
जसले बन्द आह्वान गरे नि चुपचाप लागेर सहेर लुरुक्क बन्द गर्ने काठमाडौँ उपत्यकावासीको बानी फेरिएको छ। पछिल्लो पटक काठमाडौँ नेपाली काँग्रेसले शिव पौडेललाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै गरेको थियो। त्यो दिन बन्द त भयो तर काँग्रेसलाई सर्वसाधारणले यति गाली गरे कि भनी साध्य छैन। त्यो दिनदेखि यहाँ कसैले पनि बन्द गर्न सकेका छैनन। जनवरी ५ मा माओवादीका ‘अयोग्य’ लडाकुले नेपाल बन्द घोषणा गरेका थिए, तर काठमाडौँ बन्द गर्न सकेनन्। काठमाडौँ खुला थियो।
अनि हिजो र आज गरी दुई दिन उपत्यका बन्दको आह्वान पनि ऐतिहासिक रुपमा असफल साबित भयो। पर्चासर्चा छापेर, बाँडेर प्रचार गरेको भए पनि उपत्यकाको ‘उ’ पनि बन्द भएन। कसैले टेरेनन् उनीहरुको बन्द आह्वानलाई। बन्द आह्वान गर्नेहरुको माग पनि गजबको थियो- पुस २७ गते विदा दिनुपर्छ भनेर २५ र २६ दुई दिन बन्द रे! पृथ्वीनारायण शाहको जन्मदिनलाई एकता दिवस मान्ने/नमान्ने अर्को विषय हो, तर त्यसका लागि दुई दुई दिन बन्द घोषणा गर्ने? के बुद्धि होला यिनीहरुको? जसको जस्तोसुकै मागका लागि उपत्यकावासीले लुरुक्क बन्द गर्दैनन् भनेर बन्द गराउन खोज्नेहरुलाई उल्टै लोप्पा खुवाइदिए। राजतन्त्रसमर्थकको दुई दिने बन्द र त्यही राजतन्त्र उखेल्न आन्दोलन गर्ने माओवादी लडाकुको जनवरी ५ को बन्द दुवै असफल हुनुले राम्रो संकेत देखिएको छ।
दुई दुई दिन बन्द गरेर देखाइदिन्छु भन्दै शक्ति देखाउन खोजेका होलान्, देखे होलान् कतिको शक्ति छ भनेर। हुन त यिनीहरुले आफ्नो पर्चामा खुब सबै पक्षलाई फकाउन खोजेको जस्तो नि देखिन्थ्यो। एक नम्बरको मागमा आफ्नो कुरा राखेपछि दोस्रो नम्बरमा सेना, प्रहरी, कर्मचारीको कुरा समेटेर उनीहरुको समर्थन पाउन खोजेका थिए। पसल-ससल बन्द गर्देलान् कि भनेर तेस्रो नम्बरमा उद्योगी व्यवसायीलाई फकाउन खोजेका थिए। चौथो नम्बरको मागमा जनतालाई सम्बोधन गरिएको थियो। माग हेर्दा वाह, वाह ! हुनै पर्ने, गर्नैपर्ने !! तर बन्द ? यी गर्छौँ बन्द !! खाउ लोप्पा।
हुनत धम्क्याउन नखोजेका पनि कहाँ हुन् र उनीहरुले ? पर्चामा लेखेका थिए- बन्दको अवज्ञा गरेमा हुनजाने सम्पूर्ण क्षतिको जिम्मा नेपाल सरकारले लिनुपर्छ।
तर तर्सेनन् उपत्यकावासी। उनीहरुलाई नटेरी स्कूल, कलेज गए। बस, टेम्पोलगायत सार्वजनिक सवारी साधनका सञ्चालकहरुले पनि हाम्रो गाडी फोर्देला कि भनेर डराएनन्।
वाह, यस्तै हुने हो भने अब कुनै पनि दल, समूहले बन्द गर्ने आँट गर्ने छैनन्। बन्द साँच्चिकै बन्द हुनेछ कम्तिमा काठमाडौँ उपत्यकामा !!
No related posts.








पृथ्वीनारायण शाह एकताका प्रतिक हुन् भन्ने कुरा मा म विश्वास राख्छु.बिदा दिउन नदिउन त्यो राज्यको कुरो हो. राज्यले यस्ता व्यक्तिको नाममा बिदा दिनु हुदैन बरु यस्ता व्यक्तिको देनको कदर गर्दै केहि बिशेष कार्यक्रम गर्नु पर्छ. बिदा कसलाई दिने ? जागिरे र बिद्यार्थीहरु लाई न हो. अल्छी मानसिकता भएका जागिरेले मात्रै बिदा माग्छ जुन दिन मा पनि. बिद्यार्थी हरुलाई त रमाइलो र सिर्जनशील कुरा त्यस दिन सिकाए भैहाल्यो नि.अनि जहाँ सम्म राजामहाराजा को कुरो छ, उनीहरु त इतिहास हुन्. राम्रो कुरो राम्रो नराम्रो कुरो नराम्रो हुन्छ नै त्यसैले पृथ्वी नारायण र ज्ञानेन्द्रलाई दाज्न मिल्दैन. एउटा सानो रजौटाले यत्रो देश्क्को परिकल्पना गर्यो यो ठुलो कुरो हो. तर यो भन्दैमा पृथ्वी नारायण ले सबै ठाउमा राम्रै गरे भन्ने होइन. लडाई लडे कति व्यक्ति मरे कति घरबार बिहिन भए कतिले देश छाडेर हिड्न बाध्य भए. यो त भएको त पक्कै हो. तर पृथ्वी नारायणलाई त्यसबेला option के थियो त? नलड़नु, नाजित्नु आदि नै हो. यदि त्यसो हो भने फिरंगी ले नेपाल लिन्थ्यो. नेपाल लिंदा पनि लडाई हुन्थ्यो नै र रामे को ठाउमा स्यामे त मर्थ्यो नै. कि त खुसुक्क लाऊ यो भूभाग तिम्रै हो भन्न पर्थ्यो. अनि आज हामी नेपाली धोति भएर बच्न पर्थ्यो. जमिन एकीकरण बिना मान्छे एकीकरण हुन गारो छ, एउटइ गाउँमा नबसी गाउले दाजुभाई भइन्न. अझ हामीले अहिलेको परिपेक्ष्य हैन त्यसबेलाको परिपेक्ष्य मा पृथ्वी नारायण शाहले ठिक गरेकी गरेनन भनेर सोच्न पर्छ. जहाँ सम्म मान्छे मार्ने कुरा छ पृथ्वीनारायण शाहले त के कति मान्छे मारेर जाबो दुइ चार हजार त सेना थिए उनका. तातो न भुत्लो को माओबादी जनयुध्द को त जयजयकार हुन्छ नेपाल जसले नेपाल लाई केहि त दिएन, पृथ्वी नारायण को किन बिरोध नि. बरु उनको लडाइले हामीले देश पायौ नेपाली भन्ने पहिचान पायौ, अनि मान्छे पनि निकै थोरै मरे त्यसबेला. पृथ्वीनारायण को त के कुरा पुरै नेपाल एकीकरण को समयमा माओबादी जनयुध्दमा भन्दा धेरै कम मान्छे मरेकाछन्.
मन परे हरियो, नपरे रातो
4
1
पृथ्वी नारायण एकता का प्रतिक हुन् भने यो पनि मान्नु पर्ने हुन्छ उनका …नाती ज्ञानेन्द्र राष्ट्र विखन्डनको बिउ हुन् जनताले स्वतन्त्रता माग्दा निरंकुशता दिने, सुरक्ष्या माग्दा सेनाको बन्दुक तेर्स्याउने, रोटि माग्दा प्रहरीको लाठी दिने बिकाश माग्दा भाषण मात्र दिने गरेर | एकतर्फी युद्ध गरेर, anek छल-छाम गरेर, क्रुरता लादेर, शत्रु पक्ष्यमा चरम विग्रह ल्याएर आफ्नो राज्यको भूभाग विस्तार गर्ने कार्यलाई एकीकरण भनिदैन| पृथ्वीनारायणलाई नेपाल भन्ने देश बन्दै थियो भन्ने थाहै थिएन तर बन्यो| He was lucky that Gorakhnath just vommitted on his feet and did not puked inside his mouth. Had Baba Gorakhnath vommitted right inside his mouth he would have conquered not only Nepal but the whole World (Prithvi) !!!( The then historians had written this in the History books)| वेलायेतिहरु लाई नेपालको त्येस्तो माया भएको भए (The Brits should have because Nepalese Durbar fully supported the Brits to tighten their colonial grips in India by sending troops to crush the Indian-Independence Movements) भारत छोडेर जादा भारत नेपालको जिम्मा लगाएर जान सक्थ्यो किनकि यहाँ तिनको महाराज महारानीलाई दाम चढाएर ढोग्ने तथाकथित श्री ३ र श्री ५ राजाहरु नै थिए जसले सदा सर्वथा बेलायेतलाई धन्यबाद दिन्थे|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
21
बादलले ढाकेको बेला सार्कीले गाई काट्नु नै गल्ति भएछ ! छाला राखी राखे एकदिन अवश्य सुक्ने गरि घाम नलाग्ला भन्न सकिन्न !!
मन परे हरियो, नपरे रातो
3
0
शशांकजी, थोपरिएको होइन समय अनुसार भएको गरेको हो | पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए तपाई हामी उहिल्यै भारतको कुन प्रदेशको कुन ठाउका जनता हुनेथौ होला | नेपालीको पहिचान हुने त कुरै भएन | तपाई हाम्रो माइसंसारमा यसरी एकै ठाउमा भेट पनि हुँदैनथ्यो होला |गर्नेलाई जस नदिने हाम्रो नियत ठिक होइन | पछी अनर्गल कुरामा लागेर झ्याली पिटाउदै हिड्नु जबर्जस्ति इतिहासलाई कुल्चिनु मात्र हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
ति नेपाल बन्द गर्ने हरुलाई घर भत्काउने डोजरमा राखेर त्रिशुली नदिमा फ्याकिदिए हुन्छ. अनि कहिलेइ पनि नेपाल बन्द हुदैन र नेपाली जनताले शुख्ख पौने छ.
यो त आत्तिने भैसक्येको छ.
जय नेपाली जनता
मन परे हरियो, नपरे रातो
4
0
नेपालमा गौतम बुद्वलाइ त एकताको प्रतिक मान्न अप्ठ्यारो मानिरहेको अवस्थामा प्रिथिवी नारायणको त कुरै नगरौं| हिजो जबर्जस्ति पो थोपरिएको थियो त ! लु आज जबर्जस्ति कसले गर्दो रहेछ हेरुन न !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
45
नराम्रो कुरा को सबैले बिरोद गर्नु पर्छ. हरेक बहाना मा बन्द गर्नु राम्रो होइन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
नेपालमा बन्दको साथ साथै कैयौ सार्बजनिक बिदामा पनि कैचि लगाउनै पर्ने देखिन्छ। गत बर्षको छठमा दिल्लीमा शिला दिक्षीतले बिदा काटीन्। उनको तर्क थियोकि राजधानी कुनै पानि एक बर्गको हुकदैन। यसरिनै कमसेकम् काठमान्डौलाई बन्द र सार्बजनिक बिदामुक्त क्षेत्र बनाउदा के बिग्रेला र।
मन परे हरियो, नपरे रातो
11
1
बल्ल जनता जागे. This is nice video against Nepal banda.
http://www.youtube.com/watch?v=k7IsNH8W2iI
Watch this!!!
मन परे हरियो, नपरे रातो
7
0
banda गर्नु नेपाली neta को लागि मागी खाने भाडो भयो / नेपाल का नेताहरु र तेस का काम नगरी खाने गुण्ड र chor फटाहा कायेकरता हुन् येस्तहा लाई नेपाल बाट नालाखेटे समन नबन्दा रोकिन६ न बिकाश नै हुन६?
मन परे हरियो, नपरे रातो
5
0
श्री ५ बडामहाराज पृथ्वी नारायण शाह नेपालको राष्ट्र निर्माता हुन् | उनैले आर्जेको राज्यमा आज हामी नेपाली भनि गर्वले शिर ठाडो गरि बाच्न पाएका छौ | उनको योगदानको उचित कदर नगर्ने, तिरस्कार गर्ने, गाली गलौज गर्ने, तानाशाही र साम्राज्यबादी भन्ने जस्ता कुराको कुनै तुक छैन | बिश्व इतिहास हेर्नुस तेस समयमा संसारका धेरै राष्ट्रहरु निर्माण भएका छन् | त्यो बेलाको काम आजको तराजुमा जोखेर मित्था मुर्खतापुर्ण आरोप लगाउन मिल्दैन, तेस्ता आरोप लगाउनेहरुले घास खाए हुन्छ |
राष्ट्रनिर्माताको उचित कदर हुनुपर्छ, जुनसुकै व्यवस्था आएपनि देश हाम्रै हो, हाम्रै नेपाल हो | अहिले देश विखण्डित हुदै जान लागेको परिप्रेक्ष्यमा त झन् बडामहाराजको बढी महत्व छ | उनले धेरै दुख कस्ट भोगेर, आफ्ना जनताको सहयोगले आर्जेको मुलुक आज माओबादी, तराईवादी मिलेर टुक्राउन खोज्दै छन् | होशियार !!
अनि एक दिन बिदा आवश्यक छ, मिशिनरी आएर पैसा बाडेर दिन दुगुना रात चौगुना गर्दै बनाएको १-२ % क्रिस्टियनलाइ क्रिसमसमा बिदा दिने, राष्ट्रनिर्माताको कदर गरि बिदा किन नदिने ?
एक पल्ट संझौ ,
नेपाली हामी रहौला कहाँ नेपालै नरहे !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
64
15
प्रोमद जी,तपाईले लेख्नु भएको लेख अतिनै राम्रो छ/म कदर गर्दछु/अन्तमा Christian हरुको बारेमा लेख्नु भएको रहेछ,Christmas मा बिदा पाउनु के उनीहरुको मानब अधिकार होइन र ??के उनीहरु नेपाली होइन र ???christian हरुले के नेपालमा बन्द,हड्ताल,हत्या,हिंग्सा जस्ता कुराहरु अपनाएको छ र ???लेखक ले लेख लेख्नु भयो,प्रकासित पनि गर्नु भयो,तर लेखको मूल भाव नै थाहा नपाई कमेन्ट गर्नु सायद उतम नहोला…….एकले अर्कोको आदर गर्नु सिकौ,हाम्रो देश नेपाल एक दिन अबस्य शान्तिको भुमि हुने छ/ यदि भुल भएमा माफ गर्नु होला/
सुबोध खत्री,सुनसरी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
22
पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक नमाने कसलाई मान्ने त ? यदि पृथ्वीनारायणले नेपाललाई एकिकरण गरेर बलियो मुलुक नबनाएको भए नेपाललाई उहिले अंग्रेजले हडपी सक्थे र अंग्रेजहरु भारत छोडेर जाँदा टिष्टा-काँगडा भारतलाई सुम्पिएर गए जस्तै सारा नेपाल भारतलाई सुम्पिएर जान्थे अनि हामी नेपाली र हाम्रो नेपाल भन्ने देश कहाँ रहन्थ्यो ? शायद अहिले हामी पनि गोर्खाल्यान्डका हाम्रा दाजुभाइहरु जस्तै नेपाल भन्ने देश हैन नेपाल भन्ने राज्य (state) को लागि भारतसंग संघर्ष गरी रहेका हुन्थ्यौं होला । अब तपाईं आँफै भन्नुस् आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने हामीले यसरी नेपालको अस्तित्व बचाइ राख्ने पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्नुमा के को आपत्ति ? जस्तो हाम्रो बाउ बाजेले गरेका राम्रा या नाराम्रा कामसंग हामीले आफूलाई सधैं जोडी राख्नु जरुरी छैन त्यसै गरी पृथ्वीनारायण शाहलाई राजा महेन्द्र वा ज्ञानेन्द्रसंग जोडी रहनु जरुरी र सान्दर्भिक छैन । हरेक कुरामा बिरोध गर्ने जुन रगत हाम्रो नशा नशामा बग्न थालेको छ त्यसलाई फेरौं र पूर्वाग्रहरहित भएर समर्थन वा बिरोध गर्ने संस्कार बसालौं ।
तर सारा नेपालीलाई दु:ख दिएर, यातायात तथा व्यापार व्यासाय सबै ठप्प पारेर पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्न वाध्य गराउने कुराको चाँही म घोर बिरोध गर्दछु । उनी जस्ता राष्ट्रप्रेमी मान्छेको नाममा बन्द हडताल गरेर देश र जनतालाई दु:ख दिनु उनको घोर अपमान गर्नु हो । यसको लागि विकल्पमा अन्य किसिमका शान्तिपूर्ण र नैतिक दवाब दिने किसिमका कार्यक्रमहरु संचालन गर्न सकिन्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
3
केही वर्गका लागि हुन सक्छ सबै नेपालीको एकताको प्रतिक हुनै सक्दैन । यदि हुने भए कीर्तिपुरमा लगातार ३ पटक पनि हार खाएकाले कुटील चालबाट सत्ता लिइसकेपछि नाक, कान, जिब्रो, जिउमा काटेर घोर दमन गर्दैन थियो होला । त्यसपछि पनि इतिहास मेटाउन सबै लिखितम कागजात वागमतिमा वगाएको, जलाएको र कीर्तिपुरको दरवार समेत ध्वस्त बनाएको इतिहास ताजै छ । भाषा संस्कृति समेत विस्थापित गर्न अनेक तरिकाले दमन गरेका थिए । तैपनि नेवारहरुले आफ्नो भाषा संस्कृति बचाउन उनीहरुलाई गुणगाण गरेर गित गाउनु पर्ने प्रमाण हालसम्म पनि भजन गर्दा गाउने चलन चलेकै छ । त्यसैले आदिवासी जनजातीको लागि एकताको प्रतिक हैन अत्याचारीको प्रतिक मानेका छौं ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
36
शतप्रतिसत सत्य हो. पृथ्वी ना शाह अत्याचारको प्रतिक नै हो . तत्कालिन नेवार सत्ताको भारदारहरुलाई खोजि खोजि छानी छानी हत्या भएको हो . उसबाट बच्न कतिपयले त्यसबेला आफ्नो जात पहिचान लुकाउनु बा फेर्नुपरेको थियो . त्यो गुरुजुको पल्टन भनिने पृथ्वी ना शाह को सेना भनिने अहिले पनि हाम्रो जात्रा पर्ब मा संगसंगै आउछ त्यो त नेवारले बिद्रोह गर्ला भनेर तर्साउन बा नियन्त्रण गर्न संगसंगै आएको हो. पृथ्वी ना शाह को क्रुरता लिखित इतिहास मा त छैन हुनुपनि कसरि तर नेवारहरुको मन मन मा छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
12
बल्ल काठमाडौँ वासी हरुले बुझेछन, बास्तबमा उनीहरुको आन्दोलन बन्द चक्क जाम यी सब सफल हुनुको पछाडी हाम्रो हात छ. उनीहरुको लैलैमा लगेर हामी आन्दोलनमा उत्रन्छौ, तर के को आन्दोलन हामीले बुज्ने कोसिस गरेनौ. अब हामी बुज्ने कोसिस गरौ उनीहरुको आन्दोलनको पछाडी के छ कति स्वार्थ छ त्यो बुझौ, अनि काठमाडौँ बासीले मात्र होइन हामी सबै नेपाल बासीहरुले कसैको बन्द सफल बनाउन नदिउ, ता कि हाम्रो इच्छा, हाम्रो चाहना अनि हाम्रो आवस्कता “संबिधान” नेपालमा अनि सारानेपालीको साथमा भित्रन दिउ.
मन परे हरियो, नपरे रातो
8
0
जसरि माओबादीको हातबाट पिडित हरुले माओबादीलाई राम्रो भन्दैनन् ,त्यसरी नै उपत्यका बासीहरुले यो पृथ्बी चा लाइ कहिले पनि राम्रो मान्दैनन. जुन कत्लेआम त्यो बेला यो प्रिथ्विचा ले गर्यो र निर्दोष जनताहरुको नाक कान काट्ने देखि लिएर निर्मम हत्या गरेको छ त्यसलाई कसरि भुल्ने ????????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
26
के सबै दल को कुरो मा विश्वास गरेर bandh गरेको हुन् र उनीहरुको गूंडा हरु को डर ले पो बन्ध गरेका हुन्. पृथ्वी नारायण शाह महान राजा थिए र यदि उसको योगदान लै भुल्यो भने हामी नेपाली हरु कति कृतघ्न रहेछ भनेर प्रमाणित हुन्छ. यदि यी दल हरुले तोडफोड गर्ने हैसियेत राख्थे भने यंह को जनता कट्टु मा पिसाबल फेरेर बन्ध सफल परिदिन्थियो त्यस कारण सल्योक्य जी हरु brahm मा नबस्नु भए हुन्छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
पृथ्वी नारायण शाह को सालिक देश को सबै जिल्ला सदरमुकाम हरुमा राख्नु पर्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
8
पृथ्वी नारायण शाह ले राम्रो काम गरेका हुन् … १ दिन त छुटी हुनु नै पर्छा है !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
17
बन्द, चकाजाम, तोडफोड र ढुंगामुढाले मात्र सरकार वा बिपक्षिलाई घुंडा टेकाएर आफ्नो माग पुरा गराउन सकिन्छ भन्ने जुन मान्यता वा संस्कारको मुलुकबासीको वा मुलुकका नेताहरुको दिमागमा बिधमान वा विकास भएको छ, त्यसलाई एक दिनको बन्दले देशलाई कति आर्थिक नोक्सानी व्यहोर्नु पर्छ र उक्त नोक्सनिले हामीलाई प्रत्यक्ष् कति नोक्सान पुर्याउँछ भनी मनोबैज्ञानिक, उत्प्रेरित गर्ने र जन- जागरण ल्याउने किशिमको शिक्षाको सबै क्षेत्रमा सरकार वा सामाजिक संस्थाहरुबाट प्रचार-प्रसार गर्दा उचित होलाकी ! अर्को कुरा सबै मुलुकबासीले बन्दको बिरोद स्वरूप निडर र शाहस पुर्वक आफ्नो दैनिक गतिबिधि सुचारु रुपले सजकता अपनाई गर्दा पनि बन्द गर्नेहरु हतोत्साही हुनेछन ! जस्तो कि यस पटक देखियो ! अब भने राम्रो सुरुवात होला ! आशा गरौं !
मन परे हरियो, नपरे रातो
10
0
बडामहाराजको नाउँ भजाएर ज्ञानेन्द्र ‘राजा’ त टिक्न सकेनन्, यी ‘पिद्दी’हरू कतिञ्जेल टिक्लान् र !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
35
54
हो यस्तै गर्नु पर्छ, अब त अति यस्तो बन्दहरु, अब सबै मिलेर रोक्नु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
सालोक्य जीले भने जस्तो अबज्ञा चै ठ्याकै भन्न नमिल्ला …
जब ठुला भनिने राजनीतिक दलहरुले भुसतिघ्रे परिचालन गरि बाहुबल र तोड फोडको भरमा बन्द गरौन खोज्दा असफल भयको दिन चाही साच्चै राजधानी बासीहरु अब चाही जागे भन्नु पर्ला …अहिलेको अवस्था तेस्तो अलि होइन कि ?? तर पनि सांकेतिक रुपमा एस्लाई जागेकै भन्नु पर्ला … यो बन्दको बारे त १% जनतालाई पनि थाहा थिएन होला .. र यो दलको के नै अस्तित्वो छ र राजधानीमा (नेपालगंज तिर भए कुनी के ) ??
बन्द संस्कृति सधैलाई बन्द गर्न हामी सबै जनतामा सामाजिक चेतना आउन जरुरि हुन्छ .. बिकसित मुलुकमा बन्द गर्ने दल सधैका लागि बन्द हुन्छन यानी जनाधार गुम्ने डरले कहिले एस्तो सोच्न सक्दैनन् .. बन्द जनताको जीवन निर्बाह / पद्दति संग प्रतक्छय सम्बन्ध राख्ने हुनाले बन्द सधैका लागि बन्द गर्नु पर्छ … आफ्नो माग र अधिकारको लागि अरुको मनाबधिकार हनन गर्नु कातिको जायेज हो त ??
बन्द बिरुद्ध जनता जाग्नु पर्ने बेला भने भैसकेको छ ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
0
we all nepalese have to be against this kind of strike forever–otherwise it gonna be worst poverty of the nation n public–
मन परे हरियो, नपरे रातो
6
1
म त भन्छु ठुटे नेताहरुको सिमित स्वार्थको लागि हामि नेपालीहरु किन बाटोमा प्रदशन गर्ने ?????????? त्यो सफल भए पनि नेताहरुलाई कुर्सि मिल्छ हामिलाई के मिल्छ ????? डण्डा , चिसो खोर !!!! यति पनि हामि किन बुझ्न कोशिश गर्दैनौं !!!!!!!!!!!!!!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
2
पृथ्बी नारायण साह ले नेपाल एकीकरण गर्नु भो ,आज को सिंगो नेपाल उनको देन हो |
यो प्राय जुन नेपालि ले पनि पढेको छ ,यति हुदा हुदै किन सबै जनता मान्न तयार छैन ?
के नेपाल बन्द तेस्को सोलुसन हो ? कुनै संगठन बा संस्था ले पृथ्बी नारायण लाइ एकलौटी बनाउने र उहाको नाउ भजाएर राजनीतिक फाइदा लिने ले झन् उनको अबमुल्यन हुन्न र |
यो मुख्य प्रश्न हो |
अब कारण खोज्दै जाने हो भने एक कारण ,आज जुट्ने माहोल भन्दा पनि फुट्ने मन स्थिति मा जनता रहेकोले पृथ्बी नारायण को महत्त्व कम भएको हो | हामीले सिंगो नेपाल मा रहेर के पाएम ,केवल सासित र २ नम्बर को जनता भएर बाच्नु को पिडा भोगेम भन्नेहरु पनि छन् ,जुन कुरा लाइ पूर्ण रुप मा न कार्न मिल्दैन | हो देश अंग्रेज को अधिन भएँन ,इन्डिया को नक्सा भित्र रहन बाट जोगियो तर उनकै सन्तान बाट सासन गरिदा पनि देश अति बिपन्न दुर्दशा ,अब्यबस्था बाट गुज्रेकोले पृथ्बी नारायण साह ले उचित सम्मान पाएनन् |
आज एक मधेस एक प्रदेस छुटिन चाहन्छ ,त्यो पनि ठुलो भूभाग लिएर | सायद पछी भारत सग एकीकरण हुने होला ,तेस्तै भारत र अमेरिका नेपाल को पहाडी भू भाग मा तिब्बती सरनार्थी र स्थानीय नेपालि सम्मिलित पूर्ण गणतान्त्रिक ,प्रजातान्त्रिक स्वयात्त
देश को निर्माण मा लागेको भान हुन्छ | किनभने भारत ले पनि सधै चिन बाट भागेको तिब्बती हरुलाई आफ्नो देश मा राखेर दिर्घ काल सम्म चिन सग दुश्मनी मोल्न चाहदैन |
चिन चै सरनार्थी लाइ नेपाल मा हैन सके सम्म पर धकेल्न खोज्छ ,तर भारत ,युरोप ,अमेरिका सबै नेपाल लाइ नै चिन बिरुद्द्द युज गर्न यो सताब्दी कै राजनीति गरिरहेछ |
जस्तो कि बिसौ सताब्दी मा उनीहरु सोभियत संग टुक्राउन सफल भयो |
लडेर चिन जित्न गारो छ ,फुट नै एक मात्र अन्तिम अस्त्र हो उनीहरुको लागि ,बेलायत ले हंगकंग छोडे पनि जबर्जस्ति छुट्टै सिस्टम बनाएर गयो ,ताइवान लाइ पनि एकीकरण हुन् दिदैंन , र नेपाल लाइ युज गरेर गत बर्स तिब्बत मा ठुलो आन्दोलन गराउन सफल भयो उनीहरु |
यो मेरो आफ्नो बिचार हो |
तिब्बत र नेपाल सदियेउ देखि को मित्र र छिमेकी देश भएकोले तिब्बत ,तिब्बतई रहनु पर्छ | हामीले छिमेकी देश लाइ सहयोग गर्न न सके पनि नैतिक समर्थन गरि रहनु पर्छ |
एउटा दुखि छिमेकीलाई समर्थन गर्दा अर्को छिमेकी (चिन ) रिसौछ भने के गर्ने ?
मन परे हरियो, नपरे रातो
7
5
बन्द गराउन कतिको हाँक आउँछ, कति ढुंगा मुढा र लाठिधारिहरु जम्मा भएका छन, हात बम, विकासे बम के कति छ यी सबले गराउँछ बन्द | यी बरहारु खालि कागजमा लेखेर बन्द हुन्छ भन्ठानेका होलान् के हुन्थ्यो | बिचरा पृथ्वीनारायण शाहले त यत्रो नेपाल देशै खोलिदिएका थिए अब बन्द गराएर मात्रै उनको श्रद्ध हुने भो ? बिडम्बना !! अब फेरी उनलाई ब्यूंताउनु बाहेक उपाय अरु पनि छैन |
मन परे हरियो, नपरे रातो
12
1
हो यस्तै गर्नु पर्छ, अब त अति यस्तो बन्दहरु, अब सबै मिलेर रोक्नु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
कुरो यो हो, शिब सेनाले बिहानै १० वटा गाडी फोडेको भए ५ दिन समेत नेपाल बन्द हुन्थ्यो. उसले केहि गर्न सकेन, बन्द सफल भएन. अरु कुरो केहि पनि होइन ए सालोक्याजी.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
9
किन उसकौनु हुन्छ..नेपाल बन्द को बिरोध गर्नुस न….बन्द किन भएन भन्ने कुरा लिए जोड नदिउ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
11
अनिल जी यो उकासेको होइन भएको कुरो मात्र गरेका हुन् साथी हरुले.
मन परे हरियो, नपरे रातो
4
2
गय हाम्रा रोडमा टायर बाली ताप्ने दिनहरू
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
साधारण जनता एक जुट भयो भने, यी समाज का सबैभन्दा गरिब मजदुर र उनका परिवार लाई ‘बन्द’ गराएर भोक भोकै सुत्न पर्ने अबस्था मा पार्ने मानब रुपी दानव हरु लाई लोप्पा मात्रै हैन ,डण्डा दिएर ठिक पार्न सकिन्छ.तर हामी सबै नेपाली (पार्टी का झन्डा बोक्ने हैन) एक जुट भयौ भने यो असम्भब छैन.इजिप्ट,तुनिसिया,लिब्या,जस्तो देसमा जनता मिलेर आयो भने यी सबै भ्रस्टचारीहरु को सम्म्पति रास्त्रियाकरण गरि देसको बिकासमा लगाउने हो भने हाम्रा जनताले बिदेसिको नोक्कर नभई,आफ्नै देसमा बसी , आफ्नै देसको बिकासमा योगदान दिन सक्छन.अनि हाम्रो देस punjab जस्तै बिकसित,आत्मनिर्भर भएर बाच्न सक्छौम.यो त मेरो र म जस्तै विचार राख्ने एक नेपालीको दिवा-सपना हो.तर असम्भब चाही होइन,किनभने माओबादी जस्तो सक्तिसाली पार्टीपनि आफु सरकारमा नआए अनिश्चितकाल सम्म बन्ध गर्छु भनेको त सम्पूर्ण जनताले बिरोध गरेपछि टांगमुनि पुछर हालेर भागे नि,होइन र ??? म कुनैपनि बादी होइन ,म आफ्नो मेहनत को बलमा इमान्दारीका साथ लण्डनमा काम गर्ने एउटा नेपाली हजुरबुबा हु.६०,७०,८० सम्म नेपाल नेपाली र बिदेसी लाई स्वर्ग थियो,जनताको सान्ति र सुरछ्या थियो ,दादागिरी अपहरण थिएन,१९९० बाट के नै उपलब्दी भयो ,भ्रस्टाचार ठुलो रुपमा मौलायो ,किनकी देस चलाउन पर्ने व्यक्ति वा पार्टी खाली कसरि ज्यादा भन्दा ज्यादा पैसा कमाउने होडबाजी तिर लागे.जे मा पनि कमिसन ,सायद मर्न को लागि पनि कमिसन दिनु पर्ने हुन्छ एक दिन . नेपाल १९९० देखि धेरैनै भ्रस्टाचार को दलदल मा तल गैराखेको छ.यसमा हाम्रा साथी हरु को कस्तो बुझाउ छ ??????
मन परे हरियो, नपरे रातो
12
1
प्रिथिवी नारायण शाहले एकीकरण गरेको होइन, अन्य छोटा छोटा राज्य रजौटाहरुलाई परास्त गरि आफ्नो गोर्खा राज्यमा गाभी बिशाल नेपाल निर्माण गरेको हो| नेपालको अहिलेको स्वरुपलाई हृदयंगम गरि उनलाई जश दिनुपर्छ| तर उनलाई एकताको प्रतिक कदापी मान्न सकिन्न| मानिस एकताको प्रतीक हुनै सक्दैन| नेपालको लागि नेपाली भाषा बाहेक अन्य कुनैपनि कुरा एकताको प्रतीक हुनै सक्दैन| नेपालमा साँच्चिकै एकता हुन् र एकता दिवस मनाउन पुराना गलत संस्कारहरु नहटाई ओठे एकताले काम लाग्दैन| एकता भनेको मन मष्तिषकबाट आउनु पर्छ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
53
“मालीले बारीका फूलहरु निमोठेर सियोले घोची घोची माला बनायो l ” भन्नु र पृथ्वीनारायण शाहले छोटा छोटा राज्य रजौटाहरुलाई परास्त गरि आफ्नो राज्य बिसाल गरे भन्नु उस्तै लाग्यो l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
22
कस्तो गोवर गणेश रैछा येओ ससंक भन्ने केटो…. पृथ्वी नारायण शाह ले एकीकरण नगरेको भए अहेलय रसुआ उसको देश हुन्थ्यो अनि उ चै तेताको राजा… अहेलय तिम्रो सन्तान को नागरकिता मा इन्डियन हुन्थ्यो मुला को साग……..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
9
एकीकरण भनेको भूगोल मात्र होइन| मान्छेको मन अनि भावना पनि हो|
धादिंगको हापिंग खोलाको पानी अझै वाइवा( तामांगको एक थर)ले खांदैनन| जहाँ सयौं वाइवा तामांगहरुको रगत बगेको तियो| किर्तिपुरको विजय पछी त्यहाको बासिन्दाको नाक कान काटिएको थियो| त्यो भनेको प्रतिसोधको भावना बाट प्रेरित भयर हो| कतै मित लगाएको नाटक गरेर कतै बिहेको नाटक गरेर जाल झेल, षडयन्त्र गरेर कबिला राज्यहरुको सैनिकीकरण गरेका हुन्| साँचै एकीकरण गरेको भए उनीहरुको भावनामा खेल्ने थिएन होला| एकीकरण पछी पनि एक भाषा, एक धर्मको मान्यतालाई अंगाल्न पुग्यो| जसको कारण आज देशमा जातीय अन्तरविरोधले नराम्रोसंग जरा गाडेर बसेको छ| त्यसैले हुन् सक्छ शाहहरुको शासन सत्ताले जस जसको हितोपर्जन भयो उनीहरुको लागि एकताको प्रतिक होला तर जनजाती तथा दलितहरुको लागि कहिल्यै पनि एकताको प्रतिक हुन् सक्दैन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
14
युध भनेर गाउको एउटा निर्दोष teacher लाई (व्यक्तिगत रिशिबिमा सुलाकी कि निहुमा ) उसकै श्रीमती र छोरा, छोरी अगाडी काट्न हुने, अनि तेत्रो राज्य एकीकरण गर्दा युद्धमा कोहि नि मर्न नहुने ?
उनको युद्धले नेपाल एक बन्यो, यिनीहरु को युद्धले के भयो ? अपहरण !! चन्दा आतंक ? लुट ? त्रास? ……
तपाईलाई थाहा थियो अपहरण ? माओबादी युधभन्दा पहिले ? कसले सिकायो ?
मन परे हरियो, नपरे रातो
7
3
पृथ्वी नारायण शाह मेरा लागि एकताका प्रतिक हुन् र सधै रहने छन् … खोलो फर्किन्छ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
12
ससंक जी, हजुर को कुरा सुन्दा दुख लगेर आयो, आफ्नो नाम पछाडी बिदेसी देश को एउटा जिल्ला को नाम राखेर गर्ब साथ् नेपाल एक बनाउने बेक्ती को आलोचना गर्दा कता कता तपाई को मानसिक दरिद्र पन देखियो, लाज लाग्नु पर्ने हो तपाईलाई…….. म पनि कास्की को मान्छे हो, तर मलाइ नेपाली भन्न मन पर्छ, प्रिथिबी नारायण साह ले नेपाल एक नबनाएको भए आज मेरो कास्की पनि सिक्किम को वा तिब्बेत को जस्तै स्वयेत्ताता को लागि बिदेशी हरु संग भिख मागीराको हुन्थ्यो होला… कसै ले न कसैले नाजितिकाना, अर्को लाइ पराजित नगरिकन कसरि देश बन्छ.. के तेसो भए नेपाल एक हुनु भन्दा अगाडी जातिय राज्य हरुको बीच मा लडाई थिएन?? प्रिथिबी नाराएँ साह ले नचाहेको भए मेरो नाम को पछाडी लामा कसरि लेखना पाउथे? कसरि काठमाडौँ मा विभिन्न जात्रा अहिले पनि हुन्थे?इतिहास पढ्नुस ससंक जी, अनि आफ्नो नाम को पछाडी नेपाल लेखना सिक्नुस…. जय प्रकास मल्ल ले आफ्नै मगर सेनापति लाइ छाला काटेर नुन खुर्सानी हालेको चाही के हो?? जसले नेपाल एक भएको मा बिरोध गर्छ त्यो कसरि नेपाली हुन सक्छा??
मन परे हरियो, नपरे रातो
12
4
जीवनजी ! नाम पछाडिको न्युयोर्क बिबिधता दिनलाई प्रयोग गरिएको हो, संसारको जुनसुकै कुनामा बसेपनि नेपाल भुलेको छैनौं है भनेर संदेश दिन खोजेको! न्युयोर्कको धाक लगाएको कदापि होइन| बृहत्तर नेपालको लागि प्रिथिवी नारायणलाइ जस जान्छ | तर उनि एकताका प्रतिक चाहिं होइनन| कसैले मान्छन भने त्यो उसको गणतान्त्रिक अधिकार हो, र नमान्नु मेरो गणतान्त्रिक हक हो
मन परे हरियो, नपरे रातो
1
5
शशांकजी, भौगोलिक रुपमा मात्र एकता भएर एकता नहुने भएको ले र भनिदा ‘चार बर्ण, छतीस जात’ भने पनि समानताको अनुभव नगरेको ले नै गर्दा त्यो प्रक्रियालाई एकीकरण नभएर एकतन्त्रीकरण भन्ने गरेको छु मैले चाहि! र एकतन्त्रीकरणको त्यो प्रक्रिया अहिले पनि जारि छ! हाम्रो जस्तो सानो देशमा संघियता किन?? हो, त्यहि एकतन्त्रीकरणको बिरुद्ध नै हो संघीयताको आन्दोलन!
मेरो आफ्नो व्यक्तिगत विचार हो!
मन परे हरियो, नपरे रातो
0
0
जसको तोडफोड गर्ने र सडक जाम गर्ने दस्ता या भरौटे छैन भनेर होला ! बन्दै गरौन त दस्ता पनि त चाहियो नि होइनारा ?
नेपाली इतिहास मेटाउने जुन परम्परा बशालिएको छ त्यो परम्परालाई तोड्न एउटा समुह सानै भएपनि रहेछ र त्यो कुनै दिन मियो बन्न सक्छ !
उपत्यकालाई नाकाबन्दी गर्छु भन्ने मन्त्रि को बारेमा चू नगर्ने उपत्यका बशिको साहसलाई कदर गर्नुनै पर्छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
नेपाली जनता सुरवीर भएर,बहादुर भएर,सुझ बुझ भएर यो बन्दको अबज्ञा गरेको पक्कै पनि होइन/ बिगतमा कथित जन युद्ध गर्दा छोराको सामानमा बाबु मारिए,बाबुको सामने छोरा मारिए,पत्नीको सामने पति मारिए,धन सम्पत्ति लुटिए/सार्बजनिक सम्पत्ति ध्वस्त पारिए/तर को बोल्यो.कसले प्रतिकार गर्ने हिम्मत ग-यो?किन भने कसैले बिरोध ग-यो भने उसको भोलि गर्धन छैन/अनि उनीहरुको एउटा चउन्निवालाले भन्यो भने के भएन ,कसले अबज्ञा ग-यो?तर राष्ट्रियता,राष्ट्रिय एकता,अखण्डताको नारा लगाउने संग त अनुरोध हुन्छ,अनुनय बिनय हुन्छ/बिनम्म्रता हुन्छ/हथियार हुदैन,जोड जबर्जस्ति हुदैन ,अनि त्यसतालाई कसले टेर्ने?नेपालमा मोटो लाठि र धारिलो खुकुरी हुनेलाई सबैले टेरछन/साधारण व्यक्तिले जति राम्रो कुरा गरे पनि टेर्दैनन/ यो ध्रुब सत्य हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
संधै संधै के को बन्द हो यो ? येही बोल को प्यारोडी गीत अहिले facebook मा धेरै हित भैराखेको छ | मलाई नि धेरै मार्मिक लग्यो गीत र त्यसका शब्दहरु | हेर्नुस यो video मा:
http://www.youtube.com/watch?v=k7IsNH8W2iI
सारा जनता बन्द बाट वाक्क दिक्क भै सके | यी नेता र उनका कार्यकर्ताहरु ले कसरि बुझ्न नसकेको |
मन परे हरियो, नपरे रातो
4
1
जब अति हुन्छ \जब उकुस मुकुस हुन्छ \ जब जनता को बिस्वास हराउछ \ त्यस बेला मै हु भन्ने हरुले पनि धुलो चाट्नु पर्छ \जन शक्ति को अगाडी कोहि कसैको जोड चल्दैन \ यो शुरुवात मात्र हो \मै हु भन्ने पार्टी र नेता हरु ले बुझे हुन्छ अब जनमत फेरिन थालि सकेको छ \ अति गर्नु अत्याचार नगर्नु भन्ने उखान पुर्खाले त्यसै बनाएका होइनन नि गाठे !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
0
राम्रो कुराको माग गर्दा बन्द कहाँ सफल हुन्छ र. नराम्रो कुरा र गुण्डा गर्दी गरेको सफल हुन्छ. इतिहास र पृथ्वी नारायण शाह को अबमुल्यन हुने देशका जनताले त गणतन्त्र अयेधेकी नै ठुल ठुलो लोप्पा खाइराखेको चाहिं तपैले देख्नु भयोकि भएन कुन्नि.
फेरी, पनि बन्द जसले गरेनी सफल चाहिं गुन्डा र लेठेत ले नै गराउने हो. जनता त लाठेत र गुण्डाको अगाडी लाचार नै छन् नि होइन? त्येसैले एस्लाई जनता ले असफल वा सफल बनाए भन्नु वहिहात हो. जसको लाठेत छैन त्येसले बन्द नगरे हुन्छ.
अर्को, जनताका लागि कुरा गर्नेले बन्द गर्नुको औचित्य छैन भन्ने कुरा त हामीले बजेका नै छौ. दुर्भाग्य हाम्रो देशको हो जहाँ पृथ्वीनारायण को सम्मान को लागि बाँधको आब्हान गर्नु पर्ने अवस्था आयो. ठुलो लोप्पा त हामी खन्दै छौँ नि होस् त्येस्म जाओस.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
25
माओबादी , काँग्रेस लगाएत दल ले गरेको बन्द जुन दिन नेपाली जनताले टेर्दैनन , तेही दिन बाट नेपाली जनता स्वतन्त्र भए ,मुक्ति पाए भनेर जाने हुन्छ / छोटा,मोटाले गरेको बन्द असफल हुनु को कारण उनीहरुको बल नपुगेर हो / उनीहरुको भत्काउने तागत कम भएर हो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
1
बाल ठाकरेको शिवसेनाको शाखा त होइन, नेपालको शिव-सेना!? जस्तोसुकै नाम राखेपनि शिव-सेना/राप्रपा/राजावादी हात्ती छाप चप्पल हो भन्ने कुरा नेपाली जनताले बुझेको छ| यिनले बोलाएको बन्द विफल भयो| भोलि पक्कै बन्द हुन्छ भनेर अर्को आब्बाहन गर्न पनि बेर लाउन्दैन| स्वच्छ छविका गृहमन्त्री कमल थापाले एकताका कर्फ्यु आदेश दिएका थिए, जनताले अटेर गरेपछि उनले पुनारादेश यसरी दिएका थिए: भोलि साँच्चिकै कर्फ्यु लाग्छ| भत्केको इतिहास चैं कुन्नि! फेरी साँच्चिकै बन्द आब्बाहन गरेर दोस्रोचोटि लोप्पा खान्छ होला यी विकल्परहित पंचायती व्यवस्थाका हिमायतीहरुले !!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
52
पक्कै पनि पृथिवी नारायण शाह लै राष्ट्रिय एकता का प्रतिमूर्ति मान्नु धेरै राम्रो हो. तर तेस्को लागि बन्द गरिनु धेरै गलत.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
75
3
यो असफल बन्द राजा को बिरोध सम्झने भुल नगरौ अब जनता आजित भैसके कसैले भन्दैमा कसैको लहलहैमा जनता सडकमा आउने दिन गय भन्दैमा बन्द हुने भय जनविद्रोहको मन्त्र जप्दै पेरिसदाडामा किन रुदै बस्थ्यो र माओबादी
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
4
जस्तोसुकै अबस्थामा पनि बन्दलाई समर्थन दिनु अबिबेकशील तथा अदूरदर्शीताको परिचय दिनु मात्र हो | जनता जागे ..खुशी लाग्यो !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
अब त हाम्रा जनता पनि सचेत हुदै छन्, कुनै नेता-पार्टी ले बन्द को अभ्वान गरे पनि जनता ले हो-यसरि reaction गरिदिए पछी तिनका बाउको कुनै लछार-पाटो लाग्ने वाला छैन ! होइन यो बन्द पनि अतिनै भएको छ, एता गर बन्द, उता गर बन्द के-साह्रै सिपालु हौउ गाठे ! बल्ल अलिकति भए पनि चित्त बुझ्यो ! आउदो दिनमा पनि तेइहो सथिहो !
मन परे हरियो, नपरे रातो
9
0
जब यी भाते नेताको को पछी नेपाली जनता लागेका थिए ,यिनी हरुले आफ्नो स्वार्थको लागि जनता लाई प्रयोग गरे .तर भाते नेताका कुरा नमाने पछी यिनी हरुले पनि थाह पाए होलान जनता भन्दा माथि केहि नै छैन \ काठमान्दौं बसी मात्र होइन नेपाल भरि का सबै जिल्ला गाउमा येसरी नै बन्द गर्ने नेता र पार्टी को काइ फर्काउनु पर्ने ,यिनी हरुको मानसिकता नै भयो कि हामीले ज गरे पनि जनता त मानि हाल्छन भन्ने. होस् गर है नेता हो जनता को सिर घुम्यो भने पाता फर्काएर टुडिखेल मा सबै लाई पिटनेछन् ,
मन परे हरियो, नपरे रातो
6
0
माउबादी संग त् तर्सेनन नि !! किन कि माउबादी संग हतियार अनि भाई-स्याल हरु छन, बन्द को अबज्ञा गर्ने बित्तिकै क्रान्ति को रातो लंगुती टाउको मा बाँधेर ,गरिब को आटो-पिठो लुटेर खाएको, बोसो ले भरिएको भुँडी कहिले हल्लाउदै, कहिले रेखा थापा संग नाच्दै बन्द गराई छाडछन् नि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
8
ओही मित्र जी तपाइलाई पनि रेखा थापा संग नाच्न मन लग्यो कि कसो? नेता बन्नु पाई हाल्नु हुन्छा नि ? नत्र हिन्दीमा राम्रो कथा लेखेर फिल्म बनाउछु मात्र भन्नु होस् तपाई संग “बिपासा” नै नाच्न आउछा……..छि के रेखा थापा संग नाच्यो भन्दैमा डाहा गर्नु हुन्छा?
मन परे हरियो, नपरे रातो
7
7
आज चै गज़ब कै कुरा सुन्न पाइयो अब यसै गरि बन्द लाइ वा बन्दकर्ता लाइ लोप्पा खुवाउदै जानु पर्छ अनि चाइ केहि हुन्छ अर्को बिडम्बना हाम्रा दल का भात्री संग्संस्था उनीहरुले बन्द गरेको बेला आफ्नो युबा जोश देखाई अलि दबाब दिन खोज्छन उनीहरु बिरुद्द नि प्रतिकार को खाचो छ /
मन परे हरियो, नपरे रातो
8
1
बन्ध संध को कुरा जांदैनौ तर पृथ्वीनारायण शाहको सम्मान मा ठेस पुराउनु चाई हुन्न ।
आज को आबसेकता राष्ट्रिय एकता ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
थोरै थोरैले धेरै बन्छ,
धेरै धेरै ले अथाहा ,,
बन्द घोसना गर्नेले,,,
के बुझ्लान जनताको ब्यथा ?
जिल्ल परे ट्वाल्ल हेरे,
नेपाल खाल्डो को चाला,,
एक दिन त हल्लाइ हेरे,,,
अब उपरान्त के होला?
धेरै चिनी,सधैं गुलियो
बिचार गरौँ त ……………………….
हामी मात्र नेपाली ,,
किन उज्यालो मा भुलियो?
कोट लाउनेको दादागिरी,
लौरो बोक्ने हरु दादा,,
बन्द नगरौ ,हल्ला नगरौ,,,
मिले देसै baanDau …………….आधा आधा .
जय नेपाल आमाको
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
काम गरि खाने जनताले समर्थन गरेनन भने कसैको पनि बन्ध सफल हुदैन/ हे नेपाली जनताहरु हो बिउझ र कुनै पनि बन्धको समर्थन नगर/ नेपालमा सरकारले केहि गर्न सक्दैन, गर्ने सबै जनताले हो/ बन्ध हड्ताल जस्ता कुरा नभय, देशमा सान्ति मात्र भय पनि जनताले नेपाललाई सोर्ग बनाउने छन/ कसैको सहयोगको जरुरत पर्ने छैन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
1
वाह धन्न्ये छ नेपाली जनता मा बल्ल बुद्धि पलाए छ धन्न्येबाद उपतेका बासीलाई अब आइन्दा कसै कुनै पार्टीले अथबा दलाल हरुले बन्द गर्नु खोज्छ भने ति बन्द गर्नुलाई सहयोग गर्ने जत्ति पनि पनि सडक मा आएर अबरोध गर्नु औचानी हामी सबै मिलेर उल्टो पिटेर थानकोट कटाउने गर्नु पर्यो त्यो बन्द कर्ता भन्द हामी जनता धेरै हुन्छौ र हामी सबै सान्ति चाहने जनता हौ बन्द्सले केहि पौदैना खाली तेही कुकुर दलाल मन्त्रि हरु र नेता हरु अनि उनीहरुको कर्येया कर्ता हरुले मात्र फाइदा पौचा आखिर दुख त हामीले पौचा र हाम्रो देसको नोक्सान हुन्छ तेसैले येसरिनै हामी जनता मिलेर एस्तो घिन लाग्दो प्रबिती बोकेका बन्द कर्तालाई दादा कटाउनु पर्चा धन्न्येबाद आज बल्ल अलि राम्रो समाचार सुन्नु पियो यो च्याउ जस्तो कानले !!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
2
बन्द कर्ताले तोड फोद नगरेको ले हो, असफल भएको, भोलि चोर कांग्रेस, एमाले, माओबादीले गरोस्त, कट्टुमा पिसाप फेर्दै बन्द गर्नु पर्छ, जनताले बन्द कैले पनि चाहेको थिएन र चाहदैन पनि………….त्रास बादी दिन सक्यो भने बन्द हुन्छ हैन भने सान्ति पूर्ण तरिकाले त महादेव नै आए पनि बन्द हुँदैन…..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2