सर्वोच्च अदालतले हिजो गरेको फैसला अनुसार अब आफ्नो सम्पति कसैलाई दान, बकस दिएर वा बेचेर पछि उही केटासँग बिहे गर्न महिला स्वतन्त्र हुने भएको छ। पहिले भए यसो गर्दा त्यो सम्पति सदर नभई माइती पक्षको भाग लाग्ने गर्थ्यो। समानताको हक अनुसार सर्वोच्चले यस्तो फैसला गरेपछि सम्पतिको मामिलामा महिला अझ बलियो हुने भएको छ।
महिलाको हक संरक्षणका लागि मुलुकी ऐन स्त्री अंश धन महलको दफा ७ सर्वोच्च अदालतले खारेज गर्ने आदेश गरेको हो।
उक्त दफा अन्तरिम संविधानको महिलाको हकसँग बाझिएको भन्दै न्यायाधीशहरू बलराम केसी, प्रेम शर्मा र भरतराज उप्रेतीको विशेष इजलासले सो आदेश जारी गरेको हो।
सो दफामा ‘स्वास्नी मानिसले दाइजो र पेवाबाहेक आफ्नो हक पुग्ने सम्पत्ति अघिबाट कसैलाई दान, बकस वा बिक्री गरेकी रहिछ र पछि सोही व्यक्तिसँग विवाह गरेकी रहिछ भने दान, बकस वा बिक्री गरेको सो सम्पत्ति सदर हुँदैन’ भन्ने व्यहोरा उल्लेख थियो।
सो आदेशबमोजिम् महिलाले आफ्नो दाइजो र पेवा बाहेकका सम्पत्ति विवाहपूर्व कसैलाई दान, बकस वा बिक्री गरेर पछि सोही व्यक्तिसँग विवाह गर्दा माइती पक्षका हकदारतर्फ दिन नपर्ने भएको छ।
जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले उक्त दफाले संविधान र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ गरेकाले बदर गर्न माग गर्दै गत भदौ ३० गते रिट दायर गरेका थिए।
No related posts.









नेपाल मा एसो फर्केर हेर-बीचार गर्दा पुरुष भन्दा बढी नारी को हक अधिकार भेतींछ! पटक पटक सर्वोच्च अदालत ले नारी हीत-अधीकार सम्भंधी केही न केही सकारात्मक नीरनय सुनौछ! त र पुरुष को हीत मा कहीले केही सुन्न मा औदैन! तै पानी नारी ले त्यो हक अधीकार सम्भंधी सदुपयोग गर्न जान्दैनन्!
वास्तव मा भन्नु पर्दा नारी ले भान्छा मा खाना पकाउन त खुशी खुशी मनपरौछन् त र बाहीरी काम काज को मामला मा चाही पाकेको खाना खानु मन परुउछन्!
भन्नु खोजेको के भनी नारी हरु सरो गारो कुरा मा पुरुष संग बराबरी गर्नु चाहन्छन त र आराम जनक गारो कुरा मा चाही नारी नै रहन चन्हन्छन्!
जस्तै :—- कुनै ठाउँ मा लामो लाएन (कीउ) मा छ! मानौ बीजुली को बील तीर्ने लाएन को कुरा गरौ! लामो लाएन (कीउ) मा बस्न को पीर ले नारी हरु तेती खेर के भन्छन भनी “”हामी नारी हौ भन्दै लाएन (कीउ) को अगाडी गएर बील को पैसा तीर्छन्! त र कुनै ठाउँ मा भासन गर्न पाए भने तीनै नारी ले “”नारी र पुरुष समान अधीकार पाउनु पर्छ”" भन्छन!
मन परे हरियो, नपरे रातो
5
4
म त भन्छु यो छोरा छोरि ,असक्त बाहेक कसैलाई पनि बाबु आमा ले सम्पति दिनु हुदैन| छोरा छोरि लै आफै कमाऊ र सम्पति जोड भन्नु पर्छा | सरकार ले पनि ५० वर्षा नागेका बुडा बुडी लाई जग्गा जमिन बेच्न प्रतिबन्द लगाउनु पर्छा ताकी तिनीहरु पछि सडक मा माग्ने,भरिया भएर नबसुन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ गरेकाले बदर गर्न माग गर्दै …. यो भनेको के हो ?? अन्तर्राष्ट्रिय कानुन अरु कुरा मा पनि लागु हुनु पर्ने हो चाहे त्यो राजदूतावास बाट धम्कि आउदा वा आफ्नो सडेको मल बेच्न नपाएर राजदुतावास ले बिज्ञप्ति जारी गर्दा
मन परे हरियो, नपरे रातो
1
0
छोरा छोरी समान हुनलाई सम्पतिमा पनि समान किसिमको हक दारी ल्याउनु राम्रै हो तर जुन जन्म दिने ति बाउ आमाको चाही हक अधिकारबारे पनि राम्रो हुनु जरुरी छ .भको सम्पति जति टुक्रा टुक्रा हुन्छ गरेर खाने ठाउँ पनि हुदैन .अर्को कुरा ति बाबु आमाको लालन पालन मा कसैले वास्ता गर्दैन् .छोरा छोरी हुर्के बढे आफ्नो आफ्नो सम्पति लियर आफ्नै सुर गर्छन .तर ति बुढा बा आमाको साथमा नत काम गर्ने उमेर हुन्छ नत साथमा सम्पत्ति नत सहारा छोरा छोरी अनि उनीहरु अन्तमा अपहेलित जिन्दगि जिउनु पर्ने हुन्छ .यस्ता घटना हरु हाम्रो देसमा थुप्रै देखेकी छु . यो अति दुखको कुरा हो /फेरी अर्को कुरा सम्पति को नाउमा जमिन को हक टुक्रा टुक्रा गरेयौ भने देशमा गरिबीको संख्या बड्दो रुपमा हुन्छ .किनकी कोहि हुने खानेले त्यो जग्गालाई बाझै राख्दा उब्जौमा प्रतिकुल असर पर्दछ /तेसैले मेरो बिचारमा के लाग्छ भने बरु सम्पति छोरा छोरी कसैमा भागबन्डा नलगाउने बरु त्यो जग्गा सम्पति जे जति छ तेस्मा सामुहिक रुपमा खेति उब्जाउ गर्दा राम्रो हुन्छ .यसो गर्यो भने आमा बा को पनि हेला हुन् पाउदैन ,छोरा छोरीमा भेदभाब भन्ने कुरा पनि उठ्दैन ,तेसो गरे कसो होला
मन परे हरियो, नपरे रातो
5
1
पहिला बच्चा को पठासाला आमा हो { बच्चा त काचो मट्यो त हो नि आमा सस्कारी पढे लेखे कि ‘शुशील खालकी भई भने ;उ आफै कमाउन सक्छे ‘कसै को सम्पति आस गर्नु पर्दैन ;र आफनो छोरा छोरी लाई पनि सछम बनोउ ने छे ]सम्पति को के कुरा भयो त ? बाबु को सम्पति को आस देखाउनु त झगडा बढाउनु मात्र हो [ जति मानिसमा चेतना आयो भने पनि .......छोरा र छोरी मा फरक देखाउने चलन हटे{ को छैन ] सान्ति को चाहना //?
मन परे हरियो, नपरे रातो
1
1
शालोक्य ज्यू यो अलिकति स्पष्ट नभएको जस्तो लाग्यो । महिलाले पनि माइति पक्षको सम्पति पाउँछे भन्ने कुरा नेपालको कानूनमा छ र ?? उनीले कमाएको त उनको पेवा नै भइहाल्यो नी हैन // माइति पक्षको सम्पत्ति नै नपाउने भएपछि त्यस महिलासंग कुनै सम्पत्ति हुन्छ र ? यस समाचारमा कुन सम्पतिको बारेमा कुरा गरिएको हो । अलि प्रष्ट भएन की // जो सँग सम्पति नै छैन त्यसले के बेच्छे त ?? कसैलाइृ थाहा भएमा प्रष्ट पारिदिन हुन अनुरोध गर्दछु ।
मन परे हरियो, नपरे रातो
1
0
अब सम्पति भयको केटी ताक्नु पर्यो केटा हो सम्पत्ति पनि पाइने स्वास्नी पनि क्या मज्जा हा हा हा !
मन परे हरियो, नपरे रातो
0
1
नेपालको सर्बोच्च अदालत येस्तई-येस्तई अंट-सन्ट निर्णय गर्ने थलो हो/ कटुवालले उमेर ढाटेको मुद्दा पिन्सिन पाकेर नजाउन्जेल ३ वर्ष सम्म छिनेन, अहिले रास्त्रपतिको मुद्दा १ बर्स भन्दा बढी देखि थन्केको छ, कति को त ३०/४० वर्ष देखि नछिनेर मर्ने बेला मा वा मरे पछी मात्र छिनेको छ/ वाहियात…
होइन यो अदालतको चाहि रुपान्तरण हुनु नपर्ने हो कि क्या हो!
मन परे हरियो, नपरे रातो
7
2
मैले यसमा बुझेको कुरा यस्तो छ . बिहे नगरी बसेकी छोरीले पनि आफ्नो अंश पाउने कानुन सित जोरिएको कुरा हो जस्तो लाग्यो. त्यसरी अंश पाएकी छोरीले बिहे पछी गरेमा उनको अंश माइती तिरको हुने व्यवस्था कानुनमा छ जस्तो लाग्छ. नया कानुन अनुसार अब यदि छोरीले आफ्नो अंश कसैलाई बेची र पछी बिहे गरी भने त्यसमा माइती पक्ष को हक लाग्दैन भन्ने मैले बुझें जुन ठिकै पनि हो . यदि छोरीले सम्पति थोरै भएको सित बिहे गरेको रहेछा भने छोरीको नया परिवारलाई त्यसले राम्रै सहयोग पुराउने होला . यदि निक्कै सम्पन्न व्यक्ति सित बिहे भयो र माइती पक्ष अलि गरिब नै छ भने छोरीले आफ्नो माइती लाई स्वेच्छाले सहयोग स्वरूप आफ्नो भागको सम्पति (बेचेर आएको पैसो) नदेली र?
मन परे हरियो, नपरे रातो
2
0
“नेपाल को कानुन दैब ले जानुन ” कानुन बनेर मात्र के गर्नु कार्बन्यान भए पो
?? यहाँ त पैसा पेल्नेको पक्षमा मात्र फैसला हुन्छ !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
मलाई त कुनै पनि हालतमा बाबुको पैतृक सम्पति मा छोरा छोरी को हक लग्नु हुन्न जस्तो लाग्छ | झन् स्वास्नी को अधिकार लोग्ने को सम्पतिमा ?? यो त सुन्दै नमिठो | हो ,यदी लोग्ने स्वास्नी मिलेर कमाएको हो भने बराबरी अधिकार हुनु पर्छ तर हाम्रो देशमा बाबुले कमाए को छोरा छोरी ले अनि छोरा को बुहारी भएर आउने ले सिधै हक दाबी गर्न पाउने कानून छ जसले गर्दा समाजमा धेरै, केटी पक्छे बाट केटालाई सम्पतिको लागी दुख दिएको उधाहरण देख्न र सुन्न पाइन्छ | बाबु र आमा को सम्पति त उनीहरुको इक्छा भए मात्र छोरा छोरी ले पाउने बेवस्था हुनु पर्ने हो जस्तो लाग्छ | पैतृक सम्पति मा छोरा छोरी को सिधै हक लाग्ने भएको ले नेपाल को घर गग्गाहरु धरै भाग मा टुक्रा टुक्रा हुने र सधै दाजु भाई मा झगडा र कलह भैरहने भएको छ |विदेश तिर आमा बाबुको सम्पतिमा हक नलाग्ने भएको ले छोरा छोरीहरु बाबु को सम्पतिलाई नकुरी आफै शिक्छित, मेहनेती र सक्छम भएर आफ्नो जिबिका चलाउछन् | तेसैले हाम्रो देशमा पनि एस्तो नियम कानून बनाएर लागु गर्न सकेमा राम्रो हुने थियो | जय नेपाल|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
2
अनि श्रीमती ले घर बसेर दुख गरेर घर हेरो चाही के नि .. कमाउने को मात्र हुन्छ भने को कुरा धेरै चित भुजेन.. यदि श्रीमती ले घर नहेरी देको भए कसरि कमाउने नि श्रीमान ले हजुर….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
11
घरमा भाधा मजेरा आधा सम्पति आउने भए त …सबै काम गर्ने मान्छे ले पौउथए होला …until u have qualification…it donest matter…kehi percentage ma ta thik tha …aadha ta ….hunna ..thats too unfair
मन परे हरियो, नपरे रातो
6
2
I am felt so bad when I read you comments.. you think your wife as a servant … what do you mean no qualification means no right…i am totally disagree with this ( your ) statement.. I want to know what perccentage you think that it’s ok…I think better you dont talk abt fair and unfair things .. there are so many unfair things going around..If your wife doesnot take care your home.. then you guys will see how you earn so much money…
I know these days women are not behind to earn but I am talking about the women who cannot earn …
मन परे हरियो, नपरे रातो
1
3
This is all to break down the traditional society by NWO.
मन परे हरियो, नपरे रातो
0
3
संबिधान लेख्नु कहाँ हो कहाँ … एस्तो जे पायो तेही जस्तो कानुन बनाउछ…. आफ्नो सम्पति उसलाई बेचेर अनि उसलाई बिहे गर्ने रे … के अब समाजमा सम्पति बेचेर बिहे गर्ने चलन चलाउने ? गजब छ बा … न कहिले देखेको, न कतै सुनेको !
बाबु आमा को इछ्यापत्रमा सम्पति बाड फाड गर्ने कानुन बनाउनु पर्छ ! एस्तो कानुन ले महिलालाइ फाइदा भन्दा पनि बढी बेफईदा गराऊछ , एस्तो कानुनले महिलालाइ बिहे अघि आफ्नो सम्पति बेच्न बाद्द्य बनाउछ जसले गर्दा महिलाको आफ्नो माइती संग को सम्बन्ध बिग्रिन सक्छ !
३ जना पुरुष मिलेर बनाएछ… एउटा महिला राखेको भए एस्तो कानुन बन्दैन थियो कि …?
मन परे हरियो, नपरे रातो
7
2
सुबर्ण अवसर महिलाको लागि जो संग टन्न सम्पति छ बुढो मन परेको छैन भने नया ब्वाई फ्रेन्ड लाइ नामसारी गर्यो उसै संग बिहे गर्यो क्या मौका छ है नेपालको नियममा महिलालाई ……………….बिचराहरु श्रीमतीले कमाएपनि लुरुलुरु आफै कमाएपनि लुरुलुरु तर यो नियम अलि हजम भएन यसले बिकृति नल्याउला भन्न सकिदैन ……………
मन परे हरियो, नपरे रातो
5
2
जन्मको अधारमा गरिएको विभेद थियो त्यो अदालतले बल्ल अन्त्य गरिदियो / उक्त लेखमा पुरा सूचना उल्लेख नभए पनि भएको परिबर्तन चै के हो भने पुरुषले बिवाह अघि पाएको सम्पती दान वा बिक्रि गरेर पछी बिवाह गर्यो भने जसरि उसको सम्पति बारे कसैले खोजि नगर्ने(अथवा उ स्वतन्त्र रुपले आफ्नो निर्णय गर्न पाउने) चलन छ, अब महिलाको बारेमा पनि त्यै लागु हुने भो भनिएको मात्र हो /
मन परे हरियो, नपरे रातो
5
1
यो कुरो सकारात्मक त हो तर यसले कति प्रतिशत या कतिजना महिलालाई राहत मिल्ला ? त्यो भन्दा त छोरा र छोरी दुबैले बराबर सम्पत्तीको हकदार हुनपाउनु पर्ने बनाउन पर्यो । बिहे होस कि नहोस । उही कोखकी छोरीलाई के खाउँ र के लाउँ बन्नुपर्ने तथा लिँग भकै भरमा छोरोले भने करोडपति बन्न पाउने चलनको अन्त्य नभै महिला पुरुष बिचको सम्पत्तीको अधिकारमा समानता केहि गरेपनि आउन्न । गर्नुपर्ने एउटा माग्ने अर्कै थोक गर्न भएन महामहिम ज्यूहरु । यहाँहरुलाई पनि बिहे गरेपछि छोरीले सम्पत्ती लैजाली भन्ने पिर लाग्या होला ।
मन परे हरियो, नपरे रातो
7
1
एती धेरेई कमेन्ट हरु छन् तर कसेई ले कुरा बुजेर लेखे जस्तो लागेंन कुन हो उही भनेको अनि कसको कहाँ बाट पाएको सम्पति ?
मन परे हरियो, नपरे रातो
2
1
मैले त यो लेख केहि बुझेन ! बुझेको भा मारदीम!!!!
my संसार का साथीहरु धेरै ले बुझेका छैनन् !!!!!!!
मन परे हरियो, नपरे रातो
8
1
एस्तो वाहियात काम पनि गर्ने हो.एस्तो कुराले सामाजिक संरचनामा पछी गएर नराम्रो धक्का पुर्याउछ.३५ बर्ष सम्म बिहे नगरी बसेको लाइ सम्पत्ति दिनु सम्म ठिक हो तर यो त सरासर वाहियात भै हाल्यो नि.केहि गरि एउटी केटीको एउटा केटा संग प्रेम छ भने उनीहरु मिलेर केटीको सम्पत्ति केटा लाइ बकस पत्र गरेर त्यसको केहि महिना पछी बिहे गर्यो भने त माइती पक्ष्यका दाजु भाई त मारमा परि हाले नि.र एस्तो हुदा त्यो बहिनि चाहि ले दोहोरो सम्पत्ति पाई नि त,एउटा माइती को र एउटा आफ्नो श्रीमान को आधा सम्पत्ति.
मन परे हरियो, नपरे रातो
3
2
ओई अभि, तिमीलाई दिदिबहीनीले घरजम गरेर बसेको रिस लागेर सम्पत्तिको मात्र माया लाग्ने भए तिमी पनि ३५ बर्ष कटेकी बुढी कन्या विहे गरेर सम्पत्ति ल्याउनु नि त । के को अर्कालाई रिस गरेको ?
- kala
मन परे हरियो, नपरे रातो
0
2
आफ्नै माल सामान र सम्पतिको खरिदार संग बिहे गर्नु राम्रै हो! यहि विचारेर सर्बोच्चको बिचारी हरुले निर्णय गरेका होलान!
मन परे हरियो, नपरे रातो
1
0
एस लेखमा मलाई उप सिर्शक लेख्न मन लग्यो | ” आब गरिबका छोरी बिहे गर्ने दिन गया” | के यसले महिला को उत्थान गर्ला कि दुर्गति बनाउला हौ ? फेरी पनि
मन परे हरियो, नपरे रातो
6
1
यो लेख अस्पस्ट छ! लोग्ने वा पुरुष र स्वास्नी वा स्त्रीको समान अधिकार हुनु पर्छ ; यस्तै नियमहरु बनाउने हो भने महिलाहरु सिकारीको सिकार नहोलान भन्न सकिदैन !
मन परे हरियो, नपरे रातो
2
0
अव अरु कुनै ठुलो उपलब्धि हुने कार्य र न्याय गर्नेले पनि घुष खाने बाहेक अरु केहि नगर्ने भएकोले एस्तो हस्सास्पद समाचार आउनु स्वाभाविकै हो उही
कहिँ नभा जात्र हाँडी गाउँ भने जस्तै हो.
मन परे हरियो, नपरे रातो
1
0
धन्न प्रभु, अदालत ले १ साल मै फैसला गरेछ, एस्तो मुद्दा मा आर्थिक सुभ लाभ नहुने भएकाले पनि हुन सक्छ, अन्येथा २० सौ वर्ष देखि अदालतको फैसला को बाटो हेर्ने अभागी हरु को खबर पत्र पत्रिका मा मनै छुने गरि छापिने थिएन होला, धेरै लेख्दा फेरी गाली बेइजती को मुद्दा लाग्ला भन्ने पिर !!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
यो समाचार अली बुझिएन विवाह गरेको लोग्ने लाई छोडेर उसबाट अंश लिएर त्यों अंश बेचेर फेरी उसई सग विवाह गर्न पाउने bhanne ko की क्या हो
तयसो हो भने ekपल्ट छोडेर gaeki लाई कसले विवाह गर्ने
मन परे हरियो, नपरे रातो
1
1
जुन केटीलाइ सम्पति बेच्छ त्येही केटीसंग बिहे गर्नु छोराले पाउछ कि पाउदैन ? पाउछ भने,
यो त सर्बोच्चले पुस्टि गरि राख्नु पर्ने बिषय बस्तु नै होइन नि,
कि त ” महिला पुरुष समान हो ” भन्नु नै हुदैन कि त ,,,,,,,,,,,,,
जय नेपाल
हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
कसैको पनि पुर्खोइली सम्पति मा स्वत हक हुनु हुन्न/ चाहे छोरा होस् वा छोरी/ इच्छापत्र बाट मात्र पुस्ता वा अन्य मा हस्तान्तरण हुनु पर्छ/ यो नै बिकसित समाज मा चलेको कानुन हो /नेपालमा पनि त्यहिँ हुनु पर्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
1
तपैले भनेको त्यति चित्त बुझेन / विकसित मुलुकमा जस्तो बाबु आमाले आफैले कमाएको सम्पत्ति भए इच्छा पत्र द्वारा जसलाई दिए पनि छुट हुने कुरा ठिक छ / तर नेपाल जस्तो मुलुकमा धेरैले आफुसंग भएको सम्पत्ति मा धेरै मात्रामा आफुले पनि बाबु आमा बाट पाएको पुर्ख्यौली सम्पत्ति हुने गर्छ / इच्छा पत्रले दिन छुट भए मा कोहि सन्तान लाई दिने कोहीलाई नदिने चलन जुन भए रहेको छ त्यो झन् हुन जान्छ / झन एक भन्दा बढी श्रीमती हुनेले त भएजति सबै एउटी स्वास्नी को सन्तान लाई दिएर बाकी लाई बन्चित गर्ने बाटो खुल्छ /
आफुले कमाएको सम्पत्ति भए जो जसलाई दिन छुट हुनुपर्छ / पुर्खा बाट पाएको सम्पत्ति हो भने त्यसमा सन्तानको पनि हक लाग्नु पर्छ /
मन परे हरियो, नपरे रातो
6
1
यस्तो कुरा कल्ले सिकाको हो यहाँलाई ? म त फ्रान्समा छु । बाबु आमा मरेपछि त्यो सम्पत्तीमा सबैको बरोबर हक लाग्छ । बरु बाबु आमाको सम्पत्तीमा हक दावी गर्नु पहिले त्यो सम्पत्ती त राज्यको हुन्छ र राज्यलाई कर तिरेपछि बाँकी सम्पत्ती छोराछोरीको बराबरी हुन्छ । तँपाइँले त धेरै कुरा जान्नु भाको रैछ नि कुन बिकसित देशको कुरा गर्नु भा हो यहाँले । यहाँको बिकसित देश र मैले देखेको देश फरक परे जस्तो छ ।
मन परे हरियो, नपरे रातो
3
3
यसमा मेरो $०.०२, फरक परेकै हो उहाले देखेको र तपाईले देखेको बिकसित देश, मैले देखेको बिकसित देश मा पनि छोराछोरीको स्वत रुपमा हक लाग्दैन, मरे पछी बुवा आमा ले अरु कोसैलाइ दिने पेपर बनाएको छैन भने मात्र सब भन्दा नजिक को नातेदारको हक लाग्छ, त्यो भनेको धेरै जस्तो केसमा छोरा छोरी हुन्छन.
मन परे हरियो, नपरे रातो
3
0
अनि गरिब नेपाली कि छोरि को बिहा कसरि हुने?..सबैले धनि कि छोरि नै हेर्न भए … खै फ्रान्स मा भाको जान्ने सुन्ने तपैले भनिदिनुहुन्छ कि …
अर्को कुरा ऐले सम्म दाजु भै मा सम्पति को लागि झगडा देखिन्थेयो… अब दाजु बहिनि मा नि हुने भयो …. अब त धनसम्पति लेयारा जाने बहिनि लै मैएती ले कति स्वागत गर्ने हो …थाहा भएन ….
मन परे हरियो, नपरे रातो
1
0
लेख प्रस्ट भएन / मैले बुझे अनुसार यस्तो अधिकारले सतही रुपमा महिलालाइ अधिकार दिए जस्तो देखिए पनि महिलालाइ नै घाटा पर्ने देखिन्छ / सामाजिक संरचनामा पनि असर पर्छ, बिकृति बडी निम्त्याउछ यस्तो सम्पतिको कुराले /
मन परे हरियो, नपरे रातो
12
0
लौ बा राम्रै भयो भन्नु पर्यो नेपाल मा , जय मेरो देश नेपाल!!! जय जय जय
दुनिया मा सबै भन्दा बढी धनि भएको देश हाम्रो नेपाल .. number १ देखि number १०० सम्म सबै धनि नेपाली हरु नेपाल मा नै छन् …. जेहोस अब महिला ले पनि भएभर को सम्पत्ति बेच्न पाउने भए … ल ल महिला हरु सबैलाई बधाई छ तिमीहरु पनि धनि भाको मा………………………… हा हा हा हा………………….
हे भगवान हाम्रो गरिब मुलक मा हुन्छ नया नया पैसा को खेल यदि हाम्रो देश र देशबाशी सबै धनि हुन्थियो भनि झन् के के सुन्न र देख्न पैन्थियो …..
जय जय जय मेरो प्यारो नेपाल.
मन परे हरियो, नपरे रातो
8
0
हैन के भन्न खोजेको ??? कसको सम्पति कसलाई बेचेर को संग बिहे गर्दा के हुन्छ भनेको ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
1
पुरु जी
उदाहरण को निमित कुनै स्वास्नी मान्छेको बिबाह ‘राम’ भन्ने सिट भईन रे/स्वास्नीको माईति बात ज्वायिले दायिजोकोमा अचल सम्पति पाएको थिए रे/ कानुनन ती सम्पति पार पाचुके गरेको अबस्थामा स्वास्नीको मायितिमा फर्काउनु पर्छ/ यसै भएको कारण बिबाहमा पाएको दाईजो को पूर्ण लिस्ट बनाई राखेको हुन्छ/ यो फैसला पछी दायिजोमा पाएको सम्पति फर्काउनु नपर्ने भयो/अब दायिजोमा पाएको अचल सम्पति पचाउन कागजी पारपाचुके अनि फेरी उही श्रीमान् र उही श्रीमतीको बिचमा पुन बिबाह गर्दै गर्नेको भिड लाग्ने भयो/
बाठो श्री मान र बाठी श्रीमतिले कानुनलाई नचाए कुरा यहि हो/ लाटी महिलाहरु शोसित भएको कुरा उठाई बाठी महिलाले बिबाह र पारपाचुकेलाई पनि सम्पति कमाउने पेशा बनाए/ बाठी महिलाहरुले समान अधिकार होयिन बिशेसाधिकार खोज्दै छन्/
स्वास्नी बन्ने महिला र पति बन्ने पुरुष बिचमा समान अधिकार हुनु पर्ने भए “अंस” दावी गर्ने, “माना चामल” भराउने अधिकार महिलालाई किन खोजेको ? पहिला पैत्रिक सम्पतिमा भाग नपाउने अबस्थामा यो कुरा ठिक थियो/ पैत्रिक सम्पति पाउने बेला महिला पुरुष समान भन्ने/ तर पति-पत्नीको कुरा उठेमा पत्नी बनेको महिला असहाय भएको भन्दै पतिको कमाईमा पति त्यागेर पनि हक दावी गर्दै गर्ने/ यो कुराले बाठी महिलाहरुको दोहरो क्यारेक्टर हुने देखियो/
अर्को कुरा, पटक पटक बिबाह गरेको महिला हरु हाम्रो समाजमा थुप्रै छन्/ पटक पटक बिबाह गरेको महिलाले बिबाह र छोडपत्र पछी कुन नम्बरको पतिको सम्पतिमा दावी गर्न पाउँछ? यो कुरा कानुनले स्पस्ट पारेको छ जस्तो मलाई लाग्दैन/
मन परे हरियो, नपरे रातो
3
0
संबिधान नलेखिने भए पछी येस्तई उस्तै लेखेर समय त बिताउने पर्यो बिचरा न्याय पालिका के गरोस सरकार को तालै बेग्लै छ
हैन अहिले सम्म त श्रीमान को सम्पति भनेकै श्रीमती अनि श्रीमती संग भएको सम्पति कुन श्रीमान ले चलाएका छैनन् र नेपाल मा ?
जनता को कर ले तलब खाएका छौ गर येस्तई उस्तै नया नेपाल मा ..
मन परे हरियो, नपरे रातो
3
2
अन्तर्राष्ट्रियस्तरमै नभएको व्यवस्था भएछ हाम्रो नेपालमा ! हुन त हाम्रो समाजको लैंगिक संरचना अरु देशको भन्दा भिन्दै छ, त्यसैले यस्ता कुरालाई अहिले नै राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन । केही समयपछि देखिने यसको प्रभावले यो व्यवस्थाको मूल्यांकन गर्नेछ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
9
महिलाहरु लाई शिक्षा को साथ मा हुनेले सम्पति पनि दिने प्रबन्ध भएको भए नयाँ घर मा सबै को मनपर्ने बुहारी भएर बाँच्न र बस्न सजिलो हुने थियो अलिकति बुद्धि र बिबेक को प्रयोग गरेर…अनि एस्ता नचाहिन्दा कुरा गरनै पर्दैन थियो नि …
मन परे हरियो, नपरे रातो
10
1
अब महिला ले पुरुस माथि घोडा चढ्ने भए /ल बधाई छ नेपाली पुरुष हरु लाई
/ उसै त बुहारी भट्ट खाएकी भन्थे आब के के हुने हो पुरुष माथि महिला को / महिला लाई सम्पति मा तौलिएर अधिकार प्रदान गर्नु भन्दा पुरुष र महिला लाई समान अधिकार प्रदान गर्नु पो पर्यो त / अधिकार को नाम मा भांग खाएर लथालिङ्ग तालले निर्णय गरि अधिअरी सुनिच्चित भयो भन्नु कहिँ यो गलत हुने त होयिना /
मन परे हरियो, नपरे रातो
11
5
इच्छा भए स्वास्नीलाई घोडा चढाएर हेर्नु त । आइमाइले घोडा चढेको कति रिस हो तँपाइँलाई । तँपाइँ चाहि पक्कै गधा चढ्नुहुन्न होला । तँपाइँको ठाउँमा आइमाइले घोडा चढे के हुन्छ तँपाइँलाई ?
मन परे हरियो, नपरे रातो
1
2
आबुई!!!! कस्तो रिस हो!!
जे होस् नेपालमा चाहिः वाहियात कुरा को छिनोफानो गर्ने चाहिं समय हुने रहेछ तर अरु निक्कै गम्भीर कुरा को छिनोफानो हुन चाहिं बिस्सौ वर्ष लाग्ने रहेछ!!
मन परे हरियो, नपरे रातो
1
0
आचेल को नेपाली आइमाईलाइ बिहे गर आनी त्यो कता लै छोडी दे आनी तेश्को सम्पति तेरो हुन्छ आनी …फेरी आको बिहे गर ..आनी फेरी सम्पति लि …येशारी नै पैसा कम भनेको ..तपाइलाई पनि येही तरिका ले पैसा कमाउने विचार जस्तो छ नि …???छ भने तपाइलाई बधाई छ ….आफुले काम गरेको सम्पति लिने हो …आरु हो आंग्सा लिने मा कुरा चै मिल्ने …तपाई केटि मान्छे को हिम्मत छ भने …आफै कामको समाप्ति ..यो मेरो हो मा लिन्छु भन्नुस …तेश्मा कानुन बन्नुस …आरुको मा आखा नालागौनुस
मन परे हरियो, नपरे रातो
3
0
नया बन्ने संबिधान सम्म कुरेर पुरै छोरा र छोरी माथि समानता को अधिकार भन्ने सब्द लाई नै आत्मसात गरि अगाडी बढे कसो होला?
छोरा र छोरी माथि को अधिकार को कुरा गर्दा घरयासी हिंसा बढी हुने कुरा पक्का छ यसलाई पनि आत्मसाथ गर्न जरुरि छ…
मन परे हरियो, नपरे रातो
2
0
मैले कुरा बुझिन / यो लेख clear छैन / कसैले बुझाई दिनु हुन्छा कि? उही मान्छे भनेको कुन मान्छे हो?
thanks
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
1
हो भन्या , मैले त फिटिक्कै केहि बुझिन, अब नबुझिकनै राम्रो भएछ भन्नु कि राम्रो होइन भन्नु ?
मन परे हरियो, नपरे रातो
13
1
एक किसिमले कुरा ठिकै हो तर म त छोरा/ छोरी दुवै लाई समान शिक्षा दिनु
पर्छ. सम्पति आमा बाबु कै रहनु पर्छ जसलाई उनीहरुले आफ्नो मृतिउ पछि दान दिन वा ट्रस्ट खडा गर्न सकुन भन्ने मान्नेता राख्छु.
मन परे हरियो, नपरे रातो
10
2
सब यो नेपालीहरुको लहड बाजी मात्र हो यस्ता नियम हरु नेपालीले आफैले बनाएर आफैले खाएर हगीदिन्छ्न केहि हुने वाला छैन
मन परे हरियो, नपरे रातो
7
1
छोरीलाई र छोरा लाइ सबै सम्पति बराबर गरे कसो होला? अनि समान भएन त ?
इटाली
मन परे हरियो, नपरे रातो
3
3
साले पाखेहरु आजको जमाना मा के को छोरा के को छोरी? मलाई सारै नै रमाइलो लाग्यो, यो राम्रो खबर सुनेर/ छोरा छोरी बाउ आमा को लागि बराबर हो/ ठिक्छ अदालत ले यो निर्णय अति राम्रो गर्यो
जय देश जय नरेश
मन परे हरियो, नपरे रातो
8
8
छोरी लाई अधिकार दिनु त धेरै राम्रो कुरा हो ,तर येस्ता कुराहरुले सबै अधिकार महिलालाई अनि पुरुषलाई सम्रक्षन्न मा कमि हुदै जाने निश्चित पक्कै छ , छिटपुट उदाहरण त देखिन नै थालेको छ , पुरुष हरु घरनिकाला भै बिचल्लीमा परेको , हालको निर्णय ले येस्ता घटना बढ्ने त होइन बबिश्यमा ??
मन परे हरियो, नपरे रातो
3
5
तेसो वा अब केटिहरुलाई सजिलो बय६अ केटाहरुलाई जोगी बनाउनलाई, बिहे गर्यो सम्पति लियो अनि ६ओदिदियो अनि फेरी तेसैसंगा बिहे गर्यो फेरी ६ओदिदियो !!!
मन परे हरियो, नपरे रातो
4
3
एकदमै ठिक …नेपालीको दिमाग तेस्तै छ …नेपाली आइमाई लै …बिहे गर आनी छोडी दे ..भनेको हो यो कानुन ले ….बधाई छ …बुद्धि नभएको नयेदिश लाई
मन परे हरियो, नपरे रातो
0
0
खोइ महिला हरु को उत्थान हुने हो या माइती र चेली बीच को सम्बन्ध मात्रै बिग्रने हो ?
नेपाल पछी भएको आइमाइले सम्पति नपाउनाले त हैन क्या रे ? हुन त नेपाल लाइ अगाडी पार्न न्यादिशहरुले तेस्तो निर्णय लिनु भएको होला ?????/
मन परे हरियो, नपरे रातो
6
4
no clearly mentioned news ..refresh it again in detail..
मन परे हरियो, नपरे रातो
5
1
महिला र पुरुष समान हुन्/ यो प्राकृतिक सिद्धान्त हो/ तर येस्मा अनेकौं तर हरु छन्/ पैत्रिक सम्पतिमा सामान हक हुनु पर्छ तर समानताको नाममा असमान सम्पति बिभाजन हुनु पनि हुँदैन नि/ महिलाको सम्पति महिलाकै र पुरुषको सम्पति पुरुस कै हुने कुरामा के महिला हरु मान्न तयार हुन्छन? महिला र पुरुष समान भएकै मान्ने हो भने “म श्री मति हुँ, श्रीमान् को सम्पतिमा मेरो पनि हक हुनु पर्छ भन्नेको प्रतिबाद म श्रीमान् हुँ श्रीमतीको सम्पतिमा मेरो पनि हाक लाग्नु पर्छ भने कुन महिला बादीले प्रतिबाद गर्न सक्छ?
नेपालमा बैबाहिक सम्भंदले पुरुषलाई महिलाको सम्रछ्यकको रुपमा लिन्छ/ महिला बिबाह पस्चाद पुरुषको घरमा जाने भएको हुनाले पुरुषकै घर बात अंस पाउने ब्यबस्था गरेको हो/ पार पाचुके भएको अबस्थामा महिलाले श्री मान बाद माना चामल भराई पाउने ब्यबस्था यस्तै कारणले भएको हो/ अब यस्तै हो भने हाम्रो समाजमा पनि युरोपको जस्तो बिबाह भनेको मात्र पुरुष र महिलाको समझदारीको नाता जस्तै हुने छ/ मन परे सम्म संगै मन नपरे अर्कै!!! के महिला अधिकार बादी लाई यो कुरा स्वीकार्य छ?
बाबुको सम्पति बात दुई वटा घर पाएको छोरा सिट तेस्तै गरि बाबुको सम्पति बात दुई वटा घर पाएकि छोरीले बिबाह गरिन रे/ बिबाह पस्चाद छोडपत्र भयेरे/ अब श्रीमतीले ले श्रीमान् को दुइ वटा घरमा एउटा घर पाउने भए/ अब महिला सिट टिन वटा घर भए पुरुष सिट एउटा/ के यो न्यायिक सम्पति विभाजन भयो? मेरो टोलमा दुयिता येस्तै घटना भएको छ/ एउटी महिलाले पाच पटक सम्म बिबाह र पाच पटक सम्म छोड पत्र गरेर मज्जा सिट सबैको भाग बात सम्पति लिएर बसेको छ/ अर्को महिलाले बिबाह गरिन दाईजो पनि बतुलिन/ दायिजोमा पाएको सबै कुरा मायितिमै राखेर श्रीमान् को घरमा मात्र ४ दिन बसेर श्रीमान् को घर जाँदै गएनन्/ उल्टै श्रीमानको सम्पतिमा दावी गर्दै माना चामल पनि खोजिन/ धेरै झमेला भयो/
महिला र पुरुष समान छन् त् श्रीमानको सम्पतिमा महिलाको मात्रै किन दावी लाग्ने? पुरुषले श्रीमतीको सम्पतिमा किन दावी गर्न नपाउने? के उ पुरुष भएकोले हो? हो भने महिला र पुरुष को बिचमा भेद भाव भएन के? दुबैले उतिकै बाबुको सम्पतिमा भाग पाएकै हो/ दावी लाग्ने भए दुबैले दुबैको सम्पतिमा दावी लाग्नु पर्ने हो/ नभए आफ्नो आफ्नो ईछ्यामा छोड्नु पर्ने हो/
पैत्रिक सम्पतिमा पनि बाबु आमाको ईछ्या मा सम्पतिको विभाजन को कुरा छोड्नु पर्ने हो/ आफ्नो कमाई आफ्नो सम्पतिमा न छोरा न छोरी न श्रीमान् न श्रीमती जसको सम्पति उसैको ईछ्या मा वितरण गर्नु पर्ने भए कुरा मिल्ने थियो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
10
मदन जी ले भनेको मलाई ठेक लग्यो..
ऐले सम्म नेपाली सुखी नाभेनी खुसि थेय. अब माइती र चेली बिचको सम्भंधा नि पैले जसो नहोला … कति न अमेरिका samerica हेरेर फेमिनिस्ट उफ्रेका होलान …अमेरिका मा ६०% devorce rate छ र ४०% बच्चा विहा बाहिर जन्मंचन …अब अधिकार भन्दै उफ्रेर पारिबारिक प्रेम र सद्भाव नि बिथोल्ने भए …
मन परे हरियो, नपरे रातो
1
3
मलाई त् स्वास्नी मानिस लाई त् Education नै most important जस्तो लाग्छ सम्पति ठुलो कुरो होइन् तेसकारण Education सबै स्वास्नी मानिस लाई अनिवार्य गरि सब ब्जंदा ramro
मन परे हरियो, नपरे रातो
2
1
यो समाचारमा लेखिएको कुरा स्पस्ट लागेन मलाई | उही व्यक्ति भनेको को हो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
महिलालाई अधिकार दिदा दिदा पुरुष नै एकदिन अधिकार बिहिन भएर फेरी पुरुषले महिला सगै आफ्नो अधिकार माग्नु पर्ला जस्तो छ |
यसरी बारम्बार अधिकारको लिनदिन गरि रहनु भन्दा त एकै चोटी समानताको अधिकार लागु गरे कुरै खत्तम |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
1
यो सम्पति बेचेर उहीं संग बिहे गर्न पाइने भो भन्ने मैले बुझ्न सकीना/ खास के भन्ना खोजेको हो ? कुनै बिबाह भएको केटी सम्बन्ध बिच्छेद भये पछि उसले तेस लोग्ने बाट अंसा स्वरुप केही सम्पतिपाउन्छा / “उहीं संग बिहे गर्न पाइने भो” भनेको तेई पहिला सम्बन्ध बिच्छेद भएको लोग्ने संग नै आफ्नो अंसा बेचेर फेरी बिहे गर्न पाइने भनेको हो की ? हैन भने कन्ने केटी लाई “उहीं संग” भन्ने सब्द मेल खंछा र?
मन परे हरियो, नपरे रातो
2
1
कुरा ठिकै हो. छोरी चेलीलाई धन भन्दा राम्रो शिक्छा दिय कसो होला ?
मन परे हरियो, नपरे रातो
9
4
महिला लै सम्पति भन्दा पहिले शिक्षा चाहिएको छ | सम्पति लगेर अर्कोकेटोलै दिदै मा महिला को जीवन सुरक्षित हुन्छ जस्तो लाग्दैन | जे होस् निर्णय गलत छैन | तर पनि मेरो विचार मा सम्पति भन्दा शिक्षा ले नै महिला लै आत्मनिर्भर बनाउँछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
4
सिधा कुरा छोरी लै अंश दिन पर्छा तर पाल्ने चै छोरो हो | पैला छोरि जन्मौदा अलिकति मात्र घाटा थियो अब त डुबिने नै भयो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
31
त्येहित भनेको; मात्र सम्पत्ती र अधिकार को कुरा मात्र गरिन्छ यहाँ तर कर्तब्य र दाइत्तो को कसै लाई वास्ता नै छैन
मन परे हरियो, नपरे रातो
6
0
मध्धे कलिले ढाकेकाले एस्तो हुनु सोभाबिक हो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
12
ल अब आफ्नो मन लागेको गर्न पयिने भयो नि त हगी?????यसको कारणले अब नाटक धेरै हुने भयो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
14