सभासद्हरुले मात्र पासपोर्ट बेचेर देशको बेइज्जत गरे भनेको त हुँदाहुँदा अब त मन्त्री नै विदेशमा समातिएको खबर पो आउन थाल्यो त। ITB Berlin Convention 2012 मा भाग लिन श्रीमतीसहित गएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट त समातिएछन् पो। सुरुमा कतारमा भन्थे पछि अबु धाबीमा पो समातिएका रैछन्।
किन समातिएका रे भनेको त जर्मनीको भिसा रैनछ रे इकान्तिपुरका अनुसार। हिजो दिउँसै काठमाडौंबाट इतिहाद एयरवेजबाट उडेका मन्त्रीलाई रातभर अबु धाबीको अध्यागमन प्रहरीले हिरासतमा राखेछन्। बिचराले म त मन्त्री हुँ पनि भने होलान्। तर कसले पत्याउने ? मन्त्रीले नि कहीँ भिसा नलिई विदेश उड्छ ? मन्त्री भनेर थाहा पाएपछि अब उतैबाट भिसा लिएर भोलि उड्ने भएछन् जर्मनीतिर। भिसा बिना नै उड्ने यात्राको योजना कसले बनाएको होला ? मन्त्रालयमा त्यत्रा कर्मचारी हुन्छन्। कसले के गरेर बेइज्जत हुने काम गरे यो? हैन के अचम्म हो यो।
के रैछ भित्री कुरा, थाहा पाउनेले सुटुक्क भनौँ है।
No related posts.







हिहि हाहा लाज पच्यो!!!! यहाँ नेपालमा जस्तै दादागिरी जमाउने बानि परेका, बिचारा!!
मन परे हरियो, नपरे रातो
2
0
मेरो बिचारमा प्रचण्डको मन्त्रि न पर्यो उसले नै सिक्न बाकी छ सुशिला जस्तो अंग्रेजी बोल्ने र उहा बिष्ट मन्त्रिजु बिना visa जर्मनी आउने आट माओबादी संग मात्र हुँछा है अर्को गल्ति प्रधानमन्त्री बाबुरामजी ले गर्नु vayoni आर्मी helicaptor लियर प्रचण्डको प्यूठान बाट उद्दार गररेर जति पनि कम माओबादी ले मात्र गर्छा अरु कसैले गर्न सकिदैन
मन परे हरियो, नपरे रातो
1
0
मेरो संसारमा प्रतिक्रिया दिने धेरै जसो मित्र हरुले माओबादी मन्त्री वा मगर भएको कारण ले नै प्रतिक्रिया दिए जस्तो छ!
कुनै पनी मन्त्रीको कुटनैतिक राहदानी, भ्रमण र विदेशी प्रवेशाज्ञा मिलाउने कार्य मन्त्रीको स्वकीय सचिव वा सम्बन्धित मन्त्रालयको सचिवको काम हो!
अब मन्त्री आफै नै प्रवेशाज्ञा लिन दौडने हो भने सव्कीय सचिव, मन्त्रालयको सचिव वा सो सम्बन्धी कर्मचारीको के काम! सबी लाई बर्खास्त गरि दिए भै गो नी! मन्त्री लाई देश दिएर हुन्छ? बिचरी नगरी मुर्ख प्रतिकृय न दिउ है मित्र हरु!
मन परे हरियो, नपरे रातो
3
2
हरिलट्ठक र अपराधीहरुले राज गरेको ठाउमा एस्तो हुनु केनै अचम्भ होइन| तर यस्ता कहिँ फुटेको कौडीमा नबिक्ने, दिमाक कुयेकाहरुले सासन गरेको देशको नागरिक भए पछी तेस्को पिडा र अपमान पनि देश र जनतालेनै पटक पटक ब्योहोर्ना परेकोले इ तोरिलौरे हरुको पत्तानै साफ गर्नु पर्ने हो| नेपाल मा राजनीतिज्ञ भनौदा हरुमा ५० भंद्दा बडी फाँसीमा झुन्द्यौना पर्ने छन् भने अर्का १०० भन्दा बडी आजिबन काराबास हुनुपर्ने छन् त अर्को २००/३०० नालायक र पत्मुर्खा भएको कारण बाट पदबाट निकाल्न पर्ने छन् त कोहि जिउदै मरेका लास मर्त्र छन् नेपाल को सरकार चलाएका, र भाबिस्येमा चलुछाम भनेर दिन दिनै झगडै मात्र गरेका बसेका हरु| यस्ता जनावरहरुलाई सज्ने ठाउं र बेबस्था नाभैन्जेल यो भांड भैलो बन्द हुनेवाला छैन|
मन परे हरियो, नपरे रातो
9
0
विदेश गएका मन्त्रिले त्येंहाको विकास तथा राम्रो सिस्टम सिकेर आउलान र आफ्नो देशमा नि तेस्तै विकास गर्लान भनेको त जेल पो जाकिएर आउछन त ए टोक्ने…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
उहिले इ.सं १९९३/९४ सम्म जर्मन मा जान कुनै नेपालीलाई विसा लाग्दैन थियो क्यएरे तेसैले बिस्टजीले अझसम्म तेही निएम होला भन्ठान्नु भो होला |
तर नेपालको अध्यागमन विभाग चाही के भएको नी त्यस्तो? मन्त्री भन्दैमा विना भिषा नै जहाजमा वोडिङ पास दिने कस्ता जहाजका कर्मचारीहरु ? संसदमा वन्दुक वोकेर जाने विष्ट जीलाइ मन्त्री भए पछि र रातो पासपोर्ट लिएर जहाँ पनि विना भिषा नै जान पाइन्छ भनेर सिकाइदिने मुर्ख को होला ?
अब नैतिकता (जुन छैन ) को आधारमा राजिनामा पो दिने कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
नेपालमा टाउके हरुको हाली मुहाली चले जस्तो सोच्नु भाथ्यो होला मन्त्रि ज्यु ले l विचरा कस्तो लाज भयो होला मा नेपाल को मन्त्रि हुँ भन्दा , मन्त्रि जस्तो मान्छे बिना Visa ? पेपर Visa पाएँ भनेर हतार हतार कुद्दिदिने ? Stamp Visa लगाउने समय सम्म पनि पर्खन सक्नु भएनछ l कति हतार त विदेश घुम्न ? हतार हतार को काम लतार पतर भने जस्तो भएन त मन्त्रि ज्यु ?
पहिले त कतारमा भएको समाचार थियो पछी राम्रो संग बुझ्दा U A E मा पो रहेछ l Media ले पनि साह्रो हतार गर्ने, Media लाई त त्यति धेरै हतार कुरा नै नबुझी समाचार भटाभट पोस्ट गरिदिने, मन्त्रि विना Visa उडीदिने अब कसलाई के भन्ने ?????
मन परे हरियो, नपरे रातो
4
0
खै के हो के हो हामी जनता हरु कहिँ जान लाई विसा को लागि अपलाई गर्दा कौरब हरु को चक्रब्युह मा जस्तै अल्झाई दिन्छन र अन्त मा विसा दिदैन के के पुगेन भनेर रोकिदिन्छ , तर खै त ???……………. जो अगुवा उही बाटो हगुवा भयो यो त !!!!!!!
मन परे हरियो, नपरे रातो
5
0
उड्डयन मंत्रीको नै उडानमा गडबडी ??!!
- शृंखलाबद्ध प्रगति र सिकाइको नियम अनुसार अगाडी बढेको व्यक्ति भए पो यस्ता व्यवहारिक संयन्त्रका सामान्य ज्ञान हुन्थ्यो !!
चन्दा असुलीको पत्र काट्दा काट्दै मन्त्रि बनेकोहरूले देशको साख: त तन्नम नै पार्ने भयो !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
यस्ता हल्लनटाट नेताले आविष्कार गरेको संघिएता यो देशमा आयो भने देशको हालत पनि अबुधाबी मा फसेका मन्त्रि बिस्टकै जस्तो हुनेमा कमसेकम मेरो चाही सन्देह रहेन !
मन परे हरियो, नपरे रातो
9
0
नेपाल को अध्यागमन ले के घोडा को फुल हेरेर बसेको थियो रे ?मन्त्री भनेर लुतुकै छोड्यो होला | अब त नेपाल मा मन्त्री र सभासद को मात्र निगरानी राख्दा हुन्छ | जनता त सधै को बिचरो हो जय नेपाल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
11
0
नेपालको बहालवाला कयाबिनेट मन्त्रि विसा नभई विदेश जाँदा बिदेसी एर पोर्ट मा पक्राउ परेर थुनिनु परेको सायद यो पहिलो रेकर्ड होला !!! वा वा वा डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री को अर्को राष्ट्रिय कीर्तिमानी !!!! र साएद अन्तर्रस्त्रिया कीर्तिमानी पनि होला!!!!
मन परे हरियो, नपरे रातो
11
0
नेपाल मा हैकम देखायर म मन्त्रि हु जे गरे पनि छुट हुन्छ भने जस्तो लग्यो होला बिदेस पर्यो नियम र कानुन मा चलेको देस, अरु देसको मन्त्रि हरु आउदा कत्रो संमान हुन्छ हाम्रो देस को मन्त्रि हरु बाहिर जादा कहिँ कालो झन्डा ले स्वागत गर्छन कहिँ हिरासत मा लान्छन मन्त्रि लाइ जेल र हिरासत मा जाने क्रम आहिले मन्त्रि हरु को धेरै बढेको छ नेपाल मा त कुरै भएन बिदेस को हिरासत मा पनि बाकी रहेन थुक्क इजत नभएको नेता हरु नेपाल को भन्न पनि लाज लाग्ने देस को बेइजत
धाम हिरासत
र जेल जाने क्रम बढेको छ तपाई नेपाल को हिरासत
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
3
लोकेन्द्र बिस्ट भन्ने मन्त्रिचै नेपालको सबभन्दा हरिलाठ्क महामुर्ख , अनपढ ग्वाक , गवार मन्त्रि रहेछ. बिना VISA जर्मनी जना सकिन्छा भन्ने कसरि सोचेको होला.बकवास……..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
3
यिनीहरु जंगल बाट आएको जंगलमा विसा चहिन्दैना थियो तेसकारण अरुदेस्म पनि विसा चहिन्दैना जस्तो लागे होला जन्ग्गाली मन्त्रि लिई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
मन्त्रीलाई मात्र सबै दोष थोपर्नु त्यति न्याय संगत नहोला / उनको यो विदेश भ्रमण नै पहिलो हो भने कतिपय कुरा थाहा नहुन सक्छ / मन्त्रि लै सबै कुरा थाहा हुनु पर्छ भन्ने पनि छैन / अहिलेका मन्त्रीहरु सामर्थ्यको हिसाब ले छानिएका पनि होईनन / कुन कुन देशमा जाँदा भिसा चाहिन्छ र क-कसले भिसा बिना विदेश सयर गर्न सक्छ आदि इत्यादी कुराको हेक्का राख्ने जिम्मेवारी त अध्यागमन कर्मचारीकै हो / हंगकंग मा जाने धेरै नेपाली हरुको पासपोर्टमा बकाइदा भिसा भएर पनि अनेक तरहका बखेडा झिकेर पैसा नतिराई कन जानै नदिने अध्यागमनका कर्मचारीहरुले मन्त्रीजीको पासपोर्ट राम्ररी चेक नगर्नु र मन्त्रीको सचिवालयका कर्मचारी, निजि स्वकीय सचिब र मन्त्रि स्वयम् कै पनि गल्ति कमि कमजोरी भएको देखिन्छ / जे होस् सबैले यो गल्ति बाट गतिलो पाठ सिक्ने मौका पाए /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
20
रामजी ले भने जस्तो नेपाल एरपोर्ट मा नै visa चेकक गर्नु पर्ने नि!! माओबादी नेता भन्न साथ तर्सेर छाप लगायो होला अनि अबुधाबी मा stranded भयो/ कहिँ न कहीं त रोकी हल्छा visa नभए पछी! हरि लंथु PA लै जागिर ख्वायो होला अनि, यस्तै त हुन्छ नि/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
0
माओवादी लोकेन्द्र बिमानस्थलमा लुत्रुक्क लत्रेको थाहा पाएर कांग्रेस र एमालेकाहरु तिघ्रा ठटाई ठटाई हाँसे होलान!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
26
भनेपछि तपाई पनि तिग्रा ठटाई ठटाई खित्का छोडेर पेट मिचिमिची उफ्रेर आँसु आउनेगरी हास्नुभायो….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
अर्काको दुखमा हाँस्ने म परपीडक होइन !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
14
अरुको दुखमा नहास्ने मान्छे, को को के के ठटाई ठटाई हास्छन भन्ने त थाहा रहेछा नि त हजुरलाई……
मन परे हरियो, नपरे रातो
10
0
सहि भन्नु भयो “सालोक्य” जी ……यस्ता त मन्त्रि छन्, अनि देश कसरि उभो लाग्छ ????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
यो मन्त्रि मात्रै किन प्रधान मन्त्रि पदमा रहेको गिरिजा बाबु पनि यक चोटी बिना पासपोर्ट बिदेस यात्रामा जाँदा यसरीनै अध्यागमन कार्यालयले यसरीनै समातेको थियो नि/
मन परे हरियो, नपरे रातो
8
3
(बिष्टले सम्झाईदिए लाश भन्दा पहिले घाटमा मलामी पुगेको त्यो दिन)
केहि बर्ष पहिले मेरै गाउँमा कांग्रेस नेता अर्जुन नरसिंह केसीका १३ दिने आफन्तजनमा परेको घटना पर्यटन मन्त्री लोकेन्द्र बिष्टले सम्झाईदिए । केहि बर्ष अघि उनका निकट भाई पर्नेको अन्तिम अवस्था भईसकेको र अब बाँच्न नसक्ने स्थिती चिकित्सकले बताएपछि अक्सिजनको पाईप झिकिएको केहि क्षणमा नै उनको मृत्यु हुने जानकारी दिए । अस्पतालमा रहेका कुरुवाले …विरामीको घरमा फोन मार्फत अब अन्तिम तयारीको साथ आउनु भनेपछि विरामीका आफन्तजनले चाहिँ चितवनको देवघाटमा जलाश्रयको लागि लैजाने भनी तुलसीको बिटा र क्रिया पण्डितलाई लिई अस्पतालका कुरुवालाई जानकारी नै नदिई देवघाट तिर हानिएछन् । यता सास नगएर बिरामी हस्पिटलमा नै थिए भने उता बस र ट्र्याक्टरमा मलामीहरु देवघाटमा गएर हाई काढ्दै बसेका थिए । त्यो दुर्घटना पनि गलत सूचना प्रवाह र कुरा बुझाईको कमीले भएको भएको थियो ।
त्यस्तै गरी पर्यटन मन्त्री कुन जहाजमा जर्मन जाँदैछन् भन्ने जानकारी समेत नपाएको परराष्ट्र मन्त्रालयको अबुझपनाले गर्दा उनीहरुले दिएको हचुवाफिकेशनको सूचनामा आधारित रहेर समाचार लेख्दा आफुले पनि अलि अलि झण्झट पाईयो । नेपालबाट एक जना पत्रकार मित्रले फोन मार्फत सम्पर्क गरी कतारको एयरपोर्टमा बिष्ट समातिएका हुन् कि होइनन् बुझिदिनु पर्यो भनी अनुरोध गरेपछि कतार स्थित दुतावासमा सम्पर्क गरेँ । कार्यवाहक राजदुतले पनि हो होइन बुझ्नको लागि दोहा एयरपोर्टको अध्यागमन विभागमा जन सम्पर्क अधिकृतलाई धेरै पहिले नै पठाईसकेको जानकारी दिए । कार्यबाहक राजदुतको भनाईलाई आधार बनाएर समाचार बनाई विभिन्न मिडीयामा पनि दिईटोपलेको त बिचरा मन्त्री बिष्टलाई पराराष्ट्रका कुनचाहिँ रुष्ट ईष्टले भाउँतो कुरा सुनाईदिएर उनी लगायत पत्रकार मित्रहरु र पाठक मित्रहरुले दुख पाएका रहेछन् । रातो पासपोर्ट बाहकले बिना भिसा घरदेशबाट परदेश सैर गर्न पाईने किस्सा सुनाईदिएपछि आबुधावीमा गएर पो पुलिसले समातेर खिस्स परेका रहेछन् लोकेन्द्र बिष्ट । मैले समेत बिष्टको इष्टले बिना भिसा जर्मनी उडाईदिएपछि केहि दुख बेहोर्नुपर्यो । धन्य छ, परराष्ट्र मन्त्रालयका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन विभागमा पावरवाला चश्माको मुन्तिर कुईनेटोबाट नियाल्दै काम गर्ने छोटी हुलाकको हल्कारा सम्मको जागीर दिन सुहाउने भालुभुत्ते कर्मचारी र पर्यटन जस्तो मन्त्रालयका मन्त्री महोदय । समाचार लेख्नुको पश्चात्ताप भन्दा पनि इन्द्रियले समेत काम नगर्ने लोकेन्द्र जस्ता मन्त्री जो आफ्नै बिभागीय मर्यादा, अधिकार र दायित्व बुझ्न नसकेको हरिलण्ठुले के देश बनाउलान् खै ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
85
3
l
MAOIST leaders never use brain because they believe on force ;may be he thought Germany is a place somewhere in Rolpa where he can do whatever he wants.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
67
4
नेपालका नेता का एस्ता क्रियाकलाप ले हाम्रो देश कति uneducted छ भन्ने कुरा देखा को छ/ हाम्रो देश को Unqualified leaders को कारण ले हामी सबै ले इज्जत गुमाउनु परेको छ ….
देवेन्द्र शर्मा Texas
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
5
त्यसो नभन्नुस न मित्र ! एस ल सी पास गर्नु भएको छ मन्त्रीज्युले ….. २ टा त किताप नै छाप्या छन् कविताको …. .मन्त्रि नै भए पछी त अरु कुरो के गर्नु ……….मन्त्रि ज्युले कलंकिबाट टिकट किने झैँ सम्झे जस्तो छ | म्रो बिडम्बना ….!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
0
अब अर्को एउटा किताब थपिने भो। किताबको शिर्षक चाहीं यी मध्ये एक हुने होला:
१) भिषा भिषा .. अ भिषा प
२) जर्मनी जान त भिषा पो चाहिने रहेछ गाँठे
३) अबुधाबीको त्यो रात
४) भिसारहित विश्वको परिकल्पना
५) भिसारुपी साम्राज्यबाद
६) भिसा र प्रतिक्रान्ति
७) मार्क्सको देशमा कम्युनिष्टलाई भिसा किन ?
८) ए बुढी, भिसा भिसा भन्छन्, के रछ हँ यो भिसा भन्ने? (खण्डकाव्य)
१०) भिसा महात्म्य
……………………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
एउटा छुटेछ
”भिसाले पिसाब ल्यायो ”
मन परे हरियो, नपरे रातो
1
0
सबै कुरा लाइ हामी नकारात्मक ले मात्र हेर्नु हुदैन .हाम्रो उखानै छ नि कम कुरा एकातिर कुम्लो बोकी थिमी तिर भने झैं / विदेश जाने मन्त्रि जस्तो जेम्बेवर व्यक्ति ,आफ्नो कग्जाज राम्ररी नहेर्नु, उनका पी ए भनौदा हरुले पनि नहेर्नु यो भन्दा गैर जिम्बेवार बेजत को घर के हुन सक्ला ? यस्ता हरु बाट हामीले के आशा गर्ने ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
थुक्क! लाजमर्नु| सारा नेपाल र नेपालीको वेईज्जत| के को बबाल यस्तो?
यस्तोले पनि पर्यटन मन्त्रालय सम्हाल्न सक्छ? जर्मनी जाँदा भिसा नबोकी जाने नियम के पर्यटन मंत्रीको हो? पैले मन्त्रीलाई हटाईयोस र त्यसपछि मन्त्रीका निकम्मा स्टाफ र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाही गर्नपर्यो| भिसा नभई जर्मनी जान दिने अध्यागमनका घुसिया कर्मचारीहरुलाई पनि तु कारवाही गर्नपर्छ| साधारण जाने जनतालाई दुख दिने अध्यागमनले कसरी भिसा चेक नगरी मन्त्रीलाई पठाए?
कन्फरेन्समा जाँदा पनि पत्नी लगेर जानु के हो यो त् शब्द्जाली प्रदिप नेपालकै नियम भयो|
अन्तमा, इत्तिहाद एयार्लायेंसको पनि यो गैर जिम्मेवारीपन हो| साधारण नेपाली यात्रुको दश चोटी पासपोर्ट पल्टाएर हेर्ने र अनेक थरि प्रश्न गर्ने तर मन्त्रीलाई टिकटमा फाईनल डेसटीनेसन नहेरेर सोझै जान दिने? नेपालमा मन्त्रि भए पछी जे पनि गर्न हुन्छ र जे पनि गर्न दिने चलनले नेपालीको नाकमा गुहु लगाएको छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
3
बेईजेती मोरा ! तेती सम्म त ज्ञान हुनु पर्ने !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
1
बिचारहरु भरकर त जंगल बाट आयका हुन् ,,,नेपाल मा जस्तै विदेश मा पनि कानुन मिचेर hero हुन खोजे होला ,,,,,यो सबै सभ्यताको पाठ नसिकेको राम्रो उदहारण हो ,,,,मन्त्रि ज्यु ,,,,,तिमीहरु व्यक्तिको त इज्जत छैन सबैलाई थाह छ अब त देसको नै इज्जत फाल्न लगेउ है ,,,,,,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
2
विदेश उड्दा VISA बोकेर उड्नु पर्दछ भन्ने ग्यान नभएका मन्त्रि पर्यटन मन्त्रि अनि येस्ताले विदेश मा भएका पर्यटन गोस्ती मा भएका पर्यटन सम्भंदी के बुझन र देश मा पर्यटन को लागि के पहल गर्न सक्छन होलान र ? देश मा सच्हम , योग्य पढेलेखेका व्यक्ति मन्त्रि हुन् खडेरी नै लागेको होकी के हो ? यो मन्त्रि को बेईजीत मात्र नभएर सारा नेपालि को बेइजेत सम्झनु पर्ने हुन्छ तेसैले येस्ता मन्त्रि लाइ तुरुन्त अबुधाबी बाट जर्मन जान नदिई नेपाल फर्काइ मन्त्रि पद बाट हटाइ अर्को सच्हम व्यक्ति बाबुराम ले राख्नु पर्दछ नत्र जर्मनी मा गई तेहा को मेडिया ले र संसार को मेडिया ले यो कुरो संसार भर प्रसारण गरिदिने छन् मेरो बिचार मा /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
1
हो बिदेसमा त कानुन सम्मान हुन्छ / अब नेपालमा फर्के पछी नेपाल बन्द गर्ने कि मन्त्रि जी यसको बिरोध मा/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
मन्त्रीज्यु को बिचारमा त अब त्यो माओबादी मन्त्रि माथि को सदयंत्र हुनु पर्छ /यो बिदेसी को संबिधान बनाउन नदिने सदयंत्र हो /
मन परे हरियो, नपरे रातो
6
0
कथित “जनयुद्द”को बेलामा रुकुम रोल्पामा जान माओबादी बाहेक अरुलाई “प्रबेश-अनुमती” लिनुपर्ने भनेर आफ्नै देशलाई परदेश बनाउने कमरेड आज बिदेश जांदा आफुले भिसा नलिकन उड्नु र बिदेशी भुमीमा पुलिशको खोरमा थुनिनु कस्तो बेइज्यति ? सायद यि माओबादी नेताले संसार जितिसकेको र सबै देशमा आफ्नै हैकम चल्छ भन्ने दिबा सपना देखेको कारण यस्तो भएको होला ? यिनीहरु नांगै हिडे पनि केहि थिएन तर मन्त्रीको हैसियतमा रास्ट्रकै यत्रो बेइजेतीलाई कसरी बुझ्ने ? नगरिक उड्यन मन्त्री भिसा नलिकन बिदेश जाने !के यो माओबादी क्रम भंगता कै सिल सिला होला ? @दिल्ली ढकाल .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
1
खै के खै के यो “मुलाको सागले” के गरेको होला !
मन्त्रि भएको मान्छे ले हिड्नु भन्दा पहिला Visa लागेको नलागेको हेर्नु पर्छ कि पर्दैन ?
आफ्नो देशमा त नियम कानुन छैन तर अरु देशमा त नियम हुन्छ नि मुलाको साग !
German जाने भन्दा साथै मुलाको सागले सबै कुरो भुलेको जस्तो छ !
एरपोर्ट मा सोधेर मुलाको सागलाई “हगम कि मुतम” बनाए को होलान !
मन्त्रीलाई फेरी त्यहाको भाषा नआएर English मा फर फरती बोल्दा त त्यहाका कर्मचारी हरुलाई वहाको जवाफ दिनै गारो भएको पनि हुन सक्छ !
“मुलाको सागले “फेरी नेपाल फर्कदा पनि Nepal को visa चाहिन्छ भनेर त्यहाको नेपाली Embassy मा गएर नेपालको visa लगाउला !
धेरै पढेर धेरै दिमाग भएपछि गारो हुदो रहिछ होइन त हर्के हवल्दार ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
1
नेपालको रातो पासपोर्ट वोकेका विभागीय मन्त्री त्यो पनि पर्यटन मन्त्री ऽ अवुधावीको पुलिसको कस्टडीमा ४८ घण्टा हावा खादैछन । क्या गजव मन्त्री जी ऽ विना भिषै जर्मन जानखोज्दिने ऽऽऽ नेपालको अध्यागमन विभाग के भएको नी त्यस्तो ऽऽऽ मन्त्री भन्दैमा विना भिषा नै जहाजमा वोडिङ पास दिने कस्ता जहाजका कर्मचारीहरु ऽऽऽऽ संसदमा वन्दुक वोकेर जाने विष्ट जीलाइ मन्त्री भए पछि र रातो पासपोर्ट लिएर जहाँ पनि विना भिषा नै जान पाइन्छ भनेर सिकाइदिने मुर्ख को होला ।।।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
गणतांत्रिक नेपाल को गोठाला भनौदा हरु ले देस को इजत पानि मा मेटौनि भय/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
सक्कली पासपोर्ट मा नक्कली भिषा परे जस्तो छ. कर्म चरी ले विचार गर्नु पर्ने … एक पटक गिरिजा प्रसाद कोइराला को पासपोर्ट पनि हराएर कहाँको हो कुन्नि ऐर पोर्ट मा बस्नु परेको सुन्न मा आएको थियो …
यो मन्त्रीको गल्ति नभई कर्म चरीको हो ..
मन परे हरियो, नपरे रातो
7
4
स्याबास आबुधाबीका प्रहरी हो, हाम्रा मन्त्रीको चेत खुलाइदिएकोमा !
हाम्रा पर्यटन मन्त्री लोकेन्द्र बिष्ट आबुधाबीको प्रहरी नियन्त्रणमा परे । अरुलाई दुख लागेहोला । मलाई त सारै स्वाद लाग्यो । दिल हाँस्यो । मन रमायो । ह्रिदय गदगद भयो । किन ? कुरो सोझो छ । धेरै नेपालीले यस्तै दुख कस्ट भोगेकाले त्यसको स्वाद हाम्रा मन्त्रीलेपनि चाख्न पाएकोमा ।
प्रशासनका हाम्रा चोर कर्मचारीहरुको नियतनै बिदेश जाने नेपालीलाई फसाउने, हेप्ने, कागज बिगारिदिने र दुख दिने हुन्छ । तिनले बिदेश जान लागेका नेपालीलाई यति हेप्छन् कि पासपोर्ट बनाउन गएदेखिको हेपाई शुरु हुन्छ । सर्वसाधरणले यति दुख भोगेका हुन्छन् कि यी मन्त्री भनाउँदाहरुलाई कुनै ज्ञान हुन्न नत मतलब नै गर्छन् ।
पासपोर्ट बनाउन जानुस् तपाइँ ठाडै घुस माग्छन् । नदिए के भन्छन् ? पासपोर्टको फोटोमा आँखा देखिएन, कान अलि कुच्चिएको देखियो किन ? पासपोर्टमा तपाइको नाम ह्र्स्व, नागरिकतामा किन दिर्घ ? यो तपाईनै हो भन्ने के ग्यारेन्टि छ ? सहि किन नागरिकता र पासपोर्टमा अलग ? आज हुन्न भोलि आउनुस् । आज हाकिम साप मिटिङमा हुनुहुन्छ । आज सिडियो सापको कुन्नि के पर्यो रे । केहि कारण चाहिन्न । बेक्कारमा दुख दिन्छन् यस्तै सोधेर ।
झगडा गरिगरि घुस नदिकनै पासपोर्ट बनाउन सफल भए अर्को तरिकाले दुख दिन्छन् । के गर्छन् ? जानि जानि त्यो घुस नपाएको झोंकमा पासपोर्टमा कुनै कुरा गलत लेखिदिन्छन् । दुख पाओस भनेर । बल्ल बल्ल पासपोर्ट बनाएर उड्यो । बिमानस्थलमा शुरु हुन्छ दुख दिन । घुस माग्न थाल्छन् । ‘तपाईको हाम्ले यत्रो काम गरिदियौं, टिकटमा रबर स्ट्याम्प हानिदियौं, झोला मिलाइदियौं, २० किलो भन्दा लान नपाउनेमा २५ किलो छिराइदिएँ, फर्म भरिदिएँ, केहि त चहियोनी। तपाइ लाखौं कमाउन बिदेश जने हाम्लाई नी चाहियो नी केहि त ।’ ठाडै माग्छन् ।
नदिए ? उहि हो कि त पासपोर्टमा केरमेट गरिदिने । डिपाचर स्ट्याम्प नै नहानीदिने । टेबलमुनि लुकाएर पासपोर्टको एक पन्नानै झिकेर फालिदिने । बिमान टिकटको एक पन्ना च्यातेर मिल्काइदिने । जब उड्छन् नेपाली हाम्रो बिमानस्थलबाट । तब अर्को देशमा पुगेर पाउँछन् सास्ति । भोग्छन् यातना । यस्ता कुरा नियन्त्रण गर्ने । निगरानी गर्ने । कडाई गर्ने । खराब कर्मचारीलाई कारवाही गर्ने कसले ? नीति नियम पालना भए नभएको जाँच्ने कसले ? मन्त्रालयले । मन्त्रीले होइन ? कहिल्यै गरेका छन् यस्तो ? सधै भाषण ठोक्ने, नेपालको ढुकुटी सिध्याएर मेला जाने, बिदेश घुम्ने । आफ्नो पासपोर्ट कर्मचारीलाई दियो उसले भिसा हानेर ल्यादिन्छ । राति पासपोर्ट शानले बोक्यो हिँड्यो । बिमानस्थलमा पुलिसले सर का सर लगाउँछ, भारि बोकिदिन्छ अनि बिशेष सिटमा गएर बस्यो । बिदेशमा बिमानस्थलमै लिन आउंछन् राजदूतहरु चाकरी ठोक्दै । तिसित चर्का चर्का कुरा गर्यो मोजमस्ति गर्यो । मेजमानि लियो । कार्यक्रममा फेरी भाषण ठोक्यो । स्वदेश फर्कियो। अनि नेपलीलाई नेपाली कर्मचारीले दिएको सास्ति यीनलाई मतलव छ ?
नेपालीलाई भनेपछि बिदेशी दुतावासका कर्मचारीले कसरि हेप्छन् । बिदेशी दुतावासमा काम गर्ने नेपालीलेनै नेपालीलाई कसरि मान्छे गन्दैनन् । मन्त्रीकै भिसामा केरमेट हुन्छ भने अरु साधारण नेपालीकोमा झन के होला ? कति ईज्जत रहेछ त हाम्रा मन्त्रीको ? अब हेक्का होला बल्ल हाम्रा मन्त्रीलाई ।
यसरि मन्त्रीनै परेपछि पो बल्ल हेक्का हुन्छ त कस्तो हुने रहेछ दुख । कसरि काम गर्ने रहेछन् तिनका कर्मचारीले । पुलिसले झ्याइँकुटी पार्दा कसरि मन खिन्न हुन्छ । नेपाली कर्मचारीको काम गराई कति लापर्वाहीपूर्ण छ ? अनि पो थाह हुन्छ हाम्रा मन्त्रीलाई । आफैं नपरेसम्म त तिनलाई चेतनै हुन्न । मतलब नै छैन । त्यसैले यी मन्त्रीले स्वाद पाए आफ्नो प्रशासन कस्तो छ भनेर । गजजबै भो । आबुधाबीका प्रहरीलाई लाखौं लाख धन्यवाद हाम्रा मन्त्रीको चेत खुलाइदिएकोमा ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
2
कुन कर्मचारीको बिजोग हुने हो अब
मन परे हरियो, नपरे रातो
10
0
हा हा हा हा … आजको दिन रमाइलो हासो बाट सुरु भयो .. धन्यबाद मन्त्रि ज्यु ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
नेपालको अध्यागमनले चाँही के चेक् गरेर पठाएको नी ? की मन्त्रीले चाँही चेक् गराउनु पर्दैन ? अहिले सम्म मिडियामा आए अनुसार भिसामा छाप लाउन बिर्सेछन रे
खै किन हो नेपाली नेता भने पछी अबुधाबीमा अली कडा चेक् गर्छ ….झन् नेपालको रातो पासपोर्ट त देख्नै हुन्न यो एअरपोर्टमा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
सोल्टी ले सबै ठाउँ हरु नेपाल जस्तै भन ठानेछ। खी खी खी खी
यस्ता यस्ता मन्त्री भएपछि नि देश बिकाश हुन्छ त?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
जर्मन दुताबासले visa त दिएको तर छाप लगाउन बिर्सेकाले उनलाई immigration abudhabi मा रोकेको रहेछा. However they stamped on his wife ‘s visa .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
37
मन्त्रीजी ‘क्रान्ति’ गर्दा दिल्ली गएजस्तै गरि जर्मनी हानिएका होलान…… विजा नलगाई उड्नु हुन्न भन्ने थाहा नहुने मान्छे पर्यटन तथा ‘नागरिक उड्डयन’ मन्त्रि हुने देश कुन हो? —– नेपाल …अर्को गिनिज वल्ड रेकर्ड !!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
हैन दुताबासले बिर्से पनि मन्त्रीले पढ्न जानेका रहेनछन, visa हेर्नु पर्ने हैन ???? हुन त पढ्ने बेलामा मान्छे मार्न लागे, उनलाई त कसरि अपहरण गर्ने, मर्ने भन्ने थाहा छ, visa कस्तो हुन्छ के थाहा !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
येस्तई काइते र झेली कुरा गर्नुस मनिष ढकाल जी! गल्ति आफु गर्ने दोस अरुलाई दिने संस्कार भएको ले देस आजको अबस्थामा पुगेको हो !
मन्त्रिले पनि गल्ति स्वीकार गर्नु पर्छा र देसको बेइज्जत भएको मा माफी माग्नु पर्छा ! पररास्ट्र मन्त्रालय र विसा नहेरी दीपर्चार छाप हान्ने विमानसथलको कर्मचारी लै त कारबाही हुनुपर्छा ! भाते हरु मन्त्रि भनेपछि चाकरी मात्र बजाउने, धनुस्तंकर नमस्ते मात्र गर्ने कि काम गर्ने????
मन परे हरियो, नपरे रातो
6
0
सक्कली पासपोर्टमा चै भिसा थियो कि ?????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
12
हाम्रा देश का खाते नेता हरु अनि तिनीहरुले नेपाली जनता माथि गरेजस्तो हेल्च्याक्रै जस्तो अरु विदेश मा गएर नेपाल मा जस्तो जे गरे पनि हुन्छ, चल्छ भन्ने मनस्थिति भएको कारण बिस्ष्ट समातिएका हुन् र यस ले नेपाल मा पररास्ट्र नीति को कमजोरी र लापर्बाहिता को स्पस्ट संकेत दिएको छ र विदेश मा कोहि पनि कानुन भन्दा माथि छैन भन्ने कुरा प्रस्ट छ. र अन्त्यमा नेपाल को बेइजत गर्ने मन्त्रि लाइ नेपाली सग गएर माफ माग्न र राजदुताबास को अर्थ बुझ्न आग्रह गर्न चाहन्छु./
मन परे हरियो, नपरे रातो
8
0
विसा बिना टिकेट कसरि दियियो अनि नेपाल मा ऐरलिन्येसले कसरि उड्न दियो…..अब कसको जागिर जाने भो…..
मन परे हरियो, नपरे रातो
6
0
मन्त्रिजिउ काठमाडौँ औनेबितिकै २०-३० सदसिये छानबिन टोलि गठन गरिहाल्नुस , कसले एस्तो उन्पद, गवार , बुद्दी नभाको मान्छे लाई मन्त्रि बनाको कडा कारबाही हुनुपर्छ अनि येस्ता लाई vote दिने लाई नि छोड्नु हुन्न …
मन परे हरियो, नपरे रातो
9
0
भुस्याहा कुकुरको बरु भाउ होला नेपालका मन्त्रीको कुनै भाउ छैन हुनु पनि कसरि चाहिने भन्दा बढी भए पछी.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
मलाइ त् तेत्रो मन्त्रालय निजि सचिबालय हरुले के हेरे होलान भनेर अचम्म लाग्यो गाँठे…….!!! कि मन्त्रि ज्यु कसैलाई खबर नगरी सुटुक्क बुढी लिएर कुलेलम ठोकेका रैछन हँ …..!!!
मन परे हरियो, नपरे रातो
8
0
विदेश जादा भिसा समेत पक्का नगर्ने र पदीय आचरण गर्न नसक्ने, कुटनैतिक बिषयमा “कु” पनि नजान्ने येस्ता नेपालका मन्त्रीहरुले गर्दा हामी सारा नेपालीको शिर निहुरेको छ, त्यसभन्दा पनि अर्को महत्तोपुर्ण कुरा त त्रि.बि. अध्यागमनले भिसा बिना कसरि मान्छे विदेश पठायो भन्ने कुरा आउछ, जोसुकै होस् भिसा बिना मान्छे विदेश पठाउन मिल्छ? अरबियन कोर्राको स्वाद चाख्नु पर्ने हो कि हाम्रा निर्लज्ज मन्त्रि ले !
मन परे हरियो, नपरे रातो
11
0
अब नेपालमा पो मन्त्रि ज्यु लै जे गर्ने पनी छूट छ त अब क्रान्तिकारी मन्त्रि न ठहरे नेपाल मा दादागिरी गरेको बानि भिसै नलिएर चल्दिये विदेश अनि नसमायेर भो र….!!! नपत्याएको नत्र नागरिक को यो लिंक हेनुस न त….!!! http://www.nagariknews.com/politics/party-politics/37645-2012-03-06-11-11-06.html
मन परे हरियो, नपरे रातो
4
0
लौ अब मन्त्रि ले पनि यस्तो कुरा थाहा नपाएर हो कि मन्त्रि र नेता भएपछि जे गरे पनि हुन्छ भन्ने लागेर होला अचम्म भयो लौ नेपाल अनि नेपाली को बेईजेत भएनर ?? सायद नेपालमा त ठुलो लाई कानुन लाग्दैन नि बिचार मन्त्रि ज्यु लाई संसार नै नेपाल जस्तो लागोकी क्याहो ??
मन परे हरियो, नपरे रातो
6
0
फ्री इंडिया उड्ने,गुड्ने बानी बसेको नेताहरुलाइ जर्मनी पनी तेस्तै हो भन्ठाने होलान क्यार /
यस्ता त नेता छन्,, के पासपोर्ट हेर्न पनि आउदैन कि के हो भने?
गर्नु त गर्नुस तर अतिचाही नगर्नुस,कम्सिकम देशको त बदनाम नगर्नुस /
अब फेरी जर्मनी आउनु हुन्छ? के को मुख लिएर? अलिकति सरम छ भने तपाई चाही नआउनुस/
मन परे हरियो, नपरे रातो
10
0
हुन्छ हुन्छ एक दुइ जनालाई उतै थुनेर राखे पनि छुन्छ |येत्रो धेरै मन्त्रीहरु छ ,कोइ बिदेस मा थुनिदैमा ,कोइ स्वदेस मा थुनिदैमा ,कोइ कोठी धौदैमा बाबुराम डाक्टर को काम रोकिएको छैन क्यारे |
येक दुइ जना थुनियेला,कोइ जुलुस मा पर्ला भनेरै त् ठुलो मन्त्रीमंडल बनाको हो |काम चै रोकिन भएँन |यी खान को काल भए ,न भए के फरक पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
नेपालका एरपोर्ट हरुको भ्रमण गर्दा १३ लाख झ्वाम पर्ने मन्त्रि लाई बल्ल ठिक्क परेछ, दुइ चार वर्ष त्यति को जेलको हावा खुवाउन पाए अझ कति राम्रो हुन्थ्यो होइन र साथिहरु हो, के भन्नु हुन्छा ?
मन परे हरियो, नपरे रातो
13
0
हरे शिव , नेपालका मन्त्रि पनि कस्ता कस्ता , विदेश जाँदा भिसा चाहिन्छ भन्ने कुरा पनि थाहा नभएका। अजब नेपाल गजब नेपाली।
मन परे हरियो, नपरे रातो
5
0
होइन कस्तो हो नेपाल का मन्त्रीज्यु हरुलाई यस्तो कुरा पनि थाहा नभएको..विद्वान हरुको अगाडी त खुब भाषण छाडछन, यीनकै कुरा ठुला यीनकै कुरा सत्य, यिनै जाने सुनेका, यिनै पढेलेखेका, यिनै ब्रह्मज्ञान प्राप्त गर्ने भएका, यिनै त्रिलोक दर्शन गर्ने भएका, यिनै सर्ब-ज्ञानी..आदि आदि..अब पनि समाज मा बडो विद्वान पल्टेर भाषण गर्न लाज लाग्छ कि लाग्दैन होला मन्त्रि ज्यु लाइ…अनि श्रीमती को के काम होला नि…जर्मनी मा…की किनमेल हो…साधारण कुटनैतिक प्रक्रिया समेत पुरा नगरेर हरे…के बिजोग देख्नु परेको होला..कुटनैतिक परिभाषा, मान्यता र परिधि को किताब किनेर मन्त्रि ज्यु लाइ उपहार दिनु पर्ला जस्तो छ….
मन परे हरियो, नपरे रातो
10
0
येस्तई हो नि गरिब देशको मन्त्रि भय पछी के के भोग्नु पर्छा थाहा पाय मन्त्रि ले पनि / अरु राष्ट्रहरुको मन्त्रिहरु Transit Visit हुदा VIP Gate पर्योग गरि अरबिक बिरयानी खायर, सिटी टुर गरेर, फ्रेश भयर VIP सुबिधा पर्योग गर्दै बिमानमा बस्छन / एस्तो घटना हुनुमा मन्त्रिको व्यस्थापन कमजोरी त सोझै छ. साथै अबुधाबी स्थित नेपाली दुताबास संग समन्वय गर्न चुके कि ? अरु देशका तुलनामा हाम्रो नेपाल दुताबास पनि युएइको विदेश मन्त्रालय संग सुमधर सम्बन्ध स्थापित गरि अरु देशले जस्तो सुबिधा पर्योग गर्न नसकेर पनि होला / दुताबास अधिकारीहरु कुनै पनि बेला अध्यागमन त के बिमान सम्म पुग्ने PASS पौछान/ समस्त नेपालीलाइ नै दुख लाग्दो समाचार हो /
मन परे हरियो, नपरे रातो
4
0
उ बेलामा आफ्नै नेपालको डाडापाखा घुम्दापनि भिसा माग्ने कामरेड अहिले त आफै बिना भिसा देशबिदेश शयरमा निस्केछन । त्यसो त कामरेडहरु जंगल पस्ने सुरसार कस्दैगर्दा जर्मनि जान भिसा चाहिन्नथ्यो क्यारे। त्यसपश्चात नेपालिभुमिमा कैयौ नेपालिका रगत त बग्यो नै, संसारका नदिहरुमा पनि धेरै पानी बगिसक्यो कामरेड !
मन परे हरियो, नपरे रातो
11
0
हा हा हा हा i cant stop laughing
मन परे हरियो, नपरे रातो
3
0
हा हा हा…… बिस्ट को छोरो पो हु त भन्थे TV मा… हो रहेछ….. कस्तो आट visa बिना नै जर्मनी जना लागेको….. रोल्पा रुकुम गएको जस्तो लाग्यो होला…. थुक्क !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
कहाँ जाने भिसा छ छैन नबुझी हान्निए होलान मामाघर गएजस्तो | फेरी म त मन्त्रि पो के को भिसा भन्ठाने होलान | मन्त्रालयका तेत्रा जान्ने सुन्ने सचिब, सहसचिब, उपसचिव कसैलाई पत्तो नभाको त होइन होला | अब उदाहरण हुने भो “मन्त्रि त डिपोर्ट भए अरु को हुन् र ?”
मन परे हरियो, नपरे रातो
8
0
राम -राम -राम !!!!! यस्ताको हातमा नेपालको भबिष्य !!!!! तर अर्कालाई किन दोस !!!! आँखा चिम्लेर पार्टीको Logo हेरेर पठाएको हामीले नै हो !!!!!!! यदि qualification र Quality को मतलब नहुने हो भने हामीले यत्रो पैसा,समय खर्च गरेर पढेको के काम ?????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
nepal airport मा boarding pass लिदै जाने destination को visa check हुनु पर्थ्यो खोई त ?????????????????????????? nepal सुति रहेको छ प्रभु !!!!!!!!!!!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
खोइ उनको पनि कतै अन्तरास्ट्रिय अदालात मा मानब अधिकार हनन को मुद्धा छ कि ,
पूर्व आतंकबादी त परे ,कता कता मुद्धा छ थाह नै हुदैन
प्रह्लाद मिश्र
सताशी धाम ८ झापा
मन परे हरियो, नपरे रातो
13
1