मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब के गर्दा ठीक होला?

    देश अझै राजनीतिक अन्यौलमा नै फँसेको छ। यत्रो दिन भयो तर अझै प्रधानमन्त्री चुन्न सकेको छैन। देश कामचलाउ सरकारको हातमा छ। पर्सि फेरि एउटा नौटंकी चुनाव हुँदैछ। तर त्यसमा पनि कसैले बहुमत ल्याएर सरकार बनाउने देखिएको छैन। अब यो अवस्थालाई हटाउन के गर्नुपर्ला? तपाईँको विचार के छ? आफ्नो विचार छोटकरीमा राख्नुस्- अब तपाईँको पालो।

    No related posts.

    92 comments to अब के गर्दा ठीक होला?

    • pradip adhikari

      देशलाई सर्बमान्य व्यक्तिलाई प्रधानमन्त्रि दिनुपर्छ चाहे नागरिकसमाजका प्रतिनिधिनै किन नहुन ? जसले देशलाई सुशासनमा चलाउन सकोश देश को बिकाश राम्रो संग गर्न सकोस मलाई त अझै के लाग्छ भने प्रचण्ड ले बाबुरामलाई प्रधानमन्त्रीको पदमा उठाईदिएको भए हुन्थ्यो जस्तो लाग्छ किनकि उनि पढेका र जनताका समस्या बुझेका मान्छे थिए अझै भनु देश को शान्तिप्रक्रिया ,सेनासमायोजन,संभिधान बनाउने कुरामा बढी ध्यान दिएर माथिका कुरालाई तार्किक निस्कर्समा पुराउन सफल हुन्थेकी उनि देशलाई हाक्ने काम मा सफल हुन्छन भन्ने कुरा त उनको अर्थमन्त्री काल बाट नै थाहा हुन्छ नि होइन र इतिहास मा नै सफल अर्थमन्त्री भएका थिए उनि होइन र यो कुरा हामी सबलाई अबगत नै छ नि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • dev

      नेपालीहरु नेतालाये मात्र दोस दिन्छ बोट दीने बेलामा मेरो पार्टी तेरो पार्टी मेरो मामा काका
      मेरो मान्छे बनेर बोट दिने |खुबी बयाको राम्रो मान्छे चुन्नु सक्येना |अलि अलि जान्ने हरु
      चुनाबमा तास र बार मा रमयरा बस्ने |अनि ढाक्रे हरु मन्त्रि नभयर को हुन्छ ? बोट दिने खाते
      हरु मन्त्री खाते मामाहरु | जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prabudha

      अब के गर्ने भन्दा ..? अब ४/४ पटक बहुमत लिन नसक्ने प्रचण्ड र रामचन्द्र ले नाम फिर्ता लिने त मुख्य मुख्य पार्टी बसेर बाबुराम या झलनाथ मा जसको नाम मा सहमति हुन्छ उसै लाई शहमतिमा प्रधानमन्त्री बनाऊने अनि संबिधान बनाउने अनि चुनाब गर्ने अनि जसले बहुमत पुग्छ उसैले सरकार चलाउने …येही हो लोकतन्त्र….सुभकामना नया हुने वाला प्रधानमन्त्री लाई……..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

      • madan bajracharya

        प्रबुद्ध जी
        यो भईरहेको प्रधान मन्त्रीको चुनावमा यमालेको भूमिका नै निर्णायक भूमिका हुने हो/ तर ओली र माधवले एमालेलाई कतै पनि भोट हाल्न नसक्ने बनाएकोछ/ ओली माधव एमालेलाई कांग्रेसलाई नै मात्र समर्थन गर्नु पर्ने भन्दै छन्/ कमसे कम एमालेको झलनाथको उम्मेदवारी फिर्ता नलिई दिएको भए आज हामीले प्रधान मन्त्रि पाई सकेको हुने थियो/

        अहिलेको यो परिस्थितिको लागि प्रमुख जिम्मेवार व्यक्ति ओली र माधव हो/ तर ओली र माधव आफैमा कोहि पनि होयिनन/ न चुनाव जितेर आएको हो न गिरिजा जस्तो राजनीतिमा प्रभाव भएको कुनै व्यक्तिहरु नै हो/ तैपनि यिनीहरु यसरि एमाले जस्तो अहिलेको राजनीतिमा निर्नायेक भूमिका खेल्ने सक्ने पार्टीको लाई अपांग कसरि बनाउन सकिरहेकोछ? यो कुरामा हामीले गम्भीर भएर सोच्नु पर्ने अबस्थाछ/

        ओली र माधवले मावोबादिलाई अझै पनि सडक मै राखेर अस्ति संबिधान बनाउन असमर्थ भएको गठबन्धन कै सरकार बनाउनु पर्छ किन भनि राखेको हो?

        अस्ति माधव नेपालले प्याच्च बोले उ संबिधान सभाकै बिरोधि भनेर/ “प्याच्च” निस्कने सब्दहरु मात्र मन भित्र लुकाएर राखेको कुराहरु हुन्छन/ निन्द्रामा झुठो कुरा बर्बराउन सक्दैन कसैले/ यस्तो माधवलाई भारतले समर्थन किन दिई रहेको छ?

        अहिले मधेश बादीहरुको माग बमिजिम सबिधान नबनेमा मधेश बादीहरू संबिधान नमान्ने भन्दै छ/ मधेश्बादिहरु सबै नै भारतको ईसारामा नाच्न चाहंदैनन भनि अस्ति ११ जना मधेशबादी सभासद्ह हरुले मावोबादिलाई समर्थन गरेबाट यो कुरा पुस्टि हुन्छ/ मधेश बादिहरुमा फुट आईरहेको अबस्थामा नेपालमा बहुमतको सरकार बनेमा मधेश्बादिको माग पुरा हुन् सक्दैन भनि अस्ति शरणले भनि हाले/ शरणले माबोबादी को सरकारको समर्थन पाउन सक्दैन पनि भने/ ओली ले आज सम्म गरिआएको कुरा पनि यहि त् हो/ त् स्पस्ट छ भारतले एमाले भित्र नीतिगत बिखन्डन ल्याउन ओली र माधव लाई प्रयोग गरि रहेको छ भनेर/

        प्रबुद्ध जी यसै कारण आज कांग्रेस मावोबादी र झलनाथ समर्थक एमालेको गम्भीर छल फल हुन् सकेमात्र देसमा निकास पाउन सकिन्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bidur bharati

      अब एमाओवादीलाई अल्पमत सरकार बनाउन दिए हुन्छ । सफल भएमा नेपाल र नेपालीको कल्याण हुनेछ । असफल भएमा एमाओवादी सखाप हुने कागे्रसको र एमालेको भाग्य खुल्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • ram

      देश मा ४ पटक पनि परधन मन्त्री छान्न न सके को बेला मा अब मेरो विचार मा सबै दाल क नेता हरु लाइ अरिमेका बुस ले इराक क नेता सदाम लाइ जस्तै फाशी दिनु पर्ला नत्र भय देश र देश का सबै नेपाली जनता ले सद्दाई डार र त्रास मा बस्नु मात्र होइन बिदेशी ले दस बानाय को हेर्ने अबस्ता आउछ नेता हो .अब यो अबस्ता न आउन को लागि नेपाल मा मर्न लागे ka नेता ले देश बनाउन सक्दैन तसै ले यौंग नेता र बेदेश मा बसे क सबै नेपाली जनता लाइ समेटेर २४ दाल होइन ३ दाल बनाइ जो सुकै सरकार मा बसे पनि हात मा हात मलाई, काध मा काध मलाई अगाडी बढ्नु पर्छ.अनि इंडिया नेपाल मा आयर हामी इंडिया मा गयर इंडिया लाई धम्कि दिनु पर्छ नेता हो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • sirjana

      यो सान्त र सुन्दर हाम्रो देश नेपालमा अब कहिले असान्ती नआय हुन्थ्यो .अबका दिनहरुमा अस्थिर राजनीति बेहोर्नु नपरे कस्तो हुन्थ्यो होला ..गरिब दिन दुखीको मर्का बुझ्ने ..समग्रमा भन्नु पर्दा हिमाल देखि तराई सम्मका बिभिन्न जातजाति र धर्म संस्कृतमा आधारित हामी सम्पूर्ण नेपालीहरुको हितमा रही काम गर्ने यक सक्छ्य्म ,यक दुर्दर्सी,भ्र्रस्टचारिको छालानै उतार्न सक्ने ,घुस पेच लिन र दिन कत्ति पनि नजान्ने ,सधै देसको भालोहुने काममा मात्रै लागिपर्ने,आफ्नो भुडी मात्रै भर्ने काम नगरी पहिले जनताले खान लाउन पायको छ या भोकै मरिरहेको छ त्यो पार्द्रसी तरिकाले बुझ्न सक्ने निस्वर्थी बेक्तिको(प्र .म )को अति आबसेकता भयको हुदा यस्ता गुण ले भरिपूर्ण भयको चाहे जुनसुकै पार्टीको होस् आउनुहोस आफ्नु देसको लागि प्र ,म बन्नुहोस हामी सम्पूर्ण जनता तपाई जस्ता बेक्तिको खोजीमा छौ …..नत्र .मेरो प्राण भन्दा प्यारो देस भ्र्रस्टचारिको हातमा दिनु भन्दा तेसै बेस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • karmarong

      मन्त्री हुने दिन चाक मा सिस्नु र पानी को सप्त्गन खय मात्र सिदसदा जनताले पोनी हिर्दय देखि ताली बोजय मात्तर हुनेछो नेपाल को सहि प्रधान मन्त्री san karmaron

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sapan Singh Gurung

      हेर हेर यो अजय गुरुङ को बुद्धि……हैन हामी गुरुङ हरु को बुद्धि एती निच भएको जस्तो त लागेको थिएन हो…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan

      धेरै दलहरु अनी सबै आफ्नो दुनो सोझ्याउन तिर मात्र लाग्ने देशको बारेमा कसैले नसोच्ने भएकोले यो नाटक देख्नु परेको हो। यदी देश बनाउने सोच हो भने जो प्रधानमन्त्री भये पनि के अनी जस्को भएपनी के भयो र? एउटा ले अर्कको खुट्टा तान्ने कसैलाई केही गर्न नदिने केही गर्न खोजे नेपाल बन्द गरिदिने बनी परेको छ। केही बिकल्प देखेको छैन। अब एक जना राम्रै नेता आए पनि एक्लै ले केही गर्न सक्दैन।।कम्तिमा १००००००० युबा युबती हरु जो देशको लागि ज्यान दिन तयार छन तिन्को एउटा समुह बनाउने अनी सबै ठौमा निगरानी राख्ने गर्न सक्ने हो भने केही हुन्छ जस्तो लाग्छ। तर हामी यो पार्टी र त्यो पार्टी भन्दै उफ्रन्छौ तेसैले यो धेरै गाह्रो कुरा हो।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabudha

      FYI
      http://www.thehindu.com/opinion/columns/siddharth-varadarajan/article572789.ece

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      १, भू पू राजा लाइ फेरी राजा बनाउने
      उनको ठाउमा गिरिजा बाबुले रास्ट्रपति बनाएकै होइनन र राम बरण यादब लाइ ?
      अनि ? के देखियो त रिजल्ट ? कैले नसुनेको नामको व्यक्तिलाई नेपालको राजा झैँ
      रास्ट्रपति बनायो ! खै प्रोब्लेम हुदा सल्भ गर्न हति भा को ? ( उनलाई दोस छैन ,
      किनभने उनमा त्यो ह्याउ नै छैन , दोस त उनि जस्ता ह्याउ नभा का बिचरालाई
      गोटी बनाइ आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने हरुको हो ) ,
      राजतन्त्र हिंग भा को टालो हो , हिंग औसधिको रुपमा प्रयोग हुन्छ — प्रयोग गर्न
      जान्नु पर्यो / खोइ रास्त्र्पतिको प्रयोग हुन सक्या ? – - –
      २, बाबुराम भट्टराई लाइ राजा पछिको प्रधान मन्त्रि बनाउने ( बाबुराम जी नै रास्ट्रपति हुन सक्या भए हुन्थ्यो तर खोइ ह्याउ उनको कि पार्टीको —– )
      राजालाई निश्चित अधिकार भित्र सिमित गर्न जनताले चुनेको माओबादीका नेता
      बाबुराम मार्फत सरकार बनाउने र समय मा संबिधान बनाउने /
      प्रचण्ड जी ले छाति सानो पार्नु पर्दैन , उनले नै बाबुराम जी लाइ प्रम ‘ तिमि नै उठ अहिले को परिस्थिति लाइ शान्त बनाउन ‘ भन्न सक्नु पर्यो !
      त्यस पछी प्रचण्ड जी झन् साच्चैको आर्दर्ष हुनुहुने छ जनताको हिर्दयामा /
      ठुलो कुरा पाउन ठुलै कुरा गुमाउनु पनि पर्छ —- ‘
      यदपि प्रचण्ड जी प्रति कुनै दोस थोपारेको चै होइन है , मात्र समय परिस्थिति अनुसार को कुरा हो ,
      असल सबल संबिधान को अगालोमा नेपाली janataa र nepal को surakshya hunako लागि aru के cha त upaaya ???

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 13

      • Luna

        माइनस त दिनु भयो , अब उपाय पनि बताउनुस् न प्लिज !
        हाम्रो उमेश जि ले उपाय लेख भन्नु भा ‘ छ , प्ल्स र माइनस ले के गर्छ र ! बरु लेख्नुस् के देख्नु भा ‘ छ त्यो उपाय ।
        १ किलो दाल को १०० भन्दा बढी तिर्नु पर्या छ नेपाली जनतालाई । चामल त्य्स्तै महँगो ! तरकारी जिउलाई हानी गर्ने बिकासि कुखुराको मूल्य बराबर !
        आम् नेपाली जनताको जिबन मह्ङी को डोरिले टन्टनी बाधिया ‘ छ ! साधारण जनता निस्सासियाछन !
        अखबार मा अपचार गर्न नसकेर आत्मा हत्या गरेको देखी लिएर जागिर न’ पा’ र आत्मा हत्या गर्न पुग्ने कर्म्ठ नेपाली हरु को नाम पढ्नु पर्या छ !
        देशका कर्णधार हरु आज भन्दा भोली झन धेरै लस्कर लागेर बिदेशी भूमिमा सिप – छेम्ता अर्पन गर्न वाध्य हुँदै छन !
        जनताले चुनेको ठुलो पार्टी माबोबादी पार्तिको पनि ह्याउ लाई जमिन मुनी धसाइ दिन सफल भो यि अजब का गज्जब स- साना पार्ती हरु ! तिन्ले सपोर्त नगरदा तिन्को बर्गेनिङ भाउ ले सगरमाथा छ्बा छ !
        यस्तो परिस्थितीमा कैले बन्ने हो नेपालको असल सबल संबिधान ?
        यस्तो च् ल् ले कती दिन चल्छ ? असर् कस्लाई पर्छ ? मुलुक र जनता लाई होइन ?
        आप पनि झर्ने लत्थ्ही पनि नभच्ने दिपलोम्यातिक राजनैतीक अपनाउनु नै दुर्द्रिस्तिकोन – दुर दृष्‍टि कोन ले सबैको हित्मा हुन्छ ——

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

        • madan bajracharya

          लुनाजी
          न अतालिनुस/ हामि अहिले अन्तिम अबशर यी नेताहरुलाई दिन्दैछौँ/ यी नेताहरुको हराएक कुरा हामी जनताले मान्दै आएको २००७ साल देखिनै हो/ राणाहरुको १६ भायिहरुमा पालो कस्सिएको ब्यबस्थाले योग्य व्यक्ति प्रधान मन्त्रि हामीले पाउन सक्दैनन् भने/ अब जनता बात प्रधान मन्त्रि छान्न प्रजातन्त्र ल्याउनु पर्छ भने/ त्यो पनि माने/ तर यीनिहरुले योग्य, ईमान्दार र देस नबेच्ने प्रधान मन्त्रि हामीले पाउन सकेन/

          कसको दोश बा कसको लालसाले पंचायेत आयो भन्ने कुरामा धेरै बहस र बिबाद हुन् सक्छ/ यतातिर अहिले नजाउँ/ तर यी नेताहरुले पन्चे चोर हुन्छ भने/हामीले माने/ पन्चे हटाएर लुट चोर नभएकोले देश चलाउनुस भनेर यिनीहरुलाई जिम्मा दिए/ तर यिनिहरु त पन्चे भन्दा ठुलो चोर भएको पाए/

          राज तन्त्र तानाशाह नै मान्नु पर्छ/ यो कुरामा नेताहरु सिट हामीले पनि सहमत गर्यौं/ राजा हटाए पनि/ तर जनताले बिरोध गर्न नपाईने भनिएको राजा हटाएकोमा आज देस भरि सहस्र लुट्ने मर्ने दैकैती गर्ने अपहरण गर्ने गुण्डाहरुको राज चलेको छ/

          राज तन्त्र माथि अनेकौं आरोप लागेको पनि छ/ तर राजतन्त्रले देसको अखंदाता माथि आंच आउन दिएको थिएनन्/ यो कटु सत्य हो/ यिनीहरु त् कुर्सिको लागि देसको बिखन्डन खोजि रहेको सिट पनि सम्झौता गर्ने भए/

          चुनाव पनि अनेकौं पल्ट भए/ तर अयोग्य भ्रस्ट फताहहरु नेताहरुको अनुहार फेरियेनन/ यस्तैको बिचमा अब देखि नेताहरुको मुहार फेर्न लोकतन्त्र ल्याउनु पर्ने भने/ यो पनि हामीले माने/ लोकतन्त्र साँच्चैनै आउने भएमा नेताहरुको अनुहार फेरिनेनै हो/ तेसैकारण यिनीहरुले लोकतन्त्र अलमल्याई रहेकोछ/ हामीलाई झुक्याउन खोजि रहेकोछ/ जनतालाई टुकी युगमा पुर्याएर हुन्छ बा सरकार बिहिन बनाएर देसमा अराजकता ल्याएर हुन्छ यिनीहरुकै सरकार चलन दिनु पर्ने बाध्यता सिर्जना गर्न खोज्दैछ/

          चिनिएको सभासदहरुले मात्रै संबिधान बनाए यिनीहरुको स्वार्थ मा आघात नै हुने भएकोले संबिधान सभामा जनताले चुनेको सभासदहरु भन्दा बढी हुक्के बैठकेलाई संबिधान सभामा घुसाएर जनताले चुनेको सभासदहरुलाई अल्पमतमा पारेकोछ/ यो पनि यिनै नेताहरुको लोकतान्त्रिक संबिधान नबनाउने षड्यन्त्र नै हो/

          तर जनता यसपाली यिनीहरु कसैको कुरा लाई समर्थन गरिरहेको छैन/ मात्र हेरी रहेकोछ लोकतान्त्रिक संबिधान बनाउँछ बा बनौन्दैन भनि/ लोकतान्त्रिक संबिधान बने पनि यिनीहरुको पालो अब कहिले आउन्दैन/ लोकतान्त्रिक संबिधान नबनेमा त् यात यिनीहरुले देशमै बस्न पाउंदैन बा हाम्रो नेपाल हाम्रो हुँदैन/ परिस्थितिको जटिलताले यो हाम्रो तिनीहरु सबैको अन्तिम अबशर हो भनि संकेत गरिरहेकोछ/

          लुनाजी केहि समय कुर्नुस केहि समय दिनु/ हामी जनता माथि यसपाली पनि अन्यथा भएको खण्डमा बिकल्प बा परिणाम कुनै पनि केहि पनि हुन् सक्छ/

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

        • krishna gopal shrestha

          आदरणीय मित्र हरु,
          जय नेपाल ! ! !
          संबिधान सभा बाहिर गएर मंत्री मंडल बनाउनु हुने हो भने यस्तो प्रकार को बनाय
          राम्रो हुन्छ की?

          कार्यबाहक प्रधान मंत्री : — श्री नारायण मान बिजुकक्ष
          रक्षा मंत्री : — श्री श्री कृष्ण खनाल
          गृह मंत्री : — श्री सूर्य नाथ उपाध्याय
          अर्थ मंत्री : — श्री मंगल सिद्दी मानन्धर
          संचार मंत्री : — श्री लोक राज बराल
          क़ानून मंत्री : — श्री बिश्वो नाथ उपाध्याय
          सामान्य प्रशाशन मंत्री : — श्री दमन नाथ ढुंगाना
          शिक्षा तथा संस्कृति मंत्री : श्री मल्ल के. सुन्दर
          महिला मंत्री : — श्री मति दुर्गा घिमिरे
          बिना बिभागीय मंत्री : — श्री पद्म रत्न तुलाधर
          आदिबासी र जन जाती मध्य हरु बाट आबश्यक समय मा एक जना थप्न हुने गरि अर्को
          निर्बाचन सम्म का लागी यो मंत्री परिषद् ले काम चलाऊ सरकार गठन गरे कसो होला? के
          यस्ता निष्कलंक ब्यक्ति हरुको मंत्रिपरिषद बनेमा नेपाल मा कानूनी राज्य स्थापना
          होला?

          धन्यवाद
          जय नेपाल
          कृष्ण गोपाल श्रेष्ठ

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

          • द्रोण

            कृष्ण गोपाल जी
            तपाइँ तेत्रो बिद्द्वान मान्छे ,के कुरा गर्नुभएको तेस्तो ?हरेक छेत्र मा अनुभब को कदर हुन्छ कि हुदैन ?कि कुटनीति मा तेस्को लागु हुदैन ?देश को सत्ता के हजुरबुबा को पापा हो ?हजुर आफै बिचार गर्नुस |

            मैले तपाइको पसंद लाइ बिरोध गरेको हैन ,त्यो पक्ष्य किन बिर्सनु भएको मात्र भनेको है |

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

            • madan bajracharya

              द्रोंजी
              बिस्वोनाथ उपाध्ययेलायी कानुन मन्त्रि बनाउने प्रस्ताव भित्र के कुरा होला विचार गर्नुस त् / कृष्ण गोपालजीले यहि प्रस्ताव अस्ति पनि राखेको थियो/ म छक्क पर्दैछुं कि त्यो तेही बिस्वोनाथ उपाध्याये त् होयिन जसले गिरिजाले गरेको मध्यावधि ठिक मनमोहनले गरेको बेठिक भन्ने/ त्यो फैसलाको बारेमा हामीले के बोल्ने खै? शेर बहादुरको मध्यबधिको फैसलाको विवरण मै सबै कुरा भनिएकोछ/ बिस्वोनाथको फैसलाले नै नेपाललाई यो स्थितिमा हामीलाई पुर्यायेकोहो/ अब जस दिने बा अपजस आआफ्नो बिचारको कुराहो/

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

              • द्रोण

                ठिक भन्नु भो मदन जी |त्यो सारा सर धादली नै भएको थ्यो |

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • राजेश

      के गर्नु नि,
      बजार मा चलेको हल्ला त ज्ञानेन्द्र तेस्रो पटक राजा हुने भाग्य छ रे .

      उही
      राजेश

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

      • द्रोण

        तेस्को मतलब फेरी नेपालि ले अर्को लोकतात्रिक आन्दोलन गर्नु पर्ने ?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • ammar

      नागरिक समाजबाट एक जना उमेद्वार अगाडी लैदियो भने balla thik huncha ki ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • krishna pokharel florida

      Open border between india and nepal should be closed, and use passport systen like all other countries,inorder to protect neplease identity.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • rosansharma

      अब अर्को जेस्ठ १४ सम्म पर्खने

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Gyan

      १०० प्रतिशत भारतले नेपालको राजनीतिमा हस्तछेप गरिरहेको छ भनि प्रमाणित भैसके पछी प्रतिक्रिया लेखेर के गर्ने? केहि पनि गर्नु पर्दैन चुप लगेर बसे हुन्छ / किनभने यस्तो अवस्था सयौं बर्ष अगाडी देखि चली आएको हो चली रहन्छ / हाम्रो देशका नेताहरुले राजनीतिलाई सेवा होइन पेवा ठानेकाले यो अवस्था आएको हो / सन्धि सम्झौता गर्यो भारतलाई मात्र फाइदा हुने / भारतले नेपाल र नेपालीलाई कहिले पनि शिर उठाउन दिंदैन / नेपाल एउटा भारतको बजार हो / बिश्वको नक्सामा नेपाली नाम देखिन्छ तर भारतले उसको एउटा प्रान्तको रुपमा हेरेको छ / हामीले गर्ब गर्ने ठाउं कहाँ छ / सिमा सुरछा कडा गरेर भारतलाई नेपाल पनि एउटा स्वतन्त्र मुलुक हो भनि पहिचान गराउने हो भने दुइ देशमा आउन जानको लागि राहदानी लिनु पर्ने कानुन ल्याउनु पर्छ / सधै भ्रष्ट नेता मन्त्री, भ्रष्ट हाकिम कर्मचारी, रास्ट्रिय अन्तरास्ट्रिय दलाल तस्करीहरुलाई अस्थिरताको फाइदा लिन सत्र पल्टिरहेकै छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • Hari Paudel, Davenport, IA, USA

      My friends, all these comments are right in different perspectives but I am wondered who will going to act according to these comments!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • babu ram khanal

      आर्मी सासन हुनु पर्छ नेपालमा कम्ति मा १० बर्सा नेताले देस बनिदिन छियन जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • ANOJ, Afghanistan

      अब यो सबै असिछित र भ्रस्टाचारी नेता हरुको सत्ता लाई खोसेर अली बुद्धिजीबी मान्छे हरुलाई बनायर हेर्नेहोकी, जस्तै पहिलेको एम्बेस्टर लाई प्ररास्ट्रीय मंत्री, भूपू आर्मी चीफ रुक्मान्गातलाई रक्छ्या मंत्री, कुनै राम्रो डाक्टर लाई स्वस्थीय मंत्री, अर्थासास्त्रमा पि. एच . डी. गर्नेलाई अर्थ मंत्री हो यसरी दिने हो भने पक्कै पनी नेपाल को बिकाश हुनेथियो होला, किनकी अहिले को सबै नेता हरु कोही पावोरको भरमा त कोही बल को भरमा नेता भाको छन, नेता हुना सम्भंदित बिसयमाँ डिग्री गरेको मान्छेलाई दियो भने अहिले को भन्दा के ही राम्रो त हुन्छ होला, अहिले को सबै नेताले त भ्रस्टाचारी माँ डिग्री गरेका छन अनी कता बाट राम्रो हुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • binu

      देस सोमालिया भएपछी ठिक हुन् छ [

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • Sumkoi, Australia

      के गर्दा होला? यो कन्सिरी को रौ तताउने प्रस्न हो. यदि हामीले यसो गर्दा हुन्छा भनेको मान्ने भए देश को यो हालत हुन्थ्यो र. हामीले यसो गर भनेर चुनाब बाट निर्णय दि सकेको होइन र? अब फेरी के गर्ने भनेर सोध्ने हो भने फेरी चुनाब गर्नु पर्यो, भोट मग्न गाउ गाउ जानु पर्यो र यसपाली तिमीहरुले के पाउछौ भन्ने कुरा तिमि नेताहरुले राम्रो संग बुझेका छौ. जनता को धिक्कार, लोप्पा अनि थुकै खान तयार भएर आउनु….PM जस्तो पोस्ट को एलेकशन तिमि नेता हरुलाई म ह को प्रहसन जस्तो भएको छ..तिमीहरु कुनै बाट पनि यो देश बन्दैन भन्ने कुरा प्रमाणित भैसक्यो. अब जे गरे पनि गर तर अन्तिम निर्णय त हामी जनता कै हात मा छ समय आए पछी देखाई दिन्छौ.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Basanta Thapa

      नेपालको राजनीति बिग्रनुमा नेपालमा राजनैतिक पार्टीहरु,नेताहरु धेरै हुनु हो \दुइ पार्टी सिस्टम बनाउने गरि संबिधान बनाइनु पर्छ \ बामपन्थी र प्रजातन्त्रबादी \ कुनै पनि अबस्थामा बहुदलीय प्रणाली समाप्त नहुने गरि संबिधान बनाइनु पर्छ \ जनतामा रहेको अति धेरै राजनैतिक क्रियाकलाप न्यून गराइनु पर्छ \बैदेशिक नीति एक बनाइनु पर्छ \ जसको सरकार बने पनि बैदेशिक नीति फेरिनु हुदैन \ ५/५ बर्षमा आवधिक चुनाब हुनु पूर्व बैदेशिक नीतिको पुन्मुल्याकन गरिनु पर्छ र सहमतीय आधारमा थप घट गरिनु पर्छ \ दुइ पार्टी सिस्टम मान्न तयार नहुने नेताहरुलाई जनकारबाही (भौतिक कारबाही पनि हुन् सक्छ,साथै तिनका सम्पति रास्ट्रिय करण पनि हुन् सक्छ ) गरिनु पर्छ \चिया पसल ,सार्बजनिक स्थल ,कार्यालय ,शिक्षण सस्था जस्ता सबैतिर चिनेको होस् या नचिनेको होस् दुइ व्यक्ति भेट हुना साथ् राजनैतिक कुराकानी गर्नमा रोक लगाइनु पर्छ,जुवा तास मदिरा सेवन बन्द वा समय र स्थान तोकिनु पर्छ \ आम्दानि गर्नेले अनिबार्य राज्यलाई कर तिर्नु पर्ने र राज्यले नहुनेलाई,कम्जोर बर्गलाई अनिबार्य राहत दिनु पर्ने गरि संबिधानमा ब्यबस्था गरिनु पर्छ \शिक्षा ,औसधि उपचार,रोजगारी जस्ता कुरामा राज्यले सहयोग गर्नु पर्छ \ कानुन र सजाय सबैलाई बराबर हुने बाताबरण बनाउन राज्य र नागरिक सहयोगी हुन् पर्छ \जनधनको सुरक्षा राज्यको तर्फ बाट भेदभाब बिहिन हुनु पर्छ \ माओबादी लडाकुलाई सके सम्म नेपालि सुरक्षा निकायमा ,नसके बिभिन्न विकल्प बनाइ विदेश मा जान र बस्न चाहने लाइ रास्ट्र संघ को सहयोगमा अमेरिका ,बेलायत ,क्यानडा ,अस्ट्रेलिया जस्ता रास्ट्र मा गास र बासको ग्यारेन्टी हुने गरि पठाउन सकिन्छ \जनता वाक्क दिक्क भैसकेका छन् जनताको मनोभावना बेलैमा नबुझे यो देशमा जे पनि हुन् सक्छ ,नालायक नेताहरु बेलैमा बुद्धिको बिर्को खोल !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • parixit

      साथी हरु
      जसले जे वने पनि जसलाई समर्थन गरे पनि बिरोध गरे पनि यो देश को केहि हुने वाला छैन तब सम्म जब सम्म ,
      १. हामी नेपाली हरु बिना सुझ बुझ नेताहरु एवम दल हरु प्रति अन्ध भक्ति राख्न छोड्दैनन
      २. मेरो दल मेरो नेता भन्ने भावनालाई पर राखी हाम्रो देश र हामी नेपाली भन्ने भावना पलाउदैन
      ३. जनता को नाम बेची आफ्नो स्वार्थ पूर्ति गर्ने नेता हरु को पर्दाफास गरि सामाजिक बहिस्कार गरिदैन.
      ४. सबै जनता र दल का कार्यकर्ता हरु ले दलगत स्वार्थ लाई थाती राखी राष्ट्रिय स्वार्थ को लागि नेता हरु लाई दबाब दिइदिन..
      यति नगरी देश को भबिष्य बन्नेवाला छैन तर यो गर्न को लागि कोहि पनि कार्यकर्ता तयार हुदैनन् यो ग्यारेन्टी छ, किनकि कार्यकर्ता हरु लाई आफ्ना नेता लाई काध मा बोक्न भन्दा अरु केहि गर्न औदैना.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • suamn

      याद गर नेता हरु ,अति पछि खति हुन्छ ,अनि सहनु को नि सिमा हुन्छ,जुनसुकै पार्टी को नेता हरुहुन् ,कसले सोचो देस बनाउन ? खोइ सम्भिधान?खोइ सरकार?खोइ सान्ति सुरचिया ,खोइ विकास निर्माण ?अब यो देस त जस्ता नेता हरु ले चलाउने होइन हामीजस्ता जनता ले चलाउने हो ,यो बलेको जनताको आगो को मुस्लो को leadership गर्ने मान्छे को खाचो ६ ,तो तपाई हामी बाट खोज्नु pracha ,मा नेता हरु लाई कुकुर vandina किनकि कुकुर सदै मालिक प्रति बफादार हुन्छ ,तर नेता हरु जनता प्रति बफादार vaee ?कुकुर को हैसिएत नि चोइना त हरुको ,याद गर नेताहरु यो मेरो diloge होइन त हरु को काल १ दम नजिक आएको छ ,त हरु जस्ताको मरण म जस्तै कुनै पार्टी मा नलागेको १ sadarn नेपाली को हात बाट हुनेछ ,

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • badri

      somebody has to come out in the contry who can format our whole nation and make it clear from viruses like which is hiding in congress, male , yemale, maos etc. etc. for ever and ever so that the fresh new talented generation can arise……otherwise no hope friends……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Robin yakkha

      अरु को आलोचना मात्र हैन राष्ट्र प्रति को दाइत्व आत्मसात गर्दै, स्वार्थ लाई त्यागेर हरेक नेता ले आत्मालोचन गर्नु पर्यो/ देश लाई अहिले को बिषम परिस्थिति बाट निकाल्न एक जुट भएर सहमती को सरकार गठन गर्नु नै उपयुक्त होला/
      अनि हामी जनता ले पनि राष्ट्र हित को कुरा मा राम्रो लाई राम्रो र नराम्रो कुरा लाई नराम्रो नै भनेर समर्थन र बिरोध गरौ न की कुनै पार्टी बिशेस को चस्मा लाएर अंध समर्थन र बिरोध /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Amar Rai

      समाधान,
      येदी हामी जस्तो सर्ब साधारण हरु को विचार ले महत्व रखछ भने देस को भबिसे को लिम्मा लिएर देस हाक्छु भन्ने नेताहरु ले छिमेकी देस हरु को हुकुम मान्नु भन्दा सबै नेताहरुले देशबासी जनता को मर्म बुजेर र देसको इस्थिती लाई विचार गरेर एक आपस मा सरसल्लाह गरेर देस को राजनिती झमेला लाई मुक्त गराउनु अति उत्तम हुनेछ/ तर छिमेकी देस बाट बिसेस दुत आउने बित्तिकै अथवा छिमेकी देस ले के आदेस दिन्छ भनिकन आदेस पालनाको लागि मात्र तयारी रहन्छ भने चाही अब देखि हाम्रो रास्ट्रिय नेता हरु को समाचर मेरो संसारले यति महत्व दियर नछापे हुन्छ होला / र राजनिती पृष्ठ भुमि बाट एकदमै अलग रहेको ब्यक्ती जो देस्भाक्ति होस्, छामतावान होस् र बिदुवान होस् यस्तो व्यक्ति जनता बीच कोहि हुनुहुन्छ भने र अगाडी आउनु चाहनु हुन्छ भने हामी सबै ले स्वागत गरौ/ तर फेरी पनि म के भन्न चाहन्छु भने यदी यिनै नेता हरुको नौतान्गिको समाचार हो भने चाही मेरो संसार ले यति धेरै महत्व नदिए राम्रो हुन्छ होला /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sirjana

      के भनौ र? खाई न पाई छाला टोपी लाई भनेजस्तै त हो नि हामी जनता हरुलाई ,जब माथि पुग्छन तब खुट्टाले हिड्न छोडेर हातले हिड्न थाल्छन कसको पो विश्वास गर्ने खोई ??

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • subodh khatri

      नेपालको नेताहरुको बुद्धि त गधाको भन्दा पनि कम छ/येस्करण,अबको पालो युवा पुस्तालाई दिनु पर्छ/किनकि युवा पुस्तामा नया जोश जागर छ /युवाले देशलाइ चलाउनु सक्छ/भारतलाइ परस्त पर्ने युवामा जोश छ /हाम्रो नेताहरुको जबसम्म भारतलाई सबै थोक भनेर आफ्नो मन मस्तिकबाट हटाउनु सक्दैन /हाम्रो नेपाल येस्तई हुन्छ /येस्करण,नेता जतिलाई एक -एक गरेर गोलि हान्नु पर्छ/सबैलाई मर्नु पर्छ/अनि देशको भार युवाको हातमा दिनु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Ash

      सबै नेताहरुलाई यक यक गरेर फासी दिनु पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

      • kedar

        म समस्या संग लड्न नसकेर भाग्न खोजेको हैन. सबैले एकपल्ट गहिरिएर सोचेर हेर्नुस ४६ साल पछी यो देशमा नेतागिरी र नेताहरु कति फाबे. नेताहरुले देश चलाउने परिपाटीलाई अब १०/२० वर्षाको लागी पोलिथिन ब्यागमा बाधेर राखिदिनुपर्छा जस्तो छ .

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • श्रेष्ठ

      सबै भन्दा पहिले त सोच दुरदर्शी हुनुपर्यो नेताहरुको…. वर्तमानको बारेमा मात्र नसोचि, भविष्य सम्म सोच्न सक्ने र इतिहासबाट पाठ सिक्न सक्ने हुनुपर्यो, उनिहरु…… तिन ठूला दल बसेर वार्ता गर्नुपर्छ तर त्यो वार्ता जनताको माझमा हुनुपर्यो, न कि कुनै बन्द कोठा भित्र….. सबै भन्दा अड्केको कुरो माओबादी लडाकुको समायोजन र ब्यवस्थापन हो, यसलाई तिनै दलले राजनितिकरण गर्नु भएन….. माओबादी लडाकु सबैलाई सेनामै समायोजन गर्नुपर्छ भन्ने धिपि माओबादीले छोड्नुपर्छ, साथै माओबादी लडाकुलाई निस्तेज पारेर माओबादीको अस्तित्वनै सिध्याउन खोज्ने अरु दलको मनसायमापनि परिवर्तन आउनुपर्छ…. राजतन्त्र हटाउनुमा मुख्यत: तिनै दलको उत्तिकै महत्वपूर्ण भुमिका छ भन्ने कुरा तिनै दलले भुल्नु हुन्न….. साथै, अर्को महत्वपूर्ण कुरा हाम्रा दुबै छिमेकी शक्तिशाली हुँदै छन्, दुबै संग हामीले मित्रवत ब्यवहार गर्न सक्नुपर्छ र एउटाको पछ्य लिएर आफु बलियो बन्ने र सत्तामा जान खोज्ने प्रब‍ृत्तिलाई फ्याक्न सक्नुपर्छ….

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • nares

      जय देश जय नरेश राजा आऊ देश बचाऊ …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 19

    • rambhakta

      मिल्छ भने एक रुपयाँ को बुद्धि हाम्रा सबै नेता हरु लै दिनु पर्ला | साएद केहि बुझ्ला कि | अब त साएद प्रचण्ड र पौडेल का श्रीमती हरु लै पनि को जित्ला भन्ने चासो नभई सक्यो होला |

      अब फेरी नागरिक समाज जाग्नु पर्छा अनि के गर्छा यी चोर हरु ले | अस्ति जसरि नागरिक समाज उठे पछी प्रचण्ड पुछार लुकाएर नेपाल बन्द फिर्ता लियो, तेसरी नै फेरी एक पटक नेपाली जनता उठ्यो भने बल्ल घैंटो मा घाम लाग्छ यी मोर हरु को | नाटक मंच बने सके देश लाई| जनता लाई त बेबकुफ ठानेका छन् यिनी हरुले |

      उठौँ एक चोटी फेरी | घन्टी समातेर बाटो मा नन्ग्यौन् यी दुस्ट हरु लाई |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • madan bajracharya

      भर्खरै एउटा समाचारमा मावोबादिले एमालेको नेत्रित्वो स्वीकार गर्न सक्ने भनिएकोछ/ यदि यो कुरा सहि हो भने यसले सबै बिबादको अन्त गर्छ/ अत्युतम समाधान बहुमत पाएका टिन ठुला दलहरु कांग्रेस एमाले र मावोबादीको सयुक्त सरकार बन्नु नै थियो/ तर कांग्रेस र मावोबादिले एकलाई अर्कोले नस्वीकार्ने र मावोबादीको नेत्रित्वोमा बिबाद भएको कारण अहिले एमालेको नेत्रित्वोमा मावोबादी र एमालेको सरकार बन्नुको बिकल्प छ जस्तो लाग्दैन/ तर भारत परस्त ओली र माधव नेपाललाई नपन्छायिकन देसमा सजिलो विकल्पले निकास पाउंदैन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

    • nirab

      लातोका भुत बातो से नही मान्ता // अब के गर्दा ठिक होला- भन्ने प्रश्नमा जति नै सभ्य भएर यस ब्लगमा लेख्नु खोजे पनि ३ करोड नेपाली जनताले दिन चाहेको ३ करोड लातनै ठिक होला अहिलेलाइ / कृपया प्र.म निर्बाचन सबन्धि थप लेख नछाप्न पनि आग्रह गर्दछु /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

      • श्रेष्ठ

        हैन साथी, लात दिने त कुरा गर्नुभयो तर यसरी अमूर्त कुराले समाधान निस्केला त? कि कुनै काम लाग्ने suggestion दिउँ, हैन भने कमेन्ट नै नगरौं….

        यस Mysansar मा कमेन्ट हेर्दा Admin ले sensor नै गर्दैन की जस्तो लाग्छ…. अलि स्तरीय, उपयोगी तथा सभ्य कमेन्टहरु मात्र राख्दा राम्रो होला की…. अन्यथा, Mysansar का स्तरीय surfers हरु हराउदै जानेछन् पक्कै पनि….

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 17

        • nirab

          श्रेष्ट जी, माफ गर्नु होला – यो मेरो frustration मात्र हो- मेरो यसो गर्नु पर्ला भनेर उत्तर चाही होइन / मनको हिनताबोध पोख्न पाउदैन भनेर कतै ब्लगमा लेखेको पाइन /

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

        • madan bajracharya

          श्रेष्ठ जी/
          नीरव जी ले “३ करोड नेपालीले लात दिनु पर्ला” भन्नु भएको अर्थ त् ३ करोड नेपाली अब विभाजित हुनु भएन मिलेरै बिकृतिको प्रतिकार गर्नु पर्छ भन्ने सन्देस हो/ यदि यो कुरा त्यति स्तरिय तपाईं लाई नलागे स्तरिय सन्देस केहोला त्? कुन दल बा दलहरुको सरकारले लोकतान्त्रिक संबिधान लेखेर तराई नेपाल बात टुक्राउने दुस्वोप्नको प्रतिकार गर्ला?

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Krish

      गर्नु पर्ने त यो चुनाबी प्रक्रिया बाट बाहिर आएर सबै नेताहरु ले आफ्नो बक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देश को लागि स्वतन्त्र रुप ले कार्य गर्न सक्ने एउटा स्वतन्त्र र बौद्धिक ब्यक्तित्यो लाई प्रधानमन्त्री बनाई राष्ट्रिय सरकार निर्माण गर्नु पर्छा र त्यो सरकार को mandate संबिधान निर्माण गर्ने हुनु पर्छा. तर इ चोर नेताहरु ले तेसो हुन कुनै हालत ले दिदैनन. तेसैले सबै नेताहरुलाई यौटई खाल्टो मा पुर्ने कि??

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • neetu

      मेरो विचारको केहि महत्व हुनेभए सायद भो पर्दैन, छोटकरीमा भन्दा मेरो हितमा हुन्छ भने ठिक होला अर्काको हितमा भए ठिक नहोला होइन र? यहि त हो हरेक नेताहरुको सोचाई पनि

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • ashray

      मा पनि विकल्प प्रस्तुत गरु है त….
      - माओबादी ले ९ महिने सरकार मा क्रान्ति कारी party भएर आउंदा जनता को जे सोच थियो, नया केहि गर्लान, जस्तो कि प्रसासन मा सुधार, भ्रस्टाचार बिरोधि काम, जनता लै राहत हुने केहि काम, उल्टो के गरे भन्दा, १ लाख को खाट, छोरा दुलही लिएर घुम फिर, प्रसासन माथि प्रहार, न्याय लय माथि प्रहार, army मा fraction ल्याउने दुस्शास, आदि इत्यादी, धेरै नराम्रो गरे , राम्रो केहि गरेनन, अनि तिनी हरु को लोकतन्त्र माथि को तिनी हरु को commitment अझै कम छ…तेसैले अहिले लाई माओबादी लाई ycl भङ्ग अनि माओबादी का सेना को बिसे टुङ्गो लगाए सम्म माओबादी लाई सत्ता नदीम…..कारण के भन्दा, जना सेना को भार आर्थिक रुप मा अरबौ मा सरकार ले धानी राख्न सक्दैन….अर्को ति पनि नेपाली हुन्, २०-३० हजार जनता यौटा यौंग गरि खाने papulation lai frustrated बनाएर राख्नु उचित हैन….अब मदेश बादी हरु देश टुक्य्राउने कुरा गर्छन, ये मा ले त के कुरा गर्नु, देश को प्रधान मन्त्रि तेस्रो ठुलो पार्टी हुनु ठिक हैन….तेही माथि माकुने ले अहिले सम्म चलाको नै हो, केहि लुतो भुत्लो लगायेना, न झल्ले ले नै लगाउछ….तेसैले maobadi and काँग्रेस मिलेर यौटा सहमति गरुन, त्यो कस्तो सहमति भन्दा, यौटा roadmap बनाउने, ६ महिना वा ८ महिना वा १० महिना मा, काँग्रेस को प्रधान मन्त्रि माओबादी सरकार मा सामेल, जनसेना को उचित बेबस्थापन पछि माओबादी का बाबुराम भए राम्रो नत्र पार्टी को कुरा हो, उसको प्रधानमन्त्री काँग्रेस सरकार मा सामेल…..एमाले अनि मधेशी सरकार मा सामेल भए राम्रो, नभए झन् राम्रो……संग संगै संबिधान बनाउने काम पनि संग संगै लाग्ने…….यो नै एक मात्र राम्रो विकल्प हो…..नत्र यो झल्ले को झल्लु पार्टी अनि मधेसे को दलाली गर्ने हरु संग कनि कनि बनाको सरकार ले केहि हुने वाला छैन……..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 16

    • Harke

      सालोक्य जी,
      देशमा प्रधान मन्त्रि भएको बेलामा पाउने कुन-कुन सुबिधाबाट नेपालि जनता बिगत एक महिनामा बन्चित भए र ?

      १. महिनामा जम्मा एक दिन (हिजो) बन्द भयो, त्यो पनि छिटफुट असर पर्ने गरि !
      २. सबै दलका नेताहरु येसरी शान्त भएर बसेको (स्यालले साढेको झर्ला र खाउला भने झैँ) बल्ल एक महिना भयो…!
      ३. यो एक महिनामा पुलिशले खतरनाक अपहरणकारी, आतंककारी आदिलाई पक्रन पो सफल भएको छ !
      ४. डनहरु राजनीतिक संरस्क्षण को अभाभमा भट्टभट आत्मा समर्पण गरेका समाचार आएका छन् ! !

      येस्तोमा देशलाई त अहिले प्रधानमन्त्रि होइन….संबिधान मात्रै चाहिएको छ ! बिना प्रधानमत्री पनि संबिधान लेख्न मिल्छ भने बरु तेसो पो गर्ने हो कि ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 7

    • anish

      समाधान गर्ने कुरा त छर्लंगै छ नि…नखुले को आखा खोले मात्रै पुग्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • शान्तिप्रेमी

      राष्ट्रिय सहमतिको जतिसुकै आदर्शवादी कुरा गरे पनि अहिलेका राजनीतिक दलहरूको आचरण हेर्दा त्यो प्रायः असम्भव जस्तै छ । अहिलेको मूल समस्या एमाले, मधेशी लगायतकाहरू तटस्थ वस्नाले हो । जनताले निर्णय गर्न उनीहरूलाइ भोट हाल्न पठाएका हुन्, तटस्थ वस्न होइन ।
      विगतमा मधेशी दलले फ्लोर क्रस गरेर आफूहरू तटस्थ वस्ने नस्कने कुराको सङ्केत गरिसकेका भए पनि भारतीय चलखेलबाट पुन त्यो सम्भव भएन । अबको निर्वाचनमा सहमति गर्न नसक्ने पार्टीहरूले साँसदहरूलाइ मतदानको स्वतन्त्रता दिनु पर्छ । यसो भएको खण्डमा सबै साँसदले भोट हाले भ्रने पक्कै एउटा उम्मेद्वारलाइ वहुमत प्राप्त हुन्छ ।
      मैले बुझ्न नसकेको कुरा यदि पार्टी निर्णय अनुसार मात्र मतदान गर्ने हो भने ६०७ साँसदहरू भएको के अर्थ रह्यो र । सबैलाइ घर पठाएर आफ्ना सभासद्को संख्याको आधारमा पार्टीहरूबीच स्कोर वितरण गरेर त्यसैका आधारमा पार्टीले भोट हाले भै हाल्यो नि ! कम्तीमा देशले ६०१ जनाको व्ययभार त व्यहोर्नु पर्ने थिएन ।
      जेहोस्, अब एमाले, मधेशी दलका सभासद्हरू तटस्थ वस्नु हुन्न । विद्रोह गर्नु पर्छ । निर्णयमा भाग लिनु पर्छ । यदि देशले निकास पाउँछ भने एमाले अनि मधेशी दलहरू फुटेर कुनै वेफाइदा हुन्छ । बरू उल्टै देशलाइ फाइदा नैं होला । भारतीय हस्तक्षेपको विरोधीहरूको समुहले वहुमत पाउने सम्भावना हुन्छ । यसो भएको खण्डमा देशले निकास पाउने थियो, अनि भारतीय चाल पनि असफल हुने थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • पुष्प

      - जसरी दोस्रो जनआन्दोलनमार्फत् सरकार पुनर्बहाली भएको थियो । त्यसरी नै प्रचण्ड नेतृत्वको सरकार पुनर्बहाली गर्नुपर्छ । यसो गर्दा कटवाल काण्डमा राष्ट्रपतिबाट भएको गल्ती पनि सच्चिने; उनले माफी पनि माग्ने नपर्ने; कसैलाई कारवाही पनि गर्नु नपर्ने; अर्थात् सबै पक्ष विन-विनको अवस्थामै रहनेहुन्छ ।

      - राष्ट्रपतिसमेत कांग्रेसी मनुवा नै भएकाले प्रधानमन्त्रीका लागि कांग्रेसी उम्मेदवारी कुनै दृष्टिकोणबाट पनि उचित छैन । त्यसैले कांग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्छ । होइन भने अहिलेका राष्ट्रपति, उपराष्ट्रपतिलाई समेत हटाएर पुन: सबै पदहरूमा फेरि ‘भागबण्डा’ लगाउने ।

      - माओवादी हदैसम्मको लचिलो भइसक्यो; यति हदसम्म लचिलो हुँदासमेत निकास दिन्नन् भने अहिले भइरहेको खुला भारतीय हस्तक्षेप हेर्दा माओवादीइतरहरूले राष्ट्रघाति गरिरहेको प्रमाणित हुन्छ । त्यसैले माओवादी पुन: जनतामा जाने; अर्थात् अर्को जनआन्दोलन गर्ने ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 40

      • Harke

        पुष्प जी,
        माओबादी त बिगत एक बर्ष देखि अन्दोलोंनमै छ नी, होइन र ? फेरी यो अर्को अन्दोलोंन भनेको चै के होला ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 24

        • पुष्प

          हर्केजी,

          विद्रोह बन्दुक उठाएर पनि गरेकै हो, सत्तामा बसेर पनि गरेकै हो र अहिले राष्ट्रघातिहरूले घेरिएर पनि गरिरहेकै छ । अब यी सब अनुभवहरूलाई बटुलेर र को सही को गलत भन्ने ज्ञान जनतामा बढ्दै गइरहेको यो अवस्थामा जनआन्दोलनमार्फत् सबै राष्ट्रघाति शक्तिहरूलाई ज्ञानेन्द्रकै हालतमा पुर्याउनुपर्छ भनेको नि ।

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 26

          • ashray

            मैले पुष्प को विचार खाली आन्दोलन गर्ने , अनि भारत लै दोष दिने कुरा लै, झुसिल्किरा बुद्धि (१५०० ज्यान जाने बुद्धि ) लै त्यागेर पुतली (शान्ति ) को बाटो मा लाग्ने कि? क्रान्ति को माओबादी को चस्मा त्यागेर गान्धी को चस्मा लगाउन नसके पनि गिरिजा को चस्मा (सहमति अनि लोकतन्त्र ) को चस्मा लाउने कि? भारत लै दोष दिनु को सत्ता आफै सहमति गर्ने कि? प्रभु नाम दिएर आफै धोति को प्राथना गर्न जाने? भनी कमेन्ट किन प्रकाशित गरिएन? कृपया पुन लेखेको छु, प्रकाशित गरि दिनु होला……

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 25

            • पुष्प

              आश्रयजी,

              अहिलेको युगमा गान्धीको कुरा गर्न भारतलाई नै लाज लाग्छ भने हामी नेपाली वा माओवादीले गान्धीगिरीको कुरा गर्नुको कुनै तुक छैन । गिरिजाको सहमतिको कुरा त उनी जालमा परुञ्जेलमात्र हो; उनको ‘प्रजा’तन्त्रको नारा त उनको परिवारवादले प्रष्ट्याएकै हो । नेपालमा भारत कति हावी भएको छ भन्ने कुरालाई ‘नून’को सोझो गरेको जस्तो नदेख्नेसँग कुरा गर्नुको कुनै तुक छैन । ‘धोती’को प्रार्थना कसले गरेको छ भन्ने कुरा तपाईंले भनिरहनुपर्दैन; हावामा तीर नहानेकै राम्रो ।

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 20

              • Bijaya

                पुस्पजी साधारणतया तपाइको बिस्लेषण मलाई उच्च स्तरको लाग्छ तर तपाइको यो हरफ “अहिलेको युगमा गान्धीको कुरा गर्न भारतलाई नै लाज लाग्छ” पढ्दा ई तपाइको अल्पज्ञानको झझल्को आएको जस्तो लाग्यो!!!

                मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

                • पुष्प

                  प्रशंसाका लागि धन्यवाद विजयजी ।

                  भारतले त गान्धीलाई थाङ्नामा सुताइसक्यो । जसरी गान्धीले दुइ शताब्दीभन्दा लामो अँग्रेज दमनलाई मात्र होइन शासनलाई नै ‘गान्धीगिरी’मार्फत् थन्को लगाए, आज त्यही भारतका नेताहरू आफ्ना छिमेकी देशसँग उही अँग्रेजी तानाशाही स्वभाव देखाइरहेका छन् । यस्तो अवस्थामा अबचाहिँ उनीहरूले गान्धीगिरीको कुरा गर्नुको कुनै तुक छैन; मेरो आशय यस्तो थियो । अब आफैं भन्नुस्, गान्धीको सिद्धान्तलाई थाङ्नामा सुताउनेहरूले गान्धी वा गान्धीगिरीको कुरा गर्न सुहाउँछ ?

                  मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

                  • madan bajracharya

                    पुस्प्जी
                    तपाईंको कुरा मन पर्यो/ आफ्नो देसमा ब्रिटिश सरकारको उपनिवेशवादको बिरोध गर्ने गान्धी बाद्लाई नव गान्धिबादिहरुले लत्याएकै हो/ के गर्ने पुर्खौं देखि कसैको न कसैको गुलाम बनेको नव-गान्धिबादिहरुले गुलाम बन्ने बा गुलाम बनाउने बाहेक अरु कुरा जानेकै छैन/

                    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

            • madan bajracharya

              आश्रय जी
              नेपालमा गान्धीको उदाहरण अलि मिल्दो छैन/ माटो र बिउ अनुशार बोट पाल्ने हो/ गान्धी नमान्नेहरू राम्रा नेताहरु पनि भारतमा छन्/ उनीहरु सिट कारण त् पक्कै थिए होला/ गान्धीलाई मार्ने नथ्थुराम सिट पनि पर्याप्त कारण थिए/ आज बजारमा गान्धीभक्तहरुले लेखेको इतिहास मात्रै उपलब्ध छ/ तेस्मा गान्धीलाई राम्रो भनिए/ पढेको भरमा कसैलाई राम्रो भन्ने हो भने हाम्रै ईतिहासमा राना शाह र पंचे नराम्रो भनेर कहाँ लेखिएकोछ? ईतिहास कुर्सीमा बस्नेको प्रसंसा गर्नेहरुले लेख्छ र आआफ्नो काललाई ती सबैले स्वोर्ण काल भनि लेख्न लगाएकोछ/ तर बास्तविक जनतालाई थाह छ/ बाकी कुरामा तपाईंहरु बहस गर्दै गर्नुस/ पढ्नमा मज्जा लाग्छ/

              मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

            • Shankar

              छि छि फेरी यो गिद्दे बुढाको नाम के लिएको होला यार !!
              ल भन्नुस गिरिजा सहमति मा उत्रेको ,आफ्नो रास्ट्रपति हुने ख्वाब को लागि हो कि हैन ?
              माकुने लाइ पी यम बनाएको मा धेरै कारण मध्ये छोरीलाई लाइ माथि उचाल्न पनि हो | कहा छ सहमति र रास्ट्रिय स्वार्थ ? त्यो त् सौदा भयो ,राजनीतिका सौदागर हरु |

              मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

          • Harke

            सत्तामा बस्दा त देश र जनतालाई सुबिधा पो दिनुपर्ने, होइन र ?
            सरकारमै बसेर बिद्रोह गरेपछि सडकमा नाच्नुको बिकल्प पनि त हुदैन नी ?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 15

            • पुष्प

              हर्केजी,

              विद्रोह भन्नेबित्तिकै बन्दुक, मसाल, सडक अनि टायरको झझल्को देख्नेहरूले विद्रोहका बारेमा सोचेर टाउको नदुखाए पनि हुन्छ ।

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 13

            • madan bajracharya

              हर्केजी
              बिरोधलाई “बिद्रोह” भन्नु अपव्याख्या हुनेछ जस्तो मलाई लाग्छ/ दलहरुको आपसमा एक अर्कालाई असमर्थन गरेको लाई बिरोध बा बिद्रोह भन्न मिल्दैन कि/ यिनीहरुको यो चर्तिकलालाई कुर्सि तानातानलाई “झगडा” मात्रै भन्न मिल्छ/

              सहमतिको सरकारको नाममा संबिधान सभामा जस्तै समानुपातिक कोटामा सबैले मंत्रालाये पाउन खोजेको माथि मधेसीको एक मधेश माग मा कसैले बिरोध गर्न नपाउने भारतीय निर्देशन नै अहिलेको झमेलाको कारण लुकेकोछ/

              मधेसी भाखामा पहादिहरुलाई मिल्न बात रोक्न ‘ओली र लित्तेकुमार” लागि परेको छ/ तेसैले एमाले ले नेत्रित्वो पाउन सक्ने अबस्था समेत गुमाउंदै आएकोछ भने एक मधेश बादी हरु लाई टुट्न नदिन शरण पछी राजन नेपालमा आएर खवरदार गर्दैछ/

              हामि जनता बिद्रोह को त् कुरै छोदुं तेस्ताको बिरोध सम्म गर्न सकिरहेको छैन/ राजनीतिमा बिद्रोह गर्न सक्ति मात्र जनताहो/ हामि आफैमा विभाजित छौं त् बिरोध गर्न सक्ने कुरै भएन/ यसै कारण कांग्रेसी मावोबादी एक मधेश बादी आदिलाई गरिएको गालि घुमी फेरी हामि माथि नै आएकोछ/

              अब हाम्रो बिचमा पनि १२ बुंदे सम्झौता हुनु पर्ने देखियो हर्के जी/ तव हामीले बिकृतिको जन्मदाताहरुलाई मिलेर संयुक्त रुपमा बिरोध गर्न सक्ने हुन्छ/ यसरि आपसमा एक अर्काको आलोचना गर्दै गर्नुले के नतिजा निस्केला र? मिल्नु पर्ने बेला झन् फुट्ने फुटाउने त् हो/

              मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

              • Harke

                मदन दाज्जु,
                मदन दाज्जु, मैले बिद्रोह र बिरोधको परिभाषा खोजेको होइन ! मेरो कमेन्ट पुष्प जीलाइ थियो ! उहाले माओबादीले सरकारमै बसेर बिद्रोह गर्यो भन्नु भयो, उहाकै सब्दमा “…विद्रोह बन्दुक उठाएर पनि गरेकै हो, सत्तामा बसेर पनि गरेकै हो…”!

                सरकारमा बसेर बिद्रोह गर्नु कति जायज हो ? जब देशको सरकारले नै बिद्रोह गर्छ, तब समाधान कसले दिने ? छिमेकी मालिक ले ?

                मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

      • मन

        पुष्प जी कतै पुनर्बहाली गर्दै जादा राजाको पुनर्बहाली, पंचायतको पुनर्बहाली, राणा सासनको पुनर्बहाली…………. पो ठिक भन्ने अवस्था नआउला भन्न सकिन्न / लुटिएको सतित्व पुनर्बहाली हुनुपर्यो भनेर जे जस्तो कुरा, आन्दोलन गरे पनि…….?

        जहासम्म अब के गरे ठिक होला भन्ने छ – एड्स लागेको बरु वैज्ञानिकहरु औसधिको खोजीमा लागेकै छन् कसो एक दिन पत्ता नलागाउलान र भन्ने आशामा बस्न सकिएला तर नेपालि राजनीति…………../

        घर आगलागिरहेछ, निभाउले साधन छैन / सांसद नराम्रो संग जलिन, दिल्लीमा पुर्याउदा पनि बचिनन……….. नेपाल जल्दैछ……..

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

        • पुष्प

          कुरा गर्यो कुरैको दु:ख है मनजी । मैले रोगनिदानका लागि केही वीषमिश्रित औषधिको सिफारिश गरेको हुँ; अब तपाईं वीष नै सिफारिश गर्ने कुरा गर्नुहुन्छ भने मेरो भन्नु केही छैन ।

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

      • prabudha

        पुष्प जी,
        अब देसमा जो प्रधानमन्त्री भयपनी प्रचण्ड चै नहुने पक्का जस्तो देखिन्छ | किनकि हाम्रो अन्तरिम संबिधान ले सिर्फ २ तरिका बाट प्रधानमन्त्री हुने ब्यबस्ता प्रस्ट संग लेखेको छ, सहमति या ३०१ बाट प्रधानमन्त्री हुने…सहमति त अब प्रचण्ड मा न हिजो थियो न आज छ…हिजो पनि ३०१ कै खेल बाट प्रधानमन्त्री भय …..अब त्यो ३०१ पनि न पुगेको ४/४ पटक भै सक्यो ….अब त माओबादी,कांग्रेस, वा एमाले को नेत्रितो मा सरकार त बन्ला तर अब प्रचण्डको नेत्रित्यो मा चै न बन्ने पक्का जस्तो देखिन् छ….अब माओबादी को एजेन्डा नत नागरिक सर्बोचोता हो न कि कटुवाल प्रकरण….अब त सरकार सरकार सरकार एक सुत्रीय एजेन्डा….बरु पार्टी नै किन नतुक्रियोस…..येही ताल हो भने पहिले एमाले फुट्ने छ अनि माओबादी…..अनि त फेरी देसमा कांग्रेसी( गुन्डा) राज…..

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

        • पुष्प

          प्रबुद्धजी,

          चाहे जुनसुकै रूपले किन नहोस्, सहमति नभई न त प्रचण्डनेतृत्वको सरकार बन्छ न त झलनाथकै । पहिले पनि सहमति भएरै ३०१ पुगेको हो; अहिले पनि हालत त्यही नै छ; आखिर बहुमतीय भनिएको ३०१ पुग्न पनि त सहमति नै चाहियो नि ! मैले पहिलेदेखि नै सहमतिको विकल्प जनआन्दोलनमात्र हुनसक्छ भन्दै आएको हुँ । केही मनुवाले सं‍विधान संशोधनको कुरा गरिरहेका छन्; आखिर त्यसका लागि पनि त सहमति नै चाहिन्छ ।

          जहाँसम्म माओवादीको मुद्दाको कुरा छ; त्यो मेटियो भने माओवादी ‘माओवादी’ रहनेछैन । त्यसैले मचाहिँ ढुक्क छु माओवादीको अडानसँग; खासगरी नागरिक सर्वोच्चता अनि राष्ट्रिय स्वाधिनताका कुरामा । कटुवाल त एउटा पात्रमात्र हुन्; उनकै कारण आज नागरिक सर्वोच्चताको मुद्दाले ठाउँ पाएको हो । कटवाल त गइसके, अब यो काण्डमा माओवादीको जीत भनेको प्रचण्ड पुन: प्रधानमन्त्री हुनु नै हो र यसैका लागि नै माओवादी लागिपरेको छ । अब आफै‍ भन्नुस्, तपाईं नागरिक सर्वोच्चतासहितको लोकतन्त्र चाहनुहुन्छ कि उही सामन्तवादी ‘प्रजातन्त्र’ ?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

          • prabudha

            पुष्प जी,
            मैले भनेको सहमति भनेको दुइ तिहाई को भन्न खोजेको यो मात्र असम्भब भनेको हो प्रचण्डको लागि किनकि अब बन्ने सरकार दुइ तिहाई को बनेन भने उही प्रचण्ड र माकुने सरकार कै हालत हुन्छ होला मात्र भनेको ….अझ पनि तपाई जस्तो अध्यन्सिल व्यक्ति ले माओबादी ले नागरिक सर्बोचाता को नारा लगाई रहेको भ्रम मा रहेको मा दुख लग्यो…हिजो ३ बुंदे सहमति मा कहाँ थियो नागरिक सर्बोचाताको माग….माकुने ले सहमति को लागि मात्र राजिनामा दियको हैन? अनि रास्ट्रपति ले कहाँ गल्ति स्वीकारे ? अनि संसदमा दर्ता भयको प्रस्ताब कहाँ छलफल भयो र? अनि अझ पनि उही रास्ट्रपति संग सपथ लिनको लागि ४/४ पटक असफल…आफु नहुने भय पछि आफ्नो पार्टी का कुनै नेतामा सहमति (२ तिहाई) हुन्छ कि भनि अग्रसर न भै कथित् नागरिक सर्बोचाता (?) लाई लात हान्न आबेदंपत्रमा सहि गर्ने झलनाथ लाई समर्थन गरि या पुन गर्ने गरि पनि माओबादी ले नागरिक सर्बोचाता को नारा लाई त्यागेको हुदैन….हुनपनि हो एक हद सम्म त माओबादी लाई धन्यवाद दिनै पर्छ तपाई जस्ता जानकार लाई त होकी जस्तो लाग्दो रैछ अनि किन हाम्रा दाजु भाई हरु लाई पनि ए साचै माओबादी नागरिक सर्बोचाता कै हिमायती नलागोस…अनि अर्को पनि मलाई अलिक पचेन प्रचण्ड प्रधानमन्त्री भय कटुवाल काण्डमा जित हुने रे..? अब प्रधानमन्त्री हुन येही ६०१ बाट नै हो जसको बहुमतले माने माओबादी बाहेक ले सो कदमको समर्थन गरेका नै हुन् अनि आज ६०१ भित्रै मत माग्दा रास्ट्रपति को सो कदमको विरुद्ध मत मागेको त मैले सुनेको पनि छैन र सो मुद्दा उमेद्वार प्रचण्डले राखेका पनि छैनन् …एदी राखेको भय जानकारी पाऊ… माओबादी का अनुसार जुन कटुवाल काण्ड गराउने रास्ट्रपति कायम नै छन् अनि अरु बहुमत सभासद हरु रास्ट्रपति को कदम ठिक भन्ने नै छन् अनि तिनीहरु बाटै जितेपनि (सम्भावना कम छ प्रचण्डको) कसरि कटुवाल काण्ड मा बिजय….एदी बिजय नै हो भने रास्ट्रपति ले गल्ति स्विकार्नु पर्छ या मह अभियोग मार्फत हटाउनु पर्छ नकी प्रचण्ड हट्दाको परिस्थितिमा कुनै परिवर्तन नभई प्रधानमन्त्री मा जिते पनि कुनै बिजय हुने छैन जस्तो लाग्छ…..यो त स्रिफ आत्मरति हुने छ हुन पनि हो नि आत्मरति त लिन त सकिन्छ नि हैन र…?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

            • पुष्प

              प्रबुद्धजी,

              हाम्रो स्वतन्त्रताको बखान कुनै बूँदामा उल्लेख हुनैपर्छ र ? यो त हाम्रो अधिकार होइन र ? माओवादीको ४० बूँदे माग नै नागरिक सर्वोच्चताको प्रमाण होइन ? अनि उसले गरेको जनयुद्धचाहिँ के थियो नि ? अनि अहिलेको राजनीतिक अवस्थाको कारक पनि त्यही नागरिक सर्वोच्चता नै होइन ? यदि यो माओवादीले मुद्दालाई तिलाञ्जली दिएको भए, न त कटवाल काण्ड नै हुन्थ्यो, न त ऊ सरकारबाट बाहिरिनैपर्थ्यो ।

              राष्ट्रपतिले गल्ती स्वीकार गरे भनेर मैले भनेको छैन । यसैकारण त हो आजसम्मको राजनीतिक खिचातानी अवस्था । अब प्रचण्डको सरकार पुनर्बहाली हुने हो भने यसले राष्ट्रपतिको कदम सच्चिएको देखाउँछ । अर्थात् माओवादीले भनेजस्तो राष्ट्रपतिले माफी पनि माग्नुपरेन र नागरिक सर्वोच्चताले एउटा नयाँ आयाम पनि पाउने भयो । अर्थात्, सबै ‘विन-विन’को अवस्थामा रहनेभए; मुख्य कुरो यही हो । होइन भने कुनै एउटा पक्षले मात्र जितेजस्तो हुने सहमति कहिल्यै सम्भव छैन; यसको विकल्प मात्र अर्को जनआन्दोलन नै हो, जुन हामी आमनागरिकको चाहना होइन; बाध्यताचाहिँ नबनोस् ।

              जहाँसम्म अहिलेको प्रधानमन्त्री उम्मेदवारी र त्यसमा नागरिक सर्वोच्चताको मागको कुरा छ; मैले पहिले नै भनिसकेँ, जुन कारणले प्रचण्डले राजीनामा दिए, प्रचण्ड पुन: प्रधानमन्त्री भए वा चुनिए भने कटवाल काण्ड सही थियो भन्ने आधार र नजीर बस्छ कि बस्दैन ? अर्थात् नागरिक सर्वोच्चताले एउटा खुट्किलो उक्लिन्छ कि उक्लिन्न ?

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Manoj Bohara

      यो कमेन्ट हेदा २४० किमी प्र. घन्टाको दरले कल्पनाको बेगले उडान भरेको भने झै लाग्ला // तर यसो नगरि समाधान पाउने अरु सबै बाटाहरु बन्द भै सके, एउटा सत्तामा पुग्नाससाथ अर्को छिड्के हान्ने दाउ कुरेर मात्र बस्ने देखियो । पराइको कुरै नगरौं यहाँ त आफ्नै ले आफ्नै माथी अविश्वास गरेको देखियो / जनता र कार्यकर्तालाई च्याखे राखेर संविधानको र सुसानको कौडा हानी सत्ता जित्ने दाउमा लागेका विवेकहिन नेताहरु अदर्ुदषिताको कारण भोलीको अन्यौलग्रस्त नेपालको भविष्यलाई देख्न सकिरहेका छैनन् । त्यसैले तुरुनत आपसी समझदारीले सबैलाई मान्य हुने किसिमको प्धानमन्त्री चयान गर्नु पर्यो हैन भने तुरुन्त निर्वाचन गराउनु पर्यो । जसले जित्छ सम्पर्ूण्ा अधिकार दिने गरी (संविधान प्रधानमन्त्री राष्ट्रपति) र विषक्ष्ीले बोलन नपाउने गरी जित्ने पाटीृले ५ वर्षसम्म उसैले शासन चलाउन पाउने गरी धार उपधारा के-के छन परिवर्तन गर्न जनता, कार्यकर्ता, मेडियाले दबाब दिनु पर्यो । यदि सत्तासिन पाटृलिे कुनै गल्ति गरेमा अर्को चुनावमा जनताले आफ्नो भोट दिने अधिकार प्रयोग गर्दै अर्को पार्टर्ीीई ५ वर्षो लागि सत्तामा पुर्याउँनेछन । यस विचमा अरु पार्टर्ीी बोल्न पाउनु हुन्न, छिड्के लाउन पाउनु हुन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • नेताहरु निकम्मा र लाज , घिन , शरम नभएको अवस्थामा यस्ता हिजडाहरु बाट कुनै निकास निस्किदैन भन्नेमा शंका छैन … त्यसैले नागरिक समाजले अगुवाई गरेर देशलाई नया रुप दिन पर्छ जस्तो लाग्छ नत्र कुनै परिवर्तन न होला(मुसो न मर्ला)

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Bijaya

      नेपालका सबै राजनैतिक दलहरुको सहमतिमा नागरिक समाजका प्रतिनिधिहरुको दस सदस्यीय काम चलाऊ मन्त्रीमंडल बनाउन लगाउने| अब बाकी रहेको दस महिना भित्र वर्तमान संबिधान सभाद्वारा नया संबिधान बनाउने र सो हुन नसकेमा संबिधान सभा सभा स्वत भङ्ग हुने र सोहि काम चलाऊ सरकार द्वारा संबिधान सभाको नया चुनाब गरेर सत्ता हस्तान्तरण गर्ने र पुन संबिधान बनाउने प्रक्रिया सुरु गर्ने| यसका लागि वर्तमान संबिधानमा तु आबस्यक संशोधन गर्ने|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • द्रोण

      एक ले अर्को लाइ अप्ठ्यारो मा पार्ने ,चेपुवा मा पार्ने काम को नाम नै राजनीति भएको छ | तेसैले पहिले त्यो परिभाषा चेन्ज हुनु पर्यो ,बहुमत पाएको र काम गर्छु भन्ने ,नया एजेन्डा भएको लाइ काम गर्नु दिन पर्यो , अलिकति त्याग को नाम नै राजनीति हो भन्ने कुरा झलनाथ ,रामचन्द्र ,प्रचण्ड ,माधब को दिमाग मा आउनु पर्यो | तेस्पछी प्रक्रिया जे भए,गरे पनि कुरा मिल्छ |
      तर त्याग को उदाहरण दिने गणेशमान अब छैन , आफ्नो खुरापाती र उचाइले पेल्न सक्ने गिरिजा पनि अब रहेन ,भन्दा देख्दा उस्तै उमेरको लाग्ने र प्रतिद्वन्दी जस्तो ब्यबहार गर्ने माकुने ,प्रचण्ड ,झल्,रामचन्द्र कुनै पछी हट्दैन |
      तेसैले तेस्रो पक्ष्य को हस्तछेप ले मात्र कुरा मिलन सक्छ | त्यो तेस्रो पक्ष्य भारत
      भएकोले दुख को कुराछ | जुन भूमिका नागरिक समाज ले खेल्न सकेको भए राम्रो हुन्थ्यो |
      पहिले में हेड़ अफ स्टेट राजा हुन्थ्यो ,येस्ता समस्या औन्न्थ्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • jawan

      यसरि अनन्त चरण सम्म पनि परिणाम नआउने चुनाव गरेर नेपाली राजनीति लाइ कनिष्ट अपरिपक्क र नालायक खेलाडीहरुको नेतृत्वमा छोडिएको छ भन्ने १००% प्रमाणित भै सकेको छ.जनताको मत को सम्मान गर्नेहो माओबादीलाई सरकार बनाउन दिनु पर्छ.जनताले एमाले र नेपालि कांग्रेसलाई नकारेको हो कि होइन ?ठुलो पार्टी दोस्रो पार्टी ई खा भनेको हो कि होइन?Uk मा भर्खरै भएको चुनावमा कसैलेपनि ब्बहुमत ल्याउन नसके पछी सबै भन्दा धेरै मत ल्याउने पार्टीलाई सरकार बनाउन दिएको हो कि होइन /लोकतन्त्रमा जनमतको VIRDICT हेरिन्छ कि हेरिदैना?मावोबदिलाई उसको सेना भएकोले सरकार बनाउन नदिने भन्ने कुरा जत्तिको लाछी कुरा केहि पनि हुदैन. सबै भन्दा घटिया ब्यबहार त एमालेको छ .त्यसैले एमाले समाप्तिको बाटोमा निक्कै द्रुत गतिमा लम्केको छ.एमालेमा राष्ट्रबादी लोकतन्त्रबादी नेता छदै छैनन् खालि दोगला हरु मात्र छन् .साच्चै देशलाई हालको अबस्था बात मुक्ति दिलाउनेहो भने माओबादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउने साना तिना कुरा र पदको बाडफाडमा किचलो नगरी चार्महिनामा जनसेना र सम्बिध्हनको टुङ्गो लगाएर ८ महिनामा चुनाव गर्न सकिन्छ. भारतीय सदयंत्र बाट जहिले सम्म मुक्ति मिल्दैन यो अवस्थाबाट पनि मुक्ति मिल्दैन .

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • अहिलेको नेपाली राजनीति मा सहमतिको कुनै विकल्प छैन. तेसैले सबै राजनीतक पार्टीहरु आफ्नो आफ्नो स्वार्थ त्यागेर राष्ट्रिय हित को लागि थोरै compromise गरेर राष्ट्रिय सहमति को सरकार बनाउनु पर्छ जस्तो लाग्छ . होइन भने देशमा अझै गम्भीर राजनीतिक सङ्कट आइपर्छ. हे लाज पचेका नेताहरु हो! कुर्सि को मोह छोड, देशको बारेमा सोच!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • ashok gautam

      प्रचण्ड बाहेक अरु विकल्प देखिदैन . कम्तिमा नेपाल ले नया योजना हरु त पाउन सक्छ , अरु मा आस गर्ने ठाउ नै छैन .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 21

    • अजय गुरुङ

      जब सम्म क्षेत्री बाहुन अगाडी रहन्छ तब सम्म नेपालमा कहिले शान्ति रहदैन किन भने यिनीहरु एकअर्काले गरेको देखि सहदैन र अरुले गरेकोमा डाहा र ईर्ष्या गर्छन खुट्टा ताना तान गर्ने यिनीहरुको पुर्ख्यौली नीति हो !!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 30

      • ashray

        यो जाति बादी RACIST comment भयो, कृपया येस्ता कमेन्ट लाई निरुत्साहित गरौ…..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 5

      • “अरुले गरेकोमा डाहा र ईर्ष्या गर्छन खुट्टा ताना तान गर्ने यिनीहरुको पुर्ख्यौली नीति हो !!”
        अनि तिमीलाई चै बाहुन, क्षत्री आगाड़ी हुदा किन डाह नि ?तर आहिले सरकार छैन ठुलो मान्छे सुबाश नेम्वांग र क्षत्र मान गुरुंग अरु को छन र?????????बेबकुफ़ रेछ तिमी हामी गुरुंग को नाक नै काट्यो है?

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • dhakal

      सुन्दै पनि उदेग लाग्दो / के गर्दा राम्रो हुन्छा भनेर यहाँ कमेन्ट गर्नु पनि हामी नेपाली को लागि एउटा समय कटाउने बाटो मात्रै त हो . कि हाम्रो राय को कर्यवनयन हुन्छा हँ सालोक्य जी /
      मैले आज सम्म को अनुभब लाई विचार गर्दा हाम्रो देशमा जब सम्म अनपढ गवार र स्वार्थी भ्रस्ट नेता हरुको पत्तासाफ हुदैन तब सम्म हेर्दै जानुहोला कुनै नयापान देशले पाउने छैन…

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Ashim

      नागरिक समाजबाट एक जना उमेद्वार अगाडी लैदियो भने – यो कुकुर नेताहरु आफै मिल्छ !! नत्र – ज्ञाने दाई फेरी देश चलाउनु आउदै छ है भनेर हल्ला मेडियाले चलाई दिएता – बांगोमा बांगो उपिया, किर्ना यी पर्जीबी नेताहरु आफै ठिक हुन्थियो ^_^ ~ देश चलाउनु त एउटा मजाक नै भयो अबो त !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • saroj

      २०४६सल् पछि कत्ति राजनेताहरु आए गए खासै केहि परिवर्तन गर्नसकिराखेको छैन/
      तेसैले फेरी एकपल्ट राजानैआएर के हि गर्ने हो भने पछि फेरी नयाँ नेताहरुले केहि त गर्नासकिंन्नछ कि बरु /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

      • kiran

        शरोज जी तपाइले भन्नुभएको कुरा ठिक हो/

        २००७, जन आन्दोलन एक र जन आन्दोलन दुइ मा प्रजातन्त्र उदय भयो खोइ त प्रजातन्त्रका माहिर भनाउदा, प्रजातन्त्रका ठेकेदार भनाउदा अरु शब्दमा भन्ने हो भने उनीहरु आफैलाई प्रजान्त्रका नेता भनाउन रुचाउने नेताहरुले के प्रजातन्त्रलाइ चलाउन सक्यो त? राम्रो गति दियो त देशलाई ??? मात्र के गरेको देख्न र सुन्न पायो भने उनीहरुको आफ्नो स्वार्थ अनुसार आफ्नो पार्टीलाइ कसरी सम्ब्रिध गर्ने कार्यकर्तालाइ कानुन छुट दिने योग्यता भन्दा माथिको दरबन्दी दिलाइदिने र अरु पार्टी भन्न्दा बलियो पार्नेमा मात्र केन्द्रित भएको छ / कुन नेतालाई चिन्ता छ देश को प्रगति बारे?? तीन तीन चोटी नेताहरु असक्ष्यम हुँदै छन् प्रजातन्त्र लाइ उत्थान र बिकास गर्न /

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • narayan adhikari *( JPN

      साथी हरु हामी ( जनता) विचार सुन्ने को नै छ ! र ? नेता भनौदा हरु देस जनता को भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न तिर मात्रै लागी परेका छन् ! देस मा कुनै राजनीतिक पार्टी पर्ती जनता को जानविश्वास हटी सकेको छ ! जुन जोगी आय पनि कानै चीरेका भने जस्तो भएको छ ! सबै मेरो गोरु को बार्रै टक्का भन्न छोड्नु पर्छ ! ६०१ जना नेता भनौंदा लाई संबिधान सभा भबन भित्र जनता ले थुन्नु पर्छ ! बात ले न मान्ने लाई लात लगाउनु पर्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • shankar pant

      दुवै उमेद्वारहरुले आफ्नो उमेद्वारी फिर्ता लियर सान्ती र संबिधान को लागि नंया सहमतिको खोजि गरिनु पर्छ. नत्र यो असफल नौटंकीले नेतृत्त्व र दलहरुको बदनाम सिबाय अरु केहि गर्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • kalpana

      अब हरुवा नेताहरुले उम्मेदवारी फिर्ता लिनु पर्छ अनि सबै तटस्था बसेका राजनीतिक पार्टीहरुले भन्नु पर्यो कि कसलाई पीएम बनाउन ठिक हुन्छ अहिले सम्मको चुनाबले सहि नतिजा ननिकल्नुमा उम्मेदवार ठिक नभएर पनि हो कि ? सबै राजनीतिक दलहरुले मधेस पहाड ,हिमाल,पार्टी ,जाति , भाषा, लिंगको होइन सिङ्गो नेपालको विकास गर्छु भनेर एक हुनुपर्छ कुर्सिको लागि मर्ने र मार्ने होइन देशको बिकासको लागि एक हुनुपर्छ ,

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

      • Ashim

        कल्पना जी !

        तपाईले भने जस्तो – नमुना नेता- यो देशमा पैदेको भएता येत्रो नौटंकीनै हुने थिएन नि !!! ^_*

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • sushil

      के गर्नु नि ……सबै नेताहरुलाई घोक्रे ठाक लगाउने . देस नया पुस्ताको हात मा दिने .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    eXTReMe Tracker