मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कृष्ण! कृष्ण!!


    आज मोहरात्री। कृष्ण जन्माष्टमिको रातलाई हिन्दू धर्मावलम्बीहरु मोहरात्रीका रुपमा मनाउँछन्। रातभर जाग्राम बस्छन्, नाच्छन्, गाउँछन्। यो दिन सबभन्दा रमाइलो हुन्छ पाटनको कृष्ण मन्दिरमा। पोहर पनि यही दिन कृष्ण मन्दिर पुगेको थिएँ। यस पटक त झन् पाटनको चप्पा चप्पा थाहा छ भनेर गफ दिने पाटन कै एक जना साथीको परिवारसहित हामी मोहरात्रीको रमाइलो हेर्न राति साढे आठ बजेतिर त्यहाँ पुगेका थियौँ।

    लोडसेडिङ भएर हो कि के हो, कृष्ण मन्दिरमा त्यति उज्यालो थिएन। तर केही छैन, मान्छेको अनुहार उज्यालो थियो नि! दर्शन गर्न त्यति लामो लाइन बस्नु परे पनि दर्शनार्थीहरुको अनुहार उज्यालो थियो। रमाइलो थियो वातावरण। तर खै किन, मलाई भने पोहोर जति भीड यसपालि नभएको लागिरह्यो।

    यहाँको दृश्य यति रमाइलो देखिन्थ्यो कि स्वदेशी तथा विदेशी पत्रकारहरुको टोली नै ट्रायपड जमाएर एक से एक राम्रा फोटो खिच्न बकुल्लाले माछा ढुके झैँ ढुकिरहेका थिए। गैरपत्रकार साथीहरुसित आएको हुनाले मैले चाहिँ ट्रायपड बोक्ने झण्झट गर्न मुनासिब ठानिनँ। त्यसो त ब्याट‌‌्री चार्ज गर्न समय नपाएका कारण धेरै फोटो खिच्न सकिँदैन भन्ने पनि थाहा थियो। तर पनि केही फोटो भने खिचेँ।


    यस पटक मन्दिर अलि अँध्यारो छ। मन्दिरभर राखिएको झिलिमिली बती त बलेन छ त।


    ल हेर्नुस् त रातको साढे नौ बजे पनि कति रमाइलो छ पाटन दरवार स्क्वायरमा। तपाईँलाई पनि जाउँ जाउँ लागेन त्यहाँ?


    राति साढे नौ बजेतिर हामी कृष्ण मन्दिर छेवैको भीमसेन (भिन्द्यः) मन्दिरमा छिर्‍यौँ। त्यही मन्दिरको झ्यालबाट हेर्दा यस्तो देखियो। भोलि भिन्द्यः जात्रा निकाल्ने चलन रैछ। भिन्द्यः जात्राका क्रममा राति अबेरसम्म पाटनका टोलटोलमा मानिसहरु रमाइरहेका हुन्छन्।
    “भीमसेन भीमसेन हाइ हाइ” चिच्याउँदै तान्दै बस्छन्।


    अग्रज फोटोग्राफरहरुको यस्तो खाले फोटो देख्‍दा मलाई पनि खिच्ने रहर जाग्यो। फोटो खिच्दा सटर थिच्ने क्रममा लेन्स अकस्मात् घुमाएपछि यस्तो देखिने रहेछ। तर यस्तो फोटोमा केन्द्रमा कुनै वस्तु भएमा मात्र फोटो राम्रो देखिन्छ। यसमा त्यस्तो कुनै केन्द्रीय आकर्षण राख्‍न सकिएन। तीन चार पटक यस्तो अभ्यास गर्ने बित्तिकै ब्याट्रीले रामराम भनेपछि अब अर्को पटकका लागि थाती रहने भो।


    कृष्ण अष्टमिका दिन मयुरको प्वाँखको बिक्री साह्रै बढेको छ। यो साँच्चिकै मयुरको प्वाँख हो कि नक्कली, त्यो भने थाहा भएन।

    २१ वटा गजुर भएको यो नेपाल कै एक मात्र मन्दिर हो।


    No related posts.

    39 comments to कृष्ण! कृष्ण!!

    • madan bajracharya

      २१ गजुरको त्यो मन्दिर भन्दा सुन्दर हुनेछ हिमाली टाकुराको गजुरहरू भएको नेपाल/मात्र सबै जातको हातहरु मिल्नु पर्छ सम्पूर्ण नेपालनै बिराट कृष्ण मन्दिर हुनेछ/

      एक हातले र एक जातले यो मन्दिर बनाएको थिएनन् र यक जातले मात्रै यो पर्ब मनाउन्दैन्/ आज हामी मिलेमा नेपालनै बिराट कृष्ण मन्दिर बनाउन सक्छौ/ गजुरको चिन्ता गर्नु पर्दैन, ती हिमालको चुचुराहरु सबै गजुर बन्ने छन्/ नेपालीको प्रत्यक नौलो दिन यक कृष्नास्तामी हुनेछ/ सबै नेपाली आजकै दिन मा जस्तै सधै हास्न सक्ने छन्/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • Salokya ji , शंसान्शार्कै नौलो ,शिद्दीनर्शिम्ह मल्ल को मानस पटल बाट उब्जेको ,भनिन्छ एउटाई ढुंगा बाट बनेको २१ गजुरको कृष्ण मन्दिर र त्यस वर पर क़ा वाताबरण लाइ बगैंचामा ढक मकक रंगी चंगी फुलले शिन्गारीए सरि जता ततै राता तथा विभिन्न पोशाक लगाई मन्दिर तर्फ पंक्तिमा पंक्ति मिलाई घन्टौ घण्टा उभीदा पनि हशिला -रशिला , हर्ष उमङ्ग साथ फुरुङ्ग फुर्की रहेका भक्तजन हरु र मन्दिरलाई अध्यारो र लोड शेडिंग क़ा बाबजुद पनि झिलिमिली रंगी चंगी कलात्मक छायांकन गरी न्यु योर्क को ” Time Squire,Cad man plaza , brooklyn bridge ” समेतको झिलिमिली लाइ ओजेल मा पार्न सफल हुनु भएकोमा धेरै धेरै बधाई |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Cesar

      Many thanks for posting lovely photos.

      Jay Shree Krishna!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • कीन ? कृष्ण छोडी आयौ …. वृन्दा बन लाइ | कृष्ण ..कृष्ण.., मरी मेटछन् मन्दिर ..मन्दिर धाई | शरण लिइ ,लुकाऊ कृष्ण भक्त हरु लाइ | शंकटमा बल देउ कृष्ण कंश मार्न लाइ | देश हाम्रो भेष राम्रो सधै हांसी खुशी | कंश हटे देश बन्छ शान्ति अमन चयन आइ |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • pritam राजबंशी

      मेरो प्यारो भगवान काले कृष्ण को जय हो !!
      बोल
      हरे राम,हरे कृष्ण !!
      हरे राम,हरे कृष्ण !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • chini gurung

      हरे राम हरे कृष्ण हाम्रो धर्म को पहिचान हो ….सुन मा सुगन्ध यति सुन्दर देस भाषा भेस भूसा हाम्रो गर्व हो सदैब पटन दरबर सुन्दर सफा रहोस अर्को वर्ष पनि जन्म astami को रमाइलो हेर्न पओस सबै नेपाली ले मेरो संसार लाई धेरै धेरै धन्यवाद !!!!!!!

      परदेशी दुबई!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • apsara

      आउनु होस्न कृष्ण जी हाम्रो मनै मा
      नजानुहोस कृष्ण जी वृन्दा बनैमा.
      हरि भजौ हरि भजौ केहिछैना लानी
      दुइ दिनको जिन्दगानी कर्कलाको पानी
      नजानुहोस प्रभु जी वृन्दा बनैमा
      कृष्ण पापी मामा ले भान्जा भन्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • binu

      राधा कुण्ड कृष्ण कुण्ड गिरि गोबर्दन] मधुर मधुर बासुरी बज्यो यहि हो बिन्द्राबन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • neerose

      श्री कृष्ण जन्मास्टमीको पावन अवसरमा सम्पुर्ण हिन्दु-धर्मालम्बी र गोप्य गोप्य मायाप्रिती लगाउने गोपिनीहरुलाई शुभ्-कामना!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • sirjana

      जय कृष्ण II हामी सबैको कल्याण गरुन

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • द्रोण

      जानु हुदैन कृष्ण ,जानु हुदैन |
      राधिकालाई छोडेर ,जानु हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

      • मन

        आउन कृष्ण बेरभयो नेपाल बनाउनलाई
        लोभी पापी नेतालाई तह लगाउनलाई

        देशै भरि कंश जन्मे जनतालाई मार्ने
        सकुनिको दाउमा पारी सत्ता हात पार्ने
        दुर्योधन हठ गर्ने मैलाई चाहियो भन्दै
        ध्रितराष्ट्र शक्ति छैन सबलाई मिलाउने

        आउन कृष्ण……………………………….

        दुशाशनले सारी तान्दै देशै नाङ्गो गर्ने
        कौरव यी कस्ताजन्मे आमा टुक्रापार्ने
        कर्णपनि दुश्मनबनि बन्दुकमात्रै ताक्ने
        विकृतिले सिमानाग्यो छैनकोहि थाक्ने

        आउन कृष्ण……………………………….

        देशकोहित नसोच्नेलाई नाङ्गो पार्नु पर्छ
        दुश्मनलाई नदिउ छिर्न सबै जाग्नु पर्छ
        मेची देखि माहाकाली फेरी जुट्नु पर्छ
        देशको मुहार फेर्नलाई युवा उठ्नु पर्छ

        आउन कृष्ण……………………………….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 0

        • krishna gopal shrestha

          आदरणीय मित्र हरु,
          आदर ! ! !
          भगवान को रूप र लीला प्रत्यक्ष हेर्न पाइने देश मा कम्युनिस्ट हरु ले गाई जात्रै गरेर छाड़ने भो कहिले शपथ ग्रहण को भाषा फेरेर कहिले पशुपति को पुजारी फेरेर / कहिले जन युद्द गरेर कहिले माडी मा बम पड्कायेर/ कहिले अपहरण गरेर त कहिले फिरौती मागेर / कहिले हिंदी मा शपथ लींन पाइदैन भनेर त कहिले हिंदी लाइ नै रास्ट्रीय भाषा बनाएर /
          हे भगवान छिट्टै नेपाल आऊ कम्युनिस्ट हरु लाइ बिबेक देऊ कृपया
          कृष्ण गोपाल श्रेष्ठ

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

          • madan bajracharya

            कृष्ण गोपालजी
            पसुपतिको मूल भट्टको कुरामा तपाईं त् राम चन्द्र पौडेल जस्तै अभिव्यक्ति दिनु भयो नि/ नेपालको पसुपतिको मन्दिरमा नेपाली भट्ट राख्नु हुन् भन्नेले देसमा गाई जात्रा गरे कि नेपाली भट्ट राख्नु पर्छ भन्ने ले गाईजात्रा गरे कृष्ण गोपाल जी?

            बामपन्थीहरुलाई अरु कुरामा एउटा कांग्रेसी भएको नाताले तपाईंले बिरोध गर्नु अस्वोभाबिक कुरा होयिन तर पसुपतिको मन्दिरमा नेपाली भट्ट राख्ने चाहना त् सबै नेपालीको हो नि/ के यो कुरामा कांग्रेस अपबाद छ भन्नु भएको हो?

            कृष्ण गोपाल जी तपाईंले एउटा कुरा नकार्न सक्नु हुन् कि कांग्रेसीहरुले राजाको गर्धन माथि उनीहरुको गर्धन छ भनेकोमा/ यसको अर्थ त् कांग्रेसीहरुले राजतन्त्र बचाउन आफ्नो ज्यान पनि दिने भनेको हो/ तेस्तो कांग्रेसले महेन्द्रलाई बिरातनगर मा बम हान्न किन लगाएत?

            शेर बहादुर ले सदन भंग गरेको बिरोधमा आनन्द देवीको मसाल देखाएर सडकमा गणेश थापाको मुख बात “ज्ञाने चोर देस छोड” भन्न लगाउने कांग्रेसले ज्ञानेन्द्रले गिरिजालाई पुन प्रधान मन्त्रि बन्ने मौका दिए पछी मावोबादी सिट सम्झौता गर्ने अन्तिम समय सम्म कांग्रेसीहरु त् संबैधानिक राजतन्त्रको समर्थक भन्दै थिए/ तर मावोबादिले प्रथम रास्ट्रपति बनाउने कुरा गर्ने बितिकै राज तन्त्र हटाउने कुरा मानि हाले/ कांग्रेसीहरु कुर्सि पिपासु मात्रै हो भनेर प्रमाणित भएकोछ/

            अब हिन्दी भासाकै कुरा गर्ने हो भने कांग्रेसीहरुको दोश्रो भाषा नै हिन्दी हो/ ३ बर्सको छँदा भारत प्रबाशमा गएको बिशेस्वोर, बिहार मै जन्मेको पढेको हुर्केको गिरिजाको पहिलो बारह्खरी त् हिन्दी भाषाकै थियो/ अस्ति परमानन्द झाले सपथ ग्रहण गर्न लाग्दा अल्मलियेकोमा गिरिजाले परमानन्दलाई ” बोलियेंन ..” भनि भनेको कुन भाषा हो कृष्ण गोपाल जी/ परमानन्द लाई हिन्दी भाषामा सपथ लिन उक्साएको गिरिजालेनै थियो नि/ तेसैले परमानन्दले हिन्दीमा सपथ लिंदा बवाल हुँदा गिरिजाले यक सब्द बोलेनन्/ कानुनले नदिएको संविधानको मर्म बिरुद्ध हिन्दीमा सपथ ग्रहण हिन्दीमा लियिन्दा तेतिबेला प्रधान मन्त्रि पदमा रहेको कांग्रेसी नेता को के कर्तब्य थियो कृष्ण गोपाल जी?

            नेपालमा हरायक कुरामा “हिन्दुस्तानबाद” लाद्ने त् कांग्रेस नै हो बामपन्थिहरु होयिनन/ अब जनयुद्ध गुरिल्ला युद्धको शैलीमा लडेको थियो/ तेती बेला मावोबादिलाई भारतले पनि सघाएकै थियो/ जनयुद्धमा बम पनि हानेकै थियो/ अपहरण पनि गरेकै थियो/ सहि भन्नु भयो/ तर ती सबै काम कांग्रेसले नगरेको थियो त्? अरुको गन्जी तान्नु अघि आफ्नो धोति फुस्केको पहिला हेर्नुस/ कांग्रेसीहरु हिन्दुस्तानी धोति लगाएरै जन्मेको थियो, हिन्दुस्तानी धोति लगाएरै बसेको छ अझै/

            हिन्दी भाषालाई रास्त्रिये भाषा बनाउने बातावरण कुर्सीमा बस्ने कांग्रेसीले बनाए/ अब कांग्रेसी कुर्सि त्याग्ने कांग्रेसीले (बिजय गच्छदार आदि) खुलेरै हिन्दी भाषालाई रास्त्रिये भाषा बनाउनु पर्ने माग गर्ने दलको तरफ बात माग गर्दै छ/

            मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

        • Luna

          Nice poem !
          keep it up Maan ji .

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Deependra

      गोकुल मा गाई चराउने कृष्ण काले चोर ! कती राम्रो कती मिठो मुरली को स्वर ! ……….. गोपिनी लाई खेलाउने कृष्ण हुन नि डांका कृष्ण को त्यो मुरली मा गोपिनी को भाका!! हा हा अाआ अा गोकुलमा गाई चराउने कृष्ण काले चो र …… बोलिए श्री कृष्ण भगवान कि जय जय !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • hachhabug chhamling Kirat

      बधाई छ हिन्दु मित्र हरुलाई ,धार्मिक शहिष्णुता कायेम रहोस एस पर्व ले सद बुद्धि पलावोस

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Manoj Kumar Banjara - DOHA

      रमणीय तस्बीर हरु छन्! अती सुन्दर र रात को शान्त वातावरण ले त तस्बीर मा झनै नीखार ल्याएको छ! यस्तै सुन्दर र स्वछ छन् भगवान श्रीक्रीश्न!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Pratik

      अह तेहा छेउ को बारा/चतामारी खाने पसल याद आयो /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • rabi shrestha

      I miss my home town . When I was young I used to play in patan durbar square . Thanks for lovely picture and patan is one of the the best city in the world .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • यसमा भएको फोटो देख्दा त मेरो त मननै बहकियो कति राम्रो सिन हरु यति राम्रो सिन रख्दिनु भएको मा धेरै धेरै धन्यवाद .

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • janaki ghimire

      यसोदाको छोरो कृष्णे मोरो जन्मियो गोकूलमा
      हेर लौ जन्मियो गोकूलमा, हेर लौ जन्मियो गोकुलमा

      दही पनि चोर्यो ठेकी पनि फोर्यो त्यै काले कृष्णेले
      हेर लौ त्यै काले कृष्णेले, त्यै काले कृष्णेले

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • श्री कृष्ण गोभिन्ध हरे मुरारे हे नाथ नारायण,याणा बासु देव

      आउन कृष्ण बस न ~~ मेरो मनैमा !!
      नजाउ कृष्ण छोडेर हो वृन्दा बनैमा………

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • himalee

      हरे राम IIIII हरे कृष्ण IIIIII
      हरे राम IIIII हरे कृष्ण IIIIII

      भगवान कृष्णले हामी सबै मानब एबम प्राणिहरुको कल्याण गरुन

      हरे राम IIIII हरे कृष्ण IIIIII
      हरे राम IIIII हरे कृष्ण IIIIII

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • shankar

      Person who have not undergone the austerities of the religious process,who have never attempeted devotional serivice in Krishna consciousness, who have not tended a pure devotee,and especially those who are conscious of Krishna only as a historical personality or who are envious of the greatness of Krishna should not be given peace and spiritual knowledge.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Kisan

      भगवानको सदैब जय त हुन्छनै किनकि भगवानले कहिले गल्ति गर्दैनन्! श्री कृष्ण भगवानले देखाएको बाटो हिड्नुनै जीवनको एकमात्र साधन हो, बिचलित बाटोमा हिंडे जीवनको सार्थकता खत्तम हुन्छ !
      १ झुठो नबोल्दा राम्रो
      २ सुद्ध खान खाँदा राम्रो
      ३ भगवानलाई सम्झिदा राम्रो र
      ४ भगवान्ले सिकाएको बाटोमा हिंड्नु राम्रो
      बाँकी कुरा आफै जान्नु जान्न नसके यी चार बुंदा लै ख्याल गरे जीवन सदैब सुखी रहन्छ!!!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

      • अनि श्री कृष्णले दहि छोरि खाकोलै चाही के भन्ने नि ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • rajan

      Very Nice photos.when you look at the photos for seconds you will find yourself in heaven mind blowing

      We have a beautiful culture
      We have a most beautiful country in in south Asia
      This is enough for citizens to feel proud of being a nepali

      However we are still looked 3rd class peoples in various corners

      All because of greedy politicians

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • raeebi

      कस्तो राम्रो सिन . दिन मा लिएको केहि फोटो भए राख्दा अझ राम्रो हुन्छ . खै नेताको बुद्धि मा कृष्ण को प्रताप परोस्.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • रबिन्द्र राज गिरी

      संस्कृति र पौराणिक मूल्यमान्यतामा हामी नेपाली साँच्ची नै धनि छौं | तर यो कुराको महसुस हामीले गर्न सकेका छैनौं, किनकि हाम्रा आँखाहरु भौतिक बस्तुहरु तिर मात्र केन्द्रित छन् | हामी आफु संगै भएका हिरा जुहारतहरुलाई चिन्न नसकेर पराश्रयी र पराधिन बन्न पुगेका छौं | हामीले यो वास्तविकता लाई चिन्न र बुझ्न सके नेपाल संसारकै स्वर्ग हो | जे होस् कृष्ण मन्दिरका त्यति लोभ लाग्दा तस्बिरहरु राखेर सम्झना भएपनि गराईदिनु भयो हाम्रो संस्कृतिको | त्यसको लागि धेरै धेरै धन्यबाद तपाईंलाई |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • sabik

      श्री कृष्ण गोभिन्ध हरे मुरारे हे नाथ नारायण,याणा बासु देव… .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

    • chandra gurung

      आहा कति सुन्दर. अनि कृष्ण मन्दिर को तल ‘सिद्धि नर्सि*ह ” ले बनाएको मन्दिर भनेर लेखिदिएको भए जसले बनायो उसको सम्मान पनि हुने थियो. हैन? देश बनाउने, देशका धरोहर बनाउने व्यक्तिहरुको बारेमा उल्लेख गर्ने परम्परा राखिराखेमा राम्रा काम गर्न हाम्रा नेताहरुलाई पनि उत्साह हुन्थ्यो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • madan bajracharya

        चन्द्र जी
        चुप लाग्नुस् कसैले सुन्ला/ त्यो कृष्ण मन्दिर बनाउन लगाउने सिद्धि नर्शिग राजा हो नि/ अहिले राजाहरुले राम्रो काम पनि गरेको थियो भन्नु हुँदैन/ आज भोलि राजाहरुलाई गालि गर्ने मौसम धुम धडाक सिट चली रहेको छ थाह छैन के तपाईंलाई? मेरो यो कुरा पनि बती निभाएर पढ़नुष राजाबादीको आरोप लाग्न सक्छ बिनसितिमा/

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • hankimdo

      आउन कृष्ण बस न ~~ मेरो मनैमा !!
      नजाउ कृष्ण छोडेर हो वृन्दा बनैमा!!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Sheetal

      यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युथानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥’

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • Himalee

        हे प्रभु !!!! Please तदात्मानं सृजाम्यहम् before भाद्र २० /

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • dhiraj

      कृष्ण कनैया पिर हरैया ,मिलि जुली गाउ भजन हरिको …………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

    • nilu

      अहा कति राम्रो हाम्रो देश./ अनि हाम्रो भेष अनि भाषा झन् राम्रो./
      तर हाम्रो सोचाई किन यति दरिद्र?????

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • lal shrestha

      लौ बाल कृष्ण भगवान को जय जय कार !नेताहरु ले बनायो देश लाई आन्धकार …गर्न नदेउ अब नेपाल को बलात्कार .. गरिदेउ तिमी चमत्कार….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 0

    eXTReMe Tracker