युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

धन्न, नक्सामै भए पनि बन्यो काठमाडौँ मेट्रो

गत वर्षको जुलाई १५ मा माइसंसारको ब्लगमा यो फोटोसहितको ब्लगमा काठमाडौँमा मेट्रो रेल बन्ने कल्पना गरिएको थियो-

-हेलो उमेश, कहाँ छस् तँ ?
- म कलंकीको फ्लाइओभरबाट कालिमाटी पुगेँ, दुई मिनेटमा कोटेश्वरको छ लेन सडकमा पुग्छु, सुरेश तँ कता नि?
- म इन्द्रचोक स्टेसनबाट मेट्रो रेल चढेर कोटेश्वर स्टेसनबाट उक्लनेछु। बरु रमेश कता पुग्यो रे ?
- भर्खर फोन गरेको थियो भिमफेदी–हेटौडा सुरुङ मार्ग पार गरेर नौबीसे-नागढुङ्गा सुरुङ मार्गमा छ रे। एकछिनमा कलंकी फ्लाइओभरमा आइपुग्छ ऊ पनि

सात महिनामा नै यो कल्पना नक्सामा भए पनि उत्रिएको छ। हिजो भौतिक योजना तथा निर्माण मन्त्रालयले काठमाडौँ मेट्रोको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ। त्यसो त नक्सा केही अघि नै पनि केही पत्रिकामा छापिएको थियो, तर हिजो भने सरकारी तवरबाट औपचारिक रुपमा यसलाई सार्वजनिक गरिएको हो। यो नक्सा अनुसार हाम्रो सात महिना अघिको कल्पनामा गरिएको इन्द्रचोक स्टेसन हुनेछैन। बरु इन्द्रचोकबाट अलि टाढा रहेको जमल शहरभित्रको मुख्य ट्रान्सफर स्टेसन हुनेछ जहाँबाट ७ विभिन्न ठाउँमा जान सकिनेछ।



हाललाई नक्सामा मात्र सीमित भएकोले यसमा निकै परिवर्तन हुनसक्ने पनि हिजो मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। यसको स्पिड प्रतिघन्टा १ सय ६० किलोमिटर हुन्छ रे। अर्थात् सातदोबाटोबाट नारायणगोपाल चोक जान १५ मिनेट लाग्नेछ। न ट्राफिक जामको झण्झट न चक्काजाम। ५ लाइन, १८ स्टेसन। भनेको ठाउँमा ड्याङ्ग छत ठोकेर टेम्पो रोकिरहेका यात्रुलाई भने गाह्रो हुनेछ। जथाभावी ठाउँमा बस रोकेर चढ्ने र ओर्लने यात्रुहरुलाई स्टेसनमा मात्र चढ्ने र ओर्लने बानी बसाल्न पनि गाह्रै हुनेछ।

कोरियाको चुङसुङ इन्जिनियरिङ, कोरिया रेलवे नेटवर्क अथोरिटी तथा नेपालका तर्फबाट इएमआइसी तथा बिडिए नेपालले मेट्रो रेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो। यसै अन्तर्गत यो नक्सा सार्वजनिक भएको हो। सरकारले यसलाई अनुमोदन गर्दै अब पूर्ण सम्भाव्यता अध्ययन गर्न भनेको छ। अब डिसेम्बरसम्म पूर्ण सम्भाव्यता प्रतिवेदन बुझाइनेछ।

भन्नलाई अहिले मेट‌्रो रेल भनिए पनि अरु ठाउँमा जस्तो जमिनमुनिबाट बनाउँदा पैसा धेरै चाहिने भएकोले अब चाहिँ जमिनमाथिबाट बनाउनेबारे अध्ययन हुने रे। अहिलेलाई नेपालमा एउटा मात्र जमिन मुनिको बाटो छ- भोटाहिटी सबवे। त्यो पनि पानी पसेर पसलेहरु हैरान छन्।

तपाईँहरुको पनि काठमाडौँ मेट्रो बारे केही सुझाव छ कि, अध्ययनको क्रममा रहेकोले नेपालको रेल विभागले तपाईँको सुझावलाई पनि ध्यानमा राख्छ कि!

70 comments to धन्न, नक्सामै भए पनि बन्यो काठमाडौँ मेट्रो

  • sabi kayastha

    हामीलाई यो नेता हरु माथि विश्वास छैन मेलम्ची को पनि त अहिले सम्म कता हो कता फेरी मेत्रेओ रे HA HA HA HA AH HA HA

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Prakash

    साथीहरु संबिधान नबनाउन सरकारले रेलको कुरा बाहिर ल्याएको हो खै कुरा भुझेको ….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • Ram Sharma

      “कुनै पनि देशको व्यवस्थापन र सुशासनको अवस्था जान्नु परे पहिले त्यहाको यातायात प्रणाली हेरे पुग्छ “. हाम्रो यातायात हेर्ने कुनै विदेशीले हामीलाई के ठान्छ होला – धेरै ठुला कुरा गर्नु अघि हालकै यातायात प्रणाली सुधार गर्नु राम्रो हुन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  • Suman Ranjit

    i dun believe this story…..वाहियात कुरा हो यो …..

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

  • madan bajracharya

    उपत्यकामा मेट्रो बनाउने कुरा गर्नु भन्दा पहिला जनकपुर रेल राम्रो चलायर त् देखाउनु!!!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

  • raj

    We all nepalese dreams about it. Lets pray with god to give ……for our politician. So its get success.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  • rajan manandhar

    मेट्रो चै नया संबिधान बने पछि नया राजधानी बनाएर तेहा बनाए कसो होला . क नेपाल भने को येही २७ किलोमिटर वितर मात्र होर सबै येही बनाउनलाई

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

  • RIA

    पहिले पानि र बिजुली को ब्येबस्ता होला कि? बर्सौ वर्ष देखि देखिराको यो सपना पहिले ta सकार होस् नि.

    त्येस पछि मेट्रो को सपना देख्न सुरुवात गरौला नि ?
    हुन्न र साथी हो?

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

  • basanta malla

    मलाई अलि संका लाग्छा / खोइ अदुर्दर्सी नेता र यातायात विस्तार काममा बिरोध गर्ने जनता नेपालमा अझै जिउदै छन् /

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  • शशांक लामा, न्युयोर्क

    हाव! मेट्रो बन्ला र ? मैले त पत्याइन ! भुइँ माथिको बाटो फराकिलो पार्छौं भन्दा पुर्खाले आर्जेको सम्पतिलाई छुन पाउन्नौ भनेर बाटैमा लम्पसार पर्ने नरहरिहरु जस्ता नेता भएको ठाउँमा झन् आकाशे बाटो र भूमिगत बाटो आकाशे फल आँखा तरी मर भनेजस्तो हुन्न र ? त्यसमाथि मन्दिर नै मन्दिर भएको काठमाडु खाल्डोमा आकाशे बाटोले मन्दिर नाघ्न पुग्यो भने धर्मान्ध र धर्मभिरुहरुले किचलो झिक्ने कुरा त जग जाहेर नै छ , अनि जमिन मुनिको बाटो बनाउने मेलोमा कुनै मुर्ति फेला पर्यो भने सारा काम ठप्प भएर त्यहि भुँइ मुनि नै गुप्तेश्वरको मन्दिर खडा हुन बेर लाउन्दैन !

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2

  • Sandip Sharma

    काठमाडौँमा मेट्रो? अर्को ५० बर्ष सम्म कुनै सम्भावना छैन/ नेपाली समाज बास्तबिकता भन्दा हावादारी कुरोमा नै अल्मलिदै छ/ मेट्रो त् धेरै पर को कुरो हो, सबै भन्दा पहिले सहरी बसोबासका आधारभूत सुबिधाको कुरो गरौँ; यो मेट्रोको योजना प्राबिधिक रुपमै कम्जोर छ; यसको सान्दर्भिकता “मनको लड्डु घिउ संग खाने” मात्र हो/

    Sorry for apparently cynical comment.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

  • Krishna Shrestha

    Metro rail or any mass transit system in Kathmandu is a welcome plan. This is a beginning of major transport infrastructures. However, I suggest that we should take consideration of other users such as bus/mini bus commuters, cyclists, motor cycle rides and pedestrians while planning such a huge system. Good luck.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

  • Ganesh Bhattarai

    I Wish we could all travel इन द रेल इन real !! Hope this project gets a big success and bring a revolutionary change in the economic of Nepal. After we have this train, no long line in the patrol pump, less traffic and speedy service to the destination. No need of taxi, micro and motor bikes.
    I really wish to see this projects get success.

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

  • बुद्ध (द. कोरिया)

    सपना जहिले पनि ठुलो देख्नु पर्छा भन्छन
    गरे सम्भव छ , आखिर गरेर नै हुने हो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1

  • pradip

    the thought of introducing METRO is good, but in Nepal there is no regular train service at all and we are totally new to train concept. So, starting it with metro and that is too in Kathmandu city is over exaggerated dream. The radius of ring road is so small, so there is no need to run metro inside KTM, rather trams / Trolley bus / sajha bus should be run. Which is more cost effective and practical. If we introduce metro in KTM, it will be more dense with population, so its better to introduce metro in newly developed cities outside the valley i.e in terai. In terai it is more feasible to plan and execute the train dream

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

  • pradip

    मेट्रो को सोचाई राम्रो छ, तर जुन नक्सा पेस गरिएको छ, त्यो चै मलाई उचित लागेन. काठमाडौँ जुन हिसाबले बनेको छ मेट्रोको नक्सा घुसौनै मिल्दैन. बरु रिंग रोद बहिरालाई चै सोच्न सकिन्छ. अलि वास्तविक प्लान्निंग हुन पर्यो.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  • sujit kc

    सबैले नियम कानुन अनुसार चल्ने हो भने काठमाडौँ मा हरेक ठाउमा १५ मिनेट मा पुग्न सकिन्छ र मेट्रो को आबसय्कता छैन र यो हुनै नसक्ने असम्भव कुरा हो, भाको १५ २० वटा ट्रली र साजा बस चलाउन नसक्ने सरकारले कहाँ बाट सक्छ मेट्रो , कसको गोजी भर्न लेखिएको छ तेती मात्र हो,

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 13

  • Surya Lal

    मेट्रो काठमाडौँ को लागि आबेसेक भै सक्यो ! काठमाडौँ को जनसंख्या कोरियाको सौल भन्दा बढी छ ! तर सौलमा मेट्रो ट्रेम त्राम बस हाई वे फराकिला फराकिला सडक छ ! काठमाडौँ मा केहि छैन्!अहिलेको पुस्ता दिन प्रतिदिन घर नबसी बाहिर हिड्छ ! काठमाडौँ मा बाहिरवाट चाप बढी राखेको जनसंख्या बढी राखेको आजको २० बर्षमा लन्डन दिल्ली सरह जनसंख्या हुने अनुमान छ ! मेट्रो बनाउदा धेरै जग्गा झन्झट भएकोले अहिले नै काठमाडौँको सडक फराकिला फराकिला बनाई हाल्नु पर्छ! मेट्रो बनाउने क्रममा कहिँ बाटो अबरोध भए सडक पहिले नै फराकिला परेको कारणले बटुवालाइ समस्या हुन् सक्न ! यसर्थ सडक विस्तार मुखले मात्र होइएन् मन बचन कर्मले गर्नु पर्छ ! नत्र नकली लालपुर्जा नकली नक्सा पास आदि बनाएर सरकार जनता डुबाउन टोल टोलका गुन्डाहरु लै परेको छन !

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 14

    • Rai Yang pitang chhu Oxford

      हौ महाशय, तपाइको दिमागको हावा फुस्क्यो कि क्या हो? सोल भन्दा काठमंडूको जन्संग्ख्या धेरै छ अरे ? तपाइलाई थाहा छ? सोल र दिल्लीको जन्संग्ख्या एक करोडभन्दा बढ्ता छ| तपाई कोरिया जानु भएको छ ? छैन भने हावादारी कुरा किन गर्नु हुन्छ ? फेरि २० वर्षपछि काठमंदुको जन् संग्ख्या लन्डन र दिल्ली भन्दा धेरै हुन्छ अरे ! क्या हो तपाइको त सपनामा भगवान आएर यसो हुन्छ उसो हुन्छ भन्छ कि क्या हो? गाँठे |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

      • आकार, पोखरा

        ३३ कोटी देउताको हिसाब बिर्सेको गुरु? :)

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

      • Sandip Sharma

        Seems that you missed to read the calender; the day you were posting was not April 1 (April fool); it was march 31!

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • होम

      मित्र, काठमाडौँ को जनसंक्या कोरियाको सौल भन्दा धेरै कम छ .!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  • गगने

    यो प्रोजेक्ट अनि कार्य र निर्माण बिल्कुल असम्भब छैन!
    हो यसकोलागी सबैभन्दा ठुलो र गाहारो कुरा अर्थ संकलन को र हाम्रो आर्थिक अबस्थाको छ!
    वित्तीय र आर्थिक ब्याबस्थापन भय तुरुन्तै सम्भावना पनि छ!
    अर्थ र वित्तीय आवस्यकताको कुरा गर्दा यो पनि बिल्कुल असम्भब छैन!
    मात्र यो पारदर्शी तरिकाले एउटा सक्षम र सिर्जनशील निर्माणको नेत्रित्वो गर्नसक्ने कुशल अनि निष्ठावान (डा भट्टराइ जस्तै) ब्याबस्थापकको हातमा यो योजना परेमा यसमा यथेस्ट स्वोदेशी र बिदेशी लगानी भित्र्यौना सकिन्छ तेसैले यसकोलागी ठुलै वित्तीय संकट पर्ने छ भनेर म चाहि मान्दिन!
    ठुला ठुला बिदेशी कम्पनि र धनाढ्य हरु लगानीको मौका र ठाउ खोजेर आफ्नो पैसो खुत्रुक्केमा राखेर बसी हेर्नुपर्दा कति पिढामा छन् भन्नेकुरा पसी हेरे देखिन्छ!
    बिदेशमा बस्ने नेपालि गैर आवाशीय हरुकै यथेस्ट लगानी आउने छ! मात्र आबस्यकता स्पस्ट योजना पारदर्सी ब्याबस्थापन र लगानी सुरक्षा वा ग्यारेन्टीको हो!
    यदि यो योजना कुनै बिदेशी ब्याबसायिक कम्पनीलाई दियामा उनीहरुले पूर्ण लगानी गरि तुरुन्तै निर्माण थालेर सम्पन्न गरि संचालनमा ल्याउने छ भन्ने मलाइ बिश्वास छ!
    निर्माण तर्फ कुरा गर्दा, जन घनात्वो आबस्यकता सहरीकरण आदिको कुरा नगरी भुमि जमिन प्रकृति को कुरा गर्ने हो भने मेट्रो रेलको लागि काठमाण्डौ खाल्डो नेपालको मैले देखेको र पुगेको स्थान मध्यमा सबैभन्दा उपयुक्त भुमि हो र निर्माण पनि यहा अन्त भन्दा निकै सहज हुने कुरा मान्न सकिन्छ! यहाको ल्याण्डस्केप, माटो आदिको प्रकृति मेट्रो रेलको लागि निकै सुहाउदो छ!
    फेरी मेट्रो भन्दै मा यो सत प्रतिसत भूमिभित्र मात्र गुड्ने वा गुड्नु पर्छ भन्ने कुरा होइन यो आबस्यकता र उपयोगिता अनि निर्माणको सम्भावनालाई नियालेर भुमि भित्र, भूमिमा र भूमिमाथि पुलमा पनि कुद्ने छ र कुद्नुपर्छ!
    पर्यावरण, प्रदुषण, इन्धन को बचत आदि कुरा त छनै सबैभन्दा ठुलो सहरी जीवन जिउने मान्छेहरुको र नागरिकको समयको निकै बचत गर्ने छ! ट्राफिक प्रदुषण र समस्या निकै कम गर्ने छ!
    बिध्धुताको कुरागर्दा अहिले भोग्नुपरेको लोडसेडिंग लाइ हेरिकन मेट्रोको योजनालाई हाहा हिहि गर्नेहरुलाई अगुल्थोले छुटेको कुकुरको उखान र नियतसँग दाज्न सकिन्छ!
    निश्चयनै कुरा गर्न र योजना बनाउन जस्तो सजिलो निर्माण गर्न त हुदैन हुदैन! तर असम्भब ठानेर कुरै गरेन भने वा योजनानै बनेन र कार्य थालनी शिलान्यासनै भयान भने त्यो सम्भब असम्भब भनेर बिबाद गर्नु एउटा ठुलो मुर्ख्याई हुने छ!
    त्यो भन्दा ठुलो खड्गो हाम्रो सामाजिक चेतना को कमि र सामाजिक सुरक्षा अनि सामाजिक र रास्ट्र प्रतिको उत्तरदायित्वो को अभाब वा कमि नै हो अनि हाम्रो निरुत्साहित हुने वा पार्ने मनस्थिति त झनै खतरनाक छ!
    हामीले गर्न खोज्ने गर्न सक्ने र गर्ने ब्यक्तित्वो को पहिचान गर्नुपर्ने छ र तिनीहरुलाई साथ् र सहयोग दिनुपर्ने छ तेसो भयमा सबैकुरा ढिलो छिटो मात्र हो तर सम्भब छ र हुन्छ!
    लगानी निकै ठुलो देखिन सक्छ तर त्यो एक पटकको लगानी सधैको जवानी हो निर्माण भै संचालनमा आय र उचित ब्याबस्थापक निर्देशक पायामा यो लगानी गोडा पाचेक बर्षमा उठाउन सकेर फाइदामा जानसक्छ! तर बायुसेवा निगम र विमानस्थलको जस्तै पांग्रा पाय पांग्रा उछित्याउने पखेटा पाय पखेटा उछित्याउने नियतको भिडको हातमा पर्यो भने अनि राजनीतिका छुचुन्द्राहरुले अन्डरग्राउन्डमा संजाल बनाउन थालेमा चाहि बर्बाद हुनेछ ट्रली बस जस्तो!
    तर बिगतको कुराले पाठ सिकी अघि बढ्नु पर्छ!
    काथ्मान्दुमा मेट्रो बन्नुपर्छ!
    उछित्तो काड्ने र खिल्ली उधायर देश बन्दैन देश बन्न सहभागिता साथ् र सहयोग चाहिन्छ बरु तेस्को लागि तयार हौ!
    नागरिकलाई प्रथम र बिशेष सुबिधा र लाभदायक कुराको अवसर दिदै लगानी आह्वान गर्नु पर्छ !
    गगने पनि दश आठ रुपैया लगानी गर्न आजै तयार छ!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 10

  • Madhu

    i think coverage area is limited, it should cover major cities of bhaktapur and lalitpur. if u are investing this much, then add few more and extend throught 3 district in first phase, .

    Better would be if government plans to construct direct rail line from kathmandu to Everest base camp. other linking kathmandu and lumbini, kathmandu chitwan and kathmandu pokhara.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

  • विकास

    लौ अब फेरी चक्का जाम् र टायर बल्ने भो काठमाडौँ मा | लाजिम्पाट मा त्यति जाबो जग्गा खोल्दा त नारा जुलुस ले काठमाडौँ तात्तिएको थियो भने माकुराजाली सरहको बाटो सहर भित्र खोल्नु पर्दा के के हुने हो अनुमान लगाउन सकिन्छ | त्यहाँका नेवा:हरुले आफ्नु खाने भाँडो फुटाएर मेट्रोलाई के देला हौ मलाइ त संकाइ लाग्छ |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 13

    • rosi

      ठिक कुरा गर्नु भयो , मैले पनि सबै भन्दा पहिले येही कुरा सोचेको थिए? येस्ता स्वार्थी जनता भएको ठाउँ मा कसरि बनाउने होला भनेर

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 17

      • dave.

        नेपाल मा के सबै काठमाडौँ मा मात्रै बनाउने,,, तपाई काठमाडौँ बाहिर को मान्छे,,, काठमाडौँ बाहिर को बिकाश अत्यावस्यक छ अहिले… बरु काठमाडौँ मा भएको सरकारी कार्यालय लै कुनै अबिकषित जिल्ला मा लाग्दा कस्तो होला सोच्नु भएको छ??? काठमाडौँ बाट बाहिर जिल्ला जाने रेल सेवा बनाए राम्रो हुन्छ, यसले कसैको घर पनि भत्काउनु पर्दैन, अनि काठमाडौँ बाहिर क लागि पनि, काठमाडौँ मै बस्नु पर्ने बाध्यता हुदैन. काठमाडौँ एउटा खुल्ला museum को रुप मा चिनिदै आएको थियो.. जहाँ मन्दिर नै मन्दिर थियो, अहिले यो कति कुरूप भैसकेको छ… तर क गर्ने सरकारी बिकाश विकेन्द्रीकरण को अभाब ले, सबै देशबासी हरु लै काठमाडौँ मा बस्नु पर्ने बाध्यता को सिर्जना गरिदियो.
        के गर्ने माओबादी जस्तो कर्णाली बाट उब्जेका हरु त, यो क्षेत्र लै नजरअन्दाज गरेर काठमाडौँ मै अलिसान महल मा बस्चन भने अरु काँग्रेस एमाले को त हुने नै थियो नि….???

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

        • rosi

          born and bred in kathmandu . मा बाहिर को होइन ,तर लाजिम्पाट मा सडक भात्कौदा जे देखियो , के त्यहाँ को जनता ले ट्रेन स्टेशन बनाउन देलान?
          by the way Mero ghar pani lazimpat nai ho.

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

          • dave.

            त्यो घर को ठाउँ मा तपाइको घर परेको भए???? चार पाच वटा घर हुने हरु क साथ् साथै , एउटा घर मा ४ -५ परिवार संगठित भएर बस्ने पनि छन् काठमाडौँ मा, उनीहरुको त्यो एउटा घर बाहेक अरु केहि नभएका हरु पनि छन्, के तिनीहरु ले त्यो घर बाटो फराकिलो बनाउने को नाम मा दान दिन सक्ला त… हामी जनता के सिंगो नेपाल मा काठमाडौँ एक टुक्रा मा मात्रै बस्ने, त्यति सुन्दर ठाउँ हरु छन्, त्यसलाई केहि use नगर्ने???
            बरु मेरो विचार मा, बिग्रिसकेको काठमाडौँ लै एक्लै छोडेर, एउटा नया सहर को निर्माण गरौँ जुन केवल ब्यापारिक र सरकारी कार्यालय को ठाउँ होस्. जहाँ काठमाडौँ मा जस्तो अभाब नहोस, र सयौ वर्ष को विचार गरेर प्लान्निंग होस्. तपाई लाजिम्पाट मा बस्नु हुन्छ भने त्यहाँ को जनता हैन यहाँ को जनता भन्नुस न त…

            मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  • योगेश आदी, न्यूयोर्क

    न्यूयोर्क शहरमा बन्न लागेको 2nd Av. Subway बजेटको कारणले भनेर ५ बर्ष लम्बीइ सक्यो !! नेपालमा आजको मुल्यको फलाम र ज्यालामा त्यत्रो मेगा प्रोजेक्ट देशको आर्थिक अवस्था हेर्दा मेरो नातीले चाँही त्यो रेल चढ़ला जस्तो लाग्यो !!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 7

    • rosi

      मैले चिनेको ईक जना साथी जो अस्ट्रेलिया मा बस्नु हुन्छा उहा ले रेल्वे को लागि सबै पैसा जुटाई सक्नु भयो.
      उहा भनेको उहा को समूह हो, इन्वेस्त्मेंट कम्पनी को one ओफ द director हो उहा , नेपाली गिवेर्न्मेंट लै पनि था छ, त्यसै ले गोवेर्न्मेंट ले दिए उहा हरु को समूह ले बनाउनु हुन्छा.पैसा को कारण ले न बन्ने होइन तर राजनीति पर्यो भने चै बन्दैन .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 22

  • आशा गरौँ हाम्रा पनातिको पालासम्म सपना साकार होला कि?….त्यो पनि कुन्नि?तर जे होस् मनको घिउसित खाँदैमा के बिग्रिएला र?खाँदै गरौँ न………………..!!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 5

  • मेट्रो के ले चल्छ पनि ले जुन देस मा १८ घण्टा लोद्सेदिंग हुन्छ त्यो देस मा मेट्रो सुरुंग मुनि असम्भव. रकम लुटने तरिका , पहिले बिजुली छयाल बयल गर अनि अरु सुबिधा आउदै गर्छ .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • यो कहाँ बिजुली ले चल्ने मेट्रो हो र ?

      यो त “मैनबत्ती ” ले चल्ने रास्ट्रिया गौरव को मेट्रो पो हो !
      अनि २० वर्ष पछि को काठमाडौँ पनि रिंग-रोड भित्र मात्र सिमित रहेछ है !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

  • हा,हा हा,हा,हा,….”फेरी हाडी गाउ को जात्र देखनु पर्ने भो?” येत्रो ठुलो दिवा सपना जनता लाई देखाउनु हुदैन हो “महाजन” हरु?सबै जनता लाई डिप्रेशन को रोग लाग्न सक्छ / कहिले बनाउनु?कसले बनाउने? येही लंगुर हरु को पाला मा यो सब होला त?जाबो बिजुली ,पानी, त दिन नसक्ने सरकार ले खरबौ डलर को मेट्रो रेल? जल सम्पदा को धनि देस मा न बिजुली न खाने पानी को अबस्ता मा किन दिवा सपना बाड्नु हो ”महाजन” हो?सकिन्छ भने पहिले बिजुली निकाल्नुस जनता लाई बेच्नुस ,छिमेकि देस लाई अनि बेच्नुस देस धनि बनाउनुस अनि मेट्रो को सपना देख्नुस /नत्र भने नामै मेट्रो कतै कागज मै मेटिएला नि/ जय देस नेपाल ….जय नबन्ने मेट्रो….

    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

  • nirob

    यसमा खर्च हुने पैसाले बरु दुर्गम जिल्लाहरु, पहाडी भेगमा बाटो बनाए बेश हुन्छ / हन जे पनि काठमाडौँ मै मात्र किन ? सपना बाट्न खपिस हाम्रा नेताहरु अनि आवस्यक भन्दा नि बेशी खुशी हामि नेपाली जनताहरु- भगवान नि जोडी त राम्रै बनाइदेका हुन् गाठे //

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 23

  • nirmal

    विचार राम्रो अनि प्रोजेक्ट पनि राम्रो . यसमा भयको कमेन्ट पनि राम्रो. प्रोजेक्ट अघि सार्न प्रबिधि र रकम चाहियो . प्रोजेक्ट बीस वा चालिस बर्षमा थालनी होला येस बीचमा नेताहरु र सम्बन्धित कर्मचारीहरुको विदेश भ्रमण अनि कमिसनको मोलतोल कस्तोहोला अनि बाबुरामजीको पालामा एस्तो भयको भनि सस्तो लोकप्रियता पनि हुने ईत्यादी कुराको अलि विस्तार पुर्बक कुनै साथी अथवा सम्बन्धित निकायले पनि कमेन्ट गरे कस्तो होला. थालनी र राम्रो सपना देख्नु सकारात्मक हो. लक्ष्य के लिनु चन्द्र छुनु एक महकबीले भने जस्तै. चन्द्र छुने कोसिस गर्दा गर्दै कम्तिमा स्वयम्भु को डांडा त छुला.

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

  • arun

    सपना देख्न लाई पैसा लाग्दैन र देखाउने लाई हिनताबोध पनि हुँदैन,सक्कली महादेव ले गाँजा तानेको बेलामा ‘म साच्चिकै महादेव हुँ ‘भने जस्तै हो!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

  • bkpandey

    dilip mahato ले भनेजस्तै यदि हाम्रा नेताहरुले इमान्दारीका साथ भासन जस्तै काम गर्नेहो भने नेपालको विकास हुन् सक्छ.सिंगापुरमा जस्तै.तर हाम्रा नेताहरु खाली कसरि करोडौ कमाऊ तिर लागे पछी,बिसेस १९९० पछी नेपाल मा load sharing किनकी नेता भ्रस्ट भए,त्यसपछि कार्यकर्ता,ब्यापारी,कर्मचारी,अबत साधुबाबा पनि drug peddler बनेपछि ??? किन नेपालका युवाहरु खाडीका नर्कमा दासको जिबन बिताई रहनपर्ने बाताबरण बनायिएको छ.कांग्रेस बाट सुरु भएको भ्रस्टाचार एमाले,मधिसे फोरम,अनि माओबादी पनि भ्रस्टचारी भए पछी ति गरिब नेपाली लाई कसले राहत दिने.kathmanduma under ground रेल भनेको अहिलेको स्तिथिमा सपना मात्रै हो,तर यदि सिंगापुरमा जस्तै राम्रो नेता नेपालमा जन्मेको भए ,हुनसक्ने सम्भावना अपार छ.जलस्रोत,tourism इत्यादी तर नेपालमा राजनीति लाई पेसा बनाउने हरु.साथी लाई देस र जनताको बिकासको लागि राम्रो गर्ने होइन कसरि आफु,पार्टी,कार्यकर्ता भ्रस्टाचार गरि धनी हुने मात्रै सोचेकाले अहिले नेपालीले धेरै कस्ट सहनु परेको छ.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  • Rajen

    जहाँ बिजुली को अभाब छ तेहा कसरि रेल मार्ग को सम्भव हुन्छ. Using coal to operate rail system will be disastrous to the environment as KTM is surrounded by Mountains. We can only dream!!!!

    We even haven’t had a better highway that would connect east to west or north to south….

    May be we will be ready for this kind of railway system after 50 years….

    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

  • sandip

    बनाउने नै भयत म आफै कोदालो लियर खन्न जान्थी के गर्नु सुरुनै गर्दैनन् analysis मात्र गर्छन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0

    • प्रीत

      तिम्रा पनि गफै हुन्, सम्दी!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

  • sushil

    सकिन्छ भने राम्रै हो तर सपना मा दुबौनु बेकार छ . पहिले सोचेका काम हरु गरेर देखाए मात्र यो सब साचो हो भन्ने लाग्छ होइन भने तेही हो हाती आयो हाती आयो फुस्सा. मैले साथी हरुको कमेन्ट पढे अनि भन्न मनलाग्यो अब जनता बाठा भैसके एस्तो चप्लुसे कुरा गरेर जनता हरु अब ठगिने छैनन् . पहिले लोअद्शेद्दिन्ग एंड गास बास र कपास को राम्रो बन्दो बस्ता हुने बातावरण बनाउन सक्ये भने मात्र एस्तो कुरा हरु गरेर पतौने होइन भने अब जनता लै विश्वास दिलौना धेरै गारो छ… येहा लेखेका कुरा हरु जनता ले मात्र पद्चन पद्नु पर्ने ले पढेर विचार गरे पो लेखेर पठाएको पनि महतो हुन्छ र . खाली आफुलाई सान्तोना दिनुलाई लेख्नु पर्ने भो … नेपाल को स्तिथि येस्तई छ साथीहरु

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • raul

    यो पनि हेर्नुस ….अनि भन्नुस सिस्टम हुने हो भने मेट्रो नै चाहिन्छ भन्ने छैन ….http://www.youtube.com/watch?v=vJR9uCSyGKM

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  • raul

    मेट्रो भन्दा सस्तो मा हुने बेबस्था यहाँ हेर्नुस ब्राजिल को उदाहरण …http://urbanhabitat.org/node/344 ……

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • पुरु

      आहा मलाई त यो पो मन पर्यो! बस चढ़ना मेट्रोको जस्तै सुरुंग बाट जान मिल्ने रहेछ. बसको झ्याल ढोका ड्याम डुम बन्द गरिदियेपछी त ठ्याक्कै मेट्रो रेल!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • sunil

    सुरु मा चक्रपथमा सुरु गरे हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • eklabya

    बत्ति छैन पानी छैन भुत्राको मेट्रो ? पैसा बरु बिजुलीमा लगानी गर, खाने पानीको राम्रो प्रबन्ध गर | होईन भने बरु त्यो पैसा गाउको बिकास गर्न तिर लगाउ | प्रदुसित काठमान्डू बनाएर के काम ? काठमान्डू एउटा प्रसासनिक राजधानी रहोस (stratgic दृष्टिकोण ले राजधानी राम्रै location मा छ) तर ब्यापार केन्द्र तराइ तिर हुनै पर्छ | बिकाश तराइको कुनै सहरलाई गर्नु पर्यो, राम्रो ठाउँ रोजौं |

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

  • dipak

    मेट्रो मा पनि समानुपातिक प्रतिनिधीत्यो गराको जस्तो छ| नत्र तेत्रो माकुरा को जालो जस्तो नक्सा चाहिन्छ| रिंग रोड र एउटा X नारायणथान बाट गोदाबरी, कलंकी बाट भक्तपुर सम्म भए भै हालो नी| घर घर जाने चै चाहिन्न……

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  • गगने

    चिन्ता नगरु, सबै कुरो बन्ने छ! बिस्तारै बन्ने छ!
    एक पटक देशमा शान्ति स्थापित हुन दिउ अन्दी संबिधान बनेर स्थिर शाशन पद्दति बस्न दिउ तब द्रुत गतिमा बन्ने छ देश!
    आखिर देश एउटा सबल र सक्षम आर्किटेक्चर इन्जिनियर को हातमा पर्दैछ!
    मात्रै यहा बुख्याचाहरु अल्झाउने र अड्को थाप्ने टांग पसार्ने हरु को बिगबिगीले मात्र अलि गाहारो भैरहेको हो!
    धेरै कुरा बन्ने छ र धेरै राम्रो हुने छ!
    मात्र हामीले बिश्वास गरेर मौका दिनु पर्छ अनि समर्थन र साथ्!
    तेसलाई तयार हौ!

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6

    • Prem

      गगन जी जस्तै आशाबादी भयर समर्थन र सहयोग गरौँ, Let’s not comment in pessimistic way.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

  • R.B. tmg (moktan)

    मेलम्चिको पानीत लेआउन नसकेको देशक नेताले काठमाडौँमा मेट्रो रेल बनाउछ ? काठमाडौँको मेट्रो रेल नक्सामा मात्रै सिमित रहनेत हैन ? यि हुन जनजनका प्रश्न.

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

  • shree ram

    असम्भव भन्ने कुरै छैन २१औ शताब्दीमा आएर यो हुन नसक्ने भन्नु चैं राज्य व्यबस्थाको कारणले बिश्वास नहुनु हो अब ढिलो भै सक्यो , तपाईं हामि बिचमा सकारात्मक सोचको बिकाश पनि हुनु पर्यो त्यो पछी मात्र राम्रो सपना हरु आउछन , सपना देख्नु सकारात्मक हो त्यसलाई यथार्थमा परिणत गर्न इमान्दारिता को खाचो छ …….

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  • Dataram Sharma

    हैन किन काठमाडौँमा मेट्रो बनाउने ? काठमाडौँ यति अव्यवस्थित भैसकेको छ मानिसको चापले गर्दा कि अब यसलाई एउटा आधुनिक शहर बनाउन असम्भवप्राय: छ | विकसित नेपाल को परिकल्पना गर्दा एउटा सानो कम जनसंख्या भएको चिटिक्क परेको राजधानी काठमाडौँ, जो पर्यटकहरुको आकर्षण को केन्द्रबिन्दु होस्, नै उपयुक्त हुन्छ | किन काठमाडौँ मा मान्छेलाई अझ ओसारेर यसलाई अझ कुरूप बनाउने ? उद्योग अन्त सारेर, अन्तरराष्ट्रिय विमानस्थल अन्त बनाएर काठमाडौँ मा जनसंख्या को चाप हटाउनु पर्छ | हाम्रो देश यति सानो छ कि यातायात को व्यबस्था ठिक्क ठिक्कै मात्र राम्रो भयो भने पनि राजधानी अधिकांश ठाउँ बात सुगम्य, शीघ्रगम्य हुन्छ | जनसंख्या को चाप घटेपछि मेट्रो किन चाहियो ? र यो बन्ने कुरा त असम्भव जस्तै छ हाम्रो देश को पाराले – सबैलाई थाह भएकै कुरो हो | मेलम्ची हेर्नुस, बाहिरी चक्रपथ हेर्नुस |

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  • इमरान खान,तारुत आइल्याण्ड,साउदी अरबिया

    खुसि त लाग्छ नि,यस्तो खबरको कल्पना गर्दा नि.
    राजाबादी उहिलेको कुरा,”गफ थोरै,काम धेरै”नियममा ल्याए,
    गंफिदा,हो मा हो मिलाउनु पर्छ.नकी,ससांक जी जस्तो बिपरित.
    नसुती सपना देखिन्न ,तर कल्पना मा भए नि संसार जित्न सकिन्छ.

    जय नेपाल आमाको

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

  • शशांक लामा, न्युयोर्क

    हामी जलसम्पदाको धनी भनेर बकेको बकेकै छौं| त्यो जलबाट न जनता धनी भए, न राष्ट्रनै! त्यो जललाई धन बनाउने नियत सफा नभए पछि भुत्राको जलसम्पदा! अब मेट्रोको कुरो पनि त्यहि हो! पैसो त कुनै विदेशीले दान देला रे, तर नियत सफा भएन भने मेट्रो भुत्रो पनि बन्दैन| विदेशीले चर्पी बनाइ दिन्छु भन्दा नेपाली कर्मचारीले कमिशन खोजेछ| कमिशन नपाउने भएपछि “तिमीले हामीलाई हग्न सिकाउनु पर्दैन” भनेर भन्यो अरे! सर्वप्रथमत नियत स्वच्छ हुनुपर्यो!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 78 Thumb down 6

    • siddhartha

      ठिक भन्नु भयो लामा जी । यस्ता किताबी योजना कति आए कति गए । खोके जति सबै लागु भएको भए अहिले सम्म काठमाडौँ फ्रान्स को पेरिस भन्दा पनि चर्को भैसक्थ्यो । त्यो मुला खाली कागजमा नक्सा कोर्न त १० हजार महिना को तलब खाने ड्राफ्टमेनले पनि सक्छ, भौतिक योजना तथा निर्माण मन्त्रालयले खोक्नै पर्दैन।
      अनि त्यत्रो काठमाडौँ उपत्यका भरि जम्मा १८ ओटा मात्र स्टेसन रे । कुन मुर्ख को योजना होला यो ? नबन्ने र नहुने कुरा जे भने पनि भयो नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

  • Ram Basnet, UK

    उहिले उहिले एकादेशमा एउटा भित्ते रास्ट्रपति थिए| अहिले आएर कागजको नक्शामा मेट्रो सेवा छ| यी दुवै उस्तै उस्तै हुन् हात्ती छाप चापल र हात्ती नानु?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 6

  • यो सपना खोक्रो छ ….

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

  • Sisir

    सपना देख्नु नराम्रो होइन तर एउटा मेलम्ची बनाउन २० वर्ष लाग्ने देशमा छिट्टै धेरै चिजको आशा गर्नु पनि उचित होइन .. सपना बढ्नु नेताहरुको पेसानै हो , जे होश बिकाश र प्रगतिको कामना र आश गरौ ..
    बन्न त बन्ला तर कहिले भन्ने कुरा प्रधान छ … मेट्रो चलाउन चाहिने निम्नतम पूर्वाधार वा भनौ lifeline नै बिजुली हो त्यो पनि अधिक मात्रामा …देश loadshedding मुक्त हुनै कम्ति मा १० वर्ष लाग्छ अनि बल्ल मेट्रो रेलको कल्पना गर्न सकिएला … एसको लागि त १०० मेगा वाट बिजुली त पक्कै लाग्छ जुन अहिले पुरै काठमाडौँ उपत्यकाले खपत गरे जति होला ..
    १० वर्ष यता त पक्कै बन्दैन …
    * काठमाडौँ जोड्ने फस्ट ट्रयाक
    * पहाडी राजमार्ग ( अहिले त खाली ट्रयाक खोल्ने काम मात्र हुदैछ )
    * ठुलो मात्रामा बिजुली उत्पादन
    * मेलम्ची खाले पानी
    * निज्गद्को अन्तरास्ट्रिय बिमान इस्थल
    * पोखरा र भैरहवाको क्षेत्रीय बिमनिस्थल
    * लुम्बिनी बृहत योजना आदि आदि

    यी माथिका केहि योजनमात्र १० वर्ष भित्र बनाउन सके ठुलै उपलब्धि हुने थियो … तर देश अशली नेता र प्रसासकको हातमा पर्यो भने द्रुत बिकाश सम्भव छ ..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 3

  • शशांक लामा, न्युयोर्क

    जमिन मुनि त यत्रो पनि बनाउन सक्दैन! जमिन माथि शहरको एकछेउ देखि अर्को छेउसम्म वारपार आकाशे पुल बनाउन सकिन्छ| भैरहेकै सडकमाथि बनाउँदा पनि हुन्छ|

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 11

  • T Dhakal

    राम्रो काम/ हो, यता जान पर्यो नेपालीहरुको दिमाग/ दोस्रो पुस्ताका नेताहरु (जो अब आउने चुनाबमा चुनिन्छन) लाइ यी कुरा हरु सिकाएर पठाउन पर्छ हामीले/ गुड जब!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

  • Arju koirala

    न बनाउनु बनाए पछि भक्तपुर ललितपुर लै पनि मिलाएर सबै तिर पुग्ने गरि को मेट्रो रेल बनाउदा पछि सम्म लै काम गर्ने थियो होला आधि बनाएर आधि कहिले बनाउने हो रेल नै बनाए पछि रिंग रोड देखि बाहिर पनि लानु पर्चा पछि सम्म लै सोच्नु पर्यो नि .

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

  • dilip mahato

    यो हुन लाईत हाम्रो देश को नेता हरुले
    राजनीति छोडेर आफैनै कोदालो लिएर बाटो खन्न जानु पर्छा
    न भए यो sambhaba हुदैन

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

  • “In 1890 the City & South London Railway in London was the first electric rapid transit railway.”
    http://en.wikipedia.org/wiki/Rapid_transit
    हामी त १00 वर्ष भन्दा पनि पछाडि परेछौं ।

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

  • limpman

    यदि बन्ने नै भए पनि taxi वाला हरु ले बिरोध गरे र बन्न देलान त…..

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0

  • भन्नलाई अहिले मेट‌्रो रेल भनिए पनि अरु ठाउँमा जस्तो जमिनमुनिबाट बनाउँदा पैसा धेरै चाहिने भएकोले अब चाहिँ जमिनमाथिबाट बनाउनेबारे अध्ययन हुने रे।

    मेरो बिचारमा हतारमा लेख्दा यो गल्ति भएको होला. मेट्रो रेल भन्ने बित्तिकै जमिन माथि या तल बाट हुने पर्छ भन्ने कुनै नियम छैन. संसारका सबै मेट्रो रेल हरु जमिन माथि र तल दुवै तिर हुन सक्छन. दिल्ली को उदाहरण हेरौ या जर्मनी को.

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

  • द्रोण

    आफ्नै देश को अपार पानीको स्रोत तह लगाउन त् हामीलाई हम्मे हम्मे परिरहेछ ,यो मेट्रो को सपना पुरा हुन् आर्को १ पुस्ता बित्नुपर्नेहोकी ?
    ४६ साल पछी को मेलाम्चिको सपना अझै पुरा हुन् कति लाग्ने हो ?
    बिकाश को सपना
    १) एउटा ठुलो रिंग रोड़
    २) बागमतीको किनारै किनार दुवै साइड मा वान वे हाइ वे पुरै रौतहट ,इन्डिया सम्मै
    ३) गोदाबरी देखि फुलचोकी केवल कार
    ४) काठमाडौँ ,पाटन ,भादगाउ जोड्ने ट्रलिबस सेवा
    ५) सबै सहर मा मेट्रो रेल
    ६) प्रेत्येक २० किलोमिटर भित्र सुविधायुक्त पार्क
    ७ )रत्न पार्क,टुडिखेल ,भृकुटी मण्डप जोडेर ठुलो पार्क बनाउने ,रानीपोखरी मा डुंगा चलाउने ,घन्टाघर लाइ ठुलो काठमान्डू टावर मा बिकशित गर्ने
    ८) काठमान्डू देखि खासा हाइ वे
    ९) काठमाडौँ ,नुवाकोट ,गोर्खा हुदै तिब्बत छुने आर्को हाइवे
    १० ) बागमतीको पानि प्रसोधन गर्ने प्लान्ट राख्ने र नुहाउन र बाथरुम मा प्रयोग को लागि वितरण ,मेलाम्ची को पानि र उपत्यका वर पर को पानि पिउन को लागि
    ११ ) हस्पिटल ,पब्लिक सौचालय को उचित ब्यबस्था ,फोहोर ब्यबास्थापन ,सिनियर आवास ,दुख पाएका नारीहरुलाई माइती को ब्यबस्था ,प्राबिधिक शिक्ष्या सुलभ ,स्कुल ,कलेज मा पार्टी राजनीति बन्द ,हुलाक को राम्रो ब्यबस्थापन
    १२) अन्तरजातीय बिबाह गर्नेलाई १ लाख पुरस्कार ,हिमाल तराइ बा पहाड तराइ बा हिमाल पहाड क्षेत्रीय बिहे गर्नेलाई २ लाख पुरस्कार
    १३)नेपाल भारत सिमा नियन्त्रण

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 94 Thumb down 4

    • १४ ) अनि एकपटक को नेपाली सधैको लागि नेपाली जहाँ रहे पनि.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

  • पुरन पाण्डेय,कोरिया

    नक्सा मा मात्रै बन्दा त यो मन यति खुसि छ भने साचिकै बन्दा त झन् कस्तो होला ? तर मलाई मात्र हैन सबै लाई प्रस्ट थाहा छ कि यो नक्सा मा बनाए जत्तिको सजिलो साचिकै बनाउदा छैन !!अझै त्यो पनि हाम्रो नेपाल मा !!! तर पनि “सास रहुन्जेल आश रहन्छ” भने झैँ आशा चाही अजै पनि जिउदै नै छ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 0

eXTReMe Tracker