युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

अब के होला तपाईँको विचारमा ?

सर्वोच्चको फैसलापछि संविधान सभाको म्याद सकिन अब केही घण्टा मात्रै बाँकी छ। देशको राजनीति अब कसैले अनुमान गरेर अनुमान नै गर्न नसकिने मोडमा पुगेको छ। एकल पहिचानसहितको संघीयताको एक कित्तामा माओवादी र मधेसवादी उभिएका छन् भने बहुपहिचानसहितको संघीयतामा एमाले र काङ्ग्रेस उभिएका छन्। दुवै आफ्नो अडानबाट हट्न तयार छैन। यही अडानै अडानको तानातानमा संविधान सभा [...]

बाहुन क्षत्री पनि आदिवासी, बाहुन क्षत्रीको विजय जुलुस

आफूहरुलाई ‘अन्य’ सूचिमा राखी पहिचानविहीन बनाइएको भन्दै आन्दोलनमा उत्रिएका बाहुन क्षत्रीहरुको अनिश्चितकालीन आन्दोलनको पहिलो दिन सरकारसित भएको वार्तामा उनीहरुलाई पनि आदिवासीको पहिचान दिने सहमति भएको छ। उनीहरुलाई नयाँ संविधानमा ‘अन्य जाति’ बाट हटाई ‘खस आर्य’ (क्षेत्री, ठकुरी, दशनामी तथा दलितलगायत) लाई राखी अधिकारसहित आदिवासी सूचीकृत गरिने सहमति भएको छ। योसँगै उनीहरुले अनिश्चितकालीन बन्द फिर्ता लिए। [...]

अविश्वास प्रस्ताव ठीक कि बेठिक ?

नेपाली काङ्ग्रेस र एमालेले बाबुराम भट्टराईको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ। यो साताको सुरु मै एमाले नेता केपी ओलीले अविश्वास प्रस्ताव ल्याउने बारे कुरा अघि बढाएको समाचार आएको थियो भने आज त नेपाली काङ्ग्रेसका सभासदहरुबीच हस्ताक्षर संकलन नै गरी यसलाई औपचारिक रुप दिइएको छ। बाबुराम भट्टराईको सरकार संविधान सभाको निर्वाचन भए यता [...]

घरमै लगातार दोस्रो पराजय हेरेपछि तपाईँको सुझाव?

फिफा वरियता क्रममा दक्षिण एसिया कै टपमा छ नेपाल। तर पनि आफूभन्दा मुनिको वरियतामा रहेका दुई टिमसित नेपालले लगातार हार्नुपरेको छ यहीँ भइरहेको एएफसी च्यालेन्ज कपमा। अस्तिको दिन प्यालेस्टाइनसित हार्‍यो, शनिबार माल्दिभ्ससित। सेमी फाइनलमा प्रवेश गर्न आज हामीलाई स्पष्ट जीत आवश्यक थियो। तर घरमै लगातार दोस्रो पटक नेपाल पराजित भयो। पराजयसँगै समूहमा सबैभन्दा पुच्छरमा रह्यो। [...]

प्यालेस्टाइनविरुद्ध नेपालको खेल कस्तो लाग्यो?

नेपालले टेक्निकल्ली राम्रो खेलेको थियो।

राम्रो त खेलेको थियो, तर पाएका अवसर सदुपयोग गर्न नसकेकोले हारेको।

राम्रो त खेलेको हो तर भाग्यका कारण हारेको।

नेपालले महत्त्वपूर्ण खेल खेल्दा सँधै यस्तै खालका टिप्पणी सुनिन्छन्। नेपालले अहिले अहिलेसम्मकै ठूलो फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज कप आयोजना गर्दैछ। उद्‌घाटन खेलमा नेपाल र प्यालेस्टाइनबीच भिडन्त भयो। ३ मिनेट [...]

हामीकहाँ भ्रष्टाचार किन हुन्छ?

बहालवाला मन्त्री नै छँदा जेपी गुप्ता भ्रष्टाचारी ठहर भई जेल गएपछि एक पटक फेरि हामी कहाँ घर-घरमा भ्रष्टाचारको चर्चा चुलिएको छ। आज माइसंसारले तपाईँसित जान्न खोज्दैछ केही कुराहरु। हामी कहाँ किन यति धेरै भ्रष्टाचार हुन्छ? भ्रष्टाचार हुनुको कारण के हो? के हामी गरिब भएकोले बढी भ्रष्टाचार भएको हो? कि भ्रष्टाचारीहरु बढी भएकोले हामी गरिब भएका [...]

मिलेमतोमा पत्रिकाको भाउ दोब्बर

तीन वटा ठूला आकारका नेपाली भाषाका राष्ट्रिय दैनिक पत्रिकाले आपसी मिलेमतोमा (कार्टेलिङ) गरी हिजोदेखि दोब्बर भाउ बढाएका छन्। कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्टले साबिकको पाँच रुपैयाँबाट एकै पटक १० रुपैयाँ भाउ बढाएका हुन्। राजधानी, नेपाल समाचारपत्र, नयाँ पत्रिका, हिमालय टाइम्स (नेपाली) र सरकारी पत्रिका गोरखापत्र गरी ६ वटा पत्रिका भने यो कार्टेलिङमा सहभागी भएनन्। खुला [...]

सर्वोच्चका न्यायाधीशलाई मन्त्री सरह सुविधाः ठिक कि बेठिक ?

सरकारी जागिरहरुमध्ये सबैभन्दा बढी सुविधा कसले पाउँछन् भनेर कसैले हाजिरी जवाफमा प्रश्न सोध्यो भने जवाफ तुरुन्तै आउँछ- सर्वोच्चका न्यायाधीश। तर न्यायाधीशहरुले अहिलेको भन्दा थप सुविधा चाहिने र मन्त्री सरह वा त्योभन्दा बढी सुविधा चाहिने निर्णय गरेर प्रतिवेदन बनाएका छन्। प्रतिवेदनमा सर्वोच्चका न्यायाधीशले रिटायर भइसकेपछि पनि गाडी, इन्धन, ड्राइभर र अर्दली पाउनुपर्ने भनिएको छ। हाल जागिर [...]

नवनिर्वाचित प्रम बाबुराम भट्टराईलाई के सुझाव दिनुहुन्छ?

सर्वेक्षणहरुमा सँधै प्रधानमन्त्रीको दौडमा अगाडि रहेर धेरैको समर्थन पाउन सफल बाबुराम भट्टराई अन्ततः आज देशका ३५ औँ प्रधानमन्त्री बन्न सफल भएका छन्। उनीप्रति जनताले आशा धेरै नै गरेका छन्। अति आशाले छिट्टै निराशा ल्याउने संभावना पनि उत्तिकै हुन्छ। त्यसमा पनि मधेसवादी मोर्चाको कमजोर समीकरणबाट उनी प्रधानमन्त्री बनेका छन्। सत्तामा जानुअघि नै महत्त्वपूर्ण मन्त्रालयहरु मधेसी मोर्चाका [...]

दौरासुरुवालसम्बन्धी सर्वोच्चको फैसला कस्तो लाग्यो?

कुरा गत वर्षको भदौ ७ गतेको हो। उतिबेलाको सरकारले सरकारी सभा समारोहमा कर्मचारीलाई राष्ट्रिय राष्ट्रिय पोशाक लगाउनू भन्ने एउटा निर्देशन जारी गर्‍यो। राजपत्रमा प्रकाशित सो निर्देशनमा ‘राष्ट्रिय पोशाक भन्नाले दौरा सुरुवाल सम्झनु पर्छ’ लेखिएको थियो। एक सयभन्दा बढी जातजाति भएको देशमा सबैको आफ्नै सांस्कृतिक पहिरन छ अनि दौरा सुरुवाल सबैको पोशाक कसरी हुन्छ भन्दै अधिवक्ता [...]

eXTReMe Tracker