-
वर्तमान भारत गरिबीको समुद्रभित्र समृद्विको टापु भएको देश हो । मुम्बईका अधिकांश व्यवसायीक सिनेमाहरुमा समृद्विको त्यो टापुलाई मात्र देखाइन्छ तर गरिबीको विशाल समुद्रलाई देखाइदैन् वा छोपिन्छ । अमिरखानले गरिबीको त्यो विशाल समुद्रको एउटा सानो पाटोलाई सिनेमामा उतार्ने कोशिस गरेका छन् पिपली लाइभ मार्फत ।
भारत लगायत विश्वभर चर्चा भइरहेको भारतिय अभिनेता अमिर खानको लगानीमा बनेको फिल्म पिपली लाइभ हल मै गएर हेरियो । भारतको एउटा गम्भिर सामाजिक समस्या — किसानहरु ऋण तिर्न नसकेर आत्महत्या गर्न वाध्य भएको कथावस्तुमा बनेको सिनेमा भएकोले हलसम्म डोरिन बाध्य भए, कस्तो रहेछ त सिनेमा भन्ने जिज्ञासाका साथ यस सप्ताहन्तमा । सिनेमा एउटा नत्था नाम गरेको विपन्न किसान र उनको परिवारको बरपर घुमेको छ ।
सिनेमाको मुख्य पात्र पिपली गाँउको वासिन्दा नत्था (ओमकारदास) र उसको दाई बुधिया (रघुवीर यादव) ले बैकंबाट लिएको ऋण तिर्न नसकेको कारण पुर्खौली जमीन लिलाममा निस्कन्छ । उक्त जमिनलाई वचाउनको लागि उनीहरु गाँउको मुखियासँग ऋण माग्न जान्छन् । मुखियाको सहयोगीले सरकारले आत्माहत्या गर्नेको परिवारलाई एकलाख क्षतिपुर्ती दिने नियम वनाएको छ भन्दै उसलाई आत्माहत्या गरेर पाउने क्षतिपुर्तिले ऋण तिर्न भन्छ । उसको दाई वुधियाले त्यसपछि भाई नत्थालाई आत्महत्या गरेर परिवारलाई वचाउनको लागि राजी पार्छ । त्यो कुरा गाँउको स्थानिय रिपोर्टरले थाह पाएर स्थानिय पत्रिकामा उक्त समाचार प्रकाशित गर्छ । त्यहि कुरालाई एउटा अंग्रेजी टिभी च्यानलले बेक्र गरेपछि आत्महत्या गर्न तम्सीएको नत्था एकाएक मिडिया, नागरिक समाज, राजनितिज्ञहरुको आर्कषणको केन्द्र मात्रै बन्दैन, उनीहरुको स्वार्थको कोपभाजनमा पनि पर्छ । एकदमै देहाती इलाकाको जीवनबाट शुरु भएको सिनेमा अहिले भारतमा बनिरहेको हाइवेदेखि गगनचुम्वी महलसम्मका दृष्यहरुलाई देखाउँदै अन्त्यमा भारतिय तथ्यांक विभागको किसान आत्महत्या सम्वन्धी तथ्यांक देखाएर टुंगिन्छ ।
सिनेमा मनोरन्जनको साधन मात्रै होइन समाजका गम्भिर विषयवस्तुलाई ससक्त दंगले उठान गर्ने माध्यम पनि हो भन्ने कुरामा यसका निर्देशक अनुसा रिज्भीले कुनै कसर बाँकी राखेका छैनन् । सिनेमाको सम्पुर्ण युनिट यो दुवै कुरा (मनोरन्जन र समस्याप्रतिको गाम्र्भियता) दर्शकलाई दिन सफल देखिन्छन् । उनीहरुले सिनेमाको माध्यमबाट एउटा गम्भिर सामाजिक विषयवस्तुको उठान मात्र गरेका छैनन्, उक्त समस्यालाई लिएर देखिएको मिडियाकर्मी र नागरिक समाजको व्यवसायीकता स्वार्थ र राजनितिज्ञहरुको फोहरी राजनितिलाई दह्रोसँग झापड हानेका छन् । सिनेमामा श्रव्य र दृष्य दुवैको सफल प्रयोग गरिएको छ । सिनेमाको श्रव्य अर्थात डाइलगले हास्यँरस प्रदान गरेको छ भने दृष्यको माध्यमबाट समाजिक यथार्थ झल्किएको छ । जसले गर्दा फिल्म हेर्दा छिनभर मै दर्शक हाँसोको फोहरा छुटाउछन् भने छिनभरमै भावुक बन्न पुग्दछन् ।
वर्तमान भारतमा आर्थिक सामाजिक राजनैतिक सबै हिसावले विश्व मै सबैभन्दा विषमताको खाडल भएको देश हो । बेगंलोर चेन्नाई र हैदरावादका कम्पनीहरुले विश्वका उम्दा कम्प्युटर सफ्टवेयर निर्माण गरिरहेको बेला भारतको एकतिहाइ जनसंख्याले प्राथमिक शिक्षा समेत प्राप्त गर्न सक्दैनन् । भारतका मेट्रो शहरहरु डिस्कोको प्रकाशले झकिझकाउ भइरहँदा ग्रामीण भारतका सात करोड ८० लाख घरहरुले बिजुलीको मुख कस्तो हुन्छ समेत देख्न पाँउदैनन् । विश्वभरको करिब चालिस प्रतिसत गरिब मानिसहरु भारतमा बस्छन् । जसमध्ये ७० करोड मानिसहरुले दैनिक भारु ३० भन्दा कम कमाउँछन् । विश्वैकै महंगो रियल स्टेट मध्ये पर्ने मुम्वई नगरीमा अब्बानीहरुले अति महंगो अलिसान महल ठ्हडाइरहेको भारतमा २० करोड भारतीयहरु हररात फुटपाथमा सुत्छन् ।
समग्रमा वर्तमान भारत गरिबीको समुद्रभित्र समृद्विको टापु भएको देश हो । मुम्बईका अधिकांश व्यवसायीक सिनेमाहरुमा समृद्विको त्यो टापुलाई मात्र देखाइन्छ तर गरिबीको विशाल समुद्रलाई देखाइदैन् वा छोपिन्छ । अमिरखानले गरिबीको त्यो विशाल समुद्रको एउटा सानो पाटोलाई सिनेमामा उतार्ने कोशिस गरेका छन् पिपली लाइभ मार्फत । भारतले आर्थिक उन्नती गरिरहेको बखत सन् १९९७ देखि २००७ सम्मको एक दशकमा गरिवीको कारण करिब १ लाख ८२ हजार किसानहरुले आत्माहत्या गर्न वाध्य भएका थिए । त्यसरी नै आत्माहत्या गर्न वाध्य पारिएको एक गरिव एउटा किसानको कथा हो पिपली लाइभ ।
अन्त्यमा, अमिरले समस्यालाई देखाएका छन् फिल्म मार्फत, समाधानको बाटो पहिल्याएका छैनन् । सायद त्यो फिल्मकर्मीको दायित्व नहुन सक्छ । अधिकांश सिनॆमामा जस्तो यसमा पात्रहरुलाई असल र खराव रुपमा पनि देखाएको छैन । राम्रो नराम्रो छान्ने र समस्या समाधानको बाटो खोज्ने जिम्मा दर्शकलाई छाडिएको छ । फिल्म रिलिज भएपछि फिल्मले व्यवसायीक सफलता हासिल गरिरहेको खबरहरु आइरहेका छन् । तर यसको सान्र्दभिकतालाई व्यवसायीक रुपमा मात्रै हेरियो र यसले सम्वन्धीत पक्षलाई उक्त समस्या समाधान गर्न झक्झकाउन सकेन भने फिल्ममा देखाइएको गरिब किसानको कथालाई आफ्नो स्वार्थ अनुरुप बेच्ने पात्रहरु जस्तै अमिरखानको व्यवसायीकता प्रतिपनि प्रश्न उठ्न सक्छ ।
No related posts.










कला साहित्य को कुनै भौगोलिक सिमाना हुदैन तसर्थ फिल्म हिन्दी वा अन्य कुनै भाषा मा होस् तेस्ले निश्चित संदेश भने बोकेको हुनु पर्छ
मन परे हरियो, नपरे रातो
2
1
the solution for the problem It raised can be use of these commandments which are holier than biblical commandments:
1. Abolition of property in land and application of all rents of land to public purposes.
2. A heavy progressive or graduated income tax.
3. Abolition of all rights of inheritance.
4. Confiscation of the property of all emigrants and rebels.
5. Centralisation of credit in the hands of the state, by means of a national bank with State capital and an exclusive monopoly.
6. Centralisation of the means of communication and transport in the hands of the State.
7. Extension of factories and instruments of production owned by the State; the bringing into cultivation of waste-lands, and the improvement of the soil generally in accordance with a common plan.
8. Equal liability of all to work. Establishment of industrial armies, especially for agriculture.
9. Combination of agriculture with manufacturing industries; gradual abolition of all the distinction between town and country by a more equable distribution of the populace over the country.
10. Free education for all children in public schools. Abolition of children’s factory labour in its present form. Combination of education with industrial production, &c, &c.
Karl Marx, Communist Manifesto
मन परे हरियो, नपरे रातो
2
1
बाबु राम जी ट्याक्सी चध्नु हुन्न होला किन कि मारुती इन्डियन गाडी , पेट्रोल इन्डियन , डिजेल इन्डियन ग्यास , ग्यास इन्डियन , खाना दाउरा बालेर पकाउनु हुन्छ होला , लुगा चाइनिज कपडाको होला , नून सिंगापुरको होला , …… कति उदाहर्ण दिउ ?
मन परे हरियो, नपरे रातो
0
1
“सम्भब भए सम्म” भन्ने शब्द जोड्नु पर्यो सुधिर जी!
बिस्तारै गर्दा गर्दै हुने कुरा हो! हजारौ माईलको यात्रा पनि पहिलो पाइलाबाट शुरु
हुन्छ होइन र? जन्मिदै म्याराथुन दौडिन त सकिन्न नि! ताते ताते बाट शुरु गर्नु पर्यो होइन र?
नारायण गोपाललाई पनि इन्डियामा गाउनकोलागि बोलाइएको थियो रे, तर उनले
नेपाली संगीतलाई सेवा गरे अनि नेपाली गायन एक खुट्किलो माथि पुग्यो! त्यसरी नै हरेक क्षेत्र एक एक खुट्किलो गर्दै आत्मनिर्भर हुने हो!
मानी लिऊ, तपाइँ साथीभाई परिवार मिलेर थानकोट या गोदावरी जानुभयो रे पिकनिकको लागि; अथवा तपाइको घरमै जमघट भयो रे! खाजा खाना भएपछि नाच गान को क्रम शुरु भयो! क्यासेटहरु के बजाउने भन्ने पूरै तपाइको हातमा छ-
इन्दियाँको किनेर लाने कि नेपालीको! मारुतीको त बिकल्प भए न रे, तर नेपाली क्यासेट त छन् नि!
-खेम गुरुंगको “वारी जमुना पारी जमुना” बजाउनुस बच्चादेखि बुढा बुढी सम्म सबै नाच्छन! यस्ता धेरै उदाहरणहरु छन्! के तपाई त भी आइ पी मान्छे, नेपाली क्यासेट बजाउदा तपाइको इज्जत पो जाने हो कि? तपाईका भी आइ पी पाउनाहरुले तपाईलाई पाखे भन्ने हुन कि – क्या झुर्स, नेपाली क्यासेट त टू बोरिंग क्या; हिन्दी लाउन ब्रो!
अर्को सानो उदाहरण- पद्मकन्याको ड्रेस, घरबुना खद्दरको साडीले कतिजनालाई रोजगार दिएको छ होला? त्यसै गरी नेपालमा बुनेको कपडामा आधारित ड्रेश बनायो देशभर भने?
मन परे हरियो, नपरे रातो
2
0
बास्तबमा पिप्ली लैव ले पुन्जिबादी अर्थाब्यबस्थाको सहि स्वोरुप प्रस्तुत गरेको छ भारत मात्र होइन नेपाल पनि यो कथाबाट मुक्त छैन गरिबको कथा धनिहरुको उन्नतिको भर्यांग हुन्छ वन्ने यो एउटा नमुना हो
मन परे हरियो, नपरे रातो
0
0
दर्शन जवाई साप एक पटक त जसरि नि हल जानु नै पर्ने बनाई दिनु भयो त्येस्पछी कमेन्ट गरुला है त
मन परे हरियो, नपरे रातो
0
0
हैन हाम्रो देश को सबै छसय एक सभासत लै एकै ठाउमा जम्मा गराएर यो फिल्म देखाउनुपर्ने अनि मात्र यो देशको बास्तबिकता भुज्छा कि
मन परे हरियो, नपरे रातो
4
0
मलाई लाग्छ कि नेपाली नेताहरुले पनि peepli(live) हेरेर गरिवीको दुख बुझेर हाम्रो देश नेपालको बिकाश गर्नु र हाम्रो देश मा भएको गरिवीलाई कम गर्ने प्रयाश गर्नु राम्रो हुन्छ जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
2
0
नेपाली फिल्मलाई माया गरिदिनुस…यो एउटा नारीले बनाएको चलचित्र हो…आदि कुरा गरेर फिल्म चल्न सक्दैन भन्ने कुरा कहिले बुझ्ने होला नेपाली चलचित्र कर्मीहरुले…ठुलो ठुलो शोरमा कराउदै र चिच्याउदैमा फिल्म राम्रो हुन्छ भन्ने गलत मानसिकताबाट नेपाली फिल्म कहिले मुक्त हुने होला…लौन प्रभु हाम्रा निर्माता निर्देसकलाई सदबुद्धि देउ…सिक्नु नै छ भने हिन्दीबाट सिके पनि के बिग्रिन्छ र भन्या…
मन परे हरियो, नपरे रातो
11
0
भारत मा यस्तो गरिबि छ र पनि किन उ आफनो भोको पेटको रबाफ देखाउछ।
titung1@gmail.com
मन परे हरियो, नपरे रातो
7
3
सिनेमाको कथावस्तु सन्देशमुलक र यथार्थ पस्के पनि हामीले त्यो हेर्न पुंजिपतिलाई पैसा नबुझाई हुदैन|
मन परे हरियो, नपरे रातो
12
5
jillabasi Baburam ज्यु !
तपाइँ चाहि आफ्नो “नाम टाइटल” राख्न कहिले “आत्म-निर्भर” हुने नि ??
माइसंसारमा बाबुराम सर कै नाममा “पर-निर्भर” “नाम-टाइटल” राख्नु भाको रैछ !
——————————————————————————————–
कला, प्रबिधि र ज्ञानको पंखेटालाइ political भूगोलले बाध्न जरुरी छैन है !
मन परे हरियो, नपरे रातो
6
4
sshakya जी,
मेरो नाम बाबुराम नै हो!
“के छ जिल्लामा” भन्ने थेगो मेरो कलेज पढ्दै देखिको हो र साथीहरुले मलाई के छ
जिल्लाबाशी भन्ने गर्दथे! अझै पनि खंडे थालमा प्लास्टिकको जगले खन्याएको
दाल संगै खाने साथीहरु भेटिए भने मलाई अझै पनि त्यहिँ उपनामले बोलाउछन!
पर-निर्भर कसरी भयो मैले बुझिन!
मन परे हरियो, नपरे रातो
5
8
म पनि बाबुराम जी सग सहमत | किन गर्नु पर्यो ,उसको स्वास्नी को बखान ?
उसले सजाएर ,भिटामिन खुवाएर राम्रो बनाएर राख्यो | अनि हामि उसको सौन्दर्य मा सब्द खर्च गर्ने ?समय नस्ट गर्ने ?
फर्सी जस्ती भएपनि आफ्नै स्वास्नी को कुरा गरौ ,उसलाई फुल बुट्टा भरेर ,गहना लगाएर राम्रो बनाउ | अनि पो छिमेकि कि स्वास्नी चंद्र्मै भए पनि फिक्का देखिन्छे |
त्यो हो देश भक्ति ,रास्ट्रिय स्वाभिमान |
भारतले येसो गर्यो ,उसो गर्यो भनेर जिब्रो हात मा राखेर कराउने |मौका परे हिन्दुस्तान कि कसम ?
मन परे हरियो, नपरे रातो
10
5
हरे साथीहरु,फिल्म त हेर्न पाई हालिन्छ नि,चाहे हिन्दी होस् चाहे अफ्रिकन.फेरी हामि नेपालीको बानि क छ बहने सबैभन्दा बढी हामि हिन्दी फिल्मनै हेर्चाउ,त्यहिँ पनि हेर्न हुन्न किन भनि राख्न पर्यो र.मा बाबुराम जीलाइ भन्न चाहान्छु,यो ग्लोबलाइज़ेसन्को युग हो,अमेरिकाको फुटबल नेपालमा किन्न पाइन्छ भने भारतीय फिल्म किन हेर्न नपाइनु र.हो फिल्म मात्रै हेरेर अरु काम लथा लिंग छाड्न हुदैन तर मनोरन्जनको रुपमा हेर्न त पाइयो नि.फेरी हाम्रो भासा पनि उस्तै भएको ले अंग्रेजी नबुझ्ने र खासै नपढे लेखेका मानिसले पनि हिन्दी सजिलै बुझ्न सक्ने भएका ले पनि हिन्दी फिल्म धेरै हेरिन्छ नेपालमा.
मन परे हरियो, नपरे रातो
10
7
हरे साथि हरु फिल्म त् हेर्न पाइन्छ | हरे साथि हरु भ़ासा त् बोल्न पाइन्छ |
हरेसथिहरु पान त् खान पाइछ |हरे साथीहरु लुगा त् लागाउन पाइन्छ |
तेसैगरी न थाह्पाई पोइला जाइन्छ|
मन परे हरियो, नपरे रातो
1
1
मैले मेरो संसार मा कमेन्ट गरेको देखेर “मथुरा श्रेष्ठ” भन्ने मैले चिन्दै न चिनेको मान्छेले मलाई फेसबुकमा समावेश गरेछन! अनि थाहा लाग्यो कि उनी उदियमान यूबा संगीतकार रहेछन!
यदि संसार भरिका नेपालीहरुले उनको एउटा मात्र चक्का किनी दिने हो भने के हुन्छ थाहा छ?
सोहि पैसाले झन् खारिएको उनको दोश्रो अल्बम आउछ!
दोश्रो बाट तेस्रो….. हुदै उनको संगीत प्रतिष्ठान ठूलो हुने छ!
अनि के थाहा सानो भ्याली क्याम्पसबाट काठमान्डौ विश्वविद्यालय उत्पत्ति भए झैँ
उनको संगीत स्कूल एक संगीत विश्वविद्यालय मा परिणत हुन सक्छ!
http://www.youtube.com/watch?v=eCfwFq_QfX4
मन परे हरियो, नपरे रातो
7
9
Nothing against the writer of this column; nothing against the producer of the movie mentioned above; nothing against the story of the movie. All I am saying is to launch a campaign to use our own, promote our own. If we do not like our own stuff, we’d better learn to like them!
The bottom line is to launch a mega campaign–
“Let us use our own, Let us promote our own for our own existence!”
Wake up!
जाग जाग, अब जाग न जाग,
देश उन्नति बिषे सब लाग,
घोर नीद अब ता परित्याग,
भो भयो अति सुत्यौ अब जाग!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
12
आउने हप्ता २ दिन छुट्टी छ पिपिली लाइभ कतै लागेको रहेछा भने हेर्ने पर्ला / तेसै पनि आमिर निकै राम्रा कलाकार हुन् अनि रघुबीर यादब पनि / अनि आशा गर्छु सेटलाई उपनाम गरेका एक नेपाली जो आहिले शुभाष घई को अभिनय स्कुलमा तालिम लिरहेका छन , उनले पनि यस्ता किसिमका चलचित्र बनाउने छन /
मन परे हरियो, नपरे रातो
7
1
उत्तम जी
धेरै राम्रो लेख ! येस्ता उत्क्रिस्था लेख हरुले तपाई बाट निरन्तरता पावोश !!
बास्तव मा भारत को ९.५ % जी डि पी बृधि बिकाश को आर्को पाटो भिषण गारीबी र अशिछा को असल चित्रण !!!!!
असल र राम्रा कुरा जो सुकै वा जुन सुकै देश को होश त्यसलाई चिन्तन मनन गर्नु कुनै नराम्रो कुरा होइन ………. सबै कुरा लै राजनैतिक दृस्टी ले हेर्नु जरुरि छैन जस्तो लाग्छ मलाई त !
मन परे हरियो, नपरे रातो
8
4
हिन्दी,इंग्लिश फिल्म हेर्दा मनोरंजन हुन्छ/ माया र आफ्नोपन त नेपाली फिल्ममा नै हुन्छ एउटा नेपालीलाई
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
22
हुन्छ तर सारै थोरै नेपाली सिनेमा मात्र राम्रो छ .
मन परे हरियो, नपरे रातो
7
6
यहाँ कुरो फिल्म को हो , इंडिया र नेपाल को सम्बन्धको होइन, चाइनिज फिल्म हेर्न हुन्छ, कोरियन फिल्म हेर्न हुन्छ भने किन भारत को फिल्म हेर्न नहुने, हो नेपाल र नेपाली को बास्तविकता संग टाढा रहेर यस्ता चिजहरु मा मात्र ध्यान दिंदा देश झनै डुब्छ तर चलचित्रलाई संस्कृतिको रुपमा लिएर यसको मज्जा लिन सकेमा नराम्रो हुँदैन, फेरी धोति र टोपी को कुरा निकाल्नु पर्ने कुनै अर्थ देखिदैन, यस्लो समाजमा बितृष्णा फैल्याउछ, यस्ता कुराहरुको टिपणी लेख्दा अलि सम्बेदनशील हुँदा राम्रो हुन्छ, जिल्लाबासी बाबुराम जी इंडिया पक्कै पनि असल छिमेकी होइन, असल छिमेकी हुन उसले अझै धेरै गर्नु छ तर हामीले पनि नभुलौं, हामी पनि उसका छिमेकी हौँ र असल हुन जरुरि छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
67
7
नेपाली निर्माता र निर्देशकले पनि अमिर खानले जस्तो चलचित्र बनाउन पर्यो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
राजनीतिक रुप मा सचेत हुदै जादा, अधिकाम्स भारतीय सिनेमा हरुमा नेपाल र नेपालीलाई होछायेर बनाउने गरेको भेटे ..अनि तेस्ले भारतमा र आन्तारस्त्रिया जगत मा नेपाललाई कस्तो रुप मा देखैंचा .एक पटक विचार गर्नु होला! १९९९ को जहाज अपहरण काण्डमा पनि नेपाल लै अत्ति होचायेरा देखयियो! अहिले भर्खरैको कुरा गरौ, माओबादी सभासद लै 3rd degree burn भएर देल्ही लादा त्यहाँक अधिकांस पत्रिकाले India shows its big heart to Nepal’s Maoists, India comes to Maoists rescue..येस्तई येस्तई लेखे , तर कुनै पनि पत्रिकाले वहा को दुक्खाद निधन भएको समाचार लै ठाउँ दिएनन्. Arundhati Roy( INdian communist and supporter of Indian Maoists) ले येही सिनेमामा भएको बिसय्बस्तु लै धेरै पैला उठाउदा उनलाई आतंककारी को संज्ञा दिएको थियो!! अब तेस्मै विचार गर्नु होला मेडिया के काम गर्छ भनेर! हिजो फेरी द हिन्दु नामक पत्रिका ले नेपाल को बारेमा लेखेको लेख हेर्नु होला(तल को लिंक बाट)..भारत भनेको हात्ती को दांत हो, देखाउने एउटा खाने अर्को …तर यो फिल्मको गम्भीर बिसयलै उठाएको मा धन्यबाद!
http://www.thehindu.com/opinion/columns/siddharth-varadarajan/article572789.ece?homepage=true
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
हिजो पन्जाबी पाजी सिंह को independece स्पीच पढ्ने मौका पायियो, उनले आफ्नो भासन को पहिलो अनुछेद मै भनेका छन्, “The rate of our economic growth has been better than most other countries in the world. This shows the strength of our economy. Today, India stands among the fastest growing economies of the world. As the world’s largest democracy, we have become an example for many other countries to emulate.
मलाई त सारै लोभ पो लगेर आयो स्पीच पढेर , हामी नेपाली ले एस्तो कहिले सुन्न पाउने होला.
मन परे हरियो, नपरे रातो
11
3
कस्तो दुख लाग्छ,, हामी नेपाली, भारती मुलुक लै मन पर्दैन . तर यो वेब मा इन्डियन फिल्म को खबर किन लेखेको होला कुन्नि…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
17
मलाई त यो फिल्म धरै राम्रो लाग्यो सबै लाई पनि राम्रै लाग्छ होला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
यसपालीको summer मा hollywood को box-office हिट लियो नार्दो क्याप्रीको “Inception” हेरेपछी उठेको जिज्ञासा र कौतुहलको समाधान हुन् नपाउदै bollywood को धमाका “पिप्ली लाइभ” ले दक्षिण एसियाली संमाजको विषमताको धरातलिये येथार्थमा पुग्न बाध्य बनाइदियो !
एक ब्यक्ति अर्को ब्यक्तिको सपना भित्र छिरेर बिचार वा आइडिया अर्को ब्यक्तिको अव-चेतन मनमा transplant गर्ने वा extract (झिक्ने) जस्तो कथा-बस्तु हेरेर पश्चिमी चेतना र imagination ले के मात्र दंग बनाएको थियो, अमिर खानको पिप्ली लाइभ हेरेपछि भारतको उरिशाको पिप्ली गाउको नथ्थुलाइ परिवार पाल्न आत्मा-हत्या गर्ने एक मात्र option बाँकी रहेको grass-root को कथाले पश्चिमी “भरेको” पेटको imagination (Inception) र पूर्वी “भोको” पेटको imagination (पिप्ली लाइभ) को अन्तरलाइ छुटाई दिएको छ!
राजनीतिग्यहरुको के कुरा गर्नु ? राजनीतिग्यहरुकोलागी “गरिबी” शब्द मार्केटिंग गर्ने बस्तु हो -त्यो सबैलाई थाहा छ ! तर मिडिया वालाहरुपनि व्यापारिक स्वार्थको अगाडी समाज प्रति खोक्रो भूमिकामा बाँधिएको हुँदो रहेछ भन्ने कुरा पिप्ली लाइभले देखाएको छ ! चलचित्रमा नथ्थुले आत्माहत्या गर्छ वा गर्दैन भन्ने कुरालाइ “मात्र” मिडियाले जसरि समाजमा blown-out गरेर सनसनी मच्चाउछ तर गरिबीमा पिल्सिएको नथ्थु भित्र के गुज्री रहेको छ भन्ने कुरामा मिडियाले interest राख्दैन !
यो सत्य हो कि “बजार” बिना धनको सिर्जना सम्भव छैन तर बजारले मान्छे देखि हरेक चिजलाइ “बस्तु”मा परिवर्तन गर्छ ! नथ्थु एक बस्तु हुन् जसको मार्केटिंग गरेर प्रतिशपर्धि राजनीतिग्यहरु सत्ता पाउन चाहन्छ, र मेडिया वालाहरु महँगो र धेरै बिज्ञापन बेच्न चाहन्छ ! पिप्ली लाइभ सन् १९९० देखि बजार अर्थतन्त्र भित्राएको कृषिमा आधारित ग्रामिण भारतको कथा हो !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
मैले नि हेरे तर i did not get a touchy sad momets (even though story is touchy enough), mixing of humer in movie is not appropriate( not synchronized)
तर अहिले को इन्डियन र नेपाली मिडियाको असली रुप चै मजाको छ
अर्को कुरा यो नेपाल भारत को साझा कथा हो , यसमा धोति र बिहारी भनेर गाली गर्नु को तुक देख्दिन. भारतमा बनायो त के भो र रचना रचना नै हो , राम्रो लाइ राम्रो भनु ,
सत्य तितो छ
We only compare poverty of nepal and india , but never compare indian Econimic growth (=10%) with Nepal(=3-4%)
तर यसको मतलब सिमानाको कुरा , कालापानी को कुरा , भारतीय राजनैतिक हस्तछेप टुलु टुलु बसेर हेर्नु चै हैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
मलाई फिल्म निकै मन पर्यो यो हाम्रा देशका नेताहरुलाइ पनि देखाउन पाए हुन्थ्यो कसो?
मन परे हरियो, नपरे रातो
7
4
आफ्नो अंगमा भैसी नदेखनीहरु गरिबी बेचेर आमिर खानले पैसा कमायको कहाँ देक्चान ra
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
22
शिर्षक र कथाबस्तु सुन्दा त पक्कै पनि फिल्म राम्रो र समय सान्दर्भिक बनेको छ जस्तो छ त्यसो त आमिर खानका फिल्महरु अरुको तुलानामा मलाई मन पर्छ त्यसैले पक्कै herinchha aba yo फिल्म……
मन परे हरियो, नपरे रातो
6
5
इन्डियन धोतीहरुको बारेमा लेख्ने लाखौ छन्, करोडौ छन्, त्यसैले तपाई आफूलाई नेपाली भन्नु हुन्छ भने उनीहरुको सिनेमाको रट लगाउन छोड्नुस, बिज्ञापन गर्न छोड्नुस! बरु भन्नुस आज सम्म तपैले कतिवटा नेपाली सिनेमा हेर्नु भयो र तपाइको प्रतिक्रिया के छ?
लेख्ने छ भने केहि नेपाली लेख्नुहोस- गोरखामा अदुवा खेति कसरि गर्न सकिन्छ, फेवातालको सरसफाई कसरी गर्न सकिन्छ, नेपाली छमछ्मी कार्यक्रम को भविष्य; नेपालमा अहिले सम्मका हेर्न लायक चलचित्र, नया जिरे खुर्सानी जस्ता हास्य कार्य कार्यक्रमको प्रभाबकारिता; नेपालको ब्रेन ड्रेनको समस्या, नेपालमा साना प्राविधिज्ञ जनक शिक्षा, you name them!
भारतको गरिबी त थाहै छ नि! दक्षिणमा सम्पन्नता र उत्तरमा बिहारी भिखारीहरुको गुन्डागर्दी! बिहारीहरुले नेपाली नागरिकता किनेर नेपालका मन्त्रि पनि भै सके एता पट्टि, अनि अर्को पट्टि नक्कली लुम्बिनी बनाउदै छन्! थाहा छैन र?
बरु लेख्नुस न लसुनमा मात्रै भए पनि आत्म निर्भर हुने कसरी भनेर! कमसेकम खासाबाट ल्याउनु त पर्ने थिएन!
हरे शिब!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
148
44
जिल्लाबसी बाबुराम, तिम्रो त सार्है दरिद्र सोच रहेछ, सधै भरि आफ्नै अनि देश को मात्र कुरा गर्नु पर्चा भन्ने के हि छ?? फिल्म ले मनोरंजन मात्र होइन के हि ज्ञानमूलक संदेश नि दिन्चन भन्ने तिमि लै थाहा छैन कि क्या हो ? तेसो भए त बिदेशी ले लेखेको पुस्तक नि पढ्नु भएन, PIPLI LIVe हेर तिमि ले धेरै कुरा सिक्ने छौ ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
28
म गाडी (नेपाल) डुब्न लाग्यो लौन तानेर निकालौ भन्दै छु, तपाई चाहिँ त्यहिँ गाडी भित्र बसेर
कुन संगीत सुन्ने भन्दै बिदेशी क्यासेट हाल्दै हुनुहुन्छ!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
37
–कृष्ण प्रशाद कोइरालाले बिराटनगरमा हुलाक खोली पाउँ भनी माग गरेछन राणा सरकार संग| धरै अनुरोध पश्चात राणा सरकारले हुलाक त खोली दिएछ तर प्रयाप्त चिठी न आएमा हुलाक बन्द गरिदिने शर्तमा! चिठी पठाउने हरुको संख्या एकदमै कम भएकोले कोइरालाले दिन को ४ -५ चिठी आफैले लेखेर पठाएर हुलाक बचाए छन्! नेपालका धेरै कला र व्यापार क्षेत्र त्यसै हुलाकको अवस्थामा छन्! भारतसंगको व्यापार घाटा अदित्यादि भनी रहनु परोइन!
– ब्रिटिशले इंडियामा सिगरेट पिउने लाइ उल्टै पैसा दिन्थे रे, आफ्नो समानको व्यापार विस्तार गर्न!
– गान्धीहरुले भद्र अवज्ञा आन्दोलन गर्दा खादी मात्र लगाएर ब्रिटिश मालको प्रयोग नगरेको कुरा मनन योग्य होला! इन्दिआमा ब्रिटेनको घोसित् उपनिवेश थियो भने नेपाल अघोषित उपनिवेश इन्डियाको!
दबाई तितो हुन्छ मित्र!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
32
जिल्लाबशी बाबुराम जी,
यँहाको लेख प्रतिकृया हेर्दा मलाई माथि देखी नै यो मान्छे त पक्का नेपाली मात्र मन परौने पो रहेछ जस्तो लागेको थियो। आफै पढ्नुस् माथि का पंतिहरु , पिप्ली भन्ने सिनेमा हेर्यो भनेर तपाईंले गाडी डुबेको भन्नु भयो अनी यहाँ फेरी
– ब्रिटिशले इंडियामा सिगरेट पिउने लाइ उल्टै पैसा दिन्थे रे, आफ्नो समानको व्यापार विस्तार गर्न!
– गान्धीहरुले भद्र अवज्ञा आन्दोलन गर्दा खादी मात्र लगाएर ब्रिटिश मालको प्रयोग नगरेको कुरा मनन योग्य होला! इन्दिआमा ब्रिटेनको घोसित् उपनिवेश थियो भने नेपाल अघोषित उपनिवेश
तपाईं भन्न मन लगेन अब त,
यि कुराहरु तिमीलाई कसरी थाहा भयो यार? तिमी त खरो नेपाली पल्टिन खोजेको थियो त । ढोङी मात्र नबन यार, सहि कुरा को अध्ययन जे जस्को भये पनि गर्न पर्छ, पढ्न पर्छ हेर्न पर्छ, देख्न पर्छ । तर filter गरेर कति कुरा सिक्ने र कती कुरा बिर्सिने पनि गर्नु पर्छ। नत्र त ज्ञान भन्ने कहाँ बाट आयो र तिमी लाई पनि ??? होइन र?
आइन्दा ढोङी नबन, सहि कुरा लेख । तिम्रा धेरै कुरा सहि पनि छन , तर केही ढोङी मात्र पनि छ ।
हो, मलाई कोही ईण्डियन देख्दा पनि रिस उठ्छ , उसै मा म सम्पूर्ण ईन्डिया को पेलाई देख्छु , तर पनि म तिन्को कुरा हरु सुन्छु अनी पढ्ने पनि गर्छु ।
मन परे हरियो, नपरे रातो
2
2
निरौलाजी,
प्रतिक्रियाको लागि धन्यवाद!
मेरो शब्द भन्दा सार बुझिदिनु होला, त्यहिँ नै काफि छ!
सकभर कश्मिरको भन्दा मार्फाको स्याउ खान बानी पारौ भन्ने
मेरो सार हो!
अनि अर्को कुरा, यो लेखमा मेरो कुनै व्यक्तिगत स्वार्थ लुकेको
छैन, मात्र म मरे पनि नेपाल बाची रहोस भन्ने नै भावना हो! त्यसैले कृपया
मलाई तिमी हैन, तपाईं नै भन्नुस, तपाइको प्रतिक्रियाको शुरुमा जस्तै!
मन परे हरियो, नपरे रातो
2
1
हासो उठ्यो यार लेख लेखेर त सबैको चित्त बुझुना गाह्रो हुने रहेछ कम गरेर त झन् कसरि बुझाउनु?
मन परे हरियो, नपरे रातो
12
4
ल ल मित्रको कुरामा (खोक्रै भयपनी) दम छ! तेसोभय यो पिप्ली लाइभ नहेर्ने निर्णय भयो हैनत? अनि अरु हिन्दी सिनेमा पनि नहेर्ने ल ठिक छ! तेसै गरौ है त?
फेरी मित्र खुसुक्क र सुटुक्क हाल छिर्लाउ नि, हामीलाई यत्रो बबाल ध्वास दिने अनि आफु चाहि खुसुक्क हाल छिर्ने दाउ ले फेरी बाबुराम हामीचाहि जिल्ल बसी हेर्नुपर्ने होकी?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
जिल्लाबासि बाबुराम जी को भनाईमा दम छ है !! भारतीय धोतीहरुको कठपुतलीहरु यस्तै हुन् भुक्छन टोक्न खोज्छन तर डराउनु पर्दैन बाबुराम जी लेख्नुस यी भारतीय कठपुतलीहरुको धोति फुस्कने गरि लेख्नुस !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
बाबुरामजी नमस्कार , कुरो त तपाई को ठिकै हो तर,कुरो गर्ने नहुने ,छल फल गर्ने नहुने त हैन होला नी हो ?सबै बाट राम्रो कुरो त सीक्दा त राम्रै होला!भारत ले हामीलाई हेपेकै हो तर तीनी हरु ले हामीलाई हेप्न नसक्ने कसरी हुने भन्ने कुरा भारत बाट नै हामी लाइ सीकन सजिलो हुन्छ!यो कुरा पनी भुल्न भएन!
मन परे हरियो, नपरे रातो
7
7
मैले त हेरी यार आज राम्रो रहेछ नि …..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
18
के फिल्म को कुरा गर्नु भा ?आफ्नै देसमा अस्ति भर्खर गरिबको कारणले गर्दा हस्पिटलमा आफ्नी सिकिस्त बिरामी को उपचार गर्न आर्थिक स्रोत नभयकोले आफ्नी श्रीमतीको त्यो हालत देखन नसकेर hospital मै आत्महत्या गरेको होइनर र फेरी दिनौदीन कति पहिरोमा पुरी मरेका छन त कतै बाडीले कति मानिस मरिरहेका छन अनि घरखेत नै बगायका छन ..तै पनि सरकार टुलु टुलु हेरिरहेका छन ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
5
लौ मैले पनि हेर्दिने भय उसो भय त….तपाई को कुरा सुन्दा त फिल्म ठिकै छ जस्तो लागो उत्तम जी.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
22
मलाइपनि हेरु हेरु लाग्यो अमिर खान को फिल्म राम्रो नै होला
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
21
तेसो भा भोलि हेरी दिउला नि त लु जा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
24