मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लोप्पा खाए सुजाता र सुदले

    कसरी हुन्छ अड्काउने हिसाबले किचकिच गरिरहेकी थिइन् विभागीय मन्त्री सुजाता कोइराला। मेसिनले पढ्नसक्ने पासपोर्ट एमआरपीको डिजाइन बारे निर्णय गर्नुपर्ने थियो सुजाताले परराष्ट्र मन्त्री भएको हैसियतले। तर म गर्दिनँ भन्दै अड्डी लिएकी थिइन् उनले। कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले हस्तक्षेप गरी डिजाइनको निर्णयका साथै एमआरपी सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत आज भयो। अनि योसँगै सुजाता र भारतीय राजदूत राकेश सुदले लोप्पा खाएका छन्।

    सुदले ठूलै चलखेल गरेका थिए एमआरपी भारतमा छपाउन। सुजातालाई उनले लेखेको गोप्य चिठ्ठी समेत सार्वजनिक हुन पुग्यो। सुजाताले पनि खुल्लमखुल्ला नै भारतमा नै एमआरपी छाप्नु पर्ने अडान कायम राखे।

    तर राष्ट्रिय हितविपरीतको यो कार्य अन्ततः संसदका कारण रोकियो। भत्ता मात्रै पचायो भन्ने आरोप लगाउने गरिएको संसदको एउटा समितिको निर्देशनका कारण सरकारले बाध्य भएर भारतीय कम्पनीलाई दिन लागिएको ठेक्का एकपक्षीय रुपमा रद्द गरेको थियो।

    आज परराष्ट्र मन्त्रालय र फ्रान्सको ओवरथर टेक्नोलोजिजबीच नेपालमा करिब ४० लाख मेसिन रिडेवल पासपोर्ट (एमआरपी)को आपूर्ति, छपाई र वैयक्तिकरणका लागि सम्झौता भएपछि सुद र सुजाताको चलखेल व्यर्थ हुन पुगेको हो।

    सो सम्झौताअनुसार ७० दिनभित्र अब ओवरथर टेक्नोलोजिजले चार लाख थान एमआरपी नेपाललाई उपलब्ध गराउनेछ।

    एमआरपी प्राप्त गरेको दुईदेखि तीन हप्ताभित्र सर्वसाधारणलाई वितरण गर्ने परराष्ट्र मन्त्रालयले प्रतिबद्धता जनाएको छ।

    सो सम्झौतामा नेपालका तर्फबाट शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र ओवरथर टेक्नोलोजिजका तर्फबाट फ्लोरियन पाकलिनले हस्ताक्षर गरेका थिए।

    पासपोर्ट नपाएर हैरान भएकाहरुलाई अब यो खबरले केही भए पनि राहत पुग्ने भएको छ।

    No related posts.

    100 comments to लोप्पा खाए सुजाता र सुदले

    • harish

      हे सुजाता दिदि तिमि जस्तो नेता पाएर होला देशमा एस्तो विकास भएको अवता मुक्ति दिनुस नेपाल आमालाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Dilip

      हैन मैले कुरा नबुझेको हो कि जनता ले. यो अहिले को सम्झौता सफल गरौना मा त मुक्तिनाथ भट्ट र संसदिय समिति को हात छ नि . यो माकुने एंड gang (सूद, सुजाता, माकुने) ले त आफ्नो सक्दो गरेकै त हो नि इंडिया लाई दिन लाइ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • bhawani pd. koirala,

      गिरिजा बाबै जिउदा थिए भने … यो कार्य गर्न दिने थिएनन माधब नेपाल लाइ.,गिरिजा को देहवसान पछी राष्ट्र लाइ दोस्रो न्याय हो ,,,,,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

      • Bhuban

        कोइराला जी,
        पहोलो न्याय के हो नि ? कत्ति न माकुने ले देशलाई न्याय मात्रै गरिरको छ जस्तरी भन्नुभो नि यो त दोस्रो न्याय हो भनेर / यो त संसदीय समितिको अगाडी माकुने पराजित भाको पहिलो घटना हो भनेको भए ठिक हुन्थ्यो /

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

        • bhawani prasad koirala

          भुवन जी
          मैले माकुनेको प्रशंसा गरेको छैन ,,,, जसले गरे पनि जिरिजा जिउदो हुदो होत आज यो काम भारत कै पोल्टामा जाने थियो …यो चै बुझ्नुस है…,,,

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • kusum

      पाउने तीन करोड जनताको भबिस्य माथि यी पाखण्डी आइमाई ले किन भारतको आडमा तेस्तो काम गरेकी होलि ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 0

    • रबिन्द्र न्यौपाने

      सुजाताको धोती बल्ल फुस्किएछ । खुसी लाग्यो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

    • Proactive

      Sujata’s Problem is that she does not know whats going around she always is doing what she think is right and unfortunately she is wrong most of the time. just because she is the daughter of Late G.P koirala and Women right stuff , she became Deputy prime minister….if we really think what she had contributed …there is nt anything…….but what she has give is more controversy and problems.Ms. Koirala Do think about this….Nepalese are much more smarter than what politicans think….Beware!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Ram B. Chhetri

      We strongly favor and support Rt. Hon. PM Nepal ji for his vision,courage and leadership.Above all,he has maintained a very clean figure to date.he should continue for the best interests of the nation.Only thing is: he should come down hard and flat on all corrupt persons notwithstanding their affliations or family connections.He has the hallmark to be the Lee Quan Yieu of Nepal.Hail to MK Nepal !And God bless him.Thank you.
      -Ram B. Chhetri,VA,USA

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 12

    • kishore

      सोनिया गान्धी विदेशी भएर पनि भारतीय जनताको हीत र सेवा गर्न कुनै कसर बाकी राखेकी छैन. सुजाता ले पनि येस्तई नेक काम गर्न kina न सकेकी holi? सधै किन आलोचना भै रहेकी होलि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 1

    • madan pahari

      ए sssssssssssssssssssss हस्त लिखित passport को स्टक बल्ल सकिने भयछ / क्या उल्लु बानाय ग्यठे इंडिया लाई हाम्रा नेताहरुले इंडिया लाई

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • SanjaY

      यो पासपोर्ट नेपालमै छाप्न मिल्दैन र भन्या मेसिन मगाएर.
      ki यो पनि रुपैया जस्तो बाहिरै छाप्नु पर्ने हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • पुष्प

      ‘लोप्पा’ त खुवाए तर कसको निर्देशनमा ? अनि एमआरपीको पानीछायाँमा सुजाताले हस्ताक्षर गर्दिन भनिछन्, यसका लागि पनि अरु कसैमार्फत् ‘लोप्पा’ खुवाउने हो कि !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

    • smita thapa

      सुद जस्ता बिस्तारबादी हस्तच्छेपकारी र सुजाता जस्ती राष्ट्रघातीले लोप्पा खायको त राम्रो भयो तर अहिले नै खुसि हुने बेला भएको जस्तो लाग्दैन कम से कम ७० दिन कुरे पछी यथार्थ आइहाल्छ, किनकि माहाकाली सन्धि, पन्चेस्वोर परियोजना, मेलम्ची परियोजना, अरुण ३ योजना, १० हजार मेगा वाट बिजुली निकाल्ने प्रचण्ड गफ, आदिले हावा खाएकै हो, नया संबिधान र संघियता पनि हावा खाने पक्का छ त्यसैले नेपाल हो हजुर परिणाम नआउदा सम्म केहि बोल्दा फेरी नेता जस्ता हावादारी कोटा मा परिएला !!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

    • प्रकाश

      राष्ट्रिय सुरक्छ्या र राष्ट्रिय गर्व संग जोडिएको बिषय बस्तु संग यसरि जुझारु रुप ले लागेमा सम्पूर्ण नेतृत्व बर्ग आज यसरि आलोचित हुनुपर्ने थिएन , यहाँ त कसैलाई सेनापति हटाउन आत्तुरी , कसैलाई टनकपुर बेच्न आत्तुरी , कसैलाई कुर्सि जोगाउन जे पनि गर्न आत्तुरी, कसैलाई गुण्डा र मुकुन्डा लिएर लुटपाट मच्चाउन आत्तुरी, कसैलाई फेरी प्रधानमन्त्री बन्नको लागि दशौँ पल्ट हार्न आत्तुरी अनि देश को गति के हुनुनी, तेसैले हे नालायक नेताहो यो सबै आत्तुरी छाड, एक ठाउंमा बस अनि जनताको लागि सोच , तिमीले आफ्नो र अफ्नाको धेरै कल्याण जनताको खुन र पसिना ले गरिसकेउ , संबिधान बनाउन थपिएको समयको भत्ता हामीले लिने छैनौ भनेर सार्बजनिक रुपमै घोसणा गर, जनताले दिएको काम समय मै पुरा गर , जनताले चाहेको कुरा देउ, जनता तिमीहरुको साथमा हुनेछन, लाखौं यस्ता सलाम तिमीहरुलाई मिल्ने छ , कुनै प्रभु सामु तिमीहरु झुक्नु पर्ने छैन , जनता तिमीहरुको कवच हुनेछन, बेलैमा बुद्दी पलावोस तिमीहरुको , यहि कामना |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Bharat Rai

      लामो लिखूं केकोलागी, सम्पतिदेख्दा शिवजीको तिन्नेत्र सबैलाई ज्ञानछा! अत: नेताजिउहरूले २१ सताब्दी अनुशारको नेता बने, सम्मानको धेरै सम्पति लिएर स्वर्गमा पनि नेता बन्न पाऊनुहुनेथियो, शुरूवात यहिहो यहीं बाट श्रीगणेश गर्नुहोस भन्ने अनुरोधछ!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • parixit

      यो बिषय मा भन्नु पर्दा माइ संसार मा कमेन्ट लेख्ने राजनतिक दल क कर्यकत्र हरु लाइ चित्त नदुखोस तर एम आर पी को निर्णय ले एउटा कुरा प्रमाणित गरेको छ, यो देश मा कर्मचारी तन्त्र इमान्दरिपुर्बक जनता को सेवा गर्न चाहेमा राजनीतक दबाब ले कुनै कर्मचारी लाइ हल्लाउन सक्दैन… धन्यवाद शिस्ताचार महापाल तपाई लाइ आगामी दिन मा पनि यस्तै निडर निर्णय गर्नुहुनेछा भन्ने अपेक्षा राख्दछु…

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • manu

      माधाव नेपालत मलाई मन पर्दैन तर राम्रो काम को लागि धन्यबाद सुजाता लाइ थुक्क

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • abhi

      यो जहाँ बाट छापे पनि कुरा एउटी हो.राहदानीमा चिप हाल्ने काम पो कम्पनि को,तेस्मा इन्फर्मेसन हाल्ने काम त नेपाल सरकार को हो नि.त्यहिँ भएर भारत् बाट छाप्न हुन्न,फलानो देस बाट छाप्न हुन्छ भन्नु मुर्खता हो.जहाँ सस्तो पाइन्छ त्यहिँ दिनु पर्छ.अनि कोहि कोहि मान्छेले भने जस्तो भारत् लाइ सेक्युरिटी हिसाब ले छाप्न दिनु हुन्न भन्ने कुरा मुर्खता हो.भारत् ले रिडेबल चिप बनाउने हो,इन्फर्मेसन हामीले हाल्ने हो.तेसो त हाम्रो कम्प्युटरको हार्ड डिस्क चाइनामा बन्छ ,अनि के हाम्रो सबै चिनियाहरू लाइ थाहा हुन्छ?कस्तो वाहियात मान्छे हरु !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 29

    • जे होश माधव जी ले वल्ल बल्ल्ला ……….एउटा भएनी सहि कदम लिनु भएको मा हामी सबै निस्वार्थी देशभक्त नेपाली नागरिक को बधाई ……… भारत बाहेक संसार को कुनै पनि देश लाई दिनुहोश हामी लाई भन्नु केहि छैन…….नेपाल को सुरक्षा को बारेमा चिन्ता दिल्ली ले नालियोश ……..येही हो हाम्रो कामना…..

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • bipin

      मा कु ने ले होइन यो संसदीय समितिले गरेको काम हो, मा कु ने त लाचार भएर मात्र फ्रान्सेली कम्पनि लाई स्विकिर्ती दिन बाध्य भएको हो नत्र उ त सुद को टागामुनी छिरी सकेको थियो , समितिले हप्काए पछी केहिसिप नलागेर मात्र यो काम भएको हो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 9

    • Akash

      येस्तई राम्रै कामहरु पहिला देखि गर्दै आएको भए कुर्सि छोड्न पर्दैन थियो कि …? राजीना दिईसकेर पनि एउटा गतिलो काम चाही गरेछौ, मनले हो या कर ले त्यो हामीले बुझ्न बाकी नै छ ! लागेको दाग मेटाउने मौका यहि हो प्रम ज्यु … अर्को प्रधानमन्त्री नबनेसम्म… येस्तई रामो काम हरु गर्दै जाउ, सायद जनताले तिमीलाई माफ गरिदेला….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

      • achyut deshbhakta

        के हो आकाश जी खुबै सप्पोर्ट गर्नु भो त आफ्नो ठुल्दाई लाइ , ठिकै हो चाकरी , चापुलासी गर्नु नराम्रो होइन . जय होस् तपाई र माधवजी को .

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

        • achyut deshbhakta

          http://www.oberthurcs.com

          This link take you to the site of the French Company which got the contract.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Akash

          माकुने मेरो ठुल्दाई… छि छि छि … कहिले देख्नु भो मैले एमाले को चाकरी गरेको ? तपाइलाई थाहा नरैछा.. भनिदिहालु : म पहिला कांग्रेश… अहिले माओबादी सपोर्ट गर्छु, जो देशको लागि लड्छ उसलाई फलो गर्छु !

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • gopi

      नेता हरु को य़क राम्रो काम को कति धेरै प्रसंसा हुँदो रहेछ. एस बाट के बुझ्ने. सुजताजिले पनि आफु कसरि उप .. भयको बुझेर देसको लागि आफ्ना बाबु लै श्रद्धान्जली सच्चा नै दिनेकी? आफ्नो अबसान पछि के बाकी रहन्छ केवल जनता को माया आँखिर सरिर कति दिनको छ र? . हाल लै तपाइलाई नपुग्दो के ६ र?. यो मेरो आनुरोध सबै लोभिज्यु हरुलाई. देस त डुबन नै लागि सक्यो आफु मरे … raja भन्ने नठान्नु होस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • dilip

      माकुने नराम्रो मनिष होइन / केपी ओली , बिद्या , सुजाता हरु लाइ देश को माया छैन / सुजाता त जर्मन संग बिहे गरेर लाउडा खाए को सबै लाइ थाहा छ…
      केपी ओली जस्तो फटाहा नेता नेपाल मा जन्मेको छैन होला..

      नेपाल को संबिधान बनाउन अबरोध पुर्याउने नै केपी र सुजाता हुन्… एमाले र कांग्रेस लाइ थाहा भएर पनि चुप छन्… हे नरहरी , गगन थापा हरु किन चुप छौ / कतै तपाई हरु पनि सुजाता को मन्निखातार तिर को बाटो/राजनीति समौनो भएको त छैन…होसियार तपैहरु लाइ पनि जनता ले चुनाब मा हराउने छन् एदी चुप लागेर बस्नेहो भने…

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Jillabashi Baburam

      सुजाता भन्ने भुसको थैलो कति गनाएकी रैछे भन्ने कुरा
      तलका कमेन्टहरुमा उसलाई गाली गरेर लेखेका कमेन्टहरुले
      पाएको पहेलो रंगले प्रष्ट जनाउछ!

      कमेन्ट सेक्सन जति पहेलपूर पाकेको धानको फाँट जस्तै
      :)

      काठमादौमा जोगमेहरले हारेर पद्मरत्न ले जित्दा यस्तै पहेल्पुर भएको थियो!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • बिशाल शर्मा (USA)

      सर्बप्रथम लेखक लाइ धन्यवाद,
      माधव कुमार नेपाल जति सुकै निच, स्वार्थी, र घिनलाग्दो परिवेशबाट टाडा हुन् नसकेपनि यो एउटा काम भने हामी सबै नेपाली ले सलुट गर्न पर्ने नै गरेको छ ……………सुजाता र सुद जस्तो नेपाल र नेपालीको दुस्मनलाइ यो कार्यबाट स्वद्लाग्दो थप्पड परेको छ …………..मरी लानु केहि छैन ए नेपाली राजनेता हो तेसैले यो सुभ काम संगै …..आउदा दिनहरु मा पनि नेपाल र नेपाली को हितको लागि जे गर्दा ठिक हुन्छ तेही नै काम गर्ने प्रण गर्दै आफ्नो निजि स्वार्थ लाइ आजै बाट त्यागिदेउ ताकी हामी सबै नेपाली ले तिमिहरु जस्तो लिडर पाउनु मा गर्ब गर्न सकु ………………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 12

    • suraj thapa

      माधब जी तपाई ले धेरै राम्रो काम
      garnu bhayo,dhanyabad तपाई लाई जनता लाई बेबकुफ बनायाआर ढुकुटी भर्ने नेता र आफ्नो मुलुक को सोर्थ को लागि नेता उचाल्ने राजदुत को लागि राम्रो सबक भयको छ यो काम, अन्तमा धेखी नै धन्य बाद.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • हाम्रो नेता हरु ले इंडिया को चाकरी नगर्ने हो भने हामी नेपाली आज सम्म माथिनै पुग्ने थियौ बल्ल अब नेपाल मा केहि होला जस्तो छ हामी इंडिया नभय पनि बाच्न सकिन्छ भन्ने कुरा परमाणित गर्नु पर्छ ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 4

    • naresh

      माकुने ले एउटा गतिलो काम चाही गरेछ जस्तो छ |
      माकुने ले अब अग्रगमन को निम्ति पार्टी भित्र का भारतीय दलाल हरु का प्रतिनिधि केपी, बिद्या को ग्यांग संग पनी संघर्ष गर्दा राम्रो | आज सन्चार मद्द्यम हरुले पनि भारतीय दुताबास मा सचेत पत्र पथायेचन | यसमा हामी नेपाली जनताको एक्केबद्दता जाहेर गर्न चाहन्छु | तर भारत को दलाल KP ओली
      लाई छिट्टै नै जुत्ताको माला लगाएर इंडिया तिर नै धपाउन सकेमा नेपाल ले बल्ल मुक्ति पाउने थियो | साथी हरुको विचार को लागि कमेन्ट को अपेक्चा गर्न चाहन्छु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 7

    • Dev

      साथीहरुको यो कुरा एकदम राम्रो हो माधव जी लै धन्यवाद दिनु नै पर्छा तर एती काम बल्ल बल्ल गरेकोले गर्दा सायद माधब ले तुतुक्क अलिकति ….. होला नै तर पनि फेरी धन्यवाद फेरी पनि

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 5

    • sirjana

      अति राम्रो लाग्यो .यसरीनै राम्रो काम गर्दै जाने हो भने कसैले ले पनि यो नेता यस्तो उ नेता तेस्तो भनेर हामीले टाउको त दुखाउनु पर्ने थियन नि .सच्चा काम गर्ने हरुको लागि हामी सारा जनताले उनको लागि सलोट मारनै पर्छ है …..धन्यबाद प्र म माधब कुमार जी .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

    • माथि को सबै साथीहरुको कुराहरु ठिक लग्यो गिरिजाप्रसाद को त केहि नलाग्ने समय आएको थियो सुजाता को हो र? कांग्रेश पाटीलाई घरसरी चलाएको कोइराला हरु बुज्नेले देसको पिसाद भन्छन,
      धन्यवाद कार्यबाहक प्रधानमन्त्री ज्यू सुरुवात रारो छ नया pm लै…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • M. Paudyal

      अरु देशले बर्षौं देखि प्रयोग गरेका छन. हाम्रो देशको छैन यति गार्हो…………बल्ल केहिहोला जस्तो छ. अब प्रधानमन्त्री माकुने ले भारतबाट फाइदा लिनु नभएकोले देशको निम्ति राम्रो काम गरेछन……..हैन त ? नत्र त तुम सरनम प्रभु हुन्थियो नि….. देशको ढुकुटी अफोनो ढुकुटी मा हालीहाले अब के गर्न नै बाँकि छ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • यस्तो काम पो गर्नु पर्छ प्रधान मंत्री ज्यू l

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Bed Prasad Bhurtel

      हाम्रो जस्तो भद्रगोल देशका देशद्रोहीलाई नेता स्वीकार गरेपछि जनताले दु:ख पाउनु कुन नौलो कुरो हो / एउटा सहसचिवलाई चलखेल गर्ने वेतन दिने पर्खनु नपर्ने वाए पछि इन्डियनले नेपाललाई गुलाम बनाउने नै भए / सुजाता जस्तो विवेकसुन्य त मन्त्रि देश अतिकम बिकशित देशहरुको त नेता वन्न सक्छ / माकुनेबाट ठुलो काम गरेको के मान्नु / मन्त्रि परिषद नै फटाहाहरुको जमात जस्तो छ / तर पनि हामी विवश छौ तर यो हाम्रो कमजोरी यिनले नठाने बनौ सक्नुपर्छ /

      लोकतन्त्र को उपहाश बन्द गर्न बिबेकहीनहरु अरुरोध छ /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • rajaram

      ए सुजाता जस्तो पैसाको लागि जेपनि गर्न र जतिपनि गिर्न सक्नी आइमाई मन्त्रि हुनु भनेको देशको ठुलो दुर्भाग्य हो , एस्त लै तुरुन्तपद बाट हतौना जरुरि छ ,कमिसन को लागि भारतमा नै पसस्पोर्ट छाप्न पर्छा भन्ने लै बल्ल ठिक भयो ,प्रधानमन्त्रिको यो नै एकमात्र राम्रो कम बन्न पुग्यो. खुसिलाग्यो प्रधानमन्त्रीज्यु ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

    • sagar

      well done madhab , keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • मलाइ अति नै खुशी लागेको छ, माधव कुमार नेपालको यो कार्य ! तर सुजातालाई चाही एउता सुझाब छ मेरो – जाउ तिमि आफ्नै घर, जर्मनीमा !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 2

    • Krishna, Australia

      साची होर भन्या ??????????????????????? अजै नि पत्यार त लाछैन

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • YOGESH

      हामि नेपाली लाई यो भन्दा खुशी को कुरा क हुन सक्छ र अब विदेश जना पाइने भो ! !!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • kashi kandel,california,usa

      सुजाता जस्ता arastrabadi नेता हरुलाई दण्ड दिनुपर्ला कि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • kamal

      साथीहरु आवेशमा आएर नबुझेको कुरामा जे पायो त्यहिँ नबोलौ होला / सुजाता जी एक देशभक्त व्यक्ति हुन् / अनेक दवाब का वावजुद सुजाताले आफ्नो लाइन छोडिनन त्यसका लागि उनको साहसको प्रशंसा गर्ने पर्छ / सच्चा नेता त्यो हो जो पपुलर हुने होइन सच्चाई को लागि लड्छ / सुजाता जी मा प्रधानमन्त्री वा रास्ट्रपति गुने सबै गुणहरु छन्

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 72

      • Hari

        कमल जी तपाइले यो सुल्टो बोल्नु भएको हो कि उल्टो हो थाहै भएन
        सुजातामा त्यस्ता के गुणहरु देख्नु भो …….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

      • hariram

        के हो बाबु सुजाता को हण्डी खाएका छौ कि क्या हो ….?????

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • pathak

      एउटा कथा सम्झना आयो ” एकपटक फेवातालमा एक विद्वान डुंगा सयर गरिरहेको समयमा बोटेसंग सोधेछन तपैले कति पढ्नुभएको छ ? बोटेले पढेको छैन भनेछ / विद्वान्ले तपाइको जीवन खेरगएछ भनेछन / तेतिकैमा हावाहुरी आएछ र बोटेले बिद्वान्संगा सोधेछ के हजुरलाई पौडी खेल्न आउछ ? विद्वान्ले पौडी खेल्न औदैना भनेछ / बोटेले हजुरको पढेको जीवन खेरजानेभो भनेछ / अब एस देशलाई बोटेले वा विद्वान्ले वा …..!!!!! ????? कसले बचौला ?

      विद्वान्ले बोटेलाई सिकाउने र बोटेले विद्वानलाई सिकाउने भनेमा देश बन्लाकी ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 1

    • Rudra P Khanal-Kailali

      यो नै माकुने को फर्स्ट एण्ड लास्ट गतिलो मा ओन्ली ओन उपलब्धि हो , ल बधाई छ यो पटक !!

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Jillabashi Baburam

      यसरी नै राजनीतिमा भएका खलनायक, खलनायिकाको
      धोति फुस्काई दिऊन जनताले चेतनशील भएर!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1

    • Cesar

      ल ठिक छ | कता कता खुसि लागो आज |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Ram B. Chhetri

      Bravo !The best work done by our Most Honourable PM Nepal ji. Please keep it up.Better get riid of S. Koirala ASAP.Many thanks for taking a grand stand against the conspirators and looking after the national interests.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • brishal

      ल एउटा भए पनि राम्रो काम गर्यो है माकुने ले, बधाई छ

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Arjun

      संसदीय समिति ले घोक्रेठ्याक लगाएर सहि गर भने पछी गर्नु परिहाल्यो नि ! नत्र माकुने ले त त्वोम सरनम प्रभु भनेकै हो नि ! जे भए पनि संसदिय समिति लाई बधाई छ ! जे भए पनि भारत लाई नदिय को मा माकुने लाई पनि बधाई छ ! अब भारतीय दलाल के पी ओली र बिद्या लाई पाखा लगुना सक्यो भने मात्रै जनता ले फेरी एकपटक एमाले लाई पत्याउने छन् !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 8

    • राम्रो निर्णय ,,,,,,,कुजाता को भारतीय गुलाम को अन्त्य भयो…..मा कु ने यस्तो निर्णय गर्न किन ढिला,,,,,????कुजाता तेरो दिन अह्रु अब राम्रो हुदैअना ..तेरो अन्तिम राजनीतिक समय यहि हो……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • bhuban

      जे होस् मा कु ने १ % जिम्मेदारी भएको मान्छे रहेछ / ९९ % त बिगारी सक्यो. गर्ने भए आज सम्म के हेरेर बसेको त्यो / नया प्रधान मन्त्रि आउछ अनि उसैले गर्छ, म किन बित्थामा भारत् बिरोधि काम गर्नु भनेर बर्सौ सम्म जनतालाई जाबो पासपोर्ट लिन दिनभरी लाइनमा कुराएको पाप अलिकति कट्टी गर्यो / मर्ने बेलामा हरियो काक्रो ../

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Bhawana

      कुर्सीमा हुँदा पो कुर्सि जाला भन्ने डर त, अब कुर्सि फुस्किसकेर काम चलाउ भए पछि के को डर त !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • बास्तबमा सुजाता परराष्ट्र मन्त्रि हुने गुनकी महिला होइन ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 0

    • rajendra subedi

      धेरै पहिले नै गर्नु पर्ने काम, ढिलै भयपनी माधव नेपाल ले राम्रो काम गरेकाछन, एस्तै सहास करिमा बेगम ले सि.डि.ओ.कुट्दा,नेपाल प्रहरी कि सुन्तली धामी बलात्कृत हुँदा देखायकोभय अझ बेस हुन्थ्यो , राजिनामा दी सकेपछी सुजाता (कुजाता) को के को डर….! एउटा भयपनी राम्रोकाम गर्यौ धन्यबाद …! देश चलाउनेहरुले एस्तै सहसीलो काम गर्नुपर्छ……!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Dil Bhattarai

      यो निर्णय १००% र यदि पर्सेन्ट यो भन्दा बढी हुन्छ भने १०००% नै ठिक छ !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • म हाम्रो प्रधानमन्त्री प्रति धेरै आभारी छु किनकि सुजाता जस्ती मन्त्रीलाई पाखा लगाएदिनुभयकोमा र सुद जस्तो सोसक सामंताबाती लाइ लोप्पा खुवायाकोमा .देश को हितमा कम गर्दै जानुस प्रधानमन्त्री जी अबस्यनै नेपाली जनताले र नेपाल ले तपाइलाई कहिले भुल्ने छैन .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • sushil sharma

      कोइराला थर भएका जति जम्मै लाई राजनीति बाट अलग राखन सकिन्छ कि यसो भए उनीहरुको बचेखुचेको इज्जत रहन्थ्यो कि /जसरि राणा हरु नेपालीहरुको बीच alergy भा थिए त्यस्तै यी कोइराला हरु पनि नेपालीहरु बीच alergy नै भए / त्यसमाथि यिनी सुजाता नाम चाही सुजाता परिन ठ्याक्कै उल्टो यिनलाई त राजनीति बाट सन्यास लिन लाई कसैले सुझाव दिन पर्यो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 199 Thumb down 12

      • mahesh

        यो काम को निम्ति माकुने भनेर संबोधन गर्न मन लागेन. धन्यबाद माधव कुमार नेपाल जी. एउटा भने राम्रो काम गरेऊ. राम्रो काम लाइ समर्थन गर्ने हामी पुर्बाग्राही त कहा छौ र, हिजो का दिन माँ ता धन्यबाद दिन पानी पाइएको थिएअन किन भने तेस्तो कुनै काम नै गरेका थिएअनौ. अब अग्रगमन को निम्ति पार्टी भित्र का भारतीय दलाल हरु का प्रतिनिधि केपी, बिद्या को ग्यांग संग पनी संघर्ष गर्ने छौ भन्ने आसा गर्दछु.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 173 Thumb down 8

        • sheela

          mahesh जी!
          यो माकुनेले पनि अन्तर-मनले सहि गरेको होइन/ लेखा समितीको सकारात्मक हस्तक्षेपले गर्दा मात्र यसो हुन पुगेको हो, अनाबस्यक रुपमा माकुने लाइ क्रेडिट नदिउ साथि हो, कुरो को चुरो बुझौ है/ माकुनेले नै पहिला इन्डियन कम्पनीलाइ दिने क्याबिनेट निर्णय गरेको बिर्सु कि क्या हो/ यो त दोश्रो टेन्डर हो/ माकुनेले इंडियाको खिलाफमा निर्णय गर्ने कुराको कल्पना पनि नगरौ…/यो त नेपालि हरु सबै मीलेउ भने इंडिया र उसका भक्तहरुको पनि केहि जोर चल्दो रहेन छ भन्ने प्रमाण हो यो/ माकुने-सूद र सुजातालाई ‘सामुहिक झापड’ हो यो, यसरि बुझ्दा मात्र सहि विश्लेषण हुन्छा/ होइन र mahesh जी!

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 11

          • kranti

            सोर्है आना सहि कुरा गर्नुभयो शीला जी | केहि पत्रकारहरुको नियमित दवाब, लेखा समितिमा रहेका बहुसंख्यक सदस्यहरुको दवाब, अख्तियार को दवाब आदिले गर्दा पहिलो पटक को टेन्डर तुहिएको हामीले बिर्सनु हुदैन र साथै लेखा समितीमा माकुनेले “राजनैतिक तथा कुटनैतिक दवाबका कारण भारतलाई छाप्न दिने निर्णय गरेको” भन्ने स्पस्टिकरण पनि यति छिट्टै त कसरि पो बिर्सन सकिएला र ?

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

            • Arjun

              शिला जी मेरो पनि भनाइ येही हो येहा अनाबस्यक रुप मा माकुने लाई क्रेडिट दीयिएको छ ! तर कुरोको चुरो अर्कै छ ! माकुनेले नै क्याबिनेट बाट भारत रिडेबल पासपोर्ट पास गरौना लागेको टेन्डर लाई माओबादी र संसदिय लेखा समिति अनि अख्तियारले घोर बिरोध गरे पछी तुहिएको हो ! अहिले आएर संसदिय लेखा समिति ले घोक्रेठ्याक लगाएर सहि गरौन लगायो !सबै भन्दा बादी लोप्पा त माकुने ले खाएको छ ! तेही पनि सहि गरेकोमाचाई धन्यवाद नदिरहना सक्दिन ! जय नेपाल

              मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

          • madan bajracharya

            शीलाजी
            सहि हो तपाईं को कुरा/ महेश जी ले भद्रता त् देखाउनु भयो तर लिट्टे कुमार नेपालले यो पासपोर्ट काण्डमा पहिलत लिट्टे बाद नै देखाएको थियो/ सुजाताले सहि नगरे पछी सहि गर्ने उसैको उसैको पदीय दायित्वो भएको र सहि नगर्ने हो र संसदिय निर्णय नमाने प्रधान मन्त्रको कुर्सि छोड्नु पर्ने भएकोले मात्रै सहि गरेको हो/

            सदन र सर्बोच्च समेत सदर गरेको कुरामा सहि गर्न नमान्ने सुजातालाई स्पस्टिकरण लिएर पद मुक्त गरेको खण्डमा मात्रै महेश जीको भद्रताको केहि अंसको हकदार लिकुने हुन्छ/ तेतिन्जेल महेशजीले आफ्नो भद्रता संगालेर राखेको भए उचित हुने थियो/

            मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

            • sheela

              मदन जी/अर्जुन जी/क्रान्ति जी:
              अभिबादन!
              तेही त साथीहरु, किन महेश जी ले एति छिटो माकुनेको लिट्टे-प्रवृति बिर्सिनु भो वा क्षमा दिनु भो, अचम्म लाग्यो! तर वहाको पहिलो वाक्यले चाही शंकै ब्यक्त गर्छ है, हामीले पनि अलि बढ्तै पो सोचेका हौ कि…महेश जी को भद्रतालाई!!

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

              • mahesh

                मदन दाई/शिला जी/क्रांति जी/अर्जुन लगायत साथी हरु
                माकुने राकेश सूद को बफादार दलाल हो र त्यों दलाल लाइ नंग्याएर नान्गेझार नापारी रास्ट्रीय स्वाधीनता को आन्दोलन पूरा हुदेन भन्ने कुरा माँ म सचेत छू र अहिले आयर मैले के महसूस गारे भने सधै नकारात्मक काम गर्ने, महाकाली बेचुवा र “कुटनीतिक र राजनितिक हस्तक्षेप को कारण ले MRP को छपाई को जिम्मा भारत लाइ दिन पर्छ” भन्ने निर्लज्ज भारतीय दलाल माकुने ले बिभिन्न कारण ले गर्दा इच्छा नभए पनि एउटा सकारात्मक काम को प्रशंसा गर्दा चाहिने भन्दा धेरै भद्रता भयो जस्तो लाग्यो. सचेत जनता, रास्त्र्बादी प्रतिपक्ष को निरंतर निगरानी को कारण ले रास्त्र्घात गर्न नपाएको एउता दलाल लाइ तेसरी प्रशंसा गरेर रास्ट्रीय स्वाधीनता को आन्दोलन को धार लाइ भुत्ते बनाऊं हुदेन भन्ने तपाई हरु को भनाई संग म पूरा सहमत छू.

                मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

                • madan bajracharya

                  महेश जी
                  यो कुरा गर्नु भएर तपाईं ले फेरी पनि भद्रतानै देखाउनु भयो/ हामि मित्रहरु हौँ महेश जी/ परस्पर मा सचेत गर्दै सचेत रहनु पर्छ/ मुद्दा हाम्रो लिट्टे कुमारको लिट्टे बाद होयिन कुरा नेपाल नेपालीको हुने हो बा होयिन भन्ने हो/ के लिट्टे कुमार ले नेपाल नेपालीको हो भनि हामीलाई आस्वोस्त पार्ने कुनै काम गरेको छ? छैन भने एम आर पी मा उसले सहि गरेको अत्यन्त मसिनो कुरा हो/ यसैले लिट्टे कुमार कुनै पनि रास्त्र्बादिको धन्यकुनै भद्रताको हकदार छैन/

                  “कसरि भुलूं म लिट्टे कुमारले सिमा मिचेको छैन भनेको”
                  “कुन मल्हम लगाएर महाकालीको घाउ निको हुन् सक्छ ”
                  “उ त् संबिधान सभाको बिरोधि भारतको पुजारी मात्रै हो”
                  “उ कुर्सीमा बसुन्जेल संबिधान बन्ने कुरा कसरि पत्याउँ?”
                  “भारतीय बिस्तारबाद मुर्दाबाद भन्दै जनतालाई उल्लु बनाए”
                  “हेर्नुस महेश जी यो लिट्टे कुमार त् अर्को शोभ राज हो”

                  मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

                • sheela

                  mahesh जी:
                  तपाइको दील देखिको सच्च्याईलाई लाख-लाख अभिबादन! यो तपाइको महानता हो!

                  मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

        • खुशी लाग्यो माधव कुमार नेपालको राजनीतिक बहादुरीलाई देखेर र सुजातालाई नि चित्ति लेखना आउँदोरहेछ त्यो थाहा पाउँदा नि खुशी लाग्यो. होइन भने त मलाई उनी नेपाली राबडीदेवी नै लाग्छिन.

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

      • madhusudan baral

        हाम्रो देश नेपाल बिग्रेको नै एस्ता कुजाता उर्फ सुजाता जस्ता खलनायिका हरु ले गर्दा हो , त्यो जर्मनी बुढो ले भरिदिएको तेस्को गोबर दिमाख ले थोरै पनि सोच्न सकेन भारत कति स्वार्थी छ भनेर !! सुद संग मिलेर कमिसन झ्वाम पारी सारा नेपाली लाइ रातारात भारतीय बनाउने तेस्को दाउ ले आज लोप्पो खाएको छ , तेस्लाई नेपाल को राजनीति बाट नै भगाउनु पर्छ र उत्तै जर्मनी तिर लखेटी दिंदा ठिक हुन्छ

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • rakesh

        यो ६ जना दिस्लिके गर्ने पनि कोइराला नै हुन् हात मा गनी दिम

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bimalesh

      यो मुला सुजाताले जनतालाइ दुख दिएको, passport लिन दिन भरि line मा बस्नु पर्ने. पैसा खान र भारतीय प्रभु लाइ खुशी पार्न, बबाल कोसिश गरि बिचारी ले. ठिक्क पर्यो मोरी लाइ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 153 Thumb down 2

    • pradiplimbu

      सुजाताको सड्यन्त्र चकनाचुर भयो . राम्रो गरेउ कामचलाउ प्रधान मन्त्रि भयपनी . अझ यस्ता राम्रा कम गर्दै जानु सुभकामन छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 115 Thumb down 3

    • nirab

      मरे पछी डुम नै राजा / माकुने तिमीलाई बधाई छ, खै कसरी आट गर्यौ? तर राम्रै गर्यौ/ धन्यबाद छ है /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 103 Thumb down 2

    • MB Grg

      प्रधान मन्त्रीले धेरै राम्रा राम्रा काम गर्न सक्थे तर pad जोगौनालाई गरेनन तर अबत त्यो समस्या भएन तै भएर नडराई काम गरे बधाई!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 92 Thumb down 2

    • बिशाल(USA)

      सानो छदा हजुरबुवाले भन्ने गर्नु भएको उखानको याद आउदै छ आज मलाई ………….”लाटो को खुट्टा पनि कहिले कहिँ बाटो मा पर्छ” भने जस्तै ………….माकुने जति सुकै गए गुज्रेको भएपनि र जति सुकै मुर्ख स्वाठ भए पनि यो एउटा कम सहि गरेकोमा हामी सबै नेपालीको तर्फबाट सलूट गर्नै पर्छ ……………सुजाता र सुद जस्तो निच र आफ्नो स्वार्थको लागि देस र जनतालाइ नै कुल्चन खोज्ने घिनलाग्दो व्यक्तिको मनोबल येस्तई निर्णय बाट घट्दै जानेछ र आउदा दिनमा येस्तई येस्तई देस र जनता को जुन कुरामा भलो हुन्छ तेही कामहरुमा हाम्रो देसका नेताहरुको तन-मन लाग्नेछ भन्ने कुरामा हामी सबै देसबासी तथा बिदेसबासी नेपालीमा विश्वास छ …………..हे नेता हो….. एउटा कुरा बुजीराख… आदि काल देखि नै मर्ने बेलामा कसैले केहि लान सकेनन र आज पनि हामी केहि लान सक्तैनऊ ……..केहि कमाउनु छ भने देस र जनताको लागि सहि काममा तिम्रो समय प्रयोग गर…. हामी सबै संग २४ घण्टा को समय छ तेसैले हामी सबै नेपालीलाइ आशा छ तिमीहरुमा चाडै नै सदबुद्दीले बास गर्ने छ ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • babu jiten khairahani parsa

      राम्रो लाई naramro भनेको त छैन नि हामी जस्तो ले .ज भए पनि राम्रो कम लाई राम्रो भन्न
      पाएको छु. आज धेरै दिन पछी. खुसि लागेको छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 76 Thumb down 1

    • Himan Singh Pariyar (Bahrain)

      खुशीको खबर छाप्नु भएछ धन्न्यबाद !
      समय -सापेछ अब नेपालले पनि एमआरपी राहदानी छाप्ने कामको थालनी गरेकोछ अत्तिराम्रो र त्यो भन्दा पनि भारतलाई छाडी फ्रान्स लाई जिम्मा दिएकोमा झनै खुशी लग्यो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 1

    • pritam राजबंशी

      ढिलै भएनी माकुने सरकारले एउटा भारतीय चलखेलको परास्त गरेको छ ! राजिनामा दिएपछि बुद्दि आएर एउटा राम्रो काम गरेको मा धन्यवाद !त्यो सुजाता लाई त अब सुदलाई नै दाइजो दिएर पठाउनु पर्छ , नेपाल मा तेस्को काम छैन !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 99 Thumb down 2

    • sabik

      बास्तबमा सुजाता परराष्ट्र मन्त्रि हुने गुनकी महिला हुन्,कहिले जर्मनी लै सेवा गरौछिन् ,त कहिले भारतलाई गरौछिन् ,उनीमात्र नभई उनकी छोरि,समेत बग्लादेशी,लै सेवा गरिराखेकी कि छिन्, जुसुकै लै सेवा गराय,पनि हाम्लाई बाल,थियन न हाम्ले भोट दे र जिताको,परिन न हाम्ले उनलाई चाहेको नै थेंम,जबर जस्ती बाउको पितृ खान आइन,भुत्रो खारा जानी भइन,बिचारी,सुदले उनको राख्छया गरुन,
      जे होस् हाम्रो देस को यम आर पी,बन्नलागेकोमा म खुसि छु, हाम्रो देसको रहाधानीको ,रग़ पनि यहि बेला फेर्न मिलेको भय सुनमा सुगंदा हुने थियो,कमसे कम हरियो बाट निलो या कालो बनाय पनि अल्ली राम्रो देखिन्थियो कि,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 4

    • Kisan

      ल है माकुने तिमीले एउटा भए पनि राम्रो काम गरौ ! धेरै राम्रो काम गरेको भए नेपाली जनताले तिमि मरे पछी पनि माकुने जस्तो प्रम नेपालमा अहिले सम्म जन्मेको छैन भन्थे तर तिमीले जीवनको अमुलले समय त्यसै खेर चाँही फालौ है भन्ने पर्छ ! मर्ने बेला हरियो काँक्रो जस्तो भएर जाने अलि भएन कि ? राजा ज्ञानेन्द्र भन्दा पनि सर्ब सक्तिमान भएर पनि लछार पछार चाही पर्न सकेनौ त्येसैले कता कता राजा ज्ञानेन्द्र नै सहि थियो कि?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 14

    • sudarshan

      हाम्रो देश नेपाल बिग्रेको नै एस्ता कुजाता उर्फ सुजाता जस्ता खलनायिका हरु ले गर्दा हो , त्यो जर्मनी बुढो ले भरिदिएको तेस्को गोबर दिमाख ले थोरै पनि सोच्न सकेन भारत कति स्वार्थी छ भनेर !! सुद संग मिलेर कमिसन झ्वाम पारी सारा नेपाली लाइ रातारात भारतीय बनाउने तेस्को दाउ ले आज लोप्पो खाएको छ , तेस्लाई नेपाल को राजनीति बाट नै भगाउनु पर्छ र उत्तै जर्मनी तिर लखेटी दिंदा ठिक हुन्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 2

      • Krajend

        होइन सुदर्शन सर नेपाल बाट धपाउन सम्म भने त ठिक थियो तर जर्मनी चाही नभानम भो . यहाँ तेस्ती दुष्ट नकटीलाई ठाउँ छैन है .

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • Depak

      कुजता र कुदर्दन लै लोप्पा खुवाउनै पर्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 1

    • म हाम्रो प्रधानमन्त्री प्रति धेरै आभारी छु किनकि सुजाता जस्ती मन्त्रीलाई पाखा लगाएदिनुभयकोमा र सुद जस्तो सोसक सामंताबाती लाइ लोप्पा खुवायाकोमा .देश को हितमा कम गर्दै जानुस प्रधानमन्त्री जी अबस्यनै नेपाली जनताले र नेपाल ले तपाइलाई कहिले भुल्ने छैन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 107 Thumb down 2

      • मकुनेजिले राजिनामा दिइनसक्नु भएको भए यो निर्णय गर्न कहाँ सक्थे. कति काण्ड मच्चिदा मुखमा बुजो लगाएर बसेको हामी कहाँ सजिलै बिर्सन्छौ र >>

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 6

    • Narendra Dai

      मन पर्यो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

    • zimbu

      आज सम्म गरेको काम मदधे माधब कुमार को यो अति सराहनीय काम हो . सलाम छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 2

    • Sukra Raj Rai

      जे भयो राम्रै भयो, पासपोर्ट नपाएर रोकिएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई छिट्टै पासपोर्ट मिलोस अनि सबै जना आफ्नो गनतव्यमा पुग्न सफल होउन ! एम आर पी को समस्या खतम भयो खुशी लाग्यो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 1

    • madan bajracharya

      सुद-सुजाताले आफ्नै व्यक्तिहरु बात लोप्पा खाए/ लोप्पा खाने सुद र सुजाता
      तिलमिलाउनु भन्दा बढी भन्दा सुद सुजाताको चरण दास बनेको माधव नेपालले आफ्नै प्रभुहरुलाई लोप्पा ख्वाउन बाध्य भएकोमा कति बिलौना गरे होला कति माफी मागे होला? बिचरा लिट्टे कुमार!!!! सहि गर्न बाध्य भए/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 39

      • anante

        मदन जी, म प्राय तपाइको कमेन्टहरु मन पराउछु, अब्बल दर्जाको हुन्छ, लेखन सैली
        तर आजको तपाइको कमेन्ट चाहि भन्ने पर्दा मलाइ मन परेन! कारण चाहे जे होस् पछाडी, तर माधब कुमार नेपालले आफ्नो कार्येकाल भरि एउटा राम्रो काम गरेका छन्! उनले दशौ प्रभुलाई माफी मागुन या खुट्टै ढोगुन, त्यो चाहि मेरो सरोकार बाहिरको पर्यो, साएद हाम्रो सरोकार बाहिरको! राम्रो काम चाहे दानबले गरोस या देबले, राम्रै हुन्छ/ तेस्को कुनै वर्ग बिशेष, वा बर्ण बिशेष हुदैन! तेसैले म यो कार्य प्रति उनलाई धन्यवाद नदिकन बस्न सकिन! तेसैले अम्बा खाने, खम्बा किन गन्ने.. हैन र!
        यो सम्झौताले कति फाइदा नेपाललाई पुग्छ, तेस्को विस्लेषण चाहि म गर्दिन, तर मेरो हकमा, मलाइ चित्त नबुझेको के थियो भने, भारतले मुद्राको निस्कासन पाकिस्तानबाट गर्नु, र नेपालले पासपोर्ट भारत्बाट छपाउनु एकै थियो/ एत्रो प्रभुको चलखेल भाको ठाउमा, भविष्यमा भारतले जे पनि गर्न सक्थ्योनी/ यो त घरको चाबी चोरलाई भने जस्तो थियो/
        जय देश!

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

        • madan bajracharya

          अनन्त जी
          धन्यबाद/ पासपोर्ट जनतालाई उपलब्ध गराउनु सरकारको नियेमित दायित्वो हो/ यसमा चुके माधव नेपाल/ यो कुराले नेपाल अंतर्रस्त्रिये स्तरमै आलोचित भयो/ यो उसको अपराध नम्बर एक भयो/ दोश्रो भारतमै पासपोर्ट छपाउन उउसले कुत्सित खेल खेलेकै थियो/ यो कुरा सदनले समेत प्रमाणित गरेकै हो/ यो उसको अपराध नम्बर दुई भयो/ तेश्रो कुरा उसैको डेपुटी प्रधान मन्त्रीले अझै पासपोर्ट छपाउन नदिने अपराध गर्दै गरेकोमा कुनै स्पस्टिकरण नसोध्नु र अझै पद मै राखी राख्नु तेस्को अपराध नम्बर ३ भयो/

          सदनले समेत सदर भएको काम प्रधान मन्त्रीले रोक्ने सक्दैन थियो तापनि सकुन्जेल त् सहि नगरिकन बसेकै थियो/ तर सदन ले सदर गरेको कुरालाई नमाने पदनै छोड्नु परेकोले मात्रै सहि गरे त् उसलाई जस दिउन त् कसरि?

          अनन्त जी माधव कुमार ले मदन भण्डारीको आदर्शमा दाग लगाएको छ/ नेपालमाथि भारतीय हैकम बाद अझै निम्त्याएको छ/ आज प्रधान मन्त्रि समेत चुन्न नसकिने अबस्थाको लागि उ धेरै हद सम्म जिम्मेवार छन्/ मसिना कुराहरु राम्रै गरे भनेर उसको रास्ट्र घाटलाई भुल्न सकेन मैले/

          दांगमा सदन र सरकारी टोलीले समेत भारतले सिमा मिचेको ठहर गरि उसैलाई प्रतिबेदन दिंदा दिंदै पनि उसले भारतले सिमा मिचेको छैन भने/ आज कालापानी बात बगी आएको महाकाली नदीको उताको किनार सम्मै नेपालको भएकोमा अब यताको किनार सम्मै भारतले कब्जा जमाई बसेको उसैको कारणले हो/ नेपालले तेश्रो मुलुक सिट पारबहनको विकल्पको रुपमा प्रयोग गर्न सक्ने कालापानी नाका पनि भारतकै कब्जामा अझै छन्/ कालापानी नाका नेपाल भारत चीन र पाकिस्तानको सङ्गम स्थल हो/ यो नाका मात्र सामरिक महत्वोको होयिन नेपालको निमित तेश्रो मुलुक पुग्न सकिने छोटो बाटो पनि हो/ यो नाका खुलेको खण्डमा हामी भारत संग मात्रै निर्भर रही रहनु नपर्ने हुन्छ/ भारतले दुई बर्षमा समाधान गर्छु भनेको आज सम्म तेतिकै छ तर देसको प्रधान मन्त्रि ले यक सब्द बोलेको छैन/

          मावोबादिले झलनाथ लाई समर्थन गर्न सक्ने कुरा गर्दै गरेको बेला झलनाथले माधव को सरकार असफल भएको भनि टिप्पणी गरेको मा बदला लिन झलनाथको उम्मेद्वारी फिर्ता लिएकोले आज प्रधान मन्त्रि समेत चुन्न नसक्ने अबस्थामा पुगे/ प्रधान मन्त्रि चुन्न नसकिने भए सम्म संबिधान लेख्ने काम अबरुद्ध हुन्छ/ कसरि भुलूं यी कुराहरु अनन्त जी?

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • raj kumar shakya

      जेभो राम्रै भो1

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • महेश्वर

      ढिला नै भए पनि प्रधानमुन्तरी(प्रधानमन्त्री) ले आफ्नो बल(पावर) देखाउन सफल भएकोमा सबै नेपालीलाई बधाई

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4

    • Hem Bhattarai

      यो मेरो लागि पनि अत्यन्तै खुशीको कुरो हो
      शुभकामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 1

    • raj

      यी मुला हरु लै येस्तई गर्नु पर्छा .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 1

    • navin kc

      सुजाता जस्ता ले त्यो भारत ले भनेको भन्दा माथि कुरो कहाँ नै गर्न सक्छिन र नि सोल्टिनी ले ……… ठिकै हो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 3

    eXTReMe Tracker