तपाईँले माथिको शीर्षक गलत पढ्नु भयो कि के हो ? यो रामेश रायनको त्यो चर्चित गीत ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ हैन। त्यो गीत गाउने जमाना गइसक्यो अब। कति चोटी उठ्ने सात सालमा उठेकै हो, ३६ सालमा उठेकै हो, ४६ सालमा उठेकै हो, ६२/६३ मा उठेकै हो।
त्यसैले दिक्क भएर होला, त्यो गीतलाई प्यारोडी बनाइ गाइदिएका छन् अहिलेको गाइजात्रामा यसरी-
गाउँ गाउँबाट लुट
बस्ती बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतिको मुहार सिंगार्नलाई लुट
त्यति मात्र हो र, कति घोचपेच छ सुन्नुस् त-
बन्दूक समाउन जान्नेहरु
क्रान्ति भनेर लुट
भाषण फलाक्न जान्नेहरु
शान्ति जपेर लुट
तिलक चन्दन घसी लुट
संसदैमा पसी लुट
यो देशको मुहार बिगार्नलाई लुट
प्यारोडी सुन्नका लागि तल क्लिक गर्नुस्-
No related posts.









पुष्प जीहरूले यति दिमाग तताइरहनुनै पर्दैन नि, १५००० जनताको ज्यान कसरी गयो, नेपाली सेनाको उदण्डता हो कि माओबादी सेनाको जनभक्ती या सर्बसाधारण जनताको कन्चटमा बन्दुक तेर्सायर जबजस्ती युद्दको ढाल बनायर हो, इतिहास साछी छदै छ नि, एक दिन नेपालमा शान्ति त अबस्य आउने छ, तेस पछी जनता ले मुख फोरेर भन्ने नै छ नि कसले गर्दा निहत्था १५००० नेपाली जनता को ज्यान गयो?
मन परे हरियो, नपरे रातो
5
3
लुटीसके खायीसके , बाँकी केही छैन
त्रिसुल र कमन्डलु बाँकी तेही रहेन ।
आर्थिक रुपमा हामी भयौ हिन्दुस्तान् का दासी ,
मदेश , मदेश भन्दै हिद्छन , ऊप निबेसका प्यासी ।
टिको लाउन , टालो दिन बाँकी रयो अब ।
कुर्सी चड्न , फड्के बन्योउ , बिस्तार्बादी बखान् ,
पन्डित् भये उनै नेता , उतैका रहेछन ज्व्वोइ नारान् ।
मन परे हरियो, नपरे रातो
4
0
जब मान्छे तर्क देखि दरौछा नि उसले अनेक कुतर्क निकाल्न थाल्छा
मन परे हरियो, नपरे रातो
0
1
साथीहरु हो नेपालको प्रिस्ताभुमी हेर्नेहो भने जब देशमा बहुदलीय प्रजातन्त्र आयो तब धेखी देशका सार्बजनिक सम्पत्तिको संस्थान हरु हो जरो उखेल्ने गरि पार्टी हरुका कार्यकर्ताको भर्ति केन्द्र बनायर राम्रो आर्जन र मर्यादित भनियक कम्पनी, बैंक, संस्थान्हसरु बाँध गरयारा छोडे देश मा रोजगारी र बिकाशका कुरा सदाका गाली बेवास्ता गर्दै देशलाई उद्धकाल मा धकेलियो , आज फेरी शान्तिको सास फेर्न नपाउदै नेपाली सेना नेपाली पोलिस जस्ता देश मर्यदिद ठाउमा पनि राजनैतिक दलका कार्यकर्ता भरिका लागि औहवन गरियको छ , जब कि हाम्रो जस्तो देश मा १०००० भन्दा माथिका सेना र २५००० भन्दा माथि पोलिस नचाहिने देसमा हालै अझै ३५०० सेना मा र ३००० पोलिस मा भारती खोलेका छन्. हामी जस्ता गरिब देशका गरिब जनता लाई कति आर्थिक भर पर्दै छ भन्ने कुरा कसैले अनुमान र बहस गरेको पैदैना, नेपाल मा बिकाश को कुरा त परैजोस , घोसना भैसकेको पर्यटन वर्ष २०११ को लागि गर्नुपर्ने कम लाई लथालिङ्ग छाडेर देश लाई अझौ द्वान्ध मा धकालना उत्तथ छन् हाम्रा कथित नेता हरु. तपाई आफै अनुमान लागौनुस यति धरै कार्यकर्ता हरु लाई भर्ना गर्दा के नेपाली सेनाले पनि जनकपुर चुरोट कारखाना जस्तै बन्दै गर्ने हो कि ? या यिः=नि हरु को संख्या घतायारा यिनी हरु को जगेडा बाट देशमा बिकाश निर्माण को कम गर्ने हो ? कि अझै हामी नेपाली ले गरिबी माथि महंगी को भरि बोक्नु पर्नेहो ? यदि यस्ता गतिबिधि भैराखचन भने अब अचित निर्णय लियर देश भरि नया सक्ति को उदय गर्नुको विकल्प खोज्नु पर्छा.
यो facebook अभियानमा आफ्नो उचित सल्लाह राख्न हुन सबैमा अनुरोध गरिछा ,,,,,,,,,,,,,,,,,, जय नेपाल जय नेपाली
http://www.facebook.com/pages/Roopess/116708298342376?ref=ts&v=wall#!/photo.php?pid=14609765&fbid=10150276835680121&id=871870120
मन परे हरियो, नपरे रातो
5
4
पवन…..
तीमी ले भनेको ठीक हो, लुट्न लाई बाकी नै के छ र अब!
तर सर्व साधारण जनता को दीन को चैन, आँखा को नीदरा, पेट को भोक-तीर्खा, नश-नश को रगत को थोपा इत्यादी हरु पानी लुट्न बाकी छ!
तेती ले पनी नपुगे ती गरीब मानीश हरु लाई अपहरण गर्दै तीनका मुटु, कलेजो, म्रीगौला, आँखा जे जती मील्छ लुट्न मीली हल्छा नी!
मन परे हरियो, नपरे रातो
5
1
गाइजात्रै भएपनी आजको दिनमा यो यथार्थ हो ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
3
गाइ जात्रे नै त पर्यो तै पनि यथार्थ संग मिल्दो जुल्दो छ
मन परे हरियो, नपरे रातो
13
2
लुट्ने क्रम मा राणा हरु पछी पन्चे हरुले त्यस पछी एमाले – कांग्रेस हरुले र अहिले गणतत्र बादी हरुले यो लूट को क्रम कत्ति सम्म चल्ने हो ?????
मन परे हरियो, नपरे रातो
11
2
भर्खरै प्रकाशित तथ्यांक अनुसार नेपालमा १ लाख हुने खाने, ६० लाख मध्यम बर्गीय र २ करोड २५ लाख निम्न बर्गका जनता छन् / सब भन्दा बढी हुनेखाने भनको राजनीतिको आडमा भ्रस्टाचार गर्ने नेता-कार्यकर्ताहरु, भ्रस्ट हाकिम कर्मचारीहरु, दलाल, तस्करी, कालोबजारी हुन् / बाँकि करोडौं हामी जस्ता जनताहरु यिनीहरुले राम्रो गर्ला भनेर आशा गर्नु बेकार छ / आफ्नो खुट्टामा उभिने प्रयास गरौँ /
मन परे हरियो, नपरे रातो
9
0
यो प्यारोडीले राजतन्त्रदेखि गणतन्त्रसम्मका सबै लुटेराहरुलाई इंगित गरेको छ्।
मन परे हरियो, नपरे रातो
12
4
म यो सब लूट र धूत्नु म नेताको भन्दा जनता को बडी दोष देख्छु/ २०४८ को संसद ले केइ गर्न सकेन फेरी पनि त्यई मान्छे लाई संसद म जिताउन पछि परेनन् जनता/
अख्तियार ले पुर्जी काटेका नेताहरुलाई जनता ले नै जिताएका हुन्/
गिरिजा प्रसाद कोइराला लाई सर्बोचा अदालत् ले बयान दिन को लागि बोलाउदा कांग्रेसी हरु ढुंगा मुडा गर्न पुगे अदालत मा/ यस्तो धेरै भयो नेपाल मा /यो त उदाहरण मात्रै हो /
संबिधान लेख्ने जस्तो अति संबेदनसिल बिसयमा पनि जनता ले लापरबाही गरे /कम्ति मा विचार गरेर आफ्नो प्रतिनिधि जिताउनु पर्छनि / जनता ले आफ्नो प्रतिनिधि को खुबी र ज्ञान लाई हेर्नु पर्छनि /
जस्तो प्रतिनिधि पठाएको उस्तै फल पाइन्छ/
प्रह्लाद मिश्र,
सताशीधाम ८ माईधार ,झापा
हाल सिंगापुर
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
तर प्रल्हाद मित्र, जनतालाई option पो के छ र| चोरै चोरको बिचमा कम चोर छान्ने न हो| तपाइले भन्नुभएको कुनै पनि चुनाबमा जनताले राम बहादुर को साटो हर्क बहादुरलाई जिताएको भए पनि केहि फरक पर्ने वाला थिएन| दोषी सबै हुन्, नेता र जनता, बराबर….
मन परे हरियो, नपरे रातो
7
3
फाटेको दुधमा साजी दुध मिसाएर दुध कहिले साजी हुदैन सबै फाट्छ| हाम्रो सिस्टम नै खराब छ| सिस्टम लै नै परिबर्तन नगरी केहि हुनेवाला छैन|
मन परे हरियो, नपरे रातो
6
2
कस्तो गजब छ बा ………..जे गरेपनि हुने } मानिसमा नैतिकता को कुनै मुल्यनै रहेन ; जसलाई पुरा भर गरेर देस सुम्पेको थियो ;उनि हरुनै लुटेरा परेपछि कसको भर पर्ने ?
र लुटेको थान फुपुको सरादे जस्तो भयो [क सो हामी कता पति लाग्ने ?
मन परे हरियो, नपरे रातो
2
0
रास्ट्र बादी हुँदैमा कुहि सम्मानित हुँदैनन्; पराजित रास्ट्र बादीहरू अरास्त्रिये तत्वोमा गनिन्छन/ राणाहरु कुर्सीमा बसुन्जेल गंगालालहरु देश द्रोही भनिएको थियो/कुर्सीमा मुहार फेरिए पछी ईतिहास बदलिंछन्/ राजाको पालि राजालाई बिस्नुको अवतार भनिएको थियो, लेखिएको थियो/ राजा हटे कुरा बदलिए/ समाएको अन्तरालमा सबैको पोल खुल्छ/ यसै कारण सबै तानासाह हरु कुर्सि छोड्ने चाहंदैनन/ कुर्सि छोड्नु परे मर्न र मारन समेत तयार हुन्छन/ जनयुद्ध ताका मरेका मारिएकाको बास्तविकता पनि यस्तै हो/
पछी मानिएको मावोबादीको मागहरु पहिलानै मानिएको भए के कोहि लुटिने थियो मारिने थियो? नेपाली जनताले आज लोकतन्त्र चाहेको थियो भनि प्रमाणित नै भएको छ भने उति बेला नै मावोबादीको लोकतन्त्रको मागलाई कसले किन आतंक बाद भनिए? जनयुद्ध ताका जति पनि लुटिए मारिए तेस्को कारण यिनै प्रश्नहरुको उतर भित्र लुकेको लुकयियेकोछ/ समयेले यसको जवाफ दिनेछ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
निलु जी को कमेन्ट झन् राम्रो लाग्यो.बास्तवमा नेपाल मा अहिले तेस्तै भैरहेको छ
मन परे हरियो, नपरे रातो
0
0
लेखक ज्यु (गीतकार) त पुरानो प्यारोडीको मान्छे हो / नत्र भने उनले यो गीतमा पो प्यारोडी गर्न सक्नु पर्थ्यो -
ए दाइ के छ त्यो तिम्रो रातो झोलामा !
राजा र रानीको फोटो छ यो मेरो रातो झोलामा !!
उनले आफ्नो यो आस्था बोकेको झोला को गित किन लेखेनन् ? ब्यङ्ग भन्ने कुरो अरुलाई गर्दा मात्र मजा आउछ / यसको चरित्र नै यस्तै हो / गण तन्त्र बिरोधि हरुले यस्तै ब्यङ्ग मन पराउछन / यो कुनै नया कुरो होइन / हिजो हामीलाई पनि राजाको बिरुद्द व्यंग्य गर्दा मजा आउथ्यो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
अनुरोध – मेरो संसार मा समाचार, विचार पठाउने तरिका कसैले बताईदिनुभए आभारी हुनेथिएँ धन्यवाद !
मन परे हरियो, नपरे रातो
3
1
blog@mysansar.com मा पठाउने होइन र ?
मन परे हरियो, नपरे रातो
0
0
bideshma basera dherai churifuri bhayo hai sathi hoi. grna sake desh ma aayera nai gara na. bikash. tinai nata harulai yojana dinu par6. party khola darta garau kam gara. k hunna ra. lu ta comments lekhera matra hunchha ra?
मन परे हरियो, नपरे रातो
3
1
तेसोत, प्यारोडी गर्ने वाला हरुले पनि नेता, सभासद्, क्रान्तिकर्ता,आन्दोलन कर्ता आदि द्वारा आफ्नै ब्यापार चम्कायाका त हुन्!
देशको लागि भलै प्यारोडी गरेका हुन् र!
यो दुनिया सबै आफाफ्नै दुनो सोझ्याउनामानै उध्धत्त छन् तेसैले यसरीनै चलिरहेछ! यहा एउटा मात्र सुध्रिने हो भने लाग्छ सायद क्रम भंग भै सबै ध्वोस्ता हुनेछ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
11
कसैले कसैको विश्वास नगर्ने भयौं हामि नेपाली|
मन परे हरियो, नपरे रातो
2
1
प्यारोडिको शब्द चाहिं राम्रो लाग्यो | तर त्यहि शब्दहरुलाई आवाजमा सुन्दा चाहिं प्यारोडिको नै ईज्जत गएको लाग्यो | त्यति सटिक शब्दहरु भएपछी स्वर पनि मिलाउनु पर्ने हो नि | अनि पो राम्रो हुन्थ्यो | यो त प्यारोडिको बेईज्जत गरेको भन्ने पो लाग्यो मलाई |
मन परे हरियो, नपरे रातो
6
2
अब बीदेस बीदेस बाट उठ इचोर नेता लाइ गोलि हान्न उठ
मन परे हरियो, नपरे रातो
7
1
लैनचौरमा बसेर लुट्नेहरूका बारेमा पनि केही लेख्ने हो कि ! होइन भने यो गीत पनि लैनचौरकै उपज मानिनेछ । हाम्रा नेताहरूको हात कसरी र कसले बाँधिरहेको छ भन्ने कुरा थाहा हुँदा-हुँदै उनीहरूलाई मात्र दोष लगाउनुको खासै अर्थ रहन्न ।
वास्तवमा भन्ने हो भने नेताहरूप्रतिको व्यंग्य अति नै भयो; कहिल्यै हामीले सोचेका छौ कि यस्ता व्यंग्यले हाम्रा नेताहरूले झन्-झन् लाज पचाइरहेका छन् ! नराम्रो कामको विरोध हुनैपर्छ, तर राम्रो कामलाई समेत नराम्रोकै पंक्तिमा उभ्याएर गरिने यस्ता व्यंग्यले राम्रो प्रतिफल दिँदैन । व्यंग्य त्यस्तो हुनुपर्छ, जसले व्यंग्य गरिएको पक्षले आफ्नो गल्ती सुधार गर्ने मौका पाओस् । तर खै ! यस्ता व्यंग्यले को सुध्रिएलान् र ! लैनचौर र नागार्जुनवासीहरू मात्र मक्ख पर्दा हुन् !
हैन, हाम्रा कुनै पनि कलाकारहरूमा भारतीय ज्यादतीका विरुद्धमा बोल्ने साहस छैन ? आजका मितिसम्म कुनै पनि कलाकारहरूले भारतीय थिचोमिचो र ज्यादतीका विरुद्ध बोल्ने साहस गरेका छैनन् । के भर्खरै भारतीय दूतावासले मिडियाहरूलाई लगाएको विज्ञापन नपाएको झोंकको आरोप पनि हाम्रा कलाकारहरूमा लागू हुन्छ ? के उनीहरू पनि आफ्ना कार्यक्रमहरू भारतीय कम्पनीहरूले प्रायोजन नगर्लान् भन्ने डरले पिरोलिँदा हुन् ? यसो बुझ्दा त हो जस्तो लाग्छ र यो साँच्चिकै दुर्भाग्यपूर्ण पनि छ । एकाध नेताहरू छन्, जो राष्ट्रघातकै राजनीति गरिरहेका छन् र देश चुस्नेहरूसँग हातेमालो गरिरहेका छन् । आर्थिक फाइदाका लागि यस्ता देश चुस्नेहरूका विरुद्ध चुइँक्क नबोल्ने कलाकार भनाउँदाहरूले नेताहरूलाई व्यंग्य गर्नु अघि आफूमाथि नै गर्ने हो कि ? होइन भने देश विषम परिस्थितिमा पुगाउनेहरूका विरुद्ध चुइँक्क नबोल्ने तर हाम्रा नेताहरूलाई मात्र गाली गर्नेहरू कलाकार हुन सक्दैनन् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
51
99
के हो…पुष्प जी को मन सारै दुख्यो कि क्या हो? बन्दुक समाउनेमा परेर होला!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
36
पुष्प जी ले के कुरा पनि बुझ्नु पर्यो भने त्यो लैनचौर लै लैनचौरको दर्जा दिएर सरन पर्नु जाने सबै ति नेता हरु नै हुन्/ सर्बप्रथम ति सबै नेताहरु भ्रस्ट अनि प्रभु को गुहार माग्ने छन्/ तेसैले नै लैनचौर हरुको रणभूमि बन्दै छ हाम्रो नेपाल आज/ के तपाइलाई लाग्दैन प्रचण्ड जस्तो अहम्बदी लाई लखेट्नु पर्छ भनेर? येदी तपाई सच्चा नेपाली हुनुहुन्छ भने छोड दिनुस नेता हरुको गुण गण गाउनुलाई, जसले १३ हजार मान्छे मारेर पनि आज देशलाई यो अबस्ता मा बन्दक बनाएर सहिद को रगत को अपमान गर्दै छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
27
सरुजी, देवेन्द्रजी अनि अन्य ‘पुष्प’विचारविरोधी साथीहरू,
सर्वप्रथम बन्दुक समाउँदैमा वा नसमाउँदैमा केही फरक पर्दैन; मुल कुरो त शिकार गर्नु वा नगर्नुसँग अर्थ राख्छ । अर्थात्, बन्दुक समाउनेलेमात्र गोली ठोक्छन् र शिकार गर्छन् भन्ने छैन; बन्दुक नबोक्नेहरूले समेत लाखौं मारेका र मारिरहेका छन् । कसरी भनेर तपाईंजस्तो विद्वानहरूलाई भनिरहनुपर्दैन होला । अनि कसले किन र कुन कारणले बन्दुक बोक्यो र ठोक्यो भन्ने हेक्का पनि यहाँहरूलाई राम्ररी नै होला ।
मन परे हरियो, नपरे रातो
8
6
म पुस्प बिरोधि होइन. तर पुष्प बिचार को आलोचना मात्र हो. सिकार खेल्न मात्र होइन…निसाना हान्न त कत्ति खप्पिस हुनुनुन्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो…कुरा गारो कुराकै दुख.
मन परे हरियो, नपरे रातो
2
7
सरु जी,
सार्है मिठो फर्कैदिनु भयो हाम्रो पुष्प जी लाई/ धन्यवाद/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
24
सरुजी
जनयुद्ध ताका जन धनको नोक्सानी भयो/ यसको दुख सबैलाई छ/ ती घटनाहरुमा कोहि दोषी अबस्य नै छन्/ कार्येकर्ताको उदण्डतालाई नियन्त्रणमा राख्न नसक्नु मावोबादी नेत्रित्वोको कमजोरी अबस्य नै हो/ तर सरकारी सेनाले नै धेरै जनता मारेको छ/ यो कुरा सरकारी प्रतिबेदनमै देखायियेकोछ/ यसको समाधान कसले गर्ने?
यी कुराहरु बाहेक, अर्को अनुतरित प्रश्न पनि छन्/ पछी मानिएको मावोबादीको मागहरु पहिलानै मानिएको भए के कोहि लुटिने थियो मारिने थियो? पक्कै थिएनन्/ त् बढी दोषी कुन हो को हो?
सरुजी, बुद्ध जन्मेको देसमा कसैले बन्दुक उठाउन नपरुन/ नेपालीले मात्रै होयिन गौतम बुद्धलाई शान्ति दुत मान्ने बिस्वोले यो कामना गर्दै छन्/ तर गौतम बुद्ध त् नेपालकै होयिनन भन्ने भारतले सबै कुटनैतिक हद पार गरेर हाम्रो सिंहदरवारलाई तिनका गधा खच्चर बस्ने तबेला बनाएको छ/ अब बन्दुक उठाउने कि भारतीएको गम्छा ओढेरै भारतको खच्चर स्याहर्दै बस्ने?
कलमको आवाज भारतले तेर्दै तेर्दियन/ सिंह दरवारको गधा र खच्चरहरु बोल्नै सक्दैनन्/ कुर्सि घाँस चपाएर बसेको छ/ जनता सिमा मिच्न आएको भारतीय जवानहरु सिट लठ्ठी लिएर प्रतिकार गर्न सक्दैनन्/ हाम्रो सेना नेताहरुको आठ प्रहरियाहरु जस्तै मात्र छन्, खालि सलाम गर्न जान्ने/ त् देस बचाउने जिम्मेवारी हामि नेपालीकै भयो/ कसरि देस बचाउने ल तपाईं नै भन्नुस/
मर्नु र जिउनु एकै चोटी हो/ नेपाली भएको परिचय मितायेर सिंहदरवारमा अहिले घास खाँदै गरेको गधाहरु र खच्चरहरु जस्तै कोहि स्वाभिमानी नेपालीहरु बाच्न सकिंदैन/ त् मर्नु बाहेक अर्को बिकल्प छैन भने मरे पछी सहिद बन्ने गरि किन नमर्ने?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
20
मदन दाज्जु,
सेनाले धेरै मार्यो त्यो सत्य हो….यहाँ सबाल कसले कति मार्यो? भन्ने पक्कै होइन, आफ्नै दाजुभाई मार्ने शृंखलाको सुरुवात गर्ने नालायक को हो ? भन्ने हो !
पुलिश चौकी पहिला जलाउन जाने को हो ? ब्यारेकमा सुतेको सेनालाई राति राति आक्रमण गर्दै भाग्ने को हो ?
तेसो त रामायणमा सुग्रिबका बाँदरहरु भन्दा बढी रावणकै साना मरेका थिए होइन र ?
मदन दाज्जु, कहिँ नभएको जात्रा हाड़ीगाउमा…..
संसारका सफल क्रान्ति आन्दोलोंनबाट उठेर क्रान्तिको रुप लिएका छन्….दिन र मिति तोकेर कहिँ कतै कुनै क्रान्ति भएको छ र ?
तिथि मिति तोकेर सुरुभएको माओबादीको क्रान्ति….उल्टो बाटो हिडेर अन्दोलोंनमा परिवर्तन भयो….! त्यो भन्दा क्रान्तिको घटुवा अरु केहि हुन सक्छ ?
माओबादीको त्यो क्रान्तिलाइ घटुवा गराउने दिल्ली दर्बार नै थियो तर त्यो यहार्थ बुझ्न माओबादी नेतृत्वलाई ५ बर्ष लाग्यो….! होइन र ? के एस्तो नेतृत्वबाट देशले निकास पाउला त ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
16
हर्के जी
न तपाईं घटना स्थल मा पुगेको छ न मा नै/एक दुई घटना बाहेक अरु को बारेमा हामीले जानेको सबै सुनेकै भरमा हो/ कुर्सीमा बस्ने ले ईतिहास लेख्छ कस्तो लेख्छ भनि हर्केजी जस्तो बुद्धिमान् साथीलाई मैले भनि रहनु पर्दैन/ राणाहरुले लेख्न लगाएको ईतिहासमा गंगालाल हरुलाई देस द्रोही भनिएको थियो/ महेन्द्रले लेख्न लगाएको ईतिहासमा कांग्रेसलाई रास्ट्र द्रोही राज द्रोही अपहरण कर्ता भनि व्याख्या गरिएको थियो/
२०४६ साल अघिको कुनै पनि जाँचमा यहि कुरा हो हो भनि लेखेर जांचहरु पास गरेको थियो आजको कांग्रेसकै नेताहरु पनि/ कुर्सीमा बस्नेले र दलमा लागेको पत्रकारले लेखेको भरमा सत्य ईतिहास बन्दैन/ समयले सबै को पोल खोल्छ/ चुरोट त् लुकाउन सकिन्छ तर छाती भित्रको धुँवा लुकाउन सकिंदैन/ निस्किहाल्छ/ हर्के जी ल अहिले तपाईं कै कलम बात निस्कियो नि “सेनाले नै धेरै मारेको थियो” कुरा यस्तै हो/
मावोबादिले बन्दुक तेर्साउनु अघि मागहरु राखेको थियो/ ती मागहरु तिनै मागहरु हुन् जुन अस्ति गिरिजाले मानेको थियो/ अस्ति गिरिजाले मानेको मागहरु पहिला गिरिजाले अस्विकार गर्दै मावोबादिलाई आतंककारी भनि सेना परिचालन गरेको थियो/ तवं दुखत घटनाहरु भए/ त् बढी दोष गिरिजाको दोगले नीतिमै जान्छ हर्के जी/ मावोबादी सिट सम्झौता गर्नु केहि दिन अघि सम्म पनि गिरिजात ग्यानेबादी नै थिए तर प्रथम रास्ट्रपति दिने सपना देखायिये पछी गिरिजा माछा पल्टिए जस्तै पल्टिए/
गिरिजाको कुत्सित सपना पुरा गर्न गराउने चक्कर कांग्रेसले गणेशमान जस्तो नेता गुमाए हज्जारौ नागरिकहरु मारिए/ कुरा यहि हो/ म मावोबादी लाई पूर्ण त् राम्रो मान्दिन/ उसबाट गल्तिहरु भएको थिए र छन् पनि तर लोकतन्त्र र जनाधिकार अनि भारतीय हैकम वादको गलत छैन/ हर्के जी कांग्रेस एमालेको ताल देखिनै हाल्यो दांगमा सिमा मिचेको मा एम आर पी काण्डमा/ त् के गर्ने हर्के जी? अझै कांग्रेस एमालेको समर्थन गर्ने?
अब मिति तोकेर आन्दोलन बा क्रान्ति गरेको बारेमा/ सायद यो कुरा अहिले याहाँ व्यक्त गर्नु ठिक नहोला/ तर तपाईंले उठाई हाल्नु भयो के गर्ने भन्ने पर्यो/ २०४६ सालको आन्दोलन पनि दिल्लीमै तिथि मिति तोकेर प्रायोजित गरिएको थियो/
दिल्लीले ७ दिन भित्र मरिचमान गिराउन सकिने रिपोर्टिंग गरिएको थियो/ तर अलि बढी लाग्यो/ २०४६ सालको आन्दोलन भारतकै योजना पुताबिक सुरु भएता पनि गणेशमानजीले नेपालको बामपन्थी समेतलाई मिलाएर, भारतको चन्द्र शेखरलाई चाक्सिबारिको आम सभामा सार्वजनिक रुपमै यो आन्दोलन हामीले भारतले भने मुताबिक होयिन नेपाली चाहे मुताबिक गर्न लागेको हो भनेर झपारेको थियो/ गणेश मान जीलेनै त्यो भारतले प्रायोजना गरेको २०४६साल को आन्दोलनलाई नेपालीकरण गर्न सफल भएको थियो/ तपाईंलाई याद हुनु पर्छ तेतिबेला तराई मा एक मधेश वादको धुँवा उठ्न सकेको थिएँन/ बामपन्थीहरुले समेत कृष्ण प्रशाद भट्टराईको अन्तरिम काललाई प्रसंसा गरेको थियो/ तव न कांग्रेसले बहुमत पाएको थियो/ तर फेरी पनि स्थिति बिगार्ने को हो हर्के जी? मावोबादिकै बन्दुक बात बा सेनाकै बन्दुक बात कुनै मरे पनि दोसित गिरिजा नै हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
मदन दाज्जु,
सत्य घटना तपाइँ घटना स्थलमा पुगे पनि न-पुगे सत्य नै हुन्छ….! तपैले “बुर्किना फासो” भन्ने देश देख्नुभाको छैन होला….के तेस्को कुरै नगर्ने ?
“असली सुनलाइ कसी लगाउनु पर्दैन…तेस्तै राजनीतक नायकलाई तुलना गर्नु पर्दैन”………आजको नेपाली राजनीतिक नायक मै हु भन्ने माओबादी कम्रेटहरुको नायकत्वको वकालत गर्दा पुराना राजनीतिज्ञहरुको कमजोरी संग तुलना गर्न हजुरलाई कति सुहाउला ?
मन परे हरियो, नपरे रातो
10
3
हर्के जी
न मैले मावोबादीको ओकालत गरेको छुन न कुनै अर्को पार्टीको? ओकालत गर्न सकिने कुनै बुन्दाहरुनै छैन/ मावोबादीको लोकतन्त्रको माग र भारतको हैकमबादको बिरोधको समर्थन मात्रै गर्दै आएको छ/ त्यो त् तपाईं पनि गर्दै हुनु हुन्छ, सबैले गर्दै आएको छ/ लोकतन्त्रको माग पहिला मावोबादीको भए पनि अब यो आम नेपालीको माग भई सक्यो/ भारतको हैकम वादको बिरोध मावोबादिले पनि गर्दै छन् आम नेपालीले पनि गरिने रहेको छ/ यसकारण भारतको बिरोध गर्ने सबै मावोबादी हुँदैनन्/ अब आम नेपालीको माग अनुशार मावोबादिले पनि आफ्नो माग तेस्तै बनाउनु उनीहरुको नीतिनै हो बा राजनीति यो कुरा समयेले मात्रै प्रमाणित गर्छ/ तर बिडम्बना के भने कुर्सीमा पुगेको बसेको अरु दलहरुले कुर्सीमा उनीहरु टिकिरहनु लाई नै लोकतन्त्रको नाम दिए/ भारतले नेपलनिल्दै गरे पनि उनीहरुलाई अँगालेकोमा खुसि भए/ हाल एमाले र कांग्रेसले यस्तै गर्दै आएको छ/ एमाले र कांग्रेसको गलत नीतिको बिरोध गर्दैमा सबै मावोबादी हुँदैनन्/ तपाईंलाई यी कुराहरु थाह छ/ कांग्रेस एमालेको ऐतिहासिक गल्तीले नेपाल आज कुरूप हुँदैछ/
मावोबादिले व्यक्ति माथि अपराध गरेको छ यसलाई तह लगाउन कानुन ससक्त बनाए पुग्छ/ तर रास्ट्र लुताउने कांग्रेस एमालेलाई कसरि तह लगाउने? यो कुरा मा आज हामीले सोच्नु परेकोछ/
मन परे हरियो, नपरे रातो
6
5
हर्केजी भारतीय हैकमवादका विरोधी हुन् भन्ने भ्रम नरहोस् मदनजी, उहाँ त माओवादी अन्धविरोधीमात्र हुनुहुन्छ ।
मन परे हरियो, नपरे रातो
2
1
माओबादी को जायुद्दा बाट तिल्मिलायेरा तिमि जस्ता कुरर्के हरु कुन दुला मा तिल्मिलाएर बसेका थियेउ हामीलाइ राम्रो संग थाहा छ नि ! अहिले सान्ति प्रक्रिया मा माओबादी नाइँ अगाडी बढेको ले तिम्रो अलि बादी बोल्ने आँट आएको हो नि ! यो जनता लाइ थाहा नभएको कहाँ हो र ?????? जय नेपाल
मन परे हरियो, नपरे रातो
2
1
हर्के जी ! कुन चै क्रान्ति बिना मिति तोकिएर भएको छ र ? बिना मिति तोकिएर गरिएको क्रान्ति लै क्रान्ति भनिदैन एस्लाई ग्रिह युद्द वा युद्द भानिन्छ ! जुन बिना लगाम को घोडा जस्तै हुन्छ ! एस्लाई कसै ले कन्ट्रोल गरेको पनि हुदैन र तेसै साम्म्य पनि हुदैन !नेपाल मा भएका ७ साल, १७ साल ४६ साल ६२,६३ को आन्दोलन हरु मिति तोकियेरै भएका हुन् ! फेरी तपाई जना युद्द हुनु मा माओबादी लै दोस थोपर्दै हुनुहुन्छ ! माओबादी जन्माउने को हो त्यो तपाई लै राम्रो संग थाहा छ ! यिनै टाउकाको मोल तोक्ने गिरिजा मर्का हरु ले नै माओबादी जन्माएका हुन् ! नाताबाद , कृपाबाद, भ्रस्टाचार, भारत संग को अनैतिक सन्धि,, हुदा खादा को बहुमत को सरकार लै तुहाएर देश लै मध्यवोदी मा धकेलेका कारणहरु ले नै माओबादी जन्मिएका हुन् ! अति भए पछी जनताले बन्दुक बोक्न बाध्य भएका हुन् ! नत्र अहिले आउने गणतन्त्र पहिला नै ल्याएको भए न त जान युद्द हुन्थ्यो न त मान्छे मर्थे !लात को भुत बात ले मान्दैनन भने हान्ने पर्ने हुन्छा साथी ! तपाई लै पनि बिना अर्थ मा कसै ले कुटे त सहनु होला तर मर्न नै आइ लग्यो भने के गर्नु हुन्छ भन्नुस त ? अबस्य पनि तपाई पनि प्रतिकार मा उत्रिनु हुन्छ ! बुज्ने लै श्रीखण्ड नाबुज्ने लै खुर्पा को विद भने जस्तै तपाई बुझेर पनि बुज पचाउने लै चै के भन्ने हो? तपाई आफै उत्तर दिनुस ! जय नेपाल
मन परे हरियो, नपरे रातो
5
9
बन्धु अन्दोलोंन (movement) र क्रान्ति (revelution) मा फरक छ
मन परे हरियो, नपरे रातो
10
4
हर्केजी,
तपाईंले भनेजस्तो ‘बन्दुक आन्दोलन’मा मा क्रान्ति नपर्ला तर क्रान्तिमा ‘बन्दुक आन्दोलन’ पर्न सक्छ भन्ने हेक्का रहोस् । हुन त तपाईंजस्तो क्रान्ति भन्नेबित्तिकै बन्दुकमात्र झल्झली देख्नेहरूले क्रान्तिका विषयमा नबोल्दा पनि हुन्छ । तपाईंलाई मैले यो कुरा धेरैचोटि भनिसकेको छु; आज त्यही कुरा घुमाएर प्रस्तुत गर्नुभो; खुशी लाग्यो ।
मन परे हरियो, नपरे रातो
6
4
हर्के जी क्रान्ति को परिभासा तिमि जस्ता बुख्याचा हरु लै थाहा नहुनपनि सक्छा तर जानी राख क्रान्ति सधै बन्दुक को नाल वा १००% जनता को ययूताओ विचार बाट मात्र जन्मिन्छ !!!! जय नेपाल
मन परे हरियो, नपरे रातो
3
3
बन्दुक अन्दोलोंन होइन पुष्प जी…….मैले “बन्धु” भनेर सम्बोधन गरेको हु !
मन परे हरियो, नपरे रातो
3
1
बन्धु लाइ बन्दुक देखिदिने…..!
मन परे हरियो, नपरे रातो
1
0
बन्धु, क्रान्ति भन्नु र आन्दोलन भन्नु इन्ग्लिश मा फरक भए पनि नेपाली मा एथार्थ येही हो ! तिमि आफ्नो मुडे बल थोपर्न कोसिस नगर !
मन परे हरियो, नपरे रातो
2
3
ब्लगमा बिचार पोखिन्छ बन्धु मुढेबल थोपर्न मिल्दैन (वाई स्याल को जस्तो) !
मन परे हरियो, नपरे रातो
4
2
बन्धु थाहा छ हामी लाइ तिम्रो उदेश्य के हो भन्ने पनि ! अर्थ को अनर्थ लाउनु पर्दैन !!!
मन परे हरियो, नपरे रातो
2
4
फेरी,
मैले त अपराधीलाई अपराधको सजाय भए अपराधको पुनरावृत्ति हुदैन भनेको हो !
तेसो त, अपराधको सजाय अपराधीलाई मात्रै हुन्छ ….अपराधीको बाउ-आमालाइ हुन्छा र ?
मन परे हरियो, नपरे रातो
12
2
बन्धु परिभासा फरक हो अलि गाडा रुप मा गयो भने क्रान्ति हल्का भयो भनेजना अन्दोलान येही त हो नि तिम्रो कुतर्क ? हर्के तिम्रो प्रतिउत्तर खाली बिरोध को लागि बिरोध गर्न मा मात्रै हो, ! तिमोरो अन्तरात्मा ले भनेको होला कि माओ बादी नै नेपाल को सच्चा क्रान्ति करी हुन् भनेर ! बन्धु नेपाल को लागि र्यो आबस्था मा क्रान्ति होइन आन्दोलन नाइँ भानिन्र्यो ! इतिहास मै ले पन्नी पढेको छु साथी !!!!!!!!!! जय नेपाल
मन परे हरियो, नपरे रातो
4
3
माओबादी पावोरको चस्मा लगायो भने तेस्तै देखिनु स्वाभाविकै हो बन्धु,
सादा नेपाली चस्मा लगाउदा….नेपालमा क्रान्ति भएकै छैन भन्ने देखिन्छ !
मन परे हरियो, नपरे रातो
4
5
मदन जी जतिनै आदर्स ब्यक्त गरेता पनि आखिरमा “चुच्चे ढुंगो उही टुङ्गो” . तपाईहरु पार्टी को वोकालत गर्नेहरु हुनुभएकाले पार्टी बादी हुनुहुन्छ . आफ्नो पार्टी को बचाउ त गर्नुनै पर्यो. म भनेको न माओबादी हु, न भारत् बादी…म नेपाल बादी हु. चाहे तपाइको परिभासाले जे सु कै भनोस! एउटा प्रस्न…के तपाइँ हरुले क्रान्ति गरेर बुद्ध लाइ नेपाल मा जन्माउनु भएको हो? र फेरी आन्दोलन गरेर भारत बाट नेपाल ल्याउनु हुन्छा? के भारतले भारतमा नै जन्मेको हो भन्दा, बुद्ध जी उतैको हुनुहुन्छा? एउटा कुरा चेतना भया, “तरबारले जितेको राज्य तरबारलेनै नासिने छ.” यो संसारकै इतिहासले पनि देखाएकै कुरा हो. हत्या र आतंक र लुट भन्दा, बरु प्रेम, सद्भाव, एकता को कुरा गर्नोस न! के कलाकार हरुले अभिव्यक्ति गर्दाखेरी, पुस्पा जी, मदन जी हरुलाई सेन्सर गरेर मात्र गर्नु पर्ने हो कि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
8
सरुजी
परिचय आफ्नो हिसाबले गर्नु भयो आफ्नै हिसाबले दिनु भयो/ प्रतिबादको कुनै अर्थ छैन/ तर तलबार ले जितेको राज्य तलबार ले नै नासिने भनेर मधेसी भाखा बोल्नु भयो/ यस्तै बाकी जय कृष्ण गोइतले नेपालको बारेमा भनेको थियो/ कांग्रेसी र एक मधेश बादीको बिरोधि भए पछी सेन्सर जिउ ज्यानकै हुन्छ; यो कुरा राम्रै थाह छ/ सम्झायिरहनु पर्दैन सरु जी/
मन परे हरियो, नपरे रातो
3
6
पुष्प जी,
हाम्रा कलाकारहरुलाइ कागको पछी दौडन भन्दा पहिला आफ्नो कान छाम्नु नै राम्रो लागेर….हजुरले भने जस्तो नगरेका होलान !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
18
Mr पुष्प, कति सम्म माओबादी को हनुमान भई रहने हो…common man..just be a नेपाली… at least one day …..I feel sad to see people like you who are behind Maoists(Neo political mafia)and trying their heart out to justify Maoists.You seems intelligent..what’s wrong with you ..man??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
21
तेज जी
“neo poltical maafiya’ भित्र कुन पार्टी पर्दैन कृपया भन्नुस न ल / माफिया भनेको तस्करलाई पनि बुझाउँछ/ विदेशको निर्देशन असंबैधानिक तरिकाले देसमा कुन कुन पार्टीले तस्करी गर्दैछ? यो कुरा अलि स्पस्ट पार्नु हुन् अनुरोध छ/
मन परे हरियो, नपरे रातो
7
6
मदन जी, विदेशीको इसारामा गरेको तस्करीको बारेमा त थाहा भएन तर सवभन्दा ठूलो पार्टीको नेतृत्वबाट गरिएको यार्चागुम्बा र चरेश तस्करीको बारेमा चाहिँ राम्रैसँग बुझिएको छ ।
मन परे हरियो, नपरे रातो
10
5
बिबेक्जी
सहि भन्नु भयो/ किन नाम कित्नु भएन मावोबदिनै भनेर? तपाईं लाई थाही हुनु पर्छ यार्सा गुम्बा नेपाल बात वोसार्दै हाल सालै भारतले यास्र्सागुम्बा भारतको हिमाली छ्यात्र्मै मात्र पाउने भनेर तेस्बात उनीहरुको सरकारी ल्याबमा रोग प्रतिरोध गर्ने र यौन शक्ति बढाउने औषधि बनाएको छ र तेस्को पेटेन्ट अधिकार अफ्नैमा राखेकोछ/ बिस्तृत कुरा हिन्दुस्तान टाईम्सले प्रकाशित गरेकोछ/ सो समाचारमा यार्सा गुम्बा एक किलोको अंतर्रास्त्रिये बजारमा १८ लाख पर्ने भनिएकोछ/ यसबारेमा मैले पहिलानै बिस्तृत विवरण माई संसारमा लेखिसकेको छुन/ यास्र्सागुम्बाको अबैध ब्याबार गर्नु मावोबादी लगायत पार्टीको काम गलत छन् भने सरकारले नियन्त्रण गर्न नसकेको भन्दा नचाहेको हो/ यो औषधि नेपालबाट भारतले सरकारी स्तरमै ओसार्दै आएको हो/
मन परे हरियो, नपरे रातो
0
3
सच्याइएको
मदन जी, विदेशीको इसारामा गरिएको अरू तस्करीको बारेमा त थाहा भएन तर सवभन्दा ठूलो पार्टीको नेतृत्वबाट गरिएको इसारामा भएको यार्चागुम्बा र चरेश तस्करीको बारेमा चाहिँ राम्रैसँग बुझिएको छ ।
मन परे हरियो, नपरे रातो
10
5
मदन ब्रो,माओबादी माफिया नै हो ,कुन दुनिया मा हुनुहुन्छ? business वाला संग हप्ता उठाउने कुन पार्टी हो? फोहोर मैला को contract लिन मान्छे को खुट्टा काट्न पछि नपर्ने कुन पार्टी हो? सके हप्काएर नसके छपकाएर आफु माथि पर्ने पार्टी कुन हो ? अरु लाई लुट्ने , भुट्ने , चोरी को गाडी को कारोबार गर्ने हुन् पार्टी हो??? अरु को घर जग्ग्गा झन्डा गाडेर कब्जा गर्ने हुन् पार्टी हो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
तेज जी
मैले कहाँ नकारेको छ कि मावोबादिले हप्कायर भएन भने छप्काएको थियो भनेर? यी कुराहरु प्रचंद्र आफैले नकार्न सकेको छैन गल्ति भयो भन्दै छ/ मैलेत याहाँ सिट यस्तै काम नगर्ने अर्को पार्टीहरु कुन कुन छ भनि जानकारी पो मागेको थिएँ?
मन परे हरियो, नपरे रातो
1
5
मदन दाज्जु,
समय र संख्याको कुरा गरौ न !
६० बर्ष र ४० बर्ष अघि जसले मारेका (कंगेर्स र एमाले)हुन तिनीहरुलाई पनि कारबाही हुनुपर्थ्यो र जिउदै भए अझै हुनुपर्छ !
हिजो सय-पचासको मरण कारक बन्ने र आज १५००० को मरणको कारक बन्नेलाइ न्यायको तराजुमा राखेर ( र माओबादी चस्मा खोलेर) हेर्नुस…..कुन भारि हुन्छ !
मन परे हरियो, नपरे रातो
2
2
हर्के जी
तपाईंले सकार्नु नै भयो कि सरकारी सेनाले बढी मारेको छ भनेर/ मावोबादिले मारेको र सरकारी सेनाले मारेको संख्या प्रतिबेदनमा राम्रै किटेको छ/ बिद्रोहको नाममा र बिद्रोह दवाउने बहानामा निर्दोह जनता मार्नेलाई सजाए कसले दिने? दिए जनताको सरकारले नै हो/ यहि बन्न दिई रहेको छैन यिनीहरुले/
हर्के जी, मावोबादीको समर्थन पूर्ण त् गर्न सकिंदैन तेस्तै कांग्रेस र एमालेको पूर्णत बिरोध गर्न सकिंदैन/ राम्रो नराम्रो नीति दुवै तिर छन्/ राम्रोको समर्थन गरूँ नराम्रोको बिरोध गरूँ/ दलहरुले कुर्सीमा बस्दा र कुर्सीमा नबस्दा गरेको अपराधहरुको गरेको हिसाव किताव दुरुस्त राख्नु/ जनताले चुनेको जनप्रतिनिधिहरुको सरकार बनेमा जे गर्नु पर्छ गर्ने नै हो/
हर्के जी म सरकारी लापरबाहले मर्नुमा र मावोबादीको गोलीले मर्नुमा खासै फरक देख्दिन/ सवाल निर्दोस जनताको बाच्ने हक छिनिएको छ, र यो संख्या मात्र १५ हजारमा सिमित छैन/ अहिले दलहरु बिचको झैँ झगडा र भारतको नियेतले गर्दा रास्ट्र नै खतरामा छ/ पहिला देस बचाउन आवाज उठाउँ/ बाकि कुरा पछी/
यति कुरा याद गरूँ कि जनता कुनै दलको खुंतिमा बाँधिएको पशु होयिन/ अस्तिको कांग्रेसी हिजो एमाले बने पन्चे बने/ आज तिनीहरुमा कोहि मावोबादी बने/ तर जनता त् जनतानै हो/ उनीहरुको अधिकारको कुरा गरे/ येस्मा के आपति जनाउने/ आफ्नो सिधान्त राम्रो गरे त् जनता फर्केर आउन सक्छ नै कसले रोक्न सक्छ?
अहिले मत खस्कंदै गएकोमा आतिनु पर्ने केहि छैन/ तेस्तै अहिले अलिकति मत बढी पायो भनेर मातिनु पर्ने पनि केहि छैन/
मन परे हरियो, नपरे रातो
0
1
हर्केजी,
कारककै कुरा गर्नुहुन्छ भने माओवादी जनयुद्धको कारकमात्र किन हेर्नुहुन्छ ? माओवादी जन्मिनुको कारक पनि मनन गर्ने हो कि ? अनि भ्रष्टाचार र कुशासनले लाखौंको जीवन मरणमा परिणत भएको पनि मनन गर्ने हो कि ?
मन परे हरियो, नपरे रातो
2
1
पुष्प जी:
यहाँ mysansar ले मात्र भारतीय बिस्तारबाद र अमेरिकी बिध्वम्शबाद बिरुद्द नेपाली कलाकारहरुले गरेको उत्कृस्ट कलाकारितालाई लेराउन भ्याएन छ वा ल्याएन छ र त हामीलाई यस्तै लैंचौरे टाइपका कलाकार मात्र छन् कि नेपालमा भन्ने भ्रम परेको हो/ मैले फिल्डमा नै गएर एक/दुइटा गाइजात्र हेर्ने मौका पाएको थिए, तर तेहा त भारतीय शासकको नेपालमाथिको थिचो-मिचोलाइ कलाकारहरुले मज्जासंगा दंकाएका छन्/ चिन्ता नगर्नोस नेपालमा राष्ट्र-प्रेमले भरिएका थुप्रै उदियमान कलाकार रेछन, आशलाग्दो छ/ आशा छ mysansar ले तेस्लाई पनि लेराउने छ, कि कसो Salokya जी?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
9
पुष्पजी
पहिले पहिले जे को पनि बाधक राजतन्त्र हुने गर्थ्यो, आब चाही भारतीय बिस्तारबाद उर्फ लैनचौर/
खाने मुखलाई त जुँगा ले पनि छेक्दो रहेछनी!
मन परे हरियो, नपरे रातो
14
3
जनतालाई गुमराह राख्न माओबादीलाई एउटा घोसित सत्रुको खाचो हुन्छ….! गतिलो सत्रु नपाए उ आफै कम्जोर बन्छ, किनकि आफ्नो नाकामीको कारण देखाउन सक्दैन !
बिगत १४ महिना देखि माओबादी, राजतन्त्र जस्तै एउटा गतिलो सत्रुको खोजीमा छ…..तेसैले करोडौ खर्चेर प्रायोजन गरेको अनिश्चितकालिन नेपाल बन्द पनि गतिलो सत्रुको अभाभमा तुहिएको थियो !
मन परे हरियो, नपरे रातो
6
4
हर्केजी,
पीडित नागरिकहरू आन्दोलनमा उत्रिँदाचाहिँ पैसा खाएर, अनि चिनिएका राष्ट्रघाति र केही कालोबजारीहरूले त्यही आन्दोलनले असर परेका जनतालाई उचाल्दाचाहिँ ‘स्वत:स्फुर्त जनताको प्रतिरोध’ ? यस्तै सोचले हो देश बिग्रेको हर्केजी ।
जहाँसम्म भारत र नेपाली माओवादीको कुरा छ; माओवादीको ४० बूँदे मागपत्र पढ्नुस् प्रष्ट हुन्छ । र मुख्य कुरा भारतको थिचोमिचो अनि ज्यादतीको कुरा कसैले नकार्न सक्दैन । तर अचम्म छ, हर्केजीलाई आजसम्म यो कुराको हेक्का हुन सकेको छैन । हुन त निदाएको मान्छेलाई ब्यूँझाउन सकिन्छ, तर निदाएको बहाना गर्नेलाई सकिन्न भन्नेजस्तै हर्केजी पनि ।
मन परे हरियो, नपरे रातो
3
5
त्यो भन्दा कडा मागपत्र र कारबाही “बिन-लादेनले” अमेरिकालाई दिएको र गरेको छ…तर…अमेरिकाले नै हुर्काएको “बिन-लादेंनको” अतित मेटिन सक्दैन….!
तेस्तै भारतले नै हुर्काएको माओबादीको अतित परिवर्तन हुदैन….किनकि सत्य लाइ झुट बनाउने माओबादी फर्मुलाले दिर्घकालिन असर गर्न सक्दैन !
मन परे हरियो, नपरे रातो
5
4
यो देश अस्थाई सरकारका नेता, स्थाई सरकारका कर्मचारी, उधोगपति, जमिनदारदेखि मन्दिरका पुजारी सम्मले लुटेका छन । अझ धेरै लुट्नेमा निजी बिद्यालय, बैक, अस्पताल र ब्यापारीहरु छन । देश लुट्ने सबैले जनताले लुट्न शुुरु गर्नै पर्दछ । तब यो गीतको बोल सार्थक हुनेछ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
4
बिदुर जी
सहि भन्नु भयो/ तपाईं ले मन्दिरको पुजारीले लुटेको कुरा उठाउनु भएकोमा अस्ति नेपाली पुजारी पशुपतिमा नियुक्त गरिंदा दिनको तीन लाख भेटि राजस्वोमा दाखिला गराएको थियो/ तर राम चन्द्र कुर्लेर पुन नियुक्त गरिएको भारतीय भट्टले दिनको तीन हज्जार पनि नबुझाएको कुरा कसैले सम्झेनन/
अस्ति भर्खरै पनि पसुपतिको मूल ढुकुटीमा आगलागी भएको र तेतिबेलाको भट्टको धेरै संदिघं कुराहरु प्रकाशमा आएको थियो/ छानबिन समिति पनि बनायिएको थियो/ तर बिबरण सार्वजनिक गरिएन/
पसुपतिको भारतीय भट्टहरु भारत फर्किंदा उनीहरुको बक्सा सुटकेश कुनै पनि भन्सारले खोलि जाचँ गर्न नपाउने कुटनैतिक सुबिधा दियिएको छ त् भारतीय भट्ट भन्ने बिशाये नै राजनैतिक भएन र भने?
एक ताका भारतीय भट्टले लिई गएको ५२ बक्सा भारतीय राजदुत अगाडी बसेर त्रिभुवन बिमान स्थल बात बिना जांच पठाउन लगाएको कुरा प्रकाशमा आएको थियो/
पहिला राजाहरुले समेत पसुपतिको ढुकुटी बात सापटी लिने गरेको कुरा ईतिहासमै लेखिएकोछ/ जय प्रकाश मल्ल ले प्रिथि नारायण शाह सिट युद्ध गर्न गर्न पसुपतिको कोष बात सापटी खोजेको थियो/ तेत्रो सम्पतिको विवरण हामि जनताले समेत थाह पाउनु पर्ने होयिनर?
भारतीय भट्ट राख्ने कि नराख्ने भन्ने कुरा सरकारले निर्णय गर्ने कुरा हो/ मावोबादीको सरकारले त्यो निर्णय गरे/ तर यसलाई राजनैतिक कारण गरिएको आरोप लगाए/ त् राज नेता राम्चंद्रे आदिले भारतीय भट्ट नै राखिनु पर्छ भन्दै गरेको राजनैतिक सडक जात्रा चाहिं राजनीतिकरण भनिएन किन होला?
यो कुराले राजनीतिकरण भनेको के हो भन्ने कुरा बडा गडबड भयो/ केहि बुझाई दिनु हुन्छ कि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
धेरै धन्यबाद मदन जी जानकारीको लागि .
लेखिरहनुहोस् , तपाइको जानकारी मूलक लेख ले धेरैको आखा खोल्ने छ ——
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
लुटेरा सिध्दिना लागिसक्यो होला नेपालमा अब लुत्नानै के बाँकि छर ???????????
मन परे हरियो, नपरे रातो
5
3
राजनीतिको नाममा लुटतन्त्र मच्चाउने लुटेराहरु हो, लुट्नु त लुतिसकेऊ, लुतिसकेपछी अदालतबाट पनि छुतिसकेऊ अब तिमीहरुलाई भुतिसक्न मात्र बाँकि छ l
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
4
नितु जी
समर्थन छ/
मन परे हरियो, नपरे रातो
2
1
वा समय सान्धर्बिक गीत !
मन परे हरियो, नपरे रातो
9
3
यो एकदमै राम्रो घोचपेच हो हाम्रा देशका नेता भनौदाहरुलाई/
मन परे हरियो, नपरे रातो
10
7
आशिस थापा जी
मात्र घोच पेचले पुग्दैन/ केहि गर्नु पर्छ अब नेपालीले मिलेर/ उमेर अलि गए पनि जोस मेरो अहिले पनि उतिनै नै छ जति उहिले थियो/ फेरी पनि लैनचौरको उहिले सुद जस्ता लाई फेरी पनि मुर्दाबाद भनेर कुर्लन सक्छु/ तेतिबेला सुद जस्ताको चम्चागिरी गर्न आएको त्यो बेलाको भ्याली दि एस पी दि बि लामालाई दन्काएको हातमा अझै बल बाकिछ/ शरीर कति चोटी थुने थुने तर मुख थुन्न उति बेला पनि सकेको थिएन अहिले पनि सक्दैन/ आउनुस थापा जी अब अति भयो नेपालको निमित मर्ने बेला भयो/ देसको निमित मरे पनि मरिन्दैन/
मन परे हरियो, नपरे रातो
0
1
समस्या लाई औलाउने मात्र नगरौ , समाधान पनि दिने गरौ ! जापान लाई पनि पछाडी पार्दै आज चीन संसार मा अमेरिका पछि दोस्रो ठुलो अर्थतन्त्र भएको देस हो ! संसार मा प्रयोग हुनी ७८% बस्तु हरु चीन मै तयार हुनी गरदछ ! आझै पनि हामी नेपाली सिमा विवाद , सुजाता जस्ता पातकी को पस्स्पोर्ट काण्ड , सुद जस्ता धोति को जोइतिन्ग्रे बन्दै बसेको छौ ! गीत होइन नेपाली बीच मा एकता हुनु पर्छ ! National Anthem परिबर्तन गरेर केहि हुदैन ….. देस त आफ्नो मन भित्र हुनु पर्छ !
धन्यबाद ……….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
5
यथार्थ! रियालिटी! साँच्चै! पक्का! जे भनेपनि सोर्है आना ठिक छ यो गीत/ प्यारोडिकार लाई मुरी मुरी धन्यबाद/
मन परे हरियो, नपरे रातो
8
9
लुट बाहेक अरू यो देशमा केही हुँदैन् । विचरा जनताहरू लुटबाट क्रसित भएर जाग्न थाल्छन् , तर त्यो जगाईंलाई लुटबाट पनि लुटमा परिणत गरिदिन्छन नेता भनाउँदाहरूले !
मन परे हरियो, नपरे रातो
6
4
गाउ गाउ बाट लुटे
बस्ति बस्ति बाट लुटे यो देश को मुहार बिगार्नलाई लुटे
श्रीमतिको मुहार सिंगार्नलाई लुटे
सभासद भनाउदाले लुटे
नेपाली जनता लाई धुत्नु सम्म धुते
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
यो त अति भयो. त्यस्तो क्रान्तिकारी गीत लै प्यारोडी बनाउनु. कसैले जनता उठिसक्यो भनेर सोच्छन भने त्यो बिल्कुल गलत हो. गाउँ गाउँ बाट उठ्नु पर्छ
जहिले पनि. अब उठ्ने भ्रष्ट नेताहरुलाई ठेगान लागौनालाई हो. त्यसैले यस ब्लग मार्फत राम्रो सन्देश जानु पर्यो. यसमा पनि गाइजात्रा बनाउनु को कुनै अर्थ छैन. म यसको नियमित पाठक हुनाले मलाइ यो ब्लग को पनि चिन्ता लाग्छ
मन परे हरियो, नपरे रातो
9
6
धेरै राम्रो प्यारोडी / मलाई मन पर्यो / धन्यवाद /
कलम समाउन जान्ने हरु, पत्रकार भएर देश बिगार/लुट /
न्याय गर्न जान्ने हरु, न्यायादिश/ वकिल भएर लुट /
सुरक्ष्या गर्न जान्ने हरु, पुलिस/सैनिक भएर लुट/
राजनीत मा लाग्ने हरु, खुले आम मज्जाले लुट /
मित्र राष्ट्र हरु, मित्रता को नाम मा लुट./
लुट .. सबै जना लुट , आराम ले लुट .. नेपाल लुट्न को लागि नै हो/
यहाँ जिउदा लास मात्रै छन्,, लुट्न सजिलो छ/
आजै देखि लुट/
लुट्न नजान्ने हरु , सिकेर भए पनि लुट/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
74
3
देश को अवस्था स मिलेको छ गीत…कसलाई के भन्नु र खै ///////////////////
मन परे हरियो, नपरे रातो
8
5