका अ मुल्य क्षणहरुमा,तिमीसँग रमाउँन चाँहन्छु।। स्वार्थी दुनियाँ,कठोर मन अनि प्रेमका दुस्मनहरुबाट टाढा। तिम्रो र मेरो मायाको रमणिय,छुट्टै संसार बनाउँन चाँहन्छु

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • RUPAK ARYAL

      एस्तो पनि हुदो रैछ जिन्दगि मा कैले कैले, कसैलाइ माया गरि ठुलो भूल गरे मैले!!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • sarala

      लुना जी को coment संग म pani सहमत chhu

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Bwaso Club, HK@UK

      १००% यो प्रेम कथा गोपाल शिवाकोटी (चिन्तन) ले केटी बनेर आफै लेखेको हुनु पर्छ l किनकी चिन्तन जी को प्रेम कथा UK को नेपाली समाजमा अझै Hot Cake नै छ | अनि यो लेखको पछाडी ‘चिन्तन’ जी को आफ्नै कुनै स्वार्थ पनि लुकेको हुनु पर्छ त्यो उ आफैलाई थाहा होला |

      यो प्रेम कथाको सार अनुसार यो कुनै पनि नेपाली केटी मान्छेले लेखेको लेख नै होइन| माई संसार मार्फत ‘चिन्तन’ जी ले हामी सबै लाई गोरु मात्र बनाको हो |
      यो लेखको शब्द चयन र लेख पनि अति चलाखी पूर्ण तरीकाले लेखेको देखिन्छ |
      जबकि ‘चिन्तन’ जी को अरु कुनै पहिलाको लेखहरु संग शब्द/तर्क मिलेको देखिन्छ | तसर्थ १००% यो कुनै पनि नेपाली केटी मान्छेले लेखेको लेख हुदै होइन | यो गोपाल शिवाकोटी (चिन्तन) जी कै काम हो | अब हामी सबैलाई जानकारी भया……..

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • हेल्लो साथीहरु तपाई हरु को कमेन्ट हेरेरत मलाई एस्तो लागो कि तपाई हरु को विचार मा प्रेम भन्ने चिज गरछु भनेर हुने चिज रहेछ ! प्रेम भनेको हार्ट बाट हुन्छ maind बाट हैन है …………….

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • kaj

      सुबेदी जी तपाई लाई केटा मान्छे ले प्रेम मा धोका दिये छ , यसै गरि मलाई
      पनि केटी मान्छे ले धोका दिएर गएको थिन् , आज पनि मा उनीलाई सम्जी रहन छु , उनि मसंग कुरासम्म गर्ना चाहन्न

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • anamika

      love is love ….there is nothing like first, middle or last…..It is not your fault that you fall in love with him and the best thing is that you let him go with her wife .It is not even the fault of man and his wife . But now you are making mistake remembering about the man whole life.
      Move on girl. There is someone else waiting for you . no one’s life would be stopped in absence of somebody it has to move on so dont be late otherwise when you learnt this it will be too late…………..

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • sharmila, USA

      This reminds me Gopal Siwakoti Chintan’s Love story which also happened in London with under age girls. May be writer know this since he is from London too. Chintan Love affair was very hot issue in London Nepalese Newspaper as well as in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • मलाई त तपाई प्रति कति पनि दया आयन किनकि तपाइलाई अध्यारो नै प्यारो लाग्दो रहेछ जबकी संसार त अधि अध्यारो र आधि उज्यालो हो तपाई जस्ता मुर्ख हरु लाई त त्यस्तै गर्नेत हो नि , आफ्ना इछा त उसले पहिले नै बेक्त गरिसकेको थियो त तर पछि माया नामक आकर्सक पर्दाले सजायो र पछि इछा पूर्ति गर्यो छोर्दियो कुनै ठुलो कुरा छैन
      यो मात्र कथा हो या जीवन
      जीवन भय, यसमा आफुलाई आइमाई लेखियको छ यसको अर्थ त कसैको श्रीमती होइन र ? यदी यसो हो भने त हामीलाई पनि आफु जस्तै मुर्ख बनाउन खोजेको जस्तो त होइन
      यदी कथा हो भने अजै प्रयास को जरुरत देखिन्छ

      s . k . जी

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • prakash tiwari

      कथा यदि यस्तो हुन्छ भने यो न लेखेकै राम्रो ! आफु लाइ व्यक्त गर्ने विधा भने को अर्की होला यो त भ्यान सुबेदी जी , मन लाग्छ यदि लेखना वज=हने अलि राम्रो लेख्नु

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • Gals are always a big trouble. They are the only one in the whole world who knows how to ruin the boys life. Well, especially lovers ……but when they becomes mum then they are alright….!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • Jillabashi Baburam

      साहित्य काल्पनिक भए पनि त्यो समाजको प्रतिविम्व हुने गर्छ, पूर्ण या आंशिक रुपमा!

      नेपाली समाजको कुरा गर्दा नारीहरु नै बढी पिडित र शोषित रहेको स्थितिमा एक नारीले अर्को नारीको जुत्तामा खुट्टा हालेर हेर्नु पर्छ, न कि एकले अर्कोको घरमा डढेलो लगाउने!
      नजाने गाउँको बाटो नसोध्नु भने झैं कथाको “म” पात्रले बिबाहित पुरुषलाई जीवन साथीको रुपमा अपनाउन खोज्नु नहुने हो! हुन त यो पुरुषले लेखेको लेख जस्तो छ, त्यसैले महिलाहरुलाई धेरै गाली चै नगरौ!

      लेखकको “बामपन्थी” डल्लो एक पेजको लेखमा अलि फिटिएन! कथा बस्तु अझै एक पेज लामो भए बल्ल फिटिन्थ्यो कि? एक कप चियामा एउटा पूरै डल्लो गुँड कहाँ फिटिनछ र हजुर!

      पढेलेखेको, लामो समय समाज विकासमा काम गरेको, संवेदनशील, विचारहरु खारिएको मान्छेले एकातिर आफ्नो श्रीमतीलाई झिकाउने काम गर्दै छ, अर्को तिर अर्कीलाइ प्रेम पत्र लेख्दै छ — बिरोधावाशपूर्ण भएन र?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Sita ram adhikari

      जीवन भनेको माया बाट नै सुरु हुन्छ .बिना माया yoo संसार रहदैन..माया भनेको वोमन आमा नै हुन् .आमा ले खाए को बाट जीबें बन्दछ.हाम्रो सरिर आमा को रगत बिना सम्भब छैन.पिता सुर्य हुन् भने अम्म चन्द्र मा हुन्.चन्द्रमा बतानै सबैले शान्ति पौदचन.आमाको दुद मा सबी औषधि हुन्छ.तेसैकरण हामी स्वस्त हुन्छौ.आमा लै यदि कोइ कसैले पनि भुल्दाच भने उसले संसार लै भुलेको हुन्छ.तेसै कारण मनिष को ईःआ र उद्येश्य सबै भन्दा ठुलो महत्व राख्दछ.माया लै नारान्रो संग तुलना नगरौ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अर्काको लोग्ने हो भन्ने जानीजानी किन लब गरेको त म पात्रले ???म पात्रले त्यति बेला सोच्नु पर्थियो कि यो मानिससंग सम्बन्ध बढाउनु भनेको मैले म जस्तै एक नारीको अधिकार खोस्नु हो भन्ने कुरो| दिलले होइन दिमागले काम गर्नु पर्छ क्या |हगी सके पछी दैलो देखेर के काम ????”अर्काको लोग्ने लाइ आफ्नु बनाउन सकिन भनेर तपाइँ अबिबाहित बस्दैमा यसलाई प्रेम को लागि गरिएको त्याग हो भन्न मिल्दैन| यसलाई त आफ्नु स्वार्थमा रहेको घमण्ड भन्न मिल्छ|त्यो हुनाले म पत्रले खुरुक्क अर्को केटो खोजेर बिहे गर्नु मै कल्याण देखिन्छ|
      अन्त्यमा कथा सान्दर्भिक छ यस्ता घटनाहरु घतिनै रहन्छन समाजमा कसैले कसैको भाबना र जिन्दगिमाथि खेलवाड नगरी दिवोस भन्ने लाग्छ मलाइ पनि |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

      • Nabin KC

        दिल लगी गधिसेतो परी क्या चिज है … भन्ने हिन्दी उखान सुन्नु भएको छ … हो त्यहि हो. तपाई पनि अहिले ले त भन्दै हुनुहुन्छ तर माया बसे पछी .. भोकालाई भोर्जन निद्रालाइ ओछ्यान पिरतिलाई जात छैन …

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • ashray

      कथा मा म पात्र लाई थाहा थियो कि केटा बिबाहित हो……तेस्तो अमर प्रेम को कुरा गर्ने केटि ले त्यो केटा को श्रीमती को बारेमा केहि सोच आएन ? त्यो पनि त यौटा महिला हो नि, अर्काको पुरुष संग जानी जानी लाग्नु म पात्र को गल्ति हो …. अनि त्यो पुरुष पात्र पढेलेखेको , इमान्दार , भलाद्मी छ अनि उसले म पात्र बिरामी पर्दा खेरि सहयोग गरेको छ…..के थाहा पुरुष पात्र ले यौटा राम्रो केटि साथी मात्र सोचेको थियो…..म पात्र नै एकोहोरो माया म परेको देखियो, पुरुष पात्र को कतै माया देखाको छैन…..तेसैले म पात्र को ठुलो गल्ति थियो तेस्लाई माया सम्झिनु अझ ठुलो गल्ति त के भन्दा आफ्नो सारा जीवन त्यो केटा लाई सम्झेर बिताउने भन्ने…….move on girl….some one is there for u….you may meet few wrong people before u meet the right one…do not waste ur life for wrong people and wrong reason…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 3

    • apjashi

      यस के जी नमस्ते।
      हजुरको लेख रोचक लाग्यो। मेरो बुझाईमा हजुरले हजुरको सपनाको राजकुमार अरु कसैको भैसकेको कुरा जान्दा जान्दै पनि कुनै नारीको खुशी खोस्ने प्रयास गर्नु भएको थिएन भने सायद हजुरले आज यी पंक्तीहरु कोरिरहनु पर्ने थिएन होला। जे होस हजुरले हजुरको सपनाको राजकुमारको साथ नपाएकोमा म पनि दु:खी छू। तर अर्कोतीर उक्त सज्जनवृदको धर्मपत्नीको खुशि नखोसीएकोमा म पनि खुशिछू।
      धन्यवाद,
      अप्जसी माईला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • Gyan

      जब मानब उन्मत्त हुन्छ उसलाई अन्धा-अन्धी पनि सुन्दर लाग्छ / मानिसले मनलाई काबुमा राख्न सकेन भने एक अर्कालाई फसाएर धोका दिन जाल बुनीरहेको हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Binod Poudel .Damak .jhapa Now Toronto ,Canada

      एउटा पुरुषलाई आफ्नो बस मा राख्न नसक्ने ले किन प्रेम गर्नु त ??? अब जे भय पनि तपाइले यी सबै कुरा बिर्सनुनै बेश उपाय हो !!! आफुलाई अलिकति पनि माया नगर्ने एउटा पुरुष को पछी लागेर तपाई आफ्नो समय बर्बाद नपार्नुहोस !! आफुलाई भोक लागेको बेलामा खानेकुरा पाउन एउटा बालकले जे जे उपाय गर्छ , अधिकाम्स पुरुष मानसिकता पनि तेही हुन्छ भन्ने कुरो नबुझ्नु तपाइको जीवन को सबै भन्दा ठुलो भुल भयो !!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • Luna

      ‘ मेरो जिबन को पहिलो र अन्तिम पुरुस हुने छ ‘
      अनि अर्को हरफ मा चै उही पुरुस कै बारेमा ‘ झुटो प्रेम गरेर मानसिक यातना दियो — ‘ !
      ———–
      यस्तो प्रेम को लागि जिबन भर त्याग गर्ने ? त्यो पनि यो बिधि गालि गरेर ( गुनासो गरेर ? ) —
      झुटो प्रेम गरेर मानसिक यातना दिने प्रेम लाइ ‘मनको डोरीले’ फासीमा झुन्ड्याई
      बिर्सिदिनु नै बेश हुन्छ .
      समय को भोक थ्यो त्यो . त्यस्तो बासनात्मक भोक को लागि उसैलाई सम्झेर
      ‘ ब्रत ‘ बस्ने ?!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

    • दिपक अधिकारी

      खासै साहित्तिक नभयपनी प्रयास राम्रो छ ।
      दिपक अधिकारी
      जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

      • Nabin KC

        ओहो यहाँ त निक्कै साहित्यिक पो हुनुहुदो रेछ त … ल ल आफ्ना भावनाका आँखी झ्याल हरुलाई लाई उदांगो पारेर हाम्रो कोमल आत्मामा छरपस्ट पोखेर तपाइको सुद्दिकरण गरेको गहकिलो साहित्यको तरलताले हाम्रो भाबुक तनमन लाई नुहैदिनुस न है …

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • zenith shahi

      it’s the prove of famous saying “women fall in love with their ear where as guys fall in love with their eyes”.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ह्य, थिस लाग्यो.. केटीहरुको दिमाग घुच्चुकमा हुन्छा भनेको हो रहेछ | अनि लेखाई पनि त्यति रमाइलो लागेन, एक हप्त्ताको पर्खाई कतै खेर त गएन?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 10

    • ल है विदेश मा बिदेशी नागरिक संग प्रेम गरेर हिड्ने हरु लै चै चोटिलो सुझाब हो यो स्मरण…. लंका को सुन भन्दा आफ्नै देश को बैगुन मिठो हैन??

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • manjari

      के हाम्रो अमुल्य जीवन तेस्तै धोखेबाज मान्छेको लागि सुम्पन बनेको हो त? बिउन्झिनु पर्छा एस्तो सोचाइ बाट . आफ्नो जिबनको सहि सदुपयोग गर्नुपर्छा . ठूला ठूला लक्छ्या राख्नुपर्छा. पुरा गर्न तिर लाग्नुपर्छा . आफ्नो गलती बाट सिक्दै बिजेका काण्डहरु फेक्दै जीवनमा धेरै अगाडी बढ्नु पर्छा जस्तो लाग्छा मलाइ त ……

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

      • हो हो सकेसम्म राम्रै काम गर्नु पर्छा नसके नराम्रो गरेर भए पनि….हि ह ह ह

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • धोका दिनेलाई के भनौं र खै.. तिमी हाँस भो मै बसुँला रोई……!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • bhim kumar bista

      एस क सुबेदी जी हाम्रो समाज मा वयेका प्राय जस्तो आजकल का केटा केटि हरु छिन वरको मायामा लिप्त छन् तर यसरि गरुएको माया त वास्तबमा माया हो जस्तो मलाई लाग्दैन , माया हुनको लागि त समर्पण हुनु पर्छा ताकी जस्तो सुकै आधिहुरी आए पनि हलचल नगर्ने त्यो हो रेअल्ली माया हैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • kasari thahahuncha ra upanaam

      एस्तो पनि कथा हुन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Raj Abhagi

      जे होस् ramrochha . yasarine प्रकासित garirahanu होला.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • GAP

      के यो सत प्रतिसत साहित्त्य मात्र हो? एस के जी, प्रेमले बस्ताब मै मान्छे लाइ स्वार्थी बनाउछ, तपाइले गर्नु भएको त्याग, बस्ताब मै त्याग हो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • सुबेदी जी के हो यो?????आयो-गयो मन दुखी भो???????

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • द्रोण

      सधै कति लब ,प्रेम ,प्यार ,मोहब्बत | पल्लाघरे प्रेम को अनुहार देखेरै वाक्क भैसक्यो |
      यो प्रेरणादायी अन्तर्वार्ता पनि पढ्ने हो कि ?
      http://www.ekantipur.com/saptahik/article/?id=2089

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Nakul Gautam

      यो माया हो, यो मोह अझ भोग हो। जसको लागि हामी काम(काम यानिकी यौन अनी यस्को उपजको श्रीजना अनी समाधान मात्रको) गर्छौ त्यो सबै यस्को प्राप्तिको गतिबिधी हो ।

      प्रेम त सिर्फ कर्म गर्नेले गर्छ जस्लाई प्रप्तिको कुनै चाह हुँदैन।

      प्रेम त सदा सर्बदा निरन्तरता हो ……यो पात्रहरुको घटना अनी प्रब्रिती देखेर स्पस्टै हुन्छकी यो प्रेम होइन।

      कर्म गरौँ अनी प्रेममा लिन होउ, सबै दु:ख (अर्थात मापन) समाधान।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • INDRA SHAHI

      दुवै मिलेन ! प्रेम , प्रेम नै हो , एस लाई जसरि परिभाषित गरे पनि हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Manoj Bohara

      यो कथा पढ्दा झट्ट फसबुकमा एउटा साथीले राखेको स्ट्याट्सको याद आयो । “पुरुषले काम नै नपाएको जस्तो I luv U भनिरह्यो । नारीले एकदम सोचेर बसी । पुरुषले बहकाइरह्यो (वा उसलाई पनि बहकिने बहाना चाहिएको थियो) । एकदिन संवेगले चूर भएका बेला नारीले पनि I luv U भनी । पछि क्रमशः संवेग सकिँदै गयो । पुरुषले I luv U भन्न छोड्यो ।“ फरक यति मात्र छ कि यस कथामा अझै एकजना पात्र पनि छीन त्यो “उसकी श्रीमती” एकातिर म भन्ने पात्र छिन अर्कोतिर उसकी श्रीमती भन्ने पात्र ले गरेको प्रेम देखाउन खोजेको यो कथा मा “उ” भन्ने पात्र जस्तै “म” भन्ने पात्र पनि ब्यक्तिगत स्वार्थलाई प्रेमको नाम दिन तल्लीन छीन / अन्तमा लोग्ने स्वास्नीको झगडा परालको आगोमा टुङ्याइएको कथा, अहिलेको चलन चल्तिको माया प्रेमलाई देखाउन खाजेको झै लाग्यो // तर अनावश्यक कुराहरु जस्तो वामपन्थि विचार धारा भन्ने शब्द राखिउको छ । जसमा यो कथा ले कुनै पनि अर्थ राख्दैन // बामपन्थिी विचारधारा भउको हुनाले नै म भन्ने पात्र प्रेममा परेको त हैन भन्ने जस्तो गलत अर्थ लाग्ने गरी शब्द चयन गरिउको छ तर कथा बस्तुमा यो वाक्य अर्थ हिन देखिन्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • Merin

      भावना संग खेल्यो कसैले, मन दुख्यो

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • sirjana

      s k जी कुरा त गजब लाग्यो.तर गजब लाग्यो कुन अर्थमा भने जानी जानी बिबाहित पुरुस संग पनि माया प्रिती बसाल्दा तेस्को सजाय पछी आफैले भोग्नु पर्छ भन्ने नसोची तपाई उसको बढी नजिक हुन् खोज्नु नै तपाईको दुर्दसा हो .प्रेम यो अर्थमा हुन्छकी जहाँ दुई आत्माको सङ्गम हुन्छ .अनि त्याग तपस्या हुन्छ .लेखियको चिठीको आधारमा कुनै पनि हालतमा प्रेम बसाल्न सकिदैन. प्रेम त आफसेआफ हुन्छ त्यो आफैलाई थाहा हुदैन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    eXTReMe Tracker