-मनोज बोहरा-

ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्।
“यो मेरो कान्छी” जुल्फे करायो,
हुलमा आएकी मध्य एकले आँखा तरी,
“औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्यो।
स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र नै बनाउने भए एक सज्जन, आएका मध्ये एक ठिटीलाई घुडाँदेखि अलि माथी आँखा झिम्मिक नपारी बोले।
लौ ताजा खबर हार्नमा पनि ह्याटि्रक। फुच्चे करायो, कस्तो लाज पचेका नेताहरु बरु फेरी प्धानमन्त्रिकै लागि जन निर्वाचन गर्नु नी जनताले छान्छन नी प्रधान मन्त्री एकजना चस्मे फुस्फुसायो।
बाल छैन आज बेबिलोन जाने है ओठ निचर्दा दुध आउने स्कुल ड्रेसमा आएको मध्ये भुरा ग्याँगको एउटा भुरा
करायो।
क्या टेन्स भा’को यार मेरो मिन्स हुनै बन्द भयो।
तिमरो ड्याड मम लाई थाहा छ त ? कसरी भयो त यस्तो ?
ख्याल ख्यालमै भयो। के गर्ने गर्ने।
तेरो ब्वाई फेन्ड के भन्छ त ?
सुनेदेखि तेसले भेट्नै आ’को छैन। प्ल्स टु पढ्ने युवतीहरु कुरा गर्दै हिड्दै छन्।
कानै फुट्ने गरी थोत्रो स्पिकरको आवाज। “उनकै छोरी तरुनी हाम्लाई के को दोश”
लौ लौ महानगर प्रहरी आए। सडक ब्यापारीको कोकोहोलो, झोली झाम्टा बोकेर भाग्न लागे।
आज बाँदर बाबाको प्रबचन सुन्ने, मुद्रे करायो।
गितार भित्र तरबार राखेर टंडेली गरेर हिड्नु भन्दा त जो सुकै बाबाको प्रबचन सुने पनि यसको घैटौमा घाम लाग्थ्यो की।
का हुँनु त्यो बाबा हैन त्यो त पागल हो। पढ्दा पढ्दै दिमाग सड्केर पागल भा’को रे अर्को बोल्यो । हैन त्यो माओवादी हो रे। हैन हैन त्यो त ज्ञानेन्द्रको मान्छे हो रे मान्छे भाड्न त्यसलाई ज्ञानेन्द्रले पालेको रे।
पागल भए त्यसको अगाडि त्यत्रो मान्छे झुम्मिन्थे, आ’का मध्ये अर्को बोल्यो।
चिडिया घरमा पनि मान्छेको भिड हुन्छ। अर्को भलादमीले जवाफ दिए।
गस्तीमा हिडेका पुलिसहरु बाटो काट्दै छन्।
ए दिदी कति बज्यो ? एउटा भाइले समय सोध्यो।
ओइ चिन्दै नचिनी जिस्क्याउँछस् १ लात दिन्छु। सक्छौ भने देउ न त -
ट्याक्सी रोकियो। अन्जान दिदी भाइ ट्याक्सीमा चढेर अलप भए।
छेउमै बसेकी अर्की युवती मुर्मुरिइ आज पनि यसले १००० कामाउनी भई। आफुसंग भने एउटै ढिम्किदैनन्।
सर स्याउ खाने हो – मर्ुर्मुरीने युवती मलाई सोध्न लागी।
जेहोस केविन र डान्स रेस्टुरेन्टले अलिकति भएपनि महानगरको इज्जत धानेका छन्। यि नगरबधुहरु काम गर्न जान्दैनन्। मिठो खाने र राम्रो लगाउने बानी परिसकेका छन्। सरकारले रेड लाइट एरिया पनि नबाउने र डान्स, केविन र मसाजलाई कर्डाई गर्ने हो भने १०-१० रुपियाँमा स्याउ खाने हो भनेर गल्ली गल्लीमा कराइरहेको भेटिन्छन् / त्यतिखेर महानगरको इज्जत कहाँ पुग्छ ? क्याम्पस पढेर फर्किदै गरेका युवक मध्ये एकले बलियो तर्क प्रस्तुत गर्यो।
हैन यसको लागि सरकारले………………। उनीहरु हिड्दै बाद विवाद गर्दैकोले त्यसभन्दा केही सुनिएन।
म चाहीं रत्नपार्क भित्र छिरें।
भित्र छिर्नासाथ दर्शन, राजनीति, स्कूल, क्याम्पस, समाजका कुराहरु जताजतै।
हैन त्यो बुद्धको अबतार ले त मान्छे कुट्यो रे नी कस्तो ढोंगी रहेछ।
उसको के गल्ती हो र – भाको नभाको समाचार संप्रेशण गरेर मेडियाले सामान्य मान्छेलाई नचाहँदा नचाहँदै बुद्ध बनायो। त्यतिखेर मेडियाले अनर्गल प्रचारमा मात्र तल्लिन थियो। यही कारणले समाचार पत्र, टिभीको कति कार्यक्रम चले, कतिले दानबाट मोटो रकम हात पारे। दर्शक पाठकलाई सही सत्य नबुझी भेंडो बनाए। उसलाई बुद्धत्व प्राप्त थिएन, ढिलो चाढो उसले आफ्नो असली रुप देखाई हाल्यो।
अर्का टाइसुट लगाका व्यक्तिहरु निक्कै नै गम्किदै कुरा गर्दैछन्।
जस्को नुन खानु उसको जुँगा मुर्ठर्नु – यो त अत्ति भयो। कस्तो लाज पचेको व्यक्ति मेरो जम्मा ३०-४० लाखको काम पनि अहिले आएर गर्न सक्दिन पो भन्छ त – मैबाट त्यसले कति पकेट भर्यो-भर्यो………….।
मान्छ भने ठिक नत्र यस्ता लाई त……………उससँगै आएका अर्को सज्जन रिस पोखे।
यसले गरेका गल्तिहरुका लिष्ट त तपाईसँग होलानी – ति सबुत प्रमाणहरु जुटाउँ मैले चिनेको एकजना पत्रकार भाई छन्।
भोली पत्रिकामा आएपछि जागिर नी चेट। समाचार प्रकाशित भए पछि मुख देखाएर पनि हिड्न सक्दैन।
अगाडि खुल्ला मन्चमा भाषण छ क्यारे नेताज्यूको आवाज टड्कारै यहाँसम्म सुनिएको छ।
हो त्यो हाम्रो पार्टीको मान्छे हो त्यसले जे भने पनि ठिक हो, त्यसले भनेको मान्नै पर्छ। अरु पार्टीकाले जस्तै राम्रो विचार व्यक्त गरे पनि गलत किनकी त्यो हाम्रो पार्टीकोे हैन। ठिक के हो आफ्नो स्वविवेक प्रयोग गर्दैन। पार्टीभित्र पनि फलानो प्यानलको मान्छे म पनि यो प्यानलको नै हो। मेरो प्यानले जे भन्छ त्यही मान्नु पर्छ, अर्को प्यानले जस्तै ठिक कुरा गरे पनि गलत, मैले मेरै प्यानले भनेको मान्नु नै धर्म हो। त्यो प्यानल भित्र पनि यो मेरो नजिकको मान्छे। यसले भनेको त झन सोह्रै आना ठिक यसमा अरुले भनेको कुरामा सहमती हुनै सक्दैन। नजिकका मान्छेहरुमा पनि यो त मेरो नातेदार उसको बचन पनि राख्दिनै पर्यो। इनिहरुको कुरालाई कसैगरी पनि सपोर्ट गर्नै पर्छ। अलि त्याँ भन्दा परका नातेदारको कुरा गलत नै साबीत। नातेदारहरुमा पनि यो मेरो मेरो घरको मान्छे यसले त गलत कुरा गर्नै सक्दैन, हाम्रो काम गर्राईको तरिका यस्तो छ। अनि गोर्भाचोभको काम गर्राईको विरोध गर्दै नयाँ गोर्भाचोभ जन्माउन मद्धत गर्र्छौं।
नेपालमा बसेर चिनको क्रान्तिको कुरा गर्ने। गोर्भाचोभ त के गोर्भाचोभको बाउ जन्मे पनि नेपालमा केही हुने छैन।
नेपालमा लोकतन्त्र आयो भन्छन्। खै के परिवर्तन भयो र – हिजो र्ठराको भाउ ५ थियो अहिले एक गिलासको रु. २० भा’को छ। महंगी बढेर चर्ुर्लुम्म डुबीसक्यो हावादारी नेताहरु। एक बुद्धिजिवी जस्ताले रिसले बिष ओकेले। उ साथै आएका २-४ जना लगौटीयाले हो मा हो मिलाए।
थोत्रो कपडा लागाएको बालक वरिपरि ठूलो भिड जम्मा भएका छन्। त्यो बालक सारङ्गी रेट्दै “भन्नु नभाको….आमा रातो सारी चुरा पोते……।” गित गाउँदैछ। मलाई उसको मर्मस्पर्शी गायन कलालेआफ्नो बाल्यकालमा पुर्याउँछ।
घरमा स्वस्थनी भनिरहेका छन् कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनी…….हजार ज्रि्रो भएका शेषनागले त वर्णन गर्न नसक्नुभएको………….। म त्यही रोकिन्छु। मेरो बाल मस्तिष्कले शेषनाग कस्तोहोला खुल्दुली मच्चीन्छ र शेषनाग यस्तै होला भनि मन मनै शेषनागको चित्र बनाउँछु। हजारवटा र्सपजस्तो टाउकोलाई एउटै शरिरमा जोड्छु र सोच्छु र शेषनाग यस्तै हुनर्ुपर्छ। आफै उत्तर खोज्छु र म मेरो मनको खुल्दुली मेट्न खोज्छु।
चर्को श्वरले खैलाबैला चल्दैछ भिडमा मेरो कल्पना भंग हुन्छ। बालकको गित सक्किएछ, गित सुन्नेहरु बालकलाई १-१ रुपियाँदिन लागेका रहेछन। मैले खल्ति टक्टक्याए भा’को १ रुपिया दिएर कोलाहलबाट टाढा हुन खोज्दै अगाडि भएको रुखको छहारिमा गए।
ओहो कस्तो रमाइलो दिन ढल्केर आकाश तिर फर्के, सूर्य १२० डिग्रिको कोण बनाइ पश्चिमतिर फर्केको रहेछ। कालो बादल मड्डारिदै सूर्यलाई ढाक्यो। चिसो चिसो हावाले कानलाई छुए झै लाग्यो। आँखाको झपनि भारि भए झै लाग्यो।
ल कस्तो संसार हो विस्वाश नै गर्नै नसकिने पत्रकार सम्पादकको सम्मेलन रहेछ। पथ पर्दशकको रुपमा त मेडियाहरुका सम्पादकज्यूहरुपो हुनुहुँदो रहेछ, उहाँहरुको कुरा सुन्दा त नेताज्यूहरु त पर्दा अगाडिको कठपुतली मात्र। साच्चो अर्थमा ति कठपुतलीको डोरी तान्ने, जुधाउने काम त खास अर्थमा समाजमा रहने व्यक्तिको मनोविज्ञान बुझेर त्यस अनुरुप समाचार संप्रषण गर्ने मनोवैज्ञानिक सम्पादकज्युहरुपो हुनुहुँदो रहेछ झै लाग्यो।
त्यो हनुमान नगरमा जातिए दंगा को आगो भड्कीने जस्तो छ त्यसमा घयू थपिनेजस्तो गरी समाचार संकलन गर्नु पर्यो र प्रकाशित र प्रशारण गर्नु पर्यो। एक मनोबैज्ञानिकले कुरो ओकले। यो सरकारलाई कमजोर पार्न अर्थतन्त्र कमजोर पार्नु पर्छ। दंगा भड्कीएपछि आफै अर्थतन्त्र कमजोर हुन्छ सरकारको यो मेरुदण्ड भाँचे पछि सरकार आफै कमजोर सावीत हुन्छ। अर्को सम्पादक जस्ताले पनि हो मा हो मिलाए, यो नेताको नराम्रो पक्षलाई मात्र संप्रशित गरौ र जनतालाई यसको विरुद्ध लगौं जनता तातेर यसलाई घाक्रेठ्याक लगाउँछन्। अर्का टिभि सिरिएल का डाइरेक्टर जस्ता बोले आजका युवा पिडिलाई कुलततीर फसाउनको लागि मैले एउटा सिरिएल बनाएको छु। जसमा गजेडीलाई प्रमुख भुमिका दिने निधो गरेको समाजका युवा पिडीले यसको नक्कल गर्नेछन्। समाजको १ चोथाई भागलाई त्यतातिर आकषिर्त गर्न सक्यौ भने पनि देश विकासको लागि उठ्ने हातहरु धुँवा तान्नमा वित्नेछ र राष्टको खुट्टा तेसै भाच्चिनेछ। सही भन्नु भयो, अर्का मनोबैज्ञानिक बोले लुटेरा, डकैतलाई कानूनले कार्वाहि गर्ने नसक्ने कानून छ भनि मेरो पत्रिकाले हल्ला फिजाउँछु त्यसले बाँकी बसेका युवालाई हत्या हिंसा तिर लग्न उत्प्रेरित गर्नेछ। जसरी हुन्छ नेता, जनता पत्रिकाकोे गुलाम हुनेछन।
अर्का सम्पादक साह्रै आक्राशित देखिन्थे, पत्रकारिता धर्मको पालना गरी समाचार संप्रेषण गर्नु नै हाम्रो धर्म हो, कुन समाचारले समाजमा कस्तो प्रभाव पार्छ त्यसलाई विचार गरेर मात्र समाचार संप्रेषण गर्नु पर्छ। हैन भने……..।।
दाजु बदाम खाने हो। एक आइमाइ मभएको ठाउँमा कराउन लागि
म झल्यास्स भए कस्तो सपना देखेको…..
आएकी आइमाइले मैले बदाम दिनु भन्दै नभनी १ माना राखि त्यसको पैसा पनि नलिई कता गाएब भई थाहै पाइन।
म भने भर्खरै देखेको सपना तिर गौर गर्न लागे, अर्का सम्पाकदले अन्तिम वाक्य पुरा गर्नै नपाई म ब्युझिएको थिए, हैन भने के त……. आफै भित्र प्रश्न गछु ? एक छिन घोरिन्छु।– सायद अहिले भर्खरै रत्नपार्क गेट बाहिर र भित्र देखिरहेको समाज त हैन।। म आफै उत्तर दिन्छु। सही उत्तर यही नै हुनु पर्छ।
त्यो बाल्यकालमा मैले सुनेको शेष नाग त यी मीडिया पो हुन की झै पो लाग्न थाल्यो। १००० वटा ज्रि्रो भनेको जुनसुकै कुरालाई १००० वटा तरिका अनुरुप तोडमोड गर्न सक्ने खुबी भएर पो भनेका रहेछन् झै लाग्न थाल्यो। मैले बाल्यकालमा बनाएको एउटै शरिरमा बनाएको १००० वटा टाउको गलत सावीत भयो एउटै टाउकोमा १००० वटा जिबरो बनाएको भए सही हुनेरहेछ झै लाग्न थाल्यो। शेषनाग स्वास्थानी कालको मेडिया नै हुन पर्छ भन्ने नै मेरो ठम्मयाई भयो।
परबाट एउटा फाटेको कपडा लगाएर एउटा बालक कराउँदै छ “लौ हजुर बैंक लुटेर लुटेरा फरार, पुलिसको मिलेमतो…..रु २/- मात्र” ताजा खबर
नजिकै बसेका एक सज्जनले रेडियो खोले रेडियोमा अंग्रेजी गित बजिरहेको छ “डु दि स्टेङ्की ले……..डु दि स्टङ्की ले हे” उसंगै आएकी उसकी ६ बर्षो छोरी- अलि बसेझै गरी दुबै हात दाहिने खुट्टाको घुँडामा राखेर कहिले देब्रेतिर कहिले दाहिने तिर हल्लाउन थालीन। मसंग कुनै शब्द नै नरहे झै मेरो बाक्य नै बन्द भयो। म उनको नृत्यलाई हेरी रहें।
No related posts.









Do the stanky leg!! Do the stanky leg!!!well this article is a better composition by mr. Manoj, it has tried to reflect the very hidden negative image of the Nepalese media.
मन परे हरियो, नपरे रातो
0
0
बर्तमान समाज र स्थित प्रति सटिक ब्यङ्ग छ / समग्रमा पठनीय नै छ लेख,
मन परे हरियो, नपरे रातो
0
0
लेखक ज्यू, मीडियाले तपाईको धेरैथोरै असर पर्ने गरि समाचार सम्प्रेसन गरे जस्तो लाग्यो नि तर लेख सरहनीय छ l
मन परे हरियो, नपरे रातो
0
0
आधुनिक शेस नाग !
बाल्यकालमा मैले सुनेको शेष नाग त यी मीडिया पो हुन की झै पो लाग्न थाल्यो। १००० वटा जिब्रो भनेको १००० वटा झुठो बोले पनि कारबाही नहुने, जुनसुकै कुरालाई १००० वटा तरिका अनुरुप तोडमोड गर्न सक्ने खुबी भएर पो भनेका रहेछन् झै लाग्न थाल्यो ।
मन परे हरियो, नपरे रातो
2
0
छेउ न टुप्पा को लेख……………मैले त यो लेख को बीच देखि नै study गर्न मन् लागेन //
मन परे हरियो, नपरे रातो
4
9
खासै नराम्रो छैन लेख .
मन परे हरियो, नपरे रातो
2
4
काठ्मान्डुमा बेरोजगरीको रोग लागेर लखर-लखर भतुवा भएर हिड्डा खेरी जहाँ तही भेटिने हुल्मुल र टाईम पास् गफ र गफडीहरुको कथा एकदम ठीक छ तर बिषय बस्तुको झन्कार भए जस्तो लागेन
मन परे हरियो, नपरे रातो
3
7
राम्रो लेख काठमाडौँ मा बितायको पुरानो दिन को याद गरायो
मन परे हरियो, नपरे रातो
4
2
मलाई धेरै कुराहरु राम्रो लग्यो, ठिकै छ | आउदो दिनहरुमा अझै राम्रो लेख पढ्न पाइयोस धन्यवाद |
मन परे हरियो, नपरे रातो
5
2
राम्रो, अहिलेको समय अनुसार को लेख छ, बेकार समय काट्छ
मन परे हरियो, नपरे रातो
1
5
पड्दा रमाइलो लाग्यो, धन्यबाद लेखकज्युलाइ /
मन परे हरियो, नपरे रातो
8
4
..बस्तीको बिचमा रहेको पोखरी जो बर्षाको पानी (भल) ले भरिने गर्दछ र जसमा कसैले कपडाहरु पखाल्ने गर्छन, कोहि केटाकेटी पौडिने गर्छन, कसैका पाल्तु जनावरहरु पौडिने र पानी खाने गर्छन , कसैले फूलपाति सेलाउने गर्छन; जसको डिलमा बसेर कसैले बुज्रुक हुदै गफ चुट्दछन- ताना बुन्छन; साँझमा भ्यागुता कराउछन; अनि रात छिप्पिदै गए पछि स्याल कराउछन; अनि राँके भुत आउछ; ….
शायद त्यहि पोखरीको एक मुठी पानी र त्यसको पिंधको एक मुठी हिलोको साहित्यिक/सामाजिक ल्याब रिपोर्ट होला यो लेख!
मन परे हरियो, नपरे रातो
8
8
first of all i would like to thanks to the mr.monaj.i have little comment to him that in my point of view , title and the story is different . the story seems like to show the current situation of kathmandu where different levels of prospect have different kind of attitude never combine and should have different either because of their education.
मन परे हरियो, नपरे रातो
2
2
लेख को शार त राम्रो छ तर मलाई बेक्तिगत रुप मा भन्नु पर्दा अलि कति प्रस्तुति निमिलेको हो कि भन्ने लागेको छ, जे होस् येहा को लेखाई आगामी दिन मा अझै परिस्कृत हुँदै जावोस शुव कामना छ मेरो ,
मन परे हरियो, नपरे रातो
9
7
राम्रो छ रत्न पार्कको याद आयो
मन परे हरियो, नपरे रातो
1
1
धेरै राम्रो लेख | धन्यवाद |
मन परे हरियो, नपरे रातो
4
2
छेउ न टुप्पो को लेख .. लेख कता बाट कता गएको छ थाहा नै छैन.. there is no smooth flow of writing… i dont know i am right or wrong but i dont like this…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
16
काठमाडौँ को सडक र गल्लिहरु मा हुने गफगाफ अनि कुराकानी को राम्रो चित्रण छ तपाइको यो लेख मा. लेख अलिकति लामो भए पनि समसामयिक विषयवस्तु मा आधिरित भएको ले पढ्न रमाइलो लाग्यो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
i am little confuse because i donot understand this. any way nice story
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
19
मनोज जी, बधाई छ साह्रै राम्रो नेपाली शेषनागको बयान गर्नु भएको मा। फेरी पनि एउटा सकारत्मक सोचको लेखले यो लेखलाई निचोडमा पुर्याउनु होला। धन्यवाद
मन परे हरियो, नपरे रातो
12
5
गजब राम्रो लाग्यो
मन परे हरियो, नपरे रातो
4
8
मनोज जि को लेख निकै राम्रो छ । साहित्यक रुपमा भयपनी अहिलेको नेपालको पारिस्थिती लाई छर्लङै पारिदिनुभयकोमा खुशी लाग्यो ।
तर लेख को बिचमा गोर्भचोभ चिनको भन्नु भयकोमा मेरो बिमती छ । गोर्भाचोभ चिनको नभयर रुशको नेता हो ।
दिपक अधिकारी
जर्मनी
मन परे हरियो, नपरे रातो
10
1
आहा कति राम्रो कथा ,मन नै छुने लग्यो मलाई त ,वर्तमान नेपालको परिवेशलाई प्रतिनिधित्तो गर्ने कथा,बधाई छ लेखकलाई राम्रो कथा को लागि !! मुटु दुखेको छ यो परिबेसको नेपालको एउटा हिस्स बन्नु पर्दा,हाम्रो पिंडीले दुख भन्दा केहि न देख्ने भो न त कुनै प्रगति गर्ने आबसर पाउने भो,हे भगवान !!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5