
फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल कै सबैभन्दा ठूलो फोटो प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट फोटोहरुको घोषणा आज भयो। कुन फोटो राम्रो, कुन ठीक, कुन झुर- त्यो हेर्नेको आँखामा भर पर्ने कुरा हो। करिब छ सय जना सौखिन र व्यवसायिक फोटोग्राफरहरुबाट प्राप्त झण्डै पाँच हजार फोटोलाई छान्नु चानचुने काम थिएन। निर्णायकहरुले त्यसमध्येबाट १४३ वटा उत्कृष्ट फोटो छानेर त्यसमा पनि विभिन्न विधाका उत्कृष्ट फोटो चयन गरेका थिए। एउटा फोटोलाई वर्षको सर्वोत्कृष्ट घोषणा गरिएको थियो र एक लाख रुपैयाँ बराबरको पुरस्कार दिइएको थियो। माथिको फोटो त्यो एक लाख जित्ने सर्वोत्कृष्ट फोटो हैन। तर मेरो मनलाई भने चसक्क पारेको फोटो हो यो। एकछिन टक्क अडिएर धेरै सोच्न बाध्य बनाउने छ यो फोटो। समाचार विधातर्फ पहिलो पुरस्कार पाएको यो फोटो कपिलदेव खनालले खिचेका हुन्।
फोटोमा माध्यमिक विद्यालयका यी विद्यार्थीहरु समूहमा तुइनबाट त्रिशुली नदी तर्दैछन्। उनीहरुको बुद्दसिन गाउँमा माध्यमिक विद्यालय नभएकोले दिनहुँ दुई पटक यसरी तुइन तर्नुपर्ने बाध्यता रहेछ।

माथिको फोटो भने पर्यटन विधा अर्थात् नेपाललाई चिनाउने, नेपालको प्रवर्द्धन गर्ने फोटोहरु मध्ये उत्कृष्ट ठहरिएको हो। यसलाई लमजुङमा रमेश तामाङले खिचेका रहेछन्।

प्रकृति र वन्यजन्तु विधामा पहिलो ठहरिएको यो फोटो काठमाडौँमा राजेन्द्र मानन्धरले खिचेका हुन्।

एक पल्ट म पनि तुइनमा यसरी नै झुण्डिएको थिएँ। निकै गाह्रो भएको थियो मलाई। मेरो त्यो रहरमात्र थियो। दार्चुला, राप्लाकी यी महिलाको त बाध्यता हो यसरी तुइनबाट महाकाली नदी तरेर बजार जानु। दैनिक जीवन विधातर्फ उत्कृष्ट भएको यो फोटो विक्रम गिरीले खिचेका हुन्।

र, यो फोटो चाहिँ प्रतियोगिताका लागि प्राप्त कूल ४ हजार ९ सय ८९ वटा फोटो मध्ये सबैभन्दा राम्रो ठहरिएर एक लाख पुरस्कार जितेको फोटो हो। चाबहिलको पशुपति क्याम्पसमा प्रहरी र विद्यार्थीबीच भएको झडपमा फँसेकी स्कूले छात्रा डराउँदै भाग्दै गरेको यो फोटो यलु जोशीले खिचेकी हुन्।
तपाईँहरुलाई चाहिँ माथिका फोटो मध्ये कुन फोटो राम्रो लाग्यो त ?
र, अन्त्यमा यो फोटो प्रतियोगिताले नेपाल कतिको अनलाइन फ्रेन्डली भइसकेको छ भन्ने पनि देखाएको छ। प्रतियोगिता संयोजक विकास कार्कीका अनुसार सबै नेपाली नागरिकका लागि खुला गरिएको यो प्रतियोगिताका लागि देशभरबाट फोटो पठाउन सजिलो होस् भनेर धेरै सहरका कलर ल्याबहरुमा फोटोको सीडी कलेक्सन सेन्टर राखिएको थियो। ‘लोडसेडिङ होला, इन्टरनेट सुविधा नहोला भनेर यस्तो गरेका थियौँ, तर एउटा सीडीमात्र हामीले उपत्यकाबाहिरबाट पायौँ, सबले अनलाइनमा फर्म भरेरै फोटो पठाएका थिए,’ विकासले सुनाए। उनका अनुसार प्रतियोगिताका लागि भनेर जम्मा १२ वटा सीडी प्राप्त भएको थियो- एउटा वीरगञ्जबाट र बाँकी ११ वटा काठमाडौँबाट। देशभरका करिब ६ सय जनाले फोटो पठाएका थिए, अधिकांश सौखिन फोटोग्राफर हुन्।
उत्कृष्ट ठहरिएका थप फोटोहरु हेर्न क्लिक गर्नुस्-
No related posts.









हृदय विदारक फोटोहरु जुन ब्यखा गरेर कहिलये पनि सकी देइन
मन परे हरियो, नपरे रातो
5
0
तुइनमा झुण्डिनु पर्ने चाहे विधार्थि हुन वा महिला दुवै समुहको जिन्दगिको कठिनतम भोगाइ देख्दा १६ औं शताब्दिको जिवनको झल्को दिन्छ।
माइसंसारका पाठक साथिहरुले पुल निर्माणको अभियान चलाउने कि ? सके दुवै नत्र १ मात्र भएपनि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
पहिलो र अन्तिम फोटोहरु साँच्चै नै सबैका मन छुने फोटोहरु हुन र मन कहाँ कहाँ भित्र बाट निमोठिए झैं भयो। देशको दुरावस्थाको यो भन्दा सजिव चित्र के हुन सक्छ । विकासका नाममा अर्बौं सहयोग आएको हामीले पढे सुने कै हो, तर यि सहयोगहरु कसरी कुन माध्यम बाट क कस्को पोल्टामा गयो गएन कमै ले मात्र थाहा होला, चित्र प्रष्ट बोल्छ देश साँचिकै धेरै कोणबाट पनि दुरावस्थामा छ । जे जस्तो राजनैतिक तिकडमहरु पार्टि भित्र र पार्टि बिच भई रहेको छ यस्लै अझ दुरावस्था आउँदै छ र यस्ता मन छुने फोटोहरु आफ्नै मान्छेको छापियो भने अच्चम मान्नु पर्ने छैन।
को जिम्मेवार? हामी जनता यो देश चलाउने नेता ? हामी जनता पनि जिम्मेवार हौं , हामीले नेता छान्न जानेनौं, हामी माथी शासन गर्ने शासक छान्न जाने नौं, जहाँ सम्म नेताको कुरा छ , यिनीहरु कुन रछ्यानमा छ भनेर जग जाहेर नै छ , फोहरलाई कोट्यायो भने अरु दुर्गन्ध फैलिन्छ ।
मन परे हरियो, नपरे रातो
13
0
हो यो तस्बिर आफै बोल्छा नेता हरु आफ्नो धोक्रो भर्न अनि भुडी भर्न ब्येस्ता हेलिकोप्टर र प्लेन चढेर सरर बिदेस …. तर गाउँ ठाउँ मा बिचार नानी हरु स्कुल जादा कोक्रो पनि नभाको तुइन चढेर सरर …….. विकास को नाम मा अको बजेट जति स्वाहा……
मन परे हरियो, नपरे रातो
3
0
प्रतियोगितामा मैले सबमित गरेका तर मन छुन असफल फोटोहरु यहा छन् :
http://3lifex.wordpress.com/2011/05/13/pjclub-my-photo/
मन परे हरियो, नपरे रातो
7
0
पहिलो फोटो नै मन छुने फोटो रैछ
मन परे हरियो, नपरे रातो
7
0
जनता ले नेता को मुख ताकेर हुदैन अब देश मा आफु आफु नै सक्रिय हुनुपर्यो , यौटा तुईन त जनता सबै मिलेर बेबस्थित बनाउन सक्थे होला, तर हामी जनता नै सर्खार र नेताको मुख ताक्ने अब कति नेतालाई र सर्खार लै कुरेर बस्ने, सबै जनता लै थाहा छ अब नेता ले केहि गर्दैनन् भने पछी किन कुकुर नेताको पछी लाग्ने,
मन परे हरियो, नपरे रातो
3
0
हामी नेपालीहरुको बेकारिपनाको पराकास्थाको उदाहरण हो पहिलो तस्बिर.
एकातिर अरबौ अरब रुपैया राजस्व छली र भ्रस्टाचार हुन्छ भने अर्को तिर दश लाखमा संचालन गर्न सकिने स्कूलको अभाबमा हाम्रा बच्चाहरुको त्यो हाल छ, धिक्कार छ हाम्रो मानसिकतालाई.
मन परे हरियो, नपरे रातो
8
0
मलाई त पहिलो फोटोले अत्ति दुखित बनायो के गर्नु देसको को नेता हरु कुर्सि तानातान गर्दामा ठिक अनि सबै पैसा आफ्नै खल्ती मा राखेर आफ्नो छोरा छोरी हरुलाई बिदेस पढ्न पठाउछ अनि जुन हामी गरिबी हरु सधै जस्ताको तेस्तै
हरे भगवान किन बुद्दी नआको होला इ नेताहरुको…
मन परे हरियो, नपरे रातो
6
0
heart touching photos mostly liked
मन परे हरियो, नपरे रातो
4
3
मलाई त पहि ले को फोटो देखेर आसु आयो!.के गर्ने देसका नेता हरु चोर भय पछि
इनी भबिस्य का नेपाल का कर्ण धार हरुलाई मेरो सलाम!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
हाम्रो देसको नेताहरुले विदेश बाट आएको सयोग यो ठाउमा एउटा झलुंगे पुल बनाई दिएको भए साना भाई,दिदि,बैनीहरुले यो कष्ट गर्नु पर्ने थिएन र हाम्रो देशमा लडाई,झगडा,बन्द,हर्ताल,भ्रस्टाचार आदि त दैनिक नै जस्तो भई सक्यो यसमा ज्यान जोगाउन मुस्किल हामी साधारण जनतालाई नै हो….यी फोटोहरुमा मेरो रोजाई पुल नभएको कारण बाध्यताले ज्यान जोखिम मोलेर जानु पर्ने र गोरुको जुधाई बाच्छाको मिचाई….यानेकि सानो स्कुलले नानीको फोटो ! यी ३ फोटो मेरो मन छोयो धन्यवाद सालोक्य,यलु,विक्रम,कपिलदेव साथै माई संसारलाई |
मन परे हरियो, नपरे रातो
11
2
खतरा मोल लिएर नदि काटेका बालबालिका देखेर आसु आँसु आयो l एन र एन राजनैतिक गर्न खोलेको सस्था होइकी गरिब नेपाली सहयोग गर्न ? एन र एन सस्थाले कसैको मामिला राजदुताबासमा दबाब दिन मात्र खोलेको ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
फोटो पत्रकारहरूलाई धेरै धेरै बधाइ छ। मार्मिक र धेरै राम्रा छन् फोटोहरू ।
मन परे हरियो, नपरे रातो
9
1
how can we watch all submitted pic ????????????
मन परे हरियो, नपरे रातो
4
2
सबै फोटाहरु समान पर्सस्निए छन् तर मेरो मन छुने फोटो लै धेरै धन्यवाद यलु जोशी जी
मन परे हरियो, नपरे रातो
4
1
फोटोग्राफर ज्यूलाई धन्यवाद, साह्रै मन छुने फोटो. के गर्ने? हाम्रा नेताहरु सबै अन्धा भए पछी. यदि अन्धा नहुँदा हुन् त यस्तो सास्ति भोगेको देख्नु नपर्ने हो.
मन परे हरियो, नपरे रातो
6
0
मेरो विचार मा NO १ फोटो बेस्ट लाग्छ.
मन परे हरियो, नपरे रातो
7
1
उमेश जी! मलाई विद्यार्थीहरुले तुइनबाट नदि तरेको दृश्यले मन छोयो. साचै भन्नु पर्दा त्यो दृश्यले मेराआखाहरु रसाए.
मन परे हरियो, नपरे रातो
11
0
POLITICAL PARTY AND GOVERNMENT NO ANY EFFECT FOR THEM AFTER SEEING SUCH PICTURES. SEE HOW THE CHILDREN ARE CROSSING THE RIVER . WHY THEY CANT MAKE BRIDGE FOR TAT VILLAGE?
मन परे हरियो, नपरे रातो
3
0
मलाई मन नपरेको फोटो चाही पहिलो फोटो हो/ फेरी यस्तो मार्मिक फोटोहरु देख्न नपरोस / यो कस्तो बिडम्बना, कोहि शिक्षाको लागि भने कोहि दैनिक जिबन यापनको लागी आफ्नो जीबन जोखिममा राख्नु परेकोछ / तर नेताहरुलाई केहि मतलब छैन /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
2
माथि राखिएका सबै फोटो हरु सन्देशमुलक छन् . यी फोटोहरु बाट हाम्रा देशका नेता हरु ले
केहि कुरा पक्का पनि सिक्छन होला जस्तो लाग्छ . यी फोटोहरु अनि एक पल्ट साबि जना ले हेरव अनि ठण्डा दिमागले विचार सोचहू, लौवुन अब त कि गरवू
मन परे हरियो, नपरे रातो
3
0
राजु जी एस्त फोटो बाट हामी ले मात्र दुख पोख्चौं तर नेता हरु को आँखामा यो त रमिता मात्र हो
मन परे हरियो, नपरे रातो
1
0
मलाई सबै फोटो हरु उतिकै महत्व पूर्ण लाग्यो . बिशेस गरेर रमेश तामांग लै बधाई
मन परे हरियो, नपरे रातो
3
1
माथि राखिएका सबै फोटो हरु सन्देशमुलक छन् . यी फोटोहरु बाट हाम्रा देशका नेता हरु ले केहि कुरा पक्का पनि सिक्छन होला जस्तो लाग्छ .
मन परे हरियो, नपरे रातो
2
0
म संग कुनै सब्द छैन फोटोहरुको तारिफ गर्नलाई फोटोहरु धरै राम्रा छन् बधाई छ सबैलाई !
मन परे हरियो, नपरे रातो
3
0
पहिलो फोटो मा…..कति महँगो शिक्षा (शिक्षा को लागि प्रत्येक दिन आफ्नो ज्यान को नै बाजी राख्नु पर्ने)/येती महँगो शिक्षा नेता का छोरा- छोरी लाई नि नसिब होस्……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
बोदाई छ यलु जोशी जी यो तपाई को फोटो सारै राम्रो लग्यो . आउने दीन हरुमा पनी तपाई को येस्तई राम्रो राम्रो फोटो हरु हेर्न पाएयोस है त
मन परे हरियो, नपरे रातो
2
0
सबै भन्दा माथिको फोटो सारै राम्रो र जोखिम देखियो तेसले पाउनु पर्ने मेरो विचार मा
मन परे हरियो, नपरे रातो
3
1
साह्रै दुख: लाग्दो फोटो!
बिचरा स्कुल जाने केटा केटिहरु!
ज्यान नै माया मारेर पढ्न जानु पर्ने अवस्था!
बिकाशमा लगाउने बजेट नेता, राजनैतिक पार्टी, तिनका कार्यकर्ता, अरु टाठा बाठा र पहुछ वाला हरुको भुडी र थैली भर्दै मा ठिक्क छ, के गर्ने ???????????????????????????
मन परे हरियो, नपरे रातो
8
0
यो तुईन देखेर १५-१६ बर्ष अगाडी रुकुमको सानी-भेरी नदि तर्दाको सम्झना आयो /
हिमाली
जय नेपाल
मन परे हरियो, नपरे रातो
3
0
मलाई राजेन्द्र मानन्धर जीले खिच्नुभएको प्रकृति र वन्यजन्तु विधामा पहिलो ठहरिएको फोटो मन पर्यो।
बाँकी फोटो सबै मन रुवाउने खालका छन् र आम नेपालीको दिनचार्य नै त्यस्तै हो। यस्तै कुरा हेर्दा हेर्दा राष्ट्रिय भावना भएका तर आफ्नो पहुच नभएकाहरू पलायन हुने तथा डिप्रेसनका शिकार भइ सकेका छन्।
जो पहुँजमा छन् तिनीहरूको हृदय ढुँगा भइसकेका छन् र यस्ता मार्मिक कुरा बुझ्ने तथा आफ्नो अस्तित्व (डिक्नीटी) पहिचान गर्ने क्षमता पैसाकोलागि समर्पण गरीसकेका छन्।
ती फोटाहरूले मलाई अझ कम्जोर बनाउँछन्।
मन परे हरियो, नपरे रातो
9
0
तपाइको संछिप्त लेखाइले मन छोयो
मन परे हरियो, नपरे रातो
2
0
धन्यवाद तपाईको कमेन्टको लागि।
निराश नहोए जस्तो विचार त्यस्तै व्यवहार पनि गरौ।
मन परे हरियो, नपरे रातो
2
0
यी सबै फोटो हरु नेपाल को नेता हरु को breakfast ,lunch अनि dinner गर्न table मा राख्नु पर छ, अनि मात्र देश मा नया परिबर्थान हुन्छ देश नेपाल मा……एअक चोटी सोच्ने गर्छ …..अनि अरु कुरा मात्र …….
मन परे हरियो, नपरे रातो
6
0
नेपाली बिद्यार्थीहरु मधे यी बिद्यार्थीहरु को एस्तो बिबसता बुझेर समस्या हलगर्ने कसले होला/
मन परे हरियो, नपरे रातो
3
0
पहिलो फोटो हेरेर मलाई पनि सारै दुख लाग्यो …हाम्रो देशको नेताका छोरा छोरी हरु चाहि राम्रो मोटर गाडी मा चढेर school जाने अनि नेता हरु लाइ के मतलब र उनि क वास्ता उनि हरुको छोरा छोरी ले दुख पाएको छैन क्या hare तिनी हरु ले पनि यसरि दुख गरेर school जानु परेको भए पो तिनीहरुको बाउ ले र अनि यो नेता भनौदा हरुले केहि गर्थे कि जनता लै नभए पनि उनि हरुको छोरा छोरी लै भनेर ….यो ठाउँ मा पूल बनाउने काम कुनै राम्रो स्रोत ले गर्यो भने म पनि केहि सहयोग गर्ने छु…..राज न्यु योर्क
मन परे हरियो, नपरे रातो
11
0
फोटो हरु हेर्दा मन पर्ने भन्दा पनि सचि कै देशका नेता हरु को बुदी अनि बिबेक कहिले आउला कहिले फेरियाला ? कति दुख कस्ट गरेर सिछा को खोजि मा टुंएन मा झुन्दियाका बालक हरु को फोटो देख्दा अनि हतियार र गोला बारुद को अगाडी विधा को मन्दिर खोज्दै ज्यान जोगाउन अतियको बच्ची को फोटो ले सारै मन दुखाउने तस्बिर हरु रहेछ | तेसैले होला यी फोटो हरु उत्कृस्ट भएको |
मन परे हरियो, नपरे रातो
8
0
मलाइ चाही चाबहिलको पशुपति क्याम्पसमा प्रहरी र विद्यार्थीबीच भएको झडपमा फँसेकी स्कूले छात्रा डराउँदै भाग्दै गरेको फोटो ले खुबै मन छोयो| दर र त्रास ले यो सानो नानी भयेभित भै दिशा हराएकी छिन्| उस माथि कस्तो मानसिक बेदना भए को होला भगवान ले नै जानून| तर, त्यहाँ भएका न पुलिस नत बिद्यार्थी नत यलु जोशीले नै त्यो नानी को सुरक्चा को ध्यान दिए को पाइयो| सबै आ आफ्नै स्वार्थ मा लागेका छन् मानिश हरु| हुन त नेपाल मा प्रहरी र विद्यार्थीबीच हुने भिडन्त त्यति ठुलो issue होइन तर नेपाल को सिक्चा र सुराचा कुन तह मा छ भनि यो फोटो ले देखाउंचा| दोस्रो मन छुने फोटो छाही माध्यमिक विद्यालयका ति विद्यार्थीहरु समूहमा तुइनबाट त्रिशुली नदी तर्दै गरेको| मलाइ त लाग्छ एस्तो अवस्था अरु कुनै पनि देश हरु मा छैन होला| २१ सौ सताब्दी जहाँ मानिश चन्द्र मा मा होइन Mars मा जान प्रयेतन गर्छन हाम्रा नानी हरु चाही बिद्यालय जान तुइनबाट नदी पार गर्छन| कस्तो दरिद्रता हो हाम्रो नेपाल र नेपाली सरकार को| यो त नेपाल को एउटा ठाउँ को उदाहरण मात्र हो| नेपाल का कतिपय दुर्गम ठाउ हरु मा पनि येस्तई अवस्था हरु छन् |नेपाल को नेता हरु ले नेपाल लाइ ढुंगे युग मै पुर्याएर छाड्ने भो|
मन परे हरियो, नपरे रातो
0
0
कपिलदेव खनालले लिए को पहिलो फोटो साँच्चै मन छूने मात्र हैं मन रूवाउने पनी छ.
ती बिद्यार्थी हरु को हौसला र साहास लाई मरो सलाम.
साथै बिक्रम गिरी ले खिचेको फोटो पनी . राप्ला को वास्त्बिक र खतरनाक सच्चाई देखाउने छ
जून जून ठाऊ मा यस्ता तुइन छन र सर्बसधारण ले प्रतेक दिन आफ्नो ज्यां जोखिम मा हाल्नु पर्छ ती तुइन बाट नेपाली भ्रस्ट र निकम्मा नेता हरु को एक टोली खसेर नदीम डूबोस
फेरी अर्काले कही गर्थे की ?
मन परे हरियो, नपरे रातो
11
0
प्रतियोगिता को बारेमा थाहै भएन, नत्र म पनि भाग लिनेथिये, ६०१ सभासद, भ्रस्ट नेता, कर छली गर्नेहरुलाई कालो मोसो र जुत्ताको माला लगाउदै गरेको फोटो खिचेर.
मन परे हरियो, नपरे रातो
12
0
दार्चुला राप्ला की ति तुइन मा नदि पार गर्दै गरेकी महिलाको फोटो प्रतेक पार्टी क़ा नेताहरुले आफ्नो लन्च र दिनर खाने टेबलको अगाडी सजाएर राखून|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
0
यो देश का हामी नेपाली हरु ले बुझ्नु पर्ने कुरा यो छ कि, पूर्व मेची देखि पश्चिम महाकाली सम्म जनता लै दिनहु धेरै दुख कस्ट छ , महाकाली नदि बाट बिजुली निकाल्दा पुरै नेपाल लै झलमल बनाउन सकिन्छ तर येहा महिला हरु लै प्रतेक दिन तिउन चढेर जानु पर्ने भैराखेको छ. , हाम्रा मधेसी नेता हरु करोडौ मा रातो पस्स्पोर्ट बेची , रातो भाले को सेकुवा संगै व्हिस्की को चुस्की काठमाडौँ मा तान्दै छन्.
कहाँ गए ति , लोकेन्द्र चन्द जी, शेर बहादुर देउबा जी, लेखक जी, लेख राज भट्ट जी, थारु संसद जी, अनि अरु महिला नेत्री हरु, नेता हरु का पी . ए. हरु / यो दुख तिनै नेता हरु लै भोट दिने हामी लै नै परेको छ,
माई संसार सबै ठाउँ मा नपुगे पनि, सबै साथी हरु ले आफ्नो आफ्नो ठाउँ बाट फोटो हरु पठाई एउटा फोटो ONLINE GALLARY बनाए अझ राम्रो हुने थियो.
मलाई पनि nikon को NiKON D90 camera किन्ने मन लाग्यो ………..
मन परे हरियो, नपरे रातो
6
0
नेपालमा आफ्नो जिबिका चलाउन मान्छेलाई कति दुख छ, सामान्य शिक्षा प्राप्तिको लागि कति दुख खेप्न पर्छ नेपाली लाई भन्ने कुरा यी फोटो हरुले प्रस्ट जनाउछ. महाकाली नदि फोटोमा हेर्दा खासै फराकिलो पनि देखिदैन त्यसैले सामान्य झलुंगे पूल बनाउन खासै धेरै नपर्ला. फोटोमा देखिएका बच्चाहरु लाई कति साहस जुटौंन पर्छ होला पढ्नलाई.
यस्तै ठाउको बिकाश गरोश भनेर जनताले चुनेर पठाएका, र पशिना बगाएर कमाएको करबाट या यस्तै सामान्य जनताको दयनीय अवस्था देखाएर मागेको भिख आफ्नै बाउको सम्पति जस्तो ठानेर हसुर्न पल्केका नेता सभासद, मन्त्रिहरु, पार्टीहरु र घुसखोर कर्मचारी तन्त्रले यस्तो पनि नेपालमा ठाउँ छ है भन्ने कहिले बुझ्ला? ६०१ जना सभासदको महिना को खर्च रु. ५० हजार कै दरले राख्दा पनि ३ करोड हुन्छ, सायद सामान्य झलुंगे पूल त बन्थ्यो कि यति पैसाले. यिनीहरुलाई कसरि आफ्नो समय लम्ब्याउने भन्ने मात्र ध्यान छ. दिएको दुइ वर्ष बाहेक १ वर्ष पनि नाघी सक्यो. तै पनी उनि हरुलाई फुर्षद छैन जनता को लागि केहि गर्ने.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
मलाई तुइनबाट नदी तर्दै गरेका विद्यार्थीहरुको फोटो र विद्यार्थीबीच भएको झडपमा फँसेकी स्कूले छात्रा डराउँदै भाग्दै गरेको यो फोटोले ज्यादै मन छोयो। माथिको दुबै फोटोले हाम्रो देशमा बालबालिकाहरु कति असुरक्षित छन् भन्ने कुराको प्रतिनिधित्व गर्छ। “स्कुल गएका विद्यार्थीहरु सकुशल आफ्नो घर फर्केर जान सक्ने वातवरण बनोस्” मेरो यहि प्राथाना छ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
1
स्कूल जादा पनि ज्यानलाइ किताब माथी राखेर जानु पर्ने, कस्तो बिडम्बना बिचरा नानीहरुको….. यो कस्तो सरकार हो जसले एउटा झुलुंगे पुल पनि बनाईदिन सक्दैन ? त्यो पहिलो फोटो मन छुने मात्रै होइन .. मन नै रुवाउने खालको छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
0
हातमा लाठी लियका पोलिसको अगाडी भाग्दै गरेको हाम्रो त्यो भोलिको नया नेपाल को निर्माण को जिम्मा लिने हाम्रो नया पुस्ता ति नानु को मनोविज्ञान मा कस्तो असर परेको थियो होला ……यो परिस्थिति को जिम्मेवार को भनेर हामीलाइ हाम्रा सन्तति ले सोधेमा हाम्रो उतार के होला ? हाम्रा सन्तति पर्ति हाम्रो जिम्मेवारी यहि होत? अबत हामीले के हि सोच्ने बेला आयको छैन र ….???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
सबै फोहोहरू मर्मस्पर्शी र अर्थासिद्ध छन् /
कुनै फोटोमा रहर छ / कुनैमा कर्तब्य / कुनैमा उत्साह / कुनैमा डर/ कुनैमा बाध्यता /
मैले विक्रम गिरिजीको फोटोमा बाध्यता देखे /
फोटोग्राफी कलाको हिसाबले जुन फोटो उत्कृष्ट भएको छ सो नै न्यायिक छ / तर मेरो मन चाही गिरीजीको फोटोले छोयो / (सो स्थानमा झोलुंगे पूल राख्ने प्रस्ताव आएमा म रू.१०,०००/- चन्दा दिनेछु /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
0
पहिलो हरफमा “फोटोहरू” लेख्दा भूलवश फोहोहरू र “अर्थ”मा आकार बढी हुनगएकोमा क्षमा चाहन्छु /
मन परे हरियो, नपरे रातो
10
2
Dear Yogesh gee,
I am trying to team up some of us from US here to be work as a team.
Rameshwor Gee,
Thank you so much for your prompt response. The information you provide is very good. I could not have imagined anyone more credible and reliable than the Principal of a school for this noble cause.
Please email me @ rakesh_0077@hotmail.com or reply here, as I monitor this site regularly, with the phone number and/or email address of Principal Sir.
In the mean time I see that some other people here are interested to contribute. Let me try to copy them and see if we can come up as a team and pull this off.
Best
Rakesh
मन परे हरियो, नपरे रातो
1
0
राकेश जी
म उक्त काम को लागि के गर्न सकिन्छ भन्ने केहि योजना बनाउदै छु, यहि मार्फत सहयोग गर्न इच्छुक मित्र हरु लाई जानकारी गराउछु |
मन परे हरियो, नपरे रातो
3
0
माई संसार ड ट कम ले पहल गर्ने हो भने, पुल बनाउन म पनि सहयोग गर्न इच्छुक छु. धन्यवाद.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
0
माथिको सबै फोटो हरुले मेरो मन जित्न पुग्यो तरपनि अन्तिमको फोटोले अज मेरो मन छोयो किन कि सबै पुलिसहरु बच्चा अगाडी हतियार बनाएर अगी बढी रहेकोछ त्यो बच्चा लाई कुनै पनि सुरक्क्षा नभएको आभास त्यो फोटोले जानुछ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
साचै मन छुने खालका फोटो रैछन तर त्यो झडपमा परेकी बच्ची को फोटो खिच्ने फोटोग्राफर को ठाउमा म भैदिएको भए चै म फोटो खिच्नु भन्दा पनि बच्ची लै बचाउन प्रयास गर्थे होला.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
18
मलाई पनि त्यहि लागेको थियो गोपाल जी…सायद हामी फोटो पत्रकार नभएर होला…
मन परे हरियो, नपरे रातो
2
0
सालोक्य जी,
तपाईको प्रथम रोजाईमा मेरो पनि सतप्रतिसत समर्थन!
नीति निर्माण गर्न पठाएका विधायकहरु रातो राहदानी दुरुपयोग गर्ने, सुरा र सुन्दरी भोग, घुष खाने, सी डी ओ चड्काउने, सिसा पड्काउने, जस्ता अनैतिक कार्यमा तल्लिन!
नेताहरू देशको शान्ती शुरक्षा सुनिश्चित गरी र संविधान बनाउने तिर भन्दा जसरी हुन्छ कुर्सीमा अडी रहने, आफ्नो सत्ता लम्बाउने मा तल्लिन!
व्यापारी हरुले कालाबजारी गर्ने र सक्दो नाफा खानुमा तल्लिन!
निजामत्ती र जंगी दुवै कर्मचारीहरु अपवाद बाहेक जनता लुट्ने र धक धम्की देखाउन मै अगाडी!
तर गरिब निमुखा जनताको यस्तो दुख, कष्ट, पिर, मर्का तिर कसको ध्यान जाने??? धिकार छ यी देश बानाउने बहानामा देश लुट्ने कपुत हरुलाई!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
Hi, Rakesh
Glad to know you interested to helping for the bridge am so impress with your comment.
Definitely we can help for buildup a bridge in this area.
I am present Bord of Director NRN USA, so I will discuss regarding this issue on the next meeting. definitely our team also interested for this project.
lets join hand lets help to our country.
You can email me my email slrumba@hotmail.com
Sange Lama
New York
646 541 7228
मन परे हरियो, नपरे रातो
5
0
सांगे जी,
त्यो ठाउँ मा अनुमानित ३ करोड को लागत मा पुल बनाउने तयारी हुदै रहेछ| बिगत मा हामीले एकजना बिदार्थी गुमाएका छौ येही तुइन बाट, अब यो श्रावण सम्म मा निर्माण सम्पन्न हुने कुरा रहेछ| राकेश जी लगायत सबै जना को यो उत्साह र साथ को लागि धन्यबाद | Lets do something for their study …, we can do something for their school .
मन परे हरियो, नपरे रातो
1
0
रामेश्वोर गी,
Thank you for your update. I was looking here everyday to see ur response. Even better to know that bridge is finally being made. So sad to learn that we lost one student (sic).
You are very right about contributing for the school. As you are our best link to the school. Why don’t you suggest us what the school needs most? You seem to be our best link.
As I had made up my mind already to donate some money for bridge, the same amount can go for betterment of education for those kids.
Please email/and or call me or Sange gee. I will call Sange gee soon and hopefully we can collect some money to make a small but significant enough contribution.
Once again thank you for devoting your time on research about the matter and keeping us posted on the subject matter.
Best
Rakesh
मन परे हरियो, नपरे रातो
2
0
राकेश जी
म बिध्यालय का पूर्व प्रधान अध्यापक ( हाल पनि शिक्षक ) संग सम्पर्क प्रयास गर्दै छु उहाको मोबाइल नम्बर प्राप्त भएको छ तर सम्पर्क हुन सकेको छैन ( network unrechable ) ००९७७९८४१८२६५८४ (हजुर को जान कारी को लागि ( महादेव उचह मावि रातमाटे नुवाकोट) यहाँ हरु को यो पहल को लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दछु |
मन परे हरियो, नपरे रातो
0
0
एक दसक भन्दा बढी भयो म आफु तेसैगरी यहि तुइन येस्तै दैनिकी पार गरेको, समय धेरै बितिसक्यो बेबस्था बदलियो तर हाम्रो बेबस्था ले कहाँनेर के परिपर्तन गर्यो ? यो ठाउँ नेपाल को राजधानी काठमाडौँ बाट ७० किलोमिटर पनि छैन दुरी को हिसाब ले तर यो द्रिस्य सुदुर पश्चिम को कुनै ठाउँ भन्दा सुगम छैन | तस्बिर आफै बोल्छ यो कति जोखिम छ | सायद यो र यस्ता बिषय हरु कहिले पनि नेपाल को नीति निर्माता र राजनीतिकर्मी का आँखा मा पर्ने छैन | डा प्रकाश चन्द्र लोहनी, डा रामसरण महत पटक देखि बिमला सुवदी, पोस्ट बहादुर बोगटी सम्म सबै ले आफ्नो आफ्नो डम्फु न बजाए ……!!!
कहिले हुन्छ यो बिषय को सम्बोधन ??? को छ जिम्मेबार यो सबै को ???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
Rameshwor Gee,
Can you please tell me the address of where this village is ? Also, was wondering if you or anyone here had any idea how much it would cost to build a small bridge (wooden or—). I am really interested in helping and I can if it is not a huge sum.
I would appreciate if anyone of you could give me any contacts I would contact in the village…..
I am not in Nepal now so I would need a reliable contact please.
Thank you for your help in advance.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
यो ठाउँ नुवाकोट (चुनाब क्षेत्र १ र ३) बुद्धशिं गाबिस १ र रातमाटे गाबिस १ हो | यो ठाउमा कच्ची पुल (झुलुंगे) बनाउने कुरा चलेको निक्कै भयो | तर बनेको छैन | म रातमाटे स्थित महादेव माबी का पूर्व प्रधानअध्याप ( जो स्वोयम पनि यहि तुइन प्रयोग गर्छन) संग सम्पर्क गरेर केहि बुझ्न सक्नुहुने जानकारी गराउन चाहन्छु | उहाको सम्पर्क को लागि म mail ठेगाना मा सम्पर्क गर्न अनुरोध गर्छु | राकेश जी को यो कदम को लागि हार्दिक धन्यबाद|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
सबै फोटो हरु जिबन्त र राम्रा छन्/ एउटा मात्र राम्रो छ भन्न गारो भयो/ तैपनि राजेश मानन्धरको फोटो राम्रो मैले भन्नु पर्यो/ धेरै धेरै धन्य बाद
राज राई
लण्डन
मन परे हरियो, नपरे रातो
3
3
यस्ता फोटो प्रतियोगिताले धेरै कुरा उजागर गर्छ | माथि दिइएका सबै हेर्न लायक छन | खास गरि बिकट गाउँ ठाउँमा कति गार्हो छ | काठमाडौ लगायत अरु ठाउमा सुबिधा छ विद्यार्थीहरु स्कूलको बस चढेर सरर आउने जाने गर्छन तर बिकट ठाउ कति फरक छ ? सधै ज्यान हत्केलामा राखेर स्कूल जानु पर्ने बाध्यता छ | त्यसको निराकरण तर्फ कसको दृस्टी पुगेको छ ? खोइ जन अधिकारकालागि लड्नेहरु ? जन अधिकारसंग गाँसिएका यस्ता जन सुविधाका कुरामा पनि त अधि आउनु पर्ने नि | सबै नेता कार्यकर्ता आफ्नो दुनो सोझ्याउने र पकेट भर्ने तिर तल्लिन छन | सहर बजारको सुबिधा र बिकट गाउको अबस्थामा कति फरक छ, तुलना भन्दा बारिहरको छ | हाम्रा तथाकथित सभासदहरु अनेक धन्दा गरेर पैसा कमाउन ब्यस्त छन यिनीहरुलाई यो तुईनमा झुण्डाएर दिनभरी राख्नु पर्ने अनि थाहा हुन्थ्यो |
अरु फोटोहरु पनि आकर्षक छन | प्रहरी र विद्यार्थीबीच भएको झडपमा फँसेकी स्कूले छात्राको चित्र निकै डरलाग्दो छ | सोध्न मन लाग्छ त्यो छात्रा सकुशल भाग्न सफल भईन? सायद फोटो खिच्ने यलु जोशीलाई थाहा होला |
मन परे हरियो, नपरे रातो
9
1
ओहो मुटु चसक्क भयो अझैँ बाच्न बिबस
ती मेरा जन तुइन युगमा !
आशु रसायो कस्तो भा थियो होला उनलाई
ज्यान बचाउन खोजिरहेको त्यो क्षणमा !
मन परे हरियो, नपरे रातो
13
1
“विद्यार्थीहरु समूहमा तुइनबाट त्रिशुली नदी तर्दैछन्”
हे भगवान!
मन परे हरियो, नपरे रातो
10
2
यी फोटाहरुका ठ्याक्कै बिपरित अबस्थाका फोटाहरु उत्कृस्ट भएको हेर्ने दिन आउला कि?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
मलाई पनी सबैभन्दा माथीको फोटो मन पर्यो । १ जनाको होईन १० जनाको ज्यान जोखिममा परेको र एक दिन होईन दिनको दुई पटक ओहोर दोहोर सुन्दा र देख्दा पनि काहाली लाग्ने फोटो । प्रथम भएको फोटो पनि चानेचुने भने होईन । प्रदर्शनकारी र सुरक्षा निकायको बिचबाट एउटी बालीका ज्यानको बाजी थापेर भाग्दै गरेको । यो फोटो पनि हेर्नै लायकको लाग्यो र अन्य फोटाहरु पनि । यस किसिमको पुरस्कारले फोटोग्राफरहरुलाई उत्साही बनाएको जस्तो लाग्छ । निरन्तररुपमा बर्षको एक पटक यो कार्य हुन जरुरी छ कि जस्तो लाग्छ ।
मन परे हरियो, नपरे रातो
9
0
तस्बिर आफै बोल्छ /// हाम्रो देशको यतार्थ र प्राकृतिक सौन्दर्यको तस्बिरले सारै मन छुयो ////
मन परे हरियो, नपरे रातो
5
2
मालाईत सबै भन्दा मथिकोंई नै उत्क्रिस्त लग्यो किन कि एसले धेरै ठुलो भूमिका निभाएका छन् सनसार यो समयमा आएर पनि अझै एउटा मद्ध्यमिक तह को सिच्च्या लिनलाई विद्यार्थी हरु अरु गाउमा येसरी तुइन तरेर स्कुल पदन जानु पर्ने अवस्था तुइन पनि घिर्लिंग भएको अलि कत्ति safe भएनी हुन्थ्यो नि बिचरा डोरी र फलाम को रड अनि बिजुलीको तार को भरमा येसरी दुख गरेर दुइ चार सब्द पडयो भोलि राम्रो पढेर प्रमाण पत्र pauchan बाउ आमाले गाउमा दुख गरेर उच्चा सिछ्या हासिल गर्न सहर pathauchan बिचरा दुख गरेर आएको पदने भावना बोकेर एक हुन्छ तर सहरमा कलेज मा राजनीतिक गर्नेरे तिमि मेरो पार्टी मा लागेन सपोर्ट गरेन भने तलै पाखे भनेर धमक्यौचन मानेन भने kutchhan अनि सहेर आफ्नो पढाई पुरा गर्छन दुख अड्चन हरुलाई खेपेर भोलि बिचरा उसको प्रमाण पत्र सरह मुल्ल्या पौदैना उसले त्यो अनुसारको जागिर पौदैना बिचरा नेपालमा उसको यो दुखको कुनै मुल्ल्या हुदैन प्रमाण पत्र बोकेर खाडी जानु पर्ने बाद्यता बिचरा म!!!!!!
मन परे हरियो, नपरे रातो
6
0
wow its so awesome
मन परे हरियो, नपरे रातो
2
4
यी फोटोहरुमा कुनकुन क्यामेरा प्रयोग गरिएको थियो ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
0
27
फोटोमा माध्यमिक विद्यालयका यी विद्यार्थीहरु समूहमा तुइनबाट त्रिशुली नदी तर्दैछन्। उनीहरुको बुद्दसिन गाउँमा माध्यमिक विद्यालय नभएकोले दिनहुँ दुई पटक यसरी तुइन तर्नुपर्ने बाध्यता रहेछ।
कृपया यो ठाउँ मा अहिले पुल छ कि छैन पत्त लगाउन सक्नु हुन्छ..?
एदी छैन भने एस ठाउं को details Information पत्त लगायेरा पठाई दिनु हुन्छ?
धन्यबाद
सांगे लामा
NRN USA
New York
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
एक नं को फोटोले नै मन छोयो दुनीयाँ कहाँ कहाँ पुगिसके हाम्रो सरकारले भने भोलीका देशलाई बोक्ने कर्णधारहरुको शिक्षाको लागी गाडी मोटरको ब्यबस्थाको त के कुरा एउटा पुल सम्म हाल्नसक्दैन।
लामा सर, तपाईको हृदय सारै ठुलो रहेछ, सायद सुरुवात गर्नु भो भने सबैले साथ दिनेछन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
लामा जी,
यो शुभ कामको थालनी गर्नु पर्यो /
मन परे हरियो, नपरे रातो
0
0
लम्जुंग को फोटो नै बेस्ट छ :द
मन परे हरियो, नपरे रातो
4
6
i like the photo of yalu joshi.
मन परे हरियो, नपरे रातो
0
2
पत्तै पाइएन नत्र म पनि भाग लिने थिए नि~!!
मलाई चाहि पहिलो फोटो नै मन पर्यो…दोस्रो मा प्रकृति तथा बन्यजन्तु को….
मन परे हरियो, नपरे रातो
3
2
फोटोहरु देखेर रमाइलो लग्यो ,,,,धन्यवाद तपाईलाइ अनि बधाई फोटोग्राफरहरुलाई……
मन परे हरियो, नपरे रातो
0
4
माथि को बुधसिंग गाबिस को तस्विर जुन नेपाल का राजनीति मा हस्ती राजनेता को जन्म जीला भएर पनि पछी परेको जिल्ला हो जुन राजधानी देखि नजिक छ , तर यस्तो हालत छ , भने कर्णाली को के होला हालत?
मन परे हरियो, नपरे रातो
9
0
येलु जोशीले खिचेकी तस्बीर उत्कृष्ट ! बिचरा स्कूले छात्रा !
मन परे हरियो, नपरे रातो
2
7
सालोक्य जी
नमस्कार
मेरो राय अनुसार यलु जोशी को फोटो नै सर्ब प्रथम हुन योग्य छ
किन कि त्यो फोटो जोखिम अनि अमुल्य ( फेरी खिच्न सकिन्दैन ) छ त्यसैले त्यो फोटोलाई प्रथम घोषणा गरेकोमा मेरो मन्जुरी छ अनि यलु जोशीलाई बधाई
मन परे हरियो, नपरे रातो
8
0
मलाई त सबै भन्दा राम्रो लागेको चै सानी नानी ज्यान जोगाउन दगुरहेकी चाई| यसमा प्रहरी हरु आफु ईटा र ढुंगा छल्न ढाल बोकेका छन् तर कसैले पनि त्यो नानिलाई बोकेर सुरक्षित् ठाउँ मा पुर्याउन भन्ने सोचेको छैन| धिक्कार छ सुरक्क्षित् ढाल ओढेर आफु अगाडी बढ्ने अनि त्यो नानीलाई बेवारिसे जस्तो गरेको मा| एउटा अल्पबिकसित मस्तक मा के असर पर्छ होला?
तुइनबाट नदि पार गर्दै गरेको फोटो हरु चाई देखेर आफैलाइ टीठ लग्यो, ६०१लाइ करोडौ ले पुरेका हामीले नदि का दुइ किनार जोड्न (पुर्न) सकेका छैनौ|
जे होस् सबै फोटाहरु आफै मा बिशेस छन्|
मन परे हरियो, नपरे रातो
7
0
मलाइ त केटाकेटिहरु तुइनमा झुण्डिएको फोटो मन पर्यो।
मन परे हरियो, नपरे रातो
8
2
माथिको पहिलो तस्बिरले मन छोयो!
“A picture is worth a thousand words” भन्ने उक्ति यहाँ चरितार्थ होला!
मन परे हरियो, नपरे रातो
11
2
धेरै धेरै धन्यबाद mysansar लाई………….मलाई पनि माथि को पहिलो फोटोले एकदमै मन छोयो ,,,,,,,,,,मुटुनै झसंग भयो अनि लास्ट को पनि मन परियो ……….
मन परे हरियो, नपरे रातो
10
1
साच्चैनै मन छुने फोटो रछ / म पनि मेरो nikon D700 पर्खी राखेको छु /
मन परे हरियो, नपरे रातो
3
14
सारै राम्रो फोटोहरु रहेछन /शान्ति , बिकाश र प्राकिर्तिक दिर्श्य झल्क्याउने/
मन परे हरियो, नपरे रातो
9
0