मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    विदेश जाने विद्यार्थी बढे

    पढ्नका लागि विदेश जाने विद्यार्थीहरुको संख्या यो वर्ष अझ बढेको छ। छात्रवृत्ति ऐन २०२१ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पूर्वस्वीकृति नलिइ विदेशमा उच्चशिक्षा अध्ययन गर्न जान हुँदैन। विदेश जान शिक्षा मन्त्रालयबाट स्वीकृतिपत्र (नो अव्जेक्सन लेटर) लिनु पर्छ। यही पत्र लिएकै आधारमा विदेश गएका विद्यार्थीहरुको संख्या बढेको पत्ता लागेको हो।

    कति विद्यार्थी बाहिर गए त?
    आर्थिक वर्ष २०६५/६६ मा २४ हजार ८२४
    आर्थिक वर्ष २०६६/६७ मा २६ हजार ९४८

    कुन देशमा बढ्यो ?
    बेलायतमा
    अघिल्लो आर्थिक वर्षमा ६ हजार ६२७ जना
    आर्थिक वर्ष २०६६/६७ मा १९ हजार ६८
    भारतमा ५८ बाट ४२८ जना,
    बङ्लादेशमा ३७६ बाट ५५२ जना
    क्यानडामा २०८ बाट ६६८ जना

    कुन देशमा घट्‌यो ?
    अस्ट्रेलिया/चीन/जापान
    अष्ट्रेलिया जानेको सङ्ख्यामा १० हजार १२१ बाट घटेर एकहजार ३३७,
    चीन २६५ बाट २३८ जना,
    जापान ८०५ बाट ७५८ छन्।

    नेपाली विद्यार्थीहरू ती देशका अलावा पाकिस्तान, अमेरिकालगायतका करिब ६० देशमा चिकित्सा, इन्जिनियरिङ, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, कानुन, मानविकी, वाणिज्यशास्त्रलगायतका विषयमा अध्ययन गर्न विदेश जाने प्रवृत्ति रहेको छ।

    जुनसुकै मुलुकमा जान चाहने विद्यार्थीलाई मन्त्रालयले स्वीकृति दिँदा प्रत्येकसँग दुईहजार रुपैया लिने गरिन्छ।

    No related posts.

    47 comments to विदेश जाने विद्यार्थी बढे

    • madan bajracharya

      बिदेशमा पढ जान योग्यता भएको बिद्यार्थीहरु बिदेशियेकोमा जनता र देस प्रति जिम्मेवार भएको सरकारको लागि रानी पोखरीमा दुबी मर्नु बराबरको कुराहो/ तर कुर्सीमा बसेर आफ्नै भत्ता र सुबिधामात्रै खोज्ने गैरजिम्मेवार सरकारको लागि सछ्यम परिवारको सछ्यम सन्तानहरु बिदेसिनु भनेको उनीहरुको लागि अब म बसेको कुर्सीमा बस्न प्रतिस्पर्धा गर्न आउनेहरु घट्यो भनि दंग हुन्छन/

      पन्चे काल त् ल नराम्रो भए रे/ पन्चे हटाएर कुर्सीमा बसेको आजले बिस बर्ष नाघी सक्यो/ न देसमा रोजगारको बन्दोबस्त गर्न सकेको छ न सुलभ शिछ्याको बन्दोबस्त गर्न सकेकोछ/ नपढे पनि बेकार पढे झनै बेकार/ नपढेकाले त् ल कस्तै काम गर्न पनि राजि हुन्छन तर राम्रो डिग्री भएकाको मसल हुँदैन मस्तिस्क मात्रै हुन्छ/ तेस्ताले न रिक्सा चलाउन सक्छ न ठेला घचेत्न सक्छ/ बाउ आमाले छोरा बेकार भएको कसरि हेरी रहन सक्छ? अनि मुटु माथि ढुंगा राखेर “लौ त् बाबु जा बिदेशमै” भनि नफर्किने बाटो देखाउन बाध्य नै हुन्छ/

      अब उच्च सिछ्या देशमै हासिल गराउने हो भने परिस्थिति तेस्तो/ स्कुल कलेजको विद्यार्थीलाई पार्टीको नेताहरु आफनी आठ प्रहरिया ठान्छ; “ये जा फलाना थाहूँमा घेराउ गर हड्ताल गर” भन्न थालि हाल्छ/ स्कुल कलेज बन्द गर्न लगाएर डाका नेताहरुले बिद्यार्थीको र देसको भबिस्य को अपहरण गर्छ र अनि फिरौतीमा आफ्नो माग पुरा गर भन्छ/ स्कुल कलेजमा पार्टीको लठैदहरु युनियनको नाममा गुण्डाराज चलाई आएको छ/ उनीहरुले हड्ताल भनेको नमाने हालत के हुन्छ सबैले बुझेकै कुराहो/ अनि के गर्ने त् ? हामीले देखेकै हो प्राथमिक र निम्न माध्यामिक तहको बिद्यार्थी समेत राजनैतिक माग लिएर फलाना नेता जिन्दाबाद भन्दै जुलुस गर्दै हिडेको/ के उनीहरुले आफनी बिबेकले यस्तो गरेको हो बा त्यो स्कुलमा युनियेनको नाममा पार्टी अड्डा जमाएर बसेकाले हड्ताल गराएको?

      कसै गरि पढाई पुरा गरे कुरा उही/ योग्यता हेरी होयिन सिफारिश हेरी नियुक्ति गर्छ/ सिफारिश पनि अझ किन्नु पर्ने/ साथीहरुले बुझ्नुस ल राम्रो राम्रो संस्थानमा गएको बिस बर्समा सिफारिस बात भर्ना भएको बढी छ कि प्रतिस्पर्धा बात नियुक्ति भएको? राम्रो संस्थान को त् कुरै छोदुं साझा यातायात जस्तो खस्कंदै गएको संस्थानमा त् यिनीहरुले भर्ति केन्द्र खोलेर बसे/ कहीं कतै एउटा खालि थाहूँ भएको भनक मात्रै पाउनु पर्छ/ नेताहरुको घन्टी बज्न थाल्छ/ हुकुमे सिफारिस माथि सिफारिस आउन थाल्छ/ अनि प्रतिस्पर्धा र अन्तर्वार्ता सबै एउटा नौटंकीमा परिणत हुन्छ/ नियुक्ति पाउँछ त् तेही हुकुमे सिफारिस वाला कामै नगर्ने खालि म फलानाको मान्छे भन्दै हिड्ने/ अनि त् भ्रस्टाचार यति बिघ्न भएको हो/ पैसा खुवाएर जागिर खाएकाले पैसा नखाई कसरि काम गर्छ?

      जाँचमा बिशिस्ट अंक ल्याए पनि छात्रवृति को लागि पैसा दिएर सिफारिश पाउनु पर्ने/ साथीहरुलाई सायद याद हुनु पर्छ उहिले कोलम्बो प्लान अन्तर्गत नेपाली विद्यार्थीले अमेरिका युरोप आदि तेश्रो मुलुकमा समेत छात्रवृति पाई आएको थियो/ २०४६ सालको परिबर्तन पछी नेताहरुले त्यो कोलम्बो प्लान अन्तर्गत नेपालले पाउने तेश्रो देसको छात्रवृति भारतको कोटामा पारेर भारतको सांस्कृतिक कोटामा भारतीय दुताबासले फलाना नेताको यति जना फलाना नेताको उति जना लाई भारतमा छात्रवृति दिलाउने ब्यबस्था मिलाए/ अनि उनीहरुको दुवै हातमा लड्डु भई हाले/ आफ्ना सन्तानहरु जति सुकै कम अंक ल्याए पनि आफ्नो कोटामा भारतमा छात्रवृति पाउने नभए आफ्नो सिफारिस को मोल असुल्न पाउने/ हो भारतीय दुताबास बात पाउने सिफारिस सबै नेताहरुको भागबण्डामा छन्/ बिज्ञापन आदि सबै नौटंकी मात्रै हो/ अनि तेस्तो सिफारिस पाउन उनीहरुले चाहेको मोल चुक्ता गर्न नसकेका हरु ल उतै काम गर्दै पढ बाबु भन्दै घर खेत बेचेर भए पनि बिदेशमा पढ्न पठाउन बाध्य भई हाले/

      फेरी अर्को यौटा नौटंकी कानुन छ देसमा/ ३५ बर्स नाघेकाले सरकारी तथा सरकारी लगानी भएको कुनै थाहू मा नोकरी गर्न नपाउने/ अब हेर्नु ल १६ बर्स पुगेकाले मात्रै एस यल सी दिन पाउने/ एस यल सिको नतिजा आउन्जेल १७ बर्स नाघ्न नाघ्न लागि हाल्छ/ अनि सरकारी कलेजमा सबैले दाखिला पाउन सिट छैन/ निजि कलेजमा शुल्क तिरी नसक्नु छ/ कसै गरि डिग्री स्तर को पढाई सिध्यौन्जेल अधिकांस को उमेर ३० बर्स को हाराहारीमा पुगेको हुन्छ/ नोकरी खोज्दै गर्दा ५ बर्स अर्को बिटमा ३५ बर्स नाघी हाल्छ अनि त् कुरा झन् बल्झियो/ कानुनले नोकरी गर्न नपाउने भई हाल्यो/ तव के गर्ने बिदेसमा एस्तो कानुन छैन अनि बिदेस जानु बाध्यता भई हाल्यो/ आज बिदेसिएका बिद्यार्थीहरु ३५ बर्से कानुनले नेपालमा नोकरी नपाउने भएको ले बिदेस्मै बस्न बाध्य भएको असंख्य छन्/ नेताहरु आफु ८० नाघेर खुट्टाले टेक्न सम्म पनि नसके पनि कुर्सि भोग्न पाउने पर्ने भनि अनेक झमेला गर्दै गर्ने तर ३५ बर्स मात्रै नाघेका योग्य नागरिकले जागिर समेत खान नपाउने?

      भोलि नेपालको जिम्मा पर्ने नेपाली युबा बर्ग हरु आज विदेश पलायन हुन् बाध्य बनाएकोछ/ नेपाली शिपलाई बिहारीले प्रतिस्थापन गराएकोछ/ हिजो सम्म पुर्खौ देखि शिप मुलक पेसा गर्दै आएको नेपालीहरु आज जताततै बिहारी बात लखेतियेकोछ/ कहाँ जाने तिनीहरु? के गरि खान्छ तिनीहरुले? यसको चिन्ता कसैलाई छैन/ अनि तिनीहरुमा नपढेका तर गिलास कप धुन जानेका सबै भारत गए/ अलि कति खेत भएका हरु खेत बेचेर अरबमा गए/ अलिकति आर्थिक स्थित राम्रो हुनेहरुले आफ्नो सम्पतिनै बैंक आदिमा धितो राखेर तेस्रो मुलुक गए/ के फर्कन सक्छन तिनीहरु?

      साथीहरु जो बिदेसिए त्यो त गए अब/ कमै मात्र फर्कन सक्छन/ तर भोलिको नेपाल कसले चलाउने, नेपालमा भएका हरु कोहि उमेरले बेकार कोहि अबशर पाउन नसकेर बेकार यिनिहरुत तेस्तै जाने भई हाले/ अनि बाकि रहेको नाबालकहरु जसको आमा बाउ बेकार भएको छ तिनीहरु कसरि योग्य हुन् सक्छ? त् देस चलाउने कुर्सि मा को बस्ने? यीनेताहरुको सन्तान? यसरि त् नेताहरु राजा र तिनका सन्तान युबराज बन्ने भए नेपालमा/ एक राजतन्त्र हटाएर सहस्र राजाहरुको राजतन्त्र निम्त्याए हामीले/ अब बधाई दिने कि आफैलाई बा………?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • jagadish timilsina

      नेपाली पत्रकारलाई अहिले शिक्षा तथा खेलकुद मन्त्रालय टुक्रिएर शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालय छुट्टै भएको सानो कुरा पनि अबगत छैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Hari Sah

      जुन देस मा एक जना साधारण कर्मचारी को तलब ८००० देखि लिएर १६००० सम्म हुन्छा त्यस देस मा यौटा नो ओब्जेच्शन प्रमाण पत्र लिन २००० रुपीया लाग्ने/ यो कति सम्म को ठिक्क शुल्क हो मा ले भन्नुस?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • prem kumar

      यो सबै विदेश मा पदने बिथार्थिको साथै पदन जाने हरुको बहश हो नेपालमा नै केहि गरु भन्नेले नेपालमा नै गरि रहेको छन् सबै युवाले विदेश जाने सोचे देश बिकाश कसले गर्ने ?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • Rajendra Shrestha

        तपाई जस्ता देसको लागि सोच्नेहरु हुँदा हुँदै अरु किन चाहियो र?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • प्रितम राजबंसी

      यहाँका राजनीतिक दल, नेताहरु र भ्रस्ट कर्मचारी हरुले गर्दा, आफ्नो भबिस्य नदेखदा बिधार्थीहरु विदेश लाग्नू स्वभाभिक नै हो , न त यहाँ पनि बती कै सुबिधा छ न त यातायात बाटोघाटो, के खाएर बसुन त देच्मा यस्तो भेये पछि, न त यहाँ गर्न दिन्छन, न त आफै गर्छन यहाँका नेताहरु र भ्रस्ट कर्मचारी हरु!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Sayanu paija

      जन्मे देखी को बल लगाएर, झोली झ्याम्टि रित्यार बिदेश पुग्ने हरु नै हुन माई सन्सार मा कमेन्ट गर्ने हरु। जे होस बिदेश पुगे पछि नेपाल को माया लाग्नु पनि राम्रै हो। नलागोस पनि किन बाउ ले बिदेशमा मरि मरि कमाको मा रजाई गरेको बिदेशमा त आफै कमाउनु, पढ्नु पर्यो दु:ख पर्दा नेपाल को सम्झना आईहाल्छ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 20

    • Akash

      नेपालको पढाईको विदेशको पढाई भन्दा कम छैन ! नेपालमै पढेर कति कति डाक्टर एन्जिनेयेर भएका छन् ! तर …… नेपालमा (पढ्नलाइ) बत्ति छैन , खानलाइ पानी छैन , वर्षमा ५-६ महिना जस्तो त नेपाल बन्द र सार्बजनिक बिदाहरुले स्कुल कलेजहरु छुट्टि हुन्छ, महंगीले सिमा नाघीसक्यो , प्रदुषण र फोहोर जताततै बढेको बढेकै छ , नेताहरु पैसाको पछि दौडेका छन् , जनताको ज्यान धन को सुरछा छैन…. अहिलेको स्थिति हेर्ने हो भने नेपालको भबिस्यमा कालो बादल बाहेक केहि छैन, कोलाइ मन छ त्यो आधिभेरीको सामना गर्ने… युवाहरुले यो कुरा बुझेको छ तेसैले को बस्छ त नेपालमा …..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 9

    • bijay

      बिदेस बस्नेहरुले नेपाल मा बसेर केहि हुदैन भंदैगर्छन नेपाल बिस्तारै बन्दै जान्छ … अब देश विकास हुन लै न त फोहोर राजनीति ले रोक्न सक्छ न त पलायनबादले …. किनभने जातिले बाध्यताको बहाना गरेर पलायन भए पनि देशमै बसेर केहि गरौँ भन्नेहरुको पनि कमि छैन …. जय नेपाल !!!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • shova

      ठिक्क पर्यो नेपाली हरु जहिले पनि काग ले कान लग्यो भन्दा कान नाछ्मेरा कागको पछाडी कुद्ने हरु तेत्रो आर्थिक मन्दी लागिराखेको बेलामा बेलायेत जस्तो धुर्त रास्त्रले मौका किन दिएको थियो त उसको आर्थिक अवस्था सुल्झाउनुको लागीता थियो तर हाम्रो नेपाली दाजु भाई दिदि बहिनि हरु केहि नबुझी एह लौ बेलायेत गएर कमाउनु पाउने भयो भनेर मान्छे ४० बर्सको भैसक्यो अझै पनि विद्यार्थी वनेर बिदेसिन्छा पदने नै हो भने नेपालमानै बसेर पनि padinchha देसको सेवाको लागि हो भने जहाँ बाट्टा हुन्छ तर सबैको चाहना भावना एउटी मात्र बेलायेत गएर कमाउने सपना बोकेर औछ उता बेलायेत सरकारले हरेक घडी नियम बदलेको छ किनकि अब उसको आर्थिक अवस्था उठी सक्यो यो २ वर्ष भित्रमा विद्यार्थी भित्राएर मात्र billion पैसा उकास्यो अनि अब त आखा खोला आउने आइसक्यो बुझेर या नबुझेर agancyle फसाएर या आफै जानी जानी फसेर आउनु बक्की ले त बुझा आखिर येह आएर बिजोग हुनु भन्दा बाबा आमालाई ऋण मा दुबौनु भन्दा अगाडी केहि सोचा हुने वाला केहि छैन बेलायेत आएर अखिरमा बेलायेत आफै परजीबी हो उसको देसमा केहि छैन सबै बाहिर batta नै आयात हुन्छ भेडा गाई सुँगुर बाहेक केहि छैन

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    • Bal Bahadur

      के गर्ने क्याम्पस प्रमुख हरु त क्याम्पस जाने बाताबरण भएन भनेर राजिनामा दिदैछन यस्तो अबस्थामा राष्ट्रबादको नारा जपेर को बसला र . सके सात समुद्रपारी नसके डाडापारि ( सुद को देश ) गएर भने नि पढ्ने पर्यो नि .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • यहाँ प्रकाशित तथ्यांक पढ्न को लागी बिदेश जानेको हो….पढ्न बिदेश जानू म चाही नराम्रो मान्दीन येदी तपाई संग तेहा को शिक्षा लिन योग्य हुनुहुन्छ भनेमात्र..यहाँ नै बल्ल बल्ल पास भैराखेको मान्छे तेहा गएर पढेर के गर्नुहुन्छ?बेलायत बाट इंग्लिश बोलन न जानेर फ़रकैदेको उदारहण पनी हाम्रो सामु छन/राजनैतिक अस्थिरता ले युबा मा नैरास्यता छाउनु ठीक हो तर हात मा केहि पनी शिप नभएको मान्छे ले १-१.५ लाख तिरेर १०,०००/- तलब खान दुबई-मलेसिया-साउदी-कतार…….जानू पर्ने अबस्था चै छैन.काम नेपाल मा पनी छ तर साथी हरु बुज्दै नबुझी काम नै छैन देस खत्तम छ एस्तो उस्तो भन्नु को कुनै तुक छैन.+२ गर्ने बित्तिकै ऑफिसर को जागीर ताकने किसिम को सोच राख्नु भएन..साधारण लेबर को हामी दिन को रु५०० तिरने गर्छौ,हात मा शिप हुने ले ७५०-१००० सम्म दिन को कमाऊछ्न/ अनि तपाई हरु पत्याउनु हुन्छ नेपाल मा लेबर महँगो र नपाऊना ले गत महिना मेरो एक साथी ले बंगलादेश बाट लेबर ल्याएर construction को काम गराईराका छन/ निचोड़ पढ्न को लागी बिदेश जानू भाको छ भने please एक पटक देस मा आएर शिकेको कुरा गरिदिनुस वा सिकाइदिनुस! पढाई पनी छैन शिप पनी छैन भने बिदेश मा तपाई को लागी केहि छैन आउनुहोस येही नग्ग्रा खियाऊ…..महाबीर,संदूक,उत्तम संजेल……..लाई देस भित्र काम गर्न केहिले रोकेको छैन जस्तो लाग्छ./

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • सुभक

      के गर्ने विद्यार्थीहरु पढ्नका लागि विदेश रहरले होइन कि बाध्यताले गइरहेको पाइन्छ । मुख्यत देशको भविष्य निर्धारण गर्ने यहांका नेताहरु निहित स्वार्थमा लागेर खुर्सी बाहेक अरुकुरा नै सोचेको छैन । साइत त्यहि सोचाइका कारण भएको विद्यालयहरुमा राम्रो पढाइ पनि भएको पाइदैन । यसै मारमा परेका नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नका लागि विदेशी तिर जान छन् ।
      वास्तवमै राज्यले यहि कुशल उच्च शिक्षाको व्यवस्था गरे नेपाली विद्यार्थीहरु विदेश जाने थिएन कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • ashish cha

      नो ओब्जेच्शन letter लिएर जाने त त्यति छ ,, नालिकाना जाने कति होला …

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • Anup Sydney

      म पनि एउटा विदेश मा बसेर मजदुर गरेर आफ्नो जिबिका गुजारेर बसिराखेको पिडित हु!! आफ्नो देश मा फर्केर केहि गर्ने धोको छ साथसाथै आफ्नो परिवार संग बस्ने मन छ तर देशको परिस्थिथि तेस्तो छ कि जुन कारण ले गर्दा यो दुख नै दुख ले भरिएको संसार मा दबिएर बस्नु पर्ने वाद्यता छ हामी नेपालीहरु लाई चायः त्यो अमेरिकामा होस् वाह साउदी मा नै होस्!! अहिले को अवस्था मा नेपाल फर्किनु भनेको आफुले थापेको पासो मा आफै फस्नु हो……………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • Bardan

      को बस्छ यस्तो देश मा ? जहाँ १८ घण्टा लोअद सेदिंग हुन्छ , खान को लागि पनि पानी छैन , महगी ले बच्न गारो छ, जता ततै घुशिया नै घुशिया ले राज गरेको छ , मान्छे मार्ने त कुनै ठुलो कुरा नै हैन , जंगली ले राज्य शंचालन गर्दै छ , मनबता र बौद्धिकता को कुनै अर्थ छैन , ल भनुष अब यस्तो देश मा को युवा बस्छ होला ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 6

    • arn

      हो, फी तिर्नको लागि ड्राफ्ट वा मनि ट्रान्सफर गर्नु पर्ने खण्डमा नो अब्जेक्शन लेटर चाहिन्छ ! तर तपाई छात्रवृति मा आउदै हुनुहुन्छ भने सो २००० रुपया सरकारलाई होइन साथीहरुलाई पार्टीमा खर्च गरे हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Mantra

      नेपालका प्रत्येक बालबालिकामा ठुलो भएपछी विदेश गएर पढ्नुपर्छ र विदेशमै स्थायी बसोबास गर्नुपर्छ भन्ने मानसिकताको बिकाश गरिएको छ/ विदेश जानु नै नेपालको पढाईको अन्तिम लक्ष्य र उपलब्धि हो भन्ने सोचाई बालबालिकाको मस्तिस्कमा घुसाईदिएको छ हाम्रो समाज ले/ नेपालका प्रत्येक अभिभावक आफ्नो सन्तान बिदेसिएकोमा गर्ब गर्छन/ कोहि व्यक्ति अध्ययन पछी नेपाल फर्कियो भने असफल को उपमा पाउने सम्भावना हुन्छ/……………….. अर्कातिर नेपालको फोहोरी राजनीति, अनिश्चित भबिष्य, असुरक्षा, नाताबाद, राज्यको असहयोग, शिक्षालयमा हुने राजनीति र गुन्डागर्दी आदिले प्रत्येक अशल र परिश्रमी नेपाली दिक्क र निरास भएको छ/ त्यसैले संख्या बढेको हो जसको परिणाम नेपालको उन्नतिकालागी घातक छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 2

    • ईश्वर

      “जुनसुकै मुलुकमा जान चाहने विद्यार्थीलाई मन्त्रालयले स्वीकृति दिँदा प्रत्येकसँग दुईहजार रुपैया लिने गरिन्छ।”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 17

    • man bahadur thapa

      गरिब देस का धनि जनता अबको कानुनी कारबाई जनता बाट हुनु परछ . तर इमान्दर र बेइमान छानेर नत्र एक छाक खानलाई हम्मे हम्मे पर्ने नेपाली हरुलाई लाखौ रुपयाँ खर्च गरेर विदेशिने धन कता बाट आयो. बिना टालटुले सिक्षा को ज्ञान बोकेर बिदेस गयो अनि मजदुरी गरो घरखेत सबै बन्दकी राखो आफु पनि बर्बाद भयो परिवार लै पनि बर्बाद बनायो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 21

    • Rabin Tokyo Japan

      एकछाक खानलाई हम्मे हम्मे पर्ने हामी नेपाली हरुलाई लाखौ रुपयाँ खर्च गरेर विदेशिने रहर कहाँ अनि कसलाई पो होला र ? बिदेशिनु हामी नेपालीहरुको रहर नभएर बाध्यता हो ! किन कि देशलाई पर्तिनिधित्त्व गरिरहेका दलका नेताहरुलाई कुर्ची को खिचातानीमा नै लडाइ झगडा गर्दा नै ठिक्क छ ! देशको दुकुटी पजेरो र प्राडोमा सकिएको छ ! नाता बाद र कृपा बाद हुनेह्हरु असक्ष्यम भएर पनि कुर्शीमा पुगेका छन् ! शैशिक सस्था हरु पनि राजनीतिक थलो भएका छन् पढाई भन्दा पनि धेरै राजनीति हुन्छ! बन्द हड्ताल भनेको त हामी नेपाली हरुको लागि कुनै नौलो कुरा नै भएन .देशको यो दिनप्रतिदिन बिग्रद्नो परिस्थिति बाट दिक्क भएका हामी नेपाली हरुको एक मात्र उपाए हो ऋण धन गरेर भए पनि विदेश लाग्नु पर्ने ! व्यक्तिगत स्वार्थ र कुर्शी को लागि फोहोरी खेल खेलेर मुलुकलाई बर्बाद बनाउने …कहिले सम्म ????नरोकिने यो प्रथा ?????…हे नेताहरु हो युवा शक्ति लाइ रोक..बिदेशिन बाट …….बगाउन देउ पशिना र रगत देशको लागि ,,,,,,सेवा गर्न देउ नेपाली आमाको …रोक लुटपाटअनि हत्या र हिंशा ,,बाच्न अनि बच्न देउ सुख होइन शान्ति देउ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 2

      • Thebe

        तपाईं झुटको खेति गर्नु हुन्छ, कसले भन्यो रहर होइन भनेर मात्र?? धेरै बिद्यार्थी हाइ स्कुल नै नसकी विदेश गएर पढ्ने सपना बनाउछ! मान्छेहरु बाध्यताले नै मात्र विदेशिने हो भने त सरनार्थी भएर आउनु पर्ने हो त विदेश……..

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Gyan

      “कागलाई बेल पाक्यो हर्ष नि विषमत” नेपालमा करोडौं करोड जनता मुखमा माड लगाउन तंछाड मछाड गरिरहनु परेर सरकारी स्कुलमा त पठाउन सकिरहेको छैन / बर्षमा २५-२६ हजारको संख्यामा बिदेश पढ्न जान्छ भने जस्तै नेपालमा यहि २५-२६ रहेका कुख्यातहरुले मुलुकको राजनीति र अर्थतन्त्र आफ्नो मुट्ठीमा राखिराखेको छ / बिदेशमा पढ्न जाने कस्ता कस्ताका छोराछोरीहरु बढी जान्छ त्यसको पनि तथ्यांक सार्बजनिक गरि दिएको भए हामी सर्ब साधारण जनतालाई छर्लंग हुन्थ्यो / मतलब साफ छ कि धेरैजसो जापान, अस्ट्रलिया, युरोप-अमेरिकामा दशौँ लाख खर्च गरेर पढ्न जाने भ्रष्ट मन्त्री-नेता, भ्रष्ट हाकिम-उच्चपदस्थ कर्मचारी, छोराछोरीहरु मात्र हो / एक नम्बरमा नेपालका हाकिम उच्चपदस्थ कर्मचारीहरु भ्रष्टाचारी हुन् / यिनीहरुले नेता-मन्त्री, दलाल, तस्करीहरुलाई भ्रष्टाचार गर्न सघाउन प्रशाशनिक कागजपत्र मिलाएर खाने ख्वाउन यी उच्चपदस्थ कर्मचारीहरु त हुन् / यिनीहरुले जनतासंग प्रतछ्य असुल्ने घुस साथ साथै अप्रतछ्य रुपमा करोडौं प्रशासनिक खर्च राजस्व हिनामिना गरेर खाई रहेको हुन्छ / सर्बसाधारण जनता अनि बिचरा सुक्खा तलब खाएर बस्ने कर्मचारी र यिनीहरुको जिबनस्तर-शैली हेरे राम्रो थाहा हुन्छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 32

    • rosan sharma, CANADA

      विदेश मा पदना जानु नराम्रो होइन / तर त्याह गएर तेतई बसोबास गर्नु चाही नेपाल को हितमा छैन / विदेश मा बिद्यार्थी ले कति दुख पौछां त्यो नेपाल मा बस्ने ले काल्पनि पनि गर्न सक्दियन / येहा ग्रगुअते गर्ने हरु पदी अनुसार को कम पौने भनेको सारै मुस्किल छ / नेपाल मा फर्कन त्यहाँ को बाताबरण बिसेस राजनीति कारण ले फर्कन गारो मान्नु क साथै परिवार हरु पनि बाहिरै बसे ह्यन्त्यो र तेत बाट जसरि पनि दुख गरेर 2×4 सय दोल्लर महिना पठाए नेपाल मा गुजारा हुने हुदा वचा हरु मंपोवेर बाट जानु भन्दा बिधार्थी भएर जानु राम्रो ठंछा तेसैले विदेश जाने बिधार्थी को संक्य बढेको हो / एस लै अन्यथा लिनु पर्ने पनि छैन /यो सब नेपाल मा सान्ति भए पछी तेसै कम हुन्छ र विदेश मा दुख पाएर जिना तिना बसेका सबै फर्कन्छन./

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • बडो गजब लग्यो मने …हाम्रो देश नै एस्तो राजनीति को माकुरे गालो मा परे को छ ..स्तुदेंत विदेश न गए कहाँ भेडा चारु न गाउँ मा जौनता …आबो एस्तो दिन औला नेपाली हरु अति भएर नेपाली सरनार्थी भएर बाहिर janchan अनि ए नेता हरु मोज गरुन भादुवा ho

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • ujjwal shakya

      सबै लै था भए सक्यो आफ्नो देश मा कै हुन सक्दैन भन्ने कुरा त्यी भएर सबै जना विदेश मा जान्छ पडनु लाई.यो देश मा यो नेता हरु ले खेलेको खेल ले गर्दा student को futuer अन्धकार छ.जम्मा ३६५ दिन हुन्छ १ साल मा त्यो पनि बन्द हड्ताल सरकारी छुट्टि ले २५० दिन त नेपाल नै बन्द हुन्छ भने कसरि student ले पडनु पाउने ? सबै दोष यो नेता हरु को हो जसले देश को लागि कैले कै गर्नु सकेन. अब यो देश को संसद बिघटन गरेर फेरी एकपल्ट मध्यावती चुनाव गर्नु पर्छ अनि यो देश को बागडोर चै नया पुस्ता को हात मा दिनु पर्छ. जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • bipin

      शिक्षा मन्त्रालय बाट किन स्वीकृति लिने ? के सरकारले हामी नेपालमा बसे राम्रो शिक्षा र छात्रवृति को जिम्मेवारी लिन्छ?
      यो त खाली सोझा साझा युवा युवतीलाई विमानस्थलमा गाह्रो पार्ने दुख दिने र पाए देखि आर्थिक वा अन्य शोषण गर्ने निहु मात्र हो

      केहि वर्ष पहिले म त्रिभुवन विमानस्थल वाट अमेरिका को लागि प्रस्थान गर्न लाग्दा छाप लाउने ठाउमा “के गर्न जान लाग्नुभएको ?” भनि प्रश्न सोधे एक कर्मचारीले / मैले “काम गर्न जान लागेको” भने पछि “श्रम मन्त्रालयको स्वीकृति खै ?” भनेर दुख दिन खोजे /

      “म संग अमेरिकामा काम गर्ने वर्क परमिट छ र म धेरै पटक ओहर दोहर पनि गरि सकेको मान्छे” भनेर ति कर्मचारी लाई बुझाउन खोजें / मलाई झनक्क त रिस उठेको थियो र “नेपालमा तिमीहरुले काम दिन्छौ र तिमीहरुको स्वीकृति लिने ?” भनेर ओठे जवाफ दिन मन लागेको थियो तर चुप लागेर बसें /

      त्यसपछि त “उ सरसंग कुरा गर्नुस” भनेर एउटा टोपीवाल हाकिमलाई देखाए ति कर्मचारी ले /

      पहिले त मैले राम्रो संग कुरा गरे , तर ति टोपीवाल को खाने दाउ रहेछ भन्ने थाहा पाएपछी मैले “एक छिन है सर ” भनेर मोबाइल बाट मेरो नाता पर्ने एक उच्च अधिकृतलाई फोन गरेर सोर्स फोर्स लगाएर उम्कन सफल भएँ / अरु कोहि भएको भए घुस ख्वाउनु वा घर फर्कनु बाहेक अरु चारा थिएन /

      एकजना मैले चिनेकी बहिनी का बुआ आमा काठमाडौँ बाहिर बस्नु हुन्छ / ति बहिनी काठमाडौँ मा नातेदार संग बस्थिन र छात्रवृति मा अमेरिका जान लागेकी थिइन् / उनी लाई काठमाडौँ बाहिरको मान्छे र राजधानीमा बाउ आमा नभएको भनेर थाहा पाएपछी त विमानस्थलका एक कर्मचारीले त्यसै गरेर दुख दिएर उनलाई राती प्रस्थान गर्न लागेको विमानमा अनेक निहु पारेर चढ्न दिदै दिएनन् र त्यति ले नपुगेर “भोलि दिउसो को उडान मा जाने मन भए कि त पैसा भए पैसा खुवाउने कि त आज बेलुकी मेरो डेरा मा बसेर मलाई खुशी तुल्याउने र भोलि जाने ” भनेर समेत भने / ति कर्मचारीले पछी बाहिर नराम्रो संग कुटाई खाएको कुरा काठमाडौँ मा धेरै लाई थाहा छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 0

      • Nirmal

        तपैले भनेको ठिक हो / दुइ महिना जति अगाडी चौध पन्ध्र वर्स जति कि एउटी जर्मन केटि लाई विमानस्थल का बोका कर्मचारी ले गर्न सम्म गरे / ति केटीकी आमा त्यहि दिन सम्मेलन मा भाग लिन सिंगापुर गईन र छोरी लाई आर्को उडानमा युरोप तिर जान भनेर छोडिन

        एक्ली राम्री चौध पन्ध्र वर्स कि जर्मन केटि लाई देखेर पिपासु विमानस्थल का बोका कर्मचारी ले उसलाई तैले के बोकेकी छस छ शंका लाग्यो भनि छुट्टै कोठा मा लगेर गर्नु छामछुम गरेछन जब कि नियम अनुसार महिला लाई महिला ले मात्र चेक गर्न पाउने प्रावधान छ /

        ती केटीले ती पिपासुहरुले अति नै छामछुम गरेपछि रुन कराउन लगिछिन र त्यहि ड्युटी मा बसेका पुलिस हो कि सेना का सुरक्ष्या कर्मी ले यो त अति भयो ..केटि लाई जान दे नत्र बबाल गर्छु भने पछी छोडे छन् /

        केहि घण्टा सम्म विमानस्थलमा हल्लाखल्ला भयो / सुरक्ष्या कर्मी ले आफ्नो हतियार निकालेर बोका कर्मचारी लाई “मेरी छोरी यहि उमेर कि छ ..तैले यो जर्मन बालिका लाई छोइस भने तलाई गोलि ठोक्छु ” भनेछन र बल्ल ती केटि लाई विमान मा चढ्न दिएछन

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

        • Thebe

          यो निर्मलजीको कमेन्ट मन नपराउने महानुभाबहरु बिमानस्थलका तिनै बोका कर्मचारीहरु हुन् कि क्या हो?? कि तिनका आशेपाशेहरु हुन् ??

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • binu

      हाम्रो देसको राजनैतिक ”.सामाजिक.’आथिर्क ;सबै कम्जोर ;र सिथिल भएर गएको छ [ मानिस लाई आफंनो भन्दा छोरा ;छोरी को बढी चिन्ता ले सताउन थालेको छ .बदय्ता ले गर्दा .गाउ बाट सहर ; सहरबाट बिदेस जाने परिवार बढेको छ [ डार त्रास को जिबन कसलाई प्यारो हुन् छ [ ? हुने ले यस्तो गर छन पैसा नहुनेले के गर्ने त ? भोलिका कर्डनधार सबै देस छोड्न थाले पछी के हुन् छ [यो गम्बिर आबस्था मा विचार गरेको छ देसले ? नो आब्जेसन लेटर को कुरा चाही मलाई थाहा छैन [

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Sita ram adhikari

      खाने मुखलाई जुंगाले छेक्दैन,नेपाल को नियम र कानुन ठुला बडा धनि मनि हाकिम नेता हरु र पहुच वाला हरुले स्वतन्त्रता छ.सोझालाई सुलीमा मर्नु न बच्नु पारिएको आनुभव भएको छ.काग कराउदै छ नेपाली मारिदै छन् सरकार कानमा तेल राखेर सुटको सुतेकै छ.योहो कथा व्यथा नेपालीको

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • ठुलो सपना र रहर भएकाहरुलाई नेपालमा केही गर्न सक्छु भन्न सक्ने स्थिती नै छैन ।
      बिदेशमै प्रगती होस् । सबैलाई शुभकामना ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • sushil

      “नेपालीले संसारै भरेको, आफ्नो देशचै उत्तानो परेको”
      -मह दोहोरि बाट

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 5

    • Daya

      सबैलाई नो अब्जेक्सन लेटर चाहिन्छ भन्ने चाहिं गलत हो।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 7

    • Kisan

      गरिबका छोरा छोरीले बिदेशमा पढ्ने धनीका छोरा छोरीले स्वोदेश्मा पढ्ने नेयम बनाउनु पर्यो समस्याको समाधान येहिबात हुन्छ !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 41

    • Dinesh

      म पनि बाहिर नै पढाई गरि रहेको छु. मलाई त यो No objection letter भन्ने त थाहा भएन नि ! न नेपालको विमानस्थलमा कसैले माग्यो न यहाँको दाता ले माग्यो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 7

    • Bhawana

      यो केहीको रहर भए पनि धेरैको चाही बध्येता नै होला | क्याम्पस राजनीति गर्ने थलो भएको छ | २१ औं शताब्दीमा पनि टुकी र मैन बत्तिको उज्यालोमा बस्नुपर्ने भएपछी के गर्नु त | देशमै अन्तरास्ट्रिय स्तर को शिछ्या दिने हो भने येसरी विदेशिने थिएनन् | तर देशको आवस्था दिन प्रतिदिन ओरालो लाग्दै छ | सबै भन्दा दुख लाग्दो कुरो त येही छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 5

    • Abhi, Holland

      I don’t believe on calculation based on NO OBJECTION LETTER. I am in The Netherlands and I didn’t need any NO OBJECTION LETTER. So there may be other pragmatic way to calculate how many students are going abroad. It is for sure that banda and strike are most important causes of student coming aboard. In addition to this, the money, good education and social prestige are other causes.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 8

      • Thebe

        के को सामाजिक इज्जत नि अभिजी, तपाई भ्रम पालेर बस्नु हुन्छ?? विदेशमा पढेर नै इज्जत हुने ठान्नु हामीमा लुकेको सामन्ती सोच बाहेक के हुन सक्छ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 13

      • Ramesh Thapa

        Yes, if the Ministry publishes data from different foreign embassies / consulates based in Nepal or abroad about how many students did get visa in a specific year, that would be authentic information. Such data will help in analysing how many went to which country and to study which course and for how long.

        Requirement of no objection certificate is a direct robbery on the poor youths. I think no university, college or school based abroad request such letter for admission or not any visa office insist on those letters. The Ministry of Education must justify why they are charging exhorbitantly. Do they ever undertake any investigation about suitability of the applicant to go abroad to study? Have they ever issued OBJECTION LETTER?

        Based on my experience, if some copies of original or fake certificates are attached with applications, the NOC is available next day if paid the money. They don’t bother to investigate, पैसा भए पुग्यो उनीहरुलाई |

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sudarshan

      के गर्ने त् देश को स्थिति ले गर्दा बेरोजगार त् के रोजगार युवा हरु पनि दिन दिनै पलाएन भैरहेका छन , गरिबी , भौगोलिक विकटता, गलत राजनैतिक नेत्रित्वो ,नेपाल बन्द ,चक्काजाम ,भ्रस्टाचार , सरकारी काम हरु मा व्यापक ढिला सुस्ती आदि इत्त्यादी कुरा हरु ले युवा हरु वाक्क भै पलाएन भैरहेका छन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • द्रोण

      घुस खाएर सन्तान लाइ विदेश मा पढ्न पठाउने अभिभाक का हक मा त्यो नियम लागु हुन्छ | आफ्नो परिश्रम गरेर आफै कमाउने अनि पढ्ने बिद्द्यार्थी मा त्यो नियम लागु हुन्न|
      यदि तेस्तो नियम छ भने तेस्लाई आची पुसेर फाल्नु पर्छ |
      नियम हरु जनताको हक ,हित बिचार गरेर बनाइएको हुन्छ र हुनुपर्छ |नदि नाला र देश बेचन चै स्वीकृति न चाहिने ,पढ्न जान चै चाहिने ?त्यो पनि आफ्नै मेहेनत मा |पुरा संबिधान नै गलत रैछ \

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 25

      • Anil

        यस्तो कुनै नियम छैन ! यदि destination university ले माग गरेमा अथवा २००० dollar भन्दा बढी बोकेको खण्डमा नो-objection letter लिनु पर्ने हो! म पनि full scholarship ma पढिरहेको बिधार्थी हु, न त मेरो record शिक्षा मन्त्रालयमा छ, न त यहाको दुतावास मा नै छ, म जस्ता कति छन् कति!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

        • budha

          you are right i also came in scholarship and i never had no objection letter

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Hemanta

      “ढ्नका लागि विदेश जाने विद्यार्थीहरुको संख्या यो वर्ष अझ बढेको छ। छात्रवृत्ति ऐन २०२१ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पूर्वस्वीकृति नलिइ विदेशमा उच्चशिक्षा अध्ययन गर्न जान हुँदैन। विदेश जान शिक्षा मन्त्रालयबाट स्वीकृतिपत्र (नो अव्जेक्सन लेटर) लिनु पर्छ।”

      Before I went for study, I checked with ministry about “No Objection Letter” and they informed that, I need “No Objection Letter” only if I need to carry more than $2,000. So, I didn’t got the letter. Therefore, I guess, “No Objection Letter” is not mandatory for “all” student to study abroad.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 4

    • raj

      मा पनि बिदार्थी हु त्यसैले सत्यता दर्सौदा कसैलाई पिर पर्चा भने माफ गर्नु होला धन्य बात.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 12

    • raj

      अरु देश मा थाहा वयेना लण्डन मा बिदार्थी ले मजदुरी मा धुलो बददेको देखियको छ के भानुरा खाई नेपाल मा बिदेशी बिधार्थी हालत चैन यस्तो छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

    eXTReMe Tracker