मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जय सरस्वती माता !

    आज सरस्वती पूजा, बसन्त पञ्चमि, श्रीपञ्चमि। स्कूले जीवनमा यो पर्वको महत्त्व नै बेग्लै हुन्थ्यो। घरनजिकैको मन्दिरमा पूजा गर्न जान्थ्यौँ। त्यहाँको सरस्वती मन्दिरमा चकले आफ्नो नाम लेख्‍थे मानिसहरु। मैले पनि आजभोलिका मान्छेहरुले बोक्ने आइप्याड जत्रो कालो सिलोटमा सेतो चकले कोरेर पहिलो पटक अक्षर लेखेको अलिअलि सम्झना छ। कहिलेकाहीँ हामी स्वयम्भूको मञ्जुश्री मन्दिरमा पनि पुग्थ्यौँ। त्यहाँ पनि ठूलै भीड हुन्थ्यो मानिसहरुको।

    माता सरस्वतीको प्रशंसा गरिएको मन्त्र ‘या कुन्देन्तुसारहार धवला…’ सानोमा कण्ठ थियो। संस्कृतको मन्त्र मात्रै कण्ठ थियो, अर्थ भने थाहा थिएन। मन्त्रको अन्त्यतिर ‘निःशेषजाड्यापहा’ भन्नुपर्थ्यो, मलाई चाहिँ ‘जड्याहा’ भने जस्तो मात्र लाग्थ्यो। ‘जड्ता अन्त गर’ भनेको रहेछ खासमा। तर त्यो उमेरमा जड्ताको अर्थ के थाहा हुनु। सँधै सतर्क, अलर्ट रहन सकौँ भनेको हो भनेर कसैले सिकाएन, धेरै पछि मात्र थाहा भयो। धन्न, सरस्वतीको पूजा गर्दैमा पास होइन्छ भन्ने चाहिँ मनमा कहिल्यै पनि आएन, त्यसरी कसैले पनि सिकाएन। बरु सरस्वतीको स्मरणले आत्मविश्वास भने बढ्थ्यो। संस्कृतका मन्त्रहरुलाई कसैले जतिसुकै आलोचना गरुन्, मलाई भने ती मन्त्रहरु उच्चारण गर्दा ध्वनिमा हुने कम्पनमा केही न केही शक्ति छ भन्ने अझै पनि लाग्छ। पश्चिमी ज्ञानमा बढी जोड दिइएकोले पूर्वीय ज्ञान पछि नै पर्‍यो। संस्कृतमा लेखिएका परम्परागत ज्ञानहरु पाउन हामी वञ्चित रह्यौँ। परम्पराका नाममा फलानो दिनमा फलानो ठाउँमा स्नान गरे सात जुनीको पाप कट्छ भन्ने वाहियात ज्ञानमात्रै हामीलाई दिइयो।

    सनातन धर्ममा प्रतीकको धेरै अर्थ हुन्थ्यो। त्यही भएर देवीदेवताहरुलाई पनि प्रतीकात्मक रुपमा प्रस्तुत गरिन्छ। स्वच्छताको प्रतिक सेतो लुगा, सत्य र झुट छुट्याउन सक्ने अर्थमा दूध र पानी छुट्याउन सक्ने राजहाँस वाहन, ज्ञानलाई बढी महत्त्व दिने अर्थमा सामान्य आभूषण। गणेश, शिव र सरस्वती मेरो विद्यार्थी जीवनमा सबभन्दा फेभरेट देउता थिए। केही जानेर हैन, नजानिकनै। गणेशको मूर्तिमा बलि चढाइने कहीँ नसुनेको अनौठो चलन मैले भक्तपुरको एउटा मन्दिरमा देखेँ। जसले जेसुकै भनेर डिफेन्ड गरुन्, हाम्रो धर्ममा मलाई सबभन्दा मन नपर्ने नै बलिप्रथा नै हो। सरस्वतीको मन्दिरमा भने धन्न कहिल्यै कसैले बलि चढाउँदैनन्।

    सरस्वती पूजाको दिन तपाईँ के के गर्नुहुन्थ्यो ? तपाईँका अनुभवहरु तल कमेन्टमा बाँड्नुहोस्।

    आउनुस् सुनौँ सरस्वती वन्दना-

    इन्टरनेट चहार्दै गर्दा msnbc मा रोयटर्सका लागि नभेष चित्रकारले खिचेका आजका केही फोटोहरु भेटेँ। फोटोहरु स्वयम्भूको मञ्जुश्री मन्दिर परिसरमा खिचिएका हुन्।

    आजको दिन बच्चाहरुलाई अक्षर लेख्‍न सुरु गराउने दिनका रुपमा पनि लिइन्छ। तर त्यसरी लेख्‍दा सरस्वती मन्दिरको भित्ता नै फोहोर पार्नु भने कहाँको बुद्धिमानी हो हरे! त्यस्ता शुभ्रवस्त्रावृता अर्थात् स्वच्छताको प्रतीक सेतो पहिरन लगाउने देवीबाट हामीले सिकेको यही उनको मन्दिर वरपरको भित्ता फोहोर गर्ने हो त ?


    हेर्नुस् त, ठूल्ठूलाले समेत चकले लेखेर भित्ता फोहोर गरिरहेका छन्।


    अझ यसमा हेर्नुस् त झ्यालमा टेकेर माथिमाथि लेख्‍ने प्रयास। यसरी लेख्दैमा सरस्वतीले बढी ज्ञान दिने हो र ! अझ केहीको बुद्धि हेर्नुस् त, सरस्वतीको मन्दिरमा पनि पानको पातभित्र प्रशान+रिया लेख्‍न भ्याएछ। आज बसन्त उत्सवमा कामदेव र रतिको पनि पूजा गरिन्छ। तर सरस्वती मन्दिरमा चाहिँ हैन भन्ने कुरा यिनीहरुलाई कसले सिकाइदिओस् बरा !

    No related posts.

    19 comments to जय सरस्वती माता !

    • ARJUN ACHARYA

      thank u for reminding me my childhood.. we always made our books sooo colorful

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan-lal

      जाडो को बेला हामीलाई बिहान न्वाइ ध्वाई गरि सरस्वतीको मन्दिरमा लगि पूजा गराइन्थ्यो अनि सातवोटा सग्ला चामलका दाना सिंगै निल्नु पर्छ भन्थे अनि साथी भाई कसैले निल्थे दांत ले नछुवई तर आफुले निल्दा दांत ले कतै न कतै छोई हाल्थे तेसै ले होला पढाई मा कम्जोर भएको महसुस गर्दछु .
      मा सरश्वती छेमा गर ..माफ गर

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Gaurav Nepali 'Oodaaseen'

      सरस्वोती तिमि ज्ञानको पुँज हौ ! त्येसैले, तिमि मन मस्तिक अनि दिमाखमा छौ तिम्रो यो पवोन अबसरमा तिमीलाई हृदय देखिनै नम नमस्कार!!!!! ज्ञान बाहेक अरु सबै कुरा नाश हुने बस्तु हुन् ! मेरो मोह अनि भक्ति ज्ञानमा होस्, नास हुने चिजमा नहोस ! मलाई सत्बुध्ही प्राप्त होस् !
      सरस्वोती माताकी जय !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • basanta malla

      किताब रातो पारिन्थ्यो पुजाको दुइ तिन महिना सम्म पनि किताब भित्र लालुपातेको फुल (पात) रहिरंथ्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • योगेश आदी, न्यूयोर्क

      हुनत: सानोमा हरेक वर्ष धुमधामका साथ मनाइन्थ्यो तर १८ वर्ष अघि बसन्त पंचमीकै दिन बिहे गरेदेखि यो बसन्त पंचमी भन्ने सम्झनु पनि मन छैन !! (भनेर भन्यो भने अझ रमाइलो हुन्छ होला !)

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • प्रियंका श्रेष्ठ

      सरस्वति मया द्रिस्ता विणा पुस्तक धारिणी
      ……………………………………………..

      सरस्वति बिध्या र ज्ञानको स्रोत नारि हुन् , दुर्गा शक्ति को स्रोत नारि हुन् र लक्ष्मी धन र बैभव को स्रोत पनि नारि नै हुन् भन्ने पश्चिमी धर्म हरुको बिपरित मान्यता भएका आध्यात्मिक अभ्यास हुन् र हामि ले गर्व गर्नु पर्छ कि हाम्रो देश भौतिक प्रगति र राजनैतिक नैतिकता मा ह्रास को बाटो मा लागेको भए पनि अत्यन्त प्रगतिशील, मौलिक र न्यायसंगत संस्कृति को उद्गम हो !

      माता सरस्वति लाइ नारि र मातृ शक्ति को रुपमा शास्ठांग दर्शन ढोग छ !

      मध्यपूर्व मा उद्गम भएका जुडियो-क्रिस्चियन धर्म (यहुदी, क्रिस्चियन र मुसलमान धर्म) पुरुष प्रधान धर्म भएकाले इ धर्म हरुको अभ्यास मा नारि रुपमा इश्वरको आराधना लाइ नकारात्मक दृष्टिले हेरिन्छ; अठारौ शताब्दि सम्म कुनै पनि नारीले आफुमा आध्यात्म जागेको अभिव्यक्ति वा अभ्यास गरेमा पादरी हरुले चोक को माझ मा लगेर खम्बामा बाधि आगो लगाई मार्ने गर्थे जसलाई “विच बर्निंग” भनिन्छ (विच बर्निग सम्बन्ध मा विकिपिडिया मा हेरौ); यी कुरा हरु पश्चिमी देश हरुको इतिहास र संस्कृति बिभाग मा आत्मालोचना को रुपमा आजभोली अध्ययन गराइन्छ ; तर यो अभ्यास मध्य-पूर्वीय मुसलमान बाहुल्य भएको देश मा आजपनि बिध्यमान छ !

      हामि अहिलेको संक्रमण काल मा बिचलित नभई आफ्नो संस्कृति प्रति दृढ रहौ!

      प्रियंका श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Ram Thapa

      हाइ स्कूलसम्म म उत्तर बङ्गालको स्कूलमा पढ्थें | त्यो क्षेत्र (डूअर्स, कालिम्पोंग, दार्जीलिंग, सिलिगुडी, सिक्किम आदि) मा सरस्वती पुजा आज पनि धूमधामसित मनाइन्छ | नेपालमा सरस्वती पूजा तेती महत्वपूर्ण रूपले मनाएको देखेको छैन मैले, तर भारतमा तेस्को रौनक नै अर्कै हुन्छ | हाम्रो स्कूलमा तीन दिन सम्म सांस्कृतिक कार्यक्रम हुन्थ्यो त्यो बेला मा | हामीले मन बहादुर मुखियाका चर्चित नाटकहरु “अँध्यारामा बाँच्नेहरु”, “रातको प्रथम पहर”, “अनि देउराली रुन्छ” मन्चन गरेका थियौं जो अति लोकप्रिय भए | सरस्वती पूजाको कार्यक्रमहरुमा केटाले केटी हेर्ने र केटीले पनि केटा हेर्ने, लभ लेटर साट्ने, अँध्यारोमा बाहिर केहि बेर निस्केर माया प्रितीका कुराहरु गर्ने, मीठा मीठा वाचाहरु साट्ने गर्थ्यौं | तेसैले यो पूजाको दिन म आफ्नो स्कूले जीवनको धेरै सम्झना गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Madan, USA

      चकले लेखि सुरुवात त गरिएन तर सरस्वती पुजाको दिन किताबहरुको पाना बिचमा अच्छेता र फुलहरु चाही राखिन्थ्यो! त्यति मात्र नभई, स्कुलमा लामो लाईनमा बसेर पूजा आजा गरि मिठो (खीर, उखु, सुन्तला, स्याउ, रोटि र पन्चामृत) मिठो प्रसाद खाएको सम्झना यो मानष पटलमा अझै पनि ताजा छ ! त्यतिखेरको ४ कक्षाको महेन्द्र मालामा भएको यो श्लोक अझै पनि ताझा छ ! तर अचम्मको कुरा …..! को गलत हो कुन्नि ? माथि उमेश जी ले राख्नु भएको सरस्वतीको आरतिको भी. डी. यो. र हामीले पढेको श्लोकको तेश्रो लाइनको “भिर्देभई सदा बन्धिता” को केहि शब्दहरुमा फरक पर्न गएको देखिन्छ !

      “या कुन्देंन दुतुसारा हार धवला या सुभ्र बस्ता बिर्ता,
      या विणा वरदन्ड मण्डीतकरा या स्वेत पध्मासना !
      या ब्रम्हा अच्युत शंखर प्रभृतिहि (भिर्देभई सदा बन्धिता,)
      सामा पातु सरस्वति भगवती निशेष: जाड्या पहा !! ”

      जे होस् सरस्वती पुजाको यो महत्व पूर्ण दिनमा, माताले हामी सबैलाई प्रगति पथमा लम्की रहन सतबुद्दी दीउन !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • आ'बिष'

      आज धेरै कुरा सम्झाउनु भयो स्लोक्य-जी तपाइँले . बिहानै उथिन्थ्यो नुहाएर हतार हतार सरस्वतियो मन्दिर दर्शन गरेर नाभाचिएको ७ दाना चामल दातमा नछोईकन घुटुक्क निलिन्थ्यो अनि भित्ताभरि षत्कोण बनाएर जय सरस्वति माता लेखिन्थ्यो घर आएर सप्पै कपि-किताप-कलम-मुरली लै पुजा गरेर स्कुलमा “सरस्वति माया दृष्ट बिणा” मन्त्र पढेर कत्ति खेर त्यो बुनिया को प्रसाद खाउ हुन्थ्यो …. वाह ति दिनहरु
      एउटा कुरा चै तपाईको सारै चित्त बुझ्यो
      “संस्कृतमा लेखिएका परम्परागत ज्ञानहरु पाउन हामी वञ्चित रह्यौँ। परम्पराका नाममा फलानो दिनमा फलानो ठाउँमा स्नान गरे सात जुनीको पाप कट्छ भन्ने वाहियात ज्ञानमात्रै हामीलाई दिइयो।” …..”जसले जेसुकै भनेर डिफेन्ड गरुन्, हाम्रो धर्ममा मलाई सबभन्दा मन नपर्ने नै बलिप्रथा नै हो।”
      म पनि यसको घोर बिरोधि परे . के कसैको प्राण हरेर भगवान खुसि हुन्छन र? के एउटा अभिभावक(भगवान in this case )लाई उश्कै सन्ततिको रगतले नुहयिदिदा उ खुसि हुन्छ होला र ?
      सबैलाई ज्ञान देउ , बुद्धी देउ ,बिद्या देउ, येही ज्ञान/बिद्या/ बुद्धी सहि प्रयोग गर्न बिबेक देउ अनि हे माता शारदे सबैको कल्याण गर येही प्रार्थना हजुर संग ..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • द्रोण

      माते !!
      बुद्द्दी दिनुस ,बिद्द्या दिनुस दिमाग मा परेको पन्ग्चार लाइ टाली दिनुस |
      सरस्वति को मन्दिर त् देख्न पाएँन ,माइसंसार नै अब मन्दिर भयो ,फोटो जो यहा देखियो |
      कम्मेन्ट लेखियो ,मन्दिर भित्र पसियो |कम्मेन्ट माताले पढ्छिन ,खुसि हुन्छिन |
      सबै सरस्वति भक्त लाइ मेरो सुभकामना |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • bishnu paudel

      माई संसारकासम्पादक ज्युलाई सर्ब प्रथम धन्यवाददिन
      चाहन्छु समसामयिक लेख अर्थात सरस्वति पुजाको बारेमा लेख
      प्रकासित गरी बिदेसमा बस्ने नेपाली हरुलाई समेत सरस्वति पुजाको दिनको
      स्मरण गराउदैयसको महत्व बिकृतिको बारेमा जानकारी अर्थात् टिका टिप्पणी
      गर्ने मौका दिएकोमा धेरै धेरै

      धन्यवाद

      बर्मा

      pujako

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • raj

      हामि स्कुल मा पढ्दा सरस्वोती पुजा को बेला मा जंगल मा २ , ४, दिन अगाडी नै साल को पात टिपेर ल्याएर टपरी बनाएर राख्यो अनि पुजा को दिन पुजा सकिए पछी प्रसाद कहिले खान पाइन्छ भनेर कुरी बस्ने गरिन्थियो त्यो प्रसाद हलुवा खिर तरकारी पुरी ओहो सारै मिठो हुन्थियो आज त्यो प्रसाद को याद आयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीलाई बिहान न्वाइ ध्वाई गरि सरस्वतीको मन्दिरमा लगि पूजा गराइन्थ्यो अनि सातवोटा सग्ला चामलका दाना सिंगै निल्नु पर्छ भन्थे अनि हामीले निल्दथेउ | यौटा श्लोक
      भनिन्थ्यो अहिले त कत्ति पनि याद छैन सहरको पढाई अंग्रेजीले क्वापई खायो | सानोमा संकृतका श्लोकहरु कण्ठ गर्ने मान्छे पछी प्रखर बक्ता हुन्छ भन्ने सुनिन्थ्यो साचो पनि लाग्छ
      गुरुकुल र बोर्डिंग पढेका बिधार्थी हेर्ने हो भने अनुसासन र पढाई सबै गुरुकुलले जित्छ |
      अन्तर राष्ट्रिय भाषाले गर्दा अंग्रेजी पढ्न बाद्य हुनु पर्यो नत्र संस्कृत नै ठिक |अर्थात् पश्चिमी भन्दा पूर्वीय बिद्या ठिक | संस्कृतलाई जति हेला गरे पनि अहिले जति विज्ञानले प्रगति
      गरेको छ ,सबैको आधार संस्कृत नै हो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 5

    • सालोक्य जी, धेरै राम्रो कुरा सम्झाउनुभयो धेरै धन्यवाद/ म पनि तपाई कै जमाना को मानिस रहेछु/ ठिक भन्नु भो सरोस्वतिको नाममा हामीले बिकृति भने सिक्नु नहुने हो/ सरोस्वोतिले सबैलाई सतबुद्दी दिउन/
      हुनत सरोस्वोती र स्वोस्थानी भनेका यौटै देबी होलान/ तपाईले स्वोस्थानिको मन्त्र सरोस्वोतिको मन्त्रमा जोडीदिनु भयछ/ देबी देबीमा विवाद पर्ला कि?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Avaya karki

      संस्कृतमा लेखिएका परम्परागत ज्ञानहरु पाउन हामी वञ्चित रह्यौँ। परम्पराका नाममा फलानो दिनमा फलानो ठाउँमा स्नान गरे सात जुनीको पाप कट्छ भन्ने वाहियात ज्ञानमात्रै हामीलाई दिइयो।
      Superlike this Salokya JI

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Kamal Thapa(Dammam KSA)

      सानामा के गरियो त्यो याद छैन/ तर म यो अबसरमा मेरा केहि विचारहरु राख्न चाहन्छु/
      मित्रहरु! हाम्रो चेतनाको विकास, अनि विस्वासका कुरामा चल्नु आजको पनि चलन हो/ यो चलनमा हामीले आफुलाई के कति चिनेका छौँ/ सकारात्मक सोचमा छौं कि नकारात्मक/ हाम्रा काम कारवाही कसरी चलेका छन्/ ठीक छन् कि छैनन/ यावत कुरामा यो पावन अवसरमा गम्भिर भएर सोचौं/

      मनमा जागेका खराब कुरालाई त्याग्ने र राम्रा विचारलाई अनुसरण गर्ने प्रण गरौँ/ विद्या की देवीको सच्चा पूजा यही हो/ आ-आफुले आ-आफ्नो नैतिकवान परिचय दिने प्रयास मा अहिले देखि नै अझ बडी ध्यान दिऔं/

      रुपैयाँ पैसा, घर-घडेरी को पिर संगै सामाजिक, नैतिक र अनुशासनका विषयमा पनि सोच गरौँ/ आजका दिनमा विद्याकी देवीले हामी नेपाली सबैमा यही बाटो हिड्ने प्रेरणा दिउन्/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Ritesh

      हेर हिजो जस्तो लाग्छा थ्यो दिन .
      सबेर उठेर ममीले नुहौना पठाएर अनि घरको सब्बै कपि कलम किताब हरु मा पुजा गरेको दीन अझै याद आउछ .
      अनि घर को पुजा सकेर school मा गएर फेरी पुजा गरेर अनि पर्सदी खंठेम .
      अनि अरु साथी हरु को पनि school मा गएर सर्स्वोती को मुर्ति हेर्थेम . अनि अझै आफ्नै टोल मा बाटो छेकेर १० दिन अगाडी बाट पैसा उठ्येरा सर्स्वोती-माता को मुर्ति पुजा गरेको दीन आझै ताजा छ.
      अनि साना केटाकेटी हरु मन्दिर मा गैर क ख ग … लेखना सेख्थी ..
      तर आजकल क केटा केटि लाइ यो सब के था ,
      सबै सेलेये ति कुरा हरु , ….
      missing those wonderful days…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rubina

      घरतिरका सबै साथीहरु जम्मा भएर सरस्वोती भगवान को पूजा गरेर प्रसाद बाड्ने अनि स्कूलमा सास्कृतिक कार्यक्रममा सहभागी हुने.. नाच्ने अनि छुट्टी भएको बेलामा चाही घरमा बसेर दिनभर पढ्ने …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • नवराज, ताइवान

      स्कुल मै कार्यक्रम हुन्थ्यो | अलि गाह्रो लाग्ने विषयका किताबहरु लगेर सरस्वतिको फोटो मा छुवाउने अनि अक्षता किताबमा राखेर किताब नै रातो पारिन्थ्यो | माटो को पहाड जस्तो बनाएर त्यसमा चुना छर्केर हिमश्रीन्खला बनाउथ्यौ | गजब थिए ति दिन पनि !!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker