युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

सरकारसँग अब बाँकी विकल्प

-रामप्रसाद सापकोटा ‘दीपशिखा’-

सरकारसँग अब निकै अप्ठ्यारा विकल्प मात्रै बाँकी छन्। • दुई दिनभित्रै विवादित विषयलाई हल गरी संविधान जारी गर्ने, विवादित विषय थाती राखी संविधान जारी गर्ने, • सर्वोच्चको फैसलालाई व्यवस्थापिकाबाट राजनीतिक खारेजी गरी म्याद थप्ने, • जेठ १४ को अन्तिम समयमा संबिधानसभाको बैठक सुरु गरी आवश्यक दिनसम्म अन्त नगरी संविधान निर्माण गर्ने (बोलिभियामा [...]

सभासद ज्यु, ओढ्ने-ओछ्याउने ठीक पारी राख्‍नुस्

-विक्रम नेपाली-

६०१ जनाले यसपाली चाहिं ओडने ओछ्याउने जेठ १४ पछिका ३-४ दिनका लागि जुटाई राखून, विचराहरुको विजोग अस्तिको पाला बैठकमै उन्ग्दै गरेको, निदाइरहेको टिभीमा लाइव देख्दा टिठ लाग्याथ्यो।

अब पर्ख र हेरौ बाहेक कुनै अनुमान लगाउन नसकिने भैयो। तथापि ६०१ जनाले पुनर्स्थापित प्रतिनिधि सभाको नाममा पुनर्जन्म पाउने लगभग निश्चित नै छ। एमाङ्ग्रेसले अड्डी [...]

मदन भण्डारी र एमालेभित्र हुर्किएको जातीय चिन्तन

मदन भण्डारीको हत्या भएको दिन (हुन त एमालेले नै हत्या मान्न छाडिसक्यो) एमालेका विषयमा नमिठो लेखेको देख्दा एमाले कार्यकर्तालाई निकै रीस उठ्ला तर सत्य लेखेकोमा भण्डारीको आत्माले भने पक्कै सराप्ने छैन। सामान्यत: मान्छेहरू जातीय नारा उचालेकोमा माओवादीलाई गाली गर्छन् तर मदन भण्डारीले २०४७ सालको संविधान लागू भएपछि त्यसको आलोचना गर्दै उठाएका मुद्दाहरूलाई हेर्यो भने अहिले [...]

जातीय राज्य भयो भने यसो हुन्छ

• जातीय राज्य बनाउनका लागि बहुसंख्या मात्र होइन, अत्यधिक संख्यामा त्यही जातिको जनसंख्या रहने गरी राज्यहरूको निर्माण गरिएको हुन्छ। • राज्यका सबै प्रमुख पदहरू त्यही जातिका व्यक्तिहरूका लागि मात्र व्यवस्था गरिएको हुन्छ। तमुवानमा गुरुङहरु, मगरातमा मगरहरु, नेवाःमा नेवार जातिका मात्र मानिस धेरै हुन्छन्। • व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायतका राज्यका सबै अंग, निकाय र संस्थाहरूमा [...]

यस्ता पनि विश्व साइकल यात्री

-खेमनाथ पौडेल-

विश्व साइकल यात्रामा निस्केका नेपालीहरू यूएई आएर फर्केपछि कहाँ जान्छन् थाहै हुँदैन। यूएईमा साइकल यात्री पुष्कर शाह, देवेन्द्र कार्की, रेसप्रसाद दाहाल, उनका सहयोगी वविन बस्नेत र भरखरै सौरभ दाहाल आए। यहाँ लामो समय कामदार भएको हुनाले उनीहरूको भ्रमणबारे धेरथोर जानकारी पाउने अवसर मलाई पनि मिल्यो। मार्च २००९ मा पुष्कर यहाँ आएको खबर पाएँ। [...]

मेरो चुल्ठे साथी

–घिमिरे युवराज-

‘युनाइटेड स्टेट’लाई म जब अमेरिका भनेर सम्बोधन गर्थेँ ऊ रिसले आगो हुन्थ्यो। यूनाइटेड स्टेटको कट्टर विरोधि ऊ भन्थ्यो–’डु यु नो हाउ मेनी कन्ट्रिज् आर् इन अमेरिका?’ त्यो बानीलाई भत्काउन धेरै महिना लाग्यो। एकदिन मज्जाले अन्ताक्षरी खेल्यौँ। उसले एसियाभित्रका देश र राजधानीको नाम भन्ने, मैले अमेरिकाभित्रका। गुगल सर्च जिन्दावाद्। दुवैको सामान्यज्ञानलाई फराकिलो पार्ने [...]

देश टुक्र्याउँछु नभनेसम्म अधिकार नपाउने?

मधेशले पहिचान र अधिकार नपाए नेपालबाट टुक्रन सक्ने चेतावनी दिएर आन्दोलन नगरेको भए आज मधेश राज्यको परिकल्पना हुँदैनथ्यो। अनि उक्त आन्दोलन नभएको भए २०४६/०४८ मा पहाडमा खान नपुगेर तराई झरेर, थारू समुदायको जग्गा, जमिन र जल खोसेर खानेहरू, थारू समुदायलाई नै कमैया र कम्लरी राख्ने पहाडियाहरूले आज अखण्ड सुदुर पश्चिमको नारा लगाए जस्तै पूर्वमा [...]

कतार एअरवेजको लापरवाहीले नेपालीको ज्यान गयो

कतार एयरवेजको पूर्ण लापरबाहीका कारण दाङ घोराहीका ७९ बर्षीय सज्जित बुढाले अमुल्य जीवन गुमाएका छन । धर्मपत्नी मनकलिका साथ् छोरा बुहारी भेट गर्न कतार एयरवेजबाट दोहा हुँदै बुढा दम्पति लन्डन आउंदै थिए ।

आज्मा र ब्लड प्रेसरका बिरामी बुढा काठमान्डूबाट अक्सिजनकै सहारामा दोहा विमानस्थल आइपुगेका थिए । बुढाका नेपाली चिकित्सकले कतार एयरवेजका काठमान्डूस्थित स्टेसन [...]

हुनेवाली सासुलाई खुला पत्र

आमा, नमस्कार

म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ।

तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेटाउनुभएन। यहाँलाई मन परेपछि मात्र छोरालाइ बोलाउने र केटी देखाउने गर्नुहुन्छ भन्ने कुरा [...]

‘एनसेल कनेक्ट’ सित्तैमा ?

–सुजनचन्द्र पौडेल-

एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजानिक गरेको छ। छापाहरुमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा “कनेक्ट” सित्तैमा पाइनेछ। २९९९ रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८ रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने ? त्यसैले सर्वसाधारणले यो स्किमप्रति [...]

eXTReMe Tracker