मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ग्यासका कारण ‘जनविद्रोह’ होला जस्तो भो

    अपडेटः ललितपुरको बालकुमारीमा पनि स्थानीय बासिन्दाले ग्यास बोकेको गाडी नियन्त्रणमा लिएर बाँड्न खोजे, प्रहरीले हस्तक्षेप गर्‍यो। ग्यास डिपो सञ्चालक र स्थानीयबीच वार्ता भएर ग्यास बेच्न सहमति भयो। प्रधानमन्त्रीले ग्यास व्यवसायीसित आकस्मिक बैठक डाके। मन्त्रिपरिषद्को बैठकले सहज आपूर्तिका लागि २ अर्ब आयल निगमलाई दिने निर्णय गर्‍यो र कानुन हातमा नलिन अपिलसमेत जारी गर्‍यो। अपिलको पूर्ण विवरण भित्र। वाणिज्य विभाग पनि तात्यो। कमलपोखरीमा छापा मारेर लुकाइराखेको ३ सय ग्यास सिलिन्डर बरामद गरी सर्वसाधारणलाई बेचियो।

    घरमा बत्ती छैन, बाहिर जाउँ गाडीमा पेट्रोल छैन, खाना पकाउन घरमा ग्यास छैन। अभावै अभाव, समस्यै समस्या, माओवादीले भन्ने गरेको जनविद्रोह त अब माओवादी नेतृत्वकै सरकारविरुद्ध पो होला जस्तो भो त। हिजो र आज ग्यास अभावले पीडित भएका मानिसहरुले चालेको कदम हेर्दा सरकारले तत्काल केही गरिहालेन भने स्थिति बिग्रन सक्ने संकेत गरेको छ।

    हिजो भक्तपुरमा मानिसहरुले ग्यास बोकेको गाडी नियन्त्रणमा लिए। त्यो समाचार आज पत्रपत्रिकामा छापियो। आज पनि फेरि डल्लुमा त्यस्तो प्रयास भयो। सावधानी अपनाइएन भने अरु ठाउँमा पनि हुनसक्छ।

    सर्वसाधारणलाई राष्ट्रपति बलियो होस् कि प्रधानमन्त्री बलियो होस् खासै फरक पर्दैन। संविधान नबने पनि खासै केही फरक पर्दैन, अन्तरिमले चलेकै छ। तर जब दुई छाक खानका लागि ग्यास नहुने स्थिति आउँछ तब भने ठूलै असर पर्छ। रिस उठ्छ। व्यापारीहरु बढी पैसा दिनेलाई सुटुक्क ग्यास दिन थाल्छन् अनि त्यसलाई रोक्न प्रशासन केही गर्न सक्दैन, तब रिसले सीमा नाघ्छ। यस्तो रिस अनियन्त्रित हुन गयो भने यसले निम्त्याउने स्थिति नराम्रो नै हुन्छ।

    सन् २००५ मा अमेरिकाको न्यु ओर्लिन्समा क्याट्रिना आँधी आएपछि खाद्यान्न र पानीको अभावमा मानिसहरुले लुटपाट गर्न पुगेका थिए। अभावका कारण उत्पन्न बाध्यात्मक परिस्थिति त्यो। कतिपय ठाउँमा त पुलिसले समेत सघाएको आरोप लाग्यो त्यतिबेला।

    धन्न, नेपालमा त्यस्तो लुटपाटै भएको हैन। हिजो भक्तपुरको सल्लाघारीमा ३ गाडी ग्यास स्थानीयले नियन्त्रणमा लिएर पैसा तिरेर किनेका हुन्। पछि अर्को गाडीलाई भने प्रहरीले सुरक्षा दिएर सीडीओ कार्यालय पुर्‍यायो। तैपनि हुलमुलमा केहीले त पैसा नै नतिरी पनि लगेछन्। अहिलेलाई पैसै तिरेर लिए पनि अभावको स्थिति यस्तै हुने हो भने लुट नै मच्चिने खतरा हुन्छ। सुरक्षामा कडाइ अनि व्यापारीको कालो बजारी तत्काल रोक्न सकेनन् भने यसको शृङ्खलावद्ध प्रभाव अरु ठाउँमा पर्दै जान सक्छ।

    राहत कार्यक्रमको भाषणले मात्र केही हुँदैन। जनजीविका कति प्रभावित भइसक्यो भन्ने यी घटनाले देखाउँछ। भाउ बढ्यो, अनि फेरि घट्यो। तर बजारमा पेट्रोलियम पदार्थको अभाव उस्तै छ। अब त केही गर्ला कि !

    अपडेटः सरकारले आज केही कदम चालेको छ। स्थिति सामान्यीकरण गर्नका लागि यो ठीक हो। वाणिज्य विभागले कमलपोखरीमा आज छापा मारे जस्तो अरु व्यापारीकोमा पनि छापा मार्न थाल्नुपर्छ। लुकाएर बढी मूल्यमा बेचेर कालो बजारी गर्न खोज्नेलाई दण्डित गर्नुपर्छ।

    सरकारले आज जारी गरेको विज्ञप्ति
    काठमाण्डौ उपत्यकामा ग्यासको आपूर्तिमा आएको असहजता प्रति नेपाल सरकारको गंभिर ध्यानकर्षण भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले आजै वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरुलाई कार्यालयमा बोलाई सात दिनभित्र आपूर्ति सहज बनाउन चाहिने सबै प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ। बिभिन्न आन्तरिक र बाह्य कारणले गर्दा बिगतमा ग्यासको आपूर्तिमा कमी आएको भएतापनि आजदेखि आपूर्तिको परिमाण बढ्ने भएको छ। यसका लागि सरकारले सम्बन्धित पक्षसँग कुरा गरिसकेको छ। साथै ग्याँस आपुर्तिकालागि नेपाल आयल निगमलाई आबश्यक रकमको ब्यबस्था पनि मिलाइएको छ। ग्याँस जस्तो अत्याबश्यक बस्तुमा श्रोत साधनको उपलब्ध तथा आबश्यक सुधारात्मक कदमहरु अबलम्बनगरी उचित मुल्यमा उपलब्ध गराउने नीतिलाई सरकारले निरन्तरता दिने छ।
    आजै सम्माननीय प्रधानमन्त्रिज्यूले ग्याँस उत्पादक तथा बिक्रेता महासंघ एबं पेट्रोलियम डिलर्स एशोसियसनका पदाधिकारीसँग बितरण नियमित गर्ने र आपूर्ति सहज बनाउने बिषयमा छलफल गर्नुभयो। तत्काल कुनकुन ग्याँस कहाँ कहाँबाट कति परिमाणमा बिक्री हुन्छन् भन्ने जानकारी सर्व साधारणलाई नेपाल आयल निगमले गराउने छ। यस बिषयमा मन्त्रिपरिषदले रु २ अर्व रकम उपलब्ध गराउने र सहज आपूर्ति मिलाउने निर्णय गरेको छ।

    ठूलो परिमाणमा बिकास निर्माणको बजेट कटौती गरी पेट्रोलियम पदार्थमा सरकारले सहुलियत मूल्यमा बिक्री गर्न प्रवन्ध मिलाएको र हाम्रो जस्तो भूपरिबेष्ठित आफ्नो उत्पादन शून्य भएको एबं एउटै आपूर्तिको बाटो भएको मुलुकमा सँधैभरी महङ्गोमा खरिद गरी सस्तोमा बेच्नु बुद्धिमानी हुँदैन। अहिले पनि खरिद मूल्य भन्दा बिक्री मुल्य कम भएका पेट्रोलियम पदार्थको कारोबारबाट ठूलो घाटा बेहोर्नु परेको अबस्था छ। सरकारले अर्थ राजनीतिलाई ध्यानमा राखी हदैसम्मको लचकता अपनाउँदै आएको छ। यस्तो बिषयमा दलगत छुद्र स्वार्थमा नलाग्न र कानून हातमा लिने जस्तो कार्य नगर्न नगराउन नेपाल सरकार समब्द्ध सबैलाई हार्दिक आग्रह गर्दछ।

    No related posts.

    85 comments to ग्यासका कारण ‘जनविद्रोह’ होला जस्तो भो

    • ashish

      नेपाली जनता भेडा हुन् //// फेरि भोलि ति डाकाहरुले अर्को वर्ष पापा दिउला भने फेरि यी जनता भन्नेहरु फुरुक्क भएर तिनीहरुले जे जे भने तेहि मानी हाल्छन नि ……अहिले येहा जस्तो सुकै कुरा गरे पनि…!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • madan bajracharya

      “जोगी” बन्न राजनीति गरेको होईन्, बुझिस
      तिमीहरुको “धन्दा” ब्यापार, हाम्रो राजनीति/

      सुकुलमा सुत्न राजनीति गरेको होईन बुझिस
      “कुर्सि,महल र पाजेरो”कै निमित संघर्स गरेको/

      हाम्रा बिरोधि पार्टी र नेता हाम्रा संगी-साथि हुन्
      हाम्रो झगडा पालो मिलाईकन खाने “योजना” हो/

      गरिब र बेकार नै गरिबी र बेकरिको कारण हो
      यो हाम्रो राजनीतिको मूल सिद्धान्त हो बुझिस/

      यो छैन त्यो छैन “सुन्न” शासन गरेको होईन
      जे सक्छ पहिला आफुले पाउन शासन गरेकोहो

      तिम्रो घरमा ग्यास छैन, पानि छैन, बती बल्दैन
      यो समस्या तिम्रो, हाम्रो होईन, पिरोल्न पाईंदैन/

      नेता पाल्ने मात्रै नेपाली मान्नेले सबै पायकै छ
      नमान्नेले “नपाएको त् दण्ड पाएको हो” बुझिस/

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • जनता लाई तिम्रो राज्य पुनसंरचना चाहिएको छैन
      जनतालाई तिम्रो संबिधान चाहिएको छैन
      जनतालाई रास्ट्रपति बलियो कि प्रधानमन्त्री बलियो ?
      त्यसको वाल नै छैन
      त्यो तिम्रो कुर्सि- खेल हो अब बुझी सके
      दिन सक्छौ भने जनता लाई शिक्ष्या देउ
      स्वस्थता देउ देउ अनि शान्ति
      भोको पेटले गौतम बुद्धको उपदेश पनि सुन्न सक्दैन
      त्यसैले गास बास कपास भन्दा ठुलो तिम्रो राज होइन
      याद गर के को आवश्यकता रहेछ देश मा

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • kaji,hk

      आफ्नो देशको प्राकृतिक स्रोतको उचित उपयोग गर्न नसकेर जनतालाई अन्धकारमा राख्ने …सात समुन्द्र पारीको अर्कोको प्रकितिक स्रोतको सहज आपूर्ति गर्छु र छुट दिन्छु भन्ने ..यो भन्दा वाहियात,बकवास,हास्यास्पद अरु के हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Sabina Shrestha

      अब त अति भो / खति हुन बेर छैन / सुत्केरीले चिउरा र दालमोठ मात्र खानु परेपछि स्थानिय बासिन्दाले येस्ता आक्रोशित क्रियाकलाप गर्नु ठिक हो /

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Keshab Shrestha

      के बिद्यार्थीको मात्र पेट छ र अरु गरिब जनताको पेट छैन र त / ४०० रुपैयासको छुट बिद्यार्थीलै मात्र किन त / अरु सै धनि हुन् त / होला बाबुराम जस्ता व्यक्ति हर धनि हामी के गर्ने त भात नखाने त /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • पुष्प

      मान्छे नपरी चेत्दैन । यस्तै स्वभाविक अभाव, महंगी, अराजकताबाटै नयाँ ‘बाटाहरू’ पहिलिने त हुन् नि । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई माओवादीको अन्धभक्त ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 15

      • राजु

        पुष्प जी, जय होस् !
        माफ गर्नु होला पुष्प जी मा मा तपाइंको “नबुझ्ने ” मध्यमा परें / यस ब्लगमा अरु पनि धेरै नबुझ्ने हरु देखें /
        मावोबादिको समर्थन बिरोध भन्दा पनि जनताको आवाज को कुरा हो / हिजो तिनै मानिस पंच थिए, जब सबै पंच नेपाली सबै नेपाली पंच भन्ने साशन प्रणाली थियो/ तिनै मानिस आधा कांग्रस आधा एमाले भए फेरी तिनै मानिस आधा मावोबादी भए आधा अरु भए अर्का तिर तपाईंका बाजे (वा मेरा बाजे ) संजे नपढी पानि नखाने थिए अनि बाउ आकल झुकल संजे पढ्ने बेला मौका खोया बिर्के लाउने भए अनि हामि आज खुला रुपमा खोया/ टिन बिर्के सेवन गर्छौं, समकालीन का अगाडी संजे पढ्न लाज लाग्छ हैन ?
        नेपालमा मावोबादिले जनयुद्ध गर्यो,गाउँका कोदे साहु र मास्टर मार्यो / राज्यका सत्रु भ्रस्टाचारी संग बार बुंदे गर्यो, उही पुरानै शासक संग सत्ता शाझेदारी गर्यो / अब जनताले पनि मावोबादिलाई पुनर्मुल्यान्कन गर्ने छन् एउटा राजु हैन धेरै राजुहरुले उसको उछित्तो गर्ने छन् , तपाइँ हरुले पनि आँखा खोल्नु हुने छ मात्र समयको कुरा हो / समय गतिसिल छ पुष्प जी, मार्क्स वा मावो को जमाना अब छैन / उनीहरु आफ्नो समयका माहापुरुष थिए / अब आफुलाई बैज्ञानिक र प्रगतिसिल भन्ने बामपंथी हरुले आफुलाई बास्तव मै गतिशील बनाउनै पर्छ, नत्र समयले उनीहरुलाई डाइनोसर बनाउने छ /

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • द्रोण

      अब चाडै जापान को कुनै बैज्ञानिक ले मानिस भित्र को गनाउने ग्यास लाइ पनि प्रयोग गर्ने प्रबिधि निकाल्छ ,तेस्पछी भट्टराई सरकारलाई सजिलो हुन्छ ,गर्ब साथ् भन्ने छन् ,
      ”अरुको भर न पर ,आफ्नो सिलिन्डर आफै भर ”
      हृसी धमलाको अध्यक्ष्यता मा रिपोर्टर क्लब मा बैठक बस्छ ,गच्छेदार ले भुइक्क पाडेर उद्घाटन गर्छ ,उपस्थित सहभागी ले पनि कसैले पुइक्क ,कसैले छुस्स ,कसैले फुस्स पर्छ
      के पी बलि लाइ कटु बचन बोल्न मुख खोल्ने हिम्मत पनि हुदैन |
      सरकार लाइ सजिलो हुन्छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

    • devendra

      ग्यास छैन, बिजुली छैन, डिजेल पेट्रोल पनि छैन
      अभाबले रोजगारी खोस्यो, भात खाने टुंगो छैन
      माघको चिसो बेलामा, भोक तिर्खा खप्नु पर्छ ?
      गद्दार भ्रष्टहरुलाई जलाई, तेस्कै आगो ताप्नु पर्छ …….

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • योगेश आदी, न्यूयोर्क

      * ठुलो कुरा त होइन तरपनि सबै भन्दा ठुलो कुरा यहि पो रहेछ :- हिजो घरमा फोन गरे; आमाले कम्मर नै दुख्ने गरि ग्यासको लागि ४ घण्टा कुरे तैपनि पाइन.. भन्नुभयो ! बुबाले थोत्रो मोटरसाइकल पेट्रोलको लाइन बस्न नसकेर काठमान्डू मै छोडेर बसमा गाउँ जानुभाको रे !
      धन्न पानी बत्तिको त बानि पार्नु भएछ, गुनासो गर्नु भएन !
      - नेताज्यूहरू.. “कुराले मात्र चिउरा भिज्दैन ! ठुला कुरा गर्न छोडेर शुरुमा जनताको यस्तै साना आवश्यकता पुरा गर्नुस !!”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • शशांक लामा, न्युयोर्क

      सरकारमा बसेपछि सरकारियाहरुले जसरी पनि ग्यासको जोहो त गर्ने पर्यो | तर ग्यासको कृतिम अभाव खडा गरि सरकार फेल गराउन खोज्ने पुराना नोकरशाही, लिच्चड ब्यापारी र समाजमा भाँडभैलो ल्याउन खोज्ने तत्वहरुको पहिचान लिइ तिनलाई सुम्ला बस्ने गरि फेरी एकचोटी भाटा हान्ने कि !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 16

      • योगेश आदी, न्यूयोर्क

        शशांकसरको ” तर ग्यासको कृतिम अभाव खडा गरि सरकार फेल गराउन खोज्ने” भन्ने शब्दले सरकार प्रतिको कोरा मोह झल्केको देखियो / सरकारले जुन घटना परिस्थितिमा जे गर्छ, जनताले त्यस्तै प्रतिक्रिया व्यक्त गर्ने हो / बिगतमा जुनसुकै पार्टीको सरकारको पालामा पनि परेको समस्या प्रति जनताले आवाज उठाएकै थियो, जायज नै हो, शाश्वत हो /
        - माओबादीको सरकारको सहजकर्ता र शुभचिन्तक सबै हुनुपर्छ भन्ने छैन /
        - धर्म सबै राम्रो नै हुन्छ तरपनि अनुयायीहरू आ-आफ्नो आश्थाको कारण भक्त बनेको हुन्छ, बिचार र सोचाई सबैको नैसर्गिक कुरा हो /
        - अझै पनि भाटा जस्तो शब्दहरू माओबादीको शब्दकोशमा भएको कारणले र हतियार मोह नत्यागेको कारणले नै संबिधान नबनेको हो / माओबादीले हतियार पूर्णरूपले छोडेको १० दिनमा संबिधान बन्नेछ / अरू पार्टीले पनि आफ्नो भविष्य देखेको हुन्छ, माओबादीको चरित्र प्रति बिश्वाश गर्न नसकेर नै शान्ति प्रक्रिया टुंगोमा नपुगेको हो /

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • शशांक लामा, न्युयोर्क

          अहिलेको सरकारको विकल्प नदेखेर नै म त्यस्तो भन्न बाध्य भएँ | अनि मैले बर्षौ देखि इच्छ्याएको मूल्य र मान्यतालाई माओवादीले सम्बोधन गर्ने जमर्को गरेपछि मेरो उ प्रति मोह बस्नु स्वाभाविकै हो नी ! अब उसले सक्छ, सक्दैन त्यो छुट्टै कुरो भयो | संबिधान बनाउन माओवादी भरमग्दुर प्रयास गर्दैछन, तर कांग्रेसका रामचन्द्र पौडेल र एमालेका खड्ग ओलीले ” लु तिमीहरुले संबिधान बनाएको हेरुँ त ! हामी बिना तिमीहरुले के खाएर संबिधान बनाउन्छौ ” भनेर घरीघरी भनेका छन | भनेपछि बाधक को रहेछ त योगेश भाइ ? अनि अन्तमा मैले गोर्खे लौरी लेख्न खोजेको, औंला चिप्लेर भाटा भएछ | योगेश भाइका तर्कसंगत कमेन्टहरुको म फ्यान हुँ | कमेन्टको लागि धेरै धेरै धन्यवाद !

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

          • योगेश आदी, न्यूयोर्क

            शशांकदाजु ” अहिलेको सरकारको विकल्प नदेखेर नै म त्यस्तो भन्न बाध्य भएँ ” तपाइको उदृत हरफ प्रति मौन भएर सोचें / गलत लागेन, किनकि अहिलेको कांग्रेस भन्ने बित्तिकै भाँती पुर्याएर बोल्ने नजान्ने र स्पष्ट बिचार राख्न नसक्ने तिन ओटा धमिराको आहाराहरू शुशील, रामचन्द्र र देउबा पहिलो पंतिमा देखे / एमाले भन्ने बित्तिकै उही ओली, झलनाथ र माधव सम्झे, जसको राजनीतिक जीवन कुटिल चालमा नै बिते / यसर्थ, अन्य राजनैतिक दलको दोश्रो पुस्तामा अभिभारा नजाने हो भने र माओबादीको हतियार मोह र आपसी खिचातानीले देश डुबाउने छ, किनकि माओबादीको विदेशनीति अत्यन्त कम्जोर छ /

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sant

      Netherlands मा जनता सित २/४ वटा गाडी भये पनि साइकल चड छन् .किन हामी नेपाली ले साइकल चडन नहुने ?? मुख लाई मोही छोइन पिधलाई घिउ

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • bkpandey

      जनता ले मजबुर भई ग्यास का सिलेंदर लुट्न खोज्नु भनेको हाम्रा यी भ्रस्ट नेता हरु लाई जनताले सहनुको पनि अति भईसक्यो , कि सरकार ले पानी,ग्यास,इन्धन,सुरछ्या,सान्ति दिनु ,दिन सक्दैन भने,( यी १९९० पछिका राजनैतिक पार्टी का सबै कसरि सात पुस्ता लाई पुग्ने पैसा बनाउन तिर लागे, देस गया भाडमे ) हामी सबै भ्रस्ट पार्टी लाई खोर मा थुनी , जनताबाट ,जनताको लागि, केहि गर्न खोज्ने लाई नेता बनाएर ( no one will give a damn रास्ट्रपति भनेपनि, प्रधान मन्त्री भनेपनि ,जर्मनको चान्सलर भनेपनि ) देस का सबै cancer लाई काटेर फाल्न सक्ने सक्ति दिनु पर्छ हामी जनताले .अनि मात्रै परिबर्तन आउन सक्छ.म माओबादी वा कुनैपनि बादी होइन ,सायद मेरो संसारका साथीहरु मलाई पलायन बादी भन्छन त्यो पनि सहिहो .म पाचायत काल को सान्ति सुरछ्या ऐन अनुसार एक सी दि वो ले कसैलाई पनि ६ महिनासम्म कुनै आरोप बिना जेल हाल्न सक्थे र त्यसैलाई repeat गर्ने अख्तियार थियो , त्यो अत्यन्तै अमानबिय ऐन थियो. तर ७०,८० को नेपालमा जनतालाई पानी, इन्धन,सान्ति,सुरछ्या,थियो,बन्द ( it is a nightmare ) थिएन. काठमाडौँ दुनियाभरी ‘सांग्रिला ‘ भनिन्थ्यो,भुस्याहा कुकुर बाहेक कुनै डर थिएन. अहिले हेर्नुस ,प्रजातन्त्र कसलाई यायो,ति डोटी,रुकुम,डोल्पाका गरिब ले के नै पाए ? बाबुरामजी माओबादी बाट अब जन्ताबादी बन. हामी तिम्रो पछाडी लाग्ने छौ.नेपालमा त अतिनै भ्रस्टचारी बढ्यो ,अब जनताले सरकार लाई सिकाउने बेला याएको छ.जनसक्ति अघाडी कुनैपनि सक्ति पराजित हुन्छ.जनता लाई थाहा छ कति नेता ,कार्यकर्ता,ब्यापारी,कर्मचारी,manpower ,नेपालका लागि दुस्मन हुन् ,एक दिन तिम्रो कालाकरतुत को हिसाब हामी लिनेछौ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

    • tirtha

      प्रचण्ड ,बाबुराम सबै नेता ले भन्ने गर्थे ,२०५ वर्षको राज्संग्स्था नै हो देशबिकाश को बाधक | नेपाल गणतन्त्र मा गएपछि बिकाश द्रुत गतिमा बिकाश हुन्छ भन्यो | खै त ?

      तेस्पची के भन्यो भने मावोबादिले हामीलाई ५ महिना सरकार चलाउन दिनुस हामी नेपाललाई switzerland बनाएर देखैदिन्छु भन्यो |सरकार ३ पटक चलाए खै त ?

      अहिले आएर के भन्दै छ सबिधान बने बिकाश द्रुत गतिमा बढ्छ रे | अब विश्वास गर्ने आधार छैन | मावोबादी पतन हुने नै छ ,यो देख्न म आतूर छु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 62 Thumb down 9

    • द्रोण

      देश को यो दुराबस्था को मावोबादिले जिम्मा लिदैंन ,किनभने हजार कुरा फट्याई,र बिबाद गर्न उनीहरुलाई कसैले सक्दैन | गणतन्त्र पछी आफ्नै हात मा लग्बग शक्ति छ ,तैपनि उनीहरु दोस अरुलाई थोपरेर आफु चोखिने घृणित खेल मा व्यस्त छ | आफ्नै हात मा डाडु पनेउ लिएर बसेको छ तर सहि अठोठ र चोखो नियत न भएको कारण दिनानु दिन देश रसातल मा भासिदो छ | उनीहरु चै क्रमश धनि हुदै ,गाडी ,बंगाला को संस्कृति तिर तानिदै छ | के गरे तिनले हिजो तोड फोड़ गरे ,बम पड्काए ,बिकास संरचना धोस्त पारे ,आज लुट्दै छ ,काठमान्डू मा करोदु पर्ने जग्गा किन्दै ,बंगाला किन्दै ,सन्तान लाइ विदेश पढ्न पठाउदै
      जनतालाई चै फेरी जान बिद्रोह गर अरे |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 8

    • एक वर्ष को बिकाश बजेट बिधुत मा लगानी गरे कसो हुन्छा ?? बिधुत आपूर्ति सहज भयो भने जता ततै राहत मिल्छा जस्तो लाग्छा ! उद्योग धन्दा चल्छ… खान पकाउन पनि बिधुत प्रयोग गर्न सकिन्छ, सडक भन्दा पहिले बिधुत उत्पादन मै जोड दिनु पर्ने हैन र ??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • raghubir

      बाबुरामले केहि सकारत्मक कामको शुरुवात पनि गर्न खोजेका छन्, एक दुई दिन अभाव झेलिदिऊँ, अहिल्यै विद्रोह गर्ने बेला भएको छैन, तत्काललाई बाबुरामको विकल्प म देख्दिन। तर मन्त्रिमण्डलका बाँकी गद्दार उर्फ गच्छदार, जेपी आनन्द (जयप्रकास गुप्ता), र यस्तै विशेषत: मधेसी पार्टीबाट मन्त्रि भएकाहरु धेरै जसो चोर डाँका नै छन्, यस्तालाई साथ लिएर हिंड्न पर्ने विडम्बना छ।
      साथै आफ्नै पार्टीका अति विलासी नेता पुकदा (जो हालसालै ५ करोडमा घर किनेर सरेका छन्) र मोहन पोख्रेल उर्फ मोहन वैद्य उर्फ किरण ( जो सत्ता र शक्ति नपाएको झोंकमा विद्रोहको ध्वाँस दिंदै हिंडेका छन्) का असहयोगको कारण पनि प्रधानमन्त्रीको कार्य क्षमतामा ह्रास आएको पक्कै हुनुपर्छ। तर जे होस, कसैले नआँटेको काठमाडौंका सडक बढाउने कार्य गरेर केहि गर्ने आँट चाहिं छ है भन्ने देखाएका छन् भट्टराईले, समय र परिस्थितीले साथ नदिएको जस्तो लाग्यो मलाई। फेरि भनिन्छ नि, नेपालको भलो गर्न चाहने कसैको आजसम्म भलो हुन सकेको छैन भनेर। त्यस्तो चाहीं नहोस भट्टराईको केस मा।
      नेपाललाई काँग्रेस, एमाले वा माओबादी चाहिएको होइन, जुन पार्टीको भए पनि काम गर्ने राम्रो मान्छे चाहिएको हो। आँट र सोच दुबै भएको ब्यक्ति। केहि हद सम्म बाबुराममा यो छ कि? एमालेको गोकर्ण विष्टमा पनि केहि थियो। अबको नेपाल यस्तै यस्तै मानिसहरुले हाँक्नु पर्छ।
      जहाँ सम्म ग्यासको अभावको कुरा छ, र साथै पेट्रोल र डिजेलको पनि; कालोबजारी र भ्रष्टाचार त रोक्नै पर्छ, no doubt, तर भ्रष्टाचार र कालोबजारी जति नियन्त्रण गरे पनि अन्तर्राष्ट्रिय बजार मूल्य भन्दा थोरैमा बेचेर नेपाल जस्तो गरिब देशले आपूर्ति सहज राख्न सक्दैन किनभने सरकारसंग subsidy दिनको लागि पैसै छैन र विना Subsidy किन्ने र बेच्ने मुल्यको भिन्नताले घाटा हुन जान्छ र भारतिय आयल निगमले कुनै हालतमा पनि घाटामा नेपाललाई तेल बेच्दैन र त्यसपछि अभाव त स्वाभाविक रुपमा हुन्छ। विकास बजेट, शिक्षा स्वास्थ्य र भैपरी आउने आपत्तिको लागि राखेको पैसा ग्यास र डिजेलमा उडाउनु Economy को दृष्टिकोणले मुर्खता (खतरा समेत) हो। कुनै पनि Economics को किताबमा Subsidy and its effects भन्ने topic पढ्यो भने नै धेरै कुरा छर्लङ्ग हुन्छ।
      ग्यास र तेलमा निर्भर्ता घटाउनु र आफ्नै देशमा उत्पादन गरेर प्रयोग गर्न सकिने बिजुलीमा लगानी बढाई त्यसैमा निर्भर्ता बढाउनु नै वुध्दिमानी हुन्छ नेपालको लागि। आजकै हिसाबमा पनि वर्सषको करिब ८० अर्ब रुपैंया बाहिरिन्छ प्रत्येक वर्ष तेल किन्न। सरकारले पनि जलविद्युतलाई विकास गर्ने ठोस तथा कडा कदमहरु चाल्नु पर्‍यो।Production Surplus हुन सक्ने ठाँउमा यति विघ्न अभाव हुनु विडम्बना हो – बिजुलीको केसमा।

      मेरो भन्नु यत्ति हो, आगे हजुरहरुको बिचार।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 7

    • Sadananda Bhattarai

      गरीब देशमा जन्मिनु पनि ठुलो अपराध हो। सजाय त भोग्नै परेयो नि।।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • ashes

      ग्यास को cylinder को अभाब ले गर्दा नेपाल मा नया जनविरोध / तर्सिए सरकार, अनि तम्सिए सरकार चलाउनु नपाएका नेता र पार्टी हरु /अब यस्तो मौका कहाँ पाउनु नि, जनता लाई उचाल्ने, अनि सरकार लाई थचार्ने / दुखलाग्दो कुरो त के भने, नेता + गुन्डा + चोर ब्यापारी को मिलिभगत मा सबै भन्दा बेसी चपेट मा त जनता नै त हो / यी नेता, यी गुन्डा, अनि यी चोर ब्यापारी हरु कता बाट जन्मिए छन / थाहा हुने भए त मा तिनी हरु सबै लाई कोखै बाट नै निर्मुल गरिदिन्थे /

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Shree Basanta

      गरिब निम्न स्तरका जनताको नाममा राजनीति गरेर आएका माओबादीको चाला हेर – प्रचण्ड दस करोडको घरमा बस्ने ऐस आरामका साथ्, बाबुरामले मुस्तांग चढे पनि हिसिला करोडौंको गाडी चड्ने, भित्र भित्र सात पुस्तालाई पुग्ने माल कमाउन लाग्ने, अरु नेताहरुपनि कमाउ अभियानमा मात्र लाग्ने, सिद्धान्त र ब्यबहारमा आनका तान फरक यो उनीहरुकै पार्टी भित्रकाको निर्क्यौल हो | आखीर राजनीति भनेको जनताको नाममा गर्ने तर व्यक्तिगत कमाउ धन्दा नै रहेछ यो सिद्ध भयो नेपालमा | जनताको कस्ट प्रति कसैले बोलेका केहि गरेका छन् ? संधैको अभाव, हाहाकारमा जिन्दगि जानेभो तर उनीहरुको चाहि जय जयकार गर्नु पर्ने रे | खै, नेपालमा आँट भएका सच्चा जागरुक युवा बर्गनै जन्मेको छैन जस्तो छ यस्ता बिकृति बढार्ने | हाम्रो जीवन यिनीहरुको फूटबल भएर बित्ने भो, त्यो पनि हावा फुस्केको !!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • जनता लाइ सधै अभाव मा राखी तेसैमा अल्झाएर आफुले भने जस्तो राजनीति गर्दै आएका हाम्रा महान नेता हरु अब कम्तिमा नेपालीको आधारभूत आबस्यकता प्रदान गर्ने तिर सोच्ने बेला भएन र ?? कि जनतालाई सानोतिनो कुरामा मै अल्झाएर,जीवन कस्टकर बनाएर त्यो भन्दा माथि उठ्न नदिएर वा त्यो भन्दा माथि सोच्न सक्ने स्थिति मा नल्याई एउटा कम्जोर जनता जो आफ्नै हरेक दिन समस्यामा पिडित छ ,जो सरकार वा पार्टी वा नेता हरुले जे जस्तो अनैतिक वा खराब काम गरेनी त्यो बिरुद्ध मा बोल्न वा आवाज निकाल्न नसक्ने मनस्थिति मा छन् को नै उत्पादन गर्दै जाने??! के येही नै हो त जनता हरुको लागि गरिने राजनीति ?? आधारभूत आबस्यकता मा पिल्सिएका जनता चाहेर पनि कति दिन बिद्रोह गर्ने ,कति दिन संगठित हुने ??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

      • mahesh

        यो गम्भीर समस्या हो तर यो आज निस्किएको समस्या त होइनन नि? अन्तरास्ट्रिय बजार को तेल को मुल्य नेपाल ले नियन्त्रण गर्न सक्दछ? इंडिया बात नै तेल किन्ने प्रचलन कसले निकाले को हो? के बिकाश बजेट काटेर आयल निगम लाइ अनुदान दिने? हो आयल निगम मा भ्रस्टचार र चुहावट होला तर त्यो नै मुख्य कारक भने होइन. तेल को मुल्य संसार भरि नै उकालो लागिरहेको मा नेपाल मा भने हिजो बनेको बाबुराम को सरकार लाइ धारेहात लगाउने डेढ अक्काली हरु ले रमाइलो गराएका छन. इरान माथि आक्रमण भएमा वा नाकाबन्दी अझ मजबुत गरिएमा झन् बिकारल समस्या आउदैछ कारण, इंडिया मुख्य तय इरानी सप्लाई मा भर पर्दछ र नेपाल पूर्ण रुप मा इंडिया मा.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 15

    • जन युद्द को बेला मा रोल्पा र रुकुम जस्ता बिकट जिल्ला हामी लाई दिएर हेर बिकास कसरी हुन्छ भन्ने कुरा हामी गरेर देखाउछौ भन्ने माओबादी हरु द्वारा बनाईए को नेपाल हो यो
      अहिले सींगो देश नै माओबादी संग भये को बेला देखिदै छ बिकास कसरी हुदो रैछ भन्ने कुरा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 89 Thumb down 12

    • dipika

      विदेशमा छु, नेपालको माया त धेरै लाग्छ, तर सम्झन्छु मेरो देश नेपालमा दैनिक १४-१५ घण्टा बत्ति छैन, धारामा पानी छैन, पकाउन ग्यास छैन, घर बाहिर निस्क्यो शुरछ्या छैन, कानून छैन….खोइ मेरो देश के २०६८ साल (२०१२ A D ) मै छ त ??? बरु मेरो देश २० वर्ष अघि नै सुबिधा सम्पन्न थियो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 139 Thumb down 7

      • sangam

        हा ह़ा….!!!!हामि नेपाली विदेश मा दिनको १० पटक मर्न तयार तर देशमै दुख गर्न मरे जस्तै गर्ने. विदेश मा बसेर सुरक्षित र ठुलो मान्छे हुन्छु भन्ने भ्रम !!!!!!!!!!!!!!. इश्वर ले रक्षा गरुन.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 30 Thumb down 123

        • dipika

          हो नि संगम जी, कोठामा हुदा २४सै घण्टा बत्ति हुन्छ, धारा मा २४ घण्टा पानी आउछ, कानून सबैलाइ एउटै छ, न कुनै दिन बन्द हुन्छ न सडकमा कसैको बिरोध,,,नेपाल को माया लागेता पनि विदेश मा १० पटक मर्न तयार छु /

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 2

        • Sachin

          तर क गर्नु साथी देश नै रेमिटेन्स मा चलेको छ. विदेश का साथी हरु मरेर नै देश चली रहेको छ. भगवान ले सब लाई सद्बुधि देउन.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

        • maya

          सहि कुरा हो. म पनि कहिलेकाही विदेशको जिन्दगि र परिवारदेखि छुतीयर बस्नुको दुखले नेपाल फर्किन मन लग६ तर बिडम्बना म नेपाल फर्के भने आफ्नो परिवारलाई अहिले दिन सकेको सुबिधा नि दिन सक्दिन. जहाँ मानिसक आधारभूत आबस्येकता पुरा गर्न पनि गारो हुन्छा.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • Rajib

      जब सम्म एउुटा नेपालीले अर्को नेपालीको दु:ख बुझ्दैन तब सम्म जुनसुकै पार्टीको सरकार आएनि केहि हुनेवाला छैन!!

      नैतिकता र मानवता हराएपछी हामी हाम्रै खप्परलाई दोष दिनु सिवाय के नै पो गर्न सक्छौ र??

      शुन्दर देशको कुरुप जनता भएका छौ हामी,
      धनि देशको गरिब जनता भएका छौ हामी,
      विरताको गाथा बोकेको कमजोर नेपाली भएका छौ हामि!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 0

    • जब अत्याचार ले सिमा नाघ्छ अनि जनता बिद्रोह मा उत्रन बाध्य हुन्छ……यो कुरा इतिहास ले पनि पुस्टि गरिसक्यो….ऐले को सरकार को कदम लाइ अत्याचार त नभनौ तर हाम्रो ब्युरोक्रेशी र सरकार को लाचारीपन को पराकाष्टा हो ग्यास,पेट्रोल को अभाब,पैले को सरकार ले चुस्नु चुसे अनि ऐले त्यो घाँन मा बाबुराम लाइ फसाइयको मात्र हो…,,जे भय पनि अझै येस्तई अभाब रहिरहने हो भने जे पनि हुन सक्छ,त्यै भयर सरकार ले उचित ध्यान दिनु जरुरि छ,जनता का आधारभूत आबस्यकता हरु पुरा गर्नु सरकार को कर्तब्य हो,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 8

    • राहत कार्यक्रमको भाषणले मात्र केही हुँदैन। जनजीविका कति प्रभावित भइसक्यो । भाउ बढ्यो, अनि फेरि घट्यो। तर बजारमा पेट्रोलियम पदार्थको अभाव उस्तै छ।
      मोहन बैद्य कुर्सिको लागि हैन जनताको आधारभूत आवस्यकता पूर्तिको लागि बिद्रोह गर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    • Sisir

      जनताको बेहाल
      एक सिलिन्डर ग्यासलाई बबाल
      नेता ब्यापारी मालामाल
      बनाउदैछन् नया नेपाल
      राहत प्याकेज सहितको नया नेपाल
      धन्य नेपाली धन्य नेपाल …
      कुन खोपीमा छौ जनताका कुरा गर्ने
      कोइराला , खनाल , भट्टराई, दाहाल …

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 1

    • Basanta Thapa,Maryland,USA

      जिबन संग दैनिक रुपमा गासिएको बिसयमा सरकार सम्बेदनशील र सहयोगी भएन भने जनता आफैले भोट हालेर बनाएको सरकार बिरुद्द पनि जाइ लाग्नेछन भन्ने कुरा धुर्ब सत्य हो बेलै मा राजनीति गरि टोपलेका हरुले सोचून \यसमा प्रतिपक्ष खुसि भएर सरकार ढल्छ र हामि सत्तामा पुग्छौ भनेर नसोचे हुन्छ \जनतामा यी जुम्रे नेताहरु प्रति अति घृणा जागी सकेको छ \ यस्तै हो भने भोलि यी नेता र पार्टी बिरुद्द आन्दोलन हुनेछ \जन सुरक्षा भन्दै आर्मी सडक मा आउनेछ \ जनता सहयोग को लागि आर्मीलाई बोलाउने छन् \जनता र आर्मी मिलेर यिन लाइ धुलो चटाउने छन् \ यो मेरो देशमा भैरहेको राजनैतिक अवस्थाको विश्लेषण हो \यो ९०% सम्भाबना छ \ लेखि राखियोस् जनतामा रहेको अन्तिम बिकल्प हो यो \

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • sudarshan

      कालो बजारी रोक्ने एउटा सजिलो उपाए छ
      * हरेक टोल टोल मा कम्तिमा ५ जना युवा हरु भेला हुने र आफ्ना आस पास का पसल हरु मा छापा मार्ने , सकिन्छ भने १ जना प्रहरी को रेख देख मा केर कार गर्ने
      * महँगो मा बेच्न लाइ लुकाएर राखेको फेला पार्ने बित्तिकै तेस्ता ब्यापारी लाई तुरुन्त बाहिर निकाली कालो मोसो र जुत्ता को माला लगाउदै प्रहरी थाना पुर्याउने
      * पसल बन्द गरिदिने
      * कालो ब्यापारी ले प्रयोग गर्ने भान्सा को ग्याश खोसी दिने , बिजुली को लाइन काटी दिने , अनि बल्ल एस्तो पिडा कस्तो हुदो रहेछ काला ब्यापारीहरु लाइ पनि था हुने छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 4

    • प्रमोद

      विशेषगरि माओवादी नेतृत्व पङ्ती (उच्च नेता) ले अव बुझे हुन्छ । सडकमा कराउन र ब्यवहारमा उतार्न कति गाह्रो हुन्छ भनेर । परि पुर्याउन सकिदैन भने नवोलेकै राम्रो । हाम्रो सरकार भो भने यस्तो हुन्छ उस्तो हुन्छ भनेको विर्सेका छैनन नेपाली जनताले । देखियो कस्तो हुँदो रैछ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 1

    • नवराज, ताइवान

      अब दाउरा बालेर खान पकाउने, सल्ला को खोटो को दियो बाल्ने, अनि बयल गाडा चढेर काम मा जाने दिन आउछ यस्तै हरिबिजोग रही रह्यो भने | :(

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 1

    • gajen pakhrin

      बाबुराम कम्पनि हरुले चाहेकै येही हो // देस बनाउने होइन लथालिङ्ग भताभुङ्ग ,भत्काउने मान्छे -मान्छे बिचमा नमिठो दरार बनाएर सकाउने ,,अनि आफु महल को जिन्दगि बिताउने //निरंकुस राज शाशन र अहिले जनताले पाएको फरक केछ? प्रचंडे र रामेअनि उसको भरौटे हरुको जीवन स्तर मा आएको भिन्नता बाहेक // येसैको लागि होत तेत्रो ठुलो बलिदान ती महान सहीद हरुको ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 7

    • CHEMJONG Padam

       याे देशमा राजाकाे काम छैन । माआेबादी उग्रबामपन्थि दुस्साहसबादकाे कारण मुलुक सधै बन्दि भएर बितिरहेकाे छ । अराजक्ताले मुलुक भर ब्यप्तछ । सुधारकाे आशा न्युन  छ । सिद्धान्त राम्राे भएर के गर्नु, बिधिकाे पालना हुदैन भने, कानुनी राज्यकाे मान्यतालाई जाेड नदिने हाे भने राम्रै सिधादान्तकाे रटलगाएर मात्रै  प्रगतिकाे सपना देखाउनु भन्दा मुर्ख्याई अरू कै हुन सक्दैन । सिध्दान्तलाई ब्यबहारमा नडाल्ने हाेभने संन्सारमै याे रिति टिक्नेवाला छैन । आखिर जनताले मुलरूपमा चाहेकाे राजा हाेईन सुशासन नै हाे । दक्षिण र उग्र, हठबादकाे बिचारकेा कारणनै हाे जनताले संकट बिहाेर्नु पर्ने । कसैले चाहेर भन्दा समाजमा राम्रा ब्यबहार र मान्यता स्थापित हुदै जान्छ । नराम्रा बिचार ब्यबहारबाटै  निषेध हुदैजान्छ । गलत आमरूपमा ब्यबहारमा देखिए पछि कसैकाे राेदन र पंडित्याईले मात्रै टिक्दैन । माक्सबाद, लेनिनबाद र माआेबादकाे जलप र लेपन त जनताले चाहेकाे हाेईन, अस्सलि बफ्फादार पार्टी र कार्यकर्ताहरू जाे संधै जनताहरूबाट सिक्छ र सिकाउछ । आजसंम्म कम्युनिष्टहरूकाे पत्तन पनि यहिकारण भईरहेकाे छ । यस्लाई आत्मासाथ गर्नु बास्तबिक सच्चा कम्युनिष्टहरूकाेलागि महान कामहाे ।

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • अर्जुन

      यस्तो गरेर बाच्न सिकायो कस्ले?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • nimesh, bkk

      यस्तै स्थिति रही रहेमा जनविद्रोहको ध्वंग रच्ने माओवादीको सरकार अनि प्रचण्ड एण्ड कम्पनि कुनै डुलोमा लुक्न जानु पर्ला . नेताहरु सबैलाई जनताले नै कारवाही गर्नुपर्ने बेलाको स्थिति शृजना नहोस .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

    • अब त अति नै भैसक्यो तेसैले जनता आफै जाग्ने बेला आयो | सायेद जुन सक्कर आएपनि जति भ्रस्टाचार गरेपनि जति जनतालाई आजात बनाएपनि केहि हुदैन भनेर नै होला कानमा तेल हालेर बस्छन र कालाबजारीलाई फस्टाउने बाटो खोलि आफु पुस्ट मौलौछंन र गाईले जस्तै पछी सम्म डकार्दै बस्छन | के छ र उनीहरुलाई अभाब हुदैन अनि जनताको दुख र आभाबको किन हेर्नुपर्ने बाधेत्ता भयो र ? बाबुराम झन् पप्पुराम भएर निस्क्यो | उसको त दिमाग राम्रो छ भन्ने लागेको थियो सबैलाई तर यो त झन् महाको निकम्मा र मुर्ख पो रहेछ | ट्राफिकलाई २०% कमिसन दिन्छ रे अनि जहाँ पायो त्यहाँ समात्छ पैसा आउने लोभमा | जबर्जस्ति लडेको छ नियेम र कानुन जनतालाई | कुनै चिजको बिकाश र सिस्टम बसाल्नु कहाँ छ कहाँ जे पायो तेही गरेको छ | नियेम र कानुन त पहिले ठुलालाई पो लगाउनु पर्छ अनि सानाले त बाटो समाती हाल्छन नि | के गर्ने टाउकामा किरा परेछन क्यारे अब त बाबुरमे बौलाना पो बेर छैन | येस्तई हो भने देशमा ठुलै समस्या आउदैछ |, देव

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • गगने

      सरकार प्रमुख र सरकार सनाचालन गर्ने व्यक्तिको कारण बाबुराम यसको लागि उत्तरादायी त छ नै!
      र मलाइ के लाग्छ र म भन्न सक्छु भने बाबुराम यी समस्याहरुको थोकमा ठोस र स्थायी समस्याको लागि प्रयासरत छन्! यहा केहि बेतुकका मान्छेहरुले आक्षेप र आरोप लागाय जसरि सबैकुरा छाडी सरकार बचाउन तल्लिन छ भन्ने कुरा साह्रै नै छुद्र र तल्लो स्तरको चेतानहिनले गर्ने कुरा र आरोप हो, तेसोत समय परिस्थिति को नाजाकता पनि त ख्याल गर्नु पर्ने हो नि!
      के अहिले चार महिना वा आफ्नो सरकार रहून्जेलको लागि मात्र सोचेर समस्या को क्षणिक समाधान वा समस्या हरुलाई केहि समयको लागि पन्छैदीय हुन्छ? देश र सरकार भनेको आफु कुर्चीमा बसुन्जेल मात्र हो? आफु कुर्चीमा बस्दा को छ आठ महिना (नेपालमा कसैले पनि एक बर्ष राम्ररि पुरा सरकार चलाउन पायको अबस्था छैन, तिन बर्षमा चार वोटा सरकार परिवर्तन ले जनाउदछ) को लागि समस्या न-आउने वा नदेखिने तरिकाले चलाय पुग्छ?
      यहिनै कारण हो आजको यो बिकराल समस्या, यी र यावत समस्या एकै रात एकै हप्ता एकै महिना वा यी एकै बर्षमा आयका होइनन! यो समस्या जम्मा हुदा हुदा अहिले बिकराल भयर देखा परेको हो यसमा बाबुरामलाई कोस्नु दोष्णु र नाना भाति भन्नु त्यो पनि आजको परिस्थिति र मुख्य प्राथामिकता अर्कै भयको परिस्थितिमा! हामीले केहि समय सहनु पर्ने ठान्छु म राम्रो र निश्चित भबिस्यको लागि बर्तमानमा केहि समय केहि दुख सहन सक्दैन सबैकुरा अहिले नै खाउ तात्तातै खाउ जल्दै मरौ भन्ने भनेको आफु मरे पछी डुमै राजा भन्ने उखान चरितार्थ गर्ने वा भबिष्य नभयको बाँझहरुको सोच र नियति हो!
      बाबुराम देशको सबैभन्दा जटिल परिस्थिति र समयमा सरकार चलाउन आयको छ, कसैले सत्य ठानोस या नठानोस तर यो देशको अन्तिम आशाको रुपमा सर्बाधिक व्यक्ति र नागरिक ले सोचेको चितायाको र रुचायाको ब्यक्तित्वो हो बाबुराम! अर्को सत्य के पनि हो भने बाबुराम संग देशको आर्थिक सामाजिक कायापलट गरि सम्ब्रिद्दी र बिकाश तिर लम्काउने क्षमता र कार्ययोजना छ तर यी सबै कुराको सबैभन्दा ठुलो बाधक समय हो र त्यो भन्दापनि आजको मान्छेहरुको दिमागमा पलायको दरिद्र र छुद्र साथै चिंतनहींन बिचार र तेस्को उपज निस्कियको नानाथरि बिचार र बिरोध को लागि गर्ने बिरोध झनै ठुलो बाधक छ!
      अब सदियौ देखि जम्मा भयको यी यावत समस्या जटिलतालाई बाबुराम ले छु मन्तर गरि फुकेकै भरमा गायब त हुदैन! ति कुराको समाधान गर्न उसको सोच र योजना अनुसार काम गर्नु पर्छ र काम गर्न लाइ काम गर्न दिनु पर्छ! पहिले त केहि गर्नको लागि तेहा अडिनु पर्ने जरुरि छ, आफु अडिनलाई टेकोको पनि ख्याल गर्नु पर्ने भयो अब देश बनेन बनैनस भनेर चिच्याउने हरुले साथ् पनि त दिनु पर्यो सहयोग पनि त गर्नु पर्यो केहि समय जतिलाबस्था र परिस्थितिलाई सम्झेर बुझेर केहि सहनु पनि त् पर्यो नि!
      हामि यस्तै सोच र कार्य अनि बिरोध गरि रहने केहि कुरा साहना प्रतीक्षा गर्न कोशिस नगर्ने नचाहने हो भने यो देशको समस्या समाधान गर्न र देशलाई पार लगाउन बाबुराम ले सकेन भनेर छाड भन्लाउ रे तर बाबुराम छाडी महादेबनै स्वोयम आयपनी केहि ख्यासने र खुल्किने छैन अब ज्ञानेन्द्रको त के कुरा र!
      जो आयपनी हाम्रो चेतनामा परिवर्तन भयमात्र समाधान हुन्छ किनकि समस्या देशमा त छ तर त्यो भन्दा बढी हाम्रो दिमाग सोचाइ र चेतनामा छ! हामीले तेस्लाई परिवर्तन गर्न सके देशको यी समस्या समाधान हुनेछ यी त क्षणिक र अस्थाई हुन् स्थाई समस्या त हामि भित्र छ!
      समस्या हरुको स्थाई र ठोस समाधान गर्दै देशलाई द्रुत गतिमा सम्ब्रिड्डी र बिकाश पथमा अघि बढाउन हामीले बाबुराम लाइ साथ् र सहयोग दिदै तत्कालको लागि केहि सहदै केहि समय प्रतीक्षा गरौ! तेस्को विकल्प हाललाई छैन!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 43

    • eklabya

      अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढेको बढ्यै छ | अमेरीकामा ग्यालानको १.५ डलर बाट बढेर ४ डलर पुग्न लागि सक्यो तर मान्छेले तिरेकै छन् | नेपालमा त झन् निर्यातको अभावले डलरको भाउ बढेको बढ्यै छ | नेपाल आयल निगम घाटामा जाँदा जाँदा तेल किन्न रीन समेत पाएको छैन | तर जनता पेट्रोल र ग्यासको पैसा बढ्यो भनेर आन्दोलन गर्ध्हा | पेट्रोलको-ग्यासको भाउ नेपाल सरकारले नियन्त्रण गर्दैन | के सरकारले कहा बाट पैसा ल्याएर तिरिदिन्छ तिम्रो ग्यासको पैसा हँ ? सरकारको आयस्रोत के ? कर बढायो भने फेरी आन्दोलन गर्ने होला | आफुले उपलब्धि नगरी सरकारी सहुलियत खान पल्केका नेपालीहरुले किन ग्यासमा पकाउनु, दाउरा बाले हुन्न ? किन गाडी चढ्नु पैदल हिडे हुन्न ? की त पैसा तिर्नु कि त आफ्नो औकात अनुसार उपभोग गर्नु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 12

      • Petro price in Nepal is 4.7$ a gallon (1 gallon=3.7854 lit),while average price of a gallon of petrol in US is only 3.5$ .

        So american’s are getting petrol at much lower price compared to we nepalese, despite high labour cost in USA and more transportation charge (Gulf countries are near Nepal compared to USA)
        So stop braging about your american values नया नया जोगी बढी खरानी धस्छ !!

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • निरव

      वैद्यजीहरुको लक्ष्य पूरा होला जस्तो छ, वहाँहरुलाई अग्रिम बधाई छ । बरु, वहाँहरुको जस्तै भन्साररहित, कररहित गाडी, इन्धन पाइने भए त वहाँकै अनुयायी बनेर जनविद्रोहमा लाग्दा वेश होला जस्तो लाग्यो मलाई त ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • samir joshi

      “स्वतन्त्र देशका स्वतन्त्र नागरिक’ भएर बाँच्ने अठोटमा हामी नेपाली पुग्नु आवश्यक छ । कि विकल्प खोज्नुपर्छ वा त्यस्तो विकल्प दिनसक्ने व्यक्ति वा शक्तिलाई रोज्नुपर्छ । जगजाहेर छ, जनता कहिल्यै विकल्पविहीन हुँदैन । र यस कार्यको थालनी अहिलेको संविधानसभाको विघटनबाट गर्न सकिन्छ किनभने म्याद नाघेको औषधीले रोग-व्याधि निको पार्दैन, झन् चर्काउँछ । भ्रम पालेर नबसौं

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • ruben

      सबै नेता र पार्टी को घिनलाग्दो चर्तिकला देखियो तर माओबादीले सरकार मा आएर त ताण्डब नै देखाए…. अब माओबादी को नौटंकी नाटक को आर्को पात्र बैद्य ले मेरो पालो कहिले हो भनेर बसी रहेको छ ,,,, त्यो स्याल लाई पनि पेट भर्न त बाँकी नै छ ….. यिनी हरु सबै मा को कसरि कति घिच्नी त्यो मात्र को मतलब छ …….
      अरु देश मा भएको भए त आर्मी ले सबै लाई जेल कोचेर शासन गर्थ्यो होला तर हाम्रो त आर्मी प्रमुख हरु पनि राजनीतिक पार्टी ले र ज्ञाने हरुले टिका लगाएर राखेका गोबर हरु छन् …. अब विकल्प कुनै भएन ufff

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • मौका यही नै हो माओबादी को जरा नै ओखालेर देश बाट फाल्ने ! अर्को आतंककारी आफुलाई सर्बहारा नेता भन्ने ५ करोड २० लाख पर्ने घर मा बस्न गएको छ ! त्यसलाई त घोक्रो समातेर बाहिर निकाल्नु पर्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 8

    • Gyani Raja Manandhar

      विश्वमा सोमालियाको दाइ भनेर चिनिने नेपाल भोलि सोमालियाको भाई बन्न बेर छैन …….!!!!!!!!!! यस्तो भयाबह स्थिति आउनमा हाम्रै देशका एह्सान्फरमोश नेताहरूको हात छ , के गर्ने होला ……????? ग्यासपसलेलाई २१ दिन अघि देखि फोन गरया गरयै, आज त हकाहक भन्छन की बाताँ जति पनि बाँडिरहेका छन् , उतै लिन जानुस !!!!!!!!!!!! पसलमा भित्रिने कुनै चान्स नै छैन रे …….????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • sujan

      हे दैव नेपाललाइ बचाऊ अब तिम्रै मात्रै छौ हामी जनताको भरोसा

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • क्या ””चमत्कारिक”” सरकार!येस्ता किसिम का ‘बलात्कार’ को त हामी लगभग अभ्यस्त छौ महामहिम !सक्छौ भने अझ नया तरिका ले ‘बलात्कार’ गर….जीबन मा पहिलो पटक खसालेको ‘मत’(भोट)को मूल्य चुकाऊदै छु म……………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • अनुप गोरखे

      गृह युद्ध नै त शुरु नहोला, तर आन्दोलन त शुरु हुने भो अब!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Shree Basanta

      खाना पकाउने ग्यास जस्तो अत्याबस्यक बस्तु उपलब्ध गराउन नसक्ने सरकार त निकम्मा सरकारनै हो | एकातिर ६०१ वटा सेता हातीले जे गर्न पनि छुट अर्कोतिर जम्मो मन्त्रीमंडलको लुट जनता सन्धी पनि, ग्यास, पेट्रोलको हाहाकारमा | कस्तो देश हो हाम्रो ? जनताको सहनशीलताको सीमा मान्नै पर्छ | यस्तै हो भने सम्पूर्ण देश भित्र बिद्रोह भड्कन बेर लाग्दैन र यो कसिंगरलाई बढार्ने हाबा हुरीको संकेत पो हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Pramod

      गलत निर्णय, पार्टीगत लाभ, कार्यकर्ताको निगममा जबर्जस्ति भर्ति लगायतले यो निम्ताएको हो | समस्याको मूल भनेकै दलहरुको गलत निर्णय हो | नेपाललाई गणतन्त्र बनाउने |
      आज माघ १९ पनि , आजकै दिन ७ वर्ष अघि राजा ज्ञानेन्द्रले चलेको कदमको कति समर्थन थियो, नेपालीमा एक आशा जगाएको थियो, अब त रास्त्रियता बलियो भयो, भारतले अब हेप्दैन भन्ने लागेको थियो, आज एक छाक खान नपाएर लुटपाट गर्दै हिड्ने बेला आयो |

      निरङ्कुश भए होस् मलाई बाल मतलब, सुखसंग आफ्नो परिवार बीच बसेर खान, लुगा लगाऊन र हासेर बस्न मेरो लागि ठुलो कुरो हो ! साला गणतन्त्र भन्दा भन्दै महंगी बढ्यो, धेरै दुख झेलियो ऐले आफ्नो देश परिवार छाडेर बिदेशमा दुख काट्दै बस्न परेको छ | हामीलाई चाहिएको रास्ट्रपति, संबिधान त्रिभुवनको सालिक नभएको सहिद गेट केहि होइन , हामीलाई चाहिएको दुक छाक खाना र शान्ति हो, सम्मुनति हो , अभाव र दुख हैन !!

      राजा आउ देश बचाऊ !! आज शानले भन्छु जय देश जय नरेश !!!
      १०० मुसा भन्दा एक सिंहबाट मा साशित हुन चाहन्छु !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 5

    • robei

      हिसिलाले खालि सिलिन्डर बोक्दै ग्यास खोज्नु पर्या भए थाहा पाउथ्यो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 0

    • ankit sharma

      Stop the political play..its enough..People’s life is first not the so called political change…Stop this unending constitution making process…revive the previous constitution…form all party government conduct election under that constitution…let the general public live their life…4 years means about 6% of total life span of a Nepali (UNICEF data Life expectancy at birth). In the name of change Nepal has been degraded and taken to the verge of being failed nation….stop it…Now it is clear neither constitution, neither any institution was the barrier for development of nepal but the politicians were/are the actual causes…

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • राजेन्द्र सुवेदी,पुलाचौर-६, म्याग्दी

      अब माओबादीले सरकारबाट बिद्रोह गरी सडकमा गएर महंगीको बिरुद्ध आन्दोलन गर्छ कि जस्तो लाग्न थाल्यो मलाई त । साथिहरुलाई कस्तो लागेको छ कुन्नी?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • शहरी बिद्धोहको पुर्वाभ्याश हो जस्तो छ ल …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sudip Sharma

      अबको केहि महिना पछी नेपाल फर्किने विचार मा थिए , तर बिगत केहि समयदेखिका अभाव महंगी र संकट का यस्ता घटनाक्रम ले त्यो निर्णय माथि पुनर्विचार गर्नु पर्ने अवस्था देख्दै छु..बरु विदेशमै भाडा माझेर भएपनि २ छाक खान र उज्यालो मा बस्न त पाइन्छ// देशप्रेम भन्या येस्तै रैछ..पहिले आफ्नो ज्यान को प्रेम त गर्नु पर्यो …..गैर कानुनी बसाई भएपनि परदेश नै ठिक लग्न थाल्यो//

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 106 Thumb down 12

      • द्रोण

        देश ले सहारा मागे ,अब घर फर्की आऊ,
        बाजो बारी खन्न बाकि छ ,खेत मा हलो चलाउ |

        लुटेरा ले देश लुट्दै छ ,तिमि बम बनेर आऊ ,
        भेडाको खाल ओडेको ,यी ब्वासा लाइ सिध्याउ |

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • जबसम्म सत्तासिन व्यक्तिहरुको सुविधामा कटौती हुदैन,
      तबसम्म सत्ता लिप्सा रहिरहन्छ| जहिले सम्म सबै जनतामा गास बास
      र कपासमा समानता हुदैन तबसम्म यस्तै हो |कोहि बढी धनि
      हुनलाई त कोहि अझै गरिब त हुने पर्यो नि त |माओबादीले सत्तामा
      जानुभन्दा अगाडी जनमत जुटाउन सक्नु को कारण पनि गरिबलाई
      दिएको आस्वासन हो ,त्यसैले त लुटेर पार्टी भित्रका मान्छेले लुकाएको
      धनको खोजि गर्न नसकेको हो | पहिला बाटोमा खाली खुट्टा हिड्ने
      मान्छे अहिले कार चढेर हिडेको छ ,आम्दानीको स्रोत कतै छैन | अब त
      यिनीहरुले बिर्सिसके नेपालमा गरिब जनता पनि छन् भनेर,टाढा टाढा बाट
      पढ्नका लागि घरबाट सहरमा आएका छन्,घरै हुनेको पनि हातमुख जोर्न लाई
      कस्ट छ भन्ने कुरा किन कि यिनीहरुको गिदीमा आफु कसरि धनि हुने भन्दा
      अरु कुरा नै छैन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 77 Thumb down 1

      • samir

        खुसि लग्यो जसरि hunchha धन मात्र खोज्ने अनि श्रीमान्लाई अनेक तरिका बाट धन कमाउन उक्साउने नेपाली आइमई हरु मध्ये तपाई को विचार देख्दा.आइमाई को लोव र लालाचः अलि कम भए देश मा धन कमौना सत्ता खोज्ने नेता हरु अलि काम नै हुन्थ्यो कि.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 9

        • म तपाइले भने जस्तो आइमाई हैन फेरी तपाइले नेपाली महिलालाई नजिक बाट
          नचिने जस्तो छ , केवल तपाई त आइमाइको फेला मात्र परे जस्तो देखिन्छ | अनपढ
          महिलाले मात्र जसरि हुन्छ पैसा चाहिन्छ भन्छन |उनीहरुलाई के थाहा जनता यसैको कारणले गरिब भन्दा झन् गरिब भएका छन् भनेर | उनीहरुलाई उनीहरुका श्रीमानहरुले
          बुझायो भने अवस्य बुझ्दछन | के श्याम सुन्दर गुप्तालाई श्रीमतीले पैसा कमाउन भनेकी
          थिइन होला ? महिलाको मन कोमल हुन्छ | कसैलाई मारेको, अपहरण गरेको ,लुटेको
          कति प्रतिशत महिला देख्नु भएको छ ? आफ्नो तथा लोग्नेको सोझो पसिनाको कमाई
          बाट खुशी हुने महिलाको पनि कमि छैन नेपालमा |अवसरबाट बन्चित मात्र हुन् | अपबादका केहि महिला पनि पुरुष बाट नै संचालित भएर धन कमाउन तिर लागेका होलान |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 8

          • pshylen

            तपाई त मलाई अलि नक्कली हुनुहुन्छ जस्तो लाग्यो.ग्यास खोजेर नल्याको झोक मा श्रीमतीले डाडूले हानेर श्रीमान घाइते भाको भन्ने समाचार पनि हाम्ले सुन्या छम.महिलाको मन कोमल हुन्छ भन्ने कुरा पनि हाम्लाई थाहा छ .

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Gyane

      यस्तै कृतिम अभाबको आडमा दाँत र आँट नभएको प्रधान मन्त्रि ले भस्त्र मन्त्रिहरुलाई चोर बेबारी संग मिलिभगत गरि खान दिएर आफ्नो पद जोगाई रकेको छ| यसमा गच्छेदार अथवा बाबुराम को आँट छ बहस गर्न लै| यी ब्वाँसा हरुले जनतालाई राहत दिन थाले भने त आफ्नो चोरीको कमाई घटी हाल्छ|
      अब जनता ले आफैले आफैलाई राहत दिनु पर्दछा यी भासनले पेट भर्ना र जनतालाई उल्लुबनौने बाट केहि हुनिवाला छैन|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 70 Thumb down 3

    • Biswas

      सायद यो समस्याको दिर्घकालिन समाधान नेपालको इन्धन व्यवस्थापन BP, Shell जस्ता बहुराष्ट्रिय कम्पनिहरुलाई दिनुमा छ| हामीले अहिलेई international market price तिर्नु परेको छ इन्धनको लागि| अनि हामीले प्राप्त गर्ने पेट्रोलमा मट्टीतेलको मिसावट, मट्टीतेलमा पानीको मिसावट, र त्यसमाथि तौल र परिणाम कम| यति गर्न सके तेलको नाममा हुने भ्रस्टाचार पनि हट्ने थियो| यी बहुराष्ट्रिय कम्पनिहरुलाई बाटो बिग्र्यो, बन्दरगाह बिग्र्यो आदि इत्यादि बाहानामा भारतले दुख दिन सक्ने स्थिति पनि रहन्न किनकि यिनीहरुको अन्तराष्ट्रिय प्रभाव भारतले थेग्न सक्दैन|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • दिल्ली मा १२ बुदे हुदा ताली बजाउने साथी हरु ले अब “राजा आउ देश बचाऊ” भन्ने बेला आयो जस्तो छ !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 153 Thumb down 18

      • eklabya

        नेपालीको स्मरण शक्ति अति कमजोर छ | राजाको सासनकालमा अभाभ थिएन ? भ्रस्टाचार र तस्करीको बिगबिगी थियो | ज्ञानेन्द्र दाजु राजा हुदा र न भएर आफ्नै सासनकालमा दाउद ईब्राहीम जस्ता संग साँठ-गांठ गर्थे | पेट्रोल र खाद्यान्नकै अभाभाले २०४६ को राजा बिरुद्धको क्रान्ति सफल भएको हो |

        प्रजातन्त्र पछी यस्तो नहुनु पर्ने हो तर राजा ठिक भन्ने चाहीं अवस्य होईन |

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 27

    • Anup Bastakoti

      अब माओवादी ले होईन जनता ले गर्छन माओवादीकै सरकारविरुद्ध जनविद्रोह………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 149 Thumb down 4

      • Harke

        क.माउबादीले गर्ने त धनबिद्रोह मात्रै हो….! हिजोको धनयुद्द जस्तै क्या !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 7

        • mahesh

          ताल न तुल को माओबादी बिरुद्द झ्याउरे गाउने झ्याउरे गायक को अर्को टुक्का

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 16

          • राजु

            महेस जी,
            जय होस् /
            मावोबादिको समर्थन बिरोध भन्दा पनि जनताको आवाज को कुरा हो / हिजो तिनै मानिस पंच थिए, जब सबै पंच नेपाली सबै नेपाली पंच भन्ने साशन प्रणाली थियो/ तिनै मानिस आधा कांग्रस आधा एमाले भए फेरी तिनै मानिस आधा मावोबादी भए आधा अरु भए अर्का तिर तपाईंका बाजे (वा मेरा बाजे ) संजे नपढी पानि नखाने थिए अनि बाउ आकल झुकल संजे पढ्ने बेला मौका खोया बिर्के लाउने भए अनि हामि आज खुला रुपमा खोया/ टिन बिर्के सेवन गर्छौं, समकालीन का अगाडी संजे पढ्न लाज लाग्छ हैन ?
            नेपालमा मावोबादिले जनयुद्ध गर्यो,गाउँका कोदे साहु र मास्टर मार्यो / राज्यका सत्रु भ्रस्टाचारी संग बार बुंदे गर्यो, सत्ता शाझेदारी गर्यो / अब जनताले पनि मावोबादिलाई पुनर्मुल्यान्कन गर्ने छन् एउटा हर्के हैन धेरै हर्केले उसको उछित्तो गर्ने छन् , तपाइँ हरुले पनि आँखा खोल्नु हुने छ मात्र समयको कुरा हो / समय गतिसिल छ महेस जी, मार्क्स वा मावो को जमाना अब छैन / उनीहरु आफ्नो समयका माहापुरुष थिए / अब आफुलाई बैज्ञानिक र प्रगतिसिल भन्ने बामपंथी हरुले आफुलाई बास्तव मै गतिशील बनाउनै पर्छ, नत्र समयले उनीहरुलाई डाइनोसर बनाउने छ / श्री हर्के जी कुरा बुझ्ने नै साथी हुन् उनको त्यो व्यंग्य प्रति तपाईंको प्रतिक्रिया चाही ताहि न तुहिको भयो / तपाइको ज होस् /

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

          • योगेश आदी, न्यूयोर्क

            तपाईलाई चाही माओबादी नौटंकीको नालीबेली जोडेर गजल नै निकाले पनि कसले छेकेको छ र ?!! हर्केजीको प्रतिक्रियाहरू सटिक र तार्किक नै हुने गर्छ !

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • …………**_ग्यास गजल_**……………..
      बत्ती छैन, पानी छैन, काठमाडौँमा ग्यास छैन
      अभावमै तडपिरा’छौं सरकारको आभाष छैन /

      दुई हप्ता बितिसक्यो खोजिरा’छु ग्यास अझै
      आज आउला-भोलि आउला कुनै बिश्वास छैन /

      महंगीको उपहार लिई आइरहन्छन सरकारहरु
      जनतालाई राहत दिने कसैको अभ्यास छैन /

      ठगिरा’छन ब्यापारीले मारमा उही उपभोक्ता
      अनुगमन चेकजांचको किन अझै प्रयास छैन /

      फस्टाउँदैछ ‘कालो बजार’ संकटको मौका छोपी
      हामी पीडित जनताको मनमा कुनै झकास छैन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 120 Thumb down 0

      • द्रोण

        लेखक :फडिन्द्र संगम
        **बिजुली गजल_**……………..
        ग्यास छैन , पानी छैन, काठमाडौँमा बिजुली छैन
        अभावमै तडपिरा’छौं सरकारको आभाष छैन /

        सालौ साल बितिसक्यो खोजिरा’छु बिजुली अझै
        आज आउला-भोलि आउला कुनै बिश्वास छैन /

        महंगीको उपहार लिई आइरहन्छन सरकारहरु
        जनतालाई राहत दिने कसैको अभ्यास छैन /

        ठगिरा’छन ब्यापारीले मारमा उही उपभोक्ता
        अनुगमन चेकजांचको किन अझै प्रयास छैन /

        फस्टाउँदैछ ‘कालो बजार’ संकटको मौका छोपी
        हामी पीडित जनताको मनमा कुनै झकास छैन /

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बास्तबमा बाबुराम को राहत भाषण मा मात्र सिमित भो | के के न गर्छन बाबुराम आए पछि भनेको त झन् सरकार टिकाउने खेलमा ब्यस्त भए | जनता लाइ सास्ती भो | महंगी र कालो बजारी झन् बढ्यो | सबै अत्याबस्यक कुराको अभाब बढ्न थाल्यो | अब पनि जनता चुप बसेर त भोक्कै मर्नु सिबाय केहि हुन्न |

      केहि नेताहरु मन्त्रीहरु लाई सित्तै मा महिनाको ३५-५० लिटर पेट्रोल दिन मिल्छ | गरिब जनताले चाहि पैसा तिरेर किन्छु भन्दा पनि नदिने लुकाएर ठुल्ठुला ब्यापारीलाई मात्र दिने ??
      यस्तो गर्दा कसले पो मन थामेर बस्न सक्छ त |

      आयल निगम घाटामा गयो भन्छन, बोनस पनि बढेकै छन् , ठुला बढा भनौदाहरु लाइ सित्तै मा तेल पनि बाढे कै छन् , अनि कसरि नाफामा जान्छ त |

      यदि अब पनि सरकारले सहि कदम चलेन र आयल निगम मा हुदै गरेको भ्रस्टाचार रोक्न भने र अझै अभाव गर्दै गयो भने जनताले बाकी राख्ने छैन भन्ने कुरा बुझ्नु जरुरि भैसकेको छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 130 Thumb down 2

    • mahesh parajuli

      यो सबै जनताको बाबुराम प्रति को आस को प्रतिफल हो…अब जनता जागेर बाबुराम लै भाते कारबाही नगरे हुने केहि छैन,..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 123 Thumb down 9

    • sitaram

      जनताको सहने सीमा अनियन्त्रित हुँदैछ होसियार …………….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 0

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker