मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सँगै चाहिँ किन बस्नु पर्थ्यो ?

    आइतबार आयोजित एक कार्यक्रममा एआइजी कुबेर रानासँग बसिरहेका बालकृष्ण ढुंगेल। फोटो सौजन्यः रेवती सापकोटा/अन्नपूर्ण पोस्ट

    नेपालमा ठूलालाई ऐन कहिल्यै नि लाग्दैन र सानालाई चैन कहिले नि हुँदैन। यो थाहा भएको कुरा हो। तर कोही कोही मान्छेलाई भने बिनसित्ति पनि विवादमा आइरहन मनलाग्दो रहेछ कि के हो, बुझ्नै सकिन्न। माओवादी सभासद् बालकृष्ण ढुङ्गेल एक त्यस्तै पात्र हुन्। सर्वसाधारण भइदिएको भए उनी यतिखेर जेलमा हुन्थे। मान्छे एउटा इमेल पठाएको आरोपमा त पुर्पक्षका लागि थुनामा बसेको उदाहरण छ, उनी त हत्याको अभियोग सर्वोच्चले ठहर गरिसकेका व्यक्ति। माओवादीले उनलाई ‘बचाउन’ र माओवादीविरोधी पक्षले उनलाई ‘फँसाउन’ खोजेको आरोप एक पक्षले अर्को पक्षलाई लगाउने गर्छन्। त्यसैले उनी विवादमा छन्।

    कानुनको नजरमा उनी अपराध प्रमाणित भइसकेका व्यक्ति हुन्। राष्ट्रपतिले माफी दिनु वा सर्वोच्चले फैसला पुनरावलोकन गर्नु बाहेक उनी बच्ने कुनै उपाय नै छैन। पुलिस उनलाई खोजिरहेको बताउँछ। तर हेर्नुस् त बुद्धि उनको! मिडियाको अगाडि प्रहरी कै हाकिम अर्थात् एआइजी कुवेरसिंह रानासँग मजाले बसिदिएछन् ! एआइजी पनि के भा’को! नपक्रन माथिको आदेश छ होला, तर त्यसरी टाँसिएर बस्नबाट त बच्नु पर्ने नि! कानुनलाई आफू अनुसार व्याख्या गर्न सब खप्पिस छन्। तर लोकलाजका लागि पनि अलि अलि त सुहाउने कुरा गरिदेऊ न। यसरी कानुनको नजरमा फरार अपराधी र प्रहरीको हाकिम एकै ठाउँमा बसेको कुन हिसाबले चाहिँ मिल्छ ? अहँ, मिल्दै मिल्दैन। मरेकाटे मिल्दैन।

    सजाय नै नभोगेका हैनन्
    ढुंगेलको बारेमा माओवादी पक्षधर र विपक्षी दुवैले आफ्नो कुरा प्रष्टसँग राख्न सकेका छैनन्। मान्छेहरु भ्रममा छन्।

    खासमा २०५५ सालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ओखलढुंगा जिल्ला अदालतले २०६१ वैशाख २८ गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो। तर पुनरावेदन अदालत राजविराजले २०६३ असार ११ मा सफाइ दियो। फेरि सर्वोच्च अदालतले भने २०६६ पुस १९ गते जिल्ला कै फैसला अर्थात् जन्मकैद कै फैसला सदर गर्‍यो।

    जन्मकैदको अर्थ २० वर्ष जेल सजाय हो। तर नेपालको कानुनमा २० वर्ष भनेपछि २० सै वर्ष जेल बस्नु पर्दैन। शनिबार, सार्वजनिक विदामा जेल बसेको दिनलाई गनेर डिस्काउन्ट दिइने रहेछ। अर्थात् ३० दिन जेलमा बस्दा ४ दिन शनिबार र दुई दिन सार्वजनिक विदा छ भने ३६ दिन जेल बसेको मानिने रहेछ। फेरि यसमा दिन र रातको पनि गणना हुन्छ रे। यसमा चाहिँ म प्रष्ट छैन (तपाईँहरु कसैलाई थाहा भए तल कमेन्टमा लेखिदिनु होला)। दिन र रातको गणना गरेर २४ घण्टालाई दुई दिन मानिन्छ भन्ने सुनेको छु। त्यसो हो भने २० वर्ष जेल सजाय भनेपछि १० वर्षमात्रै र त्यसमा पनि विदाको डिस्काउन्ट जोडिएपछि ९ वर्ष जतिमा रिहा भइँदो रहेछ। हत्यालगायतका जघन्य अपराधमा दोषी ठहर भएपछि सजाय २० वर्ष सुनाइए पनि कार्यान्व्यनमा जाँदा ९/साढे नौ वर्ष जति हुने रहेछ जुनै अपराधीको पनि।

    ढुंगेललाई प्रहरीले हिरासतमा राखेको दिनदेखि पुर्पक्षका लागि थुनामा राखेको दिन अनि अदालतले जन्मकैदको फैसला सुनाएकोदेखि पुनरावेदन अदालतले सफाइ दिएको दिनसम्म गरी उनी आठ वर्ष जेल बसिसकेका छन्। अब सर्वोच्चको फैसला कार्यान्वयन गर्ने हो भने पनि उनी १५ महिनाजति मात्रै जेल बसे पुग्दो रहेछ। यही १५ महिनाको जेल सजाय ‘मिनाहा’ गर्न बाबुराम भट्टराईको सरकारले राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो। तर यसलाई ‘आममाफी’ भन्दै व्यापक विरोध भयो। पत्रपत्रिकामा कयौँ पेज मसी खर्चियो। सर्वोच्चले हत्यारा ठहर गरिसकेका मान्छे पनि एक दिन पनि जेलमा नबसी खुल्लमखुल्ला हिँडिरहेको छ भन्ने आशयको प्रचारलाई तर्कपूर्ण र तथ्यपूर्ण रुपमा खण्डन गर्न बन्दूक मात्रै चलाउन जानेका, मुढेबलले नै जित्छु भन्ठान्ने माओवादीहरुले के सक्थे र।

    यो कान्डको सेफ ल्यान्डिङ एक महिनामात्रै भए पनि ढुंगेललाई जेल पठाएर त्यसपछि आचरण सुधार भएको भन्दै बाँकी सजाय मिनाहा दिएर गर्न सकिन्थ्यो। किनभने सजाय भोगिरहेका अरु अपराधीलाई पनि यही प्रक्रिया अपनाइन्छ। यसो गर्दा राजनीतिक संरक्षण दिएको जस्तो पनि देखिँदैन थियो। तर देशलाई द्वन्द्वमै लैजान खोज्ने, झगडा नै निम्त्याउन खोज्नेहरुसित कसले सकोस्। अब सजाय मिनाहाको सिफारिश पनि राष्ट्रपतिकोमा अलपत्र छ। सर्वोच्च अदालतले त्यो सिफारिश तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिइसकेको छ। यस्तो बेलामा कानुनको नजरमा अपराधी व्यक्ति कानुन पालना गराउने प्रहरी कै हाकिमसँग कुम मिलाएर सार्वजनिक कार्यक्रममा बस्छन्। अनि त के भन्नु छ र- हरे नेपाल भन्नुबाहेक !

    फोटो सौजन्यः दि हिमालयन टाइम्स


    No related posts.

    52 comments to सँगै चाहिँ किन बस्नु पर्थ्यो ?

    • KARMA

      पैला त बालकृष्ण लै बन्दा त्यो कुबेर राना लै पो जेल हाल्नु पर्ला जस्तो छ ,लाजसरम k पनि छैन बनेको त्यो राना लै ,देश र जनता को लागि हेद्नी पुलिस नै डाका ,ज्यानमारा सघ सगै भए पछि जनता ले पुलिस लै कसरी बिश्वास गर्ने ,,मान्छे मर्ने नेता भन्दा तेस्लाई बचाउने चैँ बास्त्पिक ज्यानमारा हो …………..कुबेर राना तेरो अनुहार मा हाथु लुजा त…

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Ajit Khadka

      त्यो दिन पनि आउ६ जब प्रतेक निमुखा नेपाली जनतामा ज्ञान र चेतनाको लहर छाउ६…..
      र त्यो दिन येस्ता बालकृष्ण ढुंगेल जस्ता अपराधी लगाएत सबै खराब राजनीतिज्ञहरुलाई
      नेपाली जनताले नै सखाप पार्ने ६न् … अब त्यो समय आएको ६… हामि एक भएर यो देश को अस्तित्वो बचाउनु पर६….
      जय नेपाल |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Rakesh Maharjan

      होइन कुबेर राना लाइ त उध्योग व्यवसायीहरू ले सावर्जनिक अभिनन्दन गरेका थिए हैन र ? अब त्यो अभिनन्दन सावर्जनि रूपमै खोस्नु पर्ला जस्तो भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • roshan-lal

      तरवार सक्तिशालि कि कलम भन्नेबादबिबाद प्रतियोगिता मा कुन पछ्य्य मा भाग लिन्थे खोइ कुन्नि ? तर सधै कलम भनेर बादबिबाद प्रतियोगिता मा भाग लिने जस्तो लाग्छ र प्रथम हुने बाबु राम अब आएर किन तरवार नै सक्तिशालि भनि विवाद गर्दै छ ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • tenzin sherpa

      यो संसार को कुनै पनि देशमा नराम्रो काम गर्ने लाइ कडा कानुन लाग्छ…तर एउतै देश छ जुन ठाउ मा राम्रो काम गर्नेलाई कानुन लाग्छ त्यो हो नेपाल ! अब आफै बुझ्नुस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • paban

      यो POLIS नै चोर हो नेता को दबाब मा किन कारबाई न गर्ने?त्यो ज्यान माररा लै किन छोड्ने तेसो भए रंजान कोइराला लै नि चदिदे चोर हो सोझो जनता लाई कानुन लाग्ने नेता लाई चाही LAGDAINA

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      राजनीतिको जामा लगाए पछी जस्तो सुकै अपराध बाट पनि बच्न पाउने यो छुट ले नै नेपालमा राजनीति र ल एण्ड अर्डर उभो नलागेको हो भने अपराध शत्रु नाश , पद र सम्पत्ति कमाउने सजिलो माध्यम बनेको हो \

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • ढाकाटोपी लगाएको भएर नचिनेको हुन सक्छ, कि कसो हो प्रहरी साब?
      हुनत नेपालका पहिलो अपराधी माथि घरानेको भएर पनि यस्तो हुन गएको हो /

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Deepak Dhakal

      नैतीक शिक्षा नेपाली पाठ्यक्रम बाटै हटाई सकेको अवस्थामा यि नेपाली राजनितिक कर्मिहरु बाट आम-नेपालीहरुले नैतीकता र चरित्रताको व्यबहार खोज्नु गदालाई नुहाएर गाईको आशा गर्नु बराबर नै हो जस्तो लाग्दछ । तर्क र बुध्द्दीले जनताको मन अनी राष्ट्रको सेवा र उन्नती गर्नु पर्ने हाम्रो जस्तो राष्ट्रमा बन्दुक ,खुकुरीको प्रयोगद्वारा राजनीतिक स्वार्थ प्राप्त गर्ने मनसुबा राख्छन भने र बात कसुर न्यायपालिकाद्वारा दोषी ठहर भई सकेका ब्यक्तिहरु कानूनको खिल्ली उडाउदैं पार्टीको आड भरोशामा राजनीतिक गर्न खोज्नु र ति जनताको सामुन्ने जान सक्नु अछम्य अपराध नभै अरु के नै हुन सक्छ र !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 0

    • Krishna

      मओबादि देश बनाउन आएको भनी ठानेकोत, हैन रहेछ नी । माओबादि त जनतालाइ लुत्न, जनताको घर जग्गा हदप्न, चन्दा नदिने लाइ मार्न पो आएको रहेछ नी । एस्ता चोर फताह, लुच्चा लफंगा कार्यकर्ता पालेर पोत माओबादि पार्टि २ वर्ष पनि नबित्दै ओरालो लागेको रहेछ । अरुलाइ मार्दै, अरुको घर जग्गा लुत्दै हिंडेपछि एकदिन पाप धुरीबाट कराउने त भैगो नी ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 5

    • Kamal Thapa(Dammam KSA)

      म त हारेको मानिस देश छोडेर परदेश छु/ कारण वनावटी होइन/
      १. कुन निकाय जो आफै नियम कानूनमा चल्छ? प्रहरीको उसको काम के भनेर कसले बताउने?
      २. कसैले काम गर्न दिएन माथिको आदेश भन्नु सरम लाग्ने कुरा भएनर?
      ३. नेपाली जनता माओवादीमा भए वा नभएको कसरी जान्ने? हामी सबै नेपाली भए किन अपराधलाई बचाउने?
      ४. गाउँमा साधारण नेपालीलाई सोधे हुन्छ राजनिती कसरी चलेको छ नेपालमा?
      ५.रिसले भएन केहि नहुने भयो लागें विदेशतिर/
      ६.नेपालमा शान्ती आवोस, ढुंगेल जस्तालाई कारवाही भएको समाचार सुन्न सकियोस, जो कोहि पार्टी मा गलत काम गर्ने लाई अरुले होइन आफै पार्टीले सजाँय गर्ने परिपाटी चलोस, स्वतन्त्र बाँचेर हिड्ने वातावरण वनोस म जस्ता नेपालीले प्रदेशमा पसिना र आँशु बेच्न बाध्य हुनु पर्ने थिएन/ गौरवका साथ घर फर्किने थिए/
      ७.नेताजीले, कालो झन्डा र नेपाल बन्ध गर्नेले, चन्दा र जुलुसमा हिडाउनले कुरा बुझेर राम्रो काम गरुन् चाडै घर फर्किने विचार छ/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 0

    • Sadananda Bhattarai

      जस्को सक्ती उस्को भक्ती
      जय नेपाल !!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Sisir

      हत्या हत्या नै हो … यो जघन्य अपराध हो …
      यहाँ राजनीतिक आवरण दिन सके सबै चिज जायेज हुन्छ …
      के हामीले खोजेको नया नेपाल येस्तई हो त ??

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • प्रभात

      अग्रगामी छलाङ्!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • नेपाल मा कानुन बनाउदा नै हामी नेता हरु कसरि बच्ने भनेर मात्र बनाउछ जस्तो छ कि क्या हो?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • devendra

      ..देस को ठुला ठालु सबै आफ्ना भएपछि के को कारबाही?? कसको भोको तागत हहहहाहहहहहहहाहा

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • pawan raj phuyal

      सालोक्य ज्यु कहाँ पुलिसले छाडेको हो त तेत्रो पुलिसको IGP सगै हुदा नि के समातेर अंगालो हालेर बस्छन त अलि चाहिने कुरा गर्नुस न . कि कतै पुलीस नभएको ठाउमा बसेको भए पो यी यसरि घुमेर बसेका छन् खै त पुलीसले समातेको भन्ने तपाई पनि ?
      —–साथीहरु मलाई गाली नगर्नुस है यहाँ एस्तै छ—-

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • पुष्प

      पुनरावेदन अदालतले सफाइ दिइसकेको यो मुद्दामा सर्वोच्च अदालतका फैसलाहरू नै बाँझिएका छन् । पहिला सजायँ सुनाउने अनि सरकारले आममाफीको सिफारिश गर्दा ‘तत्काल कार्यान्वयन’ नगर्न आदेश दिने । साँच्चिकै अपराधी नै भएको र सर्वोच्चको फैसला अकाट्य हुने भए त सिफारिश नै बदर गर्नुपर्थ्यो । सर्वोच्च अदालतले सुनाएको फैसला उसको दायित्त्व हुनसक्छ, तर उसले पनि यो मुद्दालाई जनयुद्धको एउटा घाउमात्र भएको कुरालाई अस्वीकार गर्न सकेको देखिँदैन । त्यसैले यस्ता मुद्दालाई सत्य निरुपण आयोगकै जिम्मा लगाउनु उचित हुन्छ, जुन गठन गर्न माओवादीइतरहरू नै तर्सिरहेको भान हुन्छ ।

      अदालतले नै सिफारिश कार्यान्वयनमात्र नगर्न भनेपछि ढुंगेललाई सुनाएको सजाय कार्यान्वयन कसरी गराउने ? त्यसैले प्रहरीको आँखामा ढुंगेल ‘फरार’ होइनन् ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 48 Thumb down 81

      • Rabindra

        कुरा बङ्ग्याउन कति आउँछ है यी पुष्पलाई । मानौँ यिनै गृहमन्त्री हुन् । पुलिस यिनकै हो । र त प्रहरीको आँखामा ढुंगेल फरार होइनन् भनेर घोषणा नै गरिदिए । प्रहरी आफैले उनी फरार अपराधी भएको स्वीकार गरेको छ । प्रहरी प्रवक्ता आफैले सर्वोच्चको अन्तरिम आदेशपछि उनलाई पक्रनुको विकल्प नभएको स्वीकार गरेका थिए ।
        किनभने सर्वोच्चले सरकारले गरेको माफीको निर्णय मुद्दाको अन्तिम फैसला नहोउन्जेल तत्काल कार्यान्वयन नगर्नू भनेर अन्तरिम आदेश मात्रै दिएको हो । त्यसो भन्नुको अर्थ सर्वोच्चको हत्या ठहर सम्बन्धी फैसला कार्यान्वयन गर भनेको हो । उनलाई पक्रेर सजाय कार्यान्वयन गराउन अर्को मुद्दा पनि परेको थियो सर्वोच्चमा । सर्वोच्चले त्यसमा उनलाई पक्राउ गरी सजाय कार्यान्वयन गराउन कुनै कानुनले नरोकेको भन्ने फैसला गरेको थियो ।
        अन्धभक्त हुनुअघि कानुनको बारेमा अलिकति बुझ्ने कि । हचुवा तालको कमेन्टले तपाईँकै बेइज्जत हुन्छ

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 37

        • पुष्प

          अदालतको फैसला विरोधाभासपूर्ण भएपनि आफ्नो ठाउँमा ठीक छ । अर्थात् कसैले मुद्दा हाल्यो, प्रमाणका आधारमा फैसला सुनायो । आममाफीअघि प्रहरीका लागि अवश्य पनि ढुंगेल ‘फरार’ थिए । तर त्यसबेला पनि यो मुद्दा जनयुद्धसँगै जोडिएका कारण कसैको पनि सरकारका पालामा उनलाई प्रहरीले पक्रन सकेन । वा भनुँ प्रहरीले आदेश पाएनन् । आदेश पाएको भए प्रहरी कहाँ छोड्थ्यो ? अनि माओवादीइतरहरूसमेत सरकारमा गइसकेको अवस्थामा प्रहरीका लागि उनी ‘फरार’ भए भन्नुमा को दोषी छ ?

          अहिले आएर सरकारले आममाफी दिन सिफारिश गरिसकेको अवस्थामा उसले नै प्रहरीलाई पक्रन किन आदेश देओस् ? सरकारबाट पक्राउ गर्न आदेशै नपाएकोमा कसरी कोही प्रहरीका लागि ‘फरार’ भयो । आखिर फैसला कार्यान्वयन गर्ने त सरकार नै हो, अदालत होइन । बरु सरकारको फैसलामा मोहर लगाउन (वा नलगाउन) ढिलाइ गर्ने राष्ट्रपति पो दोषी देखिन्छन् यहाँ ।

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 49

          • Rabindra

            यो हो भने त तपाईँको प्रिय बाबुराम लाई अदालतको आदेश कार्यान्वयन नगरेको दोष लाग्छ । किनभने अदालतले त उनलाई गिरफ्तार गरेर सजाय देऊ भन्ने फैसला गरिसकेको छ । त्यो फैसला कार्यानव्यन नगर्न सरकारले माफीको सिफारिश त गरेको थियो तर त्यो सिफारिश कार्यान्वयन नगर भनेको छ अदालतले ।
            अब सर्वोच्चको फैसला कार्यानव्यन नगर्ने बाबुराम सरकार दोषी भो कि भएन
            अदालतले दोषी हो भनी फैसला गरिसकेपछि जेलमा नभएर बाहिर अपराधी बस्यो भने त्यसलाई फरारै भन्नुपर्छ । अदालतको फैसला नै अपराधी पक्रने आदेश हो । सरकारको आदेश पर्खेर बस्नुपर्छ भन्ने कहीँ लेखिएको छैन । यो त पुलिसले जागिर गुम्ला भनेर डराएकोले मात्र हो । कुन दिन रमेश खरेल जस्ताको फेला पर्छन् अनि चाल पाउँछन्

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 33 Thumb down 29

            • पुष्प

              कार्यान्वयन नै नगर भनेको होइन, अन्तिम फैसला नहुञ्जेल नगर भनेको हो । बाबुराम त ढुंगेल पक्षधर वा भनुँ जनयुद्धका एक पात्र नै परे, उनले पक्राउ गर्ने आदेश दिने कुरै आएन । यो उनको दोष होइन, उनले त शान्तिप्रक्रियाको मर्मबमोजिम नै आममाफीको कुरा अघि बढाएका हुन् ।

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 36

          • madan bajracharya

            पुस्पज्यु
            अदालतले फैसला गर्दछ र सरकारको दाईत्वो तेस्को पालना गर्नु गराउनु हो/ सरकारको नेत्रित्वो बाबुरामले गर्दै आएको छ र बाबुरामले नै अदालतले दोषी ठहर गरेको व्यक्तिलाई नियुक्त गरेको हो/ यो सरकार ईमान्दार भई दिएको भय अदालतको निर्णयको सम्मान गर्ने भई दिएको भए पकदिनु पर्ने ढुंगेलको संगै बसेको यआईजीलाई कार्यबाही गर्नु पर्ने थियो तर गरेनन/ त् यो कुरामा रास्ट्रपति कसरि दोषी भयो? सरकारको निर्णयमा रास्त्रपतिले हस्त्छ्यप गरेको भनेर कटुवालको केसमा मावोबादिले नै बिरोध गरेको थियो अब के ढुंगेलको केसमा पनि रास्त्रपतिले नै हस्त्छ्यप गर्नु पर्ने हो र भने?

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 11

    • द्रोण

      भागला भनेर पुलिस ले सगै लिएर हिडेको हो | नेपाल प्रहरी लाइ लाटो न ठान्नुस ,कम बाठो छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 23

    • सुबास लिम्बु

      माथि भनियको जेल सजाय अरु समान्ने झैँ झगडा मा भयको हत्याको अपराधिलाई दीने सजाय हो ..तर यहात त्यो किसिमको हत्या होइन ! मृतक उज्जल कुमार गाउमा कुन किसिमको व्यक्ति हो र यो हत्याराले कुन उदेस्य ले हत्या गर्यो त्यो पनि छान्मिन हुन जरुरि छ !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 43

    • अर्जुन राज गिरी

      बधाई छ ! कुनै नौलो लागेन तर उ त संगै छ नि कहाँ भागेको छ त ….. प्रहरीको मोबेलले छेकेको मात्र हो !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • gajen pakhrin

      बाबुराम जस्तो होनहार व्यक्ति प्रधान मन्त्रि भएको देशमा येतिपनि छुट नहुनु / हुनु पर्छ ..देश र जनताको खातिर यो हुन जरुरि छ / अरु केहि भन्नु छैन ///

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 8

    • राष्ट्र ले नपुंसक पुलिस हरु मात्र गन्मएको रहेछ कोहि चैन यो हत्यारा लाई समाएर थुन सक्ने . कोहि न कोहि त आट गर पुलिस DAJUBHAI तिम्रो जयजयकार गर्छन जनता ले

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • मुख्य कुरो लाज सरम हो ……….लाजै पचेपछी कसको के लाग्छ र ? यस्ता हत्याराहरु जो चोर उसैको ठुलो स्वर भने झैँ झन झन विभिन्न तर्क कुतर्क गर्दै आफुलाई नै सहि , राम्रो गरेको देखाउने गर्छन …… ढुंगेल जस्तै अन्य जो सुकै जुन सुकै कारणमा किन नहोस अर्काको बिथ्थामा ज्यान लिने हत्याराहरुलाई आफुले गल्ति गरेको , अपराध गरेको आत्मामा भित्रभित्रै ग्लानी , पछुतो हुन्छ कि हुदैन होला ? उसको पनि आफनै जस्तै ज्यान हो , उसलाई पनि आफु झैँ बाच्न मन लाग्थ्यो होला भन्ने लाग्छ कि लाग्दैन होला ? मृतकका परिवारको बेहाल , दुख देखेर पिडा हुन्छ होला त ? आफुलाई पनि तेसरी नै मारिदिने निर्यण गरे हासीहासी स्वीकार्न सक्छन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • योगेश आदी, न्यूयोर्क

      १, न्यायपालिकाको उपहास
      २, शक्तिको दम्भ
      ३, सम्मानित अदालतको अपमान
      ४, कानुनी राजको खिल्ली
      ५, दण्डहिनताको पराकाष्टा
      “कसैको चुल्हो छुँदा ज्यान जान्छ, कसैले मान्छे मार्दा सलाम खान्छ !!”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 0

    • Suprabhat Shrestha

      देशका नेताहरु र उनका ताबेदार हाकिमहरुको त नामै नसुन्न पाए हुन्थ्यो/लाजै लाग्न थाल्यो भन्या/

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Shree Basanta

      देशै चोर, लुटेरा, डाँका, हत्याराले चलाएको जस्तो छ | नत्र चोर डाँका र प्रहरी मिलेर डकैति गर्ने, हत्यारा अपहरणकारीहरु सभासद हुने, यस्ता अपराधीलाई प्रधानमन्त्रिले कानूनको जिम्मा नलगाएर छुटाउन खोज्ने, माफी दिलाउन कोशिस गर्ने अनि आम जनता क्वार क्वारती हेर्ने | कस्तो नेपाल ? जय लोकतन्त्र !!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • devraj

      नेपाल को कानुन् प्रचण्ड , बाबुराम अनि राष्ट्रपती ले नै जानुन भनेको यही हो जस्तो छ
      पुलिस ले मात्र कै दोष छ र बीचरा समतो भने सरुवा हुन्छन ऩे गचेदार ले भनेको मान्न परों नी ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 2

    • मोबाएल ले छेकेर नदेखिय जस्तो छ, बेकार मा किन दोष लगाउनु :)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 63 Thumb down 1

    • Rabi

      यो ढुंगेल दोषी वा निर्दोषी को कुरो हैन. त्यो कानुनले जान्ला. तर वर्तमान समएमा उ माथि मुद्दा छ र कुनै पनि मुद्दा चलेको ब्येक्ति येसरी सार्वजनिक समारोहमा सरिक हुनुनै सामाजिक / कानुनी नियेम बिपरित छ. उसमा एदी उ कानुनको ब्याख्यामा ” फरार ” छ तर IGP संगै समारोह मा बसेको देखिन्छ भने हामीले के बुझ्ने ? फोहोरो राजनीति को परकास्ट़ा वा कानुनी राज्यको समाप्ति ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 104 Thumb down 0

    • Jeevan(USA)

      गरिब, निमुखा लाई ऐन अनि धनि र ठुला ठालु लाई चैन त नेपाल मा चली आयको परम्परा नै हो नि ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

    • pratik

      हाकिमले सुरछया दिन्छ, मुनिकाहरु खोज्दै बस्छन, हाकिमको गाडी भित्र को को छ थाहा छैन कसेर सलुट ठोक्चन… आरु गाडीको १० थरि कागज-पुर्जी खोज्छन//

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 0

    • येस्तै रहेछ येहको चलन यो .
      मर्ने को आसु , आसु,
      मार्ने को हासो हासो
      धनि, ठूला लाई आनंद
      गरिब , सोझालाई गुनासो …..
      जय नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 0

    • aman

      सात खुन माफ

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Bikash

      नेपाल को कानुन नेता ले जानुन!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • शान्ति सुरक्षा दिन्छु भनेर प्रधानमन्त्री भएको बाबुरामले नै ढुंगेल जस्ता कयौ अपराधी लाई संरक्षण गरिरहेको छ देश बिकाश, शुसासन, शान्ति अमनचयन र संबिधान बनाउने अभिप्रायले ३ करोड जनताका नायक बनेका बाबुराम अब देश क नायक हैन मेरी बास्सै मा खेल्ने गाउले प्रमुख भन्ने हाम्लाई लाईरा””””’छ जस्तै आफ्नो भबिष्य कायम गर्नको लागि बिधमान आवस्थामा नेपाली हास्य टेली शृंखलामा हेलो सरकारका डुपर नायक बाबुरामले आम जनतासंग गरेका प्रतिबद्दता र नियम कानुन उलंघन आफै गरेको दृश्य आज कल यत्रतत्र देख्न सकिन्छ त्यसैले अब जंगली बाबुराम को जम्बो सरकार हामीलाई चाहिंदैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 6

    • kedar

      हरे शिव, गाउँमा एउटा मान्छे अकालमा मरो वा मारियो भने गाउनै बाँधिने भो अब भन्ने सुनिन्थ्यो उस जमानामा, अहिले त ज्यनामाराले कुम कुम नै जोडेर हिड्ने भए पुलिस संग, बाँचीरहे के के देखिन्छ देखिन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 0

    • Prakash Tiwari, NYC

      सायद माओबादीको सर्बसत्ताबाद भनेको येही हो / येसोको अर्को पछ चै बाबुरामले लहरो तान्दा पहरो गर्जन भनि माओबादीले गरेका निर्मम हत्याको बिरुद्द केहि पनि नजिर बसाल्न नदिनु हो / सब हत्या र हिंसाको राजनितिंक मुद्दाको नाममा बदर गराउन खोजे पनि एक दिन पक्का औंचा जब माओबादीले एसको जिम्बेबारी लिनु पर्नेछ / दोस्रो बिस्व युद्दका कुर् हत्याका त आजसम्म मुद्दा चलेको छ भंने एक दिन एसको पछमा जन धारणा अवस्य बन्ने छ / मानिसको जीवनको मूल्य अनमोल छ जुन फिर्ता गर्ने सकिन्न – तसर्थ हत्याको अपराधमा समय सिमा कहिँ पनि हुन्न / उज्जन श्रेष्ट मात्र होइन अधिकारी सर, काजल खातुन लगाएत सम्पूर्ण निर्दोषमा मारिएका नेपालीको आत्माले एक दिन अवस्ये न्याय पाउने छन् /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 1

    • avaya

      यो मान्छे बालकृष्ण ढुङ्गेल नै हैन l यो त “सभासद्” बालकृष्ण ढुङ्गेल पो हो, तेस्मा पनि माओबादी “सभासद्” बालकृष्ण ढुङ्गेल l अनि कसरि पुलिसले पक्रिन्छ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 0

    • निर्मल

      न्याय हराएको देश …नेपाल /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

    • mahesh cumar

      तल्लो जातिले आफ्ना जातिका चेली लागेको झोकमा उज्जन कुमारको हत्या गरेको थियो ढुंगेलले ! अदालतले अपराधी ठहर गरि सकेका व्यक्तिलाई आफ्नो जातिको मान्छे वा आफ्नो पार्टीको मान्छे भनेर चोख्याउने चेस्टा गरे गुदपाक मास्के बन्धुले लगाएको आछेप सहि ठहर्न जाने छन् ! येस्ता घटनाले देश जातीय वा राजनैतिक द्वन्द तिर धकेल्ने छ ! माथि लेखकले भने जस्तो “discount” मा सजाए भोगाएर सेफ ल्यान्डिङ गराउने सोच पनि घातक हो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 0

      • madan bajracharya

        महेश कुमार ज्यु
        तपाईंले भन्नु भएको “तल्लो जातकाले ..ढुंगेलले” , पढी सके पछी यो पनि भन्न मन लाग्यो

        जात पात मान्ने मावोबादीको लोकतन्त्र
        मोज मस्ती गर्ने मावोबादीको लोकतन्त्र
        मावोबादीको गल्ति माफ हुने लोकतन्त्र
        मावोबादीको कुकर्म छोप्नेहरुको लोकतन्त्र
        सदनमा “श्यालहुने सभासद”को लोकतन्त्र
        मन्त्रालयमा “मार्ने” मन्त्रि हुने लोकतन्त्र
        समाचारमा “बन्देज” लगाउनेको लोकतन्त्र
        साना कुरामा “भलादमी” बन्नेको लोकतन्त्र
        ठुला कुरामा “लोक” लत्याउनेको लोकतन्त्र
        परलोकमा “स्वर्ग” देखाउनेहरुको लोकतन्त्र
        महंगीको थालमा भोक पस्किनेको लोकतन्त्र
        सभालाई भैयाको कोठा बनाउनेको लोकतन्त्र
        नेपालीलाई लोप्पा, भारतलाई बिप्पा भन्नेको लोकतन्त्र

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • madan bajracharya

      बाल कृष्ण ढुंगेलहरुको “लोकतन्त्र”
      ठग रुबेलको ससुरालीको लोकतन्त्र
      केहि दिन पछी ओलीको लोकतन्त्र
      नेपाल टुक्राउन खोज्नेको लोकतन्त्र
      नेपाली भाड्न खोज्नेको लोकतन्त्र/

      चुनिएकाहरु अलपत्र हुने लोकतन्त्र
      गुण्डाहरुको मनपरी हुने लोकतन्त्र
      कसैले कसैलाई नटेर्ने लोकतन्त्र
      कंगाल जनतालाई लुट्ने लोकतन्त्र/
      ढुंगेल-आईजीपी संगै बस्ने लोकतन्त्र/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 55 Thumb down 1

    • Every thing is fair in war love and नेपाल.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • Pramod

      ए गाठे ! मैले नबुजेको कुरो !

      कसैले नदेखेको र देख्नेले पनि होइन भन्दा भन्दै चै राजा ज्ञानेन्द्र हत्यारा रे, अनि सबैले र सम्मानित सर्बोच्च समेत हत्यारा प्रमाणित भैसेको यो मोरा चै हत्यारा नहुने ?

      बाबुराम प्रचण्ड जस्ता जनहत्यारा हरुले देश चलाए पनि के नै आशा गर्न सकिन्छ र ! अहिलेको सरकार हत्याराहरुको सरकार र माओबादी जनहत्यारा पार्टी भन्ने लाग्छ भने हरियो चिन्ह लागौनस ल |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 226 Thumb down 12

    • Jenish

      नेपालमा कानुन छ र अचम्म मान्न लाइ? कर्तुत देखाउने भनेको यीनै ठुला ठुला मान्छे हरु हुन्| येन्नीहरुले जे गरेनी हुन्छ|

      जेनिश

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 1

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker