बिर्सनु भएको छैन होला न्युरोडको गुँदपाक कान्ड। वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र प्रहरी तथा सीडीओ कार्यालयले मिलेर गुँदपाक बेच्ने पसल र उत्पादन स्थलमा अकस्मात् छापा मार्दा कस्तो देखिएको थियो भनेर। म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी दुषित वातावरणमा गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएपछि वाणिज्य विभागको कारबाहीमा परेका थिए उत्पादक। अब अहिले उनै उत्पादकले जातीय सेन्टिमेन्टलाई हतियारको रुपमा प्रयोग गर्न खोजेका छन्। नेवाः मिडिया क्लबको आयोजनामा उनीहरुले आज पत्रकार सम्मेलन गरे र आफूहरुलाई फँसाइएको दावी गरे। उनीहरुले आफूहरुलाई अन्याय भयो भनेका छन्।
पत्रकार भेलामा वितरित प्रेस विज्ञप्तिमा मुख्य दावी यस्तो छ-
• भदौ १९ गते अनुगमनका क्रममा कारखानाको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरिएको हो।
• त्यतिबेला देखिएका फोहोर त फ्याँक्नलाई राखेका हौँ। महानगरपालिकाको सफाइ कर्मचारीको हड्ताल भएकोले मात्र फ्याँक्न नपाएको हो।
• न्युज २४ टेलिभिजनले त्यही फोहोर र अरु पसलको फोहोरको दृश्य पनि त्यही समाचारसँग मिलाएर देखाएको हो।
• कारखानाको निरीक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरी सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो।
• अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन।
• लाय्ब टेष्टबाट हाम्रा सामाग्रीमा कुनै पनि अखाद्य सामाग्री मिसावट नभएको कुरा नै प्रमाणित भइसकेको छ।
यो कर्नर ताजा गुदँपाक भण्डारका प्रोपाइटर मदनबाबा मास्केको तर्फबाट उनका छोरा मनेन्द्रलाल मास्केले बाँडेको प्रेस विज्ञप्तिका अंश थिए। विज्ञप्तिमा रहेका एउटा कुराले नै अर्कोलाई काट्छ। सुरुमा अनुगमनका क्रममा कारखानाको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरिएको भनिएको छ भने पछि चाहिँ फालिने क्रममा रहेको फोहरहरु चाहिँ थिए है भनिएको छ।
अनुगमनका लागि जाँदा कामदारहरू बजारबाट फर्काइएका लाखामारी, पुष्टकारी, गुँदपाकलगायत मिठाइ फेरि प्रयोगका लागि धुलो पारिरहेका थिए। अनुगमन टोलीले कामदारसँग बयान लिँदा म्याद गुज्रिएका मिठाइ ‘प्रशोधन गरेर फेरि बिक्रीमा पठाउन लागेको’ हो भनेका थिए।
‘म्याद गुज्रेको भनी फर्काइएका’ एक हजार किलोभन्दा बढी लाखामरी, पुष्टकारी र गुँदपाक महानगरपालिकाका कर्मचारीको हड्ताल कै कारण फ्याँक्न नपाइएको भन्ने तर्क विश्वासयोग्य छैन।
विज्ञप्तिमा भनिएको छ- कारखानाको निरीक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरी सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो। तर निरीक्षणमा कुनै किसिमको अनियमितता नदेखेको हैन, धेरै किसिमका अनियमितता देखिएको थियो।
अनुगमनका लागि गएका विभागका निरीक्षण अधिकृत कमलबहादुर थापा भन्छन्, ‘हामी कारखाना पुग्दा कामदारहरू बजारबाट फिर्ता आएका मिठाइ धमाधम रिसाइकल गर्दै थिए।’ दुषित मिठाइ प्रशोधन गरेर गुँदपाक बनाएको भेटिएपछि गुँदपाक भण्डारको उत्पादन र बिक्री रोक्का राख्न विभागले निर्देशन दिएको थियो।
विज्ञप्तिमा भनिएको छ- अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन।
यो अर्को झुट हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा नमुना परीक्षण गर्दा ‘संक्रमित र स्वास्थ्यका लागि हानिकारक’प्रमाणित भएको थियो। त्यसैले विभागले खाद्य ऐनअनुसार मुद्दा दर्ता गरिसकेको छ पुसको सुरुमै। उपभोक्ता संरक्षण ऐनअनुसार अर्को मुद्दा पनि दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। आरोप प्रमाणित भए उपभोक्ता संरक्षण ऐनअनुसार गुँदपाक सञ्चालकलाई कम्तीमा पाँचदेखि बढीमा १४ वर्षसम्म कैद वा कम्तीमा ३ देखि बढीमा पाँच लाखसम्म जरिवाना हुन सक्छ।
उनीहरुलाई कालोबजार ऐन अनुसार नियन्त्रणमा लिइएको थियो। पछि उनीहरु १५ लाख धरौटीमा रिहा भए। तर उनीहरुले भनेका छन्, हामीलाई कुन मुद्दा उपर कारवाही चलाइयो भन्ने जानकारी समेत गराइएन।
पुसको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा कालोबजार र खाद्य ऐन अनुसारका मुद्दा किनारा नलाग्दै उनीहरुले फेरि पसल खोलेको भन्दै अनुगमन टोलीले सिलबन्दी गरेको थियो।
यस्ता घटनामा जातीय लेप लगाउनु घातक हैन र? जातीय संस्थाहरुले पनि यस्तोमा सचेत हुनुपर्ने हो। जातीय संस्थाले राम्रो मान्छेलाई समर्थन गर्नुपर्छ, हाम्रो मान्छेलाई हैन। गुँदपाक व्यापारीले पनि देशवासीको समर्थन पाउने र मन जित्ने प्रयत्न गर्नुपर्छ, कुनै एक जातको हैन।
पढ्नुस् पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्ति जस्ताको तस्तै-
कर्नर ताजा गुदँपाखको तर्फबाट
पत्रकार भेलापत्रकार मित्रहरु
राज्यको चौठौं अंगको रुपमा रहेको पत्रकार जगत कमजोर र निमुखा वर्गको हक अधिकार स्थापना गर्नको निमित्त सशक्त माध्यम मानिन्छ। साथै आधुनिक संचार माध्यमहरुले विभेदमा परेका अनेकौं घटनाहरु सार्वजनिकरण गरेर समस्यामा परेका ब्यक्ति र समुदायहरुको उद्धार गरेको पाइन्छ। तर कुनै कुनै घटनाहरुमा पिडितहरु नियोजित समाचार प्रशारणका कारण झनै पिडित हुने गर्दछ। यस किसिमका पिडितहरुको वास्तविक सत्य तथ्य उजगार गर्न संचार क्षेत्रमै महत्वपूर्ण योगदान गरिरहेको नेवाः मिडिया क्लवको आयोजनामा यहाँ भेला हुनुभएका सबै पत्रकार साथीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु।
आजभन्दा करिवन पाँच महिना अघि नेपाल सरकारले बजार अनुगमनको नाममा हाम्रो न्यूरोड स्थित कर्नर ताजा गुदँपाख भण्डारको विक्रिकक्षबाट विक्रि गरिने सामाग्री तयार गरिने स्थान यस ताहाचल स्थित कारखानामा २०६८ भाद्र १९ का दिन निरिक्षण गरिएको थियो।पत्रकार मित्रहरु,
यहाँको स्थिति सामान्य नै रहेको पाएपछि अनेक अनावश्यक प्रश्नहरु खडा गरेर यहाँका कामदारहरुलाई धम्क्याउने, तर्साउने काम गरियो। कारखाना भित्र फालिने क्रममा रहेका फोहरहरु इंगित गर्दै मिसावट गरिने गरेको दोषारोपन हुन थाल्यो। वास्तवमा ती फालिने क्रममा रहेका फोहरहरु तत्कालीन समयमा काठमाडौं महानगर पालिकाका सफाई कर्मचारीहरुको हडताल चलिरहेको कारण त्यहांबाट उठन नसकेको मात्र हो। तर न्यूज २४ टेलिभिजनले ती फोहरलाई नै क्यामेरामा कैद गरी दुषप्रचार गर्ने काम गरियो। पछि गएर सोहि च्यानलले अन्य पसलहरुमा अनुगमनको क्रममा देखिएका फोहरी वातावरणहरुलाई समेत यसै समाचारसित नै जोडेर प्रशारण गर्दा आम जनमानसमा झनै नकरात्मक प्रभाव पर्न गएको देखियो। उक्त च्यानलले प्रशारण गरेअनुसारको स्थिति यहाँ कहिलै पनि थिएन र देश विदेशमा समेत ख्याती प्राप्त गरिसकेको यस ब्यवसायीले कहिल्यै यस्तो अवस्था आउन दिने पनि छैन भनी बाचा पनि गर्न चाहान्छु।कारखानाको निरक्षण पश्चात त्यहाँ कुनै किसिमको अनियमितता नदेखेपछि त्यहाँ तयार गरिएको साम्रागीको नमूना संकलन गरि सम्वन्धित कार्यालयमा उपस्थित हुन भनिएको थियो। सोहि अनुसार हामी २२ गतेका दिन आफै उपस्थित भई यर्थाथ बुझ्न गयौं। दिनभर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई कार्यालय बन्द हुने समयमा मात्र यस फर्मको प्रोपाईटर मेरी आमा ६५ वर्षिय बृद्ध महिला र म आफैलाई हिरासतमा लिइयो। हामीलाई कुन मुद्दा उपर कारवाही चलाईयो भन्ने जानकारी समेत गराइएन। र २८ दिनको हिरासत पछि आमाको नाममा ५ लाख र मेरो नाममा १० लाख घरौटी जम्मा गराई हिरासत मुक्त गरियो।
पत्रकार साथीहरु, त्यस समयमा अन्य स्थानहरुमा पनि यसरी नै अनुगमन गरि कारवाही चलाईएको थियो। त्यस्मा विदेशी मूलका र नेपाली नागरिकता समेत नभएका ब्यवसायीहरु कारवाहीमा परेको थियो। तिनीहरुलाई केहि दिनमा नै ५० हजार देखि २ लाख सम्मको धरौटीमा हिरासत मुक्त गरियो र हाल ती ब्यवसायीहरुले आफ्ना ब्यवासय पुनः संचालन गरिरहेेको अवस्थामा छ भने हामी काठमाडौंका रैठाने, पुस्तौं पुस्ता देखी ब्यवसाय गरिरहेकाहरुलाई यतिका दिन हिरासतमा राख्नु र यति धेरै जमानी रकम लिनु आफैमा विभेदपूर्ण ब्यवहार भएको प्रस्त देखिन्छ। र हामीले आफ्नो विक्रिकक्षबाट हाल विवादमा रहेको सामाग्री देखि बाहेक अन्य सामानको दुकान चलाउँछु भनी खोलेको पसलपनि सम्बन्धित निकायले सिलबन्द गरि बन्द गरिदिएको छ। स्मरणरहोस पहिला अनुगमन हुँदा समेत सिलबन्द नगरिएको पसल अहिले सिलबन्द गरिएको छ। के यसको अर्थ हामीले कुनैपनि किसिमको ब्यवसाय गर्न नपाईने भनिएको हो? हाम्रो विक्रिकक्ष सिलबन्दी गर्नु पर्ने कारण के हो? अहिले सम्म हामीलाई जानकारी गराईएको छैन। यसै अन्यायको विरुद्ध पत्रकार साथीहरुमा गुहार माग्न आएका छौं।
अनुगमनको क्रममा परिक्षणको निमित्त लगिएको नमूनामा कुनै अखाद्य बस्तु मिसावट भएको प्रतिवेदन छैन। नेवारहरुको मौलिक मिठाईको रुपमा रहेको हामीले विक्रि गरिने लाखामरि, गुदँपाख र पुष्टकारि तयारी प्रविधि परम्परागत रहेको छ। यसको तयारी प्रविधिपनि नेवारहरुको मौलिक रहेको छ। स्तरिय र पौष्टिक रुपमा प्रयोग गर्नको निमित्त मिठाई तयार गरिने प्रविधिलाई परम्परागतरुपमै सुरक्षित राख्दै आएको छ। यस किसिमको राष्ट्रको मौलिक प्रविधिलाई नै विस्थापित गर्न कहिं कतैबाट षडयन्त्र त भई रहेको छैन भन्ने प्रश्न समेत खडा हुन गएको देखिन्छ। लाय्ब टेष्टबाट हाम्रा सामाग्रीमा कुनैपनि अखाद्य सामाग्री मिसावट नभएको कुरा नै प्रमाणित भईसकेको सर्न्दभमा अव यस प्रकरणको अन्त गरि एक सामान्य नागरिकले स्वतन्त्र रुपमा ब्यवसाय गरी आफ्नो जीवनयापन गर्ने हक अधिकार सुरक्षित गराई पाउन यो भेला मार्फत अनुरोध गर्न चाहान्छु। पत्रकार मित्रहरुबाट पनि न्यायको निमित्त आवाज उठाईदिनु हुने छ भन्ने आशा लिएको छु।
यो भेला यहि परिसरमा गर्नुको उद्देश्य पनि हामीले विक्रि गर्ने सामाग्री तयार गरिने स्थानको निरक्षणको निमित्त पनि हो। कृपया उक्त स्थानको पनि निरक्षण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछुं। यहाँहरुको सहयोगको अपेक्षा गर्दछु।
कर्नर ताजा गुदँपाख भण्डारका
प्रोपाईटर मदन बाबा मास्केको तर्फबाट
निजका छोरा मनेन्द्रलाल मास्केमिति : २०६८ माघ १५ आईतबार
न्युज२४ को भिडियो हेर्नुस्-
तपाईँलाई यो विज्ञप्ति पढेपछि कस्तो लाग्यो? के उनीहरुले भने जस्तै उनीहरुमाथि अन्याय नै भएको हो त? कि उनीहरुले जातीयताको आडमा आफ्नो कसुरबाट बच्न खोजेका हन् ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला
No related posts.









हुन् पनि हो , अचम्म को छ हाम्रो देश नेपाल, कस्ता कस्ता पेय पदार्थ र खाध्य पदार्थमा अखाद्य चिज भेट्दा पहिले यस्तो कडा खाल को कारवाही भएन,,,जस्तै हाल साली मात्र एउटा जुस मा कत्ति पटक ,कति ठाउमा त्यो जुस को सिल पाक बट्टा भित्र अति नै फोहर चिजहरु भेत्तिएको पायो तर उक्त पेय पदार्थ लाइ कारवाही हुनु त कता हो कता अहिले सम्म सर्वसाधारण ले पनि पिउन छाडेको छैन | मेरो भनाईको अर्थ यो होइन कि यी गुदपाक पसले हरुलाई कारवाही गर्नु हुन्न , मेरो बिचार मा यदि पहिले देखि यस्ता अखाध्य बस्तु बेच्ने लाइ पहिले देखि कडा कारवाही गर्ने गरेको भए साएद राम्रो हुन्थ्यो कि ? या अझै पनि यसरि जथाभावी फोहर कुराहरु बेच्ने हरुसबैलाई समान रुपमा कारवाही गर्नु पर्यो |
र अर्को कुरा मेरो बिचार मा थर र जात नेवार हुँदैमा त्यो नेवार हुँदैन जस्तो लाग्छ . यदि आफुलाई नेवार भनेर चिनाउन मन छ भने नेवार भाषा बोल्न आउन नि पर्छ …कि कसो?????
मन परे हरियो, नपरे रातो
5
0
तेरो कारखाना खुल्दैन …….. कुरो खतम………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
सबैले बिधिकाे शासन अनुसार पेशा गर्ने हाे ।
सबै बाच्नु छ । एउटाकाे पेशाले अरूलाई अशर गर्छ भने त्यस्लाई राेक्नु सरकारकाे कर्तब्य हाे ।
समाजमा उत्पादन गरेकाे बस्तुबाट पनि मार फेरि, आफनाे कमजाेरि ढाकछाेप गर्न कुनै संस्था वा पार्टीकाे आड लिएर अबान्छित कार्य गर्नु त ब्यक्तिकाे पेशाले संस्था वा पार्टीलाई रंगाउनु हाे । ब्यक्ति त जान्छ जान्छ उस्ले संस्था वा पार्टीलाई पनि लगेर जने भाे ।
गलतहर्कतले अस्थाईरूपमा बिजय गर्ला तर त्याे क्षणिक मात्रै हुन्छ । आखिर कुनै दिन त्याे खराे कार्बाहिकाे दाएरामा तानिन्छ । प्रकृतिक नियम वा जनचाहान सबैकाे एउटै हुन्छ वा केहि दिन भ्रमले ढाकछेप हाेला तर सत्य कुरा वा राम्राे कुरा स्थापित हुदै जान्छ नराम्राे निषेधमा पर्दै जान्छ । त्यसैले आफनाे कम्जाेरिलाई सुधारेर जानु नै सबैकाेलागि हित र समाज निर्माणकाेलागि समेत सहयाेग पुग्ने हुन्छ । राम्राे र स्वच्छता छ भने कसैले यथार्थलाई झुकाउन सक्तैन गलत छ भने अरूकाे शक्तिकाे भर मा चलाउने साेच क्षणिक साबित समयले गरिदिन्छ । धन्यबाद !
मन परे हरियो, नपरे रातो
5
0
अब नो गुदपाक नो पुस्टकारी !!!! जेलमा हाल !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
3
सालोक्य जी र साथीहरु:
नेपालका बग्रेल्ती मेडियामा (अझ खास गरी ठुला भनाउदा मेडियामा) पनि गुदपाकमा जस्तै ‘अखाध्य’ मिसावट छ, तेस्को कसले र कहिले छानबिन गर्ने हो?
मेडियामा त्यो बिदेशी मिसावटको नमूना परिक्षण गर्ने हो भने ‘भा.रू. गन्ध’, ‘अमेरिकन दादागिरी’, र ‘southblock को सीनू’ ह्वास्सै आउछ/ यी सबै खाए पछी नेपालि रास्त्रियता बिरामी हुदै गयको छ, अर्थतन्त्रलाइ सुकेनास लागि रा’छ/
लौन नागरिक हो, बेलैमा ती मिसावट-कारी हरुलाई पड्केर कारबाही नगर्ने हो भने त्यो सरुवा रोग को महामारी ले हामीलाई पनि भेट्न बेर छैन…
mysansar लाइ कम्तिमा यो रोग ले नाछोवोस, प्रयत्न र कामना दुवै एकसाथ गरौँ….!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
शीलाजी
माफ गर्नुस ल मैले तपाईको कुरामा मैले पहिला कहिले पनि फरक मत राखेको थिएन, राख्नु पर्ने अबस्था थिएन/अझै बिस्वास छ बास्तविक रुपमा मावोबादी कस्तो हुनु पर्थ्यो भन्ने कुरामा मेरो मत तपाईंको मत सिट बाझ्दैन/ यहि विस्वासमा तपाईं को प्रतिक्रियामा केहि सब्दहरु पोख्दैछु
“नेपालमा बग्रेती…………कसले कहिले छानबिन गर्ने हो?” यो प्रश्न हामीले समर्थन गरेको मावोबादीको नेत्रित्वोको सरकारको पालामा सोध्नु पर्ने अबस्था आयो/ आउनै नपर्ने थियो/ तर आयो त् दोषी को?
“…भारुको गन्ध” भन्ने तपाईंको सब्द बडो गहन छ/ यो दुर्घंद “भैया-समाजबादी” हरुको लागि यो सुगन्ध नै थियो र छ पनि/ भारुको गन्ध दुर्घंदित छ भारुको देसले नेपालमा महामारी फैलाउंदै आएको हो, तेसैले भारुको देस नेपालको प्रथम सत्रु हो भन्नेको नेत्रित्वोमा जनयुद्धमा विजय पायो/ उसले कुर्सि छोड्यो तर “भारुको दुर्घंद”लाई सुगन्ध भनेन/ तर उसैको गला आफ्नैले निमोथ्यो/ आज मावोबादी भित्र “भारुको दुर्घंदमा रमाउने “भैया-समाज” हाबी भएकोछ/ कसले गर्दा?
संक्रमित खानाले सरिर बिरामी हुन्छ /संक्रमित नीतिले मस्तिस्क बिरामी हुन्छ/ संक्रमित नेताले दल नै बिरामी हुन्छ/ नेपाल संक्रमित थियो/ संक्रमित नेपालको उद्धार गर्न यक जुट भएको मावोबादीको “त्यो” यकता आज यता चर्केको छ उता चर्केको छ/ आज जनयुद्धलाई विजयमा अन्त गर्न सक्ने शक्ति तेही चर्केको भत्केको मर्मत गर्न लत्रिनु परेको छ/ कसले गर्दा?
४० बुंदे माग नै जनुद्ध जिताउने बन्दुक थियो तोप थियो/ जनयुद्धमा कयौ निर्दोस हरु पनि आहत भएकै थियो/ ४० बुंदे मागहरु नै त्यो घाउको मल्हम बनेको थियो/ तर आज तेही ४० बुंदे माग हरु कसैले संक्रमित बनाएको छ/ ४० बुंदे मागहरुमा जे जे अहम कुराहरु बर्जित गरिएको थियो आज तेही ४० बुंदे माग माग्ने दलको नेत्रित्वोको सरकार ले अंगालेको छ/ किन?
अब म स्पस्ट भन्छु, कुरा घुमाउदिन:
लत्रेको प्रचंद्र, भत्केको बाबुराम, झर्केको बैद्य, च्यातिएको ४० बुंदे माग पत्र,
निहुरेको क्रान्तिकारी, मस्तराम मावोबादी, टोलाएको मतदाता, अल्मलिएको समर्थक, बिस्तारबादी सिट घुंडा टेकेको नेता/ के यहि होईन लोकतन्त्रको लडाई जित्ने दलको आजको यथार्तता? यदि हो भने लोकतन्त्रको लागि जनयुद्ध टुंगिएको छैन तर यो युद्ध अब कसले सुरु गर्छ, भनि रहनु जरुरि नै छैन/
मन परे हरियो, नपरे रातो
3
3
क्या खतरा लेख्नु भो ,एक दम साहित्तिक
लत्रेको प्रचंद्र, भत्केको बाबुराम, झर्केको बैद्य, च्यातिएको ४० बुंदे माग पत्र,
निहुरेको क्रान्तिकारी, मस्तराम मावोबादी, टोलाएको मतदाता, अल्मलिएको समर्थक, बिस्तारबादी सिट घुंडा टेकेको नेता/ के यहि होईन लोकतन्त्रको लडाई जित्ने दलको आजको यथार्तता? यदि हो भने लोकतन्त्रको लागि जनयुद्ध टुंगिएको छैन तर यो युद्ध अब कसले सुरु गर्छ, भनि रहनु जरुरि नै छैन/
लोकतन्त्र लत्रेर पहिचान खोज्दो छ ,
घुस खोरी ,भ्रास्टाचारी,र दलालीको न्वारन हुदैछ ,
सहि आवाज बेबारिसे बन्दैछ ,
जित्नेहरु ले हारेको यो क्ष्याँण,
हार्ने हरु जति ,मैले अब जिते भन्दैछ |
मन परे हरियो, नपरे रातो
3
0
धन्यबाद मदन जी/ शीला
मन परे हरियो, नपरे रातो
0
0
अरु लै ज पायो तही भन्न नपाइने हैन र?
मन परे हरियो, नपरे रातो
0
2
अब जति को कुरो निकालिस होइन ज्यान मारेर धन कमाउने CHOR
मन परे हरियो, नपरे रातो
13
0
कतै यो गुद्पक काण्ड मा पनि सचे नै मास्के परिवार लै …………….हो कि लूट film मा जस्तै?
मन परे हरियो, नपरे रातो
0
0
त्यो फोहोर गुदपाक मा जातीयेता को पनि लेप ,यो त कमाल भयो . पुस्तौ पुस्ता लाई त्यो फोहोर खुवाउने हरु लाइ कारबाही हुँने पर्छ
मन परे हरियो, नपरे रातो
8
2
बरु गल्ति भो, गर्नहुने कम गरे… भनेको भए अलि भएपनि सहानुभूति पाउने थिए कि जनताको विश्वास लाई किल्चिएर फोहोर र कुहिएको मिठाई ख्वाउने कुकुर हरु ले….झन् हुदै होइन भनेर ढिपी कस्छन् कुकुर हरु…
मन परे हरियो, नपरे रातो
9
0
“फोहोरलाई मोहर बनाउ” भन्ने नारा सुनिन्थ्यो। मास्के बन्धुले गर्न त खोज्याथे, के गर्नु दैब लागिगो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
श्याउ श्याउ किरा परेको जूश बेच्न पाउने, सडेको चामल बेच्न पाउने किनकि माड़ेले पैसा धेरै ख्वाउने तर अब देखि राम्रो समान राखेर पसल मात्र खोल्न नि न पाउनी यो अलि बढी भयो कि भन्ने मात्र हो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
14
मिडियाका साथीहरुको चेतना साह्रै उच्च छ यार ! गुँदपाकले कहिल्यै विज्ञापन दिएन ठुला मिडियालाई र उचाल्यौ मुद्दा । भ्याट छली गर्नेको त नाम पनि हरायो त ! पैसाको थैलै गा’थ्यो रे घरघरमा । बरा ति गुँदपाकका बाजेलाई के था मिडिया के हो । गरगर तिम्रै हातमा छ डाडुपन्यु । उचाल्ने नै भए दिनदिनै खाने चिया बनाउने ठाउँको कुरा गर ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
16
जातीयताको आडमा आफ्नो कसुरबाट बच्न खोजेका हुन् , एस्तो समय मा देश को कानुनी निकाय हरु फितलो भएको भएता पनि, मिडिया हरु र हामी उपभोक्ता हरु येसरी नै सचेत रहिरहनु पर्ने जिम्मेवारी हाम्रो पनि हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
2
तात्पर्य ,
अब गुरपांक र पुस्तकारी खाए हुन्छ …………………………….
जय नेपाल आमाको
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
11
ओह हो !!! अति भयो . कसरि लाज पचाएर षड्येंत्र भन्न सक्ने ..थुक्क !!! जनता को समू माफी मग्नुत कता हो कता उल्टो ….यिनीहरुलाई एक वर्ष सम्म बिहान साझ यिनीहरुकै मिठाई खुवाएर सजाए दिनु पर्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
5
“हो हजुर, यो खान योग्य छैन हजुर” भन्दै तेरो बाउले टेलिभिजनलाई दिएको अन्तर्वार्ताको पनि बिज्ञप्ति निकाल मास्के पुत्र (पत्रु?)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
5
नगरपालिकाले उठाउनुपर्ने फोहोर दुनियाँलार्इ बेचेर पैसा कमाउन सक्ने काठमाण्डैाका नेवारहरू मधिसेभन्दा नी बाठा रहेछन् भन्ने गुपाक काण्डले पुष्टि गरेको छ । होसियार है उपभोक्ता महानुभावहरू गुदपाक भनेर गुपाक नखानुहोला । चेतना भया ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
44
44
मित्र लै काठमाडौँ का नेवारहरु संग सार्है रिस उठेछा जस्तो छ नि ? सत्रु नै ठान्नु भएको छ त ? मधेसी भन्दा चलाक भनेर मधेसीको चाकडी गर्न खोज्या त होइन ? नेवार पनि मित्र नेपाली नै हो ….भन्ने कुरा बिर्सियोउ जस्तो छ | कि मैले गलत भने ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
10
जातीय द्वन्द फैलेउने यहि रबीन्द लामा जस्ता हो….यस्ता लाई गोलि ठोक्नु पर्छ अनि मात्र देश उभो लाग्छ…अनि जुनै जाति भए पनि अपराध गर्ने लाई सजाय हुने पर्छ…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
9
ओइ लामा एउटाको गल्ति गर्यो भन्दैमा सम्पूर्ण नेवारहरुलाई जथाभावी नभने ,मुला नेपालको संस्कृतिक क्षेत्रमा नेवारहरुको जुन योगदान छ त्यो नभए नेपालको के पहिचान हुन्थ्यो त्यो बुझे पुग्छ, त्यसैले बिचार गर सबै लामा हरु दलाइ हुन्न भनेर….
मन परे हरियो, नपरे रातो
4
2
यो देशमा जस्ले जे गरे पनि भा छ्,जनताको हित हुने काम कसैले पनि नगर्ने भए सडेगलेको खानिकुरा लाई पैसा हालेर खानुस अनि रोग निम्त्याउनुस भन्नु काहा सम्मको लाजमर्दो कुरा हो यो??????
मन परे हरियो, नपरे रातो
12
2
बर्ण, धर्म, लिंग र जातियताको आवाज उठाएर गरिएको व्यापार वा राजनीति र अनि संकलन गरिएको सहानुभूतिहरु केवल अस्थाई मात्र हो ! त्यहाँ हरदम अर्को पक्ष् घातक रुपमा मौकाको प्रतिक्षामा रहिरहेको हुन्छ र अन्तत समय आउना साथ् भयानक अन्त् मा समाहित हुनु पर्ने हुन्छ ! न्युरोडको गुंदपाक ब्यापारीको असली ब्यापारको सम्बन्धमा सारालाई जगजाहेर भै सकेको छ ! जसले उसको कर्तुतकोको पक्षमा दलिल पेश गर्छ वा उसको भरण पोषण गर्छ, समाजमा उसले सदाको लागि आफ्नो बिस्वसनियता गुमाउने मात्र नभई भोलिका दिनहरुमा तमाम मुलुकबासीहरुबाट तिरस्कार र अपमान मात्र पाउनेछ भन्ने लाग्दछ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
बेच्नीले बेच्न पाउनु पर्छा / तिमीहरु किन्नीले राम्रो छ कि छैन हेरर मात्र किन न /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
79
यो त चोर ले चोर्न पाउन पर्छ, आफ्नो समान जोगाऊ न भने जस्तो पो भयो त! एस्तो पनि हुन्छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
2
मैले भनी हाले त यी हुमागाइँ जीको बुद्धी चाँही गुँदपाक हैन गु खाने खालकै रहेछ । ल ल तिमी नै खाउँ ति मास्के जीको गुपाक हामीलाई चहिएको छैन ।
मन परे हरियो, नपरे रातो
11
1
चोर फटाहा, ठग, अपराधीहरु कुनै जाति र धर्मका हुँदैनन् यी त केवल समाजका क्यान्सर हुन् तेसैले यस्तालाई कुनै जाति र समुदायको नाउँमा संरक्षण गर्नु भनेको सोहि जाति र समुदायको प्रतिष्ठामानै आंच आउनु हो . सबैलाई चेतना भया …..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
नेवाः मिडिया क्लव कुनै जातीय संस्था नभई धमलाको रिपोरटर क्लब जस्तो मेडिया पसल मात्रै हो !! सो गुदपाक पसलको मात्रै अत्यधिक मेडियामा चर्चा हुनुको अर्को कारण संचारकर्मी, बिभिन्न जिल्लाबाट आएका बिभिन्न पेशामा लागेका व्यक्तिहरुले सो पसलको गुदपाक मिठो मानी चाखेकाले पनि हुन ! टिभी रिपोर्ट हेरे पछि उहाहरुलाई अत्यधिक घिन र रिस उठ्नु अस्वाभाविक हैन ! त्यहि भएर मास्केहरुलाई अरुलाई भन्दा अत्यधिक जरिमानाका साथै पसल खोले पनि खासै ग्राहक नाउने थाहा हुदाहुदै पसल खोल्न प्रतिबन्ध लगाउनु कारण ! जो कानुन र रिसको हदै सम्मको सजाय हो ! एउटा ब्यबसायी कसरि आफनै कारणले सारा लोकको गुडविल गुमाउन सक्छ भन्ने उदाहरण बन्ने छन् यिनीहरु!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
खबरदार ! यनीहरु लाई तेसै छोडनु हुदैन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
I think the author should not try to bring communism as a basis of reporting. I appreciated your reporting but a person is not guilty until proven guilty … so beware and don’t. Be fair and logical when reporting else people will also be unfair to others and you know who will lose.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
30
अहिलेसम्म त मदनबाबा मास्केलाई मात्र थुक्थे मान्छेले…….. यस्ता वहियातको पछी लागेमा सम्पूर्ण नेवा: मिडीया क्लवका नेवार पत्रकार मित्र (मास्के पत्रकार सगठन) लाई पनि अफ्ठेरो पर्ला त्यसैले पत्रकार वन्धुहरु गुँदपाकको भन्दा जनताको हितको पछि लाग्नोस……….. नत्र चौटा खान गएकी (को हो कुन्नी) झोलमा डुवेर मरी ……….. होला नी । जनता अव भेँडा छैनन…………… सवलाई चेतना भया।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
3
सडेका मिठाई बेचेका पैसाले भ्रम फैलाउन खोजदै छन् खबरदार !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
3
@Bikas- when we watches that clip on tv then only we know that how unhigenicly they made gudpak. Food is always eaten by eye first then only by mouth. If you doubt about chemical n microbiological test on detail then all the best to you. You can eat gudpak as much as you want frm corner gudpak. As long as me n other people who wrote comment most of them never gonna eat gudpak outside. Because of these Maskeys trust towards readymade sweet has gone away and now they are coming with caste sympathy. Saala bhijya chappal le hannu parni. Teso bhaye ke aba newarharule je Garda ni huncha? Yestai murkhaharule garda ta newarlai latoo bhancha ni. Think again mr. Bikas.. Do work according to your name n don’t be stupid
मन परे हरियो, नपरे रातो
11
3
तुलाधर भाई, I assume this is your talk back to me ! I agree that the food should be appealing to your senses or your eyes before you go into it. If you re-read my comments carefully, I was just raising a question about the efficiency of the food lab of the government about their blunt reasoning हुण्डी मुण्डी मा अखाद्य त्यतिकै भन्न मिल्दैन नि गाँठे ! Alerting the authorities for effective and convincing reporting is not my stupidity as you said and why should I eat this गुंद्पाक ? I appreciate if you fully understand the intent of others’ comments before attempting to bite them. There are other polite ways in english to make negative remarks for disagreement, this manner we should all learn !
मन परे हरियो, नपरे रातो
1
0
हन..यी मास्के बजियाहरु त जेलमा सडेका होलान भन्या त बिज्ञप्ति पो निकाल्दै रहेछन बा! हाम्रो देशा यस्ता खुरापाती लाइ सजाय नहुने नै भो त????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
3
यस्तो लाई कारवाही गरेको ठिक छ तर कीरा परेको जुस ख्वाउनेलाई के कारवाही गर्यो त्यो पनि जनतालाई थाहा दिन पर्छ|
हाम्रो नेपालमा, बिशेष सरकारी काम, हरेक निर्णयमा जात पातको पूर्वाग्रहले गरिन्छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
12
वाणिज्य बिभागको अनुगमन टोली र पत्रकारहरुको अगाडि आफूले उत्पादन गरेको खाद्यबस्तु खानयोग्य छैन भनेर अपराध कबुल गरेका मास्केले अहिले जातियताको आडमा आफूले बोलेको कुरालाई नै गु ख्वाएका छन्। गुपाक बेचेर कमाएको पैसा मिडियालाई पेलेपछि मिडिया उसको अपराध चोख्याउनतिर लागेछ। थुईक्क के देख्नुपर्यो यस्तो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
1
सबै प्रमाण हुदा हुदै कारबाही गर्न के ले रोकेको थियो ?येत्रो महिना कारबाही नगरेर सरकारले घण्टा हेरेर बसेको l संबिधान सभाको म्याद थप्न रात भर बस्न सक्ने, अनि एस्तो जनताको स्वास्थ्यमा प्रतिकुल असर गर्ने चिज बेच्नेलाई कारबाही गर्न यिनले कसलाई कुरेको हो कुन्नि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
1
अराजकता को पराकास्ठा, येत्रो दिन पछी आएर पत्रकार सम्मेलन गर्नुको के मतलब हुन्छ ? कस्तो लाज नपचेको पातकी रहेछ , अझ जातीयताको कुरा उठाएर समाजमा अराजकता फैलाउन खोज्दै छ , येस्ता लाई साथ दिने हरु चाही कुन असामाजिक तत्व हरु हुन् ?यो मान्छे लाई त खाद्य पदार्थ सम्बन्धि व्यापार जिन्दगि भरि गर्न नपाउने गरि सजाय दिनु पर्छ ! हामी उपभोक्ता हरुले चाही अब देखि त्यो पसल खुले पनि केहि नकिनी दिने , अनि कति दिन चल्छ तेस कुपात्रको पसल ! लण्डन का साथि हरु पहिला त स्वादिस्ट कोसेली बोकेर आउनु भएछ नेपाल बाट भनि मक्ख पर्थे , यो news हेरे पछि त झन्डै जुत्ताले हिर्काएका ! यता तिर भएको भए तेस्ले बाउको बिहे देख्थ्यो तर के गर्नु र नेपाल मा जन्मिएको हुनाले भाग्यशाली पर्यो अझ पत्रकार सम्मेलन गरेर हिडी रहेछ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1
अपराधीको कुनै जात, धर्म, राष्ट्रियता हुँदैन हौ साथी हो । अपराधीको जात, धर्म र राष्ट्रियता भनेको अपराध मात्रै हो । यी मास्के जीले कस्तो चिज तपाईं हामी सबैलाई खुवाए दिनको घाम झै छर्लङ्ग छ, त्यो गुँदपाक हैन गुपाक थियो । त्यो द्रिष्य सम्झिदा मलाई त अहिले पनि उल्टी होला जस्तो हुन्छ । नेवाः मिडिया क्लवका (पत्रकार???) साथीहरु यस्तो अपराध र अपराधीलाई साथ दिएर आफूलाई नङ्ग्याउने काम नगर्नुहोस् । जातपातको संकुचित मनसिकतलाई फ्यालेर अलिक फराकिलो छाती पारेर सत्य तथ्यलाई साथ दिनुहोस् तपाईंहरुको उचाइ आँफै बढ्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
0
येस्तई भयेरता हाम्रो देस उकालो लाग्न नसकेको कसैले जतियेबाद कसैले संम्प्रदायेबाद कसैले धर्मिक्ताबाद कसैले समाजबाद कसैले संसद बाद कसैले पुंजिबाद कसैले राजाबाद आदि आदि बाद ……. एकदिन आफैआर्यघाट अनि “घंति का नि बसे अनि बुद्धि पनि पसे” होलानी कि कसो………………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
मा पनि नेवार नै हो तर यी मास्के हरुले नेवार जात कै बदनाम गरेर पनि अझै लाज पचाएर प्रेस बिज्ञप्ति निकाल्ने साले चोर हरु लै तुन्दिखेल मा फाँसी दिएपनि पाप नलाग्ने हो.सबै जनता हरु लै चेतना भया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
83
3
“गुहुपाक” बेच्ने अनि येत्रो महिना पछी आएर पत्रकार सम्मेलन गरेर सफाई दिने हसायो मदन बाबाले
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
73
1
तेत्रो fruity juice लाई केहि गरेन अनि / मिनरल वाटर लाई केहि गरेन अनि गुन्द्पाक लाई मात्रै गरे पछी के भन्ने त ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
74
ह़ा ह़ा ह़ा ……………………………| त्यसो भए गुदपाक हैन अखाध्य
बस्तु बेचेको पक्कै हो , मिनरल र फ्रुटीलाई कारबाही गरेन ,हामीलाई
मात्र गर्ने भयो भनेर यत्रो प्रपंच रचेको भन्दा हुन्छ हैन त राम बाबु जी ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
5
जो चोर उसैको ठुलो सोर।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
0
हुन त media ले गुदपाक लै अलि बादी नै target गरे जस्तो लग्यो, संगै संगै मारवाडीहरु को अरु पसल हरु पनि थियो कारबाही मा परेको तिनी हरु को अत्तो पत्तो छैन, तर गुदपाक लाई अलि बादी नै attack गरेको जस्तो लग्यो | यसमा media को पनि अलि नराम्रो नियत देखे है मैले त | ब्यापारी हरु संग हप्ता वासूली मा बस्ने media को indignified काम संग जगजाहेर भएकै हो नेपाली जनता | भलो होस नेपाल को |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
42
बरु नेवा मिडिया क्लब कै दाइहरुले बिहान बेलुका गुदपाक खाने कि अब?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
1
जुन राष्ट्र र समाजमा कानून अती उलङन धेरै मात्रा हुन्छ त्यो समाजमा बस्ने हरेकले पाएसम्म कानूनको धज्जी उडाउन कुनै बाँकी राख्दैनन भन्ने यो गुन्द्पाक (जसलाई साधारण भाषामा कालोबजारी भनिन्छ )ब्यापारीले गरिरहेका छन । पैसाको आड्मा जे पनि गर्न सकिन्छ र आममानिसहरु भनेका केही पनि होइन भन्ने कुतर्क र कुमतीले भरिएका यस्ता ब्यापारीहरुलाई अब आमनागरिकले नै पूर्ण बहिस्कार गर्नु पर्छ । अरु उपाए हाल सरकार बिहिन र कानून बिहिन राज्यमा केही आशा गर्न सकिन्न । यस् बिषयमा आमनागरिक समक्ष पत्र-पत्रीकाहरुले शाही सुचना बडी भन्दा बडी पुर्याउनु सक्नु पर्छ नत्र यस्ता काला बजारी गर्ने ब्यापारिहरुले फेरी पनि जनता मार्ने काम दिनदहाडै गर्न कुनै बेर लगाउदैनन । श्री पशुपतिनाथले सबै जनाटकओ रक्षा गरुन !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
अपराध लुकौना लै जाती विशेषमा सहयोग नामागौ जुन छर्लंग सबैले देखिसकेका छन् र तपैका कुरा अब कसैले पत्यौदा पनि पत्यौदैनन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
0
गूदपाक भण्डार ले कुहिएको लाखामरी फ्याक्न को राखिएको भनेको बनौती कुरा हो / एदी यसरी फाल्ने गरेको छ भने उसले कहाँ कहिले फलेको छ प्रमाण देखाउनु पर्छ / फालेको त पकै पनि होइन / यहाँहरु पत्याउनु हुन्छ ? यसरी फाल्नु नै पर्ने भए किन फिर्ता ल्याउनु पर्यो कहाँ बाट फर्काएर ल्यायो / उसको उत्पादन कुन कुन पसल मा बिक्रीको लागि रख्छा ? किन फिर्ता ल्याउनु पर्यो?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
नेपाली जनता नै उस्तो भनेको प्रस्ट प्रमाण यही हो/ अब जातीय समुहका रुपमा खराब व्यपारलाई सम्रक्षण दिने काम नेपाली जनताबाट नै भयो नी!/
एकातिर बिरोध अर्कातिर समर्थन हामीबाट नै हुदै छ/ खराब त जसरी पनि खराब नै हो/ खोइ हामीमा एकता अनि यो खराब नै हो भनेको?
तेरो मेरो जात जाती नाता का कुराले कसको बदनाम भयो? एकातिर खराब काम अर्कोतिर बचाउने मेलो यसमा नेपाल अनि नेपालीको अर्थ खोज्न् पर्छ कि पर्दैन?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
यहि कारण मा भन्छु जातीय संघियता नेपालमा १ हुदैन , २ हुदैन, ३ हुदैन. जेमा पनि जातीयता??? कहा गयो मानवीयता?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
5
…कुरो के हो भने मानब स्वस्थ्यलाई प्रतिकूल असर गर्ने बस्तु चिजलाई कसैले पनि कसैको आड्मा बिक्री बितरण गर्नु हुँदैन, राम्रो बस्तु बिक्री बितरण गर, नाम दाम कमाऊ
मन परे हरियो, नपरे रातो
13
0
Salokyaji, Regarding your statement “यो अर्को झुट हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा नमुना परीक्षण गर्दा ‘संक्रमित र स्वास्थ्यका लागि हानिकारक’प्रमाणित भएको थियो। “Going into the reference you provided, I have only seen a dull statement made by the food department saying that the product in question is inedible and hazardous for human consumption. Nothing has been said why these foods are inedible! Where are the key elements i.e. chemical, physical and microbiological contaminants including fungus that decide if the food is edible. Although the substandard quality referred by the food lab is for कन्हैया ब्रान्डको घिउ only. This is also based only on the crude fat content and it does not talk anything about Peroxide index, a key factor that determines the quality of ghee apart from other chemical contaminants. Perhaps these could be the coherent reasons why Maskey pariwar are in this campaign !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
27
यो गुद्पाकमा अल्झिरहनु समयको बरबादी हो/ खराव तरिकाले बनाउने हो भन्ने कुरा अब सबैले बुझिने सकेको छ त् खान छोडु बजारी गुड पाक/ अब जहा सम्म मास्केले गल्ति गरेको हो होईन भन्ने प्रश्न छ यो कुरा अब हामि करायर हुने होईन अदालतले जे भन्छ तेही हुन्छ/
अब मास्केको गुदपाक बनाउने स्थल भन्दा फरक नदेखिएको संबिधान सभा र मास्केको अखाद्य गुदपाक जस्तै बनेका त्यहाँको सभासदहरुको बारेमा अवाज उठाउनु पर्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
यो चाहि भयान है मदन जी, आफ्नो बिचार र प्रतिक्रियाहरुको ओज घटाउदै हुनुहुन्छ!
गुंपाक(गुंलाइ पकायर बनाउने, मतलब अखाध्य र फोहोर सडेगलेका किरापरेका आदि लाइ पकायर बनाउने) लाइ गुदपाक भनेर भ्रम र घात छरी ब्याबसाय गर्नेवाला लाइ हामि उपभोक्ता खरिदकर्ता ले किन नकाराउने हामीमाथि निकै समय ठुलो घात गरि आफ्नो ब्यापार फ़स्टाइरहेको रहेछ अनि फेरी कानुनि कारबाही तर्फा अघि बढेको कुरालाई अनाहकमा बजारमा उछित्यायर जातीय रंग पोत्न खोजि संक्रमण काल र राजनीतिक अस्थिरताको फाइदा आफ्नो कुकृत्य पखाल्न र जोगाउन खोज्छा भने हामि नकाराउने किन? अब यी यस्ता केहि पनि कुरालाई संबिधान सभा र आजको राजनीतिक अस्थिरता तर्फा इंगित गर्दै तेसार्दै उन्मुक्ति दिने कुरा त औदैनानी!
राजनीति आफ्नोथाउमा छ तेता पनि हामीले खबरदारी गर्नु पर्छ अब जनमानस जनजीवनमा प्रत्यक्ष असर र प्रभाब पर्ने ब्याबसाय ब्यापार पनि र राजनीति भन्दा कम कसरि हो र, अझै राजनीति रहे नरहे पनि यो र रही रहन्छ भै रहन्छ!
कहिँ यहि जातिवादी कुरा उचालेर राजनीतिक अस्थिरता र संक्रमण कालको उपभोग फाइदा गर्दै यी सुस्त बिषादी बेच्ने जनता र उपभोक्ता अनि उनीहरुलाई बिश्वास गर्ने लाइ घात गर्ने, देशको परम्परागत स्वादिस्ट परिकार मिस्ठान्नको स्वार्थ र व्यक्तिगत फाइदाको लागि असिम दुरुपयोग गर्ने लाइ हामीले छोड्ने? यत्तिकै?
त्यो कहा सम्मको युक्तिसंगत हुन्छा मदन जी?
यसलाई र यस्ताकुरालाई राजनीति संग मोलेर उसकै गुन्दपाक जस्तो नबनाउनुहोला!
उसले आफ्नो घृणित तुच्छा अनैतिक र अमानविय ब्यापार लाइ संक्रमण काल र राजनैतिक अस्थिर समयको लाभ उठायर आफ्नो गुन्दपाक जस्तै बनाउन खोज्दै छ भने मदनाजी ले पनि उसलाई सहयोग पुग्ने कुरा गर्दै हुनुहुन्छ!
यो चाहि ठिक लागेन है!
बाकि राम जाने!
मन परे हरियो, नपरे रातो
4
0
निरोज ज्यु
तपाइंले मेरो भनाईको गलत अर्थ लगाउनु भयो/ २०सौ हजार चोरेको ग्यास सिलिण्डर पिंध काटेर बेच्न खोज्ने चोरलाई त् यो सरकारले कार्यबाही गरेको छैन/ त् यो गुहु पाक बेच्नेलाई “बाल कृष्ण ढुंगेल र यआईजीलाई संगै बसाउनेको सरकार” ले सरकारले कार्यबाही गर्ला भनेर सोच्नु मुर्खता हुनेछ/
यस्तालाई सजाय दिए ‘ज्यानमारा, अपराधि मन्त्रिलाई कुर्सि बात घिचार्ने सर्वोच्च अदालत ले नै दिन्छ नेपाल टुक्राउने ज्यानमार्नेको बुई चढेको सरकारले दिंदैन/
भत्ता भोगीको भिड पाल्ने संबिधान सभाको “मरण दिन” सर्वोच्च ले तोकी सकेको छ बरु तेस्को लागि हामीले आजै देखि को को मलामीमा पठाउने ककसको काज क्रिया गर्ने हो त्यो कुरामा बढी ध्यान दिनु पर्छ/ बिस्वास गर्नुस निरोज ज्यु अपराधि मन्त्रीलाई कुर्सि बात घिचार्न लगाउने अदालतले गुहु पाक बेच्ने मास्केलाई सजाय दिनेनै छ/
मन परे हरियो, नपरे रातो
0
1
यो कुकुरलाइ त फाशी दिनु पर्छ , जातिको कुरा कता बाट आयो.
म पनि नेवार परिवार बाट छु , जातको कुरा नै होइन यो.
यो साले लाइ New Road मा भट्यो भने बाटोमा नै कुकुर जस्तो धुलाई खान्छ.
एस्तोलाइ किन कारवाही नगरेको सरकारले…………….नेपालमा जे गरेपनि हुन्छ रहेछ.
20 हजार मान्छे मार्ने त प्रधानमन्त्री हुने देशमा गुत्पक बनाउनेलाइ के कारवाही हुन्छ र .
गरिब राष्ट्रमा जाति को कुरा आयो भने देश झन् कता पुग्छ होला अनुमान लगाउन सक्दिन,
नेपाल को होला त ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
4
३ हजार एक्स्ट्रा कहा बाट जोड्योउ ब्रदर तिमि ले.
मन परे हरियो, नपरे रातो
4
2
ब्याज जोड्याहोलाके!
त्यो मर्ने हरुले नमरेको भय अरु थप जन्माउने थियोनी, ति जन्मिन पायन नि त अनि ति सब ब्याजको रुपमा जोडदा बिस-बाइस पुगी हाल्छानी!
कि कसो हो?
मन परे हरियो, नपरे रातो
1
1
The Government employee of Nepal are the well known corrupted than any other places. Government should start kick off corrupted government employee first. If civil servants are well known corrupted, then how can citizen can get good service. We all know it – Every government officers enjoy with BRIBE and make Big building in Kathmandu, All Police officer of Nepal enjoy in BRIBE and make Big building in Kathmandu.
मन परे हरियो, नपरे रातो
7
1
जति कराए पनि, उफ्रे पनि रोए पनि तिम्रा गुदपाक अब कसैले पनि खाने वाला छैनन् / मत खान्न , तिमि आफै खाऊ …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
3
गुन्दपाक त खानु पर्छ तर ठाउको र नैतिक उत्पादनको! यति मिठो पोषिलो मिस्ठान्न परिकार स्वादिस्ट मिठाइ नखाने कुरै औदैना तेही पनि हाम्रो आफ्नै परम्परागत र हाम्रै भूमिको उपज, मलाइ त त्यो टोब्लेरोंन, लिंडीट मार्सबार,स्निकर, नेस्ट्ले भन्दा पनि बढ्ता मन पर्छ!
तेसैले यो उपभोक्ता जनता माथि मात्र होइन एउटा परम्परा र जाति बिशेष अनि देशकै पहिचानको उत्पादन माथि यतिसम्म घात गर्ने नैतिक हराम ब्याबसायी र व्यक्तिलाई त आजीवन कम्तिमा पनि सय बर्ष को कारावास दिनुपर्छ, टुडिखेलमा उभ्यायर कोर्रा हान्नु पर्छ अनि त्यो कोर्राले कोतारेको डामेको धौमा नुन र खुर्सानी अमिलो दलेर कुकुर लाइ चाट्न लगाउन पर्छ!
तर गुदपाक चाहि भक्तपुरको सिमित परम्परागत नैतिकवान व्यक्तिहरुले बनायको खानु पर्छ!
खाना चाहि छोड्न हुन्न र छोडिन्न पनि!
मन परे हरियो, नपरे रातो
3
3
नेताहरुले दिएको सफाई र यो मास्केले दिएको सफाई फरक बिषय भएपनि नेपाली जनता मुर्ख हुन् यिनीहरुलाई अल्मल्यौना सकिन्छ भन्ने सोचको बेलिबिस्तार हो !ताप्केको पिंध नताती बिंड तात्यो भनेर कोकाहल गर्ने नेपालीको सोभाब नै हो र यो यस्तै सोभाबको फाइदा लिन चतुर ब्यापारी र नेताहरु नेपालमा लाखौं छन् ! नेताहरु चोर फटाहा हुन् भन्दा जाँदा जाँदै त्येही नेताहरुबाट शासित हुन रमाउने हामीहरु अब मास्केले सफाई दि हाल्यो गुपक्लाई गुन्द्पक भनेर,,,,,,रमाउने होइन?
मन परे हरियो, नपरे रातो
8
0
अहिले आएर निरिक्षण गर्नु रे | यदि अन्याय नै भएको भए बाणिज्य
बिभागले भदौमा अनुगमन गर्दा गर्दै पत्रकार सम्मेलन गर्नु पर्थ्यो |
अरु उपाए नदेखे पछी र अदालतको फैसलादेखी डराएर जातीय राजनीति
गर्न लागेको देखियो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
98
4
गुदपाक को भित्रि रहस्य देखे पछि नखानु हुने महानुभाव लाई एउटा चुनौती के भने तपाइले देख्नु भएको गुदपाक को भित्रि रहस्य जस्तै भास्ताचार मा चुर्लुम्म डुबेका नेता लाई मन्त्रि बनाउने तपाई लाई के भन्ने ? गुन्डा गर्दी भएको फिरौती को माग भएको आफ्नै आँखा अगाडी हुदा पनि टुलु टुलु हेर्ने तपाई लाई के भन्ने ?येस्ता कति उदाहरण दिउ …..जो तपाई मिडिया मा पैसा असुल्न नपाएको झोक मा दिनानु दिन कुनै नया समाचार बनाउनु हुन्छ अनि प्रचार गर्नु हुन्छ पैसा पाएको खण्ड मा वा कसैको आसिर्बाद को लागि तथ्य समाचार लाई लुकाउनु हुन्छ किन ?तपाई हरु समाचार दिन सक्नु हुन्छ पछि तेस समाचार को प्रभाव कस्तो भयो कहिले सर्बे गर्नु भाको छ ???
अन्त मा गुदपाक को भित्रि रहस्य देखे पछि नखाए जस्तै जे पायो त्यो लेख्ने पत्रिका नापदने गरौ , नैतिक पतन भएका नेता हरुको कुरै नासुनौ र कतै स्थान नै नदिउ ,समाज बाटै बहिस्कार गरौ ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
6
सालोक्यजीको प्रश्न अनुसारनै जाँदा; मलाइ प्रेषित विज्ञप्ति कपोकल्पित र हतास मानसिकतामा लेखिएको जस्तो लाग्यो किनकि स्वयम् व्यापारीले नै अपराध पत्रकारहरूको अगाडिनै स्विकारी सकेको थियो /
दोश्रो कुरो; अन्याय व्यापारी माथि होइन कि अखाध्य वस्तुलाइ पैसा तिर्ने उपभोक्तालाई भएको छ /
अन्तमा; अवश्य पनि जातीयताको आडमा कसुरबाट बच्न खोजेको स्पस्ट छ / नेवा: मिडिया क्लबले यस्ता बिषयमा साथ् दिनु अति नै गलत हो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
6
नेपालको कानुन दैबले जानुन भन्या येस्तई हो ! जेल मा होला भन्या त बिज्ञप्ति पो निकाल्दै रैछ बा के गर्नु र ? रछ्या गरुन अरु नेपाली जनता लाई हे भगवान ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
2
मास्केहरुले अब सुद्व घिउमा गुन्दपाक बनाएपनि कसैले पत्याउन्दैन्| यतिका बर्षसम्म मानिसलाई गुहु त ख्वाएकै हो नी! झन शाकाहारीहरुलाई त भैंसीको बोसो ख्वाएर गर्नु पो गर्यौ त ! कति सराप्दो होला ती भेजीहरुले ! मास्केहरुले अब एकदिन न्युरोड गेटको छेउमा ९ १० ड्रम व्हिस्की राखेर आतेजाते सबैलाई पिलायो भने मात्र आन्द्रामा अडकेको गुहुको कस
पखालेला र त्यस बिजुली पानीले पापमोचन पनि गर्ला| शिवसेनाको बिज्ञप्तिलाइ धोती लगाइएको ठाउँमा मास्के परिवारको बिज्ञप्ति त गुहु पुछेर फ्यालिदिन्छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
75
10
साले चोर हरु हामीले बिर्सेको भन्ठानेको छ कि क्या हो त्यो सबै कुरा टि. भी बाट देखाको तेत्रो कुरा अब अहिले आएर जातिय सानत्वोना लिन खोजेको नराम्रो कामगर्ने जुन जात को भए पनि जनताले छोडदैनन् बुझी राख तेती बेला हामी त यो खान सक्दैनौ खान योग्य छैन भनेर आफै स्वीकार्ने अहिले फसाएको भन्ने एक पटक त्यो विडीयो फेरी देखाउनु पर्ने भयो / फेरी त्यो गु- पाक पसल खोल्योउ भने जनताले तिमीहरुलाई नै ख्याइदेलान है होस् गर
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
3
थुक्क पक्कै हैन ! यो जातिय संस्था र मास्के नेवार को नाम मा कलंक हो..येस्मा अरु नेवार हरु को समर्थन छैन !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
5
हत्या पछि पनि हत्यारा ले अदालत मा बोल्न पाउछ. तेस्को मतलब अदालत ले समर्थन गरेको ठहर्दैन . तेस्तै मेडिया सेन्टर भनेको एउटा बोल्ने ठाउँ हो. कसैले बोलेको कुरा त्यो मेडिया club ले समर्थन गर्छ नै भन्ने छैन. बोल्ने मान्छे ले बोल्छ , अब सुन्ने ले पत्याउने नपत्याउने सुन्ने को सो-बिबेक मा भर पर्छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
10
हो सहि कुरा हो!
नेपालमा तिन थरि मास्के मात्र छ भन्ने कुरा थियो तर यो चाहि यी तिनै थरीमा नपरी चौथो थरि मास्के निस्केछ! यो मक्काहा मास्के जस्तो छ!
: पहिल्लो मास्के मस्को (रसिया देखि) माइग्रेसनमा चाइना हुदै नेपाल सम्म आइपुगेको र तिनीहरु मस्को देखि आयको हुनाले मास्के नामाकरण हुन गयो!
: दोश्रो मास्के मल्लाकालिना पालामा मास्केवारी हिसाब किताब राख्ने लेखापाल (हाल पाश्चात्यकारण हुदा एकाउन्टेन्ट भन्छ क्यारे, जस्तो फुलको ब्याबसाय गर्ने फुलबारी आदि जस्तै)
: तेश्रो मास्के – मासको खेति तथा ब्यापार गर्ने परिवार र कृषक लाइ मास्के भनिन्छ!
तर बिडम्बना यो कुन मापा मास्के निस्क्यो यो मास्केको यो तिनै बर्गिकरण मा नपर्ने यो झड्केलो मास्के काहाबाट निस्कियो माप्पाको मास्के!
यो गुदपाकको मात्र होइन मास्केको समेत दुरुपयोग गरेको छ, यो माप्पाको मास्के संग नेपालका यी तिनै थरि मास्केको कुनै सम्बन्ध नभयको कुरा यहि माइसंसार बात उदघोष गर्दछौ! यसलाई मास्के नभनेर न्युरोडको गुदपाकी मात्र भनौ! यसले आफ्नो स्वार्थ र अनैतिकता मा आफ्नो थर र जात जोडेर अनि राजनीति घोलेर आफ्नो उन्मुक्तिको लागि आफ्नै गुदपाक जस्तो बनाउन खोज्दैछ यसलाई माफ गर्न हुन्न टुडिखेलमा ल्यायर कोर्रा हान्दै आजीवन जेल हाल्नु पर्छ!
मन परे हरियो, नपरे रातो
5
3
सबै ले आफ्नो अभिबक्ति राख्न पाउनु पर्छ | तर जातियता को आड लिए र न्याय र कानून लाई ओझेल मा पर्नु ठिक होइन | अदालत ले गर्ने फैसला प्रमाण हरु मा आधारित हुन्छ, फैसला न आउन्जेल कसै लाई एकदमै दोषी ठान्न पनि मिल्दै न |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
प्रक्रिया नापुरी कारखाना खोल्नु हुदैन/
प्रसासनले सही छानबिन गरोस/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
के हो भन्ने स्पस्ट छ र पनि एस्तो मान्छे को पछि लागिन्छ भने राम राम मात्र भन्न सकिन्छ ! बिष बेचेको हो अमृत होइन ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
नया नेपाल को कर्मचारी हरु त् घुस को कुरा गर्यो कि घुस्सा हान्ने ,अति इमान्दार र नैतिकवान भएको ले दोस चै गुदपाक मा ??मिसाउने भनिएका ब्यापारी कै हुनुपर्छ |
”राजनीति र ब्यापार मा जे पनि गर्न पाइन्छ ”भन्ने नेपाल को चलिआएको मुहाबरा लाइ
नै यिनीहरुले जथाभाबी फलो गरे |
मन परे हरियो, नपरे रातो
10
2
मात्र यौटा शब्द “”"ज्यानमारा”"”.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
7