मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सुदले बुझ्नै मानेनन् यो पत्र

    आफ्ना केन्द्रीय नेता र सभासदलाई भारतीय काउन्सिलर ज्यान मार्ने धम्की दिएको विरोधमा पत्र बुझाउने कार्यक्रम थियो माओवादीका नेताले। तर भारतीय राजदूतले चोरको खुट्टा काट भन्दा आफै खुट्टा उचाले झैँ पत्र नै बुझ्न मानेनन्। टाइम छैन भन्दै उनले पत्र बुझ्न अस्वीकार गरेपछि दूतावासमा दर्ता गराइएको प्रचण्डले लेखेको पत्र यस्तो थियो-

    एउटा विदेशी दूतावासका कर्मचारीले देशका सभासदलाई ज्यान मार्ने धम्की दिँदा पनि सम्बन्धित पार्टी बाहेक अरुलाई कुनै चासो नहुने कस्तो असंवदेनशील परिस्थिति बनेछ बा अहिले है !

    एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    केन्द्रीय समिति
    महामहिम राजदूत,

    भारतीय दुतावास, लैनचौर, काठमाडौं।

    विषयः विरोध पत्र।

    महाशय,

    हामी दुई छिमेकी मुलुकहरू नेपाल र भारतबीच लामो समयदेखि कुटनैतिक सम्बन्ध रही आएको छ र जनस्तरमा समेत घनिष्ट सम्बन्ध छ। हाम्रो पार्टी, नेपाल र नेपाली जनता हामी दुई देशहरूको बीचमा सुमधुर एवं असल मैत्री सम्बन्ध विकास होस् भन्ने चाहान्छ र त्यसदिशामा प्रयत्नरत छ। दुई सार्वभौम देशको बीचमा पारस्परिक सम्मान र समानताका आधारमा हुने सम्बन्ध एवं व्यवहारले नै दुई छिमेकीको बीचमा हामीले अपेक्षा गरे अनुसारको असल मैत्री सम्बन्धको विकास र सुदृढीकरण हुन सक्दछ। त्यसप्रकारको सम्बन्ध दुवै देशको हितमा हुनेछ। तर त्यसको विपरित नेपाल र नेपाली जनताले भारतद्वारा नेपालको राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनताका विरुद्ध उत्पीडन एवं हस्तक्षेपको अनुभूति गर्न परिरहेको दुःखद स्थिति विद्यमान छ। नेपाल अहिले राजतन्त्रको अन्त्य एवं गणतन्त्रको स्थापना जस्ता युगान्तकारी परिवर्तनहरूसहित ऐतिहासिक संक्रमणलीन अवस्थाबाट गुजि्ररहेको अवसरमा नेपाली जनता चाहन्छन्, नेपाल र भारतबीचको सम्बन्धमा रहेको यो दुःखद स्थितिलाई अन्त्य गरी हाम्रो सम्बन्धलाई गुणात्मक रूपमै नयाँ आयाम दिन सकियोस्। हामीले भारतबाट यस दिशामा नयाँ शीराबाट सकारात्मक ढंगले सोचिनेछ भन्ने अपेक्षा गरेका हौं। तर दुःखका साथ भन्नु परिरहेको छ, भारत जस्तो छिमेकी मुलुकबाट अहिले पनि हामीले नयाँ आधारमा नयाँ सम्बन्ध होइन, पुरानै उत्पीडन र हस्तक्षेपको कटु व्यवहारको निरन्तरता पाइरहेका छौं।

    यस परिवेशमा हालै मात्र नेपाल स्थित भारतीय राजदुतावासका काउन्सिलर सुब्रत दासद्वारा हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य एवं संविधानसभाका सदस्य माननीय रामकुमार शर्माप्रति गरिएको अपमानपूर्ण, अभद्र एवं घम्कीपूर्ण अभिव्यक्तिजन्य व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। काउन्सिलर सुब्रत दासद्वारा रामकुमार शर्मालाई आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वारलाई विजयी बनाउने उद्देश्यका साथ गर्नुभएको प्रचार अभियानप्रति आपत्ति प्रकट गर्दै त्यसलाई बन्द गर्न धम्की दिइएको, सभासद पदबाट हटाउने पत्र पठाइने जस्तो आफ्नो कार्यक्षेत्रसँग विल्कुल असम्बन्धित कुरा गरिएको र अपहरणसम्म गर्न सकिने चेतावनी दिइएको कुरा सार्वजनिक भइसकेको छ। त्यतिमात्र होइन भारतीय राजदतावासद्वारा सञ्चालित केन्दीय विद्यालयमा अध्ययनरत शर्माकी छोरीलाई विद्यालयबाट निस्काशन गरिने “निर्णय”समेत भइसकेको ँजानकारी’’ गराइयो। एउटा कुटनीतिक निकायको जिम्मवार व्यक्तिबाट भएको यो कार्य कुटनीतिक सीमा एवं मर्यादाको घोर उलंघन हो। यसबाट सार्वभौमसत्ता सम्पन्न नेपालको संविधानसभा, व्यवस्थापिका-संसदको अपमान, नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि ठाडो चुनौति र नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने दुःसाहस भएको स्पष्ट हुन्छ। त्यसैकारणले व्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय तथा मानवअधिकार सम्बन्ध समितिले यस विषयलाई गम्भीरतापूर्वक लिई राजदुतावासको सम्बन्धित कर्मचारीलाई देश निकाला गर्न सरकारलाई निर्दैशन दिइसकेको तथ्य पनि सार्वजनिक भइसकेको छ।

    महाशय, हाम्रो पार्टी एकीकृत ने.क.पा. -माओवादी) राजदुतावासका कर्मचारीबाट भएको यस कार्यको तीब्र निन्दा एवं भत्र्सना गर्दछ। र, कुटनीतिक निकायको सीमा एवं मर्यादालाई सम्पूर्ण रूपमा उलंघन गरी गरिएको यसप्रकारको कार्यप्रति सम्बन्धित निकायबाट क्षमा याचना गर्न तथा सम्बधित व्यक्तिलाई फिर्ता पठाउन माग गर्दै यो विरोध पत्र प्रस्तुत गर्दछ। हामी आशा एवं अपेक्षा गर्दछौं की भारत सरकारले यो विरोधपत्रलाई गम्भीरतापूर्वक लिनेछ र यस प्रकारका गल्तीहरू सच्याउँदै दुई देशको बीचमा असल मैत्री सम्बन्ध विकास गर्न नयाँ शीराबाट सकारात्मक ढंगले सोच्नेछ।

    अन्त्यमा, हाम्रो लागि नेपालको राष्ट्रिय सार्वभोमिकता, भौगालिक अखण्डता र स्वाधीनताको रक्षा सर्वाेपरी रहेको छ। तर साथसाथै हाम्रो पार्टी नेपाल र भारतको बीचमा पारस्परिक सम्मान र समानतामा आधारित असल मैत्री सम्बन्ध विकास गर्न पनि प्रतिबद्ध छ।

    ०६७ भदौ १
    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    अध्यक्ष

    No related posts.

    73 comments to सुदले बुझ्नै मानेनन् यो पत्र

    • karma gole

      अब हरेक नेपालीले बुझ्न जरुरि छ असत्य माथि नेपाली यक भै लड़नुपर्छा
      ल साथी हो ! नारा घन्काउँ !
      भारतीय विस्तारवाद मूर्दावाद !
      भारतीय हैकमवाद मूर्दावाद !
      सबै खाले हस्तक्षेप बन्द गर !
      सूद चोर देश छोड !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Gokarna

      जब सम्म नेपाली राजनीतिमा सत्तामा पुग्नको लागि भारतलाई रिझाउनु पर्ने अवस्था रही रहन्छ भने राम कुमार शर्मा कुनै दिन न्यू रोडको ब्यस्त सडकमा ढालिने छ र नेपालको ठुला ठुला राष्ट्रिय तथा अराश्ट्रिय खबर पत्रीकाले लेख्नेछ यसमा भारतको हात छ र लैन्चौरको सरकारले भन्नेछ निराधार आरोप । राम कुमार शर्मालाई अहिले कुनै खत्रा छैन । जब अहिलेको घटना नेपालीले बिर्स्यो होला भन्ने भयपछी खत्रा बद्छ उहालाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bishojit karki

      भारतीय दलाल सुदलाई भारतीय धोति लगाएर सिमाना कटाउनु पर्यो / त्यो दलाल संघ जति पनि नेपाली दलाल छन् तिनीहरुलाइ पनि देश निकाला गरे मात्र नेपालमा शान्ति आउने थियो …..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • ANOJ, Afghanistan

      साथी हरुले लेखेको कुरा हरु मैले हेरे धेरै साथी हरु ले लेख्नु भएको रहेछ, कि प्रचण्ड जी भारत मा बस्नु भएको युद कल मा, भनेर, हजुर हरु पढेलेखेको मान्छे हरु हुनहुन्छ कि प्रचण्ड ले भारत मा बसेको को भनेर भारत ले जे भन्यो तेही मान्ने त ? प्रचण्ड लगाएत माओबादी पार्टी ले नेपाल मा धेरै गरि सकेको छ, बिगत क ९ महिना मा, पशुपति को पुजारी , डी. पी आर को हस्ताचर नगरेको, किन भने तेहा भारत को एकलौटी फाइदा थियो, मा तपाई हरु लै धेरै लेखना चाहन्न किन कि तपाई हरु ले बुझ्नु भयो होला नेपाल मा माओबादी ले जति भारत को बिरोध गरेको छ, तेती नै अरु भारत क दलाल पार्टी हरु मा दम भएको भए अहिले येसरी नेपाल हेपिनु पर्ने थिएन जस्तो लाग्छा कि कसो साथी हो …….?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Ramesh Thapa

      होइन, रजिस्ट्री हुलाक मार्फत पठाए भै गो नि | सूद लै इमेल गरेको भा पनि त हुन्थ्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 9

    • Prem Thakur

      पचंदा जी लै हार्दिक सुभ कामना छ . सहि कुरा लै लिअरा बिरोध गर्नु ठिक हो अरु नेता हरु त चकारी बाट फुर्सत हुदैन के को बिरोध गर्नु ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 5

    • Prem Thakur

      पर्चंद जी ले लेखे को पत्र सुद ले ब’झनु पर्ने हो तर स] सुर हो सुद को प्रचण्ड जी ले त आफ्नो लागि लेखे थिअनन नि उनि मानव अधिकार हान्न भयेओ तेस्तो ज्जिम्मेवर बेक्ती ले बेक्ती ले औता जिम्मेवार बेक्ती लै तेस्स्री किन भने को . अरु महान हस्ती हरु त् मुख हेरेर बसे कमसे कम पर्चंदा जी ले तेस्को बिरिध गर्नु भयेओ ? येही नै ठुलो कुरा हो सुब नेता हरु ले एस को बिरोध गर्नु पर्छा /पर्चंदा जी को साथ दिनु पर्छा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • Akash

      माओबादीलाइ लाल सलाम !! कसैले लेख्न्न नसकेको पत्र लेखेकोमा ! सुदले कसैलाई मार्देंछु भन्दैमा किन डराउने… सुदलाई नै मरिदेउ, कुरै खत्तम…

      India wants to play with fire, let them play hard, we’ll make sure that we’ll burn them to ashes…….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 2

    • यो यक्दमै दुखको खबर हो हाम्रो लागी .यो भारतले हाम्रो देश माथि गरेको हस्तक्षेपले गर्दा खेरी अज देशको अस्मिता माथि नकारात्मक असर परिरहेको छ . नेपालको आतंरिक मामिला प्रति भारतले अहिले मत्री होइना की सयौ बरसा देखि यस्ते प्रबिरती जमीइ रहेको छ . सीमा सम्मंधी भानुम, सीमा नाजिक्मा बसने नेपाली नागरिक हरु प्रति नकारात्मक ब्याबाहर अनी राजनितिक हस्तक्षेप भन्दा भन्दै अझै सभासद जस्तो गरिमामय पद्मारहेको ब्याक्तिलाई पनी धमकी दीइराहेको छ त्यों पनी नेपल्कोई भुमिबता रा पनी सर्कार चुप लगेर बस्नु भनेको कहा सम्मा हाम्रो सरकारले जनताहरुको लगी सायमा यक परसेंट पनी क्याल नगर्ने रहेछा भन्ने यही घटना बता प्रस्ता भयको छ . यदि भारतको अधिनमा रहेर काम गरेना भानेता हम्रनेतःरू ले कुर्सी घुमने डरले गर्दा खेरी रा यदि उनीहरुलाई नेपालमा अप्त्यारो परेको अबस्थामा बस्थानको लगी मुक्य गंद्ब्या पनी भारत भयको ले गर्दा खेरी अज हाम्रो देशेमा भारत बात यस्तो अनाबिया कम भैराहादा पानी हाम्रो सर्कार चुप लागिराहेकोक छ. अबा भारतको प्रतिकारको लगी सर्कार हिना सबै ऍम नेपाली येकबदाता भैई दतेरा सामना गर्न सकीना भने भोली देशको यस्थिति अझ नराम्रो हुना जन्छः., अहिलेको नेताहरूले यो देशलाई सुधरने पक्क्षेमा होइन अकी यिनिहरूले अझै यस्ते परब्रितिले ता सेस्लाई दुबौछां . तेसैले अबा नया नेत्रुताको अबसयक छ हाम्रो देशम.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • roshan shrestha

      सुद को दारी मा मट्टीतेल लगाएर आगो सल्कयेपछी मात्र ठिक हुन्छा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 3

    • sabik

      भारतको गुन्द्दा आर नेपालमाको मन्त्रीलाई त नेपाल मै त्यो पनि राधानीमा ढुक्क संग हत्या गर्दिनछ,के गर्दिनछ भन्ने हो गरेकै हो मिरिजलाई,भारत को गुन्द्दा आयर नेपालमा धेरै बेपारी,नेपाल को हित चाहने बेक्ती,हरुलाई भारतको गुद्दाले सखाप पार्दै,आको इतिहास छ,तर आज सबै लै थाहा भैसक्यो ति गुण्ड नभई कन भारत सरकारको चाल थियो,के हाम्रो देस को एम्बस्सी ले कुनै अरुदेसमा गर त्यहाँको संसदलाई मर्ने दिम्की दिन सक्छ,तर भारत ले त एम्बस्सी को नाममा हाम्रो देसमा गुन्डा गर्दी को अखडा नै खोलेको छ र तेस्को नाइके नै सुद हो,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 1

    • Kisan

      सके जनतन्त्र नसके जन+राज तन्त्र को स्थापना नै आजको आबस्यकता हो, यसैमा नेपालको सान्ति अनि विकास छुपेको छ! भारत नेपालमा सान्ति चाहदैन असंतिमा अनेकौ सम्झुतामा नेपाल निल्न चाहन्छ र निली रहेको पनि छ ! जब सम्म हामी गिरिजा एण्ड कम्पनि, माकुने र मधेसी मोर्चा को सिकार बनिरह्न्छौ भारतले खेलिरहन्छ ! खैर, मकुनेले राजिनामा दिएर भारतलाई चाही अलिकति अप्ठ्यारोमा परेको सत्य हो कि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

    • सत्य रामाराम यो देशमा मेरो केहि चलनी भा भए , त्यो सुद को दारी समातेर फन-फनी घुमाई दिन्थे ! कुटनैतिक मर्यादा न सर्यादा , हद हुन्छ नि यार, पेल्नुको पनि ! अब त्यो चिट्ठी नलिएको पनि हेपेको त हो नि, “तिमि मुलाहरुको चिट्ठी लिन्न जाओ, जे गर्छौ गर भनेको त हो नि ”
      अनि घैटोमा घाम नलागेका नेपालीहरुलाई चै “जय नेपाल” भन्ने हरु लै कम्युनिस्ट ले र “लाल सलाम ” भन्ने हरुलाई काँग्रेसले रातो ठिक लगाउदै मा ठिक छ |
      “जय नेपाल” भनेको नेपाल को जय होस् भनेको हो , सबै नेपालीले भने हुन्छ !
      “लाल सलाम” भनेको क्रान्ति को प्रतिक अथवा शहीदलाइ सम्मान भनेको हो , त्यो पनि सबै नेपाली ले भने हुन्छ !
      एस्तो झिनो मसिनो कुरा कम्फु खेलेर बसेपछि सुद होस् कि मुत होस्, सबै ले हेप्चन !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 2

    • khoj rai

      न त पसुपतिको पुजारी निकालियो नत ८ जना ओउक्सा परप्ता आर्मी लै न त रुकमान
      लाई केको सुद लाई ? २ दल कांग्रेस एमाले नौरण को बल लगाएर दिल्ली धाएर थामी
      राखे भने अब सुद लाई यिनी हरु ले कसरि हटौलारा होइन भने एउटा नेपाल को संसद
      लाई मर्ने धम्कि दिँदा के हेरी बसेका छन् १०६ नेपालका संसद हरु जुम्रा हेरेर बसेका छन् ?
      माथिका ३ टिन कुरा ले के गर्नु खोजेका थिए हामी बुझने कोशिस गर्नुपर्छ ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 1

    • Luna

      यो हद सम्मको स्थिति मा नेपालको ऐलेको काम चलाउ सरकार चुपचाप बसेको छ .
      काम चलाउ नै भए पनि मुलुकको सरकार त हो नि , लाज पचाएर चुपचाप छ .
      माबोबदी पार्टी पार्टी पछिको ठुलो पार्टी काग्रेस पार्टी पनि चुपचाप छ !
      सायद खुचिम खुचिम भन्दा हुन् नेपाल आमाका कपुत हरु !
      तर जनता चाहे एमाले मा आस्था राख्ने हुन् या काग्रेस या अन्य मा , आज तिनको
      मन दुखेको छ . उदाहरण हेर्न टाढा जानु पर्दैन यै माइसंसार का पाठक साथीहरुको
      कमेन्ट हेर्दा था हुन्छ तिनको हिर्दयाले शूद हरुले हाम्रा नेताहरुलाई गरेको अपमान
      को बिरोध कसरि गरेका छन् !
      कति फरक हुदो रैछा राजनैतिक नेताहरु को मन र जनताको मन !
      शूद हरुको यो हद सम्मको हेपाहा ब्यबहार ले अन्य दलका राजनैतिक नेताहरुको मन नचर्राए पनि नेपाली जनताको मन भने घाउमा नुन चुक दले झैँ भ को छ .
      छि : यो हद सम्मा गिर्दै गएको देख्नु पर्यो नेताहरु ! छि : छि :
      जनता जनार्दन हुन् , जति जति यी नेपाल आमाका कपुत हरु नांगिदै जाने छन्
      उति उति जनताको आखामा यिनका भित्रि रुप उदान्ग्गीदै जाने छ !
      भारतीय हैकमबाद मूर्दाबाद !
      भारतीय हैकमबाद मूर्दाबाद !
      भारतीय हैकमबाद मूर्दाबाद !
      नेपाल आमाका सपुत रास्ट्र भक्त नेताहरुलाई लालसलाम !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 20

      • rashmi nepali

        लुना जी,
        एउटा भारतीय कर्मचारी आउदा लाइन लगाएर गोप्य दर्सन भेट गर्न जाने माओबादी पार्टीले बिरोध पत्र पठाउदा सुद ले दर्सन नदिएर के नै गल्ति गर्यो? हिजो १० वर्ष सम्म भारतमा बसेर उनीहरुकै इसारामा नेपाली जनतालाई मर्ने अनि सारमा जस्ता भारतीय दलाल लाइ पार्टी मा ल्याउने भारतलाई खुसि पर्न, आज भारतले आफ्नो दलाल लाइ लात हान्दा उनीहरुलाई बिरोध पत्र बुझाउनुको के अर्थ त्यो पनि सम्बन्ध सुधार को भिख मागेर?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 39

        • Luna

          रश्मि जी !
          के कस्ता कारणहरुले यसरी हाम्रा नेताहरु उनीहरुलाई भेट्न लस्कर लाग्नुपर्ने
          बाताबरण बन्यो, यो कुरा हामीले बुझ्नुपर्छ । तर.तर “नेपाली माबोबादिले भारतको इशारामा नेपाली जनतालाई मारे” तपाइको
          यो भनाइ संग म सहमत छैन ।
          युद्द भएकोथ्यो । किन भयो ? यसका कारणहरुमा ध्यान दिनुभएको भए तपाइले यसरि जथाभाबी आरोप लगाउन सक्नु हुन्थेन ।

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 13

          • ashray

            लुना जी अनि के कति कारण ले गर्दा माओबादी का रामकुमार शर्मा ले आफ्नी छोरि लै भारतीय दुताबास मा पढाएका नि? हिन्दी सपार्न लै हो? के काठमाडौँ मा अरु राम्रा school /college छैनन्? एस्ता कारण अनि यौटा साधारण कराचारी लाई पुरा अधछ उपादक्छ भेट्नु को कारण तपाई हरु जस्ता माओबादी लाई नै थाहा होला……

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 18

          • Sandesh

            रश्मि,

            Indians were not aware that Prachanda and Baburam were living in India when they were hiding out, and we all thought that they lived in Rukum and Rolpa?

            Prachanda and Baburam have themselves agreed that Indians let them live there in Dehli and Nepali politicians used to visit them for talks….

            Everything is bullshit, and Prachanda knows how to play with the mind of Nepali people… NOBODY HAS THE RIGHT MIND right now in Nepal…..

            so we dont really have to praise anyone… or speak bad about a foriegn country unless you have the RIGHT PROOF of what they are doing…..

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

        • Akash

          रश्मि जी,
          १० वर्ष सम्म लडाई गरेर १३००० भन्दा बढी नेपाली जनताहरु मर्यो, त्यो १३००० जनताहरु माओबादी थियो ! अब भन्नुस, के माओबादी ले माओबादीलाइ नै मार्छ त ? त्यो १३००० जनता त त्यो बेलाको नेपाल सरकार ले मारेको थियो, माओबादीले होइन ! १३००० जनता ले देश को लागि आफ्नो रगतको बलिदान दियो, तपाइले के दिनुभयो ? दिनुभएको छ केहि ? माओबादीलाइ गालि बाहेक….

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 6

      • सत्ता मा हुदा त राम्रो काम नगर्ने ले ऐले त झन् गरे नि हुन्छा नगरे नि हुन्छ… पैले चै राजिनामा दे भएर भन्ने ऐले सरकार छोडे पछी काम गरेन भने … जे गरे नि जस छैन बा… खाली लाल सलाम मात्र…. कति पुञ्ज गर्छु जनता हो पार्टी को… अब छोड कुनै पार्टी पनि सद्दे छैनन् है.. आफु आफुनै गरि खाए बेश हुन्छा… प्पर्ती को पछी अन्ध भक्त भएर नाकुदु

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • Sumkoi, Australia

      यो सबै माई संसार मा भुकेर केहि हुने वाला छैन. आज इन्डियन राजदुताबास बा चिठी थमाएका छन् भोलि कोहि सभासद बिरामी भयो भने इन्डियन होस्पितल मा भर्ना हुन त्यहिँ सुद संग सोर्ष लाउन पुग्छन. यहि त हाम्रो नेता हरु को कमजोरी छ. यो सबै नाटक गरेर हामी जनता लाई thangna मा सुताएका हुन्. इन्डियन ले त बर्षौ देखि हाम्रा नेता हरु लाई थर्कौन्दै आएका छन् आज आएर बल्ल आँखा खुल्यो. यिनी हरु को बिरामी हुँदा जाने ठाउँ पनि इंडिया, तिर्थ गर्न जाने पनि त्यहिँ, पुलिस आर्मी ले लाखेद्ड़ा भाग्ने ठाउँ पनि त्यहिँ, अब कुन मुख ले सुद लाई कारबाही गर्छन यिनी हरुले. प्रचण्ड पनि उही द्यंग को मुला हो. यदि यस कुरा मा सच्चाई छ भने र प्रचण्ड sachainai नेपाल को राष्ट्र बादी नेता हुन् र भारत लाई challange गर्ने आट छ भने मौका यहि हो हेरौ के गर्दा रहेछन. एमाले कांग्रेस रा प्रा प्रा मदेश पार्टी कसै बाट केहि हुने बाला छैन. यदि माओबादी हरुले पनि जनता को अगाडी खोकेका मात्रै हुन् भने त मेरो केहि भन्नु छैन.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 18

    • Arjun

      सभासद रामकुमार शर्मा लाई धम्कि आएको दिन तमलोपा बाट सभासद खारेजी को पत्र पनि पठाइयो! यो कुरा प्रस्ठ छ कि मधेश को नाममा राजनीति गर्ने ब्वासा हरु भारत बाट संचालित छन् ! नत्र १ बर्ष अगाडी पार्टी छोडेको सभासद लाई किन तेही दिन पत्र पठाउनु पर्थ्यो ? मधेस मा राजनीति गर्ने यिनै ब्वासा हरु को चलखेल हुनुमा नेकपा तटस्थ को बढी हात छ ! अझ भनौ लिट्टे कुमार र ओलीहरु यिनै मदेसी ब्वासा हरु संग हात मिलाएर नेपाल लाई सिक्किम बनाउन उद्दत देखिन्छन !
      प्रचण्ड को एस कदम को हृदय देखि सराहना !
      भारतीय बिस्तारबाद मुर्दाबाद
      शुद् चोर देश छोड
      जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 13

      • Arjun Kumar Sharma

        एउटा पार्टीको झन्डा बोकेर,घोसणापत्र लिएर कार्यकर्तालाई दुख दिएर,चुनाब जितेपछि अर्को पार्टीको झन्डा समाउने हुडारलाई के भन्ने हो ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 7

    • shyam

      सुद-सुजाता सूत सुब्रोतोले राम कुमार लाई मार्ने योजना बनायो श्याम शरण ले राम वरण लाई जसरि भए पनि राम चन्द्रलाई प्रधान मन्त्रि बनाउन दवाव दियो यहाँ एउटा राम त्रसित छ अर्को राम हर्षित

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 9

      • द्रोण

        स्याम ले श्याम सरन को भित्रि कुरो बुझे कै हुन् भने राम बरण ले रामचन्द्र लाइ कसरि पी यम बनाउन सक्छन बुझिएन |सुद ,सुट सुब्रोतो ले मार्ने योजना बनाएपनि सुजातालाई रामकुमार मारेर के फाई दा हो ,त्यो पनि बुझिएन |

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • द्रोण

      बिरोध पत्र बुझाउन गयो ,सुद ले बुजेंन अनि के कुरा त्यहिँ सकियो ?
      सुद को त्यो घोप्टे अनुहार र बदमास चरित्र सबैले बिगत मा अनुभब गरेकै हुन् ,तेसैले बरु त्यो बिरोध पत्र दिल्ली मै पठाउने ,तेस्मा सुद लाइ फिर्ता बोलाउने बुदा थप्ने ? बा अन्तरास्ट्रिय अदालत जाने आदि गर्न सक्नुपर्यो प्रचन्डले |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 66 Thumb down 3

    • sushil sharma

      अब इंडिया राजदुतावास नै बन्द गर्ने अनि भारत संग को सम्बन्ध नै बिच्छेद गर्ने अनि नेता हरु आफु आफु मा सत्ता को लागि लडाई गने जनताका समस्या हरु र देश निर्माण भाडमे जाये /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

    • ghanshyam

      i agree to k.pranchand, and mayoust is the only party in nepal which has true love to motherland,rest are workers of india. if you want to make our country better so plz you shoud think little bit. thanks.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

    • Bhuban

      हार्दिक शुभकामना !
      भारतको बिरोध गरेपछि उसको ईशारामा चल्ने अरु पार्टी ले पक्कै पनि माओबादीलाई सरकारमा जान दिने छैनन् / माओबादीले पनि सत्ता भन्दा रास्ट्रीयताको लडाई पहिला जित्ने लामो यात्रामा हिडेकोले हार्दिक शुभकामना /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 10

    • Bijaya

      यो बारेमा बिस्तृत छानबिन हुनु जरुरि छ| सभासदलाई यस्तो धम्कि आएको सत्य हो भने माओबादी पार्टीले भन्दा पनि नेपाल सरकारकै तर्फबाट भारतलाई यस्तो बिरोध पत्र दिनु पर्छ| तर सभासद द्वारा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि (उनकी छोरी भारतीय दुताबासले संचालन गरेको स्कूलमा पढ्ने हुनाले)यस्तो आरोप लागेको प्रमाणित भएमा उनि माथि पनि कानुनी कारबाही गरिनु पर्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • rakesh

      नेपाली मा लेखेको रहेछ अनि bichara सुध ले बुझिन्न येत्रो लामो चिट्ठी भनेर न ले को होला नि…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 19

      • Bhuban

        Nonsense coment ,
        तपाईलाई मन पर्ने भाषा हिन्दीमा लेख्नु पर्ने होला होइन ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 14

      • यो राकेश भन्ने मान्छे कतै राकेश शुद त होइन ?

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Dinesh Swabhiman

      नेपालको मात्र कुरा होइन म चाइना, थाईल्याण्ड , मलेशिया, सिंगापुर जुन देश मा जाँदा पनि कसैले पनि इन्डियन लाइ मन नपराउने रहेछन /

      नेपालका मात्र होइनन्, भारतका कम्युनिस्टहरूले पनि भारतलाई विस्तारवादी नै भन्छन् । छिमेकी मुलुकमाथि थिचोमिचो गर्ने हुनाले नै उनीहरूले त्यसो भनेका हुन् । भारतले नेपालमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, शैक्षिकलगायत हरक्षेत्रमा विस्तारवादी चरित्र प्रदर्शन गरिरहेको छ ।

      हामी नेपाललाई चीनबाट होइन भारतबाट खतरा छ भन्दछौँ । भारतले सिक्किम निलेपछि उसको विस्तारवादी चरित्रले अझ खतरनाक रूप लिएको हो । भारतको यही कदमले गर्दा उसका छिमेकी देश उसप्रति सशंकित हुन पुगेका हुन् । तैपनि नेपाली राष्ट्रियता जागेको हुनाले भारतले नेपालमाथि जति थिचोमिचो गरे पनि त्यसको विरोध भएको छ । कति राजनीतिक दल र तिनका नेता भारतका चम्चा भए पनि नेपाली जनता जागरुक भइसकेका छन् । नेपाली राष्ट्रियता जागृत भएकै कारण श्यामशरण र केभी राजनका हस्तक्षेपकारी कदमले मुलुकको राजनीतिक वातावरणमा त्यति विघ्न प्रदूषण फैलाउन सकेको छैन । नेपाली राष्ट्रियता बलियो भएको हुनाले नै मधेसवादी दल र एमालेलाई उचालेर कांग्रेसको नेतृत्वमा गैरमाओवादी सरकार बनाउने भारतको चाहनाले हावा खाएको हो । नेपाल को सच्चा देश प्रेमी नेता हरु लाइ लाल सलाम /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 16

      • LAXMAN

        मेरो पनि लाल सलाम स्वाभिमान जी, साच्चिनै यस्तै भैरहेको छ/ नेपाल का प्राय पुराना सबै नेता हरुनै दलाल भयपछी जनता सचेत त हुनै पर्यो/ नेपाली जनता बिचार के गर्नु आफ्नो भबिस्य बनाउन भन्दा पनि यी दलाल हरुलाई खबरदार गर्न नै धेरै समय खर्चनुपरेको छ/ देस विकास त यी दलाल हरुले नगरे पनि देस बचाउन सकियो भने त भाबी पुस्त ले बनाउने नै छ / तर देसै इंडिया लाई सुम्पियो भने त भाबी पुस्त ले धिकार्ने छ / प्राण भन्दा राष्ट्र प्यारो .. बरु विकास नभयपनि सहि तर देस लाई सुम्पनु चाही भयान ….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • ashray

      # पहिलो कुरा सबै बिदेशी द्वारा गरिएको नेपाली माथि को अन्याय, अत्याचार, हेपाहा प्रवृति को बिरोध गरौ.
      # दोश्रो कुरा अरु लाई चोर भन्नु भन्दा पहिला आफ्नो थैली को मुख बन्द गरौ……
      # तेस्रो कुरा धोतिले एती धेरै हामी माथि अस्तछेप गर्ना को कारण खोजौ अनि समाधान पनि…..

      पहिलो कुरा:
      भारतीय को हेपाहा प्रवृति को बिरोध हुनै पर्छ……भारतीय हरु को नीति नै एस्तो छ कि, छिमेकि देश को बिकाश हुन नदिने…..युद्ध मा अल्झाई राख्ने , छिमेकि मुलुक जस्तो श्रीलंका , बंगलादेश नेपाल को भलाई हुन नदिने, भुटान को त के कुरा गर्नु……..तेसैले गर्दा भारत ले जहिले पनि नेपाल को भलाई हुन दिदैन…..चाहे देश को सिमाना मिचिएको कुरा होस्, चाहे असमान सन्धि कुरा होस्, चाहे असमान व्यापार नीति सबै को बिरोध गरौ…….

      दोश्रो कुरा:
      आफ्ना समस्या को समाधान को लागि अरु को मुख नताकी, आफै मिलि समस्या को समाधान गर्ने बानी बसालौ……
      भारतीय अतिबाद, अनि हेपाहा पन को बिरोध गर्दै जाऊ….साथ साथै नेता हरु पनि, भारतीय माथि भर पर्न छाडेर आफ्ना समस्या आफै मिलि समाधान गर्न सिकौ…..

      तेश्रो कुरा:
      तर भुल्न नहुने कुरा के छ भने, यो भारत लाई एती टाउको मा टेक्न कसले दियो? १२ बुदे सम्झौता समेत, काठमाडौँ वा रोल्पा वा डोल्पा नगरी देल्ही मा किन गरियो ? कुनै नेता ले देल्ही भनेको मक्का मदिना हो भन्ने , कुनै ले प्रभु हुन् भन्दै, प्रभु संग बार्ता गर्छु भन्ने, आफ्नो अन्तरिक कुरा मा बिदेशी संग किन बार्ता गर्ने? कहिले भारतीय बिसेस दुत पठाउन अनुरोध किन गर्ने? आफ्नै देश मा १२ बुदे सम्झौता नगरी किन देल्ही मा गर्ने? आफ्नो घर मा बाउ संग झगडा गरेर छिमेकि को मा गएर बस्ने छोरा घर फर्के पनि छिमेकि ले हेप्छ……… …हाम्रो अस्मिता , हाम्रो इज्जत माथि खेलवाड गर्ने धोति लाई कदापी छाड्न हुदैन……चाहे त्यो प्रचण्ड होस्, वा उपेन्द्र यादब होस् वा सुबथा होस् वा ओली होस्, सुजाता होस् वा माकुने …..जो सुकै होस्, जसले हाम्रो समस्या को लागि भारतीय लाई गुहार्छ, ….हामी नेपाली मिलेर तिनलाई तह लगाउनु पर्छ / हाम्रो खुसि पनि हामी संग नै साटऔ अनि दुख पनि मिलेर समाधान गरौ……
      हाम्रो इज्जत, अस्मिता, सर्भामौकिता, अखण्डता माथि जो जो आइ लाग्छन, सबै मिलि जाई लग्नु पर्छ…”जय नेपाल”….”जय नेपाली”……
      Thank you.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 16

      • पुष्प

        आश्रयजी,

        तपाईंको पहिलो र दोस्रो कुरामा सहमत । तर जसरी तपाईंले तेरो कुरामा माओवादीलाई अवगाल गर्ने प्रयास गर्नुभयो; राम्ररी विचार गर्ने हो भने यसले माओवादीको असल पाटो नै उजागर गरेकोमात्र होइन भारतीय हैकमवादलाई प्रष्ट पारेको छ । हुन त भारतलाई टाउकोमा टेक्न दिने हाम्रै देशका शासक हुन्, तर एउटा विशाल देश र छिमेकीले एउटा सानो छिमेकीमाथि गर्ने ज्यादतीको कुरा बिर्सनुहुन्न । हाम्रा नेताले भारतको मुख ताके भन्नुअघि किन ताके भन्ने कुरा बुझ्नुपर्छ । भर्खरमात्र माओवादीमा प्रवेश गरेका एक सभासद्लाई एउटा भारतीय कर्मचारी अनेकथरि धम्की दियो; यसबाटै हाम्रो नेताको नियत र भारतीय नीति । केही नेपाली नेताको आवरण ओढेका केही भारतपरस्तहरू अवश्य छन्; जो जनताले तिरस्कार गर्दा पनि भारतकै आशीर्वाद्ले चुरिफुरी देखाइरहेका छन्; तिनीहरूका कारण हो भारतले हामीलाई हदैसम्म हेपेको ।

        १२ बूँदे सम्झौता रोल्पामा गर्ने भनेर प्रचण्डले भन्दा असुरक्षाको कारण देखाई दिल्लीतिर लाग्न बाध्य बनाउने गिरिजा हुन् । विद्रोहमा रहेको माओवादीलाई काठमाडौदेखि डर हुने कुरा सामान्य हो, तर सत्ता हातमा लिएर बसेकाहरू आफ्नै देशको एउटा भागमा जान डराउन किन पर्थ्यो ? कसको नियत कस्तो छ भन्ने कुरा यसले पनि पुष्ट गर्छ । यिनै कुनियत भएकाहरू, जो हरेक कुरामा दिल्ली दौड लगाउँछन्, का कारण दिल्ली नेपाली नेताको मक्का मदिना र दिल्ली दरबारिया प्रभु भएकै हो । भएको कुरा गर्नु राम्रो हो कि लुकाउनु ? आफ्नो देशका केही नेताहरू जो दिल्लीको आशीर्वादबाट शक्तिशाली भएका र दिल्लीबाट सञ्चालित छन् भने यिनीहरूसँग किन वार्ता गर्नु उनीहरूसँगै वार्ता गर्नु उचित होइन ? भारतीय विशेष दूतसँग प्रचण्डले कुरा गर्न चाहेको विषयले पनि यही दुरावस्थालाई चित्रित गर्छ । आखिर प्रचण्डजस्तो क्रान्तिकारी र भारतविरोधी राजनीतिको आरोप खेपेकाले पहिलो भ्रमण चीनको गरेर फर्केपछि नकार्नु र भारत नै पहिलो भ्रमण हुने भन्ने वातावरण कसले बनायो ? उनले त कुटनीतिक मर्यादाराखेर सन्तुलित व्यवहार गरेका हुन् नि । तर आज पनि उक्त कुरालाई लिएर माओवादीको नियतमाथि प्रश्न तेर्साइन्छ । कस्तो विडम्बना !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 21

        • ashray

          पुष्प जी,
          मैले तेस्रो बुदा मा भारतीय हस्तछेप बढ्नु को समस्या अनि समाधान प्रस्तुत् गर्ने सानो प्रयास गरेको थिए , जब सम्म हामी समस्या पहिल्याउन सक्दैनौ, समाधान पर को कुरा हो, पहिला समस्या पत्ता लगाऊ अनि समाधान…..तपाई समस्या संग बिमति राख्नु हुन्छ कि समाधान संग?
          जँहा सम्म १२ बुदे रोल्पा मा गर्न प्रचण्ड तयार थिए भन्नु हुन्छ भने, १२ बर्ष मा ८-१० बर्स इंडिया मा नै बसेको कुरा प्रचण्ड ले बताएका छन्, तेस्लाई तपाई के भन्नु हुन्छ? यौटा सार्व भौम देश को प्रधान मन्त्रि ले चीन गए पनि के, भारत गए पनि के भन्न नसकेर? किन भारत नै पहिलो भ्रमद भन्नु जरुरि नि? अनि मनमोहन लै लाज लाग्ने गरि अंकमाल गर्नु के जरुरि? तेही माथि कटुवाल प्रकरद मा किन बिसेस दुत मगाउन सुद लाई अनुरोध नि? यो प्रचण्ड को केहि भारतीय हस्तछेप बडाउन खेलेको भूमिका, येस्तई भूमिका खेल्ने धेरै नेता छन्……हामी यहि नेर त चुक्छौ नि पुष्प जी, गाली गर्यो बस……तेस्रो number को समस्या को जड अनि समाधान मा नपुगे सम्म हामी सँधै पहिलो number मा मात्र अल्झी रहने छौ….. बस गाली मात्र गरे रहनेछौ धोति लाई…अनि सँधै येस्तई येस्तई भै रहने छ….

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 25

          • पुष्प

            आश्रयजी,
            तपाईं अलि दिग्भ्रमित हुनुहुँदो रहेछ । हामी नेपालीको गुनासो भारत वा भारतीय नागरिकसँग होइन; भारतीय नीतिसँग हो । यत्ति कुरा बुझ्नुभयो भने प्रचण्डको भारत बसाइ र उनले भारतीय प्रमसँग गरेको अंकमाललाई लिएर गुनासो गर्नुपर्नेछैन । समाधान हामीसँग छैन; समस्या उब्जाउने भारतसँगै छ; हामी त केवल विरोध गर्नेमात्र हो । मैले माथि नै भनिसकेँ कि प्रचण्डजस्तो क्रान्तिकारी, जो भारतविरुद्ध कडारूपमा बोल्न सक्ने पहिलो व्यक्ति हुन्, उनले समेत पहिलो भ्रमण भारत नै हो भनेर भन्ने र हाम्रो समस्यामा उनीहरूलाई नै मध्यस्थ बनाउनुपर्ने वातावरण कसले बनायो ? ? यस्तै दुषित वातावरणलाई त हो हामीले सफा गर्नुपर्ने ! कुरा लुकाएर लुक्दैन, र लुकाउनु पनि हुन्न; नेपालमा मात्र होइन, भारतको छिमेकी देशमा समेत भारतीय हस्तक्षेप र ज्यादती जुगौदेखिको हो । यसलाई अगाडि ल्याएरमात्र समस्या समाधान हुन्छ । रोग भनेको लुकाएर निको हुन्छ र भन्या ?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 19

            • ashray

              मलाई दिग्भ्रमित देख्नु तपाई को भुल हो…..भारतीय नीति आफै बन्ने अनि नेपाल छिर्ने हैन, भारतीय ले नै बनाउने हुन् भनी बिर्सिनु हुन्न…..जँहा सम्म अंकमाल को प्रसङ्ग छ, हामी आफ्नो लिमिट मा बसेनौ अनि आफै लै सानो बनायेउ भने, अर्को ले हामी लै इज्जत गर्दैन……प्रचण्ड ले आफु लै मनमोहन को अगाडी लाज नै लाग्ने गरि अंकमाल गरेका छन्, यौटा देश को प्रधान मन्त्रि ले जस्तो गर्नु पर्ने तेस्तो गर्न सकेका छैनन् ….हामी आफ्नो इज्जत आफै राख्न जान्न जरुरि छ……

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 21

              • पुष्प

                क्या आश्रयजी पनि ! भारतले बनाएकैले त भारतीय नीतिको विरोध गर्नुपरेको नि ! भारतको नीति गलत भयो भनेर नेपालको नीतिको विरोध गर्न भएन क्यार ! अंकमाल भनेको सामान्य कुरा हो; विश्वका कतिपय ठाउँमा त म्वाइ खानेसमेत चलन छ; यसलाई अन्यथा लिनुहुन्न । प्रचण्डको अंकमालले माओवादी भारतविरोधी होइन; भारतको नेपाल नीतिको विरोधी हो र नेपालले भारतसँग शत्रुताको होइन, मित्रताको सम्बन्ध राख्न चाहन्छ भन्ने उदाहरण हो ।

                गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

          • आश्रय Sir, प्रचण्डजी को थुप्रै राम्रोकaमको थालनी देख्नु भयो होला १ उदारण पसुपतिको पुजारी/ कृपया सत्यलाई झुटो नभनौं !

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 15

          • LAXMAN

            आश्रय जी,
            भारतीय हस्तक्षेप बढ्नु मा तपाई ले माओबादी लाई नै दोषी देख्नुभयको हो भने तपाई केवल शिर्षक मात्रै पदने विद्वान हो जस्तो लाग्छ/ त्यसको महत्व, सार र पुरै पाठ पढ़नुभयको भए सायद येती धेरै पुर्बग्राही हुनुहुनेथियना जस्तो लाग्छ/
            यदि प्रचण्ड ८/१० वर्ष भारत मा नबसेको भय सायद कसैले अहिले ५० लाख को स्वाद लिएरहेको हुन्थो होला / कुरो चाहे अमेरिका रहेपनि चाहे इंडिया मा रहे पनि उसैले ले क्रान्ति लाई निर्देशित गरेको थियो / १२ बुदे गर्ने अरु ७ दल लाई सोद्दा राम्रो होला किन दिल्ली रोज्योउ भनेर !

            पहिलो भ्रमण दिल्ली हुनेछ भनेको त आँखा नभयका अन्धा र कान नसुने बहिरा लाई मात्रै हो जस्तो लाग्छ/ नत्र भने प्रधानमन्त्री भयर पहिलो भ्रमण गयको चाइना नै हो नि ! चाहे त्यो राजनीतिक होस् चाहे सद्भाव होस् चाहे जे सुकै होस् / प्रचण्ड को कुटनीतिक मिसाइल त मान्नै पर्छ/ भारत लाई समेत फनफंनति घुमाईदियो/ यो सायद तपाई को समझ भन्दा बहिर कुरो भयर बुज्नुभएन जस्तो लाग्यो/

            मनमोहन सिंग लाई खुट्टा मा ढोगे को भय, परै बाट नमस्कार गरेको भय सायद तपाई लाई गर्व हुन्त्यो होला उसले त काखी मा नै च्यपिदियो र देखाईदियो कि म तेरो दास होइन भनेर … यो पनि तपाई को समझ भन्दा बहिर कुरो भयर बुज्नुभएन जस्तो लाग्यो/

            अब कुरा रह्यो कटुवाल प्रकरण को, त्यतिबेला यो प्रकरण ले निकै लामो रुप लियो किनकि कारबाही गर भन्ने हरु पनि प्रभु को एक फोन कल बाट खुट्टा कमौदै जमिन मा ढले र आफै ले थुकेको थुक चाटे/ अब प्रचण्ड ले थाहा पायो कि यिनीहरुको असली मालिक त त्यो रहेछ भनेर , त्यहिँ भयर उसले सिदै दासहरु संग होइन मालिक संग कुरा गर्न चाहेको ….सायद यो पनि तपाई को समझ भन्दा बहिर कुरो भयर बुज्नुभएन जस्तो लाग्यो/
            जय नेपाल

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 14

            • Daya

              राम्रो लाग्यो तपाईको कमेन्ट

              मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

            • तेज प्रसाद अधिकारी

              सहि दनक दिनुभो लक्ष्मन् जी , चित्त बुझ्यो यार …

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • येदी आरोपी साचै दोषी हो भने माओबाधि ले मात्र बिरोध पत्र लेखेर हुँदैन आज रामकुमार लाई धम्की दियो भोली कांग्रेस का सभासद लाई दिन सक्छ,पर्सी नारायण मान लाई दिन सक्छ………निपर्सी……..एमाले ………राप्रपा …………/कूटनैतिक परिधि भित्र रहेर एस को बिरोध नेपाल का संपूर्ण पार्टी ले गर्नु आवश्यक छ….माओबाधि को यो कदम लाई समर्थन……(उसका संपूर्ण काम प्रति भन्ने अर्थ नजाओस)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

    • Harke

      एउटा सकारात्मक कदम….!
      अंग्रेजीमा उल्था गरेर वा येसैको कारबोंन कपि यु एन मा पनि दिए हुने !
      साधुबाद !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 1

      • Harke

        नेपाल प्रहरी वा अनुसन्धान बिभागबाट उक्त एस एम एसलाइ प्रमाणित गरेको र तेस्को जिकिर पनि पत्रमा उल्लेख गरिनु पर्थ्यो !
        दुताबासले प्राबिधिक पोइन्ट समातेर, त्यो धम्कीपूर्ण एस एम एस उसको कर्मचारीले पठाएको हैन भनेको छ, येस्तोमा सके सम्म तेस्रो रास्ट्रको न भए पनि आफ्नो देशको अनुसन्धान विभागको सहयोग लिनु उचित हुन्छ !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • santa

      तिनिहरू लाई निकल्नु पर्छ पर्छ , केहि धोती का पीछ लगु हरु लाई पनी desh nikala garnu पर्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

    • ल साथी हो ! नारा घन्काउँ !
      भारतीय विस्तारवाद मूर्दावाद !
      भारतीय हैकमवाद मूर्दावाद !
      सबै खाले हस्तक्षेप बन्द गर !
      सूद चोर देश छोड !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • madan bajracharya

      “विदेश स्थित भारतीय राजदुताबासहरुमा बुझाउन यो बिरोध पत्र”
      “संयुक्त रास्ट्रसंघ मार्फत भारतीय प्रतिनिधिलाई बुझाउन यो बिरोध पत्र”
      “लैनचौरको सुद द्वारमा ठुलो बायेनरमा लेखि झुन्द्याउँ यो बिरोध पत्र”
      “तेस्तै बायेनर विदेश मन्त्रीको बंगला र सिंह दरवारको प्रवेश द्वारमा झुन्द्याउँ’

      यी कुराहरु गर्न सकिंदैन भने लौ त् सुदले नै उसैको दुताबासको कर्मचारीहरुको छानबिन समिति बनाएर ऋषि धमलालाई निर्दोस भने जस्तै भनुन/ उसैको माधव नेपालको सरकार छँदै/ यसरि फोनमा धम्कि दिनेलाई छोड्न सकिने नजिर त् उसले बसालिने सकेकोछ/ किन कुरा लम्ब्याउने?

      सहि हो बा गलत तर पत्र त् बुझ्नु कुटनैतिक औपचारिकता नै हो/ यसलाई नकार्नु यकातिर अपराध गरेको कुरा को संकेत गर्दछ भने अर्को तिर नेपाललाई हेपेको देखाउंछ/

      मावोबादीलाई नेपालीले मन पराउँछ पराउन्दैन त्यो नेपालीको घरको कुराहो/ मावोबादी पार्टीमा को जाने को नजाने भन्ने कुरा नितान्त नेपालीको आफ्नो निर्णय हो/ यसमा भारतको कुनै चासो हुनु उसको हैकमबादको प्रमाण हो/

      नभए सुब्रतोले फोन धम्कि दिएको हो बा होयिन प्रमाणित गर्न आजको यो बैज्ञानिक युगमा सजिलो कुरा हो/ तर अहिलेको भारतको हुकुम मान्ने नाम मात्रको नेपालको सरकारले यस्तो के गर्लार? अस्ति सुजाताले सुदको बोलीमा “सुब्रतो भन्ने भारतीय दुताबास को कर्मचारीले यस्तो फोन-धम्कि दिएको छैन’ भनेर भनि नै सके/ अब यहि कुरा माधव नेपालले बोल्नु मात्रै बाकिछ/ “सिंह दरवारलाई दिल्लीको तबेला बनाए यिनीहरुले”/

      होयिन चन्द्र शमशेरको सन्तानले हक दावी गरेर सिंह दरवार फर्काएर लिन सक्दैन के? चन्द्र शमशेरले उसको निजि घर जस्तै बनाएको थियो सिंह दरवार/ उसका चाकरीबाजहरुले ‘सरकार यो त् बेलायतको प्रधान मन्त्रि बस्ने जस्तै छ” भनेको भरमा “लौ त् आज देखि यो मेरो सिंह दरवार पनि नेपालको प्रधान मन्त्रि बस्ने थाहूँ हुनेछ” भनेर छोडेको मात्रै न हो/ तम्सुक गरेर बेचेको त् थिएन/ सिंह दरवारमा साँच्चैको नेपालको प्रधान मन्त्रि बसेको भएपो/ दिल्लीको दरवान बस्न त् दिएको होयिन नि/ फर्काउन चन्द्र शमशेरको सन्तानहरुले नै यो सिंह दरवार/ टन टन नै खतम हुन्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 8

      • Dinesh Swabhiman

        Thank you Madan Bajracharya,
        Well Said !!

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

      • shyam

        सुद-सुजाता सूत सुब्रोतोले राम कुमार लाई मार्ने योजना बनायो श्याम शरण ले राम वरण लाई जसरि भए पनि राम चन्द्रलाई प्रधान मन्त्रि बनाउन दवाव दियो.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • तेज प्रसाद अधिकारी

      सुदले पत्र बुझ्न नामान्नुले नै यिनी हरुको ( भारतीय बिस्तारबादी हरुको ) नियत प्रस्ट हुन्न र ? धम्कि दिने मुख जसको भए पनि त्यो नियत नेपालको क्यान्सर मिस्टर सुद को नै हो / हुन त कुती कुती भन्दै टाउको मा चडाए पछी कुकुरले पनि सु गर्दिन्छ / यो सुद त्यो कुती कुती भन्दा के कम छ र??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • shreesh thapa

      देशका हरेक नागरिक सभासद हुन् या सामान्य हामी जस्ता जनता कसैले डराउने धम्क्याउने काम गर्छ भने त्यो विश्वमा अपराध मानिन्छ चाहे त्यो आफ्नै देशका नागरिक हुन् या बिदेशी अपराध भनेको अपराध हो यस्ता धम्क्याउनेलाई देश निकाला होइन देशको कानुन बमोजिम कारबाही गर्नु उपयुक्त हुन्छ …यसरि सजिलै भारत फिर्ता पठाउने हो भने अरुले पनि आउदै धम्क्याउदै जादै गर्छन ..जे गरेपनि कानुन लाग्दैन र तिनीहरुलाई ???????किन कानुनको दायरामा ल्याइएको छैन अझैसम्म?? सत्य के हो किन यसको छानबिन गरिएको छैन?? यसमा हाम्रै सरकारको पनि दोष छैन र ?? ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • siyan

      यो आवश्यक कदम थियो…

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • पुष्प

      जुन देशमा बसेको छ, त्यो देशको एउटा नागरिक दलले बुझाएको विरोधपत्र बुझ्न नमान्नु भनेको देशकै बेइज्जत हो कि होइन ? यसले सूद उक्त काण्डमा समेत संलग्न रहेको पुष्टि हुन्छ कि हुन्न ? हो र हुन्छ भने हाम्रा नेताहरू (चाहे जुनसुकै दलको होस्) लाई अनेकथरि धम्की दिनेलाई देश निकाला किन नगर्ने ?

      ल साथी हो ! नारा घन्काउँ !
      भारतीय विस्तारवाद मूर्दावाद !
      भारतीय हैकमवाद मूर्दावाद !
      सबै खाले हस्तक्षेप बन्द गर !
      सूद चोर देश छोड !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 14

      • madan bajracharya

        पुष्प जी
        तपाईंले भने जस्तो सबैले बिरोध गर्न थाले त् सुजाते ओली र लित्तेकुमारको मुटु को हालत के होला? आज साँझै हवाई आम्बुलेंस मगाएर दिल्लीको ‘ईस्कार्ट हस्पिटलमा” पुर्याउनु पर्ने हुन्छ/ अर्को हवाई आम्बुलेंस र लिमोजिन को खर्च बेहोर्न बजेट छैन है/

        मावोबादीको शभासादलाई त् धम्क्याए भने अस्ति दिल्लीको दुई दुई जना हनुमानहरुले “मावोबादिलाई भोट हाल्न जाने मधेसी शभासादहरुलाई कुना तिर च्यापेर कति पुच्छर मारे होला” अनुमान गर्नुस्त/ ती सभासदहरु अहिले नेपालमै छ कि दिल्लीमा? पट्टा लगाउनुस न पुष्प जी/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 10

      • ashray

        जुन सुकै धोति होस् वा chinese or american or english होस्, जसले नेपाली माथि अन्याय गर्छ, अत्याचार गर्छ, हेप्छ….म तेस्को बिरोध गर्छु…..म नेपाली हो, नेपाली माथि को अत्याचार, अन्याय, मलाई कुनै पनि form म मन्जुर छैन……तर पुष्प जी लाई मेरो प्रश्न, जब जब नेपाली हरु को internal issue म हात हाल्न धोति आउछन्, जस्तो अस्ति शाय्मे आयो, कसैले पनि बाल नदिए, कसैले पनि नेभेटे त त्यो आफै पंगु भएर जान्छ नि, किन प्रचण्ड, बाबुराम, नारन, बैध्ये group म़ा, फेरी प्रचण्ड, बाबुराम एक्ला एक्लै गएर भेट्ने?
        उल्टो नेता ले नै भाउ दिएनन् त तेस्लाई?
        म त भन्छु, president. prime minister, leaders (including ram chandra, jhalanath, prachanda, baburam etc) should have ignored him….and ignore the rakesh sud…if they are ignored, how can they play any role?? its all our leaders, making them in कन्दर्कुती……

        जे होस्…धोति को बिरोध म मेरो पनि एक्बधेता…..

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 8

        • madan bajracharya

          अश्र्याये जी
          अहिले सवाल तपाईं म कुन पार्टीको समर्थन गर्छ बा बिरोध गर्छ भन्ने होयिन/ सवाल हो भारतीय दुताबासको कन्सुलर जस्तो पदमा रहेको व्यक्तिले नेपालको राजनैतिक दलको सभासद् जस्तो पदमा बसेको व्यक्तिलाई ज्यानको धम्कि दिन मिल्छ बा मिल्दैन भने हो/

          आए दिन एक अर्कालाई भुक्दै तोक्दै गर्ने चोक को कुकुरहरु पनि बाहिरको कुकुर आएमा चबायी रहेको हड्डी छोडेर धपाउन जान्छन/ तर हामि त् …. खै के भन्ने?

          हाम्रो कुन दल बा दलको कुन नेताले देसमा नराम्रो काम गरे भन्ने बिबाद हाम्रो आह्नो बिबाद हो/ यो भारतको चासोको बिशाये होयिन/ मधेश बादी दलबाट एउटा सभासद् मावोबादिमा प्रवेश गरे/ तेस्तै मावोबादी बात मधेश बादी दलमा प्रवेश गरेको त् असंख्य छन्/ मधेश बादी दल बात अस्ति चुनावमा ११ जनाले मावोबदिलाई भोट हाले/ अनि पहिला शरण अनि राजन आएर मधेश बादी दललाई यो गर यो नगर भनि निर्देशन दिए/ के यसबाट स्पस्ट हुँदैन भारतले नै नेपालमा एक मधेश बाद उठाई रहेको हो भनि?

          २करोड ५० लाख भन्दा बढी जनसंख्या भएको नेपालमा एक मधेश मान्ने अस्ति भारतकै दवावमा नेपाली नागरिकता पाएको बिहारीको समेत पूर्ण समर्थन पायेको छैन/ बहुमतले अस्विकार गरेको यति अल्प मतको मागलाई भारतले किन समर्थन गर्दैछ? यो कुरामा अलिकति ध्यान दिएर हेर्नुस आश्रय जी/ तपाईं मावोबादी बिरोधि हुनु भएकोमा मेरो तरफ बात शुभकामना नै छ/ बिरोध हामीले गर्नु पर्छ तर रास्त्रिये मुद्दामा आफुले समर्थन नगरेको पार्टी भनेर हामीले मुण्टो फर्काउनु गलत हो/ यसले देस कम्जोर हुन् जान्छ/

          एक मधेश बाद मा भारतको यति सारो चासो किन रहेको छ भनेर मैले पनि लेखेको छुन अरु मित्र हरुले पनि लेखेकोछ/ फेरी कांग्रेस एमाले मावोबादी जस्तो यक अर्काको आजात सत्रुहरुले पनि एक मधेश वादलाई समर्थन दियेकोछें/ रास्ट्र वादको मुद्दामा यिनीहरु त् मिलेको छ भने हामि नमिल्नु को कारण के होला?

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • himalayankingdom

      ओहो ! एस्तो लेखेचन हगी ? बाबा नसकिने भो नेपालीमा तेसरी नै लेखेचन त… ???

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Nawaraj Subedi

      ”नेपालको राजनीतिमा कहिँ न कहिँ बर्सौ देखि भारतले हस्तक्षेप गरिरहेको छ, जुन नेपाल र नेपाली जनताको लागि गरिएको बिदेसी हस्तक्षेप हो, नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि ठाडो चुनौति र नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने दुःसाहस हो, जहाँ सम्म कि नेपालको राजनेताहरु एकजुट भएर बिदेसी हस्तक्षेपको बिरुद्दमा लाग्दैनन् यही नियम विदेशको नीतिमा स्पस्ट रुपमा आम राजनेताहरु एकै बोलि बोल्ने गर्छन बिदेसी मामलामा कुटनैतिक रुपमा एक रुपताले बोल्छन न कि नेपालको राजनेताहरुको जस्तो बिछट्ट बेग्लै किसिमको होस् ………………………..! एउटा देस भक्त राजनेताहरुको एकै स्वर हुनुपर्छ अनि मात्र सच्चा इमान्दारी राजनेता मान्छन जनताले, माननीय रामकुमार शर्माप्रति गरिएको अपमानपूर्ण, अभद्र एवं घम्कीपूर्ण अभिव्यक्तिजन्य व्यवहारप्रति सबै राजनीति पार्टीका बिरोध एकै स्वर हुनु पर्ने थियो नि, यहाँनिर त ”मेरो गरुको बार्है टक्का” भनेझै यस्तै ब्यबहार देखाए त हाम्रा राज नेता भनौदाहरुले ……..कि कसो त साथीहरु हो !”

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Kisan

      “महाशय, हाम्रो पार्टी एकीकृत ने.क.पा. -माओवादी) राजदुतावासका कर्मचारीबाट भएको यस कार्यको तीब्र निन्दा एवं भत्र्सना गर्दछ। र, कुटनीतिक निकायको सीमा एवं मर्यादालाई सम्पूर्ण रूपमा उलंघन गरी गरिएको यसप्रकारको कार्यप्रति सम्बन्धित निकायबाट क्षमा याचना गर्न तथा सम्बधित व्यक्तिलाई फिर्ता पठाउन माग गर्दै यो विरोध पत्र प्रस्तुत गर्दछ। हामी आशा एवं अपेक्षा गर्दछौं की भारत सरकारले यो विरोधपत्रलाई गम्भीरतापूर्वक लिनेछ र यस प्रकारका गल्तीहरू सच्याउँदै दुई देशको बीचमा असल मैत्री सम्बन्ध विकास गर्न नयाँ शीराबाट सकारात्मक ढंगले सोच्नेछ।” नराम्रो झापड पाएछ सूद (भारत) ले !!! लातको भुत बातले मान्दैन, अब राजदुताबास घेरेर थप्पड हान्नु पर्छ अनि चेत खुल्छ धोति भैयाको र धोतीको फेरो समातेर नेपालमा राजनीति गर्ने गिरिजा एण्ड माकुनेको चेत त त्यसै खुल्छ साबधान त्येसको (धोतीको फेरो समातेर राजनीति गर्ने पातकी नेता क चेतनाको लागि }नेपाल बन्द गर्न नपरोस!! राजा ज्ञानेन्द्रले त श्रीपेच फुकालेर बसे तर झुकेनन् धोतीको अगाडी भने, प्रचण्ड तिमि नडराऊ तिम्रो श्रीपेच फुकाल्ने त्यो धोति को ताकत्मा पेटिकोट ले ढाकि सकेको छ !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 13

      • Bhuban

        kisan जी को दुइ जिब्रे कमेन्ट

        १ जिब्रो :- धोतीको फेरो समातेर नेपालमा राजनीति गर्ने गिरिजा एण्ड माकुनेको चेत त त्यसै खुल्छ साबधान ! नेपाल बन्द गर्न नपरोस /
        २ जिब्रो :- प्रचण्ड तिमि नडराऊ तिम्रो श्रीपेच फुकाल्ने त्यो धोति को ताकत्मा पेटिकोट ले ढाकि सकेको छ /
        के भन्न खोजेको हो kisan जी
        प्रचण्ड को श्रीपेच कहाँ छ ? अनि धोति को ताकत्मा पेटिकोट भनेको के हो ?
        कुरा प्रस्ट राख्नु पर्छ /

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 9

    • parixit

      यो देश को स्वतन्त्र अस्तित्व त नेता हरु ले राख्न दिएको भए पो हुन्थ्यो त… कुर्सि को लागि आफ्नो स्वाभिमान, निष्ठा सबै लागेर उतै चढाएका होइनन यिनै नेताहरु ले, तपाई ले कहिले हाकिम ले पुनको कुरा टरेको सुन्नु भाको छ ? सुद त यी सबै नेता हरु अनि यो सरकार को पनि हाकिम हो नि त अनि किन तेरोस त उसले… आफुलाई परेपछि बल्ल होस् आयो ? कुटनीतिक मर्यादा लाइ मिचेर कुर्सि जोगाउन को लागि दिन रात यो सुद लाइ कहिले बालुवाटार र कहिले संघ दरवार मा भेट्ने प्रचण्ड बाबु पनि त हुन् नि त, आफैले टाउको मा चडाए पछी टर्छ त यसले ??

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • arati, japan

      के को सभासद नि नेपाली जनतालाई ज्यान मर्ने धम्कि दिदा केहि हुदैन भने सभासद्लाई धम्कि आउदा किन केहि हुनुपर्यो र? जनता होस् वा सभासद होस् एकै हुनुपर्छ बोदर मा नेपालीहरु मरिरहेका छन् ध्यान दिने कोहि छैन.. फेरी सभासद्लाई धम्कि न आइकन तेतिकै हल्ला फिजाको पनि हुन सक्छ ऋतिक रोशन काण्डमा क भएको थ्यो था छैन र सबैलाई? वैहत कुरा पनि हुन सक्छा यो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 23

      • Bhamir Thapa

        arati ji,
        तपाइको त्यो अभिव्यक्त बाट आज मलाई पनि केहि बोलु-बोलु लाग्यो ! तपाई नेपाल बाट जापान गएको भन्दा पनि जापान बाट भागेर आउनु भएको जापानी-नेपाली भन्नु मन लाग्यो ! नेपाली भाषा भने पूर्णरुपले प्रस्तुत गर्नु भएछ, तपाई आफैले लेख्नु भएको हो कि अरुको सहयोग लिनु भएको हो थाहा भएन ! तर यदि तपाइलाई नेपालको माया छैन भने नेपालप्रति अपमान गर्ने पनि अधिकार छैन ! तर म त नेपाल आमाको छोरा हुँ त्यसैले भारतीय राजदुतावासका काउन्सिलर सुब्रत दासद्वारा माओबादीका केन्द्रीय समितिका सदस्य एवं संविधानसभाका सदस्य रामकुमार शर्माप्रति गरिएको अपमानपूर्ण, अभद्र एवं घम्कीपूर्ण ब्यबहारप्रति प्रचन्ड जी ले देखाउनु भएको विरोधलाई म हृदय देखिने समर्थन गर्ने छु !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 8

      • Bhuban

        arati ji
        are you arati or varati ? i mean bharati. you may be bharati and i think this is not your name , should be your nationality. if i am right, your coment is positive to your side.
        pls. dont f..k to our motherland. And dont be back to Nepal.
        good bye forever.

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

      • Bhuban

        Hi Arati,
        Are you arati or varati. I mean Bharati. Is varati your name or nationality. I know you are not nepali arati, you are indian Varati. pls. dont F…k to our motherland. And dont be back here in Nepal.
        good bye for ever.

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

    • nabaraj

      यो सच्चाई पत्र मात्र हो ? किन धोति लाई नेपाल बाट लात नहानेको ?

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • gaindakote parajuli kancho

      ठुल्दाई को दाना पाना खाएको छ सुद ले किन लिन मान्थियो!नेपाल लाइ तहस नहस पर्न खोज्दै छ इंडिया सबै नेपाली जाग्ने बेला भयो अब ढिला भयो! सबै पार्टी होसियार होसियार होसियार होसियार!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 2

    • Rohit

      प्रचण्ड कामरेड !
      तपाइको यो आट र हिम्मत ले फेरी एकपटक प्रभु हरुलाई झट्का लागेको छ जसको तरङ्ग देल्ल्ही दरबार सम्म पुगेको छ. तपाई सच्चा महान तथा रस्त्रबदी हुनुहुन्छ. हुन त म माओबादी समर्थक त होइन तर सच्चा रास्त्रबदी हु तर पनि तपाइको कदम को प्रशंसा नगरी बस्नु राष्ट्र घात् हुन्छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 18

    eXTReMe Tracker