हिमानी हलिउडमा हिरोइन बन्दै

[अप्रिल फूलका दिन यो ब्लग राखिएको हो र यसको सूचना ब्लगको अन्तिममा राखिएको लिङ्कमा पनि थियो। तर यति हुँदाहुँदै पनि केही अनलाइन र छापामा समेत यो सामाग्रीलाई स्रोत उल्लेख नगरी साभार गरेर आफूमात्र हैन पाठकलाई समेत ‘फूल’ बनाएकोमा खेद व्यक्त गर्छौँ- माइसंसार]

पूर्व युवराज्ञी हिमानी शाहलाई छिट्टै नै हलिउडको एउटा फिल्ममा अभिनय गर्दै गरेको देख्‍न पाइने भएको छ। केही महिना अगावै फिल्ममा खेल्ने निधो भइसक्दा पनि यो खबरलाई अत्यन्तै गोप्य राखिएको थियो। स्रोतका अनुसार केही अघि पोखरामा उनले गरेको प्याराग्लाइडिङ र दरबारमार्गमा सपिङ गर्दै गरेको दृश्य यसै फिल्मका लागि गरिएको सुटिङ थियो। सुटिङका लागि गोप्य क्यामेराहरु प्रयोग गरिएकोले कसैले सुँइकोसमेत पाएका थिएनन्।


फिल्मको निर्देशन Samira Makhmalbaf ले गर्दैछिन्। उनी इरानका प्रख्यात फिल्म निर्माताकी छोरी हुन्। उनको पछिल्लो फिल्म At Five in the Afternoon तालिबान शासन पतन भएपछि अफगानिस्तानको स्थितिसम्बन्धमा थियो। फिल्मको कलात्मक पक्षलाई धेरैले रुचाएका थिए। यो फिल्ममा पनि अफगानिस्तानको पतन भएको राजतन्त्रको विषयलाई प्रमुख कथा बनाइएको छ, यद्यपि यसमा हिमानीको दृश्य धेरै भने छैन। निर्वासनमा रहेका अफगानको राजपरिवारकी एक छोरीको भूमिकामा हिमानी छिन्।

फिल्ममा अभिनय गरेवापत् उनले कति रकम पाउने हुन्, त्यो सार्वजनिक भएको छैन। तर इतिहासको कुनै कालखण्डमा अधिराजकुमारीबाट युवराज्ञी हुँदै पूर्व युवराज्ञी बनेकी भारत निवासी हिमानीको नयाँ रुप भने पक्कै हामीले यो फिल्ममा देख्‍न पाउने भएका छौँ।

इरानी टेलिभिजनमा हिमानीले दिएको अन्तर्वार्ताको भिडियो हेर्न क्लिक गर्नुस्

.

.

.

.