युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

बेसार- कस्तो अचम्मको मसला

पोहोर पिलोले सताउँदा एक जना अपरिचितले इमेलबाट सल्लाह दिएका थिए- बेसार खानुस्, बिसेक हुन्छ। उनले आफ्नै अनुभव पनि त्यसमा लेखेका थिए। सुरुमा त ठट्टा गरेका हुन् कि जस्तो लागेको थियो। तर पछि इन्टरनेटमा खोज्दा पनि त्यस्तै भेटियो। त्यो अघि मलाई बेसारको यस्तो असर हुन्छ भन्ने थाहा थिएन।

वास्तवमा बेसार एउटा गजबको मसला रहेछ। बेसारमा एन्टी ब्याक्टेरियल पदार्थ हुने रहेछ। यो एउटा एउटा प्राकृतिक विष-निरोधक पनि रहेछ। यसको उपयोगितालाई बुझेर नै आजभोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। अमेरिकाको बिर्मिङघमस्थित युनिभर्सिटी अफ अलाबामाको डिपार्टमेन्ट अफ फार्मेकोलोजी एन्ड टक्सीकोलोजीका असिस्टेन्ट प्रोफेसर डा. जीवन प्रसाइँले माइसंसारका पाठकका लागि बेसारबारे एउटा ब्लग लेखेका छन्। आउनुस् पढौँ उनको यो बेसार ब्लग


डा. जीवन प्रसाई

के तपाईँ घुंडा-जोर्नी दुख्‍ने रोगबाट पीडित हुनुहुन्छ? तपाईँलाई रुघा-खोकीले कतिको सताउँछ आज-भोलि? यसको औषधी तपाईकै घरको चुल्हो वरिपरी छ। बेसार, जसलाई अंग्रेजीमा turmeric नामबाट चिनिन्छ। बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। यसको प्रयोग हाम्रो समाजमा वा अन्य एसियन मुलुकमा करिब २००० वर्ष अघिबाट सुरु भएको अनुमान गरिन्छ। यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ। बेसारमा सूक्ष्म-जीवाणु मार्ने (anti-bacterial) विशेष पदार्थ भएकाले नै यसलाई विभिन्न खाद्य पदार्थहरु रंगाउने काममा प्रयोग भएको हुनु पर्दछ। यसरी यसले खाद्य-पदार्थलाई ताजा बनाई राख्दछ। अर्को तर्फ, यो एउटा प्राकृतिक विष-निरोधक (de-toxifier) पनि हो, जसले पीत्तको उत्पादन बढाई विषादी पदार्थलाई शरीरबाट निस्कासन गर्न मदत गर्दछ।

प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ ।त्यसैले दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसमा कुनै विषादी असर हुँदैन। बरु बेसारको गुणस्तर चाहीँ पहिचान गर्नु पर्दछ। तितो भएकाले पत्याउन गाह्रो पर्ला, तर यसको उपयोगितालाई बुझेर नै आज भोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। एक रिपोर्ट अनुसार अमेरिकामा मात्र करिब २४०० मेट्रिक टन बेसार प्रति वर्ष आयात गरिन्छ, जुन अनुसन्धान अनि ब्यापारीक प्रयोगका लागि खपत हुन्छ।

के छ यस्तो बेसारमा ?
बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ। एक रिपोर्ट अनुसार साधारणतया बजारमा प्राप्त हुने बेसारमा करिब २-८% कर्कुमिन हुन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भए, विशेष गरेर क्यान्सर नियन्त्रण (cancer chemoprevention), हृदय रोग (cardiovascular diseases) अनि बाथ (arthritis) मा। पब-मेड (pubmed) मा मात्रै कर्कुमिन सम्बन्धी करिब ११,०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएको पाइयो। यसले यसको बढ्दो महत्वलाई प्रस्ट परेको छ।

कर्कुमिन एउटा पोलिफेनोल (polyphenol) वर्गको केमिकल हो, जसले क्यान्सरको पूर्व नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। धेरै जनावरसँगको अनुसन्धानहरुले यो देखाउँछ कि कर्कुमिन मलासय (colon), पेट (stomach), मुख (oral) र स्तन (mammary) क्यान्सरको विरुद्धमा लड्ने गर्दछ।

कर्कुमिनको फेज (phase) १ क्लिनिकल प्रयोग (clinical trial) गर्दा यो देखिन्छ कि नियमित कर्कुमिन मिसिएको खाना लामो समयसम्म लिएमा colerectal क्यान्सर हुने कम सम्भावना हुन्छ।

कसरी यसले क्यान्सर नियन्त्रण गर्ला भन्ने प्रश्नमा धेरै अनुसन्धानहरु भएका छन्, धेरै तरिकाहरु मध्ये एउटा तरिका चाहीँ क्यान्सर कोषहरुलाई मार्नु नै यस रोगको अनियन्त्रित विकास हुनबाट बचाउनु हो, जुन प्रक्रियालाई वैज्ञानिकहरु अपोप्तोसिस (apoptosis) भन्ने गर्छन्। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोग्लाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन वा बेसार धेरै प्रभावकारी एन्टी-ओक्सिदान्त (anti-oxidant) हो र यसको नियमित प्रयोगले हाम्रो शरीरमा उत्पादन हुने फ्री र्‍याडिकल (free radicals) जो अत्यन्तै विषालु पनि हुन सक्छन्, तिनीहरुलाई निस्क्रिय पार्दछ। साथ-साथै यसले रगतमा कोलेरेस्त्रोल (cholerestrol) को मात्रालाई बढ्न दिँदैन र उच्च-रक्तचाप अनि हृदय सम्बन्धी रोगलाई नियन्त्रण गर्छ।

कर्कुमिन बाथको (arthritis) अचूक औषधि मानिन्छ। यो शक्तिसाली दुखेको नियन्त्रण (anti-inflammatory) गर्ने पदार्थ हो। यसले घुंडाको दुखाई (joint pain) लाई सुधार गर्छ। यस कार्यमा बेसार वा कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायम (enzymes) लाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। यसको असर हामीलाई थाहा भएका दुखाई नियन्त्रक औषधी जस्तै इन्दोमेथासिन (indomethacin) को सामर्थसँग तुलना गर्न सकिन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने एस्तेरोइड (steroid ) वा नन-एस्तेरोइड (non-steroid ) जस्ता महंगा औषधी लाभभन्दा बढी हानिकारक हुन्छन्, यदि लामो समयसम्म लिने हो भने। यसका अतिरिक्त, बेसारको नियमित प्रयोगले बुढ्यौलीमा हुने अल्ज्हेइमेरको रोग (Alzheimer ‘s disease) हुने सम्भावना कम हुन्छ। सायद हामी कहाँ यस रोगबाट पीडित पश्चिमका मुलुकभन्दा कम भएको कारण भोजनमा बेसारको अत्यधिक प्रयोग हुन सक्छ।

बेसार रोग नियन्त्रक (chemopreventive) कि रोग उपचारक (therapeutics)?
यद्यपि क्लिनिकल प्रयोग (Clinical trial) को नतिजाले कर्कुमिनलाई रोग उपचारक (therapeutics) को रुपमा प्रयोग हुने संकेत गरेको छ। तर यो हाम्रो शरीरमा ज्यादै न्यून (१% भन्दा कम, खाएको मात्राको आधारमा) मात्र उपलब्ध हुन्छ र करिब १-२ घण्टाको बीचमा हाम्रो रगतमा प्राप्त भइसक्छ। यसको शरीरबाट तीब्र निकास (rapid elimination) पनि एउटा औषधी बन्नका लागि तगारो मानिन्छ। कर्कुमिन हाम्रो शरीरमा बढी मात्रामा कसरी उपलब्ध गर्न सकिन्छ, यो एउटा अध्यनको विषय भएको छ। यसरी हेर्दा बेसार या कर्कुमिन रोगको उपचार गर्ने औषधिभन्दा पनि यो रोगलाई पूर्व-नियन्त्रण गर्न सहयोगी देखिन्छ। सारमा भन्नुपर्दा यो एउटा मसला मात्र नभई, कैयन रोगसँग लड्ने औषधी पनि हुनसक्छ भनी वैज्ञानिक अनुसन्धानबाट प्रस्ट भैसकेको छ। यसलाई तपाईँ कसरी लिनु हुन्छ, मसलाको रुपमा, सिधै क्याप्सुल (capsul), ट्याब्लेट (tablet) वा पेय-पदार्थसंग, निर्णय तपाईको।

अन्त्यमा, आउनुहोस् आजैबाट शुद्ध बेसार करिब १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग लिऊँ, अनि रोग मुक्त होऊँ।

सम्पर्क: jeevan.prasain@ccc.uab.edu

90 comments to बेसार- कस्तो अचम्मको मसला

  • शर्णिम मगर

    दयां बायां तल माथी जता हेरे पनि राजनैतिक कुरा, कति हेर्नु नेताहरुको नौतंकी, कति सुन्नु नेताहरुको भजन वाक्क दिक्क भन्या ! बरु यस्तै मानविय जीवनमा अति उत्तमकारी कुरा गर्दा पो कान न्यानो र मन शान्त हुंदो रहेछ अनि नयां नयां कुराको ग्यान हुंदो रहेछ त्यस्तै जानकारी पनि …………

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  • Aananda Thapa

    बेसार को त के कुरा बिहान बेलुका तरकारी बनाउदा नहाली हुदैन बरु कहिले काँहि नून हाल्न बिर्सिएला ! अनी अरु बेला प्रयोग गर्ने भनेको कहिले काही रुघाखोकी लागेको बेलामा उमालेको पानीमा अनिकती बेसार राखेर पिउने गर्छु ! अझ थप जानकारीको लागी डा. साब र माईसंसारलाई धेरै धेरै धन्यवाद छ !

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  • Ram Chandra Thapa, Doha,Qatar

    यस्तो प्रभावकारी र उपयोगी लेख लेख्नु हुने डा. शाब, माई संसार र कमेन्टर साथीहरुले आफुले जानेको जानकारी राखी दिनु भयको हुँदा धेरै पाठकहरुलाई फाइदा पुगेको छ! तेस्को लागी लेखक र कमेन्टर सबैलाई मुरी मुरी धन्यबाद !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

  • ristika sapkota

    ल अब दंदिफोर सम्बंदी कुनै जानकारी दिनु भयो भन्ने पने राम्रो हुन्थ्यो त दंदिफोर ले अनुहारमा दाग आयको अने सानो दुल्का परको ६ तासको कुनै उपाय ६ भन्ने my संसार बाट जानकारी दिनु हुन६ भन्ने आशा रखद६उ ….जो लै थय६ उसलाई पने सही कुरा भन्न सक्नु हुन६ र भन्ने मा मा आभारी हुने ठेया

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  • Keshav, West London

    Beautiful article.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  • प्रकाश "वत्सप्रिय"

    हाम्रा नेपालाँ सबै डाग्दर !!!
    अरु त ठिकै हो यी सारा घरेलु औषधि मुलो तs लोप नै हुन् लग्यो नि, बाजे बराजु संग सिकेको भए हुन्थ्यो, तर अचेल सबै लाई नयाँ “लोकतान्त्रिक” पद्धति बाट चाहिन्छ | “ओल्ड इज गोल्ड” भन्ने कुरा बुझे नयाँ पिढीलाई राम्रो हुन्थ्यो ||

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

  • हाम्रो दैनिकी मा प्रयोग हुने खाद्य पदार्थ सबै गुणकारी छन् मात्र प्रयोग गर्ने बिधि बिधान नजानेर वा पूर्ण ज्ञान नभएर पश्चिमा को मुख ताक्नु परेको हो पश्चिमा ले अहिले पुर्बिये संकृति अंगालेर धेरै कुरा सिके तर हामी ले बुझेनौ धर्मग्रन्थ लै पुञ्ज गरेर हैन अध्येयन गरेर भित्रि कुरा भुझ्नु पर्छा.

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  • Smita Sharma

    Dr,
    Prasai thank you so much for the article it is really appreciative….

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

  • गगने

    जदौ डाक्टर!
    थाहा भै आयको कुरो लाइ अझै प्रस्त्यैदिनु भयकोमा! हामि सबैलाई थाहाछा तर वास्ता गर्दैनौ किनकि यो हाम्रो दैनन्दिकी भयको छ! यसलाई अचम्म मान्नु पर्ने देख्दिन म चाहि!
    यो कुरा हजारौ हजार बर्ष अघि पत्तो पाई प्रयोग भयका हुन् भन्ने कुरा मान्दछु म, अझै भन्नु पर्दा आधुनिक बिज्ञान को सुरुवात हुनु भन्दा धेरै अगाडि बाटनै हुनुपर्छा यस्ता कुरा मान्छेले थाहा पाई आयुर्बेद आदिको बिज्ञान सुरु भयको र तेस्को एक हद सम्म तत्कालिन परिस्थिति र समयानुकुल बिकाश भयर गयको पाइन्छ तट पश्चात यो विभिन्न कारण बस त्यो बिकाश क्रम सुस्ताउदै जादा यी कुराहरु आफै हराउदै गयको आभाष हुन्छ तर हरायको भने हुदैन त तेही कुराको पुनारुथ्थान र खोज नै आजको बैज्ञानिक प्रयोग र उपलब्धि हुन् भन्ने मान्छु म!
    तर यी कुराहरु निमिट्यान्न हुन नदिनको लागि पनि बेला बेलामा यसरि हामिहरु भनौ मानब हरुलाई झक झकै रहनु नितान्त जस्रुरी छ र यस्लो तट कुराको प्रयोग र बिकाश मा टेवा मात्र होइन अझै निरन्तरता दिने छ भन्नेकुरामा म बिस्वोस्त छु!
    तेसैले यस्तो जानकारीहरु निरन्तर रहोस भन्ने आग्रह साथै कामना छ!
    धन्यबाद!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

  • सम्भव जोशी

    स्वास्थ्यसँग सम्वन्धित लेख लेख्दा वा प्रकाशित गर्दा जति सावधानी अपनाइनु पर्ने हो, त्यो देखिएन/ बेसार गुणकारी भन्दैमा “जति खाए नि हुने” हिसाबले लिनु हुँदैन/ विशेषतः निम्न दुई कुराहरुमा लेखक चुकेका छन्:

    १. सामान्यतः हामीले खाने नेपाली खानाबाटै बेसारको मात्रा पुगेको हुन्छ/ बिशेष परिस्थिति (जस्तै: रुघा लागेको, थाईरोइड ग्रन्थी कम सक्रिय भा’को)मा सामान्यभन्दा अलि बढी बेसार सेवन गर्ने सल्लाह दिइन्छ/ १ चम्चा बेसारले एउटा सानो परिवारकोलागि एक छाकको खाना पकाउन भ्याउछ/ तर लेखकले “करिब १-२ चम्चा बिहान-बेलुकी” भनेर सल्लाह दिनु भा’को छ जुन धेरै हो/

    एउटा वयस्कले दिनमा ३ पटक गरेर हरेक पटकमा बढीमा ६०० मिलिग्रामसम्म (बच्चाको हकमा अझ कम) मात्र सेवन गर्न सल्लाह दिइएको छ/ अर्थात् दिनमा बढीमा १.८ ग्राम, त्यो भनेको साढे १ चम्चा/ लेखकले कसरी दिनमा ४ चम्चासम्मको सल्लाह दिनु भा’को हो? लेखक आफैले लेख्नु भा’को छ “हामीहरुले प्रतिदिन … करिब २-२.५ ग्राम सम्म बेसार लिने” गरेका छौ/ यो मात्रा पर्याप्त छ/ खानामा बेसारको प्रयोग नगर्नेहरुले मात्र “दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन” [बिहान वा बेलुका, दुबै पटक होइन] , अरुले थप लिई राख्नु पर्दैन।

    २. बेसारको अत्यधिक प्रयोगले पाचन प्रक्रिया बिग्रने, रगत नजम्ने (पातलो हुने), पखाला लाग्ने, बान्ता आउने जस्ता समस्या निम्त्याउछ/ साथै, कलेजोको समस्या भएका बिरामीहरुले पनि विज्ञको सल्लाहमा मात्रै बेसारको मात्रा तय गर्नु आवश्यक हुन्छ/

    कृपया कुनै पनि खाना वा मसलाको फाइदाका बारेमा चर्चा गर्दा सेवन मात्रा (dosage), हानीकारक असर (side-effects) र केही बिरामीको केसमा अपनाउनुपर्ने सावधानी (precautions) का बारेमा पनि चर्चा गर्न अनुरोध गर्दछु/

    केही श्रोत:
    १. सुरक्षित मात्राकोलागि –
    http://www.nutritionalwellness.com/archives/2006/nov/11_heller.php
    २. हानीकारक असरको लागि-
    http://www.turmerichealthbenefits.net/2010/12/turmeric-side-effects/
    http://ezinearticles.com/?Turmeric-Side-Effects—5-Dangerous-Effects-and-How-to-Avoid-Them&id=3987091

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 1

  • surendra panta

    मलाई कारीब ५ बर्ष अगाडि दिखिन रुगा नग्ने आछिउ आउने लगातर १०-१५ पटक हुन्छ डा. लाई देखाउदा एलर्जी भयको हो यसको कुनै दिर्घ कलिन औषधी हुँदैन भनेर औषधी लेखिदियो तर औषधी सकियको भोलिपल बाट फेरी सुरु भयो के एलर्जीको कुनै घरेलु औषधी हुँदैन ?

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Luna

      सुरेन्द्र जी !
      एलर्जीको उपचार एलर्जी हुने माध्यम बाट जोगिने प्रयास गर्नु हो . तपाईलाई धुलो – धुवा आदिको कारणले एलर्जी भएको हुन सक्छ . अब यस्तो स्थितिमा सक्दो धुलो
      धुवा बाट पर रहने कोशिस गर्नुस .
      घर भित्र हुने धुलो बाट जोगिन घर – कोठा – कुना – काप्चा सफा राख्ने ,
      बेला बेलामा ओढ्ने – ओछ्याउने – सिरानी आदि लाइ तक्त्क्याउने ( हप्तामा १ पटक )
      आफूले लगाउने लुगा ( बाहिरि लुगा – जस्तो कि पाइन्ट – स्वेटर – ज्याकेट आदि हामि दिन दिनै पखाल्दैनौ / यस्ता दिन दिनै नधुने लुगा बाहिर बाट आए पछी
      मज्जाले तक्त्क्याएर् मात्रै भर भित्र राख्ने ,
      एलर्जी हुनेको घरमा कुकुर – बिरालो जस्ता जनाबार छ भने ति जनावरको रौ पनि
      एलर्जी को एक कारण हुन्छ , यस्तो स्थितिमा सके त जनाबार नपाल्ने / यदि पाल्नु
      पर्ने बाध्यता छ भने तिनलाई उचित ब्यबस्था गर्ने ( तिनको घर / खोर आदिको ) ब्यबस्था गर्ने ,
      कार्पेट पनि एलर्जीको कारण मध्यको हो . सके सम्म कार्पेट नराख्ने .
      अब यस देखि बाहेक कसैलाई फूलका पराग ( फूलमा हुने मसिनो धुलो जस्तो प्रदार्थ ) आदिले पनि एलर्जी हुन्छ .
      एलर्जी हुने माध्यम बाट जोगिने कोशिस राम्रो घरेलु उपचार हो .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

    • Deepak

      सुरेन्द्र जी !!
      I had a same problem as you have but now I am 99% out of sneezing, itching nose & cold. Currently I been living in London since 2005 & I visited so many times in the GP & Hospital in the UK but could not relief 100%. I used more than 2 year Nasal spray & anti-histamine for block nose & allergy but this medicine relief only their dose periods after then same problem start…….In 2009 I went to Nepal in the holiday and my Mum-in law suggested me to go to Krishna Medicine center in Kathmandu. I visited to the Doctor and he advised me some Arurbed tratment and given some Harbal medicine as tea form. Once I started Aurbed Treatment & taken Harbal medicine……it really worked for me……Really I am now out of allergy and sneezing………..If you are in Nepal go to Shree Krishana Ausadhalaya, Deli bazer Kathmandu and get some advice from doctor ……

      Hope this help for you

      Deepak

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

  • bandana

    Although, we know about antobacterial effect of turmeric powder, after reading this article, got more information and its uses. Really I would like to thank Dr. Prasai as well as to Umesh ji.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • bandana

    बेसर को गुण पहिले नै थाहा थियो तर यो लेख बाट अझ धेरै जानकारी मिल्यो , धन्यवाद लेखकज्यु लाई!!!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • Nabin

    I would like to thank Dr.jiban prasai for providing very useful information about turmeric,every day i use the turmeric to cook food,but i didn’t know the important of turmeric,thanks a lot for opening eyes,and one suggestion for my sansar,we all need one article similar to this once a week,this kind of article is very useful in every day life.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • Rabindra Man Joshi

    मैले पनि एक जना साथीले भनेर बिहान खाली पेट मा एक चम्चा बेसार एक गिलास चिसो दुध मा घोलेर झन्डै नौ महिना जति पिउँदा मेरो गेंस्टिक को रोग धेरै हद सम्म निको भएको थियो.यो एक दम नै ऊपयुकत छ .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

  • डेनी गुरुङ मलेशिया

    जानकारी मुलक लेख को लागि Dr. साहेब लाई धेरै धेरै धन्यवाद अनी मेरो संसार .com लाई पनि ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

  • Durga Lamichhane

    बेसरका कतिपय उपयोगिता त थाहा थियो, त्यसमा पनि डाक्टर साबको लेखले थाहा नभएका धेरै कुरा थाहा भयो . तर के गर्नु गाउँ छोडेर सहर पसे देखि शुद्ध बेसारको मुख त देख्न पाइया छैन, के होला र औषधिको कम यो रङ्ग मिसिएको बेसार्ले खै ?

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

  • kiran hk

    बेसारको गुणगाउदा एउटा छुताउना नहुने पाटो अर्को पनि छ जसलाई हामी बुझेर अथवा नबुझेर पश्चिमेली देशहरुको लहै लहै मा लागेर अन्धबिस्वास भनि भन्छौ वास्तबमा मेरो बिचारमा अन्धबिस्वास होइन अनुसन्धानको कमि मात्र हो/

    प्रकृति ले हामीलाई बेसार दिएको छ जुन माथि साथीहरु द्वारा उल्लेखित गुण भन्दा बाहेक अर्को गुण पनिछ जुन येसप्रकारको छ:-
    बेसारलाइ वायु (मारिएका अथवा मृत्यु पछिको मानब तथा जनावरको आत्मा) बाट पन्छिन पनि प्रयोग गरिन्छ / बेसार भएको ठाउबाट त्यस्तो वायु पर पर जान्छ/ येदि सपनीमा अथवा अर्धनिन्द्रामा कुनै वायुले तर्साउछ भने बेसार शरीरमा वा सिरानीमुनि पार्नु अथवा बेसारलाइ कागजमा पोको पारी गोजीमा राख्दा त्यसपछि वायुले तर्साउदैन/

    येस्मा बैज्ञानिक विश्लेषण छैन त्यसैले येसलाई अन्धविश्वास भन्ने गरिन्छ/
    बैज्ञानिक विश्लेषण भएको जत्ति मात्रै हामीले उपभोग वा प्रयोग गर्ने भन्ने पनि छैन नि है ?

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

  • तपाई रुघाखोकी लागेर ग्रसित हुनुभएको छ भने सुत्नुभन्दा पहिले दुई गिलास पानीमा
    -एक चम्चा धुलो बेसार
    -आधी चम्चा भन्दा अलि कम ज्वानो
    -एक टुक्रा अदुवा पिसेको
    -एक वा दुई वटा ल्वाङ पिसेको
    - जिम्बु अलिकति
    राखेर दुई गिलास पानीलाई एक गिलास हुन्जेल उमाल्नुस र गिलासमा राखेर बाफ लिनुस अनि पानी सबै पिउनुस । यसरि दुई चार दिन यो प्रक्रिया अपनाउनु भयो भने तपाइको रुघाखोकी निको हुने छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • siddhartha,Belgium

      त्यहिँ गिलास मा बाफ लिने अनि त्यहिँ बाफ लिए को पानी कसरि पिउने? यो त हुनै सक्दैन किन कि त्यो बाफ लिदा को प्रक्रिया सम्म रुघा लागे को बिरामी को नाक बाट बग्ने पानी को केहि अन्स पक्कै पनि त्यो बाफ बाला पानी मा झर्छ त्यस्तो अवस्था मा त्यो पानी पिउने कुरै हुँदैन त्यस कारण यस्तो नकारात्मक सल्लहा ले कसैको स्वास्थ मा हानी पुग्न सक्छ त्यसैले मित्र नेपाली हरु आफु ले जाने भन्दा धेरै खोक्ने “भेडो” हो डाक्टर को काम डाक्टर लाई नै गर्न दिए बेश हुन्थ्यो कि? हाम्रो जे काम हो त्यहिँ गरौ
      औसधि बिज्ञान ले पत्ता लगाएका प्रमाण र तथ्य सहित डा. जिबन प्रसाई जी ले यति लामो लेख त लेखि दिनु भए को छ त अब यसलाई समय अनुकुल मिलाएर बेसार को प्रयोग गर्ने हो न कि डाक्टर साहब संग संगै सबै जना डाक्टर बन्ने कोसिस बेकार हुन्छ
      र अन्त मा डाक्टर जिबन प्रसाई जी लाई पनि एउटा सानो प्रश्न कृपया झर्को नमानी उत्तर दिनु हुन्छ भन्ने आसा गर्दछु
      १. संसार मा नै साएद त्यस्तो कुरा होला जसको क्रिया भए पछि प्रतिक्रिया नहोला र त्यो प्रतिक्रिया सकारात्मक र नकारात्मक २ नै हुन्छ बेसार को बारे मा सकारात्मक कुरा त डा. साहब ले उल्लेख गर्नु भयो तर यसका नकारात्मक कुरा हरु खै त ?

      २. बेसार को सुद्धता कसरि थाहा पाउने? प्रयोग त दिन दिनै गर्छौ तर सुद्ध बेसार प्रयोग गरि रहेको छौ भन्ने मा संका छ

      ३. डा. साहेब लेख पुरै बैज्ञानिक तथ्य सहित लेख्नु भएको छ तर विश्वास का कुरा पनि गर्नु भए को छ किन? बिज्ञान ले त प्रमाणित तथा ठोस कुराहरु मात्र पो सर्बसाधारण मा प्रस्तुत गर्छ होइन र ? जस्तै तपाई का लेख मा विश्वास का कुरा गरिए का चोइटा हरु:-
      क) यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ।

      ख) प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ

      बिज्ञान ले कहिले पनि सर्बसाधारण को लागि बाहिर निकाली सके का कुरा हरु विश्वास का कुरा मा निकाल्दैन सत्य तथ्य जाचबुज परख पछि ठोस प्रमाण सहित का कुरा मात्र निकाल्छ होइन र डा. साहब?
      ज्ञान भन्ने कुरा पूर्ण दिनु पर्छ र पूर्ण लिनु पर्छ नत्र अर्ध ज्ञान को परिणाम के हुन्छ भन्ने त माथि प्रकासित यहि प्रतिक्रिया लाई नै हेरे हुन्छ “जुन पानी को बाफ लियो त्यहिँ पानी पिउने रे”
      अन्य सहि जानकारी का लागि डा. साहेब लाई धन्यबाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

      • सिद्धार्थ जी, तपाई ले एक दम जायज र सटिक प्रश्न राख्नु भयो. तेस्को लागि धेरै धन्यबाद. Extra ordinary claims require extra ordinary evidences. हो मेरी इन्तिउसन ले माथि क क्लेमहरु साचो हो जस्तो लाग्छा तर मलाई जहाँ सम्म लाग्छ माथिका क्लेम हरुको बिज्ञान ले प्रमाणित गरेको छैन. माथि को लेख मा कति कुरा हरु हचुवाको भरमा अनुमान लगाएको देखिन्छ. तपाई ले अलि कम आक्रामक शैली मा कम्मेन्ट गरेको भए अझ दामी कमेन्ट हुने थियो.

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

        • siddhartha,Belgium

          माफ गर्नु होला मित्र मेरो सब्द हरु आक्रामक भए को ले तर यसमा मेरो पनि गल्ति चै त्यति धेरै छैन लेख्न पायो भन्दै मा बिना सत्य तथ्य पत्ता नलाई कन अरु को स्वास्थ मा असर हुने खाल का त्यो पनि जन जिबन को स्वास्थ मा असर पर्ने लेख हरु लेख्नु पनि हुन्न र प्रकासित पनि गर्नु हुन्न भन्ने मेरो कुरा हो सब्द आक्रामक भए छ माफ पाउ
          बेसार को बारेमा म पनि केहि कुरा भनु जस्तो लग्यो डा. साहब को भनाइ अनुसार पश्चिमा मान्छे हरु ले ( अमेरिकन , यूरोपियन) पनि बेसार प्रयोग गर्छन भन्नु भए को छ तर औसधि बिज्ञान र खाध्य बिसेसज्ञ हरु ले अनुसन्धान गर्न को लागि ल्याएको मात्रा लाई पश्चिमा समाज ले प्रयोग गर्छन भन्नु सरा सर गलत कुरा हो कपोकल्पित कुरा हो र त्यो बारे मा अनुसन्धान नगरी लेखिए का कुरा हुन्
          पछिल्लो ११ वर्ष देखि म पनि लगातार यूरोप बसिरहे को छु तर यहाँ का ठुला ठुला खाध्य स्टोर देखि लिएर यहाँ का मानिस हरु ले किन मेल गर्ने कुनै पनि पसल हरु मा कतै पनि बेसार भन्ने कुरा हुन्न अमेरिका को त थाहा भएन तर यहाँ कुनै पनि यूरोपियेन हरु ले बेसार प्रयोग गर्दैनन् यहाँ बेसार प्रयोग गर्ने भने को हामी एसियन हरु मात्रा हो र त्यस मा पनि धेरै लगभग ९०% त हामी साउथ एसियन नै हो हरेक कुरा हरु मा पश्छिमा हरु ३०० देखि ४०० वर्ष अगाडी छन् कुन कुरा खादा के हुन्छ भन्ने कुरा इनिहरु ले आज भन्दा २०० -३०० वर्ष अगाडी नै अनुसन्धान गरि सके का हुन् हामी ले बेसार किन्न जानु पर्यो भने इन्डियन र पाकिस्तानी हरु कै स्टोर पुग्नु पर्छ र पाकिस्तानी इन्डियन हरु का स्टोर का ग्राहक भने का पनि हामी साउथ एसियन नै हौ यूरोपीयन हरु त छिर्दा पनि छिर्दैनन बेसार को महत्व डा. साहब ले भने जस्तो अथाह भए इ यूरोपीयन हरु ले किन प्रयोग नगरे का त? त्यति ठुला ठुला खाध्य स्टोर हरु मा हरेक खान पिन का कुरा हरु पाउछ तर बेसार को बे पनि नपाउनु को कारण के हो? अझ ४ सेतो (4 white ) अर्थात् ४ सेतो भन्नाले चामल , चिनी , नुन र मैदा लाई पनि बिष नै भन्छन इनी हरु ले चिनी र मैदा लाई त इनी हरु ले प्रयोग नै गर्न छोडी सके भने पनि हुन्छ तर चामल र नुन केहि मात्रा मा प्रयोग गर्छन त्यो पनि कहिले कहिँ मात्र
          त्यसैले जन स्वास्थ को लागि बेसार को महत्व डा. साहब ले भने को जस्तो केहि पनि होइन र अलि अलि भएको बेसार को महत्व पनि हामी ले यसको महत्व बुझेर प्रयोग गरेका पनि होइनौ खान मा हाल्दा राम्रो देखिन्छ बस त्यति हो

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 9

          • Jillabashi Baburam

            अनुरोध-
            >Whole Food स्टोर जस्ता अलि स्वास्थ सजग र अपस्केल चेन स्टोरहरुमा बोतलमा प्याक भएर आएका जडीबुटि, मरमसला, अर्गानिक बेसार हेर्नु हुन! बोतल खोल्दै गाउँमा ढिकीमा हलेदो कुटेको बास्ना आउँछ! ति स्टोर मा पाउने गुण न तपाइले कठ्मान्दौको बजारमा पाउनु हुन्छ न त तपाइको पाकिस्तानीको दोकान मा!
            प्रश्न-
            १. गोराले बेलैमा खान सिकेनन भनेर बेसारमा भएका अमूल्य रसायनहरू त्यसै हराउनु पर्ने हो कि कसो?
            २. केहि वर्ष अगाडी हामीहरुले हजारौ बर्षदेखि खाने कुन मसलाको हार्भार्डले प्रारम्भिक अनुसन्धानको पेपर निकालेको थियो?
            ३. चियाको उत्पत्ति कहाँ? अहिले नया गाहक कता बढ्दै छन्? किन?

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

  • raj

    सूचना को लागि लेखक लाई धेरै धन्यवाद साथै प्रकासित गरिदीएकोमा माईसंसार लाई पनि

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Bharat

    धेरै उपयोगी लेखलाई सबैले बुझ्ने साधारण भाषामा लेख्नु भएकोमा जीवन सरलाई धेरै धेरै धन्यवाद. अरु पनि धेरै जानकारी सहितको हजुरको पुस्तक चाडै प्रकाशित भएपछी अरु लावान्वित हुने आशा गर्दछु.

    UConn, Connecticut

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • sushi

    यस्तो गुणकारी बेसार को सबै ले उचित प्रयोग गर्न पर्ने देखियो बिगत देखि कति किलो बेसार खायियो तर यसको विशेषता नै थाई थिएन/अहिले आएर पो था भो /लेखक लाई मुरी मुरी धन्यवाद दिने पर्छा /

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • shiva hari

    बिरालो बाँडेर सराद्द गरे जस्तो थिएओ सबै लाइ… यो लेख पर्ति आवारी हुने पर्छा जसलाई कुन जडिबुटी ले के काम गर्छा भन्ने राम्रो था छ [परमाण सहित ] तेस्ता बक्ति बाट सिक्छा लिएर समाज मा सकारात्मक सन्देस दिनु राम्रो हुन्छा अबस्य ….अन्त मा मेरो बाबा लाइ धेरै ज्ञान छ ……..शिवहरि अधिकारी अमेरिका बाट नमस्कार

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

  • Samir

    धेरै पछी माइ सन्सार मा स्वास्थ्य सम्बन्धि लेख पढ्न पाइयो. यसका लागि सालोक्य जी र डा. जीवन प्रसाई दुवै लाइ धन्यबाद. बेसार एउटा उपयोगी आयुर्वेदिक औषधि हो भन्ने धेरै पहिले देखि नै थाहा भएको कुरा हो. तर यो लेख मा केहि नया कुरा पनि पढ्न पाईयो. जस्तै बेसार ले अल्जाईमर्स रोग को सम्भावना कम गर्ने आदि. यस्ता कुरा हरु अनुसन्धान बाट प्रमाणित भएका कुरा हुन् या अनुसन्धान हुदै गरेका हुन्, त्यो भने प्रस्ट भएन. त्यैपनि जानकारी मुलक लेख को लागि धन्यबाद.
    यस्ता लेख हरु भविस्य मा पनि पढ्न पाऔ. साथै एउटा जानकारी- स्वास्थ्य सम्बन्धि लेख हरु पढ्न यो ब्लग ‘स्वस्थ नेपाल, Healthy Nepal ‘मा पनि जान सक्नुहुन्छ.
    http://myhealthynepal.blogspot.com/

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

  • jeevan

    कुरो त गज्जब लाग्यो तर यहाँ बेसार खोज्न इन्डियन स्टोर पुग्नु पर्छ त्यो पनि कहाँ भनेको बेला पाउनु/ आजकल त बेसार बिनाको खान खाने बानी पर्न लागिसक्यो/

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

  • Mohan Pandey

    उमेश जी हप्ता को एक दिन येस्तई आयुर्बेद वा घरेलु उपचार को बारेमा लेख्न पर्यो.

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

  • अब ढिलो किन? हामी पनि बेसार थप्न जाउँ,तर संबिधान को म्याद थपे जसरी
    थप्नु हुन्न है साथी हरु, मात्र २ चम्चा,

    थान्क you doctorsaab
    जंग बहादुर बम
    मल्यासिया

    मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

  • श्रीइस खनाल (सिंगापूर)

    ब्लग र कमेनटहरुमा बेसारको गुणहरु मात्रै पढियो|
    अबगुण पनि जानिराखौ न त|
    बेसार कपालमा निएमित पर्यो भनेत कपाल फुलिहाल्छ |

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 8

  • Bikram

    नेपालमा एक दयानन्द बज्राचार्य भन्ने बैज्ञानिक छन, उनले जहिलेपनि बिज्ञान प्रति उदासिनता भयो, विज्ञानको विकास भएन भन्दै नेपालका तथाकथित “शासक” र सर्बसाधारणलाइ घच्घच्याउने गर्छन आफ्नो लेखरचना मार्फत/

    अरु साथीहरुले उल्लेख गरे जस्तै, बेसार मात्र नभएर अन्य सयौं मसला र जडिबुटी हामीले बच्चाबेला देखि नै प्रयोग गर्ने गरेको हो/ नत्र गाउमा बस्नेले आफ्नो ज्यान जोगाउन डाक्टरको नाकमुख देखिने हैन येस्तई जडिबुटी र “भगवानको भरोसा” ले नै हुन् नेपालीहरु बच्ने/

    तर, समस्या चै कहाँ छ भने, नेपालमा यी सबै जडिबुटीको धेरै अनुसन्धान भएको छैन/ पत्र पत्रिकामा बल्ग्रेलती लेखिने लेखमा यिनीहरुको फाइदाको बारेमा लेखिएको भए पनि, त्यो कुरा कुन अनुसन्धानले पत्त लागेको भनेर कतै पनि पढ्न पाइदैन/ जस्तै करेलाकै कुरा गरौ, हाम्रै बा र उहाका साथीले पनि डाईबिटिज़ भयो भन्दा करेलाको रस पिउने गर्नुहुन्छ, काम गर्छ भन्नुहुन्छ/ काम गर्छ पनि होला, तर तेस्को बैज्ञानिक अनुसन्धान भएको छैन/ बैज्ञानिक अनुसन्धान भनेको १/२ जनालाई यसले निको भयोकि भएन भन्ने हैन, हज्जारौ डाईबिटिज़का बिरामीलाई यो खान दिएर तेस्को लामो समयसम्म फलो अप गर्नु पर्छ (तेस्लाई अंग्रेजीमा “randomized controlled trial ) भनिन्छ/

    तेसैले साथि हो, अब संबिधान बनेपछि हुने चुनावमा हामी युवाहरुले उठाउनु पर्ने धेरै कुराहरु मध्ये विज्ञानको अनुसन्धान र विकास पनि हो/ नत्र साथी, हो हामी नेपालीले चै नेपालमा बसेर कहिले केहि पनि खोज अनुसन्धान गर्न सक्दैनौ, यस्तै डाक्टर प्रसाईंले जस्तै University of Alabama wa testai अन्य paschimi bishwabidyalaya bata matra गर्न sakinchh/

    Kuro भनेको chadai bujheko ramro!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 5

    • Samir

      विक्रम जी ले उठाउनु भएको कुरा एकदमै ठिक हो. हामि कहा येस्ता कैयौ आयुर्वेदिक औषधि हरु छन्, तर अनुसन्धान का अभाव मा तिनी हरु को उपयोगिता प्रमाणित हुन सकेको छैन. र तेस्ता अनुसन्धान हरुको लागि ठुलो स्रोत को आवस्यकता पर्छ जुन हामि कहाँ यस्तो विषय मा सायदै खर्च गरिन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

      • madan bajracharya

        समिर जी
        मेरो घरमा एउटा झार छ जसको पात खाएमा युरिक यसिद बात भएको घुंडा खुट्टा बा जोर्नी हरु दुख्ने सुनिने निको हुन्छ/ यो कुरा अलि अपत्यारिलों लाग्ला तर सत्य हो/ धेरैले खाए सबैले निको भए नै भनेको छ/ यो झारको बारेमा एउटा किसानले जानकारी गराएको थियो/

        नेपालमा जडी बुटी अचम्मको छ/ मलाई सन् २००३ तिर मुटुको ब्यथालाग्यो/ मेरो mutu कहिले त् ठ्याक्क रोक्किने गर्थ्यो अनि फेरी यक्कासी असंतुल्ट तरिकाले चल्ने गर्थ्यो/ सायद फाब्रिलाईजेसन भन्नेरोग थियो क्यारे/ निको हुन् गार्है छ युरोप तिर मात्रै उपचार सम्भव छ भनेको थियो/

        मलाई जाँच्ने डाक्टरले यो कुरा भन्दै गरेको बेला त्यो डाक्टरको साथि संगै थियो र त्यो व्यक्ति आयुर्वेदिक को डाक्टर रहेछ/ अनि उसले मुसुक्क हाँसेर उहिले डाक्टर नभएको बेला मुटुको ब्यथा आयुर्वेदिक औषधिले निको हुन्थ्यो अब डाक्टर हरु सिट औषधि छैन भनेर डाक्टरलाई व्यंग गरे/ अनि म तिर हेरेर लौ अलि महँगो हुन्छ नेपालको आयुर्वेदिक औशादी यक चोटी खाई हेर्नुस भने/

        मैले उसले दिएको 20 barash puraano nepali औषधि खाए/ करिब यक हप्ता पछिनै मलाई धेरै सन्चो भयो/ तेस्पछी उसैको सल्लाह अनुशार ४५ दिन खाएँ/ तेस्पछी अस्पतालमा गयर भिडियो ग्राफी कार्डियो ग्राफी र रगत हरु सबै जन्चाये/ पहिला देखिएको सबै बिकार हरु निर्मुल भईसकेको रहेछ/

        त्यो औशादी उहिले नेपालमै बन्थ्यो रे अब बन्न छोडी सक्यो/ तर इन्डियाको बैद्य नाथ कम्पनीले अझै पनि बनाउँछ/ मलाई निको भएको देखेर धेरैले खाए सबैलाई फाईदा नै भएको छ/ औषधिको नाम हो “जवाहर मोहरा- सुन मा बनेको” / करिब सबै मुटुको रोगमा काम लाग्ने औषधि रहेछ/ बुझ्नु भए हुन्छ/ aaj samm म sanchai chhun/

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

        • सम्भव जोशी

          मदनजीको “नेपालमा जडीबुटी अचम्मको छ” भन्ने भनाइ सोह्र आना सत्य छ/ तर हामी नेपाली “माल भएर पनि चाल नपाउने” खालका पर्यौं/ आफ्नो जडीबुटी भारत पुर्याउने, अनि उताबाट आएको औषधि खाएर ‘निको’ हुने हाम्रो पुरानो रोगै हो/

          नेपालमा जति र नेपालमा जस्तो जडीबुटी अन्त छैन भनेर रामदेवले पनि भनेका हुन्/ तिनी पनि नेपालको जडीबुटीका बारेमा बुझ्न पटकपटक नेपाल आउने गरेका हुन्- व्यापारिक स्वार्थ समेत लिएर/ सिंहदरबार वैद्द्यखानामा रहेको ‘चन्द्र निघन्टु’ भन्ने पुस्तकमा नेपालका सम्पूर्ण जस्तो जडीबुटीको विवरण चित्र समेत उतारिएको छ/ त्यही पुस्तक हात पार्न रामदेवले निक्कै कोसिस गरेका रहेछन्/ वैद्द्यखानाभन्दा बाहिर लान मिल्दैन भनेर भित्रका पदाधिकारीले भने पश्चात तिनले भित्रै बसेर अध्ययन गरेका थिए/

          उसो त एकजना योग गुरुले पनि योग जुन वेदमा उल्लेख गरिएको हो, त्यो नेपालमै (गुल्मी? मैले बिर्से) लेखिएको रे/ तर आज सारा विश्वले ‘योग भारतीय विध्या’ भनेर बुझ्ने गरेको छ/ के गर्नु, नेपालीलाई एक आपसमा झगडा गर्दैमा फुर्सद भएन कहिले/ आफ्नो महत्व कहिले बुझ्ने हो खै?

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

          • madan bajracharya

            सम्भव जी
            धन्यबाद/ सिम्ह्दर्वार बैद्य खाना मा भएको त्यो किताव अमुल्य नै छ तर त्यो किताव तेही सिमित राखिनु हुन् थियो/ चन्द्र शमशेरले उहिले नेपाली जनतालाई उपचार गर्न सकुन भनेर एउटा तेस्तै किताव लेख्न लगाएको थियो करिब ५०० पेजको त्यो किताव म सिट पनि थियो तर कसैले लियर फर्कायान/

            तपाईं ले राम देव को नाम लिनु भयो हाल अमेरिकामा राम देवको औषधि हरु पाईन्छ/ पेट gadbad सम्भंदी राम देवको औषधि खुबी प्रसंसित छ/ तर त्यो औषधि सिंह दरवार बैद्य खानाले बनाएको अविपत्तिकरण चुर्ण जतिको छैन/ छैन के भन्ने १०० मा १ पनि छैन/ त्यो औषधि म ग्यास्ट्रिक बढेमा अपच भएमा अमेरिकामा पनि मगायर खाने गर्छु/

            हाम्रो देसको आयुर्वेदिक औषधि मात्रै होईन घरमा परम्परागत रुपमा औषधिको रुपमा प्रयोग अर्ने औषधि हरु पनि आजको बैज्ञानिक उपलब्धिलाई चौती दिन सक्ने खालको छ/ तर के गर्ने सरकार हाम्रो नालायक छ/ हाम्रो सिंह दरवार बैद्य खानाको बिकास गर्न सकेको भए गल्लि चोकमा डावर झंदु बैद्यनाथ्को औषधि हेर्नु पनि पर्दैन थियो/

            मैले माथि उल्लेख गरेको झार को परिचय गर्न धेरैले खोजेको थियो/ मेरो काठमान्डू को घरको गमला मा अझै हुनु पर्छ/ अहिले अमेरिकामा पनि म सिट ali kati छ/

            म तेस्तै एउटा औषधि को कुरा उठौन्छु/ नेपालको खान पकाउन उहिला प्रयोग गरिने गोल पसल हरुमा एउटा कालो मल्हम पाईन्छ/ गोल जतिकै कालो/ त्यो मल्हम घाउ खटिरा बिग्रेर कुहिने सकेको अबस्थामा पनि ततिकै प्रभावकारी छ/ तर कसरि बनाउँछ त्यो भन्दैन/ तेस्तै काठमान्डू छात्र्पाती निशुल्क चिकित्सालय अगाडी उहिले भाई राम नकर्मी भन्नेको ज्यासल थियो/ उसको छोराहरु अहिले पनि छ/ उसले आगोले पोलेको औषधि बनाउने गर्थ्यो/ जस्तै नराम्रो सिट पोलेको भए पनि त्यो औषधि लागाय पछी छिटो निको पनि हुने दाग समेत नहुने/ भाई राम नकर्मी त् मरि सके तर उसको छोराहरु ले त्यो मल्हम बनाउन जान्छ/ तर अरु लाई सिकाउन्दैन/ त्यो औषधि प्रयोग नगर्ने त्यो टोलमा कमै होला/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • Samir

          मदन जी,
          तपाइको कुरा अपत्यारिलो छैन. हाम्रा वरिपरी तेस्ता कैयौ झारपात, जडीबुटीहरु हुन्छन, जसको उपयोगिता, फायदा हामीलाई थाहा हुदैन. आयुर्वेदिक र अन्य चिकित्सा विज्ञानमा धेरै पहिलेदेखि प्रयोग हुदै आएको आधारमा त्यसको गुण, अवगुण हेरी अगाडी प्रयोग गर्ने गरिन्छ तर त्यसको वैज्ञानिक अनुशन्धान भएको हुदैन. जस्तो- हर्रोबर्रो जडीबुटी उपयोगी छ भन्ने थाहा छ, धेरैले यसको विभिन्न रोगहरुमा प्रयोग पनि गर्छन तर यिनीहरुको उपयोगिता बारे अरु रासायनिक औषधिहरुको जस्तो अनुशन्धानहरु कमै भएका छन्. त्यसैले ति अनुसन्धानहरुको अभावमा एल्लोप्याथीमा त्यस्ता जडीबुटीहरु प्रयोग गर्न गाह्रो पर्छ.
          तपैले भन्नु भएको जोर्नी दुखाइको उपचार गर्ने झारमा कुनै NSAIDs (दुखाई कम गर्ने केमिकल) प्राकृतिक रुपमा भएको हुनसक्छ. त्यस्तै तपाइँले भन्नुभएको अर्को औषधि ‘Jawahar Mohra ‘ भन्ने युनानी उपचार पद्धतिको मुटुको रोगको उपचार गर्ने औषधि रहेछ. हेर्नुहोस – http://www.hamdard.com/unani.php?cat=149
          यस्ता उपचार पद्धतिहरु फरक फरक हुन्छन. जस्तै आयुर्वेदिक, युनानी, चाइनिज, प्राकृतिक आदि. तर मेरो विचारमा अरु उपचार पद्धतिहरुमा एल्लोप्याथीमा जस्तो वैज्ञानिक तरिकाले अनुशन्धान गरेर प्रमाणित भएपछी मात्र उपचारमा लागु गर्ने गरिन्छ जस्तो लाग्दैन. शायद बजेटको अभावले गर्दा होला.किनभने औषधि कम्पनि, सरकारले अल्लोप्याथीका अनुशन्धानहरुमा मात्र ठुलो बजेट खर्चर्ने गर्छ.
          अब प्रस्न उठ्छ यस्ता औषधिहरुलाई एल्लोप्याथी पद्धतिमा प्रयोग गर्ने कि नगर्ने? मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म एल्लोप्याथिक बाहेक अन्य उपचार पद्धतिको उपयोगितालाइ अविस्वास गर्दिन, तर अनुशन्धानहरुको अभावमा साधारण घरेलु उपचारहरु बाहेक अन्य जटिल असर गर्न सक्ने उपचारहरु प्रयोग गर्न सकिदैन. किनभने त्यसको नकारात्मक असर के पर्न सक्छ भन्ने थाहा हुदैन. र कुन उपचार पद्धति प्रयोग गर्ने भन्ने कुरा विरामीको अधिकारको कुरा हो, तर अर्को उपचार पद्धतीको प्रयोग गरेको कुरा आफ्नो चिकित्सकबाट लुकाउनु हुदैन, किनकि ति औषधिहरुले एक आपसमा प्रतिक्रिया गर्न सक्छन र नराम्रो असर पर्न सक्छ.

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

        • मदब जी मिल्छ भने त्यो औषधि मलाई पनि उपलब्ध गराइदिनुस् तपाइलाई कसरि सम्पर्क गर्न सकिन्छ ?

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • kiran hk

          madan bajracharya जी,
          तपाई अनुभवलाई बाड्नु भएको मा आभारी छु/ एउटा कुरा सोध्न मन लाग्यो, तपाइको घर नजिकै पाइने झार जसको पात खाएमा बात ठिक हुने त्यस झारको नाम थाहापाउन पाए हुन्थ्यो/

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • Luna

          मदन जी !
          तपाइले भन्नु भएको झार हो कि बिरुवा ( फूलको पात ) हो ?
          जोर्नी दुखेको आदि सन्चो हुने एउटा बिरुवाको नाम नेपालीमा ‘ घिउ कुमारी ‘ हो
          , अब यसलाई अग्रेजीमा के भन्छ त्यो त था भएन !
          कतै तपाइले भन्नु भ को यो पो हो कि ? कि अर्कै हो ? त्यो झारको नाम
          भनिदिनुस न तपाइँलाइ था छ भने , नभए फोटो मार्फत देखाउन मिल्छ कि ??
          प्लिज .

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

          • madan bajracharya

            sudhir jee r lunaa jee
            khai nepalima traanslesan nai hundain/ ke samsyaa ho maile bujhnai saken/ mitrharu tyo jhaar ko naam nai chhain/ bharatko “daawar” kampaniko baidya le samet thiyo/ mlaaee baat ko rog thiyo r yurik yasid dherai badhi thiyo/ daaktari aaushadhi dherai nai gare tar khaaunjel niko hune tar feri ultine garthyo/ daaktarle baat gaaut r yurik yasid ko rog yastai ho jindagi bhar aaushadhi khaanu parchh bhaneko thiyo/ tehi belaa mero shree matilaaee yeutaa 80 barshko jyaapule tyo jhaar laayaar diyeko thiyo r gharmai ropn bhaneko thiyo/ tapaaeen harulaaee thaah nai holaa newri kisaan jyaapuharu beskari raangaako maasu r jaand khaanchh bhaner/ tyo yurik ayasid badhaaune khaannaa nai ho/ tar tiniharu uhilaa tehi jhaar khaane garthe/

            tyo jhaar saayad ahile pani kaathmaanduko mero gharmaa umriyekai hunu parchh r m haal amerikaamaa chhun tar maile yaahaan pani alikati lukaayar lyaayeko thiyen/ m sit ahile amerikaamaa pani alikati baaki chh r yurik yasid badheko r baat gaaut baat haat dukheko mahasus bhayemaa umaaler khaanchhu r mahinau samm niko hunchh/ dherai khaan sakdain kin bhane sakiyelaa ki bhanne dar manmaa chh/

            maile tyo jhaarko naam pattaa lagaaun dherai kosis gare tar sakin/ testai khaalko jhaar aru pani chhan r yurik yasid r baat gaautko nimit khaayine garinchh/ tar maile prayog garne jhaar tyo bhandaa farak r prabhaakaari chhan/ malaae naam yaad bhayen, chhtrapati basne maanadhar tharko yeutaa nepali filmmaa hiro ko abhinetaa bat r yurik yasidko kaaran ubhin pani nasakne bhayekole tehi jhaar khaayeko thiyo r niko bhayo bhaneko thiyo/ sudhir jee nepalmaa hunu hunchh bhane sampark garnu bhaye hunchh r “binako” naam linus binaa mero shree matiko naam ho r usko didi parchh/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

            • पुष्प

              मदनजी,

              तपाईंको इण्टर्नेट कनेक्शन ढिला भएको हुनुपर्छ । किन कि यो ट्रान्सलेशन सेवा गुगलमार्फत् आएको हो; जसका लागि इण्टर्नेट कनेक्शन नभई हुँदैन र कहिलेकाहिँ इण्टर्नेट ढिला हुँदा काम नगर्न वा राम्ररी नगर्न सक्छ । हुन त अमेरिकामा ढिला हुनु नपर्ने हो । अर्को कारण तपाईंले प्रयोग गर्नुभएको ब्राउजरक हिस्टरी, कुकिज, क्यास आदि धेरै भएको अवस्थामा पनि यस्तो हुनसक्छ; एकचोटि यी सब ‘क्लियर’ गरेर हेर्नुस् ।

              यी सब उपाय पनि नभए सीधा http://www.google.com/transliterate/ मा जानुस्, बायाँपट्टि रहेको ‘ड्रपडाउन मेनु’मा नेपाली भाषा छनोट गरेर टाइप गर्नुस् । लेख्न सकिएपछि ‘कपी’ गर्नुस अनि चाहिएको ठाउँमा ‘पेष्ट’ गर्नुस् ।

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

              • madan bajrachraya

                पुष्प जी
                धन्यबाद/ हेर्नुस कहिले हुन्छ तर ४/ ५ मिनेट नेपालीमा लेख्न सकिन्छ अनि बिचैमा त्रान्स्लेसन रुक्छ र फेरी लेख्न घन्टौ कम्प्युटर निभाउनु पर्छ/ तेसो भएको कारण नया कम्प्युटर प्रयोग गर्दै छुन/ तर जस्ताको तस्तै/ भाएरस हरु छेक गराएँ पनि तर जस्ताको तस्तै/ मईसंसार्को रोमन बात नेपालीमा त्रान्स्लेसन त् काम्ने गर्दैन/ अब तपाईंले भनेको तरिकाले प्रयास गर्छु/ फेरी पनि धन्यबाद/

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

              • madan bajracharya

                pusp jee
                maile tapyin le bhannu bhayeko “http://www. google.com/ transliterate” maa klik gare/ tar tyahaan gogal ko “we are sorry …” … but your computer or net work may be sending autometic queries. To protect our users we cant’ process your request right now” bhanne mesej paaunchhu/

                i really dont know what is wrong in my brand new computer. it has maximum memory and with complete virus protection soft ware .

                please advise me.

                मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

            • kiran hk

              मदन जी,
              तपाइलाई धेरै धेरै धन्यबाद तपाइको testimony ले धेरै जनालाई प्रवावित तुल्याएको छ/
              तपाइलाई त्यो झारको नाम नेपालीमा थाहा नभए नेपालभाषामा त्योपनि नभए
              त्योझारको फोटो भयेनी यस ब्लोग्मार्फत जानकारी दिनुभए बातको धेरै भन्दा
              धेरै रोगीहरुले राहत पाउछन/

              मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

          • प्रकाश "वत्सप्रिय"

            लुना जी,
            त्यो झार घिउकुमारी नै हो भने त अंग्रेजीमा “aloe vira” हो |

            अरु त ठिकै हो यी सारा घरेलु औषधि मुलो तs लोप नै हुन् लग्यो नि, बाजे बराजु संग सिकेको भए हुन्थ्यो, तर अचेल सबै लाई नयाँ “लोकतान्त्रिक” पद्धति बाट चाहिन्छ | “ओल्ड इज गोल्ड” भन्ने कुरा बुझे नयाँ पिढीलाई राम्रो हुन्थ्यो ||

            मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

            • सन्तोष

              पर्वततिर त्यो झारलाई “टोप्रे झार” भनिन्छ. थाहाछैन काठमाडौँ मा के भन्छन. ललितपुरको इमाडोल कमलपोखरी, चापागाउँ, ठेचो तिर अझैपनि पाईन्छ.

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • कृष्ण कडरिया

    कस्तो उत्कृस्ट लेख, धन्यबात मेरोसंसार , डा. प्रसाईं , लुना , फविन. येस्ता अनमोल घरेलु औषधिहरुको बारेमा हप्ताको कुनै एक दिन दिन पाय अझ राम्रो. के विचार छ मेरोसंसार ?
    कृष्ण कडरिया

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

  • कुरो त राम्रो गर्नु भयो तर यो बिदेशमा तरकारी मा हाल्नको लागी १ चम्चा बेशार पाउन गारो भाको बेला बिहान बेलुका १ २ चम्चा बेसार दुधमा राखेर कसरी खानु?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 21

  • raju

    एकैछिन भए पनि वाक्क लाग्दो राजनिती भन्दा फरक लेखमा भुल्न पाउँदा माईसंसार लाई धेरै धेरै धन्यवाद र साथ साथै शीलाजी लाई लाल सलाम, अनि प्यारो मित्र बेसार लाई सस्टांग दण्डवत!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

  • पुष्प

    बेसारमात्र होइन, अदुवा, लसुन, जिरा आदि अनेकथरि मरमसाला र हर्रो, अमला आदिजस्ता फलफूलहरूको उपयोगिताका बारेमा हामी नेपालीलाई साधारण जानकारी भएकै कुरा हो । विज्ञानले पनि यस्ता कुरामा अनुसन्धान गर्नु खुशीको कुरा हो ।

    शायद जीवनजी पीएचडी डाक्टर पर्नुभो; होइन भने रासायनिक औषधी सिफारिश गर्ने डाक्टरसाबहरूले यस्ता कुरा गर्नु उहाँहरूको व्यवसायिक धर्मविपरीत पर्छ क्यार ! जे भएनि जीवनजीलाई धन्यवाद । बिरामीका डाक्टरसाबहरूले पनि यस्ता साधारण, प्राकृतिक र घरेलु औधषी-उपचारका विषयमा प्रचार-प्रसार र आफ्ना बिरामीहरूलाई जानकारी गराएमात्र पनि अस्पतालहरूमा अलि कम घुइँचो हुनेथियो कि !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

    • Samir

      पुष्प जी,
      तपाइँको एउटा कुराको म समर्थन गर्छु र एउटा को खण्डन गर्छु. बेसार, अदुवा, लसुन आदि मसला का फायदा हामि मध्ये धेरै लाइ थाहा छ. विज्ञानले यस सम्बन्धि अध्ययन गर्नु धेरै नै राम्रो कुरा हो. तर यस्ता प्राकृतिक उपचार को, घरेलु औषधि को सल्लाह दिनु एल्लोप्याथिक डाक्टर (तपाई को शब्द मा ‘रासायनिक औषधि सिफारिश गर्ने डाक्टर’) हरुको व्यावसायिक धर्म विपरित चाहि पक्कै पर्दैन. अनुसन्धान हरु बाट प्रमाणित नभएसम्म ठुलो संख्या मा विरामी हरु को उपचार मा त्यस्तो कुरा लागु गर्न सकिदैन, त्यसैले प्राय ले यस्ता सल्लाह दिदैनन. तैपनि कतिले आफ्नो व्यक्तिगत अनुभव का आधार मा, देखेको बुझेको आधार मा घरेलु उपचार को सल्लाह पनि दिराखेका हुन्छन.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

      • पुष्प

        समीरजी,

        रुघा-खोकी, ग्याष्टिक आदिमा अतिउपयोगी सदियौदेखि चल्दै आएको प्राकृतिक उपचार विधि सिफारिशका लागि कुनै अनुसन्धान हुनैपर्छ जस्तो लाग्दैन । अझ रोग लाग्नुभन्दा रोग लाग्नै नदिन यस्ता मरमसाला र ‌फलफूलहरूको सेवन गर्नु अझै राम्रो हो ।

        हामी धेरैलाई यस्ता प्राकृतिक घरेलु औ‌षधि-उपचारका विषयमा जानकारी छ; यसका लगि डाक्टरले नै भनिरहनुपर्छ भन्ने लाग्दैन । तर अहिलेको वैज्ञानिक युग र भागदौडको युगमा मानिसहरू रोग लागेमा छिटोभन्दा छिटो निदान चाहन्छन् र ‌रासायनिक औषधि सेवनलाई प्राथमिकता दिन्छन् र डाक्टरहरूको मा धाउँछन् । नयाँ पीढिहरूलाई त घरेलु औषधि-उपचारका विषयमा खासै ज्ञान पनि हुँदैन । यस्ता विषयमा डाक्टरहरूले नै जानकारी गराउने हो भने अझ बढी प्रभावकारी हुनेथियो । कतिपय डाक्टरहरू यस्ता हुन्छन् कि घरेलु औषधी सेवन गरेको कुरा भन्यो भने उल्टै हकार्छन् ।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Jillabashi Baburam

    डा. प्रसाइलाई धेरै-२ धन्यबाद- एकदमै उपयोगी लेखको लागि! फविन र लुनालाई पनि धन्यबाद थप जानकारीको लागि!

    नजीकको तीर्थ हेला भनौं या कस्तुरीमृगले आफ्नो नाभीमा भएको कस्तुरीबाट निस्केको बाशनाको श्रोत थाहा पाउन जंगल चहारेको जस्तै भनौं- आफ्नै घरको करसा, बलेनी मा फल्ने हलेदो र आफ्नै भान्सामा हुने बेसारको महत्व नबुझेर हो या नपत्याएर हो हामी अन्य औषधीको खोजीमा हुन्छौं!

    बर्षेनी मलाई मार्च, एप्रिल महिनामा खोकीले पेल्नु पेल्छ ! ओक भन्ने रुखको परागकण (pollen) हावामा छरिएको कारणले हुने एलर्जी (आच्छिउ, सिघान) बिस्तारै भयानक खोकीमा परिणत हुन्छ बर्षेनी! एन्टी हिस्तामिंनहरु Allegra, Claritin, Zyrtec जस्ता गोलीले नाक र आँखा लाई ठिक पारे पनि खोकीलाई छुन सकेनन!

    त्यसैले खोकीको लागि बेसार, ज्वानो पानी यदाकदा पिउने नगरेको पनि होइन तर अलि नियमित भएन होला! मह राखेर अदुवा चिया पिउन शुरु गरेको २ मैना जस्तो भयो!

    अब डा. प्रसाइले भने जस्तै बेलुका सुत्ने बेलामा २ चम्चा बेसार तातो पानीसंग घोलेर
    सुत्ने बेलामा पिउने प्रण गर्दैछु!

    थप सुझाबको अपेक्षामा!

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

  • कस्तूरी

    नेपालीहरुले परम्परादेखि प्रयोगमा ल्याएका अदुवा, लहसुन,बेसार,जिरा, मेथी,धनिया,ज्वानू आदिको स्वास्थ्यका दृष्टिले उच्च मूल्याङ्कन गरिन्छ तर यिनीहरुको फाइदा-बेफाइदाको वैज्ञानिक विश्लेषण अझै हुन सकेको छैन।हामी नेपाली कति सरल छौं कि जसले स्वास्थ्यका बारेमा जे सिफारिस गर्यो त्यसको कार्यान्वयन गर्न थालिहाल्छौं।हुन त आयुर्वेदमा पनि भनिएको छ-
    “मातरि पितरि पुत्रान् बान्धवानपि चतुर:
    अथैतानपि शंकेत वैद्ये विश्वासमेति च।।”
    “मान्छे- माता,पिता,पुत्र, बन्धु आदिप्रति सशंकित हुन सक्छ तर चिकित्सकप्रति यति विश्वास गर्छ कि उसले आफ्नो सम्पूर्ण जीवन सुम्पिदिन्छ।” त्यसकारण औषधी सिफारिस गर्ने व्यक्तिको ठूलो जिम्मेवार हुन्छ-उसको इमान्दारीतामा।यहाँ डाक्टर साहेवले बेसारका बारेमा दिएको ‘केही’ महत्वपूर्ण जानकारीका लागि धन्यवाद दिने पर्छ तर अझ ‘पूर्णता’ को आसा गरौं।

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Jillabashi Baburam

      पूर्णता तपाइको मन्त्री मण्डललाई मिलोस,
      म त हिंडे भान्सातिर बेसार फिट्न,
      लसुन, अदुवा थिच्न,
      तुलसीको पात निचोर्न,
      मेथी र ज्वानो पिस्न!

      ६ ग्राम (एक् चम्चा )बेसारमा-

      हाम्रो शरीरलाई दैनिक चाहिने कुरामध्ये-
      >१६% फलाम (रगत बनाउने )

      >२६% म्याग्निज (हड्डीको स्वास्थ- बात आदि//; थाइरोइद् ग्ल्यांडबाट निस्कने
      थैरोक्सीन भन्ने हर्मोनको उत्पादन जसले रोग्प्रतिरोध क्षमता बढाउछ;// सुजन (inflamation), इन्फेच्शनको रोकथाम आदि)

      > ६% भिटामिन बी-६ (रोग प्रतिरोध)

      > ५% पोटासियम (मुटु, स्नायु र माम्सपेसीमा चाहिने तरल पदार्थको सन्तुलन, रक्तचापमा नियमितता ल्याउने)
      > ३३ मिलिग्राम ओमेगा-३ र ११४ मिलिग्राम ओमेगा-६ बोसे अम्ल
      (दिमाग/स्मरणबर्ध्दन , अल्झाइमर रोगलाइ लखेट्ने )

      आदि….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

  • Shishir Cd. Bastakoti

    नेपाल मा नेपाली हरु खाने पानी को कारण र दुर्घटना बाट मात्र धेरै बिरामी हुने , मर्ने गर्छन, होइन भने हाम्रा हरेक जस्ता खान हरु जडिबुटी युक्त छन्, जस्ले हामीलाई विभिन्न रोग हरु बाट बचाई राखेका छन् /

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  • Milan Kanchha

    लेख राम्रो लाग्यो| अनि हप्तामा एउटा स्वास्थ्य सम्बन्धि ब्लग राख्ने प्रस्ताब पनि मन पर्यो | जिउ बिसन्चो भएको बेलामा मलाई नेपालमा आमाले ‘हलुजा’ (बेसर हालेर पकाएको भात) पकाएर ख्वाएको याद आयो यो लेखले| अमेरिका मा पनि मलाई कहिले कहिँ बेसंचो भयो भने अहिले पनि हलुजा खाने गर्छु.| कहिले कहिँ अमेरिकन डाक्टर को औसधि नै लाग्दैन|
    मेरो यौटा प्रश्न. के पकाएको बेसारको असर फरक हुन सक्दैन ?

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  • Basanta Thapa,Maryland,USA

    बिस्वको हरेक कुनामा रहने जो सुकै लाइ पनि उपयोगी हुने बेसार बारे जानकारी दिने डा. जिबन र माईसन्सारलाइ मुरी मुरी धन्यबाद \

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  • जानकारीको लागि धेरै-धेरै धन्यबाद डा.सा’प।

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  • अत्यन्तै जानकारी मूलक लेख .
    डा . सा’ब लाइ धेरै धेरै धन्यबाद . माइसंसारलाइ पनि धन्यबाद आफ्ना पाठकहरुको
    लागि हितमूलक लेख राख्नु भ को मा .

    खानाको माध्यम बाट बेसारको प्रयोग : दाल -, सुप – तरकारी – अचार -आदि तथा फ्राई भात – चाउमिन आदिमा गरिन्छ / गर्नु पर्छ

    रुघा खोकी लाग्दा बेसार पानि उमालेर पिउदा सन्चो हुन्छ .

    हल्का ज्वरो आउदा बेसार – जिरा ( नपिनेको सिङ्गो जिरा ) – अदुवा – थोरै नुन या
    बिरेनुन तातो पानीमा उमालेर पिउदा सन्चो हुन्छ / आराम मिल्छ .

    चिसो लागि पेट दुख्दा या अपच भएर पेट दुख्दा – बेसार – टिमुर – बिरेनुन – काचो लसुन टुक्राएर पानीमा उमाली पिउदा सन्चो हुन्छ .
    ( दिन मा ३-४ पटक खानु पर्छ औसधिको रुपमा हो भने )

    पखाला लाग्दा थोरै चामल – बेसार – थोरै नुन राखी अत्यन्तै पातलो गरी उमालेर ( पातलो जाउलो बनाइ ) पिउनाले पखाला ठप्प रोकिन्छ । ( यो यसरी दिनको २-३ पटक खानु पर्छ )

    गाउ घर तिर खुट्टा माटो / हिलोले खायो भने ( माटो- हिलोमा भएका कितानुले प्वाल पारेर खुट्टाको औलाको काप- कापमा घाउ बनाउछ ) त्यस्तो अबस्थामा
    बेसार र तोरीको तेल मुछेर घाउमा लगाउदा बिसेक हुन्छ ( २-३ दिन क्रमश लगाउनु पर्छ )

    काटेको या पाकेको घाउमा बेसारको धुलो छर्के घाउ बिसेक हुदै जान्छ ( यसरि बेसार को धुलो छर्ने क्रम दिनको २-३ पटक गर्नु पर्छ र हरेक पटक घाउ तातो पानीले पखाल्नु पर्छ अनि बेसारको धुलो छर्नु पर्छ )

    अनुहार लाइ सफा – मुलायम राख्नु मन लागे हप्तामा २ पटक बेसारको लेदो अनुहार
    भरि लगाउने – करिब १ घण्टा जति अनुहार मा राखे पाछी अनुहार मन तातो पानीले पखाल्ने ( बेसन भए बेसन मार्फत पखाल्ने )
    अब अनुहार मात्रै होइन पुगे जिउ भरि लगाए त्यो झनै best .

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

  • manish

    मेरो त भाडाकुडा , बेसार राख्ने ठाउँ , खाना पकाउदा लगाउने कपडा सबै पहेला भएपछी बेसार चलाउन छोडी रंथे अब फेरी सुरु गर्छु बेसार चलाउन तेसो भए |
    मनिष

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

  • Deeban Das

    Dr. Prasai. encouraging लेख भएतापनि University of Alabama को prof. को लेख जस्तो चाही लागेन है / Sorry about that. You did not even provide a single citation. Sorry dude. It is so disappointing………..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 24 Thumb down 59

    • Jillabashi Baburam

      दीबन दास जी,
      अर्थशास्त्रमा नेबेल पुरस्कार पाउने प्रिन्सटन का पल क्रुग्मनलाई
      नोबेल पुरस्कार पाउनु भन्दा पहिला उनका पियर हरुले एस्तो
      सर्वसाधारणले बुझ्ने भाषामा लेख्छ भनेर उल्ल्याउथे रे!
      उनले नोबेल पुरस्कार पाउनु पर्ने अनेक कारणमध्येमा उनको सरल लेखाइलाई
      पनि तारिफ गरिएको थियो भन्ने सुनेको थिएँ!

      यो ब्लग हो, सर्वसाधारण नेपालीलाई सुचित गर्ने; पियर रिविउड़ जर्नल होइन!
      साइटेसन हेर्नु मन छ भने हातमा कफी लिएर लाइबेरी भित्र छिर्दा कसो होला!
      यो ब्लग नै किन चाहियो र!
      Beauty is in the eye of beholder! Your attitude determines your attitude!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 84 Thumb down 6

      • Jillabashi Baburam

        “altitude” हुनुपर्ने अन्तिम शब्द!

        अनि यति राम्रो, उपयोगी लेख त्यो पनि निशुल्क उपलब्ध गराउने
        डा. प्रसाइको योगदानलाई धन्यबाद सम्म पनि लेख्न कन्जुस गर्ने
        हामी टनटे भलाद्मीहरु!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 6

    • sanu

      दास जी ..ब्लग मा सुझाव दिदा Citation को अवास्क्यकता पर्दैन. माईसंसार एउटा विचार आदान प्रदान गर्ने थलो हो यहाँ जर्नल पेपर जस्तै Citation गरिरहनु पर्दैन. त्यस माथि डाक्टरसाबले Pub मेड मा Curcumin बारे खोज्दा ११०० सम्म पपेर भेत्तिएको भन्नु भएकै छ..दासजीले चाही पुरा नपढेरै कमेन्ट दन्काए जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • yog, Netherlands

      Deeban Das ज्यु, तपाइको मानसिकता प्रति मेरो हार्दिक सहानुभूति छ. भगवान ले तपाइलाई सद्बुद्धि प्रदान गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • Gemmi

      अलि बढी नै भयो दीबन जी | जानकारीमुलक लेखको रुपमा ब्लगमा राखिएको लेखमा किन सन्दर्भ-सुची खोजेको भन्या?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  • आफ्नो बिज्ञापन पो गरेको रहेछ संपर्क गर्ने ठाउँ दिएर कोहीले दबाइ रत्नपार्कमा बसेर बेच्छन कोही माइ संसार धाउन थाले
    बिक्रम के,सी

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 86

  • Shree Basanta New Zealand

    बेसारको बहुपछयीय उपयोगिता बताइदिनु भएकोमा डाकटर साहेबलाइ धन्यबाद | क्यान्सर, घुंडा दुख्ने आदि रोगमा फाइदा गर्ने भन्ने चाहि थाहा थिएन | यस्तै माध्यमबाट त नौलो कुरो थाहा पाइन्छ | तर दुखको कुरो हाम्रा तिर शुद्ध बेसार पाइन्न बजारमा | शुद्ध बेसार लिन गाउँ तिर पस्नु पर्छ | विदेशमा पनि बेसारको प्रयोग बढेको छ | सबै जसो ग्रोसरी पसलमा बेसारको पोका किन्न पाइन्छ | फविनजी र लुनाजीले पनि थप जानकारी दिनु भएकोमा धन्यबाद | हाम्रो गाउँतिर मान्छे, बस्तु ,चराचुरुंगी ,कुकुर जे लाइ पनि घाउ चोटपटक लाग्दा तेल बेसार को लेप लगाउने गरिन्छ जुन साँच्चै ठुलो औसधि रहेछ | तर एउटा कुरो के भने हामि कुनै कुराको फाइदा देखाउन
    अल्सर देखि क्यान्सर सम्म निको नै गर्ने भनी प्रचार गर्छौं सबै उमेर सबै स्थितिको मान्छेलाइ सबै अबस्थामा फाइदा नगर्न पनि सक्छ त्यसैले यसको अपबाद अर्थात यो यो अबस्थामा चाहि बेफाइदा पनि गर्न सक्छ है भन्ने सुझाब पनि हुनुपर्छ |

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

  • अति नै उपयोगी लेख, यसै गरि हाम्रो वर पर हुने जस्तै अदुवा, तुलसी, बोझो,रुदिलोको पात,हलेदो, इत्यादी को उपयोग बिधि र फाइदा को बारेमा पनि जानकार व्यक्ति हरु बाट लेख प्रस्तुत हुनु पर्ने आवश्यकता महसुस गरेको छु । हाम्रो नेपाल मा लाखौ यस्ता जडिबुटी हरु छन् जसको पहुँच सरल र महत्व अकल्पनीय छन् । तर तिनीहरु को महत्व र उपयोगिता को बारेमा जानकारी नहुदा यस्ता अमुल्य अमृतहरु कहिँ सडेर गैरहेका छन् कहिँ कौडीको भाउमा बिक्दै छन् । जान्ने हो र बुझ्ने हो भने हाम्रो घर दैलो वरी परि नै हाम्रो लगभग सबै स्वाश्थ्य संग सम्बन्धित समस्याका समाधान हरु रहेका छन् ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

  • Dataram

    एउटा अर्को सम्बन्धित कुरा | उहिले हाम्रा विद्वान ऋषि मुनिहरुले विभिन्न किसिम मसलाहरुमा अनेक प्रकार का रोग निरोधक तत्व हरु पाए | ती मसलाहरू त्यसै खाँदा बेस्वाद हुने र मानिसहरुले खान मन नगर्ने भएकोले तिनीहरुलाई खानेकुरा – खासगरी तरकारी – संग प्रयोग गर्ने विधिको विकास गरे | तिनै मसलाहरू – जस्तै जिरा, धनिया, मरिच, बेसार – हामी दैनिक प्रयोग गर्छौं | जसले गर्दा एक त खाना स्वादिष्ट भयो भने अर्कोतिर स्वास्थ्य लाई पनि फाईदा पुर्यायो | मैले चाँही यो कुरा ‘अरे’ भनेर सुनेको | कसैलाई जानकारी भए प्रकाश पारी दिनु हुन्थ्यो कि ?

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

  • suman

    हो एस्तो लेखा पढ्न पाउदा मननै हरर भएर आयो

    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

  • मुखमा dandifor आयो या तपाईको छाला चीलाउने वा घाउ आउन थाल्यो भने बेसार को लेपन लगाई ७-१० मिनेट पछी सफा मनतातो पानीले राम्ररी धुनुहोस्! येसले तपाइको छालामा सकारात्मक परिवर्तन देखाउछ………….:-)

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

  • Prakash_USA

    “आउनुहोस् आजैबाट शुद्ध बेसार करिब १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग लिऊँ, अनि रोग मुक्त होऊँ।”

    साएद यसरि निश्चित का साथ् लेख लेख्ने तपाई पहिलो लेखक जस्तो लाग्यो } अमेरिका मा बसेर यसरि सर्बजिनक रुप मा gurantee दिदै लेख लेख्दा फेरी कसैले तपाई ले भने झैँ १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग खाला र रोग निको नभए पछि तपाई लिए सु गर्ला र तपाई को सम्पति ले नपुग्ने गरि छ्यति तिर्नु पर्ला नि | अर्को कुरा संसार मा सबै भन्दा मुटु रोगि south एसियन हुन् जबकी हामी हरु नै संसारमा सबै भन्दा बादी बेसार खाने गर्छौं } एस्तो सर्बजिनक रुप मा लेख लेख्दा gurantee गर्नु धेरै danger कुरा हो. | एस्तो कुरा मा होस् नापुराएको देख्दा कि त तपाई अमेरिकन कानुन प्रति नया हुनुहुन्छ जस्तो छ वा तपाई को research मा समस्या छ |

    तपाई लै थाहा नै होला नि | Cereal कम्पनी हरु ले Cereal ले मुटु राम्रो गर्छ भनेर बिज्ञापन गरेको मा हालै FDA ले सबै बिज्ञापन लै बन्द गर्न लगाएको थ्यो | र आहिले Cereal कम्पनी ले बिज्ञापन र lebel बाट मुटु लै राम्रो गर्छ भन्ने संदेश झिकेका छन् ?

    फेरी गजब त के लfग्यो भने सदै antibiotic खाएमा यस विरुद्ध bacteria ले resistance paida garchha र झन् नराम्रो MRSA, VRE जस्ता रोगि हरु पैदा गर्छा | Dr. जस्तो भएर येस्ता कुरा मा ध्यान नदिएर अमेरिका मा बसेर येस्ता लेख लेख्नु भन्दा पैहिले राम्रो संग सोच्ने कि ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 13

    • Dibas Sharma

      प्रकाश जी तपाइलाई अमेरिका को ठुलो घमण्ड रयछा . लेख राम्रो संग पढ्नु होला . लेखले खादा राम्रो भन्ने संदेश दिन्छ . पुरै राम्रो संग नपढी यस्तो सस्तो कमेन्ट लेख्नु भयको तपाई प्रति दया लग्यो . प्रकाश जी यदि अन्यथा मनु हुन्न भने राम्रो कुरा लै प्रोत्सहन गर्न किन चुक्नु हुंछा . अमेरिका ले नजानेका, विज्ञानले नजानेका र पस्च्मीले नजानेका धेरै कुरा छन् . विज्ञानले नजानेका थेरै कुरा अझै प्रकाशमा आउन बाकी छ .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

  • Bibekanand Pandey

    ओहो!!!बेसार त यति राम्रो चिज पो रैछ !आफ्नै गाउँ ठाउँ मा सजिलै उपलब्ध हुने कुरा पनि ज्ञान को कमीले “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई …………..” भएकोले लाभ लिन सकिएको थिएन /जानकारी को लागि लेखक र माई संसार लै धेरै धेरै धन्यवाद /राम देव को योग को प्रसारण मा सुनेको त थिएँ तर वास्तै गरेको थियिन दुध र बेसार को कुरा /जे होस् अब चाही प्रयोग गर्नु पर्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

  • sangita

    डाक्टर साहेबको लेख राम्रो छ तर आम लेखकहरुले झै उहाले पनि श्रोतहरु (reference) लेख्न छुटाउनु भएको छ/ तसर्थ लेखको बिश्वसनियेता माथि प्रश्न उठ्नु शोवोभाबिक्नै हो/ आउदा दिनहरुमा reference लेख्न छुटाउनु हुन्न होला भन्ने आशा राख्दछु/ कमसेकम यहाँहरु जस्तो विद्वानहरुको लेखमा त्यो हाम्रो अधिकार्नै हो जस्तो लाग्छ/

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

  • bikas gurung

    अरु बेलामा मसला भए पनि धेरै खोकी लागेको बेलामा चै अमृत नै हो
    तर होसियार मित्र हरु बेसर टाउकोमा पर्यो भने कपाल फुल्छ
    विकास गुरुङ

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  • धेरै राम्रो जानाकारी ।।।।। तर हाम्रा बुढा पुराना लाइ पनी यो कुरा थाहा थियो । उनिहरु ले पढन परेन जिजुबा हात्ती जस्ता, हजुरबा साढे जस्ता, बा ठिकै र म लोरो जस्तो तर छोराले इन्जेकसन हानि हानि जिम गर्छ के यो फेरी जिजुबा बन्न सक्ला त ? बिज्ञान ले धेरै चिज पत्ता लगायो जसले गर्दा आज हामी कम्फरटेबल भयको अनुभब गछौ तर के हामी सुखी छौ? विन्दाश छौ ? जति हाम्रा जिजुबा थे ? कदापि छैनौ किनकी उनिहरुले भगवान लाई विसवास गर्थे हामले सङ्का गछौ। हामिहरु जति कुरा पत्ता लगाय पनि कुरो तै हो । तर अब समय फर्रकिदैन मान्छेको मन रोकिदैन हामि जति बुझ्दै जान्दै जान्छौ तेती टेनसन बढाउदै जान्छौ र सुक्दै जान्छौ।

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

  • Luna

    अत्यन्तै जानकारी मूलक लेख .
    डा . सा’ब लाइ धेरै धेरै धन्यबाद . माइसंसारलाइ पनि धन्यबाद आफ्ना पाठकहरुको
    लागि हितमूलक लेख राख्नु भ को मा .

    खानाको माध्यम बाट बेसारको प्रयोग : दाल -, सुप – तरकारी – अचार -आदि तथा फ्राई भात – चाउमिन आदिमा गरिन्छ / गर्नु पर्छ

    रुघा खोकी लाग्दा बेसार पानि उमालेर पिउदा सन्चो हुन्छ .

    हल्का ज्वरो आउदा बेसार – जिरा ( नपिनेको सिङ्गो जिरा ) – अदुवा – थोरै नुन या
    बिरेनुन तातो पानीमा उमालेर पिउदा सन्चो हुन्छ / आराम मिल्छ .

    चिसो लागि पेट दुख्दा या अपच भएर पेट दुख्दा – बेसार – टिमुर – बिरेनुन – काचो लसुन टुक्राएर पानीमा उमाली पिउदा सन्चो हुन्छ .
    ( दिन मा ३-४ पटक खानु पर्छ औसधिको रुपमा हो भने )

    पखाला लाग्दा थोरै चामल – बेसार – थोरै नुन राखी अत्यन्तै पातलो गरी उमालेर ( पातलो जाउलो बनाइ ) पिउनाले पखाला ठप्प रोकिन्छ । ( यो यसरी दिनको २-३ पटक खानु पर्छ )

    गाउ घर तिर खुट्टा माटो / हिलोले खायो भने ( माटो- हिलोमा भएका कितानुले प्वाल पारेर खुट्टाको औलाको काप- कापमा घाउ बनाउछ ) त्यस्तो अबस्थामा
    बेसार र तोरीको तेल मुछेर घाउमा लगाउदा बिसेक हुन्छ ( २-३ दिन क्रमश लगाउनु पर्छ )

    काटेको या पाकेको घाउमा बेसारको धुलो छर्के घाउ बिसेक हुदै जान्छ ( यसरि बेसार को धुलो छर्ने क्रम दिनको २-३ पटक गर्नु पर्छ र हरेक पटक घाउ तातो पानीले पखाल्नु पर्छ अनि बेसारको धुलो छर्नु पर्छ )

    अनुहार लाइ सफा – मुलायम राख्नु मन लागे हप्तामा २ पटक बेसारको लेदो अनुहार
    भरि लगाउने – करिब १ घण्टा जति अनुहार मा राखे पाछी अनुहार मन तातो पानीले पखाल्ने ( बेसन भए बेसन मार्फत पखाल्ने )
    अब अनुहार मात्रै होइन पुगे जिउ भरि लगाए त्यो झनै best .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 7

  • डाक्टरसाहेबले एउटा कुरा उल्लेख गर्नु भुल्नु भयो- हेर्दा पनि बेसार नहालेको भन्दा बेसार हालेकै खाने कुरा खाउ खाउ लाग्ने देखिन्छ ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

  • sudarshan

    हो बेला बेला मा येस्ता स्वास्थ संग सम्बन्धित सामग्री पढ्न पाइयोस , मलाई त लाग्छ हप्ता मा एक पटक स्वास्थ संग सम्बन्धित सामग्री प्रकाशित होस्
    नेपाल को रोगि राजनीति भन्दा बरु येस्तई बेसार को महत्वो सम्बन्धि कहानी बेस !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 2

  • फविन

    स्वास्थ्यको लागि बेसार

    v बेसारमा पर्याप्त मात्रामा फलाम तìव बढी हुने भएकाले रक्त निर्माणमा मद्दतगार हुन्छ । जसलाई रगतको कमी छ, उसले दिनहुँ १ चम्चा शुद्ध बेसारलाई १ चम्चा महमा मिलाएर खाँदा फाइदा पुर्‍याउँछ ।

    v बेसारमा विषनाशक गुण पनि मौजुद छ । यदि कुनै विषालु कीराले टोकेमा बेसारको लेप बनाएर हल्का तातो पारी टोकेको ठाउँमा लगाएमा फाइदा गर्छ ।

    v यदि दम रोगबाट पीडित छ भने दूधमा बेसार मिलाएर -१ गिलास दूधमा एक चिया चम्चा बेसार) बिहान बेलुका पिएमा १५/२० दिनमा यसको असर देखापर्छ । भने यसको प्रयोगले पुरानो खोकी र ब्रोन्काइटिस जस्ता रोगलाई पनि फाइदा पुर्‍याउँछ ।

    v दाँतको पहेँलोपन र पायरियालाई भगाउनका लागि बेसारमा सिँधे नून र सस्र्युंको तेल मिलाएर दाँत माझेमा निको हुन्छ ।

    v रुघा खोकी मा १ गिलास मन तातो दूधमा २ चिम्टी बेसार तथा १ चिम्टी मरिचको धूलो मिलाएर पिउँदा निको हुन्छ । यस्तै रुघाको प्रकोप बढी छ र आँखा नाकबाट पानी आउँछ भने दूधलाई तातो पारी बेसारको धूलो अलिकति राखेर सेवन गर्नाले निकै फाइदा गर्छ ।

    v काँचो बेसारलाई पिंधेर मह अथवा अमलाको रससँग सेवन गर्नाले मधुमेह र प्रमेह रोगमा अति लाभदायी सिद्ध भएको छ ।

    v चिसो पारेको बेसारको लेदो मुखको अल्सरमा प्रयोग गरे निको हुन्छ ।

    v काँचो बेसारलाई कागती र नूनसँग मिसाएर प्रतिदिन सेवन गर्नाले रगत शुद्ध र सफा हुन्छ ।

    v असाध्यै टाउको दुख्यो भने पानीसँग मिसाएको बेसारको लेप लगाउनाले केही फाइदा गर्छन् ।

    v बेसारमा नून र सस्र्युंको तेलसँग मिसाएर मन्जन गर्नाले दाँत मजबुत हुनुका साथै दाँतको विकार हटाउन सहायक हुन्छ ।

    v ग्यास्ट्रीक भएमा तातो पानीसँग बेसार मिसाइ दिनहुँ पिउने गरेमा वायु कम हुँदै जान्छ ।

    v पेटको वायु नचल्ने, पेट फुल्ने वा हल्का पेट दुखिरहनेका लागि खरानी र बेसारलाई सफा पानीमा मिलाई खायो भने फाइदा गर्छ ।

    कागतीको हरियो पात, नून, पानी र बेसारलाई राम्ररी पकाइ मुख कुल्ला गरेमा स्वर खुल्दछ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 5

  • एस लेखको लागि धेरै धेरै धन्येबाद छ लेखकलाई /

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

  • sheela

    Mysansar ले यति उपलब्धि मूलक अनुसन्धानमा आधारित लेख प्रकासित गरेर फेरी एकपटक हामी पाठक हरुलाई गुण लगायो/ यो बेसार सम्बन्धि लेख पढ्न छुटेको भए खत्तम हुने रे’छ/
    डा. जीवन प्रसाई र mysansar दुबैलाई मुरी-मुरी साधुबाद!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 6

  • हो, मा पनि रुघा खोकी लागेको बेलामा बेसर पनि उमालेर पिउने गर्दछु!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 6

eXTReMe Tracker