मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    काठमाडौँ अब भारतको रहेन

    अपडेटः टाइमले गल्ती सच्याएपछि अब काठमाडौँ भारतको नभई नेपाल कै हुन पुगेको छ। यसअघि उसले काठमाडौँलाई भारत पर्ने भन्दै फोटोको परिचय (क्याप्सन) राखेको थियो।


    सुरुको ब्लग:
    अन्तर्राष्ट्रिय म्यागेजिन ‘टाइम’ ले नेपालको सार्वभौमसत्तामा खलल पुग्ने र नेपालीको अपमान हुने गरी आफ्नो वेबसाइटमा एउटा फोटोको क्याप्सन राखेको छ। गाईजात्राको रोयटर्सद्वारा सम्प्रेषित नेपाली फोटोग्राफर नभेष चित्रकारले खिचेको फोटोमा उसले काठमाडौँलाई भारतको भूभागका रुपमा परिचय गराएको छ।

    टाइमको वेबसाइटमा नै यो अपमानजनक क्याप्सन हेर्न यहाँ क्लिक गर्नुस्।

    आफूलाई अन्तर्राष्ट्रिय म्यागेजिन दावी गर्ने टाइमका पत्रकारहरुलाई भौगोलिक सीमाको बारेमा सचेत गराउन र क्याप्सन सच्याउन दबाब दिऔँ। आफ्नो गुनासोलाई सभ्य र मर्यादित भाषामा इमेल गर्नुस्- letters@time.com मा।

    अथवा फेसबुकमा टाइमको पेजमा रहेको वालमा विरोध जनाऔँ यहाँ क्लिक गरेर।

    No related posts.

    74 comments to काठमाडौँ अब भारतको रहेन

    • prijam shahi doha qatar

      पाहा भारत ले नेपाल लाई जे भनेपनि हुने जे गरे पनि हुने भएको छ. बेलायेती हरुले सदियोऊ राज गरेपछि नेपालको एक तिहाई भाग उसलाई बक्सिस दिएर गएको थियो. लाज पचौदै दिल्ली बाट छोडौ राजधानी भित्र लैनचौर बाटै धेरै अपमान भएका छन्. हाम्रा यी नेता हरुको कारण आज यो अपमान सबै नेपाली हरुले सहनु परेको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • riththe yakthumba

      संपूर्ण मित्रजन हरुमा धेरै धेरै धन्यबाद !सबैको कमेन्ट पढ़े ख़ुशी लाग्यो ! हामी संपूर्ण जनता को मन मिले जस्तै खाते नेता हरुको पनी मन मिलेको भए हाम्रो प्यारो नेपाल अहिले संसारको अग्रपंतीमा उभिने थियो यो देशको नेता हरुले अझै ” न नेपाली जनतालाई चिनेकोछन न नेपाली जनता संग डराएको नै “!!
      कबुल,अफघानिस्तान.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • khem

      एस्तो रास्ट्रको अस्मिता माथिनै धावा बोल्ने जो कोहीपनिलाई कानुनले आफ्नो दायेरामा लिआउन सक्दैन भने नेपाली जनताले तेस्को बिरोद गर्नु मत्त्रै समस्याको समाधान हुन सक्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • यो राम्रो होइन ! आफ्नो देश को बदनाम गर्नु राम्रो पनि होइन! एदी हाम्रो देश मा कानुन छ भने एस्तो पत्रिका लै कारबाही गर्नु पर्छा !

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • rambhakta shrestha

      गल्ति सचायो ठिक गर्यो तर खै त गल्ति भएको ले क्षेमा भनेर लेखेको TIMES ले | मैले सबै तिर हेरें तर कति गल्ति सुधार भएको टिप्पणी गरेको देखिन | TIMES should be decent enough to write a comment that they have made a mistake and make a note on correction.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • पुष्प

      कुलंगारहरू !!! अरु केही सीप लागेन अब जथाभावी क्याप्सन लेख्न थाले ।

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • Prashanna

      काठमाडौँ इंडिया मा पर्छ भन्दा नै अल्ली इज्जत हुन्छ बरु, ह्य USA मा नेपाली हु भनेर भन्दा के के हो के के भन्छन लाज मोर्नु हुन्छ , अब त नेपाली भन्न पनि लाज लाग्छ देश को हालत देख्दा………………………..नेता हरु ले हाम्रो देश खाइ दिए

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 17

    • BP Nepal

      हेपाहा भारत ले नेपाल लाई जे भनेपनि हुने जे गरे पनि हुने भएको छ. बेलायेती हरुले सदियोऊ राज गरेपछि नेपालको एक तिहाई भाग उसलाई बक्सिस दिएर गएको थियो. लाज पचौदै दिल्ली बाट छोडौ राजधानी भित्र लैनचौर बाटै धेरै अपमान भएका छन्. हाम्रा यी नेता हरुको कारण आज यो अपमान सबै नेपाली हरुले सहनु परेको छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • rakesh

      साथि हो , सब्बै कुरा जनता ले नै सचेत गरौअन् पर्ने भए यी पदमा बस्ने नेताहरु, सचेतक हरु,बिबिन्न निकायहरु k तलब खुवाउन मात्र राखेको हो त ? केहि भयो भने जनताले आवाज उठाउने , जनतालाई हातमुख जोड्न तिर लाग्ने कि जहिले नि सिमा मिच्यो,सूद चोर ले एस्तो गर्यो, प्र म ले एस्तो गर्यो ,संसद मा एस्तो भयो जनताले सचेत गरौन पर्चा भनेर के जनता को अरु कुनै काम छैन र?
      जय नेपाल राकेश

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • shova gurung

      अहो कत्ति राम्रो अब देख्नु भोनी यो देसको काम अनि यो देसको नेत्ता हरुको काम राम्रो प्रगति हुदै छ ज होस् सगरमाथा र गौतम बुद्द त बेचिसकेको थ्यियो अनि सिमाना हरु पनि निक्कै बेचिसकेको थ्यो अब हुदा हुदा राजधानी पनि बेचो हहह्हा राम्रो छ हाम्रो देसको नेत्ता हरु राम्रो काम,,, अब भारत को कुनै छेउ मा नेपालले थुक्यो भने पनि संसार भारको गाली खान्छन तर नेपाली नेत्ता हरु हेर राज्धनिनै बेची सक्दा पनि केहि बोल्दैन धन्य छ त्यो पशुपतिको पुजारी जाबो त नेपालको राख्न नपाउने देस के नेपाली हो भनेर गर्व गर्नु बरु बिदेसिनै बनिदिन्चु मा भन्दा पनि के गर्ने अब चस्स मुटु दुख्छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Krishna, Australia

      हैन के हो जसले पनि हेप्न खोज्ने हाम्रो प्यारो देश नेपाल र नेपाली लै…..हामी सबै नेपाली दाजु भाई मिलेर येस को बिरोध गरौ …चिरिप्पा पारेर झिरिप्पा बनैदिउ जस्तो रिस पो उठ्छ बा …..

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • यो issue बाट twitter र facebook जस्ता social networking sites हरुको उपयोगिता थाहा हुन्छ | मैले पनि twitter बाटै यो खबर थाहा पाएको हो | तेस्पछी म लगायत मेरा साथीहरुले twitter , facebook तथा email बाट TIMES लाई संदेश पठायौ र अन्तत TIMES ले गल्ति सच्यायो |

      हामीले twitter बाट TIMES लाई पठाको संदेशहरु यहाँ हेर्न सकिन्छ :-
      http://search.twitter.com/search?q=time+chapagain

      धन्यवाद,

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • deepak ghimire

      जन्मदिन को केक जस्तो होइन देश …
      चट्ट काट्यो बाढी खायो पहाड मधेस

      बिस्वकप को मैदान होइन,सार्बभौम देश
      दुनिया आउने छिर्के लाउने,काला गोरा फेश

      भाइ फुटाई,राष्ट्र टुटाई मर्नु हुन्न देश
      जनता होइन तौर्नामेंट को बाघचाल र चेस

      भाउजु को दाइजो,दाइको अंश होइन देश
      भिन्न जाति,भिन्न भाषा मातृभूमि एक..

      जय देश जय नरेश भने मार्छन जय गणतान्त्रिक नया नेपाल
      लेखक:फेला परेन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 1

    • deepak ghimire

      भारतीय ज्यादती को अर्को नमुना::::माकुने सरकार गिरेको पनि दुइ महिना बढी भैसक्यो देसमा सरकार छैन भन्ने चाल पाएको भारत र सुजाता को साडी हेरेरै पानि पानि हुने माकुने लाइ भारतीय दुतावास ले नेपालका पत्रिका हरु माथि गरेको ज्यादती बारे नबोली प्रभुको अगाडी नतमस्तक रही बालुवाटार मा मौन धाराण गरि समबेदना प्रकट गरेको सुन्दा तीज मा माकुने ले गायत्री को नाम मा बर्त लिएको को हो कि जस्तो लग्यो यार कि कसो माकुन्नी दिदि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • Rajendra

      कहिले गौतम बुद्द उसको, कहिले सगरमाथा उसको कहिले के कहिले के गर्दा गर्दा अब त देसको राजधानी पनि ….. जब आफनो देशको राजधानी सम्म हाम्रो हो भनेर कुर्ल्लिनु पर्छा भने अरुलाई माफी मगाउनु पर्छा भने …..
      हामी क सम्म का रहेछौ त यस्तो हालत मा पुर्याउने को त यी देश का लफन्न्गा कुत्ताहरु यो भन्दा बेहाल देश को नागरिक हुनु भन्दा त संम्पुर्ण उसकै हातमा छोडिदिय केहि गर्छा कि भोकाहरू ले खान नांगा ले लगाउन …………………..जे मा पनि विरोद जता पनि विरोद ओहो नसकिने भयो बा बा बा ………..य अब त केहि गर बुद्दुहरु/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Manoj Kumar Banjara - DOHA

      भारत् ले सुरु देखी नै नेपाल को सीमाना मीच्देई आएको छ! सुरु सुरु मा मधेश टार्गेट थीयो तेस पछी लुम्बीनी र अब त शीधई राजधानी काठमाडौँ लाई नै मीचन खोजेको छ! त र भगवान ले पनी भातर को यो सब कुरा मनपराएको छैन त्यस कारण पाकीस्तान ले सधै भारत् को सीमाना मीचन खोज्छा!
      हुन त म आफै भारत् मै जन्मे र हुर्के र (+२) सम्म पढेर जम्मा-जम्मी २१ वर्ष भारत् मा बशे! त र पनी भारत् को भन्दा नेपाल कै धेरै माया लाग्छ!
      यहाँ त माया भन्दा पानी न्याय र अन्याय को कुरा चली रहेको छ! भारत् ले जती अन्याय गरे पानी नेपाल कहीलई डराउने र झुक्ने छैन!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • NABINSHRESTHA

      के को गाली नि time लै धन्यवाद भन्नुस सबैले
      नेपाली राजनीति को हिसाब मा त मिल्छ नि ,फोटो को हिसाब ले मिलेन,सानो गरिब देश को बारे मा जे जस्तो लेखे पनि हुने, नेपाली पत्रकार झुर भन्ठानेको त यी साले ठुलो भनौदा पत्रकार को दिमाग कस्तो रहेछ त भुझ्ना पयोनी हगी? अझै पनि जे तिमे पत्रिका, तिम्रो पत्रलर लै प्रोमोशन गर्ने होइन त? त्यो पनि इन्डियन नै होला

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

      • के किचकिच गरिराखेको भन्या ! थाहा छैन times ले पनि गाइजात्रा मनायीराछ ! अनि गाइजात्रामा लेखेको कुरा लै पनि चित्त दुखाउने ! हामी नेपाली कति स्वार्थी हाम्रो चाड अरुले मनाउना नहुने ? कि कसो …..

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • achyut deshbhakta

      सानो कुरा मा कति कच् कच्. चाहिने कुरा मा छलफल गर्नु छैन. तेही भएर देश बिकाश भएन. कुरा धेरै, काम थोरै. ल त जय नेपाल |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • vijaya adhikari

      please be aware that any part of the nepal it doesnt matter kathmandu or dolpa ,we dont want anyone knowingly or unknowingly misconduct the situation by media .moreover this is the issue of times who claims itself as the most trusty and reliable prompt cover of the world.so how come it can do that blunder mistake .do they have any editor to edit news before it goes to press or media or they knowingly di this.correcting the news after all people knew the hot affair at prompt doesnt make differnece.time magazine should make an editiorial page of apology of that blunder mistake .

      we might be poor but we never sold our sovereignity and patriotism to anyone ,time! you got to know that we were not your colony before ,now or never in coming days like your colonism did to india.you got to know that nepal is NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Amar Rai

      Time को एडिटरले माफी माग्नु पर्छ , १००००+ बिदेशीले like गरेको picture हो त्यो , १०००० ले त्यो भारत कै कुनै ठाउँ भन्दै होला | यो खबर बाहिर लियौने ” लोडशेदिङ मुक्ती मोर्चा ” को Facebook Page लाइ पनि धन्यवाद दिनु चै बिर्सनु हुदै न है |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • SURYA

      यो क्याप्सन मा सच्चिएको पाइयो/ धन्यवाद छ सबैलाई बिरोध को आवाज बुलन्द गरेकोमा/ यहाँनेर एउटा कुरा विचारणीय छ त्यो के भने अन्तरास्ट्रिय जगतमा पुरानो पुस्ताले नेपाल भनेको बेलायती साम्राज्यलाई समेत चुनौती दिएर स्वाधीनता को नमुना कै रुपमा जानेका थिए/ बीर गोर्खालीको नाममा संसारलाई नै आफ्नो सक्ति को परिचय दिएर नेपाल र नेपालीको नाम उच्च राखेका थिए/ एक पटक सलाम छ ति बीर गोर्खाली योद्दा र त्यो राजतन्त्रलाई जसले आफ्नो रास्ट्रीयताको लागि कसै संग सम्झौता गरेन/( म राजतन्त्रको पक्ष्यपाती होइन)
      तर अहिलेको नया जेनेरेसन ले कसरी थाहा पाउछ कि नेपाल के हो भनेर? कि त उ भूगोलको या इतिहासकै बिद्यार्थी हुनु पर्नेछ/ नत्र हाम्रा नेपाली नेता भनु या कर्मचारी तन्त्रले वा हामी आम जनता ले के नै तेस्तो काम गर्न सकेका छौ र जसले हामी नेपाली हौ र हाम्रो देश नेपाल हो भनेर गर्भका साथ शीर ठाडो पारेर भन्न सक्ने अवस्था छ र ति बीर हाम्रा पुर्खा को रगत को सम्मान गर्न सकेका छौ/ भाई- भाई मा मारामार, भ्रस्ट प्रशासन, घुसखोरी, सामाजिक असुरक्ष्या, बेरोजगारी, अशिक्ष्या, रोग र भोक को छटपटाहट, हामीभन्ने भावना को अभाव, कुर्सीका लागि देश र जनतालाई महिनौ बन्धक, न्यायिक असन्तुलन, बिदेशी प्रभु को आसिर्बादको अपेक्षा आदि- आदि/ हा हा हा हा/ दुनिया को सामु शिर निहुर्याएर हिड्नु पर्ने अवस्था छ/ छि छि छि/ कसलाई भन्नु के भन्नु? सबै तह र तप्का उत्तिकै जिम्बेवार छन् तर दोष सबै अर्कोलाई, कति सजिलो!!!! देशलाई यो दुर्दशामा ल्याईपुर्याउने ति निर्लाज्ज़ा हरु लाई आफ्नो आदर्श को पात्र ठान्ने अनि आफुलाई सच्चा देश को सेवक ठान्ने अनि भित्र-भित्रै प्रभुको आशिर्बद्को लागि त्वम शरणं गत्छामी को मन्त्र जप्ने को कहिले हुने भण्डाफोर र यो देश लाई आन्तरिक दसता बाट मुक्ति दिलाउने? जब सम्म यो देश आन्तरिक र बाह्य दासता बाट मुक्ति हुदैन तबसम्म टायम्स जस्ता न्युज ले यस्ता समाचार हरु सम्प्रेषण गरिनै रहनेछन/ अनि हामी जस्ताले बिरोध जनाई रहनु पर्नेछ/ यो नै हामी नेपाली हरुको नियति बनेको छ/ धन्यवाद/

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • सच्याएको त राम्रो कुरा हो । अब रोयटर्सले नेपाली जनतासंग माफि माग्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • indra chhantyal(usa)

      खोल्न साथ हिन्दी ,नेपाली फिल्म त झूररे,नेपाली माटोमा जन्मे पछि नेपाली पन पनि हुनु जरुरि छ ,कसैले बोलेर लेख्दैमा नेपाल न भारत को हुन्छ न अरु कसैको
      बरु यी नेता हरुलाई सबै जनता मिलेर पाखा लगाउनु पर्छ,आखिर जनताले बनायको नेता त होनी ,हैन भने मेरो बिचारमा २ करोड नेपाली जनताले सहि गरेर कि जापान को अमेरिकालाई १५ बर्सको लागि दिय हुन्छ ,जनताले त सुख पौने थियो

      note
      ( पहिलो comments सगै मिलायर पढिदिनु होला )

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 10

    • indra chhantyal(usa)

      अब नेपाललाई अन्तरास्तिय क्षेत्रमा चिनाउन पहिलो कुरा देस विकास हुनु पर्छ,कि चाही देस गरिब भयपनि ओल्ड कप जित्नु पर्यो,कहिँ ,कुनै देस मा नभयको २८,३०
      ओटा पार्टी छन् तिनै पार्टीका १ जना नेता नेलसन मण्डेला जस्तै भय पनि नेपालको नाम संसारमा चिनिने थियो,सगरमाथा र बुद्धको नाम लिय पनि हुनेवाला केहि छैन
      भारतले लुम्बिनी आफ्नै देसमा बनाई सक्यो,
      महाकालीको किनार देखि धौलागिरीको फेद सम्म धोतिनै छन् tv

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Roshan Thapa

      This may be happen in the future. if all the decision is made by India and accepted by Nepal. India are saying “Buddha is born in India” just like that. Nepal government don’t take action on them so that it is happening. Nepal government is weaker day by day. Nepal government should be strong and correct it. So that i may happen on future. It may be possible or ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • kiran

      its already corrected on time magzine web site…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Yadav Sharma Bajagai, Australia

      सायद त्यो गल्ति को खबर times सम्म पुगिसकेछ र अहिले सच्यायिको छ यसरि:
      Passing By
      A Hindu holy man in a wheelchair sits in the middle of the Gaijatra parade in Kathmandu, Nepal.
      http://www.time.com/time/picturesoftheweek/0,29409,2013995_2183224,00.html

      धन्यवाद छ mysansar लाई बेलैमा यो समाचार सम्प्रेषण गरेकोमा l times जस्तो अन्तरास्ट्रिय समाचार agency ले समेत एस्तो गल्ति गर्नु ठुलो भुल हो l उसले caption सच्यौदा पुरानो गल्ति को लागि apologize पनि गर्नु पर्थ्यो l

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • सुभक महतो

      भारतले एक पटक हामी नेपाली माथि फेरी प्रहार गरेको प्रस्ट भएको छ । भारतले हामी माथि राजनीतिक रुपमा हस्तक्षेप गरेकै नै छ । अब उनीहरु मेडियाको मार्फत नेपालमाथि राज गर्न चाहन्छ । रोयटर्स जस्तो संचारमाध्यमले कुनै देशमाथि नै प्रश्न चिन्ह खडा गरेर यसरी फोटो प्रकाशन गर्न नाजाइज र अन्तर्राष्ट्रिय कानून विपरित हो । हो, रोयटर्सले यसका लागि नेपाली जनतासंग माफि माग नै पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • shantadil

      मलाई लाग्छ त्यो समाचार के. पी. ओली ले पठाएको हुनु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • भबिस्यबानि गरेको होला नि त्यो पनि त हुन सक्छ / देश को राजनैतिक इश्थिति हेर्दा अब चाडै नै काठमाडौँ भारत् मा पर्ने कुरा लाई नकार्न सकिन्न /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • kishor

      It can be just a genuine mistake, or it can be an intentional slap from an Indian editor to Nepali leaders (who make their decisions according to the directions from Delhi) or to most of us Nepali people who worship Indian idols and Indian culture more than anything.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • abhi

      एस्तो कुनै अज्ञानी राइटरले लेख्दै मा हाम्रो अपमान हुन्छ र?पोजितिब भएर सोच्न पर्छ लेखक ज्यु,हाम्रो इज्जत र स्वाभिमान धेरै माथि छ.यो एउटा गल्ति हो र ठिकै छ,गल्ति सच्यानु हामि इमेल गरौ टाइम लाइ तर तिललाई पहाड नबनाउ,यो तेस्तो ठुलो कुरै होइन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • प्रेम पुन , बेल्जियम

      बिश्व चर्चित “टाइम्स म्यागेजिनका” पत्रकारहहरुलाई भगवान बुद्दको देश सगरमाथाको देश,नेपाल हो र नेपालको राजधानी काठमान्डौ हो भन्ने सामान्य भौगोलिक ज्ञान पनि नहुनु आफैमा लाज मर्दो कुरा हो!यो मोराहरुले कि भाङ् खाएको बेला लेखेछकि क्या हो?काठमान्डौ कहाँ पर्छ भन्ने कुरा थाहा नभए पनि सोधेर खोजेर लेख्नु पर्छ नि!या त देशको नामै ठाहा नभए सिर्फ काठमान्डौ मात्रै लेख्दा पनि के बिग्रीन्थ्यो र इन्डियानै लेख्नु पर्छ त? अज्ञानता बश लेखेको भए पनि यस्ले धेरै नेपालीको मन दुखाएको छ।यस्ता समचार मध्यामहरुलाई के को सभ्य र मर्यादित भाषामा ईमेल लेख्नु हो उहि नेपालीले गर्ने झर्रो र खर्रो भाषामा लेखे भई हाल्यो नि!अरुको हृदय दुखाउनेलाई पनि थाहा होस न आफ्नो हृदय दुख्दा कस्तो पींडा हुन्छ भनेर!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Hari Sitaula

      मैले हेर्दा आहिले काठमाडौँ, नेपाल भनेर लेखेको छ || धन्न राजदुतावास ले time पत्रिका लाई किन मेल लेखेको भनेर प्रश्न गर्न भएन.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • यस्तो गल्ति गर्ना भयान .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rahul

      kathmandu nepal mai vayera ni kunai samman पाको छैन.पशुपतिनाथ लाई त राजनीति गर्ने थलो बनाए यस्ता पाजी देश मा कसले सम्म पाउछ र .नेपाली हरु आफैले आफ्नो इज्जत bhadahuna पर्छ.1uta magazine मा काठमाडौँ इंडिया मा छ वनेर केइ फरक पर्दैन.if we have to correct than we have to correct ourselves not what is written on the magazine.Its just written on the papers and it does not change the facts.so whatever happened has happened.stop mission to correct the caption and start improving the country.one day the same magazine will write new delhi is in nepal

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • samrat~

      सच्याई सकेछ मोरा हरु ले . तेही पनि मेरो नराम्रो भेट्यो टाइम ले :)

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Kisan

      संसारलाई नै पंगु बनाउने भारतियेहरुले नेपाललाई त तल्लो स्तरको देश सम्झन्छ नै अनि नेपालका पतित नेताहरुको त कुरा नगर्नुनै बेस, भारतकै खेलमा अल्मल्लिएको छ यो देस १ प्रम भएर माखो नमार्ने मकुनेले संस्कृतिक राजा को बारेमा आधिकारिक जानकारी माग्यो प्रचंडे संग भारतको इसारामा अनि, प्रचंदेले पनि मिनेट लगाएन जानकारी दिन ! अजब नेपालको नेताहरुको गजब ताला !!! कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर !
      साथीहरु, नेताहरुको चाला माला हेर्नेहो भने kathmandu, India nai ho किनकि तिम्रा नेताहरु गिरिजा देखि बाबुराम सम्मका सबै इन्डियाका दलान्नै हुन्!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • nissan

      thanks mysansar for this nationalistic awarness. However it has now been corrected, this type of notfication is very essential to make international arena know that Nepal is a sovereign independent country, which at any cost cannot be compromised.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Luna

      अगुल्टाले हानेको कुकुर बिजुली देख्दा तर्सन्छा भने जस्तो पो भयो यो शिर्सक
      ‘ नेपाल र नेपालीको अपमान ‘ !
      भारत् ले घरि घरि नेपाल र नेपालीको अपमान गर्ने बानि परेको हामीलाई बिचरा त्यो ‘ टाइम ‘ न्युज ले झुक्किएर इन्डिया टाइप गर्न पुगेछा र हामि चिच्याउना
      पुगेछौ “” नेपाल र नेपालीको अपमान “”
      जे होस् सकारात्मक नै भएको छ , धेरै नेपालीले इमेल लेख्न पुगे र टाइम्स ले गल्ति पनि सच्च्यायो .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 39

      • rambhakta shrestha

        झुकिएर भन्दै मा तेस्तो गल्ति गर्न मिल्दैन पत्रिका ले |

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • bikki singh

      यो मेरो श्रीमतीको भाइले लेखे छ त्यसलाई ठिक पार्नु पर्छ म तुरुन्तै सच्याउन र तमाम् नेपाली संग माफी माग्न आदेश दिन्छु नत्र अर्को सालको राक्खी बाँध्न आउन दिन्न धन्यवाद !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 34

    • ram kumar subedi, NJ USA

      त्यो जानी जानी गरेको गल्ति हो. नेपाल र नेपालीको प्रतिक्रिया जान्नको लागि . नियतबश गरेको हो. एकपटक भारतले पनि तेही गरेको थियो. नेपालबाट ठुलो र गम्भीर प्रतिक्रिया आएकोले सच्याएको थियो.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 14

    • शान्तिप्रेमी

      विरोधपछि पछि सच्यायो टाइमले । तर, उसले उसको गल्तीको माफ पनि त माग्नु पर्छ नि नेपालीसँग ! १० हजारभन्दा बढीले फेसबुक मार्फत मनपराएको पिक्चर अफ द विक फोटो हो त्यो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 8

    • यो देख्दा महको धुम्रकेतु भन्ने हास्यव्यङ्ग्य याद आयो, बानेश्वर् ईन्डियामा पर्छ भनेको ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • rakesh

      सानो कुरा नि पछि को खतरा को संकेत हुन सक्छ…..नेता हरु र फोरम हरु को गतिबिदी ले पनि येस्तई देखौन्दै छ ….यो फिल्म निक्लिनु अगि को प्रोमो पो हो कि…नेपाली हरु को प्रतिक्रिया हेर्न अनि एस्लाई कति सैनिक या के प्रयोग गरेर दमन गर्न सकिन्छ हेर्न ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Cesar

      After death a doctor.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 11

    • Vosus

      They have already changed the information. Responsible and correct thing to do on their part.

      …aakanshyaa…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • achyut deshbhakta

      I posted the comment in their Face Book wall. Correction has already been done though. Thanks to S. Following is the comment I posted there. It is just FYI.

      “Dear friends , Time seems to have mistakenly tagged KATHMANDU as part of India. A blunder as such is totally unexpected from the international journal as Time . This has hurt sentiments of many patriotic Nepalese . Fortunately the mistake has been corrected now and my heartfelt thanks for the timely correction.”

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • madan bajracharya

      घरि घरि भारतमा गएर भारतीय निर्देशन मुताविक सरकार बनाउने गर्दै गरेकोले र भारतले कुन प्रधान मन्त्रि बनेमा भारतको समर्थन रहने कुन बनेमा समर्थन नगर्ने भन्ने कुरामा नेपाल अझै अल्मलिएर देसको प्रधान मन्त्रि समेत चुन्न नसकेकोले सायद बिस्वो नै नेपाल भनेको स्वोतन्त्र देस हो बा होयिन भन्ने कुरामा अल्मलिएर यस्तो भएको हो कि?

      फेरी अर्को पनि सम्भावना छ, महेन्द्रको पालामा नेपालले रास्ट्र संघको सदस्यता पाउन निबेदन गरेको बेला भारतले नेपाल स्वोतन्त्र देस नभएको र भारतमा मिलाउन बाकि भू भाग भएको भन्दै नेपाललाई रास्ट्र संघको सदस्य बनाउने कुरामा बिरोध गरेको थियो/ बिस्वो शक्ति रास्ट्र सोभियेत संघले समेत भारतको समर्थन गरेको थियो/ यहि कुराले टाईम्स पत्रिका ले नेपालको काठमान्डू भारतको भएको बुझ्यो कि?

      खै कसकसको मात्रै बिरोध गर्ने?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 10

    • punj

      yo kunai mistake haina. i personally talked to the photographer , he said he had given the correct caption. its a pure propoganda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Harihar

      सच्याएको देखियो !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

      • RAJAN

        बिमलीजीको प्रतिक्रियालाई धन्यवाद छ . इंडियामा नेपाल, काठमाडौँ, सगरमाथा, फेवाताल, लुम्बिनी सबै पर्छ भन्ने समाचार अब आउने दिनहरुमा पढ्न पाइन्छ त्यति बेला हामीहरु झन् रमाउने त होला नि ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामकुमार बिमली

      सच्याई सकेछ | भौगोलिक ज्ञानको कमि होला त्यो नियत भन्दा पनि / धेरै मान्छे छन् जो नेपाल भनेको इंडिया हो भन्ने सोच्छन /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 13

      • Daya

        नेपाल इंडियामा पर्छ भन्ठान्नेहरुले नेपालीहरुलाई पनि ‘नराम्रो काम गर्ने मान्छे’ भन्ठान्छन ।

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 8

    • brishal

      now they correct their mistakes, but I would like to thanx mysansar team to aware Nepalese on such news

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 7

      • एकलब्य

        अग्रेजी नाउने भए किन कनी कनी अग्रेजीमा नै लेख्नु?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • मित्र, माईसंसारले पत्ता लगाएको होईन यो कुरा ।
        यो कुरा होजो बिहानै देखि twitter मा retweet भईरहेको कुरा हो ।
        मेरो बिचारमा mysansarले अरुको tweet बाट लेख लेखे पछि ‘धन्यवाद’ त पक्कै दिनु पर्छ ।
        उमेश जी, यो बानी सिक्नुहोस् ।
        तपाईको blogलाई हजारौं ले मन पराउछन् , तर अरुहरुलाई credit पनि दिनुपर्छ ।

        ————-
        मैले अरुको ट्विटबाट हैन, माइसंसारका पाठकहरुले blog@mysansar.com मा पठाएको टिप्सबाट यो जानकारी पाएको हुँ। धन्यवाद ती पाठकहरुलाई जसले यो खबर इमेल गर्नुभो- उमेश

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • You are late to post it on blog :) It has already been corrected. Thanks to all the people who tweeted to @time and shared the link on Facebook :)

      You can see the tweets that we sent to @time over here :-

      http://search.twitter.com/search?q=time+chapagain

      Thank You,
      Mukesh

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Pancham Adhikary

      सायद, प्रतिकृया लेख्ने म पहिलो भएँ ।
      ब्लगरलार्इ धन्यबाद । मैले फोटो हेर्दा सच्चिइसकेको रहेछ ।

      Passing By
      A Hindu holy man in a wheelchair sits in the middle of the Gaijatra parade in Kathmandu, Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • Dipu

      सचाई सके छ .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

    • They have made the correction….!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Daya

      सच्याईसकेछ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • biraj

      चेन्ज गरि सक्यो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • sheetal

      ठुलो गल्ति गरेछ ठुलै पत्रिका | सायद नियतबस होइन होला | अहीले Kathmandu, Nepal लेखेर भूलसुधार पनि गरि सकेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

    • Rohit Gautam

      *TIME* Fail.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • suman p shrestha

      times मागाजिन जलाएर बिरोड़ गर्नु पर्छ, अनि मात्रै यी अन्तर्रस्त्रिया news मेडिया हरु नेपालको संबेदन सिल मा ध्यान खिच्न सकिन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 9

    • Hey, Bro . Time.com has already updated their site as we have written email to them, as well as we have fired stream of tweets on tweeter.

      :)

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • Saroj

      It has been correct already.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • Reetu, Germany

      its already corrected!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • Time has now corrected that mistake. I think lot of tweets mentioning @time and letters to time made them correct it.
      Well we hope it doesnt repeat such mistakes. Kathmandu is the pride of Nepal. Dont associate it with any country.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • mahesh gautam

      परिवर्तन भैसक्यो!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    eXTReMe Tracker