मेघराज रसाइली
- भदौ ८ गते मकवानपुरमा अग्नी एयरको विमान दुर्घटना भयो। १४ जनाले ज्यान गुमाए। सरकारले छानबिन समिति बनायो। प्रधानमन्त्री र पर्यटनमन्त्रीले दुःख व्यक्त गरे। प्रधानमन्त्री त शव ल्याउँदा विमानस्थल मै रिसिभ गर्न पुगे। पार्टीहरुले वक्तव्य निकालेर समवेदना प्रकट गर्यो।
- २०६५ असोज २२ गते लुक्लामा यति एयरको विमान दुर्घटना भयो। १८ जनाले ज्यान गुमाए। सरकारले तत्काल छानविन समिति बनायो।
हेर्दा यस्तो लाग्छ मानौं राज्य आफ्ना नागरिकको जीवन प्रति अति नै उत्तरदायी र जिम्मेवार छ। तर अर्को पनि केही उदाहरणहरु हेरौं :
- २०६६ चैत ६ गते दैलेखको नगरेभीरमा भयानक बस दुर्घटना भयो। कर्णाली नदीमा बस खस्दा ४१ जनाले ज्यान गुमाए। सरकारले न त छानबिन समिति बनायो न त यातायात ब्यवस्था मन्त्रालयले श्रद्धाञ्जली नै ब्यक्त गर्यो।
- २०६६ भदौ २४ गते सिन्धुपाल्चोकमा बस दुर्घटना भयो। २० जना भन्दा बढीले ज्यान गुमाए। सरकारले मौनब्रत लियो। अलि समयपछि पीडित बाहेक सबैले घटना बिर्से।
अब सोचौँ त के राज्य नागरिकको जीवनप्रति साँच्चै उत्तरदायी छ ? के लोक कल्याणकारी राज्यको सिद्धान्त अनुसार देश चलिरहेको छ ? लोक कल्याणकारी राज्यको अवधारणाले कमजोरलाई विशेष हेरचाह गर भन्छ। तर यहाँ त सक्नेका पक्षमा राज्यका तलदेखि माथिसम्मका निकाय सारा काम छोडेर लाग्छन् तर नसक्ने भोका नाङ्गाका पक्षमा केही बोल्दैनन्। राज्य स्वयंले यस्तो वर्गीय विभेद गर्न सुहाँउछ ?
सबैलाई थाहा छ, धेरै पैसा हुने “सुकिला मुकिलाहरु” हवाईजहाज चढ्छन्। पैसा थोरै हुने र “मैलाधैलाहरु” गाडी चढ्छन्। राज्यको नजरमा “सुकिला मुकिलाहरु” र “मैलाधैलाहरु” को जीवनको महत्व फरक भएको देखियो। यो त नेपालको अन्तरिम संविधानको धारा १३ (समानताको हक) विपरीत भएन र ! उड्न सक्ने र गुड्न मात्रै सक्ने हैसियत भएका दुई वर्गलाई राज्यले विभेद गर्यो भनेर अदालतमा मुद्दा हाल्न पाइने कि नपाइने ? गम्भीर भएर सोंच्ने बेला आएको छ।
यो अवश्य सत्य हो कि हवाई यात्रा सडक यात्रा भन्दा अत्यन्त संवेदनशील हुन्छ। यस प्रति राज्यका प्रधानमन्त्रीदेखि निम्न तहका कर्मचारी सम्म संवेदनशील हुनु सुखद कुरो हो। तर मृत्यु त चाहे आकासमा होस चाहे जमिनमा त्यो उत्तिकै पीडादायी हुन्छ र राज्यले त्यसलाई उत्तिकै गम्भीर रुपमा लिनु पर्छ। हवाई दुर्घटना हुँदा छानबिन समिति बनाउन हतारिने तर सडक दुर्घटनामा दर्जनौ मान्छे मर्दा पनि कानमा तेल हालेर बस्ने संवेदनहिनताको अन्त्य हुनु पर्छ। यही संवेदनहिनताको कारण भीरबाट गाडी खसेर वर्षेनी सयौं नागरिकले ज्यान गुमाउँछन्। त्यो किन भयो भनेर केही दिन चर्चा हुन्छ र त्यसै सेलाउँछ। फेरि त्यही दोहोरिरहन्छ। तर कुनै छानबिन समिति बन्दैन। ठुला खाले सडक दुर्घटना जहाँ ठुलो संख्यामा हताहति भएको छ, त्यसमा पनि छानबिन समिति गठन गर्नु पर्छ र त्यसको कारण र निवारण तिर लाग्नु पर्छ। यसो गरे मात्रै आम नागरिकले उचित क्षतिपुर्ति र राज्यको उपस्थितीको अनुभूति गर्न सक्छन्।
राज्य भनेको अभिभावक हो नागरिकको। अभिभावकले जहिले पनि सवै सन्तानलाई उत्तिकै माया गर्नु पर्छ तर यहाँ त अभिभावकले धेरै कमाउने र बलियो सन्तानलाई मात्रै माया गरे जस्तो देखियो। हवाईजहाजमा उड्नेले राज्यलाई आन्तरीक उडानमा कर बापत रु १६९.५० बुझाउँछन्। सडकमा गुड्नेले केही बुझाउदैनन्। कर बुझाएकै कारणले बढी जिम्मेवारीवोध गरेको त अवश्यै होइन होला। फेरि पनि यहाँ वर्गीय कुरो नै जोडिन आउछ। सत्तामा बस्नेहरु “सुकिला मुकिला” वर्गका हुन्छन्। हवाईजहाज चढ्नेहरु पनि त्यस्तै वा सो सरहकै हुन्छन्। त्यसैले वर्गिय प्रेमले ओतप्रोत भएर राज्यले हवाई दुर्घटनामा समानुभूति गर्छ तर सडक दुर्घटनामा सान्त्वना मात्रै दिन्छ भनेर आरोप किन नलगाउने ?
यो लेखको अन्तर्वस्तु हवाई दुर्घटना प्रति राज्यले देखाएको उच्च संवेदनशिलताको विरोध होइन। त्यस्तो संवेदनशिलता सडक दुर्घटनामा पनि देखाओस् भन्ने मात्रै हो। ता कि नागरिकले मृत्युमा पनि विभेद भएको अनुभूति गर्नु नपरोस। अन्त्यमा दुर्घटनामा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धान्जली !
No related posts.









मेघराज जी लाई धन्यवाद यो लेख को lagi
मन परे हरियो, नपरे रातो
2
1
हो यो सत्य हो ,यिनीहरुले चासो कम गर्छन. गाडी दुर्घटना लाई .. सोच्न जरुरि छ तर क गर्ने ऐले सम्म एउटा निर्णय निकाल्न सकिरा छैनन्..प्रधान मन्त्रि कसलाई मनोनित गर्ने बारे!! सरकार नै कम्जोर् छ … सबै आफ्नो फाइदा अम्त्र खोजिरा छन् .अनि कसरि हुन्छ देसको प्रगति!!
मन परे हरियो, नपरे रातो
3
0
मलाई था छ ,र मेरो सबै नाम सत्य छ , इ i know i will not miss use of it ….
मन परे हरियो, नपरे रातो
1
1
एकदम सहि प्रसङ्ग उठाउनु भएको छ. कुरो सोच्न लाएक नै छ.
मन परे हरियो, नपरे रातो
8
0
केशव जी को प्रतिक्रिया निकै लोगिकल लाग्यो……………
मन परे हरियो, नपरे रातो
5
2
“यो हाम्रो सुरछ्या व्यबस्थाको कमजोरीको कारणले घटेको घटना हो हामि यसमा दुख व्यक्त गर्छौं” यो अभिव्यक्ति कृष्ण प्रशाद भट्टराई प्रधान मन्त्रीको हैसियतले भारतीय बिमान अपहरण हुँदा खेरि दिएको हो/ नेपालमा भारतीय जहाज को टिकट कसलाई कसरि बेचने देखि त्रिभुवन बिमान स्थलमा भारतीय जहाजको अवतरण देखि उडान सम्मको सबै ब्यबस्था भारतीय कर्मचारीकै रेख देखमा हुने भएता पनि दोस नेपाललाई भारतले दिए/ अनि नेपालको प्रधान मन्त्रीले घटना घटेको कारण सम्म पनि नबुझी नेपालको कमजोरीको कारणले अपहरण भएको भनि दोष सकारे/ बिमान स्थलको सयौं कर्मचारीहरुले नोकरी गुमाए/भारतले नेपालको हुनु सम्म बेयिज्जत गरिए/ एउटा नेपाली “ताम्राकार” भन्ने सामान्य यात्रुको त् परिचय नै अंतर्ररास्त्रिये स्मग्लर तस्करको रुमा प्रचार गरिए/ नेपालको सरकारले प्रतिबाद गर्नु त् परै जावस सत्य तथ्य कुरा बाहिर ल्याउन समेत जरुरि ठानेंनन/ किन? किन भने घटना मा भारतीय जहाज अपहरण भएको थियो/ भारतलाई नै आफ्नो पिता पितामह ठान्नेहरुको लागि भारतको जहाज नेपालको भूमिमा अपहरण हुनु भारतकै लापरबाहले भएको भन्दा पिडा जनक लागे/
यो अहिले भएको अग्नि यरको बिमान दुर्घटना मा पनि नेपालको निमित भारत पछी दोश्रो र तेश्रो शक्ति शालि मुलिक अमेरिका र जापानको नागरिकहरु मारिए/तर उल्लेखित बस दुर्घटनामा नेपालीहरु मात्रै मारिए/ यसै माधव नेपालको नेपाली हरु मारिएको बस दुर्घटनामा कुनै समबेदना दिनु जरुरि ठानेंन/ नेपाली मर्ने मारिने घटनाहरु देसमा निरन्तर हुँदै आएको छ/ प्रधान मन्त्रीलाई चासो छैन/ यो घटनामा यदि कुनै भारतीय नेता परेको भए शायद माधव नेपालजी क्रिया बस्न पनि जाने थियो होला/
लेखकले ठिकै भन्नु भयो मृत्युमा समेत विभेद हुने गरिने यो सरकार कसको हो? नेपालीको हो बा …..?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
3
मदन जी को तर्क राम्रो छ . यो सबै भारत अघि शिर उभ्याएर बस्न नसकिने नेता हरु को कमजोरी हो. नेपाली नेता हरु ले नेपाल को र नेपाली जनता को बेइजतै मात्र गर्य छन्.
मन परे हरियो, नपरे रातो
9
0
हो, राज्यबाट विभेद अवश्य पनि भएको छ र यो विभेद ‘स्तर’कै हो । तर कृपया ‘सुकिला-मुकिला’ र ‘मैलाधैला’लाई यसरी परिभाषित नगरौं; यो बिल्कुलै गलत हो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
दिबंग्गत आत्माको चिरसन्तिको कामना,
येही त कमजोरी छ हामी सबै नेपालीको : दुर्घटना हवाई को होस् या सडकको, हामीलाई प्लेन, बस चद्ना पाए पुग्यो, हेरम न एउटा बस को छमता ३० जना यात्रु बोक्ने हुन्छ त: दुर्घटनामा मर्नेको संख्या ५० हुन्छ किन ?
आन्तरिक हवाई उडानमा मान्छेको संख्या बन्दा समान पठाउने को संक्य बडी हुन्छ किन ? जबकी एउटा तुइन्वतर् जहाजको समान बोक्ने छमता १५३० किलो बन्दा बडी हुदैन, जुन जहाज ले २००० किलो बन्दा बडी समान बोकेको हुन्छ किन?
एरपोर्टमा काम गर्ने पाखान्दिहरुलाई दिनमा १०००-२००० रुपिया बडी कमौना पाए उसलाई के को पिर जहाज paltun कि ठोकुन. बस चलाउने चालकलई के को पिर बस बिग्रेनि बो पल्तेनी बो, बिग्रे साहू thagincha लडे ज्याल बाट हाम फालिन्छा उसलाई surakcha को बारेमा के को पिर.
आखिर दोस, कमजोरी हाम्रै हो, हामीलाई चद्ना पाए पुग्यो? कुन चाही तोरी लाहुरे निक्लेको छ अहिले सम्मा जुन छमता बन्दा बडी यात्रु बोकेका जहाज हुन् या अन्य कुनै सवारी सदन जसले त्यो चद्ना इन्कार गरेको छ.
एदी तपाई पनि कुनै दिन छमता बन्दा badika कुनै सदन चड्दै हुनुहुन्छ बने अबस्य आपना नजिकका मित्र बन्दु, दाजु बाई, वा अन्य कुनै बेक्तिलाई आपनो जिबन रक्छाको(life insurance बारेमा सचेत गराई अर्को दुर्घटनाबाट बच्नुहोस र बचौनुहोस.
मन परे हरियो, नपरे रातो
6
0
निमा जी
तपाईंको प्रश्न जायज छ/ जहाजमा ओभर लोड गर्छन भ्रस्ट कर्मचारीहरुले/ यसैको कारण दुर्घटना पटक पटक भएको छ/ तर यी कुराहरुलाई बाहिर ल्याउन्दैनन/
साथीहरुले जर्नेल ऋषि कुमार पाण्डेको नाम त् सुनेकै होला/ उसले आफ्नो जगजगी भएको बेला पोखरामा आफ्ना छोरी र ज्वाईं चडन लागेको जहाज मा आफ्नो प्रभावमा जहाजले उठाउन सक्ने भन्दा बढी लोड राख्न लगाए/ जहाज उड्न मात्रै सके तर उच्चाई लिन नसकेर दुर्घटना भए/ मरे तेस्का छोरी र ज्वाईं/
यस्तै उहिले निगमको जहाजमा सामान लोड गर्दा पैसा असुली बढी तौल लाई कम देखाई निगमलाई घाटा आफुलाई नाफा गराई आएका थिए/ उनीहरुले कति जनाको सामानको तौलमा कति जनालाई कति छुट दिएको थिए भनि देखिने “बोर्डिंग डिटेल” भन्ने कागज कि त् झुठ देखाउंछ कि त्यो कागज नै लुकाउने गर्छ/ अहिले त्रिभुवन बिमान स्थलमा बाग्याज तागमा सामानको तौल समेत देखाउनु पर्ने र तौलको विवरण कम्पुटर मै रिकर्ड हुने सिस्टम बडो मुस्किलले तेतिबेलाको महा प्रबन्धक श्री आर आर श्रेष्ठ ले बिमान स्थलको कर्मचारीहरुलाई त्यो सिस्टम लागु गर्न सकेको थियो/ त्यो सिस्टममा अझै केहि खुराफाती गरेको छ तिनीहरुले/ यो सिस्टम लागु गर्नु पर्यो भनेर प्रस्ताव गरेकोमा मैले के धम्कि को मात्रै सामना गर्नु परेंको थिएँ भनि निगमको सबै कर्मचारीहरुलाई थाह छ/
निगमको दुर्गम जिल्लाहरुमा यो सिस्टम छैन/ जहाज उदाउने क्याप्टेनले समेत व्यापारीको सामान कर्मचारीहरुको मिलोमतोमा जहाजमा लोड गराउने गर्छन/ निगमको नेपाल गंजको कार्यालाये यसको लागि वदनाम छन्/ सानो कर्मचारीलाई मात्रै के भन्ने ठुला कर्मचारिनै तेस्तै भए पछी/ त्याहाँ बात उड्ने जहाजमा कोहि कर्मचारीलाई केहि दिएर बढी लोड राख्न लगाउने त् कोहि दर, त्रास र पदको प्रभाव देखाएर/ यी कुराहरु नेपाल गंजको जहाज बात आउने जाने गरेकाहरुले प्रस्ट देखेको कुराहरु हुन्/
दिल्लीको बिमान स्थलमा पनि कुरा लगभग यस्तै छ/ सामानको तौल बमोजिम पैसा तिर्न राजि भए पनि पैसा कसैलाई खुवाउने पर्ने बाध्यता छ/ नभए कसैको इसारामा भारतीय कस्तम अधिकारीहरुले सामानको रिभेरिफिकेसन गर्ने भनेर सामान खोलेर एसको बिल खोई यो किन त्यो किन कसरि भनेर हैदान गर्छन/ दिल्ली बात आउने जाने गरेको साथीहरुले यो कुरा महसुस गरेकै हुनु पर्छ/
सन् १९९२/९३ तिर उता भारतले भारतीय एन आर आई हरुले ५० किलो चांदी र ५ किलो सुन आम्दानीको श्रोत देखाएर ल्याउन पाउने नियियेम बनाएको लगतै गिरिजा ले नेपालीले पनि १५० कोलो चांदी र १५कोलो सुन ल्याउन पाउने गरेको थियो/
नेपालीहरुले तेतिबेला कसैको भरिया बनेर घुम्न घुमाउन लागेका ल्याप्चे थेप्चेहरुले समेत हंकंग आदि सहरमा एक महिनामा १५० किलो चण्डी र १५ किलो सुन किन्न सक्ने पैसा कमाएको भनि नकली कागज बनायर दुबई सिंगापुर र हंगकंग बात कति सुन चांदी ओसारेको थियो र तेस्बात कति भन्सार विभागले राजस्वो कमाएको थियो भनेर सबैले थाह पाएकै कुरा हो/ तर के भन्सारमा राजस्वो तिरेको रेकर्ड तौल अनुशार सामान को तौलको हवाई जहाजमा लोड गर्ने बेला पैसा तिरेको तिरायिएको थियो?
हंगकंग बिमान स्थलमा कसैले अतिरिक्त तौलको सामानको पैसा तिरोस बा नातिरोस तर कुन यात्रुले कति तौल भएको सामान जहाज मा राखेको छ भनेर एक किलो पनि फरक नपर्ने लोड को विवरण र र कुन कर्मचारीले अतिरिक्त लोडको पैसा न उठाउने आदेश दिएको थियो भन्ने विवरण “क्याथे बिमान सेवाले” राखेको हुन्छ/ त्यो विवरण निगमको स्थानिय कार्यालायेमा “क्याथे” ले पठाएकै हुन्छ/ तर त्यो कागज केन्द्र सम्म कहिले पुग्दैन/ पछी महा प्रबन्धक आर आर श्रेष्ठको पालामा त्यो कागज केन्द्रमा पुग्ने पर्ने बनाए पछी निगमले हंगकंग उडानको अतिरिक्त लोड बात मात्रै पनि सालको ५ करोड भन्दा बढी रकम कमाउन थालेको हो/ अब यसै बात थाह हुन्छ पहिला तौलमा भ्रस्टाचार कति भएको थियो भनेर/ यी कुराहरु निगममा अभिलिखित नै छन्/
जहाजमा ओभर लोड गर्ने कुरामा कमि कमजोरी भएको कुराहरुले जनताको जिउ ज्यानमाथि खेलबाड भएको देखाउंछ/ यी कुराहरु उठेमा बाहिर केहि पनि प्रकाशमा औन्दैन/ बिमान स्थलमा नै फलाना उडान फलाना लाई नै हेर्न दिने हुकुम सुनाउने हरु एक होयिन अनेकौं छन्/ त्रिभुवन बिमान स्थलमा बिशेस गरि लुक्लाको फ्लायित येस्तैको हातमा छन्/
बिमान स्थलको कर्मचारीहरुलाई ठुला कर्मचारीले केहि सब्द बोल्न समेत सकिंदैन/ को ठुलो? भ्रस्ट कर्मचारीलाई बिमान स्थलमा राख्न लगाउने नेता मन्त्रि कि कर्मचारीको बिभागिए हाकिम? यो कुरा सबैलाई थाह छ/
त्रिभुवन बिमान स्थलको सामान लोड गर्ने लोदर्हरु कसको आदेशमा नियुक्ति पाएको हो र तिनीहरुले लोडर काम गरेर कसरि महल गाडी जोडेको छ भनेर तिनीहरुको रिकर्ड हेर्न सक्ने कोहि छैन/ लुट एक जनालाई सरुवा गरेर हेर्नुस त् सरुवा गर्ने हाकिमको निद हराम गरि दिने छन् भ्रस्ट कर्मचारीको बास्तविक नियुक्तिकर्ताले/
यो सबै कुराहरु हामीलाई प्रजातन्त्र लोकतन्त्र भन्दै गर्ने तर हुकुम तन्त्र चलाउने नेताहरुको कारणले नै भएको हो/ सबै प्रकारको राजस्वो र सुरछ्या अनुगमन गर्ने निकाएहरु “हुकुमतन्त्र” बात अझै मुक्ति पाएको छैन/ यसैकारण यस्तो दुर्घटनाहरु भई रहेको हो/ रास्ट्र कङ्गाल बनाई भ्रस्ताचारिहरु धनि हुँदै गएको हो/
मन परे हरियो, नपरे रातो
7
0
राज्यमा रोग, भोक, हैंजा/प्रकोप, हत्या, हवाई या सड़क दुर्घटनाबाट मानिसहरुको मृत्यु हुनु स्वभाबिक मृत्यु होइन, त्यस् कारण यस प्रकृतिका अस्वभाबिक मानब क्षेतिप्रति (स्वदेशी वा बिदेशी) सबैमा उत्तिकै सम्बेदंशील् हुनु, सम्बेदना प्रकट गर्नु, शोकमा परेका परिवारका अन्य सदस्यहरुलाइ साहनुभूति दिनु, आवश्येक अनुसंधान र छानबीन गरी क्षेतिपूर्ति दिनु, राज्य छ भन्ने अनुभूति गराउनु राज्येको कर्तब्ये हो | जती पनि घटना दुर्घटनाबाट मानब क्षेति भएको छ, घटना दर कमी गर्ने गराउने प्रभाबकरी योजना तय गरी कार्यन्वयन गर्न राज्येले हिम्मत गर्नु पर्छ | यसो भएमा मात्र, राज्य, सरकार र सम्बंधित निकाय निकम्ब हुनुबाट बचने छ | नत्र रसाईली जीहरु यस्ता लेखहरु लेखी रहने छन र यसरी नै बिभिन्न प्रकारका प्रतिक्रियाहरु आइरहने छन, पीड़ितहरुको आशुको भेल अझ बेग गतिमा बग्ने छ र बगी रहने छ आखिर कहिले सम्मा ::::::::::::::::::::::::::::::::::::::::::::
हंग कंग
मन परे हरियो, नपरे रातो
3
0
यो दुख को कुरा हो. सबै जना साएद दुखी छन् होला यो खबर सुनेर . आत्मा प्रति चिर शान्तिको कामना नगरी पनि सक्दिन . मान्छे जन्मियो पछी मर्नु परछ यो स्वाभाविक हो. तर इन्जिन लाई सधै राम्रो राखने हो भने यसरि असामयिक निधन नहुने थियोकी. मिर्त्युको
संग्ख्य घट्ने दर कम हुदै जान्थ्यो होला.
मन परे हरियो, नपरे रातो
2
0
बास्तबमा छानबिन समिति गठन मृत्यु भएकोमा नभएर जहाज खसेकोमा हुने गरेको छ. मान्छेको जीवनलाई महत्व दिएन्थ्यो भनेत हरेक प्रकारको दूर्घटना पछि छानबिन गर्न सकिनु पर्थ्यो जुन कुरो अति जरुरि छ
मन परे हरियो, नपरे रातो
5
0
यहाँ कुरा सुकिला-मुकिला र मैला धैलाको मात्र हैन छालाको रंगको पनि हो! नेपालीमात्र परेको भए प्रधानमन्त्रिले त्येस्तो झरीमा एरपोर्ट जाने कस्ट गर्नु हुन्थेन तर सर्वशक्तिमान देश अमेरिकाको राजदूतलाई एरपोर्ट मै गइ भेट गर्ने tibra चाहना ले पनि रोले खेलेजस्तो लाग्यो!
मन परे हरियो, नपरे रातो
5
0
मलाई यो कमेन्ट सारै नै राम्रो लग्यो . हुन पनि हो आजकल म्र्युतुमा पनि विभेद हुन थालेको छ . मान्छे बाचुन्जेल त जहिले पनि दिफ्फेरेंस सहन गर्न बाध्य हुन पर्दो रहेछ. आजको नया नेपालमा राज्यले आफ्नो जनतालाई केहि पनि गर्न सकेको छैन . राज्यले गर्नु पर्ने सानो भन्दा सानो कर्तब्य पनि गरेको छैन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
रसाइलीजी ….
१२ क्लासमा पढ्दा रीशको झोकमा एक जना लै बजारमा कुटे को थे..पुलीशले समात्यो..सारै दुख दीयो. केही महीना पैले “राम हरी श्रेष्ठ” को हत्या भयो ..ती मान्छे चाही माओवादी केन्द्रीय सदस्य हुन पुगे …त्यस बारे चाही कसरी टप i को awaaz नउठेको .. सुकिला मुकिला र मैला को कुरा होइन..Civil Aviation को नीयम अनुसार Comission बनाउनै पर्छ..बरु बसमा भएका दुर्घटनामा “माडी” को पनी छानबीन गर्ने होकी..जे कुरा मा पनी “राजनीतिक” रंग दीएर सस्तो लोकपृयता पाउन लेखेको जस्तो लेख…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
46
मान्छे पनि सानु, बुद्दी पनि सानु…..नियम कानुन पनि मान्छेले बनाउने होइन? बस दुर्घटनाको नि छानबिन हुने कानुन बनाउनु पर्यो भन्नोस् न
मन परे हरियो, नपरे रातो
1
1
कमेन्ट पढेर त जवाफ दिनु श्रेयजी ….मैले बरु माडी को पनि छानबीन गरौ भनेको छैन र ..त्यसको अर्थ यो कुरालाइ पनि किन “सुकिला मुकिला” र “मैला धैला” संग जोडेको भनेर असहमति मात्रै पोखेको हो….
मन परे हरियो, नपरे रातो
0
0
सहि कुरालाई संप्रेषण गर्नु भएकोमा धन्यवाद
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
बिमान दुर्घटनाका खबर अन्तरास्ट्रिय छेत्रमा पनि बहुत अनावश्यक चर्चा हुन्छ भनेर हिलारी क्लिन्टन ले हाल सालै भनेका थिए किन अन्य दुर्घटना को चै चर्चा हुँदैन? बास्तबमा हाम्रो दिमागमा एस्तो नराम्रो छाप (wrong perception) परिसकेको छकी बिमान भनेको आकासमा उड्ने, महँगो, धनीमानी चड्ने हो तेसैले प्लेन खस्यो रे भन्ने सुन्न बित्तिकै कंहा, कसरि, किन , कति मान्छे मर्यो आदि इत्त्यादी …..तर बस, ट्रेन, कार, जीप तथा अन्य सवारी साधन दुर्घटना मा मरेका, घाइते भएका हरुको वास्ता नगरिनु राज्य तथा सम्बन्धित निकायहरुको संकीर्ण मानसिकता हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
2
air travel is considered to be the safest mode of travel to other means by far.. so It is covered by the news with high priority. But still if we became aware about safety of other means of transportation we could prevent many accidents due to technical error.
मन परे हरियो, नपरे रातो
4
1
लाज र धुखा लाग्छ नेपाली भएर जन्माए को मा,,, यौटा कुर्र पन्नी राम्रो छैन कस्तो खालको देस मेरो अनि कस्तो खालको हामी,,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
32
हवाई दुर्घटनामा मात्र होइन राज्यले बस / gadhi दुर्घटनालाई पनि त्यतिकै संबेदनसिल रुपमा लियोस र सबैलाई समानरुपले हेरोस .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
एक दम मार्मिक लेख !!!तर ke
मन परे हरियो, नपरे रातो
5
0
हामि पनि त त्यस्तै छौ** नि मित्र गाडी पल्टेको बिसय मा खासै धेरै लेख पनि लेखिंदैन,समाचार पनि प्लेन एक्सिडेन्ट भएजसरि लेखिंदैन,अनि समाचार पढ्ने मान्छे ले पनि …………:P
मन परे हरियो, नपरे रातो
7
0
जुन काममा फाइदा छ सरकार तेसैको पछिलाग्छ! मृत्युमा पनि राजनीति गर्न छाडेनन! कस्तो सति ले सरापेको देश हो हाम्रो राम्रो काम त केहि कतै हुदैन!!!!
मन परे हरियो, नपरे रातो
4
1
जे होस् मर्नु थियो काल गतिले वा Pilot को गल्तिले | मरे..सोक ब्यक्त गर्नु छ अब हामी सबैले ती अतृप्त आत्माहरु प्रति | समबेदना छ ती सबै मृत व्यक्ति हरुको सोकाकुल परिवार प्रति | श्रधांजलि छ ती मृत आत्माहरु प्रति हामी सबैको | आँशु छ बाँकी रहेको छ भने बगाई दिउ एकै थोपा भए पनि | तर कसैलाई दोषारोपण नगरौ | मुलुक अब यस्तै भएको छ | मन्त्रि हरुका आफन्ता हरु पनि वा आफै पनि तेस्ता दुर्घटना मा पर्न सक्छन | ढिलो छिटो मात्र हो | जय साईराम..
मन परे हरियो, नपरे रातो
0
0
राज्यले जे गरे पनि त्यो उसै माथि निर्भर छ तर हामी सम्पूर्ण प्रबासी नेपालीहरु भने यस दुर्घटना प्रति अतंत्यै दुखिद छोऊ र दुर्घटनामा परि ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछोउ /
मन परे हरियो, नपरे रातो
7
1
Plane costs millions of dollar bus costs 30 hajar dollar. So what do you expect from this eunuch government?
मन परे हरियो, नपरे रातो
6
2
Investigation committee was formed to investigate on the loss of the plane (perhaps the government was forced to investigate due to the pressure given by Air corporation) and not for the loss of people’s lives.
मन परे हरियो, नपरे रातो
5
0
लेखा राम्रो छ [कुरा बास्तबिक छ [ तर यो देवताको पल देखि चलेको चलन हो [ उखान पनि छ नि ;ईख नभएको मानिस र बिख नभएको सर्प काम लाग्दैन ;भने जस्तै ‘ यसो गरो, उसो गरो भन्दा पनि आफु त्यो ठाउमा पुग्ने प्रयास गरे कसो होला /
मन परे हरियो, नपरे रातो
5
3
सरकारले सुकिला मुकिलालाई मात्र सहानुभूति दिन्छ, गरिव जनतामाथि यसले वास्ता गर्दैन् । जाजरकोटमा खान नपाएर जनता मरिरहेका छन्, यता भने सरकारले जम्मा १४ जना त्यही पनि प्लेन दुर्घटना भएर मरेकोले छानविन समिति बनाएको छ । ती गरिव जनता जो खान नपाएर छट्पटिरहेका छन्, जो जीवनजल नपाएर अकालमा मृत्यु वरण गरिएका छन्, तिनीहरूको लागि भनेर कहिले समिति बन्छ र तिनीहरूले कसरी राहत पाउँछन् ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
2
संसारमा civil aviation को नियम अनुसार हवाई जहाज दुर्घटनामा आयोग बनाउनुनै पर्छ| सरकारले तेही नियम पालना मात्र गरेको हो |
अहिलेको लागी सडक दुर्घटना को लागी आयोग बनाउनु भन्दा पनि सवारी साधन को प्राबिधिक जांच राम्रो हुनु जरूरी छ |
चेकिंगमा पनि प्रहरी ले गाडी को कागज पत्र हेर्नु भन्दा सवारी साधन को अवस्था कस्तो छ भनि ध्यान दिनु पर्छ|
अहिले सम्म कसैले पनि चेकिंगमा ब्रेक , ओवर लोड जस्ता कुरा हरु हेर्दैनन् केवल ब्लु बुक हेर्यो license हेर्यो, पुग्यो|
सवारी साधन को प्राबिधिक अवस्था लै कडा गर्ने र license वितरण प्रक्रिया मा कडाइ गर्ने हो भने धेरै नै दुर्घटना हरु कम हुन सक्थ्यो |
आयोग भन्दा पनि नियम को पालना गराउनु जरूरी छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
3
छर्लंग स्पस्टका साथ अति नै राम्रो समाचार सम्प्रेसण गर्नुभायाकोमा मैसंसर लै धेरै धेरै धन्यवाद . बास्तबमा हाम्रो सरकारले यकेई अहलाको माछालाई पनि तेस्को प्रकृति हेरी भिन्न गर्ने काम गर्दछ. . सरकार भनेको त सबैलाई समान रुपले हेर्ने पो सरकार हो त तर के गर्ने नेताहरुको दिमागमले कहिले आखा देखेन गरिब र धनि बिचको खाडललै . अबको सरकारले सबैलाई समान रुपले हेर्नको लागि अनुरोध गर्दछु .
मन परे हरियो, नपरे रातो
7
0
छानबिन समिति बनाएर केहि होला जस्तो लाग्दैन – बास्तबमा यो राज्यकोष को दुरुपयोग मात्र हो – किनकी प्रतिबेदन तयार त होला – तर नेपाल मा कुन चै प्रतिबेदन कार्यान्वन भएको छ र ?
मन परे हरियो, नपरे रातो
7
0
a very good catch!
विबेधकारी ब्याबहारहरुलाई यसरि नै पर्दाफास गर्दै, सम्बन्धित निकायको ध्यानकार्षण गरेर नयाँ नेपाल बनाउन एकजुट हुनपर्छ| keep digging…
मन परे हरियो, नपरे रातो
3
0
This is certainly one of the best articles I’ve read on mysansar. I agree 200% with the writer.
मन परे हरियो, नपरे रातो
1
3
त्यस बिमान दुर्घटनामा औटा इन्डियन परेर मरेको भए कामचलाउ मन्त्रीमंडल का सबै मन्त्रि हरु , त्यस मा पनि सुजाता कोइराला आगाडी बसेर रोएको देख्न सकिन्थ्यो /
मन परे हरियो, नपरे रातो
14
3
संसारको जुनसुकै कुना काप्चा, युरोप अमेरिका जहाँ गए पनि तेही “सुकिला-मुकिला” हरुले नै राज गरिरहेका छन् / कोहि सत्तामा गएर, कोहि भ्रष्टाचार, दलाली, तस्करी गरेर, कोहि उद्ध्योग व्यापार गरेर, कोहि पढेर-लेखेर, अनेक गरेर सक्नेले जसरी भए पनि लाखौं, करोडौं, अरबौं कमाएका छन् / नसक्नेहरु हात मुख जोड्न कामको लागी उही “सुकिला मुकिला” हरुको शरण पर्न जानु पर्छ / यिनीहरुले आफुमाथि “मैलाधैला” हरुको छाँया पनि पर्न दिंदैन / तर “मैलाधैला” हरुलाई शोसन नगरी यिनीहरु चयनले बस्न पनि सक्दैन /
मन परे हरियो, नपरे रातो
7
1
हवाई जहाज मा त पैसा फल्छ नि त अनि जहाँ पैसा पाहिन्छ तेता तिर अलि मज्जा हुन्छ नि खै कुरा बुज्या ! 1
मन परे हरियो, नपरे रातो
3
1
यहाँ सानो ठुलो धनि गरिब भन्दा पनि मानबिय मूल्य र मन्नेता लाइ कसरी मुल्ल्याँन्कन गर्ने परिपाटी राख्छन भन्नेकुरले बढी मन्नेता राख्दछ | राज्यले देसका जनतको रक्षा सुरक्ष्या र सम्बर्धन प्रति कुनै पनि दरिलो नीति निर्धारण अनुगमन नगर्ने परिपाटी बिध्यमान रहदा केवल पटक पटक दुर्घटना दोहरीदा र क्षेती ग्रस्त भैसकेपछि राज्यका प्रमुख घटना ग्रस्त क्षेत्र पुगी अबलोकन गर्नु राज्यको ढुकुटी रित्याउनु र मरणा सन्न आत्मा प्रति कात्रो (मरेका मानिसलाई ओडाइने कपडा ) बाहेक आज सम्म कुनै उपलब्दी हुन नसकेको जस्तो लाग्छ |
मन परे हरियो, नपरे रातो
2
0
अति नै निश्पछ्य article . बास्तबमै हाम्रो देशमा यस्तै प्रवृति छ .
मन परे हरियो, नपरे रातो
4
1
अग्नि एयर बाट टन्न पैसा blackmail गर्ने पाइन्छ नि त | त्यो बस धनि बाट त पैसा आउदइन उल्टो राहत दिनुपर्ने झमेला | घाटा को व्यापार माकुने को सरकारले किन गर्थ्यो र नि |
नसकिने भो बा |
मन परे हरियो, नपरे रातो
8
2
लेखकले माथि लेख्नु भएका प्राय सबै कुरामा सहमत छु. बस दुर्घटना मा भएको मानवीय क्ष्यति र हवाई जहाज दुर्घटना हुदा को मानबिय क्ष्यति उस्तै हो. सरकारले सबैलाई बराबर को दृष्टिले हेर्नै पर्छ. कसैलाई काखा कसैलाई पाखा गर्नु हुन्न.
तर म नेपालमा हवाई जहाज धनीले मात्रै चढ्छन भन्ने कुरामा सोह्रै आना विश्वाश गर्दिन. किन कि नेपालमा सामान्य मानिसले पनि हवाई जहाज चढ्छन. नेपाल का धेरै जसो ठाउहरुमा अहिले सम्म सडक पुगेकैछैन. हिडेर हप्तौ दिन लाग्ने ठाउँहरु प्रसस्त छन्. त्यस्ता ठाउका मान्छेहरुले आफ्नो औकातले नभ्याए पनि परिस्थितिले गर्दा हवाई जहाज चढ्नै पर्छ. तराईमा बस्ने सामान्य मान्छेले हवाई जहाज चड्ने जरुरत नदेख्ला तर कर्णाली अंचलका सामान्य मान्छेलाई बिरामी पर्दा कि त बिना औषधि उपचार थलिएर बस्नु पर्छ कि त आफ्नो श्री सम्पति बन्धक राखी हवाई जहाज चढी नेपालगंज, सुर्खेत तुलसीपुर घोरई ओर्लिनु पर्छ. कर्णाली अंचल नेपालको धेरै हवाई उडान हुने अंचल पनि हो. तर के सबै हवाई जहाज चढ्ने कर्णालीबासीहरु सम्भ्रान्त वर्गकै हुन् त? पक्कै होइनन.
मन परे हरियो, नपरे रातो
6
1
यो समाचार त सरासर मान्छे लाइ जोस्याउने जस्तो भएन र ? घुमाई फिराई फेरी त्यै सत्यनासी नेपाली राजनीति थुक्क !
मन परे हरियो, नपरे रातो
4
5
एकदम ठिक कुरा, माकुनेको सरकारको बिदेसीलाई देखाउने दाँत न हो
बिचरा गरिब मरेको त दनिको कुक्कुर मरेको जस्तो पनि छैन एकचोटी सबैलाई बढारेर नै जनताको लागि गर्ने एउटा नेता नै चाइयो देशलाई…….जुन सरकार भएपनि गर्नी यस्तै हुन् . भाग्यले बाँचेका नेपाली जनता…………
मन परे हरियो, नपरे रातो
5
0
हवाईजहाजमा उड्नेले राज्यलाई आन्तरीक उडानमा कर बापत रु १६९.५० बुझाउँछन्। सडकमा गुड्नेले केही बुझाउदैनन्।
सडकमा गुड्नेले नि कर बुझाउछन् ….टिकेट मा हुन्छ त कर काटेको हैन र ?
मन परे हरियो, नपरे रातो
4
1
गुरु सी के लालकै शब्द सापट लिएर भनुम- नेपालमा “सत्ता” छ “राज्य” छैन ! यदी “राज्य” भएको भए हरेक नागरिक प्रति बराबरी समबेदना हुने थियो कि ?
धेरै सान्दर्भिक प्रसंग !
नेपालमा राज्य हुँदो हो त राज्यले सबै खालका जनता माथि राज्यको उपस्थिति भएको जनाउन यस्ता कुराहरु गर्ने थियो !
१) http://www.haaretz.com/print-edition/news/transportation-ministry-to-establish-inquiry-into-eilat-bus-crash-1.260044
२) http://www.royalgazette.com/siftology.royalgazette/Article/article.jsp?articleId=7cd770f3003000c
३) A spokesman said Wednesday that U.S. Secretary of Transportation Ray LaHood planned to announce a full departmental review of motor coach safety.
National Highway Traffic Safety Administration spokesman Rae Tyson said he expected the agency to propose new bus safety regulations by the end of the year.
California legislators agreed that this latest crash showed the need to strengthen regulation of the industry.
http://cbs5.com/local/soledad.bus.crash.2.997710.html
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
लेखनाथ बाजेले जमानामा भनेका हैनन् र ?
“ठुलाले जे गर्यो, हुन्छा त्यो सर्ब सम्मत…
कहाँ छ र संकरको नांगा मगन्ते भेस निन्दित”
जहाँ पनि ठालुकै बोलबाला हुन्छ…….येस्तई हो संसार…..मान या नमान…..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
0
१००%ठिक प्रसङ्ग लेखनु वयेको छ,यस्तो बिवेद्को आन्त्य हुनु parchhaयो कुरा राज्य ले बिर्सेको छ को माथि कति आन्याया वयेको छ वनेर??????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
0
“सुकिला मुकिलाहरु” र “मैलाधैलाहरु” , उड्न सक्ने र गुड्न मात्रै सक्ने हैसियत भएका दुई बिपरित वर्गलाई केलाउनु सानो सोचाई हो. तर राज्य को कान फुक्ने र ढोका खोल्ने , घचघचौने पत्रकार मित्रहरुको पनि हो , सुकिला को दुर्घटना भए मा पहिलो पेजमा छपिन्छा, मैलो को भएमा दोश्रोमा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
4
संसारको रीतिनै यस्तो छ। अन्तर्राष्ट्रिय स्तरमा पनि कथा यति नै त हो। २-सिटे प्लेन संसारको जुन सुकै कुनामा दुर्घटना भयो वा हरायो भने मिडियाले मुख्य समाचार बनाउँछ। कल्पना गरौं संसारमा दिनहुँ कति बस दुर्घना हुन्छन् होला – तिनी कति समाचार बन्छ? कन्गोमा आज बिमान दुर्घटना भयो भनेर समाचार आएको छ – कन्गो त्यहि देश हो जहाँ औसतमा १४ जना महिला हरेक दिन बलकृत हुन्छन्। दु:खको कुरा तिमध्ये कहिले नवजात शिशु पनि पर्छन्। तर यो दैनिक घटना त्यो १९ जना सवार प्लेन दुर्घटनाभन्दा ठुलो समाचार के बन्थ्यो र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
0
” सत्तामा बस्नेहरु “सुकिला मुकिला” वर्गका हुन्छन्। हवाईजहाज चढ्नेहरु पनि त्यस्तै वा सो सरहकै हुन्छन्। त्यसैले वर्गिय प्रेमले ओतप्रोत भएर राज्यले हवाई दुर्घटनामा समानुभूति गर्छ तर सडक दुर्घटनामा सान्त्वना मात्रै दिन्छ भनेर आरोप किन नलगाउने?”
कुरा सहि हो किन एस्तो सौतनी आमा को ब्यबहार गरेको होला – साएद पिलेन चढ्ने र सरकार मा बस्ने हरु पहिला दर्जा का नागरिक र बसमा सास्ती खादै बन्द र हड्ताल को मार् मा ज्यान फालेर यात्रा गर्ने हरु सत्ता मा बस्ने हरु को लागि केवल भोट बैंक र बेला बेला मा गरिने बन्द-हड्ताल – रयाल्ली मा आ-आफ्नो राजनैतिक स्वार्थ – सामर्थ्य देखाउने गोटी भएको ले होला ? कि कसो ???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
मलाई सोरही आना ठिक लाग्यो हो बास्तवमा हाम्रो देसको मुल समस्या यहि हो
यहाँ जनताको भन्दा बर्गको बढी वास्तागरेको छ. र यसले जनता मा नैरस्यता आएको छ जसले जनतालाई आक्रोसित बनाउछ र उतेजना फैलाएर दुर्घटना हुन्छ. जुन हम्रोदेश ले अहिले भोगिरहेको छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
नेपाल मा यस्तै हो धनि मात्र सरकार को जनता हुन गरीब जनता बात सरकार ले के पाउदिन तिसिली हेला गरिको हो कि
मन परे हरियो, नपरे रातो
9
2
सारै राम्रो लेख! मा एउटा कुरा थप्छु: दुर्घटनामा बिदेशीहरु नपरेको भए प्रधान मन्त्रि र मन्त्रिहरु एरपोर्ट जाने थिएनन्|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
74
2
रसाइलीजिको लेखमा म पनि सहमत छु, विभेद नेपालमा मात्र होइन सायद विश्वमै तेस्तै होला l बिमा दिदापनी तेस्तै हुन्छ l बिमान दुर्घटनामा बढी भने बस दुर्घटनामा कम
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
राम्रो कुराको सधै सम्मान गर्नु पर्छ | आशा गरौ आगामी दिनमा कुनै दुर्घटनाको खबर सुन्न र हेर्न नपरोस | सरकारले हवाई दुर्घटनामा छानबिन आयोग समिति बनायो | यो राम्रो हो | भोलि कुनै सवारी या अन्य दुर्घटना भयो भने पनि यस्तै समिति/आयोग बनावोस र जनताले मानसिक र्ह्यत पाउन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
1