मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ल छैटौँ पटक पनि प्रम नचुनिने भो है

    २० गते हुन लागेको छैटौँ पटकको प्रधानमन्त्री निर्वाचन पनि नौटंकी मात्रै हुने देखिएको छ। एमालेको आज बसेको पोलिटब्युरो बैठकले नयाँ निर्णय नगरेपछि पुरानै अडान कायम राख्‍ने निश्चित भएको छ। त्यो भनेको कसैलाई भोट नदिई तटस्थ बस्ने हो। एमाले तटस्थ बसेपछि कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पराजित भनेर सोचे भो। प्रचण्ड पनि पराजित हुन भने मधेसी मोर्चाले पनि त्यस्तै निर्णय गर्नुपर्छ, जुन हुने नै देखिन्छ अहिलेसम्मको स्थिति हेर्दा।

    एमालेको आज बसेको पोलिटब्युरो समितिको बैठकले राजनीतिक विषयमा कुनै छलफल नै नगरी २४ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। नेता केपी ओली श्रीलंका भ्रमणमा रहेको बेला बसेको बैठकमा आन्तरिक संगठनसम्बन्धी मात्रै छलफल भएको थियो।

    हार्ने भए पनि काँग्रेस उम्मेदवारी फिर्ता लिन तयार देखिएको छैन। माओवादी भने काँग्रेसले फिर्ता लिए आफूले पनि फिर्ता लिने र एमाले अध्यक्ष झलनाथ खनाललाई सघाउने प्रस्ताव गरिरहेको छ।

    काँग्रेसमा असोजको पहिलो साता हुने महाधिवेशन अघि नयाँ निर्णय हुने देखिँदैन। त्यस लगत्तै दशैँ पनि आउँछ। दशैँ पछि तिहार र छठ पनि आउँछ। भनेपछि अब कामचलाउ सरकारको काम निकै लामो समयसम्म पो हुने देखियो त बाब्बै!

    No related posts.

    30 comments to ल छैटौँ पटक पनि प्रम नचुनिने भो है

    • आफ्नो प्रधानमन्त्रि लाइ गिराउनेलाइ कसरि एमाले ले समर्थन गर्ने त ? माधव नेपाल निकम्मा तर प्रचंडे र रामचन्द्र ले चाही नेपाल मा चमत्कार नै गर्ने छन् भन्ने सोच अलि पानि मा पादे जस्तो भो | जनता लाई के फरक पर्ने छ माकुने हुनु र राम हुनु या प्रचण्ड हुनु मा ?
      गफ गर्न त ठिकै हो तर राम र प्रचण्ड ले पनि के हि गर्ने छैनन् आखिर टिम त ६०१ जना कै हो|

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • HARISH

      हाम्रो देशमा राज नेता को अभाब भएर एस्तो भएको हो ,अहिलेका ५% नेता राम्रो भएपनि ९५% नेता को काम छैन ,नेता हुनको लागि योग्येता राख्नु राम्रो होला किन भने अन्पद नेता ले देश को लागि केहि गर्छा जस्तो लाग्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil sharma

      कांग्रेस खस्किएको कोइरालाबाद हाबी भएर हो यी कोइरालाहरु सबै लाई पार्टी बाट निस्काशन नगरे सम्म कांग्रेस पार्टी सुध्रिने सम्भावना नै छैन /हिंग नभए नि हिंग को टालो देखाए झैँ यी कोइरालाहरु ले बिसेस्वर प्रसाद कोइराला को नाम देखाएर पार्टी माथि हाबी भएका छन् / अब को नयापुस्ता का सशक्त कार्यकर्ता हरुले नेपाली कांग्रेस भित्र ठुलो आन्दोलन गरि कांग्रेस लाई स्वच्छ र तन्दुरुस्त बनाउन पर्नेमा जोड दिनु पर्छ /अब रह्यो चुनाब बाट आएका यी ६०१ संसद हरु ले एउटा प्रधान मन्त्रि पनि चुन्न नसक्ने ले तु राजिनामा दिएर नया जनादेश लिन को लागि फेरी जनतामा जान उचित हुन्छ /जनताले जसलाई जनादेश दिन्छ उसले संबिधान निर्माण प्रकिया थालनी गर्छ /यस्तो लुते खेल खेली रहदा बगेको खोला फर्कन्छ भन्ने उखान कहिँ गएर चरितार्थ नहोला भन्न सकिदैन/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Akash

      Now we have only two options left to SAVE Nepal…!!!
      Option 1: Support Maoist, establish Maoist led government !!
      OR,
      Option 2: Restore back the Monarchy with Maoist led government. (foreign intervention has intensified in the country after the abolition of monarchy)

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

      • madan bajracharya

        आकाश जी’

        ” के त् अब नेपालीले अर्को पृथ्बी नारायन शाह र भीमसेन थापा खोज्नै पर्यो? ”

        मेरो मनमा पनि यस्तै कुरा उठिरहेको छ आकाश जी/ २०४६ सालमा बल्ल मिलाईएको प्रजातन्त्र बादी र बाम्पन्थिहरुको मिलापलाई गिरिजाबादिहरुले भाँडे/ नेपाली विभाजित हुँदै गएकोमा बिहरिहरुले नेपालको तराईलाई एक मधेश नामको अर्को बिहार बनाउन खोज्दै छ/

        मधेश सब्द बिशुद्ध हिन्दी सब्द हो/ नेपालको तराईको कुनै जनजातिको मातृ भाषा हिन्दी होयिन/ त् कसरि तराईको नाम मधेश हुन् सक्छ? बिहार भारतको मध्ह देश हो/ बिहारमा बस्ने को सामाजिक राजनैतिक उपनाम बिहारी हो भने तिनीहरुको भौगोलिक उपनाम मधेसी हो/ नेपालको तराईलाई भारत सिट आज सम्म गरिएको सन्धिहरुमा कहीं कतै मधेश भनिएको छैन तराई नै भनिएको छ/ त् आज भारत र बिहारीहरू तराईलाई मधेश भन्न पनि कसरि सकेको हो?

        तराईमा ४२ लाखलाई नागरिकता दियिंदा लाखौँ बिहारी मधेसी झिंगाहरुले नेपाली नागरिकता लिए/ एक मधेश बाद तिनै बिहारी मधेसी झिन्गाहरुको भंभनाहत हो/ अब यी झिंगाहरु कसरि हटाउने?

        झिंगा भन्कियेमा खाना दुषित हुन्छ/ आज तिनै बिहारी झिंगा को “एक मधेश बादले” नेपालको रास्ट्रबाद दुषित हुँदै आएको छ/ अबेर भए तराई कुहिएर टुक्रिने छ/ यसलाई कसले जोगाउने? कुनै छ जोगाउन सक्ने आज को यी नेताहरुमा? अगाडी आउनु पर्यो कोहि छन् भने/

        नेपालमा मधेसी र पहाडी भनि बिखन्डन ल्याउन खोज्ने बिरुद्ध उभिन सक्ने कुनै नेता छैनन् भने तानाशाह होस् बा जे होस्, नेपालीले फेरी यक पल्ट पृथ्बी नारायण शाह खोज्ने छन्/

        के गर्ने/ पहिला टुक्रिन लागेको नेपाल बचाउनु पर्यो/ नेपाल रहे लोकतन्त्र पाउँदै गरुँला/ राजतन्त्र हटाउन नसकिने होयिन भनि प्रमाणित भई सक्यो/ तर एक मधेशबाद एक चोटी हाबी भएमा नेपालको पतननै हुन्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

        • Akash

          ठिक भन्नु भो मदन जी , अब नेपालले पृथ्वीनारायण शाह र भीमसेन थापा नखोजी सुखै छैन ! अहिले को स्तिथिमा संबिधान अहिले बनाउने भन्दा पनि टुक्रिन र पतन हुन लागेको देशलाइ कसरी बचाउने हो… देश रहे कुनै एक दिन संबिधान बनि हाल्छ नि , देश नै नरहे के को संबिधान ?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • हामी नेपाली भनेर गर्ब गर्नु भने को बेकार छ किनकि हाम्रा नेता हरु ले देश बेची सके झ्है लाग्छ |देश ब्यापी दुखि जनता ले सोच्नु पर्ने बेला के छ भने आज माधब ले राजिनामा दियको पनि सपनामा होकी झैँ लागि सक्यो |के नेपाली नेता हरुमा अब नेपाली को केहि मर्यादा रहेन ?त्यस्यैले संसद भाब्वनमा नै बमबाद गरि दिउ |किनकी यी नेता यी लिदर सबै गद्दार हुन |हामी सबै नेपाली मिलेर अनि गाउ गाउ बाट चुनाब गरि नया प्रतिनिधि चुनौ |जो नेपाली को हित मा होस|आज नेपालको बारेमा गद्दार नेता लै के थाहा हामी ले के भोगी रहेका छु भनेर\गरिब गरिबी छन् यिनी हरु सबै धनि छाना किन ?पछी फेरी मन्त्रि बन्न |किन आज सम्म नेपाली को रगत यिनी हरु ले यिनीहरु ले बुझे न दाजु भाइ हो ?यसमा यिनी हरु को केहि खेल छ किन भने आज नेपाल २१ औ सताब्दामा पनि कुनै देश अगाडी नाम राख्न दियन यी नेता ले |बाकि कुरा अझै लेखना बाकि छ गद्दार नेता को बारे मा …………………………………………../

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Akash

      These are symptoms of political crisis which is coming soon in Nepal. Open up your eyes my friends before it’s too late. India has been waiting for this situation from long time and it’s nearly coming to an end…
      God bless Nepal…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Bhuban

      संबिधानमा कतै नभाको चुनाब बहिस्कारको अधिकार कहाँबाट पाए यी एमाले र मधेसीहरुले, चुनाब बहिस्कार गर्नु भनेको त संसदीय अभ्यासको बहिस्कार हो नि / कि उनीहरुले यो व्यबस्थाको अल्टरनेट अर्को कुनै भए भन्नु पर्यो होइन भने भोलि संसदीय ब्यबस्था पुन यो देसमा असफल भयो भने त्यसको दोस यिनीहरुलाई नै जानेछ /

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • pritam राजबंशी

      अब भारत बाट कुनै अर्को फासफुसे नेता आएर यहाँ एमाले र मधेसी दलका नेताहरु लाई भोटे दिन नभनुँनजेल यिनीहरु तथस्त बस्ने भए !! हरे नेपाल को दुर्दशा रिमोट जति सबै भारतमा , थुइक्क एमाले र मधेसी दलका नेताहरु के राजनीति गर्या यो ?? देशै बेचेर खाने अब त अति भो ??

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • sudarshan

      अस्ति एक जना ज्योतिषी बाजे हाम्रो माकुने जी को सरकार कार्तिक महिना सम्म रहन्छ ग्रह बलिया छन भनेका थिए , नभन्दै तेसै होला जस्तो छ ए गाँठे !! ज्योतिषी बा ले पनि कति दिमाख लगाउन सकेका होलान आउने दशैं र तिहार लाइ पनि गन्न भलायेछ्न,

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • indra chhantyal(usa)

      दुइ ,दुइ ठाउमा चुनाब हारेको भयपनी पुर्पुरोमा त लेखेरै आयको रहेछ मोरो मादव सरले रजिनाम दियर पनि सरकार मा बसिरहन पाउनु कहाँ सम्मको लक्की हो ,

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • krish

      प्रधान मन्त्रि लाई चुनाब बाट जनताले छान्ने बेला आएको हो यो. संबिधान मा परवर्तन गर्नु पर्यो. नत्र योय नेताहरुको खाने भाँडो भै राखेको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • KIRAN

      लिगलिग़कोट मा गएर प्र.म.छान्ने हो की?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • madan bajracharya

        किरण जी/
        चक्र प्रशाद बास्तोलाले झन्डै यस्तै सुझाव दिएको छ/ लोकतन्त्रको मर्यादालाई हुत्यौन्दै चक्र प्रणालीमा पाली पालो प्रधान मन्त्रि बनाउने भनि/ पाली पालोमा १६ भाईहरुको बीच प्रधान मन्त्रि बन्ने कुरा उहिले राणाहरुले गरेका थिए/ पालो क्रममा पर्ने राना क श्रेणीको अनि नपर्ने ख र ग श्रेणी को राना भनिएको थियो/ अब यस्तै गर्ने कुरा गरे चक्रेले/

        प्रधान मन्त्रि बन्ने पालो क्रम बात हटाएर देस निकाला गरिएको सुबर्ण शम्सेर
        रानाले आर्थिक सहयोग गरेर भारतमा नेपाली कांग्रेस पार्टी स्थापना गराएको थियो/ अब चक्रेको चक्र प्रणालीमा नपर्ने कुन नेताले भारतमा कति ओटा नेपाली कांग्रेस खोल्ने हो ठेगान छैन/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree ram

      नेपाल लै सरकार को आब्स्येकता छैन प्रधानमन्त्री भए पनि नभए पनि दिल्ही कै इसारामा चल्नेये हो क्यार. नेपाल को सरकार त दिल्ही मा छदै छनी.होइनत किकसोत !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • dr. bishnu

      जसलाई माथि देश बनाउन पोथाए पोनि के हो के इनको चाला
      खाली देश लै घातक हुने काम गर्ने.i आपसमा झगडामात्र गर्ने कुर्सि का नेम्ति.हजुर गहिरियारा एकपटक सोचे त. हाम्रो देश माथि पुग्थ्यो समाबेसिको नाम लेयारा देश टुक्रौना लागे योग्य मानिस भन्दा समबेसे मा चान्स मिल्ने भो ८०% भन्दा ५०% को मूल्य हुने भो जतापनि सोर्स. सोजोले मौका नापौनेभो दिन्दहदै यहाँ हतियार किन्न पैन्छा जनताले शान्ति पायक सैन्नन पैला रानासासन मा जनताले बोल्ने मौका पयानन पदना पौदैनाठे अब नेता सासन हजुरजतिपटक चुनाब्गरेनेभो पैसा देश को खर्सहुने ६०१ जनालाई किन सवासाद बनाको? तिनको kathmandauमा घर बनाउन मोज गर्न ,अनि देशको पैसा सिदौना .संबिधान बनाउने नाम लियर भत्ता खाने अनि भत्ता खानी. मायाद बदौने कि?सबिधान बनाउने ?इनेले बनौदैनन नाटक मात्र गर्सन, देशलाई के के हो के खाली नेताका नाटक I दिक्क लाग्सा

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Gyan

      नेपालमा प्रधानमन्त्रि भए पनि ठिकै नभए पनि ठिकै, राजा, राणा, पन्चे, र बहुदलको शासनमा पनि भारतको कठ पुतली भएर बसेकै हो क्यारे / नेपाल त एउटा उस्कोलागी व्यापार गर्ने थलो मात्र हो / नेपालका भ्रष्ट नेताहरु र भ्रष्ट हाकिमहरु, दलाल, तस्करी, कालोबजारीहरुले “राजनीति” ब्यापारी पेशा नै ठानेका छन् / यिनीहरुले छोराछोरीहरुलाई राम्रो स्कूल, कलेज र विदेश पढ्न पठाऊनुको साथै जसरी हुन्छ तिन पुस्तालाई पुग्ने गरि कमाउन मौका परेकै छ / जबसम्म जनताले यिनीहरुसंग एक एक हिसाब माग्ने आँट गर्दैन तबसम्म नेपालका राजनीतिज्ञ भनाउदाहरुले केहि गर्ने वाला छैन / दछिन एसिया मै ‘राजनीति’ भनेको ‘सेवा’ होइन ब्यापारिक पेशा भएको छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • krishna

      हेर यो नाटक कहिले सम्म मन्चन हुने हो ? कहिले आउने होला नेपालि राजनीतिज्ञहरूमा चेतना, खालि हठबादिता दम्भको भरमा कहिले सम्म चल्ने होलान हाम्रा देशका नेताबिदहरु !!! किन एक पाइला पछाडी फर्किने र त्याग गर्ने हिम्मत नभएको होला? नैतिकता त कता हरायो कता ? खै आशा र भरोसा त लग्न नै छाड्यो अब त , सबै एउटा ड्यान्गका मूला भएका ———————–

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • nilu

      हो र भन्या ? ल ठिकै हुने भयो बाबै/ बरु पम सुजाता लै दिनु पर्ला/ उ एउटा राम्रो विदेश मन्त्रि हो/ विदेश को राम्रो चाकरी गर्दै छिन./ सायद उनलाई थाहा भए जस्तो छ भबिस्य को बारेमा / अब नेपाल धेरै टिक्दैन भनेर / सारै दुर दर्शी छिन/ नेपाल को chief मिनिस्टर हुने दाउ मा छिन जस्तो छ/
      न रहन्छ बास न बज्छ बासुरी/ सुजाता ले नेपाल एकै चोटी इंडिया लै सुम्पिदिन्छिं/ अनि सबै ठिक भई हाल्छ नि/
      हामीले एक चोटी कसै को दास हुन जरुरि छ/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 13

    • madan bajracharya

      तटस्थ बनेको होयिन एमाले भारत परस्त ओली र लित्तेकुमारले उहिले महाकाली सन्धि मा गरेकै जस्तो झेल गरेर एमाले भित्र को मदन भण्डारी समुहलाई अनिर्णय को बन्दि बनाएको/

      ओली र लिट्टे कुमार रामचन्द्रलाई समर्थन झलनाथले गरुन भनि चाहने/ अनि झलनाथ सके आफै प्रधान मन्त्रि बन्ने नभए मावोबादी सिट सहमति गर्न चाहने/ दुई समुहमा विभाजित छन् एमाले/ ओली र लिट्टे कुमारको पछाडी अहिले कुर्सीमा बस्ने हरु र भारतको समर्थन पाई आएको छ/

      पाच पटक सम्म पनि एमाले उठन बस्न सकेन/ छैठौं पटक पनि उ चल हल गर्न नसकिने भयो/ यसबाट देखाउंछ एमाले भित्र उहिले महाकाली सन्धि गराउने लित्तेबदी तत्वोहरु कति हाबी छन् भनेर/ मदन भण्डारीको समर्थकहरु एमालेलाई भारतको बिस्तार बादको बिरोधमा ससक्त रुपमा लाग्न बाम एकता नै हुनु पर्ने कुरा गर्दै छ भने महाकाली सन्धि गराएर भारतको आशिर्वादमा व्यक्तिगत लाभ उठाउने ओलीहरु एमालेलाई ‘भाई कांग्रेस” मात्रै होयिन एमालेलाई नै एक मधेश वादको हतियार बनाउन भारतको नियेत बमोजिम काम गर्दै छ/

      नेपालको भबिस्य कांग्रेसलाई धेरै पल्ट सुम्पिए नेपाली जनताले/ तर नेपाली जनता निरास मात्र हुनु पर्यो/ कांग्रेस खस्कंदै गएको यसै कारणले हो/ मावोबादी आउनु भन्दा पहिला एमाले कांग्रेस भन्दा बलियो हुँदै गएको थियो/ तर त्यो एमाले मदन भण्डारीको एमाले थियो/ ओली र माधवले जव देखि भारतको लित्तेबाद्लाई अंगालेर महाकाली सन्धि गराए एमाले तुक्रन्दै जुद्दै फेरी टुक्रिने अबस्थामा आई पुगेकोछ/ एमाले भित्र लिट्टे बाद हटाउन एमाले सफल नभए सम्म नेपालको राजनीति अनिर्णय को बन्दि भईनै रहनेछ/

      अहिले भई रहेको प्रधान मन्त्रीको असफल चुनावले नेपालमा लित्तेबाद हाबी भएको देखिन्छ/ लिट्टे बादी लेंग्दुपे नेताहरुलाई फालेर एमालेले आफ्नो बास्तविक बाटोमा फर्कन टुक्रिनु परे पनि तयार हुनु पर्ने भएकोछ/

      खराव कुहिएको अंग सबैले काटेर फाल्ने गर्छ/ लिट्टे बाद बात मुक्त हुन् केहि लिट्टे बादी नेहाहरुलाई पार्टी बात अलग्ग गर्नु लाई एमाले टुक्रिएको भन्नु हुँदैन/ यसले एमाले शसक्त भएको देखाउनेछ/ यति नभए सम्म यो चुनावको कुनै निर्क्यौल हुँदैनन्/ एमाले नटुक्रिए सम्म (लित्तेबदिहरु लाई काटेर नफाले सम्म) अहिले भई रहेको चुनाव मा कुनै नतिजा निस्कंदैन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 19

      • देवराज जोशी, कैलाली

        सही विश्लेषण गर्नु भो मदन जी,
        एमाले सुध्रिएको सपना चाहीँ नदेख्नु होला यो सम्भावना ज्यादै कम छ, त्यो पार्टीमा लिट्टेवादी हरुनै हावी छन झल्लुनाथे हरु बाट केही पार लाग्ने वाला छैन |

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

        • madan bajracharya

          देवराज जी
          झल्लु नाथ बात पार नपाउने कुरा सहि हो तर ओली र माधव को लिट्टे बाद परास्त गर्न झल्लु नाथलाई प्रयोग गर्न सकिन्छ/ मदन भण्डारी समुह अझै छन् एमाले भित्र/ मावोबादी तेतिकै झलनाथलाई समर्थन गर्न सकिने भनेको होयिन होला देव राज जी/

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

      • prabudha

        मदन जी को एमाले प्रतिको बिस्लेशन त निकै राम्रो छ तर प्रधानमन्त्री छनौट नहुनमा दरबार प्रसाद दाहाल र भारत राम भटराई को पनि रोल त खतरै छ जस्तो लाग्छ तर यौटा कुरा चैं प्रस्ट छ हाम्रा कमुनिस्ट हरु लाई सत्ता चै फाप्दैन जस्तो छ…..

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

        • madan bajracharya

          प्रबुद्ध जी
          कम्युनिस्ट हरुलाई सट्टा नफापेको होयिन कि सत्तामा टिक्न नसकिने बनाएको चाहिं पक्कै हो/ उदाहरण गिरिजाले मध्यावधि गोशाना गरेको ठिक तर मनमोहनले गरेको बेठिक भनेको सम्झ्ये पुग्छ/ मनमोहनको ९ महिनाको सरकारको उपलब्धिलाई देसमा सबै भन्दा लामो समय सम्म पटक पटक सरकार चलाउने कांग्रेसको कुन सरकार सिट तुलना गर्न सक्नु हुन्छ?

          यस अतिरिक्त मनमोहनको कम्युनिस्ट सरकार गिराउन सहयोग गर्ने कसलाई गिरिजाले ३० लाख राज्य कोष बात सहायता भनि रकम बाँडेको थियो त्यो याद गर्नुस/

          प्रबुद्ध जी न म एमालेको कार्येकर्ता हुन् न मावोबादीको/ तर मदन भण्डारीको एमालेको नीति र प्रचंद्र्को रास्त्र्बाद्को समर्थक चाहिं हुँ/ रास्ट्रबाद को कुरा जसले उठाए पनि म तेस्को समर्थन गर्छु/ हुँ त् म बबुराको हैसित नै केछ र? तापनि नेपाली नागरिक भएको नाताले रास्त्र्बाद्को समर्थन गर्नु मेरो कर्तब्य हो/

          प्रचान्द्र्ले नै राजतन्त्रको उन्मुलन खोजेको थियो/ अहिले खुबी लोकतन्त्रको व्याख्या गर्दै गर्ने कांग्रेसीहरुको लोकतन्त्रको अबधारनाको जन्मदाता पनि प्रचंद्र नै हुन/ त् तपाईंले प्रचंद्रलाई “दरवार प्रशाद दाहाल” भन्नु भएको प्रबुद्ध भनाई मैले बुझ्न सकेन/ दरवार प्रशादहरु त् कुर्सि छोड्ने नमान्ने र राजाको घांटी सिट आफ्नो घांटी जोडेको कुरागर्ने हरु पो हुन्छ/ यस्ता कुरा कसले गरेको छ भनि मैले उल्लेख गर्नु पर्दैन होला प्रबुद्धजीलाई/

          प्रतिक्रियामा कमेन्टको लागि हार्दिक धन्यबाद छ/

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

          • prabudha

            मदन जी, म अलिक अलिक मात्र राजनीति बुझ्ने मान्छे …..तपैका कुरा धेरै जायज छन् ….खाली मैले त प्रचण्ड कमरेड र बाबुराम कमरेड ले एक अर्का प्रति लगायको आरोप बाट मात्र दरबार प्रसाद दाहाल (दरबार परस्त ) र भारत राम भट्टराई ( भारत परस्त) भनेको….माफ गर्नु होला यो आरोप मेरो हैन….मदन जी तपाई ले त दरबार प्रसाद दाहाल चै बुझ्न सक्नु भयन छ अनि भारत राम भट्टराई चै प्रस्ट बुझ्नु भा को जस्तो लग्यो….जे होस् भारत परस्त…दरवार परस्त….राष्ट्र बादी…..राष्ट्र घाती….यो सबै समय अनुसार पार्टी नेत्रितो हडप्ने , जनता लै भुल भुलैया मा राख्ने नारामात्र जस्तो लाग्छ मलाई….अन्तमा सबैले सबै लाई सम्मान गर्ने सकारात्मक सोचको राजनीति कहिले औला खोइ नेपाल मा….

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

            • madan bajracharya

              प्रबुद्ध जी
              मैले माथि लेखि हाले कि दरवार प्रशाद हरु कको हुन् भनेर/ कुर्सि नपाए महेन्द्रलाई बिरात्नागर्मा बम हान्ने कुर्सि पाए पंचायत प्रवेश गर्न मान्ने, आफुलाई प्रधान मन्त्रि बक्स गर्ने ज्ञानेन्द्रको घांटी सिट आफ्नो घांटी जोडेको छ भनि न प्रचंद्र ले भनेको छ न बाबुरामले/ बाबुराम विद्वान छ/ तर मावोबादी पार्टीको उ मात्र एउटा अंग हो/ उसको प्रसंसा साधारण जनताले गरेको कुरा अर्कै हो तर भारत र अरु मावोबादी बिरोधि हरुले गरेको मात्र मावोबादी भित्र बिबाद निकाल्न हो/

              आज हामीले पशुपतिमा भारतीय भट्ट नै चाहिन्छ भन्ने र भारतीय भट्टलाई निकाल्नु पर्छ भन्ने बीच बात उपयुक्त पार्टीलाई समर्थन गर्नु बाहेक अर्को बिकल्प छैन/ पसुपतिको मन्दिरले सपूर्ण नेपालको प्रतिनिधित्वो गर्छ मात्र मन्दिरको होयिन/ आज समस्त नेपालमा भारतीय भट्ट हरुको राज चल्न दिनेहरु बात हामीले लोकतन्त्र पाउने आस गर्नु मुर्खता हुनेछ/

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

              • prabudha

                हस त मदन जी कमरेड प्रचण्डको रास्त्रबादी आन्दोलन लाई सुभकामना…..पशुपतिमा नेपाली भट्ट नै हुनै पर्ने आन्दोलन लाई पनि सुभकामना… चित्त बुझे सहयोग गरौला नैतिक या भौतिक उपस्थिति ले …..तर हाम्रो देसमा राष्ट्र घाती हुन को लागि नै रास्त्रबादी हुने चलन छ कम्तिमा कमरेड प्रचण्ड ले त्यो बाटो नलागुन….पुन सुभकामना…..

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

                • madan bajracharya

                  प्रबुद्ध जी
                  सहि निर्णय लिनु भएकोमा मेरो पनि शुभकामना छ/ के गर्ने हामी सिट खराव मध्य बात कम खराब रोज्नु बाहेक अर्को बिकल्प छैन!!!! तपाईं को अन्तिम बाकी बडो मार्मिक छ तर सहि छ/ धन्यबाद; प्रतिउतर दिनु भएकोमा/

                  मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

                  • prabudha

                    मदन जी मचाई कम खराब पनि न खोज्ने मा पुगिसके ……धेरै हेरियो बरु फेरी धोखा खानु भन्दा सियो चोर पनि चोर बैंक चोर पनि चोर भन्ने अबस्ता मा पुगिसके …..अब तपाई को उमेर होला कम चोर (खराब) ले पनि बढी चोर भन्दा राम्रो गर्छ भन्ने….५/१० वर्ष पछि त हाम्रो सोच एकै हुने छ होला ……

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker