बीचमा रोकिएको माइसंसारको यो स्तम्भ फेरि सुरु भएको छ। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। विगतमा कसैकसैले झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका थिए। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्नुभएको छ? तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा वा हाम्रो फेसबुक पेजमा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।
हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।
तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।
यो साताका लागि फोटोहरु-

विनायक जोशी लेख्छन्- यो तस्वीर Qwest Center, Omaha, Nebraska मा आयोजित फैथ्वाल्कर्स कन्फरेन्समा (Faithwalkers Conference) लिएको हो | Great Commission Ministry द्वारा आयोजित यो Faihwalkers Conference मा २४०० जति मान्छे आएका थिए।

आठ महिनाकी अबिशाले नेपाली झण्डा समात्दै गरेको यो फोटो स्कटल्यान्डबाट अन्जली पराजुलीले पठाएकी हुन्।

सांघाइ एक्सपोमा नेपालको झण्डा देख्दा मणीलाई निकै हर्षको अनुभूति भयो रे।

जापानमा नेपाली चुलाः जापानको Hokkaido टापुमा रहेको Sapporo City मा रहेको यो सगरमाथा चुलाले विदेशमा नेपाललाई सम्झाउँछ। राजेशबाबु श्रेष्ठले पठाएका केही फोटो हेरेर हामी यसको अनुभव गर्न सक्छौँ।

No related posts.









ज्ञानेन्द्र किन मन्दिर धायको छ
मन परे हरियो, नपरे रातो
0
0
यो काम सानो हो तर यसले जगाउने आत्मिक प्रेम भने निकै ठूलो रहनेछ । नेपाली मनहरुलाई सलाम…।
मन परे हरियो, नपरे रातो
4
0
राष्ट्रियताको पक्षमा भएका काम निकै प्रसम्सा योग्य छन । किनकी शान्तिप्रकृयाको साचीको अनमिनलाई धपाउने, राष्ट्रपतिशासन लागउने, सके माओवदीलाई आत्मासमर्ण गराउने नसकेमा सास्कृतिक राजा फर्काएर माओवादी तह लागउने भारतको तयारी भैरहेको छ । उक्त कार्यका सफल पार्न पत्रकारहरुलाई थर्काउने, फकाउने र हन्डी खुआउने काम शुरु भैसकेको छ । उक्त योजना सफल भएमा नेपाललाई भारतको अर्धउपनिबेस कायम राख्न सक्ने छ ।
मन परे हरियो, नपरे रातो
4
2
स्वोर्ग टुक्रा पृथिवीमा झरी बनो त्यो देश नेपाल
शिरको हिउ टलक टल्की हास्दछ नेपाल /
संसारकै नमुना नेपालको झन्डा त्रिभुज आकार
मिलिजुली बसेका छन जातजाति अनेक पर्कार /
मन परे हरियो, नपरे रातो
5
2
हामी सबै नेपाली ले नेपाल को माया गर्नु पर्छ!!!!!!!!!
मन परे हरियो, नपरे रातो
5
2
सपुतहरुले कपुतलाई समयमै चिनुन
जननी तिम्रो मुहारमा फेरि खुशी ल्याऊन
नेपाल आमा तिमी हाँस हामी त्यसै हाँसछौं
नेपाल आमा तिमी बाँच हामी त्यसै बाँचछौं
मन परे हरियो, नपरे रातो
10
1
राम्रो कम हो नेपाली लै जोड्ने.
मन परे हरियो, नपरे रातो
5
1
धेरै राम्रो. जो जहाँ भए पनि आखिर सो मन त नेपाली नै हो नि . सबै नेपाल प्रेमी साथीहरुलाई धेरै धेरै धन्यवाद ..
मन परे हरियो, नपरे रातो
3
1
मन नै प्रफुल्ल भयो ! ^_^ Thanks ‘उमेश जी’
मन परे हरियो, नपरे रातो
4
2
बिदेशमा रहेका संपूर्ण नेपालीको कल्याण होस् ।
मन परे हरियो, नपरे रातो
3
3
वाक्यको शुरुमा “स्वदेश तथा” भन्ने छुटे जस्तो छ!
मन परे हरियो, नपरे रातो
5
2
विदेशमा रहेका मात्र हैन… सारा संपूर्ण नेपालीको कल्याण होस् ।
मन परे हरियो, नपरे रातो
7
0