मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेताजीहरुको नाममा समर्पित

    सामाजिक, आर्थिक तथा अन्य गैर राजनितिक कुरा गरे हुन्छ नी ! कति सधै राज्नितिक कुरा मात्र गर्नु ? नेतालाई खुरु खुरु राजनीति गर्न दिउ, हामी हाम्रो आफ्नो काम गरौ । यी नेताहरुलाई हामीले नै बिगारेको हो । जनता ठीक हुने हो भने नेता त्यसै ठीक हुन्छन् । नेताले त जनताको प्रतिनिधित्व गर्ने हो । गाली गरेर मात्र कहाँ हुन्छ र ? नेपालमा जुन सुकै राज्नितिक दल आए पनि केही गर्न सक्दैनन् । नेपालको भौगोलिक बनोट नै यस्तो छ की नेपाल बनाउन गाह्रो छ । नेपालको जुन सम्रचना छ त्यो नै बिकासको बाधक हो । नेता सुरुमा इमान्दार हुन्छन् तर सत्तामा पुगे पछि सबै भुल्छन् किनभने उनीहरुले त्यहा पुगे पछि बल्ल थाहा पाउछन् की उनीहरुले केही लछारपाटो लाउन सक्दैनन् । नेपालको राज्नितिक अस्थिरताको जड भारत हो । भारत नभएको भए नेपाल स्वर हुन्थ्यो । सिमा मिच्ने भारत हो, हाम्रो मामिलामा हस्तक्षेप गर्ने भारत हो । प्रधान्मन्त्री बन्न भारतको आशिर्बाद चाहिन्छ । भौगोलिक बिकटता र भारतसँगको खुला सिमा नेपालको प्रमुख समस्या हो । नेपाल समथर भए टन्टै हुदैनथ्यो । बाटो बनाउन सजिलो, सिन्चाइ गर्न सजिलो, अवातजावत गर्न सजिलो, देश स्वर्ग बन्न कति बेर ।

    यस्सो सुन्दा कुरा नराम्रा पनि होइनन् । कुरो गमेर हेर्ने हो भने नेतालाई कता कता बिगार्ने हामी पनि हो । मान्नुस् तपाईं मन्त्रीको सालो । अब भिनाजु गृह मन्त्री भए भने तपाईंले खुट्टि साना भए पनि इन्स्पेक्टर ताक्नु हुन्छ की हुन्न ? पर्यटन मन्त्री भए देखि एअरपोर्ट तिर छिरेर कुम्ल्याउन पाउनु भएन भने भिनाजु सँग तपाईंको सम्बन्ध कस्तो होला । सालोको त त्यत्रो अधिकार र आशा छ भने दाजुभाइको फुर्ती अझै कति होला । नाताबाद र क्रिपाबादको यो घेरा तोड्नु चान्चुने कुरा हुँदै होईन । सप्पै नेता लोभि पापी भएको दुनियामा एउटा नेता चोखो बन्न खोज्यो भने अस्थाइ मन्त्री पद गुमेको भोली पल्ट बाट त्यो एक्लो हुन्छ, इस्ट्मित्र र छिमेकीको दुर्दुरको शिकार बन्छ । नाताबाद बिरोधी त्यो मनुवा घुस र भ्रस्टाचारको पनि खरो बिरोधी नै होला । पद खुस्के पछि दैनिक आम्दानी नहुने हाम्रो गरीब देशमा पैसो जम्मा पार्न नसक्ने त्यो मन्त्री वा सभासद गल्लीको कुकुर जस्तै हुदैन भनेर ग्यारेन्टी गर्ने कुनै आधार पनि छैन । नकमाउने मन्त्री मात्र होईन गाउको सामान्य मान्छेलाई समेत नगन्ने हाम्रो सन्स्कार भ्रस्टाचार, कुबिचार र ब्यभिचारको उत्पादक हो भनेर भन्नु अत्युक्ती हुदैन । शहरका कुरा के गर्नु गाउमा बाटो, पुल र कल्भर्ट बनाउदा पनि आफ्नो जग्गाको सुरक्ष्या गर्नु पर्ने तर अर्काको जग्गा मिचेर आफ्नै जग्गामा बाटो बनाउन हामी नेतालाई घुस, धम्की र जे पनि दिन तयार हुन्छौ की हुदैनौ ? छातिमा हात राखेर एकपल्ट सोच्नु उपयुक्त हुन्छ । यी सब्बै कुरा हेर्दा यो अस्तब्यस्ततामा, यो बेथितिमा, यो असुरक्षित अबस्थामा, यो भ्रस्टचारमा, यो अन्यायमा, यो कहालिलाग्दो परिस्थितिमा देशलाई पुराउन हाम्रो भूमिका छैन भन्ने हिम्मत कसैमा छ जस्तो लाग्दैन । समग्रमा हाम्रो बेथितिका बाधक नाताबाद, भुगोल र छिमेकि राष्ट्र पनि हुन् ।

    अब भुगोलको बात गरौ । भुगोल हाम्रो अचम्मको छ । डाडा काडा र हरियाली, हिमाल पहाड तराईको नारा लगाएर जति नाक फुलाए पनि हाम्रो भुगोल गाई खानु मीलेको छैन । सगरमाथा संसारको अग्लो भनेर फुर्ती गरे पनि हिमाली क्षेत्रमा बाटो नपुग्नु, बिजुलीको सट्टा सल्लाको दियो बाल्नु पर्ने बाध्यता हुनु, जउ र आलुको भरमा बर्स दिन काम चलाउन पर्नु त्यहि भुगोल हो । यदि त्यो समतल हुन्थ्यो भने यादब र गुप्ता हरु एक मधेस एक प्रदेश को नारामा भुल्ने थिएनन् । ती गगन्चुम्बी हिमालहरुमा सुन फल्न नसकेर आज पहाडिया र मधेसीको नारा उचालिएको हो । हाम्रो कमाई ती पहाडियालाई किन दिनु भनेर स्वार्थी सिमित तराइका भनाउदा हरु उफ्रिने पक्कै थिएनन् । नत्र संसार एक हुँदै गएको र राष्ट्र राष्ट्र बिचका सिमा समेत कम्जोर हुँदै गएको बेलामा देशलाई नै बिभाजित गर्ने तालको नारा उचालिने पक्कै थिएन । ती पहाडमा सुन्दर बाटो र प्रयाप्त आम्दानीको स्रोत भएको भए अरबमा दस हजारको लागि मर्न जाने हाम्रा तराइबासी पक्कै त्यतै उकालो लाग्ने थिए, उता जानु नै पर्ने थिएन । भने जस्तो भए हाम्रा पहाड तिरका दाजु भाई पैसो कमाउन तराई झर्ने थिए, कतारमा ५५ डिग्रीमा काम गर्न पक्कै जाने थिएनन् । त्यसैले यी सबैको कारक हाम्रो भुगोल हो भन्नेहरुको बोलिमा दम छैन भन्ने आधार कतै देखिन्न ।

    अब दक्षिणि मुलुक भारतको बारे कुरो गरौ । खुल्ला सिमा र भारतको दादागिरी चरमचुलिमा छ । पञ्चायत जानुमा बिरेन्द्रको रास्ट्रभक्ती कारण हो भन्नेहरुको कुनै कमी छैन नेपालमा । बहुदल आउनुमा भारतकै हात हो भनिन्छ । जनयुद्ध हुँदा भारतिय सहयोग त्यो त्यती सजिलोसङग फैलिनुमा कारण हो भन्नेको कुरामा सत्यता छैन भन्ने आधार छैन । साना तिना देखि ठुला कुरा सम्म भारतिय हस्तक्षेप नाङगो रुपमा देखेका नेपाली क देखि ज्ञ सम्मको बिक्रितीको दोश त्यतै लगाउनु अन्यथा होईन । नेतालाई पनि सजिलो । फुस्कनेलाई दोश लाउने ठाउँ । काम गर्ने जागर नहुनेलाई दोश दिने ठाउँ । काम गर्न नसक्नेलाई दोश दिने ठाउँ । सिमा अरको कारण । उता ज्यान मारेर यता छिर्यो, टन्टै साफ । यता ज्यान मारेर उता छिर्यो काम तमाम । न पक्रिने डर, न कारबाहीको झन्झट । सरकारी अधिकारीलाई झन हाइसन्चो । अपराधी खोइ ? भारत पस्यो । अपराधी खोइ? नेपाल पस्यो । न काम गर्नु पर्ने न कारबाहीको झन्झट । त्यसैले नेपालमा अपराधिकरण को सम्पुर्ण दोश भारतसँगको सिमा हो । राज्नितिक अस्थिरताको जड भारत हो । हामलाई सुख सित बस्न खान नदिने त्यहि हो । आदि इत्यादी इती ।

    हो नेपालमा समस्या छन् । भुगोलको समस्या पक्कै छ । हाम्रो सामाजिक सम्रचना पक्कै हाम्रो नाताबाद अन्त्य गर्ने योजनाको अभियानमा तगारो पक्कै बन्छ । छिमेकी मुलुकको दादागिरी र हेप्ने पेल्ने प्रब्रिती हाम्रो स्थिरताको बाधक हो भनेर आरोप लगाउने आधारहरु पर्याप्त छन् । उसको हस्तक्षेपले हामीलाई धुरुधुरु रुवाएको छ, त्यस्मा सङ्का छैन । हाम्रा जातिय, क्षेत्रिय समस्या, भौगोलिक समस्या हाम्रो अगाडि बढ्ने अभियानमा गम्भिर तगाराहरु हुन् भन्ने कुरामा सङ्कै छैन । तर के त्यसो भनेर सुख पाईन्छ ? के एउटा नेताले भुगोल लाई दोश दिएर पन्छिन मिल्छ । के छिमेकीलाई दोश दिएर आफ्नो अकर्मण्यता ढाक्छोप गर्न मिल्छ ? के पन्चायतले सकेन भनेर हामीले बहुदल ल्याएको होईन ? के राजतन्त्रले सकेन भनेर गणतन्त्र ल्याएको होईन ? आफ्नो पक्षमा बिदेशी लाग्दा स्वादे हुने तर आफ्नो बिपक्ष्यमा लाग्दा हस्तक्षेप हुने दोहोरो चरित्र किन देखाइन्छ ? अरुले नसकेर म सक्छु भनेर आउने तर फेरी ईतिहास लाई दोश दिएर उम्किन मिल्छ ? एउटा राज्नेताले अरुलाई दोश दिन्न किनभने तिनैले नगरेर आफु आएको उसलाई थाहा हुन्छ । निकम्माले मात्र अर्कालाई दोश दिन्छ । ईतिहास, भुगोल, सामाजिक सम्रचना, हावापानी र बिपक्षीलाई दोश दिएर उम्कन खोज्ने त्यो नेता होईन । त्यसलाई देश हाक्ने कुनै अधिकार छैन । तर बिडम्बना हामी त्यहि मारमा छौ । मिलेर अघी बढ्नुको बिकल्प कसै सँग छैन तर मिलाप र सहकार्य आफ्ना पार्टीगत र कतिपय मनोगत महत्वकान्क्ष्या पूरा गर्ने माध्यम मात्र बनाइएको छ अहीले सम्म । खोइ के भन्नु ?

    शायद नेपालमा अहीले सम्म नयाँ नेपाल, सम्ब्रिद्धी र बिकासको नाममा सब्भन्दा बढी मसी खर्च भएको छ । तर अब त बिरोध पनि कति गर्नु । कसलाई गाली गर्नु ? के मामिलामा गाली गर्नु ? हरिबहादुरले भने जस्तै के हन्नु, कसलाई हन्नु भने जस्तै छ । कुनै माइको लाल निस्केन इमान्दार । कुनै निस्केन भने जस्तो । आफ्नो डम्फु मात्र बजाउने सबैले । जनता कुन स्थितीमा गुज्रेका छन् कसैलाई सोच्ने फुर्सद छैन । कोठा भित्र बसेर सहमती गर्ने तर पछि त्यहि सहमती पछि आफ्नो आफ्नो पक्षमा अर्थ लगाउने । हामीलाई केको चासो त्यो ? जनताकै नाम लिएर जनतालाई नै दु:ख दिने काम किन गर्छन् यी नेताहरु । गाली गरेर मसी खर्च गर्नु पनि बेकार भयो । आफ्नो पार्टी भन्दा देश ठुलो हो भन्ने भावना समेत यी लाचार हरुमा पाइएन । जनता पनि यति थाकीसके की बिरोध गर्ने जागर छैन । लुरुलुरु जे भन्यो त्यहि गर्ने बानी नै परिसक्यो । आफ्नो देशमा बस्न खाना नभएर बिदेश गएर पनि सुख छैन । महिला समेत बेचिन वाध्य छन् । कति जेलमा छन्, कति हात्खुट्टा गुमाएर फर्केका छन्, कोही मानसिक सन्तुलन गुमाएर बसेका छन् भने कोही मृत्‍यु बरण गर्न बाध्य छन् । अब कसले बचाउछ देशलाई ? टाढा क्षितिजमा त्यस्तो कुनै संकेत देखिन्न । तर आशा गर्नु र पर्खनु बाहेक कुनै बिकल्प पनि छैन । हुँदा पनि भएन होलाकी ले छोडेन । यस्तै भयो हाम्रो चाल । अहिलेका हाम्रा नेताहरु ! तपाईं प्रति अब मेरो केही गुनासो छैन, गाली गर्ने जागर पनि छैन । जे गर्नुस् गर्नुस् । तर याद गर्नुस् ईतिहासको कठ्घरामा भने तपाईंहरुले पक्कै उभिनु पर्ने छ । अस्तु ।।।।

    No related posts.

    68 comments to नेताजीहरुको नाममा समर्पित

    • Basant

      मने आलु देखि भालु सम्म भारतको बिहार बाट आयात गरेर नेपाली मार्ने हतियारको जखिरा चीन बाट ल्याउदा नेता र काजकरताहरुको राष्टियता कता हराएको थियो । हिजो भारतको दिल्ली लाई जि हजुरी गरेर नेपालको ठुला दलको कार्यकर्ता भन्दै काम काज छोडी अरुले कमाएको पैसा लिएर बाच्न थाल्ने लाई देशको साह्रै चिन्ता लागेछ आब्बै मत मर्छु कि क्याहो । यि ६०१ लाई हदेलो को रसमा जाड मिलाएर उल्लो झुन्डएर उत्तर र दक्षिण फर्काएर राखदे मात्र देश बिकास हुन्छ के साथी हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरे हौ भारत संग युद्दको घोसना गर हामी नेपाली लड्न तयार छौ अब फेरी पनि पुर्खाको इतिहास रचनालाई हातमा खुकुरी लिएर यो धोति हरु संग लड्न बाहिर निस्कनु पर्यो कोहि छ यस्तो नेता? जसले भारत संग युद्दको घोसना गरोस हामी नेपाली देशको लागि रगतको खोला बगौना तयार छौ | अब यो अत्ति भयो कत्ति सहनु हामीले ?(देशले रगत मागे मलाई बलि चढाउनु,रुदिनन मेरी आमा उनी नेपल्ल्की छोरी हुन्) |बिकाश राई भोजपुरे

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • madan bajracharya

      कुन नेता? कुनै नेता त् छ नेपालमा केहि समर्पण गर्न लायक?सबै बिबादको जड भएकाहरु आज नेता बनि देस लुत्त्दै छन्/ त्रिभुवन भारतको पिठ्ठु, महेन्द्र तानासाही उनीहरुको कुरा नगरुँ/ नेपाल दुई ढुंगाको बिचको तरुल होयिन भारत चीन जस्तो दुई ठुलो मुलुक बिचको एक स्वोतन्त्र देस भन्दै भारतको राजीव गान्धीको नेपाल हेपाह नीतिलाई हुंकार दिने दिने बिरेन्द्र मारिए/ असमान सन्धिहरु को बिरोध गर्ने मदन भण्डारी त्रिसुलिमा दुवायिये/ एस्तो काम हरु अझै भई आएको छ/ भारतको बिरोध नेताहरुले मात्रै होयिन साधारण नागरिकले समेत गर्न नपाउने नभए मारिने संदेश अस्ति जमिमलाई मारेर देखाएकोछ/ जमिम लाई भारतीय हवल्दार ले नै मारेको भनि प्रहरीले सार्वजनिक गरेको छ तर को बोले?

      भारतले भारतमा नेपालीहरुलाई १९५०को सन्धिको मर्म बिपरित अनेक बन्देज लगाएको बिरोधमा मरिचमानले नेपालमा काम गर्न आएका १५०,००० भारतियेहरुलाई वोर्क परमिट लिन लगाए/ केहि साना सैनिक टैंक चीन सिट किनेकोमा नेपालले १९५०को सन्धिको पालना गरेनन भनि आरोप लगाउंदै भारतले नाका बन्दि गरे/ मरिच मान ले जवाफ दिए” भारतले कहिले १९५०को सन्धि को पालना गरेको छ र नेपालले मात्रै पालना गर्नु पर्ने?” भारतले कहिले पालना गर्दै नगरेको त्यो सन्धि त् मृत सन्धि हो भने/ के गलत भनेको थियो?

      भारत बिरुद्ध को ती हुंकारहरु मरिच मानको थिएँन बिरेन्द्र को थियो/ “ये यो पहाडी राजा” “म सिट टक्कर लिने?” भन्दै राजीव गान्धीले नेपालमाथि नाका बन्दि गरे/भारतले कलकता बाट सामान आउन नदिए कालापानी को बाटो महेन्द्र नगर बात तेश्रो मुलुक सिट पारबहन को ब्यबस्था गर्ने भनि मरिच मान को मुख बात बिरेन्द्र ले भारतलाई जवाफ दिन लगाए/ तर कसले साथ् दिए बिरेन्द्रको रास्त्रिये अडानमा?

      कालापानि नेपालको हो भनि भारतको सरकार आफैले सर्भि गरि तयार गरिएको नक्सामा देखाईएको छ/ यति हुँदा हुँदै पनि कला पनि भन्दा कुर्सि प्यारो हुने नेताहरुलाई के समर्पण गर्ने फाटेको जुत्ता कि फांसीको फन्दा? काला पानि को समस्या दुई बर्षमै समाधान गर्छु भनि भारतले भनेको आज ले कति बर्स भयो? कसैले उठाए यी कुरा?

      पंचायतको बिरोध गर्नु राजतन्त्रको बिरोध गर्नु कुरा अर्कै हो तर रास्ट्र वादको समर्थन नगर्नु अनि भारतको आशिर्बाद खोज्दै कुर्सि खोज्ने हरु आज नेता बनेको छ/ तिनैको सरकारले मात्र भारतले समर्थन गर्ने भनिएको छ/ बिडम्बना यहि हो/

      आज एक मधेश बा को नारा लगाउंदै तराई नेपालबाट छुटाउन चाहेको तत्वोहरुले भारतको प्रशय पाई आएको जग जाहिर छ/ एक नेपालको नारा लगाउन हिच्किचाउने नेताहरु आज लोकतन्त्रको नारा लगाउंदै छन्/ लोकतन्त्रको नाममा मधेश बादीले आत्म निर्णय गर्न पाउनु पर्ने अनि उनीहरुले लोकतन्त्रको नाममा लोकले नेपाल बात छुटिन चाहेको घोसना गर्न सजिलो पर्ने संबिधान बन्नु पर्ने माग गर्दै छन्/ यी कुरामा सहमति भएकाको बिचमै सरकार बन्नु पर्ने भारतले भन्दै आएको छ/ न मान्ने को बिगत कोट्याएर बर्तमान कुहियेकाहरुले नेपालमा सरकार र संबिधान बन्न दिएको छैन/

      अब येस्ताले के समर्पण गर्ने फाटेको जुताको पनि मोल हुन्छ, त्यो किन दिने यिनीहरुलाई दिने त् फासिंको फन्दा हो/ आक् मति बिग्रेका बिकेका नेताहरुले उठाउँदै आएको लोकतन्त्रको माग भित्र लोक फुटाउने चाल छ/ यो कुरा गरेर मैले न राज तन्त्रको समर्थन गरेको हो न पंचायतको/ न त् सहि लोकतन्त्रको बिरोध नै गरेको हो/ बिरोध गरेको त् लोकतन्त्र भित्र लुकायिएको षड्यन्त्रको हो/

      सहि लोकतन्त्र नेपालीको सपना थिए र छन् अझै/ त्यो पाउन रास्ट्र्बादी नेपाली र नेताको यकता को जरुरि छ/ बिगत बिग्रेको तर बर्तमान सप्रिएको नेताहरु र तिनको दलहरु मति कुहिएको यक मधेशबाद र भारतको पिठ्ठु बनेका नेताहरुको दल भन्दा राम्रो हुने हो/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • sandesh

      So true :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur bharati

      मेरो संसारका साथीहरु सधै राजनीतिक दल र नेताको बिरोधमा मात्र लेख्दछन । तर नेपाली सेनाका प्रधान सेनापति भारतका प्रधानमन्त्रि मनमोहन सिंहका बिषेश दुतको निर्देशनमा राजनीति रुपमा सक्रिय भैरहेका छन । राजनीतिक दल र तिनका नेताहरु बुचपचाएर बसिरहेका छन । यसले निकट भबिश्यमा नै नेपालमा युद्ध हुने संकेत गरिरहेको छ । तर पनि नेपालका बुद्धिजीबि र पत्रकारहरु कानमा तेल हालेर बसेका छन । यदि राष्टपतिका नाममा सेनाले शासन गरेयो र युद्ध भडकियो भने सबभन्दा पहिले बुद्धिजीबि र पत्रकारहरु माथी नै प्रहार सम्भाबना रहन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

      • देवराज जोशी, कैलाली

        बिदुर जी को कमेन्ट मन पर्यो , सारै संवेदनशील र घतलाग्दो कुरो गर्नु भो, यहाँका बुद्धिजीवी भनाउदा को कुरा गरि साध्य छैन |

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • madan bajracharya

        बिदुर जी
        सहि कुरा उठाउनु भयो/ शरन र राजन नेपाल भ्रमण पछी यकायक यी कुराहरु हुन् थालेकोले मलाई त् राजदरवारमा बिरेन्द्रको सपरिवार हत्या हुँदै गएकोमा सुतेर बसेको सैनिक जवानहरु अहिले जागे जस्तो लाग्यो/ अब अर्को के हुन् लागेको हो कुन्नि/

        बिरेन्द्रको हत्याकाण्डमा भारतको हाट भएको भनि गिरिजाले समेत उसको आत्म कथामा लेखेर गएको छ भनि अस्ति कांग्रेसकै चक्र प्रशाद बास्तोलाले पोल खोलेको छ/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jillabashi Baburam

      भूगोललाई दोष दिनै परे म भूपरिबेष्ठित हुनुलाई दिन्छु, तर पहाड र हिमाललाई हैन!
      पहाड र हिमालमा पनि असंख्य सम्भ्याब्यता हरुछन्- नदी, ताल, बन्य जन्तु, जडिबुटी, फलफूल, चिया, कफी, खनिज, मनोरम हावापानी, सुन्दरता, आदि! हामीले प्रयोग गर्न न सक्या मात्रै हो! अरबिले तेल बेचे जस्तो हामीले बिजुली बेच्न सकेको खै? डाडाको थाप्लामा रहेको होटेल र तल तराइमा रहेको होटेल मा पर्यटकले कुन चाहिं रोजलान त?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • sujeet

      लेखनाथ जी तपाइको सबै भनाइ ठिकै लाग्यो तर नेपालको भूगोल लाई आछेप लगाइएको मलाई चाही अस्हैय भयो , नेपाल स्वोर्ग को टुक्रा हो एस्लाई सजाउने , सम्हाल्ने , देखभाल गर्ने र निस्वार्थ माया गर्ने एक कालिगढ़ ,माली अनि बहादुर पहरेदारको कमि भने पक्कै भएको हो | नेताहरुलाई गालि नगर्ने र उनीहरुलाई नासरापने नेपाली आजको दिनमा सायेद्नै कम होलान तर ती नेता को हुन् त ? आखिर नेपाली नै हुन् , नेपाली को हुन् त तपाई हामि नै हौँ भने खराब को भयो त ? उत्तर शोयाम्सिद्ध छन् | हो अहिलेको समयमा सबैभन्दा खराब हामि सोयम हौ , हामी आफ्नो अंग मा हात्ती देख्दैनौ अर्काको अंगमा लिखा देख्छौ, आफुले गरनै पर्ने काम पनि अरुले गरिदिएमा मक्ख पर्छौ, आफु संग पैसा भएपनि फोगटमा खान पाए अमिलो चुक पनि छोड्दैनौ ,आफुले गर्न सक्ने काम पनि अरुलाई गरिदिन गुहार माग्छौ| येसर्थमा म के भन्न चाहन्छु बहने हामि स्वाभिमानको बिगुल फुक्छौ तर स्वभिमनिको लागि आफ्नो पाखुरा बजार्नुको साटो , नग्रा खियौनुको साटो निर्लज्ज भएर हात फैलाउछौ , देसको आर्थिक बजेट बनाउदा पनि बिदेसी अनुदान को आकडा राख्छौ , यो भन्दा निर्लज्ज कुरा के हुनसक्छ ? तसर्थ मलाई लाग्छा पहिलो दोसी हामि आफै छौ |
      भौगोलिक बनोट बिकास को लागि कहिलेइ बाधा हुदैन यो हामिले भुझ्नै पर्छ , बस हामीमा एस्लाई सजाउने शिप अनि बुद्धि हुनु पर्छ , हो यो कुरा सत्य हो कि सिगार्न सजाउन पैसा हुनुपर्छ , तर बुद्धि अनि सबल योजना भयो भने पैसा ठुलो कुरा हुदैन | आजको युगमा हाम्रा नजिकका छिमेकी मुलुक हरु क कस्ता भौगोलिक विकटता भएका ठाउहरुमा पनि कसरि बिकासका मार्ग खोले र कसरि तेहाका मानिसहरु सक्ष्यम भए भन्ने थाहा पुन गारो पर्दैन | उदाहरण को लागि नौ महिना हिउ पर्ने तिन महिना जम्मा शरद ऋतु हुने ठाउमा पनि बिकास को चरम सिमा देखिन्छा , मरुभूमिमा पनि हरियाली बनएको , समुद्रमा मानव निर्मित टापु बनाई तेस्मा आधुनिक सन्सार बसालेको , पहाडमा र दादा काडामा बस्ति बस्न नहुने ठाउमा केहि गर्नु जरुरि देखिन्न बस तेस्लाई प्राकृतिक रुपमै सजने मौका दिए हुन्छ बस्ति भएको ठाउमा विकास गर्न अनेकौ उपाए छन् खालि मन् हुनुपर्छ | हुनत आजको सम्येमा जनसंख्या वृद्धि को कारणले खेति योग्य जमिन सबै मानब बस्ति ले ढाकिरहेको बेला तराइको समथर जमिन नेपालको ठुलो कुरा होइन तेसै त देसमा पुरा जनतालाई खुवाउन पियाउनाको लागि निर्यात नगरी धरोई छैन |
      हुनत सबैले भन्दै आएको तर थोरैले मात्र गर्दै आएको कुरा काम गर्नेलाई सघाउनु पर्छ खुट्टा तान्ने गर्नु हुन्न भन्ने कहावत लाइ सक्ष्यात गर्न सक्यो भने हाम्रो देस पक्कै उधो लाग्नेछ , ghar कोठा को फोहोर मुलढोका बाहिर राख्नवा अरुको घर अगाडी राख्न छाडी उचित ठाउमा वा आफ्नै चारकिल्ला भित्र राखी सभ्यता को पहिचान दिन सके मात्र पनि हामि अलि राम्रो भएको महसुस हुने थियो |
      छिमेकी देस राम्रो र नराम्रो हुनुमा निस्चये पनि हम्रोदेस्लाई असर गर्छ तर आफ्नो खुट्टामा आफै उभिने हुन सक्यो भने कसैको मुख ताक्नु पर्ने अवस्था आउदैन ! सजाउन जान्ने ले गोलो , चेप्टो , अन्डाकार, तिनकुने , बर्गाकार , आयेत आकार जस्तो कोठालाई पनि चित्तिक्क परेर सजाएको हुन्छ भने नजान्ने र अल्छिले लथालिङ्ग नै राखेको हुन्छ !
      त्यसैले कृपया जे जस्तो भए पनि , जे जस्तो भने ता पनि , जे जस्तो लेखे ता पनि नेपालको भूगोल लाइ नाखिज्याउनुस ,दोस नालागाउनुस , हाम्रो नेपाल बिस्वोभारिमा सबै भन्दा सुन्दर छ , सानो छ , लोभलाग्दो छ, मायालु छ अनि महान छ र यहाँ नेपाली भनेर चिनिने बिस्वोमै सबै भन्दा सोझा , प्रेम ले ओतप्रोत हृदय भएका , बिसाल मन र आत्मियता भएका नागरिक हरु छन् |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • nirab

      नेपाललाइ साचै भूगोलले पनि ठगेको छ/ देश बिकाश गर्न, आर्थिक गतिबिधि र सिक्छा, स्वस्थ, प्रयटन, कृषि, रोजगार आदिको बिकाशको लागि यातायातको राम्रो प्रबन्ध हुनपर्छ / देशको अशिकांश भाग पहाड र हिमालले ढाकेको छ जसमा सस्तो बलियो भरपर्दो मोटर गाडीको बाटोको बिकाश हुन गार्हो, खर्चिलो छ / हवाई यात्राले मात्र कति दिन धान्न सकिन्छ र ? देश बिकाशको मेरुदण्ड नै यातायातको बिकाश हो / गाउ टोलमा मोटर बाटो पुगे- स्कूल , अस्पताल, प्रयटन, ब्यापार आफै बाटो पैलाउदै अहिहाल्छ, फटाहा नेताको भासन सुन्न पनि समय हुदैन त्यति बेला /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • sushil sharma

      नेपाल का सबै नेताहरु लोभी स्वार्थी भएको ले नै यस्तो हबिगत भयो/ दोष अरु लाई दिनु भन्दा अगाडी आफ्नो कमजोरी केलाउन जरुरि छ /आफ्नो घरको थिति मिलाउन नजान्ने अनि छिमेकी लाई दोष लगाउने /आफ्नो घर अनि आफु बलियो भए कोहि मायिकालालको दाल गल्दैन /सबै नेपालीहरु मिलेर हालका सबै नेताहरु लाई कलोमोसो दलेर पहिला तीन सहर घुमाऊ अनि तिनलाई राजनीतिमा प्रवेश निषेध गरि राजनैतिक सुधार गरि देश बिकाश गर्ने नया सोच राखन पर्ला /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Jingoist

      गणतन्त्र आए पछी त चमत्कार हुन्छ भन्या हैन ?? भूगोल नै बिकाश को बाधक भए किन राजसंस्था लाई दोष थोपरिएको हो ?? बास्तव मा हाम्रो मानसिकता र हामी मा रहेको न्युन इमान्दारिता नै हाम्रो पछौटेपन को मूल कारण हो…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 4

    • Aanshu

      लाक्छ हाम्रो देश को जस्तो भौगोलिक या बनावोटी वोर्ल्ड को कुनैपनि ठाउमा छैन !
      तपाईहरु पनि विचार गर्न सक्नु हुन्छ कस्तो मिलेको छः हाम्रो देश हिमाल बाट पहाड पहाड बाट समथर तराई एकचोटी चोच्नुस यो बनावोटी लाई सहि तरिका ले उपयोग गर्न सकियो भने झन् कस्तो होला हाम्रो देश ?
      हामी नेपालीमा अहंकार छ ढाचा छ सहि सोच छ हामी दिमाग नभएका पनि होइनौ हामी धेरै बुद्दिजिबी पनि छौ तर धेरै सोच बुद्दिजिबी भएर के गर्नु गर्ने जागर छैन आफु कुन ठाउमा छु भन्ने कसैले सोच्दैन आफ्नो ठाउँ को काम आफैले फत्ते गर्न नसकेको बेलामा हामी अरुको कामलाई दोष दिइरहेका हुन्छौ छातीमा हात राखेर तपाई आफुलाई कत्तिको बिश्वास गर्नुहुन्छ सोच्नुस त ?
      एउटा ख्याउटे आफ्नो दुइतिर ज्याङ्गो दुइ जना मान्छे बस्यो भने उस्ले के गर्नु पर्ला ?के उस्ले ति दुइ मध्धे कुनैपनि एउटालाई धकेलेर पार लाउन सक्छ र ? दकेल्ल्नेको त कुरै छोडौ ठुलो स्वर ले बोल्नुपनी हुदैन जहासम्म कि उ आफु आफ्नो ठाउँ ओकट्नु छ भने ? मेरो अर्थ मा डराउनु पर्छ पनि भने को होइन कि आफुले सहि तरिका ले सहि व्यवहार गर्न जान्यो भने जे पनि गर्न सकिन्छ आफ्नो फाइदाका लागि ! तेसकोलागी हाम्रा नेताहरुमा पार्टी प्रति को भूमिका बढी भयो जसले पूर्ण जिम्मेवारी देशको लागि सोचेकै छैनन जसलाई हामी देशप्रेमी भन्छौ! अनि साच्चै भन्नु पर्दा हाम्रो देशमा देशप्रति मुटु थाप्ने को केहि मूल्य नै छैन या तेस्ता जनता लाई ठिक pauch samma जान पनि दिईदैन, अस्तु !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Tirtha

      जब सम्म देश आर्थिक रुपले सम्पन्न हुदैन तब सम्म देशमा जस्तो पनि जुन सुकै क्रान्ति पनि सफल हुन्छ | किन कि मान्छे सारै गरिब भयो भने गुन्द्रुक को लागि बिकाउ हुन्छ | तेस मान्छेले राजनीति ke हो थाहा हुदैन ,खान पाए जसको लागि पनि लड्न तयार हुन्छ | नेपालको हरेक क्रान्ति सफल हुनुमा येही कारण हो |

      तेसैले सरकार छिट्टै धनि लाई धेरै tax लगाउ,tax नीति बलियो बनाउ, tax पारदर्शी पनि बनौ, र गरिब लै चाडै आधारभूत आवस्यकता परिपूर्ति गर नत्र फेरी अर्को क्रान्ति हुन्छ, देश फेरी २० वर्ष पछि धकेलिने छ |

      व्यक्ति भन्दा सरकार धनि हुने उपाय लगौनुस,सरकार लै धनि बनाउनु नै parchha | व्यक्ति धनि भयो भने सरकार लै किनी दिन्छ र आफ्नो स्वार्थ परिपूर्ति गर्छ | कानून ,विधिको सासन हुदैन | तेसैले सरकार धनि भयो भने सक्नेलाई मात्र होइन नसक्ने अपाङ्ग,बिधुवा,टुहुरा सबैको बारेमा सोच्न sakincha र राम्रो समाज बन्छ | |येही हो लोक नीति |येही गर्यो भने मात्रै लोकतन्त्र को परिभासा सार्थक हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Tirtha

      जबसम्म देश आर्थिक रुपले सम्पन्न हुँदैन तब सम्म जुनै पनि जस्तो क्रान्ति पनि सफल हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • yadav chamling rai

      अब, लाज सरम सबै पचाई सकेको हाम्रा गद्दार नेता हरुलाई जति गाली गरे पनि तेस्तै हो मित्रहरु अब हामी युवा हरु नै नेताहरुको पुछर भएर आफ्नो
      दुनो सोझाउन पछि पर्दैनौ अब सबै युवाहरुले आफ्नो होइन देशको लागि सोच्नु परयो| अनि सबै कुरो भूगोल लाई मात्रै दोष दिनु पनि भएन हाम्रो देशको भौगोलिक विकटता भित्र अनेकौ सम्भावना हरु लुकेको छ खाली चिन्न सक्नु परयो| बिडम्बना,तेस्तो ब्यक्ति देशले आज सम्म पाउन सकेको छैन अब देशको युबाहरु एक नभई देश विकाश सम्भब छैन चाहे माओबादी,एमाले,कांग्रेस जोसुकै होस् देशको सबै युवा एक हुनुको विकल्प छैन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • sanjay kharel

      निरासा र हरेस खाएर मर्नेबेलामा खुट्टा तन्कयाजस्तो तरिकाको लेख !नेपाल निल्ने योजना मा तल्लिन भारतीय र नेपाली भई नेपालकै मुटु भित्र चुरा घोपने केहि नेताहरुको योजनामा बड्चुद गर्दै अफव हल्ला र सबैलाई निरस पर्ने लेख !लेखक ले भन्नु भय जस्तो ,नाता बाद ,भौगोलिक कारण र नेपाल को सिमाना को बारेमा गलत विचार पस्केको छ,!नेताले भन्ने भाषा र तपाई को भासमा केहि फरक छैन !लेखक को बिचारमा १५%मात्र समर्थन मेरो !हामी नेपालीजनता हरु नै केहि हद सम्म दोसी छौ भन्ने tipadi मा मात्र मेरो समर्थन ! a

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Priyanka Gurung

      सारै राम्रो लेख. धेरै दिन पछि पदने मौका मिल्यो.

      लेखकः जिउलाई धेरै धेरै धन्यवाद.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Arjun

      मन जी को कुरा मा सहमत छु ! कुशल नेता भयो भने दिन दुइ गुना रात चौ गुना परिबर्तन हुनेछ!येस्मा कुनै संका छैन.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • DEV DAS

      नेता
      बूढा गान्धीको चस्मा चोर्ने चोर नेता,
      माओत्सेतुन्ग्को सपना लुट्ने डाका नेता,
      मार्क्सको सिधान्त ढाट्ने झुट नेता,
      लेलिनको सभ्येता बेच्ने भ्रस्ट नेता,,
      …………………………………..नेता,
      ……………………………………नेता,
      …………………………………….नेता,
      ……………………………………..नेता!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • payangu bikram

      राम्रो लेख हो | यी पुराना थोत्र सस्कार का कुनै पनि नेता होस् या जनता कसैले पनि नया सोच बिकाश को बाटो बिछौना सक्दैन |यसको यौटै मात्र विकल्प यी पोछ्रा का तोडका हरु लाइ बिस्राम गर्न लगाएर नया नेत्रित्य नया पुस्ता ,नया बिचार को फेरिनु पर्छा|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Kisan

      लेखकले आयातित लोकतन्त्र का हिमायेतिहरुको धोतीको गाँठो फुकैदियेका छन् ! भूगोल अभिसाप हुन सक्दैन भूगोलको नाममा आसिर्बाद थापेर नेपाली जनता माथि सासन गर्ने गिरिजा कोइराला जस्ता नेताले बिगारेका हुन् यो देश ! प्रचंदेलाई बिन लादेन बनाएर नेपालमा अरु पचास वर्ष भारतले सासन गर्न खोजेको नै हो ! कृष्ण प्रसाद भटराई ले नेपालमा अरु पचास वर्ष राजतन्त्रको आबस्येकता छ त्यसै भनेका थिएनन् ! तर के गर्नु त्येसको बिकल्पमा भारतले बाबुराम भट्टराई लै विकल्प बनायो र यो विकल्प परिक्ष्य भैरहेछ ! अहिलेका नेता भनेका बाटो हगुवा नेता हुन् !! गु र गोबर छुत्तौना सक्नु पर्छ तब मात्र विकास सम्भब छ !! अहिलेका नेताहरु यी दुवै मिस्र्वन बात बनेका हुन्, गु र गोबर छुत्तौना नसक्नु हामि नेपाली जनताको पनि कमजोरी हो र त्येसैले यो देसमा हबल्दार र खाजंची र प्राथमिक स्कुलका टिचर ले सासन गरिरहेका छन् !!! अब नेपालमा कि त लेन्डुप दोर्जेले सासन गर्छ कि त एउटा सच्चा नेपाली ले सासन गर्छ !!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • मन

      लेखनाथ जी को लेख निकै रोचक छ / सबै लुगा खोलेर नांगिन पाएको जस्तो / मनको पिडा पोखेर हलुङ्गो हुन् पाएको जस्तो / दुखको भारी बिसाएर सुस्ताउन पाएको जस्तो / खुला आकासमा हातखुट्टा फालेर दौडन पाएको जस्तो…../ धेरै समय पछी mysansar मा तपाइको लेखले रौनक ल्यायो…../

      नेता: नेता समाजको उपज हो / समाजमा बिकृति छ, नेताले त्यसैको प्रतिनिधित्व गर्छ / तर, समाज किन विकृत भयो? किनकि देस समयानुकुल बिकसित हुन सकेन…/ मतलव बिगतमा हामीले जुन रफ्तारमा देस र समाजलाई अगाडी बढाउँन सक्नु पर्दथ्यो त्यो सकेनौ/गरेनौ / समयानुकुल केहि गर्न नसकिएको बोधले समय समयमा परिवर्तनको लागि लड्यौ पनि तर, मूलत दरिद्र मानसिकताले दपेच्यो…/ घुमिफिरी उस्तै रह्यो, परिवर्तन भएन र हुने संकेत कतै देखिदैन…./ हामीमा सदगुण भन्दा दुर्गुणको विकास तिब्र गतिमा भयो, नेतामा पनि भयो, भैरहेछ / दुर्गुणलाइ संरक्षण दिन थालियो / बागमतिमा ढल मिसाउन भने नछाडने तर सफा पानीको आसा गर्ने? सडक, आँगनमा फोहर फाल्ने, स्वच्छ वातावरण खोज्ने?
      ठूलोले गरेको देखेर सानोले सिक्छ, गर्छ / बाटो देखाउने, हिनाउने, बुझाउने… काम ठुलोलेनै गर्नुपर्छ / मूली सप्रे अरु सप्रिन्छन / नेता मूली हुन् र उनीहरुनै खराव भएपछी? जे होस् यत्तिकै नेताहरु सुध्रिने वाला छैनन…./ समाजलाई केहि दिउँ भन्दा पनि सकेसम्म आफै मात्र लिउँ भन्नेहरुबाट के आशा गर्ने? परिवर्तन सजिलो छैन……./

      नाता र भूगोल: नाता बिना सृस्ठी सम्भव छैन / नातावाद अभावको कारणले हुन्छ / अभाव उत्पादनको कमीले हुन्छ र यथेस्ट उत्पादनको लागि यसका स्रोतहरुको समुचित परिचालन हुनुपर्छ / यो सबै कुसल नेतृत्वबाट मात्रै सम्भव छ / त्यस्तो नेतृत्व भएन, छैन / नेपालको भूगोल केहि जटिल त छ तर हिमाल देखि तराईको बिबिधता भित्र धेरै स्रोत लुकेका छन् / त्यो देख्ने, उपयोग गर्ने आँखा नेतृत्वमा भएन / जस्तो हिमाल भयो, पानी भयो / पानीबाट energy, energy बाट सिधै उत्पादन / भूगोल अभिसाप होइन, यसलाई शासित गर्नेहरु हुन् /

      छिमेकी: तिन तिरबाट भारतले घेरिएको नेपालमा सामाजिक र राजनैतिक रुपले उसको प्रभाव पर्नु, रहनु स्वभाविक छ / उत्तरको हिमाल र तिब्बतको बिकासमा हुन गएको ढिलाइले चीनको न्यून प्रभाव रहनु स्वभाविक हो / तर, छिमेकी (भूभाग) बदलिन सक्दैनन्, भूगोल बदल्न कठिन छ / के हामी भारत् संग सुरुंग युध्द लड्न सक्छौं ? लडेर जित्न सक्छौं? हामीले हारे नेपालमा कसले राज गर्छ र जिते? दुवै परिस्थितिमा अन्तत भारत या अन्य कसैको राज हुन्छ यहाँ / त्यसैले हामीमा त्यस्तो नेतृत्व चाहियो जसले भारतसंग नेपालको बिकासको लागि उपयुक्त वातावरण बनाउन सकोस / नेताहरु चीन पक्षीय वा भारत पक्षीय बन्ने हैन कि भारत र चिनिया नेतृत्वलाइ नेपाल पक्षीय बनाउनु पर्यो / अन्तत यो पनि त कुसल नेताकै काम हो र त्यस्तो नेता कसरि पाउनु?
      नेपालको एकीकरण लगत्तै देखि सत्ताको लागि दरवार भित्र होस् या बाहिर सड्यन्त्रहरु हुन थाले र त्यो क्रम यद्यपी चालु छ / परिवर्तन सजिलो छैन……/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 1

    • Nitya

      नैतिकता, ईमान्दारिता, सिर्जनशीलता, जाँगर सबै व्यक्तिमा हुनु पर्ने आधारभूत गुणहरु हुन् | दिशाबोध, पहल, समन्वय र पुनर्विचार जस्ता गुणहरु थपिएपछि नेता बन्न सुहाउछ | जोस, पराक्रम युवाहरुमा र परिवेश अनुसार सबै नागरिकमा चाहिने बिशेषता हुन् | यी मानवीय गुणहरुको कसीमा अहिकाम्श नागरिक सिद्द साबित हुन सक्ने देश र समाजमामात्र शान्ति, सुरक्षा, उन्नती र सार्बभौमिकताको अनुभूति हुन सक्छ |
      हाम्रो देशमा यिनै कुराहरुको टड्कारो अभाव छ |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • dil tamu

      लेखनाथ जी तपाईको लेखमा बास्तबिकता झल्किन्छ,तर यस्तो शगुरो बिचारले नया नेपाल त बन्दैन, निरासाबादी होइन आशाबादी भएर समस्याको समधानको लागि हामी नेपाली जनताले नै केहि गर्नु पर्छ होला कि कस्यो ?????????

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • sanjay

      म पनि पहिलो कमेन्ट लेख्ने प्रितम राजबंशी जी संग सहमत है.,देश (छेकुबा) हरुले नै बिगारेको हो /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • pritam राजबंशी

      देश बिगार्या बाहुनबाद, नाताबाद , किर्पाबाद, घुसखोरी, भ्रस्टाचारि अनि भारतीय पुच्छरपनाले हो ! हुन पनि यो देशका ठुला ठालु भन्ने नेता सबै छेत्री,कुमाई र बाहुन (छेकुवा) मात्रै , अनि यी आएका पनि उतै बाट हुन , कुमाऊ, गडवाल, बनारस , आशाम, अनि कता बाट लाग्थियो त!! देश को माया, अरु लाई मधेसी भनेर भन्ने अनि आफु चै भारतीय हरुको पुच्छर भएर बस्ने ?? कहाँ बाट उभो लागोस त देश ???

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 49

      • अजय गुरुङ

        राजबंसी जी सहमत यहा संग !! भारतीय धोतिहरु संग डराउनु पर्दैन कत्ति पनि १० भारतीय धोतीलाई १ नेपालीले तर्साउन सक्छन तर डराउनु पर्छ यिनीहरु संग होसियार हुनु पर्छ यिनीहरु संग जो नेपालि भएरपनि भारतीय धोतिहरुको ईशारामा आफ्नै नेपाल आमको छातीमा लात्ती हिर्काउछन् ..!!

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • krishna melbourne

      कहाँ तेसो भनेर हुन्छ लेखनाथ जी अब पालो हाम्रो हो…युवा हरु ले असहयोग र बिरोध सुरु गर्नु पर्छ अनि स्थानीय स्तर देखि नै आफ्नो पकड बनाउनु पर्छ. हामी विदेश मा भएका ले आर्थिक अनि स्वदेश मा भएका ले भौतिक सहयोग को खाचो छ.सबै बिद्यार्थी संगठनहरु र युवा संगठनहरु मा यो कुरा पुग्नु जरुरि छ.साथै गाउ र सहर का सबै उठ्नु पर्यो अनि संबिधान सभा घेर्नु पर्छ. ति देशद्रोही हरु लाइ मृत्यु दण्ड को सजाय सुनाउनु पर्छ हैन मृत्युदण्ड दिनु पर्छ किनकि हाम्रो बिर्सिने बनि छ.अब पालो देश कसले चलाउने मौकाको फाइदा उठाउने को कमि छैन हामी बीच तेसै ले कपिलवस्तु को हरि कुमार यादव लाइ प्रधानमन्त्रि बनाउनु पर्छ उसलाई इंडिया देखि असाध्यै रिस उठेको छ तेस्ले बनाएको बाध ले सबै घर dubayeko हो . हो मज्जाले गाली गर्ने मौका पाउछ. गृहमन्त्री उनी सानी कुमारीमगर लै दिनु पर्छ जसका दुवै छोरा रुकुम मा माओबादी ले मारेको थियो.दोषी ले सजाय त पाउछ ..रक्षामन्त्रि उही रामबहादुर थापा जसको एक्लो छोरो लै सेना ले माओबादी भनेर आगन मा ढालेको थियो ….ति भातमारा ले जेल त हेर्थे….(पत्र हरु काल्पनिक हुन् तर एथार्थ हो) लेखनाथ जी तपाई एकचोटी आफ्नो मन मा हात राखेर भन्नु सक्नु हुन्छ सुरुवात गर्न हात फिजाएर हेर्नुस देस मा kati हात देख्नु हुन्छ. ..सबै कुरा सबैको sahamati मा nirnaye bhayema yesto hudaina kahile पनि…..

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

      • Bhuban

        very bad and nonsense coment.
        “..रक्षामन्त्रि उही रामबहादुर थापा जसको एक्लो छोरो लै सेना ले माओबादी भनेर आगन मा ढालेको थियो ….ति भातमारा ले जेल त हेर्थे….”
        Politically consus नभएको मान्छे ले यस्तै कमेन्ट लेख्छन / पूंग न पुछारको भन्छन नि त्यस्तै /

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bhuban

      कुरो ठिकै हो, तर !
      खाट्टी कुरो आएन / समस्या त जसले पनि देखाउन सक्छ / समाधान दिन सक्ने पो बहादुरी हो त / निरासै निरासाले भरिएको छ / सम्पूर्ण पार्टी तथा नेतृत्व प्रति असहमति जाहेर गरेर भर्खरै प्राप्त गणतन्त्र लाइ जोगाउन रास्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्ता को सान्तिपूर्ण आन्दोलन चलिरहेको संक्रमण कालमा सन्सार मै यस्तै हुन्छ / कोहि पनि निरास नहुनुस जित हाम्रै हुनेछ /

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • अजय गुरुङ

      लेखनाथ जी एकदम सत्य पोख्नु भयो !! १०० % सहमत छु यो सबै हुनुमा भारतीय धोतिहरुको र भारतीय धोतीहरुको ईशारामा छम छम नाच्न गौरब गर्ने नेपालि नेता भनाउदा अनि जानी नजानी हिन्दी बोल्न ईज्जत सम्झिने हाम्रा नेपालिहरु यसरि नै डामाडोल भयो नेपाल….!! भयो भन्दा पनि यसरि डामाडोल गराईयो हाम्रो सुन्दर शान्त नेपाल !!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

      • पुष्प

        सहमत; यो अवश्थाको अन्त्य नै समृद्ध र शान्त नेपालको शुरुवात हो ।

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

        • अजय गुरुङ

          यो सबको अन्त्य भारतीयले नै गर्ने छ !! हजुरले ठिक भन्नु भयो यो सुरुवात हो र अन्त्य समृद्द शान्त अनि बिशाल हिन्दुस्तानको नेपाल प्रान्त !! समृद्द र शान्त नेपाल त्यति बेला थियो….तर जब यी भारतीयहरुको ईशारामा बहुदल ल्याइयो,प्रजातन्त्र भित्र्याइयो,देशलाई विभाजन गराउने षडयन्त्रको साथ गणतन्त्र निम्त्याइयो,पाहाडीलाई एक बनाइयो,मधेसीलाई अलग बनाइयो,जात जातिको विभाजन गरियो देश डामाडोल बनाईयो, भाईभाईमा काटमार गराईयो अब सारा देशमा धोतीहरुको चलखेल बढाईयो,एउटा साधारण भारतीयले नेपालको सरकार हल्लाइदियो…..अझैपनि यी नेताहरुको मुख ताक्ने कस्ता ?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

          • पुष्प

            अजयजी,

            तपाईंले राख्नुभएका समस्याहरू ‘प्रजा’तन्त्र भित्रिनुअघिदेखिकै हो, जुन भित्रभित्रै दबिएर बसेको थियो । अब यी समस्याहरूलाई खुला बहसको विषय बनाउनुपर्छ र बनिरहेको पनि छ, तर केही मुट्ठीभर अवसरवादी र भारतीय विस्तारवादीले यसको गलत फाइदा उठाएको चाहिँ पक्कै हो । अहिलेको समस्या पनि यही नै हो; यसमा हामी सचेत हुनैपर्छ ।

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • mahesh

          ” सहमत; यो अवश्थाको अन्त्य नै समृद्ध र शान्त नेपालको शुरुवात हो” ।

          पुष्प जी को यो भनाई माँ नराम्रो कुरा केही होला? तेस्तो कुरा माँ पनी रातो माँ टिक लगाउने पशु कस्ता होलान? के यी पशु हरु ले पुष्प जी को नाम देखेर पुर्बाग्रही ढंग ले रातो माँ टिक लगाएका होइनन होला त?

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Akash

      नेताहरुलाई दोष दिएर केहि फाइदा छैन , लाज नभएका नेताहरुले जे भने पनि पचाईदिन्छन ! भारतले गर्दा नै आज यो स्तिथि आइपरेको हो .. अब भारत बिरुद्ध नै सडकमा उत्रिन पर्यो, अरु कुनै उपाय छैन ! जनता एक जुट हुन सके नया सरकार बन्छ नत्र भारत “कु” गर्न रेडी छ है …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • rejina

      आशाबादी हुनु पर्यो. केही गर्न नसके पनि राम्रो होस् भन्ने आशा चाही गर्न सकिन्छ ..

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • Gyan

      बहुदल आएको २० बर्ष नाघी सक्यो / राजनीति अस्थिरता झन् झन् बढिरहेको छ / अब कुन दिन त्यस्तै खाले शासन आउँछ, जुन बेला हामीले ३० बर्षे पंचायती कालमा संसदीय व्यवस्था असफल हुनुका कारणहरु घोकेर जाँच दिनु पर्थ्यो /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • ए मित्र तपाई को लेख पढ्दा तपाई निकै फुर्सद मा भए जस्तो लाग्गो तपाई को बिकाश को बादक भूगोल होइन तपाई हामी जस्ता ले भूल गरे र सब गोल भए को हो ! के भारत,चाइना,अरु के कुरा भूटान मा पहाड़ छैन तर अब भूटान मा भूगोल बिकाश को बादक भएन देश मा राजनीती को नाम मा १५ बर्ष देखि नांगो नाच नाचदा हामी यूबा को भूमिका खोई ? के हाम्रो काम अरु लाई गाली मात्र गर्ने ? काम चाहि केही न गर्ने हो भने कहिले सागरमाथा नराम्रो कहिले लुम्बिनी नराम्रो कहिले भारत कहिले चाइना लाई गाली गरो तर झीगा को साराप ले डिंगा मर्दैन यदि डिंगा मार्ने हो भने अक्ल को हतियार उठाउनु पर्छ अब बकम्भुसे कुरा होइन युबा लाई जगाऊ भास्ताचार दंड हीनता को अंत गरोऊ सधै नया होइन सम्पन्न र सान्त नेपाल निर्माण गरोऊ राजनीति को जालो मा होइन रास्ट्र रक्षा को संजाल निर्माण गरोऊ !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

      • देवराज जोशी, कैलाली

        ठीक भन्नु भयो , नेपालको दुर्गति हुनुमा भूगोलको दोष देख्नु लेखकको मानसिक दरिद्रता हो जस्तो लाग्छ, नेपालको दुर्दशाको मुख्य कारण यहाँको विगत देखिको जनघाती राजनीति नै हो, जनता भन्नुनै मूलतः देश हो भन्ने कुरा नबुझ्नु यहाको राजनीतिज्ञ हरुको मुख्य दृष्टि दोष हो |
        उदाहारणको लागि राणाहरुको जनतालाई शिक्षा बाट बन्चित गराउने नीति लाइ लिन सकिन्छ जुन नेपाली इतिहासमै सबै भन्दा खतरनाक हो र यसको असर अझै दशकौ सम्म रहने छ | आज अमेरिका , जापान , जर्मनी , चीन जस्ता मुलुक हरुको सबै भन्दा ठुलो पूंजी उनीहरु संग भएको सक्षम् जनशक्ति नै हो भन्न सकिन्छ |
        सत्ता लाइ व्यक्तिगत लाभको लागि प्रयोग गर्ने र राजनीति लाइ पेशा को रूपमा अंगाल्ने संकृतिको अन्त हुनु पर्छ तब मात्र सक्षम् स्वच्छ व्यक्ति हरु राजनीतिमा आउने छन् र देश लाइ त्राण दिने छन् |

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

        • Harke

          “आज अमेरिका , जापान , जर्मनी , चीन जस्ता मुलुक हरुको सबै भन्दा ठुलो पूंजी उनीहरु संग भएको सक्षम् जनशक्ति नै हो भन्न सकिन्छ |”

          कुरोको चुरो येत्ति हो देबराज जी….! यो बास्तबिकता हाम्रा नेताजीहरुले हैन….यो माई-संसारका मित्रगणले मात्रै बुझे पनि देशलाई धेरै राम्रो हुन्छ !

          हिजो राणाहरुले हाम्रा पुर्खालाई शिक्षाबाट बन्चित गराएर अपराध गरे जस्तै अपराध, आज आफ्नो राजनीतिक स्वार्थकोलागि (सत्ताको स्वाद चाख्न पाउने लोभमा) स्कुल बन्दगर्ने राजनीतिका खोल ओढेका अपराधिहरुले गरेका छन् ! होइन र ?

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

          • देवराज जोशी, कैलाली

            तपाइको भनाइ पनि ठीक हो हर्के जी,
            मैले राणा शासकको एउटा उदाहारण मात्र दिएको हो त्यस पछिका शासकहरु(अहिले सम्म) पनि जनपक्षीय चाहीँ देखिएका छैनन्, हुनत उनीहरुले चाहेर पनि प्रभूको आज्ञा बिना केही गर्न सक्ने होइनन त्यसैले नेपालमा राष्ट्रिय स्वाधीनताको मुद्दा मुख्य हुन गएको छ | जनताले निर्वाचन बाट व्यक्त गरेको परिवर्तनको चाहनाको विरुद्ध जसरी भारत लागि परेको छ, नागरिकले ठुलो बनाइदिएको पार्टी लाइ अनागरिक पार्टी बनाइदै छ र अलोकतान्त्रिक सेनाको इच्छ्या अनुसार चल्ने पार्टी लाइ नागरिक पार्टी भनिदै छ त्यस बाट प्रष्ट छ नेपालमा एउटा राजनैतिक क्रान्ति आवश्यक छ , कामना गरौ त्यो हिँसा विनानै सफल होस् सके सम्म स्कूल बन्द पनि नहोस |

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

            • Harke

              तेसो त तेही पार्टीले स्कुल बन्द गराएर आफ्ना कार्यकर्तालाई हुलेको थियो नी, अनिश्चितकालिन नेपाल बन्द ताका !
              तेस्तै गतिबिधि बन्द गर्नु नै नागरिक पार्टी हुनु हो ! देबराज जी !

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj Shrestha

      मेरो विचारमा हामी नेपालीहरुले नेपाल भारत बारे विश्लेषण र छलफलको कुरा धेरै गरि सकेका छौं । सो भन्दा माथि उठेर हाम्रो वास्तविकतालाई आत्मसाथ गरेर अगाडी बढ्नुमा नै नेपालको हितमा हुने छ।

      म यौटा सानो निजि उदाहरण दिन्छु : मेरो घर चक्रपथको छेउमा छ । बिहान बिहान ट्रक, बस र मिनीबसहरुको धेरै हल्ला हुन्छ । न त म मेरो घर सार्न सक्छु न चक्रपथ नै । कसरि हल्ला न्यून हुन्छ भनेर उपाय गरे पछि राहत मिल्यो।

      नेपाल र भारत छिमेकी भएकोले एक अर्कालाई असर पर्ने स्वाभाविक हो । हामी भन्दा ३० दोब्बर ठुलो राष्ट्रमा अनेक प्रकारको कुरा हुनु स्वाभाविक हो र त्यसको असर नेपालमा पर्ने कुरा। तर हाम्रो हित कसरी बढी भन्दा बादी हुन्छ भन्ने कुरामा हामी लाग्नु पर्छ । छिमेकिलाई धेरै गाली गरेर मात्र समस्याको समाधान होला जस्तो मलाई लाग्दैन । नया तरिका को खोजि गरेर अगाडी बढ्नु ठिक होला भन्ने म ठान्द छु ।

      सुरज श्रेष्ठ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • बड़का चौधरी

      गफाडी नेता भाको ठाउमा येस्तई हुन्छ l उदाहरनको लागि के पी ओली l चर्को स्वोरमा माओबादी लाइ गाली गरेर नै उसको रोजी रोटि भाको छ l तेस्तै प्रचण्ड को ताल पनि तेही छ l बौदिक रुप ले सक्चम व्यक्ति धेरै बोल्दैन – नबोल्ने नेता ले जनताको तालि खादैन .. उ पछाडी पर्छ l नेपाल गफाडी हरुको देश हो l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • Kedar

      तपाइको लेख पढेर धेरै घत लागो. बास्तबमै येस्तई भैसको. कहिँ केहि उपयेनै छैन . हुदा हुदा उही महेन्द्रले भने जस्तै बहुदलीय व्यवस्था अफाप सिद्दनै हुनालागी सको . देसको मियो पनि छैन अब . हे दैब हाम्रो जिबन भरि यो देशको रास्त्रियता को अनर्थ नहोस. के गर्नु ज्ञानेन्द्रको जस्तो दैब नै पुकार्नु पर्ने भैसको.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • rejina

      आशाबादी हुनु पर्यो. केही गर्न नसके पनि राम्रो होस् भन्ने आशा चाही गर्न सकिन्छ ..

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • Bhamir Thapa, Swiss

        रेजिना जी,
        आस गर्दा गर्दै स्वर्ग बासै त होला नि ! नत्र जनता ले कुन म्युजिक बजाउथ्यो तेही म्युजिकमा नाच्नु पर्ने नेताहरु अहिले जुन म्युजिक नेताहरुले बजाउछान् त्यहि म्युजिकमा तपाई हामी नाच्नु पर्ने ! नेपालबादी मादल, भारत बादी बजाई…. ! त्यसैले होला अर्को देसको रंजाई…!! त्यहि माथि म नेपालीमा होइन हिन्दीमा डान्स गर्छु भन्न तपाई हामीनै पछी पर्दैनौं ! त्यति थाहा पाए पछी त नेपाली खास्टो ओढेको भारतीय नेता चरेसानन्द झा हिन्दीमा भुक्न किन पछी पर्थ्यो र ! अब भनेको बोल्नेको ( जनताको ) बोलीले पिठो बेच्दा पनि बिक्छ भन्ने भनाइ पनि पछी पर्ने भयो, हाम्रो चिच्याहट पानी भित्रको चिच्याहट र सिरोक भित्रको मुठी मात्रै साबित होला जस्तो भयो ! जसले गर्छ भनेर तपाई हामी मिलेर भोट दिईयो र गर्थ्यो पानी होला तर बिडम्बना नेपाली टोपी र दौरा सुरवाल लगाउने भारतीय अजिंगरले कहिल्यै अगाडी बढ्न दिएन | अबको आशाको परिभाषानै निराशा होकी जस्तो लाग्छ | जसो जसो बाहुन बाजे उसो उसो स्वाहा………जुन पुरानो भनाइ अहिले इकाइसौ सताप्दिमा आएर काम लागेको छ |

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • kishore

      एकदम राम्रो analysis . सार्है चित्त बुझ्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • dip srest

      कुरा बुज्दै जादा ठिक्कै लाग्छ| टाउके नेता हरुलाई गलहत्य|उनु आजको आबश्यकता भयको छ| अब अत्ति भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • krishna malaysia c/h

      आहा क्या चित्त बूज्दो गरि लेख्नु भयेछा . धनेबाद! मेरो पनि के हि लेख्ने जागर चलेन . सबै उस्तै-उस्तै भास्त्रचार लाइ प्रोत्साहन हामि आफै गर्छौ , अनि घूस दिन्छौ अनि गल्ति हाम्रै त भयो नि हैनर!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • लेखक ज्यु तपैले भन्नु भयो अब लाचार भएर बस्नु शिवाय अर्को केहि विकल्प रहेन तर अब हामी जस्तो बुझ्ने देशको बिषयमा सोच्ने ब्यक्तिनै सुनेर र हेरेर बशे पछी देश असफल हुन तिर गैरहेको कसले रोक्ने ??
      अब यो देशमा साच्चै यौटा यस्तो अधिबेहरिको सिर्जना गर्नुपर्योकी त्यो आधिबेहरिले यी देश्मारहेका लुटेरा फटाहा हरुलाई बढारेर यहाँ पुर्याउनु पर्योकी जबकी यिनीहरुको हालत देख्ता पछी आउने जो कोहिले देशलाई यो गतिमा लाने सोच्न पनि नासकोश
      र अर्को कुरा नेपालका जनताले यो कुरा बुझ्न जरुरि छकी यी देशलाई मागेर खाने भाडो बनाउने यी नेताको पछी लगेर हामी नेपाली नेपाली एक अर्काप्रति आरोप प्रतिअरोप गरेर यी नेताको भाषण सुनेर र यिनीहरुको आफ्नो स्वार्थको लागि गरिएका कुरा सुनेर एक नेपाली ले अर्को नेपाली संग झगडा नगरौ अनि देशको लागि भनेर राजनीति गरेका यी नेताको पछिलागेर देशलाई धरापमा नपारौ हामीले यी नेताको मुख बाट चुनाबको बेलामात्र बिकाश को कुरा सुन्छौ तर चुनाब पछी जब सत्तामा पुगेपछि कहिल्यै देश्बिकश्को कुरो कहिले यिनीहरुको कुष्ठरोग लागेको मुखबाट निक्लादैना मात्र एक ले अर्को लै अरोप् प्रतिअरोप अनि यसले गर्दा र उसले गर्दा भनेर समय कटाउने अनि देशको ढुकुटी रित्तियौने काम मात्र यिनीहरु बाट हुन्छ भने हामी किन यिनीहरुको पछी लगेर आफ्नो भबिष्य र देशको भबिष्य बर्बाद पार्ने
      र अहिले को स्थितिमा नाता देशमा सुशान कयेम छ नत विधिको शासन नै छ
      सबै तिर भ्रस्ट अनि लुट मार काट बलात्कार अपहरण कहिँ केहीको सुरक्छा छैन र देश दिन दिनै असफल को बाटो तिर अगाडी बढी रहेको छ देशमा सान्ति अमन चएं केहि छैन तेसैले पनि जनता हरुमा निरासा छाएको हो तर अब एस्तो भयो भनेर निरासा भएर बस्ने भन्दापनि कसरि यो देशलाई सम्हाल्ने र यो देश सम्हाल्न कसको हिम्मत छ जहाँ अहिले को सोशाकी र देशलाई चुस्ने हरुलाई दमन गरेर हुन्छा या कसरि हुन्छा यो देशलाई सान्ति र बिकाशको बाटो मा अग्रपंतिमा लाने देशभक्त को खोजि गर्ने बेला आएको छ जस्तो गायेक शिशिर योगीले भनेजस्तो यो देशमा मा यौटा मनिष खोजिरहेछु ……………

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • raj,uk

      This article generate cast, regional war………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

      • bhuban

        how come ? Article is not on that way.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Dipak

      It’s reality of our country. very nice article.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • hasta gautam mridul
      लौ आयो सरकार देशमा साह्रै दुराचार् भई ।
      मानव अधिकार हनन् गरयो नीच मतीमा गई ॥
      सत्य कुरा सुन्दैन कसैको ज्यानै गएता पनी
      अर्काको अधिकार कब्जा गरे आफनै बिर्ता ठानी
      कोही छन ज्यादती गरी फैलाउने िहंसा महाँ ।
      न्यायको निम्ती इन्साफ माग्न जाउ अब कहाँ
      लौ आयो सरकार देशमा साहै निरंकस भई।
      सुख र सान्ती हरण गरयॊ नीच मतीमा गई।
      स्वतन्त्रतालाइ बेचि दिए मै हुँ मालिक भनी ।
      धन् जन सर्वनास पारिदेलान सर्वेसर्वा ठानी ।
      जातीए एकतामा अनेक भाँचो हाली देलान्
      स्वाभिमान लिलाम गरीकन सर्वभौम लेलान्
      लौ आयो सरकार देशमा साह्रै नै संकट कारी
      दुव्ला भए देशभक्तहरु अनी मोटाए दुराचारी

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • तपाइको लेख पढ्दा ,कतै निकम्मा नेताहरुको दया गर्नु भाकोताहैना ?पत्रकारजी ,यो ले ख ले मलाई लेखनै कर लग्यो !मेरो बिचारमा छोराको पहिला जन्महुन्छकी बा को ? देश बिकाशको कुरा !!बिकाशगर्न पहाडैपहाड ले बाधा भन्नु भयो !यो त् लाजमर्दो बहाना भयो !२१शौ शताब्दीमा पनि बिकाश हुन् पहाड ले बाधा भयो भन्दा ,हासो पो फुत्कि हाल्यो ! कुरा आयो भारतको सिमा ,नेपालमा अहिले जसरीदिन दहाडै अपराधिक कार्य हरुनिरन्तर बढ्दै ग यो भने नेपालले हैन भारतले नै सिमा बन्द गर्ने छ !अन्तमा , येदीनेपालको नेताहरुले ब्येक्ति र पार्टी को स्वार्थ छोडेर ,देश र जनताको लागि भारत संग सहि तरिकाले रणनीति अपनाउने होभने ,नेपाल भारत संग हैन भारत नेपाल संग झुक्न बदयेहुने हुन्छ !!!तर के गर्ने अभागी नेपाल र नेपाली !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • RB Ghimire, Sudan

      कुरो राम्रै हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Ram Chandra Basnet

      सहि बिस्लेसन, सहि मुल्यांकन र सहि सुजाव नेपाली जनताहरु को लागी !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • ranjan

      लेखनाथ गौतम जी धन्यबाद छ तपाईलाई
      सही कुरा गर्नु भयो; हामी जनता को पनी गलती छ तर अब
      यी नेता ली पो के गर्ने के
      साला हरु ………

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • amrit ghale . uk

      गौतम जी को भनाई ठीक छ . एस कुरा मा म सहमत छू .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Rakesh Yadav

      And if there was no discrimination on the basis of race and color, YADAV and GUPTA might not have claimed for single Madhes and thus Nepal might have become a heaven, isn’t it? In over all, I like this article…

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • sudarshan

      अब नेपाल को राजनीति मा युवा हरु छिर्नु पर्छ , यी बुढा हरु लाई बोरा मा हालेर चिरिप्प पार्नु पर्छ र साथी हो आफ्नो भिनाजु वा कोहि आफन्त मन्त्रि भयो भन्दै मा नाताबाद ,किर्पाबाद को फेता गुतेर आफु लाई कलंकित पार्नु पनि हुदैन , हरेक कुरा सम्भब छ तर धैर्य र त्याग हुनु जरुरि छ

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • सौजन्य

      “हुँदा पनि भएन होलाकी ले पनि छोडेन” । सत प्रतिशत सत्य र तथ्य विश्लेषण । लेख अत्यान्तै सान्दर्भिक छ । देश हाँक्ने एउटा सक्षम नेता पनि देखिएन नेपालमा । प्रचन्डले के के न नाप्लान भनेर जनताले तेत्रो मान्छे मारेको पनि बिर्सेर मावोबादीलाई भोट हाले तेसबाटपनि लछारपाटो लागेन । वाक्क दिक्क भइसके जनताहरु । सब नेताहरु कुहिएर सिनोजस्तो गन्हाईसके । यिनिहरु प्रति अब जनताको न बिश्वास छ न त सम्मान नै । राजतन्त्र ले केहि गरेन भनेर भन्न पनि अब लाज लाग्न थालिसक्यो । मुख्य दोशी नेताहरु नै हुन तेसपछि हामि जनता । परिमार्जीत समाज र तेसबाट उत्पादित परिमार्जित सक्षम राजनेता आजको आबश्कता हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Krishna, Australia

      राम्रो लग्यो एकदम..१००% सहि कुरा

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • shova gurung

      हजुर अक्दुम सहि कुरा हो नेपाललाई केहि गर्नको लागि भारत कोई आशिर्बाद चाहिन्छ सबैको छिमेकी अरुको भलाई चाहन्छ हाम्रो त छिमेकि जाबो आफै खोक्रो देस पनि कत्ति खोक्रौना चाहन्छ अनि नेत्ता भनौदा कुकुर हरु हो सकचस भने पक्कै नेपालको भलाई चाहेर राज्नितिंक गरेको हो भने भारत संग एउटा अनुरोध गर्नुस कि सगरमाथा नेपालमा पर्छ भनेर भारतको सैछिक सत्र फेर्न लगाउनु अनि गौतम बुद्द नेपालको भुमि लुम्बिनीमा जन्मेको हो भनेर सैछिक सत्र फेर्न लगाउनु पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • nirab

      सार्है चित्त बुझ्यो /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    eXTReMe Tracker