मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सीएनएन नेपालीमा, माइसंसार स्पेनिसमा

    गुगलको अनुवादकमा नेपाली भाषा थपिँदै-

    तपाईँ पनि कहिलेकाहीँ सोच्नुहुन्छ होला, बुझ्न गाह्रो अङ्ग्रेजी लेख ठ्याक्क नेपाली भाषामा आफै अनुवाद भइदिने भए कति सजिलो हुन्थ्यो ! गुगलको http://translate.google.com/ मा गएर अङ्ग्रेजीको पूरै साइटलाई हिन्दीमा अनुवाद गरेर हेर्न मिल्छ। हिन्दीमात्र हैन उर्दु, तमिल, कन्नाडा, गुजराती जस्ता भारतीय भाषासहित विश्वका ६३ भाषालाई एकआपसमा अनुवाद गरी पढ्न सकिन्छ। नेपालीमा भने यो सुविधा अहिलेसम्म छैन। तर दिक्क नमान्नुस्, माघको पहिलो हप्ता नेपाल भ्रमण गरेका गुगलका नयाँ व्यापारिक आयाम हेर्ने निर्देशक डिभोन ल्यानले अनुवादक बनाउने प्रयास केही समयअघिदेखि नै थालिसकेको जानकारी दिएका छन्। नेपाली भाषा-प्राविधिकहरूले चासो देखाएपछि गुगल यसप्रति उत्साहित भएको छ। नेपाली विकिपीडिया, मदन पुरस्कार पुस्तकालय र साझा इ पाटी नेपाललाई गुगलले सहकार्यका लागि आह्वान गरेको छ। सबै कुरा ठीक भयो भने यही वर्षभरीमा तपाईँले गुगलको नेपाली अनुवादकको प्रारम्भिक संस्करण देख्‍न पाउनु हुनेछ। यो

    पूर्ण रुपमा सञ्चालन भएपछि तपाईँले बीबीसी वा सीएनएनका पूरै पेज नेपालीमा अनुवाद गरी हेर्न सक्नुहुनेछ। त्यसैगरी माइस‍ंसारका ब्लगहरुलाई पनि अङ्ग्रेजी, स्पेनिस वा उपलब्ध अन्य कुनै पनि ६३ भाषामा अनुवाद गर्न सक्नुहुनेछ।

    गुगलका नयाँ व्यापारिक आयाम हेर्ने निर्देशक डिभोन ल्यान नेपाली सरोकारवालासँग काठमाडौँमा छलफल गर्दै । तस्बिर सौजन्यः गणेश पौडेल

    वाह, गज्जब लाग्यो ? तर धेरै उत्साही भइनहाल्नुस्। मेसिनको अनुवाद कहिले पनि मानिसको अनुवाद जस्तो हुँदैन। केही न केही कमिकमजोरी त भइ नै हाल्छ। मेसिनले नै राम्रोसँग पूरै अनुवाद गरिदिने भए अनुवादकहरुको जागिरै गुम्थ्यो नि।

    छ वर्षअघि पनि काठमाडौं विश्वविध्यालयको इन्फरमेशन एन्ड लेङग्वेज प्रोशेसिंग रिसर्च ल्याब (एन. एल. पि.)ले एउटा यस्तै अनुवादकको विकास गरेको थियो। दोभाषे नामको यो १८ महिने परियोजना काठमाडौं विश्वविद्यालय र मदन पुरस्कार पुस्तकालयको संयुक्त प्रयासमा भएको थियो। यो परियोजनालाई PAN ASIA ICT R&D ले २९ हजार ९ सय ९० अमेरिकी डलर लगानी गरेको थियो। छ वर्षअघि साउन १४ गते काठमाडौँमा एउटा कार्यक्रम आयोजना गर्दै यसलाई http://www.nlp.ku.edu.np मा सार्वजनिक पनि गरिएको थियो। त्यति बेला arms management लाई पाखुरा व्यवस्थापन र probe commission लाई सुत्लो आयोग भनी अनुवाद गर्थ्यो यसले। तर यो परियोजना प्रारम्भिक चरणमा नै अड्कियो। अहिले त त्यो साइट चल्दा पनि चल्दैन।

    अनुवाद ठ्याम्मै नमिल्ने भए पनि लगभग बुझिने भाषा आउँछ यसमा। त्यसैले गुगलले अघि बढाएको प्रयासमा नेपाली संस्थाहरुले सहकार्य गर्ने हो भने अङ्ग्रेजी नजानेका लाखौँ नेपाली भाषी यसबाट लाभान्वित हुन्थे। नेपाली भाषाका सामाग्रीहरुमा पनि अरु भाषामात्र जानेकाहरु पहुँच हुन्थ्यो। आशा गरौँ यो छिट्टै सुरु होस्।

    विक्रम संवतको क्यालेन्डर पनि
    गुगलको क्यालेन्डर प्रयोग गर्नुहुन्छ भने तपाईँलाई थाहा होला, त्यसमा location मा नेपाल राखे पनि Time Zone नेपाल छान्न मिल्दैन। Default मा भारतको समय आएर बस्छ। अब यसबाट पनि मुक्ति पाइने भएको छ।

    गुगलले नेपालमा व्यवहारिक प्रयोगमा रहेको विक्रम संवतको क्यालेन्डरलाई पनि अर्को वर्ष (विक्रम संवत् २०६९) देखि सार्वजनिक गर्ने भएको छ। नेपाली विकिपीडियासँगको सहकार्यमा यसै बैशाख १ देखि गुगलमा नेपाली क्यालेण्डर आउने भएको हो। चन्द्रमासको आधारमा बन्ने नेपाली क्यालेन्डरलाई हरेक वर्ष पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्नुपर्ने भएको हुँदा गुगलले नेपाली क्यालेन्डर लागू गर्न नसकेको डिभोनले बताएका थिए। प्रत्येक वर्ष समितिले स्वीकृति दिइसकेपछि नेपाली क्यालेन्डर अपडेट गर्न सहयोग गर्ने नेपाली समुदायको प्रतिवद्धतापछि क्यालेण्डर राख्न गुगल सहमत भएको हो।

    गुगल नेपाली क्यालेण्डर लागू भएपछि नेपालका चाडपर्व, राष्ट्रिय दिवसहरू, सरकारी विदा लगायतको जानकारी त्यसबाट लिन सकिन्छ।

    No related posts.

    31 comments to सीएनएन नेपालीमा, माइसंसार स्पेनिसमा

    • omkar chhantyal

      मलाई पोर्तुगिस भाषा सिक्न सजिलो हुने भयो खुसि लग्यो बरु मिल्छ भने छिटो सुरु गर्दा हुन्थ्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • गूगल को यो project सफल भयो भने हामी सबै नेपाली हरुलाई Nepali Calendar हेर्न सजिलो हुने थियो .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • कुरा त गजब लाग्यो | केहि कुरामा थप सुबिधा आएता सबै नेपालीलाई राम्रो कुरा हो | अबो अरुले गरिदिन्छु भनेर अको रहेछ हाम्रो देशले पो परा बिगार्ला भन्ने डर

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Gaurav

      कुरा त गज्ज़ब हो. तर मलाई मन नपरेको यो नेपाली मिति पन्चांकका बाजेले पास गर्ने सिस्टम …. आफ्नो बर्चस्व कायम राख्न आफुले तोक लगाएपछि मात्र नेपाली मिति पास हुने सिस्टम कहा सम्म को जायज छ! जमाना कहाँ पुगिसक्यो, एउटा मिति को लागि पंचाकको तोक कुर्नु पर्ने….क्या हास उठ्दो…..खुरुक्क एउटा फोर्मुला बनाए कति राम्रो हुन्थ्यो अथवा अंग्रेजी मिति नै चलाउन थाले झनै सजिलो हुन्थ्यो….फेरी यति कुरा मा देशभक्त साथिहरुको बिरोध आउला पो भन्ने डर.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

      • अघोसित रुपमा अंग्रेजी मिति त चलेकै छ नि, हाम्रो आफ्नो मौलिकता र पहिचानको निम्ति भए पनि बिक्रम सम्बत, नेपाल सम्बत चलाउनु पर्छ . बिक्रम सम्बतमा इश्बी सम्बत जस्तो सजिलो संग मिति गणना हुदैन, सायद त्यसैले नेपाली मिति पन्चांकका बाजेले पास गर्नु पर्ने होला . अथवा गुगल का प्रतिनिधिले ज्योतिष शास्त्र पढे र जाने भने शायद कसैको अनुमति लिनु पर्दैन.

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Kamal Thapa(Dammam KSA)

      खुसीको कुरा काम भएको दिनको पर्खाइमा, हेरौ अब केहि होलाकी!/ हाम्रो भाषाको पनि विकास होला जस्तो छ/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • BHABIN

      Hope for as soon as we thought….although google translation is not so perfect ,something better for us..thanks to you all for your works.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Madan, USA

      गुगलले नेपाली भाषा, साहित्य, समाचार र क्यालेन्डरमा समेत जिज्ञाषा राखी यसको उल्थाको लागि उचित प्रक्रिया र पद्दति अपनाउन खोजेको सुन्दा अत्यन्त खुसि लाग्यो ! निश्चयनै यो सर्हानिय कार्य हो ! यसले तमाम नेपाली मात्र नभई समस्त नेपाली भाषा, कला, गतिबिधि, सुचना र समाचार सम्बन्धि चासो राख्ने जो कोहि पनि लाभान्वित हुनेछन भन्ने लाग्दछ !

      यति मात्र नभई गुगलले आगामी दिनहरुमा बिकशित मुलुकहरुमा जस्तो ‘गुगल अर्थ’ द्वारा नेपालका हरेक गाउँ वा शहरका बाटो घाटो, सामाजिक वा पुरातात्विक महत्वका स्थानहरु, धार्मिक स्थलहरु, स्कुल कलेज, हस्पिटल, पेट्रोल पम्प, खाजा घर, होटेल वा लजहरु ईत्यादी पनि ब्यबस्थित वा सरल किसिमले सुचांकन वा निर्देशित गरोश ! जसको उच्चतम फाईदा हरेक नेपालीले लिन सकोस !

      त्यस्तै हरेक बिदेशी पयर्टक पनि गुगल म्याप (नक्शा) वा गुगल अर्थको सहायता द्वारा हरेक नेपाली भूभागको कुना-कुनामा आफु खुसि जान सकोस ! यदि यसो भयो भने पयर्टकको संख्यामा उल्लेखनीय रुपमा बृद्दी हुन् जानेछ र विश्व बृत्तमा नेपाल को प्राकृतिक सुन्दरताको चर्चा अझ उच्च हुनेछ ! ग्लोबलाइजेशन् को अबधारणा अनुसार मुलुकबाशी गुगलको सुबिधाहरुको पुरा लाभ उठाउन पाउनेछन भन्ने मेरो ठहर छ !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Yogen

      मलाइ पनि तपाईहरु लाइ जस्तै खुसि लागेको छ /

      तर सबै मिलेर यौटा अर्को अनुरोध गरौ न गुगुल लाइ हाम्रो देशको बिकाशलाइ पनि नेपालि बाट English मा रुपान्तरण गरिदिनुहोस भनेर, किनकि हाम्रा नेताहरुबाट देश बिकाश हुने कुरामा अब कमै विश्वास लाग्न थाल्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • राजेन्द्र सुवेदी,पुलाचौर-६, म्याग्दी

      हामी जस्ता सरकारी स्कुलमा पढेर अँग्रेजी भाषाका वेबसाईटहरु अध्ययन गर्न नसक्नेहरुको गुरु बन्न सक्छ GOOGLE

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • अनलाइन नेपाली भाषा प्रयोगकर्तालाई त ज्यादै खुशीको कुरा, T.U ले पनि अनलाइनको महत्त्व बुझेर होला यस वर्ष ‘अनलाइनमा नेपाली साहित्यको स्थान’ शीर्षकमा शोध पत्र तयार पार्न स्वीकृत दिएछ.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Krish Thapa

      वाओ! उमेश जी निकै राम्रो समाचार नकारात्मक कुरा सुन्दा सुन्दा वाक्क भैरहेको कान ले रमाइलो सम्मचार सुन्दा छुट्टै मज्जा आउने नेगेटिभ भन्दा पोजेटिभ कुरा लाई नै प्रमुखता दिए कसो होला ???????

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • योगेश आदी, न्यूयोर्क

      Men are only as good as their technical development allows them to be.
      - George Orwell.
      जे होस् यो पनि एउटा खुट्किलो हो / खुशी लाग्यो !!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Shree Basanta

      सबैलाई फाइदा हुने राम्रो कुरा, चाडै शुरु होस् | खालि गनाउने राजनीतिको कुरो गर्यो देश जहाँ को तही | राजनीतिले बिकासको निकास दिन सकेन | जनताले नै खोजेको झन टिकाउ हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • deepak

        श्री जी, तपाइले ठिक भन्नु भयो / “सबैलाई फाइदा हुने राम्रो कुरा, चाडै शुरु होस् | खालि गनाउने राजनीतिको कुरो गर्यो देश जहाँ को तही” खाली DIG ले स्वास्नी मर्यो, सभासद ले पासपोर्ट बेच्यो, सभासद ले मान्छे अपहरण गर्यो (gupta भू पु मन्त्रि ), प्रचन्डले दस्करोद को घर किने, सुनको घडी लग्गाये, खुमे, वाग्ले, सुजाता, गुप्ता भ्रस्टाचार को आरोप , नेपाल बन्द, ताएर बल्यो, गाडी मा आगो लाग्यो, अपहरण भयो, हत्या भयो येस्तई येस्तई बिकिर्ती को समाचार ले नेपाली हरु वाक्य भएका छन् / धेरै राम्रो समाचार उमेश जी ले राख्नु भयो अनि खुसि लाग्यो आज /

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Badri

      एस्तो कुरामा पनि प्रतिक्रिया जनाउने महानुभावहरुले नकारात्मक प्रतिक्रिया जनाएको देख्दा अचम्मै लागेको छ | कसेकम राम्रो कुरालाई राम्रो भन्न सकिन्न भने नराम्रो पनि नभनी दिनुसन है |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • jateen

      “थुइक्क, तेरो घैटोमा घाम कैले लाग्ने हो?” लु गुगल कान्छा यसलाई translate गरेगा देखाऊ त!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • bipin

      गुगल नेपालीमा अनुबादमा सहयोग गर्नको लागि यश लिंकमा जानसक्नुहुन्छ
      http://translate.google.com/toolkit/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • लौ यो काम गुगल ले गर्यो भने चै धेरै राम्रो हुन्छ है………….आशा गरौ चाडै काम सम्पन्न होस्…………

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • फेरी एस्तो राम्रो कुरामा पनि राजनीति मिसौछन यार साथीहरुले …:( :(

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • krishna(...)

      लौ लौ उमेश जी अब एउटा राम्रो खालको संबिधान खोजेर “उल्था” गर्नु प-र्यो | यी जा’ ठा हरुले पार नलाउने भैहाले :

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • Sangam

      ल दामी भो ..हाम्रो भाषा पनि ग्लोबलाईज हुने भो
      ..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • prayyag nath chaudhary

      धेरै खुशीको कुरा ………..

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Rabi

      बडो राम्रो कुरो सुनाउनुभयो. आशा गरौ चाडै नै गूगल को प्रयास सफल होस् र नेपाली भाषा द्वारा लाखौ नेपालीहरु बिचमा ज्ञान को ज्योति फैलियोस.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Very good news! I was expecting this facilities from google …

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • ल ल अब भने धेरै सजिलो हुने भयो राम्रो समाचार / धेरै अफ्ठायाराहरुलाई पनि सहज तरिकाले बुझेर पढ्न पाइने भयो /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Madan Dawadi (Belgium)

      कुनै एउटा एउटा शब्द लाइ उनुबाद गर्न त ठिकै हुन्छ तर जब कुनै बाक्यनै उनुबाद गर्नपर्यो भने यसले काम गर्दैन। यसले अर्थको अनर्थ लागाइदिन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • bishnu

      असाध्यै राम्रो कदम. गुगलको जय होस् .
      गुगलको नेपाली पेज बनाउनलाई त मैले पनि २०-३० वटा शब्द उल्था गरेको थिएँ. यो पनि गर्न आतुर थिएँ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • gopi karki

      नराम्रा खवरहरुको बाढी आइरहेको बेला एउटा राम्रो खवर देखियो,
      अन लाइन प्रयोगकर्ता र बजारको लागि सुखद समाचार , यसले नेपाल र नेपालीलाई आजको कम्पुटरको युगमा आझ बढी सुसुक्छित हुन र बिकासको लागि गोरेटो होइन हाइ वे को काम गर्दछ / तर के गर्नु ?????????????????? बिश्वोको hydro power को प्रसस्त सम्भावना भएको देशमा जन्मेको त हो, घरमा बत्ति छैन !

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Bijay

      असाध्य राम्रो कुरा हो , जति सक्यो छिटै होस् !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Good to know !! येस्ता प्रविधि हरु छिट्टै भित्रिए त राम्रै हुन्थियो नि ! खाली मार्क्सबाद लेनिन बाद माओबाद मात्र भित्रिन्छ नेपालमा !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 10

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker