तपाईँहरुको दिमाग तात्यो कि क्या हो, तटस्थ बस्नेहरुले देशलाई अनिर्णयको बन्दी बनाइरहेका बेला कहाँ यो मान्छे पनि तटस्थताको वकालत गर्दै हिँड्छ भनेर। हुन पनि हो, तटस्थ बस्नेहरुका कारण अब २० गते छैटौँ पटक पनि प्रधानमन्त्री चुनिनेवाला छैन। संसदीय प्रणालीलाई नै जोकको कुरा बनाइ सके उनीहरुले।
तर पख्नुस्, गएको शनिबार मैले गरेको अनुभव सुन्नुस्, अनि आफै विचार गर्नुस्- तटस्थ हुनु राम्रो हो कि नराम्रो।
प्रति क्षण सजग !
प्रति क्षण तटस्थ !
हरेक घण्टा पाँच मिनेटको ‘आराम’बाहेक बिहान आठै बजेदेखि आँखा चिम्म थियो। तर बन्द आँखाभित्र पनि देखिने हजार कल्पना र तर्कनासित जुध्दै आफैभित्रको संसार खोज्दै थिएँ म। चित्तलाई शान्त र सजग बनाउने प्रयास गर्दै थिएँ म। ‘नोबल साइलेन्स’ अर्थात् बोलीले मात्र हैन, इशाराले पनि बोल्न मनाही।
घण्टा मैले गन्न छाडिसकेको थिएँ, बोल्न नपाइने ठाउँमा मोबाइल के काम, त्यसको पनि स्विच अफ थियो। कति बज्यो थाहा थिएन- घडी मोबाइल कै मात्र हेरिन्थ्यो नि त! निर्देशन आउँथ्यो- पालन गर्ने प्रयास हुँदै थियो।
पाँच मिनेटको यस्तै एउटा ‘ब्रेक’पछि यस्तो निर्देशन दिइएको थियो-
प्रति क्षण सजग !
प्रति क्षण तटस्थ !
‘तटस्थ’ शब्दले ध्यानको संसारबाट राजनीतिको संसारतर्फ एकछिन मन मोडियो। चिम्म आँखाले झलनाथ खनाल, माधव नेपाल, केपी ओली, प्रचण्ड, बाबुराम, रामचन्द्र पौडेल, प्रधानमन्त्रीको कुर्सी र असन्तुष्ट नेपाली देखेँ।
दस दिने विपश्यना शिविरमा दुई पटक म बसिसकेँ। १० पटक भन्दा बढी भयो होला एक दिने शिविरमा बसेको, तर अहँ कहिले पनि यो तटस्थ शब्दले यसरी मनलाई मोड्न सकेको थिएन। तटस्थ शब्द चोखो थियो त्यतिबेला। अहिले पो राजनीतिक रंग लागेर यो बिटुलो भएको! बुझ्ने र त्यसलाई व्यवहारिक रुपमा लागू गर्ने हो भने यो शब्द कति हितकारी हुन्छ, त्यहाँबाट फर्केपछि मनन् गरेँ।

*******************
मन साह्रै विचलित, बिहान बेलुकीको अभ्यास छुटेको। पोहोर दसैँ अगाडि दोस्रो दस दिने शिविरपछि पिलो आएर एन्टिबायोटिक खानु परेपछि ध्यानको अभ्यास छुटेको थियो। केही साताअघिको भारत यात्रा पनि ध्यान कै एउटा अर्को तरिकालाई नजिकबाट बुझ्न थियो। त्यहाँ गएर विपश्यना ध्यानप्रति झन् मोह बढ्यो। तर पनि अभ्यास गर्न सकिरहेको थिइनँ। अब चाहिँ अति भयो है भन्ने सोचेर शनिबार एक दिने ध्यान शिविरका लागि म पुगेको थिएँ शिवपुरी जंगलमुनि रहेको मुहानपोखरीस्थित धम्मशृङ्गमा।
मेरा केही साथीहरु ध्यान गरेपछि भिक्षु,जोगी नै हुन्छ कि भन्ने सोच्छन्। गलत! ध्यानले परिवार र आफू निकटका मात्र हैन, सकल दृश्य अदृश्य प्राणीको मंगल कामना गर्छ, माया बढाउँछ। हाकिमहरु पनि उसै त कम बोल्ने मान्छे, ध्यान गएर झन् के होला भन्छन्। गलत! परिवारका मान्छेहरु भन्छन्- ध्यान गएदेखि म चेन्ज भाको छु, अलि बोल्ने भा’को छु। यस्तो भ्रम त्यही तटस्थताको मर्म नबुझेकोले भएको हुनुपर्छ।

***************
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न अपनाएको विद्या हो विपश्यना। विपश्यना ध्यानको मुख्य अभ्यास तटस्थताको हो। यसले सजग भएर तटस्थ बस्न सिकाउँछ। त्यो पनि सिद्धान्तमा हैन व्यवहारमा। व्यवहारका लागि यसले प्रयोगशाला बनाउँछ तपाईँको आफ्नै शरीरलाई। पलेँटी कसेर बस्नुस्, आँखा चिम्लनुस् र तटस्थ भएर शरीरमा के के हुन्छ, हेर्नुस्, महसूस गर्नुस्। प्रतिक्रिया बिल्कुलै नगर्नुस्।
यसरी बस्दा कहिले यता दुख्छ, कहिले उता दुख्छ। कहिले भने कति पनि दुख्दैन- आनन्दको महसूस हुन्छ। सटल भाइब्रेसन- सुखद अनुभूतिका बेला पनि तपाईँ तटस्थ बस्न सक्नुपर्छ, दुःखद अनुभूति भएका बेला पनि। यही हो विपश्यनाको अभ्यास। यही हो तटस्थताको अभ्यास।
शरीरमा हुने संवेदनालाई व्यवहारिक रुपमा यसरी अनुभूति गरेर मनलाई तटस्थ बनाउन सिकेपछि जीवनमा आउने सुख, दुःखका घटनालाई पनि त्यसरी नै तटस्थ बसेर हेर्न सकिन्छ।
के यस्तो साँच्चिकै गर्न सकिन्छ त? विपश्यनालाई पछिल्लो समयमा लोकप्रिय बनाउन ठूलो योगदान दिएका गुरु सत्यनारायण गोयन्का कै जीवनको उदाहरण लिन सकिन्छ। उनीहरुको परिवार वर्मामा व्यापार गरेर बसेका थिए। वर्मामा सैनिक शासन आएपछि विदेशी मूलका व्यापारीहरुको उद्योग र सम्पति राष्ट्रियकरण गरिदिए। गोयन्काका एक सहकर्मी दुःखले रुँदारुँदा आँखा नै गुमाउन पुगे। गोयन्काले भने सुखलाई जसरी यो दुःखलाई पनि तटस्थ रुपमा लिए। उनले चित्तको समतालाई गुमाएनन् र यो दुःखलाई सजिलै पचाए।
ठूला मान्छेका ठूलै कुरा। हामी सर्वसाधारणले यस्तो अनुभूति गर्छौँ त? दुई तीन पटक मैले यस्तो अनुभूति गरेको छु। एउटा अनुभव सुनाइ हालौँ, यो अनुभव मैले पहिला पनि सुनाएको हुनुपर्छ।
एक ताका म दिनहुँ यसको अभ्यास गर्थेँ। दिनदिनै जसो साँझ कान्तिपथको ज्योति भवनमा गई सामूहिक ध्यान गर्थेँ एक घण्टा। त्यतिबेलातिरको कुरा हो- एक पटक साथीसँग टेकुको सुमाई रेस्टुरेन्ट जाँदा मोबाइल टेबल मै छाडेर हिँडेछु। साथीको घर पुग्दा पो याद भो। मलाई राम्रैसँग याद छ, अरु बेला हुँदो हो त मेरो मन कति विचलित भइसक्थ्यो- ला! अब मोबाइल हरायो, नयाँ सिम लिने झण्झट, नयाँ मोबाइल किन्नुपर्ने। अलि ध्यान दिनुपर्ने नि, कस्तो हुस्सु भएको होला, अब कसले टप्काइसक्यो होला। यस्ता अनेकौँ तर्कनाले चिन्ता हुन्थ्यो होला।
तर त्यो दिन मलाई त्यस्तो केही पनि अनुभूति भएन। म तटस्थ थिएँ यो ‘दुःख’मा। मैले साथीलाई मोबाइल रेस्टुरेन्ट मै छाडेको कुरा सुनाउँदा मेरो मुखाकृति देखेर उसले ‘हैन होला, जिस्केको होला’ भन्ठानेको थियो। हो भन्ने विश्वास भएपछि ऊ आफै रेस्टुरेन्टमा गयो। वेटरले क्यासियरकोमा लगेर राखिदिएको रहेछ मोबाइल। मैले आफ्नो मोबाइल पनि पाएँ। तटस्थ बसेकोले थोरै समयलाई भए पनि मन व्याकुल भएर चिन्तित पनि भइनँ।
त्यो दिन सानै भए पनि विपश्यनाको व्यवहारिक लाभ अनुभव गर्दा म आफै छक्क परेको थिएँ।
********************
अब प्रश्न उठ्न सक्छ तटस्थ बस्नु राम्रो त हो। दुःखमा तटस्थ बसौँला नि त, सुखमा किन बस्नु पर्यो ? सुख त मज्जाले अनुभूति गर्न पाउनु पर्यो नि। सुख पनि मज्जाले अनुभूति गर्न नपाइने हो भने त जीवन बाँच्नुको के मज्जा रहन्छ र।
पहिलो पटक १० दिने विपश्यना शिविरमा बस्दा मैले यही सोचेको थिएँ। तर हैन रहेछ, सुखमा खुसी जरुर हुने, खुसी हुनै पर्छ। तर त्यो खुसीमा आशक्त नहुने। त्यो खुसीमा नटाँस्सिकन तटस्थ बस्ने। यसो भए मात्र हामी सँधै सुखी हुन सक्छौँ। सुखमा तटस्थ नभई आशक्त हुने हो भने एक न एक दिन सुख त जान्छ जान्छ, सँधै एउटै समय त रहँदैन। जब सुख जान्छ, तब आशक्तिका कारण दुःख पाइन्छ। सुख कै बेला पनि आशक्तिका कारण दुःख पाइन्छ भने सुख गइसकेपछि पनि दुःख पाइन्छ।
एउटा सानो व्यवहारिक उदाहरण हेरौँ न, आजभोलिको मायाप्रेम। मायाप्रेम त सुखको लागि हो नि। एकले अर्कालाई सुख दिनलाई त हो नि लभ गर्ने। तर हेर्नुस् त तटस्थ नभएका कारण सुखमा आशक्ति पैदा भएको। अनि आशक्त लभरले आफ्ना प्रेमी वा प्रेमिकाले कसैसँग कुरा गर्यो कि जेलस हुने। शंका उपशंकाले चिन्ता जन्मने। सुखका लागि गरिएको मायामा दुःखैदुःखको जञ्जाल भित्रिने। सुखमा तटस्थ हुन सिकेको भए यस्तो हुन्थ्यो त?
********************
अहिले राजनीतिले गर्दा तटस्थ शब्द कै बदनाम भएको छ। एमाले लगायत मधेसी मोर्चाले तटस्थ बसेर देशलाई अनिर्णयको बन्दी बनाएको छ। जुन तटस्थता उनले भोट दिँदा प्रयोग गरेका छन्, त्यसलाई ती दलका नेताहरुको मनमा राख्न सकियो भने देश कहाँबाट कहाँ पुग्छ।
मनमा तटस्थता ल्याउन सके झलनाथ खनालको, प्रचण्डको, पौडेलको प्रधानमन्त्री पदप्रतिको आशक्ति हराउने थियो।
त्यसैले जतिसुकै बदनामी किन नहोस्, म भने व्यवहारिक रुपमा अनुभव गर्नुपर्ने तटस्थता कै पक्षमा। यी शब्द लेखिसकाउँदा रातको भन्ने कि बिहानको भन्ने सवा २ भइसकेको छ। तर ध्यान गरेर तटस्थ हुने अभ्यास गरेरैमात्र म सुत्छु। किनभने अभ्यास नगरी कुरो बुझेर मात्र हुने भए त सबै बुद्ध भइसक्थे, सबै ज्ञानी भइसक्थे। आर्यघाटमा मलामी जानेहरुले र लाश जलेको देख्नेहरुले ‘के मेरो तेरो भन्नु, के रहेछ त जीवन, मर्दा खाली हात त रहेछ नि’ भन्ने नबुझ्ने हो र! तर आर्यघाटको गेटबाट बाहिरिने बित्तिकै यो म, यो मेरो भन्न थालिहाल्छ। त्यसैले व्यवहारमा उतार्ने काम एकदम कठिन छ। त्यसको लागि सानो पाइला भए पनि दिनदिनै अगाडि बढाउनु छ, कुनै दिन लक्ष्यमा पुगिएला नि!
No related posts.









तपाईको कुरा सहि हो उमेश जी. तपाईको अभ्याशलाइ शाधुबाद छ.
मन परे हरियो, नपरे रातो
1
0
निकै राम्रो लाग्यो लेख|
मन परे हरियो, नपरे रातो
0
0
झलनाथको तटस्थता बिप्पसनामा भनियको तटस्थता भन्नु अनर्थ मात्र हुनेछ प्रधानमन्त्री हुनबाट लुप्पा खायपछीको द्वेष र प्रधानमन्त्री पद प्रतिको राग मात्र हो भन्ने कुरा बिप्पस्सना को साधारण ज्ञान भयका सबैले नबुझ्ने कुरा होइन .यी नालायक नेताहरुलाई बिप्पस्सनाको अलिकति मात्र ज्ञान भयको भयै मुलुकको यस्तो दुर्दशा हुने नै थियन .
मन परे हरियो, नपरे रातो
0
1
Sadhu ! Sadhu !! Sadhu !!!
मन परे हरियो, नपरे रातो
0
0
सालोक्य जी, मैले बुझेको बिपस्यना को तटस्थता को अर्थ जीवन मा आइपर्ने सुख दुख लाभ हानि प्रसंसा आलोचना आदि जस्ता मनलाई बिचलित पार्ने तरंग प्रति तटस्थ रहने प्रयास गर्नु हो. तर एसको अर्थ कुनै मूल्य मान्यता नै नहुनु भन्ने चाहि होइन. बिपस्सना ले बुद्ध को सन्सार मा हरेक कुरा अनित्य र परिवर्तनशील छ भन्ने धारणा प्रायोगिक रुपमा सिकाउछ जस्तो मलाई लाग्छ.
मन परे हरियो, नपरे रातो
0
0
जय होस पंक्तिकार सालोक्य ज्यू को, धेरै राम्रो र मन छूने लेख प्रस्तुत गर्नु भयो.
बुझ्ने र त्यसलाई दुरुस्त ब्यबहारमा उता’रन सक्ने हो भने बल्ल बुद्ध जन्मेको देश भनी गर्व गर्न सकिन्छ,
अनि मात्र नेपाल र सारा नेपालीको जय हुनेछ……………
मन परे हरियो, नपरे रातो
3
0
पत्रकारको तथस्टता सत्यको निमित होस्/ प्रहरीको तथस्टता कानुनको पालना गराउन होस्/ नागरिकको तथस्टता रास्ट्रबादको जगेर्ना गर्न होस्/ सत्यको साथ् दिनु नै तथस्टता हो/
तथस्टताको अर्थ गलत कुरा बात प्रभावित नहुनु हो/ मनमा लोभ हुन्छ पाप हुन्छ/ अरुले मोज गरेको देखेरै जस्तै कस्तै कुकर्म भए पनि आफुले पनि मोज गरूँ गरूँ लाग्छ/ अनि तेही लोभ नै दुखको कारण बन्छ/ अरुले गलत सिकाउन सक्छ गलत सलाह दिन सक्छ/ तर आफ्नो मनले आफ्नै साथ् दिई राखेको हुन्छ सत्य र सहि सलाह दुयिरहेको हुन्छ/ जटिल परिस्थिति मा सयमित भएर सत्य कर्म गर्न र भत्किन लागेको मनलाई सयमित गर्न बुद्धले बिपशाना गर्न सिकाए/ बिपशनाको अर्थ आफ्नै मन र बिबेक सिट यकाग्र चितले सलाह गर्नु हो, कसैको भजन गर्नु होयिन/
तथस्ट ता जहिले पनि सत्य को सन्निकट हुन्छ/ तटस्थ बस्नु को अर्थ असहाय माथि अत्याचार हुँदै गरे पनि टुलु टुलु हेरी बस्न होयिन/ बुद्ध ले “अन्याय सहनु अत्याचार गर्नु बराबर हुन्छ” भने बाट तथस्टता र बिपशाना को अर्थ लगाउनु पर्छ कि/
बुद्ध धर्मले हतियार उठाउन बर्जित गरेको छ तर अन्यायी र आतातायिको फोहरी हातबाट सत्य र असहाएको बचाउ गर्न मन शरीरलाईनै हतियारको रुपमा प्रयोग गर्ने कला जसलाई आज हामि “कुम्फु” “कराते” भन्छौं त्यो सिकाएर गए/ म बुद्धिस्ट हुन् र मैले बुझेको बिपशनाको अर्थ यहि हो/ अब बाकि आफ्नो आफ्नो बिचार/
मन परे हरियो, नपरे रातो
4
1
“तटस्थ बस्नु को अर्थ असहाय माथि अत्याचार हुँदै गरे पनि टुलु टुलु हेरी बस्न होयिन/ बुद्ध ले “अन्याय सहनु अत्याचार गर्नु बराबर हुन्छ” भने बाट तथस्टता र बिपशाना को अर्थ लगाउनु पर्छ कि/
बुद्ध धर्मले हतियार उठाउन बर्जित गरेको छ तर अन्यायी र आतातायिको फोहरी हातबाट सत्य र असहाएको बचाउ गर्न मन शरीरलाईनै हतियारको रुपमा प्रयोग गर्ने कला जसलाई आज हामि “कुम्फु” “कराते” भन्छौं त्यो सिकाएर गए/ म बुद्धिस्ट हुन् र मैले बुझेको बिपशनाको अर्थ यहि हो/ अब बाकि आफ्नो आफ्नो बिचार/”
nice commente .
मन परे हरियो, नपरे रातो
3
0
an atom is made of particles electron-maoists, proton-congress, neutron-UML. currently neutron and proton are on the center that’s why it is a stage of neutrality (just an atom). If neutron and proton are separated by using external force(India,UNMIN,Palace etc.) then a huge amount of energy and radio-active material out bursts(an atomic bomb). this may convert the depleted material to something different material, electrons get scattered again radiating huge ammount of energy.
मन परे हरियो, नपरे रातो
3
0
श्याम जी
नेपालको राजनैतिक बिस्फोटन हुन् सक्ने अबस्थाको सहि बैज्ञानिक विश्लेषण गर्नु भयो/ अति राम्रो र सटिक छ/
मन परे हरियो, नपरे रातो
0
0
भाबतु सब्बा मङ्गलम
मन परे हरियो, नपरे रातो
0
0
आफुले जानेको र मानेको अनुभब र अनुभूति लाइ तर्क बितर्क छोडी ” म शून्ने ( 0 ) हु , म म़ा केहि छैन ” भन्ने छेण हरुमा न त्यहाँ शुख हुन्छ न त्यहाँ दुख:नै त्यहिँ निर आफुमा भएको अन्तास्कर्णबाट प्रफुसटित बिबेक र बुद्धिलाई सोलंकेजी ले प्रयोग गर्न खोजेजस्तो ताठ्स्ताता प्रयोगमा ल्याउन सके अति उत्तम | नत्र कहिँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै हुन्छ |
मन परे हरियो, नपरे रातो
0
1
धेरै राम्रो लेख्नु भएकोमा तपाईलाई धन्यबाद छ |
मन परे हरियो, नपरे रातो
4
0
Whenever our overall contribution goes for the bodily/material support we will never have real, final peace and happiness.
Middle path is uppermost which we lost and our current chaotic situation is outcome of that lost knowledge.
मन परे हरियो, नपरे रातो
0
0
तटस्थता व ध्यान
योकुरा ब्याबर मा लागु गर्न जोकोहीले पनि सक्दैन संसार को औला मा गनिन सक्निले मात्रै गर्न सकिन्छा ध्यान भनेकोकेहो एसकोसहि आर्थ बुज्नुपार्छ कुनै क्रुरहरुको को लागि फलामको चिउरा जस्तैहो
तटस्थ सब्दको आपमन गरेकोछ एमले, र मदेसी दलले
तटस्थ सब्दको आपमन गरेर दलाइलामा तिब्बत लखेटियो
यस्ता कुराको अर्थ नाबुज्नी आपब्येखे गर्नी हरुलाई हाम्रो भारतले पाल्छन तिनी हरुलाईकेको चिन्ता
मन परे हरियो, नपरे रातो
1
2
मलाई पनी विपश्यना मन पर्छ तपाई को लेख पढ़ी सके पछी १० दिन को विपश्यना गर्ने कोशिश गर्दै छु मेरा नजिक का धेरै साथी हरु ले गरि सके का छन बाकि समय को खेल !
मन परे हरियो, नपरे रातो
7
0
धेरै पछी एक पृथक धारको लेख लेख्नु भएको छ, निश्चय पनि यो विपश्यना कै प्रभाब हुनुपर्दछ | बधाई छ सजग हुनु भएको मा |
बर्तमान परिस्थितिमा “तटस्थता” माथि जति नै सोध गरे पनि साभार गरेर नसकिएला कि? नितान्त आबश्यक के छ भन्ने – सर्बप्रथम पत्रकार बन्धुहरु तटस्थत/सजग हुनु पर्यो, आफ्नो पुर्बाग्राही विचारको त्याग गर्नु पर्यो …. ||
मन परे हरियो, नपरे रातो
5
0
के यो झलेले आफु प्रधानमन्त्रि बन्न को लागि तटस्थता ब्रत हो लिएको होकी ?? बिचारा अहिले कुनै पद खानको लागि योग्यताले दिएन अनि प्रधानमन्त्रि को पद पड्काउने दाउमा छहाn बिचरा !!!
मन परे हरियो, नपरे रातो
2
3
यो लेख निकै राम्रो र मौलिक छ , मलाइ खूब मन पर्यो , तर यी नेताहरु र सामसदहरुले तटस्थ बसेको त पूर्ण आ आफ्नो स्वार्थ को लागि मात्र हो बिपस्वी को तटस्थता आकाश जमिन फरक पर्छ , येस्मा कोहि कोहि अपवादमा पर्लान तर यिनीहरुलाई बिप्पसना को तटस्थ ता को बारेमा सुनाउनु भालुलाई पुराण जस्तै हो
मन परे हरियो, नपरे रातो
0
0
यो राम्रो छ , म यति मात्र भन्छु कि तठस्थ बस्ने नेताहरु लै यमराजले पनि तठस्थ राखून यहि मेरो सुभकामना छ नेपाली नेताहरु लाई
मन परे हरियो, नपरे रातो
3
0
यो त संचिकै हो , तथास्त बस्ने नेताहरु लाई जीवनको आन्तिम घडीमा यमराजले पनि तथास्त राखून यहि मेरो सुभकामना
मन परे हरियो, नपरे रातो
2
0
लेख त धरै राम्रो मन छुने नै लेख्नु भयो.. तर यो लेख हाम्रो राजनीति गर्ने नेता हरुलाई पनि यो लेख देखाउनु पाए झन् राम्रो हुने थियो.. कि?
मन परे हरियो, नपरे रातो
2
0
सालोक्य ज्यू साहैं राम्रो लेख पस्कनु भयो । यसका प्रत्यक वाक्य वाक्यहरु मलाई मन पर्यो । यसका प्रत्यक वाक्य वाक्यहरु ले पाठकहरुलाई उर्जा दिइरहेको छ । अति मनपरेको चाही तटस्थताको परिभाषा जुन तपाइृको भाषा भन्न चाहन्छु । “बन्द आँखाभित्र पनि देखिने हजार कल्पना र तर्कनासित जुध्दै आफैभित्रको संसार खोज्दै थिएँ म। चित्तलाई शान्त र सजग बनाउने प्रयास गर्दै थिएँ म। ‘नोबल साइलेन्स’ अर्थात् बोलीले मात्र हैन, इशाराले पनि बोल्न मनाही।“ साचो अर्थमा तटस्थ भनेकै यही हो । जसले आफुले गर्दा अरु प्रभावित नहोस/ भित्र भित्र प्रधान मन्त्रिको लोभमा अरुलाई प्रभाव (जनता, राजनिति, देश) लाई प्रभावित पार्ने गरी वाहिरी तटस्थता, पर्दाभित्र इशाराले आफ्नो अनुकुलको बातावारण तयार पार्नु कुनै पनि हालतमा तटस्थता हुन सक्दैन । यो तटस्थताको नाममा फोहोरि खेल मात्र हो ।
मन परे हरियो, नपरे रातो
2
0
कस्तो राम्रो लेख मन छोयो यो एमाले का सबै नेताहरु लाइ एकै ठाउँमा जाकेर राख्नु पर्छा देश बिगार्ने बाहेक यिनीहरु ले की गर्न सकेन.बस्ताब मा सुद्द कोइ छैन.प्रस्न कसलाई तेर्सौने जब कि प्रस्न गर्नेनै चोखो हुन्न यहाँ.जय नेपाल
मन परे हरियो, नपरे रातो
5
5
मलाई ध्यान अति मन पर्छ तर गर्न सकेको छैन तपाइको अनुभवले मलाई ध्यान गर्ने बाटो मा पक्कै डोराउने छ
धन्यबाद
मन परे हरियो, नपरे रातो
8
0
आर्टिकल यक्दम राम्रो छ अहिले देशमा भैरहेको अस्थ व्यस्था राजनीतिक अबस्थालाई बडो राम्रो उदाहरण प्रस्तुत गर्दै नेताहरुको दिमागमा तजपना ल्याउने प्रयत्न गर्नु भयको छ . बास्तबमै अहिले देशले बिकराल अनि दर्दनाक अवस्था भोगी रहेको छ अहिले सम्म सरकार पायको छैन जनताहरुले कोहि भने कुर्सीमा जना सक्ने अवस्था नभयको कारणले गर्दा मेरो गोरुको बाह्रै टक्क भने झैँ अहिले सम पनि मत दिदैनना . आफु पनि जना नसक्ने अरुलाई पनि जना नदिने प्रबिर्तिले गर्दा आज देश सरकारविहीन हुन परिरहेको छ . देशमा दिन प्रति दिन हत्या हिंसा बेरोज्कर बढिरहेको छ विभिन्न नया अज्ञात सक्तिहरु दिनानुदिन ब्रिदी भैरहेको छ . जनताहरु भोक भोकै जीवन निर्बावा गर्न बिबस भैरहेको छन् . बढीले गर्दा हजारौ मानिसहरु घरबार हिङ हुन परिरहेको छ . यसगरी दिनदिनै भारतले नेपालको सिमाना मिचिरहेको छ . नेपाली प्रति अन्य सोसन गरिरहेको छ . बर्सेनि युबाहरु बेरोज्गर्क्ले गर्दा बिदेशिनु परिरहेको छ . देशको दक्क्षे जनसक्ति हरु दिनानु दिन पलायन भैरहेको छ . हाम्रा नेताहरुलाई चिन्ता छैन सिरिफ आपनो स्वार्थ र कुर्सिको मोहले गर्दा आज देश खोरो भैसक्यो . यस बिसयमा नेताहरुको ध्यान छैन . हे नेताहरु खपरमा त लेखेरनै लियर आयको रहेछौ नेता बन्नको लागि . कति सम्म देशलाई यसरी बन्दक बनायर रक्छौ या कुर्सिको मोह र स्वार्थी नेताहरु . अझै यसरी नै लडी पर्दै जानु कुर्सिको लागि shubhakamana छ .
मन परे हरियो, नपरे रातो
2
1
मेरो चैँ गफ मात्रै भैरछा…..ध्यान गर्नी भनेको आज ५ वर्ष भैसक्यो…..सुत्दा बाहेक १ sec आखा चिम्लेको छैन….:)
मन परे हरियो, नपरे रातो
5
0
झलनाथ खनाल, माधव नेपाल, केपी ओली, प्रचण्ड, बाबुराम, रामचन्द्र पौडेल, लाइ ध्यान मा पठाए के देखते होलान यिनीहरुले
मन परे हरियो, नपरे रातो
5
1
राजनीतिका धेरै कुरा दिक्क लाग्दा भैसकेका थिए . राजनीति एती बिघ्न फोहर हुनुमा हामी जनता को पनि तेत्तिकै ठुलो भूमिका छ. हाम्रो मन मस्तिस्क जब सम्म निश्चल र पुर्बग्रहरहित हुदैन तब सम्म समग्र राजनीतिमा परिबर्तन ल्याउन खोज्नु मृगत्रीस्ना जस्तो मात्र हुनेछ. हामी नेतालाई सजिलै दोस दिन्छौ. हुन पनि हो उनिहरु ठुलो रकममा भ्रस्टाचार गर्छन. तर हामी पनि कम छौ र, मौका पाए सानै रकममा भएपनि फाइदा लुटीहाल्छौ . हामी आफ्नो निहित स्वार्थकोलागि थुप्रै अरु का आबस्येकता लाई अनदेखा गर्न सक्छौ. आखिर सत्तामा पुग्नेहरु पनि मानब भित्रका हामी जस्तै दानब चरित्रहरुनै हुन्. मैले येसो भनेर ति राष्ट्रघाति नेताहरुलाई चोखो पार्न खोज्या हैन. तर, समग्र राजनीतिमा सुधार ल्याउने हो भने हामीबाटै आफैभित्रको सुद्दिकरणको लागि प्रयास थालिनु पर्छ. तेस्को लागि ध्यान गर्नु हाम्रो एक सार्थक प्रयास हुन सक्छ.
मन परे हरियो, नपरे रातो
0
0
सारै राम्रो लेख्नु भएछ | म पनि धम्मश्रिन्घ मा १० दिन को ध्यान मा एक चोटी गईसकेकोले यसको महत्व म बुझ्दछु | सबै ले ध्यान बाट चित्त शुद्दी गर्न जाने देखि कति सुन्दर हुन्थ्यो हाम्रो संसार !
मन परे हरियो, नपरे रातो
4
0
म पनि यहि सिद्धान्तको मान्छे हो,
हाम्रो राजा हाम्रो देश
बोल्नु भन्दा नबोल्नु बेश
मन परे हरियो, नपरे रातो
11
4
बधाई छ सर l
तटस्थता आजै बाट व्यवहारमा लागु गर्नुस सर l माईसंसारका कमेंट्सहरुलाई गुलियो-तितो जे जस्तो भए पनि बैचारिक पुर्बाग्रह नराखी तटस्त रही प्रकाशित गरि दिनुस, (छाडा शब्दावली प्रयोग गरिएका बाहेक) र यो ब्लगको गरिमा अझै बढाउनुहोस् , ता कि मानिसहरुले बि बि सी (BBC) रेडियो को सट्टा तटस्थता को उधाहरणमा माईसंसार डट कम लाई सम्झिउन l अग्रिम सुभकामना !
-बड्का
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
Great I will try this !
मन परे हरियो, नपरे रातो
3
0