मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बन्दको यो समर्थन कि विरोध ?


    १३ विद्यार्थी संगठन र नौ युवा संगठनले गरेको बन्दका क्रममा कालिमाटीमा गज्जबका दृश्य देखिए। हेर्नुस् त- सटर आधा खुलेका पसलहरु। बन्दको समर्थनमा आधा पसल बन्द गरेको भने पनि भयो, बन्दको विरोधमा आधा पसल खोलेको भने पनि भयो। यो एउटा मात्र हैन, अरु पनि पसल त्यस्तै थिए। थप फोटो भित्र

    अन्ततः आज उपत्यका बन्द भयो। शिव सेना नेपालको दुई दिन, अयोग्य लडाकुको एक दिन र सुकुम्बासीहरुको एक दिन गरी लगातार तीन दिन बन्द असफल भएपछि काठमाडौँ उपत्यका अब कसैको घरको झ्यालढोका जस्तो जसले जतिबेला चाह्यो, उतिबेला बन्द नहुने रहेछ भन्ने देखिएको थियो। हामी दङ्ग पनि परेका थियौँ। तर यस पटक भने बन्द भयो। बन्दका आयोजक १३ विद्यार्थी तथा नौ युवा संगठन थिए। त्यसमा कङ्ग्रेसको नेविसंघ र तरुण दल, एमालेको अखिल र युवा संघ र सत्तामा रहेको माओवादीका अखिल क्रान्तिकारी र वाइसीएल पनि सहभागी थिए। भएभरका सबैले आह्वान गरेको बन्द भएका कारण शक्ति कै कारण पनि यो बन्द सफल भएको हुनुपर्छ।


    त्यसमाथि बन्दको विषय पनि जनजीविका कै थियो- पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि। यसअघि शिव सेना नेपालले एक दिन विदा घोषणा गर्नुपर्छ भन्दै दुई दिन गरेको बन्द, अयोग्य लडाकु र सुकुम्बासीहरुले उनीहरुको माग पूरा गराउन गरेको बन्द जस्तो थिएन यो। भाउ घटाउनु पर्ने माग थियो यसमा। खासमा यो माग पनि अन्तमा गएर विद्यार्थी त्यो पनि कलेजका विद्यार्थीलाई परिचय पत्रका आधारमा केही छुट दिनेमा सीमित हुनेछ। अनि त्यसपछि परिचय पत्र बनाउन भ्रष्टाचारदेखि कोटाको पेट्रोलियम पदार्थ बेचेको भन्दै महँगोमा बेचेर व्यापारीले नै नाफा कमाउनेछन् हेरिराख्‍नुस्। यसको बदलामा आयल निगमभित्रको भ्रष्टाचारको जालो तोड्न दबाबमूलक आन्दोलन गर्नुपर्ने हो। त्यो तोडियो भने स्वतः मूल्य घट्छ, त्यो नभए पनि कम्तिमा वास्तविक रुपमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा मूल्य समायोजन हुन्छ। अहिले त रक्सौलमा आयल निगमले दोहोरो करदेखि अनेकन् मूल्य जोडेर ७६ रुपियाँमा किन्ने डिजेल ८५ रुपियाँमा, ७० रुपियाँ नपर्ने पेट्रोल ११५ रुपियाँमा बेचिरहेको छ। डिलरको खर्च र कमिसन भन्दै १३० रुपियाँ अनि करहरु भन्दै २१५ रुपैयाँ जोडेर एक सिलिन्डर ग्यासमा २७६ रुपियाँ घाटा देखाउने गरेको छ। हेर्नुस् आयल निगमले नै दिएको जानकारी-

    यो पनि पढ्नुभयो ?

  • विश्वभर पेट्रोलियम पदार्थको भाउ बढेको छ, अनि यहाँमात्र सस्तोमा दिन सकिन्छ?
  • महँगोमा किनेर सस्तोमा बेच्नु परेकोले आयल निगम घाटामा छ।
  • अब भाउ घटाउने भए विकास बजेटबाट काटेर अनुदान दिनुपर्छ।
  • हालै पेट्रोलियम पदार्थको भाउ बढेपछि सरकारले यसो भन्ने गरिरहेको छ। अहिलेको मात्र हैन, पहिलेको सरकार पनि यसै भन्थ्यो। तर के साँच्चै स्थिति यस्तै हो त ? कहाँ हुनु महँगोमा किनेर सस्तोमा बेचेर घाटा खाएको ? बरु सस्तोमा किनेर महँगो पारेको अनि सस्तोमा बेच्दा घाटामा परेको भन्नु नि ! कसरी ? विस्तृत जानकारीका लागि यो पुरानो ब्लग पढ्नुस् यहाँ क्लिक गरेर।

    यस्ता कुरामा ध्यान नदिई फगत् मूल्य घटाउनमा किन दलसम्वद्ध विद्यार्थी र युवाहरुको आन्दोलन त ? आज एक जानकारले सुनाए अनुसार यी विद्यार्थी र युवा नेताहरु नै आयल निगमबाट कमिसन खाँदा रहेछन्। आपूर्ति मन्त्री लेखराज भट्टले त सार्वजनिक समारोहमा कति विद्यार्थी नेताको नामै किटेर आयल निगमबाट पहिले अर्कै मन्त्री हुँदा पैसा लिएको हैन भनेर हाकाहाकी भनिदिन्छन् रे। यस्तो कुरा मिडियामा आउँदैन, त्यो अर्कै कुरा!


    यसपालिको बन्दमा मिडियाले पनि पहिले नै प्रचार गरिदियो। कान्तिपुर, नागरिक, हिमालय टाइम्स, समाचारपत्र, राजधानी लगायतका पत्रिकाले विद्यार्थीहरुले बन्द घोषणा गरेको समाचार छापिदिए। यसको पनि प्रभाव परेको हुनुपर्छ। कलंकीदेखि सुन्धारासम्म हिँडेर जाँदा बन्द आयोजकहरु कालिमाटीमा बाहेक देखिएनन्। फर्कँदा त त्यही पनि देखिएनन्। जबकि आयोजक त्यत्रो १३ विद्यार्थी र नौ युवा संगठन थिए। कलंकीदेखि सोल्टीमोडसम्म केही पसलहरु पूरै खुल्ला थिए। निजी र सार्वजनिक सवारी साधन भने ठप्पै थियो। बन्दअघिको आन्दोलन कै क्रममा आरआर क्याम्पसअगाडि राष्ट्रपति कार्यालय कै कार जलाइएको थियो। अरु पनि गाडी तोडफोड भएका थिए। त्यसले पनि यो बन्द चर्को हुनसक्छ भन्ने डर परेको हुनसक्छ।


    फेरि यस पटक अनौठो पनि देखियो, प्रहरी र ट्राफिक आफैले पनि चलेका गाडीलाई नचलाउन भनिरहेका देखिए। मैले सोल्टिमोडमा प्रत्यक्ष एक जना मोटरसाइकल चालकलाई त्यसो भनेको देखेँ। अरु साथीहरुले पनि विभिन्न स्थानमा देखे। आन्दोलनकारीहरुले केही गर्लान् भनेर उनीहरुले सचेत गराएको र अप्रिय घटनाबाट जोगाउन खोजेको एक किसिमले ठीकै होला। तर प्रहरीको काम सुरक्षा दिने पनि हो। चलाउँछु भन्ने आँट गर्नेलाई पनि प्रहरीले निरुत्साहित बनाएकै हुन्।

    चलाउने आँट गर्नेहरु पनि निशानामा परे
    बन्दका क्रममा काठमाडौं चाबहिलमा बा.१ ज २४६ नम्बरको ट्याक्सी, ललितपुर सातदोबाटोमा आर.जेड.–२० पी–४२२६ नम्बरको बस, भक्तपुर नगरपालिका–१० सानोव्यासीमा बा.१ ग २२६५ नम्बरको भ्यान, जगातिमा बा.४ ख ३९३६ नम्बरको ट्रक तोडफोड भयो। त्यसमा संलग्न भएको आरोपमा खसीबजारबाट ३ जना, लैनचौरबाट २ जना, बालाजुबाट १ जना र ललितपुर सातदोबाटोबाट १ जनालाई प्रहरीले पक्र्यो। तर उनीहरु केही घण्टा वा दिनमा रिहा हुनेछन्। जबसम्म उनीहरुबाट तोडफोडको क्षति भराउने काम हुँदैन, तबसम्म बन्दमा जोखिम गरेर सवारी साधन चलाउने आँट गर्नेहरु मर्कामा परिरहन्छन्।

    No related posts.

    39 comments to बन्दको यो समर्थन कि विरोध ?

    • Ekraj

      अब किन टाएर मात्र बाल्ने देशै बालेर आगो ताप्ने अनि खरानी घस्ने नि,नेता लाई नै परमेस्वोर माने पछि किन देश चाहियो ?बिधोंग्सा मा नै पुरुसार्थ छ भने किन सिर्जना गर्ने झन्जत गर्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramesh

      बास्तवमा मेडियाले चाह्यो भने धेरै हदसम्म यस्ता बन्दको प्रभाव घटाउन सक्छ| बन्दको बिज्ञप्ति नाछापिदिने, प्रचार प्रसार नगरिदिने, बन्द हुदैछ है भनेर समाचार नाछापिदिने हो भने येस्ता बन्दहरू धेरै हदसम्म असफल हुन्छन| माइसंसारले गरेजस्तै बन्द हुनुभन्दा अगाडी हल्ला नगर्ने तर बन्द पछिको मात्रै समाचार छाप्ने हो भने सर्बसाधारणलाइ बन्दको बारेमा थाहा नै हुदैन| तर मेडियालाई कहिले कसले बन्द गर्छु भन्छ र front page समाचार छाप्न पाइन्छ भन्ने हुन्छ उनीहरुबाट यो आशा गर्नु पनि बेकार हो|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • sulav shrestha

      नेपाल को conditon सबै लै थाहा भएकै kura ho तर पनि मनिष हरु मुर्ख को जस्तो बेबहार गर्छन.नेपाललाई duubauna मा estai नेता र तेस्त नेता हरुलाई समर्थन गर्ने यस्ता बिद्यार्थीहरु ले पनि धुलो भूमिकै खेलेको छ.उसै त एक्थौ dekhi अर्को ठाउँ जना मुस्किल पर्ने desh मा तेइमथि नेपाल बन्द जस्तो घिन लाग्दो र रस्त्रघती karya गरेर नेपाल लै दुबौने यस्ता नेता तथा तेसका समर्थन मा कम गर्ने बिद्यार्थी हरुलाई नेपाली जनताले राम्रो sanga sabak sikaunu पर्ने awastha अयेसकेको छ.. जागौ जनता जागौ.

      अति गर्नु तर अत्याचार na गर्नु भन्थ्यो पहिले अब कति ni गर्न नदिने बेला अयेसकेको छ .

      मेरो desh मेरो नेपाल .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tarik

      भोलि पर्सि नेता बन्ने रेहेअर्सल हो बन्द कार्यक्रम. कहाबाट ल्याएर मूल्य घटाउने होला के सरकारले पनि !!! धारोमा पानि औना गाह्रो देशमा तेल कहाबाट झर्ने होला हे भगवान!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Deepak Raj Sharma

      कुरा पहिला कै हो जुन बेलामा नेपालमा प्रजातन्र आएको थिएन । मेरा धेरै बिदेशी मित्रहरु जो नेपालको प्रकृतिक सुन्दरता अनी यहाँका मानिसका निश्कपट प्रेम र सध्भाव देखी औधी खुशी हुन्थे र भन्थे कि संसारमा कतै स्वर्ग छ भने नेपालमा छ अन्त देख्न र हेर्न पाइंदैन । कुरा पहिलाको भएपनी भर्खर नै हो जस्तो लाग्छ । समय परिवर्तन भयो नेपालमा प्रजातन्त्र अनी गणतन्त्र जे भनु आयो अनी शुरु भयो धेरै कुराको बिक्रिती तेस मध्य पहिलो हो जुन नेपाल बन्धको सजिलो उपाए । जे-जस्तो अवस्थामा पनि नेपाल बन्ध गर्ने पारीपाटी । शिक्षा जस्तो क्षत्रमा लागेका विद्यार्थी जस्को कान्धमा नेपालको सुनौलो भबिश्य जोडीएको छ ,राजनितिक पार्टिहरु जसले बलियो नियम कानून बनाएर राष्ट्रको निर्वार्ण गर्ने जनता समक्ष कसम खाएका छन अनी तिनिहरु द्वारा पालन पोषण भएका भार्तिसंगठन हरु जो बेमौसमी बाजा जै कहाँ बजाउने र कहिले र कुन समयमा बाजाको धुन सुन्ने कुराको कुनै हेक्क नै नभएका यि फाल्तु जोकर हरु शायद यिनिहरुलाई शिक्षित भन्ने वा गोबर गणेश ? हरेक शिक्षित राष्ट्रहरुमा जो बिकास को स्वाद चाखेका छन उनिहरुले पनि आफ्नु बिरोध जनौछन तर शिक्षित पाराले न कि अन्तरराष्ट्रिय स्तरमा नै आफ्नो देशको नाम खराब हुने किसिमले । महगाई हरेक राष्ट्र मा छ तर तेसको बिकल्प को खोजी हुन्छ । जुन देशमा पेट्रोल को कुनै स्रोत छैन त्यहाँका मानिसका घरमा अनेक मोडेलका गाडी हुन्छ । बैकल्पिक कुनै उपाएको खोजी हुँदैन । युवा वर्गहरु यसरी हनुमान भएर कुदेको देख्दा तीन छक्क पर्नु छ । कुरा मेरा मित्रहरुको भएको थियो ,आजभोली उनिहरुले आफ्नो घुम्ने लिस्ट्मा नेपालको नाम राखेको छैनन । हामीलाई उनिहरुले हेर्ने नजर आज फेरिएको छ ;सधैं बन्द हडताल हुने देश अनी कानून नभएको देश रे !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • surendra timalsina

      Please some one play this song to our leaders..

      http://www.youtube.com/watch?v=k7IsNH8W2iI

      “why this nepal banda dai?”

      हिजो नेपाल बन्द को दिन मा एउटा घर मा बज्दै थियो यो गीत | पछी youtube मा खोजेर सुने , धेरै राम्रो लाग्यो | लुना टोल टोल मा घन्काई दिएर नेपाल बन्द को बिरोध गरों हो साथी हरु |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राजेन्द्र सुवेदी,पुलाचौर-६, म्याग्दी

      विद्यार्थीहरुको हक, हितको लागि लड्ने भनेर गठन भएका तिनै संगठनहरुले बन्द गरिदिए भने….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suman p shrestha

      यो सबै ठुला नेताको काम हो किन कि मा आफै ले अनुभब गरेको कुरा हो , कसरि भने म एक ताका साना student नेता थिया र धेरै अफर औथियो एती गरे एती दिन्छु भनेर , student लाई मतलब भएकै कुरा हुन्न थियो तर हामी ढुंगा हान्न पुग्थियू . येही हो सत्य कुरा ……..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • योगेश आदी, न्यूयोर्क

      नेपाली बिद्यार्थीहरू तोडफोडमा कति अगाडी छ भन्ने जगजाहेर भएरै होला बन्द सफल भएको ! तरपनि कारण चाँही जायज नै थियो /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • rabi

      ई बिद्यार्थी नेता भानुदा हरु ले नै आइल निगम बाट पैसा लिन्छन अरे अनि उनीहरु नै टाठा बाठा भएर सोझा साझा हरु लाई टायर बल्न लगायो २.४ गाडी फुताल्यो आफु चाहि अब कसरि अर्को महिनामा खाने दाउ बढाउन सकिन्छा बस त्यतै तिर ……………….. वहा वहा नेता त नेता नै भए उसलाई के को मतलब जनता लाउन कि नलाउन,खाऊं कि न खाउन …………… तर ति बिद्यार्थी नेता भनाउदा हरुले सोच्नु पर्दैन?कि बिहान काम गरेर बेलुकीको छाक टार्ने हरु को बारेमा? हो बिरोध गर्नु parchha तर पहिला आफुलाई ऐना मा हेर्नु हात छातीमा राख्नु अनि सत्य के हो झुठ के हो पहिल्याउनु ///////////////कसैले भन्थे ………………….“The shadow of the past holds the future hostage ……………….
      होस् गर्नुस है नेता जी हरु…………

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bkpandey

      अब काठमाडौँ मा चाही बन्ध हुदैन भनेको त बिद्यार्थी का मुकुण्डो लगाएका , पार्टी का झन्डा बोकेका डाकाहरुले फेरी समस्त ज्यालादारी मजदुर र उनका परिबारको पेटमा छुरी धस्न कुनै लाज नमानी के के नै गरि भनेर भासन कसरि गर्न सकेका हुन् .हो पक्कै यिनीहरु नेपालका भबिस्यका भ्रस्ट नेता बन्ने छन्.किनभने अहिलेको नेपालमा यस्तै हरामखोरहरु नेताको मकुन्दो लगाएर लाजै नमानी नेपाल र नेपाली लाई दुख र पिडा मात्र दियिरखेका छन् . माओबादी जस्ता त भ्रस्ट भए पछी गरिब नेपालीको छैन कोहि पनि रछ्या गर्ने. खोइ कहिले नेपालमा गान्धी,मण्डेला,che guevara जन्मी समस्त जनतालाई सहि मार्ग मा ल्याई ,अहिलेका सब भ्रस्ट नेताहरु,कर्मचारीहरु,ब्यापारीहरु,सबैलाई टुडिखेल मा ब्याण्ड बाजा सहित झुन्ड्याउनु सकियोस.जय नेपाल.एक दिन यी सब हरामी हरुले हिसाब बुझउन पर्छ.म त्यो दिन को प्रतिछ्या गरिरहने छु.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Suprabhat Shrestha

      शिव सेना लगायतका संगठनहरुले केहि हप्ता अगाडी गरेको बन्दको आह्वान सफल भएन/त्यतिबेला मोटा मोटा लौरोको प्रयोग थिएन मात्र अनुरोध थियो/ त्यसैले बन्द भएन/अहिले त लट्ठा खुकुरी सबै तयार छ/त्यसमा अझै माओबादी,एमाले,कांग्रेसका रक्ष्या कबाजहरु अगाडी लागेपछि कसको हिम्मत बन्द नगर्ने? हाम्रो देश नेपाल त अब जसको लाठी उसका भैस भै सक्यो बाबै……../अब न्याय निशाफ,शान्ति अमानको त आशै नगरे हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      सकारात्मक परिणाम ल्याउन नकारात्मक तरिका मात्र अपनाउदा आज देश सधैको लागि बन्द भएको छ \ छोटो समय मा नै आम्दानि भन्दा लाखौ गुणा सम्पति जोडिदा र देखिदा पनि जेल होइन महलमा बस्न पाइने सुबिधा नै नेपाल बिग्रनु को कारण हुन् \ कराएर ,तर्साएर ,लडाएर राज्यमा ब्रम्हलुट गर्न पाइने यो देश को हालत यो भन्दा फरक कसरि हुन्छ ? जनता को नाम आखिर पद र सम्पति हत्याउन मात्र रहेछ नि !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • देश पोल्ने काम भो !
      =========================
      सबै काम छोडेर ढुंगा हान्ने काम भो ,
      बन्द गर्ने निहुमा टायर बाल्ने काम भो ,
      राजनीतिको नाममा जनता ठग्ने काम भो ,
      हुदा हुँदा संसारमा हाम्रो अत्तिनै नाम भो !

      संविधानको नाममा ढुकुटी फोर्ने काम भो ,
      संघियताको नाममा देश तोड्ने काम भयो ,
      विकाशको नाममा नाक नाप्ने काम भयो ,
      समावेसीको नाममा हतियारको व्यापार भो ! ,

      तराई पहाडको एकतामा रंग पोत्ने काम भो
      सुरक्ष्याको नाममा हतियारले काम भो ,
      धर्मको नाममा रगत बगाउने काम भो
      सबै काम छोडेर रेलिंग भाच्ने काम भो !

      पार्टी पार्टी भनेर सबै नेता हुने काम भो
      देशको भन्दा अझ हाम्रो पार्टीको ठुलो नाम भो
      संविधानको नाममा भत्ता चट्काउने काम भो
      सबै काम छोडेर जनता ठग्ने काम भो !

      रोग निदा भन्दा रोगीनै निदान गर्ने काम भो
      गरिवी सक्नु भन्दा भन्दा गरिवनै नाश्ने काम भो
      संसार को विकाशमा हाम्रो अत्तिनै काम भो
      सबै कुरा छोडेर ढुंगा हान्ने काम भो !

      देश चलोस् नचलोस आफु मोटाउने काम भो
      संविधानको निहुमा आफैं बन्ने काम भो
      देश जाये भाडमा आफ्नालाई उकास्ने काम भो
      समानताको नाममा घांटी गिड्ने काम भो !

      जातीयताको नाममा रगतको रंग फरक भो
      अपहरण , लुट ,हत्या जीवन चक्र बन्ने भो
      स्कूल गएका बाल बालिका बेलुका घर नफर्कने भो
      आफन्त को भिडमा कसैको विश्वास नहुने भो !

      राजनीतिको नाममा कलोपोत्ने काम भो
      साधु जत्ति शुलिमा चोर पाल्ने काम भो
      जनता लाई बन्धक राखी गुण्डा पाल्ने काम भो
      नेता जति सबै बाट देश पोल्ने काम भो !

      सबै काम छोडेर ढुंगा हान्ने काम भो ,
      सबै काम छोडेर रेलिंग भाच्ने काम भो ,
      सबै काम छोडेर जनता ठग्ने काम भो ,
      सबै काम छोडेर देश पोल्ने काम भो !!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Raj

      संसारको कुनै पनि बिकसित देसमा बिद्यार्थीहरु मोटर बाइक चलायर स्कूल जाँदैन. पूब्लिक ट्रान्सपोर्ट युस गर्छन.
      नेपालमा चाँही केटीलाई घुमौनको लागि मोटर बाइक चाहिन्छ.
      पूब्लिक ट्रान्सपोर्ट युस गरेभने बेइजत भयो ठान्चन.
      कुनै पनि देशको बिद्यार्थीहरुसंग एती पैसा हुँदैन, तेसैले सरकारले पूब्लिक ट्रान्सपोर्टमा दिस्कौन्त दिन्छ.
      एती पेट्रोलमा छुट दिनेहो भने, त्यो एक बर्षको पैसाले, धेरै लोंगटेर्म प्रोजेक्ट हरु सुरु गर्न सक्छन.
      मोटर बाइक नचाल्येरा बस युस गरे हुँदैन.
      राम्रो infrastructure र सुभिधा मुलक पूब्लिक ट्रान्सपोर्ट को लागि पो आवाज उठाउनु पर्ने. येस्ता मुर्खहरु त बिद्यार्थी हाम्रो देशको.

      नेपाली बिधार्थी नेदेरलैंड

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 97 Thumb down 3

      • Maushami

        ”संसारको कुनै पनि बिकसित देसमा बिद्यार्थीहरु मोटर बाइक चलायर स्कूल जाँदैन. पूब्लिक ट्रान्सपोर्ट युस गर्छन…” यो भनाइ को प्रमाण क रहेछ त

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 7

    • aditi

      खुला बजार नीति अनुसार बजारलाई छोडे भयो मूल्य तोक्ने काम सँधै को यो तेलको राजनीति बन्द गर…………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • madan bajracharya

      हामीले मुल्य वृद्धिको बिरोध भन्दा तेस्को कारणको बिरोध गर्नु पर्ने थियो/ किन नेपालमा पेट्रोल अंतर्रस्त्रिये मोलमा किन्न पाईंदैन? किन अरु देसमा पेट्रोल सुलभ हुँदा हुँदै नेपालमा मात्रै पेट्रोलको अभाव हुन्छ? यो कुरामा हामीले आवाह उठाउनु पर्ने थियो/

      तेलको हतियार प्रयोग गरेर तेल प्रसोधन गर्ने काममा यकाधिकार जमाएको अमेरिकी युरोपेली मुलुकहरुले तेलको धनि रास्त्रहरुलाई आफ्नो उपनिवेश जस्तै बनाएको छ/ कुनै पनि बिदेसी लाई तेल जस्तो नभई नहुने बस्तु आपूर्ति गर्ने काममा यकाधिकार दिनु अत्यन्त गलत छ/

      नेपालको ठुला कुर्सि मा पुग्ने तागत आपूर्तिमा भारतको मात्रै भर पर्दै आएको पार्टीहरुको आज के हालत छ, त्यो नेताहरु र पार्टीले नै देख्दै भोग्दै आएको छ/ जावो नेपालको कुर्सीमा पुग्ने तागत आपूर्ति गरेकोमा त् भारतले तेस्ता नेता र तिनका दलहरुलाई कमाराको ब्यबहार गर्दै छ भने नेपालको तेल आपूर्तिमा यकाधिकार पाएको भारतले के गर्न सक्छ भनेर “बिरेन्द्रको पालामा भारतले गरेको नाका बन्दीमा स्पस्ट देखि सकेको छ/ त् अझै नचेत्ने हामि?

      पंचायतमा गरेका भएका सबै गलत देख्ने आजका नेताहरुले पंचायत कालमा भारतलाई “नेपालको तेल आपूर्तिगर्नेमा यकाधिकार दिने सम्झौता” गलत देखेन, यो धेरै आश्चर्य को कुरा हो/

      तेल प्रसोधन र उत्पादन गर्ने कार्य मात्रै बिदेसी मुलुकलाई यकाधिकार दिंदा त् तेलका धनि मुलुकहरु आज अमेरिका युरोपको अर्ध उपनिबेस जस्तै बनेको छ भने भारतलाई मात्र नेपालको तेल आपूर्ति गर्ने यकाधिकार दिंदा नेपालमा के हुन् सक्छ यो कुरा सोच्ने समय आएको छ

      नेपालमा पेट्रोल महँगो हुनुमा दुई कुराहरु नै कारण बनेको छ
      ०१. आन्तरिक चुहुवात/ पेट्रोल चोर्ने मिसाउने र नेताहरुलाई निशुल्क पेट्रोल दिने पनि यक प्रकारको चुहुवात नै हो/ नेताहरुलाई नेताहरुकै खल्ती बात न तिराउने हो भने त्यो सरकारले तिर्नु पर्छ/
      ०२.भारतले अंतर्रास्त्रिये मोलमा नेपाललाई पेट्रोल आपूर्ति गर्दैन उसको मोलमा आपूर्ति गर्छ/ त् भारतकै कारणले नेपालमा पेट्रोलको भाउ बढ्छ/तेलको अंतर्रस्त्रिये मोल घटेको अबस्थामा पनि नेपालले भारतलाई उसैले तोकेको मोलमा पेट्रोल किन्नु पर्छ/ यो कुरानै नेपालमा तेल महँगो हुनु को प्रमुख कारण भएको छ/

      यस अतिरिक्त भारतले नेपाललाई आपूर्ति गरेको पेट्रोलमा लिनै नपाउने अतिरिक्त निर्याद कर लिएकोमा नेपालले भारत बात फिर्ता पाउनु पर्ने १०सौ अरव रुपिया फिर्ता पाउन सकेको छैन/ तर नेपालको आईल निगमले बक्यौता नतिरेको भन्दै समय समयमा नेपालमा पेट्रोल आ[पूर्ति बन्द गर्दै आएकोछ/

      त् अहिले हामीले पेट्रोलको भाउ घटाउ भनेर बन्द हड्ताल गर्नु भन्दा नेपालको तेल आपूर्तिमा भारतलाई दिएको यकाधिकरको बिरुद्ध अआवाज उठाउनु पर्छ कि जस्तो लाग्छ/ अहिले सरकार लाई दवाव दियर हामि पेट्रोलको भाउ घटाउन त् सक्छौ तर सरकारले त्यो घाटा अरु थाहुन मा कर बधायर हामि बाटै उठाई हाल्छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 2

    • Ajaya

      खास कुरा के हो भने, क्याम्पस जाने ठिटाहरु अल्ली उपद्राय्हा हुन्छन. अझ भर्खर भरखर काठमाडौँ छिरेका मोफसलका ‘बिद्यार्थी’ नेता हरु आफ्नो उपस्थिति देखौना हदै सम्मको गुण्डा गर्दी गर्छां. त्यसैको डरले ब्यापारी हरु सतर्क बसेका हुन् येस्पाली . …… नत्र बन्द गर्ने बाहेक अरु कसैले बन्दको समर्थन गर्दैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 3

    • Gaurav Nepali"Oodaaseen"

      जुलुस विद्यार्थीले होइन जनताले गर्नु पर्ने हो ! बन्द रोक्नु सरकारको काम हो, हिजडा सरकारले के रोक्न सक्थ्यो ? कुरा ठुला ठुला काम सुन्य यो सरकारको चाला !!!! वैस्यल को नेता बाबुराराम प्रम वैस्यलको बन्ध, हे भगवान, कति हास्नु एउटा सरिर आदि आइमाई र आदि लोग्ने मान्छे जस्तो भो !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 14

    • Rabindra Rai

      यो बन्द हड्ताल गर्दा जसले तोडफोड गर्छ उसलाई हर्जाना नतिराई नछाड्ने नियम बनाउनु जरुरी छ / हो नराम्रो कुराको बिरोध गर्नु पर्छ र त्यसप्रति मेरो पनि पूर्ण समर्थन छ / तर त्यो शान्तिपूर्ण हुनु पर्छ /

      जबसम्म हामीमा ‘ तोडफोडले सर्बसाधारण र देशलाई मात्र हानी पुर्याउने गर्छ नकी त्यो भ्रस्ट नेताहरुलाई’, भन्ने कुराको जनचेतना हुँदैन तबसम्म देश बिकासको कल्पना गर्नु नै बेकार हुन्छ भन्ने मलाइ लाग्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

    • प्रकाश पौडेल माइला योकोहामा,जापान

      बन्द गर्नु र गराउनु आफैमा राम्रो कुरा होइन, आफ्ना माग पुरा गराउन र असन्तोस पोख्न बन्द गर्ने होडको प्रचलन नै बसी सकेको छ अहिले नेपालमा , पछिल्लो समयमा बन्द घोसना गर्नेहरु प्रति प्रमुख भनिने मेडियाहरुले खुब बिरोध गरेर लेख्ने गर्दथे, बन्द गर्नु हुदैन, बन्दको अरु बिकल्प अपनाउन सकिन्छ भनेर पाठ सिकाउन खोजेको जस्तो गर्दथे तर आज भयको उपत्यका बन्दको बारेमा खोइ को बोल्यो ?? माइसंसारले समेत केहि लेख्न सकेको जस्तो लागेन , बन्द बिरोधि फेसबुक लेख्ने महान मित्र हरु कता हराउनु भयो ?
      पेट्रोलियम पदार्थको मूल्य बृद्दीले जनतालाइ मार परेको कुरा म पनि बुझ्छु तर बिरोधको तरिका उपत्यका बन्द हो त ? अखिल , तरुण, वाईसीएल के भयका ? यो माम्मला मा को हुतिहारा साबित भयो त् ?? सरकार होइन बन्दकर्ता नै हुतिहारा हुन्, बन्दको बिकल्प निकाल्न नसकेकोले गर्दा ( बन्द र तोडफोड गरे पछी मात्र मूल्यमा केहि कमि ल्याउने सरकार पनि बेकम्मा बन्ने निश्चित छ, किनकि बन्द नगर्दै किन मूल्य समायोजन गर्दैन ?? एस्तो हुदा बन्दकर्तालाइ हौसला पुग्दैन र ?? )

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • bikash sharma

      विद्यार्थीले किन बन्द गर्छन त? माथिबाट आदेश आएको हुन्छ अनि किन नगरोस त? टाउकेहरुले त मज्जाले तेल र कमिसन पाएकै हुन्छन| कलेजमा ढुंगा हान्नलाई सोझालाई उक्सायो, आफु सेफ ठाउमा बस्यो, पुलीसको लाठी खाने चाही अर्कैले अनि बेलुकी त्यहि पूलिससंग बसेर दारु खाने| यहि हो नेपाली बिद्यार्थी नेताहरु| पढाई नगर्ने, कलेजको पैसा खाने, शैक्षिक बाताबरण बिगार्ने, गुण्डागर्दी गर्नेहरुनै यो पोलिटिक्समा लागेका हुन्छन| चाहिने काममा चाही बिरोध नगर्ने| दैनिक सामानको मूल्य बढ्दा यी कहाँ थिए त? खोइ बिरोध गरेको? कृतिम अभाव गरेर सामानको मूल्य बढाउदा चाही कहाँ थिए यिनीहरु? अब तेलमा चाही आफ्नो स्वार्थ पुरा गर्नको लागि चाही नौटंकी बिरोध गरेको हो वा कमिसन नपाएकोले| आयल निगमको भ्रस्ट्राचारको विरुद्ध, तेल ढुवानीमा निजीकरण र पारदर्शीताको लागि किन आन्दोलन गर्दैनन यिनीहरु? सबैमा स्वार्थ र राजनीति| बिधार्थी कार्यकर्ता भनेका राजनैतिक उग्र गुण्डाहरु हुन्| यिनीहरुलाई बलिको बोका बनाएर ति फेल हुने बि.नेता र टाउकेहरुले मोज गर्छन| सबैले बुजेकै कुरा हो|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • aryan rijal

      यो बन्द को बिरोद गर्दै पेटको समर्थन गरेको जस्तो लग्यो है मलाई त

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • T Dhakal

      हत्यारा र गुण्डाहरु अहिले ठुला ठुला नेता छन्/ अहिलेका विद्यार्थीहरुले सिक्ने आफ्ना पूर्वजहरुबाट नै त हो! उनीहरुले जे देखे तेही गरे…अहिलेका हाम्रा छोरा छोरीहरुले पनि अवश्य त्यहि बाटो पछ्याउने छन्/ ….. हे भगवान! हाम्रा युवा generation लाइ सकारात्मक कुरा चाही कसले सिकाउने होला?

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • साचिकै यो आन्दोलान पनि केहि देखावटी रुपमा मूल्य घटायर झन अनियमितता गर्ने बाटो खोलेर नै टुंगिन्छ
      गाउको बिधार्थी हरु सडक ओर्लेर सरकार को बिरोधमा ग्यासको सिलिन्डर फोरिरहेछं न आन्दोलन सकियापछी फेरी ग्यास मात्रै हैन सिलिन्डर नि किन्नु पर्छ अनि चेत खान्छन . t

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • sojho gurung

      सालोक्य जी संग मा पनि सहमत छु वास्तवमा आन्दोलन गर्नेनै हो भने अब आयलनिगम को अनियमितता को लागि गर्नु पर्छा तर के गर्थे र भोलि उनीहरुको सरकार आको बेला मिलाएर पाए सम्म आफै पनि टी आयल निगम मा जागिर खाने मन छ वास्तव मा जे सुकै मा राजनीति गर्ने भएकोले नै हामीले दुख पाएका हौ . आज ग्वार्को मा साइकल को पनि हावा फुस्कौदै गरेको देखे उनीहरुको अगाडी साइकल चड्नु नहुने रे ( डर मान्नु पर्ने अथवा जनताले जसरि नि दुख पाउनु पर्ने ) ड़ोराएरा लैजादा चै हुने रहेछ मैले नबुझेको कुरा जनताको लागि नै आन्दोलन हो भने जनतालाई दुख नदि गर्नु मिल्देना र भन्या ? बास्तव मा यहाँ यस्ता आन्दोलन हरु जनताको नाम मा आ- आफ्नो राजनीतिमा उक्लने भरयंग मात्रै हो

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • premraj

      एस्तै बिरोध गरन सबीधान नबनाउने नेताहरु लाई!!! नो इन्ट्री सबीधान भबन एदी सच्चा नेपाली हो भने ??? नत्र पार्टी को नाम मा जनता लाई दुख दिने काम नगरे राम्रो !! यसरी नी एक जुट भई राम्रो काम गर ! जय नेपाल !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • गगने

      अनि जीवन धान्नको लागि आधा ब्यापार गर्या भन्दापनि भयो होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hillman, Myagdi

      नेपाल अधिराज्य भरिका गरिब निमुखाले तिरेको कर बाट रकम कटाएर सिमित शहरिया हरुका चिल्ला पजेरो, मो सा कुदाउनका निमित्त ईन्धनमा अनुदान दिनु कतई न्यायोचित होईन! खान पकाउने ग्याँस मट्टीतेलमा चाहिं दिनु पर्छ!

      गाउँ ठाउँ बाट आयको भन्ने! तर मो. सा. स्कुटीमा चढी कुद्ने विध्यार्थीहरु लाई कसरी अनुदान छुट दिने?

      शत प्रतिशत आयातमा भर पर्ने मुलुकले समय सापेक्षय मूल्य समायोजन गर्नु पर्छ!

      तर त्यो भन्दा पहिला नेपाल आयल निगममा हुने चरम भ्रष्टाचार, चुहावट र अनियमितता रोक्नु पर्यो! नेताजीहरु, जंगी र निजमत्ति कर्मचारीका ठुला बडा हाकिमहरु र उनी हरुका आसेपासे हरुलाई फोकटिया तेल दिनु बन्द गर्नु पर्यो!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • sangam

      पेट्रोलियम पदार्थ को मुल्य बढेकोमा बिरोध गर्नु पर्ने कारण के छ र बिद्यार्थी र गरिब को लागि सस्तो मुल्य तोक्ने भनेर सरकारले काम शुरु गरेकै छ केरे. यो सबै बैद्य पक्ष र दाई कांग्रस-भाइ काँग्रेस को बाबुराम लाइ सरकार बाट हटाउने योजना हो/ छोड बाबुराम हाम्रो देश मा तिमि जस्तो बुद्दिमान र इमान्दार को काम छैन.
      तेसैले म बन्ध को बिरोधि हो/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 9

      • pawan sharma

        जति पटक भाउ बडाउदा पनि घाटा मा नै छ भनेको मैले धेरै पल्ट पढेको छु news मा यो कस्तो मूल्य समायोजन हो कहिले थाहा पाउन सकिन

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • अर्जुन

      घर भाडामा छ, दैनिक नकमाए भाडा दिनै पुग्दैन। ब्यापार त्यसै पनि सुस्त छ। सटर नखोली पनि भा छैन, खोलौ, आन्दोलनकारीले फोर्देलान् भन्ने पिर छ। के गरुन कसै कसैले किन्न आए भने ब्यापार गरिरहाल्छु भनेरै हो। जनतालाई पीर परेको छ। उता सरकार भाउ बढाउछ यता ब्यापार गर्नै नपाईने अबश्था। वास्तबमा निकै पीडा छ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 0

    • Saurav

      सालोक्य जी, “७० रुपियाँ नपर्ने पेट्रोल ११५ रुपियाँमा बेचिरहेको छ” भन्ने कुरा चै अलि मिलेन कि जसो लग्यो। ७० भारु चै होला झुन रु ११२ हुन आउंछ। IOC अनुसार दिल्लीमा ६५ भारु पर्छ (http://bit.ly/yNBKhO).

      यदि यी विद्यार्थी र युवा नेताहरु नै आयल निगमबाट कमिसन खाँदा रहेछन् भने यस बारे सत्य तथ्य बाहिर ल्याउनु पर्यो। मिडियामा आउँदैन भनेर छुट्कारा दिन मिल्छ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

      • तपाईँले IOC को जस्तै NOC को पनि साइट हेर्नुभएको भए के लेखिएको छ प्रष्ट हुन्थ्यो, मिलेन कि जस्तो लाग्नै पर्दैन थियो। माथि जुन जानकारी राखिएको छ, त्यो नेपाल आयल निगमले दिएको जानकारी हो, त्यो पनि नेपाली रुपियाँमा। राम्रोसित हेर्नुभएको भए त्यसमा नेरु लेखेको स्पष्टै देख्नुपर्ने हो त।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

    • sanjiv poudel

      आखिर किन र कहिले सम्म यो बन्द ??

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • जनताको हक र हितमा गरिएको यस्ता खालका बन्ध लाई त सबै ले खुलेर समर्थन गर्नु पर्छ / अब बिधार्थिहरु मात्र हैन सम्पूर्ण जनताहरु सडक मा उत्रिने समय भैसक्यो / यसैले जनता हरु अब धेरै न सुत , अब भने साचिकै जनयुध लड्नु पर्छ / खबरदार भ्रस्ट नेता हरु …तिम्रा दिन गए …….जनता का दिन आउंदै छ … सबै लाई चेतना भया……./

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 17

    • Krishna123

      बिरोधमा आधा खोलेको हो / डरले आधा बन्द गरेको /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • Soyag

      भोलिका राजनेता बन्ने सपना देखेका बिद्यार्थी नेताको एस्तो कार्य प्रसंसनिय छैन!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker