मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    इन्डियामा वारेन्ट, थाइल्यान्डमा पक्राउ, नेपालमा थुना

    इन्टरपोलको रेड कर्नर नोटिसमा विनिता

    एभ्को इन्टरनेसनल र कस्मिक एयरलाइन्सकी निर्देशक विनिता प्रधानलाई बुधबार थाइल्यान्डमा त्यहाँको प्रहरीले गिरफ्तार गरी नेपाल पठाएको छ। ठगी (Fraud, Counterfeiting/forgery) को आरोपमा भारतीय प्रहरीले ४० वर्षकी विनिताको नाम अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल)को रेड कर्नर नोटिसमा राखेको थियो। यस्तो सूचिमा रहेको व्यक्तिलाई विश्वको जुनसुकै भागमा पक्रन सकिन्छ। नेपालमा पनि उनीविरुद्ध प्रशस्त ठगीका उजुरीहरु छन्। थाई प्रहरीले उनलाई भारत सुपुर्दगी नगरी नेपाल पठाएकोले अहिले नै भारतमा सजाय भोग्नबाट भने उनी बच्नेछिन्। आखिर के गरेकी रहिछिन् त उनले ? किन भारत र नेपालका प्रहरी उनको पछि लाग्यो ? पढ्न भित्र आउनुस्।

    तपाईँहरुलाई कत्तिको याद छ, अलि पुरानो समाचार हो। कोरियाली कम्पनी हुन्डाई मोटर्सको डिलर एभ्को इन्टरनेसनल सयभन्दा बढी गाडी किन्नेहरुलाई ठगेर भाग्यो भन्ने समाचार निकै चर्चामा थियो। कम्पनीबाट विभिन्न मोडेलका कार र माइक्रो बस किन्न पूरै पैसा दिइसकेका र पैसा तिरेर बुकिङ गरिसकेकाहरुलाई आजभोलि पास गरिदिन्छौँ भन्दै ग्राहकको नाममा पासै गरिदिएनन्। पछि पो थाहा भो, सन्चालकहरुले माछापुच्छ्रे बैंकमा ती गाडीहरु धितो पो राखेका रहेछन्। पूरै पैसा तिरिसके पनि गाडी आफ्नो हैन। अनि कम्पनीका सञ्चालकहरु रविन्द्र प्रधान, सन्जय प्रधान, अजय प्रधान, विनिता प्रधान र अनिलकुमार श्रेष्ठविरुद्ध पीडितहरुले महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गरे। सन्चालक मध्येका एक सन्जयलाई पक्राउ गरेर प्रहरीलाई बुझाए पनि प्रहरीले तत्कालै उनलाई छाडिदिएको र त्यसपछि विदेश भागेको पीडितहरुले गुनासो गरे। अरु सञ्चालकहरु सम्पर्कविहीन थिए। एभ्कोबाट मात्रै माछापुच्छ्रे बैँकले करिब ४५ करोड ऋण उठाउन बाँकी थियो। यो समूहले त्यो बैँकमा एक अर्ब २४ करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो। कानुनी प्रक्रिया स्वरुप बैंकले एभ्को समूहका विनिता राजभण्डारी प्रधान, सञ्जयप्रसाद प्रधान र रविन्द्रप्रसाद प्रधानलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्यो। तर उनीहरु बेपत्ता थिए। नेपाल प्रहरीले उनीहरुको खोजी गर्न इन्टरपोललाई रेड कर्नर नोटिसमा राख्‍न पनि भनेको थिएन।

    तर उनीहरुबाट नेपालको बैँकले मात्र हैन, भारतीय बैँकले पनि पैसा उठाउन बाँकी रहेछ। भारतीयहरुलाई ठगेको भन्दै भारतीय सरकारले अस्ति भर्खर जनवरी ५, २०१२ मा विनितासहित एभ्कोका सञ्चालकहरु सञ्जय प्रधान, अनुप प्रधान, माधव श्रेष्ठ र धीरेन तामाङविरुद्ध रेड कर्नर नोटिस जारी गर्‍यो। भारतीय प्रहरी कै सूचनाका आधारमा थाई प्रहरीले विनितालाई गिरफ्तार गर्‍यो तर भारतलाई नबुझाएर देशनिकाला गर्‍यो। अनि थाइ एअरलाइन्सको विमानबाट उनी काठमाडौँ झरिन्। झर्नेबित्तिकै अध्यागमन प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लियो।

    भारतमा उनीहरुले स्टेट बैँक अफ इन्डियाबाट लिएको १२ करोडभन्दा बढी भारु ऋण नतिरेको आरोप छ। भारतसँग सुपुर्दगी सन्धि नभएकोले औपचारिक रुपमा नेपालले उनलाई भारत समक्ष हस्तान्तरण गर्न बाध्य छैन। उनीविरुद्धका अभियोगहरुमा अब पहिले नेपालमा मुद्दा चल्नेछ।

    भारतको सीबीआईको वान्टेड सूचना।


    यसरी डुबेको रहेछ एभ्को र कस्मिक
    व्यापारमा जोखिम मोल्नु एउटा महत्त्वपूर्ण काम हो। जोखिम बिना नाफा हुँदैन। तर जोखिम उठाउँदा नाफा हुन्छ भन्ने मात्र छैन, कहिलेकाहीँ घाटा र टाट पल्टनु पर्ने स्थिति आउँछ। जस्तो यो समूहमा भयो।

    कोरियाको हुन्डाई कम्पनीका गाडीहरुको एक मात्र अधिकृत विक्रेता, कस्मिक एअरको रुपमा यात्रुवाहक विमान सेवा, कस्मिक फाइनान्स अनि नेपाल मै बन्ने पहिलो मोटरसाइकल कस्मिक यिङयाङको फ्याक्ट्री ! के थिएन यो समूहसित ?

    बजार विस्तारका क्रममा कस्मिकले आक्रामक हुने नीति ल्यायो। राष्ट्रिय उडानमा राम्रै ख्याति कमाइरहेको कस्मिक एअरले अन्तर्राष्ट्रिय सेवा समेत सुरु गर्‍यो। विभिन्न बैँकसँग ऋण लियो, अनि सुरुमा एउटा र पछि दुई वटा ठूलो १०५ सिटे फोक्कर जहाज लिजमा लियो। भारतको दिल्ली, कोलकाता र बनारसदेखि बंगलादेशको ढाकासम्म उडान गर्‍यो। सस्तोमा उडान गराएर प्रतिस्पर्धीलाई पछार्ने नीति थियो। अनि त सामान्यतया ३ हजार रुपैयाँ लाग्ने विराटनगर-काठमाडौं उडान समेत कस्मिकले १ हजार ९ सय रुपैयाँमा गरिदियो। अझ त्यतिले नपुगेर प्रत्येक उडानमा सहभागीमध्येबाट एक जनालाई मोटरसाइकल उपहार दिने योजनासमेत थियो। वास्तवमा यो कदम आत्मघाती साबित हुनपुग्यो। नाफा हैन घाटा अनि बैंकमा तिर्नु पर्ने ऋणको आकार पनि बढेको बढ्यै। ऋणमात्रै हैद्द कस्मिक एअरले विमानस्थल र इन्धनको पनि धेरै पैसा तिर्न बाँकी छ।

    समूहको अर्को असफल प्रोजेक्ट थियो- मोटरसाइकल उत्पादन। नेपालमा मोटरसाइकलको राम्रो बजार देखेर उसले कस्मिक यिङयाङ मोटरसाइकल नेपाल मै उत्पादन थालेको थियो। राजेश हमाल ब्रान्ड एम्बेसडर बनाई विज्ञापन पनि गरिएको थियो। नेपालमा उत्पादन हुने त्यो पहिलो मोटरसाइकल थियो। यसका लागि आफ्नै समूहको कस्मिक फाइनान्सबाट ऋण लिइएको थियो। तर सोचविपरीत यो मोटरसाइकलले बजार लिएन। नेपालीहरुमा नेपालमा बनेको भनी ‘यो मन त मेरो नेपाली हो’ भन्दै गरिएको राष्ट्रवादी विज्ञापनले खासै असर पारेन। कम्पनी त डुब्यो डुब्यो, यसले फाइनान्सलाई पनि असर पार्‍यो। मोटरसाइकल कम्पनी त बन्द भयो तर फाइनान्स अर्कै समूहलाई बेचेर यो समूह बाहिरिनु पर्‍यो।

    माछापुच्छ्रे बैँकसँगको ठूलो रकम ऋण तिर्न कडिकडाउ हुन थालेपछि यो समूहले अख्तियारदेखि अदालतसम्मको ढोका ढकढकाएको थियो। समूहका अरु सञ्चालक सम्पर्कविहीन अवस्थामा विनिता पक्राउ परेकी हुन्।

    No related posts.

    53 comments to इन्डियामा वारेन्ट, थाइल्यान्डमा पक्राउ, नेपालमा थुना

    • Binay

      मान्छे काट्ने हरु मज्जाले घुम्ने देशमा, एउटा जाबो ठग लाइ समात्यो भनेर के खुसि हुनु खै? पैसा छ भने त नेपाल को जेल पनि के जेल ? फेरी पैसा कमाउने को त रिस नगर्ने को होला र? तर यो घटनाले business गर्ने हरुलाई निरुत्साहित चै नगरोस | देशलाइ amateur business man हरु को खाचो छ | अर्काको जागिर खाने अनि तेसैको रिस गर्नेहरु भन्दा |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Chetan

      प्रधान ग्रुपको ठगहरुको गल्ति नदेख्ने मित्रहरुले तलको लाइन पढ्न सकेन जस्तो लग्यो :
      कोरियाली कम्पनी हुन्डाई मोटर्सको डिलर एभ्को इन्टरनेसनल सयभन्दा बढी गाडी किन्नेहरुलाई ठगेर भाग्यो भन्ने समाचार निकै चर्चामा थियो। कम्पनीबाट विभिन्न मोडेलका कार र माइक्रो बस किन्न पूरै पैसा दिइसकेका र पैसा तिरेर बुकिङ गरिसकेकाहरुलाई आजभोलि पास गरिदिन्छौँ भन्दै ग्राहकको नाममा पासै गरिदिएनन्। पछि पो थाहा भो, सन्चालकहरुले माछापुच्छ्रे बैंकमा ती गाडीहरु धितो पो राखेका रहेछन्। पूरै पैसा तिरिसके पनि गाडी आफ्नो हैन। अनि कम्पनीका सञ्चालकहरु रविन्द्र प्रधान, सन्जय प्रधान, अजय प्रधान, विनिता प्रधान र अनिलकुमार श्रेष्ठविरुद्ध पीडितहरुले महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गरे।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • razen

      कोसिस त गरेकै रहेछन ठुलो ब्यापारी बन्न र सक्दो धेरै रोजगारी दिलाउन तर भाग्यले साथ नदिए पछी कसको के लाग्छर | खै मैले त तेती दोषी चाही देखेन हौ |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • Raju

      ठिक्क पर्यो तेस्लाई/ मेरो पनि रु. ६०,००० तलब तेसैले नदिएको हो जब म SOI GROUP मा 5 बर्ष काम गर्दा/ तिनीहरुले त धेरै भन्दा धेरै सजाय पाउनै पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • madan bajracharya

      भारतिय बैंक बात सापटी लियर नतिर्ने आरोपमा भारतले बिनिता लाई रेड कर्नर नोटिस जारि गर्यो/ नेपालले किन गर्न सक्दैन?

      भारतिय व्यापारीहरुले विनिताले भन्दा धेरै गुणा बढी रकम नेपालको बैंकहरु बात ठगेर भारत भागेको छ/ तापनि नेपाल केहि गर्न सक्दैन/ बिहारको समोसा उद्धारमा खायर नेपालमा नेता मन्त्रि बनेकाको सरकार भारत सिट तर्सनु दव्नु त् अस्वभागिक होईन/ तर आम भारतिय ठग ब्यापारीहरु सिट पनि यति हद सम्म सरकार चलाउने नेताहरु दव्नु परेको किन?

      मलाई याद छ धेरै अघि कुनै राम कुमार अग्रवाल भन्ने व्यक्तिले नेपालको बैंक बात १०/१२ करोड रुपिया ठगेर भारत भाग्यो/ तेतिबेला बैंक ले त्यो व्यक्तिको बारेमा समाचारहरु सार्वजिक गर्यो/ अनि मारवाडी समाजले उनीहरुकै समुदायको यक व्यक्तिले यसरि ठगेकोमा खेद पनि प्रकट गर्यो/ कुरा यतिमै सकियो, तेती बेला सायद सुन यक तोलाको ६००-७००रुपिया मात्रै थियो होला आज ५५ हजार भन्दा बढी छ/ यो अनुपातमा हेर्ने हो भने तेतिबेला को १०-१२ करोड भनेको अहिले को अरवौं हुन् आउँछ/ तेस्तो व्यक्तिलाई सरकारले आज सम्म पनि रेड कर्नर नोटिस जारि गर्न सकेको छैन/ किन?

      जहा सम्म नेपाल र भारत बीच सपुर्दगी सम्झौता छैन भन्ने कुरा हो त्यो मात्र नाटक मात्रै हो, कागजी कुराहो/ ब्यबहारमा नेपाल बात भारतमा धेरै जनालाई सुत्तुक्क भारत सपुर्दगी गरेको कयौं कुराहरु हामीले सुनी आएकै कुरा हो/ तर नेपालमा अपराध गरेर भारत पुगेका अपराधिहरुलाई भारत सपुर्दगी गर्ने चाहँदैन कारण स्पस्ट छ नेपालका कयौ अपराधिहरु भारत बाटै बात संचालित छ/

      जमिमशाहलाई गोलि हान्ने व्यक्ति भारतको लखनउको प्रहरी भएको, उसलाई पकड्न नेपालको सरकार बात गरेको अनुरोध भारतले वास्ता नै नगरेको कुरा प्रहरी प्रतिबेदन मै उल्लेख छ/

      अहिले पनि मधेश बाद को झण्डा उठायर बिहारमा बसेर नेपालमा अपहरण हत्या बम बिस्फोट गर्दै आएका अपराधिक समुह र तिनका नेताहरु भारतमै भएको कुरा सबैले जानेकै कुरा हो/ नेपालको सरकारले तिनीहरुलाई सपुर्दगी गर भनेमा भारत भन्छ “नेपाल र भारत बीच सपुर्दगी सन्धि छैन/ नेपालले सपुर्दगी सन्धि गर्छु भनेमा भारतले नेपालले मान्ने नसक्ने ” भारत विरोधीको आरोपमा अर्को (पाकिस्तानको!!!) मुलुकको नागरिकलाई पनि भारत सपुर्दगी गर्नु शर्त तेर्साउन्छ/ तेस्तो शर्त कुनै पनि रास्ट्रले मान्ने सक्दैन/ बास्तवमा भन्ने हो भने भारत सपुर्दगी सन्धि गर्नै चाहँदैन/

      बैंक ठगेकोमा बैंक ठगिएको होईन हामि ठगेको/ बैंक डुबेको भनेको हामि डुबेको हो/ बैंक ठग्नेहरुलाई सघाउने हाम्रै नेताहरु हो/ तपाईहरुले कालिमाटी टेकुमा बाणिज्य बैंकको भवन देखेकै हुनु पर्छ/ त्यो भवन यक जना भारतिय व्यापारीले बैंक बात सापटी लियर बनाएको थियोर त्यहा उसले टेम्पो बिक्रि केन्द्र स्थापना गरेको थियो/ पछी उ बैंकको रकम नतिरेर भारत भाग्यो/ अनि बैंकले त्यो भवन जफत गर्यो/ पछी गिरिजा प्रधान मन्त्रि भएको बेला सम्म मा त्यो भवन को मोल दसौ गुणा बढ्यो/ अनि त्यो ठग ब्यापारीले बैंको तिर्न बाकि रकम तिरेर भवन फिर्ता पाउन गिरिजा मार्फत बैंकलाई दवाव दिन लगायो/ कुरा पत्र पत्रिकामा पुग्यो/ के साबित हुन्छ यसले मित्रहरु आफै बिचार गर्नुस/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

    • Rabin

      It doesn’t matter about risk in business….Risk is in every task whatever we did and doing….nevertheless, we do not forget the victims are also Nepali and suffering yet….So criminal is criminal.. its not the matter a Businessman or DIG..Its my own regard to INTERPOL for splendid task…and also request to the INTERPOL of Nepal Police to trace the absconded criminal…..

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • प्रतिक्रिया हेर्द सबैजना हावा भर्दै छन यस्तै चाला हो भने हामी हाम्रो समाजमा हावा भर्दै बस्दै गर्नी ? हाम्रो जिबन बेर्थ जानी भो | न देश ले पाउनी न ब्यापारी ! सर्ब साधारण त कताहो कत……………..|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • Prabhat

      गरि त खाएकै रहेछन्, पचाउन चैं सकेनछन्।
      हाम्रा नेताहरुसँग टिऊसन् पढ्नु पर्थ्यो नि… धेरै लोभ गरेसि त्यस्तै हो।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • madan bajracharya

      बिनिता मात्र आफुले गरेको ब्यबसायमा सफल हुन् नसकेको व्यक्ति भएको देखिन्छ/ उहा अलि महत्वोकान्छी तरिकाले रिस्क लियर छोटो बाटो बात छिटो ब्यापार जमाउन खोज्नु भयो/ सायद यसै कारण उहाँ सफल हुन् सक्नु भयेन/

      जहा सम्म उहाँले बैंकहरु बात सापटी लिएको रकमको सवाल छ, त्यो उहाँले ठग्ने नियतले सापटी लिएको देखिंदैन/ अहिले भारतले उहाँलाई “fraud” गरेको आरोप लगाएको छ/ भारतको यो आरोप नितान्त गलत भएको कुरा “भारत सरकार ले नै विनिताको कस्मिक बिमान सेवालाई भारत सम्म सेवा संचालन गर्न दिए बात पनि प्रमाणित हुन्छ/

      विनिताको कस्मिक बिमान सेवाले हवाई भाडा सम्भंदित अंतर्रास्त्रिये नियमहरु तोडेर बजारमा लागत भन्दा कममा टिकटहरु बेच्नुले उहा अरु ब्यापार शास्त्रमा जति सुकै ठुलो डिग्री हासिल गर्नु भएता पनि “हवाई भाडा र बिमान सेवा” बिषयमा उहाँ खुस्केकै देखिन्छ/ उहाले र नेपालको खल्ती धेरै भएको कोट लगाउने अधिकारिहरुले हवाई सेवा ब्यबसायलाई तरकारी ब्यबसाय जस्तै संचालन गरे, गर्न दिए/ यसै कारणले पनि उहा पनि डुब्नु भयो र बैंकको लगानी डुब्न गएको हो/

      हवाई भाडा सम्भंदित अंतर्रास्त्रिये कानुन जुन सबै हवाई सेवा कम्पनिहरुलाई बाध्यात्मक नै छ त्यो अनुशार एकै रुटमा चल्ने यकै स्तरको हवाई सेवामा फरक भाडा राख्नै पाउंदैन/ अंतर्रस्त्रिये हवाई सेवाको भाडा दुवै मुलुकको हवाई बिभागहरुले आ आफ्नो देसको रास्त्रिये धोजा बाहक बिमान सेवाको सहमति पछी मात्रै लागु गर्न अनुमति दिन्छ/ बिमान सेवाहरुले भाडा आफु खुसि निर्धारण गर्ने पाउंदैन तर गरे, कुन अधिकारीले एस्तो गर्न अनुमति दिएको हो यो कुरामा छानबिन हुनु पर्छ/ किन भने यो मुद्दामा बैंकको लगानी डुबेको छ बैंकको लगानी डुबेको भनेको जनताको रकम डुबेको हो/

      म कार्यरत रहेकै बेला भारतले पटक पटक नेपाल भारत उडानमा परिबर्तन गर्न चाहेको थियो तर नेपालको रास्त्रिये धोजा बाहक को हैसियतमा नेपाल बायु सेवा निगमले त्यो कुरामा सहमति न दिएकै कारणले त्यो लागु हुन् सकेन/ नेपाल बायु सेवा निगम बा थाई बिमान सेवा ले चाहेर मात्रै बैंकक काठमान्डूको भाडा न घटाउन सक्छ न बढाउँ सक्छ यो कुरामा दुवै रास्त्रिये धोजा वाहक बिमान सेवाहरुको सहमति हुने पर्छ/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • shyam,jhapa

      साथीहरु प्रयास गर्दा गर्दै असफल हुनु भनेको भाग्य अनि समयको को पनि खेल भन्न सकिन्छ भगवान्ले साथ् देउन उनि खास गलत देखिन्न जे होस् भारत लाइ सुपुर्दुर्गी नगरौं

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

    • aryan rijal

      मलाई त भारतीयेहरुलाई नि ठगेको सुन्दा खुसि लग्यो अब त नेपालीहरु नि बाठा भएछन जस्ती लग्यो अब मरेको इन्डियनले जियुदो नेपाली ठग्न सक्छ भन्ने दिन गए जस्ता छन्, तर पक्रन बाकी रहेकालाई चै बधाई छ. +

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 93 Thumb down 5

    • Rim B.K

      कानुन अनुसार को कारबाही त गर्नुपर्छ ,जे कारबाही गर्नुछ नेपाल मै गरियोस हाम्रो नेपाली चेली इंडिया लाई सुपुर्दगी नगरियोस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 5

    • Jamir

      नेपालमा बैंकहरुको पनि गल्ति छ एस्तो हुनुमा…धितोको राम्रोसंग अबलोकन र मुल्यांकन नगरी हवातालमा ऋण र L/C उपलब्द गर्छ अनि सुरुमै फसिसकेको देख्दा देख्दै सबै ऋण फर्केलाकी भनेर अझै ऋण दियो | नाफा कमाउने भनेर सक्ने भन्दा धेरै जोखिम लिनु मुर्खता मात्र हो|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • सोच्नुस
      इन्डियन Airlines र रोयल नेपाल Airlines को १३००० जति पर्थ्यो,जब कस्मिक को ५००० जति मा आउथ्यो काठमाडौँ-Delhi – काठमाडौँ Ticket एती सस्तो मा कसरि सक्छ??????

      भाग्यले दिएको कर्म ले ठगेको भन्छन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    • r bhakta

      business मा रिस्क त हुन्छ र कहिले कहिँ घाटा पानि हुन्छ तर एनको कुरामा चै केहि हाद सम्म बादी आक्रामक रणनीति र टो आसफल भए पाची केहि बदनियेत देकिंचा ! पहिलो काम टो गाडी किन्न पैसा दिने हरु को सकेसम्म चेतिपुरती दिनुपर्यो र केहि बाकि भए बैंक को ऋण पनि तिर्नु पर्यो !
      आब रह्यो सजाय को कुरा १५००० मर्ने लै त राज्य सत्ता नै पुरस्कार छ !स्वास्नी मर्ने dig घुस खाने मन्त्रि आपरहण गर्ने नेता भयेअको देस मा एनको त के आपराध भयो र ?????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • kshitij

      बिनितालाइ डुबाउने माछापुछ्रे बैंक र लक्ष्मी intercontinental (सुजल फूड्सको साहु) लोंन सम्बंदी माछापुछ्रे बैंक र लक्ष्मी intercontinental ले Hyundai मोटर कोरियालाइ गोप्य सूचना दीएर येनिहरुले बिनिता माथि गद्दार गरेका हुन्..
      नेपालमा नेपालीले राम्रो गरेमा नेपाली ले नाइँ छिर्के हालछन्…..उनि छिर्के हाल्दा पच्छारीएका हुन्…..
      बिनिताले Boos Magazine बाट Best CEO अवार्ड पनि पाएको हुन्……
      जे भए पनि नेपालीले नेपाली लाइ गरि खान दीएनन….
      पोखराको मिठाई वाला( लक्ष्मी intercontinental / सुजल फूड्स) तेरो पनि दिन आउछ… थुक्क

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 3

    • आफ्नो थिएन – अर्काले दिएन |
      रुनु मन त थिएन आखामा गोच्यो भनेको जस्तो भएछ |
      ब्यापार हो कहिले अरुलाई बेचिन्छ कहिले आफैलाई : के गर्ने कहिले कहिँ धेरै ठुलो ख्याती पक्रिदा पनि – यस्तो हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Mohan Sunuwar

      बारा बिनिता दुख गर्दा आलिक विचार पुर्याएको भए हुन्थ्यो !हेर अब फेरी जेल बस्नु पर्ने भयो !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • खै जे गरे नि हुन्छा जमाना खराव छ क्यारे !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • deepak

      माले के लाग्यो भने बैंक बात ऋण निकाल्ने अनि प्लेन चलाउने अनि प्लेन थोत्रा भएपछि मुनाफा जति हजाम पार्ने अनि बैंक लाइ ब्याज नतिर्ने अनि सावा पनि नतिर्ने अनि बैंक डुबाउने . बैक भने को सर्बसाधारण को पनि शेर हुन्छ तेसैले येस्ता चोर लाइ अदालत बात ठुलो सजाय हुनु पर्दछ / हेर्नोस निकोन एअर थियो तो पनि डुबाए / धन्न भारतीय बैंक को पनि डुबेको ले तिनीहरुले खोजि नीति जोड तोड ले गरे तेसैले यस्ता चोर लाइ तेहा समातिय नत्र निकोन डुबाउने लाइ के भयो र ? तेत्रो अर्बौ को भ्याट छली अहिले तेसै हरायो ./ भारत मोहन ले खनाल सचिब हटाय र अहिले तै चुप , मै चुप अनि सब चुप छन् / खाने ले खाय भ्याट अर्बौ को अहिले सबै चुप ……अब यिनी ले भारतीय बैंक को पैसो तिर्छिन तर नेपाल को बैंक को भने तिर्ने संकै लाग्छ ? गुप्ता सभासद मान्छे अपरान गर्ने, अरु राता पस्स्पोर्ट बेच्ने, तेल मा कमिसन खाने, बैक डुबाउने , DIG स्वास्नी मर्ने ..हे पशुपति नाथ के भयो देश लाइ एक पटक हजुर बिउतिनु पर्यो अनि सम्झाउनु पर्यो नरक मा भ्रस्टचारी , चोर , डाका लाइ तेल को कराई मा फराई गरिन्छ भनेर …हे पशुपति नाथ भन्दिनु पर्यो सपनामा भए पनि नरक मा भर्स्ताचारी , डाका , चोर लाइ तेल को कराई मा राखेर १ वर्ष फराई हुन्छ भनेर ..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Jenish

      अब चौधरी लगाएत अरु VAT ठगिगर्ने हरुलाई पनि पक्रनेकि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • ankit sharma

      Its sad that a group is collapsed. That means also the lost of employment.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • saru

      हामी हरु पनि कस्तो नबुजने भएको हो यो बिनिता लै त तक्मा दिनु पर्छ सधै भारतीय हरु ले नेपाली हरु लाई ठगेर पैसा लागथियो यसले त उनीहरु लाई नै चुना लगाई दिए छ यस्तो महान काम गर्ने लाई त हामीले सम्मान गर्नु पर्ने होइन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • Kedar Jee

      नेताहरु जस्तो बिचरा सोच नै अपराधि त होइन रहेछ नि-गर्न खोज्दा खोज्दै पनि नभए पछी के गर्ने?यहि अबस्थाको निम्ति हो भाग्य भन्ने कुनै अमुहुर्त शक्तिको धारणा बनेको?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 87 Thumb down 3

    • Swapnil

      If you kiss sucess every one who commented on this blog liked you. But you did not, so every one making bad remark of you. In my openion business is taking a risk. You took some risk and it did not turn in your favour . Just a bad luck. In nepal there are a lot of politician ( inhuman ) who took 13000 lives and still doing their business very well.
      P . S . Kaki youg.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 3

    • Deepak Raj Sharma

      बजार बिश्लेषकको भाषामा भन्नु पर्दा प्राय नेपाली ब्यबशायीहरुले बिना बजार सर्भेक्ष्यण ,बजारको बास्त्वबिकता मागको जानकारी थाहा नपाउनु वा बाहिरी सतहीमा वा भनु हचुवा वा भनु अरुले ब्यवसायमा नाफा कमाएको देखी ब्यवसायमा हात हाल्नु ,आफु त्यो काम गर्न सक्षमा छु वा छैन भन्ने कुराको हेक्क नराख्नु ,लह-लहैमा ब्यवसाय सन्चालन गर्नु त्यो पनि बैकंसँग मगङो ब्याजदरमा ऋण लीइ गलाकाट प्रतिस्प्रदामा उतर्नु जसले गर्दा केही क्षण त ब्यवसायमा पाइला राखेको भान भए पनि कालन्तरमा यसको पारीणाम देखी अनभिग्य रहनु र समाजमा फोस्रो धाक्-धक्कु लगाउनको लागि अनावस्यक खर्च गर्नु वा भनु आम्दानी आठठनी ,खर्च रुपैयाँ भन्ने उखान चरितार्थ गर्नु । अस्तु :

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Madan, USA

      व्यापार यस्तो किसिमले गर्नु कथम्कदाचित घाटानै व्यहोर्नु पर्यो भने पनि त्यसको लागि जगेडा कोषको व्यवस्था होश ! नियन्त्रणमा लिन नसकिने महत्वाकांछा राखियो भने एक दिन त्यसले आफैलाई ध्वस्त पार्छ अन्तत बाँकि हुन्छ त् केवल बेइज्जति !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • rosi

      कस्मिक Air दुबौना इन्डियन government को ठुलो हात छ , तेती बेला इन्डियन Airlines र रोयल नेपाल Airlines को १३००० जति पर्थ्यो,जब कि कस्मिक को ५००० जति मा आउथ्यो काठमाडौँ-Delhi – काठमाडौँ Ticket .म पनि ३ चोटी jati गएको थिए कस्मिक air बाट Delhi .जहिले पनि एरपोर्ट आइ सकेरपानी land नै न गर्ने , तेस्रो चोटी चै सोधे air Hostess लै , के भएको यो, jahile पनि land नै हुदैन भन्दा air Hostess ले भनिन , येस्तई हो हामी लै कहिले पनि land गर्न दिदैन जहिले पनि आकाश मै होल्दिंग मा रक्छा भनेर.. मैले तेही बेला था पाएको थिए इन्डियन government को चाल हो भनेर किन भने तेती बेला इन्डियन हरु पनि कस्मिक ऐर मा उद्ठे र इन्डियन airlines खाली हुन्थ्यो .

      आरु business को बारे मा था भएन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 90 Thumb down 3

    • sujan

      अनुहार राम्रो भएर के गर्नु, काम कालो गरेपछि बद्नाम हुनेभए बिनिता !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 72

    • Nimesh

      घाटी हेरेर मात्त्र हाड निल्नु परथियो,,,,,,,,,,,,,,

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 21

    • basanta malla

      नेपालीको बुद्दी अहिले कसरि अर्कालाई मुर्गा बनाउने भनेर खर्च हुन्छा नेपालमा मात्र होइन विदेशको हालत पनि उही हो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 21

    • योगेश आदी, न्यूयोर्क

      उचित व्यवस्थापन र बजारको समसामयिक अध्ययन गर्न नसक्दा कोडाक जस्तो कम्पनि त डुब्यो भने उच्च महत्वाकांक्षाको भुमरीमा यस्तो कम्पनि डुब्नु सामान्य हो /
      कम्पनिले ऋण कै भरमा घांटी भन्दा ठुलो हड्डी निल्न खोजेको रहेछ !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 4

    • मन

      मलाई उबेला दुई तीन पल्ट टिकट खरिद गर्न शेर्पा होटल पछाडिको कस्मिक एयरलाईन्स अफिसमा सम्पर्क राख्नपर्यो| प्रत्येक पल्ट त्यहाका कर्मचारीले फोकटमा टिकट माग्न आएको जस्तो व्यवहार गरे| गजब लाग्यो| हाकिमसंग कुरा गर्दा पनि उनको व्यवहार पनि उस्तै लाग्यो| कस्टमर सर्भिस आरएनएसीलाई पनि जिताउने रहेछ|
      त्यसै बेला लागेको थियो त्यस्तो तालले त्यो धेरै दिन चल्दैन, आखिर भयो त्यस्तै|

      बजार अनुसन्धान र ग्राहकको रुचीलाई ध्यानमा राखेर मोटरसाईकल बनाएको भए थेग्न सक्ने थियो होला| नेपालमा बनेको मोटरसाईकल चडन पाए राम्रो हुने थियो तर बिग बक मा पल्केका रहेछन, व्यवस्थापनलाई मनपरि तन्काउँदा पातलो भएछ|

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Raj Sharma

      बदमासी त गरेकै हुन् , तर यत्रो देशको अर्थतन्त्र मा टेवा दिने काम गरेका र गर्ने आट सक्ने मान्छेहरु रहिचन. सरकार संग सहयोग ली सहुलियत ऋण को माग गर्नु पर्थ्यो यिनी हरुले.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 4

      • हो तर नेपाली बैंक हरु बगेको खोला अनि पहाड मा मात्रै धितो राख्ने बनि परेका राम्रो कम गर्छु भन्दा विश्वास लागें होलानी

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 1

    • Roshan Sharma, Australia

      नेपालका सफल भनेर ‘चिनिने र चिनाउने’ सबै ब्यबसायी, समाजसेवी, समज्सास्त्री देखि लिएर कर्मचारी हरु किन ‘अपराधि’ र ‘भ्रस्ताचारी’ हरु मात्रै हुन्छन?
      -प्रमाण खोजना टाढा जानै नपर्ने – तलको समाचार लाइ नै पढौ न !
      http://www.ekantipur.com/np/2068/10/12/full-story/341780.html

      जहा सम्म यीनिहारू को ब्यबसाय ‘प्रबर्दन’ गर्ने कुरो छ त्यो बिसुद्दा लुट्ने ‘हिसाब’ ले गरिएको हो/ बजार अधयं नगरी प्रबर्दन गरिएको जस्तो लाग्यो/ अनि, त्यसको ‘लेखा’ परिछ्यकले समयमानै सचेत गर्नु पर्ने हो / जे होस् नेपालमा – पिउन देखि – सचिब सम्म, कुखुरे ब्यापारी देखि – प्लेन ब्यापारी सम्म, चैते कार्य कर्ता देखि – पार्टी का अध्यछ्या सम्म, झोले – पत्रकार देखि – घरानिया पत्रकार सम्म र ट्राफिक पुलिस देखि ससस्त्र पुलिस सम्म ‘ आर्थिक देखि लिएर सामाजीक अपराध गर्ने हरुको ‘संगठित’ रुप भएको छ/
      तै पनि, यिनीहरुको कन्ट्रोल र रोकथाम गर्ने नसक्ने छाही हैन है /

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Ananta

      प्रगति गर्न उत्साह लिंदा लिंदै, असफल हुन गयो. नेपाल मै मोटर साइकल उत्पादन गरेर आत्मा निर्भरता को प्रयास पनि गरे कै रहेछ. सस्तोमा उडान गराएर प्रतिस्पर्धीलाई पछार्ने नीति मात्र नभई गरिब जनता हरु लै सहुलियेत पनि दिएकै रहेछ. व्यापार मा असफल भए पछि फ्रौद भनेर भन्ने नै रहेछ. नेपाल सरकार ले उनि हरु को व्यापार लाइ सपोर्ट दिया जस्तो लागेन. दुख लादो खबर छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 7

    • कहिलेकाहीं राम्रो कम गर्छु भन्दा भन्दै पनि व्यवहार बिग्रंछ / चाहेर एस्तो कहिल्लै हुँदैन तर बिचरा बिनिता जी येसरी देशै छोडेर भाग्न नपर्ने थियो / नेपालमै बसेर आफ्नो काम र कुरा हरु प्रस्ट राखिदिनु भएको भए सहयोगी हात हरु पाउनु हुन्थ्यो कि ? भाग्नु नै गल्ति भए जस्तो लग्यो ….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • Nirmal

      मोटर साइकल नचलेर त पक्कै पनि त्यत्रो कम्पनी टाट पल्टेको हैन…एस का पछाडी अरु थुप्रै कारण हरु होलान..जे होस् एभ्को इन्टरनेसनल बाट धेरै ले पाठ सिक्छन भन्ने आशा छ…

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Sangam

      ब्यबहारिक ज्ञान बिना नै आक्रामक बिजिनेस गर्दाको फल हो कि ? मेरो अंकल को पनि गाडी किन्ने सपना उडाइदिने येही समूह हो ..तुरुन्त कडा कारबाही गरि पैसा फर्काउनु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • bijay

      Misadventures motivated by utter greed. That’s all.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • लिनका लागी दिन पनि जान्नु पर्छ भनेको यहि हो ! दु:ख लगेउ !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • Rabi

      कस्मिक एर को सुबिधा लिनेमा म पनि पर्छु र फोकरको उडान सस्तो र अरु साना प्लेनको तुलनामा स्तरिय थियो. पहिलो नेपाली मोटरबाइक बनाउनु पनि प्रसंसनिये कुरो हो तर एकै चोटी धेरै सेक्टरमा हात हाल्दा सबै चिलिम भयो. उधेमी भएपछी नाफा मात्र हेर्ने हैन जोखिम बहन गर्नसक्ने आफ्नो छमतामा पनि ध्यान दिनुपर्थ्यो. Bad luck ..घाटा भयो , अब भाग्न चाही पाइन्न. customer को पैसा तिर्ने पर्यो हैन भने कानुन अनुसारको सजाए भोगनै पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • satik

      मर्न नसकेर भूमिगत हुनुपरेको पो रहेछ त, अब के गर्ने त? ऋण तिर्न सक्ने कुरा त भएन, जेल बस्नु बाहेक.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • अर्जुन

      राम्रो सँग ब्यबस्थापन गरेको भए हुन्थ्‍यो नि आफ्ना कम्पनिहरुलाई। राम्रै त भएकै रहेछ। सबैले एकै चोटी कमाउनै खोजेर बिग्रियो।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Shree Basanta

      ब्यापार गरेर संसारै जित्छु र नेपालीलाई नोकर बनाउछु भन्ने घमण्डको पराकाष्टा हो जुन त्यो समुहमा थियो | आफु त डुबे डुबे बैंक लगाएत अरुलाई पनि डुबाएकोमा दुख लाग्यो | आफु उक्लिने भरयांग पो बनाउनु पर्छ अरुको खुड्किलो काटेर आफ्नोमा हाल्छु भन्नेको गति यस्तो हुन्छ | सबैले बुझ्नु पर्या छ |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 28

      • एउटा नेपाली ठुलो मान्छे बन्द अर्को नेपाली लाई खुसि लाग्छ उनीहरुले धनि भएर नेपाली लाई नोकर बनाउन खोजेको नहुन् पनि सक्छ व्यापार गर्नु पैसा कमाउनु अहिलेको सबैको प्राथमिकता मा पर्छ त्यसैले नेपाली लाई नोकर बनाउन हैन नेपालीहरुलाई केहि कुरा मा सक्षम बनाउन खोजेका हुन् सकेनन राम्रो ब्यबस्थापन भएन

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 3

      • Bikram

        यदि ति कम्पनिहरुले बिस्तारै आफ्नो मार्केट लेर गको भये नेपालीहरु अर्काको देश मा नोकर बन्न जानु पर्थियो र !!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • Prakash_Edm_Canada

      बिनिता दिदि त कस्तो भाग्यमानी रहिछन | भारत ले समाएको भए २०-३० वर्ष खोर मा जान्थिन अब नेपाल मा पठाएको ले सम्बव त जेल नै जानु पर्दैन गए पनि अलि कति खर्च गरे २ देखि ४ महिना को जेल सजाए न हो | फेरी अदालत मा आफै गइन भने त २०% छुट पनि छदैछ नि |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 2

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker