मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चुनावअघि सुदले भेटे माधव नेपाललाई

    अपडेटः सुदलाई चासोः प्रधानमन्त्रीको चुनाव हुनुअघि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय मै गएर भारतीय राजदूत राकेश सुदले माधवकुमार नेपालसित भेटेका छन्।
    ************
    माधवकुमार नेपालको खप्परलाई चाहिँ मान्नै पर्ने हो क्या। दुई ठाउँमा हारेको भनेर जोसुकैले जतिसुकै डाहा गरुन्, जितुवाहरुले गरिखाउन् न त भनेर पद त्यागेको दुई महिना भइसक्यो, खै त कोही उनको कुर्सीमा बस्न सकेका हैनन्! अब हुँदाहुँदा दशैँ तिहार पनि उनैले कुर्सीमा बसेरै मनाउने जस्तो स्थिति पो देखियो त भाइ।

    आज हुँदैछ प्रधानमन्त्री निर्वाचनको भर्सन ६.०। इन्टरनेट एक्सप्लोररको भर्सन ६ बरु रिलिज भएको केही पछि मात्रै काम नलाग्ने भएको पत्ता लागेको थियो। यो निर्वाचन त नहुँदै असफल हुने निश्चित भइसकेको छ। तर अस्तिसम्म कुरो अलि अर्कै थियो।

    दुई वटा फोरम प्रचण्डलाई जिताउन लागिपरेका थिए। अब नेपालमा भारतीय इच्छा विपरीतको सरकार बन्ने भो कि के हो जस्तो भइसकेको थियो। फोरमले पूरै मधेसी मोर्चा कै भोट प्रचण्डलाई दिलाउन लागिपरेको स्थिति थियो।

    यो थियो शुक्रबार दिउँसोसम्मको कुरा। शुक्रबार साँझबाट कुरा अचानक मोडियो। शुक्रबार राति चीनले सांसद किन्न खर्च गरेको माओवादी नेता महराको भनिएको अडियो सञ्चार माध्यमहरुमा भारतीय दूतावासमार्फत् बाँडियो।

    अनि भोलिपल्टै फोरमहरु हैन हामी अहिलेको निर्वाचनमा नि तटस्थ बस्छौँ भनेर रातारात बोली फेर्न थाले। हिजोसम्म उनीहरुको बोली हुन्थ्यो २० गते प्रधानमन्त्री पाउँछ देशले। भोलिपल्ट उनीहरुले हामी तटस्थ नै बस्छौँ भन्न थाले।

    त्यसैले आजको निर्वाचनमा तपाईँहरुले हेर्नुपर्ने एउटै कुरा हो- अर्को निर्वाचन कहिले हुने ? काँग्रेसको महाधिवेशन नजिकिँदै गरेकोले चुनाव असोजमा मात्र हुनसक्छ।

    No related posts.

    63 comments to चुनावअघि सुदले भेटे माधव नेपाललाई

    • Utsav Bhattarai

      नेपाल गम्भीर षडयन्त्रको घेरामा परेको कुरा दिन प्रति दिन प्रष्ट हुदैछ।नेपाललाई अप्ठ्यारोमा पार्ने एक पछि अर्को घटना घट्दै जानुले यही संकेत गरिरहेका छन्। एक वर्षको कार्यकालमा ठोस काम गरेर जनतालाई राहत दिन असफल भएपनि संसदको बहुमतमा रहेका प्रधान मन्त्री माधकुमार नेपाललाई राजीनामा गर्न बाध्य पारिनु र परिणामको मूल्याङ्कन, सरकारको समर्थनमा रहेका दलहरुसंग कुनै परामर्श नै नगरी राजीनामा गर्नु माधव नेपालको गल्ती थियो। अनि विकल्पको तयारीको सम्बन्धमा कुनै छलफल र बिचारै नगरी प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न हतार गरिनु राष्ट्रपतिको गल्ती थियो।

      प्रधानमन्त्रीको राजीनामा स्वीकृत भईसकेपछि प्रधानमन्त्री चुनिनै नसक्ने वातावरण सिर्जना गरिनु र त्यस पछिका घटना क्रमहरुले नेपाललाई गम्भीर चक्रब्यूहमा फसाइदै लगेेको, फसेको संकेत गरिरहेका छन्। शान्ति संझौताले नेपाली सेनालाई निस्कृय पारिरहेको थियो। अब सरकारलाई समेत त्यसरी नै निस्कृय पारिएको छ र नयाँ सरकार बन्न दिईएको छैन। मुलुकको सम्पूर्ण कुराको सकृय र प्रभावकारी रुपमा जिम्मा लिएको सरकारलाई नै निस्कृय पारी दिएपछि वास्तवमा नेपाल यतिखेर अविभावकविहीन अवस्थामा रहेको छ। मुलुककालागि यो अत्यन्त अशुभ र अनिष्टको संकेत हो। र, यो ठूलो ग्र्रायण्ड डिजाईन अन्तर्गत तयार गरिएको स्थिति हो। अघिल्लो महिनामा श्यामशरणको अकस्मात नेपाल भ्रमणको उद्देश्य नेपालका राजनीतिक दलहरु बीचको कटुताको गहिराई र मिल्न सक्ने, नसक्ने कुराको सूक्ष्म अध्ययन गर्नु रहेको थियो।यही बीचमा भारतीय राजदूतावासबाट एमाओवादीमा प्रवेश गरेका मधेसी दलका सभासदलाई ज्यान लिने धम्की दिईनु र ती सदस्यलाई आफ्नो मातृ दलबाट सभासद पदबाट हटाईनु पनि योजनाबद्ध षडयन्त्र अन्तर्गत कै सुबिचारित कदम हो। त्यसैगरी ‘रियल जुस’को मुद्दा उठाएर नेपाली संचार माध्यमलाई विभाजित गर्नु, वा तिनको बीचमा विवाद सिर्जना गरी दिनु वा को को आफ्नो पक्षमा खुलेर आउँछन् र को आउँदैन, को विरुद्धमा छन् भनी पहिचान गर्ने जुन काम भएको छ, त्यो पनि षडयन्त्र अन्तर्गत कै एउटा सुनियोजित चाल हो।

      त्यसको साथै यो गम्भीर षडयन्त्रलाई चीनले अबरोध वा प्रतिवाद वा प्रतिरोध गर्ला भनेर त्यसलाई रोक्न कृष्णबहादुर महरा र अमूक चिनियाँ अधिकारी बीचको टलिफोन वार्ताको प्रसंग उठाईयो। ताकि चीन नेपालको वर्तमान संकटमा प्रवेश गर्नबाट परै रहोस्। किनभने नेपालको यस्तो तरल स्थितिमा त्यति ठूलो रकमको माग पूर्व मन्त्री महराले टेलिफोनबाट गरे होलान भनेर कसैले पनि पत्याउदैन। यसको अर्थ एमाओवादीले प्रधानमन्त्रीको चुनावमा पैसा खर्च नगरेको र नगर्ने भन्ने होईन। जुन ढंगले उसलाई सरकारमा जानबाट रोक्न खोजिएको छ, त्यसलाई तोड्न एमाओवादी पनि जुनसुकै हदमा पनि जान सक्दछ र गईरहेको पनि आभाष पाईन्छ। तर ऊ पनि त्यत्ति कच्चा खेलाडी निश्चित रुपमा छैन होला कि एउटा विदेशी कुटनीतिज्ञसंग यति ठूलो रकमको कुरा टेलिफोनबाट गरोस्। यो सामान्य सहजबुद्धिले पनि बुझ्न सक्ने कुरा हो।

      यसरी नेपाललाई चारैतिरबाट घेराबन्दीमा पारिएको छ। र, यसमा अरु कसैलाई र विशेषगरी चीनलाई चासो नलिन चेतावनी दिईएको छ। यी सबै कुरा नेपालमा को प्रधान मन्त्री हुने र को नहुने? भन्ने कुरामा सीमित छैन। नेपाललाई संधैकालागि तह लगाउने अन्तिम खेल खेलिदैछ। यी सम्पूर्ण कुरा त्यसैको तयारीकालागि गरिदैछ। त्यसपछि नेपाललाई सके सिक्किम नै बनाईनेछ, नभए पनि भुटान चाहिं निश्चित रुपमा बनाउने सकिनेछ भन्ने योजना बनाएर एकपछि अर्को गोटी चाल्दै खेलखेलिदैछ।

      यी चालबाजहरुको योजना सफल भएमा अहिले कै जस्तो कम्तिमा पनि बाहिर देखिने स्वतन्त्र सार्वभौम मुलुक नेपाल रहने छैन। नेपालका नेताहरुमा निश्चित रुपमा यस कुराको हेक्का छ। तर विभिन्न कारणले उनीहरुले मुख खोल्न सकिरहेका छैनन्। माओवादीका कुरा अरुले पत्याई रहेका छैनन। पत्याउनेले पनि एमाओवादीको सोच, शैली र ब्यवहारको कारणले उनीहरुले मुख खोलेर उनीहरुको समर्थनमा बोल्न सकिरहेका छैनन।

      नेपालमा यो स्थिति वास्तवमा एमाओवादीहरु कै कारणले आएको हो, यसमा कुनै शंका छैन। किनभने मुलुकको सबैभन्दा ठूलो दल भएको, त्यही हैसियतले उसले एक पटक सरकारको नेतृत्व गरिसकेको र अब पनि नेतृत्व गर्न सक्ने सम्भाबना भएको दल र त्यसका शीर्ष नेताहरुले खुला र सार्वजनिक रुपमा यति लामो खुला सीमानासंग जोडिएको, ऐतिहासिककालदेखि धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि सम्बन्ध रहेको छिमेकी मुलुकलाई त्यसरी गैर कुटनीतिक र अमर्यादित ढंगले गाली गलौज गर्नु बिलकूल उचित थिएन। तिनै कुराबाट ऊ नराम्रोसंग चिडियो र एमाओवादीहरुप्रति गम्भीर आशंका गर्नु पर्ने स्थिति बन्यो। र, ”न रह्यो बाँस, न बज्यो बाँसुरी” को नीति लिईयो। तर यसको अर्थ विदेशीको साम्ने लम्पसार पर्नु पर्दछ र अहिले भारतले जे गर्न खोज्दैछ त्यो उचित छ भन्ने किमार्थ होईन। आफ्ना सिकायत, गुनासा वा विरोध गर्नुपर्ने कुरा भए कुटनीतिक ढंगले वा कुटनीतिक माध्यमबाट सम्बन्धित पक्षमा कुरा पुर्या उन सकिन्थ्यो र गर्नुपर्ने पनि त्यही थियो।

      भन्न खोजिएको के मात्र हो भने आखिर नेपालका एमाओवादीहरु र भारतबीच पहिले कस्तो सम्बन्ध थियो भन्ने कुरा कसैबाट छिपेको छैन। तर एमाओवादीले त्यतातिर ध्यानै दिएन। त्यसैले उसैको गैरजिम्मेवार ब्यवहारले कुटनीतिक सन्तुलन खल्बलियो। त्यसको परिणाम मुलुक र जनताले भोग्नु पर्ने भयो। अतः नेपालका राजनीतिक दलहरुले तत्कालै राष्ट्रमा कुनै अनिष्ट आउन नदिन पहल गरुन्। र, बुद्धिजीवी, देशभक्त, नागरिक समाज, संचार माध्यम पनि यस महासंकटको घडीमा राष्ट्रप्रति गम्भीर बन्न ढिला भइसकेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Motilal Rana Magar

      यस्तै अवस्थाले निरन्तरता पाउने हो भने देशले अस्तित्व गुमाउने निश्‍चित छ।

      धमिलो पानीमा माछा मार्नेहरुको चलखेल बढिरहेको छ, विदेशी शक्तिहरु चौका मार्ने तयारीमा छन्, अस्तिसम्म ‘मृत घोषित’ गरिएका ‘राजसँस्था’ का पु्त्लाहरु गाउँ-गाउँमा ‘हिन्दु राष्ट्र’ को वकालत गर्ने समुहहरु सँग मिलेर आफु ‘विष्णु’ बन्ने दुस्साहस गरिरहेका छन्।

      यसका ‘अभियुक्त’ राजनैतिक दलहरु नै हुन्, जसले यस्ता समुहलाई फुल्ने फल्ने मौका दिईरहेका छन्। म बारम्बार दोहोराउँदै आइरहेको छु, राजसँस्था निर्मुलीकरणको निमित्त एकजुट हुन सक्ने दलहरु अहिले ‘सहमतीय प्रणाली’बाट सरकारको नेतृत्व गर्दै जनमतबाट प्राप्‍त अभिभारालाई पुर्णता दिन किन नसक्ने???? सबै आ-आफ्नो शक्ति प्रदर्शनमा लागिपरेका छन्, जनताको कुन दललाई नै परवाह छ र?

      सँविधान सभाको ठुलो दलको हैसियतले माओवादीले नेतृत्व गर्न पाउनुपर्नै हो तर “तित्राको मुखै वैरी” उखान अहिलेको माओवादीमा सार्थक देखिएको छ।

      ” हामीलाई कसैले अक्सिजन दिईरहनु पर्दैन।”
      “माधव नेपालले राजिनामा दिए हामी अर्को दिन प्रधानमन्त्री बनाईदिन्छौ।”

      पहिले नचाहिएको अक्सिजन खै महिनौ बिते, अहिले त किन्नु पर्ने अवस्था आइपुग्यो। जनतालाई माओवादीबाट ठूलो आशा थियो तर …………………………………………………………
      ………………………………………………………………………
      ………………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • साथि हरु कति पय इंडियान ले भारत् कहाँ पर्छ भन्दा थाहा छैन भन्छन , तर नेपाली हरुले भारत भनेर बोल्न खुब रुचौछ्न,अझ कतिपय ठालु नेपाली हरुले हिन्दुस्तान भन्न गौरब मान्छन ,भारत भन्दा अरु देश ले बुझ्दैनन् ,धार्मिकताले कति ठाउमा एउतै,भए पनि ,भारत् को बदला इंडिया नाम ले बोलाऊ ,धार्मिकता आफ्नै ठाउँमा राखौ,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • The British formed Indian states of RAW agent – ‘Sood!’, when and how many different ways the 21st century’s wannabe South Asian Indian Imperialist – will ravage Nepal and undermine its people.

      Despite we are facing enormous problem and hardship, we are well informed with a good level of awareness about every ill designed Indian moves and conspiracy plots, which Sood always by all means forcing to harm and destabilise Nepal, and against the will and welfare of Nepalese nation. The so-called present Nepalese leaders – pawns in Indian Chess board – will be side lined by the people gradually as the times go by.

      And Mr. Madhab India!, including K. P. Indian Jhole!!, since you are all extremely disciplined and loyal to obey your masters’ command at any cost from the cross border, I do therefore firmly believe that you are not failing to ask to Sood so far about your daily bathroom and bedtime as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इ थिंक तहत माकुने इस अ ब्रोह्टर ओफ राकेश सुद त्यस कारण माकुने लाईभारतमानै पठाउनु पर्छ माकुने नेपाली नै होइन

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

      • हा हा हा अनि माकुने बिहारी नै हुन् त् ? अनि के पी चाहि देल्ही को हो ?ब्यबहारले नै कहाको हो देखाए पछी मैले पनि सोधी हाले है .

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • parixit

      यो माकुने लाइ अब भारतीय राजुदवास को प्रथम सचिब बनाएर उतै बाट तलब थप्ने व्यवस्था मिलाई दिए राम्रो होला, एउटा सार्बभौम देश को प्रधानमन्त्री भएर आफ्नो वजन राख्न नसक्ने यस्ता गधालाई किन बेकार मा नेपाली जनताले तिरेको कर को पैसा बाट सुबिधा दिएर राख्ने ? एसले आफ्नो वारी परि का एत्रा नेपाली बुद्धिजिबी देख्दैन कि एसले नियुक्त गरेको राजनीतिक सल्लाहकार नालायक छन् जतिबेला पनि त्यी सुद संग नै राजनीतिक सल्लाह लिनु पर्ने ? भारत को एउटा सहसचिब तह को कर्मचारी संग बिना लाज जतिबेला मनलाग्यो तेतिबेला देस को कुरा गर्छ, एस्लाई आफु एउटा स्वतन्त्र देश को प्रधानमन्त्री हम भन्ने पनि हेक्का छैन कि कसो ?? थुक्क एमाले

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • Kisan

      राजा ज्ञानेन्द्रको पालामा पररास्ट्र मन्त्रालय गएर बिन्तीपत्र हाल्ने भारतका कुकुरहरु अहिले सिधै सक्तिशाली बालुवाटार छिर्छन र आदेश दिन्छन र त्यो आदेशलाई पुछार हल्लाएर स्वागत गर्छन, पालना गर्छन र बिदाई गर्न ढोका बाहिर सम्म आउछन ! आँखिरी गिरिजाले सिकाएको बाटो त न हो !! थुक्क दुइ पैसाको पनि बुध्ही नभएका स्वाँठहरु कति धिक्कार्नु हामि नेपाल आमाका छोरा छोरीहरुले तिमरुलाई !!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 1

    • अर्जुन

      मिलिजुली बस्नलाई त सहमति मा पनि आउनु पर्यो नि ! सुदका चम्चा हरु पनि त सहमतिमा आउनु पर्यो नि !माओबादी मात्रै किन ? मुख ले मात्रै सहमति भनेर हुन्छा ? सर्त माथि सर्त तेर्स्याए पछी कहाँ सहमति हुन्छ ?
      जनमत कदर हुनुपर्यो भन्यो- हरुवाहरु कब्जा सम्पत्ति फिर्ता गर पहिला भन्छ
      कब्जा सम्पत्ति फिर्ता गर्यो- दलालीहरु अब वाई सी एल भङ्ग गर भान्छा
      वाई सी एल भङ्ग गर्यो – कठपुतलीहरु जन सेना कम गर भन्छ
      जन सेना पनि कम गर्यो – पानीमरुवाहरु अब नागरिक पार्टी बन भन्छ
      सिमा मा ज्यादती भैरहेको छ भन्यो – नालायेक सरकार भएको छैन भन्छ
      कडा रुप लियो भने – चाकरीबाज हरु कटुवाल को टांग मुनि छिरी हाल्छ
      नरम बन्यो भने – संबिधान सभा भङ्ग गर्न तिर लाग्छ
      अनि कहाँ बाट हुन्छा सहमति?
      यी सबै सर्त हरु मानेर आयो भने पनि यिनीहरु ले माओबादी लै तेसै सत्ता दिदैनन१ किनकि धेरै काल सम्म सत्ता मा बसेर सत्ता को स्वाद चाखिसकेको यी ब्वासा हरु ले इंडिया को दलाली गरिरहेका छन्! माओबादी सत्ता मा आउने बित्तिक्कै यिनी हरु को पत्तासाफ हुन्छ ! अहिले भैरहेका जति पनि नौटंकी हरु छन् सबै इंडिया बाट यी दलाली हरु लै तटास्तु भन्ने आसिर्बाद पाइरहेका छन् ! तेसैले त अहिले सम्म तटस्थ नै छन् राष्ट्रघति हरु !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • Guru

      This indian donkey is just so much afraid of the chinese dragon that he is trying desperately to pull the hand of a poor nepali kid towards himself but failing to realise that he is pushing away the whole body to the chinese side with his legs. I can just pray to the god that nepal don’t become the playground of these animals like afghanistan.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • tamumaila

      “मुन्ना भाई” फेरी मख पर्नु होलानी संजयदत्त भन्यो भनेर , हैन मैले त तपाईको घर बिहार कुन ठाउ हो भनेर सोध्न मात्र लागेको ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • tulsi

      बुढिया मारिन भन्ने भन्दापनि काल पल्क्यो भन्ने डर?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Hillman

      नेपालको आन्तरिक लगायत हरेक क्षेत्रमा भारतीय गुप्तचर विभाग “र” को पहुँच कहाँ सम्म रहेछ भन्ने कुरो यो प्रकरण दह्रो उदाहरण हो!

      खुफिया संसारमा विपक्षय लाई गिराउनका निमित्त हदै सम्म गिरेका हत्कण्डा प्रयोग हुन्छन! यदी यो प्रकरण सत्य हो, र माओबादी आफ्नो नयाँ नेपालको एजेन्डामा प्रतिबद्द छ भने उसले यसरी राष्ट्र लाई नै घात हुने प्रकारको हर्कत तत्काल बन्द गर्नु पर्छ! सवच्छ इमान्दारी पुर्वक आफ्नो राजनैतीक एजेन्डा प्रती प्रतिबद्द भएमा नै उसको भलाई छ!

      महरा र चाइनिज बीच भएको भनिएको यो फोन वार्तालाप भारतीय दुतावास बाट खुला रुपमा सार्वजनिक हुनु भनेको भारतीय गुपताचर विभागको नै संलग्नता हो भन्नुमा शंका छैन!

      यस बाहेक नेपालको निजामत्ती र जंगी कर्मचारीतन्त्र लगायत राजनैतिक पार्टीहरु भित्र, आफनै नेपाल आमा लाई बलात्कार गरी “र” का निमित्त काम गर्ने देशद्रोही हरु धेरै छन् भन्नुमा अन्यथा न होला! कारण यो फोन ट्यापिंग, धन लाभको लालसामा नेपालका फोन संचालन गर्ने कम्पनीका कर्मचारीहरु बाट पनी भएको हुन सक्छ!

      यो प्रकरण आज माओबादी विरुद्द भएको छ! भोली भारत वा शुद् हरु संग विचार न मिल्ने अरु कुनै कर्मचारी, नेता, व्यापारी हरु विरुद्द पनी हुन सक्छ! कारण “अरुलाई टोक्ने कुकुरले कुनै दिन आफुलाई पनी टोक्छ” भन्ने कुरो हामी सबैले आवश्यक छ!

      त्यसकारण फोन मा जथाभावी न बोल्नेकी!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

    • Basanta Thapa,Maryland,USA

      नया जंगे जन्मने नै भो क्यार !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • Harke

      भाइ फुटे गवार लुटे….!
      यो सत्य बुझ्ने सामर्थ्य भएको नेता हामीबीच छैन…!

      एकलब्यलाइ द्रोणाचार्य चाहिएको जस्तो ! …आखिर दास मनस्थिति भएकालाइ एउटा मालिक त चाहिन्छ नै…! सुद गए कुर्द आउला…!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • raj,uk

      Anything happening in Nepal, every blame goes to India.
      What are going on?

      We cant improve ourselves? only blaming others (INDIA)?

      What types of brain we have?
      we Shame to say Nepali ourself!

      Pls all, Be Positive!!!!!!!!!!!!!!!!!!!! We should remend our faults first,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 22

    • माधव जी छाडी दिनु होश अब भारत को पछि लाग्नु …..घर भित्र को समस्या घर भित्र कै दाजु भाई संघ मिलाएर अगाडी बढ्नु पर्छ……..नत्र संसार को हाशो को पात्रो बनिन्छ / ……जे हुनु भइ सक्यो …हिजो को कुरा सम्झेर या गरेर केहि हुने वाला छैन ……….पुराना कुरा सबै बिरसु ……..अब त केहि गह्रौ देश र जनता को लागि ….. नत्र इतिहाश ले समेत धिकार्ला ……….
      जय होश /

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • madan pahari

      मलाई अहिले एमाले को काम देखेर एक उखान याद आहिरहेको छ / त्यो के भने ” कि आमाले घिउ थापिदेलिन , कि खट्टे सेलाउ ला ” क्या मज्जा त्यही पदको लागि अरु मारामार गरिरहेका छन् उसलाई भने केहि नगरी कनै त्यहिँ पद परप्ता छ / एमाले का नेता पनि हाम्रै नेता परे नैतिकता देखाउन नपर्ने / मेरो बिचारमा कुनै पनि नेपाली नेताले यो अवस्था मा यो नै सबै भन्दा उपयुक्त होला नेता हरुको लागि / किन भने पहिले पम पद जोगौना को को ले केके गरे भन्ने कुरा हामी सबैलाई थाहा छ / अब रहयो राजनीतिक सहमति बिना अब हुने पम ले पनि केहि गर्न सकने छैन्नन / यो पम ले पनि केहि गरन राजनीतिक सहमति बिना sakadainna / माने अब हुने पम पनि कामचलाउ नै हुने हो भने किन एमाले ले हुदो खादोको पम छोडने तनि हैन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • नन्दा पन्त

      गृह मंत्रालय , पुलिस हेड कयाटर, टेलीफोन बिभाग , अख्तियार दुरुपयोगबाट चेक गरे भै हाल्यो l सत्य, झुटो दूध – दूध पानी- पानी भै हाल्छl

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • udaya

      यो सुद भन्ने कुकुर लाई किन देश निकाला हुदैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • Mantra

      हा…..हा…..माधब नेपालले भर्खरै मिस्टर सुदलाई भेटेछन/ यिनी त लेन्डुप दोर्जेकै जुठो खाएका मतियार रहेछन होला……………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • द्रोण

      फोन टेप हुन् सक्छ भनि न जान्ने र फोन मै संबेदन सिल कुरा फुक्ने ,आफुले सार्बजनिक बोलेको कुरा भिडियो टेप हुन् सक्छ भनि न बुझ्ने मावोबादी नेताहरुलाई आधुनिक टेक्नोलोजी को ग्यान न पुगेको हो कि |
      भारतीय खुफिया हरुले माइक्रो फोन , स्पाइ क्यामारा जता ततै फिट गरको हुन् सक्छ , उनीहरुको कम्प्युटर हाइक गर्न सक्छ एक चोटी मावोबादिहरुले पार्टी अफिस,घर भित्र राम्रो
      अन्वेसन गर्ने ,पार्टी भित्रका भारत् परस्त लाइ रेड कर्नर राख्ने आदि कदम चाल्न जरुरि छ |
      प्राधान मन्त्रि भएपनि न भएपनि नेपाल को सबै पार्टी र राजनेता हरुले आफ्नो फोन,घर ,अफिस को राम्रो निरीक्षण चै गर्ने पर्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 7

      • Harke

        द्रोण जी, तेसैले होला..माओबादी सुध्रिनु पर्छ भनेको…..!
        जंगली र बन्दुके रणनिती मात्रले अब काम चल्ने वाला छैन………..! बाबुरामको पुरानो बिध्याबारिधि होस् या हरि रोकाको हुनेवाला…ति दुवै भारतीय बिध्याबारिदी हुन् !……………..तेसैले अब जनसेना र वाई-स्यालका जान्ने-सुन्नेलाइ कम्प्युटर र प्रबिधिको ट्रेनिग लिन चीन पठाउनै पर्छ !

        कम्प्युटर ओपेरटोर त स्वयम छोटे कमरेड (प्रकाश) नै हुन् क्यार….तिनकै संयोजकत्वमा छानबिन पनि गर्नु पर्यो…!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 25

        • LAXMAN

          माओबादी बरु सुद्रेला तर हर्के चाही कहिले पनि सुध्रिदैन होला जस्तो छ? किन हो हर्के जी कि तपाई लाई माओबादी सान्ति प्रकिया मा आयको मन परेको छैन कि क्या हो ? त्यहिँ जंगली र बन्दुके (तपाई को भाषा मा बाँदर) ले उठायाको एजेन्डा मा ति शहरिया, सधै शान्ति को पथ सिकौदै हिड्ने , शान्ति र अहिंसा को बारेमा भगवान बुद्द लाई पनि हामीले सिकायको हो भन्न पछि नपर्ने, त्यस्ता महान विचार र दर्सन बोकेका बोके हरु पनि खोक्दै त्यहिँ बन्दुके र पाखे को एजेन्डा मा पछि लागेकै हुन् क्यारे …. बरु भारतमा बिध्याबारिधि गरेपनि तिनै बाबुराम र रोक्का ले भारतीय को नाङ्गो हस्ताछेफ को बिरोद गरेकै छन् क्यारे .. बरु नेपालमै बसेर डल्ली भैसी को मोही पियर , नेपाल बाटै बिध्याबारिधि लियका हरु नेपाल को अस्मिता भारत को पाउ लगेर चडाउदै छन् एस्लाई चाही तपाई के भन्नुहुन्छ ? . तपाई ले त्यो प्रकास लाई कम्प्युटर मा टैपिंग गर्न जानेकै भरमा त्यति अपमान नगरेको भय हुनिथियो/
          जय नेपाल

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

      • जिल्लाबासी बाबुराम ज्यु,
        माओवादीलाई काँध थाप्ने कुरो होईन जसले रास्ट्र र जनताहरुका वास्तविक पिर मर्का बुझ्ने र सुल्झाउने प्रयास गर्दछ त्यही पार्टी नेताहरु नेपाली जनताहरुका लागि मान्य हुन्छ र सुईकार्ने पर्दछ भन्ने मेरो विचार अनि भनाई छ | मित्रहरु,वास्तबमा सबै पार्टी/नेताहरुका सिधान्त राम्रै खाले हुन्छ | कुरो यदि मात्र फरक छ ब्यबहारमा लागु गर्ने वा लागु नगर्ने अर्थात भाषणमा सिमित !
        बिगतका दिन झन्डै दुई दसक प्रजातन्त्रबादी समर्थक नेता/पार्टीहरुका क्रिया कलाप त आम समुदायले देखेकै र भोकेकै कुरो हो | बिषेस गरि उही कांग्रेस पार्टी | यस्ता कुराहरु बुझेर पनि बुझ पचाउनु लाज मर्दो कुरो भएन र ? नेपालीहरुका लागि | यस्ता खालका बिर्सने/बुझ पचाउने मस्थितिले गर्दा नै हाम्रो नेपाल र नेपालीहरुले यो खालको दु;ख कस्ट जेल्नु परिराखेको छ |
        मित्रहरु,जजसले जे जस्ता खालका कुराहरु गरेता पनि वास्तबमा नेपालीहरुले बुझ्नु पर्ने चुरो कुरो भनेको नेपालमा बिदेशी र स्वदेशी अप्सरवादीहारुका चालखेलमा यिनीहरुकै इसारामा नाच्ने यिनै प्रजातन्त्रबादी समर्थक पार्टी/नेताहरु लागि पर्नुले प्रस्ट्याई सकेका छन कुन पार्टी नेताहरु के कस्ता खालका भनि | यसलाई अझ गहिराईमा भन्नु पर्दा, भारतको मुख्य ईच्छा/चाहाना भनेकै पानी हो | अरु कुनै चिज होईन अर्थात सान्ति सुरक्क्षाका मामिलाका बारेमा भन्ने बिषय झुट मात्रै हुन् | किनकी, भारतको कुल पानीको ४०% प्रतिसत नेपालबाट र ४०% प्रतिसत चाइनाबाट बग्ने गर्दछ | चाइनाबाट बग्ने ४०% पानी सन् २०१७ अगावै ८० अर्ब अमेरिकी डलरको लगानीमा बाँध बाँधी संघाई सहर तिर लाने योजना चाइना सरकारले गरिसकेको छ | तसर्थ भारतलाई ठुलै धक्का दिने करिप निश्चित नै भई सकेको छ र बिरोध पनि जनाई सकेको स्थिति छ | त्यसैले भारतको लागि एउटै मात्र विकल्प नेपालको पानी माथि कब्जा जमाउनु उसको लागि अमृत पाउनु सरह हुने भएकाले भारतको इच्छा अनुकुलको सरकार नेपालमा टिकाउन उ मरी हत्ते गर्दछ | यसै गरि पश्चिमा मुलुकहरुका आफ्नै खालका ईच्छा छन | उनीहरुका इच्छा भनेका, नेपाल भूमिलाई प्रयोग गरि चाइनिज कम्युनिस्टलाई कम्जोर तुल्याई टुक्राउनु र पश्चिमा मुलुकहरु सदाका लागि सक्तिसाली बन्नु नै उनीहरुका ईच्छा र सपना बोकेका छन | त्यसैले पश्चिमा मुलुकहरु पनि आफु अनुकुलको सरकार नेपालमा बनोस भन्ने चहान्छन | यस्तै खालका स्वदेसी तथा बेदेसी चाल खेलले गर्दा हामी नेपालीहरु सास्ती भोक्नु परि राखेका छन | यी कुराहरु अब आम नेपालीहरुले भुझ्नै पर्दछ र ब्यबहारमा पनि लागु गर्ने पर्दछ | २१ सौं सताप्दिमा पनि चेतना नआए कहिले चेतना आउने वा जाग्ने हो ????? बिदेसिले यस्तो त्यस्तो बिकास गर्यो भनि आँखा गाड्नुको सट्टा आब हाम्रो देशमा पनि केहि गरौँ, गराउ र केहि योगदान दिउ यी स्वार्थि नेताहरुलाई मात्र सराप्नु र दोष दिनु भन्दा | अंग्रेजी उखान छ, THERE IS NO EASY WAYS TO GET SUCCESS .
        मित्रहरुले, यसको मतलब अवस्य पनि बुझ्नु भयो हाला | भने पछी सजिलो तरिकाले घ्यु आउने वाला कही पनि छैन | स्वर्ग र नर्क यही हाम्रो जन्म धर्तिमातामा नै छ कही होईन |

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

        • केहि राम्रो कुरा राम्रो लग्यो . मा त भारत भन्ने अतिबादी शब्दनै बोल्न रुचौदिना ,इंडिया ले सप्तकोशी उच बाँध बनाउनु चाहेको बिहारलाई हराबहरा बनउनु हो .यो बनौ दिनु नेपाल दुबौनु हो इंडिया ले नेपालमा बाँधेको बाँधले अलिकति पानि पर्न हुँदैन पुरै नेपाल दुपछ , तेसैले सप्त कोशी उच बाँध बनाउन दिनु हुँदैन, कुनै न कुनै दिन पूर्व अंचल डुब्छ , येस्मा मधेसीहरुको ध्यान तान्ने पर्छ , प्रकृतिलाई मानिसले छेक्न सक्दैन , कुनै फैदाको कुरा तेर्सौने हरुलाई ठोक्नु पर्छ ,

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • madan bajracharya

        द्रोण जी

        भाषा कुटनैतिक छ है तपाईं को/ सिधा औंलाको सट्टा कर्के नजरले केहि इसारा गर्दै हुनु हुन्छ नि/ त्यो सहि हो बा गलत म भन्न सक्दिन/ तपाईं आफै बुद्धिमान् हुनु हुन्छ/ मावोबादीको बिरुद्ध नेपालीले मज्जाले बोल्न पनि पाउँछ केहि गर्न पनि पाउँछ/ तर भारतले बोल्न पनि पाउंदैन यस्तो घृणित चाल पनि चल्न पाउंदैन/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

        • द्रोण

          मदनजी
          मैले मावोबादिलाई स्पस्ट रुपमै अनाडी भन्छु , खुरापाती ,जाल झेल मा एमाले ,कांग्रेस भन्दा पछी नै छन् |देश र जनताको लागि ज्यान दिने कार्यकर्ता र समर्तःन गर्ने लाखौ जनताको को इमान्दारिता मा संका छैन ,तर नेताहरु कतिपय संकास्पद र कति मा चै राजनीतिक सुझ बुझ को कमि जस्तो देखिन्छ |
          हेर्नुस न माकुने कस्तो कस्तो तिकडम गरेर पद मा टिकी रहेछ ,प्रचण्ड ले तेसो गर्न सकेको भए देस मा आमुल परिबर्तन भैसक्थ्यो | यो कुरा सायद प्रचण्ड ले ढिलो बुझे र आज त्यहिँ सत्ताको महत्त्व बुझेर बार बार उठ्दै ,हार्दै छन् |
          संसदीय ब्यबस्था मा तेसो हुनेनै भएकोले महराले गर्न खोजेको कदम ठिक नै जस्तो लागेको थियो ,तर इन्डियन दुताबासले कसरि फोन टेप गर्यो ??वा भेटेरै पनि कुरा गर्न सकिन्थ्यो ?
          (तर फोन मा आबाज बदल्न र नक्काली कृयत गरिएको हुन् सक्ने प्रबल सम्भाबना चै छ |राजनीति हो जे पनि हुन् र गर्न सक्ने भएकोले राजनेताहरु सतर्क हुनु जरुरि छ )

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • बीर

      माकुनेले निधारमा चाँही श्री नै लेखेरै जन्मेको रहेछ बा, यदि मदन भण्डारी जीवित नै भै दिएको भए कसले गर्थ्यो माकुनेको कुरो ? अब प्रधान मन्त्रि खान्न भनेर राजिनामा दिदा पनि खानै पर्ने हा हा हा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 3

    • अरु कुरा हैन इंडिया को एम्बेसी नै नेपाल बाट हतैदिनु राम्रो हुन्छ इंडिया संग भयका असमान सबै शन्दी हरु सबै आरे घाट मा लगेर जलाउनु पर्छ अनि इंडिया संग नया शन्दी गर्नु पर्छ नमाने इंडिया संग को समन्ध तोडेर आफ्नु खुट्टा मा उभिन सिक्नुपर्छ …..

      भारतीय विस्तारबाद मुर्दाबाद

      कमल पौडेल
      दुवै

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 11

    • पुष्प

      हो माकुनेको खप्परलाई मान्नैपर्छ; आखिर मेड इन इण्डिया न पर्यो ! मैले त उहिल्यै मान्या हुँ र उनले राजीनामा दिएकै बेला पनि मैले भनेको थिएँ कि उनको राजीनामा उनलाई प्रम बनिरहनकै लागि दिइएको थियो; होइन भने माओवादीमाथि बेमौसमी शर्त तेर्स्याउने थिएनन् ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 43

      • Harke

        एउटा हरुवाको, बेमौसमी सर्तको पनि सिकार बन्नु पर्ने……उफ कस्तो साढे-साती लागेछ ए-माओबादीलाई ..!
        ए-माओबादीलाई एस्तो साढे-साती १०-१२ बर्ष अगाढी नै लागेको भए कम-से-कम १५-१६००० दाजुभाई दिदीबैनीको अकाल मरण त हुने थिएँन !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 21

        • पुष्प

          हर्केजी, हरुवा त बुख्याँचामात्र हुन्; कोही पनि उनको शिकार हुनुपर्ने आवश्यकता छैन । बुख्याँचाको मालिक को हो त्यो त तपाईंलाई पनि थाहै छ । त्यसैले माओवादी क्रान्तिलाई यस्ता बहानामा दोष नलगाउँदा हुन्छ; परिवर्तन अवश्यम्भावी छ र क्रान्तिको कार्यदिशातर्फ नै अघि बढिरहेको पनि छ । सामन्ती मानसिकता भएकाहरूले परिवर्तनलाई आत्मसात गर्न अनकनाउनु र अनेक बाधा अड्चनका लागि अनेक शक्तिको शरण पर्नु त स्वभाविक नै हो ।

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 8

      • raman

        Ha ha !!
        I have heard, though not so good quality, products made in India are stronger than Made in China.
        Ho rahecha kere !!

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • madan bajracharya

        पुष्प जी/

        तेश्रो मुलुकमा बनेको गाडीमा दुई सय प्रतिशतको “तटस्थ” भन्सार लगाउने, बिदेसी मुद्राको श्रोत देखाउनु पर्ने तर भारतको मारुती गाडीमा तिस प्रतिशत मात्रै भन्सार लगाउने अनि भए पछी नेपालीले भरिए बस्तु मात्रै प्रयोग गर्न बाध्य भए/

        यसरि भारतमै बनेको बा भारत मा जडान भएको गाडी नै चढ्न नचाहे भन्सार नीतिमा संसोधन र बैकल्पित पारबहन सुबिधाको जरुरि भए झैं भारतीय मानाशिकता बोकेको नेताहरुको सरकारको बिकल्प पाउन राजनैतिक भन्सार नीतिमै आमुल परिबर्तन गर्नु पर्छ/ तव मात्रै जनताले छानी रोजी आफ्नो रोजाईको सरकार पाउन सक्छ/ तेतिन्जेल मारुती-माकुने मात्रै नेपालको राजनैतिक सडकमा गुद्नेछ/ चढ्न चाहे चध्नुस नचाहे लुरु लुरु हिड्नुस/

        क्रान्तिको बिगुललाई सम्झौताको “फू” ले निभाए पछी परिस्थिति यस्तै हुन्छ पुस्पजी/ सम्झौताले हार्ने लागेको सत्रुलाई बलियो बन्ने मौका मात्रै दिन्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • देश अनिर्णय को बन्दि भो भने माधव नेपाल लाइ समर्थन गर्ने नि देश को तेत्रो चिन्ता भएकोहरुले | प्रचण्डले प्रधानमन्त्री बने चमत्कार हुने माधव नेपाल प्रधानमन्त्री हुँदा केहि नि न हुने भन्ने खालको सोचाई पनि अचम्म को छ ? के लछारपाटो लाउछा प्रचण्ड प्रधानमन्त्री भएर ? भएको हैन ९ महिना ?
      माधव नेपाल चै के हि गर्न न सक्ने प्रचण्ड चाही नेपाल लाइ SWITZER LOND बनाउने ?
      प्रचण्ड को SWITZER LOND जनताले हेरिसकेको हैन र ?

      माकुने प्रचंडे रामे काले श्यामे सबै उस्तै हुन् |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 46 Thumb down 48

      • BR Bhatt

        बरु स्वीजरल्याण्ड नबने नबनोस हाम्लाई त प्रचंडै चाहियो ! कम्सेकम राष्ट्रियताको मामलामा अडान त लिन्छ |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 21

      • Harke

        स्वीटज़रर्लैंड होइन, बरु स्वाजील्याण्ड बनाउने होला ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 13

        • suman p shrestha

          हर्के जी एस्तो अबस्तामा स्वजिलंद मात्र किन चम्बोडिया भय पनि बेश ,सस्त्र स्वाधीनता त बच्छ,

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

          • पुष्प

            सही हो नि ! दक्षिण कोरियाजस्तो अमेरिकी सेनाको बुटमुनि बस्दै र आफ्नो स्वाभिमानलाई तिलाञ्जली दिएर ‘कंक्रिट प्रगति’ गर्नुको साटो उत्तर कोरियाजस्तो कठोर हुनु नै बेस ! फेरि जनताले दु:ख पाए भन्लान् केही विद्वानहरूले, तर भिखारीहरू त अमेरिकामा पनि छन्, दक्षिण कोरियामा पनि छन्; यत्ति भन्छु

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 8

      • madan bajracharya

        हरि प्रशाद जी
        बिरेन्द्रले नेपाललाई यसियाली मुलुकको माप दण्डमा पुर्याउने भने/ उसले पुराउन सक्ने हो बा होयिन थाह छैन किन भने बिरेन्द्रले त्यो अबशर उसले पाएनन्/ यसियाली माप दण्डमा पुर्याउन पहिलो आबस्यकता देसलाई शान्ति छ्यात्र बनाउने कुराको बिरोध भारतले मात्रै होयिन कांग्रेसले समेत गरे/ किन होला? बिस्वोको सय भन्दा बढी रास्त्रले समर्थन गरेको कुराको बिरोध भारतले त् गरे गरे तर नेपाली कांग्रेसले किन बिरोध गरे?

        बिरेन्द्रको यसियाली मापदण्ड मा पुर्याउने र शान्ति छ्यात्र्को बिरोध गर्ने नेपाली कांग्रेसको गिरिजाले २०४६ सालको क्रान्ति लगभग सफल(!!!!!) भईसकेको अबशरमा रत्नपार्कको आम सभामा ” यो राजाले नेपाललाई यसियाली मुलुकमा पुर्याउने भनेको रहेछ/ हाम्रो सरकार आए पछी हामि नेपाललाई युरोपेली मुलुकमा पुर्याउन्छु भने/ खुब पुर्याए!!!!

        गिरिजाले त् टनकपुर भारतलाई दिएर बिहारलाई पो युरोपेली माप्दंद्मा पुराउन सघाए/ बाम बिरोधि नीति लिएर मावोबादी जन्मायर बिरेन्द्रले शान्ति छ्यात्र बनाउने भनेको नेपाललाई द्वोंद छ्यत्र मात्रै बनाए/

        अब मावोबादिले स्वित्ज़ेरलैंड बनाउने कुरा त् गरे/ तर उसको यकल सरकार कहिले बन्न पनि सक्छ अहिलेको अबस्थामा? अस्ति मावोबादीको नेत्रित्वोमात्रै भएको सर्व दलिए सरकार भएकोले केहि बने नबनेकोमा सबैदलहरुले जस अपजस दुवै पाउने कुराहो/

        नेपाल बनाउने नै हो भने कांग्रेस एमाले र मावोबादी तिनै दलको यक नीति हुनु पर्छ/ नभए उही सडक बन्द रोस्टम घेराउमै समय बित्छ/ सरकारमा कुर्सि भाग नपाएका दलहरुले सरकारलाई कुनै पनि काम गर्न दिंदैनन/

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

        • मदन जी गिरिजा ले भनेको थियो बिरेन्द्र ले पनि भनेको अब मैले पनि के हि न के हि त भन्ने पर्छा भनेर भनेको भए त कुरा के हि पनि रहेन |

          म मात्रै ठिक हु अरु सबै बेठिक भन्ने संस्कार (प्रचण्ड को) ले कहिँ पनि पुगीदैन जस्तो लाग्छ |

          बाँकि हजुर ज्ञानी मान्छे हुनुहुन्छ थाहा छदै छ होला ?

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

          • madan bajracharya

            हरि जी
            सर्व प्रथम म आफुलाई बिना हैसियतको नागरिक मान्छु/ म मेरो मित्र र परिवारले अज्ञानी र मुर्ख भनिएको व्यक्ति हुन् र आफु तेस्तै भएको मान्छु/ तर तपाईं ले नौलो कुरा गर्नु भयो/ माफ गर्नुस म ज्ञानी होयिन अज्ञानी नै हुन्/

            म मात्रै ठिक हुन् भन्ने भावना अहिले प्रचंद्र्को पनि छ यो कुरा सत्य हो/ तर कहिले कसको तेस्तो प्रबिती भएँन र? २०४६ सालमा मिलेको बाम-प्रजातन्त्र बादीहरुको मिलाप यहि अहम बादले गर्दा भंग भए/ कसको अहम बाद ले गर्दा त्यो मेल सत्रुतामा बदलियो भन्ने कुरा कसैले कसैलाई भनिरहनु आबस्यकता नै छैन/

            सहि बा गलत ईतिहास बन्न धेरैले धेरै गल्ति गर्नु पर्दैन/ यक व्यक्तिको कारण पनि देस नै भुमरीमा फस्न सक्छ/ तर नेपाल यस्तो भुमरीमा नफसुन हामीले कामना गर्नु पर्ने यहि हो/ कुरा बुझेको मित्रहरुले तटस्थ नबसी देउन/ छलफल र बहस भए होस्/

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

      • anante

        के तेसो भए नेपाल भारतको हातमा सुम्पने बिचार गर्नु त भएन, हरि जी? प्रथमत कोहि राम्रा छैनन् भन्नुहुन्छ, नभए खोज्नु पर्यो नि हजुर! खानीमा सुन खोज्न कहा सजिलो हुन्छ र! तैपनि राम्रा भएनन् भनेर हातमा खैनी मोलेर बिहारी गित गाउदै बस्नु चाहि पक्कै ठिक नहोला… खोज्नु पर्छ, देउता पनि पाउछन भन्छन!

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • shersingh

      भारतीय दलाल कांग्रेस ,एमाले र मदेशी पार्टीहरुले आफ्नो प्रभुको आदेसपालन गरेर देसलाई बर्बाद नै पारे ! यि दलाल पार्टीहरुलाई छिट्टो भन्दा छिट्टो उनीहरुको मालिक भारत तिर खेद्न ढिलो गरियोभने हाम्रो नेपाल सिद्धाउने छन् ! सबै सचेत नेपालीहरु मिलेर यिनीहरुलाई भ्याकुरा खेदाई गर्नुपर्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 34

      • Harke

        सेर सिंग जी,
        ++++++++++++++++++++++++++
        पृथ्बी गोलो छ, खेदाइको बाटो वृत्ताकार!
        कसले खेददै छ र को खेदिदैछ ?
        छुट्टाउन धेरै गार्हो छ !
        ++++++++++++++++++++++++++
        आकाश एउटा छ….पृथ्बी गोलो छ,
        यहाँ खेद्ने-खेदिनेको हार र
        मिलिजुली बाच्नेको जित भएको छ !
        ++++++++++++++++++++++++++

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 10

        • madan bajracharya

          हर्के जी
          आजकल सहमतिको कुरा जताततै बात उठी रहेको छ/ कांग्रेस एमालेको र मधेश बादी सबैले मावोबादी माथि आफ्नै आफ्नै कुरामा सहमति हुनु पर्ने कुरा गर्दैछ/ तर सहमति गर्नु पर्ने कुराहरु फरक फरक छन्/ मिल्नु र सहमत हुनु राम्रो कुरा हो तर को कुन सिट किन मिल्ने तो पनि लेख्नु भए राम्रो हुनेछ कि/ शरणले अस्ति मधेश बादीको माग पुरागर्ने सहमति नगरुन्जेल मधेश बादी तटस्थ बस्नु पर्छ भनेर गयो/

          हर्केजीले अलिकति यो सहमतिको रागको विश्लेषण गरि दिएर हाम्रो आँखा खोल्नु हुन्छ कि/ को सिट कसले के कुरामा सहमति गरे लोकतान्त्रिक संबिधान बनाउने काम गर्न सकिन्छ?

          यो कुराको अतिरिक्त, हर्केजीको बामपन्थी बिरोधि भावनाको कदर गर्दै हर्केजीको बिचारमा अहिलेको अबस्थामा के रामचन्द्र पौडेल प्रधान मन्त्रि बन्ने उपयुक्त उम्मेदवार हुन् सक्छ बा सक्दैन केहि व्याख्या गरि दिनु हुन्छ कि/

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

          • Harke

            मदन दाज्जु,
            मेरो बिरोध अतिपंथ (अतिबाद) को लागि हो !

            अहिलेको अवस्थामा रामचन्द्र होस् या पुकदा दुवै अयोग्य हुन् भनेर तपाइँ-हामीले चुनेको सम्भिधान सभाले ६-६ पटक भनिसकेको छ….होइन र ?

            दाज्जु, “मुखले (सम्भिधान सभा) बोलिसके पछी, नाकले (हामीले) किन बोल्नु पर्यो र ?

            तेस्तै कानुनको मुख सर्बोच्च अदालतले आज अर्को बोलि बोलेको छ….अपराधीलाई कारबाहीको सिफारिस गरेको छ ! हामी सबैलाई बधाई छ !

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

            • madan bajracharya

              हर्के जी
              बिगतमा कसैको अतिबादले भन्दा बर्तमानमा कसले गर्दै गरेको अतिबाद भन्दा पनि खराव अरास्त्र्बादको बिरोध गर्नु फलदायक हुन्छ भन्ने मेरो मान्यता हो/ बिगतमा मावोबादीको अतिबादको च्याप्टरमा १२ बुंदे सम्झौताले पूर्ण बिराम लगाएकोछ/ तर १२ बुंदे सम्झौताको बिपरित अर्को अतिबाद कसले गर्न खोज्दै छ? यस्तै कुराले नराम्रो परिस्थिति निम्त्याउन सक्छ/ तपाईं मेरो र सबैको बिरोध यो कुरामा बढी हुनु पर्छ/

              हर्के जी बात अझै पनि हाम्रा नेताहरुले र भारतले समेत सहमत हुनु पर्छ भन्दै गरेको कुराहरुको विश्लेषण हुन्छ कि भन्ने आसमा छुँ/ मैले तपाईं को नाक र मुख को कुरा पटक्कै बुझेंन/

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madan bajracharya

        शेर सिंह जी
        पंचायती कानुनको अरु कुरा तेस्तै हो, कसैलाई राम्रो लाग्ला कसैलाई नराम्रो/ तर मलाई राम्रो लागेको कुरा चाहिं कुनै नेपालीलाई देस निकाला गरिने छैन भनेको कानुन हो/ देस भित्रको अपराधीहरुलाई विधिको सासन चले बिधि र कानुन अनुशार र बिधि र कानुन नचले जनताले दण्ड दिनु पर्छ/ तेतिबेला को कसको मित्र परिबार बा समर्थक भनेर मुलाहिजा गर्नु हुन्न/

        सामाजिक अपराधलाई माफ गर्न पनि सकिन्छ/ कट्टर मुस्लिम कानुन लागु भएको देसमा त् सामाजिक अपराधलाई माफ गरिन्छ तर देस घाट गर्ने हरुलाई कहीं कतै माफ गरिन्दैनन/ नेपालको बिडम्बना देसघात गर्ने र देस टुक्राउन खोज्नेहरुले नै सरकार र पार्टी चलाईरहेको छ/ तिनीहरुलाई न त् बिधि र कानुनले दण्डित गर्न सकिएको छ न जनता तिनीहरुको बिरुद्धमा जाई लाग्न सकेको छ/ जनताको अन्तिम हतियार भनेको जनमत नै हो/ तेही बेकार भएको देस को भबिस्य के हुने हो भन्नै गाह्रो भएकोछ/

        शेर सिंग जी तपाईं ले भन्नु भए झैँ जे जस्तै भएता पनि हाम्रो प्रयत्न भारतीय मोडेल अनुशारको संबिधान र सरकारको बिरोध गर्न छोड्नु हुन्न/ भारतीय मोडेल चाहने भारत जाउँन/अमेरिकी मोडेल चाहने अमेरिका जाउँन/ चिनिया मोडेल चाहने चीन जाउँन/ तर नेपालमा नेपालीकै चाहना अनुशारको संबिधान बनुन/

        यदि यसमा अन्यथा भए नेपालीले यस्तरी कोल्टे फेर्ने छ कि संबिधान बनाउन नसक्ने यी सबै आफै नेपालमा कसैलाई मुख देखाउन पनि नसक्ने हुन्छ/ सिधा सब्दमा भन्ने हो भने हामि नेपालीले राजतन्त्र फालेको भारत-तन्त्र लाद्न र आधा नेपाललाई भारत् बनाउन होयिन/

        “कसैले साना दुखले आर्ज्याको मुलुक होयिन नेपाल”/ यति याद गरुन नेताहरुले/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prem

      मुन्ना गौतम , तपाई को घर बिहार कुन गाउँ पर्यो नि?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 10

      • sheela

        प्रेम जी:
        मुन्ना जी को घर चाहि बिहारको छप्रा-चम्पारण हुनु पर्छ, तर वहासंग नेपालि नागरिकता पनि हुनु पर्छ ! मुन्ना जी यो मेरो अनुमान हो, गलत वा ठिक जे भए पनि बताउनु होला……

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • anjan lamichhane

      जे होस् नेपाल का नेताहरुलाई आविनन्दन गर्नुपर्छ, कमसेकम नेपाललाई अरु देशसामु आफ्नो देशको सकारात्मक परिचय दिन नसकेपनि नकारात्मक परिचय दिन सफल भएका त छन् l देश यस्तो आवस्थामा गुज्रिरहनु भन्दा बरु अलिराम्रो देश हेरेर सासन गर्न दिए हुन्थ्यो l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

      • suman p shrestha

        राम बन्न नसके रावण बन्नु रे क्या …….

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

        • madan bajracharya

          सुमन जी
          म श्री लंकामा भएको भक्हत रावणको बारेमा बुझ्न खोजे/ सिंहाली हरुलाई थाह्नै रहेनछ रावन को हो भनेर/ भारतीय तमिलहरुलाई मात्र रावणको बारेमा केहि थाह रहेछ/ तिनीहरु पनि रावन नराम्रो र दैत्य थिए भनेर मान्दैन/ अचम्म लाग्यो/

          जे होस् हामीले सुनेको रामायणमा रावनलाई नराम्रो भनिएको छ/ तर उनि पनि पौराणिक बैज्ञानिक थिए/ उसले नै मकैको खेति गर्न सिकाएको थियो र मकैको बोट बाटै मानाबिये आबस्यकता पुरा गर्न तेस्मा धान पनि कपास पनि उम्रिने बनाउन खोजेको थियो भनिन्छ/ मकैमा चामल नभएको धानको गेडा फल्छ र कपास जस्तै रेसाहरु पनि फल्छ/

          रावन त् शिब भक्त थिए/ मात्र आफ्नो बहिनीको नाक र कण काटेकोमा राम सिट बदला लिन चाहेको थियो/ तर सिता सिट कुनै बदमासी गरेनन/ राम सिटको लडाईमा पनि कुनै कपटी खेल खेलेनन/ बरु रामले नै कपयी खेल खेलेर उनीलाई मारे/ बिभिसनले देस द्रोह राजद्रोह भात्री द्रोह नगरेको भए रामायण कथाको अन्त सायद अर्कै हुने थियो/

          यसै कारण रास्ट्र द्रोहिहरुलाई गद्दारहरुलाई बिभिसन भनिन्छ/ अहिले हाम्रो नेताहरुमा अधिकांस त् बिभिसनहरुनै छन्/ आफ्नै देसमा गद्दारी गर्दै दिल्लीको राम हरुको भक्त लाई रावन भनेर इज्जत नदिउ बरु बिभिसन भनेर बेयिज्जत गरूँ/

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जन निर्वाचन नगरिकन किन यस्तो जे पायो त्यही निर्वाचन गरिरहेको होला?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • Bhuban

      देसै अनिर्णयको बन्दि भो /
      ए माले र मधेसीहरुले देशलाई यो हालतमा पुर्याएकोले जनताले यसको हिसाब राखेका छन् /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 10

      • Bishnu Nepali

        एमालेले २०४६ साल देखि गएको २० बर्षमा गरेको एउटा गतिलो निर्णय नै येही ‘तटस्थ बस्ने नीति’ हो | झलनाथको आफ्नै पीम हुने शोचले होस् नै सहि, तरैपनि यो नीति ठींक छ | तर नेपाली काँग्रेस खास गरि रामचन्द्र लाइ पीम बनाउन हुँदैन | सहमतीय प्रणाली मा आएर बाबुराम भट्टराई वा झलनाथ वा प्रन्चंदा वा देउबा नै सहि, यिनीहरु बाट पीम हुन् |

        साबधान अहिलेको अबस्थामा ओली र रामचन्द्र दुवै उस्तै हुन् , माकुने वा मदेश पार्टी बाट भन्दा झन् खतम |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 17

    • Rajan

      If maoist and madeshi parties are clean about the audio tape they should vote for maoist they should not worry about what other say
      at least country could get new PM.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • कहिले सम्म हामी इन्डियन दलाल हरु को भरमा पर्ने ? यी दलाल बाट कहिले यो देश लै मुक्त पार्ने ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 4

    • Mantra

      प्रचण्डले बानेस्वरमा भासणगर्दा भनेका प्रभु साच्चै रहेछन क्यारे….नत्र त अस्तिनै नाटकको यो दृश्य सकिन्थ्यो होला…जे होस् हाम्रा नयानेपाल बनाउने नेताहरु खतरा रहेछन…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

    • Munna Gautam

      नाच्न नजान्ने आँगन तेढो भने जस्तो आफु हुतिहरा, भ्रस्टचारी, ………………………….. हुने अनी दोष चाँही भारतलाई दिने

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 58 Thumb down 60

      • acharya

        मुन्ना जी धोति भएर किन नेपाली ब्लग मा जवाफ फर्काउनु हुन्छ..जानु न बिहार…धोति को कट्टु समात्नु..

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 16

    eXTReMe Tracker