मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अन्मिन: सेनालाई अनुगमनमा राख्ने कि नराख्ने?

    प्रकाश सिलवाल

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (अन्मिन) को अवधी सकिनै लाग्दा नेपाली सेनामाथि यसको अनुगमन रहने या नरहने भन्ने विषयमा विवाद चलिरहेको छ।

    माओवादी सेनाका लडाकूलाई प्रोत्साहन गरेको गुनासो बढेपछि सरकारले अन्मिनको औचित्यबारे छलफल चलाए पनि यसलाई तत्काल विदा गर्दा राष्ट्रसङ्घ ‘रिसाउने’ र यथावत राख्दा सरकारलाई ‘असहयोग’ हुने विश्लेषण पनि हुने गरेको छ।

    यही भदौ ३० अर्थात् १५ सेप्टेम्बर २०१० मा अन्मिनको अवधि सकिने भएपछि प्रधानमन्त्री माधवकुमार नेपालले अब अवधि किन थप्ने र थपेमा नेपाली सेनाको अनुगमनको कार्यादेश किन नहटाउने भन्ने विषयलाई दलहरुको बैठकमा राख्दै आउनुभएको छ।

    अन्मिन विशेषतः राजनीतिक मिसन हो, जसले नेपालको शान्ति प्रक्रियालाई सघाइरहेको छ। राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रावधानअनुसार २३ जनवरी २००७ मा नेपालमा अन्मिन स्थापना भएको हो।

    ९ अगस्त २००६ मा नेपालमा राजनीतिक सहमतिका आधारमा नेपाल सरकारले राष्ट्रसङ्घका महासिचवलाई पठाएको पत्रका आधारमा अन्मिन यहाँ आएको हो।

    सुरुदेखि नै शान्ति प्रक्रियामा सामेल भइरहेको हुनाले भूमिका कम गराएर अन्मिनको अवधि थप्न वर्तमान सत्ता गठबन्धनका नेताहरू सकारात्मक भए पनि अबका दिनमा नेपाली सेनाको अनुगमनको जिम्मेवारी कायम राख्न नहुने उनीहरुको अडान छ।

    ३ अगस्त २०१० मा अन्मिनले विज्ञप्ति जारी गरी नेपाली सेनामा नयाँ भर्ना गर्ने प्रक्रियाको विरोध गरेको थियो। भर्नाअघि संयुक्त अनुगमन समितिमा स्वीकृत गर्नुपर्ने अडान अन्मिनको छ भने सरकारले रिक्त दरबन्दीमा भर्ना गर्न कसैले नरोक्ने बताएको छ।

    आज रासससँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहले नेपाली सेनालाई अन्मिनको अनुगमनबाट हटाउनुपर्ने पार्टीको अडान रहेको बताउनुभयो।

    राष्ट्रिय सेनालाई माओवादी सेना सरह हेर्न नमिल्ने भन्दै उहाँले सेनाको पदपूर्ती रोकिएमा यो बिघठनको बाटोमा जाने खतरा उत्पन्न भएको उल्लेख गर्नुभयो।

    शान्ति सम्झौताका बेला सरकारमा रहेका नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले संविधानसभाको निर्वाचन सफल बनाउन, राजतन्त्रको समाप्ति नभइसकेको अवस्थामा अन्य चलखेल रोक्न र शान्ति प्रक्रिया छिट्टै टुङ्गो लगाउन नेपाली सेनालाई पनि अनुगमनमा राखिएको भए पनि हाल त्यो कार्यादेश राखिरहनु आवश्यक नभएको बताउनुभयो।

    नेता ज्ञवालीले नेपाली सेनालाई संविधानले दिएको जिम्मेवारी र शान्ति सम्झौताले सुम्पेको दायित्वअनुसार लामो समयसम्म अन्मिनको निगरानीमा राखिनाले सेनाको दैनिक कामसमेत प्रभावित पर्नसक्ने जनाउनुभयो।

    तर संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिका अध्यक्ष पद्मलाल विश्वकर्माले भने काँग्रेस र माओवादीका नेताहरुको मान्यता शान्ति प्रक्रियालाई टुङ्गोमा नपुर्‍याउने नियतले प्रेरित भएको आरोप लगाउनुभयो।

    माओवादीका सभासद् समेत रहनु भएका उहाँले नेपाली सेनाको अनुगमनको कार्यादेश हटाउने र अन्मिनको अवधि नथप्ने विषयमा कुनै छलफल हुन नसक्ने दाबी गर्नुभयो।

    विश्वका धेरैजसो द्वन्द्वग्रस्त मुलुकमा अन्मिनको सहभागिता प्रायः विद्रोही पक्षलाई प्रोत्साहन गर्नेगरी हुने गरेको गुनासो पाइन्छ।

    नेपालमा पनि यसले एकीकृत नेकपा (माओवादी) लाई ‘धाप’ मारेको आरोप लाग्दै आएको छ।

    तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले अन्मिनको प्रभावकारितामा प्रश्नचिन्ह उठे पनि राष्ट्रसङ्घलाई विश्वासमा लिन अवधि नथप्नुको विकल्प नभएको धारणा राख्नुभयो।

    उहाँले अन्मिनको अवधि थप्दा र नथप्दा दुवैमा समस्या रहेको विश्लेषण गर्नुभयो।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने विश्वमा धेरै मुलुकमा राष्ट्रसङ्घका कारण आन्तरिक किचलो बढेको अनुभवका आधारमा आफूहरुले सुरुदेखि नै यसलाई नेपालमा नल्याउन माग गरिरहेको बताउनुभयो।

    उहाँले अन्मिनले माओवादीलाई धाप मारेको र सरकारले पनि राष्ट्रसङ्घलाई खुशी पार्ने नाममा यसको अवधि थपिरहेको आरोप लगाउनुभयो।

    राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली सेना र माओवादी सेनालाई एउटै तहमा राख्न नहुने भए पनि देशमा दुई सेना रहुन्जेल अन्मिनको उपस्थिति आवश्यक रहेको धारणा राख्नुभयो।

    अन्मिनका प्रवक्ता कसमस विश्वकर्माले भने अवधि थप्ने र कार्यादेश घटाउने विषय नेपाल सरकारको सिफारिस र राष्ट्रसङ्घको सुरक्षा परिषद्को निर्णयमा भर पर्ने भएकाले अन्मिनको बेग्लै धारणा नभएको जनाउनुभयो। रासस

    No related posts.

    62 comments to अन्मिन: सेनालाई अनुगमनमा राख्ने कि नराख्ने?

    • अनमिन ले राज्य को सेनालाई पनि जरुरि छ /नत्र देशमा अर्को
      लडाई हुनसक्छ /अनमिन कुनै राजनीति क पार्टीको होइन एउटा अन्तर रास्ट्रिय संस्था हो ,येस्माथी संका गर्ने हरु माथि शंका उब्जिन्छ कि उनीहरु देशलाई अर्को खाडलतिर धेकेल्नप्रयासरत छन / एउटा ठुलो संघार बाट देश उम्किएको बेला फेरी एस्तो नगरौ साथी हो / यो त संसार ले विशास गरेको सान्ति कायम संथा हो /साथीहरु कुनै पार्टीको तर्फ बाट कहिल्य नबोलौ /आफ्नो स्वोच्छ मन देखि सोचौ पार्टी हरुले येत्रो दुख दिदा पनि त्येस्कै पछी हुनुहुन्छ भने तपाई पक्कै देशको ठुला गद्धारहरुलाई सघाउने भेडा हो / म कुनै पार्टीको सपोर्टर होइन स्वोतन्त्र हु /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      नेपालमा सेना (कुनैपनि) र अनमिन दुबैको बिघटन गर्नु नितान्त उत्तम हुनेछ!
      नेपालि सेना को बिघटन हुनु जरुरि छ, किनकि यो देशलाई सेतो हात्ती हो! जब नेपालि सेना हुदैन तब अरु कुनै सेना पनि हुने छैन र आबस्यक पनि छैन!
      बरु प्रहरीलाई शशक्त बनाउन र रास्ट्रीय शुरक्षा को लागि अरुकुनै बिशेष योजनाहरु साथै नागरिक शशक्तिकरण तर्फ बिशेष ध्यान र योजना ल्याउनु उचित हुने छ!
      तर जबसम्म नेपालको शान्ति प्रक्रियाले निर्णायक निर्स्कर्ष प्राप्त गर्दैन या जबसम्म सेना समायोजन वा बिघटन हुदैन तब सम्म अनमिन नेपालमा कार्यरत हुनु उपयुक्त हुन्छ किनकि यो आयकै तेसैको लागि हो!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 10

    • shyam

      nepalka भारतीय दलालहरु नेपालमा UNMIN होइन INMIN चाहन्छन INMIN is for INdian Mission In Nepal

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

    • madan bajracharya

      “नेपालमा लिट्टे बाद”
      श्रीलंकामा लिबेरेशन तायिगर नाम दिएका भारतको पिठ्ठुहरु तामिल नेताहरुले श्री लंकाको जाफ्नामा आफ्नो जातीय राज्य बनाउन जस्तो सपना देखेको थिए ठिक तेस्तै गरि भारतको पिठ्ठु बिहारी आप्रबाशी नेताहरुले नेपालको तराईलाई पनि मधेश राज्य बनाउन खोजि रहेको छ/ मधेश र मधेसी सब्द बिसुद्ध हिन्दी सब्द हो त् नेपालको तराईको नाम हिन्दी भाषामा हुन् कसरि सक्छ? हिन्दी भाषा नै आफ्नो भाषा नभएको तराईको नेपाली को नामाकरण हिन्दी भासामा मधेसी भनेर कसरि हुन् सक्छ? तर यस्तै गर्न गराउन खोज्दै छ/

      उहिले ईस्ट इन्डिया कम्पनीले श्री लंकामा चिया बगानमा मजदुरी गराउन तमिलहरुलाई श्री लंका मा लागेको थिए/ ईस्ट इन्दिआ श्री लंका बात फर्के पनि ती तमिल हरु उतै बसे/ तिनीहरु संख्या बढ्दै गएर ६० लाख पुगे पछी श्रीए लंकाको सरकारले श्री लंका जस्तो सानो मुलुकमा ६० लाख भारतीय हरु लाई आप्रबाश दिन नसक्ने कुरा गरे पछी इन्दिरा गान्धी र श्री लंका सरकारको बीचमा भएको सम्झौता पछी ३० लाख तमिलहरु लाई श्री लंकाले नागरिकता दिने बाकि ३० लाख लाई भारतले फर्काउनु पर्ने सहमति भयो/

      अस्ति गिरिजाको सरकारले ४२ लाख बिहारिहरुलाई आँखा चिम्लेर नागरिकता दिये झैं श्री लंका सरकारले पनि ३० लाख तमिलहरुलाई नागरिकता दिए/ तर बाकि तिस लाख तमिलहरुलाई भारतले फर्काउनुको बदला उनीहरुको हातमा बन्दुक दिए/ अहिले १०० भन्दा बढी बिहारी नेपालीहरुले पनि बिभिन्न राजनैतिक नाम राखेर बिहारमा बसेर नेपालमा आतंक मच्चाउँन हतियार त् भारतले नै उपलब्ध गराएको हो/ होयिन भने भारतले तिनीहरुलाई किन कार्येबाही नगरेको र किन नेपालको सरकारले अनुरोध गर्दा गर्दै पनि सपुर्दगी नगरेको?

      तमिल तायिगर हरुले पुरा दछिं श्री लंकामा मात्र तमिल हरुको स्वायत शासन माग गरे/ हाम्रो नेपालमा नेपाली नागरिकता बोकेको बिहारी आप्रबाशिहरुले नेपालको पुरा दछिंन भू भाग(तराई) मा स्वायत राज्य चाहे/ फरक मात्र सब्द को छ/ आत्म निर्णय गर्न सक्ने मधेसीहरुको अग्राधिकार भएको एक मधेश राज्य भन्नु र श्री लंकामा तमिल हरुले पुरा दछिं श्री लंका (जाफ्ना) मा स्वायत शाशन चाहनुमा केहि पनि फरक छैन/

      तमिलहरुले संघर्स गर्दै गर्दा श्री लंकाको सदनमा तमिल समर्थक र विरोधीको बिचमा जे भएको थियो ठिक तेस्तै अहिले नेपालको राजनीतिमा भई रहेको छ/ श्री लंकामा पनि प्रमुख दलहरुले तमिलहरुको अग्राधिकार र आत्म निर्णय गर्न पाउने जातिय राज्यको मागमा समर्थन दिएनन् अहिले नेपालमा पनि तेस्तै भई रहेको छ/

      श्री लंकामा तमिल राज्य बनाउन भारतले जसरि दवाव दिएको थियो ठिक तेस्तै दवाव भारतले नेपाललाई दिंदै आएको छ/ श्री लंकामा शान्ति होस् भनि एकातिर भन्दै गर्ने उता तिर तमिल तायिगरहरुलाई भारतको तमिल राज्यमा पाल्दै आएको थियो/ अहिले बिहार राज्यले पनि नेपालको तराईमा एक मधेश राज्य बनाउन मात्रै होयिन तराई लाई नै नेपाल बात अलग्ग गर्न खोज्ने जय कृष्ण गोयेत जस्तालाई पालि राखेको छ/ आज नेपालमा आतंक मच्चाउन्दै गर्ने अरु नेपालीलाई पहाडी भन्दै मार्दै गर्ने सयौं आतंक बादी समुह बिहारमै बसी आएको छ/

      फरक के छ लिट्टे र एक मधेश बादीको बिचमा?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 8

    • देवराज जोशी, कैलाली

      संयुक्त राष्ट्र संघले निश्पक्ष काम गरेन त्यसैले उसलाई बिदा गर्नु पर्छ भन्नु हास्यास्पद छ | के अरु कुनै राष्ट्र ले आएर निश्पक्ष काम गर्छ? कि दल हरु आफैले शान्ति प्रक्रिया टुङ्गो लगाउने हुन् ,जाबो एउटा सरकार बनाउन सहमति गर्न नसक्नेले आफैले शान्ति प्रक्रिया पूरा गर्ने होलान भनी पत्याउनु?
      भारतलाई ल्याएर नेपाल लाइ श्रीलंका अनि माओवादीलाई लिट्टे बनाउने उही पुरानै सड्यन्त्र हो जस्तो लाग्छ यिनीहरुको |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 7

    • devendra singh

      देशमा शान्ति कायम गर्न अनमिनको उपस्थिति आवश्यक नै छ जस्तो लाग्छ मलाई तर मेडिया मा आएको जस्तो कुनै दल प्रति बढी झुकाब नराखी सबैलाई समान रुपमा राखी मध्य मार्गी भएर आवश्यक सहयोग गर्नु पर्छ l आशा छ अनमिनको सहयोगले नेपालमा दिगो शान्ति हुनेछ र बिस्तारबादी तत्वहरुको हालीमुहाली हुने छैन l

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • bidur bharati

      मेरो संसारमा प्रतिकृया लेख्ने कथित लोकतन्त्रवादीहरु एमाओवादीलाई दरबार परस्तको र कथित राष्ट्रवादीहरुले भारत परस्तको आरोप लगाउनमा शक्ति खर्चेको देखिन्छ । तर हिजो राष्ट्रवादी भनौदा महेन्द्रले २०२२ सालमा कालापनि सुम्पिदा र सुर्य बहादुर थापाले भारतको खुल्ला दलाली गर्दा देश द्रोही नहुने एमाओवदी भारतका सर्बहारा वर्गको सहयोगमा भारतमा बसेर जनयुद्ध लड्दा कसरी राष्ट्रघाति हुने । अनि कथित लोकतन्त्रवादी काग्रेश र एमालेले राजाको दलाली गरेर प्रधानमन्त्रि हुदा चै राजा परस्त नहुने । राजा फाक्ने आन्दोलनमा दशौं हजारको बलिदान गर्ने पार्टीले प्रधानमन्त्रिको चुनाब राप्रपासंग भोट माग्ने बितिकै राजावादी हुने । अनि भारतीय दुताबासको नुन खाएका कणकमणि, प्रतिक प्रधान र नारायण वाग्लेले चलाएको प्रतिगामी र दक्षिणपन्थि हल्लाका पछाडी सबै दौडने । तसर्थ यो सर्बहारा वर्गका बिरुद्ध सम्रान्तहरुले कथित लोकतन्त्रवादी र राष्ट्रवादीको मुखुन्डो भिरेर चलाएको संर्घनको मात्र हो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 11

    • अर्जुन

      हर्के जी शान्ति सम्झौता पुरा नहुदै अनमिन लै फिर्ता पठाइयो भने के हुन्छा एक पटक राम्रो संग सोच्नुस ! तपाई माओबादीलै समर्थन गर्नु हुन्न भने नगर्नुस केहि छैन तर राम्रो काम लै त राम्रो भन्न सक्नु पर्छा नि ! म पनि नेपाली कांग्रेस को कर्येकर्ता थिए एक जमाना म तर मलाई कांग्रेस को नीति मन परेन र म मदन भण्डारी को पाला मा एमाले तिर लागे किनकि मदन भण्डारी ले भारतीय बिस्तारबाद को खुलेर बिरोध गरेको थियो ! अहिले एमाले मा दक्छिन पन्थी खेमा हाबी भएको लिट्टे कुमार र के पी हरु भारतीय को खुल्लम खुल्ला दलाली गरेकै कारण मा माओबादी लै समर्थन गर्न पुगे ! माओबादी बाट धेरै गल्ति हरु भएका छन् तर भारत सित को असमान सन्धि हरु खारेज हुनु पर्छा यो सम्पूर्ण नेपाली को आवाज हो ! माओबादी लाई तेतिबेला सम्म समर्थन गर्छु जति बेला सम्म भारतीय ज्यादती को बारेमा आवाज उठाउने गर्छा ! मा भारतीय हेपाहा प्रवृति को कट्टर बिरोधि हो ! मा भारतीय जनता को बिरोधि होइन , भारतीय बयूरोक्रयासीको नेपाल प्रति गरेको नीति को बिरोधि हो ! एस्तो संक्रमण आबस्थामा अनमिन लाई फिर्ता पठाउनु भनेको देश लाई सिधै गृहयुद्दा मा धकेल्नु हो ! माओबादी लाई फेरी जंगल फर्काउनु हो ! एदी एस्तो भयो भने तपाई हामी सुरक्छित होलाऊ र ? तपाई हाम्रो परिवार सुरक्छित होला र ? के देश रहला र ? गर या मार को स्थिति मा पुगेको माओबादी ले सजिलै आत्मसमर्पण गर्ला र ? तेही पनि तेत्रो जनमत पाइसकेको पार्टी ले एस्तो गर्ला भन्ने सोच्नु तपाई को भुल हो ! माओबादी लाइ अर्कै ग्रह बाट आएको देख्नु भएको होला तर मैले हाम्रै नेपाली दाजु भै दिदि बहिनि बुबा आमा देखेको छु ! जो विचार ले अलग भए पनि रगत ले हामी एउतै होउ ! तेसै ले कसै को रिस ले गाली गर्नु भन्दा एथार्थ बुजेर मात्र गाली, बिरोध गर्ने गर्नुस, धन्य बाद जय नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

      • Harke

        अन्मिनले के गरेको छ र अर्जुन जी ?
        अनमिनको अनुपस्थितिमा..भोलि गृहयुद्द मच्चिएला कि भन्ने सबैभन्दा ठुलो डर हो र अर्को ठुलो डर गृहयुद्द मच्चिएपछि भारतीय सेना पस्ला कि भन्ने हो ! त्यो डर मलाइ नलागेको होइन….तर अनमिनले त्यो बेलामा एउटा रिपोर्ट बनाएर भाग्ने बाहेक केहि काम गर्दैन !

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

        • अर्जुन

          अनमिन ले केहि गरेको छैन भने सेना लै किन अनमिन को दयेरा बाट बाहिर राख्ने सद्येंत्र गरिदै छ हर्के जी ? १२ बुदे समजदारी मा दुवै सेना अनमिन को दयेरा भित्र राखिने हो होइन र ? अहिले सेना लै अनमिन बाट अलग गरिनु भन्नु सिधै सम्झौता को उलंघन र देश लै ग्रिहयुद्दा मा जाक्ने सदयेंत्र होइन ? अहिले ओली दिल्ली दौडाहा मा जानु त्यो प्रधान मन्त्रि चुनिनु पूर्व सन्ध्या मा! यो सबै नेपाली जनता ले बजेका छन् साथी ! एकदिन यी सबै लिट्टे कुमार र ओली कांग्रेस क केहि दलाली हरु छात्र मान गुरुङ को तंग मुखी छिरेर सेना लै सक्रिय बने माओबादी लै जंगल पठाउने अनि देश मा भारतीय सेना छिराउने गम्भीर सदएंत्र मा लागेका छन् ! तर नेपाली जनता पहिला को जनता होइनन, सबै जागी सकेका छन् ! जय नेपाल

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • शान्ति सम्झौता र शेना समायोजन प्रक्रिया लाइ अन्तिम निस्कर्ष मा पुर्याउने कामको छिटो भन्दा छिटो टुङ्गो लाग्दा अनमिनको उपस्थिति स्वत समाप्त हुने हुँदा अहिले सरकार चलाउने र सरकारमा सहभागी हुने हरुले अनमिनको उपस्थिति ,कार्यक्षत्र थप घट गर्ने गराउने चाहिदा नचाहिदा टिका टिप्पणी गर्दै ,२४० वर्ष पुरानो शाह शासन का प्रजातन्त्र प्रेमी बिरेन्द्र को बंश समाप्त गर्न सहयोग पुर्याउने तत्कालिन सेना प्रमुख तथा सेना हरु चाहे कटुवाल होस् बा छेत्र बहादुर गुरुङ जो कोहीलाई समेत मित्र सम्झी अनमिनको उपस्थिति आबसेक छैन भन्न लगाउने जस्ता ज्यादै लाज्जासपद र घृणित कार्य हो | यसले हाम्रो देशको मात्र हैन सयुक्त राष्ट्र संघ बडा पत्र समेतको अपमान पुग्न जान्छ | अहिलेको यो संक्रमण कालिन अबस्थामा अनमिनको आब्शेकता छैन भन्नु प्रतिगमनको भाषा बोल्नु बाहेक केहि हैन |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • gurudatta

      हेल्लो श्याम कुमार जी ?तपाईं नेपाली जनताको दुस्मन हो कि के हो ,
      नेपाललाई माया गर्ने अनि नेपालीलाई मार्ने अनि फेरी ज्ञाने र सामन्तवादको पक्ष्येमा
      judge भएर फैशला गर्ने येस्तई हो नेपालीको बुद्दी ! हे श्रीकृष्ण भगवान गिता पाठ गर्न पर्ने भो
      आज जन्मस्थामिको अघिल्लो दिन भएकोले एस्तो लेखेको हुन्
      धन्नावाद !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • gurudatta

      यो कुरा नेपालका सबै नेताहरुले बुझ्नु पर्ने सबै भन्दा बढी आवश्येक
      छ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • gurudatta

      एदी नेपालमा शान्ति ल्याउने हो भने अनमिनलाई अझै अधिकार तथा म्याद थप्नु अतेन्तई आवश्येक छ

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Shyam kumar khanal

      नेपाली सेना लाई कुने हालत मा अनमिन को अनुगमन मा हुनु हुदिना सेना सरकार को हात मा हुनु पर्छ अनि सरकर को अनुगमन मा भय हुन्छ .अनमिन माओबादी को मागी खाने भाडो मात्र हो .अनमीन नेपाल र प्रजातन्त्र बादी नेपाली को दुस्मन हो .अनमिन लाई रात्री बस को अनुगमन गर्न देय हुन्छ .हतेएर लीअर हिड्न हरु को सम्रक्चन गर्न संस्था जयंमारा हरु लाई आशय देन ले नेपाली सेना को अनुगमन गर्न पौदिना.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 17

    • Gyan

      नेपालमा राजा, राणा, पन्चे, बहुदलीय जुनसुकै शासकहरु “तथस्थ” बसेका र बसी रहेका छन् / कुनै पनि शासकहरुले आफ्नो बाहेक जनतालाई राहत हुने काम गरेकै छैन / (सानो उदाहरणको लागी – हाम्रो बाजेको पालादेखि कुनै पनि जनसम्पर्कमा आउने अफिसमा यताको फाइल उता राख्नलाई चिया खर्च दिनु पर्ने, ठुलो ठुलो काम गर्न हाकिम साहेबहरुलाई घुस ख्वाउनु पर्ने) कुन चाँही छेत्रमा राम्रो छ भनि गर्ब गर्न सक्छौं / सन्धि सम्झौता गर्यो अरुलाई मात्र फाइदा / बाटो घाटो, योजना बनायो एक महिना मै भत्कियो / उही छाकड़ी, चाप्लुसी, भ्रष्टाचारी, दलाली, तस्करी, कालोबजारियाहरुले मात्रै प्रशय पायक छन् / उच्चपदस्थ भ्रष्टाचारी हाकिम, ठुला ठेकेदारी, दलाली, तस्करी, कालोबजारियाहरु संग नेताहरुको साँठ गाँठ यति बलियो हुन्छ कि जनताले पत्तै पाउंदैन / केहिबर्ष अगाडिसम्म गाउँमा गाई भैंसीको दुध दुहेर बस्ने आज करोडौंको मालिक बनिसक्यो / यस्तो हिसाब न त सरकारले माग्न सक्छ न जनताले माग्न सक्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • lok_bahadur

      अनमिनलाई नेपाल मा राख्नु भन्या माओबादी पार्टी लाई देश को पैसा दिएर पाल्नु जस्तै हो | यो माओबादी सैनिक को चाडो टुङ्गो लगाउनु पर्छ नभए देश को ढुकुटी र जनता को tax यिनी हरु मै सकिन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • rajamani gautam

      स्याम कुमार खनाल जी तपाई चाही कसको वकिल हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • rajamani gautam

      अमृत बि जी
      नेपाली सेनाले भारत सँग युद्ध लड्छ
      वा भन्नै युद्ध लड्न तयार छ
      भन्ने जस्तो जोक अरु के हुन सक्छ
      इतिहास पल्टाउनुस भिमसेन थापाको पतन पछि देखि नै नेपाली सेनाले भारतीय सेनाको तावेदारी गर्नु बाहेक केही गरेको छ ?
      नेपाली सेनापति भारतीय सेनाको मानार्थ सेनापति भएर बस्ने गरेको थाहा छैन कि केहो?
      नेपाललाई बनाउनु छ भने भारतीय प्रभावबाट मुक्त गर्नु पर्छ र त्यसमा सबभन्दा ठुलो बाधक भनेको नेपाली सेनाको भारतीय तावेदारी नै हो त्यो भनेको सुगौली सन्धि र १९५० को सन्धि नै हो
      त्यसैले भन्नौ भारतसँगको असमान सन्धि खारेज गर
      नेपाली सेना नेपाली जनताको सेना बन
      बुभुनु भो त मूर्ख अमृत बि

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • G P Gaihre

      होइन Myssar को टोलि आज लाखे नाच हेर्न गयो कि , Dating मा हो ? बिहान ८ बजेदेखि कमेन्ट Update गरेको छैन

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • mahesh

        माओबादी बिरोधी रोग ले ग्रस्त हर्के फेरी कराए. माओबादी सेना ५-६००० मात्रै थिए भने ९५००० सेना भएको, भारत, अमेरिका, बेलायत, चाइना, इज्राइएल को सहयोग पाएको र २०५८ साल देखि दिन को “५०-६० जाना माओबादी” मार्न सफलता पाएको शाही सेना ४ बर्ष सम्म को संग लडेर बस्यो त? हरके पुर्बाग्रह को पनी सीमा हुन्छ. सामंत बाद को बिरुद्द जीवन मरण को लड़ाई भैरहेको बेला माँ गुफा भित्र बसेर जुम्रा मार्दै, लूतो कन्यौदै दिन कताउने कायर ले अहिले को सजिलो अबस्था माँ अनलाइन माँ धेरै नभुके हुन्छ.
        जहा सम्म ANMIN को कुरा छ, यो नेपाल ले बोलायेर आएको हो र येस्लाई बोलाउनु को कारण जे थियो त्यों अझै सम्म ज्यू का त्यु छ , अझ यो संगीन अबस्था माँ पुगेको छ. शांति समझौता को दुई पक्ष माँ एउटा जन सेना हो भने अर्को शाही सेना ले बन्दुक ले थामेको यो समन्त्बादी ब्यबस्था हो. देश भाद्खालो माँ गएपनी नरेश को मात्र सेवा गर्न कसम खाएर दीक्षित भएका छात्रमान हरु जन सेना को अनुगमन शाही सेना ले गर्ने कुरा गर्द्छान भने यो भारतीय सल्लाह माँ गरिएको देश र जनता बिरोधी योजना मात्रै हो. कठपुतली सरकार को त के कुरा गर्ने? भारतीय सेना प्रमुख को सेना समायोजना संग सम्बंधित बिचार (आदेश)प्रति आखा चिम्लिछ र रास्त्र संघ ले दिएको सुझाव लाइ हस्तक्षेप भंदछ. रास्त्र संघीय मानव अधिकार आयोग लाइ खुम्च्याए पछि अनमिन लाइ फिरता पठाएर भारतीय इशारा माँ देश लाइ युद्द माँ धकेलने षड्यंत्र हुदैछ. संसार माँ जहा मानव अधिकार को उलंघन गरेर बदनाम भएका रक्त पिपासु हरु सत्ता माँ छन तिनी हरु ले मात्र रास्त्र संघीय मिसन को बिरोध गरेका छन जस्तै श्री लंका र इजरायल, नेपाल को रक्तपिपासु र कठपुतली सरकार देश लाइ युद्द माँ धकेलाएर मृत्यु को खेती गर्न ब्याग्र छ भने छिमेकी माँ आगो लगाएर बदनाम भएका हरु बन्दुक को ब्यापार गर्न उत्साहित छन र तिनी हरु अनि तिन का लठैत हरु लाइ अनमिन साच्चैको घाड़ो भएको छ. यो सबै श्याम शरण ले गोप्य रूप माँ दुई चोटि सम्म छात्र्मान लाइ भेट्नु को परिणाम हो. शान्ति समझौता को दुई पक्ष मध्य एउटा पक्ष (सेना) रास्त्र्संघिय अनुगमन माँ बसन मान्दें भने अर्को पक्ष (जन सेना) मात्रै किन बसने? अनि तेस्पछि को अबस्था को जिम्मेवार को हुने? माकुने, श्यामशरण, छात्रमन , बिद्या भंडारी ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 27

        • पुष्प

          सही विश्लेषण महेशजी । राजनीतिक खिचातानी र जनसेनाको मुद्दा यथावत रहिरहेको नेपालमा अनमिनको औचित्यता समाप्त भइसकेको छैन । अनमिनले गर्दा नेपाली सेनालाई असहयोग भयो रे ! यसको अर्थ पनि हामीले केलाउनुपर्छ ।

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • madan bajracharya

      “अनमिन फर्काउने!!! कहीं यो भारतीय सेना बोलाउने चाल त् होयिन?

      रास्त्र्संघले मिशन आफै पठाएको त् होयिन/ नेपालको तत्कालिन सरकारलेनै अनुरोध गरि बोलाएको हो/ अनमिनले के गर्ने के नगर्ने निर्णय त् नेपालको सरकार कै थियो/

      तेतिबेला नेपालमा युद्धरत मावोबादी सेना र सरकारी सेनालाई मावोबादी र सरकारको बिचमा भएको सम्झौता भई सके पछी सम्झौता अनुसार समस्याको समाधान नहुन्जेल दुई सेनाले कुनै अप्ठ्यारो परिस्थिति ल्याउन नसकुन भनेरै दुबैलाई अनमिनको नियन्त्रणमा राखिएको थियो/ यो कुरा ठिक थिए बेठिक थिए भन्ने कुरामा ठुलै बहस हुन् सक्छ/

      १२ बुँदा सम्झौता स्पस्ट छ/ तर यसलाई मनपरी व्याख्या गरेर सम्झौता अनुसार सहमतिमा पुग्न अप्ठ्यारो बनाई आएको छ/ यस्तो अबस्थामा अनमिनलाई फर्काए १२ बुंदे सम्झौता भंग भएको अबस्थामा पुग्न सक्छ/

      १२ बुंदे सम्झौता गर्ने गराउने कांग्रेस-एमाले, मावोबादी र भारत् अहिले तीन बिपरित दिशामा फर्केर बसेको छ/ साँच्चै भन्नेहो भने यी तिनै पार्टीहरु १२ बुंदे सम्झौताको डाह संस्कार गरि फर्कंदै गरेका अंश मुद्दा लड्दै गरेका मलामीहरु जतिकै छन्/

      यिनीहरुलाई मिल्न नदिई राखेको को हो भनेर बुझ्न गाह्रो छैन/ १२ बुंदे सम्झौता गराउने भारतनै हो तर अब उ मावोबादीको बिरोधि भएको छ/ यी कुराहरु ठिक श्री लंकामा घटेको घटाएको घटाना सिट मिल्न आउँछ/

      श्री लंकामा तमिलायी हतियार दिएर श्री लंकाको सरकार सिट भिड्न उक्साएको सघाएको भारतले नै हो/ तर पछी भारतीय सेना पठाएर आफैले उक्साएको सघाएको तमिललाई मार्न खोजे/ तव न तमिलले राजीव गान्धीलाई परलोक पुर्याएको थियो/

      अहिले रास्ट्र संघलाई फर्कायेमा पछी फेरी बोलाउनु पर्ने स्थिति आएमा पनि रास्ट्र संघले नाईं भन्न सक्ने हुन्छ/ तव श्री लंकाले जस्तो भारतीय सेना बोलाउनु पर्ने हुन्छ/ नेपाल श्री लंका होयिन/ यक चोटी भारतीय सेना नेपाल पसे पछी उसलाई फर्काउन सकिंदैन/ उसको साधा बर्दी मात्रै नेपाल पस्दा यस्तो हालत छ भने बन्दुक भिरेको भारतीय सेना नेपाल पस्ने बाटो बनाए समस्त नेपाललाई उनीहरु कालापानी बनाएर बस्ने छन्/

      यसकारण सरकारले अनमिन फर्काउनु भन्दा अनमिनको रोहबरमा सम्झौता को पालना गर्ने गराउने तिर लाग्नु पर्छ/ अनमिन फर्काएर मावोबादिलाई फेरी जंगल लखेट्ने अनि सहयोगको लागि भारतीय सेना बोलाउने कुत्सित चाल चलेमा देसनै खतरामा पर्न सक्छ/ उहिले बल्ल फर्कयिएको भारतीय सेना अब फेरी नेपालमा छिर्न छिराउन त् कुनै खेल भई रहेको छैन? यो कुरामा हामि सतर्क हुनु पर्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 16

    • बास्तव मा नेपाली सेना मा अनुसासन ,नम्रता ,र यस्ता धरै कुरा अनि लोकतान्त्रिकरण को अभाव छ पैला नेपाली सेना ले तो थाहा हुनु पर्छ कि हामीलाई सरकारले हैन जनताले पालेको छ भनेर हामी देश को जनताको हो भन्ने , नत्र त सेना ले ज्ञाने को पल मा कति निर्दोष जनता मारो फेरी पनि तो नगर्ला भन्न सकिदैन तेसैले नेपाली सेना लाई अनमिनको निगरानी मा रहनु नै राम्रो हुन्छ ,,,

      कमल पौडेल
      दुवै

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 8

      • dhan

        कमल जी नेपाली सेना मा तपाई जस्ता स्वाठ मात्र छैनन् पढे लेखेका पनि छन् र बुदिजीबी पनि छन् र अनुसासित पनि छन्. रह्यो कुरा जनताको कर ले पालेको भनेर त्यो तपाई जस्ता स्वाठ ले मात्र भन्छन, देस को सेना भनेको सेना हो र तिनी हरु पनि नेपाली हुन्, कसै को बाबा,दाई,भाई,सिरिमान,छोरा र कसै को साथी हुन्, अनि प्रचंडे को भतुवा जनसेना लै चाही कसले पालेको छ र उनीहरु ले नेपाल को विकास मा के योगदान देको छ? भएको संरचना भत्काउने मात्र होइन र? बरु नेपाली सेना ले बाटो खन्ने देखि निकै योगदान देको छ. फेरी कुनै अपद बिपत पर्दा र देस मा खतरा आइपर्दा चाही के सेना नगएर तपाई जस्ता स्वाठ त जादैनन् नि हैन र? तपाई दुवै मा बसेर कमेन्ट गर्नु र नेपाल मा बसेर बास्तबिकता थाहा पाउनु र रत दिन दुटी मा खटेर कम गर्नु फरक छ, मा पनि यौटा सेना हो र सेना लाई अनुसासन तपाई ले सिकाउनु पर्दैन यो संगठन अनुसासित संगठन हो, र नेपाली सेना भनेको देस बिदेस मा नाम कामको संगठन हो र जसलाई होच्याउने अधिकार तपाई मा छैन,

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • मेरो बिचारमा अनमिन लाइ हैन भारतीय दुताबासलाई फिर्ता पठाउनु पर्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 8

      • madan bajracharya

        प्रकाश जी
        सहासिलो नेपाली नेता कुनै बाकि छन् भने तपाईंको साहसिलो सुझावलाई अबस्य पनि मनन गर्ने छन्/ बास्तवमा भारतीय राजदुत दुतको व्यवहार हेर्दा भारत सरकारले नेपाललाई मात्र उसको स्वोशासित प्रदेशको रुपमा लिएको स्पस्ट देखिन्छ/

        आज सम्म नेपालको सबै प्रकारको सरकारहरुको बिरोधिहरुलाई पाल्दै पोस्दै नेपालको सरकारहरुलाई गिराउने अनि उसले पालेको विद्रोहीको सरकार बनाउने अनि एउटा न एउटा नदि कुप्लुक्क खाने/ अनि फेरी तेही सरकारको विरोधीलाई उक्सौन्दै पाल्दै गर्ने/फेरी सरकार गिराउने/यस्तै मात्रै गर्दै आएको छ/

        बास्तवमा नेपालमा राजनैतिक अस्थिरताको ल्याउँदै गरेको नेपालकै नेताहरुले भन्दा भारतले नै हो/ अस्ति सम्म नेताहरु मात्र भाँडेको थियो/ अब त् पहाडी र मधेसीको अब धारणा अघि सारेर जनतानै भाँड्न खोजेको छ/ मधेसी मुलको नेताहरुले अस्ति मावोबादिलायी फ्लोर क्रस गरेर मत दिना साथ् शरण र राजन आएर मधेसी याकतामा जोड दिएर गए मावोबादीको सरकारलाई भारतले समर्थन नगर्ने भनेर गए/ के यो कुराले प्रमाणित गर्दैं कि एक मधेश र मधेसी पहाडी जस्ता देस र जनता भाँड्ने कम उसैले गर्दै आएको हो भनेर?

        अर्को प्रमाण को रुपमा इन्द्र प्रशाद गुजराल नेपाल भ्रमण मा आउँदा उसले दुई मुद्दा उठाएर गए/ एक नेपाल भनेको दुई मुलुकको देस भनेर मधेसी राज्यको कुरा उक्साए/ दोश्रो नेपालमा हिन्दी भाषा मान्यता पाउनु पर्ने भनेर हिन्दी भाषी बिहारीको माग मा मल जल गरेर गए/ अस्ति परमानन्द झाले सर्बोच्चको आदेश अनुशर नेपालीमा सपथ लिनै लाग्दा भारतीय राजदूतकै निर्देशनमा नमानेको थियो भनेर समाचारमा आएको थियो/ भारतले आफ्नै राज्यहरुमा हिन्दी भाषालाई ब्यबहारिक मान्यता र प्रचलन मा ल्याउन सकिरहेको छैन र नेपालमा बसो बास गर्दै आएको मात्र हिन्दी भासी भारतीय हरु छैनन्, अरु भाषा बोल्ने भारतीय हरु पनि उतिकै छन् त् मात्र हिन्दी भासा लाई नै रास्त्रिये भाषा बनाउने कुरामा भारतले दवाव किन दिन लगाई रहेको छ? कहीं यो बिहारलाई बिस्तार गरि नेपालको आधा भूभाग सम्म फैलाउने उसको ग्रेटर बिहारको योजनात होयिन?

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

        • भारतीय दलाल “माधव कुमार नेपाल” जस्ता व्यक्ति नेपालको प्रधानमन्त्री भैन्जेल सम्म यो कुरा सम्भव छैन | देखि हाल्नु भयो नि माधव कुमार नेपाल कसको दलाइ गर्दै छ भनेर सरकार भएपछी भारतीय दुतावास ले नेपाली मेडिया को बारेमा तेत्रो हस्तक्षेप गर्दा बोल्नु पर्छा कि पर्दैन ? यस्ता दलाल लाइ सधै कालागि बहिस्कार गरौ |

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

          • madan bajracharya

            प्रकाश जी
            माधव कुमार भन्नु भएको हो कि लिट्टे कुमार भन्नु भएको हो? माधव भनेको कृष्ण हो/ कृष्ण “कुमार” हुने नसक्ने भए झैँ लिट्टे कुमार पनि “नेपाल” हुनै सक्दैन/ बहिस्कृत त् उहिलेनै भएको थियो/ जनमत नपाएको लिट्टे कुमारले प्रधान मन्त्रीको कुर्सीलाई “व्हिल च्यर” बनाए/ न उ आफै तेस्मा बस्न सक्ने थियो न तेस्बात उ आफै उठ्न सक्ने हो/

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • ichiro hang

      अनमिनलाइ बिदा गर्नु भनेको यूधमा जानु हो | नेपालमा कूनै पनि सेना को आवस्यक छैन, नेपाली सेना भनेको सेतो हात्ती जस्तै हो, नत भारत सित लड्न सक्छ नत चिन सित, बरु सेनामा हुने खर्च बिकाशको काम लगाउदामा नै बेस हुन्छ| तेसैले अहिले पूर्ण रुपमा शान्ति नहुन्जेल अनमिनको म्याद थप्नुनै उचित हुन्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 10

    • Rakesh

      नेपाली सेना लाही कसैको नियन्त्रण र अनुगमन मा राख्नु भनेको देश को गौरब माथि को म्प्रहर हो, सर्भाबहुमा मुलुक को सेना कसैको अनुगमन र नियन्त्रण मा बस्न सक्दैन, म्तेशाई ले अनमिन को नियन्त्रण मा राखन जरुरि छैन, अनिमिं लाही बिदा गर्नु पर्दछ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 13

      • neerose

        राकेश सुद जस्तो लाग्यो बाबै मलाइ त!

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • G P Gaihre

      सुसिल, विद्या -के पी ब्रान्ड अनमिनलाई बेतुकको गाली गर्छ , छत्रमान लाई सानो महाराज गराउन न्वारन देखिको बल लगाउछा ,अनि झोले कार्यकर्ता चौतारो, सडक, पसल मा हो हो …..ठिक हो ….. भन्दै हिद्छा , काँग्रेस एमालेको हनुमान यो लेखमा रातो लगाउछा /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 12

    • नेपाली सेना चाही किन अनुगमनमा नबस्ने ????? के सेनाले शान्ति सम्झौता मान्नु पर्दैन ???? कि विद्याको गुन्यूको अनुगमनमा राख्ने हो सेनालाई ??? सरकारको कर्मचारी सेना रे, तर सरकारलाई नटर्ेर्ने सेनालाई अझ कडा अनुगमनमा राख्नु पर्छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 10

    • मेरो विचार मा अनमिन आफैमा नराम्रो संस्था त होइन तर तेस संस्था को नेपाल स्थित कार्यालय मा कार्यरत व्यक्ति हरु को निकम्मा पन ले केहि नराम्रो तथा माओबादी पच्छिय भएको देखिन्छ , बरु राष्ट्र संघ मा यो बिषय मा केहिकुरा गरेर समस्या को समाधान गर्ने होकी ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 25

    • नेपालका नेताहरु आफु केहि गर्न नसक्ने अनि दोष अनमिनलै दिनु एकदम गलत हो…हामीले बुज्नुपरने के हो भने अनमिनलै दियको mandate मध्ये last अर्थात् हतियार र सेनाको अनुगमन गर्ने काम मात्र उन्मिन ले गरिरा६ …यो सम्पूर्ण प्रक्रिया अगाडी नबढेको स्थितिमा सेनालआइ बाहिर rakhne kura akdam galat ho…….aj kamchalau pm madhavkumar lai yo decision line baidhanik ra naitik kuni adhar 6en……india lai unmin ko presence manparen vaner pm ta baliko boko huna tayar holan……..but santipremi nepali yesto chalbat satark hunipar6……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 7

    • kaji,hk

      राखेर आकाश खस्ने वाला पनि छैन,नराखेर जमिन भासिने वाला छैन ..यी सबै भतुवा,भातमारा,शहिदहरुको नाममा काटो खाने नेता,पार्टीहरुको स्याल हुइया मात्र हो …संबिधान चाही कहिले बनाउने हो बजिया हो?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 6

    • bidur bharati

      अनमिनको म्याद थप्ने की नथप्ने भन्ने बिषय सेना र एमाओबादीको बिचको बिबादका रुपमा बुझ्ने बुझाउने प्रयत्यन भैरहेको छ । त्यो कुरा सत्य हैन । चलिरहेको शान्ति प्रकृयालाई सफल पार्न चाहाने र युद्ध चहाने बिचको बिबाद हो । श्यामशरणद्धारा पस्तुत अनमिनलाई भाद्र ३० गते बिदा गर्ने असोज २२ गते राष्ट्रपति शासन लगाउने र सके एमाओबादीलाई आत्मासर्मपन गराउने नसके मंसिर ८ गतेबाट क्यानटोनमेन्टमा हस्तक्षेप गरि युद्धको थालनी गर्ने योजना अनुसार आएको हो । सुसिल कोईराला, राम चन्द्र पौड्ेल, माधब नेपाल, केपि ओली र सुर्य बहादुर थापा लगाएतका नेताहरुले युद्ध हुने कुरामा ढुक्क रहन श्यामशर अश्वस्त पारेका छन । सेर बहादुर देउबा, नरहरी आचार्य, झलनाथ खनाल, उपेन्द्र यादब र कमल थापा लगाएतका नेताहरु युद्धको बाटोमा जन नहुने तर्क गरि रहेका छन । तसर्थ नेपाली सेनालाई अनमिनको अनुगमानबाट बाहिर राख्नुको अर्थ युद्धको घोषण गनु हो । बाकी आम नेपालीको इच्छा युद्धमा जनेकी शान्ति प्रकृया सफल बनाउने ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 11

      • madan bajracharya

        बिदुर जी
        अत्यन्त सहि कुरा उठाउनु भयो/ १२ बुंदे सम्झौता गरिंदा गरायिन्दा भारतले सोचेको पनि थिएनन् कि मावोबादिले बहुमत ल्याउला भनेर/ मावोबादिले बहुमत ल्याउन्दैनन, शान्ति सम्झौता गरेकोमा गिरिजानै हिरो बन्ला उसैको पार्टीले बहुमत पाउला भनेर भारतले सोचेको थियो/ तर कुरा उल्टो भए/

        भारतीय “लुतले” सचेत भएको नेपालीले मावोबादी जनयुद्ध ताका जे जस्तै घटना भए पनि नेपालीले मावोबादीको भारत को हैकम वादको बिरोध गरेको हुनाले मावोबादिलाई नै भोट दिए/ भारत र मावोबादी भन्दा कम भोट पाएको दलहरु यसै कारण तिल्मिलाएको हो/

        पहिला भारतीय बिस्तारबाद मुर्दा बाद भन्दै कांग्रेसको भन्दा भारतलाई भिन्नै दृष्टिले हेर्ने एमालेको आँखामा लिट्टे कुमार र ओलीको चस्मा भारतले नै लगाई दिएको हो/ नभए मदन भण्डारीको एमालेको नीति र मावोबादीको भारतलाई हेर्ने नीतिमा खासै केहि फरक छैनन्/ तैपनि एमाले र मावोबादी मिल्न सकेको छैन भन्नु भन्दा लिट्टे कुमार र ओलीले मिल्न नदिई राखेको हो भनि स्पस्ट देखिन्छ/

        नेपालको जनता भारतीय हैकमबादको बिरोधि भएकोले भारत “यक मधेश बादी, कांग्रेसको गिरिजा लबी र एमालेको लिट्टे कुमार र ओली” आदिलाई नै नेपालको राजनीतिमा हाबी गराउन मावोबादिलाई कुना पार्न अनेकौं चाल चल्दै छन्/ अनमिन लाई फर्काउने कुरा पनि तिनै चालहरु मा एक हो/

        श्री लंकामा जस्तै अनमिन फर्काएर भारतीय सेना नेपालमा छिराउने “लिट्टे-योजना” गरि कसैले गरिरहेको देखिन्छ/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    • Harke

      अनुगमन त आखा र मस्तिस्क चुस्त भएकाले गर्ने हो…..!

      १. अनमिनको आखा (दृस्टी) चुस्त हुन्थ्यो भने; आफ्नो अनुगमन (निरिक्षण) मा रहेको सिविरमा बाहिरको मान्छेलाइ (स्व. रामहरी श्रेष्ठ) लगेर याताना दिएर हत्या गर्दा देख्ने सामर्थ्य राख्थ्यो !

      २. मस्तिस्क चुस्त हुन्थ्यो भने, सामान्य अंकगणितको जानकारी हुन्थ्यो….र ५-६००० लाइ १९-२० ००० भनेर गणना गर्थेंन ! जब पुकदाले नै ५-६ हजार लडाकुलाई अनमिनले १९-२० हजारमा गणना गरेको खुलासा गरेको थियो !

      नेपालीले अनमिनको खर्च बेहोर्नु नपर्ला, तर संसारका अरु श्रमजीबी जनताले तिरेको करबाट (तिनका सरकारले यु एन लाइ तिर्ने लेबी) नै एसको खर्चा चल्छ…तेसैले ति जनताले तिरेको करको दुरुपयोग नहोस…!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 49 Thumb down 49

      • mahesh

        माओबादी बिरोधी रोग ले ग्रस्त हर्के फेरी कराए. माओबादी सेना ५-६००० मात्रै थिए भने ९५००० सेना भएको, भारत, अमेरिका, बेलायत, चाइना, इज्राइएल को सहयोग पाएको र २०५८ साल देखि दिन को “५०-६० जाना माओबादी” मार्न सफलता पाएको शाही सेना ४ बर्ष सम्म को संग लडेर बस्यो त? हरके पुर्बाग्रह को पनी सीमा हुन्छ. सामंत बाद को बिरुद्द जीवन मरण को लड़ाई भैरहेको बेला माँ गुफा भित्र बसेर जुम्रा मार्दै, लूतो कन्यौदै दिन कताउने कायर ले अहिले को सजिलो अबस्था माँ अनलाइन माँ धेरै नभुके हुन्छ.
        जहा सम्म ANMIN को कुरा छ, यो नेपाल ले बोलायेर आएको हो र येस्लाई बोलाउनु को कारण जे थियो त्यों अझै सम्म ज्यू का त्यु छ , अझ यो संगीन अबस्था माँ पुगेको छ. शांति समझौता को दुई पक्ष माँ एउटा जन सेना हो भने अर्को शाही सेना ले बन्दुक ले थामेको यो समन्त्बादी ब्यबस्था हो. देश भाद्खालो माँ गएपनी नरेश को मात्र सेवा गर्न कसम खाएर दीक्षित भएका छात्रमान हरु जन सेना को अनुगमन शाही सेना ले गर्ने कुरा गर्द्छान भने यो भारतीय सल्लाह माँ गरिएको देश र जनता बिरोधी योजना मात्रै हो. कठपुतली सरकार को त के कुरा गर्ने? भारतीय सेना प्रमुख को सेना समायोजना संग सम्बंधित बिचार (आदेश)प्रति आखा चिम्लिछ र रास्त्र संघ ले दिएको सुझाव लाइ हस्तक्षेप भंदछ. रास्त्र संघीय मानव अधिकार आयोग लाइ खुम्च्याए पछि अनमिन लाइ फिरता पठाएर भारतीय इशारा माँ देश लाइ युद्द माँ धकेलने षड्यंत्र हुदैछ. संसार माँ जहा मानव अधिकार को उलंघन गरेर बदनाम भएका रक्त पिपासु हरु सत्ता माँ छन तिनी हरु ले मात्र रास्त्र संघीय मिसन को बिरोध गरेका छन जस्तै श्री लंका र इजरायल, नेपाल को रक्तपिपासु र कठपुतली सरकार देश लाइ युद्द माँ धकेलाएर मृत्यु को खेती गर्न ब्याग्र छ भने छिमेकी माँ आगो लगाएर बदनाम भएका हरु बन्दुक को ब्यापार गर्न उत्साहित छन र तिनी हरु अनि तिन का लठैत हरु लाइ अनमिन साच्चैको घाड़ो भएको छ. यो सबै श्याम शरण ले गोप्य रूप माँ दुई चोटि सम्म छात्र्मान लाइ भेट्नु को परिणाम हो. शान्ति समझौता को दुई पक्ष मध्य एउटा पक्ष (सेना) रास्त्र्संघिय अनुगमन माँ बसन मान्दें भने अर्को पक्ष (जन सेना) मात्रै किन बसने? अनि तेस्पछि को अबस्था को जिम्मेवार को हुने? माकुने, श्यामशरण, छात्रमन, बिद्या भंडारी ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 27

        • Satyadoot

          महेशजी,
          ५०००-७००० हजार कि १९-२०००० त्यो त हजुरको भगवान लाई नै सोधे भै हाल्छ नि | हामीलाई त तपाइकै भगवान ले भनेका हुन् |

          १ जनाले राजमार्ग बन्द गर्न सक्ने देशमा ५-७००० ले धेरै केहि गर्न सक्छ, तर गए ति दिनहरु – हजुरको भगवानको सक्कली अनुहार देखि सक्यौं |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 18

      • arjun

        योहर्के भन्ने स्वाठ लाइ जन अस्वीकृत हरु को भीड़ ले नेपाली जनता को कर को दुरुपयोग गरेको माँ चिंता छैन, बिश्व को अरु देश का जनता को कर को रास्त्र संघ मार्फत शान्ति को मिसन माँ खर्च भएको माँ चिंता छ, कस्तो मुर्ख स्वाठ हो यो? शायद खुमे को बूथ लुटने वा गोविन्द राज जोशी को लागी गुंडा गर्दी गर्ने लठैत हो यो र माओबादी को भाटा खाएर खुम्चिन बाध्य भएको पीड़ा ओकल्दै छ.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 28

      • Satyadoot

        हर्के जी,
        ठिक भन्नु भयो – रामहरी हत्या काण्डको बेला नै UNMIN को नेपालमा कुनै प्रभावकारी योगदान हुने छैन भनेर स्पष्ट भै सकेको थियो | न UNMIN ले लडाकुको गन्ति ठिक संग गर्यो, न माओवादीको क्रियाकलाप माथि लगाम नै लाउन सक्यो |

        UNMIN लाइ सआदर बिदा गर्नु जरूरी छ |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 15

        • madan bajracharya

          सत्यदुत जी
          मावोबादी लाई समर्थन गर्नु नगर्नु आफ्नो आफ्नो बिचार हो/ यसमा कसले कसैको बिरोध गरिरहनु उपयुक्त छैन/ समर्थन गर्ने समर्थन गरुन बिरोध गर्ने ले बिरोध गरुन/ दुवै सिट पक्कै कुनै केहि आधारहरु छन्/ तर अहिले देशमा राजनैतिक स्थिर्ताल्को निमित बहुमत लाई मान्ने कि अल्प मतलाई तथा बिदेसी मतलाई मान्ने मूल प्रश्न त् यहि हो/ बहुमत आज मावोबादीको छ भने जन बिस्वास जित्न सकेमा अर्को पार्टीले पनि बहुमत पाउन सक्ने नै हो/

          अनमिन फर्काए हुन्छ त् भन्नु भयो अनमिन फर्काए पछी के हुन्छ यो कुरा सोच्नुस/ सेना सराकारको हतियार हो/ यसको गलत उपयोग हुन् सक्ने कुरा विगतले प्रमाणित गरेकोछ/ सम्झौतामा मावोबादी सेना र सरकारी सेना समेत अनमिनको मातहतमा रहने भनिएकोले मावोबादिले आफ्नो सेनालाई हतियार समेत सिविरमा राख्न मानेको हो/ अब अनमिन फर्काउने र सरकारी सेनालाई उन्मुक्त गरेर सत्ताको हतियार बनाउने भनेमा यो कुरा सम्झौताको बिरुद्ध हुन् जान्छ र मावोबादिले आफ्ना सेना सिविरमा नराख्ने भन्न सक्ने हुन्छ/ यो कुरा कसले चाहिरहेकोछ? किन चाहिरहेकोछ?

          सम्झौतामा बसेको सरकार यक्लैले यो निर्णय गर्नु भनेको सरकार र मावोबादी बिचको १२ बुंदे सम्झौता भंग गर्नु बराबर हुनेछ/ यसले देस पुन ग्रिह युद्ध मा जान सक्ने हुन्छ/ यता तिर अलि गम्भीर भएर सोच्नुस/

          म तपाईंको मावोबादी विरोधमा शुभ कामना नै दिन्छु/ सबैले यकै दललाई समर्थन गरेमा हामि फेरी “पन्चेको निर्दलिए बा एक दलिए युगमा” पुग्ने हुन्छ; हामि बहुदल बादी यो चाहँदैन/ बिरोधि पनि फलोस फुलोस तर देसमा शान्ति र बिकाश होस्/ तर बिकाश हुने भन्दैमा भारतीय हैकम बाद स्वोतन्त्रता प्रेमी नेपालीले स्वीकार्न सक्दैन/

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 9

          • Harke

            मदन दाज्जु,
            अनमिन गयो भने देश गृहमा जान्छ भन्ने तर्क गर्नुभो ?
            के माओबादीले गृहयुद्द सुरु गर्दा अनमिनको स्वीकृति लिनुपर्ने प्राबधान छ र ?

            कुरा सिधा छ….!
            पुकदा सरकारको बेलामा नन्दकिसोर पुनले अनमिनको म्याद नथपे हुन्छ भनेको थियो (बिबिसीको को अभिलेखालयमा अन्तरबार्ता सुन्नुस) ! किनकि उसको पार्टी सरकारमा थियो….!
            अहिले माओबादी सरकारमा छैन….तेसैले उसलाई अनमिन चाहिएको छ…..! बाँकि दल सरकारमा छन् (कामचलाउ सरकार नै सहि), तेसैले अनमिन चाहिएको छैन !

            फेरी अस्थाई सिबिर् को अनुगमन गर्न नसक्ने अनमिनले स्थाई ब्यारेकको अनुगमन गरेको होला जस्तो लाग्छ ?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 14

            • madan bajracharya

              हर्केजी
              तेतिबेला मावोबादीले यक्लै सरकार चलाएको थिएनन्/ नेत्रित्वोमात्रै मावोबादीको थियो तर सरकार त् सबै दलहरुको समर्थनमा मिलेरै बनाएको थियो/ १२ बुंदे सम्झौता गर्ने हरुको सयुक्त र सहौर्द पूर्ण अबस्थामा अनमिन गए पनि फरक पर्दैन थियो/ अहिले पनि कांग्रेस एमाले र मावोबादी मिलेरै सरकार बनाएको भए अनमिन को आबस्यकता हुँदैन/ तर अहिले ओली र लिट्टे कुमारको कुरा सुन्दै आउनु भएकै छ/ भारतको प्रधान मन्त्रीको दूतले मावोबादीको सरकारको समर्थन नगर्ने भनेर गएको सुनी हाल्नु भयो/ उता कांग्रेस ले पनि तेस्तै कुरा गर्दैछ/ १२ बुंदे सम्झौता गर्ने सबै दलहरुले आज सम्झौता बिपरित कुराहरु गर्दैछन/ यस्तो परिस्थितिमा रास्ट्र संघ जस्तो तटस्थ निकाए लाई फर्काए के हुन्छ? तपाईं आफै बिचार गर्नुस/ १२ बुंदे सम्झौतामा संघर्ष गदै गर्ने दुवै सेनाहरुलाई शान्ति सम्झौता पालना नहुन्जेल अनमिनको नियेंत्रणमा राख्ने भनेको छ/ शान्ति सम्झुता पालना नहुनु मा सबै दोसी छन् हर्के जी/

              हर्के जी जस्तो बुद्धिमान् मित्रले उदाहरण दिंदा परिस्थिको मुल्यांकन पनि
              गर्नु भएको भए राम्रो हुने थियो/ अनमिनको उपस्थिति र सरकारी सेना र मावोबादी सेना दुवै अनमिनको अनुगमनमा रहनु पर्ने पनि सम्झौताकै यौटा शर्त हो/ अब एसको बिपरित कुरागर्नुले सम्झौता भंग भएको अबस्था शिर्जना हुन् सक्छ/ तेस्तो अबस्थामा जे पनि हुन् सक्छ/

              अब तपाईंले मावोबादी सेनालाई अनुगमनमा राख्न नसक्ने अनमिन को के काम भन्नु भयो/ येस्मा दोसिको त् ? सरकार त् मावोबादीको होयिन/ सिबिर बात भागेर गएको हतियार लागेको मावोबादिलाई सरकारले पकड्न किन नसकेको? सम्झौता पालना नगरिकन शिबिर बात हतियार समेत लिएर बाहिर गएको मावोबदिलाई सरकारले पक्डेर कार्यबाही गर्न सक्नु पर्थ्यो/ तिनीहरुलाई पकदिएको भए के बोल्न पनि सक्थे मावोबादी?

              यति मात्रै हो र अपराधिक काम गरेका मावोबादी लगाएत अरु नामधारी राजनैतिक आतंककारी हरुलाई समेत सरकारले केहि गरेको छैन/ यो सरकारकै कमजोरी हो हर्के जी/ अनमिन एउटा तटस्थ निकाए हो/ अहिले नै उनीहरुलाई फर्काउन परिस्थिति अनुकुल छैन/

              तपाईं को गहन मावोबादी बिरोधि बिचार यथावत राख्नुस त्यो तपाईं को आस्थाको कुराहो/ तर उचित अनुचित को बिचार गर्दा तटस्थ बस्नु हुन् सल्लाह दिन्छु/

              मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

              • Harke

                मदन दाज्जु,

                “सिबिर बात भागेर गएको हतियार लागेको मावोबादिलाई सरकारले पकड्न किन नसकेको?” यो कस्तो प्रश्न हो ?

                हतियार लिएर सिबिर बाट बाहिर आतंक मच्चाउने लडाकुलाई धेरै पटक नेपाल प्रहरीले पकडेको छ…र अनमिनले (आफ्नो रोहबरमा) छुटाएको छ…!

                तर अनमिनले युन एन को छाप लागेको हतियारधारी सिबिरबाट निस्कने बित्तिकै प्रहरीलाई खबर कहिले पनि गरेको छैन….!

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

                • madan bajracharya

                  हर्केजी
                  मैले सहि प्रश्न नै गरेको हो/ सम्झौता अनुशार उनीहरु सिबिर मै रहनु पर्ने र हतियार अनमिनकै नियन्त्रणमा नै रहनु पर्ने हो/ तर कसैले अनमिनको छाप लागेको हतियारहरु अनाधिकृत तरिकाले लिएर बाहिर आतंक मच्चाएको थियो भने समातेर अदालत चलान गर्नु पर्ने थियो/ किन गरेनन?अदालत चलान गरेको भए अनमिनले छुटाउन सक्ने प्राबधान निस्क्रिये हुने थियो/

                  मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

                • Harke

                  मदन दाज्जु,
                  अर्थात् अनमिनले नछुटाएको भए ति माओबादी लडाकुलाइ अदालत चलान गरिन्थ्यो….!
                  तेसैले दण्डहिनताको मध्यम अनमिन बनेको छ, यो हजुरले मैले र सबैले स्वीकार्न सक्नुपर्छ…होइन र ?

                  मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

                  • madan bajracharya

                    हर्के जी
                    मावोबादी सेना अनमिनको तजबिजमा रहने भन्ने प्राबधान अनुशार अनमिनले समातिएको मावोबादिलाई छुटाएर लागे/ तर ती मावोबादिलाई उनीहरुले गरेको अपराध माथि कार्य वाहि गर्न त् रोकेको छैन नि/ रोक्न सक्दैनन् पनि/ तैपनि सरकारले कार्येबाही गरेनन/ किन?

                    मित्र हर्के जी राजनैतिक झन्डा बोकेर अपराधिक कार्य गर्ने माथि कार्यबाही गर्न सरकार चुकेकै छ/ देस कानुन र संबिधान अनुशार होयिन नेताहरुको सहमतिमा चली रहेको छ/ सबै बिकृतिको मूल कारण यहि हो/

                    भन्ने बेला मा कानुन सिट बाझिएको निर्णय स्वोत खारिज हुने र संबिधान सिट बाझिएको कानुन लागु नहुने भन्ने/ तर अदालतको आदेश पालना गर्ने बा नगर्ने भनि सरकारले निर्णय गर्न सक्ने भन्ने देसमा तपाईं हामि के आस गर्न सक्छौं र?

                    यति मात्रै हो र? सरकारले संबिधान मिचेको ठहर भएमा समेत अदालतले निर्णय गर्न नपाउने मन्त्रि परिसदले निर्णय गर्ने भनि सक्यो/ संविधानको व्याख्या अब अदालतले होयिन मन्त्रि परिषदले गर्ने भनि सक्यो/ संबिधान र कानुन अन्तर्गत नियुक्ति पाएकाहरुले कानुन लागु गर्ने बा नगर्ने गर्न सक्ने भनिएको देस मा के कुनै सहि काम को आस गर्न सकिन्छ हर्के जी?

                    बिरोधि बिप्लावी र अपराधीहरुले कानुन मिच्नु कुनै नौलो कुरा होयिन/ तर तिनीहरु माथि कार्य बहि गर्न नसक्ने सरकारको आलोचना पहिला गर्नु पर्छ/

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

        • mahesh

          satydoot जी
          हजूर ले के देख्नुभयो कुन्नि, हामी ले र नेपाली जनता ले नेकपा माओबादी लाइ राम्ररी देखेका छौ. त्यों संबिधान सभा को चुनाव माँ पनी देखियो र टेस्को एक बर्ष पछि भएको उप चुनाव माँ पनी देखियो, बरु हजूर ले तेतिबेला र अहिले के देखि रहनु भएको छ?
          प्रचंड ले स्थानीय मिलिशिया, क्षेत्रीय सैनिक संगथ्हन र केन्द्रीय सैनिक आयोग अंतर्गत रहेका जन सेना को कुरा गरेका थिए, एडी ५-७ हजार मात्रै हुन्थ्यो भने तपाई का “प्रजातांत्रिक सेना” ४ बर्ष सम्म को संग लडेर बस्यो त? जुम्रा संग की मुसा बिराला संग? हजूर का तेती बेला का नेता कमल थापा हरु ले पनी भनेका थिए की बेनी को आक्रमण गर्न १४००० माओबादी आएका थिए भनेर. त्यों सुन्नु भयो की भएँ?
          यहाँ ले रामहरी काण्ड माँ जनसेना को अनुगमन गर्न सकें भन्नु भयो, तर किन हो बर्दिया को ३ दलित मारिएको माँ सेना को अनुगमन भयो वा भएँ भन्ने कुरा ता भन्न नै बिर्सिनु भयो नि. के अनमिन लाइ पठाएर इंडियन मिसन झिकाउने भन्नु भएको की देश लाइ युद्द माँ धकेलने भन्नु भएको? के देश माँ युद्द भयो भने तपाई मात्रै सुरक्षित हुनु होला त?

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

          • madan bajracharya

            महेश जी
            मलाई त् अहिले भित्रि कुरा इन्डियन मिशनलाई नेपाल भित्राउने नै हो जस्तो लाग्छ/ अस्ति ११ जना मदेशी शभासाद हरुले फ्लोर क्रश गरेर मावोबादिलाई भोट दिएकोले भारत अत्तालिएर शरणलाई तिनीहरुको प्रधान मन्त्रीको विशेषाधिकार दिएर पठाएको हो/ उसले अरु दलहरु सिट कुरा गरेको मात्र देखावटी थियो भने मधेश बादी नेताहरु सिट बैठकमा जे कुरा गरेर गए त्यो अति गम्भीर छ/शरण र राजनको भ्रमण पछी अब अनमिन फर्काउने कुरा पनि उतैको हो/ भारत कुनै पनि हालतमा आत्म निर्णय गर्न पाउने एक मधेश बनाउन चाहेको शरणको कुराले स्पस्ट गर्छ/

            महेश जी अरु होयिन भारतमा श्री लंकामा असफल भएको लित्तेबादलाई संसोधन सहित नेपालमा लाद्न खोज्दैछ/ श्री लंकामा तमिलले जाफ्नामा जे मागेको थियो ठिक तेस्तै माग यक मधेश बादीको छ/ जसरि भारतको तमिलनादु राज्यले तमिल टायिगरहरुलाई सघौन्दै आएको थिए ठिक तेसरिनै एक मधेश बादिहरुलाई बिहारले सघौन्दै आएको छ/ अहिले नेपाल भित्र रहेको हतियार नबोकेको एक मधेश बादी नेताहरुले बिहारमा बसेका बिहारी-प्रभाकरणहरुकै निर्देशनमा चली आएको छ/

            श्री लंकामा भारतले उहिले ३० लाख तमिल आप्रबाशिहरुलाई जसरि नागरिकता दिलाएको थियो ठिक तेसरिनै बिहारी आप्रबाशिहरुलाई नेपालमा नागरिकता दिलाएको छ/ हाल नेपालको परिस्थिति अस्ति को श्री लंकाको परिस्थिति भन्दा केहि फरक देख्दिन/ भारतले नेपालमा लिट्टे बाद लाद्न चाहेकै हो/ अनमिन फर्काउने लिट्टे बाद लाद्ने षड्यन्त्र अन्तर्गत कै एउटा कुत्सित चाल हो/ दुखको कुरा के भने नेपालको कांग्रेस एमाले भित्रको रास्ट्र बादी नेताहरु यस्तो अबस्थामा पनि चुप लागेर बसेको छ/ अस्ति श्री लंकाको रास्त्र्पतिले मुख देखाउन तेतिकै आएको त् होयिन/ उसले हेर हामीले त् भारतको लिट्टे बाद मिलेरै खतम गरे भनि बुझाउन आएको थियो/ तर बुझ्न नचाहनेहरुलाई खै के भन्ने?

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Chand

      जुन नेताहरु यो कुरा गरिदैछ , पहिला उनीहरु संग सोध्नु पर्छ , उनीहरुलाई दुई सालमा संबिधान बनाउन दिएको थियो , तर बनाउन सकेन फेरी समय थपिदा पनि प्रधानमन्त्री सम्म बनाउन सकिरहेको छैन ,सहमति मा आउन् सकिरहेको छैन अनि नेताहरुलाई के गर्ने यो सोच्नु परियो , अहिले नेपाल मा अनमिन को अति नै आवस्यकता छ , किन भने अहिले नेपाल मा दुई वटा सक्ति छ र दुई सक्ति लै अनमिन ले सन्तुलन गरेर शान्ति कायम राखेको छ , माओबादी सेना ले या नेपाली सेना ले भर्ना खोलेको थियो , त्यो चाही नराम्रो कुरा थियो , त्यसको लागि सरकार लाई नेपाली सेना माथि कारबाई गर्नु पर्थियो , अर्को कुरा अब संबिधान बनाउनको लागि सात महिना मात्र बाकी छ , त्यही भएर नेपाली र माओबादी सेना लाई अनमिन को मातहत मा नै रहन दिनु उचित हुनेछ , नत्र प्रधान सेनापति को जुन व्यवहार छ त्यसले गर्दा देश मा फेरी युद्ध हुन् फेरी देर लाग्दैन , अहिले नेताहरुलाई ओहियत कुराहरु नसोचेर ,वास्तब मा अहिले नेताहरु लाई यो सोच्नु जरुरि छ कि कसरि सहमति को सरकार बनाएर छिटो भन्दा छिटो संम्बिधन बनोस र शान्ति स्थापना होस् , र यसमा साथ दिएका सब लाई स्वागत साथ बिदा गरोस , यही देश र नेपाली जनता को हित को कुरा हो….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 14

    • Hemanta

      “विश्वका धेरैजसो द्वन्द्वग्रस्त मुलुकमा अन्मिनको सहभागिता प्रायः विद्रोही पक्षलाई प्रोत्साहन गर्नेगरी हुने गरेको गुनासो पाइन्छ। ”

      UNMIN=United Nations Mission In Nepal.

      Can I know which other countries in the world have UNMIN except Nepal?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 7

      • neerose

        यल्लाई भन्छ बढी जान्ने!
        यत्रो जान्नेले अलिकति कुरो आफै बुझेनी हुन्न र?
        बाठो भयर बाठो भा होकी लाटो भयर बाठो भा हो, के भन्ने खोइ!

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Amrit b.k.

      देश लाइ अनमिनको आबस्येक नभए पनि भए पनि नेपालको सेनालाई कम्जोर बनाएर राख्ने अनि भोलि भारतको इसारामा मधेसमा देश टुक्राउने खेल हुन थाले पछि फेरी सेना बनाउन लाग्ने हो भने त्यो भुल हुनेछ वा सेना लाइ कम्जोर बनाएर माओबादीले आफ्नो सत्ता बनाउने सपना देख्ने हो भने त्यो आर्को भुल हुनेछ, नेपालमा न त माओबादीको सत्ता आउछ,न सम्भब नै छ,राजाबादिको कार्यक्रम मा हस्तछेप नगर्न प्रचण्ड ले निर्देशन दिने, अनि अरु पार्टीको कार्यक्रम मा हस्तछेप गर्न लगाउने तेस्तो नीति लिएर माओबादी सफल हुन्छु भनेर सोच्नु गलत हुनेछ. नेपाली सेनालाई कम्जोर बनाउने नियेतले अनमिन लाइ राख्ने हो भने तेस्को बिरोध हुनु जरुरि छ, वा माओबादीका हत्यारा कतिपय लाइ लुकौना वा बचौना अनमिन प्रयोग गर्ने हो भने त्यो अनमिन नहुनु नै देश र जनता को लागि राम्रो हुनेछ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 36 Thumb down 29

    • mohan mani gautam

      अनमिनलाइ नेपाल बाट बिदा दिनु भनेको फेरी नेपाल मा युद्द को लागि संख बजाउनु हो .नेपाल मा असान्ती भएमा फेरी नया तरिकाले राज गर्ने सोच मा डुबेका नामर्द ,पाखण्डी नेता हरुको असान्ती प्रति को मोह हो .,आफ्नु देस मा असल सासन आर्मी लाई छाडा छोडेर हुदैन ,असल सासन ,सान्ति बिगार्ने तिमि नेता हरु हौ ,पहिला आफु लाई सुधार अनि अनमिन लाई बिदा गर ,,सधै आफ्नु गल्लती लाई बिर्सने अनि अरु लाई मात्रै गाली गर्ने गद्धाहरु ,,धन्न अनमिन नेपाल मा आएर अहिले सम्म सान्तिकामना गरिरहेको छ ,उल्टै अनमिन ले यो गर्यो ,त्यो गर्यो भन्न लाज लाग्दैन ,,,कस्तो नराम्रो सस्कार ,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 27

    • जनमोर्चा चित्र बहदुर को पार्टी आब चाही बिभाजन हुँदैन होला किन कि आब त्यहाँ चित्र बहादुर र मोहन विक्रम मात्र बाकी छन् को संग फुट्ने? धन्य हो याकल्काते
      कामरेड अझै माओबादी को धुवादार बिरोध गर्नुस!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 17

      • neerose

        होइन अब एक पटक अन्तिम पल्ट फुट्ने बाकि छ! त्यो फुट पछी चाहि जनै र मोर्चा हुन्छ जनै चाहि चित्र बहादुर अनि मोर्चा चाहि मोहन विक्रम अनि तेसपछी चाहि फुट्ने र टुक्रिने हुदैन सेलाउने काम मात्र हुन्छ!

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Shyam kumar khanal

      यदि तिमि नेपाल को माया गर्न भय अनमिन लाई देस बाट बिदा गर .अनमिन माओबादी को वोकिल हो .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 45 Thumb down 68

    • lal shrestha

      आन्मिन देश मा अति आवोश्यक छ …आन्मिन को अनुपस्थिति मा हाम्रो देश जति छाडा आहिले छ त्यसको सय गुना बदी छाडा हुन्छ …अर्को शब्द मा भन्नु पर्दा अहिले भएको अलिकति लाज पनि नभएर नांगै हिड्ने छ …अनि एसको फाइदा कोसलाई हुन्छ भनि राख्नु आवोश्यक ठान्दिन ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 37

    eXTReMe Tracker