धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।
अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन भन्नेमा सबै सहमत छन्।
यही असन्तुष्टिको चर्को स्वरुप नै आज धरहरामा देखिएको हो। धरहरामा यो ब्यानर खासमा नेपाल मानव अधिकार संघले राखेको हो। तर यसमा पीडित नेपालका सबै नागरिकको समर्थन र ऐक्यवद्धता छ र हुनुपर्छ।
अग्रगमनकारी हैन प्रतिगमनकारी बाध्यकारी नियम बनाउने सरकारविरुद्ध यस्तो विरोधका कार्यक्रम अझै जारी रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। फेरि नेताहरुलाई चाहिँ लागू नहुने, हामी जनतालाई मात्र नियम लागू गर्नु कहाँसम्मको जायज हो ? यस विषयमा आजको पत्रिकामा पनि समाचार छापिएको छ। पत्रिकामा छापिएको समाचार र सँगैको धरहराको फोटो ठूलो पारेर हेर्ने भए भित्र आउनुस् है।
सरकारी नियमले जनतालाई असजिलो
कान्तिपुर संवाददाता-
काठमाडौँ, माघ १३- धान्नै नसकिने गरी उत्पादन भएको बिजुली खपत गर्न सरकारले प्रत्येक घरमा २४ सै घण्टा बत्ती बाल्नुपर्ने नियमको विरोध हुन थालेको छ। कतिपय मानिसहरुलाई बत्ती बाल्नै पर्ने नियमले राति सुत्दा निद्रा नपर्नुका साथै अन्य निजी काममा समेत अप्ठेरो परेको गुनासो सुनिएको छ।
६८ वर्षीय कुम्भ लम्साललाई हिजो राति बत्ती निभाई सुतिरहेको अवस्थामा महानगरी प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। सुन्धारानिवासी कुम्भले विगत महिनौँदेखि सुटुक्क बत्ती निधाई सुत्ने गरेको सुराकीको आधारमा उनलाई प्रहरीले पक्रेको हो।
प्रहरीको टोलीले कुम्भको घरमा झ्याल नभएको कोठा पत्ता लगाएको छ। सरकारले चौबीसै घण्टा बत्ती बाल्नैपर्ने नियम बनाएपछि उनले त्यो कोठा बनाई सुत्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
घण्टौ लोडसेडिङ हुने २० वर्ष पुरानो नेपालमा फर्काउने गरी सरकारले गरेको यो प्रतिगमनकारी निर्णयको विरोधमा निद्रा नलाग्ने रोग इन्सोमेनियाबाट पीडित केही बिरामीहरुको समूहले गत हप्तामात्र बत्ती निभाई सुत्न पाउनु पर्ने भन्दै सर्वोच्चमा रिट दायर गरिसकेको छ।
नेपाल मानवअधिकार संघले पनि चौबीसै घण्टा बत्ती बाल्नै पर्ने नियमको विरोध जनाई ऐक्यवद्धता जाहेर गर्न धरहरामा विरोध तुल टाँगेको छ।

ललितपुरकी शान्ति नेपालीले कान्तिपुरसँग भनिन्- ‘मन्त्री र ठूला मान्छेहरु चाहिँ राति बत्ती निभाई सुत्न पाउने, हामी जनताले चाहिँ बत्ती निभाएर आरामले सुत्न नपाएको पनि कयौँ महिना भइसक्यो।’
उता कोटेश्वरका विकास थापा भन्छन्, ‘छिट्टै विद्युत पीडित संघ खोलेर बत्ती निभाई सुत्न पाउनुपर्ने व्यवस्था आन्दोलनबाट गरी छाड्ने छौँ।”
हुनत विगत केही वर्षदेखि नेपाल बन्द, हड्ताल भएको थिएन। तर यही कारणले आन्दोलनले चर्को रुप नलेला भन्न सकिँदैन। बत्ती बाल्नै पर्ने नियम उल्लङ्घन गरेका खाओवादी नेता अर्चण्डले कान्तिपुरलाई भने, “मने, धेरै दिनको राजनीतिक तनावपछि गत हप्ता राम्रो निद्रा परोस् भनी बत्ती निभाई सुतेकै हो। त्यसैलाई लिएर चाहिँ मने जनताले मलाई नियम उल्लङ्घनकारी भनेका होलान्, मने यो विषयमा जनतासँग आत्मालोचना गर्दै अबदेखि हामी सबै नेता र मन्त्रीहरु पनि बत्ती बालेरै सुत्ने प्रतिवद्धता दिलाउँछौँ।”
जलस्रोतको धनी देश नेपालले संसार चकित हुने गरी अत्यधिक जलविद्युत उत्पादन गरी आर्थिक विकासमा फड्को मारेको छ। सोच्नै नसकिने गरी नेपालले आफ्नो प्राकृतिक स्रोतको प्रयोग गरी अरबौँ रुपैयाँमात्र कमाएको छैन, चीन भारत लगायत अन्य ३९ देशमा जलविद्युत बेचिरहेको छ।
[यो पढ्न नछुटाउनुस्: ऊर्जा मन्त्रीले आज एउटा कार्यक्रममा यसपालि १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने भनी बोलेको खबर मिडियामा आएपछि मानिसहरु टिप्पणी गर्दैथिए- यस्तो कुरामा पनि हामीले खुसी हुने र गौरव गर्ने गर्नुपरेको छ, के गर्नु ! अहिलेको लोडसेडिङबाट पीडितहरुले माथिको कल्पना गर्नु पनि अपराध हुनसक्छ। तर कसले रोक्न सक्छ र व्यङ्ग्य कस्नलाई। लोडसेडिङबाटै पीडित एक फेसबुक प्रयोगकर्ताले आफ्नो सिर्जनशीलता प्रयोग गरी माथिको व्यङ्ग्य कसेका हुन्। यो फोटो र व्यङ्ग्य समाचार हामीले फेसबुकको लर्न फोटोसप-डेभलप नेपाल पेजबाट लिएका हौँ। उनको फेसबुक पेज हेर्न यहाँ क्लिक गर्नुस्। फेरि पनि, यो व्यङ्ग्य मात्रै हो। फेरि भोलिपर्सि अमिताभ नेपाली भने जस्तो कुनै टिभी र पत्रिकाले समाचार बनाएको सुन्नु नपरोस्
]
No related posts.









ने.वि.प्रा.ले आगामी हप्ता देखि लोड शेडिंग अन्त्य हुने जनाएको छ| त्येस्पछी ग्यास र पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई ध्यानमा राखी त्येसको खपतमा न्यूनीकरण गर्न र विद्युत को प्रयोग बढाउन महिनै पिच्छे नया नया कार्यक्रम ल्याउने जनाएको छ| पहिलो छ महिना घर घरमा हिटर, hotplates, electric irons, A/C,V/C and other electric appliances हरु वितरण गरि स्वोदेश्मै उत्पादित उर्जा प्रयोग गर्न उत्प्रेरित गर्ने पनि जनाएको छ| पछिल्लो छ महिना सम्पूर्ण conventional bus truck taxi हरुमा rechargeable battery जडान गरि विद्युत्चालित सवारी साधनमा convert गर्ने योजना बनाएको छ|
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार
आज सबै साथीहरु को कुरा सुन्दा मलाइ उर्जा मीलेको छ. रुरल देवेलोप्मेंट बीसयका स्टुडेंट हरु को यौता ग्रुप सोसिअल देवेलोप्मेंट को लागि प्रोग्राम बनौदै छ संपूर्ण बीदेसमाँ रहनु हुने नेपाली दाजूभाइ तथा दीदी -बहीनी हरुमा यो कुराको जानकारी गराऊ न चहन छू
धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
रघुबीर जी, नेरोले बाँसुरी बजाए जस्तै गरी नेतालाई बाँसुरी बजाउन लगाउने हामी नै नेपाली जनता हौँ/ यही कुराले नेतालाई काम गर्न रोकेको छ/
जनता चलाख नभए नेपालका नेता नेरो नै हुन्/ तपाई हामी नै हातमा हात, साथमा साथ मिलेर जो जो संग जे जे छ त्यो लिएर काममा लाग्नु पर्छ/ धन हुनेले धन, मन हुनेले मन, सीप हुनेले सीप, ज्ञान हुनेले ज्ञान लगाएर एउटा काम गरेर देखाएमा अरुकाम अनि नेताले गर्ने छन्/
नत्र कालो झण्डाको, कुरा बन्द हडतालको कुरा, चन्दा का कुरा यी नकारात्मक कुरा गर्न को पहिलो छ, युवा विद्यार्थी सचेत वर्ग अनि सर्व-साधारण नेपाली जनता पछि पछि लाग्छ/
बन्दै गरेका काम पनि तपाई हाम्रा कमजोरीले नै रोकिएका हुन्/ यो भएन त्यो भएन, यो पाइएन त्यो पाइएन कसले भन्छ/? तपाई हामीनै हो/
आफ्नै पौरख खान त हामीले सचेत भए पुग्छ/
१.लजालु भएर पार्टी सेन्टर मा जानेलाई गाउको विकास मा अनुरोध गरौँ/
२. छोराको birth day पार्टी गर्न ५-७ हजार खर्च गर्नेलाई दुइटा पार्टी नगर्न भनौं/
३. मन्त्रीलाई कालो झन्डा होइन काम गर्ने डन्डा देखाऊ/
४.वियरको चुस्की मा दैनिक ५-६ हजार खर्च गर्नेलाई ४-५ दिन बन्द गरौ/
५.छिमेकीमा मेरो तेरो सघ-संघठन भनेर झगडा नगरी मिलेर काम गरौँ/
६.ठुटे नेतालाई घडेरी को व्यपार होइन विकासको व्यपार गर्ने अर्ति..
७. विद्यर्थी लाई ILU होइन खर्चको विचार गर्न भनौ/
८. A.B.C.D .E सबै खाले नेता जनता मिलेर (मात्र काम) विकासको काम गर्ने गरौं/
रघुबीर जी मैले त यस्तै गर्ने भन्दा केहि गर्न नसकेर विदेश छु तर विचार त दिन सकियो/
मन परे हरियो, नपरे रातो
6
1
There are a few things we can do to reduce the loadshedding….
1. Use energy efficient lighting system (CFL, LED lighting).
2. Restrict the use of traditional ligh bulbs and tube lights which has more than 15 watts in capacity for domestic use. Some industies can use more than 15 watts’ bulbs for safe working environment arourd machineries…
3. Use motion sensor light where possible (like bathroom, stairs, balcony etc).
4. Buy low watt electric appliances (like electric iron….).
5. Turn off fans, TV, computers when not in use, even just dimming the brightness of scree could save electricity.
6. All municipals/ metro should use solar + LED lighting for street lighting..
7. Leakages, theft management.
The list can go long, just a few examples I have presented here…
मन परे हरियो, नपरे रातो
4
3
अब त्यहि नै बाकी छ हाम्रो देश मा हुन लाई..
मन परे हरियो, नपरे रातो
2
0
व्यंग को असर त बुद्धिजीवी मा पो पर्छ पशुहरु मा पनि पर्छ र ?
मन परे हरियो, नपरे रातो
14
1
के गर्ने मेरा दिमागले काम नै गर्न छोडिसक्यो/ चाडै घर फर्केर केहि गरौ भने भावनामा चोट मात्र थपिन्छ/ अरुले पैसा दिए काम हुने नत्र असक्त भएर बाटामा हात थपे झैँ थाप्नु पर्ने नेपाली जनता र सरकार/
व्यंगले पनि मेरो मन दुखे जस्तै नेपाल सरकारको पनि दुखे हुने थियो/ नेताजी जुलुस बन्द हड्ताल होइन अब देशमा उज्यालो ल्याउने क्रान्ति गर/ प्रवासीका तर्फबाट १-२ दिनको पसिनाको कमाई दिने वचन गर्छु/
मेरो देश म अनि मेरो परिचय खराब भएको कति दिन समाचर पढु? मैले र मेरा देशका नेताले अब केहि गर्न सकिएन भने ए! व्यंगकारहरु आफू त केहि गर्ने जमर्को गर/ के जे गरेर पनि चर्चामा आउने प्रयास हो?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
साह्रै दु:ख लाग्यो यो लेख पढेर, ब्यङ्ग भएता पनि, बत्ति आउने होईन , बत्ति पटक्कै नआउने नमिठो यथार्थ फेरी याद गरायो। जहाँसम्म बढी उत्पादन भयो भने के गरिन्छ भन्ने कुरा छ, त्यसको लागि जनताले घरमा बत्ति बालिरहनु पर्दैन, उत्पादन केन्द्रमा नै Control Mechanism हुन्छ; हामीले बत्ति बालिरहनुपर्ने यस्तो दिन कहिले देख्न पर्दैन।
तर कुरो रह्यो हामीले बत्ति चाहेको बेला बाल्न पाउने दिन कहिले देख्न पाउने हो ? गिरिजा, प्रचण्ड, माकुने, झलनाथ हुँदै डा बाबुराम भट्टराई सम्म आउँदा यस अघिका उर्जामन्त्री गोकर्ण विष्ट बाहेक अरुले विद्युतको क्षेत्रमा एउटा सिन्को पनि भाँचेको देखिंदैन।
देशको अर्थतन्त्रलाई यसले कस्तो असर गरिरहेको होला? अकल्पनिय। बिजुली नभाकै हुनाले अरबौंको थप डिजेल पेट्रोल महंगोमा किन्न परिरहेको छ, अझ त्यसमा पनि अभाव छ, भनेको बेला पाईन्न।उद्योगधन्दा, कलकारखाना, विद्युतिय उपकरण, बत्ति, हिटर त दन्त्य कथामा सिमित भए। शरिर (देश) यसै कमजोर, त्यसमाथि त्यही शरिरको रगत चुसिंदै छ : यहि होईन महंगो डिजेल,पेट्रोल र ग्यासको यथार्थ ? देश विस्तारै तन्नम हुँदैछ। तर कसैलाई मतलब ? रोम जलिरहँदा नेरो बाँसुरी बजाएर बस्याथे रे ।
अर्थतन्त्र त ठुलो कुरो भो, घरायसी लेभलमै झरेर हेर्दा पनि बत्ति नहुँदा कति हैरानी खेप्नु परेको छ ? मेरै अर्को हफ्तादेखि परिक्षा छ, कति समस्या पारेको होला यो बत्तिले। घरमा खाना पकाउने, पानी ट्याङ्की सम्म तान्ने देखि नुहाउने, लुगा धुने सम्मका काममा कति बाधा पुर्याएको छ सबैले भोगिरहेकै हो। लोडसेडिङ्गमा ब्लग चलाउन कतिको गाह्रो हुन्छ, सालोक्यजीलाई थाहा होला नै।
काठमाडौंको सडक फराकिलो पार्न र मापसे गरेर ड्राईभ गर्न नदिन त्यस्तरी कम्मर कसेर लाग्न सक्ने प्रधान्मन्त्री (नगर विकास र प्रहरीको काममा प्र म को प्रत्यक्ष आशिर्वाद रहेको कुरा कसैबाट नलुकेको होला), यो नेपालमै त्यत्रो सम्भावना रहेको बिजुली उत्पादन गर्ने, र लोडसेडिङ हटाउने काम शुरु गर्न किन अघि सर्न नसकेका होलान्? Priority कै कुरा गर्ने हो भने बिजुली संकट काठमाडौंका साँघुरा सडकको समस्या र ट्वाँट धोकेर मोटर कुदाउने चालकहरुको समस्या भन्दा ठूलो समस्या हो। तैपनी किन केहि नभइरहेको?
हेक्का रहोस, चाहना राख्ने हो र राम्रो संग काम गर्ने हो भने, २०० मेगावाट सम्मका जलविद्युत योजना 1.5 देखि 2 वर्षमा सम्पन्न गर्न सकिन्छ, सायद तत्काल भारतबाट अर्को २०० मेगावाट जति आयात गर्न सकिएला (प्रसारण लाईन मर्मत एवं upgrade गरेर)। हो आज, वा अर्को एक हफ्ता वा महिनामा नै सबै समस्या समाधान नहोला, तर निकट भविष्यको लागि त आशाको किरण देखिन पर्ने, वर्षदिनमा लोडसेडिङ आधा घट्ने, दुई वर्षमा ७५ प्रतिशत र तीन वर्षमा पुरै लोडसेडिङ हटी चौथो वर्ष देखि उर्जामा आत्मनिर्भर हुने र पाँचौं वर्षदेखि त निर्यात नै गर्न सकिन्छ। राम्रो संग काम गरे यो कुनै सपनाको कुरा होईन, गर्न सकिने काम हो। तर के रहेछ जसले नेपालका प्रत्येक नेता, मन्त्री , प्रधानमन्त्री र सरकारलाई यो क्षेत्रमा काम गर्न रोकिरहेको छ? र के रहेछ, बन्दै गरेका आयोजनाहरुमा पनि अनगिन्ती वाधा व्यवधान आईरहँदा ती अड्चन फुकाएर छिटो काम सक्न रोकिरहेछ ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
कसैले पनि मेरा प्रश्नहरुका उत्तर कसैले पनि दिनुभएन त। के गर्न सकिएला त यो लोडसेडिङ्ग नामको समस्या समाधान गर्न? बिरोध हुँदाहुँदै पनि जनताको घर भत्काएर बाटो फराकिलो पार्न कम्मर कस्ने प्र.म.ले त्यो भन्दा अझ गहन विषयमा चाहीं किन केहि पनि नगरेको होला? र साथै के गरियो भने नेपालबाट लोडसेडिङ्ग हटाउन सकिन्छ साथै उर्जामा आत्मनिर्भर हुन र उर्जा निर्यात गरेर धन कमाउन समेत सकिन्छ? यस पछि Fossil Fuel माथिको परनिर्भर्ता घटाउन र आफ्नै पौरखको कमाई खाई उन्नती गर्न सकिन्न र ? सालोक्य जी को ब्लग मार्फत यी प्रश्नहरुको उत्तरको अपेक्षा गरिरहेको छु। नेपालको सबैभन्दा बढी पढिने ब्लगमा यस्ता Issue हरुले Genuine Space पाए प्र.म. लगायत सम्बन्धित निकाय सम्म पनि यी कुरा पुगेर केहि सकारात्मक काम पनि होला कि ?
मन परे हरियो, नपरे रातो
3
2
गोकर्ण बिष्टले सबै राम्रो कम गरे
पिपिए को रेट पनि बढाए
बिजुलीको भाउ पनि बडाएनं
कमाई जति पिपिएलाई
ऋण जति प्राधिकरण लाई
मन परे हरियो, नपरे रातो
0
0
भर्खरै प्राप्त समाचार अनुसार :
तेल निर्यातबाट अर्थतन्त्र टिकेको अरबी मुलुकहरुले नेपालसंगको दौत्य-सम्बन्ध बिच्छेद गरेको छन् / सूत्रको अनुसार नेपालबाट उत्पादित जलाबिध्युतीय उर्जाले पेट्रोलिएम पदार्थको खपतमा ब्यापक ह्रास आएकोले खाडीको ति मुलुकहरुले बिरोध स्वरूप यस्तो कदम चालेको बुझिन आएको छ /
नेपाल बिधुत प्राधिकरणले हालै प्रकाशित गरेको तथ्यांक अनुसार एशिया, यूरोप, अफ्रीकाको कुल उर्जा खपतको ९३.७२% प्रतिसत ने. बि. प्रा. ले उपलब्ध गराउदै आएको छ र अमेरिका तथा अस्ट्रेलियामा पनि भबिस्यमा बजार लिनको लागि तार-रहित बिद्युत प्रसारण-लाइन बिकास गरि परिक्षण प्रसारण पनि सुरु भैसकेको छ / यिनै घटनाक्रमलाई मध्यनजर राख्दै खाडीको तेल निर्यातक मुलुकहरु नेपालसंग रुष्ट भएको बुझियको छ / अरब-लिगको हिजो बसेको आकस्मिक बैठकले “नेपालसंग दौत्य-सम्बन्ध बिच्छेद” गर्ने निर्णयको साथमा अन्य केहि बुदाहरु पनि अघि सारेको छन् :
१.तेल प्रसोधन केन्द्रमा (हालै बन्द भएको) कार्यरत सम्पूर्ण कामदारहरुलाई नेपालले रोजगारी दिनु पर्ने /
२.पुर्ब तेल उत्पादक मुलुकहरुलाई सहुलियत दरमा बिद्युत उपलब्ध गराउनु पर्ने /
३.नेपाली उर्जा उद्योगबाट प्रभावित अरबीहरुलाई नेपालले working visa दिनु पर्ने /
यसै बिषयलाई लिएर अमेरिका अनि अस्ट्रेलियामा पनि बहस सुरु भएको छ / अधिकांस अस्ट्रेलियनहरुले clean energy को स्वागत गरे पनि केहिले बिरोध गरेको छन् / बिरोधिहरुको अनुसार यस्तो सस्तो उर्जाले गर्दा बनस्पतिजन्य पदार्थको खपतमा ह्रास आई जंगलको ब्यापक बिस्तार हुने र जंगलको बिस्तार संगै कंगारूहरुको जनसंख्यामा बिस्फोट हुने लगभग निश्चित भएको दाबी गरेको छन् / जंगलमा कंगारूहरुको अत्यधिक संख्याको कारण तिनीहरु मानब बस्ति तर्फ पलायन हुने छ / मल, सडक, पार्क, घर सर्बत्र तिनको उपस्थितिले २-४ दिन रमाइलो नै भए पनि तिनीहरुले गर्दा मानब जनजीबन असुरक्षित हुने छ / कति बेला ? -कहा ? kangaroo -kick खानु पर्ने हो त्येसको यकिन गर्नु नसकिने बताएको छन् /(हालै प्राप्त अर्को स्रोतको अनुसार एउटा व्यवसायिक कम्पनीले कंगारू आक्रमणबाट जोगाउने खालको हेल्मेट+पोशाक उत्पादन सुरु गरेको छ / २ हप्ता अगाडी अग्रिम बुकिंग खुला गरेको सो कम्पनीले माग थेग्नै नसक्ने गरि प्राप्त भएकोले अर्को कारखाना खोल्ने बताएको छ र त्येसको लागि निसुल्क उर्जा प्राप्त हुने देश नेपाल नै एकमात्र उपयुक्त मुलुक भएको कम्पनीको वेब-साइटमा जनाइएको छ/)
यसै बिषयलाई लिएर अमेरिकी सिनेटमा पनि व्यापक बहस भएको बुझिएको छ / एल-गोर लगायतको पर्यावरणबादीहरुले यसको खुलेर समर्थन गरेपनि radical अमेरिकीहरु भने नेपालको मौलाउदो बर्चस्व देखि त्रसित भएको छन्/ नेपालको आर्थिक हैसियत यहि रीतले बढ्दैजाने हो भने नेपाल एक धुर्बिय सक्ति केन्द्रको केन्द्र बिन्दु बन्न एक दसक पनि नलाग्ने उनीहरुको दाबी छ / यी बिबादहरुलाई मद्यनाजर राख्दै ओबामा प्रशासनले मध्यमार्गी बाटो खोजिरहेको कुरो रास्ट्रपति ओबमजीले “नेपाली राजदूतलाई राजदूतको निवासमा नै गएर” जाहेर गरेको कुरो white house ले जनाएको छ /
जय नेपाल
हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
5
एउटा बुझ्नु पर्ने कुरो के छ भने नेपाल जसस्रोतमा विश्वको दोस्रो ठुलो देस होइन । यसो विचाहर गर्नुत, नेपालको खोला जति सबै कहाँ जान्छ ? अनि इन्डियामा पनि हिमाली भेग कति छ कति । अरू कति खोला होला कति । चाइना झन् भैहाल्यो । झेत्रफल र पानिको स्रोत को अनुपात को आधारमा मात्र नेपाललाई धनि भनिएको हो । नेपाले उत्पादन गर्न सक्ने जति को बिजुलि त चाइनाको एउटै हाइड्रोपावरले उत्पादन गर्दैछ ।
तेसैले नेपाल सँग कहिँ नभाको जलस्रोतको अपार खजाना छ अनि यो लुते नेताहरूले अलिकति काम गर्ने हो भने नेपाल मात्र तेही जलस्रोत बाट उँभो लाग्न सक्छ भन्ने भ्रमबाट मित्रहरू मुक्त हुनुहोस् । कृषि, हस्तकला, जडीबूटी, पर्यटन, र साथसाथै आधुनिक विद्युतीय सामानहरू समेत गरेर बहुआयामिक् नभै देस उुँभो लाग्न सक्ने स्थिती छैन । तथापि उत्पान गर्न मिल्ने जति बिजुलिको एउटा छेउ पनि हामीले उत्पादन गर्न चाहिँ सकिराछैन ।
मन परे हरियो, नपरे रातो
13
0
अप्रिल फुल जनवरीमा हा हा
मन परे हरियो, नपरे रातो
12
2
अहिले पो कहाँ छ र यो अधिकार जनतामा? बत्ति कुन बेला आएर कुन बेला निभ्छ थाहा हुदैन अनि कसलाई पो बत्ति बाल्ने र निभाउने अवसर प्राप्त हुन्छ र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
अप्रिल १ को लागि रक्नु पर्ने थियो यो लेख त !!
मन परे हरियो, नपरे रातो
4
1
देशको अवस्थामाथिको यो ब्यङ्गले मन त छोयो साथै पीडाबोध पनि गरायो! पढ्दा मनमा यो एउटा ब्यङ्ग हो भन्ने लागे पनि, आफ्नो देश को अवस्था सम्झेर दिक्क लागेर आयो !… … तर अझै पनि म मेरो देशलाई माया गर्छु… .
मन परे हरियो, नपरे रातो
10
0
खबर भित्र को खबर मा बिस्तृत रुप मा आउला नी, अनि समाचार पत्र ले पनि फिचर स्टोरी बनाउला अनि हेर्नु पर्ला
प्रकाश हुमागाईं
सिड्नी अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
12
1
हेतेरी मत क्या झुक्के छानी पत्दै जान्छु झन् कन्फुस झन् कन्फुस हाहाहा जेहोस ब्येंगा मन पर्यो र एस्तो हुनु पर्छ राम्रो क्रेयेसन ….
मन परे हरियो, नपरे रातो
7
0
हह्हः जामा १४ घण्टा लोअद्सेद्दिंग omg नेपाल…………….
मन परे हरियो, नपरे रातो
3
1
भोलिको समाचार पत्र मा बिस्तृत रुपमा हेरु पर्ने होला फेरी
मन परे हरियो, नपरे रातो
5
0
हाहाहा सार्है हासो उठ्यो,सुरुमा त मलाई पनि सुरुमा त होइन बाबुराम ले के चै नया जनविरोधी काम गरेछन भनेर डर लागेको थियो तर धन्य व्यंग्य मात्र रहेछ.तर श्रीजना राम्रो छ र लोडसेडिंग लाइ गतिलो झापड हानेको छ……….
आशिष
स्विस
मन परे हरियो, नपरे रातो
13
1
हा हा हा ……
” ताइ न तुइ हातमा लाग्यो दुई ”
शुरुमा त छक्क्कै परे निकै गरेछन त बाबुरामले
भनेको त लास्टमा उही हो….
मन परे हरियो, नपरे रातो
13
2
यो हाम्रा देशका बिकाश गर्न माथि बसेकाहरुलाई मन्त्रीहरुलाई मिठो झापड हो,हुनत गलामा नै झापड हाने नि लामखुट्टेले टोकेर गएछ भन्ने मन्त्रीहरुलाई के नै असर पर्ला र खै, तै पनि बधाई छ लेखकलाई. Good job
मन परे हरियो, नपरे रातो
12
0
what !! I had to read this twice before I thought I understood.
मन परे हरियो, नपरे रातो
8
0
यो हाम्रा देशका बिकाश गर्न माथि बसेकाहरुलाई मन्त्रीहरुलाई मिठो झापड हो,हुनत गलामा नै झापड हाने नि लामखुट्टेले टोकेर गएछ भन्ने मन्त्रीहरुलाई के नै असर पर्ला र खै, तै पनि बधाई छ लेखकलाई. Good job
मन परे हरियो, नपरे रातो
3
1
हाहाहा
very nice comedy
मन परे हरियो, नपरे रातो
5
1
हाहाहा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0