युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

माइसंसारको यो आर्काइभ हो

माइसंसारका पुराना ब्लग र कमेन्टहरुको यो संग्रह (आर्काइभ) साइट हो। नयाँ ब्लगहरु हेर्नका लागि यहाँ क्लिक गर्नुस्।

को दोषी संविधान सभा विघटन हुनुमा ?

चार वर्ष अघि हामीले यसरी भोट दिएर संविधान बनाउन सभासदहरु चुनेका थियौँ। तर संविधानै नबनाई हिजो संविधान सभा भंग भयो। २ वर्षमा बनाउनु पर्ने संविधान पटक पटक गरी थप दुई वर्ष म्याद थप्दा पनि बन्न सकेन। यसका लागि को दोषी ?

दलहरु प्रमुख दलका नेताहरु आफ्नो कमी कमजोरीको आत्मसमीक्षा नगरी एक अर्कालाई दोष दिँदैछन्। [...]

संविधानै जारी नगरी संविधान सभा विघटन

अपडेट (बिहान १३०)- भर्खरै अफिसबाट घर फर्किएँ। मन दुखेको छ। निराश छु। ४-४ वर्ष लगाएर यत्रो दुःख गरेर, सहमति गरेर अघि बढ्दै लास्टमा भने फेरि देशलाई सून्यमा पुर्‍याए। यो दल र त्यो दल हैन, सबै दल नालायक ठहरिएका हुन्। सबै नेता नालायक ठहर भएका हुन्। अब त मलाई कुनै नेताको पनि कुरा सुन्न मन छैन। [...]

केही घण्टामात्र बाँकी रहँदा के-के भए ?

रातभर ठण्डा दिमागले सोच्ने र भोलि बिहान ८ बजे भेटेर बैठक गर्ने भनेर हिजो साँझ नेताहरु बैठकबाट उठेका थिए। हिजो राति १२ बज्दा संविधान सभाको म्याद सकिन ४८ घण्टा बाँकी थियो। नेताहरु सायद निद्रा मै थिए। बिहान अबेला उठे कि कुन्नि, आठै बजे बैठक बसेन। पछि बसेको बैठकमा एमाले उपस्थितै भइदिएन। वामदेव गौतम पुग्या रैछन्, [...]

६०१ को जागिर जान लागेको ठान्नुभा? गलत!

संविधान सभाको म्याद जेठ १४ भन्दा बढी कुनै हालतमा नहुने भनी सर्वोच्च अदालतले फैसला गरेपछि एक तप्का लौ अब संविधान सभा भंग हुने भो, ६०१ को जागिर खुस्कने भो, खुच्चिङ पर्‍यो भन्दै उफ्रिराछन्। संविधान बन्छ कि बन्दैन, कस्तो बन्छ, सबले स्वीकार्ने बन्छ कि बन्दैन भन्नेमा भन्दा पनि ६०१ को जागिर खुस्कन लागेकोमा उनीहरु त्यसै-त्यसै खुसीले [...]

अब भ्रष्टाचार मुद्दामा नि सर्वोच्चलाई जगाउनु पर्‍यो

सर्वोच्च अदालतले संविधान सभाको म्याद सकिन चार दिन बाँकी रहँदा म्याद थप्न पाइन्न, जेठ १४ मै संविधान जारी गर्नू भनी आदेश दिएको फैसलाको सर्वत्र चर्चा छ। ६०१ र संविधान सभा शब्द सुन्यो कि एलर्जी हुने सबैलाई यो फैसलाले खुसी बनाएको छ। जनचासोका अधिकांश मुद्दामा ‘आलटाले’ शैलि अपनाई फैसला लम्ब्याउने विगत देखिआएकाले यो मुद्दामा पनि त्यस्तै [...]

सर्वोच्चले त फैसला गर्‍यो अब के ?

उता मुद्दाको सुनुवाई हुँदै गर्ने यता विवाद सल्टाई संविधान पनि बनाउँदै गर्न भइहाल्ला नि भन्दै संविधान सभाको तीन महिना म्याद थप गर्ने सरकारको प्रस्तावलाई सर्वोच्चले आज बेसक्न झापड हानेको छ। प्रधान न्यायाधीश खिलराज रेग्मीको एकल इजलासले हिजो यसविरुद्ध परेको मुद्दाको आज सुनुवाई गर्दै म्याद थप्न मिल्दै नमिल्ने आदेश दिएको छ। उनको अन्तरिम आदेशमा कडा शब्द [...]

बन्द- एउटाको सकियो, अर्कोको पालो

उता फेरि अ.सु.प.को सुरु, यता बाहुनक्षेत्रीको काठमाडौँमा हुँदै बन्द कै भरमा सरकारसित आफ्ना माग पूरा गराउने सहमति हुने क्रम सुरु भएपछि परस्पर विरोधी समूहहरुले बन्दको शृङ्खला सुरु गरेका छन्। एउटा समूहले फलानो माग राखेर बन्द गर्‍यो, सरकारसित सहमति गर्‍यो, बन्द फिर्ता लियो। लगत्तै अर्को समूहले त्यस्तो सहमति किन गर्‍या, फिर्ता लिनुपर्छ भन्दै अर्को बन्द गर्‍यो। [...]

लौ हेरम् न त सर्वोच्चले के गर्दो रहेछ

गएको वर्ष मङ्सिर ९ गते सर्वोच्च अदालतले संविधान सभाको म्याद थप बारे यस्तो फैसला गरेको थियो-

“….तसर्थ वर्तमान संविधान सभा गठन भएपश्चात संविधान निर्माणका सम्बन्धमा हालसम्म के कति उपलब्धिहरु हासिल भएका छन् र कति कार्यहरु बाँकी छन्? ती कार्यहरु पूरा गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ को प्रतिबन्धात्मक बाक्यांशले अभिनिश्चित गरेको अवधि ननाघ्ने [...]

वार्तामा कुरा मिल्यो, बन्द लगायतका आन्दोलन फिर्ता

आन्दोलनरत आदिवासी जनजाति र सरकारबीच आज राति भएको वार्तामा कुरा मिलेपछि बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। कुरा नमिलेको भए भोलि पनि बन्द जारी राख्‍ने भनिएको थियो। वार्तामा ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। के के भयो सहमति, हेर्नुस्-

[...]

eXTReMe Tracker