मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    लेख्‍न चाहिँ नेपालीमा नि पाइने, सोध्न चाहिँ किन अंग्रेजीमा मात्रै पर्ने ?

    -राकेश श्रेष्ठ/ गोरखा-

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ । (हेर्नुहोस् हालै संचालन भएको बीए दोस्रो वर्ष राजनीतिशास्त्रको प्रश्नपत्र)।

    यसले अंग्रेजी भाषा कमजोर भएका विद्यार्थीहरुलाई निकै घाटा पुगेको छ। नेपाली वा अंग्रेजी दुवै भाषामा लेख्न पाइने विषयहरुमा किन अंग्रेजी भाषामा मात्र प्रश्नपत्र बनाउने? अंग्रेजीमा मात्रै प्रश्नपत्र बनाउँदा अंग्रेजीमा कमजोर भएका विद्यार्थीहरुले प्रश्न नै नबुझेर उत्तर लेख्न नसक्ने हुन्छन्। के प्रश्न नेपाली र अंग्रेजी दुवै भाषामा दिए हुँदैन ? के यो त्रिविका प्राध्यापकहरुको अंग्रेजी भाषाप्रतिको मोह प्रतिफल हो ?

    अझ विडम्बना के छ भने बीएको अनिवार्य नेपालीको प्रश्नपत्रको विश्वविद्यालयको नाम, विषयहरु, क्रमसंख्या तथा परीक्षासम्बन्धी निर्देशन अंग्रेजी भाषामा दिइएको हुन्छ। त्रिभुवन विश्वविद्यालय मात्रै संसारमा यस्तो विश्वविद्यालय होला सायद जसले एउटा भाषाको प्रश्नपत्रमा अर्कै भाषामा निर्देशन छाप्छ ? अनिवार्य नेपालीको प्रश्नपत्रका सिरानमा हेर्नुस् त

    दुवै भाषामा लेख्न पाउने भएपछि प्रश्नहरु दुवै भाषामा दिंदा के घाटा हुन्छ । दुवै भाषामा दिएमा नेपालीमा लेख्न चाहनेहरुलाई पनि र अंग्रेजीमा लेख्न चाहनेहरुलाई पनि फाइदा पुग्छ। हैन प्रतिस्पर्धात्मक बजारमा अंग्रेजी बिना नहुने भए उत्तर पनि अंग्रेजीमा मात्रै लेख्‍न पाउने किन नगरिएको होला ?

    यस विषयमा विद्यार्थीहरुको पीर मर्का उठाउने दाबी गर्ने विद्यार्थी संगठनको पनि ध्यान पुगेको देखिन्न भने संचारमाध्यमले पनि उठाएको देखिन्न । त्रिविका नीतिनिर्माताहरुको अंग्रेजी मोहका कारण हजारौं विद्यार्थीहरु परीक्षा दिने क्रममा मर्कामा परेका छन् ।

    हाल नयाँबजार, काठमाडौं


    No related posts.

    39 comments to लेख्‍न चाहिँ नेपालीमा नि पाइने, सोध्न चाहिँ किन अंग्रेजीमा मात्रै पर्ने ?

    • Sisir

      नेपाली बिसय यानी नेपाली भाषा सम्बन्धि बिसयाको निर्देशन नै अंग्रेजीमा दिनु चाही प्रागिक दरिद्रता हो जस्तो लग्यो …
      अझ नपुगेर प्रस्न पत्रमै NEW COURSE पनि रे … नया पाठ्यक्रम भन्न सकिन्न … हे रात्ता मकै …
      अन्य बिसाएको हकमा दुवै भाषामा प्रस्नपत्र दिदा सबैको फैदाई होला … तैपनि BA level का बिध्यर्थिले अंग्रेजी प्रश्नै बुझ्दैनन् भन्ने कुरा OLD is GOLD वालाको हकमा ज्यादा लागु होला ..
      In this time of Globalization English is “necessary” but it is “NOT MUST” … Japan, China, Russia, Germany, Spain, France, Portugal, Norway etc are some good examples…

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • NIGAM, NH USA

      बिए को बिधार्थीले पनि अन्ग्रेजी न बुझे गांउमा हलो जोत्नु अनी एउटा राजनीति पार्टीमा लागि मन्त्रि बन्नु नी :)

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 36

      • निगम जी! सबै नेपाली तपाई जस्तो अमेरिकामा बस्ने हुदैनन्. नेपाली मध्यम बाट सरकारी स्कुलमा पढेका हुन्छन, जहाँ कक्षा ४ मा मात्र A B C D सिकाइन्छ . बोल्ने नेपाली, पढ्ने नेपाली, चिठी-पत्र लेख्ने नेपालीमा अनि कसरि बुझून् त अंग्रेजी ?? फेरी अंग्रेजी बुझ्ने पर्छा भन्ने पनि की छैन . चिनका मान्छे ले पि.एचडी गरे पनि अंग्रेजी जान्दैनन.
        तेसैले बि.ए. पढेर अंग्रेजी नबुझ्ने भन्दै व्यंग्य नगर्नुस मित्र! नेपाली समाज लाई बुझ्नुस. गर्न सक्नु हुन्छ भने सुधार गर्नुस, सक्नु हुन्न भने घाउमा नुन छर्किने काम नगर्नुस.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 16

        • ankit sharma

          चिन संग, जापान संग, फ्रान्स, जर्मनी, संग दाजेर भएन! हामी ठुलो अर्थ तन्त्र भाको भए यो कुरा सहि हुन्थ्यो! अहिले फ्रान्स, जर्मनी जस्ता देशमा पनि अंग्रेजी, अनि अरु भाषा जस्तै रुसी, चिनी, स्पनिश, मन्दरियन भाषा जान्छ भने सजिलै रोजगारी को अवसर हुन्छ ! नत्र तेस्तै हो! कि त technical कुरा पढ्नु पर्यो ! बोलेर खानी रोजगारी पौन भाषा जान्ने पर्छ ! हो , हाम्रो परीक्षा मा dictionary (English to Nepali ) राख्न दिनु पर्छ !

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

      • त्यहि त भनेको! BA पढे पछी त पक्कै जान्नु पर्ने हो! अनि अमेरिका नै आउनु पर्ने हो| यहाँ अमेरिकामा त भर्खरै जन्मेका गोरे का छोराछोरीले त अंग्रेजी बोल्छन| कस्तो होला है नेपाल?
        अझ कुरा गर्ने हो भने – अमेरिकाको कुकुरले पनि नेपाली बुझ्छ| shut up भन्यो भने चुप लाग्छ| चुप लाग भन्यो भने झन् भुक्छ|
        खाटी कुरा के भने नि यो संसारमा पढ्ने आधा जसो BA गरेका मान्छेले अंग्रेजी बुझ्दा रहेनछन – त्यसैले ती सबै मूर्ख हुनुपर्छ| करोडौं मान्छे मूर्ख रहेछन र मा मात्रै जान्ने रहेछु :)

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

      • येसैलाई होला नेपाली कुकुर को अंग्रेजी भुकाई भनेको होइन ?एन्ग्लिश बिसय अनिवार्य चाहिन्छ येस्मा कसैको दुइमत छैन तर एसको मतलब आफ्नो हैसियेत पनि त हेर्नु पर्योनी आफुले कागती रोपेर सुन्तला फलाउछु भन्नु मुर्खता मात्र होl हाम्रो शिक्षा पद्दति नै एस्तो छ कसलाई दोस दिनु? निजि विद्यालय मा पढेका र सरकारी विद्यालय मा पढेका विद्यार्थीहरुलाई ययूतई भाँडोमा राखेर हेर्नु ठुलो अन्न्याये हो यो सब असमान र बुर्जुवा शिक्षा नीति को उपज मात्र हो]

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • चितराज लिम्बु

      माथिको कमेन्टहरुले मलाई यति भन्न पो मन लाग्यो। यो जमाना मा English भएना भने के गार्ने नेपाली मात्र जानेर! नेपालमा जागीर पाउन कसैको खुटा मल्न नै पार्छ, नेपालमा कुनै जब पाईएना भने त अरुको देश तिर हुईकिनु नै पर्यो अनि विदेश मा जागिर खान लाई English चाहिन्छ नै यदि English आएना भने बिए एम ए को sertificate लिएर के गार्ने उहि बेल्चा हान्ने त हो नी! नभए मा जस्तै जुठो कपहरु धोयो Office मा काम गर्छु भन्यो………..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • madan bajracharya

      अंग्रेजी भाषा, अंग्रेजी ज्ञान र अविस्कार प्रयोग नगरिकन के हामि बाच्न पनि सक्छौ?

      हो आफ्नो भाषाको सम्मान गर्नु पर्छ तर जहा सम्म उपयोगिताको सवाल छ हामि संग अंग्रेजी ज्ञानको बिकल्प छ? छैन भने अंग्रेजी भासा प्रति यो नकारात्मक सोच किन? अंग्रेजी लेखिएको कुरालाई नेपालीमा उल्टा गर्न पनि त् अंग्रेजी भाषाको ज्ञान हुनु पर्यो/

      अंग्रेजी नजाने के हुन्छ? कसरि डाक्टर ईन्जिनियर बन्न सक्छ? आज औषधि बिज्ञान देखि कुन बिज्ञान जान्न बुझ्न अंग्रेजी सब्द बिना सम्भव छ? अंग्रेजीमा कम्जोर भएकै कारण कतिपय मेघावी नेपाली बिद्यार्थीहरुले के कस्तो कठिनाईको सामना गर्नु परिरहेको छ त्यो पनि त् सोच्नु पर्यो नि/

      आज जुनसुकै अंग्रेजी भासा प्रयोग नगर्ने बिकसित मुलुकको उदाहरण दिए पनि लिए पनि आज त्यो त्यो देसमा भएको बिकासको पूर्वाधार त् अंग्रेजी ग्यान नै हो अंग्रेजी अविस्कार नै हो/

      अब हाम्रै भासामा लेखिएको प्रविधिकै भर पर्ने हो भने, बिरामी भएमा अपरेसनको कुरै छाडून पाचक भन्दा अर्को औसधि समेत प्रयोग गर्दिन भन्न सक्नु पर्यो/ हाम्रो रास्त्रिये सेनालाई बन्दुक होईन गुलेली र धनुसबान बोकाउनु पर्यो, मोटर गाडी रेल हवाईजहाज चढ्नु भएन गधा घोडा मात्रै चढ्नु पर्यो भैसी चढ्नु पर्यो/ नभय अंग्रेजी राम्रै सिट सिक्नु पर्यो/

      अंग्रेजी भाषालाई प्राथमिक तह देखिने अनिबार्य गर्नु पर्छ/ अंग्रेजहरुले आज सम्ममा जे जति अविस्कार गरेको छ तेसै बात हामीले आफ्नो बिकासको थालनी गर्ने पर्ने अबस्थाको बिकल्प हामि सिट छँदै छैन/ भारतियहरु सफल हुनुमा उनीहरुको अंग्रेजी भसाको ज्ञान हाम्रो भन्दा राम्रो भएकोले पनि हो/

      यो संदर्वमा तत्कालिन भारतिय प्रधान मन्त्रीले भारतलाई यसियाको एउटा ससक्त औद्योगिक मुलुक बनाउन भारतले भारत सिट भएको प्रविधिमा मात्रै भर परे अरु मुलुक भन्दा जहिले पनि पछिनै पर्छ यसैकारण भारतले जापानको उपलब्धि बात आफ्नो देसको उद्द्योगीकरंको सुरुवात गर्नु पर्छ भन्दै भारतमा होन्डा सुजुकी जस्ता कम्पनीको प्रबिधि प्रयोग गरेर भारतको अटो उद्द्योगको कायापलट गरेको थियो/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 9

      • कविराज

        मदन जी तपाइको तर्क सुन्दा अचम्म लाग्यो. कुरो अंग्रेजी नभई हुदैन भन्ने होइन र अंग्रेजी चाहिदै चाहिदैन भन्ने पनि होइन. अंग्रेजी चाहिन्छ तर सबैलाई आवस्यकता भने होइन. कुरो जसले अंग्रेजी बोल्न लेख्न जान्दछ र उसलाई अंग्रेजीमा लेख्न मन छ भने लेखोस जसको नेपाली मा राम्रो ज्ञान छ उसले नेपालीमा लेख्न चाहे लेखोस न. पढ्ने भनेको ज्ञान आर्जन गर्ने हो र पढे पछी त्यसलाई सदुपयोग गर्ने हो. नेपालमा कति जना नेपालीलाई अंग्रेजी नभई हुदैन? म आफै एउटा इन्जिनियर हुँ. नेपालमा लामै समय काम गरेको छु तर इन्जिनियरिंग पढ्दा प्रोपोजल लेख्दा contract लेख्दा र डिजाइन बनाउदा मात्र प्रयोग गरेको छु. यो सबै कुरा म नेपालीमा सजिलै संग गर्न सक्छु तर यहाँ अंग्रेजीमा लेख्ने चलन भएको ले अंग्रेजी प्रयोग गर्न बाध्य भएको हुँ. अनि अर्को कुरा तपाइले आविस्कार गर्न अंग्रेजी जान्नु पर्छ भन्नु भयो. के त्यो साच्चिकै हो त? धेरै अविस्कारक अंग्रेजी नजानेका पनि छन्. आइन्ताइन्लाई अंग्रेजी जाने ता पनि आफ्ना सिध्धान्तहरु लेख्न अंग्रेजी जरुरत परेन. यो राष्ट्रियता को कुरो पनि होइन. युरोप का धेरै देशमा अंग्रेजीको जरुरत परेन न त सोवियत संघ लाई अन्तरिक्ष्य मा पुग्न नै जरुरत पर्यो. चिन जापान लाई पनि विकाश गर्न अंग्रेजी बाध्यात्मक भएन. तपाइलाई थाहै होला नेपालमा कति होनहार विद्यार्थी हरु गाउ बाट पनि राम्रो अंक ल्याएर सहर पढ्न आउदा अन्ग्रेजिकै कारणले पढ्न नसकेका छन्. हाम्रो अंग्रेजी जान्नै पर्छ भन्ने मानसिकताले त्यस्ता विद्यार्थी को भविस्य डुबेको पनि त छ नि. जसले जेमा ज्ञान हासिल गर्न सक्छ तेस्ले तेसैमा पढ्नु राम्रो हो. अनि आजको कम्प्युटर जमानामा जे पनि सजिलै संग उल्था गर्न मिलिहाल्छ त्यो प्रविधिको ज्यादा भन्दा ज्यादा उपयोग गरे भैहाल्यो नि.

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

      • madan bajracharya

        आईन्स्ताईनले पनि अंग्रेजी ज्ञान र अबिस्कारकै प्रयोग गरेर केहि गरेको हो/ तपाईंले अंग्रेजीमा लेखिएको बिज्ञान र प्रविधिको कुराहरु नेपालीमा उल्टा गर्न सकिन्छ भन्नु भयो/ हो सकिन्छ तर नेपाली भाषामा सब्दहरु पनि हुनु पर्यो नि/ आज सम्म अंग्रेजी बिज्ञान र प्रविधिको सब्दहरुलाई नेपालीमा उल्टा गर्दा संस्कृत र हिन्दि भाषाका सब्दहरु प्रयोग गर्दै आएको छ/ यो भन्दा राम्रो त् अंग्रेजी सब्द नै प्रयोग गर्नु हो/ आजको नेपाली भाषा बुझ्न संस्कृत र हिन्दि समेत पढ्नु जरुरि भएको छ/
        हुनत हाम्रो रास्ट्र भाषाको जननी संस्कृतहो भनिन्छ र अंग्रेजीलाई भन्दा संस्कृत बढी सिक्नु पर्छ भन्ने हरु पनि छन्/ तर संस्कृत भाषामा लेखिएको पुस्तकहरुको कुराहरुमा कुराहरु आज सत्य नभएको प्रमाणित नै भईसकेको छ/ धरती र आकासको के कुरा आज हामि राजनीति पनि संस्कृत र संस्कार अनुसार गर्दैनौ/ संस्कृतमा लेखिएको राजनीतिको आधार राजा हो, तर हामि त्यो मान्दैनौ, लोकलाई मान्छौं/

        यसैकारण घर कार्यालयमा नेपालीलाई प्रयोग गरु, स्कुल कलेजमा नेपाली सुद्ध कसरि बोल्ने कसरि लेख्ने त्यो पनि सिकु, तर बिज्ञान र प्रबिधिको बिषय अंग्रेजी भासामै पढ्नु पर्ने लेख्नु पर्ने गरेमा उतम हुनेछ/ अंग्रेजी भाषा मात्र भाषा होईन सिक्ने नै साधन बनेको छ त् यसलाई नै बढी ब्यबहारमा प्रयोग गरु/

        बिस्वमा कयौं स्वतन्त्र मुलुकहरुले अंग्रेजी भाषालाई नै प्रयोग गर्दै आएको छ, उदाहरण भारतकै लिए पनि पुग्छ/ अहिले हामि बाध्यता बस देशमा जात जातको राज्यहरु बनाउन खोज्दै छौ/ जुन जातको राज्य हो तेस्ले आफ्नै जातको भाषालाई त्यो राज्यको भाषा बनाउन खोज्ला मधेसीहरुले त् मधेश भनिने राज्यमा हिन्दि भाषानै राज्यको भाषा बनाउने भनिने सके/ एस्तो अबस्थामा भारतले जस्तै हामीले पनि औपचारिक भाषा अंग्रेजी पनि हुन् सक्ने तिर सोच्नु पर्छ/

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

        • कविराज

          मैले अंग्रेजी भाषा चाहिदैन भनेको होइन. चाहिन्छ, तर अंग्रेजी ज्ञान भनेको के हो नि? अंग्रेजी ब्याकरण भनेको हो कि आधुनिक बिज्ञान? बिज्ञान भनेको ज्ञान हो त्यो जुन भाषा मा पढे पनि त्यहि हो. अनि बिज्ञान अंग्रेजी भाषाले मात्र बिकाश भएको होइन. यो त लाखौ वर्ष देखि सिकिएको ज्ञान हो. बिज्ञान को इतिहास अंग्रेजी भन्दा ग्यदै पुरानो छ. अनि सेक्सपियर को समय भन्दा अंग्रेजी सब्दकोश ५ गुना बढेको छ किन कि उसले नया सब्द आविस्कार मात्र गरेको होइन अरुको लिएको हो प्राय जसो. नेपाली ले पनि सबै सब्द संस्कृत बाट मात्रै लिने भनेको होइन. जहाँ बाट मिल्छ मिल्दो लिन मिल्छ ब्याकरण मात्र नेपाली भए पुग्छ. अंग्रेजी नजान्नेका लागि नेपाली भाषा प्रयोग गर्न बुझ्न पाउन पर्छ. हाम्रो समाज अंग्रेजी बोल्ने समाज होइन. एउटा बिषय अंग्रेजीमा पढ्दैमा उ अंग्रेजीको बिज्ञ हुदैन. ज्ञान सिक्न संग मतलब हो आखिर नेपालमा नेपालीमै व्यवहार चलाउन पर्छ. कुनै डाक्टरले अंग्रेजीमा बोलेर बिरामी निको हुने होइन.डाक्टर बन्नलाई अंग्रेजीमा पढे पनि भयो फ्रेन्चमा पढे पनि भयो या चैनीजमा अथवा नेपालीमा.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      कुसंस्कारलाई संस्कार मान्ने जमात अनि अँग्रेजी ‘रवाफ’को समस्या मान्नुपर्छ यसलाई । हुन त हाम्रा अधिकांश पाठ्यसामग्री विदेशी किताबहरूलाई आधार बनाएरै बनाइन्छन् । लेखकहरूले अनुवाद गरेर नेपाली भाषामा छाप्छन् पनि । विदेशी प्राविधिक शब्दहरूलाई नेपाल भाषामा मिलाएर लेख्न सजिलो छैन । तर जाँचमा नेपाली भाषामा प्रयोग गरेकै कारण हाम्रा केही ‘सर’हरूले हेप्ने गरेको हामी धेरैले अनुभव गरेको हुनुपर्छ । स्नातकमा

      यो त एउटा ‘कुसंस्कार’ उदाहरणमात्र भयो हाम्रो समाजको, हाम्रो शैक्षिक क्षेत्रको । तर अँग्रेजीमा मात्र प्रश्न सोध्ने अनि नेपालीमा पनि उत्तर दिन पाइने भन्ने यो तरीका हाम्रो साझा नेपाली भाषामाथिको प्रहार त होइन ? यसबारे सचेत हुनैपर्छ र विरोध पनि ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 7

    • madan

      नेपाल जस्ता देश मा अंग्रेजी भाषा ले यस्तो स्थान पाउनु को कारण हाम्रो आफ्नै गरिब, भिख मंगा, औपनिवेशिक, गुलामी मनस्थिति हो
      अंग्रेज भाषा को सबै भन्दा ठुलो सम्मान गर्ने देश हरु मा नेपाल जस्तै आफ्नो भाषा र संकृति प्रति कुनै मौलिक प्रेम हुन नसकेका गरिब जनता हरु पर्छन; जापान, जर्मनी, फ्रान्स आदी देश ले अंग्रेजी भाषा लाइ त्रींण जति पनि मान्दैन
      हुदा हुदा अब नेपालि व्याकरण को जाच मा पनि अंग्रेजी मा निर्देशन दिएको मुर्खता देख्न पाइयो ! कस्ता कास्ता प्राज्ञ हरु छन् नेपाल मा !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 6

    • योगेश आदी, न्यूयोर्क

      नेपाल आजभन्दा ५० वर्ष अघि देखि नै स्कुलमा अंग्रेजी भाषा अनिवार्य भएको मुलुक हो / अझै पनि हामीले यस्तो बिषयमा पछाडी फर्कने बेला हो र ?! हरेक नेपालीमा लेखिएको किताबको पनि शिर्षक तथा उप-शिर्षक अंग्रेजीमा लेखिएको हुन्छ, त्यो त कमसेकम बुझ्नु पर्यो नि ! संसारसंग सामना गर्नु छ अनि अंग्रेजी सिंगै किताबी पढेर स्नातक/स्नातकोत्तर तह सम्म पुग्दा पनि अझ प्रश्न-पत्र नेपालीमै खोज्ने बेला हो यो ?!!
      कम्तिमा प्रश्न त बुझ्नु पर्यो नि !
      मेहनत गर्नु पर्यो नि ! गेस पेपरको भरमा पास गर्ने बानिले यो सबै बिगारेको हो !
      नाच्न नजान्ने आँगन टेढो !
      परिक्षा आउन दुइ महिना अघि पुतलीसडक गएर निमाको OLD is GOLD खोजेर जाँचमा गएपछि कहाँ बुझ्छ त !?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 9

    • bal bahadur

      अंग्रेजी बाट नेपालिमा रुपान्तरण गर्दा कति पय बाक्यहरु झन् गारो हुन्छन . सामुदायिक स्कुलमै भए पनि चार कक्षा देखि अंग्रेजी पधेकोले साधारण प्रश्न पनि बुझ्दिन भन्नु पटक्कै सुहाउदैना . लेखक महोदयलाई अनुरोध गर्दछु त्यो पहिलो प्रश्न पत्र नेपालि मा उल्था गर्नुस त अनि सोध्नुस अंग्रेजी को राम्रो साग बुझछन कि नेपालि मा भनेर . लेखक महोदय के तपाइँ त्यो प्रश्न पत्र उल्था गर्न सक्नु हुन्छा ?

      तर त्यो नेपालि को प्रश्नपत्रमा अंग्रेजी को निर्देशन भने परिबर्तन गर्ने पर्छा .

      जय शम्भो …

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

      • madan bajracharya

        बलबहादुर ज्यु
        समर्थन/ अहिले अंग्रेजी सब्दहरुको अनुबाद संस्कृत र हिन्दि सब्दमा गरिन्छ ठेट नेपाली सब्दमा होईन/ जव हामि सिट ठेट नेपाली सब्दहरु पर्याप्त छैन भने अंग्रेजी सब्द्लाई संस्कृत र हिन्दि सब्दहरु नेपाली भन्दै प्रयोग गर्नु भन्दा अंग्रेजी सब्द र भाषा नै किन ब्यबहारमा नल्याउने?

        नेपाली भासाको जांच नेपालीमै दिउँला,नेपालको ईतिहास नेपालीमै पधुंला नेपालीमै जांच दिउँला बिज्ञान र प्रबिधि सिट सम्भंदित बिषय अंग्रेजीमै पढ्नु पर्ने अंग्रेजीमै जांच दिनु पर्ने बने राम्रो हुनेछ/

        यो कुरा गलत छ भन्नेहरुले कृपया मलाई भनि देउन कि “श्लोक र मन्त्रर पुजा र पाठ” किन संस्कृत भाषामै पढिन्छ नेपाली भाषामा किन प्रयोग गरिंदैन? संस्कृत सब्दहरुलाई नेपालीमा उल्टा गर्न हामि सिट सब्दहरु त् छ?

        आजको युगमा कसैले मानुन बा नमानुन संस्कृत र हिन्दि भन्दा अंग्रेजी भासा नै बढी उपयुक्त छ र अंग्रेजी भाषा र अंग्रेजी ज्ञान बिना हामि शारीरिक रुपमा त् पहलवान बन्न सकियाला तर बौद्धिक रुपमा अपांग नै हुनेछ/

        यो कुरा नमान्नेहरुले लौन मलाई मात्र कम्प्युटरलाई ठेट नेपालीमा के भनिन्छ र अंग्रेजकै अविस्कार कम्प्युटरको प्रयोग नगरिकन अरु कुरा छोदुं माई संसारमै प्रतिक्रिया कसरि लेख्न सकिन्छ भनि देउन त्/

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 9

        • पुष्प

          मदनजी,

          मैले पहिले पनि भनेको हुँ कि तपाईं अलि बढी नै आवेशमा आएर प्रतिक्रिया जनाउनुहुन्छ । हो, प्रविधिमा अँग्रेजीको महत्त्वलाई कसैले पनि कम आँक्नुहुन्न । विज्ञान, गणितजस्ता विषयहरू त अँग्रेजी भाषाको प्रयोगबिना सम्भव छैन नै भन्दा पनि हुन्छ । तर नेपालीमा भाषाको प्रयोग गर्न मिल्ने राजनीतिशास्त्र जस्तो विषयको प्रश्न अँग्रेजीमा मात्र सोधिनु कहाँसम्मको न्यायसंगत हो ?

          संस्कृतका श्लोकहरू नेपालीमा उल्था भएका छन् वा छैनन् थाहा भएन । तर संस्कृतमा लेखिएका थुप्रै धर्मग्रन्धहरू नेपालीमा उल्था भएका छन् । आदिकवि भानुभक्तको चर्चा त्यसै भएको होइन । रामायणलाई उल्था गरेर उनले ख्याति कमाए । भन्नुको अर्थ के भने प्रयास गर्ने हो भने अपवादबाहेक असम्भव केही पनि छैन । मान्छेले बनाएका कुनै पनि कुरा निर्विल्प छैन भन्ने मेरो व्यक्तिगत मान्यता हो ।

          हाम्रो नेपाली भाषा जति कमजोर छ, त्योभन्दा बढी अन्य मातृभाषाहरू कमजोर छन्, हुँदै गएका छन‍्। कारण एउटै हो – प्रयोग अनि चल्तीमा उदासीनता । विश्वसँग हामी जति नजिक हुन्छौं, त्यति हामीले आफ्नो भाषालाई पनि वृहत् बनाउँदै लैजानुपर्छ । तर हाम्रा भाषाविद्हरू कोठे भइखाएका छन् । नयाँ-नयाँ शब्दहरूको रचना गर्नु त कहाँ हो कहाँ, नेपाली भाषालाई नै प्रतिष्थापित गर्ने कुरा गर्न पछि पर्दैनन् केही भाषाविद् भनाउँदाहरू । के गाह्रो पर्यो भन्दैमा, समाधानको बाटो हुँदाहुँदै हामीले आफूलाई चिनाउने सबैभन्दा महत्त्वपूर्ण कुरालाई छेउ लगाउने ?

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

          • madan bajracharya

            पुस्पज्यु
            म आबेशमा लेख्दिन दोधारे कुरा पनि लेख्दिन/ मलाई आबेशमा आयर लेख्नु भयो भनेर आरोप लगायर भएकोमा म त् तपाईं आबेशमा आउनु भएको देख्छु/ पुष्प ज्यु तपाईंको र मेरो बिचार धेरै फरक छ/ मधेश बाद देखि मावोबाद, जातिय राज्य देखि परम्पराको नाममामा निर्दोष पशु बलि, सबै कुराहरुमा हाम्रो बिचार मिल्दैन/ यो कुरामा पनि मिल्दैन/

            नेपालमा अझै पनि नेपाली नबुझ्ने धेरै जातिका छन्/ अंग्रेजीमा लेखिएको बिज्ञान र प्रविधिको सब्द हरु नेपालीमा उल्टा गर्दा संस्कृत र हिन्दि सब्द हरु प्रयोग गर्दै आएको छ/ एसको कारण कुनै पनि नेपालीले बिज्ञान र प्रविधि सम्भंदित नेपालीमा लेखिएको पुस्तक पढ्न बुझ्न चाहेमा संस्कृत र हिन्दि समेत जान्नु पर्ने भएको छ/ यो ब्यबहारिक कुरा नै होईन/ नेपालमा अझै पनि कयौं जातका नेपाली हरु नेपाली बुझ्दैन/बिज्ञान र प्रबिधि को बिषय पढ्न बुझ्न संस्कृत नेपाली र हिन्दि पढ्दैमा समय बर्वाद गर्नु भन्दा सिधै अंग्रेजीमै पढ्न लेख्न र बुझ्न सक्ने ब्यबस्था गर्नु पर्छ/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

            • पुष्प

              जातीय स्वायत्तता, मातृभाषा उत्थान/प्रवर्द्धन आदि छुट्टै विषय हुन्, छुट्टै वहस होला । तर हालको अवस्थामा लागि नेपाली हाम्रो राष्ट्रिय भाषा भएको र अन्य कुनै मातृभाषा राष्ट्रिय भाषाको विकल्प (अप्सन) भइनसकेको अवस्थामा नेपाली भाषा कुनै नेपाली वा अझ भनुँ नेपालमा शिक्षा लिएको कुनै पनि नेपालीलाई आउँदैन वा कमजोर छन् भन्नु कहाँसम्म उचित कुरा हो मदनजी ?

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

              • madan bajracharya

                पुस्पज्यु
                तपाईमा तर्क गर्ने गुण त् छ तर जिद्दी बढी गर्नु हुन्छ/ आफु सिट बिचार नमिलेको भन्दैमा भन्दै नभनेको झुठो कुरा उठाउनु कहा सम्म उचित हो?

                तपाईंको प्रतिक्रियाको चौथो हरफमा “….नेपालमा शिछ्या लिएको कुनै पनि नेपालीलाई आउदैन….” के मैले यो कुरा भनेको छुँ?

                पुष्पज्यु हो तपाई सिट मेरो विचार मिल्दैन/ तपाईं आफुलाई मधेश बादी भएको र आफुलाई “मधेशी” भनुन भन्नु हुने व्यक्ति हो/ म मधेशबादलाई “देस टुक्राउने बाद” को रुपमा लिन्छु/ हाम्रो रास्ट्र भाषा नेपाली भाषालाई होच्याउन सुरु गर्नेहरु मधेसीहरु नै हुन/

                पुष्पज्यु तपाईं “जात जातिको राज्य” बनाउनु पर्छ भन्नेमै पर्छ/ म तेस्को बिरोधि हुन्/ कारण रास्ट्र भाषा नेपाली प्रति मेरो सम्मान पनि हो/ नेपालमा आज पनि कयौं गाउँहरु नेपालका कयौं जातिले नेपाली भाषा बुझ्दैन बोल्दैन/ अब जात जातको राज्य बनेमा तेस्तो राज्यमा के नेपाली भाषालाई उनीहरुले राज्य भाषा मान्ला? बहस र बार्ता गरेर मनाउन सकिन्छ त्यो कुरा?

                मधेसीले त् मधेशमा हिन्दि नै रास्ट्र भाषा बनाउने, मधेशमा सबै राज्यको निकाय हरुमा मधेसी मात्र नियुक्त गर्नु पर्ने भनि नै सके/ बाबुरामको टेबलमा मधेसीलाई राज्यको सम्पूर्ण निकायहरुमा ५०% को आराछ्याँन दिनु पर्ने भन्ने फाईल तेर्सिएको छ/ तेती मात्रै होईन सुदुर पछिमांचलको दुर्गम थाहू को दविएको पिल्सिएको जनतालाई भनि छुट्याईएको ७% पनि मधेसीलाई नै दिनु पर्ने माग पनि त्यो फाईल मै छ/ अब यस्तै मागहरु अरु जातको राज्य ले पनि माग्न थाले नेपाली भाषा र नेपाली भाषीको के अबस्था हुन्छ? अरु जातिका राज्य चाहनेहरु त् मधेसीलाई के दिन्छ हेरी हालु भनेर बसेको छ/

                अहिले “नेपाली भाषाले अंग्रेजी जस्तो बिज्ञान र प्रविधिको स्थान लिन सक्छ बा सक्दैन” बिषय बहसको बिषय बनेको छ/ अंग्रेजी बिज्ञान र प्रविधि र आधुनिक राजनैतिक शास्त्रको सब्दहरु नेपालीमा उल्टा गर्दा हामि सिट ठेट नेपाली सब्दहरु नभएकै कारण संस्कृत र हिन्दि सब्दहरु प्रयोग गर्दै आएकोछ/ यसले गर्दा आजको नेपाली भाषा बुझ्न संस्कृत र हिन्दी भाषाको समेत जानकारी राख्नु पर्ने भएको छ/ यो कतिको ब्यबहारिक कुरा हो?

                आफु सिट अंग्रेजी सब्द्को समान अर्थ बुझाउने नेपाली सब्द छैन त्यो बिषयमा पढ्न जांच दिन अंग्रेजी सब्द बा भाषा नै किन प्रयोग नगर्ने? मेरो यो प्रश्नको जवाफ छ भने दिनुस/

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • पुष्प

                  मदनजी,

                  काठमाडौं खाल्डोकै नेवार बुढाबुढीलाई नेपाली आउँदैन, त्यो अलग कुरा हो । तर यहाँ “नेपालमा शिक्षा लिएको नेपाली” भनेर यसकारण भनेकि हामीले यहाँ शिक्षामा नेपाली भाषाको कुरा उठाएका छौं, अन्य विषय वा क्षेत्रको होइन । कृपया यसमै सीमित भएर छलफल गरौं । जातीय राजनीति, राज्य आदिका कुरा नयाँ विषय हुन्, यसबारे छुट्टै वहस गर्दै गरौंला ।

                  कुरै गर्ने हो भने तपाईंले गर्ने गरेको नेपालमा मधेश छैन’ भन्ने तर्कमा दम छैन । अझ भारतको उत्तरी क्षेत्रलाई अँग्रेजले ‘मध्यदेश’ भन्ने गरेको र त्यो नै मधेश भएको तर्क त कसैको गिदीमा पनि पस्दैन । तर पनि मधेश अनि मधेशीबारे मेरो भिन्न विचार रहँदै आएको कुरा तपाईंलाई ज्ञातै होला । म मधेशमा जन्मिएकोले मधेशी हुँ, कालो छाला र भोजपुरी लवज, थर वा जाति भएकाले होइन । ‘मधेश’ भनेको क्षेत्र हो र ‘मधेशी’ भनेको उक्त क्षेत्रसँग सम्बन्धित कुरालाई जनाउँछ, यत्ति हो मेरो विचार । मधेश अनि मधेशी नाउँमा राजनीति गर्नेहरूले जसरी मधेश र मधेशीलाई परिभाषित गरे त्यो गलत छ । उनीहरूले उठाएको ‘मधेश एक प्रदेश’को नारामा मेरो समर्थन कहिल्यै थिएन र हुनेछैन । जातीय राज्यको कुरामाचाहिँ म ‘केही हद’सम्म सकारात्मक छु । नेपाली भाषालाई हृदयदेखि माया गर्नेले भनेको यो ‘हद’ के होला भन्ने कुरा शायद तपाईंजस्तो बुद्धिजिवीले अनुमान गर्नुभएकै होला ।

                  नेपाली भाषालाई संस्कृतले धेरै माथि उठाएको यथार्थ शायद तीतो लाग्ला । तर यो सत्य तीतो नै हुन्छ, मीठो पनि । तर चाहने हो भने हामीले ठेट नेपाली प्राविधिक शब्दको आविष्कार गर्न नसक्ने होइन । तर नेपाली भाषाविद्हरूको उदासीनता नै नेपाली भाषा माथि उठ्न नसक्नुको प्रमुख कारण हो र यही कमजोरीलाई तपाईं-हामीले अँग्रेजीलाई अँगाल्ने बहाना बनाएका मात्र हौं । मैले माथि नै उल्लेख गरिसकेँ कि ज्यामितीय गणितजस्ता केही विषयगत कुरामा हालका लागि अँग्रेजीको विकल्प नहोला, तर राजनीतिशास्त्रमा अँग्रेजीमा मात्र प्रश्न सोध्नु कत्तिको उचित कुरा हो ? हाम्रो वहस यसैमा केन्द्रित राख्दा राम्रो होला । म त आफ्नो विचारमा अडिग रहने कोशिसमात्र गरेको हुँ, यसमा मेरो जिद्दी बानी कारक पनि होला । तर छलफल एउटा अनि तर्क अर्को प्रस्तुत गरेर विषयलाई अन्यत्र मोड्ने मेरो बानी भने छैन ।

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

                  • madan bajracharya

                    पुष्प ज्यु

                    तपाईंको जवाफमा “मैले भन्दै नभनेको” कुरालाई आधार बनायर जे लेख्नु भयो नि तेस्को बारेमा केहि भन्नु भयन/ सायद म मधेश वादको बिरोधि भएकोले सत्रुनै ठान्नु भयो कि जस्तो लाग्छ/ तेस्तो हो भने ठिकै छ हामि सिंगो नेपाल चाहिने, सबै जातका नेपाली मात्रै नेपाली हुनु पर्ने, जातको राज्यहरु बनाउने कुराको बिरोध गर्ने र बिशेस त् “नेपाली भाषा भाषीहरुलाई आफु मधेसी भन्ने हरुले पहाडी भन्दै लखेट्ने तपाईंका मधेसी” हरुको बिरोध गर्ने म जस्तै नेपालीको धेरै सत्रु हरु छन् तेस्मा तपाईं पनि थपियो/ दुख त् लाग्छ तर डर लाग्दैन पुष्प ज्यु/ मधेसीलाई मित्र र नेपाली ठानेकै नेपालले ईस्ट इन्डिया कम्पनि सिटको युद्धमा हार्नु पर्यो तर ढुक्क हुनुस पुष्प ज्यु कम से कम म कुनै पनि राजा बादी, लोकतन्त्र बादी बा मावोबादीको भेषमा उभिएको मधेसी बादी सिट हार्दीन/

                    अब मैले “मधेसीहरु मध्य देस बादीहरु हुन् भनेको कुरामा तपाईंले “दम छैन” भन्नु भयो नि, यो कुरामा म तपाईं सिट म बा तपाईं जो हार्छ त्यो माई संसार बात बिदा लिने शर्तमा बहस गर्न तयार छु/ तपाईं तयार हुनु हुन्छ?

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                    • पुष्प

                      मदनजी,

                      तपाईंले नभनेको कुनै कुरा भनेको छैन । विगतका तपाईंका प्रतिक्रियाहरूलाई आधार बनाएरै लेखेको हुँ । शायद तपाईंले नै तपाईंका प्रतिक्रियाहरू बिर्सनुभो होला । होइन भने कुन कुरा हो तपाईंले नभन्नुभएको, कृपया जानकारी पाउँ ।

                      तपाईंले अझै पनि मैले बुझाउन खोजेको मधेश अनि मधेशीको अर्थ राम्ररी पढ्नुभएनछ । कृपया फेरि पढ्नुहोला । अनि बल्ल कुरा गरौंला । हावा तालमा प्रतिक्रिया लेख्न मदनजीजस्तो इतिहास बुझेको मान्छेलाई सुहाउँदैन ।

                      नेपाली भाषालाई धेरै नेपाली जनताले बुझ्दैनन् भनेर पाठ्यक्रम नेपालीमा नभई अँग्रेजीमा हुनुपर्ने विचार व्यक्त गर्नुहुने मदनजीसँग जातीय राज्यका विषयमा कुनै छलफल हुनसक्दैन । चित्त अलि ठूलो बनाउनुस्, अनि बल्ल छलफल गरौंला यस्ता विषयमा । होइन भने विशाल अमेरिका पुगेर मदनजीको चित्त सानो हुँदै गएछ भन्ने ठानुँला ।

                      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                      • madan bajracharya

                        पुष्प ज्यु

                        तपाईंले जनवरी ३० तारिख २.२७ पियममा लेख्नु भएको प्रतिक्रियाको अन्तिम ३ हरफ मा उल्लेख गरेको कुरा के मैले भनेको कुरा हो?

                        पुष्प ज्यु, तपाईंले मधेस बादलाई कसरि लिनु भएको छ तेस्को कुनै राजनैतिक महत्वो छैन/ तपाईं तराईमा बस्ने एउटा साधारण बुद्धिजीवी मात्रै हुनु हुन्छ/ आजको मधेसी नेताहरुको नेता जय कृष्ण गोईत हो र तेस्को पनि नेता रघु नाथ ठाकुर हो/ रघुनाथ ठाकुरले सन् १९५६ देखिने ७३ un chartar अनुशार पनि नेपाल र भारत बिचको एउटा स्वतन्त्र प्रदेश हो भन्दै भूमिगत ससस्त्र आन्दोलन गर्दै आएको थियो/ पंचायत कालमा उनि सेना बात मारियो/ जय कृष्ण गोईतले रघुनाथ कै बोलि बोल्दै आएको छ/ त्यो पढ्नुस अनि मधेसीनेताहरुले तराएलाई मध्य देस बनाउन खोजेको हो बा होईन बुझ्नु हुनेछ/ बाकि कुरा कुनै बेला तपाईं ले मधेश वादको समर्थन गरेर लेखेको बेला लेखुन्ला/

                        अब नेपाली भाषाको बारेमा/ अंग्रेजी भाषा संस्कृत भाषा, हिन्दि भाषा र नेपाली भाषा फरक फरक भाषा हरु हुन्/ त् अंग्रेजी भाषाको सब्द्लाई संस्कृत बा हिन्दि भासामा उल्टा गरेर त्यो सब्द्लाई नेपाली सब्द भन्नु कति कारण ले जायज छ?

                        संस्कृत र हिन्दि सब्द्को समान अर्थ लाग्ने नेपाली सब्द नभएको खण्डमा संस्कृत र हिन्दि सब्द्लाई नै नेपाली सब्द भन्दै प्रयोग गर्नु हुन्छ भने तेस्तै अंग्रेजी सब्द्लाई नेपाली कारण गर्न सक्नु हुन्न?

                        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pshylen

      उत्तर नेपालीमा पनि दिन पाइयो भनेर सोचेर खुसि हुनु कहाँ हो कहाँ अझ नेपालीमा प्रस्न खोइ? यार हल्का अंग्रेजी पनि नजान्ने अनि बि ए को सर्टिफिकेट पनि चाहिने ? मन लगाएर पद्नुस साथी. अब अंग्रेजी नजानी पढे लेखेको जान्ने हु भन्ने दिन गए.२-३ मा पढ्ने भुरा हरुले बेज्जत गर्देलान है.बिए पास को चुरी फुरी

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 8

      • Aparichit

        बिझिन्न न त के गर्नु! तपाईका बाउ धनि थिए होलान, अंग्रेजी स्कुलमा पढाए. हामी त गाउको मान्छे, ४ कक्षामा A B C D पढियो, शिक्षक एस एल सी फेल थिए, तपाईले जस्तो राम्रो शिक्षक पनि पाईएन. अनि कसरी सिक्नु त अंग्रेजी! ४० को हाराहारीमा उमेर पुग्यो, आज सम्म नेपाली जानेर नै परिवार धानेको छु. सामान्य अंग्रेजी बुझे पनि बि ए , एम ए को पाठ्यक्रममा हुने प्राबिधिक शब्द हरु बुझिन्न. हल्का अंग्रेजीले काम चल्दैन. यो तपाई अनि तपाई जस्ता अंग्रेजी जान्ने हरुले बुझ्नु पर्ने हो.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 5

    • neerose

      कुरो सहि हो! कहिले काही त यो अंग्रेजी र नेपालि मिसिदा अचम्मै हुदोरैछ अझै दिमाग एकोरिया पछी त झन् के! तेस्तै परेको छ धेरै अघि बि कम को परिक्षामा,
      machine लाइ माचिने भनेर पढ़ियछ अनि दिमाग एकोहोरो लाग्दा सिमित समय अनिपरिक्षा के! जतिपटक पढे पनि कुरो त तेहिनेर तेही शब्दमा घुम्छ! खुसुक्क अगाडी बस्ने साथीलाई सोध्यो उ चाहि खोइ कहा छ माचिने भन्छ आफु चाहि खालि यो माचिने भन्या के हो भन्छु उ चाहि कहा छ भनेर खोज्छ! अनि बल्लापो उसले प्रश्न आफै पढ्यो र मेशिन भन्ने शब्द उच्चाहरण गर्यो अनि आफ्नो दिमागको झ्याल ड्वांग एक्कासि उघ्रियो, ओहो मेशिन पो त गाठे!
      यदि प्रश्न पत्र नेपालीमा पनि दियको भय मेरो तेस्तो महत्वोपूर्ण करिब १५ मिनेट त स्वाहा नहुने!
      तर यो कुरापनि बेलाबेलामा रमाइलो अनुभब मा झल्किने गर्दछ, तेत्ति हो फैदा चाहि!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • deepak

      प्रश्न नेपाली र अंग्रेजी दुवै भाषामा दिए हुन्छ / यो राम्रो हुन्छ../

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • ARJUN ACHARYA

      नेपाली प्रस्नपत्र मा अंग्रेजी मा दिएको निर्देशन अति भो है

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • RameshUpadhaya

      इन्टरनेटको विकास संगै अंग्रेजी भाषाले धेरै नै प्रसार गरि सक्यो । अब विश्वले चाहेर वा नचाहेर अंग्रेजी भाषालाई नै विश्व भाषाको रुपमा प्रयोग गर्नु पर्ने स्थिती आईसक्यो । हामिले हाम्रो भाषामा जति सुकै गर्व गरेता पनि अंग्रेजी भाषाको शब्द भण्डार, यस भाषामा लेखिएका ज्ञान र दर्शनको गहनता, विज्ञान र प्रविधिमा यस्को सफल प्रयोगले गर्दा अरु भाषाहरु विस्तारै हराउदै छन । हामि अन्तर्राष्टमा सफल नहुनु तर भारतियहरु सफल हुनुको एक प्रमुख कारण उनिहरुले अंग्रेजी भाषाको महत्व बुझेर त्यसलाई आत्मसात गर्नु हो । हिन्दि भाषा संगको सामिप्यता र अंग्रेजी भाषाको कमजोरिले गर्दा हामी विदेशमा पनि भारतियहरुको पसल ईत्यादिमा काम गरेर बस्नु परि रहेछ । हाम्रो अति नै राष्टवादि भावनाले गर्दा अंग्रेजी भाषाको संपन्नताबाट हामिले त्यति फाईदा लिन सकेका छैनौ । अंग्रेजी भाषालाई हाम्रो भाषिक मूल प्रवाहमा कासरी समाहित गर्ने भनेर सोच्नु पर्ने बेलामा नेपाली भाषा मात्र जानेका, नेपाली भाषामा मात्र आफ्नो भावना ब्यक्त गर्न सक्ने पढे लेखेका जमात राष्ट्रले पैदा गर्नु भनेको आत्मघाति हुने छ । हामिले यसमा अहिलेनै विचार नपुर्याए अब आउने एक अर्को पिढी पनि विश्वले गरेको विकासको उपभोगबाट अलग थलग बस्नु पर्ने छ । अब हामिले पनि अंग्रेजी भाषालाई नै विश्व भाषाको रुपमा स्विकार गर्नु पर्ने बेला आईसकेको छ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 7

    • एस पाली म इको मा तै भएर फेल भएको hola साला २८ आएर फेल भए

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 12

    • Mahesh

      धेरै राम्रो कुरा ! मैले girlfriend लाई फेल भयौ भनेर गाली गर्दा पनि नजानेर हो र , प्रश्न अङ्रेजी मा थियो के सोधेको हो भन्ने नै नबुझेर हो , प्रश्न बुझेको भय त मैले जनेकी थिय भन्दैथी ,
      Really , why they are asking questions in english only? Do they teach in english? If not , what is the intention of TU? Does TU want their student to be failed only because they do not understand questions? Its really crazy!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

    • deepak

      म पनि सरकारी कलेज पढेको हो तर bachelor लेवेल को विद्यार्थी ले जाबो discuss plato’s view on justice जस्ता प्रस्नका उत्तर दिन पनि गुनासो गरेको देखेर ठिट लगेर आयो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 14

    • sagar

      लेख सारै गम्भीर छ . अझ नेपाली प्रश्नपत्र मा अंग्रेजी मा निर्देसन दिनु लापरवाही नै हो?
      एदी सबै बिषय हरु अंग्रेजी मा हुन्छन भने प्रश्न पनि सोहि अनौ रुप हुनु पर्छ तर पढाउने बेला मा दुवै भाषा प्रयोग हुन्छ भने उत्तर लेखन पनि दुवै भाषा मा पाउनु पर्ने हो. विद्यार्थी संगठनको धयान टायर बल्न , गाडी फोड्न मा केन्द्रित छ एस्तो बिषय सोच्न को लागि ऊनी हरु ले पद्नु पर्यो , पढेर पास भएको हुनु पर्छ अनि बल्ल बुझ्नेछन नत्र चोरेर पास हुने नेता लै यो सब को कुनै मतलब राख्दैन ………………………………………………

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • “हैन प्रतिस्पर्धात्मक बजारमा अंग्रेजी बिना नहुने भए उत्तर पनि अंग्रेजीमा मात्रै लेख्‍न पाउने किन नगरिएको होला ?”
      हो, अंग्रेजी अत्यावश्यक् छ । तर अंग्रेजी नआएकै कारण जानेको कुरो पनि लेख्न नसक्लान् भनेर नेपालीमा लेख्ने छुट द्या हो । अङ्ग्रेजी लेख्न नसक्लान् भनेर छुट दिएता पनि प्रश्न पढ्न र बुझ्न सक्ने सम्मको अङ्ग्रजी त जसरी पनि जान्नु पर्छ भनेर प्रश्नचाहिँ नेपालीमा नदेको हो क्या !
      :P

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 10

      • Mahesh

        I agree with you Rajendra Ji, One of the student of B. Ed. Second year has asked me न्युटन को चाल् सम्बन्दी दोश्रो नियम भन्दिनु न भनेर !मैले कती प्रयास गरे भुजेन ,बुझोस् कसरी ? अब उस्लाई बल, प्रबेग, स्थिर अवस्था ,पिन्ड, चल्अवस्था जस्ता शब्दाबली प्रयोग गर्नुपर्ने रहेछ , If they are learning like that, How can they understand the terms?
        If the intension of TU is like that as you mention, they should teach only in English (Nepali can be used only if there is no alternative way to explain), Material should be in English! Then they would be able to understand the questions and answer it! Why you do not think How TU is teaching that student even do not understand the Questions?

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

        • मैले त ब्यङ्ग्य स्वरूप कूतर्क मात्र पेस गरेको हो । त्री.वी. ले कदापि तेस्तो तर्क गरे अङ्ग्रेजीमा मात्र प्रश्न छापेको होईन । यो त केवल लाचारी र अल्छि अनि गैर जिम्मेवारी पना हो । नियम भनेको यस्तो हुनुपर्छ कि तेसले केवल एक जनलाई पनि अन्याय नहोस् । अङ्ग्रेजी जान्नु फाइदा जनक होला, तर राजनीति शास्त्रमा स्नातक गर्नको लागि अङ्ग्रेजि जान्नै पर्ने नियम राख्नु अत्यन्त अन्याय कारी नियम हुन जान्छ । यो सन्दर्भमा नेपाली भाषामा अध्यापन गराईनु र उत्तरि दिन पाउऩ अत्यान्त राम्रा कुरा हुन्, मात्र प्रश्न छाप्ने कार्यलयले चाहिँ बदमासी गरेको देखिन्छ ।
          अनि तपैको “नेपाली शब्दावली प्रतिको घृणा पनि मलाई कत्ती ठीक लागेन । तपैले ती शब्द सु्नु नभएको ले तपैलाई हास्यास्पद लाग्यो होला, तर आफ्नै मातृभासालाई त सम्मान गर्नु पर्यो नि । चाइना, जर्मनी जस्ता देशहरूमा विज्ञानका , इन्जिनियरिङ्का विषयहरू समेत आफ्नै भाषामा पढाई हुन्छ । सके त हामिले पनि तेस्तै गर्नु पर्ने हो, तर क्यार्नु आफ्नै देशमा पर्याप्त जनशक्ती नहुँदा र अझ काम गर्न पर निर्भर हुनु पर्ने भएर सबै विषयमा त्यो संभव हुँदैन, र हामी वाध्यता वस् अङ्गेरजी भाषाको गुलाम् हुनु परेको छ ।

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • प्रकाश पोडेल माइला,योकोहामा,जापान

      यहाँ निकै गहकिलो र मार्मिक कुराको उठान गरियको छ, म आफु पनि स्वयं सरकारी स्कुलको बिधार्थी भयकोले गर्दा यो समस्याको प्रतक्ष अनुभब गरेको छु, जवाफ नेपालीमा लेख्न पाउने भय पछी प्रश्नपत्र किन अंग्रेजीमा मात्रै उल्लेह गर्ने होला ? सधै बिधार्थीको लागि आन्दोलन गर्न तम्सिने र फगत आन्दोलनको नाममा पढाईमा नै असर पुर्याउने बिधार्थी संगठनहरुले खोइ ध्यान दिन सकेका ? अंग्रेजी कम्जोर भयका बिधार्थीहरुले प्रश्नपत्र अंग्रेजीमा हुने हुनाले थोरै रुपमा भय पनि मानसिक तनाब हुन्छ अलिकति, परीक्षाको उत्तर लेख्ने काममा पनि प्रभाब त अबस्य परेको हुन्छ, मर्का कसले बुझिदिने त ? शालीन रुपमा उठान गरेका कुरा को सुनुवाई हुदैन यहाँ, उपत्यका बन्द र तोडफोडमा उत्रिने हो भने सरकारले बार्तामा बोलाउने लगायतका प्रक्रिया हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • Diwakar

      मैले यो कुरो धेरै पहिले नै सोच्या हो । बल्ल कसेले लेखेछ, खुसी लाग्यो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 6

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker