-ब्यास, अमेरिकाबाट-
प्रधानमंत्री चुनाव पाँचौ पटक असफल । प्रचण्ड र पौडेल फेरि पराजित । यी हुन मिडियाका खबर । दुई ठाउँबाट चुनाव जितेका प्रचण्डलाई पटके हरुवा भन्न भ्याए मिडियाले । भूतपर्व भैसकेका राजा र युवराजले जनताले चाहेमा राजतंत्र फेरि ब्युतने टिप्पणी गर्न पाए यसै मौकामा । छिमेकका भैयाले सहमतिका लागि भन्दै आफ्ना विशेष दूत पठाउन पनि भ्याए । अमेरिका, चीन, बेलायतले पनि सहमतिको सरकार नेपाललाई आवश्यक भएको उपदेश दिन भ्याए । यसै दौरान, ओलि र खनालको राम्रै दोहरी चल्यो एमालेमा । बाबुराम र प्रचण्डको ठाक ठूक पनि बजारमा सुनिन थाल्यो । यी खबरहरु हामीलाई कुनै नौलो भएन अब । कुरा अब के भने के यो चुनाव काठमाडौंको फोहर वागमतिमा बगे झै अविरल बगिरहन्छ त ? के सभासद्हरुले तलब भत्ता सुविधा यत्तिकै विना सित्ति खाईरहन्छन् त ? के माधव नेपालले सत्ता सित्तै चपाई राख्छन् त ?
शायद कमैलाई थाहा होला अमेरिकाको क्यालिफोर्निया राज्य संसारकै दशौ ठूलो अर्थतंत्रमा पर्छ । यहाँ पनि दलहरुको कुरो नमिलेर जुलाईको १ तारिखमा पास भैसक्नु पर्ने राज्यको बजेट हाल सम्म पनि पास हुन सकेको छैन । किनकि बजेट पास हुन गभर्नरलाई दुई तिहाई मत चाहिन्छ जुन उसंग छैन र उसले अन्य पार्टिसंग सहमति जुटाउनु पर्छ । तर बजेट पास नगरुन्जेल यस राज्यका सभासदहरुले भने तलब भत्ता खान पाउँदैनन् । अब यिनीहरुलाई अन्य सुविधाहरुबाट पनि बन्चित गर्नु पर्ने आवाज उठ्न थालेकोछ । नेपालमा पनि हाम्रा सभासद्हरुको तलब भत्ता सहमतिको सरकार नबनाउन्जेल रोक्का गर्न पाए कसो होला ? म त अझ एकपाइला अगाडि बढेर भन्छु सभासद्हरुको तलब भत्ता संबिधान नबनाउँन्जेल बन्द गरिदिनुपर्छ । नेपालीमा उखानै छ नि लातको मान्छे बातले मान्दैन ।
करिब करिब हाम्रै जस्तो स्थिति इटलीमा सन् १२७१ तिर थियो । इटलीको भिटेर्बो शहरमा क्याथोलिक कार्डिनलहरुको एसेम्ब्लीले पोप मरेमा वा राजिनामा दिएमा नयाँ पोप चुन्थे । फ्रान्स समर्थक र इटली समर्थक कार्डिनलहरु बीच घम्साघम्सी पर्थ्यो र चुनाव लम्बिन्थ्यो । सन् १२७१ मा पोप ग्रेगोरी दशौंको चुनाव लम्बिएर दुई वर्ष नौ महिना चल्यो । तर पनि पोप चुनिन सकेन । उक्त शहरका नागरिकहरुलाई अति भएपछि चुनावमा हस्तक्षेप गर्न बाध्यहुनुपर्यो । उनीहरुले एसेम्बलीहलको ढोका बाहिरबाट ताला लगाईदिए र कसैलाई भित्र जान र बाहिर आउन दिएनन् । उक्त हलको छाना पनि निकालीदिए ताकि मौसमले पनि कार्डिनलहरुको साथ नदेओस् । सिर्फ सादा खानाको मात्र ब्यवस्था गरिदिए । पोप नचुनिए सम्म यो स्थिति यथावत रहने घोषणा पनि गरे । अनि त करैले पोपको चुनाव सफल पार्न उनीहरु बाध्य भए । यसरी तीन दिनमा उनीहरुले पोपको चयन सकाए त्यो पनि सहमतिका आधारमा । के नेपाली सभासद्हरुले पनि यस्तै बन्द नेपाली जनताबाट चाहेका हुन् त ? के यिनीहरुको दाना पानी बन्द गर्ने नेपालीमा साहस छ त ? अब जनताले सोच्ने बेला आएको छ । अस्तु ।।
No related posts.









बरु दाना मा मुसा मार्ने औसधि हालेर खान दिए कसो होला ??
मन परे हरियो, नपरे रातो
3
1
अरु त कुरा के गर्नु नेदेर्लान्ड्स मा चुनाब भएको ४ month भै सको आझै सम्म मन्त्रि chayen भएको छैन राजनीतिक पार्टी हरु को ekaapasha मा किच्चाताने ले गर्दा र आर्को चुनाब हुने sutation हुन लागि सको यहाँ को रानी ले partyharu लै वार्रेंत पनि आइसको
मन परे हरियो, नपरे रातो
1
2
ब्यासजी तपाइको लेखप्रति म पनि सहमति छु l हाम्रो सभासदहरुलाई पनि यसै गर्नु हो भने कतै केहि त हुन्थ्यो कि l जय होस् पशुपतिनाथले सबै को रक्षा गरुन l
मन परे हरियो, नपरे रातो
8
0
दाना पनि मात्र हैन जारी बत्त उखेलेर फाल्नु पर्चा एस्ता बलात्कारी नेत्त हरुलाई आफ्नै नेपाल आमालाई बलात्कार गरेर के नेपाली हो भन्छ एहे कस्तो बिडम्बना गिरिजा जी हुनु भएको भए एस्तो प्रधान मन्त्रीको लागि दुख गरिरख्नुनै नपर्ने सरक्कै हाम्रो upapradhanmantri जी yaneki uhako chori bakaita प्रधान mantri hunthiyo ni k garnu aba swrgebas hunuvo bad luck vannu parla uhalai ani के हो nepalko rajnitik ma bharatle khuleaam jahile पनि kina hastachep garcha hamrai बलात्कारी leaader haruko kamjori ho
मन परे हरियो, नपरे रातो
5
1
यो कुरा मैले धेरै पहिले देखि राख्दै आयको हो/ तर बिरालोको घाटीमा घन्टी jhundaune काम कसले गर्ने? सबै गफ नै मात्र/ मनको लड्डु घिउसंग खानु जस्तो मात्र हो/ साथीहरु हो हुन् सक्ने कुरा मात्र गर्दा ठिक होला कि? कसो?
मन परे हरियो, नपरे रातो
7
3
मलाई एकदमै चित्त बुझ्यो| यो सुझाब को लागि धन्यबाद छ | अब नेपाली जनता ले नबिउझेर नहुने भयो यिनी फटाहा नेता हरु को दाना पानी बन्द नगर्दा सम्म केहि हुने वाला छैन | मेरो सुझाब के छ भने यो लेख लाई कान्तिपुर दैनिक मा लेख्दा धेरै राम्रो हुन्थ्यो कृपया यो काम चाही गर्नु होला|
मन परे हरियो, नपरे रातो
8
0
साथीहरुलाई अहिलेको प्रधानमन्त्रिको चुनाबपनि उहि हिजाको पचायतको गुट र बहुदलको कुचाही पुजीवादी दलले जित्ने भनेर गरेको चुनाब जस्तो लागेछ । यो त वर्ग बिचको चुनाब हो । यो त राष्ट्रियताको लडाई हो । आत्मासर्मपनवादी र राष्ट्रवादी बिचको लडाई हो । १९५० देखिको अर्धउपनिबेशवादको बिरुद्धको लडाई हो । यति सजिलै जितिने भए किन महेन्द्रले कालापनि चडाउनु पर्दथ्यो । किन बिरेन्द्र, मदन भण्डारी, भिमदत्त, चिनियाकाजी मारिन्थे । किन बि पि कोईरालाको दुखद अन्त्य हुन्थ्यो । सहज ढंगले सभासद्लाई गालि गर्न छाडौ । सके राष्ट्रियताको लडाई सभागी बन्नौ नसके हौसला दिउ । नेपाल स्वतन्त्र हुने र सिकीम हुने मोडमा छ । तर एम आर पि, रामकुमार शर्मा र रियल जुस काण्डले नेपाली जनताले जित्ने संकेत गरेको छ ।
मन परे हरियो, नपरे रातो
7
1
मलाई लाग्छ माइ संसारका पाठकहरु सबैजना नेपाली नभए पनि ९०% पाठकहरु त पक्कै पनि नेपाली नै होउ ! हामी सबैलाई नेपाल प्यारो लाग्छ ! नेपाली नेपाली बिच माया, ममता अनि सदभाव पनि छ; हो यदाकदा मनमुटाब हुन्छ यो प्राकृतिक नियम हो ! जे जसो भएनी हामि सबैको इक्क्षा आफ्नो देशमा शान्ति छओस , बिकास होस् भन्ने छ ! यस्तो हुदा हुदै पनि राजनीतिक रुपमा हामीहरु बीच निकै मतभेद किन होला ?! मलाई सधै भरि जान्न मन लागेको बिषय हो यो !~~~ पंचायत थियो राजा थिए हामी नेपाली थियौ , बहुदलीय व्यवस्था आयो हामी नेपाली नै थिऔ, अहिले गणतन्त्र आएकोछ नेपाली नै छौ ! हाम्रा हजुर बुबाहरु लाहुरे भएका थिए , बुबाहरु पनि लाहुरे भए अहिले हामीहरु पनि लाहुरे भएका छौ , आझै पनि हामीहरु भाइहरुलाई बहिनीहरुलाई , छोराहरुलाई छोरीहरुलाई लाहुरे बनाउने सोचाईमा छौ ! हामीहरुले कहिल्लै लाहुरेको विकल्प खोज्ने प्रयास गरेनौ !
यो सबै हाम्रै अग्रज र हाम्रा कारणले भएको हो , संसारमा धेरै परिबर्तन भैरहेको छ तर हामीहरुमा परिबर्तन हुन सकेको छैन ! मैले बुझेको एउटा कुरा के हो भने राष्ट्रिय परिबर्तनका लागि राजनैतिक परिबर्तन अपरिहार्य रहेछ , नेपालमा पनि राजनीतिक परिबर्तन भयो ! भएको छैन भन्दिन तर व्यक्ति र विचार परिबर्तन नभय सम्म शाब्दिक परिबर्तनले केहि नहुने रहेछ ! माइ संसारका पाठक मित्रहरुलाई मेरो आग्रह के हो भने पंचायत देखियो , बहुदलीय व्यवस्थाको बहुमतको सरकार पनि देखियो, मिलिजुली सरकार पनि हेरियो अब आउने दिनमा गणतान्त्रिक बहुमतीय सरकार हेरौ , यसकालागी आ- आफ्नो ठाउबाट आफुसक्दो सहयोग गरौ~ सोचौ देश भनेको आमा हुन् , हाम्री आमा प्राण भन्दा प्यारी छिन , सधै भरि आमाको काखमा बस्न पाइयोस आमाबाट टाढा लाहुरे भएर बाच्न नपरोस ! जय देश !! जय नेपाल !!!
मन परे हरियो, नपरे रातो
8
0
जुन जोगी आए पनि काननै चिरेको भन्ने हाम्रो पुरानो उखान ताजा नै रहन्छ क्यारे!! suppose PM छानियो रे मानम तर त्यो PM पनि केहि खुट्याउने होइन बरु यो चोर डाँका नेताहरुलाई देश निकाला गरेर युवा बर्गलाई सरकार चलाउन दिए बेस हुने थियो/
मन परे हरियो, नपरे रातो
9
1
काले काले मिलेर खाउ भाले !
मन परे हरियो, नपरे रातो
3
2
ब्यास जी…..प्रस्तावका लागि धन्यवाद………!!!
तर दानापानी राखेको भाडो र झिक्ने डाडुपन्यु उनीहरुसंगै छन/त्यसैले त झिक्ने र भाग लगाउने बेलामा कुनै दबाब बिनै सहमति गर्छन नि तिनीहरु/हामीले दानापानि बन्द गर्न कठिन छ किनभने हामीले सर्बाधिकार सुम्पिएर २०६४ सालमा नै गल्ति गरिसक्यौ/अब कि त हर्के जी ले भनेको जस्तो सबैलाई थुन्नुपरो……त्यो पनि कति सम्भब छ….?? मेरो बिचारमा माओबादीले जनयुद्दको समयमा आफ्ना विरोधीलाई दिनेजस्तो प्रकृतिको दण्ड जुन सभासदलाइ सभाहल बाहिर भेटिन्छ त्यसैलाई दिन थालियोभने कसो होला..जसकालागि कानुनी प्राबधानले अफ्ठ्यारो पर्दैन/ यिनीहरु काँक्राचोर जस्तै रहेछन त्यसैले यिनीहरुलाई मुड्केसास्तीनै उत्तम होला/ साथीहरु के भन्नुहुन्छ…..
मन परे हरियो, नपरे रातो
6
0
म लेखक्दोय भन्दा ३ कदम अगाडि …………..
मन परे हरियो, नपरे रातो
3
0
कुरा ta ठिक हो तर हामी नेपाली खालि यसरी गफ्फ मात्र गर्ने त होनी …. कैले अगाडी गएर बोल्न सक्ने होइनम..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
ब्यासजी धन्यबाद तपैले यो बिचार ल्याउनु भएकोमा , तपाइको विचार अति मन पर्यो , अब चाही साच्चै ति रमिते संसदहरुलाई भोकै पार्ने नै गर्नु पर्छ वा तिनीहरुलाई बर्खास्त नै गर्नु पर्छ हामि नेपालीले |
मन परे हरियो, नपरे रातो
6
0
ब्यास जी तपाई को विचार धेरै राम्रो ! यी ६०१ सभासद भनाउदा हरु लाई संबिधान नबनुन्जेल तलब भत्ता मात्र होइन , aba upranta देश को कुनै पनि सरकारी निकाय मा सेवा गर्ने मौका बाट बन्चित गरेर प्रतिबन्ध लगाउन पर्छ !
मन परे हरियो, नपरे रातो
5
0
अबको चुनाबमा भोट हाल यात राजीनामा दे नाटक नदेखा छ्क्काहरू तिमिहरुको लागी अर्को चुनाबमा डंडा तैयार छ आउलस गाउँमा
मन परे हरियो, नपरे रातो
5
0
सबै नेतालाई नथुनी नहुने भयो जौ अब सबै जना बनेस्वोर घेर्न !
मन परे हरियो, नपरे रातो
3
0
ब्यास्जी ,तपाईका कतिप प्रस्नहरु अनुत्तरित भए पनि समयले उत्तर दिनेनै छ | बास्तबमा जनताले संबिधान बनाउन चुनिएका बिधायिका ” हरुवा तथा धोतीको फेर समात्ने ” को निर्देशनमा फसी तठ्स्टता अपनाउन बाध्य छन | कतिपयेले ६०१ को पुत्ला जलाई सके | मिडियाले हुर्मत लीसके | अब जो साम्सद ले संसदीय प्रक्रिया मा भोट हाल्दैनन तिन लाइ “हल्लो कोस्ट ” मा हाल्नु बाहेक अरु विकल्प छैन | |
मन परे हरियो, नपरे रातो
4
0
Very good. Let’s do it.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
मान्छेलाइ (हाम्रा सभासदहरुलाई) आफ्नो कर्तब्य बहन गर्न प्रेरित गर्ने धेरै तरिका हुन्छन ! तर दाना-पानी नै बन्द गर्नु चाइ अन्तिम उपाय होइन र ?
त्यो भन्दा पहिला हामि सबै नेपालीले ति ५९९ सभासदहरुलाई संबिधान सभा भवन भित्रै खाने र सुत्ने ब्यबस्था (आधारभूत) मिलाएर सबिधान जारि नगरुन्जेल कैद पो गर्ने हो कि ?
तेतिले पनि नभए दाना-पानी पनि बन्द….!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
4
लौ म पनि सहमत, बरु कुन दिन भेट्ने हो बानेश्वोर चोकमा? अफिसबाट छुटी मिलाउनु पर्यो त्यो दिन / अति नै भो बा //
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
1
कोदाली खन्नाको पिरले नेता भएकाहरुबाट एती धेरै आस नगरौ ! भत्ता मात्रै खाया हुन्थ्यो बिकासको सिन्को नाभाचिकन बर्सिक बजेत खाएकोले पो त समस्या छ ! जाबो भत्ताको कुरा गरेर बजेट खान दिने लेख मलाई ठिक लागेन ! नेपालका अहिलेका नेता हरुलाई हेर्ने हो भने माकुने भन्दा कोहि पनि ठिक छैन न त माकुने नै ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
मैले आफ्नो पहिलाको कमेन्टहरुमा पनि लेखिसकेको छु, अझै लेख्छु, लेख्ने पक्षमा म जस्ता मुर्ख बुद्धिजीविहरु अथवा अरु उपल्लो बर्गका विद्वानहरु धेरै हल्ला गर्छौ! सार्है आनन्द लाग्छ! चिच्याउछौ, कराउछौ, बिष बमन गर्छौ, हसौछौ अथवा ब्यन्गकार पनि बनि हाल्छौ! तर जब मैदानको कुरो आउछ, लुते कुकुर जस्तो या हराउछौ, या त सम्भाव्य नाफा घाटाको हिसाब किताब गरेर मुण्टो लुकौछौ!
अब कसरी दाना पानी बन्द गर्ने, यहा हामि मध्ये कसैको आफन्तहरुले फाइदा पनि पाएकै होलान, कसैको जोडदार नोक्सान पनि भाकै होला अथवा कोहि पालो कुर्दै पनि होलान! तसर्थ म यो खुलेआम भन्न चाहन्छु, तरवार भन्दा कलम बलियो! तेसैले लेखौ साथि हो लेखौ! मिटर चढ्दैन, पैसा पर्दैन!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
24
गरेयु खुब तेस्तै,१२७१ को युरोप,र आहिले को अमेरिका,संग तुलना नगर इ हाम्रा ढुंगे युगका,जंगे नेता हरुलाई,कसको बाऊ को नगत छ ईनिहरु को बत्ता रोक्न,तेसै नेता भाको छन् भाण्ठनेहोला लेखकः महोदय ,,इ त सारा जनतालाई रुवारा,जनताका परिवार लै मारेर,नेता भाका हुन्, ल भैगो अब हाम्रो सन्तान र हामीलाई नमार,अब भगवानको लागि भय पनि हे पापी हो हाम्लाई सान्ति संग बच्नदेऔ,तिमीहरुलाई पैसै चाहियको होईना,लौ बरु भोट दिनछम,सत्मामा गर देशलाई लुट तर हाम्लाई शान्ति संग बच्न्देऔ,भनेर जनताले पठाका तेस्ता नरभागछि नेतालाई, पनि बिदेसीको मुत खायर,नेपाल आमानै बेच्ने आहिले को हरुवा कथापुत्लिले लात हनेय्रा सत्ता मा बसेको सरकार हो यो,इनिहरु को बत्ता रोक्ने दिवा सपना न देखे हुन्छ,इनिहरु को बत्ता रोक्ने बितिकै,न्रपिचासु,हत्यारा,डाका,लुटेरा हरु को उपनामले चिनिने जनसेना भनौदो हरुको पनि भत्ता रोकिन्छ,अनि फेरी नेपाल बंन्दा,फेरी लुटपाट,अनि फेरी,गरिब को घर मा दिनहु २०,२५ जना फोकटिया,पाहुना,फेरी पर्तेक १ किलोमिटर को दुरीमा,आर्मीको चेकिंग,बेपार अस्पताल,सबै बन्द,परेटक सुन्ने, नेपाली बिदेस तिर भाग भाग,घर मा जनताको लागि भन्दै चन्दाको बिल,नभय या नदिय,सुराकी या देस विद्रोहीको नाम मा,हत्या,के यहि दिन हेर्नको लागि हाम्ले इनिहरु को बत्तारोक्नी,सम्भिधान,सभाको ढोका,खुल्ला हुदात,घरि घरि हाम्ले यो देस लुट्न पयनौ भने,देस दुर्घटना तिर जन् छ,भनेर खुला मैदान चुनौती दिन छन् ,रोकेयु बत्ता.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
14
खोस्न त मन थियो तर कसरि खोस्ने चोरेर कि कुटेर नत्र फेरी पार्टीले ताकेता लाउलान……
मन परे हरियो, नपरे रातो
6
4
ल ल .. हो हो ..बन्द गर्ने पर्छ..तर कसरी, कहाँ बाट, कहिले बाट ..अलिकति खुलस्त हुनु पर्यो ..मुख ले बोल्ने , कलम ले लेख्ने धेरै अति धेरै भयो अब action मा आउनु पर्यो तर कसरी ..अलिकति खुलस्त गरि दिनुस न है….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
उपाय हेर्दा सही नै लाग्छ । तर नागरिकहरूलाई अगुवाइ गर्नेचाहिँ को नि ? माओवादीले समस्या समाधानका लागि दबाब दिन लाखौं नागरिकलाई लिएर काठमाडौं घेर्दा, “तिनीहरू काठमाडौंका जनता होइनन्, पैसामा बिकेर आएका” आदि भनेर अनेकथरि आरोप लगाउने अनि मुट्ठीभर सुकिला-मुकिला कालोबजारी, राष्ट्रघातिहरूले ‘काठमाडौंवासी’ले भोगेको बन्दको प्रभावलाई उचालेर शान्ति सभाका नाउँमा तिनै ‘मैलाधैला’ ‘अ-काठमाडौंवासी’लाई गाली-गलौज गर्दाचाहिँ ‘नागरिक जागेको’ भन्नेहरूले अगुवाइ गर्ने ? ल कल्याणै हुने भो ! पारसले समेत केही दिनअघि दोस्रो जनआन्दोलनमा भेला भएका जनतालाई ‘काठमाडौंका जनता’ होइनन् भनेछन् । होइन ! काठमाडौंका जनतामात्र जनता हुन् र भन्या ? देशको समस्या समाधानगर्न काठमाडौंकै जनतमात्र जाग्नुपर्ने ? के काठमाडौंवासीहरूले अ-काठमाडौंवासीहरूले भन्दा बढी दु:ख खेपिरहेका छन् ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
51
किन तपाई लै तेस्तो लाग्दैन र भन्या | हाम्रो जम्बो मन्त्रि मण्डल मा कति percent kathmandu बासि छन् | येस्सो हिसाब गर्नुस त जति नि आएर राज गरेका छन् kathmandu मा पन्चे देखिन् चम्चे कहाँका हुन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
दिक्षान्तजी,
काठमाडौं नेपालको कतिऔं अंशमा पर्छ, पहिले त्यो हिसाब गर्नुस् । जहाँसम्म अहिलेको मन्त्रिमण्डलको कुरा छ; यो त जनताले रुचाएकाहरू र जिताएका पक्कै पनि होइनन् । तर यहाँ कुरो सभासद्हरूको भइरहेको छ; ती सभासद् जो आफ्नो स्वविवेकले भन्दा राजनीतिक ह्वीपका कारण दलीय निर्णयलाई मान्न बाध्य हुन्छन् ।
मन परे हरियो, नपरे रातो
3
3
अगुवा बन्ने रहर किन पाल्नु परो र ?
संबिधान सभा घेराउ गर्ने हो, संबिधान जारि नगरुन्जेल सम्म……..प्रधानमन्त्री बन्ने वा पार्टी अध्यक्ष बन्ने कार्यक्रम होइन !
मन परे हरियो, नपरे रातो
5
4
ब्यास जी !
साच्चै अब यस्तै गर्नु पर्ने बेला आउन लागिसक्यो ,
यस्तो साहस नेपाली जनतामा छ , मात्र अहिले उनीहरु शहन्शील भएका छन् ,
जब सहनशीलताको बाध टुट्छ यस्तो दिन भेल भएर आउछा ब्यास जी .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
9
तपाई को तर्क ठिकै छ
तर विदेश मा बसेका सबैलाइ , :-तपाई चै विदेश मा बसेर नेपालमा एसो गर्नु पर्छ भनेर भासन नदिनुहोस -: भन्नु हुन्छ , अरे बाबा नेपाल को मायानलागेर विदेश गा को होर , अनि विदेश मा भा को हरु के नेपाल मा सभासद हरु तलब नखाओ भनेर सडक बन्द गर्नु आउनु कि धमला को क्लब मा भासन गर्न आउनु कि बसन्तपुर मा रयाल्ली गर्नु औउनु
अर्को कुरा यो तलब नदिने कुरा पनि कि त संबिधान संसोधन गर्नु पर्यो , अब आफ्नो तलब सुबिधा जाने गरि सभासद हरु ले कसरि एसो गर्लान र अर्को लाजै लगेर नि नलिनु पर्ने ,,,, लाज त उनीहरुलाइ लाग्दैन
मन परे हरियो, नपरे रातो
5
9
upeon जी,
बिदेसमा बसेर पनि देसको लागि धेरै गर्न सकिन्छ / global village को समय हो यो / ब्यास जी जस्ताको सहयोग देसको लागि खाँचो छ / तपाइँ हामि देशमै बसेर पो के लछार्न सक्या छौं र ?
मन परे हरियो, नपरे रातो
5
0
बन्द मात्र हो ? र साथीहरु दुइ वर्ष सम्म केहि नगरी पचाएको रकम पनि असुल्नु पर्छ ,अनि जसले तिर्न आनाकानी गर्छ तेस्लाई जनता को कठघरामा उभाऊनु पर्छ !! सजाय दिनु पर्छ !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
2
ब्यास जी
राम्रो लेखको लागि नमस्कार
तर येहा कुरा आयो बिरालोको घाटीमा घन्टी कसले बादने? तपाई त अमेरिका मा हुनुहुन्छ खाली लेख मात्र लेख्नु भएको छ धेरै राम्रो | अब आउनुहोस नेपाल मा अनि यो प्रयासको थालनी गर्नुहोस सैदान्तिक हिसाबले होइन ब्बाहारिक हिसाबले अनि थाहा पाउनु हुनेछ यो कदम कतिको सजिलो हुन्छ कि असजिलो हुन्छ भनेर | कति जना साथ् दिने मान्छे हुन्छन हेर्न बाँकि नै छ तर म चाही तपाइलाई पूर्ण रुपमा सहयोग गर्नको लागि तयार छु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
6
ब्यास जी ले राम्रो बिचार राख्नु भयो अनि यहालाई चाहि किन चिलायो ? काहा चिलायो ? वहाले बुझ्नु भएको जान्नु भएको कुरा सबै नेपालि माझ पस्कनु भयो !! बरु केहि सिक्नोस अझै तपाई काचो नै हुनु हुन्छ …”तपाइँ अमेरिकामा बसेर लेख्नु हुन्छ आउनुस नेपाल अनि यो प्रयासको थालनी गर्नुहोस”….. अनि यहाँ Ngandaki जी चाहि थपडी मार्दै बस्नु हुने ? हाय..हाय भन्दै टाउको बटार्दै,खुट्टा नचाउदै !!
मन परे हरियो, नपरे रातो
7
7
लात को मान्छे बात ले मान्दैन भन्ने उखान छैन
लात कि भूत बात से नही मनता हो…..
भाइ ले हिन्दी उखान हिन्दी मै लेखे पनि हुन्छ , फरक पर्दैन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
1
41
तपाईले पनि सिक्नोस खासमा यस्तो हुन्छा ” लातो के भुत बातो से नही मानते ” बिबेक भाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
यसमा र यसो भएमा मेरो पनि सहमति छ ।
मन परे हरियो, नपरे रातो
12
1
सारै राम्रो माग ! १०० प्रतिशत चित्त बुझ्यो ! संबिधान बनाउन लागि पर्छन भने काठमाडौँ को बसाई हुन्छ , सादा दाल भात खाएर बसुन ,लेखुन हाम्रो देश ले नया संबिधान पाओस हाम्रो इच्छा येही हो एदी अझै पनि लड़ामति गर्छन भने गाउँ मा गएर हलो जोतून न हाम्लाई पनि के मतलब भो र न रहे बाँस नबजे बाँसुरी !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
हाम्रो देशमा राजनीति भनेको जनताको सेवा होईन पेवा हो / राजनीतिमा चासो राख्ने भनेको उही भ्रष्ट नेता-कार्यकर्ता, भ्रष्ट हाकिम-कर्मचारी, दलाल, तस्करी, कालोबजारीयाहरु र राजनीति आफ्नो पछ्यमा कसरी हुन्छ अनि मौका छोपौंला भन्ने बुद्धिजिबी, पत्रकार, अलि पढेलेखेका स्वार्थीहरु मात्रै हुन् / मतलब राजनीतिमा चासो राख्ने देशमा २ प्रतिशत पनि छैन होला / नेपालमा ९९ प्रतिशत निम्न बर्गका जनताहरु छन् / उनीहरुलाई गाँस, बास, कपासको लागि संघर्ष गर्दैमा फुर्सत छैन भने मुलुकको राजनीति अबस्था बारे सोच्न पनि भ्याएको छैन वा मतलब पनि छैन होला / किनभने म एक जना कम्प्युटरमा दुई-तीन घण्टा पत्रपत्रिकामा राजनीति समाचार हेर्छु , बिबिसी, टिभी,पत्रपत्रिका आदि इत्यादी सुन्छु हेर्छु / तर मेरो परिवारमा आमा बुबा, श्रीमती, जवान भैसकेका मेरा छोरा छोराहरुलाई राजनीतिको “र” पनि थाहा छैन / उनीहरु आफ्नै धुनमा हिडिराखेका छन् / लेखकले भने जस्तै गर्न सय बर्ष लाग्छ होला /
मन परे हरियो, नपरे रातो
5
4
यो उपाय पर्मानेन्ट होइन./ एस बाट एक चोटी लाई पम चुनियेला / तर अरक्जकता झन् बढ्छ / मन परि तन्त्र झन् बढ्छ /
अब अर्को चुनब गर्नु पर्छ/
जनता ले सबै सभासद कुनै पार्टी मा नलागेको राम्रो व्यक्ति छान्नु पर्छ/ सबै पार्टी लाई नेपाली पिपुल ले बहिस्कार गर्नु पर्छ/ पार्टी मा लाग्ने सबै लाई जनता ले हेला गर्नु पर्छ./ उनीहरुलाई पुज्न छोड्नु पर्छ./ र हामी जनता आफु पनि राम्रो हुनु पर्छ / हामीले आजै देखि नुर्सेरी को बच्चा सगै नैतिक ज्ञान सिक्नु पर्छ/
मन परे हरियो, नपरे रातो
5
12
हो साले चोरै चोर मिलेर ले बनेको संबिधान सभाका डाँका सदस्यहरुले नेपालको पुर्खौदेखिक्को रास्त्रियता र सर्बभौमता र अस्त्तित्तो नै बीसको समू बेचेर खै सक्यो, तेसैले अब येनिहरुलाई सम्बिधन्सबमा राना शासन औदाको जन्गेले जसरि कोट काण्ड बनाउनु पर्चाआआआआआअ अनि मात्र देसले अर्कै गति लिन्थ्यो , जय नेपालको विजय होस् ….
मन परे हरियो, नपरे रातो
10
2
ठिक भन्नु भयो. नेपालमा अब जंगे नै चाहियो
मन परे हरियो, नपरे रातो
4
1
मैले पनि यो भन्दा अर्को बेस उपाय देख्दिन. बिल्कुलै अर्को उपाय छैन. अब कसरि जनता लाइ संगठित गर्ने हो तिर लाग्नु पर्यो…फेरी त्यहाँ पनि त नेता त चाहियो नि त ……..लौ न ढीला भै सक्यो …..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
एती गर्न सके त के दुख पर्थ्यो र…. साले चोर हरु ले देस लै खादै छन्…. कुकुर हुन् सबै नेता हरु… चोर हरु लै साला बन्दुक ले ठोक्न मा लागेको छ… तर क गर्ने…. कुकुर हरु लै घिउ न पचेको हो….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
कुरो त राम्रो हो . साचै हामी नेपाली ले सोच्ने बेला भाको छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
1
लेख एकदम राम्रो छ. idea पनि राम्रै लग्यो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
0
कानुनको मर्म बचाएर मात्र गरौ /
दस जना अपराधि छुटुन तर एउटा निरापराध नपरोस भनिन्छ /
अब जनतालेनै उठेर कानुन हातमा लिनु पर्छ भने सरकारको जस्तो जथाभाबी प्रयोग हामि गर्दैनौं / लेखकको बिचार प्रति मेरो असहमति छैन / तर साथि इतिहास जस्ताको तस्तै दोहोर्यौछु भनेर कोसिश गर्नु मुर्खता मात्र हुन्छ / त्यसलाई अलि परिमार्जन गरेर उस्तै घटना घटाउन चाहिं सकिन्छ/ त्यसैले अन्त देसमा पहिला जस्तै गरेर सबैलाई होइन जो जो सांसद अकर्मन्य छन् तिनलाई मात्र थुनौँ / संबैधानिक र चालु संसदीय प्रक्रियाको बिरोध गर्ने वा अकर्मन्य भै तटस्थ बस्ने परम्पराको अन्त्य गरौ / तटस्थ बसेर सरकार तथा संबिधान बन्न सक्दैन /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
म त भन्छु बिचरा सबासद हरु के गरुन खै …….!! पार्टी व्हीप नमानेर स्वोतन्त्र रुपले आगाडी बढ्न खोज्दा सबासद्को पदनै चट् भएको छ………!! यो संसदिय बेबस्था भित्र भएको पार्टी निरंकुसता अनि पार्टी ले आफ्ना सबासद माथि लादने तानासाही प्रबिर्तिको अन्त्य हुनु पर्छ ! ये पार्टीका टाउके नेता हो एक पटक कृपया आफ्ना सबासदहरुलाई गोप्य मतदान गर्ने अवसर दिनुहोस न ल !! अनि बल्ल ६०१ को मुल्यांकन हुनेछ अहिले भने १० जना बदमाशनेताहरुको चक्रबिउमा देश फसेको छ ६०१ त गन्ने मात्रको लागि हो साथी !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
बडो राम्रो र सान्दर्भिक लेख / यी देशको प्रधानमन्त्री पनि चुन्न नसक्ने (संबिधान बनाउने कुरो त धेरै टाढाको भयो) हरुलाई यो लेखमा सुझाए जस्तै तलब भत्ता पूर्णरुपमा रोक्का गरेर र गत कार्यकाल पुरा गरे पछी अहिले सम्म बुझेको सबै रकम फिर्ता लिनु पर्छा / यसो नगरे यिनीहरु ६०१ को मिलेमतोमा यिनीहरुको जागिर त विभिन्न बहानामा लम्ब्याई रहनेछन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
छिमेकीका बाच्छाहरुले आफ्नो सागबारी फाँडे, के गर्ने आफुले सानो बार पनि लगाउन सकिएको होइन है ! न त छिमेकीलाइ राम्ररी भन्न नै सकियो !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
हो, ठिक हो! सके सबै को नसके ति भोट नहाल्ने सभासद् को बिल्ला भिरेका हरुको चाहि तलब भत्ता खोस्ने पर्छ!
जसले अब छैटौ चोटी भोट दिदैन तिनीहरुको सभाषद पद को अन्त गरि तेस्को ठाउमा नया ल्याउने, चुनाब गर्ने गर्नु पर्छ!
अझै मिल्छा भने यो च्याखेमा सभाषद भयका सबै लाइ खारेज गरि अब बिदा दिनु पर्छ!
अब देश नया सोचको साथ् नया तरिकाले बनाउनुपर्छ!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
I think this is good suggestion. The politicians need to listen and learn behavior from the people. Many thanks to both Byas jee and mysansar team for opening up the discussion forum for important issue like this.
मन परे हरियो, नपरे रातो
7
0
ये नेता हो तिमीहरुले गू खाए हुन् हुन् छ!
मन परे हरियो, नपरे रातो
10
3
म त् एक दम सहमत छु. सबैले साथ दिनु पर्यो.
बसन्त
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
राम्रो सुझाब ब्यास जी
हो वास्तबमा यी सबासाद भनाउदा हरुको तलब तथा सबै सुबिधा तुरुन्त बन्द गर्नु पर्छा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0