-गोपिचन्द्र-
सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही आसले उसले यो पसल किनेको हो। ऊ बारे भन्नु पर्दा भर्खर २४/२५ मात्र लागेको, खाइलाग्दो जीउडाल भएको, हिस्सीलाग्दो गोरो वर्ण भनेर हुलिया दिन सकिन्छ। थप भन्नु पर्दा मेहनती र मिजासिलो पनि छ। फोटोकपी गर्न आउनेहरु पनि उसको हाउभाउ र व्यवहार देखेर सबै खुसी नै हुन्थे। उसको स्वभाव नै भनुँ, आइमाइहरु देखेपछि भने ऊ बढी नै आफनोपन देखाउन खोज्छ।
हरिकृष्णको जीवनको लक्ष्य भनेको पैसा अलि अलि कमाएर विदेश हानिने नै थियो। ऊ सबैसँग यही भन्थ्यो- म कहाँ यहाँ बस्ने मानिस हुँ र। दाहिने हातले प्लेन उडेको हाउभाउ देखाउँदै भन्थ्यो, मौका मिल्ने बित्तिकै सुइत्त हुनु पर्छ।
पसल चलाएको झण्डै डेढ वर्षपछि त्यस्तै आइलाग्यो। अध्ययनको सिलसिलामा काठमाडौं झरेकी अधवैँसे अमेरिकी महिला एकदिन उसको पसलमा फोटोकपी गर्न आइपुगी। दुई चार पटकको भेटघाटपछि दुवै अलि नजिक हुन थाले। हरिकृष्णले उसका लागि ज्यान दिन मात्र बाँकी राख्यो। इमान्दारी, वफादारी जे जे देखाउनु पर्ने हो सबै करामत देखाउन पछाडि परेन। तिनलाई नेपालको सुन्दर प्रकृतिले लोभ्याएको त छँदै थियो, त्यसमाथि हरिकृष्णको मेहनती स्वभाव, नम्रता र इमान्दारीले झनै नजिक्यायो। सुन्दर प्रकृतिको रमणीय वातावरणमा घुम्दाघुम्दै उनीहरु एकअर्कामा बाँधिए।
भिसाको अवधि सकिन लागेकोले अधवैँसे अमेरिकी फर्कने तैयारीतिर लागी। आफू अमेरिका पुगेपछि कागजपत्र मिलाएर बोलाउने वाचा गर्दै ऊ एअरपोर्टको प्रस्थान गेटबाट आफना दुवै हात हल्लाउँदै विदा भई।
उसको विदाईपछि हरिकृष्णको जीवन साथी इन्टरनेट भयो। फुर्सद पायो कि नेट खोलेर बस्न थाल्यो। नेटले उनीहरुको मायाको डोरी अझैं बाटिँदै गयो। नेट चलाउँदा चलाउँदै ऊ अमेरिकाको सपनामा चुर्लुम डुव्न थाल्यो- चिल्ला कारमा गुडेको। आफूभन्दा झन्डै डब्बलै जेठी भएपनि अमेरिकी श्रीमतीसँग सुत्न, घुम्न पाएको सपनाले उ लठ्ठीएको थियो। नेपालमै बसेर नेपाललाई बिर्सन थाल्यो।
अमेरिका जाने भिसा हात पारेको दिन उसले बौद्धमै एउटा बारमा नेपाली भएर बितायो। ऊ फर्कँदा अब नेपाली हुने छैन एकजनाले भने। टुरिस्ट भिसा लिएर नेपाल फर्कने सपना उसले पनि नबुनेको हैन। त्यस दिन साथीभाइ र इष्टमित्रसँग उसले राती अबेलासम्म बारमै बसेर खुब धोक्यो।
अमेरिका पुगेपछि उसको दिन चिल्ला कारमा घुम्दै, रेष्टुरेण्ट वार , होटलहरुमा लन्च डिनर खाँदै , बेलाबेलामा क्यासिनोको रमझम अनि डिस्को डान्समा बित्न थाल्यो। बिहान अबेला उठेपछि उसकी अधवैँसे गर्लफ्रेन्ड ड्युटी जान्थी। ऊ बाहिरसम्म आएर ‘बाई’ गर्थ्यो। ऊ काममा गएपछि घरका कोठाहरु मूभ गर्ने, सफा गर्ने। खाना बनाउने, चिया पकाउने, र अंग्रेजी सिक्न एलरियो सेन्टर जाने उसको दिनचर्या नै बन्यो।
एकदिनको कुरा हरिकृष्ण सदा झैँ बेलुकाको डिनर तैयार पार्दै टेवलमा सजाउँछ। रिसाएर बसेकी गर्लफ्रेन्डलाई खानाको लागि बोलाउँछ। तर ऊ कोठाबाट टसमस चलिन। ऊ पनि अलि रिसाउँदै बोलाउँछ। अहँ, ऊ आइन, बरु रिसाई तैँ खा भनेर। उसलाई पनि रिस उठ्यो, तँ नखाने भए तेरो खाना तैँ खा भन्दै भांडा हुर्र्याई दियो।
मलाई मार्न खोजेको भन्दै कराउँदै उसले, आई हेट यु , गेट आउट….. गेट आउट…..भन्दै घरवाट निकाली दिइ। ऊसँग निक्ल्नुबाहेक अर्को केही विकल्प पनि थिएन।
केही दिनअघि साना-साना कुरामा ठाकठुक परेको बाहेक अरु त केही भएको थिएन। तिनै कुराले उसको मन फाटेको रहेछ क्यारे। पश्चिमी संस्कृतिमा मन मिलुन्जेल लोग्नेस्वास्नी, ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड। मन नमिलेका दिनबाट अलग्गी हाल्छन्। आ-आफनो बाटो लागिहाल्छन्। हाम्रो जस्तो हजार हण्डर ठक्कर खाएर पनि श्रीमतीले श्रीमान र श्रीमानले श्रीमती भनेर कहाँ बस्छन्। हाम्रो त उखानै छ लोग्ने स्वास्नीको झगडा परालको आगो। एकछिन बाझाबाझ हुन्छ, दुई चार दिन बोलचाल बन्द हुन्छ। दुवै ठुस्किन्छन्। एक दुई दिनपछि एउटाले बोली फुटाउन थालिहाल्छ। अनि फेरि सबै रिसराग बिर्सेर उस्ताको उस्तै।
हरिकृष्ण्को सपना साबुनको फोका जस्तो भयो। बिरानो देश, बिरानो कानून। डुव्न लागेको बेलामा परालको त्यान्द्रो पनि कति सहारा हुन्छ। यहाँ त आफनो भन्ने कोही छैनन्। उसले नेपालीलाई सम्झ्यो। यो शहरमा नेपाली पनि छन् भन्ने त उसले सुनेको थियो तर सजिलो पर्दा उसले खोजी पनि गरेन। खोज्न पनि कहाँ जाने। अंग्रेजी भाषा क्लास जाँदा सिफ्ट नमिलेकोले त्यहाँ भएका नेपालीलाई पनि भेट्न सकेको थिएन। त्यसैले अमेरिकाको फुटपाथ, सडक पेटीमा उसले धेरै दिन बितायो। त्यहीका होमलेसहरुले जस्तै गरेर।
भाषा सिक्ने स्कुल पुगेर शिक्षकमार्फत् एकजना नेपालीसँग भेटघाट भयो। नेपाली साथीलाई भेटेपछि ऊ खुब रोयो। परिचयपछि अर्जुनले हरिकृष्णलाई स्कूलकम्पाउण्डकै छेउको मेचमा बसाले र उसका सबै कुरा सुने।
अर्जुनले उसलाई आफनो कोठामा लिएर आए। उसका चारजनाको परिवारले एक कोठे अपार्टमेन्ट लिएर बसेका थिए। त्यहीँ राखे। आफूले काम गर्ने ठाउँमा लगेर काम सिकाए। होटलमा काम खोजिदिए। ऊ तल्लीन भएर काममा लाग्न थाल्यो। नेपाल छोडेर अमेरिका पुगेपछि जीवनमा उसले पाएको सबैभन्दा ठूलो दुःखबाट उसले विस्तारै मुक्ति पायो।
उसको भिसाको म्याद सकिसकेको थियो। ऊसँग कुनै कानूनी रुपका कागजपत्र थिएन। ऊ गैरकानूनी रुपले अमेरिका बसिरहेको थियो। अर्जुनले उसलाई वकिलकोमा लगे। वकिलको भनाई अनुसार उसले समयमै गर्लफ्रेन्डले निकाल्ने बित्तिकै मुद्दा हालेको भए एउटा नेपालीलाई ल्याएर अलपत्र पारेर छाडेको भनेर जान सकिन्थ्यो रे। तर उसको त्यसरी जाने अवधि गुज्रिसकेको रहेछ। तैपनि वकिलमार्फत् एउटा मुद्धा भने दर्ता गरायो।
हरिकृष्णले अर्जुनको सहयोगमा पहिले होटलमा र पछि ग्यास स्टोरमा काम गर्न थाल्यो। छुट्टै कोठा लिएर बस्न थाल्यो। काममा आउन जान र स्टोरबाट सामान किनेर लान सजिलो होस भनेर साइकल पनि किन्यो। अमेरिकाको जीवन बल्ल रमाइलो हुन थाल्यो उसका लागि। कानूनी हिसाबले बस्न उसले पेपरवाला गर्लफ्रेन्ड बनाउने सोच नगरेको पनि हैन तर यसमा पार लगाउन सकिरहेको थिएन।
संजोगवस अनलाइनमा च्याट गर्दागर्दै एउटी जर्मन केटीसँग उसको भेट भयो। ऊ २२/२४ वर्षकी थिई। उसको दिनचर्या अब फेरि च्याटमा व्यस्त भयो। बिहानै बेलुकै कोठामा अनलाइनमा बसेर च्याट गर्ने। काममा पनि फुर्सद पाउने बित्तिकै कार्ड किनेर फोनमा लामो लामो कुरा गर्न शुरु भयो। उसलाई फेरि नयाँ जीवन पाए जस्तो भयो। जर्मनको सपना देख्दै त्यसैमा चुर्लुम्म डुव्न थाल्यो।
केही महिनाको नेटको माया प्रेमपछि साँच्चिकै उनी उसलाई लिन जर्मनबाट हान्निदै अमेरिका आइपुगी। ऊ आउनुअघि हरिकृष्णले आफू बसेको पुरानो घरको कोठा आफैले रङरोगन गरेर चिटिक्क पार्यो। पानी चुहिएको टाटो पनि रंगले पोतर हटायो। ओछ्यान, तकिया, सिरक सबै नयाँ सेट जोडेर कोठा सजाएको थियो। दुवै एकअर्कामा बाँधिएको महसुस उनीहरुले गरे। हनिमुन मनाउने भन्दै केही दिन कामवाट छुट्टी लिएर यताउता घुम्न पनि हिंडे। झण्डै चार हप्ता जति बसेर उनी जर्मन फर्की।
उनी दुई जीउकी भई। गर्भ परीक्षण गर्दा थाहा भयो छोरी रहेछ। हरिकृष्ण छोरीको बाबु बनेकोमा औधी खुसी भयो। फर्कँदा उसलाई पनि लान उसले प्रयत्न गरी हरिकृष्ण मिले जान मन्जुर भयो तर पेपर नभएकोले उसले लान सकिन।
अमेरिकाबाट फर्केर गएको दुई चार महिनामा उसले छोरी जन्माई। काटुकुटी हरिकृष्णसँग मिल्दो थियो उसको अनुहार। मोबाइलमा रहेको फोटो देखाउँदा सवैले त्यसै भन्थे। जर्मन केटीसँगको उठबसपछि उसको आनीबानीमा निकै फेरबदल आएको थियो। उसले रक्सी खान छोडेको थियो। चुरोट खान छोडिदियो। तास पनि कहिलेकाहीँ साथीभाइहरुले कर गर्दा मात्र खेल्ने भएको थियो। यो देखेर अरु सबै ताज्जुब मान्दै थिए। हरिकृष्णले अब घरबास बसाउने भो भनेर खुसी भए।
एकदिन स्टोरमा प्रायजसो ब्वाइफ्रेन्ड लिएर आउने अधवैँसे केटी एक्लै पसेको देखेर हरिकृष्णले उसलाई सोधिहाल्यो। आज ब्वाइफ्रेन्ड खोई त? उसले भनी- दुई महिना हामी सँगै बस्यौँ, उसको आनीबानी ठीक लागेन, त्यसैले मैले उसलाई छाडिदिएँ। उसको पहिलो पोइको त मृत्यु पहिल नै भइसकेको थियो। यस्ता कुरा बताउनलाई उनीहरु अप्ठेरो पनि मान्दैनथे। पश्चिमाहरु मेरा व्वाइफ्रेन्ड,लोग्ने यति मेरी गर्लफ्रेन्ड ,श्रीमती यति भन्न अप्ठेरो नै मान्दैनन्।
भोलिपल्ट पर्सिपल्टदेखि हरिकृष्णको तेस्री गर्लफ्रेन्ड अर्थात् त्यही अधवैँसे केटीसँग उठबस चल्न थाल्यो। ऊ स्टोरमा त प्राय आउँथी नै, अब भने प्रत्येक दिन अझ हरिकृष्ण भएकै समयमा आउन थाली। मौका मिल्दा उनीहरुको गफ लामै हुन्थ्यो। पहिले जर्मन केटीसँग पनि यस्तै लामा लामा गफ हुन्थ्यो। उसले आफूसँग पेपर नभएर दुःख पाएको कुरा पनि राख्यो। स्टोरमा हरिकृष्णका लागि प्राय दिउँसोको खाजा पनि आउन थाल्यो। उनीहरुको सम्बन्ध बाँसको जरा झैं झांगिदै गयो। हरिकृष्णको जन्मदिनको दिन विवाहको प्रस्ताव राखेर उसलाई म सरप्राइज दिन्छु स्टोरमा काम गर्ने अरुलाई भन्थी। नभन्दै केटाकेटीले टालाटुलीको पुतली बनाएर विवाह गरे झैँ उनीहरुको विवाह भयो। हरिकृष्ण आफनो पुरानो कोठाका कामलाग्ने झिटीझाम्टा बोकेर त्यही अधवैँसेको कोठामा बस्न आयो।
अमेरिकामा विवाह गरेर दुवै जना नेपाल आए। पहिलो पटक दुई महिना नेपाल बसेर उसकी अमेरिकी श्रीमती फर्की। हरिकृष्ण बडो भाग्यमानी नै छ। उसलाई कोही जर्मनीबाट भेट्न आउँछन् कोही अमेरिकाबाट। अमेरिकी श्रीमति दोस्रो पटक हरिकृष्णलाई भेटन २२ घण्टे लामो सफर गर्दै नेपाल आई। उनीहरुलाई लागेको थियो अमेरिकाले तुरुन्तै स्वीकार्ला भनेर तर अहिलेसम्म अमेरिकन इमिग्रेसनले स्वीकृति नदिएकोले ऊ दुइ महिना जति बसेर फर्की।
घुम्दैफिर्दै रुम्जाटार भने झैँ, हरिकृष्ण फेरि उही बौद्धकै एउटा घरको कोठामा डेरा लिएर थन्किएको छ। इन्टरनेट चलाउनु उसको नित्य कार्य भएको छ। नेटमा च्याट चलिरहन्छ। तर उसले पहिलेको आफनो इमेल बदलेको छ। नेटले उपहार दिएको जर्मन श्रीमतीसँग अहिले च्याट हुँदैन, इमेल हुँदैन , फोन हुँदैन उसले त्यसलाई रिजर्भमै राखेको छ। ऊ बिचरीलाई हरिकृष्ण नेपाली भन्ने थाहा छ। अरु केही थाहा छैन। च्याटबाट जन्मेकी छोरी लिएर ऊ उतै बसेकी छ। हरिकृष्ण भने कहिले अमेरिकाबाट पेपर आउला र उता हान्निउँला भनी बसेको पनि झण्डै दुई वर्ष बित्न लागिसक्यो। तर पनि अमेरिकाको सपना उसले देख्न उसले छोडेको छैन। एकदिन त कसो नआउला…..।
No related posts.









यो कथाजस्तो भएपनि यसमा केहि सत्यता पाइने भएकोले यस केखालाई नकारात्मक किसिमले ब्यक्या गर्नुलाई त हामी केहिपनि भन्न सकिन्न, सबैकौरहरु सम्पत्ति होइन भन्ने बुज्नुनै सबैभन्दा बुद्दिमानी हुन्छ
धन्यवाद, पेंसल्वेनिया, अमेरिका
मन परे हरियो, नपरे रातो
6
3
कथाको लेखी इस्पस्त र सटिक भए पनि यथार्थभाने छैन, माथि मित्रहरुले औंल्याउनु भएको गल्तिहरु सान्दर्भिक छन्. लेखकको प्रयासलाई सुभकामना.
मन परे हरियो, नपरे रातो
6
3
वाहियात चिज लाई मजाले पचाउन के चाहिन्छ होला ?? होजमोला नै चाहिने भो त ………….
मन परे हरियो, नपरे रातो
9
5
नेपालबाट टुरिष्ट र स्टुडेन्ट भिषामा गएर कलेजमा पढ्न नसकेर केटा या केटि प्राय: सबै अमेरिका बस्ने कागजपत्र बनाउन यस्तै बुढा बुढी, काला कालीहरुसंग केहि महिना नसुतीकन सुक्खै छैन / नेपालमा इज्जत र दाम कमाएर बसेका कलाकार जल शाहले तीन चार जनाको बच्चाको बाउ संग बिहे गरेर, अनि सारंगा श्रेष्ठले अमेरिकनसंग बिहे गरेर अमेरिका बसे भने अरुले यस्तो नगरी सुक्खै छैन / यसरी कागज बनाएर पछी पारपाचुके गरि नेपालमा गएर बिहे गरेर ल्यायर अमेरिका बस्नेहरु पनि छन् / यस्ताहरुलाई आफ्नो छोराछोरी लाई बिहे गरि दियो भने घरको नि घाटको हुन्छ / अमेरिकामा रेस्टुरेन्ट भाडा माझ्ने र सरसफाई गर्ने जस्ता तल्लो स्तरको काम बाहेक केहि पाउदैन / किनभने यिनीहरुसंग पढे लखेको र शिप हुँदैन /
अमेरिकामा पहिला पहिला काला जातिहरुलाई दास बनाउन ल्याएका थिए भने अहिले विश्व भरिका मानिस ल्याएर एक छाक खान पुग्ने मात्रै ज्याला दिएर अप्रत्छ्य रुपमा दास बनाई राखेका छन् / आखिरमा मोज मस्ती गर्ने र डलर कमाउने त्यही गोराहरु मात्र हो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
8
“नसुतिकन सुक्खै छैन” भन्ने शब्द चाहिं सत्य हो जस्तो लागेन! शब्द चयन गर्दा अलिक होस्
पुर्याउनुहुन अनुरोध!
मन परे हरियो, नपरे रातो
8
6
आफ्नो फाईदा (ग्रीन कार्ड बनाउन) को लागी ख्याल ख्यालको बिहे गरेर अमेरिकनहरु संग सुत्ने सुताउने बेश्याहरुलाई “नसुतिकन सुक्खै छैन” भनेर व्यंग नगरे कसलाई गर्ने?
मन परे हरियो, नपरे रातो
8
6
ज्ञानजीलाइ अमेरिकाको बारेमा सार्है राम्रो ज्ञान रहेछ र त नाम पनि ‘ज्ञान’ भा’को रहेछ |
ज्ञानजी जस्तै एक जनाले विश्व बैंकमा नेपालबाट काम गर्न अमेरिका आउनेहरुले विश्व बैंकमा खरदार, मुखिया सरहको काम गर्छन भन्थे | सार्है जान्ने ‘ज्ञान’ भएका हरुको कति तारिफ गर्नु ?
मन परे हरियो, नपरे रातो
1
3
कथा राम्रो लग्यो l नेपालीहरुलाइ यस्तै नै हुनु पर्छा l
मन परे हरियो, नपरे रातो
3
5
यो कथा यथार्थपरक भन्दा काल्पनिक (fantasy) हो /( नेपाली मनोग्दंते ) किनकी पचिमी महिलालाहरु यति सजिलै गर्वावती हुदैन, तेस्मा पनि जेर्मानी अमेरिकासम्म जान र घुम्न सक्ने / यो बिलकुल नेपाल भन्दा बाहिरी संसार नभोगेको र नदेखेको मानिसले गर्ने कल्पना हो / कृपया यस्तो कथा मा आधारित भएर आफ्नो कार्यक्रम नबनाउनु होला /
धन्यवाद
San Francisco
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
12
Pre-mature baby.
मन परे हरियो, नपरे रातो
4
3
येस सत्यमा आधारित कथाका पात्र लाई म भाई भनी संबोधन गर्छु भने लेखकलाई पनि ,लेखकले ठाऊँ ठाऊँ भन्न गल्ती गरे पनि कथा अति सत्य हो ,कमेन्ट लेखने साथिहरु निजको जर्मनी श्रीमती बाट जन्मेको छोरीको फोटो त मेरो मोबायल मा अस्ति सम्म थियो | सबैको कमेन्ट मैले डि टेल्मा पढें | लेखक पात्र हामी सबै अमेरिकामा थियुं र म अमेरिकामा नै छु | लेखक र पात्र काठमांडू छन , पात्रको नाम मात्र परिबर्तन छ ,भाई लेखक गोपी चन्द्र लाई पात्रको भाग्य रेखा चित्रण गरेकोमा धन्यवाद, आफ्नो हाल खबर पनि सुनाउनु होस
खबर पनि पठाउनु होला
मन परे हरियो, नपरे रातो
4
0
यो कथाले हामी सबैमा चेतना दिलाएको महसुश भयो ! एदी साची कै भएको भए ति जर्मन श्रीमती सित सम्पर्क गर्न अनुरोध गर्दछु ।
चन्द्र
साउदी
मन परे हरियो, नपरे रातो
7
4
महातोकंछी धेरै हुनु हुदैन हरि जी
मन परे हरियो, नपरे रातो
3
0
यति राम्रो मिठास भाषामा लेख लेख्न सक्नुनै गोपीचन्द्र जी को महा खूबी हो मेरो त्रफ बाट सलाम छ उहाको लेखन प्रतिभा लाई
मन परे हरियो, नपरे रातो
4
1
सत्य मात्र सत्य हुन्छ कथा त सत्यको नजिक मात्र हुन सक्छ, राशीमित्र | कथा कथा नै हो |
मन परे हरियो, नपरे रातो
4
1
हुन्छ नहुने होइन यस्तो घटना तर यो घटना साचाकै कसैको जीवन मा घटेको हो भनेर विश्वास लागेन किन भन्दा लेख चै प्राक्टिकल नभई थयूरिकल हो जो कि आफ्नो मन मा रचेर लेखेको …. लेख्ने प्रयास गर्नुहुने गोपिचन्द्र जी लै धन्यवाद..
मन परे हरियो, नपरे रातो
3
1
Nice one keep it up. All the Best.
मन परे हरियो, नपरे रातो
6
2
समाज को पाना हो यो कथा .
राम्रा नराम्रा सबै पक्ष्य हुन्छ समाज मा ,
यो कथाको पानालाई राम्रो पनि भन्न मिल्दैन , नराम्रो पनि भन्न मिल्दैन ,
” बिबशता ” भन्दा अनुपयुक्त नहोला .
समाज को एउता पाटोलाई छर्लंग संग लेख्न सक्ने लेखक को लेखन शैली सरल अनि कथा सजिब लाग्यो .
निरन्तरताको शुभ कामना हिर्दय देखि नै .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
I like it . it is ral also.Nepali ketaharuko culture nai lovi 6.
मन परे हरियो, नपरे रातो
12
4
ससी जी केटा मात्रै होइन केटीहरु पनि उस्तै छन् , धेरै सुनेको मात्रै हैन देखेको पनि छु,
मन परे हरियो, नपरे रातो
7
1
मरिस् त्यसका बाजे , के के कल्पन्छन् र गर्छन् मान्छेहरू ।
मन परे हरियो, नपरे रातो
4
1
पवन जी,
तीमी ले ठीक भयेउ, तीम्रो कुरा मा एक डुम सहमत छु!
मन परे हरियो, नपरे रातो
3
1
जसले जे भनेपनि यौटा काल्पनिक कथा भएपनि वास्तविक कथा भएपनि कथाले भन्न खोजेको कुरो र यसको असये निकै राम्रो छ यस्तो कथालाई सम्मान गर्न सकिन्छा लेखक ले भन्न खोजेको पनि ठिकै हो हामी नेपाली युवा होश या युवती बिदेशी भनेपछि मरिहत्येनै गर्छौ लेखक ले तेही नराम्रो बानीलाई उतार्न खोज्नु भएको हो अनि कथा निकै रमाइलो पनि छ ,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
2
नेपाली केटा हरु को बिदेशी श्रीमती को बारे मा त पढ्न सुन्न पियो अब नेपाली केटि हरु को बिदेशी श्रीमती को बारे मा पनि पढ्न पु है त दोस्रो कथा मा ….!!!!
मन परे हरियो, नपरे रातो
9
5
ओ हो हाम्रो नेपालको ठिटा हरु बिदेसिको सेतो छाला अनि धन्दौलात्मा रमाउन कति खोज्छन ,,,तर पछी दुख पाउदा बल्ल थाहा पाउछन ,हि हि हि हि ………………..
मन परे हरियो, नपरे रातो
10
1
कथा राम्रो छ !रेअल्टी मा युरोप पन्नी येस्तै छ !
मन परे हरियो, नपरे रातो
6
1
नेपाली समाज र अमेरिकन समाजको भिन्नता, अमेरिकाको फेस्रो आडम्बरमा रहेको नेपाली समाजको चित्रण साथै जीवन केही होइन आशै आशमा जान्छ शास, यी ३ कुरालाई आधार मानेर कथाकारजीले कथा लेख्नु भएको हो की. तर प्रस्तुती साहै फितलो लाग्यो.
मन परे हरियो, नपरे रातो
4
3
कथा सत्य र असत्य संग के मतलब, जे होस् कथा अति राम्रो छ नेपाली हरु
सबै कुरा राम्रो संग नबुझी कन बिदेशी भूमिमा रम्न खोज्नु मुर्खता हो भनेर
देखाउन खोजिएको छ अलि बुझ्नेले कथाको भाव राम्रो संग बुझेको छ नबुझ्नेले
जे कमेन्ट गरे पनि भो जे होस् कथा शिक्षा दर्शक नै छ, अरु पनि येस्ता कथाहरु
लेख्नु होला|
मन परे हरियो, नपरे रातो
13
3
लेख अपाच्य लाग्यो किनकि अमेरिकन गर्ल फ्रेन्डसंग नेट च्याट गरिरहने मान्छेले फेरी अंग्रेजी कक्षा लिएको भनेर लेख्दा, के उसले तेतिबेला सम्म नेपाली मै च्याट गर्दोरहेछ कि क्या हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
नीतु जी, यही त बिडम्बना छ नेपाल र नेपालीको, बोल्न लेखना त सक्छन तर शुद्ध होइन. नपत्याए नेपालीमा लेखिएका कतिपय कमेंट्स पढ्नु भए हुन्छ.
जे होस् कथा यथार्थपरक छ, यो कथा जस्तै मिल्ने थुप्रै पात्रहरु मैले यहाँ चिन्छु पनि.
मन परे हरियो, नपरे रातो
8
3
त्यति मात्र हो र हैन फेरी जर्मनी संग को ४ हप्ता अमेरिका बसाई अनि फर्केर जर्मनी गए पछी २/४ महिना मा छोरी जन्मी यो त नमिल्ने कुरो भएन र!!!!!!!!!
मन परे हरियो, नपरे रातो
5
1
“झण्डै चार हप्ता जति बसेर उनी (जर्मनी केटि) जर्मन फर्की”, अनि “अमेरिकाबाट फर्केर गएको दुई चार महिनामा उसले छोरी जन्माई। काटुकुटी हरिकृष्णसँग मिल्दो थियो उसको अनुहार।” कसरी कथाकारज्यू !?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
सिकारूले लेखेको यस्तै हो के? तर विषय वस्तु चाहिं रमाईलो र सान्दर्भिक छ है ।
मन परे हरियो, नपरे रातो
13
2
sms र internet को जमाना छ हजुर सबै कुरा सबै कुरा फास्ट ट्रयाक मा छन् हुने नै भयो नि तेस्तो पनि.
मन परे हरियो, नपरे रातो
5
5
मैले पनि तेही सोच्दै थिय, कथा प्रकाशित गर्नु अघि पढेको भय राम्रो हुने थियो,४/५ महिनामानै बच्चा कसरि सम्भव भयो?
मन परे हरियो, नपरे रातो
3
1
हामी नेपालीको यसरी पछी परेको आफुले गर्नु नसके पछी अर्काको खुटा तान्ने
मन परे हरियो, नपरे रातो
4
4
कसैले कथा लेखना अव्यास गर्दै रहिछ ,,, अज्ज्जाई धेरै आव्यास र मेहनेत चाहिन्छ यति ले पुग दिन है मित्र …………….आफ्नै कापी मा अव्यास गरको भय राम्रो हुने थियो ….यहाँ भन्दा त !!
मन परे हरियो, नपरे रातो
6
6
तिमीले चाहिँ धेरै लेखेको रहेछौ / त्यसैले माइसंसार मा तिम्रो मात्र लेख पढिरहेछु/
लेखक जी जे होस् कथा यथार्थपरक छ, यो कथा जस्तै मिल्ने थुप्रै पात्रहरु मैले यहाँ देखेको पनि छु नेपाली नै नभए पनि….
मन परे हरियो, नपरे रातो
1
1
आफुले गर्न नसक्ने अरुलाई खिज्याउने हामी नेपाली को असल बानी होनी होइन?
मन परे हरियो, नपरे रातो
2
0
अमेरिकी त्यो पनि नेपाली संग पल्केकी तेस्को स्तर कस्तो होला ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
13
नेपालमा लोग्ने स्वास्नीको झगडा परालको आगो,
पश्चिमा देशमा लोग्ने स्वास्नीको सम्बन्ध परालको आगो
- भन्ने सम्म त ठिकै हो|
तर
नेपाली ठिटोलाई त साच्चिकै ब्याठे बनाएर प्रश्तुत गरिएको छ!
“छोरीको बाबु बनेकोमा औधी खुसी” हुने हरिकृष्णले
कम्प्युटरमा आफ्नी छोरी, आफ्नो रगतको नाताको तस्बिर
देखेपछि त नेपाल गएर भए पनि जर्मनीकोलागि कोशिस गर्नु पर्ने हो!
DNA परिक्षण गरेर पनि बाउ छोरीको नाता प्रमाणित गर्न सकिने
अहिलेको जमानामा र जर्मनी जस्तो कानूनी राज्यमा आमा छोरीलाई
एकातिर र बाउलाई एकातिर छुट्टयाएर राख्ने खालको न्याय त् नहुनु पर्ने!
परिवारलाई छुट्याएर राख्ने कानून पश्च्चिमी democracy मा छ जस्तो लाग्दैन!
हुन त, दुनिया हो, यहाँ जे पनि हुन्छ;
त्यो पनि कथामा त किन नहुनु पर्यो र?!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
2
बाबुराम जी,
तपैले पश्चिमीहरु लै idealistic humanitarian हुन्छन जस्तो मान्नु भएछ. US मा हज्जारौ हिस्पानिकहरु illegal भाकाले deport हुन्छन..तर उनीहरुको छोराछोरी US मा जन्मेको कारण ले US citizen हुन्छन र US नै बस्चन .
यो issue हरेक presedential election मा उठ्छ . जमाना मा family unity act लेउने भंठेया …तर ऐले बेबारिसे छ….
जर्मनी मा के कस्तो छ थाहा भएन …तर जर्मनी मा नि US जस्तै भए मलाई अचम्म लाग्दैन … हाम्रो नेपाल मा मात्रै हो ….बिदेशी लै धमाधम नागरिकता बढ्दै हिड्ने…
मन परे हरियो, नपरे रातो
3
0
ऋषि जी,
हो अमेरिकामा बच्चा जन्मे र स्वत: नागरिक हुने तर त्यो बच्चाका बाबुआमाले
नागरिकता नपाउने त छ नै;
तर
अमेरिकी नागरिक संग बिहे गरे पछि र सोहि श्रीमती संगबाट
बच्चा पनि भै सके पछि त नाका चालले ग्रीन कार्ड दिनु पर्छ हैन र?
मन परे हरियो, नपरे रातो
3
0
अर्थात्, यो अमेरिकी नागरिकको आफूले चाहेको
स्वदेशी होस् या बिदेशी संग बिहे गर्न पाउने अधिकार
संग सम्बन्धित छ! यो अधिकारलाई सरकारले हनन गर्न
सक्दैन!
मन परे हरियो, नपरे रातो
4
0
तपैले भनेको कुरा theoritically ठीक हो . तर अमेरिकी नागरिक ले बिदेशी संग बिहा गर्दैमा बिदेशी ले नागरिकता पैहल्दैना . पहिला conditional ग्रीनकार्ड पौचा २ वर्ष लै .. तेस्पची फेरी renew गरेर अर्को २-३ वर्ष ग्रीनकार्ड मा बसेर naturalize गर्नु पर्चा नागरिकता मा …यो बिचमा लोग्ने स्वास्नी छुट्टै बसे मा conditional ग्रीनकार्ड भङ्ग हुन्छ … येस्ता यावत प्रक्रिया हरु छन् जुन झन्झटिलो र महँगो नि छ …spouse को पूर्ण सहयोग ४- ५ वर्ष नपाए impossible हो यो कुरा .
माथि कथा मा जस्तो पात्रले नागरिकता पाउन गारै हुन्छ .
मन परे हरियो, नपरे रातो
1
0
कथा सत्य भए पनि नभए पनि राम्रो छ।
मन परे हरियो, नपरे रातो
6
6
एड्स लाग्ला नि मित्र एस्तो धेरै जो पायो तेही संग संसर्ग गर्दा…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
हा………..वा……………………………………..
मन परे हरियो, नपरे रातो
5
5
कमेन्ट लेख्दा स्पस्ट लेख्ने प्रयास गर्नोस ल बहिनिजी, किन हावा ताल को भो त त्यो पो लेख्नु पर्छ त हौ बहिनि.
मन परे हरियो, नपरे रातो
5
0
कथा प्रस्तुति राम्रै लाग्यो . सत्य हो भने सुनमा सुगन्ध नै हुन्थ्यो .
मन परे हरियो, नपरे रातो
9
7
बच्चा ले लेखेको कथा जस्तो लाग्यो | दुइ कछ्या को मेरो नेपाली पुस्तक मा छाप्दा राम्रो हुन्छा होला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
21
तेसो हो भए आफुले नि केहि लेखेर देखाउन पर्यो नि , म ठोकुवाका साथ भन्छु तपैंलाई त दुइ कछ्याको बच्चा ले लेखे जति नि लेख्न आउन्न
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
14
रितेश्जी, एस्तो सुद्ध, सरल र सटिक लेख लाई पनि दुइ क्लास बराबर को पनि छैन भनि खुलाआम गिराउन खोज्नु हामी नेपाली को असल बानि हो यो. लेखमा कतै कमि कमजोरी देखिएता पनि अनुहार मै प्याच्चा थुकी दिनु त भएन नि ढकालजी ले गाँठे .
मन परे हरियो, नपरे रातो
10
0
tyo bhanda dherai ta aafu le pani padeko huna paryo ni, padekai 2 class ko nepali samma hola ani???????
मन परे हरियो, नपरे रातो
6
1
ज पायो तेइ कथा छ यार
मन परे हरियो, नपरे रातो
5
1
जे पायो त्येही छैन साथी. अमेरिका एकपटक गई लेखलाई दोहोर्याएर पडनु होला .
मन परे हरियो, नपरे रातो
3
1
म १२ वर्ष भो अमेरिका बसेको….लेखक कहिले अमेरिका पुगेका रहेनछन …वा यहाँ बसे पनि अमेरिकन संस्कृति संग परिचित रहेनछन ..वहा को अमेरिका बारे सोचाई हावा ताल लग्यो….आर्को कुरा..अमेरिकामा सबै थोकका मान्छे हुन्छन…३०% अमेरिकनले बिहा पुर्व सम्बन्ध राखेका हुन्नन्..सुन्दा अचम्म लाग्ला..बरु हाम्रा नेपाली दाजु भाई यो कुरामा धेरै अगाडी छन्. ..ठमेल मसाज देखि केबिन सम्म नपुगेको को नेपाली युवा होला..गाउ-घरका केटाहरुमा “भालु” हान्ने भन्ने चलन छ. हो नेपाली समाजमा केटिहरु बरु यो मामलामा पछाडी छन्..(तर त्यो रहर भन्दा सामाजिक परिवेशले हो)..अमेरिका पनि एक सभ्य समाज हो..यौनको मामला मा स्वछन्द छ तर छाडा नै होइन..यहाँको सामाजिक परिभासा फरक छ..त्यहिँ मात्र फरक हो ..
मन परे हरियो, नपरे रातो
2
2
यो कथा सत्य हो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
14